ne_ulb/43-LUK.usfm

1593 lines
358 KiB
Plaintext
Raw Normal View History

2024-02-16 19:52:20 +00:00
\id LUK
\ide UTF-8
\h लूका
\toc1 लूका
\toc2 लूका
\toc3 luk
\mt लूका
\c 1
\cl अध्याय १
\p
\v 1 धेरैले हाम्रा बीचमा पूरा भएका घटनाहरूको विवरण लेख्‍ने प्रयास गरेका छन्,
\v 2 जसरी पहिले वचनका प्रत्यक्षदर्शीहरू र सेवकहरूले ती कुराहरू हामीलाई सुम्पिदिए ।
\v 3 त्यसैले माननीय थियोफिलस, मैले सुरुदेखि नै सबैकुराहरू ठिकसित अनुसन्धान गरेको हुनाले, ती कुराहरू क्रमबद्ध रूपमा तपाईंलाई लेखिदिन मलाई पनि असल लाग्यो,
\v 4 ताकि तपाईंलाई सिकाइएका कुराहरूको निश्‍चयताबारे तपाईंलाई थाहा होस् ।
\p
\v 5 यहूदाका राजा हेरोदको समयमा जकरिया नाउँ गरेका एक जना पूजाहारी थिए जो अबियाको दलका थिए; तिनकी पत्‍नी एलीशिबा पनि हारूनको सन्तान थिइन् ।
\v 6 परमेश्‍वरको सामु तिनीहरू दुवै धर्मी थिए, तिनीहरू परमप्रभुका सबै आज्ञाहरू र धार्मिक विधानहरूमा हिँड्थे ।
\v 7 तर तिनीहरूको कुनै सन्तान थिएन, किनभने एलीशिबा बाँझी थिइन् र त्यतिबेला तिनीहरू दुवै जना वृद्ध भइसकेका थिए ।
\p
\v 8 अब जकरियाले आफ्नो दलको पालोअनुसार परमेश्‍वरको उपस्‍थितिमा पूजाहारी कामहरू गरिरहेका थिए ।
\v 9 कुन पूजाहारीले सेवा गर्ने भनेर छनोट गर्ने चलन अनुसार तिनी धूप बाल्‍न परमप्रभुको मन्दिरभित्र पस्‍नला‌ई चिट्ठाद्वारा चुनिएका थिए ।
\v 10 धूप बाल्‍ने समयमा मानिसहरूको पूरै भीड बाहिर प्रार्थना गरिरहेको थियो ।
\v 11 त्यसै बेला परमप्रभुका एउटा दूत तिनीकहाँ देखा परे र धूप बाल्ने वेदीको दाहिनेपट्टि उभिए ।
\v 12 जब जकरियाले स्वर्गदूतलाई देखे, तब तिनी आत्तिए र डराए ।
\v 13 तर स्वर्गदूतले तिनलाई भने, “जकरिया, नडराऊ, किनभने तिम्रो प्रार्थनाको सुनाइ भएको छ । तिम्री पत्‍नी एलीशिबाले तिम्रो लागि एउटा छोरो जन्माउनेछिन् । तिमीले तिनको नाउँ यूहन्‍ना राख्‍नेछौ ।
\v 14 तिमीमा खुसी र आनन्द हुनेछ, र तिनको जन्ममा धेरै मानिसहरू आनिन्दित हुनेछन् ।
\v 15 किनकि परमप्रभुको द‍ृष्‍टिमा तिनी महान् हुनेछन् । तिनले दाखमद्य वा कडा मद्य पिउनु हुँदैन, र तिनी आफ्नी आमाको गर्भदेखि नै पवित्र आत्माले भरिनेछन् ।
\v 16 इस्राएलका सन्तानहरूमध्ये धेरैलाई परमप्रभु तिनीहरूका परमेश्‍वरतर्फ फर्काइनेछन् ।
\v 17 बुबाहरूको हृदय आफ्ना छोराछोरीतिर फर्काउन र अनाज्ञाकारीहरूलाई धर्मीहरूको बुद्धितिर फर्काउन—परमप्रभुको निम्ति तयार पारिएका मानिसहरूलाई उहाँको निम्ति तयार गर्न तिनी एलियाको आत्मा र शक्तिमा परमप्रभुको अगि अगि जानेछन् ।"
\p
\v 18 जकरियाले स्वर्गदूतलाई भने, “यो मैले कसरी थाहा पाउने? किनकि म बुढो छु र मेरी पत्‍नी पनि धेरै बुढी छिन् ।”
\p
\v 19 स्वर्गदूतले जवाफ दिए र तिनलाई भने, "म गब्रिएल हुँ, जो परमेश्‍वरको उपस्थितिमा उभिन्छु । तिमीसित बोल्न र शुभ खबर दिन म पठाइएको थिए ।
\v 20 हेर! यी कुराहरू पूरा हुने दिनसम्‍म तिमी चूप हुनेछौ र बोल्‍न सक्‍ने छैनौ । किनभने तिमीले मेरो वचनमा विश्‍वास गरेनौ, जुन ठिक समयमा पूरा हुनेछ ।”
\p
\v 21 अनि मानिसहरूले जकरियालाई पर्खिरहेका थिए । तिनले लामो समयसम्म मन्दिरमा समय बिताइरहेकोले तिनीहरू अचम्मित थिए ।
\v 22 तर जब तिनी बाहिर आए, तब तिनी तिनीहरूसँग बोल्न सकेनन् । तिनले मन्दिरभित्र हुँदा तिनले एउटा दर्शन देखेका थिए भनी तिनीहरूले थाहा गरे । तिनले तिनीहरूलाई इसारा मात्र गरिरहे, र चूप रहिरहे ।
\p
\v 23 जब तिनको सेवाको समय पूरा भयो, तब तिनी आफ्नो घरमा फर्किए ।
\p
\v 24 यी दिनहरूपछि, तिनकी पत्‍नी एलीशिबा गर्भवती भइन् र पाँच महिनासम्म उनले आफूलाई लुकाइन् । उनले भनिन्,
\v 25 “मानिसहरूका सामु मेरो लाज हटाउनलाई परमप्रभुले मलाई निगाहले हेर्नुहुँदा उहाँले मेरो निम्ति यसो गरिदिनुभएको छ ।"
\p
\v 26 छैठौं महिनामा, परमेश्‍वरद्वारा गब्रिएल स्वर्गदूत गालीलको नासरत नाउँको सहरमा एउटी कन्याकहाँ पठाइए,
\v 27 उनको मगनी दाऊदका सन्तान योसेफ भन्‍ने एउटा मानिससित भएको थियो, र त्यो कन्याको नाउँ मरियम थियो ।
\v 28 तिनी उनीकहाँ आए र भने, “अभिवादन, तिमी जसले धेरै निगाह पाएकी छ्‍यौ! परमप्रभु तिमीसँग हुनुहुन्छ ।
\v 29 तर उनी तिनका कुराले विचलित भइन् र यो कस्तो प्रकारको अभिवादन हो भनी सोचिन् ।
\v 30 स्वर्गदूतले उनलाई भने, “नडराऊ, मरियम, किनकि तिमीले परमेश्‍वरबाट निगाह प्राप्‍त गरेकी छ्‍यौ ।
\v 31 हेर, तिमी गर्भवती हुनेछ्‍यौ, र एउटा छोरो जन्माउनेछ्‍यौ । तिमीले उहाँको नाउँ येशू राख्‍नेछ्‍यौ ।
\v 32 उहाँ महान् हुनुहुनेछ र उहाँ सर्वोच्‍चका पुत्र कहलाइनुहुनेछ । परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ ।
\v 33 उहाँले याकूबको घरानामाथि सदासर्वदा राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त हुनेछैन ।"
\p
\v 34 मरियमले स्वर्गदूतलाई भनिन्, “यो कसरी हुनेछ, जब कि मेरो कुनै मानिससँग सहवास भएको छैन?”
\v 35 स्वर्गदूतले जवाफ दिए, र उनलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ र सर्वोच्‍चका शक्‍तिले तिमीलाई ढाक्नेछ । त्यसैले जन्मिन लाग्‍नुभएको पवित्र जन, परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ ।
\v 36 हेर, तिम्री नातेदार एलीशिबाले पनि उनको वृद्धावस्थामा एउटा छोरो गर्भधारण गरेकी छिन् । उनी अहिले छैटौं महिनामा छिन् जो बाँझी कहलाइएकी थिइन् ।
\v 37 किनकि परमेश्‍वरको लागि कुनै पनि कुरा असम्भव हुनेछैन ।”
\p
\v 38 मरियमले भनिन्, “हेर्नुहोस्, म परमप्रभुकी एक दासी हुँ । तपाईंको वचनअनुसार नै मलाई होस् ।” त्यसपछि स्वर्गदूत उनीबाट बिदा भए ।
\p
\v 39 त्यसपछि मरियम ती दिनहरूमा हतारिंदै यहूदियाको पहाडी देशको एउटा सहरमा गइन् ।
\v 40 उनी जकरियाको घरमा गइन् र एलीशिबालाई अभिवादन गरिन् ।
\v 41 जब एलीशिबाले मरियमको अभिवादन सुनिन्, उनको गर्भमा भएको बालक उफ्रियो र एलीशिबा पवित्र आत्माले भरिइन् ।
\v 42 उनले ठुलो आवाजमा यसो भनिन्, “स्‍‍त्रीहरूमा तिमी धन्यकी हौ, र तिम्रो गर्भको फल धन्यको हुनुहुन्छ ।
\v 43 मलाई यो किन हुन आयो, कि मेरा प्रभुकी आमा मकहाँ आइन्?
\v 44 किनकि हेर, जब तिम्रो अभिवादनको आवाज मेरो कानमा पर्‍यो, मेरो गर्भमा भएको बालक आनन्दले उफ्रियो ।
\v 45 उनी धन्यकी हुन् जसले परमप्रभुद्वारा उनलाई भनिएका कुराहरू पूरा हुनेछन् भनेर विश्‍वास गरिन् ।
\p
\v 46 मरियमले भनिन्, “मेरो प्राणले परमभुको प्रशंसा गर्छ,
\v 47 र मेरो आत्मा परमेश्‍वर, मेरो उद्धारकमा रमाएको छ ।
\q
\v 48 किनकि उहाँले आफ्नी दासीको दीन अवस्थामा हेर्नु भएको छ । किनकि हेर, अब उप्रान्त सबै पुस्ताहरूले मलाई धन्यकी भन्‍नेछन् ।
\q
\v 49 किनकि सर्वशक्‍तिमान्‌ले मेरो लागि महान् कार्यहरू गर्नुभएको छ, र उहाँको नाउँ पवित्र छ ।
\q
\v 50 उहाँको भय मान्‍नेहरूमाथि उहाँको दया पुस्तादेखि पुस्तासम्म रहन्‍छ ।
\q
\v 51 उहाँले आफ्नो बाहुलीले आफ्नो शक्ति देखाउनुभएको छ; आफ्नो हृदयमा घमण्ड विचार भएकाहरूलाई उहाँले तितर-बितर पार्नुभएको छ ।
\q
\v 52 उहाँले राजकुमारहरूलाई तिनीहरूका सिंहासनबाट खसाल्नुभएको छ अनि दीनहरूलाई उठाउनुभएको छ ।
\q
\v 53 उहाँले भोकाहरूलाई असल थोकहरूले तृप्त पार्नुभएको छ, तर धनीहरूलाई रित्तै हात पठाउनु भएको छ ।
\q
\v 54 आफ्नो दयालाई सम्झना गरेर, उहाँले आफ्नो दास इस्राएललाई सहायता गर्नुभएको छ,
\v 55 (जसरी उहाँले हाम्रा पुर्खाहरू) अब्राहाम र तिनका सन्तानहरूलाई सदासर्वदाको लागि गर्ने भन्‍नुभयो ।"
\p
\v 56 मरियम लगभग तीन महिना एलीशिबासँग बसिन् र त्यसपछि आफ्नो घरमा फर्किन् ।
\p
\v 57 अब एलीशिबाले आफ्नो बालक जन्माउने बेला आयो, र उनले एउटा छोरो जन्माइन् ।
\v 58 जब उनका छिमेकी र नातेदारहरूले परमप्रभुले उनीमाथि महान् दया गर्नुभएको कुरा सुने, तब तिनीहरू उनीसँग रमाए ।
\v 59 अब आठौं दिनमा तिनीहरू बालकको खतना गर्न आए । तिनीहरूले तिनलाई तिनको आफ्ना पिताको नाउँबाट नै "जकरिया" नाउँ दिन लागेका थिए ।
\v 60 तर तिनकी आमाले जवाफ दिएर भनिन्, “होइन, तिनलाई यूहन्‍ना भनेर बोलाइनेछ ।”
\v 61 तिनीहरूले उनलाई भने, “तिम्रा नातेदारहरूका बीचमा यो नाउँ भएको कोही पनि छैन ।”
\v 62 तिनीहरूले बालकको पितालाई बालकको नाउँ के राख्‍न चाहन्थे भनी इसारा गरे ।
\v 63 तिनका पिताले लेख्‍ने पाटी मागे, र लेखे, “तिनको नाउँ यूहन्‍ना हो ।” त्यो देखेर तिनीहरू सबै अचम्मित भए ।
\v 64 तुरुन्तै तिनको मुख खुल्यो र जिब्रो स्वतन्‍‍त्र भयो । तिनी बोले र परमेश्‍वरको प्रशंसा गरे ।
\v 65 तिनीहरूका वरिपरि बस्‍नेहरू सबैमा भय उत्पन्‍न भयो । यी सबै कुराहरू यहूदियाको सारा पहाडी मुलुकभरि नै फैलियो ।
\v 66 यी कुरा सुन्‍ने सबैले यसो भन्दै आफ्नो हृदयमा राखे, “त्यसो भए अब यो बालक कस्तो हुनेछ?” किनकि परमप्रभुको हात त्यस बालकसँग थियो ।
\v 67 उनका पिता जकरिया पवित्र आत्माले भरिए र यसो भन्दै अगमवाणी गरे,
\v 68 “इस्राएलका परमप्रभु परमेश्‍वरको प्रशंसा होस्, किनकि उहाँले आफ्ना मानिसहरूलाई सहायता गर्न आउनुभएको छ र उद्धारको काम पूरा गर्नुभएको छ ।
\q
\v 69 उहाँले हाम्रा निम्ति मुक्‍तिको सिङ्लाई उहाँका दास दाऊदको घरानामा खडा गर्नुभएको छ
\v 70 (प्राचीनकालमा उहाँका पवित्र अगमवक्‍ताहरूका मुखद्वारा उहाँ बोल्नुभए झैँ),
\v 71 उहाँले हाम्रा शत्रुहरू र हामीलाई घृणा गर्नेहरू सबैका हातबाट छुटकारा दिनुहुनेछ ।
\q
\v 72 यो उहाँले हाम्रा पुर्खाहरूप्रति दया प्रकट गर्न र उहाँको पवित्र करारलाई स्मरण गर्न गर्नुहुनेछ,
\v 73 जुन शपथ उहाँले हाम्रा पुर्खा अब्राहामसँग खानुभएको थियो,
\v 74 हाम्रा शत्रुहरूका हातबाट मुक्त भएपछि निर्भयतासाथ,
\v 75 उहाँको सम्मुख हाम्रो सारा जीवनभर पवित्रतामा र धार्मिकतामा उहाँको सेवा गरौं भनेर उहाँले शपथ खानुभयो ।
\p
\v 76 हो, हे बालक, तिमी सर्वोच्‍चका अगमवक्‍ता कहलाइनेछौ, किनकि तिमी प्रभुको मार्ग तयार पार्न,
\v 77 उहाँका मानिसहरूका पाप-क्षमाद्वारा तिनीहरूलाई मुक्तिको ज्ञान दिन उहाँको अगि-अगि जानेछौ ।
\q
\v 78 हाम्रा परमेश्‍वरको कोमल कृपाको कारण स्वर्गबाट बिहानको सूर्य हामीकहाँ हामीलाई सहायता गर्न,
\v 79 अन्धकार र मृत्युको छायामा बस्‍नेहरूमाथि चम्कनलाई आउनेछ । उहाँले हाम्रा गोडाहरूलाई शान्तिको मार्गतिर डोर्‍याउनुहुनेछ ।”
\p
\v 80 त्यसपछि बालक हुर्के र आत्मामा बलियो भए, र तिनी इस्राएलमा देखा नपरेसम्म उजाड-स्थानमा नै बसे ।
\c 2
\cl अध्याय २
\p
\v 1 ती दिनहरूमा कैसर अगस्टसले जगत‍्मा बसोबास गर्ने सारा मानिसहरूको जनगणना गर्नू भनी उर्दी जारी गरे ।
\v 2 कुरेनियस सिरियाका हाकिम हुँदा गरिएको यो पहिलो जनगणना थियो ।
\v 3 त्यसैले सबै जना जनगणनाको लागि नाउँ दर्ता गर्न आ-आफ्ना सहर गए ।
\v 4 योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेम भन्‍ने दाऊदको सहरमा गए, किनभने तिनी दाऊदको घराना र वंशका थिए ।
\v 5 तिनी नाउँ दर्ता गर्न मरियमसँगै त्यहाँ गए, जसको मगनी तिनीसँग भएको थियो र जो गर्भवती थिइन् ।
\v 6 तिनीहरू त्यहीं छँदा मरियमले बालक जन्माउने समय आयो ।
\v 7 उनले आफ्नो पहिलो छोरो जन्माइन्, र उनले उहाँलाई लामो कपडाले बेह्रेर डूँडमा राखिन्, किनभने तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन ।
\p
\v 8 त्यस इलाकामा भएका गोठालाहरू राती आ-आफ्ना बगालको रखवाली गर्दै चौरमा बसिरहेका थिए ।
\v 9 परमप्रभुका एउटा दूत तिनीहरूकहाँ देखा परे, र तिनीहरूका वरिपरि परमप्रभुको महिमा चम्‍क्यो, र तिनीहरू साह्रै भयभीत भए ।
\v 10 तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने मैले तिमीहरूकहाँ सुसमाचार ल्याएको छु, जसले सबै मानिसहरूमा ठुलो आनन्द ल्याउनेछ ।
\v 11 आज तिमीहरूका निम्ति दाऊदको सहरमा एउटा मुक्‍तिदाताको जन्म भएको छ! उहाँ ख्रीष्‍ट प्रभु हुनुहुन्छ!
