# जोड्ने कथनः पावलले दासहरू र मालिकहरूलाई केही विशेष निर्देशनहरू दिन्छन् र त्यसपछि धर्मी जीवन जिउने विषयमा निर्देशनहरू दिनलाई निरन्तरता दिन्छन् । # दासहरूको रूपमा जुवामुनि भएका सबैले पावलले दासको रूपमा काम गर्ने मानिसहरूको विषयमा यसरी बताउँछन् कि मानौँ तिनीहरू जुवा बोक्‍ने गोरूहरू हुन् । वैकल्पिक अनुवादः “दासहरूको रूपमा काम गर्ने सबैले” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # तिनीहरू सबैले जो पावलले विश्‍वासीहरूको बारेमा कुरा गर्दैछन् भनेर बुझिएको छ । वैकल्पिक अनुवादः “विश्‍वासीहरू सबैले” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]]) # परमेश्‍वरको नाउँ र शिक्षा निन्‍दित नहोस् यसलाई कर्तृ वाच्यमा र सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अविश्‍वासीहरूले परमेश्‍वरको नाउँ र शिक्षाको बारेमा सधैँ सम्‍मानपूर्वक रीतिले कुरा गरून्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]] अनि [[rc://*/ta/man/translate/figs-litotes]]) # परमेश्‍वरको नाउँ यहाँ “नाउँ”ले परमेश्‍वरको स्वभाव वा चरित्रलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरको चरित्र” वा “परमेश्‍वर” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # शिक्षा “विश्‍वास” वा “सुसमाचार”