ne_act_text_ulb/07/14.txt

1 line
887 B
Plaintext

\v 14 आफ्ना पिता याकूब र तिनका सबै नातेदारहरू अर्थात् पचहत्तर प्राणीलाई मिश्रमा आउनुहोस् भनी योसेफले आफ्ना दाजुहरूमार्फत खबर पठाए । \v 15 त्यसैले याकूब मिश्रमा गए, र त्यहाँ तिनको मृत्यु भयो, र हाम्रा पुर्खाहरू पनि त्यहीं नै मरे । \v 16 तिनीहरूका मृत शरीर शकेममा लगिए र अब्राहामले शकेममा हमोरका छोराहरूबाट चाँदीको मूल्यमा किनेको चिहानमा राखिए ।