ne_obs/content/30.md

5.9 KiB
Raw Blame History

३०. येशूले पाँच हजार मानिसहरूलाई खुवाउनुभयो

Image

मानिसहरूलाई प्रचार गर्न र शिक्षा दिन येशूले आफ्ना चेलाहरूलाई विभिन्‍न ठाँउहरूमा पठाउनुभयो । जब उनीहरू येशू हुनुभएको ठाँउमा फर्केर आए, उनीहरूले गरेका कामहरू उहाँलाई बताइदिए । त्यसपछि येशूले उनीहरूलाई आफूसँग समुन्द्रको पल्लो छेऊ, एक शान्त ठाँउमा गएर केही समय आराम गर्न बोलाउनुभयो । त्यसैले, उनीहरू एउटा डुंगामा चढे र समुन्द्रको पल्लो छेऊतर्फ गए ।

Image

तर त्यहाँ धेरै मानिसहरू थिए, जसले येशू र उहाँका चेलाहरूलाई डुंगामा चढी अन्तै जानुभएको देखेका थिए । यी मानिसहरू पनि उहाँहरूभन्दा पहिले समुन्द्रको पल्लो छेऊमा पुग्‍ने दाउले किनारै किनार भएर दौडे । तसर्थ, जब येशू र चेलाहरू त्यस ठाउँमा आइपुग्‍नुभयो, मानिसहरूको ठूलो भीड त्यहाँ पहिले नै उहाँहरूलाई पर्खेर बसिरहेको थियो ।

Image

त्यस भीडमा स्‍त्री र बालकहरूलाई नगनीकन, करिब ५, भन्दा बढी पुरुषहरू थिए । येशूले ती मानिसहरूलाई दया देखाउनुभयो । येशूको निम्ति, ती मानिसहरू गोठालोविनाका भेडाहरू सरह थिए । त्यसैले उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो र रोगी मानिहरूलाई निको पार्नुभयो ।

Image

दिनको अन्त्यतिर, चेलाहरूले येशूलाई भने, “अब त ढिला भइसक्यो र यहाँ नजिकै कुनै बस्ती पनि छैनन् । यी मानिसहरूलाई अन्तै पठाइदिनुहोस् ताकि यिनीहरूले खानको निम्ति केही पाउन सकून् ।”

Image

तर येशूले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै यिनीहरूका निम्ति खानाको बन्दोवस्त गरिदेओ !” उनीहरूले जवाफ दिए, “त्यो त हामी कसरी गर्न सक्छौँ ? हामीसँग त केवल पाँच रोटी र दुईवटा साना माछाहरू मात्र छन् ।”

Image

येशूले भीडमा भएका मानिसहरूलाई पचास-पचास जनाको झुण्डमा बस्‍न लगाउनू भनि चेलाहरूलाई अह्राउनुभयो ।

Image

अनि येशूले ती पाँच रोटी र दुईवटा माछा लिनुभयो, माथि स्वर्गतिर हेर्नुभयो, अनि खानेकुराको निम्ति परमेश्‍वरलाई धन्यवाद दिनुभयो ।

Image

त्यसपछि येशूले रोटी र माछालाई टुक्रा-टुक्रा पारी भाँच्‍नुभयो । उहाँले ती टुक्राहरू मानिसहरूलाई बाँडिदिनको निम्ति चेलाहरूलाई दिनुभयो । चेलाहरूले खानेकुरा बाँडिनै राखे, र त्यो कहिल्यै सिद्धिएन ! सबै मानिसहरूले खाए र तृप्त भए ।

Image

त्यसपछि, चेलाहरूले उब्रिएका खानेकुरा जम्मा पारे, अनि त्योचाहिँ करिब बाह्र डाला भन्दा बढी हुनआयो ! ती सबै खानेकुरा पाँच रोटीका टुक्रा र दुईवटा माछाबाट आएको थियो ।

बाइबलको कथा: मत्ती १४:१३-२१; मर्कूस ६:३१-४४; लूका ९:१०-१७; यूहन्‍ना ६:५-१५ बाट