Thu Feb 22 2024 13:47:18 GMT+0545 (Nepal Time)

This commit is contained in:
Archana 2024-02-22 13:48:03 +05:45
commit 97f047a1e8
431 changed files with 965 additions and 0 deletions

1
01/01.txt Normal file
View File

@ -0,0 +1 @@
\c 1 \v 1 थियोफिलस, मैले लेखेको पहिलो पुस्तकमा, येशूले गर्न र सिकाउन थाल्नुभएका सबै कुरा बताए, \v 2 त्यस दिनसम्मको, जब उहाँले चुन्‍नुभएका प्रेरितहरूलाई पवित्र आत्माद्वारा उहाँले आज्ञा दिनुभएपछि उहाँ उचालिनुभयो । \v 3 उहाँको कष्‍टभोगपछि उहाँले धेरै विश्‍वसनीय प्रमाणसहित आफैंलाई तिनीहरूकहाँ जीवित प्रस्तुत गर्नुभयो । उहाँ चालिस दिनसम्म तिनीहरूकहाँ देखा पर्नुभयो, र परमेश्‍वरको राज्यको बारेमा बताउनुभयो ।

1
01/04.txt Normal file
View File

@ -0,0 +1 @@
\v 4 उहाँले तिनीहरूसँग भेटघाट गरिरहनुहुँदा, उहाँले तिनीहरूलाई यरूशलेम नछोड्न, तर पिताको प्रतिज्ञाको प्रतीक्षा गर्नलाई आज्ञा दिनुभयो, जसको बारेमा उहाँले भन्‍नुभयो, “तिमीहरूले मबाट सुन्यौ \v 5 कि वास्तवमा यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर केही दिनमा नै तिमीहरूको पवित्र आत्मामा बप्‍तिस्मा हुनेछ ।

1
01/06.txt Normal file
View File

@ -0,0 +1 @@
\v 6 तिनीहरू एकसाथ भेलाहुँदा, तिनीहरूले उहाँलाई सोधे, “प्रभु, के तपाईंले इस्राएल राज्य पुनर्स्थापना गर्नुहुने समय यही हो?” \v 7 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “पिताले उहाँको अधिकारद्वारा तोक्‍नुभएको समय वा ऋतुहरू जान्‍ने काम तिमीहरूको होइन । \v 8 तर जब पवित्र आत्मा तिमीहरूमाथि आउनुहुन्छ, तिमीहरूले शक्ति प्राप्‍त गर्नेछौ, अनि तिमीहरू यरूशलेममा र सारा यहूदियामा र सामरियामा, र पृथ्वीको अन्तिम छेउसम्मै मेरा साक्षीहरू हुनेछौ ।”

1
01/09.txt Normal file
View File

@ -0,0 +1 @@
\v 9 येशूले यी कुराहरू भनिसक्‍नुभएपछि, तिनीहरूले माथि हेरिरहँदा, उहाँ माथि उचालिनुभयो, र बादलले उहाँलाई तिनीहरूका आँखाबाट छेक्यो । \v 10 उहाँ जाँदै गर्नुहुँदा तिनीहरूले स्वर्गतिर उत्कटतापूर्वक हेरिररहेका बेला, सेतो वस्‍‍त्र पहिरेका दुई जना मानिस अचानक तिनीहरूका छेउमा खडा भए । \v 11 तिनीहरूले भने, “हे गालीलका मानिसहरू हो, तिमीहरू किन स्वर्गतिर हेरेर यहाँ उभिरहेका छौ? स्वर्गारोहण हुनुभएका यी येशूलाई तिमीहरूले जसरी स्वर्गतिर गइरहेका देखेका छौ, उहाँ त्यसरी नै फर्कनुहुनेछ ।

1
01/12.txt Normal file
View File

@ -0,0 +1 @@
\v 12 त्यसपछि तिनीहरू यरूशलेम नजिकै पर्ने जैतून डाँडाबाट यरूशलेमतिर फर्के, जुन एक विश्राम दिनको यात्रा जति टाढा थियो । \v 13 जब तिनीहरू आइपुगे, तब तिनीहरू आफू बसिरहेको माथिल्लो कोठामा गए । तिनीहरू पत्रुस, यूहन्‍ना, याकूब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ती, अल्फयसका छोरा याकूब, उग्रवादी सिमोन र याकूबका छोरा यहूदा थिए । \v 14 तिनीहरू सबै, अन्य महिलाहरू, र येशूकी आमा मरियम, र उहाँका भाइहरूसहित एकै मनको भएर समर्पित भई प्रार्थनामा लागिरहन्थे ।

1
01/15.txt Normal file
View File

@ -0,0 +1 @@
\v 15 ती दिनहरूमा झण्डै १२० जना भाइका माझमा पत्रुस खडा भए र भने, \v 16 “भाइहरू हो, येशूलाई पक्राऊ गर्नलाई अगुवाइ गर्ने यहूदाको बारे दाऊदको मुखबाट पवित्र आत्माले पहिला नै बोल्नुभएको धर्मशास्‍‍त्र पूरा हुनु आवश्यक थियो ।

2
01/17.txt Normal file
View File

@ -0,0 +1,2 @@
\v 17 किनकि त्यो हामीमध्ये एक जना थियो र त्यसले यही सेवकाइको हिस्सा प्राप्‍त गर्‍यो ।” \v 18 (अब त्यस मानिसले
त्यसको दुष्‍ट कर्मको कमाइबाट एउटा खेत किन्यो, त्यसको टाउको तल पारेर खस्यो, त्यसको शरीर फुट्‍यो, र त्यसको सबै आन्द्रा-भुँडी निस्क्यो । \v 19 यो कुरा यरूशलेममा बस्‍ने सबैले सुने, त्यसैले तिनीहरूले आफ्नो भाषामा त्यस खेतको नाम "अखेल्दमा" राखे जसको अर्थ “रगतको खेत” हुन्छ । )

1
01/20.txt Normal file
View File

@ -0,0 +1 @@
\v 20 “किनकि भजनसंग्रहको पुस्तकमा यसो लेखिएको छ, ‘त्यसको खेत उजाड बनाइयोस्, र त्यहाँ कोही एक जना पनि नबसोस्’; ‘त्यसको नेतृत्वको पद अरू कसैले लिओस् ।’

1
01/21.txt Normal file
View File

@ -0,0 +1 @@
\v 21 यसकारण यो आवश्यक छ, कि प्रभु येशू हाम्रो माझमा भित्र-बाहिर गर्नुहुँदा सधैँभरि, \v 22 अर्थात् यूहन्‍नाको बप्‍तिस्माको दिनदेखि उहाँलाई हामीबाट माथि लगिएको दिनसम्म, हामीलाई साथ दिने मानिसहरूमध्येबाट एक जना, हामीसँगै उहाँको पुनरुत्थानको साक्षी भएको हुनुपर्छ ।” \v 23 तिनीहरूले दुई जना अर्थात् बारसाबास भनिने योसेफ जसको नाउँ युस्तस पनि थियो र मतियासलाई अगि सारे ।

1
01/24.txt Normal file
View File

@ -0,0 +1 @@
\v 24 तिनीहरूले प्रार्थना गरे र भने, “तपाईं प्रभुले सबै मानिसहरूको हृदय जान्‍नुहुन्छ, त्यसैले यी दुई जनामध्ये कसलाई चुन्‍नुभएको छ प्रकट गर्नुहोस् \v 25 तिनले यो सेवकाइ र प्रेरितको पद लिऊन् जसबाट यहूदा भड्केर आफ्नो निज ठाउँमा गयो ।” \v 26 उनीहरूले तिनीहरूको निम्ति चिट्ठा हाले, र चिट्ठा मतियासको नाममा पर्‍यो, र तिनलाई एघार जना प्रेरितसँगै गनियो ।

1
01/title.txt Normal file
View File

@ -0,0 +1 @@
अध्याय १

1
02/01.txt Normal file
View File

@ -0,0 +1 @@
\c 2 \v 1 जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै जना एकैसाथ एकै ठाउँमा थिए । \v 2 एक्‍कासि स्वर्गबाट जोडसँग शक्तिशाली हावाको झोक्‍का जस्तै आवाज आयो र त्यसले तिनीहरू बसिरहेको पूरै घर भरियो । \v 3 भागभाग भएका आगोका जस्ता जिब्राहरू तिनीहरूकहाँ देखा परे, र ती तिनीहरू प्रत्‍येकमाथि बसे । \v 4 तिनीहरू सबै जना पवित्र आत्माले भरिए र आत्माले तिनीहरूलाई दिनुभएअनुसार अरू भाषाहरूमा बोल्न थाले ।

1
02/05.txt Normal file
View File

@ -0,0 +1 @@
\v 5 अब स्वर्गमुनि भएका हरेक जातिबाटका ईश्‍वरभक्त यहूदीहरू यरूशलेममा बसिरहेका थिए । \v 6 जब यो आवाज सुनियो, मानिसहरूका भीड एकसाथ आयो र अन्योलमा पर्‍यो किनभने हरेकले आ-आफ्ना भाषामा तिनीहरू बोलिरहेका सुन्यो । \v 7 तिनीहरू छक्‍क र चकित भए; तिनीहरूले भने, “साँच्‍चै, के यी सबै बोलिरहनेहरू गालीलीहरू होइनन्?

