ne_gl_ne_obs-tn/content/16/06.md

2.3 KiB

भत्काउनलाई

यसको अर्थ हुन्छ, “हिंसापूर्वक रीतिले ढाल्नलाई” वा, “ढालेर नाश गर्नलाई ।”

तर गिदोन मानिसहरूको डर मान्थे

संयोजक शब्द “तर”ले परमेश्‍वरको आज्ञा, जुन थियो-वेदीलाई भत्काउनू, यस कुरालाई गिदोनले आज्ञापालन गर्न विलम्ब गरेको कारणसँग जोड्छ, जुन थियो-उनी डराएका थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

मानिसहरूसँग डराएका

गिदोनका सङ्‍गी इस्राएलीहरू जसले त्यहि मूर्तिको पूजा गर्थे, तिनीहरू उनीसँग रिसाउनेछन् भन्‍ने सोचेर उनी डराए ।

त्यसकारण उनले रात परुञ्‍जेलसम्म कुरे

संयोजक शब्द “त्यसकारण”ले कारण, जुन थियो-गिदोन मानिसहरूसँग डराएका थिए, यस कुरालाई त्यसको परिणामसँग जोड्छ, जुन थियो-आफुलाई भनिएको कुरा मान्‍नलाई उनले रात परुञ्‍जेलसम्म कुरे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

रात परुञ्‍जेलसम्म कुरे

यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “अँध्यारो होउञ्‍जेलसम्म कुरे ।” सबैजना निदाएका रातिको समयमा गिदोनले वेदीलाई हिर्काएर टुक्राटुक्रा पारे ताकि कसैले उनलाई नदेखून् ।