ne_gl_ne_obs-tn/content/13/04.md

16 lines
2.4 KiB
Markdown
Raw Permalink Normal View History

2020-07-24 17:14:45 +00:00
# त्यसपछि परमेश्‍वरले मानिसहरूसँग एउटा करार बनाउनुभयो
अब परमेश्‍वरले जे भन्‍नुहुन्छ त्यो करारको सामग्री हो, अर्थात, उहाँले मानिसहरूलाई तिनीहरूले पालना गर्नै पर्ने कुराहरू बताउनुहुन्छ । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “त्यसपछि परमेश्‍वरले तिनीहरूसँग यो करार बनाउनुभयोः”
# यहवे, तिमीहरूको परमेश्‍वर
केही भाषाहरूमा क्रमलाई परिवर्तन गरेर भन्‍न बढि स्वभाविक हुन सक्छ, “तिमीहरूको परमेश्‍वर यहवे ।” इस्राएलीहरूको एकजना भन्दा बढि परमेश्‍वर थियो भनेको जस्तो नसुनियोस् भनेर पक्‍का गर्नुहोस् । यो स्पष्‍ट हुनु पर्छ कि यहवे एकमात्र परमेश्‍वर हुनुहुन्छ । यसलाई अनुवाद गर्ने अर्को तरिका यसो हुन सक्थ्यो, “यहवे, जो तिमीहरूको परमेश्‍वर हुनुहुन्छ” वा, “तिमीहरूको परमेश्‍वर, जसको नाम यहवे हो ।”
# जसले तिमीहरूलाई दास भएर रहनबाट उद्धार गर्नुभयो
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मृले तिमीहरूलाई दासत्वबाट छुटकारा दिएँ ।”
# अरू कुनै ईश्‍वरको पूजा नगर ।
यो सारा इस्राएलीहरूलाई परमेश्‍वरबाटको आज्ञा हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-imperative]])