1
02/08.txt Normal file
View File

@ -0,0 +1 @@
\v 8 त्यसो भए किन तिनीहरू प्रत्‍येकले हाम्रो आफ्नै मातृभाषामा नै बोलिरहेका हामी सुनिरहेका छौं? \v 9 पार्थीहरू र मादीहरू र एलामीहरू र मेसोपोटामिया, यहूदिया र कापाडोकिया, पोन्टस र एसिया \v 10 फ्रिगिया र पामफिलिया, मिश्र र कुरेनी नजिकका लिबियाका भागहरूका बासिन्दाहरू, र रोमका आगन्तुकहरू, \v 11 यहूदीहरू र यहूदी मत मान्‍नेहरू, क्रेट निवासी र अरबीहरू, तिनीहरूले परमेश्‍वरका महान् कामहरूका बारेमा हाम्रै भाषामा बताइरहेका हामीले सुन्छौं ।”

1
02/12.txt Normal file
View File

@ -0,0 +1 @@
\v 12 तिनीहरू सबै जना चकित र जिल्ल परे; तिनीहरूले एकअर्कालाई भने, “यसको तात्पर्य के हो?” \v 13 तर अरूले चाहिं गिज्याए र भने, “तिनीहरू नयाँ मद्यले टन्‍न भएका छन् ।”

1
02/14.txt Normal file
View File

@ -0,0 +1 @@
\v 14 तर पत्रुस एघार जनासँगै खडा भएर उच्‍च स्वरले तिनीहरूलाई भने, “यहूदिया र यरूशलेममा बस्‍ने सबै मानिसहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस्; मेरा कुराहरू ध्यान दिएर सुन्‍नुहोस् । \v 15 किनकि तपाईंहरूले ठान्‍नुभएजस्तो यी मानिसहरू मातेका छैनन्, कारण अहिले दिनको तेस्रो घडी मात्र भएको छ ।

1
02/16.txt Normal file
View File

@ -0,0 +1 @@
\v 16 तर अगमवक्‍ता योएलद्वारा यो कुरा बोलिएको थियोः \v 17 ‘परमेश्‍वर भन्‍नुहुन्छ, “अन्त्यका दिनहरूमा यस्तो हुनेछ, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु । तिमीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन्, तिमीहरूका जवानहरूले दर्शन देख्‍नेछन्, र तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्‍नेछन् ।

1
02/18.txt Normal file
View File

@ -0,0 +1 @@
\v 18 निश्‍चय नै, ती दिनहरूमा मेरा दास र दासीहरूमाथि म मेरो आत्मा खन्याउनेछु, र तिनीहरूले अगमवाणी बोल्नेछन् । \v 19 म माथि आकाशमा अचम्मका कुराहरू र तल पृथ्वीमा रगत, आगो, र धूवाँको मुस्लोका चिन्हहरू देखाउनेछु ।

1
02/20.txt Normal file
View File

@ -0,0 +1 @@
\v 20 परमप्रभुको महान् र उल्‍लेखनीय दिन आउनअगि सूर्य अँध्यारोमा र चन्द्रमा रगतमा परिणत हुनेछ । \v 21 यस्तो हुनेछ कि परमप्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ ।

1
02/22.txt Normal file
View File

@ -0,0 +1 @@
\v 22 हे इस्राएलका मानिसहरू हो, यी कुराहरू सुन्‍नुहोस्∶ नासरतका येशू मानिस हुनहुन्थ्यो जसलाई परमेश्‍वरले शक्तिशाली कामहरू, आश्‍चर्यकर्महरू र चिन्हहरूद्वारा तपाईंहरूमा मान्यता दिनुभयो जुन कामहरू परमेश्‍वरले येशूद्वारा तपाईंहरूको माझमा गर्नुभएको तपाईंहरूलाई थाहै छ । \v 23 परमेश्‍वरको अठोट गरिएको योजना र पूर्वज्ञानले गर्दा, उहाँ सुम्पिइनुभयो; र तपाईंहरू, अधर्मी मानिसहरूको हातद्वारा क्रूसमा टाँगेर मार्नुभयो । \v 24 तर उहाँलाई मृत्युका पीडाहरूबाट छुटाएर परमेश्‍वरले उहाँलाई जीवित पार्नुभयो किनभने उहाँ यसको अधीनमा रहिरहन सम्भव थिएन ।

1
02/25.txt Normal file
View File

@ -0,0 +1 @@
\v 25 किनकि दाऊदले उहाँको बारेमा भन्छन्, ‘परमप्रभुलाई मैले सधैं मेरो मुहार अगाडि देखें, किनकि म नडगमगाऊँ भनेर उहाँ मेरो दाहिने हातको छेउमा हुनुहुन्छ । \v 26 यसकारण मेरो हृदय आनन्दित भयो र मेरो जिब्रोले आनन्द मनायो । साथै मेरो शरीर पनि आशामा जिउनेछ ।

1
02/27.txt Normal file
View File

@ -0,0 +1 @@
\v 27 किनकि तपाईंले मेरो प्राणलाई पातालमा त्याग्‍नुहुनेछैन न त तपाईंले आफ्ना पवित्रजनलाई कुहिन दिनुहुनेछ । \v 28 तपाईंले मलाई जीवनका मार्गहरू प्रकट गर्नुभयो; तपाईंले आफ्नो मुहारले मलाई खुसीले भरिपूर्ण बनाउनुहुनेछ ।

1
02/29.txt Normal file
View File

@ -0,0 +1 @@
\v 29 हे भाइहरू हो, म हाम्रा पुर्खा दाऊदका बारेमा द‍ृढतासाथ बोल्न सक्छु, कि तिनी मरे र गाडिए, र तिनको चिहान आजको दिनसम्म हामीसँग छ । \v 30 यसकारण तिनी एक अगमवक्‍ता थिए र परमेश्‍वरले तिनकै सन्तानहरूमध्येबाटै एक जनालाई तिनको सिंहसानमा बसाल्नुहुनेछ भनी उहाँले तिनीसँग शपथ खानुभएको कुरा तिनलाई थाहा थियो । \v 31 तिनले भविष्‍यमा हुन लागेको कुरा पहिला नै देखे र ख्रीष्‍टको पुनरुत्थानको बारेमा बताए कि उहाँ न पातालमा त्यागिनुभयो न त उहाँको शरीर नै कुहियो ।

1
02/32.txt Normal file
View File

@ -0,0 +1 @@
\v 32 यी नै येशू—परमेश्‍वरले उहाँलाई जीवित पार्नुभयो जसको हामी सबै जना साक्षी छौं । \v 33 यसकारण उहाँ परमेश्‍वरको दाहिने हातपट्टि उठाइनुभएर र पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा पाउनुभएर, उहाँले यो खन्याउनुभएको छ जुन तपाईंहरू देख्‍नु र सुन्‍नुहुन्छ ।

1
02/34.txt Normal file
View File

@ -0,0 +1 @@
\v 34 किनकि दाऊद स्वर्ग चढेनन् तर तिनी भन्‍छन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, “मेरो दाहिने हातपट्टि बस, \v 35 जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिनँ ।”’ \v 36 यसकारण इस्राएलका सबै घरानाले यो निश्‍चयसाथ जानून् कि यही येशू जसलाई तपाईंहरूले क्रूसमा टाँग्‍नुभयो, परमेश्‍वरले उहाँलाई प्रभु र ख्रीष्‍ट दुवै बनाउनुभएको छ ।

