ne_tn/1ti/01/05.md

2.0 KiB

अब

यहाँ यो शब्दलाई मुख्य शिक्षामा आएको छोटो रोकावटलाई अङ्कित गर्नको लागि प्रयोग गरिएको छ । यहाँ आफूले तिमोथीलाई आज्ञा दिइरहेका कुराको उद्देश्यलाई पावलले व्याख्या गर्छन् ।

आज्ञा

यहाँ यसले पुरानो करार वा दश आज्ञाहरूको अर्थ दिँदैन, बरु पावलले १ तिमोथी १:३१ तिमोथी १:४ मा दिएका निर्देशनहरूलाई जनाउँछ ।

प्रेम हो

सम्भावित अर्थहरू हुन् १) “परमेश्‍वरलाई प्रेम गर्नु हो” वा २) “मानिसहरूलाई प्रेम गर्नु हो ।”

विशुद्ध हृदयबाट

यहाँ “विशुद्ध” शब्दको अर्थ त्यस व्यक्तिसँग खराबी गर्नलाई लुकेको मनसाय छैन भन्‍ने हुन्छ । यहाँ “हृदय”ले व्‍यक्तिको मन र विचारहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “त्यो मनबाट जुन इमान्दार छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

असल विवेक

“गलतको साटोमा ठीक कुराहरू छान्‍ने विवेक”

निष्‍कपट विश्‍वास

“सच्‍चा विश्‍वास” वा “कपटरहितको विश्‍वास”