ne_gl_ne_obs-tn/content/17/12.md

2.8 KiB

बतशेबाको पति उरियाह नाम गरेका मानिस थिए

यसले बतशेबाको पति, उरियाहलाई नयाँ पात्रको रूपमा परिचय गराउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

उनी दाऊदको उत्कृष्‍ट सिपाहीहरूमध्येका एक थिए । उनी यस समयमा एउटा लडाईँमा लड्न टाढा थिए ।

यो उरियाह को थियो भनेर बताउने पृष्‍ठभूमि जानकारी हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

उसको पत्‍नीसँगै हुन जानु

अर्थात, “आफ्नी पत्‍नीसँग घनिष्‍ठ हुन घर जानु ।” दाऊद मानिसहरूले, विशेष गरेर, उरियाहले, बतशेबा उरियाहको बच्‍चासँग गर्भवती भएकी थिइन् भनेर विश्‍वास गरेको चाहन्थे ।

त्यसकारण दाऊदले उरियाहलाई पठाए

संयोजक शब्द “त्यसकारण”ले कारण-उरियाहले उसकी पत्‍नीसँग बस्‍न जानलाई इन्कार गर्‍यो, यस कुरालाई त्यसको परिणामसँग जोड्छ, जुन थियो-दाऊदले उनलाई लडाईँमा फिर्ता पठाइदिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

जहाँ शत्रु सबैभन्दा बढि प्रबल थियो

अर्थात, युद्धको त्यस स्थानमा जहाँ सबभन्दा ज्यादा लडाईँ भइरहेको थियो ।

ताकि ऊ मारियोस्

संयोजक शब्दहरू “ताकि”ले कारण-दाऊदले उरियाह मारिएको चाहे, यस कुरालाई त्यसको परिणामसँग जोड्छ, जुन थियो-दाऊदले उरियाहलाई शत्रु सबभन्दा ज्यादा प्रबल भएको ठाउँमा राख्‍न सेनापतिलाई अह्राए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)