\v 12 तिमीहरूलाई यो चिन्‍ह दिइनेछ: तिमीहरूले एउटा बालकलाई कपडाले बेह्रेको र डूँडमा सुतिरहेको भेट्टाउनेछौ ।”
\p
\v 13 एक्‍कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा ठुलो दल देखा पर्‍यो र तिनीहरूले यसो भन्‍दै परमेश्‍वरको प्रशंसा गरे,
\v 14 “सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा, र पृथ्वीमा उहाँ प्रसन्‍न हुनुभएका मानिसहरूका बीचमा शान्ति होस् ।" + केही प्रचीन प्रतिलिपीहरूमा भिन्‍नाभिन्‍दै हिज्जेहरू छन् जसले पद १४ "ख" मा दुई सम्भावित सुझाव दिन्छन्, जसमा दोस्रो बढी रुचाइन्छ । ती सुझावहरू हुन्ः मानिसहरूप्रति सद्‍भाव होस् वा उहाँ (परमेश्‍वर) प्रसन्‍न हुनुभएका मानिसहरूका बीचमा शान्ति होस् ।
\p
\v 15 जब स्वर्गदूतहरू तिनीहरूबाट स्वर्ग फर्के, तब गोठालाहरूले एक-अर्कालाई भने, “आओ, हामी बेथलेहेमसम्म जाऔं, र घटेको यो घटना गएर हेरौं जुन परमप्रभुले हामीलाई प्रकट गर्नुभएको छ ।”
\v 16 तिनीहरू हतार-हतार गर्दै त्यहाँ गए, अनि मरियम, योसेफ र डूँडमा सुतिरहेको बालकलाई भेट्टाए ।
\v 17 तिनीहरूले उहाँलाई देखेपछि, यस बालकको बारेमा तिनीहरूलाई बताइएका कुरा तिनीहरूले बताए ।
\v 18 गोठालाहरूद्वारा भनिएका कुरा सुन्‍नेहरू जति सबै जना आश्‍चर्य चकित भए ।
\v 19 तर मरियमले सुनेका यी सबै कुराहरू आफ्नो मनमै राख्दै सोचिरहिन् ।
\v 20 गोठालाहरूले आफूहरूलाई भनिएअनुसार आफूहरूले सुनेका र देखेका हरेक कुराका निम्ति परमेश्‍वरलाई महिमा दिंदै र प्रशंसा गर्दै तिनीहरू फर्के ।
\p
\v 21 आठौं दिनपछि उहाँको खतना हुँदा उहाँको नाउँ येशू राखियो, जुन नाउँ उहाँ गर्भमा आउनुभन्दा अगि स्वर्गदूतद्वारा उहाँलाई दिइएको थियो ।
\p
\v 22 मोशाको व्यवस्थाअनुसार तोकिएका शुद्धिकरणका दिनहरू सकिएपछि, तिनीहरूले उहाँलाई परमप्रभुकहाँ हाजिर गराउन यरूशलेमको मन्दिरमा ल्याए ।
\v 23 परमप्रभुको व्यवस्थामा लेखिएझैं “पहिलो जन्मेको प्रत्येक पुरुष परमप्रभुको निम्ति अलग गरिनेछ ।”
\v 24 अनि तिनीहरूले परमप्रभुको व्यवस्थामा भनेअनुसार “एक जोड ढुकुर वा दुईवटा परेवाका बचेरा" बलिदान चढाए ।”
\p
\v 25 हेर, यरूशलेममा एक जना सिमियोन नाउँ गरेका मानिस थिए, र यी मानिस धर्मी र ईश्‍वरभक्‍त थिए । तिनले इस्राएलको सान्त्वनाको प्रतीक्षा गरिरहेका थिए, र पवित्र आत्मा तिनीमाथि हुनुहुन्थ्‍यो ।
\v 26 पवित्र आत्माद्वारा तिनलाई यो प्रकट गरिएको थियो कि परमप्रभुका ख्रीष्‍टलाई नदेखेसम्म तिनको मृत्यु हुनेछैन ।
\v 27 आत्माको अगुवाइमा शिमियोन मन्दिरभित्र आए । जब व्यवस्था अनुसारको विधि गर्नलाई आमाबुबाले बालक येशूलाई मन्दिरमा ल्याए,
\v 28 तब शिमियोनले उहाँलाई हातमा लिएर परमेश्‍वरको प्रशंसा गरे र तिनले भने,
\v 29 "अब हे परमप्रभु, तपाईंको वचनअनुसार आफ्नो दासलाई शान्‍तिसँग बिदा दिनुहोस् ।"
\q1
\v 30 किनकि मेरा आँखाले तपाईंको उद्धारलाई देखेका छन्,
\v 31 जुन तपाईंले सबै मानिसहरूको उपस्थितिमा तयार गर्नुभएको छः
\v 32 अन्यजातिहरूका लागि प्रकाशको निम्ति ज्योति, र इस्राएल, तपाईंका मानिसहरूका लागि महिमा"
\v 33 उहाँका बुबा र आमा \f + \ft केही प्राचीन ग्रीक प्रतिलिपिहरूमा उहाँका बुबा, \fqa योसेफ \fqa* भनेर खण्डमा राखिएको छ; र केहीमा आमालाई उल्लेख गरिएको छैन । अधिक विश्‍वसनीय प्रतिलिपिहरूमा \fqa उहाँका बुबा र आमा \fqa* छ । \f* उहाँको विषयमा भनिएका कुरामा अचम्मित भए ।
\v 34 शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए र उहाँकी आमा मरियमलाई भने, “हेर, यो बालक इस्राएलमा भएका धेरै मानिसहरूको पतन र उत्थानका निम्ति र अस्वीकार गरिएको चिन्‍हको निम्ति नियुक्‍त गरिएको छ—
\v 35 र तरवारले तिम्रो आफ्नै प्राण छेड्नेछ— ताकि धेरैका हृदयका विचारहरू प्रकट होऊन् ।”
\p
\v 36 त्यहाँ एक जना हन्‍ना नामकी अगमवादिनी थिइन् । तिनी आशेर कुलकी फनुएलकी छोरी थिइन् । तिनी धेरै वृद्ध थिइन् । तिनी विवाहपछि सात वर्षसम्म आफ्ना पतिसँग बसेकी थिइन्,
\v 37 अनि तिनी चौरासी वर्ष विधवा नै रहिन् । तिनले मन्दिर कहिल्यै छोडिनन् तर प्रार्थना र उपवास गर्दै दिनरात सेवा गर्दै थिइन् ।
\v 38 त्यही समयमा तिनी तिनीहरूका नजिक आइन् र परमेश्‍वरलाई धन्यवाद चढाउन थालिन्, र यरूशलेमको उद्धार पर्खिरहेका हरेकलाई तिनले बालकको बारेमा बताइन् ।
\p
\v 39 परमप्रभुको व्यवस्थाले बताएबमोजिम जब तिनीहरूले सबै काम सिद्धयाए, तिनीहरू आफ्नै सहर गालीलको नासरतमा फर्के ।
\v 40 बालक बढ्दै, बलियो हुँदै र बुद्धिमा परिपूर्ण हुँदै जानुभयो, र परमेश्‍वरको अनुग्रह उहाँमाथि थियो ।
\p
\v 41 उहाँका आमाबुबा निस्तार-चाडको निम्ति हरेक वर्ष यरूशलेम जान्थे ।
\v 42 जब उहाँ बाह्र वर्षको हुनुभयो, उहाँहरू सधैंझैं चाडको निम्ति फेरि जानुभयो ।
\v 43 चाडको निम्ति पूरै दिनहरू त्यहाँ बसेपछि उहाँहरू घर फर्कन थाल्नुभयो । तर बालक येशू यरूशलेममा नै रहनुभयो, र उहाँका आमाबुबाले त्यो थाहा पाएनन् ।
\v 44 तिनीहरूले उहाँ तिनीहरूसँगै यात्रा गर्ने दलमा हुनुहुन्छ भनी ठाने, त्यसैले तिनीहरूले एक दिनको यात्रा गरे । त्यसपछि तिनीहरूले उहाँलाई नातेदार र साथीहरूको बीचमा खोज्‍न थाले ।
\v 45 जब तिनीहरूले उहाँलाई भेट्टाएनन्, तिनीहरू यरूशलेममा फर्के र त्यहाँ उहाँलाई खोज्‍न थाले ।
\v 46 तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूको बिचमा बसेर तिनीहरूलाई सुन्दै र प्रश्‍न गर्दै गरेको भेट्टाए ।
\v 47 जतिले उहाँका कुरा सुने, उहाँको समझशक्‍ति र जवाफमा आश्‍चर्य चकित भए ।
\v 48 जब तिनीहरूले उहाँलाई देखे, तब तिनीहरू अचम्मित भए । उहाँकी आमाले उहाँलाई भनिन् “छोरा, तिमीले हामीसँग यस्तो किन गर्‍यौ? हेर! तिम्रा बुबा र मैले कति चिन्तित हुँदै तिमीलाई खोजिरहेका थियौं ।”
\v 49 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनुभएको? म मेरा पिताको घरमा हुनुपर्छ भनेर के तपाईंहरूलाई थाहा थिएन?”
\v 50 तर उहाँले तिनीहरूलाई भन्‍नुभएको कुरा तिनीहरूले बुझेनन् ।
\v 51 त्यसपछि उहाँ तिनीहरूसँग आफ्नो घर नासरत फर्कनुभयो र तिनीहरूका आज्ञाकारी भई रहनुभयो । उहाँकी आमाले यी सबै कुरा मनमै राखिन् ।
\p
\v 52 तर येशू बुद्धिमा, कदमा र परमेश्‍वर अनि मानिसको निगाहमा निरन्तर बढ्दै जानुभयो ।
\c 3
\cl अध्याय ३
\p
\v 1 कैसर तिबेरियसको शासनकालको पन्ध्रौं वर्षमा—जति बेला पन्तियस पिलातस यहूदियाका हाकिम थिए, हेरोद गालीलका शासक, तिनका भाइ फिलिप इतुरिया र त्राखोनितिस क्षेत्रका शासक थिए, र लुसानियास अबिलेनेका शासक थिए ।
\v 2 हन्‍नास र कैयाफा प्रधान पूजाहारी भएको समयमा—जकरियाका छोरा यूहन्‍नाकहाँ उजाड-स्थानमा परमेश्‍वरको वचन आयो ।
\v 3 तिनी पाप क्षमाका निम्ति पश्‍चातापको बप्‍तिस्माको प्रचार गर्दै यर्दन नदी वरपरिका सबै क्षेत्रहरूमा हिंडे ।
\v 4 जसरी यशैया अगमवक्‍ताको वचनको पुस्तकमा लेखिएको छ, “उजाड-स्थानमा एक जना कराउनेको आवाज, 'परमप्रभुको बाटो तयार पार, उहाँका मार्गहरू सोझो बनाओ ।
\q1
\v 5 हरेक उपत्यका पुरिनेछ, हरेक पहाड र डाँडाहरू समतल पारिनेछ, बाङ्गा बाटाहरू सोझो हुन आउनेछन् र अप्ठेरा बाटाहरू सम्‍म हुन आउनेछन् ।
\q1
\v 6 सबै प्राणीहरूले परमेश्‍वरको उद्धारलाई देख्‍नेछन् ।”
\p
\v 7 यसकारण यूहन्‍नाले आफूकहाँ बप्‍तिस्‍मा लिन आइरहेका भीडहरूलाई भने, “हे विषालु सर्पका सन्तान हो, कसले तिमीहरूलाई आउँदै गरेको क्रोधबाट भाग्‍नलाई चेताउनी दियो?
\v 8 यसकारण पश्‍चात्ताप योग्यका फल फलाओ, र आफ्नो मनमा "हाम्रा पिता त अब्राहाम हुन्" भन्‍नतिर नलाग, किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरले यी चट्टानहरूबाट अब्राहामको निम्ति सन्तान खडा गर्न सक्‍नुहुन्छ ।
\v 9 अहिले रूखहरूको जरामा बन्चरो परिसकेको छ । त्यसैले असल फल नफलाउने हरेक रूख काटिन्छ र आगोमा फालिन्छ ।”
\p
\v 10 तब भीडहरूले यसो भन्दै सोधिरहे, “त्यसो भए हामीले के गर्ने त?”
\p
\v 11 तिनले तिनीहरूलाई जवाफ दिएर भने, “यदि कसैसँग दुई जोर दौरा छन् भने त्यसले नहुने व्यक्तिलाई दिनुपर्छ, र जससँग खानेकुरा छ, त्यसले पनि त्यस्तै गर्नुपर्छ ।”
\p
\v 12 कर उठाउनेहरू पनि बप्‍तिस्मा लिन आए, र तिनीहरूले तिनलाई भने, “गुरुज्यू, हामीले के गर्नुपर्छ नि?”
