ne_tn/1sa/26/19.md

5.1 KiB

मेरो मालिक राजाले आफ्नो दासको कुरा सुन्‍नुहोस् ... इस्राएलका राजा

दाऊदले शाऊलप्रति आदर देखाउन यसरी बताउँछन् कि मानौँ उनी र राजा अरू नै मानिसहरू थिए । अर्को अनुवादः "मेरो राजा, तपाईं मेरो कुरा सुन्‍नुहोस् ... तपाईं" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-pronouns)

तपाईंलाई मेरो विरुद्धमा उक्साउनुभएको हो

"तपाईंलाई मसँग रिसाउने बनाउनुभएको हो"

उहाँले बलिदान ग्रहण गर्नुभएको होस्

तिनले बलिदान चढाउने छन् भनी तपाईंले स्पष्‍ट पार्न जरूरी हुनसक्छ । अर्को अनुवादः "म उहाँलाई बलिदान चढाउने छु ताकि अबउप्रान्त उहाँले तपाईंलाई मसँग नरिसाउने बनाइ दिनुहुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनीहरू परमप्रभुको सामु श्रापित होऊन्

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तिनीहरूलाई दण्ड दिन परमप्रभुले निर्णय लिनुभएको होस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

किनकि तिनीहरूले मलाई आज बाहिर धपाएका छन्, ताकि म परमप्रभुको उत्तराधिकारमा रहन नसकौं । तिनीहरूले मलाई भनेका छन्, 'अरू देवताहरूको आराधना गर्न जाऊ ।'

"किनभने तिनीहरूले मलाई आज बाहिर धपाएका छन् । यो मानौँ म परमप्रभुको उत्तराधिकारमा रहन नसकौं भनी तिनीहरूले चाहन्छन् भने जस्तै हो । यो मानौँ "तिनीहरूले मलाई भनेका छन्, 'अरू देवताहरूको आराधना गर्न जाऊ""

ताकि म परमप्रभुको उत्तराधिकारमा रहन नसकौं

"ताकि अबउप्रान्त परमप्रभुले मलाई दिने भनी प्रतिज्ञा गर्नु भएको कुरा उहाँले दिनुहुनेछ भनी म विश्वास गर्नेछैन"

मेरो रगत परमप्रभुको उपस्थितिबाट टाढा पृथ्वीमा नबगोस्

"मलाई नमार्नु" भन्‍नको लागि यो एउटा भद्र तरिका हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

एउटा उपियाँ

दाऊदले "उपियाँ" भन्‍ने शब्द केही ठूलो हानि गर्न नसक्‍ने व्यक्ति, आफूलाई जनाउने एक रूपकको रूपमा प्रयोग गर्छन् । अर्को अनुवादः "यो एक्लो उपियाँ""एउटा उपियाँले सक्ने भन्दा बढी म तपाईंलाई कुनै हानि गर्न सक्दिन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शिकारीले तित्रालाई पहाडहरूमा खेदेझैं

शाऊलले दाऊदलाई खेद्दै छन् कि मानौँ तिनले मूल्यवान् जङ्गली चराको शिकार गर्दै थिए । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-simile]] र[[rc:///ta/man/translate/translate-unknown]])

शब्द अनुवाद