ne_gl_ne_obs-tn/content/01/08.md

32 lines
3.0 KiB
Markdown

# छैटौँ दिन
दिनहरू र सृजनात्मक कार्यहरूको निरन्तर भइरहेको, व्यवस्थित वृद्धिमा अर्को घडी ।
# सबै किसिमका जमिनमा बस्‍ने जन्तुहरू होऊन् !
यो आज्ञाको परिणाम तुरुन्‍तै भयो किनकि त्यो परमेश्‍वरद्वारा बोलिएको थियो । यसलाई अवश्य हुनेछ भनेर बताउने एउटा निश्‍चयताको भनाइको रूपमा अनुवाद गर्न बढि स्वभाविक हुनसक्छ । उदाहरणको लागि, तपाईंले यसलाई यसरी अनुवाद गर्न सक्‍नुहुन्थ्यो, “त्यहाँ सबै किसिमका जमिनमा बस्‍ने जन्तुहरू हुनेछन् ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-imperative]])
# सबै किसिमका
यसले एउटा ठूलो विविधतालाई सङ्‍केत गर्छ, तर वर्ग सहित ।
# जमिनमा बस्‍ने जन्तुहरू
पन्क्षीहरू, अथवा समुद्रहरूमा बस्‍ने जलचरहरू जस्तो नभई, जमिनमा बस्‍ने हरेक किसिमको जनावर ।
# पालिने पशुहरू
जमिनमा बस्‍ने जनावरहरूको ती जातहरू जो साधारणतया मानिसहरूसँग शान्तिपूर्वक बस्‍छन्-तह लगाइएको, वा घरपालुवा बनाइएको जनावरहरू ।
# जमिनमा घस्रन्थ्यो
यसले सम्भवतः घस्रने जीवहरू र कीरा-फट्याङ्ग्राहरूलाई समावेश गर्छ ।
# जङ्‍गली
ती जातका जनावरहरू जो साधारणतया मानिसहरूसँग शान्तिपूर्वक बस्दैनन्, किनभने प्रायजसो तिनीहरू मानिसहरूसँग डराउँछन्, वा तिनीहरूको लागि खतरनाक हुन्छन् ।
# त्यो असल थियो
हरेक कदम परमेश्‍वरको बुद्धिमान् योजना र उद्देश्‍य अनुरूप ठ्‍याक्‍कै भयो भनी देखाउन यो पदावली सृष्‍टिभरी दोहोराइएको छ ।