ne_gl_ne_obs-tn/content/02/09.md

1.5 KiB

तँ श्रापित् भएको छस् !

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “म तँलाई सराप्छु !” वा, “तँमाथि ठूलो हानि आइपर्नेछ ।” जादुको अर्थ दिने शब्द नचलाउनुहोस् ।

एक अर्कालाई हेला गर्नेछौ

स्‍त्रीले सर्पलाई घृणा गर्ने थिइन् र सर्पले स्‍त्रीलाई घृणा गर्ने थियो । स्‍त्रीका सन्तानहरूले पनि सर्पका सन्तानहरूलाई घृणा गर्ने थिए, र सर्पका सन्तानहरूले तिनीहरूलाई हेला गर्ने थिए ।

स्‍त्रीको सन्तान

उनका सन्तानहरूमध्येमा विशेष गरेर एक जनालाई जनाउँछ ।

तेरो टाउको कुच्च्याउनेछ

स्‍त्रीको सन्तानले सर्पको सन्तानलाई नाश पार्नेछ ।

उसको कुर्कुच्चो डस्‍नेछस्

सर्पको सन्तानले स्‍त्रीको सन्तानलाई चोट पार्नेछ ।