ne_tn/1jn/04/04.md

16 lines
2.0 KiB
Markdown

# प्रिय बालकहरू
यूहन्‍ना पाका मानिस र उनीहरूका अगुवा थिए । उनले यो अभिव्यक्ति उनीहरूका लागि उनको प्रेम देखाउन प्रयोग गरे । तपाईंले यसलाई [१ यूहन्‍ना २:१](../02/01.md) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “ख्रीष्‍टमा मेरा प्रिय बालकहरू” वा “तिमीहरू जो मेरो लागि मेरा आफ्नै सन्तानजस्तै प्रिय छौ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# तिनीहरूलाई जितेका छौ
“झूटा शिक्षकहरूलाई विश्‍वास गरेका छैनौ”
# उहाँ जो तिमीहरूमा हुनुहुन्छ
“परमेश्‍वर जो तिमीहरूमा हुनुहुन्छ”
# त्यो जो संसारमा छ
दुई सम्भावित अर्थहरू हुन् १) यसले शैतानलाई जनाउँछ । वैकल्पिक अनुवादः “शैतान, जो संसारमा छ” वा “शैतान, जसले परमेश्‍वरको आज्ञापालन नगर्नेहरू मार्फत काम गर्दछ” वा २) यसले सांसारिक शिक्षकहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सांसारिक शिक्षकहरू” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])