RepoConversions_ne_obs-tn/content/14/06.md

2.6 KiB

यो सत्य हो कि कनानका मानिसहरू अग्ला र बलिया छन्, तर हामीले तिनीहरूलाई अवश्‍य हराउन सक्छौँ ! परमेश्‍वर हाम्रो लागि लड्नुहुनेछ !

यो कडा भनाई हो जसले भन्छ कि कनानका मानिसहरू ठूल्ठूला भएतापनि, परमेश्‍वर अझ ठूलो हुनुहुन्छ र तिनीहरूलाई हराउन इस्राएलीहरूलाई सक्षम बनाउनुहुनेछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclamations)

कनानका मानिसहरू

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “कनानमा बस्‍ने मानिसहरू” वा, “कनानीहरू ।”

तर हामी अवश्‍य सक्छौँ

संयोजक शब्द “तर”ले इस्राएलीहरूको साटोमा कनानीहरू हार्नुपर्ने एउटा असाधारण कारण थियो भनेर सङ्केत गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

हामीले तिनीहरूलाई अवश्‍य हराउन सक्छौँ ! परमेश्‍वर हाम्रो लागि लड्नुहुनेछ !

यी दुई भनाईहरूको बीचमा सम्बन्ध देखाउनको लागि, यसो भन्‍नु आवश्‍यक हुन सक्छ, “हामीले तिनीहरूलाई अवश्‍य हराउन सक्छौँ किनभने परमेश्‍वर हाम्रो लागि लड्नुहुनेछ !”

परमेश्‍वर हाम्रो लागि लड्नुहुनेछ !

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “परमेश्‍वर हामी सँगसँगै लड्नुहुनेछ र तिनीहरूलाई हराउन सहायता गर्नुहुनेछ !” यसले स्पष्‍ट बनाउँछ कि इस्राएलीहरू पनि कनानीहरूको विरूद्धमा लड्ने थिए ।