ne_tn/mrk/14/intro.md

22 lines
2.9 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# मर्कुस १४ सामान्य टिपोटहरू
## संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले १४:२७, ६२ मा भएको कवितासँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
## यस अध्यायमा भएका विशेष अवधारणाहरू
### देह र रगत खाने
[मर्कुस १४:२२-२५](./22.md) ले येशूको उहाँका अनुयायीहरूसँगको अन्तिम भोजनलाई वर्णन गर्छ । यस समयमा, येशूले तिनीहरूलाई भन्‍नुभयो कि तिनीहरूले खाइरहेका र पिइरहेका कुरा उहाँको देह र रगत थियो । लगभग सबै ख्रीष्‍टिएन मण्‍डलीहरूले यस भोजलाई सम्‍झनलाई “प्रभु भोज”, “यूखरिस्‍ट”, वा “पवित्र सहभागिता” मनाउँछन् ।
## यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
### अब्‍बा, पिता
“अब्‍बा” भनेको आरमेइक शब्द हो जुन यहूदीहरूले तिनीहरूका बाबुहरूलाई भन्‍न प्रयोग गर्थे । मर्कुसले त्यसको उच्‍चारणलाई लेख्‍छन् र त्यसपछि त्यसलाई अनुवाद गर्छन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-transliterate]])
### “मानिसको पुत्र”
येशूले यस अध्यायमा आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ ([मर्कुस १४:२०](../../mrk/14/20.md)) । तपाईंको भाषाले मानिसहरूलाई तिनीहरूको आफ्‍नै बारेमा कोही अरूको बारेमा कुरा गरिरहेको झैँ गरेर बोल्‍न नदिन सक्छ । (हेर्नुहोस्ः [[rc://*/tw/dict/bible/kt/sonofman]] अनि [[rc://*/ta/man/translate/figs-123person]])