# भत्काउनलाई यसको अर्थ हुन्छ, “हिंसापूर्वक रीतिले ढाल्नलाई” वा, “ढालेर नाश गर्नलाई ।” # तर गिदोन मानिसहरूको डर मान्थे संयोजक शब्द “तर”ले परमेश्‍वरको आज्ञा, जुन थियो-वेदीलाई भत्काउनू, यस कुरालाई गिदोनले आज्ञापालन गर्न विलम्ब गरेको कारणसँग जोड्छ, जुन थियो-उनी डराएका थिए । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/grammar-connect-words-phrases]]) # मानिसहरूसँग डराएका गिदोनका सङ्‍गी इस्राएलीहरू जसले त्यहि मूर्तिको पूजा गर्थे, तिनीहरू उनीसँग रिसाउनेछन् भन्‍ने सोचेर उनी डराए । # त्यसकारण उनले रात परुञ्‍जेलसम्म कुरे संयोजक शब्द “त्यसकारण”ले कारण, जुन थियो-गिदोन मानिसहरूसँग डराएका थिए, यस कुरालाई त्यसको परिणामसँग जोड्छ, जुन थियो-आफुलाई भनिएको कुरा मान्‍नलाई उनले रात परुञ्‍जेलसम्म कुरे । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/grammar-connect-words-phrases]]) # रात परुञ्‍जेलसम्म कुरे यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “अँध्यारो होउञ्‍जेलसम्म कुरे ।” सबैजना निदाएका रातिको समयमा गिदोनले वेदीलाई हिर्काएर टुक्राटुक्रा पारे ताकि कसैले उनलाई नदेखून् ।