ne_obs/content/46.md

43 lines
8.4 KiB
Markdown
Raw Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# ४६. पावल विश्‍वासी हुनुभयो
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-46-01.jpg)
शाऊल त्यस जवान मानिस थिए जसले स्तिफनसलाई मार्नेहरूका वस्त्रहरू हेरचाह गरेका थिए । उनले येशूमा विश्‍वास गरेका थिएनन् , तसर्थ उनी विश्‍वासीहरूलाई सताउने गर्दथे । उनी यरूशलेमका घर-घरमा जान्थे र पुरुष र स्त्रीहरू दुवैलाई पक्रेर झ्यालखानामा हालिदिन्थे । प्रधान-पूजाहारीले शाऊललाई दमस्कसको शहरमा गएर ख्रीष्टियानहरूलाई पक्री उनीहरूलाई यरूशलेममा फर्काएर ल्याउने स्वीकृति दिएका थिए ।
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-46-02.jpg)
जब शाऊल दमस्कसतिर जाँदै थिए, स्वर्गबाट एउटा उज्यालो ज्योति उनको चारैतिर चम्कियो, र उनी भुईँमा लडे । शाऊलले कसैले यसो भनिरहेको सुने, “शाऊल
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-46-03.jpg)
जब शाऊल उठे, उनले केही देख्‍न सकेनन् । उनका मित्रहरूले उनलाई दमस्कससम्म डोर्‍याएर लानुपर्‍यो । शाऊलले तीन दिनसम्म न केही खाए न त पिए नै ।
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-46-04.jpg)
दमस्कसमा हननिया नाउँ भएका एकजना चेला थिए । परमेश्‍वरले उनलाई भन्‍नुभयो, “त्यस घरमा जाऊ जहाँ शाऊल बसिरहेका छन् । तिम्रा हातहरू उनीमाथि राख ताकि उनले फेरी देख्‍न सकून् ।” तर हननियाले भने, “प्रभु, यस मानिसले विश्‍वासीहरूलाई कसरी सताएका छन् भनी मैले सुनेको छु ।” परमेश्‍वरले उनलाई जवाफ दिनुभयो, “जाऊ
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-46-05.jpg)
त्यसैले हननिया शाऊलकहाँ गए, उनका हातहरू उनीमाथि राखे, र भने, “येशू, जो तिमी आइरहेको बाटोमा देखा पर्नुभयो, उहाँले मलाई तिमीकहाँ पठाउनुभएको छ ताकि तिमी फेरी देख्‍न सक्ने होऊ र पवित्र आत्माले भरिपूर्ण होऊ ।” शाऊल तुरुन्तै फेरि देख्‍ने सक्ने भए, र हननियाले उनलाई बप्तिस्मा दिए । अनि शाऊलले केही खानेकुरा खाए र उनको तागत फर्केर आयो ।
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-46-06.jpg)
त्यसको लगतै, शाऊलले दमस्कसमा भएका यहूदीहरूलाई यसो भन्दै प्रचार गर्न थाले, “येशूनै परमेश्‍वरका पुत्र हुनुहुन्छ
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-46-07.jpg)
धेरै दिनपछि, यहूदीहरूले शाऊललाई मार्ने योजना बनाए । उसलाई मार्नको निम्ति उनीहरूले शहरका ढोकाहरूमा ढुकेर बस्‍न मानिसहरू पठाए । तर शाऊलले त्यस योजनाको बारेमा सुने, र उनका मित्रहरूले उसलाई भाग्‍न सहायता गरे । एक रात तिनीहरूले उसलाई डालोमा हाली शहरको पर्खालबाट तल ओह्रालिदिए । शाऊल दमस्कसबाट भागेपछि, उनले येशूको बारेमा प्रचार गर्ने काम निरन्तर गरि नै राखे ।
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-46-08.jpg)
शाऊल चेलाहरूसँग भेट्न यरूशलेममा गए, तर उनीहरू तिनीदेखि डराएका थिए । अनि बरनाबास नाउँ गरेका एकजना विश्‍वासीले शाऊललाई प्रेरितहरूकहाँ लगे र उनीहरूलाई कसरी शाऊलले साहसका साथ दमस्कसमा प्रचार गरेका थिए भनी बताइदिए । त्यसपछि, चेलाहरूले शाऊललाई स्वीकार गरे ।
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-46-09.jpg)
यरूशलेममा भएको सतावाटबाट भागेका केही विश्‍वासीहरू टाढा एन्टिओखियाको शहरमा गए र येशूको बारेमा प्रचार गरे । एन्टिओखियाका प्रायः मानिसहरू यहूदीहरू थिएनन्, तर पहिलो पटक, तिनीहरूमा पनि धेरैजना विश्‍वासीहरू भए । बरनाबास र शाऊल त्यहाँ यी नयाँ विश्‍वासीहरूलाई येशूको बारेमा अझ बढी शिक्षा दिन र मण्डलीलाई बलियो बनाउन गए । येशूमा विश्‍वास गर्नेहरूलाई पहिलो पटक “ख्रीष्टियानहरू” भनिएको ठाउँ एन्टियोखिया थियो ।
![OBS Image](https://cdn.door43.org/obs/jpg/360px/obs-en-46-10.jpg)
एकदिन, जब एन्टियोखियामा भएका ख्रीष्टियानहरू उपवास र प्रार्थना गर्दैथिए, तब पवित्र आत्माले उनीहरूलाई भन्‍नुभयो, “मेरो निम्ति बरनाबास र शावललाई त्यस कामको लागि अलग गर, जुन कामको निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।” त्यसैले एन्टियोखियाको मण्डलीले बरनाबास र शाऊलको निम्ति प्रार्थना गरे र उनीहरूका हात तिनीहरूमाथि राखे । अनि उनीहरूले तिनीहरूलाई येशूको बारेमा अरू धेरै ठाउँहरूमा सु-समाचार प्रचार गर्न पठाए । बरनाबास र शाऊलले विभिन्‍न जातिका मानिसहरूलाई शिक्षा दिए, र धेरै मानिसहरूले येशूमा विश्‍वास गरे ।
__बाइबलको कथा: प्रेरित ८:३; ९:१-३१; ११:१९-२६; १३:१-३ बाट__