ne_gl_ne_obs-tn/content/16/01.md

2.9 KiB

यहोशू मरेपछि

यसले नयाँ घटनाको सुरुवात गर्छ । अघिल्लो कथामा यहोशूले इस्राएलीहरूलाई परमेश्‍वरको आज्ञापालन गर्ने तिनीहरूको प्रतिज्ञाको सम्झना गराए । यो कथा यहोशू मरेपछि इस्राएलीहरूले वास्तवमा के गरे भन्‍ने बारेमा कोल्टो फेर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

र तिनीहरूले धपाएनन्

यसले तिनीहरूले कसरी परमेश्‍वरको अनाज्ञापालन गरे भन्‍ने बताउँछ, त्यसैले केहि भाषाहरूमा यसलाई नयाँ वाक्यको रूपमा यसरी सुरु गर्न बेस हुन सक्छ, “तिनीहरूले ... गरेनन् ।”

बाँकी कनानीहरूलाई प्रतिज्ञाको भूमिबाट धपाएनन्

यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “बाँकी कनानीहरूलाई प्रतिज्ञाको भूमि छोड्न कर लाउनलाई तिनीहरूसँग लडेनन् ।”

साँचो परमेश्‍वर

अर्थात, “एकमात्र साँचो परमेश्‍वर ।” यहवे मात्रै एकजना हुनुहुन्छ जसलाई मानिसहरूले आराधना गर्नुपर्छ ।

त्यसकारण सबैले जे सोचे त्यहि गरे

संयोजक शब्द “त्यसकारण”ले कारण-इस्राएलको कुनै राजा थिएन भन्‍ने कुरालाई त्यसको परिणामसँग जोड्छ, जुन थियो-सबैजनाले परमेश्‍वरले भन्‍नुभएको कुरा भन्दा जे तिनीहरूलाई ठीक लाग्यो सोहि गरे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

जे तिनीहरूको लागि ठीक सम्झे

यसको अर्थ तिनीहरू सबैले जे तिनीहरूलाई गर्न मन लाग्यो त्यहि गरे भन्‍ने हुन्छ, र यसमा दुष्‍ट कुराहरू पनि समेटिएको छ ।