ne_gl_ne_obs-tn/content/16/18.md

3.2 KiB

आखिरमा

संयोजक शब्द “आखिरमा”ले छुटकारा दिलाउने मानिसहरूलाई परमेश्‍वरद्वारा पठाउने समयबाट, इस्राएलले राजाको लागि माग गर्ने कुरामा सरेको सङ्‌केत गर्छ । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूका शत्रुहरूले तिनीहरूलाई धेरै पटक आक्रमण गरे पछि” वा, “थुप्रै विभिन्‍न राष्‍ट्रहरूबाट आक्रमण गरिनुको धेरै वर्ष पछि ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

परमेश्‍वरलाई राजाको लागि बिन्ती गरे

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरले तिनीहरूलाई राजा दिनुहोस् भनेर माग गरे” वा, “परमेश्‍वरलाई राजाको लागि बिन्ती गरिरहे ।”

अरू सबै राष्‍ट्रहरूसँग भए जस्तै

अरू राष्‍ट्रहरूको एउटा राजा थियो । इस्राएल पनि तिनीहरू जस्तै हुन र एउटा राजा पाउन चाहन्थ्यो ।

परमेश्‍वरलाई तिनीहरूको यो अनुरोध मन परेन

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वर तिनीहरूले उहाँसँग मागेको कुरासँग सहमत हुनुभएन ।” परमेश्‍वर जान्‍नुहुन्थ्यो कि तिनीहरू उहाँलाई तिनीहरूको शासकको रूपमा इन्कार गर्दै थिए र बरु एउटा मानव अगुवालाई पछ्याउन चुनिरहेका थिए ।

तर उहाँले तिनीहरूलाई एउटा राजा दिनुभयो

संयोजक शब्द “तर”ले परमेश्‍वरलाई तिनीहरूको अनुरोध मन नपरेको कुरालाई र उहाँले इस्राएललाई राजा दिनुभएको कुरासँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।