ne_tn/1pe/03/18.md

20 lines
2.4 KiB
Markdown

# जोड्ने कथनः
पत्रुसले ख्रीष्‍टले कसरी कष्‍ट भोग्‍नुभयो र उक्त कष्‍टबाट ख्रीष्‍टले के कुरा प्राप्‍त गर्नुभयो भन्‍ने कुरालाई व्याख्या गर्छन् ।
# ताकि उहाँले हामीलाई परमेश्‍वरकहाँ ल्याउनुभएको होस्
पत्रुसले यहाँ परमेश्‍वर र हाम्रा बीचमा घनिष्‍ठ सम्बन्ध निर्माणको निम्ति ख्रीष्‍ट हाम्रा लागि मर्नुभयो भन्‍ने जनाउन खोजेका हुन सक्छन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# उहाँले शारीरिक रूपमा मृत्यु वरण गर्नुभयो
यहाँ शब्द “शरीर”ले ख्रीष्‍टको शरीरलाई जनाउँछ; ख्रीष्‍टलाई शारीरिक रूपमा क्रूसमा चढाइएको थियो । यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले ख्रीष्‍टलाई शारीरिक रूपमा मारे” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]] अनि [[rc://*/ta/man/translate/figs-activepassive]])
# उहाँ आत्माद्वारा जीवित पारिनुभयो
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “आत्माले उहाँलाई जीवित पार्नुभयो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# आत्माद्वारा
सम्भावित अर्थहरू हुन् १) पवित्र आत्माको शक्तिद्वारा वा २) आत्मिक अस्तित्वमा ।