1
02/37.txt Normal file
View File

@ -0,0 +1 @@
\v 37 अब तिनीहरूले यो सुनेपछि, तिनीहरूको हृदय छिया-छिया भयो, र पत्रुस र अरू बाँकी प्रेरितहरूलाई तिनीहरूले भने, “भाइहरू हो, हामी के गरौं?” \v 38 अनि पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर र तिमीहरू प्रत्‍येकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लेओ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्‍त गर्नेछौ । \v 39 किनकि यो प्रतिज्ञा तिमीहरूका लागि र तिमीहरूका सन्तानहरूका लागि र टाढा-टाढा भएका सबैका लागि हो जस-जसलाई परमप्रभु हाम्रा परमेश्‍वरले बोलाउनुहुनेछ ।”

1
02/40.txt Normal file
View File

@ -0,0 +1 @@
\v 40 अरू धेरै कुराहरूद्वारा तिनले गवाही दिए र तिनीहरूलाई यसो भन्दै आग्रह गरे, “यो दुष्‍ट पुस्ताबाट बच ।” \v 41 तब तिनीहरूले तिनको कुरा ग्रहण गरे र बप्‍तिस्मा लिए, र झन्डै तीन हजार प्राणहरू त्यस दिन थपिए । \v 42 तिनीहरू प्रेरितहरूको शिक्षा र सङ्गति, रोटी भाँच्‍ने कार्य र प्रार्थनामा लागिरहे ।

1
02/43.txt Normal file
View File

@ -0,0 +1 @@
\v 43 हरेक प्राणमाथि डर छायो, र प्रेरितहरूद्वारा धेरै अचम्मका कार्यहरू र चिन्हहरू भए । \v 44 विश्‍वास गर्नेहरू सबै जना सँगसँगै बस्थे र तिनीहरूका सबै चिज साझा थिए, \v 45 र तिनीहरूले आफ्ना सम्पत्ति र स्वामित्वमा भएका कुराहरू बेचे र कसैको आवश्यकता अनुसार ती सबैलाई बाँडचुँड गरे ।

1
02/46.txt Normal file
View File

@ -0,0 +1 @@
\v 46 यसरी तिनीहरू दिनहुँ एकै मनको भएर समर्पित भई मन्दिरमा लागिरहन्थे । तिनीहरूले घरघरमा रोटी भाँच्थे, र आनन्द र नम्र हृदयका साथ भोजन बाँडचुँड गर्थे । \v 47 तिनीहरूले परमेश्‍वरको प्रशंसा गर्दै र सबै मानिसहरूमाझ शुभेच्छा पाउँदै बस्थे, र प्रभुले उद्धार पाइरहेकाहरूलाई दिनदिनै तिनीहरूका माझमा थप्‍नुहुन्थ्यो ।

1
02/title.txt Normal file
View File

@ -0,0 +1 @@
अध्याय २

1
03/01.txt Normal file
View File

@ -0,0 +1 @@
\c 3 \v 1 अब पत्रुस र यूहन्‍ना प्रार्थना गर्ने समयको नवौं घडीमा मन्दिरतिर जाँदै थिए । \v 2 त्यहाँ एक जना जन्मैदेखि लङ्गडो मानिसलाई बोकेर मन्दिरको सुन्दर नाउँको ढोकामा ल्याइन्थ्यो । तिनीहरूले त्यसलाई हरेक दिन त्यहाँ राख्थे ताकि त्यसले त्यस मन्दिरमा जाँदै गरेका मानिसहरूसँग भिक्षा माग्‍न सकून् । \v 3 जब त्यसले पत्रुस र यूहन्‍नालाई त्यस मन्दिरमा पस्‍न लागेका देखे, त्यसले तिनीहरूसँग भिक्षा मागे ।

1
03/04.txt Normal file
View File

@ -0,0 +1 @@
\v 4 यूहन्‍नासित पत्रुसले त्यसतर्फ नजर अडाएर भने, “हामीलाई हेर ।” \v 5 त्यस लङ्गडा मानिसले तिनीहरूबाट केही चीज प्राप्‍त गर्ने आशा राखेर तिनीहरूलाई हेरे । \v 6 तर पत्रुसले भने, “मसँग सुन र चाँदी छैन, तर जे मसँग छ त्यो म तिमीलाई दिनेछु । नासरतका येशू ख्रीष्‍टको नाउँमा हिंड ।”

1
03/07.txt Normal file
View File

@ -0,0 +1 @@
\v 7 पत्रुसले त्यसको दाहिने हात समाएर त्यसलाई उठाए, र तुरुन्तै त्यस मानिसको गोडा र गोलिगाँठोमा बल प्राप्‍त भयो । \v 8 त्यो लङ्गडो मानिस उफ्रँदै उठ्‍यो र हिंड्नलाई सुरु गर्‍यो, अनि पत्रुस र यूहन्‍नासँगै हिंड्दै, उफ्रँदै र परमेश्‍वरको प्रशंसा गर्दै मन्दिरभित्र प्रवेश गर्‍यो ।

1
03/09.txt Normal file
View File

@ -0,0 +1 @@
\v 9 सबै मानिसहरूले त्यसलाई हिंडिरहेको र परमेश्‍वरको प्रशंसा गरिरहेको देखे । \v 10 तिनीहरूले देखे कि त्यो त्यही मानिस थिए जो त्यस मन्दिरको सुन्दर ढोकामा भिक्षा माग्‍नलाई बस्दै आइरहेको थियो र त्यसमाथि भएका कुराले तिनीहरू आश्‍चर्य र विस्मयले भरिएका थिए ।

1
03/11.txt Normal file
View File

@ -0,0 +1 @@
\v 11 त्यसले पत्रुस र यूहन्‍नाको हात समाइरहँदा, सबै मानिसहरू अति चकित हुँदै तिनीहरू भएका सोलोमनको दलानतर्फ दगुरे । \v 12 जब पत्रुसले यो देखे, तब तिनले मानिसहरूलाई जवाफ दिए, “हे इस्राएलका मानिसहरू हो, तपाईंहरू किन चकित हुनुभएको छ? किन तपाईंहरूले त्यसलाई हामीले आफ्नै शक्ति वा धार्मिकताले हिंड्ने बनाएको जस्तै गरी हामीलाई एक टकले हेर्नुहुन्छ?

1
03/13.txt Normal file
View File

@ -0,0 +1 @@
\v 13 अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर, हाम्रा पूर्खाका परमेश्‍वरले आफ्ना सेवक येशूलाई महिमित पार्नुभएको छ । उहाँ नै हुनुहुन्छ जसलाई तपाईंहरूले पक्राइदिनुभयो र पिलातसले उहाँलाई छोड्ने निर्णय गर्दा पनि तपाईंहरूले तिनको सामु उहाँलाई इन्कार गर्नुभयो । \v 14 तपाईंहरूले पवित्र र धर्मी जनलाई इन्कार गर्नुभयो, र उहाँको सट्टामा तपाईंहरूले एउटा हत्यारालाई छोडिदिन आग्रह गर्नुभयो ।

1
03/15.txt Normal file
View File

@ -0,0 +1 @@
\v 15 तपाईंहरूले जीवनका कर्ताको हत्या गर्नुभयो जसलाई परमेश्‍वरले मृत्युबाट उठाउनुभयो, र हामी यसको साक्षी छौं । \v 16 उहाँको नाउँमाथिको विश्‍वासले गर्दा उहाँकै नाउँले यी मानिसलाई बलियो बनायो, जसलाई तपाईंहरूले देख्‍नु र जान्‍नुहुन्छ । येशूप्रति त्यसको विश्‍वासले त्यसलाई तपाईंहरू सबैको सामुन्‍ने पूर्ण स्वास्थ्य प्रदान गरेको छ ।

1
03/17.txt Normal file
View File

@ -0,0 +1 @@
\v 17 अब भाइहरू हो, म जान्दछु कि तपाईंहरूले अज्ञानतामा कार्य गर्नुभयो, जसरी तपाईंका शासकहरूले पनि गरे। \v 18 तर उहाँका ख्रीष्‍टले दु∶ख भोग्‍नुपर्छ भनी परमेश्‍वरले पहिले नै ती सबै अगमवक्‍ताहरूका मुखबाट बताउनुभएको कुराहरू उहाँले अहिले पूरा गर्नुभएको छ ।

1
03/19.txt Normal file
View File

@ -0,0 +1 @@
\v 19 त्यसकारण पश्‍चाताप गर्नुहोस्, र फर्कनुहोस् ताकि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट ताजा बनाउने समय आओस्; \v 20 र उहाँले नियुक्त भइसक्‍नुभएका ख्रीष्‍ट येशूलाई तपाईंहरूका निम्ति पठाउनुभएको होस् ।

