ne_tn/1jn/02/13.md

2.1 KiB

पिताहरू, म तिमीहरूलाई लेखिरहेको छु

यहाँ भएको “पिताहरू” शब्द सम्भवतः एउटा अलङ्कार हो जसले परिपक्व विश्‍वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “परिपक्‍व विश्‍वासीहरू, म तिमीहरूलाई लेखिरहेको छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरू जान्दछौ

“ ... सँग तिमीहरूको सम्बन्ध छ”

उहाँ जो सुरुदेखि नै हुनुहुन्छ

“उहाँ जो सदैव जिउनुभएको छ” वा “उहाँ जो सदैव अस्तित्वमा रहनुभएको छ ।” यसले कि त “येशू” वा “परमेश्‍वर पिता”लाई जनाउँछ ।

जवानहरू

यसले सम्भवतः तिनीहरूलाई जनाउँछ जो अब नयाँ विश्‍वासीहरू होइनन् तर आत्मिक परिपक्वतर्फ हुर्कँदै छन् । वैकल्पिक अनुवादः “जवान विश्‍वासीहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जित्‍नु

विश्‍वासीहरूले शैतानलाई पछ्याउने कुरालाई इन्कार गर्ने र उसका योजनाहरूलाई तिनीहरूले नष्‍ट गर्ने विषयमा लेखकले यसरी बताइरहेका छन् मानौँ त्यो भनेको उसलाई पराजित गर्ने विषय हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)