2.9 KiB
मर्कुस १४ सामान्य टिपोटहरू
संरचना र ढाँचा
केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले १४:२७, ६२ मा भएको कवितासँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएका शब्दहरू हुन् ।
यस अध्यायमा भएका विशेष अवधारणाहरू
देह र रगत खाने
मर्कुस १४:२२-२५ ले येशूको उहाँका अनुयायीहरूसँगको अन्तिम भोजनलाई वर्णन गर्छ । यस समयमा, येशूले तिनीहरूलाई भन्नुभयो कि तिनीहरूले खाइरहेका र पिइरहेका कुरा उहाँको देह र रगत थियो । लगभग सबै ख्रीष्टिएन मण्डलीहरूले यस भोजलाई सम्झनलाई “प्रभु भोज”, “यूखरिस्ट”, वा “पवित्र सहभागिता” मनाउँछन् ।
यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू
अब्बा, पिता
“अब्बा” भनेको आरमेइक शब्द हो जुन यहूदीहरूले तिनीहरूका बाबुहरूलाई भन्न प्रयोग गर्थे । मर्कुसले त्यसको उच्चारणलाई लेख्छन् र त्यसपछि त्यसलाई अनुवाद गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-transliterate)
“मानिसको पुत्र”
येशूले यस अध्यायमा आफैँलाई “मानिसको पुत्र”को रूपमा जनाउनुहुन्छ (मर्कुस १४:२०) । तपाईंको भाषाले मानिसहरूलाई तिनीहरूको आफ्नै बारेमा कोही अरूको बारेमा कुरा गरिरहेको झैँ गरेर बोल्न नदिन सक्छ । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/sonofman]] अनि [[rc:///ta/man/translate/figs-123person]])