1
03/21.txt Normal file
View File

@ -0,0 +1 @@
\v 21 उहाँ नै हुनुहुन्छ जसलाई सबै कुराहरूको पुनर्स्थापना नभएसम्म स्वर्गले ग्रहण गर्नुपर्छ, जसको बारेमा परमेश्‍वरले उहाँका पवित्र अगमवक्‍ताहरूद्वारा धेरै पहिलेदेखि बोल्नुभयो । \v 22 वास्तवमा मोशाले भने, ‘परमप्रभु परमेश्‍वेरले तिमीहरूका दाजुभाइहरूका बीचबाट मजस्तै अगमवक्‍तालाई खडा गर्नुहुनेछ । उहाँले तिमीहरूलाई भन्‍नुहुने सबै कुराहरू तिमीहरूले सुन्‍नुपर्नेछ । \v 23 यसो हुनेछ कि ती अगमवक्‍तालाई नसुन्‍ने हरेक व्यक्ति मानिसहरूका बीचबाट पूर्ण रूपमा नाश हुनेछ ।’

1
03/24.txt Normal file
View File

@ -0,0 +1 @@
\v 24 हो, शमूएलदेखिका र तिनीपछि आएका सबै अगमवक्‍ताहरूले यी दिनहरूका बारेमा घोषणा गरे । \v 25 तपाईंहरू अगमवक्‍ताका र परमेश्‍वरले तपाईंहरूका पुर्खाहरूसँग गर्नुभएको करारका पुत्रहरू हुनुहुन्छ, जसरी उहाँले अब्राहामलाई भन्‍नुभयो, ‘तिम्रो सन्तानद्वारा नै यस पृथ्वीका सबै परिवारहरू आशिषित हुनेछन् ।’ \v 26 परमेश्‍वरले आफ्ना सेवकलाई उठाउनु भएपछि तपाईंहरूमध्ये हरेकलाई तपाईंहरूको दुष्‍टताबाट फर्काएर तपाईंहरूलाई आशिष् दिनलाई उहाँलाई पहिला तपाईंहरूकहाँ पठाउनुभयो ।”

1
03/title.txt Normal file
View File

@ -0,0 +1 @@
अध्याय ३

1
04/01.txt Normal file
View File

@ -0,0 +1 @@
\c 4 \v 1 जसै पत्रुस र यूहन्‍ना मानिसहरूसँग बोलिरहेका थिए, पूजाहारीहरू, मन्दिरका कप्तान र सदुकीहरू तिनीहरूकहाँ आए । \v 2 पत्रुस र यूहन्‍नाले मानिसहरूलाई सिकाइरहेका र येशू मृत्युबाट पुनरुत्थान हुनुभएको घोषणा गरिरहेका कारण उनीहरू साह्रै विचलित भएका थिए । \v 3 उनीहरूले तिनीहरूलाई पक्रे र अर्को बिहानसम्मका लागि झ्यालखानामा हालिदिए, किनभने त्यतिबेला साँझ परिसकेको थियो । \v 4 तर सन्देश सुनेका मानिसहरूमध्ये धेरै जनाले विश्‍वास गरे; र विश्‍वास गर्ने मानिसहरूको सङ्ख्या करिब पाँच हजार थियो ।

1
04/05.txt Normal file
View File

@ -0,0 +1 @@
\v 5 अर्को दिन तिनीहरूका शासकहरू, धर्म-गुरुहरू र शास्‍‍त्रीहरू यरूशलेममा जम्मा भए । \v 6 प्रधान पूजाहारी हन्‍नास, कैयाफा, यूहन्‍ना, अलेक्जेन्डर र प्रधान पूजाहारीका सबै आफन्तहरू त्यहाँ थिए । \v 7 जब उनीहरूले पत्रुस र यूहन्‍नालाई उनीहरूका माझमा राखे तब उनीहरूले तिनीहरूलाई सोधे, “तिमीहरूले कुन शक्तिबाट वा कुन नाउँमा यसो गरेका हौ?”

1
04/08.txt Normal file
View File

@ -0,0 +1 @@
\v 8 अनि पवित्र आत्माले भरिएर पत्रुसले उनीहरूलाई भने, “हे मानिसहरूका शासकहरू र धर्म-गुरुहरू हो, \v 9 यदि यस बिरामी मानिसलाई गरेको असल कामको बारेमा, र यस मानिसलाई कसरी ठिक पारियो भनी आज हामीलाई प्रश्‍न गरिदैंछ भने, \v 10 तपाईंहरू सबै र इस्राएलका सबै मानिसहरूलाई यो थाहा होस् कि तपाईंहरूले क्रूसमा टाँग्‍नुभएका तर परमेश्‍वरले मृत्युबाट जीवित पार्नुभएका नासरतका येशू ख्रीष्‍टको नाउँमा यो मानिस तपाईंहरूको बीचमा स्वस्थ भएर उभिएको छ ।

1
04/11.txt Normal file
View File

@ -0,0 +1 @@
\v 11 येशू ख्रीष्‍ट त्यो ढुङ्गा हुनुहुन्छ जसलाई तपाईं घर निर्माणकर्ताहरूले इन्कार गर्नुभयो तर अहिले मुख्य कुनेढुङ्गा बनाइएको छ । \v 12 अरू कुनै व्यक्तिमा मुक्ति छैन, किनकि हामी बचाइनका लागि स्वर्गमुनि मानिसहरूका माझमा अर्को कुनै नाउँ दिइएको छैन ।”

1
04/13.txt Normal file
View File

@ -0,0 +1 @@
\v 13 जब उनीहरूले पत्रुस र यूहन्‍नाको साहस देखे र महसुस गरे कि तिनीहरू साधारण र आशिक्षित मानिसहरू थिए, तब पत्रुस र यूहन्‍ना येशूसँगै रहने गर्थे भन्‍ने कुरा थाहा पाएर उनीहरू छक्‍क परे । \v 14 उनीहरूले त्यो निको भएको मानिस तिनीहरूसँगै उभिरहेको देखेको कारण त्यस विरुद्ध उनीहरूले केही बोल्न सकेनन् ।

1
04/15.txt Normal file
View File

@ -0,0 +1 @@
\v 15 तर प्रेरितहरूलाई परिषद् बैठक छोड्न आज्ञा दिएपछि उनीहरू एकआपसमा कुरा गर्न थाले । \v 16 उनीहरूले भने, “यी मानिसहरूलाई हामी के गरौं? किनकि तिनीहरूद्वारा गरिएको उल्लेखनीय आश्‍चर्यकर्मको वास्तविकता यरूशलेममा बस्‍ने सबैलाई थाहा छ; हामी यसलाई इन्कार गर्न सक्दैनौं । \v 17 तर यो कुरा अझ बढी मानिसहरू बीचमा नफैलियोस् भनेर तिनीहरूलाई यस नाउँमा अब उसो कसैसँग पनि नबोल्नू भनी चेताउनी दिऔं ।” \v 18 तब उनीहरूले पत्रुस र यूहन्‍नालाई भित्र बोलाए र येशूको नाउँमा बोल्दै नबोल्नू वा शिक्षा कदापि नदिनू भनी आज्ञा दिए ।

1
04/19.txt Normal file
View File

@ -0,0 +1 @@
\v 19 तर पत्रुस र यूहन्‍नाले उनीहरूलाई जवाफ दिए र भने, “परमेश्‍वरको नजरमा उहाँको भन्दा बढी तपाईंहरूको आज्ञापालन गर्नु उचित हो कि होइन, तपाईंहरू नै न्याय गर्नुहोस् । \v 20 हामीले देखेका र सुनेका कुराहरूको बारेमा हामी नबोली रहन सक्दैनौं ।”

1
04/21.txt Normal file
View File

@ -0,0 +1 @@
\v 21 पत्रुस र यूहन्‍नालाई अझ बढी चेताउनी दिएपछि उनीहरूले तिनीहरूलाई जान दिए । उनीहरूले तिनीहरूलाई दण्ड दिनको निम्ति कुनै पनि दोष भेट्टाउन सकेनन्, किनभने जे गरिएको थियो त्यसको निम्ति सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरिरहेका थिए । \v 22 यो चंगाइको आश्‍चर्यकर्म अनुभव गर्ने मानिस चालिस वर्षभन्दा माथिको थियो ।

1
04/23.txt Normal file
View File

@ -0,0 +1 @@
\v 23 तिनीहरूलाई स्वतन्‍‍त्र छोडेपछि, पत्रुस र यूहन्‍ना आफ्ना मानिसहरूकहाँ आए र मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरूले तिनीहरूलाई भनेका सबै कुरा बताए । \v 24 तिनीहरूले यो सुनेपछि आफ्ना आवाज परमेश्‍वरमा एकसाथ उचाले र भने, “हे प्रभु, तपाईं जसले स्‍वर्ग र पृथ्वी र समुद्र र त्यसमा भएका सबै थोक बनाउनुभयो, \v 25 तपाईंले पवित्र आत्माद्वारा तपाईंका सेवक हाम्रा पिता दाऊदको मुखद्वारा बोल्नुभयो, ‘गैरयहूदीहरू किन क्रोधित भए, र मानिसहरूले अर्थहीन कुराहरू कल्पना गरे?

