ne_gl_ne_obs-tn/content/16/18.md

24 lines
3.2 KiB
Markdown
Raw Permalink Normal View History

2020-07-24 17:14:45 +00:00
# आखिरमा
संयोजक शब्द “आखिरमा”ले छुटकारा दिलाउने मानिसहरूलाई परमेश्‍वरद्वारा पठाउने समयबाट, इस्राएलले राजाको लागि माग गर्ने कुरामा सरेको सङ्‌केत गर्छ । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “तिनीहरूका शत्रुहरूले तिनीहरूलाई धेरै पटक आक्रमण गरे पछि” वा, “थुप्रै विभिन्‍न राष्‍ट्रहरूबाट आक्रमण गरिनुको धेरै वर्ष पछि ।” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/grammar-connect-words-phrases]])
# परमेश्‍वरलाई राजाको लागि बिन्ती गरे
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वरले तिनीहरूलाई राजा दिनुहोस् भनेर माग गरे” वा, “परमेश्‍वरलाई राजाको लागि बिन्ती गरिरहे ।”
# अरू सबै राष्‍ट्रहरूसँग भए जस्तै
अरू राष्‍ट्रहरूको एउटा राजा थियो । इस्राएल पनि तिनीहरू जस्तै हुन र एउटा राजा पाउन चाहन्थ्यो ।
# परमेश्‍वरलाई तिनीहरूको यो अनुरोध मन परेन
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वर तिनीहरूले उहाँसँग मागेको कुरासँग सहमत हुनुभएन ।” परमेश्‍वर जान्‍नुहुन्थ्यो कि तिनीहरू उहाँलाई तिनीहरूको शासकको रूपमा इन्कार गर्दै थिए र बरु एउटा मानव अगुवालाई पछ्याउन चुनिरहेका थिए ।
# तर उहाँले तिनीहरूलाई एउटा राजा दिनुभयो
संयोजक शब्द “तर”ले परमेश्‍वरलाई तिनीहरूको अनुरोध मन नपरेको कुरालाई र उहाँले इस्राएललाई राजा दिनुभएको कुरासँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/grammar-connect-words-phrases]])
# ... बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।