RepoConversions_ne_obs-tn/content/10/08.md

2.0 KiB

त्यसपछि

यसको अर्थ परमेश्‍वरले मिश्रीहरूका छालामा दुख्‍ने खटिराहरू आउने बनाउनुभए पछि भन्‍ने हो ।

परमेश्‍वरले असिना पठाउनुभयो

परमेश्‍वरले असिनालाई आकाशबाट झर्ने पार्नुभयो ।

असिना

असिना भनेको बरफको ढिक्‍काहरू जस्तै हुन्छ जुन बादलबाट पानी झैँ पर्छ । यी ढिक्‍काहरू धेरै साना वा धेरै ठूला हुन सक्छन् । ठूलाहरूले ती जसमाथि पर्छन् त्यसलाई चोट लगाउन वा मार्न सक्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

फारोले मोशा र हारूनलाई बोलाए र तिनीहरूलाई भने, “मैले पाप गरेको छु । तिमीहरू जान सक्छौ ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा पनि बताउन सकिन्छः “फारोले मोशा र हारूनलाई बोलाए र तिनीहरूलाई भने कि तिनले पाप गरेका थिए, र तिनीहरू जान सक्थे भने ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

तिमीहरू जान सक्छौ

शब्द “तिमीहरू”ले मोशा, हारून, र इस्राएलीहरूलाई जनाउँछ ।