1
04/26.txt Normal file
View File

@ -0,0 +1 @@
\v 26 तपाईंले भन्‍नुभयो, 'परमप्रभु र उहाँका ख्रीष्‍टको विरुद्धमा पृथ्वीका राजाहरू एक मत भए, र शासकहरू एकसाथ भेला भए ।'

1
04/27.txt Normal file
View File

@ -0,0 +1 @@
\v 27 वास्तवमा, हेरोद र पन्तियस पिलातस दुवै, गैरयहूदीहरू र इस्राएलका मानिसहरूसँगै यो शहरमा तपाईंले अभिषेक गर्नुभएका तपाईंका पवित्र सेवक येशूको विरुद्धमा भेला भए । \v 28 तपाईंको बाहुलीबाट र तपाईंको योजनाबाट पहिले नै निर्णय भएको सबै कुरा गर्नलाई तिनीहरू सँगसँगै भेला भए ।

1
04/29.txt Normal file
View File

@ -0,0 +1 @@
\v 29 हे प्रभु, अब तिनीहरूका चेताउनीलाई हेर्नुहोस् र तपाईंका सेवकहरूलाई तपाईंको वचन पूरा साहससित बोल्न दिनुहोस् । \v 30 तपाईंले निको पार्न र तपाईंका पवित्र सेवक येशूको नाउँद्वारा चिन्हहरू र आश्‍चर्यकर्महरू गर्न आफ्नो हात पसार्नुहोस् ।” \v 31 तिनीहरूले प्रार्थना गरेर सिध्याएपछि तिनीहरू भेला भएको ठाउँ हल्लियो, र तिनीहरू सबै पवित्र आत्माले भरिए र तिनीहरूले परमेश्‍वरको वचन साहससित बोले ।

2
04/32.txt Normal file
View File

@ -0,0 +1,2 @@
\v 32 विश्‍वास गर्नेहरूको त्यो ठुलो समूह एउटै हृदय र प्राणका थिए । कसैले पनि आफूसँग भएको कुनै पनि थोक
त्यसको आफ्नो हो भनेनन्, तर तिनीहरूका सबै थोक साझा थिए । \v 33 ठुलो शक्तिसाथ प्रेरितहरूले प्रभु येशूको पुनरुत्थानको बारेमा गवाही घोषणा गर्दैथिए र तिनीहरू सबैमाथि ठुलो अनुग्रह थियो ।

2
04/34.txt Normal file
View File

@ -0,0 +1,2 @@
\v 34 तिनीहरूमध्ये कुनै थोकको अभाव भएको कुनै व्यक्ति थिएन किनकि जति जनासँग जग्गाहरू र घरहरू थिए, तिनीहरूले ती बेच्थे र बेचेर आएको पैसा ल्याउँथे \v 35 र प्रेरितहरूका पाउमा राखिदिन्थे, र आवश्यकतापरेअनुसार
प्रत्‍येकलाई ती वितरण गरिन्थ्यो ।

1
04/36.txt Normal file
View File

@ -0,0 +1 @@
\v 36 साइप्रसबाट आएका योसेफ नाउँका एक जना मानिस थिए जो लेवी कुलका थिए जसलाई प्रेरितहरूले बारनाबास (जसको अर्थ उत्साहको पुत्र हुन्छ) नाउँ राखिदिएका थिए, \v 37 तिनले आफूसँग भएको जमिन बेचे र त्यसको पैसा ल्याएर प्रेरितहरूको पाउमा राखिदिए ।

1
04/title.txt Normal file
View File

@ -0,0 +1 @@
अध्याय ४

1
05/01.txt Normal file
View File

@ -0,0 +1 @@
\c 5 \v 1 अब एक जना हननिया नाउँ गरेका मानिसले आफ्नी पत्‍नी सफिरासँग मिलेर एक टुक्रा जमिन बेचे, \v 2 र उनले त्यो पैसाको केही अंश आफूसँगै राखे (यो कुरा उनकी पत्‍नीलाई पनि थाहा थियो) र यसको बाँकी अंश ल्याएर प्रेरितहरूको पाउमा राखिदिए ।

1
05/03.txt Normal file
View File

@ -0,0 +1 @@
\v 3 तर पत्रुसले भने, “हननिया, पवित्र आत्मालाई झूट बोल्न र त्यस जमिनको मूल्यको केही अंश राख्‍नलाई शैतानले किन तिम्रो हृदयलाई भरिदियो? \v 4 यसलाई बिक्री नगर्दा के यो तिम्रो आफ्नो थिएन र, अनि यसलाई बेचिसकेपछि, यो तिम्रो आफ्नै नियन्‍‍त्रणमा थिएन र? तिमीले आफ्नो हृदयमा यस्तो कुरा कसरी सोच्यौ? तिमीले मानिसहरूलाई होइन तर परमेश्‍वरलाई झुट बोलेका छौ ।" \v 5 यी कुराहरू सुनेर हननिया भुइँमा लडे र अन्तिम सास फेरे, र यो कुरा सुन्‍नेहरू सबैमा ठुलो डर छायो । \v 6 जवान मानिसहरू अगाडि आए र उनलाई कपडाले बेह्रे र तिनीहरूले उनलाई बोकेर बाहिर लगे र गाडे ।

1
05/07.txt Normal file
View File

@ -0,0 +1 @@
\v 7 त्यसको झण्डै तिन घण्टापछि उनकी पत्‍नी त्यहाँ के भएको थियो भन्‍ने थाहै नपाई भित्र आइन् । \v 8 पत्रुसले उनलाई भने, “तिमीहरूले सो जमिनलाई त्यत्ति नै मूल्यमा बेचेका हौ या होइनौ, मलाई बताऊ ।” उनले भनिन्, “हो, त्यत्तिमा नै हो ।”

1
05/09.txt Normal file
View File

@ -0,0 +1 @@
\v 9 तब पत्रुसले उनलाई भने, “तिमीहरू परमप्रभुको आत्मालाई जाँच गर्न कसरी सँगै सहमत भयौ? हेर, तिम्रो पतिलाई गाड्नेहरूका पाउ ढोकामा नै छन्, र तिनीहरूले तिमीलाई पनि बोकेर बाहिर लानेछन् ।" \v 10 तिनी तुरुन्तै उनको पाउमा लडिन् र तिनले अन्तिम सास फेरिन् । जब ती जवान मानिसहरू भित्र आए र तिनलाई मृत भेट्टाए, तिनीहरूले तिनलाई बोकेर बाहिर लगे र तिनलाई तिनको पतिको नजिकै गाडिदिए । \v 11 पूरै मण्डलीमा र यी कुराहरू सुन्‍ने सबैमा ठुलो डर छायो ।

1
05/12.txt Normal file
View File

@ -0,0 +1 @@
\v 12 प्रेरितहरूको हातद्वारा मानिसहरूका बीचमा धेरै चिन्‍ह र आश्‍चर्यकर्महरू भइरहेका थिए । तिनीहरू सबै सोलोमनको दलानमा सँगै थिए । \v 13 तिनीहरूलाई मानिसहरूद्वारा उच्‍च सम्मान मिलेको भए तापनि कसैले पनि तिनीहरूसँगै सामेल हुन साहस गरेनन् ।

