ne_tn/1co/15/13.md

1.8 KiB

यदि मृतकहरूको पुनरुत्थान हुँदैन भने ख्रीष्‍ट पनि पुनर्जीवित पारिनुभएन

मृतकहरूको पुनरुत्‍थान हुन्‍छ भनी तर्क गर्नका लागि पावलले परिकल्‍पित परिस्थितिको प्रयोग गरिरहेका छन् । तिनलाई थाहा छ कि ख्रीष्‍टको पुरुत्‍थान भएको छ र त्यसैले पुनरुत्‍थान हुन्‍छ भन्‍ने निष्‍कर्ष निकाल्‍दछन् । मृतकहरूको पुनरुत्थान हुँदैन भनेर भन्‍नु भनेको ख्रीष्‍ट पनि मृत्युबाट पुनर्जीवित पारिनुभएन भन्‍नु हो, तर यो गलत हो किनभने पावलले पुनर्जीवित ख्रीष्‍टलाई देखिसकेका छन् (१ कोरिन्थी १५:८) । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hypo)

ख्रीष्‍ट पनि पुनर्जीवित पारिनुभएन

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले ख्रीष्‍टलाई पनि पुनर्जीवित पार्नुभएको छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)