\p
\v 13 तिनले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूलाई उठाउन भनिएको भन्दा बढी पैसा नउठाउनू ।”
\p
\v 14 केही सिपाहीहरूले पनि यसो भन्‍दै सोधे, “हाम्रो बारेमा नि? हामीले चाहिं के गर्नुपर्छ?” तिनले तिनीहरूलाई भने, “कसैबाट जबरजस्ती पैसा नलेओ र कसैलाई पनि झुटो दोष नलगाओ ।आफ्ना तलबमा नै सन्तुष्‍ट होओ ।”
\v 15 अब जसै मानिसहरूले ख्रीष्‍ट आउनुहुन्छ भनेर उत्सुकतासाथ प्रतीक्षा गरिरहेका थिए, सबैले मनमा यूहन्‍नाको विषयमा, कतै यिनी नै ख्रीष्‍ट हुन् कि भनेर विचार गरिरहेका थिए ।
\v 16 यूहन्‍नाले सबैलाई यसो भन्दै जवाफ दिए, “म त तिमीहरूलाई पानीले बप्‍तिस्मा दिन्छु, तर एकजना आउँदै हुनुहुन्छ जो मभन्दा शक्‍तिशाली हुनुहुन्छ, र म उहाँको जुत्ताको फित्ता फुकाल्न पनि योग्यको छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुनेछ ।
\v 17 उहाँको खला राम्ररी सफा गर्न र गहूँलाई उहाँको भण्डारमा जम्मा गर्नलाई उहाँको हातमा निफन्‍ने नाङ्लो छ । तर उहाँले भुसलाई चाहिं कहिल्यै ननिभ्ने आगोमा जलाउनुहुनेछ ।
\p
\v 18 यूहन्‍नाले मानिसहरूलाई धेरै अर्ती दिंदै सुसमाचार प्रचार गरे ।
\v 19 जब शासक हेरोदले आफ्नो भाइकी पत्‍नी हेरोदियासलाई विवाह गरेको निम्ति र तिनले गरेका अन्य खराबीहरूका निम्ति पनि हप्की पाए,
\v 20 यी सबैमा तिनले यो पनि थपे, कि तिनले यूहन्‍नालाई जेलमा हाले ।
\v 21 जब सबै मनिसहरूले बप्तिस्मा लिए, येशूले पनि बप्‍तिस्‍मा लिनुभयो र उहाँले प्रार्थना गरिरहनुहुँदा, स्‍वर्ग खुल्यो,
\v 22 र पवित्र आत्मा शारीरिक रूपमा ढुकुर जस्तै उहाँमाथि ओर्लनुभयो, र स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा पुत्र हौ जसलाई म प्रेम गर्छु। म तिमीसँग प्रसन्‍न छु ।”
\v 23 येशूले आफ्नो सेवकाई सुरु गर्नुहुँदा उहाँ तीस वर्षको हुनुहुन्थ्यो । उहाँ योसेफका छोरा (जस्तो सोचिएको थियो) हुनुहुन्थ्यो, एलीका छोरा योसेफ,
\v 24 मत्तातका छोरा एली, लेवीका छोरा मत्तात, मल्कीका छोरा लेवी, यान्‍नाका छोरा मल्की, योसेफका छोरा यान्‍ना थिए ।
\v 25 मत्ताथियासका छोरा योसेफ, आमोसका छोरा मत्ताथियास, नहूमका छोरा आमोस, इसलीका छोरा नहूम, नग्गैका छोरा इसली,
\v 26 माथका छोरा नग्गै, मत्ताथियासका छोरा माथ, सेमैनका छोरा मत्ताथियास, योसेखका छोरा सेमैन, योदाका छोरा योसेख थिए ।
\v 27 योआनानका छोरा योदा, रेसाका छोरा योआनान, यरुबाबेलका छोरा रेसा, शालतिएलका छोरा यरुबाबेल, नेरीका छोरा शालतिएल,
\v 28 मल्कीका छोरा नेरी, अद्दीका छोरा मल्की, कोसामका छोरा अद्दी, एलमादमका छोरा कोसाम, एर‍्का छोरा एलमादम,
\v 29 यहोशूका छोरा एर्, एलीएजरका छोरा यहोशू, योरीमका छोरा एलीएजर, मत्तातका छोरा योरीम, लेवीका छोरा मत्तात थिए ।
\v 30 शिमियोनका छोरा लेवी, यहूदाका छोरा शिमियोन, योसेफका छोरा यहूदा, योनानका छोरा योसेफ, एल्याकीमका छोरा योनान,
\v 31 मलेआका छोरा एल्याकीम, मिन्‍नाका छोरा मलेआ, मत्ताथाका छोरा मिन्‍ना, नातानका छोरा मत्ताथा, दाऊदका छोरा नातान,
\v 32 यिशैका छोरा दाऊद, ओबेदका छोरा यिशै, बोअजका छोरा ओबेद, सल्मोनका छोरा बोअज, नहशोनका छोरा सल्मोन थिए ।
\v 33 अम्मीनादाबका छोरा नहशोन, आरामका छोरा अम्मीनादाब, अरनीका छोरा आराम, हेस्रोनका छोरा अरनी, फारेसका छोरा हेस्रोन, यहूदाका छोरा फारेस,
\v 34 याकूबका छोरा यहूदा, इसहाकका छोरा याकूब, अब्राहामका छोरा इसहाक, तेरहका छोरा अब्राहाम, नाहोरका छोरा तेरह,
\v 35 सरूगका छोरा नाहोर रऊका छोरा सरूग, पेलेगका छोरा रऊ, एबेरका छोरा पेलेग, शेलहका छोरा एबेर थिए ।
\v 36 केनानका छोरा शेलह, अर्पक्षदका छोरा केनान, शेमका छोरा अर्पक्षद, नोआका छोरा शेम, लेमेखका छोरा नोआ,
\v 37 मतूशेलहका छोरा लेमेख, हनोकका छोरा मतूशेलह, येरेदका छोरा हनोक, महलालेलका छोरा येरेद, केनानका छोरा महलालेल,
\v 38 एनोशका छोरा केनान, शेतका छोरा एनोश, आदमका छोरा शेत, आदम परमेश्‍वरका छोरा थिए ।
\c 4
\cl अध्याय ४
\p
\v 1 तब येशू पवित्र आत्माले भरिएर यर्दन नदीबाट फर्कनुभयो, अनि आत्माद्वारा उजाड-स्थानमा डोर्‍याइनुभयो,
\v 2 जहाँ उहाँ चालिस दिनसम्म शैतानद्वारा परीक्षामा पर्नुभयो । ती दिनहरूमा उहाँले केही खानुभएन, र त्‍यो समयको अन्त्‍यमा उहाँ भोकाउनुभयो ।
\v 3 तब शैतानले येशूलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने यो ढुङ्गालाई रोटी हुन आज्ञा दिनुहोस् ।”
\p
\v 4 येशूले त्यसलाई जवाफ दिनुभयो, “लेखिएको छ, मानिस रोटीले मात्र बाँच्‍दैन ।”
\p
\v 5 त्यसपछि शैतानले उहाँलाई उच्‍च स्थानमा लगेर संसारका सबै राज्यहरूलाई छिनभरमै देखायो ।
\v 6 शैतानले उहाँलाई भन्यो, “म यी सबै अधिकार र यिनको गौरव तपाईंलाई दिनेछु, किनकि यी मलाई दिइएको छ, र म जसलाई चाहन्छु यो त्यसलाई दिन सक्छु ।
\v 7 यसकारण यदि तपाईंले मलाई दण्डवत् गर्नुभयो र मेरो आराधना गर्नुभयो भने, यी तपाईंकै हुनेछन् ।”
\p
\v 8 तर येशूले जवाफ दिनुभयो र त्‍यसलाई भन्‍नुभयो, “लेखिएको छ, तैंले परमप्रभु आफ्ना परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू ।”
\p
\v 9 त्यसपछि शैतानले येशूलाई यरूशलेममा लग्यो र मन्‍दिरको टुप्‍पामा राख्यो र उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम्फाल्नुहोस् ।
\v 10 किनकि लेखिएको छ, 'तिम्रो रक्षा गर्न उहाँले आफ्ना स्‍वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,
\v 11 'अनि तिनीहरूले तिमीलाई हात हातै थाम्‍नेछन्, ताकि तिम्रो खुट्टा ढुङ्गामा ठोकिने छैन' ।”
\p
\v 12 त्यसलाई जवाफ दिंदै येशूले भन्‍नुभयो, “यस्तो भनिएको छ, तैंले परमप्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्नू ।”
\p
\v 13 शैतानले येशूको परीक्षा गरिसकेपछि त्यो गयो र अर्को समय सम्मको लागि उहाँलाई छोड्‍यो ।
\p
\v 14 त्यसपछि आत्माको शक्‍तिमा येशू गालील फर्कनुभयो र उहाँको विषयको खबर वरिपरिका सबै क्षेत्रहरूमा फैलियो ।
\v 15 त्यसपछि उहाँले तिनीहरूका सभाघरहरूमा शिक्षा दिन लाग्‍नुभयो र हरेकले उहाँको प्रशंसा गरे ।
\p
\v 16 उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो, र उहाँको रीतिअनुसार उहाँ विश्रामको दिनमा सभाघरमा प्रवेश गर्नुभयो र ठुलो स्‍वरमा पढ्‍नलाई खडा हुनुभयो ।
\v 17 उहाँलाई यशैया अगमवक्‍ताको चर्मपत्रको मुट्ठो दिइयो । उहाँले चर्मपत्रको मुट्ठो खोल्नुभयो र यो लेखिएको ठाउँ भेट्टाउनुभयो,
\v 18 “परमप्रभुको आत्मा ममाथि छ, किनभने उहाँले मलाई गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति अभिषेक गर्नुभयो । उहाँले कैदीहरूलाई छुटकाराको घोषणा गर्न, अन्धाहरूलाई द‍ृष्‍टि दिन, अन्यायमा परेकाहरूलाई स्वतन्‍‍त्रता प्रदान गर्न,
\v 19 र परमप्रभुको निगाहको वर्ष घोषणा गर्न मलाई पठाउनुभएको छ ।”
\p
\v 20 त्यसपछि उहाँले चर्मपत्रको मुट्ठो बन्‍द गर्नुभयो, सेवकलाई फिर्ता गर्नुभयो र बस्‍नुभयो । सभाघरमा भएका सबैको नजर उहाँमाथि पर्‍यो ।
\v 21 उहाँले तिनीहरूलाई भन्‍न लाग्‍नुभयो, “आज धर्मशास्‍‍त्रको यो वचन तिमीहरूले सुन्दा सुन्दै पूरा भएको छ ।”
\p
\v 22 त्यहाँ भएका सबैजनाले उहाँको सराहना गरे र उहाँको मुखबाट निस्केको अनुग्रही वचनप्रति तिनीहरू आश्‍चर्य चकित भए, र तिनीहरूले सोधे, “के यिनी योसेफका छोरा होइनन् र?"
\p
\v 23 येशूले तिनीहरूलाई भन्‍नुभयो, “निश्‍चय नै तिमीहरूले मलाई यो उखान भन्‍नेछौ, 'ए वैद्य आफैंलाई निको पार । कफर्नहुममा जे-जति कामहरू तिमीले गर्‍यौ भन्‍ने हामीले सुन्‍यौं, तिम्रो आफ्नो सहरमा पनि त्यस्तै गर' ।”
\v 24 तर उहाँले भन्‍नुभयो, "साँच्‍चै म तिमीहरूलाई भन्दछु, कुनै पनि अगमवक्‍तालाई आफ्नै सहरमा स्वीकार गरिंदैन ।
\v 25 तर सत्यतामा म तिमीहरूलाई भन्दछु, तीन वर्ष छ महिनासम्म स्वर्गको ढोका बन्द गरी वृष्‍टि रोकिंदा र सारा भूमीमा ठुलो अनिकाल पर्दा एलियाको समयमा इस्राएलमा धेरै विधवाहरू थिए ।
\v 26 तर एलियालाई अरू कसैकहाँ नपठाई सिदोन देशको सारपतमा बस्‍ने विधवाकहाँ पठाइयो ।
\v 27 अगमवक्‍ता एलीशाको समयमा इस्राएलमा धेरै कुष्‍ठरोगीहरू थिए, तर सिरियाली नामानबाहेक अरू कोही पनि निको पारिएन ।
\v 28 जब सभाघरमा भएका सबै मानिसहरूले यी कुराहरू सुने, तब तिनीहरू रिसले चूर भए ।
\v 29 तिनीहरू उठे, उहाँलाई सहरको बाहिर निकाले, र पहाड टाकुरामा बसालिएको तिनीहरूको सहरमा लगे, ताकि तिनीहरूले उहाँलाई टाकुराबाट खसाल्न सकून् ।
\v 30 तर उहाँ तिनीहरूका बीचबाट निस्कनुभयो र उहाँ अर्को ठाउँ जानुभयो ।
\p
\v 31 त्यसपछि उहाँ गालील सहरको कफर्नहुममा ओर्लनुभयो, र विश्रामको दिनमा उहाँले तिनीहरूलाई शिक्षा दिन थाल्नुभयो ।
\v 32 तिनीहरू उहाँको शिक्षामा आश्‍चर्य चकित भए, किनभने उहाँले अधिकारसहित बोल्नुभयो ।
\v 33 तब सभाघरमा एक जना अशुद्ध भूतात्मा भएको मानिस त्यहाँ थियो, र त्यो ठुलो स्वरले चिच्यायो,
\v 34 “हे नासरतका येशू, हामीहरूको तपाईंसँग के सरोकार? के तपाईं हामीलाई नाश गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी मलाई थाहा छ—तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ!”
\p
\v 35 येशूले दुष्‍टात्मालाई यसो भन्दै हकार्नुभयो, “चुप लाग्! त्यसबाट बाहिर निस्केर आइज!” भूतात्माले त्यसलाई तिनीहरूको बीचमा लडाएपछि त्यो त्यसबाट निस्केर आयो, र त्यसलाई कुनै पनि हानि गरेन ।
\p
\v 36 सबै मानिसहरू अति आश्‍चर्य चकित भए, र तिनीहरूले त्यसको बारेमा एक अर्का सित कुराकानी गरिरहे । तिनीहरूले भने, "यी कस्ता वचनहरू हुन्? यिनले अशुद्ध आत्माहरूलाई अधिकार र शक्‍तिसाथ आज्ञा गर्छन् र ती बाहिर निस्केर आउँछन्?”
\v 37 उहाँको विषयमा भएका समाचारहरू वरिपरिका सबै क्षेत्रमा चारैतिर फैलिन लाग्‍यो ।
\p
\v 38 त्यसपछि येशू सभाघरबाट निस्कनुभयो र सिमोनको घरमा पस्‍नुभयो । सिमोनकी सासुलाई उच्‍च ज्वरोले सताएको थियो, र तिनीहरूले तिनको निम्ति उहाँसँग बिन्ती गरे ।
\v 39 त्यसैले उहाँ तिनको छेउमा उभिनुभयो, र ज्वरोलाई हकार्नुभयो, र त्यसले तिनलाई छोड्‍यो । तिनी तुरुन्तै उठिन् र उहाँहरूको सेवा गर्न थालिन् ।
\p
\v 40 सूर्य अस्ताउँदै गर्दा मानिसहरूले धेरै प्रकारका रोग लागेका बिरामीहरू सबैलाई येशूकहाँ ल्याए । उहाँले तिनीहरू हरेकमाथि आफ्नो हात राख्‍नुभयो र तिनीहरूलाई निको पार्नुभयो ।
\v 41 तिनीहरूमध्ये धेरैबाट भूतात्माहरू चिच्याउँदै र यसो भन्‍दै बाहिर निस्के, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ!” येशूले भूतात्माहरूलाई हकार्नुभयो र तिनीहरूलाई बोल्न दिनुभएन, किनभने उहाँ ख्रीष्‍ट हुनुहुन्थ्यो भनी तिनीहरूलाई थाहा थियो ।
\p
\v 42 जब बिहान भयो, उहाँ निस्‍केर एकान्त ठाउँमा जानुभयो । मानिसका भीडहरूले उहाँलाई खोजी राखेको थिए र उहाँ हुनुभएको ठाउँमा आए । तिनीहरूले उहाँलाई तिनीहरूबाट जानदेखि रोक्‍ने कोसिस गरे ।
\v 43 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले अरू धेरै सहरहरूमा पनि परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नैपर्छ, किनभने म यहाँ पठाइनुको कारण यही हो ।”
\v 44 त्यसपछि यहूदियाभरका सभाघरहरूमा उहाँले निरन्तर प्रचार गर्नुभयो ।
\c 5
\cl अध्याय ५
\p
\v 1 जब मानिसहरू येशूको वरिपरि ठेलमठेल गर्दै र परमेश्‍वरको वचन सुन्‍दै थिए, येशू गनेसरेतको तालमा उभिरहनुभएको थियो ।
\v 2 उहाँले तालको किनारमा दुईवटा डुङ्गा राखिएको देख्‍नुभयो । मछुवाहरू बाहिर निस्‍केका र आफ्ना जालहरू धोइरहेका थिए ।
\v 3 येशू तीमध्ये एउटा डुङ्गामा चढ्नुभयो जुनचाहिं सिमोनको थियो, र उहाँले तिनलाई जमिनभन्दा पर पानी भएको ठाउँमा त्यसलाई लैजान भन्‍नुभयो । त्यसपछि उहाँ बस्‍नुभयो र डुङ्गाबाटै मानिसहरूलाई शिक्षा दिनुभयो ।
\v 4 उहाँले बोलिसक्‍नुभएपछि सिमोनलाई भन्‍नुभयो, “डुङ्गालाई अझै गहिरो पानीतिर लैजाऊ र माछाहरू समात्‍नलाई तिम्रा जाल हान ।”
\p
\v 5 सिमोनले जवाफ दिएर भने, “प्रभु, हामीले रातभरि मेहनत गर्‍यौं, र केहीपनि पक्रन सकेनौं, तरै पनि तपाईं भन्‍नुहुन्छ भने म जाल हान्‍नेछु ।”
\v 6 तिनीहरूले यसो गरेपछि तिनीहरूले धेरै सङ्ख्यामा माछाहरू बटुले, र तिनीहरूका जाल फाटिरहेका थिए ।
\v 7 त्यसैले तिनीहरूले अर्को डुङ्गाका साथीहरूलाई सहयोग गर्न आउनको लागि इसारा गरे । तिनीहरू आए र दुवै डुङ्गा भरे, जसको कारण ती डुब्‍न थाले ।
\v 8 तर सिमोन पत्रुसले यो देखेर येशूको अगाडि यसो भन्दै घुँडा टेके, “हे प्रभु, मबाट टाढा जानुहोस् किनकि म पापी मानिस हुँ ।”
\v 9 आफूले पक्रेका माछाहरू देखेर तिनी र तिनीसँग भएका सबै जना आश्‍चर्य चकित भए ।
\v 10 त्यसै गरी जब्दियाका छोराहरू याकूब र यूहन्‍ना पनि चकित भए, जो सिमोनसँग साझेदार थिए । येशूले सिमोनलाई भन्‍नुभयो, “नडराऊ, किनभने अबदेखि तिमीले मानिसहरू पक्रनेछौ ।”
\v 11 तिनीहरूले आफ्ना डुङ्गालाई जमिनमा ल्याएपछि तिनीहरूले सबै छोडेर उहाँको पछि लागे ।
\p
\v 12 जब उहाँ सहरहरूमध्ये एउटामा हुनुहुन्थ्यो, कुष्‍ठरोगले भरिएको एउटा मानिस त्यहाँ थियो । जब त्यसले येशूलाई देख्यो, त्यो घोप्‍टो पर्‍यो र यसो भन्‍दै उहाँलाई बिन्ती गर्‍यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्‍नुहुन्छ ।”
\p
\v 13 त्यसपछि येशूले हात पसार्नुभयो र यसो भन्दै त्यसलाई छुनुभयो, “म इच्छा गर्छु । तिमी शुद्ध होऊ ।” अनि तत्कालै कुष्‍ठरोगले त्यसलाई छोड्‍यो ।
\v 14 उहाँले यो कुरा कसैलाई नभन्‍नू भनी आज्ञा गर्नुभयो तर त्यसलाई भन्‍नुभयो, "आफ्नो बाटो लाग र आफैँलाई पूजाहारीकहाँ देखाऊ, र मोशाको व्यवस्थाबमोजिम तिम्रो शुद्धताको लागि तिनीहरूलाई गवाही दिन बलि चढाऊ ।"
\v 15 तर उहाँको विषयमा कुराहरू अझै परसम्म फैलियो, र मानिसका ठुला भीडहरू उहाँको शिक्षा सुन्‍नलाई र आ-आफ्नो बिमारीपनबाट निको हुनलाई एकसाथ आए ।
\v 16 तर उहाँ प्रायः एकान्त ठाउँतिर जानुहुन्थ्यो र प्रार्थना गर्नुहुन्थ्यो ।
\p
\v 17 एक दिन उहाँले शिक्षा दिइरहनुभएको बेलामा, त्यहाँ फरिसीहरू र व्यवस्‍थाका शिक्षकहरू पनि बसिरहेका थिए, जो गालील र यहूदियाका हरेक गाउँबाट अनि यरूशलेमबाट आएका थिए । निको पार्नका लागि उहाँसँग परमप्रभुको शक्‍ति थियो ।
\v 18 अब केही मानिसहरूले एक जना मानिसलाई गुन्‍द्रीमा बोकेर ल्याए जो पक्षाघती थिए, र तिनीहरूले त्यसलाई येशूको अगाडि राख्‍नको लागि भित्र ल्याउने बाटो खोजे ।
\v 19 भीडको कारणले गर्दा तिनीहरूले त्यसलाई भित्र ल्याउने बाटो पाएनन्, त्यसैले तिनीहरू छानामाथि चढे र त्यस मानिसलाई छानाबाट तल, त्यसको गुन्द्रीमा, मानिसहरूको माझमा, येशूकै अगाडि झारे ।
\v 20 तिनीहरूको विश्‍वासलाई देखेर येशूले भन्‍नुभयो, “हे मानिस, तिम्रा पाप तिमीलाई क्षमा भएका छन् ।”
\p
\v 21 शास्‍‍त्री र फारिसीहरूले यसो भन्दै प्रश्‍न गर्न थाले, “ईश्‍वर-निन्दा गर्ने यो को हो? परमेश्‍वरबाहेक कसले पापको क्षमा दिन सक्छ?”
