ne_tn/1ti/06/04.md

32 lines
3.1 KiB
Markdown

# ऊ घमण्‍डी हुन्छ ... उससँग अस्वस्थ रुची हुन्छ
यहाँ “ऊ” शब्दले सामान्य रूपमा बेठीक शिक्षा सिकाउने जो कोही पनि व्यक्तिलाई जनाउँछ । यसलाई प्रस्‍ट बनाउनको लागि, तपाईंले यूएसटीमा जस्तै “ऊ” शब्दलाई “तिनीहरू” भनेर अनुवाद गर्न सक्‍नुहुन्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-genericnoun]])
# केही पनि बुझ्‍दैन
“परमेश्‍वरको सत्यताको बारेमा केही पनि बुझ्‍दैन”
# उससँग विवादास्पद कुराहरूमा र तर्क वितर्कमा अस्वस्थ रुची हुन्छ
पावलले अर्थहीन वादविवादमा भाग लिन हुन करमा परेको अनुभव गर्ने मानिसहरूलाई तिनीहरू बिरामी भए झैँ गरी बताउँछन् । त्यस्ता मानिसहरू वादविवाद गर्न असाध्यै रुचाउँछन् र तिनीहरू सहमत हुनलाई कुनै पनि बाटो पत्ता लगाउन चाहँदैनन् । वैकल्पिक अनुवादः “उसले वादविवाद मात्रै गर्न चाहन्छ” वा “उसले वादविवादहरूको लालसा गर्छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# विवादास्पद विषयहरू र शब्दहरूको बारेमा भएका तर्क वितर्कहरू जसको परिणाम ईर्ष्या हुन्छ
“विवादास्पद विषयहरू र शब्दहरूको बारेमा भएका तर्क वितर्कहरू, र यी विवादास्पद विषयहरू र तर्क वितर्कहरूको प्रतिफल ईर्ष्या हुन्छ”
# शब्दहरूको बारेमा
“शब्दहरूको अर्थको बारेमा”
# कलह
विवादहरू, लडाइँहरू
# अपमान गर्छ
मानिसहरूले एक अर्काको बारेमा झूटो तरिकाले खराब कुराहरू भन्‍नु
# खराब शङ्काहरू
“अरूहरूले तिनीहरूलाई हानी गर्न चाहन्छन् भनेर मानिसहरूलाई लाग्‍नु”