ne_gl_ne_obs-tn/content/12/04.md

1.9 KiB

तिनीहरू फारोको सेना र लाल समुद्रको बीचमा पासोमा परे

यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “तिनीहरू भागेर जानलाई कतै ठाउँ थिएन किनभने तिनीहरूको पछाडि मिश्रीहरू थिए र तिनीहरूको अगाडि लाल समुद्र थियो ।”

हामीले मिश्रलाई किन छोड्‌यौँ ?

इस्राएलीहरूले कारण पाउनको लागि सोधिरहेका थिएनन् । किनकि तिनीहरू धेरै डराएका थिए, यो घडीमा तिनीहरूले कामना गरिरहेका थिए कि तिनीहरूले मिश्र नछोडेका भए हुने थियो (तिनीहरूको लागि त्यहाँ धेरै अप्ठेरो भएको भएतापनि) । यो एउटा कथन हुन सक्थ्यो, “हामीले मिश्रलाई छोड्‌नुहुने थिएन !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

हामीहरू मर्न लागेका छौँ !

यो एउटा कडा भनाई हो जसले मिश्रीहरूले तिनीहरूलाई मार्नेछन् भन्‍ने कुरा सम्बन्धी तिनीहरूको निश्‍चयतालाई व्यक्त गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclamations)