4.5 KiB
तिम्रा बोझहरू ... राख
यहाँ भजन लेखक अरू देवताहरू मान्ने मानिसहरूसँग बोल्दैछन् ।
तिम्रा बोझहरू परमप्रभुमा राख
यहाँ दुःखको बारेमा यसरी बताइएको छ कि मानौँ ती बोझ थिए जुन मानिसहरूले बोक्नु पर्थ्यो । हामी दुःखमा हुँदा परमेश्वरले हामीलाई साहयता गर्नुहुन्छ भनी उहाँमा भरोसा गर्नुलाई हाम्रो बोझ उहाँमाथि राखिरहनु जस्तै ताकि त्यो उहाँले हाम्रो निम्ति बोक्नसक्नु भएकोहोस् । अर्को अनुवादः "परमप्रभुलाई आफ्ना समस्याहरू देऊ" वा "कसैले बलियो मानिसलाई आफ्नो भार उठाउनको लागि भरोसा गरे जस्तै परमेश्वरले तिमीलाई तिम्रो समस्यामा सहायता गर्नुहुन्छ भनी उहाँमा भरोसा राख" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)
उहाँले तिमीलाई सम्हाल्नुहुने छ
कोही व्यक्ति समस्यामा पर्दा उसको हेरचाह गर्नु वा सहयता गर्नुलाई तिनलाई समर्थन गर्नुझैँ बताइएको छ । अर्को अनुवादः "उहाँले तिम्रो हेरचाह गर्नुहुन्छ" वा "उहाँले तिमीलाई सहायता गर्नुहुन्छ"
उहाँले धर्मी मानिसलाई कहिल्यै पनि लडखडाउन दिनुहुन्न
कुनै किसिमको रोगले नराम्ररी चोट पुर्याउनु लागेको व्यक्तिको बारे यसरी बताइएको छ कि मानौँ ऊ लडखडाएर हल्लदै लड्न लागेको छ । अर्को अनुवादः "उहाँले घर्मी मानिसलाई हल्लदै लड्न दिनुहुन्न" वा "उहाँले धर्मी मानिसलाई नाश हुन दिनुहुन्न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)
तर हे परमेश्वर, तपाईंले
अब लेखक परमेश्वरसँग बोल्छन् ।
विनाशको खडल
यसले सम्भवत् चिहान वा नर्कलाई जनाउँछ ।
तपाईंले दुष्टलाई विनाशको खडलमा ल्याउनुहुने छ
यसले मानिसलाई मर्ने तुल्याउने कुरालाई जनाउँछ । अर्को अनुवादः "दुष्टलाई मर्ने तुल्याउने छ" वा "दुष्टलाई मर्ने तुल्याउने छ र मरेका मानिसहरू भएको ठाउँमा जाने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)
रक्तपात गर्नेहरू र छली मानिसहरू
झुट बोल्ने र अरूहरूलाई मार्ने मानिसहरू" वा "छली हत्याराहरू"
अरूभन्दा आधा आयुसम्म
"अरू मानिसहरू बाँचेको भन्दा आधा आयुसम्म"