\p
\v 22 तर येशूले तिनीहरूले के सोचिरहेका थिए भनी जानेर जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफ्ना हृदयमा किन यस्तो प्रश्‍न गरिरहेका छौ?
\v 23 कुन कुरा भन्‍न सजिलो छ, ‘तिम्रा पाप तिमीलाई क्षमा भएका छन्' भन्‍नु कि 'उठ र हिंड' भन्‍नु?
\v 24 तर तिमीहरूलाई थाहा होस् कि मानिसका पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ,"—उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो—"म तिमीलाई भन्दछु, उठ, तिम्रो गुन्द्री उठाऊ र आफ्नो घर जाऊ ।”
\v 25 त्यो तुरुन्तै तिनीहरूको सामुन्‍ने उठ्‍यो र त्यो सुतिरहेको गुन्द्री उठायो । त्यसपछि त्यो परमेश्‍वरको महिमा गर्दै आफ्नो घरतर्फ लाग्यो ।
\p
\v 26 सबै जना अचम्मित भए, र तिनीहरूले परमेश्‍वरलाई महिमा दिए । तिनीहरू डरले भरिएर भने, “आज हामीले असाधारण काम देखेका छौं ।
\p
\v 27 यी कुराहरू भएपछि येशू त्यहाँबाट जानुभयो र लेवी नाउँ गरेको कर उठाउनेलाई कर उठाउने पालमा बसिरहेको देख्‍नुभयो । उहाँले तिनलाई भन्‍नुभयो, “मलाई पछ्‍याऊ ।”
\v 28 त्यसैले लेवीले सबै थोक छाडेर उठे अनि उहाँलाई पछ्‍याए ।
\p
\v 29 तब लेवीले येशूको निम्ति आफ्नो घरमा एउटा ठुलो भोज दिए । त्यहाँ धेरै जना कर उठाउनेहरू र अरू मानिसहरू थिए, जो टेबुलमा अडेस लगाएर तिनीहरूसँगै खाइरहेका थिए ।
\v 30 तर फरिसीहरू र तिनीहरूका शास्‍‍त्रीहरूले उहाँका चेलाहरूसँग यसो भन्दै गुनासो गरिरहेका थिए, “तिमीहरू किन कर उठाउनेहरू र पापीहरूसँग खानपिन गर्छौ?”
\p
\v 31 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “निरोगी मानिसलाई वैद्यको आवश्यकता पर्दैन; तर बिरामीहरूलाई मात्र ।
\v 32 म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्‍चात्तापको निम्ति बोलाउन आएको हुँ ।"
\p
\v 33 तिनीहरूले उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू प्रायः उपवास बस्छन् र प्रार्थना गर्छन् अनि फरिसीहरूका पनि त्यसै गर्छन् । तर तपाईंका चेलाहरू खान्छन् र पिउँछन् ।”
\p
\v 34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के कसैले दुलहा जन्तीको साथमा हुँदा तिनीहरूलाई उपवास बस्‍न लगाउन सक्छ?”
\v 35 तर तिनीहरूबाट दुलहालाई लगिने दिनहरू आउनेछन्, तब तिनीहरू ती दिनहरूमा उपवास बस्‍नेछन् ।”
\p
\v 36 त्यसपछि येशूले तिनीहरूलाई एउटा द‍ृष्‍टान्त पनि भन्‍नुभयो, “कसैले पनि नयाँ कपडाको टुक्रा च्यातेर पुरानो कपडामा टाल्‍नको लागि प्रयोग गर्दैन । यदि त्यसले त्यसो गर्छ भने त्यसले नयाँ कपडाको टुक्रालाई फटाउनेछ, र त्यो नयाँ कपडाको टुक्रा पुरानो कपडासँग मिल्दैन ।
\v 37 कसैले पनि पुरानो मशकमा नयाँ दाखमद्य हाल्दैन । यदि त्यसले त्यसो गर्छ भने नयाँ दाखमद्यले पुरानो मशकलाई फुटाउनेछ र दाखमद्य पोखिनेछ र मशक पनि नष्‍ट हुनेछ ।
\v 38 तर नयाँ दाखमद्य नयाँ मशकमा नै राख्‍नुपर्छ ।
\p
\v 39 पुरानो दाखमद्य पिएर कसैले पनि नयाँ दाखमद्यको चाह गर्दैन, किनकि त्यसले 'पुरानो नै असल छ' भन्छ ।"
\c 6
\cl अध्याय ६
\p
\v 1 अब विश्रामको दिनमा यस्तो भयो कि येशू अन्‍नको खेत भएर जाँदै हुनुहुन्थ्‍यो, र उहाँका चेलाहरूले अन्‍नका बाला टिप्दै, आफ्ना हातमा त्यसलाई माड्दै, र अन्‍न खाँदै थिए ।
\v 2 तर केही फरिसीहरूले भने, “किन तिमीहरू विश्रामको दिनमा जे गर्न उचित छैन त्यो गरिरहेका छौ?"
\p
\v 3 तिनीहरूलाई जवाफ दिंदै येशूले भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू भोकाएका बेला दाऊदले के गरे भनी तिमीहरूले पढेका छैनौ?
\v 4 तिनी परमेश्‍वरको भवनभित्र पसे र परमेश्‍वरको उपस्थितिको रोटी लिएर केही खाए र आफूसँग भएका मानिसहरूलाई पनि केही खान दिए जुन पूजाहारीहरूले मात्र खान उचित थियो ।”
\v 5 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र विश्रामको दिनको पनि प्रभु हुन् ।”
\p
\v 6 अर्को विश्रामको दिनमा यसो भयो कि उहाँ सभाघरभित्र जानुभयो र त्यहाँ भएका मानिसहरूलाई शिक्षा दिनुभयो । त्यहाँ दाहिने हात सुकेको एक जना मानिस थियो ।
\v 7 उहाँले विश्रामको दिनमा कसैलाई निको पार्नुहुन्छ कि हुन्‍न भनेर शास्‍‍त्रीहरू र फरिसीहरूले नजिकबाट उहाँलाई हेरिरहेका थिए, ताकि तिनीहरूले उहाँलाई दोष लगाउने कारण भेट्टाउन सकून् ।
\v 8 तर तिनीहरूले के सोचिरहेका थिए भनी उहाँलाई थाहा थियो, र हात सुकेको मानिसलाई उहाँले भन्‍नुभयो, “उठ र यहाँ सबैका बीचमा खडा होऊ ।” त्यसैले त्यो मानिस उठ्‍यो र त्यहाँ खडा भयो ।
\v 9 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई सोध्छु, विश्रामको दिनमा असल गर्नु वा खराब गर्नु, प्राण बचाउनु वा नाश गर्नु, कुन उचित हो?”
\v 10 तब उहाँले वरिपरि तिनीहरू सबैलाई हेर्नुभयो र त्यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात पसार ।” त्यसले त्यसै गर्‍यो, र त्यसको हात पहिलाको जस्तै भयो ।
\v 11 तर तिनीहरू रिसले चूर भए र तिनीहरूले येशूलाई के गर्न सक्छन् भनी एक अर्कामा कुराकानी गरे ।
\p
\v 12 ती दिनहरूमा उहाँ डाँडामा प्रार्थना गर्न जानुभयो । उहाँले परमेश्‍वरसँग रातभर निरन्तर प्रार्थना गर्नुभयो ।
\v 13 उज्यालो भइसकेपछि उहाँले आफ्‍ना चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो, र उहाँले तिनीहरूमध्येबाट बाह्र जनालाई चुन्‍नुभयो जसलाई उहाँले “प्रेरित” नाउँ पनि दिनुभयो ।
\v 14 प्रेरितहरूका नाउँहरू थिएः सिमोन (जसलाई उहाँले पत्रुस नाउँ पनि दिनुभयो), र तिनका दाजु अन्द्रियास, याकूब, यूहन्‍ना, फिलिप, बारथोलोमाइ,
\v 15 मत्ती, थोमा, अल्फयासका छोरा याकूब, सिमोन जसलाई उग्रपन्थी भनिन्थ्यो,
\v 16 याकूबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो एक धोकेबाज भयो ।
\p
\v 17 त्यसपछि येशू तिनीहरूसँगै डाँडाबाट तल ओर्लनुभयो र उहाँका चेलाहरूको ठुलो भीड र यहूदिया, र यरूशलेम, र सिदोन, र टुरोसको समुद्री तटका मानिसहरूको ठुलो भीडसँग उहाँ एउटा समथर ठाउँमा उभिनुभयो ।
\v 18 तिनीहरू उहाँका कुरा सुन्‍न र आ-आफ्ना रोगहरूबाट निको हुनलाई आएका थिए । अशुद्ध आत्माले सताइएका मानिसहरू पनि निको भए ।
\v 19 भीडमा भएका सबैले उहाँलाई छुन खोजिरहेका थिए, किनभने निको पार्ने शक्ति उहाँबाट निस्‍किरहेको थियो, र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो ।
\v 20 तब उहाँले आफ्ना चेलाहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “धन्य तिमीहरू जो दीन छौ, किनकि परमेश्‍वरको राज्य तिमीहरूकै हो ।
\v 21 धन्य तिमीहरू जो अहिले भोकाउँछौ, किनकि तिमीहरू तृप्‍त हुनेछौ । धन्य तिमीहरू जो अहिले रुन्छौ, किनकि तिमीहरू हाँस्‍नेछौ ।
\p
\v 22 धन्य हौ तिमीहरू, जब मानिसका पुत्रका खातिर मानिसहरूले तिमीहरूलाई घृणा गर्छन् र तिमीहरूलाई निकालिदिन्छन्, तिमीहरूलाई अपमान गर्छन् र दुष्‍ट ठानी तिमीहरूका नाउँ बहिस्कार गर्छन्,
\v 23 त्यस दिन रमाओ र आनन्दले उफ्र, किनभने स्वर्गमा तिमीहरूको इनाम ठुलो हुनेछ, किनकि तिनीहरूका पुर्खाहरूले पनि अगमवक्‍ताहरूलाई त्यसै गरे ।
\p
\v 24 तर धिक्‍कार तिमीहरू जो धनी छौ, किनकि तिमीहरूले आफ्ना सान्त्वना पाइसकेका छौ ।
\v 25 धिक्‍कार तिमीहरू जो अहिले तृप्‍त छौ, किनकि तिमीहरू पछि भोकाउनेछौ । धिक्‍कार तिमीहरू जो अहिले हाँस्‍छौ, किनकि तिमीहरू शोक गर्नेछौ र रुनेछौ ।
\v 26 धिक्‍कार तिमीहरू जब सबै मानिसहरूले तिमीहरूको असल बोल्‍छन्, किनकि तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्‍ताहरूलाई पनि त्यसै गरे ।
\p
\v 27 तर म तिमीहरूलाई भन्दछु जसले सुनिरहेका छौ, आफ्ना शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई घृणा गर्नेहरूको भलाइ गर ।
\v 28 तिमीहरूलाई सराप्‍नेहरूलाई आशिष्‌‌ देओ र तिमीहरूलाई दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर ।
\v 29 तिम्रो एउटा गालामा जसले हिर्काउँछ त्यसलाई अर्को गाला पनि थापिदेऊ । यदि कसैले तिम्रो खास्‍टो खोस्‍छ भने त्यसलाई दौरा पनि दिन इन्कार नगर ।
\v 30 तिमीसँग माग्‍ने सबैलाई देऊ । यदि कसैले तिम्रो केही कुरा लैजान्छ भने त्यससँग त्यो फिर्ता नमाग ।
\v 31 मानिसहरूले तिमीहरूलाई जसो गरेको चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यस्तै गर्नुपर्छ ।
\p
\v 32 यदि तिमीहरूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने तिमीहरूलाई के लाभ हुन्छ र? किनकि पापीहरूले पनि आफूहरूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छन् ।
\v 33 यदि तिमीहरूलाई असल गर्नेहरूलाई मात्र असल गर्छौ भने तिमीहरूलाई के लाभ हुन्छ र? किनकि पापीहरूले पनि त त्यसै गर्छन् ।
\v 34 यदि तिमीहरूले ती मानिसहरूलाई मात्र ऋण दिन्छौ जसबाट तिमीहरूले फिर्ता पाउने आशा गर्छौ भने तिमीहरूलाई के लाभ हुन्छ र? उत्ति नै फिर्ता पाउनलाई पापीहरूले पनि पापीहरूलाई ऋण दिन्छन् ।
\v 35 तर आफ्‍ना शत्रुहरूलाई प्रेम गर र तिनीहरूको भलाइ गर । फेरि फिर्ता पाउने आशा नगरीकन ऋण देओ, र तिमीहरूको इनाम ठुलो हुनेछ, अनि तिमीहरू सर्वोच्‍चका छोराहरू हुनेछौ, किनकि उहाँ आफैं अधन्यवादी र दुष्‍टहरूप्रति कृपालु हुनुहुन्छ ।
\v 36 तिमीहरूका पिता कृपालु हुनुभएझैं तिमीहरू पनि कृपालु होओ ।
\p
\v 37 कसैको न्याय नगर र तिमीहरूको पनि न्याय गरिनेछैन । दोष नलगाओ र तिमीहरूलाई पनि दोष लाग्‍ने छैन । अरूहरूलाई क्षमा देओ र तिमीहरूलाई पनि क्षमा दिइनेछ ।
\v 38 देओ, र तिमीहरूलाई पनि दिइनेछ । प्रशस्त परिमाणमा— खाँदी-खाँदी, हल्लाई-हल्लाई, र पोखिने गरी—तिमीहरूका पोल्टामा खन्याउनेछन् । किनकि जुन नापले तिमीहरू नाप्‍तछौ, त्यही नापले तिमीहरूका निम्ति पनि नापिनेछ ।”
\p
\v 39 त्यसपछि उहाँले तिनीहरूलाई एउटा द‍ृष्‍टान्त पनि भन्‍नुभयो, “के एक जना अन्धा मानिसले अर्को अन्धा मानिसलाई डोर्‍याउन सक्छ? त्यसले त्यसो गर्‍यो भने के दुवै जना खाल्डोमा खस्दैनन् र?
\v 40 एउटा चेला आफ्नो गुरुभन्दा महान् हुँदैन, तर हरेकले जब पूरा तालिम प्राप्‍त गर्छ, तब त्यो आफ्नो गुरुजस्तै हुनेछ ।
\p
\v 41 तिमीले आफ्‍नो भाइको आँखामा भएको सानो कसिङ्गर किन देख्‍छौ, तर आफ्नै आँखामा भएको मुढाचाहिं किन थाहा पाउँदैनौ?
