# यहोशू मरेपछि यसले नयाँ घटनाको सुरुवात गर्छ । अघिल्लो कथामा यहोशूले इस्राएलीहरूलाई परमेश्‍वरको आज्ञापालन गर्ने तिनीहरूको प्रतिज्ञाको सम्झना गराए । यो कथा यहोशू मरेपछि इस्राएलीहरूले वास्तवमा के गरे भन्‍ने बारेमा कोल्टो फेर्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-newevent]]) # र तिनीहरूले धपाएनन् यसले तिनीहरूले कसरी परमेश्‍वरको अनाज्ञापालन गरे भन्‍ने बताउँछ, त्यसैले केहि भाषाहरूमा यसलाई नयाँ वाक्यको रूपमा यसरी सुरु गर्न बेस हुन सक्छ, “तिनीहरूले ... गरेनन् ।” # बाँकी कनानीहरूलाई प्रतिज्ञाको भूमिबाट धपाएनन् यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “बाँकी कनानीहरूलाई प्रतिज्ञाको भूमि छोड्न कर लाउनलाई तिनीहरूसँग लडेनन् ।” # साँचो परमेश्‍वर अर्थात, “एकमात्र साँचो परमेश्‍वर ।” यहवे मात्रै एकजना हुनुहुन्छ जसलाई मानिसहरूले आराधना गर्नुपर्छ । # त्यसकारण सबैले जे सोचे त्यहि गरे संयोजक शब्द “त्यसकारण”ले कारण-इस्राएलको कुनै राजा थिएन भन्‍ने कुरालाई त्यसको परिणामसँग जोड्छ, जुन थियो-सबैजनाले परमेश्‍वरले भन्‍नुभएको कुरा भन्दा जे तिनीहरूलाई ठीक लाग्यो सोहि गरे । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/grammar-connect-words-phrases]]) # जे तिनीहरूको लागि ठीक सम्झे यसको अर्थ तिनीहरू सबैले जे तिनीहरूलाई गर्न मन लाग्यो त्यहि गरे भन्‍ने हुन्छ, र यसमा दुष्‍ट कुराहरू पनि समेटिएको छ ।