1
05/14.txt Normal file
View File

@ -0,0 +1 @@
\v 14 अझ धेरै विश्‍वासीहरू अर्थात् असंख्य पुरुषहरू र स्‍‍त्रीहरू प्रभुमा थपिंदै थिए । \v 15 पत्रुस त्यहाँबाट भएर आउँदा तिनको छाया तिनीहरूमध्ये कोहीमाथि परोस् भनेर तिनीहरूले बिरामीहरूलाई गल्लीहरूमा बोकेर ल्याए र तिनीहरूलाई खाट र पलङहरूमा राखे । \v 16 त्यहाँ यरूशलेम वरिपरिका सहरहरूबाट पनि बिरामी र अशुद्ध आत्माले सताइएका मानिसहरू ठुलो संख्यामा आए र तिनीहरू सबै निको भए ।

1
05/17.txt Normal file
View File

@ -0,0 +1 @@
\v 17 तर प्रधान पूजाहारी र तिनीसँग रहनेहरू सबै जना (जुन सदूकीहरूको सम्प्रदाय हो) उठे र तिनीहरू ईर्ष्याले भरिए \v 18 र तिनीहरूले प्रेरितहरूमाथि हात हाले, र तिनीहरूलाई सार्वजनिक झ्यालखानामा थुनिदिए ।

1
05/19.txt Normal file
View File

@ -0,0 +1 @@
\v 19 रातको समयमा परमप्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलिदिए र तिनीहरूलाई बाहिर लगे, र भने, \v 20 “जाओ र त्यस मन्दिरमा खडा होओ र यस जीवनका सबै वचनहरू मानिसहरूलाई बताओ ।” \v 21 जब तिनीहरूले यो कुरा सुने तब तिनीहरू सबेरै मन्दिरभित्र प्रवेश गरे र शिक्षा दिए । तर प्रधान पूजाहारी र तिनीसँग भएकाहरू आए, र परिषद्लाई इस्राएलका मानिसहरूका धर्म-गुरुहरूसँगै बोलाए, र प्रेरितहरूलाई ल्याउन झ्यालखानामा पठाए ।

1
05/22.txt Normal file
View File

@ -0,0 +1 @@
\v 22 तर ती गएका अधिकारीहरूले तिनीहरूलाई झ्यालखानामा भेट्टाएनन् र तिनीहरू फर्केर आए र खबर दिए । \v 23 “हामीले झ्यालखाना राम्ररी बन्द गरिएको र पहरेदारहरू ढोकामा उभिरहेका पायौं, तर त्यसलाई खोल्दा हामीले भित्र कोही पनि भेट्टाएनौं ।”

1
05/24.txt Normal file
View File

@ -0,0 +1 @@
\v 24 जब मन्दिरका कप्‍तान र मुख्य पूजाहारीहरूले यी कुराहरू सुने, के हुने होला भनी तिनीहरू धेरै अन्योलमा परे । \v 25 तब कोही आए र तिनीहरूलाई भने, “तपाईंहरूले झ्यालखानामा राख्‍नुभएका ती मानिसहरू, मन्दिरमा खडा भएर मानिसहरूलाई शिक्षा दिइरहेका छन् ।”

2
05/26.txt Normal file
View File

@ -0,0 +1,2 @@
\v 26 त्यसैले कप्‍तान अधिकारीहरूसँगै गए र उनीहरूलाई हिंसाविना नै फर्काएर ल्याए, किनकि तिनीहरू मानिसहरूले
उनीहरूलाई ढुङ्गाले हान्लान् भनी डराए । \v 27 तिनीहरूले उनीहरूलाई ल्याएपछि, तिनीहरूले उनीहरूलाई परिषद्‍‍को अगि राखे । प्रधान पूजाहारीले उनीहरूलाई यसो भनेर सोधपुछ गरे, \v 28 “हामीले तिमीहरूलाई यस नाउँमा शिक्षा नदिनलाई कडा आज्ञा दियौं, तर पनि तिमीहरूले आफ्नो शिक्षाले यरूशलेम भरिसकेका छौ र त्यस मानिसको रगत हामीमाथि ल्याउने इच्छा गर्छौ ।”

1
05/29.txt Normal file
View File

@ -0,0 +1 @@
\v 29 तर पत्रुस र प्रेरितहरूले जवाफ दिए, “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा पालन गर्नुपर्छ । \v 30 हाम्रा पितापुर्खाका परमेश्‍वरले येशूलाई मृत्युबाट उठाउनुभयो, जसलाई तपाईंहरूले रूखमा झुण्ड्याएर मार्नुभयो । \v 31 परमेश्‍वरले इस्राएललाई पश्‍चात्ताप गर्न र पापको क्षमा प्रदान गर्न उहाँलाई राजकुमार र मुक्तिदाता हुनलाई आफ्नो दाहिने हाततर्फ उचाल्नुभयो । \v 32 हामीहरू यी कुराहरूका साक्षी छौं र पवित्र आत्मा पनि यसको साक्षी हुनुहुन्छ जसलाई परमेश्‍वरले उहाँको आज्ञा पालन गर्नेहरूलाई दिनुभएको छ ।”

1
05/33.txt Normal file
View File

@ -0,0 +1 @@
\v 33 जब परिषद्का सदस्यहरूले यो सुने तब तिनीहरू क्रुद्ध भए र प्रेरितहरूलाई मार्ने चाहना गरे । \v 34 तर गमलिएल नाउँ गरेका फरिसी, व्यवस्थाका एक जना शिक्षक जो सबै मानिसहरूद्वारा सम्मानित थिए, तिनी उभिए र केही समयको लागि प्रेरितहरूलाई बाहिर लानलाई आज्ञा गरे ।

1
05/35.txt Normal file
View File

@ -0,0 +1 @@
\v 35 तब तिनले तिनीहरूलाई भने, “इस्राएलका मानिसहरू हो, तपाईंहरूले यी मानिसहरूलाई जे गर्नलाई प्रस्ताव गर्नुभएको छ, त्यसमा राम्ररी ध्यान दिनुहोस् । \v 36 किनकि केही समयअगि, थूदास केही हुँ भन्‍ने दाबी गर्दै खडा भयो, र झण्डै चार सय जना मानिस त्योसँगै लागे । त्यो मारियो र त्यसका आज्ञा पालन गर्नेहरू सबै तितरबितर भए र त्यो सब व्यर्थ भयो । \v 37 त्यो मानिसपछि जनगणनाको समयमा गालीलको यहूदा खडा भयो र कतिपय मानिसहरूलाई आफ्नो पछि खिँच्यो । त्यो पनि नष्‍ट भयो र त्यसका आज्ञा पालन गर्दै आइरहेकाहरू सबै तितरबितर भए ।

1
05/38.txt Normal file
View File

@ -0,0 +1 @@
\v 38 अब म तपाईंहरूलाई भन्छु कि यी मानिसहरूबाट टाढै रहनुहोस् र यिनीहरूलाई छोडिदिनुहोस् किनकि यदि यो योजना वा काम मानिसहरूको हो भने, यो पतन हुनेछ । \v 39 तर यदि यो परमेश्‍वरको हो भने, तपाईंहरूले तिनीहरूलाई पतन गराउन सक्‍नुहुन्‍न; तपाईंहरूले आफैंलाई परमेश्‍वरको विरुद्धमा लडिरहेको पनि पाउनुहुनेछ ।” यसरी तिनीहरूले तिनको कुरा माने ।

1
05/40.txt Normal file
View File

@ -0,0 +1 @@
\v 40 तब तिनीहरूले प्रेरितहरूलाई भित्र बोलाए र उनीहरूलाई कुटे र येशूको नाउँमा नबोल्नलाई आज्ञा गरे र उनीहरूलाई जान दिए । \v 41 उनीहरू त्यस नाउँको निम्ति अपमान भोग्‍न योग्यका गनिएकामा उनीहरूले अनान्दित हुँदै त्यो परिषद् छाडे । \v 42 त्यसपछि हरेक दिन मन्दिर र घर-घरमा, उनीहरूले निरन्तर येशूलाई नै ख्रीष्‍टको रूपमा सिकाइरहेका र प्रचार गरिरहेका थिए ।

1
05/title.txt Normal file
View File

@ -0,0 +1 @@
अध्याय ५

1
06/01.txt Normal file
View File

@ -0,0 +1 @@
\c 6 \v 1 अब ती दिनमा जब चेलाहरूको सङ्ख्या बढ्दै गयो ग्रीक-यहूदीहरूले हिब्रूहरूका विरुद्धमा गनगन गर्न थाले किनभने तिनीहरूका विधवाहरूलाई दैनिक खाद्य वितरणमा वेवास्ता गरिंदै थियो ।

