ne_act_text_ulb/07/04.txt

1 line
1.2 KiB
Plaintext

\v 4 त्यसपछि तिनी कल्दीहरूको देश छोडे अनि तिनी हारानमा आएर बसे; त्यहाँ तिनका पिताको मृत्यु भएपछि परमेश्‍वरले तिनलाई यस देशमा ल्याउनुभयो जहाँ अहिले तपाईंहरू बस्‍नुहुन्छ । \v 5 उहाँले तिनलाई यसको कुनै पनि कुरा पैत्तृक सम्पत्तिको रूपमा दिनुभएन, यहाँसम्म कि पर्याप्‍त पाइला राख्‍ने ठाउँ पनि दिनुभएन । तर अब्राहामको कुनै सन्तान नहुँदा पनि उहाँले त्यो देश तिनलाई सम्पत्तिको रूपमा दिनुहुनेछ र तिनीपछि तिनका सन्तानहरूलाई दिनुहुनेछ भनी तिनीसित प्रतिज्ञा गर्नुभयो ।