# जोड्ने कथनः पत्रुसले धर्मशास्‍त्रबाट उद्‌धृत गर्ने कामलाई जारी राख्छन् । # त्यो ढुङ्गो जसलाई इन्कार गरिएको थियो ... त्यो नै कुनाको शिर-ढुङ्गा भयो यो एउटा अलङ्कार हो जसको अर्थ हुन्छ कि मानिसहरूले, निर्माणकर्ताहरूले जस्तै गरेर येशूलाई इन्कार गरे, तर परमेश्‍वरले उहाँलाई भवनको सबैभन्दा महत्त्वपूर्ण ढुङ्गा बनाउनुभएको छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]] अनि [[rc://*/ta/man/translate/figs-explicit]]) # त्यो ढुङ्गो जुन निर्माणकर्ताहरूद्वारा इन्कार गरियो यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “निर्माणकर्ताहरूले इन्कार गरेको ढुङ्गो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # कुनाको शिर-ढुङ्गा यसले भवनको सबैभन्दा मूख्य ढुङ्गोलाई जनाउँछ र यसले [१ पत्रुस २:६](../02/06.md) मा लेखिएको कुने-ढुङ्गोको जस्तै अर्थ दिन्छ ।