ne_tn/1ti/01/03.md

1.5 KiB

सामान्य जानकारीः

यस पत्रमा प्रयोग गरिएको “तिमी” शब्द एकवचनमा छ र त्यसले तिमोथीलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

जोड्ने कथनः

पावलले तिमोथीलाई व्यवस्थाको गलत प्रयोगलाई इन्कार गर्न र परमेश्‍वरबाटको असल शिक्षाको प्रयोग गर्नलाई उत्साह दिन्छन् ।

मैले ... तिमीलाई अनुरोध गरेजस्तै

“मैले ... तिमीसँग बिन्ती गरेजस्तै” वा “मैले ... तिमीलाई असाध्यै आग्रह गरेजस्तै”

एफिससमा नै बस

“एफिसीको सहरमा मेरो लागि पर्ख”

एउटा भिन्‍न सिद्धान्त

आशय दिन खोजिएको जानकारीलाई स्पष्‍ट रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले सिकाएकोभन्दा फरक सिद्धान्त” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)