ne_tn/1ti/06/01.md

2.5 KiB

जोड्ने कथनः

पावलले दासहरू र मालिकहरूलाई केही विशेष निर्देशनहरू दिन्छन् र त्यसपछि धर्मी जीवन जिउने विषयमा निर्देशनहरू दिनलाई निरन्तरता दिन्छन् ।

दासहरूको रूपमा जुवामुनि भएका सबैले

पावलले दासको रूपमा काम गर्ने मानिसहरूको विषयमा यसरी बताउँछन् कि मानौँ तिनीहरू जुवा बोक्‍ने गोरूहरू हुन् । वैकल्पिक अनुवादः “दासहरूको रूपमा काम गर्ने सबैले” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरू सबैले जो

पावलले विश्‍वासीहरूको बारेमा कुरा गर्दैछन् भनेर बुझिएको छ । वैकल्पिक अनुवादः “विश्‍वासीहरू सबैले” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

परमेश्‍वरको नाउँ र शिक्षा निन्‍दित नहोस्

यसलाई कर्तृ वाच्यमा र सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अविश्‍वासीहरूले परमेश्‍वरको नाउँ र शिक्षाको बारेमा सधैँ सम्‍मानपूर्वक रीतिले कुरा गरून्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/figs-litotes]])

परमेश्‍वरको नाउँ

यहाँ “नाउँ”ले परमेश्‍वरको स्वभाव वा चरित्रलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरको चरित्र” वा “परमेश्‍वर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शिक्षा

“विश्‍वास” वा “सुसमाचार”