\v 42 तिमीले आफ्नै आँखामा भएको मुढा देख्दैनौ भने, तिमीले आफ्नो भाइलाई, 'भाइ मलाई तिम्रा आँखामा भएको कसिङ्गर निकाल्न देऊ' भनी कसरी भन्‍न सक्छौ? हे पाखण्डी हो! पहिले तिम्रा आँखाबाट मुढा निकाल, र तब तिमीले आफ्‍नो भाइको आँखामा भएको कसिङ्गर निकाल्न स्पष्‍टसँग देख्‍नेछौ ।
\p
\v 43 किनकि कुनै असल रूख छैन जसले कुहिएको फल फलाउँछ, न त कुहिएको रूख छ जसले असल फल फलाउँछ।
\v 44 किनकि प्रत्येक रूख त्यसले फलाउने फलबाट नै चिनिन्छ । किनकि काँडाको झाडीबाट मानिसहरूले अञ्‍जीर बटुल्दैनन्, न त तिनीहरूले काँडे पोथ्राबाट अङ्गुर बटुल्‍छन् ।
\v 45 असल मानिसले आफ्नो हृदयको भण्डारबाट असल कुरा निकाल्छ, र खराब मानिसले आफ्नो हृदयको भण्डारबाट खराब कुरा नै निकाल्छ । किनकि त्यसको हृदयको प्रशस्तबाट त्यसले आफ्नो मुखले बोल्छ ।
\p
\v 46 तिमीहरू मलाई किन 'प्रभु, प्रभु' भन्छौ, जब कि मैले भनेका कुराहरूचाहिं तिमीहरूले पालन गर्दैनौ?
\v 47 हरेक व्यक्‍ति जो मकहाँ आउँछ र मेरा वचनहरू सुन्छ र ती पालन गर्छ, त्यो कोजस्तो हो भनी म तिमीहरूलाई भन्‍नेछु ।
\v 48 त्यो एक जना घर बनाउने मानिसजस्तो हो, जसले जमिनमा गहिरो गरी खन्यो र घरको जग बलियो चट्टानमाथि बसाल्यो । जब बाढी आयो, तब जलप्रवाह त्यस घरमाथि ओइरियो, तर त्यसलाई हल्लाउन सकेन, किनभने त्यो राम्ररी बनाइएको थियो ।
\v 49 तर एक जना मानिस जसले मेरा वचनहरू सुन्छ र पालन गर्दैन, त्यो एउटा मानिस जस्तो हो जसले जमिनमाथि जगबिना घर बनायो । जलप्रवाह त्यस घरमाथि ओइरिंदा त्यो तुरुन्तै ढलिहाल्यो र त्यस घरको पूर्णरूपमा विनाश भयो ।
\c 7
\cl अध्याय ७
\p
\v 1 येशूले सुनिरहेका मानिसहरूलाई सबै कुरा भनिसक्‍नुभएपछि उहाँ कफर्नहुममा प्रवेश गर्नुभयो ।
\v 2 एउटा कप्‍तानको दास जो तिनका लागि अति नै महत्त्वपूर्ण थियो, त्यो साह्रै बिरामी थियो र मर्नै आँटेको थियो ।
\v 3 जब कप्तानले येशूको बारेमा सुने तब तिनले यहूदीहरूका धर्म-गुरुहरूलाई येशूकहाँ गई उहाँलाई आउन र तिनको दासलाई निको पार्न भन्‍नलाई पठाए ।
\v 4 तिनीहरू येशूकहाँ आएपछि उहाँसँग यसो भन्दै व्यग्रताका साथ बिन्ती गरे, "तपाईंले तिनको निम्ति यसो गरिदिनलाई तिनी योग्‍यका छन्,
\v 5 किनभने तिनले हाम्रा जातिलाई प्रेम गर्छन्, र हाम्रा लागि सभाघर निर्माण गरिदिने तिनी नै हुन् ।”
\p
\v 6 त्यसैले येशू तिनीहरूसँगै सरासर आफ्नो बाटो लाग्‍नुभयो । तर उहाँ घरबाट धेरै टाढा नहुँदै कप्‍तानले साथीहरू पठाएर उहाँलाई यसो भन्‍न लगाए, “प्रभु तपाईंले आफैंलाई दुःख नदिनुहोस्, किनकि तपाईं मेरो घरभित्र प्रवेश गर्नलाई म योग्यको छैनँ ।
\v 7 यही कारणले मैले आफैंलाई तपाईंकहाँ आउन योग्यको ठानिनँ, तर वचन मात्र बोलिदिनुहोस् र मेरो दास निको हुनेछ ।
\v 8 किनकि म पनि एउटा अधिकारमा रहेको मानिस हुँ, र ममुनि सिपाहीहरू छन् । म एउटालाई 'जा' भन्छु, र त्यो जान्छ र अर्कोलाई 'आइज' भन्छु, र त्यो आउँछ, र मेरो नोकरलाई ‘यसो गर' भन्छु, र त्यसले त्यो गर्छ ।”
\p
\v 9 जब येशूले यो सुन्‍नुभयो, उहाँ तिनीसित अचम्मित हुनुभयो, र उहाँलाई पछ्याइरहेको भीडतिर फर्केर उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई भन्दछु, मैले इस्राएलमा पनि यस्तो विश्‍वास भेट्टाएको छैनँ ।”
\v 10 जब ती पठाइएकाहरू घर फर्केर आए, त्यस दासलाई स्वस्थ भएको भेट्टाए ।
\p
\v 11 त्यसको केही समयपछि येशू नाइन भन्‍ने सहरमा जानुभयो, र उहाँका चेलाहरू र एउटा ठुलो भीड उहाँसँगै गयो ।
\v 12 जसै उहाँ सहरको मूल ढोकानजिक पुग्‍नुभयो, हेर, एउटा मृत मानिसलाई बोकेर लगिंदै थियो, त्यो त्यसकी आमाको (जो एक विधवा थिईन्) एक मात्र छोरो थियो, र सहरको एउटा ठुलो भीड तिनीसँग थियो ।
\v 13 जब प्रभुले तिनलाई देख्‍नुभयो, उहाँ तिनीप्रति अति नै दयाले भरिनुभयो र तिनलाई भन्‍नुभयो, “नरोऊ" ।
\v 14 तब उहाँ अगाडि जानुभयो र अरथी छुनुभयो जसमाथि तिनीहरूले लास बोकिरहेका थिए, र त्यसलाई बोक्‍नेहरू टक्‍क अडिए । उहाँले भन्‍नुभयो, “जवान मानिस, म तिमीलाई भन्दछु, उठ ।”
\v 15 त्यो मृत मानिस उठ्‍यो र बोल्न थाल्यो, र येशूले त्यसलाई त्यसकी आमालाई सुम्पनुभयो ।
\p
\v 16 तब तिनीहरू सबै डराए, र तिनीहरूले यसो भन्दै परमेश्‍वरको प्रशंसा गरिरहे, “हाम्रा बीचमा एउटा महान् अगमवक्‍ता खडा भएका छन्" र "परमेश्‍वरले आफ्ना मानिसहरूलाई हेर्नुभएको छ ।”
\v 17 येशूको बारेमा यो खबर सारा यहूदियाभरि र सबै छिमेकी इलाकाहरूमा फैलियो ।
\p
\v 18 यूहन्‍नाका चेलाहरूले उनलाई यी सबै कुराहरूको बारेमा बताइदिए ।
\v 19 तब यूहन्‍नाले आफ्ना दुई जना चेलाहरूलाई बोलाए र प्रभुकहाँ यसो भन्‍न तिनीहरूलाई पठाए, "के आउनुहुने तपाईं नै हुनुहुन्छ, कि हामी अरू कसैको प्रतीक्षा गरौं?"
\p
\v 20 जब तिनीहरू येशूको नजिक आए, तब मानिसहरूले भने, "बप्‍तिस्‍मा-दिने यूहन्‍नाले हामीलाई तपाईंकहाँ यसो भन्‍न पठाएका छन्, 'के आउनुहुने तपाईं नै हुनुहुन्छ, कि हामी अरू कसैको प्रतीक्षा गरौं?'"
\p
\v 21 त्यस घडीमा उहाँले धेरै मानिसहरूलाई बिमारी, दुःखकष्‍ट र दुष्‍टात्माबाट निको पार्नुभयो र उहाँले धेरै अन्धाहरू मानिसहरूलाई द‍ृष्‍टि दिनुभयो ।
\v 22 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफ्नो बाटो लागिसकेपछि तिमीहरूले जे सुनेका र देखेका छौ, सो यूहन्‍नालाई बताइदेओ । अन्‍धाहरू मानिसहरूले द‍ृष्‍टि पाइराखेका छन्, लङ्गडाहरू हिंडिराखेका छन्, कुष्‍ठरोगीहरू शुद्ध भइराखेका छन्, बहिरा मानिसहरूले सुनिराखेका छन्, मृतकहरू जीवित भइराखेका छन्, र खाँचोमा परेकाहरूलाई सुसमाचार सुनाइँदैछ ।
\v 23 मेरा कार्यहरूको कारणले मलाई विश्‍वास गर्न नछोड्ने त्यो मानिस धन्यको हो ।
\p
\v 24 यूहन्‍नाका समाचार वाहकहरू गइसकेपछि येशूले भीडहरूलाई यूहन्‍नाको बारेमा बताउन थाल्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्नलाई गयौ? के बतासले हल्लाएको निगालोलाई?
\v 25 तर के हेर्नलाई तिमीहरू बाहिर निस्क्यौ? नरम लुगा लगाएको एउटा मानिसलाई? हेर, महङ्गा लुगा लाउने र भोगविलासमा जिउनेहरू त राजाका दरबारहरूमा हुन्छन् ।
\v 26 तर के हेर्नलाई तिमीहरू बाहिर निस्क्यौ? के एउटा अगमवक्‍तालाई? हो, म तिमीहरूलाई भन्दछु, र एउटा अगमवक्‍ताभन्दा पनि महान‍्लाई ।
\v 27 यी तिनै हुन्, जसको बारेमा लेखिएको छ, 'हेर, म मेरा सन्‍देशवाहकलाई तिम्रो अगि-अगि पठाउँदै छु जसले तिम्रो अगि तिम्रो बाटो तयार पार्नेछ' ।
\p
\v 28 म तिमीहरूलाई भन्दछु, 'स्‍‍त्रीहरूबाट जन्मेकाहरूमध्येमा यूहन्‍नाभन्दा महान् कोही छैन । तापनि जो परमेश्‍वरको राज्यमा सबैभन्दा सानो छ, उनीभन्दा महान् हुन्छ' ।”
\p
\v 29 जब कर उठाउनेहरू लगायत सबै मानिसहरूले यो सुने तब तिनीहरूले परमेश्‍वर धर्मी हुनुहुन्छ भनी घोषणा गरे, किनभने तिनीहरूले यूहन्‍नाबाट बप्‍तिस्‍मा लिएका थिए ।
\v 30 तर फरिसीहरू र व्यवस्थाका पण्डितहरूले आफ्ना निम्ति परमेश्‍वरको योजनालाई इन्कार गरे, किनभने तिनीहरूले यहून्‍नाबाट बप्‍तिस्‍मा लिएका थिएनन् ।
\p
\v 31 "त्यसैले यस पुस्ताका मानिसहरूलाई म केसित तुलना गरूँ? तिनीहरू केजस्ता छन्?
\v 32 तिनीहरू बजारमा बसिरहेका बालबालिकाहरूजस्तै छन्, जसले एक अर्कालाई यसो भन्दै बोलाउँछन्, 'हामीले तिमीहरूका लागि बाँसुरी बजायौं, तर तिमीहरू नाचेनौ । हामीले विलाप गर्‍यौं, तर तिमीहरू रोएनौ ।'
\v 33 किनकि बप्‍तिस्मा-दिने यूहन्‍ना न त रोटी खाँदै आए न दाखमद्य नै पिउदै आए, र तिमीहरू भन्छौ, 'उनलाई भूत लागेको छ' ।
\v 34 मानिसका पुत्र खाँदै र पिउँदै आए, र तिमीहरू भन्छौ, 'हेर, एउटा घिचुवा र पियक्‍कड मानिस, कर उठाउने र पापीहरूका मित्र!'
\v 35 तर बुद्धि तिनका सबै सन्तानहरूद्वारा प्रमाणित भयो ।”
\p
\v 36 अब एक जना फरिसीले येशूलाई आफूसँग भोजन गर्नका लागि निम्तो गर्‍यो । त्यसैले येशू फरिसीको घरभित्र प्रवेश गर्नुभयो, भोजन खानलाई उहाँ टेबुलमा अडेस लगाएर बस्‍नुभयो ।
\v 37 हेर, त्यस सहरमा एउटी पापी स्‍‍त्री थिई । जब त्यसले उहाँ फरिसीको घरमा टेबुलमा अडेस लगाएर बस्‍नुभएको छ भनी थाहा पाई, त्यसले सिङ्गमरमरको शीशीमा अत्तर ल्याई ।
\v 38 जसै त्यो उहाँको पछाडिपट्टि उहाँका पाउ नजिकै रूँदै उभिई, त्यसले आफ्नो आँसुले उहाँका पाउ भिजाउन थाली, र आफ्‍‍नो टाउकाको कपालले उहाँको पाउ पुछी र उहाँका पाउमा म्वाइ खाई र त्यो अत्तर घसी ।
\v 39 जब येशूलाई बोलाउने फरिसीले यो देख्यो, तिनले यसो भन्दै मनमनै विचार गरे, “यदि यी मानिस एउटा अगमवक्‍ता भएको भए, को र कस्ती स्‍‍त्रीले यिनलाई छोइरहेकी छे भनेर यिनले जान्‍ने थिए, कि त्यो एउटी पापी स्‍‍त्री हो।”
\p
\v 40 येशूले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “सिमोन, मैले तिमीलाई केही भन्‍नु छ ।” तिनले भने, “गुरुज्यू, भन्‍नुहोस्!”
\v 41 येशूले भन्‍नुभयो, “एक जना साहुका दुई जना ऋणीहरू थिए । एउटाले पाँच सय दिनार, र अर्कोले पचास दिनार ऋण लिएका थिए ।
\v 42 जब तिनीहरूले तिनलाई तिर्न सकेनन्, तिनले ती दुवै जनालाई माफ गरिदिए । त्यसकारण तिनीहरूमध्ये कुनचाहिंले तिनलाई बढी प्रेम गर्नेछ?”
\p
\v 43 सिमोनले उहाँलाई जवाफ दिए र भने, “मेरो विचारमा जसलाई तिनले बढी माफ गरे ।" येशूले तिनलाई भन्‍नुभयो, "तिमीले ठिकसित न्याय गरेका छौ।”
\v 44 येशूले स्‍‍त्रीतिर फर्कनुभयो र सिमोनलाई भन्‍नुभयो, “तिमी यस स्‍‍त्रीलाई देख्छौ । म तिम्रो घरभित्र प्रवेश गरेको छु । तिमीले मेरा पाउको लागि पानी दिएनौ, तर यसले त मेरा पाउ आफ्नो आँसुले भिजाई, र आफ्‍नो कपालले ती पुछी ।
\v 45 तिमीले मलाई म्वाइँ खाएनौ, तर म भित्र पसेको समयदेखि यसले मेरा पाउमा म्वाइँ खान छोडिन ।
\v 46 तिमीले मेरो शिर तेलले अभिषेक गरेनौ, तर यसले मेरा पाउमा अत्तर घसिन् ।
\v 47 यसकारण म तिमीलाई भन्दछु, यसका पापहरू जो धेरै थिए, ती क्षमा भएका छन्—किनकि यसले धेरै प्रेम गरेकी छे । तर जसलाई थोरै क्षमा गरिएको छ, त्यसले थोरै नै प्रेम गर्छ ।”
\v 48 तब उहाँले त्यसलाई भन्‍नुभयो, “तिम्रा पापहरू क्षमा भएका छन् ।”
\p
\v 49 "त्यहाँ एकसाथ अढेस लगाएर बसिरहेकाहरूले एक-अर्कामा भन्‍न थाले, ‘‘पापहरू क्षमा गर्ने यी को हुन् र?
