ne_tn/1ti/06/04.md

3.1 KiB

ऊ घमण्‍डी हुन्छ ... उससँग अस्वस्थ रुची हुन्छ

यहाँ “ऊ” शब्दले सामान्य रूपमा बेठीक शिक्षा सिकाउने जो कोही पनि व्यक्तिलाई जनाउँछ । यसलाई प्रस्‍ट बनाउनको लागि, तपाईंले यूएसटीमा जस्तै “ऊ” शब्दलाई “तिनीहरू” भनेर अनुवाद गर्न सक्‍नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-genericnoun)

केही पनि बुझ्‍दैन

“परमेश्‍वरको सत्यताको बारेमा केही पनि बुझ्‍दैन”

उससँग विवादास्पद कुराहरूमा र तर्क वितर्कमा अस्वस्थ रुची हुन्छ

पावलले अर्थहीन वादविवादमा भाग लिन हुन करमा परेको अनुभव गर्ने मानिसहरूलाई तिनीहरू बिरामी भए झैँ गरी बताउँछन् । त्यस्ता मानिसहरू वादविवाद गर्न असाध्यै रुचाउँछन् र तिनीहरू सहमत हुनलाई कुनै पनि बाटो पत्ता लगाउन चाहँदैनन् । वैकल्पिक अनुवादः “उसले वादविवाद मात्रै गर्न चाहन्छ” वा “उसले वादविवादहरूको लालसा गर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

विवादास्पद विषयहरू र शब्दहरूको बारेमा भएका तर्क वितर्कहरू जसको परिणाम ईर्ष्या हुन्छ

“विवादास्पद विषयहरू र शब्दहरूको बारेमा भएका तर्क वितर्कहरू, र यी विवादास्पद विषयहरू र तर्क वितर्कहरूको प्रतिफल ईर्ष्या हुन्छ”

शब्दहरूको बारेमा

“शब्दहरूको अर्थको बारेमा”

कलह

विवादहरू, लडाइँहरू

अपमान गर्छ

मानिसहरूले एक अर्काको बारेमा झूटो तरिकाले खराब कुराहरू भन्‍नु

खराब शङ्काहरू

“अरूहरूले तिनीहरूलाई हानी गर्न चाहन्छन् भनेर मानिसहरूलाई लाग्‍नु”