ne_tn/1pe/02/07.md

1.8 KiB

जोड्ने कथनः

पत्रुसले धर्मशास्‍त्रबाट उद्‌धृत गर्ने कामलाई जारी राख्छन् ।

त्यो ढुङ्गो जसलाई इन्कार गरिएको थियो ... त्यो नै कुनाको शिर-ढुङ्गा भयो

यो एउटा अलङ्कार हो जसको अर्थ हुन्छ कि मानिसहरूले, निर्माणकर्ताहरूले जस्तै गरेर येशूलाई इन्कार गरे, तर परमेश्‍वरले उहाँलाई भवनको सबैभन्दा महत्त्वपूर्ण ढुङ्गा बनाउनुभएको छ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

त्यो ढुङ्गो जुन निर्माणकर्ताहरूद्वारा इन्कार गरियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “निर्माणकर्ताहरूले इन्कार गरेको ढुङ्गो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

कुनाको शिर-ढुङ्गा

यसले भवनको सबैभन्दा मूख्य ढुङ्गोलाई जनाउँछ र यसले १ पत्रुस २:६ मा लेखिएको कुने-ढुङ्गोको जस्तै अर्थ दिन्छ ।