2.3 KiB
सामान्य जानकारीः
हिब्रू कवितामा समान्तरता हुनु सामान्य कुरा हो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]])
म तपाईंमा शरण लिन्छु
सुरक्षाको लागि परमप्रभुकहाँ जानुलाई उहाँमा शरण लिएजस्तै बताइएको छ । अर्को अनुवादः"म तपाईंमा सुरक्षाको लागि आउँछु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)
सुरक्षाको निम्ति म तपाईंको पखेटामुनि बस्छु
भजन लेखक परमेश्वरबारे यसरी बोल्छन् कि मानौं उहाँ माउ चरा हुनुहुन्छ जसले आफ्ना बचेराहरूलाई आफ्ना पखेटाहरूमुनि सुरक्षित राख्छे । अर्को अनुवादः "मेरो सुरक्षाको निम्ति म तपाईंमा भरोसा गर्छु । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)
यो विनाश अन्त नभएसम्म
तिनलाई मार्ने शाउलको इच्छाबारे भजन लेखक यसरी बताउँछन् कि मानौं शाउल शत्रुलाई नाश गर्न खोज्दै छन् । अर्को अनुवादः "यो समस्या नसिध्यिएसम्म" वा "म खतराबाट मुक्त नभएसम्म" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-abstractnouns]] र [[rc:///ta/man/translate/figs-metaphor]])