ne_gl_ne_obs-tn/content/25/02.md

2.6 KiB

शेतानले येशूलाई भन्यो, “यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने, यी ढुङ्‍गाहरूलाई रोटीमा बदल्नुहोस् ताकि तपाईंले खान सक्‍नुभएको होस् !”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “शैतानले येशूलाई भन्यो कि यदि उहाँ परमेश्‍वरको पुत्र हुनुहुन्छ भने, उहाँले ती ढुङ्‍गाहरूलाई रोटीमा बदल्नुपर्छ ताकि उहाँले ती खान सक्‍नुभएको होस् !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने

शैतान जान्दथ्यो कि येशू वास्तवमै परमेश्‍वरका पुत्र हुनुहुन्थ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

परमेश्‍वरको पुत्र

यो येशूको लागि महत्त्वपूर्ण पदवी हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

यी ढुङ्‍गाहरूलाई रोटीमा बदल्नुहोस्

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “यी ढुङ्‍गाहरूलाई रोटी बन्‍ने बनाउनुहोस्” वा, “यी ढुङ्‍गाहरूलाई अलौकिक ढङ्‍गले रोटीमा बदल्नुहोस् ।”

रोटी

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, ती भाषाहरूमा “खानेकुरा” भन्‍न सकिन्छ जहाँ रोटी सामान्य रूपमा खाइरहिने खानेकुरा होइन । यहूदीहरूको संस्कारमा, रोटी मुख्य खाने‍कुरा थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)