ne_gl_ne_obs-tn/content/08/06.md

20 lines
2.6 KiB
Markdown

# मिश्रीहरूले तिनीहरूका राजाहरूलाई यो भनेर बोलाउँथे
यो “फारो” शीर्षकको बारेमा पृष्‍ठभूमि जानकारी हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-background]])
# उनलाई असाध्यै विचलित पार्‍यो
यसको अर्थ हो कि राजा अत्यन्तै डराए र अलमल्ल भए(उनले सपनामा देखेका कुराहरूका कारण) ।
# उनका कुनै सल्लाहकारहरूले सपनाको अर्थ बताउन सकेनन् ।
प्राचीन पूर्व नजिक क्षेत्रमा सपनाको उल्था धेरै महत्त्वपूर्ण थियो । यसलाई दैविक शक्तिद्वारा मात्र सम्भव कुराको रूपमा लिइन्थ्यो । यसलाई प्रस्टसँग बताउन सकिन्छः “परमेश्‍वरले उनका कुनै सल्लाहकारहरूलाई सपनाको अर्थ बताउन सक्षम पार्नुभएन ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
# उनका सल्लाहकारहरू
यिनीहरू विशेष शक्ति र ज्ञान भएका मानिसहरू थिए जसले कहिलेकाहीँ सपनाको अर्थ के थियो भनी बताउन सक्थे । केही अनुवादहरूले तिनीहरूलाई “ज्ञानी मानिसहरू” भनेर जनाउँछ ।
# सपनाका अर्थहरू
मिश्रका मानिसहरूले विश्‍वास गर्थे कि सपनाहरू देवताहरूबाट आएका सन्देशहरू थिए जसले तिनीहरूलाई भविष्‍यमा के हुनेथियो भनेर बताउँथ्यो । परमेश्‍वरले के हुन लागेको थियो भनी फारोलाई बताउन उनका सपनालाई प्रयोग गर्नुभयो ।