ne_gl_ne_obs-tn/content/08/06.md

2.6 KiB

मिश्रीहरूले तिनीहरूका राजाहरूलाई यो भनेर बोलाउँथे

यो “फारो” शीर्षकको बारेमा पृष्‍ठभूमि जानकारी हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

उनलाई असाध्यै विचलित पार्‍यो

यसको अर्थ हो कि राजा अत्यन्तै डराए र अलमल्ल भए(उनले सपनामा देखेका कुराहरूका कारण) ।

उनका कुनै सल्लाहकारहरूले सपनाको अर्थ बताउन सकेनन् ।

प्राचीन पूर्व नजिक क्षेत्रमा सपनाको उल्था धेरै महत्त्वपूर्ण थियो । यसलाई दैविक शक्तिद्वारा मात्र सम्भव कुराको रूपमा लिइन्थ्यो । यसलाई प्रस्टसँग बताउन सकिन्छः “परमेश्‍वरले उनका कुनै सल्लाहकारहरूलाई सपनाको अर्थ बताउन सक्षम पार्नुभएन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

उनका सल्लाहकारहरू

यिनीहरू विशेष शक्ति र ज्ञान भएका मानिसहरू थिए जसले कहिलेकाहीँ सपनाको अर्थ के थियो भनी बताउन सक्थे । केही अनुवादहरूले तिनीहरूलाई “ज्ञानी मानिसहरू” भनेर जनाउँछ ।

सपनाका अर्थहरू

मिश्रका मानिसहरूले विश्‍वास गर्थे कि सपनाहरू देवताहरूबाट आएका सन्देशहरू थिए जसले तिनीहरूलाई भविष्‍यमा के हुनेथियो भनेर बताउँथ्यो । परमेश्‍वरले के हुन लागेको थियो भनी फारोलाई बताउन उनका सपनालाई प्रयोग गर्नुभयो ।