\p
\v 50 तब येशूले त्यस स्‍‍त्रीलाई भन्‍नुभयो, “तिम्रो विश्‍वासले तिमीलाई बचाएको छ । शान्तिसँग जाऊ ।”
\c 8
\cl अध्याय ८
\p
\v 1 त्यसपछि छिट्टै येशू वरपरका विभिन्‍न सहरहरू र गाउँहरूमा प्रचार गर्दै र परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्दै भ्रमण गर्न थाल्‍नुभयो । उहाँसँग बाह्रजना चेलाहरू थिए,
\v 2 साथै केही स्‍‍त्रीहरू जो दुष्‍टात्मा र रोगहरूबाट निको भएका थिएः मरियम जसलाई मग्दलनी भनिन्थ्यो, जसबाट सातवटा भूतात्मा निकालिएका थिए;
\v 3 हेरोदका कारिन्दा खुजासकी पत्‍नी योअन्‍ना; सुसन्‍ना; र अरूहरू धेरै, जसले आफ्ना सम्पत्तिहरूबाट उहाँहरूका निम्ति जुटाईदिए ।
\p
\v 4 एउटा ठुलो भीड एकसाथ भेला भ‍इरहँदा, र प्रत्येक सहरबाट मानिसहरू उहाँकहाँ आइरहँदा, उहाँले एउटा द‍ृष्‍टान्त भन्‍नुभयो ।
\v 5 “एउटा किसान बीउ छर्नलाई निस्क्यो । त्यसले छर्दा केही बीउहरू बाटोको छेउमा परे र ती खुट्टाले कुल्चिए, र आकाशका चराहरूले ती खाए ।
\v 6 केही बीउहरू ढुङ्गेनी जमिनमा परे र उम्रने बित्तिकै ती सुकिहाले, किनकि त्यसमा ओस थिएन ।
\v 7 केही बीउहरू काँडाहरूका बीचमा परे, र बीउहरू सँगसँगै काँडाहरू पनि बढे र बीउहरूलाई निसासिदिए ।
\v 8 तर केही बीउहरू असल जमिनमा परे र सय गुणा फल फलाए ।” येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँले भन्‍नुभयो, "जसको सुन्‍ने कान छ त्यसले सुनोस् ।"
\p
\v 9 उहाँका चेलाहरूले उहाँलाई यो द‍ृष्‍टान्तको अर्थ के हो भनी सोधे ।
\v 10 उहाँले भन्‍नुभयो, “तिमीहरूलाई परमेश्‍वरको राज्यका रहस्यका कुराहरू बुझ्‍ने ज्ञान दिइएको छ, तर अरूहरूका लागि म द‍ृष्‍टान्तमा बोल्छु, ताकि 'हेरेर पनि तिनीहरूले नदेखून्, र सुनेर पनि तिनीहरूले नबुझून् ।’
\p
\v 11 अब द‍ृष्‍टान्तको अर्थ यही होः बीउ परमेश्‍वरको वचन हो ।
\v 12 बाटोको छेउमा परेकाहरू चाहिं ती हुन्, जसले वचन सुन्छन्, तर शैतान आउँछ र तिनीहरूको हृदयबाट वचन खोसेर लैजान्छ, ताकि तिनीहरूले विश्‍वास नगरून् र नबाँचून् ।
\v 13 ढुङ्गेनी जमिनमा परेकाहरू चाहिं ती हुन्, जसले वचन सुन्छन्, खुसीसाथ ग्रहण गर्छन् । तर तिनीहरूको जरा हुँदैन; तिनीहरूले केही समयको लागि मात्र विश्‍वास गर्छन्, र परीक्षाको समयमा तिनीहरू पतन भएर जान्छन् ।
\v 14 काँडामा परेकाहरू चाहिं ती मानिसहरू हुन्, जसले वचन सुन्छन्, तर जीउने क्रममा जीवनका फिक्री, धन सम्पत्ति, र सुख विलासका कारण निसासिएर परिपक्‍व हुन सक्दैनन् ।
\v 15 तर असल जमिनमा परेका बीउचाहिं ती हुन्, जसले इमानदार र असल हृदयसाथ वचन सुनेर यसलाई सुरक्षितसाथ पक्री राख्छन् र धैर्यसाथ फल फलाउँछन् ।
\p
\v 16 "बत्ती बालेर कसैले पनि भाँडाले छोप्दैन अथवा खाटमुनि राख्दैन । बरु त्यसलाई त्यसले सामदानमा राख्छ, ताकि भित्र पस्‍ने सबैले उज्यालो देखून् ।
\v 17 किनकि प्रकट नहुने गरी कुनै पनि कुरा लुकाइएको छैन, न त प्रकट नहुने र ज्योतिमा नआउने कुनै गोप्य कुरा हुन्छ ।
\v 18 त्यसैले ध्यानसित सुन, किनकि जससँग छ त्यसलाई अझै दिइनेछ, तर जससँग छैन त्यसले आफूसँग जे छ भनी ठान्‍छ, त्योसमेत त्यसबाट खोसिनेछ ।”
\p
\v 19 त्यसपछि उहाँकी आमा र भाइहरू उहाँकहाँ आए, तर भीडको कारणले गर्दा उहाँको नजिक आउन सकेनन् ।
\v 20 उहाँलाई यसो भनिएको थियो, “तपाईंकी आमा र भाइहरू तपाईंलाई भेट्ने इच्छा गरी बाहिर उभिरहेका छन् ।”
\p
\v 21 तर येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “मेरी आमा र मेरा भाइहरू ती नै हुन्, जसले परमेश्‍वरको वचन सुन्छन् र पालना गर्छन् ।”
\p
\v 22 अब एक दिन उहाँ आफ्ना चेलाहरूसँग डुङ्गामा चढ्नुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आओ, हामी तालको पल्लोपट्टि जाऔं ।” उहाँहरू डुङ्गामा चढेर जानुभयो ।
\v 23 तर जसै उहाँहरू डुङ्गामा जानुभयो, उहाँ निदाउनुभयो । त्यस तालमा ठुलो आँधीबेहरी आयो, अनि डुङ्गा पानीले भरिदै थियो र तिनीहरू खतरामा परे ।
\p
\v 24 त्यसपछि येशूका चेलाहरू उहाँकहाँ आए र यसो भन्दै उहाँलाई ब्युँझाए, “गुरुज्यू, गुरुज्यू, हामी त मर्नै लाग्यौं!” उहाँ उठ्नुभयो र बतास र पानीको बेगलाई हप्काउनुभयो, र ती थामिए र त्यहाँ शान्‍त भयो ।
\p
\v 25 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको विश्‍वास कहाँ छ?” तर तिनीहरू डराए र अचम्मित भए, र एक-अर्कालाई सोधे “यिनी को हुन् जसले बतास र पानीलाई पनि आज्ञा दिन्छन्, र तिनीहरू यिनको आज्ञा मान्छन्?”
\p
\v 26 उहाँहरू गेरासेनसको इलाकामा आइपुग्‍नुभयो, जुन गालीलको पारीपट्टि पर्छ ।
\v 27 जब येशू पाखामा उत्रनुभयो, सहरबाट आएको एक जना मानिसले उहाँलाई भेट्‍यो, जसमा भूतात्माहरू थिए । लामो समयदेखि त्यसले कुनै कपडाहरू लगाएको थिएन, र त्यो घरमा बस्दैनथ्यो, तर चिहानहरूमा बस्थ्यो ।
\p
\v 28 जब त्यसले येशूलाई देख्यो, त्यो चिच्‍च्‍यायो, र उहाँको सामु घोप्‍टो पर्‍यो र त्यसले उच्‍च स्वरमा भन्यो, “सर्वोच्‍च परमेश्‍वरका पुत्र येशू, मसँग तपाईंको के सरोकार? म तपाईंलाई बिन्ती गर्छु, मलाई नसताउनुहोस् ।”
\v 29 किनकि येशूले त्यस मानिसबाट अशुद्ध आत्मालाई निस्केर आउने आज्ञा गर्नुभएको थियो । किनकि धेरै पटक त्यसले त्यसलाई पक्रेको थियो र त्यसलाई साङ्ग्ला र नेलले बाँधेर पहरामा राखिएको भए तापनि त्यसले ती साङ्ग्लाहरू छिनालेको थियो र त्यस भूतात्माद्वारा त्यो उजाडस्थानतिर डोर्‍याइन्थ्यो ।
\p
\v 30 त्यसपछि येशूले त्यसलाई सोध्‍नुभयो, “तेरो नाउँ के हो?” र त्यसले भन्यो, “फौज” । किनकि धेरै भूतात्माहरू त्यसभित्र पसेका थिए ।
\v 31 तिनीहरूलाई गहिरो खाडलमा नपठाउनुहोस् भनी तिनीहरूले उहाँलाई निरन्तर बिन्ती गरे ।
\v 32 अब त्‍यहाँ नजिकै डाँडामा सुँगुरहरूको एक ठुलो बथान चरिरहेको थियो । भूतात्माहरूले तिनीहरूभित्र पस्‍न दिनुहोस् भनी उहाँलाई बिन्ती गरे, र उहाँले तिनीहरूलाई अनुमति दिनुभयो ।
\v 33 त्यसैले त्यस मानिसबाट भूतात्माहरू निस्के र सुँगुरहरूभित्र पसे, र त्यो बथान भिरालोबाट हुर्रिंदै गएर तालमा डुबे ।
\p
\v 34 जब सुँगुर चराइरहेका मानिसहरूले जे भएको थियो त्यो देखे, तिनीहरू भागे र त्यसको बारेमा सहर र गाउँमा बताए ।
\v 35 त्यसैले जे भएको थियो त्यो हेर्नलाई मानिसहरू निस्केर गए, र तिनीहरू येशूकहाँ आए र त्यस मानिसलाई भेटाए जसबाट भूतात्माहरू निस्केर गएका थिए । त्यो लुगा लगाएर सद्दे मनको भएर येशूको चरणमा बसिरहेको थियो; अनि तिनीहरू डराए ।
\v 36 तब त्यो देख्‍नेहरूले भूतात्मा लागेको मानिस कसरी निको भएको थियो, सो तिनीहरूलाई बताइदिए ।
\v 37 त्यसपछि गेरासेनसका क्षेत्रका सबै मानिसहरूले येशूलाई तिनीहरूकहाँबाट जान आग्रह गरे, किनकि तिनीहरू साह्रै डराएका थिए । त्यसैले उहाँ डुङ्गामा चढ्नुभयो ताकि उहाँहरू फर्कन सक्नुभएको होस् ।
\v 38 भूतात्माहरू निस्केर गएको मानिसले आफूलाई उहाँसँगै लैजान भनी उहाँलाई बिन्ती गर्‍यो, तर येशूले यसो भन्दै त्यसलाई पठाउनुभयो,
\v 39 “आफ्नो घर फर्क र परमेश्‍वरले तिम्रो निम्ति जे गर्नुभएको छ त्यो पूर्णरूपमा वर्णन गर ।” त्यस मानिसले येशूले त्यसको निम्ति जे गर्नुभएको थियो त्यो सारा सहरभरि घोषणा गर्दै आफ्नो बाटो लाग्यो ।
\p
\v 40 जब येशू फर्कनुभयो, भीडले उहाँलाई स्वागत गर्‍यो, किनकि तिनीहरू सबैले उहाँलाई पर्खिरहेका थिए ।
\v 41 हेर, याइरस नाउँ गरेका एक जना मानिस, जो सभाघरका अगुवाहरूमध्ये एक थिए, तिनी आए र येशूका पाउमा घोप्‍टो परे र आफ्नो घरमा आउन तिनले उहाँलाई बिन्ती गरे ।
\v 42 किनभने तिनको एउटै मात्र बाह्र वर्षकी छोरी मर्नै लागेकी थिई । उहाँ जाँदै गर्नुहुँदा मानिसहरूको भीडहरूले उहाँलाई घचेटिरहेका थिए ।
\v 43 अब त्यहाँ एउटी स्‍‍त्री थिई जसको बाह्र वर्षसम्म रगत बग्‍ने समस्या थियो र त्यसले आफ्नो सम्पूर्ण पैसा खर्च गरिसकेकी थिई \f + \ft यहाँ \fqa त्यसले आफ्नो सम्पूर्ण पैसा खर्च गरिसकेकी थिई \fqa* भन्‍ने वाक्यांश समावेश हुनुपर्छ वा पर्दैन भन्‍ने सन्दर्भमा विद्वान‍्हरूमा भिन्‍न मतहरू छन् । \f* , र कसैद्वारा पनि निको हुन सकेकी थिइन ।
\v 44 त्यो येशूको पछिल्तिरबाट आई र उहाँको लुगाको छेउ छोई र तुरुन्तै त्यसको रगत बग्‍ने रोकियो ।
\v 45 येशूले भन्‍नुभयो, “मलाई कसले छोयो?” जब सबैले यसलाई इन्कार गरे, पत्रुसले भने, “गुरुज्यू, तपाईंका वरिपरि मानिसहरूका भीडहरू छन् र तिनीहरूले तपाईंलाई घचेट्दै छन् ।”
\p
\v 46 तर येशूले भन्‍नुभयो, “कसैले मलाई छोएकै हो, किनकि शक्‍ति मबाट बाहिर गएको मलाई थाहा छ ।”
\v 47 जब त्यस स्‍‍त्रीले आफू लुक्‍न नसक्‍ने देखी, तब त्यो काँप्दै आई र उहाँको चरणमा घोप्‍टो परी । त्यसले उहाँलाई किन छोएकी थिई र त्यो कसरी तुरुन्तै निको भएकी थिई, सो सबै मानिसहरूका सामु बताइदिई ।
\v 48 त्यसपछि उहाँले त्यसलाई भन्‍नुभयो, “छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ । शान्तिसँग जाऊ ।”
\p
\v 49 जब उहाँ अझै बोल्दै हुनुहुन्थ्यो, सभाघरका अगुवाको घरबाट एक जना यसो भन्दै आयो, “तपाईंकी छोरी मरिसकी । अब गुरुज्यूलाई दुःख नदिनुहोस् ।”
\p
\v 50 तर जब येशूले यो सुन्‍नुभयो, उहाँले याइरसलाई जवाफ दिनुभयो, “नडराऊ, विश्‍वास मात्र गर, र त्यो बचाइनेछे ।”
\v 51 जब उहाँ घरमा आउनुभयो, तब पत्रुस, यूहन्‍ना र याकूब, बालिकाका बुबा र आमाबाहेक अरू कसैलाई पनि उहाँसित भित्र आउन दिनुभएन ।
\v 52 अब सबै त्यसको निम्ति निम्ति रुँदै र विलाप गर्दै थिए, तर उहाँले भन्‍नुभयो, “नरोओ, त्यो मरेकी छैन, तर निदाएकी मात्र छे ।”
\v 53 तर त्यो मरिसकी भन्‍ने थाहा पाएर तिनीहरू उहाँको गिल्ला गर्दै हाँसे ।
\v 54 तर उहाँले त्यसको हातमा समात्‍नुभयो र यसो भनेर बोलाउनुभयो, “नानी उठ!”
\v 55 त्यसको आत्मा फर्क्यो, र त्यो तुरुन्तै उठी । उहाँले त्यसलाई केही खान दिनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो ।
\v 56 त्यसका बुबा-आमा अचम्मित भए, तर जे भएको थियो त्यो कसैलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो ।
\c 9
\cl अध्याय ९
\p
\v 1 उहाँले बाह्र जनालाई एकैसाथ बोलाउनुभयो र तिनीहरूलाई सबै भूतहरू निकाल्ने र रोगहरू निको पार्ने शक्‍ति र अधिकार दिनुभयो ।
\v 2 उहाँले तिनीहरूलाई परमेश्‍वरको राज्यको प्रचार गर्न र बिरामी निको पार्न पठाउनुभयो ।
\v 3 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आफ्ना यात्राका निम्ति केही नलैजाओ— न त लौरो, न त थैली, न त रोटी, न त पैसा, न त दुईवटा दौरा ।
\v 4 तिमीहरू जुन घरमा पस्छौ, त्यस ठाउँलाई नछोडेसम्म त्यहीं बस ।
\v 5 जहाँ तिनीहरूले तिमीहरूलाई ग्रहण गर्दैनन्, तिमीहरूले त्यो सहर छोड्दा तिनीहरूका विरुद्धमा साक्षीका लागि तिमीहरूका खुट्टाको धुलो टकटकाइदेओ ।”
\v 6 तब तिनीहरू बिदा भए र सुसमाचारको घोषणा गर्दै र सबैतिर निको पार्दै गाउँभरि गए ।
\p
\v 7 अब जे भइरहेको थियो, त्यो सब शासक हेरोद सुने र तिनी अन्योलमा परे, किनभने यूहन्‍ना जीवित भएका थिए भनी कसैद्वारा भनिएको थियो,
\v 8 र अरूहरूले 'एलिया देखा परेका थिए', र अझै अरूहरूले 'पुराना अगमवक्‍ताहरूमध्ये एक जना फेरि पुनर्जीवित भएका थिए' भनी भनेका थिए ।
\v 9 हेरोदले भने, “मैले यूहन्‍नाको टाउको काटें । यिनी को हुन्, जसको बारेमा म यस्ता कुराहरू सुन्दै छु?” र तिनले उहाँलाई हेर्न खोजे ।
\p
\v 10 जब प्रेरितहरू फर्केर आए, तिनीहरूले गरेका सबै कुरा उहाँलाई तिनीहरूले बताए । त्यसपछि उहाँले तिनीहरूलाई साथमा लिएर बेथसेदा भनिने सहरमा सुटुक्‍क जानुभयो ।
\v 11 तर जब भीडहरूले यसबारे सुने, तिनीहरूले उहाँलाई पछ्याए । उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो, र परमेश्‍वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो, र निको हुन आवश्यक भएकाहरूलाई उहाँले निको पार्नुभयो ।
\p
\v 12 अब दिन ढल्किन लागेको थियो, र बाह्रै जना उहाँकहाँ आए र भने, “यस भीडलाई बिदा दिनुहोस्, ताकि तिनीहरूले वरिपरिका बस्तीहरू र गाउँहरूमा गएर बास बस्‍न र खान पाउन सकून्, किनभने हामी यहाँ निर्जन ठाउँमा छौं ।”
\p
\v 13 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई खानलाई देओ ।” तिनीहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुईवटा माछाभन्दा बढी केही छैन, नभए हामी गएर यी सबै मानिसहरूका लागि खानेकुरा किन्‍नुपर्ला ।”
\p
\v 14 (त्यहाँ प्रायः पाँच हजार जति पुरुषहरू थिए ।) उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, "तिनीहरूलाई पचास-पचास जनाको समूहमा बस्‍न लगाओ ।”
\v 15 अनि तिनीहरूले त्यसै गरे, र सबैलाई बस्‍न लगाए ।
\v 16 उहाँले पाँचवटा रोटी र दुईवटा माछा लिएर स्वर्गतिर हेर्नुभयो, उहाँले तिनीहरूलाई आशीर्वाद दिनुभयो, र ती भाँचेर टुक्रा-टुक्रा पार्नुभयो, र भीडको सामु राखिदिनलाई उहाँले चेलाहरूलाई ती दिनुभयो ।
\v 17 तिनीहरू सबैले खाए र सन्तुष्‍ट भए, र उब्रेका रोटीका टुक्राहरू—बाह्र डाला बटुले ।
\p
\v 18 येशू एक्लै प्रार्थना गरिरहनुहुँदा चेलाहरू पनि उहाँसँग थिए । उहाँले तिनीहरूलाई यसो भन्दै प्रश्‍न गर्नुभयो, “भीडहरूले म को हुँ भनी भन्छन्?”
