ne_tn/1co/12/08.md

2.4 KiB

एक जनालाई आत्‍माद्वारा वचन दिइन्छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “आत्‍माको माध्यमद्वारा परमेश्‍वरले एक जना व्यक्तिलाई वचन दिनुहुन्‍छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

वचन

“सन्देश”

आत्माद्वारा

आत्‍माको कामद्वारा परमेश्‍वरले वरदानहरू दिनुहुन्‍छ ।

बुद्धि ... ज्ञान

यहाँ यी दुवै कुरा परमेश्‍वरले उही आत्‍माद्वारा दिनुहुने वास्तविकताको कारणले गर्दा यी दुई शब्‍दहरूको बीचको भिन्‍नता त्यति महत्‍वपूर्ण कुरा होइन ।

बुद्धिको वचन

पावलले दुई शब्‍दहरूद्वारा एउटै विचारको संचार गर्दै छन् । वैकल्पिक अनुवादः “बुद्धिमान् वचनहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hendiadys)

ज्ञानको वचन

पावलले दुई शब्‍दहरूद्वारा एउटै विचारको संचार गर्दै छन् । वैकल्पिक अनुवादः “ज्ञान देखाउने वचनहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hendiadys)

दिइन्छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । यसलाई १ कोरिन्थीहरू १२:८ मा कसरी अनुवाद गरिएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले दिनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)