ne_gl_ne_obs-tn/content/13/04.md

2.4 KiB

त्यसपछि परमेश्‍वरले मानिसहरूसँग एउटा करार बनाउनुभयो

अब परमेश्‍वरले जे भन्‍नुहुन्छ त्यो करारको सामग्री हो, अर्थात, उहाँले मानिसहरूलाई तिनीहरूले पालना गर्नै पर्ने कुराहरू बताउनुहुन्छ । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “त्यसपछि परमेश्‍वरले तिनीहरूसँग यो करार बनाउनुभयोः”

यहवे, तिमीहरूको परमेश्‍वर

केही भाषाहरूमा क्रमलाई परिवर्तन गरेर भन्‍न बढि स्वभाविक हुन सक्छ, “तिमीहरूको परमेश्‍वर यहवे ।” इस्राएलीहरूको एकजना भन्दा बढि परमेश्‍वर थियो भनेको जस्तो नसुनियोस् भनेर पक्‍का गर्नुहोस् । यो स्पष्‍ट हुनु पर्छ कि यहवे एकमात्र परमेश्‍वर हुनुहुन्छ । यसलाई अनुवाद गर्ने अर्को तरिका यसो हुन सक्थ्यो, “यहवे, जो तिमीहरूको परमेश्‍वर हुनुहुन्छ” वा, “तिमीहरूको परमेश्‍वर, जसको नाम यहवे हो ।”

जसले तिमीहरूलाई दास भएर रहनबाट उद्धार गर्नुभयो

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मृले तिमीहरूलाई दासत्वबाट छुटकारा दिएँ ।”

अरू कुनै ईश्‍वरको पूजा नगर ।

यो सारा इस्राएलीहरूलाई परमेश्‍वरबाटको आज्ञा हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-imperative)