ne_gl_ne_obs-tn/content/17/12.md

24 lines
2.8 KiB
Markdown
Raw Normal View History

2020-07-24 17:14:45 +00:00
# बतशेबाको पति उरियाह नाम गरेका मानिस थिए
यसले बतशेबाको पति, उरियाहलाई नयाँ पात्रको रूपमा परिचय गराउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-participants]])
# उनी दाऊदको उत्कृष्‍ट सिपाहीहरूमध्येका एक थिए । उनी यस समयमा एउटा लडाईँमा लड्न टाढा थिए ।
यो उरियाह को थियो भनेर बताउने पृष्‍ठभूमि जानकारी हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-background]])
# उसको पत्‍नीसँगै हुन जानु
अर्थात, “आफ्नी पत्‍नीसँग घनिष्‍ठ हुन घर जानु ।” दाऊद मानिसहरूले, विशेष गरेर, उरियाहले, बतशेबा उरियाहको बच्‍चासँग गर्भवती भएकी थिइन् भनेर विश्‍वास गरेको चाहन्थे ।
# त्यसकारण दाऊदले उरियाहलाई पठाए
संयोजक शब्द “त्यसकारण”ले कारण-उरियाहले उसकी पत्‍नीसँग बस्‍न जानलाई इन्कार गर्‍यो, यस कुरालाई त्यसको परिणामसँग जोड्छ, जुन थियो-दाऊदले उनलाई लडाईँमा फिर्ता पठाइदिए । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/grammar-connect-words-phrases]])
# जहाँ शत्रु सबैभन्दा बढि प्रबल थियो
अर्थात, युद्धको त्यस स्थानमा जहाँ सबभन्दा ज्यादा लडाईँ भइरहेको थियो ।
# ताकि ऊ मारियोस्
संयोजक शब्दहरू “ताकि”ले कारण-दाऊदले उरियाह मारिएको चाहे, यस कुरालाई त्यसको परिणामसँग जोड्छ, जुन थियो-दाऊदले उरियाहलाई शत्रु सबभन्दा ज्यादा प्रबल भएको ठाउँमा राख्‍न सेनापतिलाई अह्राए । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/grammar-connect-words-phrases]])