1
06/02.txt Normal file
View File

@ -0,0 +1 @@
\v 2 बाह्र प्रेरितले चेलाहरूको समूहलाई बोलाएर भने, “खुवाउने-पियाउने सेवाको लागि हामीले परमेश्‍वरको वचनलाई छोड्‍नु उपयुक्त हुँदैन । \v 3 यसकारण भाइ हो, तपाईंहरूमध्येबाट सात जना मानिसलाई छान्‍नुहोस् जो नाउँ चलेका, पवित्र आत्मा र बुद्धिले भरिएका होऊन् जसलाई हामी यस कामको लागि नियुक्त गर्न सकौं । \v 4 हाम्रो सम्बन्धमा भन्‍नुपर्दा, हामी सधैं निरन्तर रूपमा प्रार्थना र वचनको सेवामा लागिरहनेछौं ।”

1
06/05.txt Normal file
View File

@ -0,0 +1 @@
\v 5 तिनीहरूको भनाइ पूरै समुदायलाई मन पर्‍यो । त्यसैले, तिनीहरूले विश्‍वास र पवित्र आत्माले भरिएका स्तिफनस भन्‍ने, र फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखियाका यहूदी मत मान्‍ने निकोलाउसलाई छाने । \v 6 विश्‍वासीहरूले यी मानिसहरूलाई प्रेरितहरूका सामु ल्याए जसले प्रार्थना गरे र तिनीहरूमाथि आफ्ना हात राखे ।

1
06/07.txt Normal file
View File

@ -0,0 +1 @@
\v 7 यसरी परमेश्‍वरको वचन फैलिंदै गयो, र यरूशलेममा चेलाहरूको सङ्ख्या धेरै वृद्धि भयो, र पूजाहारीहरूको ठुलो सङ्‍ख्‍या यस विश्‍वासमा आज्ञाकारी भए ।

1
06/08.txt Normal file
View File

@ -0,0 +1 @@
\v 8 अब अनुग्रह र शक्तिले भरिएर स्तिफनसले मानिसहरूका बीचमा महान् आश्‍चर्यकर्म र चिन्हहरू देखाउँदै थिए । \v 9 तर त्यहाँ स्वत‍न्‍‍त्र दल नामक सभाघरका केही मानिसहरू, कुरेनीहरू र अलेक्ज्यान्ड्रियाका मानिसहरू, र किलिकियासाथै एसियाका केही मानिसहरू खडा भए । यी मानिसहरू स्तिफनससित वादविवाद गर्दै थिए ।

1
06/10.txt Normal file
View File

@ -0,0 +1 @@
\v 10 तर स्तिफनसले जुन बुद्धि र आत्माले बोले तिनीहरूले त्यसको सामना गर्न सकेनन् । \v 11 त्यसपछि तिनीहरूले केही मानिसहरूलाई घुस दिएर यसो भन्‍न लगाए, “हामीले स्तिफनसले मोशा र परमेश्‍वरको विरुद्धमा ईश्‍वर-निन्दक वचनहरू बोलेका सुनेका छौं ।”

1
06/12.txt Normal file
View File

@ -0,0 +1 @@
\v 12 तिनीहरूले मानिसहरू, धर्म-गुरुहरू, र शास्‍‍त्रीहरूलाई उक्साए, अनि स्तिफनससित मुकाबला गरे र तिनलाई पक्रे र परिषद्‍को सामु ल्याए । \v 13 तिनीहरूले झूटा साक्षीहरू पेस गरे जसले भने, “यो मानिसले यस पवित्रस्थान र व्यवस्थाको विरुद्धमा बोल्न छाड्दैन । \v 14 किनकि नासरतको यो येशूले यस स्थानलाई नष्‍ट पार्नेछ र मोशाले हामीलाई सुम्पेका चलनहरूलाई बद्लनेछ भनी त्यसले बोलेको हामीले सुनेका छौं ।” \v 15 परिषद्‍मा जम्मा भएका हरेकले आफ्नो आँखा तिनमा केन्द्रित गरे र तिनको मोहोडा स्वर्गदूतको मोहोडा झैं देखे ।

1
06/title.txt Normal file
View File

@ -0,0 +1 @@
अध्याय ६

1
07/01.txt Normal file
View File

@ -0,0 +1 @@
\c 7 \v 1 प्रधान पूजाहारीले भने, “के यी कुराहरू साँचा हुन्?” \v 2 स्तिफनसले भने, “दाजुभाइ तथा पिताहरू हो, मेरो कुरा सुन्‍नुहोस्ः हाम्रा पिता अब्राहाम हारानमा बस्‍नुअगि महिमाका परमेश्‍वर मेसोपोटामियामा तिनीकहाँ देखा पर्नुभयो; \v 3 उहाँले तिनलाई भन्‍नुभयो, 'तिम्रो देश र तिम्रा नातेदारहरूलाई छोड, र मैले देखाउने देशमा जाऊ ।'

1
07/04.txt Normal file
View File

@ -0,0 +1 @@
\v 4 त्यसपछि तिनी कल्दीहरूको देश छोडे अनि तिनी हारानमा आएर बसे; त्यहाँ तिनका पिताको मृत्यु भएपछि परमेश्‍वरले तिनलाई यस देशमा ल्याउनुभयो जहाँ अहिले तपाईंहरू बस्‍नुहुन्छ । \v 5 उहाँले तिनलाई यसको कुनै पनि कुरा पैत्तृक सम्पत्तिको रूपमा दिनुभएन, यहाँसम्म कि पर्याप्‍त पाइला राख्‍ने ठाउँ पनि दिनुभएन । तर अब्राहामको कुनै सन्तान नहुँदा पनि उहाँले त्यो देश तिनलाई सम्पत्तिको रूपमा दिनुहुनेछ र तिनीपछि तिनका सन्तानहरूलाई दिनुहुनेछ भनी तिनीसित प्रतिज्ञा गर्नुभयो ।

1
07/06.txt Normal file
View File

@ -0,0 +1 @@
\v 6 परमेश्‍वरले तिनलाई भन्दै हुनुहुन्थ्यो कि तिनका सन्तानहरू विदेशी भूमिमा केही समयको लागि बस्‍नेछ र त्यहाँका बासिन्दाहरूले तिनीहरूलाई कमारा तुल्याउनेछ र चार सय वर्षसम्म तिनीहरूलाई थिचोमिचो गर्नेछ । \v 7 'तर तिनीहरू जुन जातिको कमारा हुनेछन् म तिनीहरूको न्याय गर्नेछु', परमेश्‍वरले भन्‍नुभयो, 'र त्यसपछि तिनीहरू त्यहाँबाट बाहिर निस्‍कनेछन् र यस ठाउँमा मेरो आराधना गर्नेछन् ।' \v 8 अनि परमेश्‍वरले अब्राहामसित खतनाको करार बाँध्‍नुभयो, त्यसैले अब्राहाम इसहाकका पिता बने र तिनले आठौं दिनमा उनको खतना गरे; इसहाक याकूबका पिता बने, र याकूब बाह्र कुलका पिता बने ।

1
07/09.txt Normal file
View File

@ -0,0 +1 @@
\v 9 कुलपतिहरूले योसेफसँग डाह गरे र तिनलाई मिश्रमा बेचिदिए । तर परमेश्‍वर तिनीसित हुनुहुन्थ्यो \v 10 र तिनलाई सबै दुःखकष्‍टबाट छुटाउनुभयो । उहाँले मिश्रका राजा फारोको सामने तिनलाई कृपा र बुद्धि दिनुभयो जसले तिनलाई मिश्र र तिनका सारा घरानाका हाकिम बनाए ।

1
07/11.txt Normal file
View File

@ -0,0 +1 @@
\v 11 त्यस बेला सारा मिश्र र कनानभरि अनिकाल पर्‍यो, र ठुलो सङ्कष्‍ट आइपर्‍यो । हाम्रा पुर्खाहरूले कुनै खानेकुरा पाएनन् । \v 12 तर जब मिश्रमा अन्‍न पाईंदोरहेछ भनी याकूबले सुने तिनले पहिलो पटक हाम्रा पुर्खाहरूलाई त्यहाँ पठाए । \v 13 दोस्रो पटकको भेटघाटमा योसेफले आफूलाई आफ्ना दाजुहरूकहाँ प्रकट गरे, र योसेफको परिवार फारोकहाँ परिचित भए ।