\p
\v 19 तिनीहरूले जवाफ दिए, “बप्‍तिस्मा-दिने यहून्‍ना । तर अरूहरूले एलिया, र अरूहरूले पहिलेका कोही अगमवक्ताहरूमध्ये एक उठेका छन् भनी भन्छन् ।”
\p
\v 20 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर तिमीहरूचाहिँ म को हुँ भनी भन्छौ?” पत्रुसले जवाफ दिए, “परमेश्‍वरका ख्रीष्‍ट ।”
\p
\v 21 तर यो कसैलाई पनि नभन्‍नू भनी उहाँले तिनीहरूलाई यसो भन्दै कडा चेताउनी दिनुभयो,
\v 22 "मानिसका पुत्रले धेरै कुरा सहनुपर्छ, धर्म-गुरुहरू, र मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरूबाट इन्कार हुनुपर्छ, र तिनी मारिनेछन् र तेस्रो दिनमा जीवित हुनेछन् ।"
\p
\v 23 तब उहाँले तिनीहरू सबैलाई भन्‍नुभयो, “यदि कोही मेरो पछि आउन चाहन्छ भने, त्यसले आफैंलाई इन्कार गर्नुपर्छ, र दिनहुँ आफ्नो क्रुस उठाउनुपर्छ र मलाई पछ‍्याउनुपर्छ ।
\v 24 जसले आफ्नो जीवन बचाउने प्रयास गर्छ, त्यसले त्यो गुमाउनेछ, तर मेरो खातिर जसले आफ्नो जीवन गुमाउँछ, त्यसले त्यो बचाउनेछ ।
\v 25 सारा संसार हात पारेर पनि त्यसले आफैंलाई नाश गर्छ वा गुमाउँछ भने, मानिसलाई के लाभ हुन्छ र?
\v 26 जो म र मेरा वचनहरूसँग शर्माउँछ, मानिसका पुत्र पनि आफ्नो महिमा र पिताको र पवित्र दूतहरूको महिमामा आउनुहुँदा त्यससँग शर्माउनेछन् ।
\v 27 तर साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ केही उभिनेहरू छन् जसले परमेश्‍वरको राज्य देख्‍नअगि मृत्यु चाख्‍नेछैन ।
\p
\v 28 अब यी कुरा भन्‍नुभएको लगभग आठ दिनपछि येशूले पत्रुस, यूहन्‍ना र याकूबलाई सँगै लिएर प्रार्थना गर्न पहाडमा उक्‍लनुभयो ।
\v 29 जब उहाँले प्रार्थना गर्दै हुनुहुन्थ्यो, उहाँको अनुहारको रूप परिवर्तन भयो, र उहाँको वस्‍‍त्र सेतो र चम्किलो भयो ।
\v 30 हेर, दुई जना मानिस उहाँसँग कुरा गरिरहेका थिए, जो मोशा र एलिया थिए,
\v 31 तिनीहरू महिमित रूपमा देखा परेर उहाँको मृत्युको विषयमा कुरा गरिरहेका थिए, जुन उहाँले यरूशलेममा पुरा गर्न लाग्‍नुभएको थियो ।
\v 32 अब पत्रुस र तिनीसँग भएकाहरू निन्द्राले लट्ठ भएका थिए, तर जब तिनीहरू पूर्ण रूपले ब्युँझे, तिनीहरूले उहाँको महिमा र उहाँसँगै उभिरहेका दुई मानिसहरूलाई देखे ।
\v 33 तिनीहरू येशूबाट बिदा भएर जान लाग्दा, पत्रुसले उहाँलाई भने, “गुरुज्यू, हामी यहीं बस्‍नु असल छ । हामी तीन वटा टहरा बनाऔं, एउटा तपाईंको लागि, एउटा मोशाको लागि र एउटा एलियाको लागि ।” (आफूले बोलेको कुराको तिनलाई ख्‍यालै थिएन ।)
\v 34 तिनले यो कुरा भन्दै गर्दा बादल आयो र तिनीहरूलाई ढाक्यो, र जसै तिनीहरू बादलभित्र पसे, तिनीहरू डराए ।
\p
\v 35 बादलबाट यसो भन्दै एउटा आवाज आयो, “यिनी मेरा चुनिएका पुत्र हुन्; यिनको कुरा सुन ।”
\v 36 त्यो आवाजले बोलिसकेपछि येशू एक्लै हुनुभयो । तिनीहरू चुप भए र तिनीहरूले देखेका कुनै पनि कुराहरू ती दिनमा कसैलाई भनेनन् ।
\p
\v 37 अब भोलिपल्ट तिनीहरू पहाडबाट तल ओर्लेर आउँदा एउटा ठुलो भीडले उहाँलाई भेट‍्यो ।
\v 38 हेर, भीडबाट एक जना मानिस यसो भन्दै चिच्यायो, “गुरुज्यू, म तपाईंसँग बिन्ती गर्छु, मेरो छोरालाई हेर्नुहोस्, किनकि त्यो मेरो एउटै मात्र छोरा हो ।
\v 39 हेर्नुहोस, त्यसलाई आत्माले समात्छ र त्यो अचानक चिच्‍च्‍याउँछ; त्यसले त्यसलाई काम्‍न लगाउँछ जसले गर्दा त्यसले मुखमा फिंज काढ्छ । त्यो त्यसबाट मुस्किलले निस्केर जान्छ र त्यसलाई नराम्रो गरी चोट पार्छ ।
\v 40 मैले त्यसलाई निकाल्न भनेर तपाईंका चेलाहरूसँग बिन्ती गरें, तर तिनीहरूले सकेनन् ।”
\p
\v 41 येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “हे अविश्‍वासी र भ्रष्‍ट पुस्ता, म तिमीहरूसँग कति समयसम्म रहुँला र तिमीहरूलाई सहुँला? तिम्रो छोरालाई यहाँ ल्याऊ ।”
\v 42 जब त्यो केटो आउँदै थियो, तब भूतात्माले त्यसलाई भुइँमा पछार्‍यो, र त्यसलाई काम्‍न लगायो । तर येशूले अशुद्ध आत्मालाई हप्काउनुभयो र केटोलाई निको पार्नुभयो, र त्यसको बुबालाई फिर्ता दिनुभयो ।
\v 43 तब तिनीहरू सबैजना परमेश्‍वरको महानतामा चकित भए । तिनीहरू सबैजना उहाँले गर्नुभएका यी सबै कुराहरूप्रति चकित भइरहँदा, उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,
\v 44 “यी वचनहरू तिमीहरूका कानका गहिराइसम्म पुगून्ः मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछन् ।”
\v 45 तर तिनीहरूले यस भनाइलाई बुझेनन् । यो तिनीहरूबाट लुकाइएको थियो, ताकि तिनीहरूले यसको अर्थ बुझ्‍न नसकून्, र अझै तिनीहरूले त्यस भनाइबारे उहाँलाई सोध्‍न डराए ।
\p
\v 46 तब तिनीहरूमध्ये सबैभन्दा ठुलो को हुने हो भनी तिनीहरूबीच विवाद चल्यो ।
\v 47 तर येशूले तिनीहरूका हृदयको विचार थाहा पाएर एउटा सानो बालकलाई लिएर आफ्नो छेउमा राख्‍नुभयो,
\v 48 र तिनीहरूलाई भन्‍नुभयो, “यदि कसैले मेरो नाउँमा यस बालकलाई ग्रहण गर्छ भने त्यसले मलाई ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने, त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ । किनकि तिमीहरू सबैमध्ये सबैभन्दा सानो जो छ त्यो नै महान् हुन्छ ।”
\p
\v 49 यूहन्‍नाले जवाफ दिए, “गुरुज्यू, हामीले कसैले तपाईंको नाउँमा भूतहरू निकालिरहेको देख्यौं, र त्यसलाई हामीले रोक्यौं, किनभने त्यसले हामीहरूसँग तपाईंलाई पछ‍्याउँदैन ।”
\p
\v 50 येशूले भन्‍नुभयो, “त्यसलाई नरोक, किनभने जो तिम्रो विरुद्धमा हुँदैन, त्यो तिम्रो पक्षमा हुन्छ ।”
\p
\v 51 जब उहाँ स्वर्गतिर जाने समय नजिक आयो, तब उहाँले यरूशलेमतिर जाने अठोट गर्नुभयो ।
\v 52 उहाँले आफूभन्दा अगि सन्‍देशवाहकहरूलाई पठाउनुभयो र तिनीहरू गए, र उहाँका निम्ति सबै कुराको तयारी गर्न सामरीहरूको गाउँमा प्रवेश गरे ।
\v 53 तर त्यहाँका मानिसहरूले उहाँलाई ग्रहण गरेनन्, किनभने उहाँले यरूशलेमतिर जाने अठोट गर्नुभएको थियो ।
\v 54 जब उहाँका चेलाहरू यूहन्‍ना र याकूबले यो देखे, तिनीहरूले भने, “प्रभु, के स्वर्गबाट आगो बर्साएर तिनीहरूलाई नष्‍ट गर्नलाई हामीले आज्ञा गरौं भन्‍ने तपाईं चाहनुहुन्छ?”
\v 55 तर उहाँ फर्केर तिनीहरूलाई हप्काउनुभयो,
\v 56 र उहाँहरू अर्को गाउँतिर जानुभयो ।
\p
\v 57 जब उहाँहरू बाटोमा जाँदै हुनुहुन्थ्यो, तब कसैले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुहुन्छ म तपाईंलाई पछ‍्याउनेछु ।”
\p
\v 58 येशूले त्यसलाई भन्‍नुभयो, “फ्याउराहरूका दुला छन् र आकासका चराहरूका गुँड छन्, तर मानिसका पुत्रको टाउको राख्‍ने ठाउँ पनि छैन ।”
\v 59 तब उहाँले अर्कोलाई भन्‍नुभयो, “मेरो पछि लाग ।” तर त्यसले भन्यो, “प्रभु, मलाई पहिले मेरा बुबालाई गाड्न जान दिनुहोस् ।”
\p
\v 60 तर उहाँले त्यसलाई भन्‍नुभयो, “मुर्दालाई तिनीहरूको आफ्‍नै मुर्दा गाड्‌न देऊ, तर तिमी जाऊ र जताततै परमेश्‍वरको राज्यको घोषणा गर ।”
\p
\v 61 तब अर्कोले पनि भन्यो, “प्रभु म तपाईंलाई पछ‍्याउनेछु, तर पहिले मेरो घरमा भएकाहरूसँग बिदा माग्‍न दिनुहोस् ।”
\p
\v 62 येशूले त्यसलाई भन्‍नुभयो, “हलोमा आफ्नो हात राखेर पछाडि हेर्ने कोही पनि परमेश्‍वरको राज्यको निम्ति योग्य हुँदैन ।”
\c 10
\cl अध्याय १०
\p
\v 1 अब यी कुराहरूपछि, प्रभुले अरू सत्तरी \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा \fqa सत्तरी \fqa* लेखिएको हुन्छ, तर केहीमा \fqa बहत्तर \fqa* लेखिएको हुन्छ । \f* जनालाई नियुक्‍त गर्नुभयो, र आफू जान लाग्‍नुभएको हरेक सहर र गाउँमा आफूभन्दा अगाडि तिनीहरूलाई दुई-दुई जना गरी पठाउनुभयो ।
\v 2 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन् । यसकारण फसलका प्रभुसँग उहाँको फसलमा खेतालाहरूलाई पठाउनको लागि प्रार्थना गर ।
\v 3 तिमीहरूको बाटो लाग । हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेडाका पाठाहरूझैं पठाउँछु ।
\v 4 पैसाको थैली, वा यात्राको निम्ति झोला, वा जुत्ता नबोक, र बाटोमा कसैलाई अभिवादन नगर ।
\v 5 तिमीहरू जुन घरमा पस्छौ, पहिला यसो भन, “यस घरमा शान्ति होस्!”
\v 6 यदि शान्तिको एउटा मानिस त्यहाँ छ भने, तिमीहरूको शान्ति त्यससँग रहनेछ, तर यदि छैन भने, त्यो तिमीहरूमा नै फर्कनेछ ।
\v 7 तिनीहरूले दिएका कुराहरू खादै र पिउँदै त्यही घरमा रहो, किनकि खेताला आफ्नो ज्यालाको योग्य हुन्छ । घर-घरमा नजाओ ।
\v 8 तिमीहरू जुन सहरमा जान्छौ, त्यहाँ तिनीहरूले स्वागत गर्छन् भने तिमीहरूका अगि जे राखिएको छ त्यो खाओ
\v 9 र त्यहाँ भएका बिरामीहरूलाई निको पार । तिनीहरूलाई भन, “परमेश्‍वरको राज्य तिमीहरूको नजिक आएको छ ।”
\v 10 जब तिमीहरू सहरमा प्रवेश गर्छौ र तिनीहरूले तिमीहरूलाई स्वागत गर्दैनन् भने, त्यसका सडकहरूमा जाओ र भन,
\v 11 “हाम्रा खुट्टाहरूमा टाँसिएको तिमीहरूको सहरको धुलो समेत हामी तिमीहरूको विरुद्ध टकटकाउँछौं! तर यो जानः परमेश्‍वरको राज्य नजिकै आएको छ ।”
\v 12 म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरलाई भन्दा सदोमलाई बढी सहनीय हुनेछ ।
\p
\v 13 खोराजीन तँलाई धिक्‍कार छ! बेथसेदा तँलाई धिक्‍कार छ! यदि तिमीहरूमा गरिएका शक्‍तिशाली कामहरू टुरोस र सिदोनमा गरिएका भए, तिनीहरूले अघि नै भाङ्ग्रा र खरानी लगाएर पश्‍चात्ताप गर्ने थिए ।
\v 14 तर न्यायको दिनमा तिमीहरूलाई भन्दा टुरोस र सदोमलाई बढी सहनीय हुनेछ ।
\v 15 तँ कफर्नहुम, के तँ स्वर्गतिर उचालिनेछस् जस्तो लाग्छ? होइन, तँलाई नर्कमा खसालिनेछ ।
\p
\v 16 जसले तिमीहरूलाई सुन्छ, त्यसले मलाई सुन्छ, जसले तिमीहरूलाई इन्कार गर्छ, त्यसले मलाई इन्कार गर्छ, र जसले मलाई इन्कार गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई इन्कार गर्छ ।
\p
\v 17 ती सत्तरी जना आनन्दित भएर यसो भन्दै फर्के, “प्रभु, तपाईंको नाउँमा भूतहरू पनि हाम्रो वशमा आए ।”
\v 18 येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुलीजस्तै खसेको देखिरहेको थिएँ ।
\v 19 हेर, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरूलाई कुल्चने र शत्रुका सबै शक्‍तिमाथि अधिकार दिएको छु, र कुनै कुराले तिमीहरूलाई कुनै पनि तरिकाले हानि पुर्‍याउनेछैन ।
\v 20 तथापि आत्माहरू तिमीहरूको वशमा छन् भनेर मात्र नरमाओ, तर तिमीहरूको नाम स्वर्गमा लेखिएका छन् भनेर अझ बढी रमाओ ।”
\p
\v 21 त्यही समय उहाँ पवित्र आत्मामा रमाउनुभयो, र भन्‍नुभयो, “हे पिता, पृथ्वी र स्वर्गका प्रभु, म तपाईंको प्रशंसा गर्छु, किनभने तपाईंले यी कुराहरू बुद्धिमान् र समझदारहरूबाट लुकाउनुभयो र साना बालकहरूजस्ता अन्जानहरूलाई प्रकट गर्नुभयो । हे पिता, किनकि यो नै तपाईंको द‍ृष्‍टिमा असल थियो ।
\v 22 सबै कुराहरू पिताबाट मलाई सुम्पिएका छन् र पुत्र को हो भनी पितालेबाहेक कसैले जान्दैन र पिता को हुनुहुन्छ भनी पुत्रले र जसलाई पुत्रले प्रकट गर्ने इच्छा गर्छन्, त्यसले बाहेक कसैले जान्दैन ।”
\p
\v 23 त्यसपछि उहाँ चेलाहरूतिर फर्कनुभयो र गुप्‍तमा भन्‍नुभयो, “तिमीहरूले देखेका कुराहरू देख्‍नेहरू धन्यका हुन् ।
\v 24 म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्‍ताहरू र राजाहरूले तिमीहरूले देखेका कुराहरू देख्‍ने इच्छा गरे, र तिनीरूले ती देखेनन्, र तिमीहरूले सुनेका कुराहरू सुन्‍ने इच्छा गरे, र तिनीरूले ती सुनेनन् ।”
\p
\v 25 हेर, एउटा यहूदी व्यवस्थाका एक शिक्षक खडा भए ताकि तिनले यसो भन्दै उहाँको परीक्षा गर्न सकून् “गुरुज्यू, मैले अनन्त जीवन पाउन के गर्नुपर्छ?”
