RepoConversions_ne_obs-tn/content/14/06.md

20 lines
2.6 KiB
Markdown

# यो सत्य हो कि कनानका मानिसहरू अग्ला र बलिया छन्, तर हामीले तिनीहरूलाई अवश्‍य हराउन सक्छौँ ! परमेश्‍वर हाम्रो लागि लड्नुहुनेछ !
यो कडा भनाई हो जसले भन्छ कि कनानका मानिसहरू ठूल्ठूला भएतापनि, परमेश्‍वर अझ ठूलो हुनुहुन्छ र तिनीहरूलाई हराउन इस्राएलीहरूलाई सक्षम बनाउनुहुनेछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-exclamations]])
# कनानका मानिसहरू
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “कनानमा बस्‍ने मानिसहरू” वा, “कनानीहरू ।”
# तर हामी अवश्‍य सक्छौँ
संयोजक शब्द “तर”ले इस्राएलीहरूको साटोमा कनानीहरू हार्नुपर्ने एउटा असाधारण कारण थियो भनेर सङ्केत गर्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/grammar-connect-words-phrases]])
# हामीले तिनीहरूलाई अवश्‍य हराउन सक्छौँ ! परमेश्‍वर हाम्रो लागि लड्नुहुनेछ !
यी दुई भनाईहरूको बीचमा सम्बन्ध देखाउनको लागि, यसो भन्‍नु आवश्‍यक हुन सक्छ, “हामीले तिनीहरूलाई अवश्‍य हराउन सक्छौँ किनभने परमेश्‍वर हाम्रो लागि लड्नुहुनेछ !”
# परमेश्‍वर हाम्रो लागि लड्नुहुनेछ !
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वर हामी सँगसँगै लड्नुहुनेछ र तिनीहरूलाई हराउन सहायता गर्नुहुनेछ !” यसले स्पष्‍ट बनाउँछ कि इस्राएलीहरू पनि कनानीहरूको विरूद्धमा लड्ने थिए ।