1
07/14.txt Normal file
View File

@ -0,0 +1 @@
\v 14 आफ्ना पिता याकूब र तिनका सबै नातेदारहरू अर्थात् पचहत्तर प्राणीलाई मिश्रमा आउनुहोस् भनी योसेफले आफ्ना दाजुहरूमार्फत खबर पठाए । \v 15 त्यसैले याकूब मिश्रमा गए, र त्यहाँ तिनको मृत्यु भयो, र हाम्रा पुर्खाहरू पनि त्यहीं नै मरे । \v 16 तिनीहरूका मृत शरीर शकेममा लगिए र अब्राहामले शकेममा हमोरका छोराहरूबाट चाँदीको मूल्यमा किनेको चिहानमा राखिए ।

1
07/17.txt Normal file
View File

@ -0,0 +1 @@
\v 17 परमेश्‍वरले अब्राहामसित प्रतिज्ञा गर्नुभएको समय नजिकिंदै गर्दा मानिसहरू मिश्रमा बढ्दै गए, \v 18 जबसम्म मिश्रमा अर्का राजाको उदय भएन, जसले योसेफलाई चिन्दैनथ्ये । \v 19 ती राजाले हाम्रा मानिसहरूलाई छल गरे र हाम्रा पुर्खाहरूलाई आफ्ना शिशुहरूलाई बाहिर फाल्न कर लगाए ताकि तिनीहरू नबाँचून् ।

1
07/20.txt Normal file
View File

@ -0,0 +1 @@
\v 20 त्यही बेला मोशाको जन्म भयो; तिनी परमेश्‍वरको सामु सुन्दर थिए र तीन महिनासम्म तिनका पिताको घरमा तिनको स्याहार गरियो । \v 21 जब तिनलाई फ्याँकियो, फारोकी छोरीले तिनलाई उठाइन् र तिनलाई आफ्नै छोरासरह हुर्काइन् ।

1
07/22.txt Normal file
View File

@ -0,0 +1 @@
\v 22 मोशालाई मिश्रका सारा विद्यामा शिक्षा दिइयो, र तिनी आफ्ना वचन र कर्ममा शक्तिशाली बने । \v 23 तर जब तिनी करिब चालिस वर्ष पुगे, तिनलाई आफ्ना दाजुहरू अर्थात् इस्राएलका सन्तानहरूलाई भेट गर्न मन लाग्यो । \v 24 एक जना इस्राएलीमाथि अन्याय भएको देखेर मोशाले त्यसको रक्षा गरे र त्यस मिश्रीलाई मारेर अन्यायमा पर्नेको बदला लिएः \v 25 परमेश्‍वरले तिनका हातद्वारा तिनका दाजुभाइहरूको छुट्कारा गर्न खोज्दै हुनुहुन्थ्यो भन्‍ने कुरा तिनीहरूले बुझ्लान् भनी तिनले सोचे, तर तिनीहरूले त्यो कुरा बुझेनन् ।

1
07/26.txt Normal file
View File

@ -0,0 +1 @@
\v 26 अर्को दिन तिनीले दुई जना मानिसहरुलाई झगडा गरिरहेका देखे र तिनले यसो भन्दै तिनीहरूको झगडा मिलाउन खोजे, “ए मानिसहरू हो, तपाईंहरू दाजुभाइ हुनुहुन्छ; किन तपाईंहरू एकअर्कालाई चोट पुर्‍याउँदै हुनुहुन्छ?” \v 27 तर जसले आफ्नो छिमेकीलाई हानि पुर्‍याएको थियो त्यसले तिनलाई धकेलेर भन्यो, “तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता तुल्यायो? \v 28 हिजो तिमीले त्यस मिश्रीलाई मारेझैं के तिमी मलाई पनि मार्न चाहन्छौ?”

1
07/29.txt Normal file
View File

@ -0,0 +1 @@
\v 29 यो सुनेर मोशा भागे; तिनी मिद्यान देशमा परदेशी बने जहाँ तिनी दुई छोराका पिता बने । \v 30 चालिस वर्ष बितेपछि सीनै पर्वतको उजाड-स्थानमा जलिरहेको आगोको पोथ्रामा एउटा स्वर्गदूत तिनीकहाँ देखा परे ।

1
07/31.txt Normal file
View File

@ -0,0 +1 @@
\v 31 जब मोशाले ज्वालालाई देखे, यो द‍ृश्य देखेर तिनी छक्‍क परे; र त्यसलाई हेर्न तिनी नजिक जाँदा त्यहाँ यसो भन्दै परमप्रभुको आवाज आयो, \v 32 'तिम्रा पुर्खाहरू अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर मै हुँ ।' मोशा काँपे र तिनले हेर्ने साहस गरेनन् ।

1
07/33.txt Normal file
View File

@ -0,0 +1 @@
\v 33 परमप्रभुले तिनलाई भन्‍नुभयो, 'तिम्रा खुट्टाबाट जुत्ता फुकाल किनकि तिमी उभिएको ठाउँ पवित्र भूमि हो । \v 34 निश्‍चय नै मैले मिश्रमा भएका मेरा मानिसहरूको दुःखकष्‍टलाई देखेको छु; मैले तिनीहरूको क्रन्दन सुनेको छु, र म तिनीहरूलाई छुट्कारा दिन तल ओर्लिआएको छु; अब आऊ, म तिमीलाई मिश्रमा पठाउनेछु ।'

1
07/35.txt Normal file
View File

@ -0,0 +1 @@
\v 35 यी मोशा जसलाई तिनीहरूले इन्कार गरे, जसलाई तिनीहरूले भनेका थिए, 'कसले तिमीलाई शासक र न्यायकर्ता तुल्यायो?', तिनैलाई परमेश्‍वरले शासक र उद्धारकर्ता दुवै बनाएर पठाउनुभयो । पोथ्रामा मोशाकहाँ देखा पर्ने स्वर्गदूतका हातद्वारा परमेश्‍वरले तिनलाई पठाउनुभयो । \v 36 मिश्र, लाल समुद्रसाथै उजाड-स्थानमा चालिस वर्षसम्म आश्‍चर्यकर्म र चिन्हहरू गरेर मोशाले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याए । \v 37 'यी तिनै मोशा थिए जसले इस्राएलका मानिसहरूलाई भनेका थिए, “परमेश्‍वरले तिमीहरूका दाजुभाइहरूकै बीचबाट मजस्तै एक जना अगमवक्‍ता खडा गर्नुहुनेछ ।'

1
07/38.txt Normal file
View File

@ -0,0 +1 @@
\v 38 यी तिनै मानिस हुन् जो उजाड-स्थानमा भएको समुदायसित स्वर्गदूतसँगै थिए जो सीनै पर्वतमा तिनीसित बोलेका थिए, जो हाम्रा पुर्खाहरूसित थिए, र जसले हामीलाई दिन जीवित वचनहरू प्राप्‍त गरे । \v 39 तर हाम्रा पुर्खाहरूले तिनको आज्ञापालन गर्न इन्कार गरे; तिनीहरूले तिनलाई आफूहरूबाट पन्छाए, र तिनीहरू आफ्ना हृदयमा मिश्रमा फर्के । \v 40 त्यस बेला तिनीहरूले हारूनलाई भने, 'हाम्रो निम्ति हामीलाई अगुवाइ गर्ने देवताहरू बनाउनुहोस् । हामीलाई मिश्र देशबाट अगुवाइ गरेर ल्याउने यी मोशालाई के भयो हामीलाई थाहा छैन ।'

1
07/41.txt Normal file
View File

@ -0,0 +1 @@
\v 41 ती दिनमा तिनीहरूले एउटा बाछो बनाए र तिनीहरूले त्यस मूर्तिमा बलिदान चढाए, र तिनीहरूआफ्ना हातका काममा रमाए । \v 42 तर परमेश्‍वर तर्कनुभयो र तिनीहरूलाई आकाशका ताराहरूको पूजा गर्न छाडिदिनुभयो, जस्तो अगमवक्‍ताका पुस्तकहरूमा लेखिएको छ, 'इस्राएलका घराना हो, के तिमीहरूले मलाई चालिस वर्षसम्म उजाड-स्थानमा पशुबलि र बलिदानहरू चढायौ र?

1
07/43.txt Normal file
View File

@ -0,0 +1 @@
\v 43 तिमीहरूले मोलोखको पवित्र वासस्थान र रेफन देवताको तारा, र आफूले पूजा गर्न बनाएका मूर्तिहरूलाई स्वीकार गर्‍यौ: र म तिमीहरूलाई बेबिलोनभन्दा पर लैजानेछु ।'

Some files were not shown because too many files have changed in this diff Show More