ne_gl_ne_obs-tn/content/01/02.md

2.6 KiB

परमेश्‍वरले भन्‍नुभयो

परमेश्‍वरले उज्‍यालो साधारण मुखको आदेशबाट बनाउनुभयो ।

त्यसपछि परमेश्‍वरले भन्‍नुभयो, “उज्यालो होस्”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणमा पनि व्यक्त गर्न सकिन्छः “त्यसपछि परमेश्‍वरले त्यहाँ उज्यालो हुनुपर्छ भन्‍नुभयो ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

उज्यालो होस् !

यो आज्ञाको परिणाम तुरुन्‍तै भयो किनकि त्यो परमेश्‍वरद्वारा बोलिएको थियो । यसलाई अवश्य हुनेछ भनेर बताउने एउटा निश्‍चयताको भनाइको रूपमा अनुवाद गर्न बढि स्वभाविक हुनसक्छ । उदाहरणको लागि, तपाईंले यसलाई यसरी अनुवाद गर्न सक्‍नुहुन्थ्यो, “त्यहाँ ज्योति हुनेछ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-imperative)

उज्यालो

यो परमेश्‍वरले बनाउनुभएको एउटा विशेष उज्यालो थियो- त्यसबेलासम्म सूर्य बनाइएको थिएन ।

असल थियो

यो पदावली सृष्‍टिको कथाभरी धेरैचोटि दोहोराइएको छ, र सृष्‍टिको प्रत्येक चरण परमेश्‍वरलाई मनपर्ने थियो अनि उहाँको योजना र उद्देश्यलाई पूरा गर्‍यो भन्‍ने कुरालाई जोड दिन्छ ।

सृष्‍टि

यो शब्द छ दिनको अवधिलाई जनाउन प्रयोग गरिएको छ जुनबेला परमेश्‍वरले अस्तित्वमा भएका सबैकुराहरूलाई बनाउनुभयो ।