\p
\v 26 येशूले तिनलाई भन्‍नुभयो, “व्यवस्थामा के लेखिएको छ? तिमीहरू यसलाई कसरी पढ्छौ?”
\p
\v 27 तिनले जवाफ दिए र भने, “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्ना सारा हृदयले, आफ्ना सारा प्राणले, आफ्ना सारा सामर्थ्यले र आफ्ना सारा मनले प्रेम गर्, अनि आफ्नो छिमेकीलाई आफैंलाई जस्तै प्रेम गर् ।”
\p
\v 28 येशूले तिनलाई भन्‍नुभयो, “तिमीले ठिकसँग जवाफ दिएका छौ । यसै गर र तिमी बाँच्‍नेछौ ।”
\p
\v 29 तर आफैंलाई धर्मी ठहराउने इच्छा गर्दै तिनले येशूलाई भने, “मेरो छिमेकी को हो?”
\p
\v 30 येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, "एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदै थियो । त्यो लुटेराहरूको हातमा पर्‍यो, जसले त्यसका सामानहरू लुटे, र त्यसलाई पिटे, अनि त्यसलाई अर्ध-मृत अवस्थामा छोडे ।
\v 31 संयोगले एक जना पूजाहारी त्यही बाटो भएर झरिरहेको थियो र जब त्यसले त्यसलाई देख्यो, त्यो अर्को छेउबाट भएर गयो ।
\v 32 यसै गरी एक जना लेवी पनि जब त्यस ठाउँमा आइपुग्यो र त्यसलाई देख्यो, त्यो अर्को छेउबाट भएर गयो ।
\v 33 तर एक जना सामरी पनि यात्रा गर्दा त्यो भएको ठाउँमा आइपुग्यो । जब उसले त्यसलाई देख्यो, ऊ दयाले भरियो ।
\v 34 ऊ त्यसको नजिक गयो र तेल र दाखमद्य लगाएर त्यसको घाउमा पट्टी बाँधिदियो । उसले आफ्नो जनावरमाथि राखेर त्यसलाई धर्मशालामा ल्यायो, र त्यसको हेरचाह गर्‍यो ।
\v 35 अर्को दिन उसले दुई दिनार झिकेर धर्मशालाका मालिकलाई दियो र भन्यो, “यसको हेरचाह गर, र तिमीले जेजति थप खर्च गरौला, पछि म फर्कंदा तिमीलाई तिर्नेछु ।”
\v 36 यी तीनजनामध्ये लुटेराहरूको हातमा पर्नेको छिमेकी कुनचाहिं हो जस्तो तिमीलाई लाग्छ?”
\p
\v 37 तिनले भने, “त्यो जसले त्यसलाई दया देखायो ।” येशूले तिनलाई भन्‍नुभयो, “जाऊ र तिमी पनि त्यसै गर ।”
\p
\v 38 अब उहाँहरू यात्रा गरिरहनुहुँदा उहाँ एउटा गाउँमा पस्‍नुभयो, र मार्था नाउँ गरेकी एउटी स्‍‍त्रीले आफ्‍नो घरमा उहाँलाई स्वागत् गरिन् ।
\v 39 मरियम नाउँ गरेकी तिनकी एउटी बहिनी थिइन्, जो प्रभुको चरणमा बसेर उहाँका वचन सुन्थिन् ।
\v 40 तर मार्था खाना पकाउने काममा अत्ति नै व्यस्त थिइन् । तिनी येशूकहाँ आइन् र भनिन्, “प्रभु, मेरी बहिनीले मलाई काममा एक्लै छोडेको तपाईंलाई वास्‍ता छैन? त्यसकारण मलाई सहायता गर्न त्यसलाई भनिदिनुहोस् ।”
\p
\v 41 तर प्रभुले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “मार्था, मार्था, तिमी धेरै कुराको बारेमा चिन्ता र फिक्री गर्छ्यौ,
\v 42 तर एउटा मात्र कुरा आवश्यक छ । मरियमले सबैभन्दा असल कुरा चुनेकी छिन् जुन कुरा तिनीबाट खोसिनेछैन ।”
\c 11
\cl अध्याय ११
\p
\v 1 एकदिन कुनै एउटा ठाउँमा येशू प्रार्थना गरिरहनुभएको थियो । उहाँले प्रार्थना गरिसक्‍नुभएपछि उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस् जसरी यूहन्‍नाले आफ्ना चेलाहरूलाई सिकाए ।”
\p
\v 2 येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब तिमीहरू प्रार्थना गर्छौ यसो भन्‍नू, ‘हे पिता, तपाईंको नाउँ पवित्र गरियोस् । तपाईंको राज्य आओस् ।
\v 3 हामीलाई प्रत्येक दिन हाम्रो दैनिक रोटी दिनुहोस् ।
\v 4 हाम्रा पापहरू क्षमा गर्नुहोस्, जसरी हामीले हाम्रा ऋणीहरूलाई क्षमा गरेका छौं । हामीलाई परीक्षामा नडोर्‍याउनुहोस् ।’
\p
\v 5 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्ये कसको एक जना मित्र होला, जसकहाँ मध्यरातमा गएर तिनलाई भन्‍नेछ, 'ए मित्र मलाई तीनवटा रोटी सापटी दिनुहोस्,
\v 6 किनकि मेरो एक जना मित्र यात्राबाट मकहाँ आएका छन्, र तिनलाई दिनका लागि मसित केही पनि छैन ।'
\p
\v 7 त्यसपछि भित्रबाट उनलाई जवाफ दिनेले यसो भन्‍न सक्छन्, 'मलाई दिक्क नबनाउनुहोस् । ढोका बन्द भइसकेको छ, र मेरा छोराछोरीहरू मसँगै ओछ‍्यानमा छन् । म उठेर तपाईंलाई रोटी दिन सक्दिनँ ।'
\v 8 म तिमीहरूलाई भन्दछु, तिमीहरू तिनको मित्र भएकोले तिनले उठेर तिमीहरूलाई रोटी नदिए तापनि, बिना लाज लगातार मागिरहेकोले तिनी उठ्नेछन् र तिमीहरूलाई आवश्यक पर्ने जति दिनेछन् ।
\v 9 म तिमीहरूलाई भन्दछु, “माग र तिमीहरूलाई यो दिइनेछ; खोज र तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याऊ, र तिमीहरूका लागि यो उघारिनेछ ।
\v 10 किनकि माग्‍ने हरेकले पाउँछ; र खोज्‍ने व्यक्‍तिले भेट्टाउँछ; र ढकढक्याउने व्यक्‍तिका लागि त्यो उघारिनेछ ।
\v 11 तिमीहरूमध्ये कुनचाहिं बुबाले आफ्नो छोराले माछा माग्दा, माछाको सट्टा सर्प दिनेछ? \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा छोटो गरी लेखिएको छ । केही प्राचीन प्रतिलिपिहरूमा लामो गरी लेखिएको छ, जुन मत्ती ७ः९ मा पनि यसरी लेखिएको पाइन्छः \fqa तिमीहरूमध्ये कसले आफ्नो छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा दिनेछ? वा माछा माग्दा सर्प दिनेछ? \fqa* \f*
\v 12 अथवा त्यसले अण्डा माग्दा, तिमीले त्यसलाई बिच्छी दिनेछ?
\v 13 यसकारण तिमीहरू दुष्‍ट भएर पनि आफ्ना छोराछोरीहरूलाई असल चिजहरू दिन जान्दछौ भने, तिमीहरूका स्वर्गका पिताले उहाँसँग माग्‍नेहरूलाई झन् कति प्रशस्त गरेर पवित्र आत्मा दिनुहुनेछ?”
\p
\v 14 अब येशूले एउटा गूँगोबाट भूतात्मा निकाल्दै हुनुहुन्थ्यो । जब भूतात्मा निस्क्यो, गूँगो बोल्यो, र भीड छक्‍क पर्‍यो ।
\v 15 तर केही मानिसहरूले भने, “भूतात्माहरूको शासक बालजिबुलद्वारा त्यसले भूतात्माहरूलाई निकाल्दैछ।”
\v 16 अरूहरूले उहाँको परीक्षा गरे र उहाँबाट स्वर्गबाटको एउटा चिन्‍ह खोजे ।
\p
\v 17 तर येशूले तिनीहरूको विचार थाहा पाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, "आफ्‍नै विरुद्धमा विभाजित भएको हरेक राज्‍य उजाड पारिन्छ, र आफ्‍नै विरुद्धमा विभाजित भएको घरको पतन हुन्छ ।
\v 18 यदि शैतान आफैंमा विभाजित हुन्छ भने त्यसको राज्य कसरी टिक्नेछ? किनकि तिमीहरू भन्छौ कि म बालजिबुलद्वारा भूतात्माहरू धपाउँछु ।
\v 19 यदि मैले बालजिबुलद्वारा भूतात्माहरू धपाउँछु भने तिमीहरूका चेलाहरूले कसद्वारा तिनीहरूलाई धपाउँछन्? यसकारण तिनीहरू तिमीहरूका न्याय गर्नेहरू हुनेछन् ।
\v 20 तर यदि मैले परमेश्‍वरको औंलाद्वारा भूतात्माहरू निकाल्छु भने परमेश्‍वरको राज्य तिमीहरूमा आएको छ ।
\p
\v 21 जब कुनै बलियो मानिसले हातहतियारसहित आफ्नो घरको रक्षा गर्छ, त्यसका सामानहरू सुरक्षित हुन्छन्,
\v 22 तर जब त्यसभन्दा अझ बलियो मानिसले त्यसलाई हराउँछ, त्यस मानिसले भरोसा गरेका हातहतियारहरू त्यो अझ बलियो मानिसले कब्जा गर्छ र त्यस मानिसका धन सम्पत्तिहरू लुट्छ ।
\v 23 मसँग नहुने मेरो विरुद्धमा हुन्छ, र मसँगै जम्मा नगर्नेले छरपष्‍ट पार्छ ।
\p
\v 24 "जब अशुद्ध आत्मा मानिसबाट निस्केर जान्छ, तब त्यो पानी नभएको ठाउँ भएर जान्छ र आराम गर्न खोज्छ । केही पनि नपाउँदा, त्यसले भन्‍छ, 'म निस्केर आएको मेरै घरमा फर्किजानेछु' ।
\v 25 फर्किसकेपछि त्यसले त्यो घर सफासँग व्यवस्थित पारेर राखेको भेट्टाउँछ ।
\v 26 त्यसपछि त्यो जान्छ र आफूभन्दा धेरै दुष्‍ट अरू सातवटा भूतात्मालाई साथमा ल्याउँछ र तिनीहरू सबै आएर त्यहाँ बस्‍छन् । त्यसपछि त्यस मानिसको पछिल्‍लो अवस्था पहिलेको भन्दा अझ खराब हुन्छ ।"
\p
\v 27 उहाँले यी कुराहरू भन्‍नुहुँदा, एउटी स्‍‍त्री भीडबाट कराई र उहाँलाई भनी, “त्यो कोख धन्यको हो जसले तपाईंलाई जन्मायो र ती स्तन जसले तपाईंलाई दूध खुवाए ।”
\v 28 तर उहाँले भन्‍नुभयो, “त्योभन्दा पनि तिनीहरू धन्यका हुन् जसले परमेश्‍वरको वचन सुन्छन् र त्यसलाई पालन गर्छन् ।”
\p
\v 29 भीडहरू बढ्दै गर्दा येशूले भन्‍न लाग्‍नुभयो, “यो पुस्ता दुष्‍ट पुस्ता हो । यसले चिन्‍ह खोज्‍छ तर योनाको चिन्‍ह बाहेक यसलाई कुनै चिन्‍ह दिइनेछैन ।
\v 30 किनकि जसरी निनवेका मानिसहरूका लागि योना एक चिन्‍ह थिए, त्यसै गरी यो पुस्ताका लागि मानिसका पुत्र पनि एक चिन्‍ह हुनेछन् ।
\v 31 दक्षिणकी रानी यस पुस्ताका मानिसहरूसँग न्यायमा उठ्नेछिन् र तिनीहरूलाई दोष लगाउनेछिन्, किनकि तिनी पृथ्वीको पल्लो कुनाबाट सोलोमनको बुद्धि सुन्‍नलाईआइन्, र हेर, सोलोमनभन्दा पनि महान् यहाँ एकजना छ ।
\v 32 निनवेका मानिसहरू यस पुस्ताका मानिसहरूसँग न्यायमा उभिनेछन् र यसलाई दोष लगाउनेछन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्‍चात्ताप गरे र हेर, योनाभन्दा पनि महान् यहाँ एकजना छ ।
\p
\v 33 कसैले बत्ती बालेर गुप्तमा राख्दैन, वा टोकरीमुनि राख्दैन, तर त्यसलाई सामदानमा राख्छ, ताकि भित्र पस्‍नेहरूले उज्‍यालो देखून्।
\v 34 तिम्रो आँखा शरीरको बत्ती हो । तिम्रो आँखा असल छ भने पूरै शरीर उज्यालो हुन्छ । तर तिम्रो आँखा खराब छ भने तिम्रो शरीर पूरै अँध्यारो हुन्छ ।
\v 35 त्यसकारण होसियार होऊ, कि तिमीमा भएको उज्यालो अँध्यारो नहोस् ।
\v 36 यदि तिम्रो शरीर उज्यालोले पूर्ण छ, र कुनै पनि भाग अँध्यारोमा छैन भने, बत्ती चम्कँदा त्यसको उज्यालो तिमीमाथि परेजस्तै तिम्रो पूरै शरीर त्यस्तै हुनेछ ।"
\p
\v 37 उहाँ बोलिसक्‍नुभएपछि एक जना फरिसीले उहाँलाई आफ्नो घरमा आफूसँग खाना खान बोलाए, त्यसैले येशू भित्र पस्‍नुभयो र टेबुलमा अडेस लगाएर बस्‍नुभयो ।
\v 38 खाना खानुभन्दा पहिले येशूले हात नधुनुभएको देखेर ती फरिसी छक्‍क परे ।
\v 39 तर प्रभुले तिनीलाई भन्‍नुभयो, “तिमी फरिसीहरू गिलासहरू र कचौराहरूको बाहिर सफा गर्छौ, तर तिमीहरूको भित्रपट्टि लोभ र दुष्‍ट कुराले भरिएको हुन्छ ।
\v 40 तिमी मूर्खहरू मानिसहरू! जसले बाहिरको बनायो के त्यसले भित्रको पनि बनाएको होइन र?
\v 41 भित्रका कुराहरूलाई गरिबलाई देओ, र त्यसपछि सबै कुराहरू तिमीहरूका लागि सफा हुनेछन् ।
\p
\v 42 तर तिमी फरिसीहरूलाई धिक्‍कार! किनभने तिमीहरूले पुदिना, आरूद र बगैंचाका हरेक जडीबुटीको दशांश दिन्छौ, तर न्याय र परमेश्‍वरको प्रेमलाई बेवास्ता गर्छौ । यी कामहरू पनि गर्न नचुकिकन न्यायपूर्ण व्यवहार गर्न र परमेश्‍वरलाई प्रेम गर्न आवश्यक छ ।
\v 43 तिमी फरिसीहरूलाई धिक्‍कार, किनकि तिमीहरूले सभाघरको मुख्‍य-मुख्‍य आसन र बजारहरूमा आदरपूर्ण सलाम लिन रूचाउँछौ ।
\v 44 तिमीहरूलाई धिक्‍कार, किनकि तिमीहरू चिन्ह नलगाइएका चिहानहरूजस्ता छौ, जसमाथि मानिसहरू थाहा नपाईकन हिंड्छन् ।”
\p
\v 45 व्यवस्थाका पण्डितहरूमध्ये एकले उहाँलाई भने, “गुरुज्यू, तपाईंले भन्‍नुभएका कुराहरूले हाम्रो पनि अपमान हुन्छ ।”
\p
\v 46 येशूले भन्‍नुभयो, “तिमी व्यवस्थाका शिक्षकहरूलाई धिक्‍कार! किनकि तिमीहरू मानिसहरूमाथि बोक्न नसक्ने भारीहरू लाद‍्दछौ, तर तिमीहरूले आफ्नो एउटा औंलाले पनि ती भारहरू छुँदैनौ ।
\v 47 तिमीहरूलाई धिक्‍कार, किनभने तिमीहरू अगमवक्‍ताहरूका निम्ति चिहानहरू बनाउँछौ, र तिनीहरूलाई मार्ने तिमीहरूकै पुर्खाहरू थिए ।
\v 48 त्यसैले तिमीहरू साक्षीहरू हौ र तिम्रा पुर्खाहरूका कामहरूमा सहमति जनाउँछौ, किनकि तिनीहरूले साँच्‍चै तिनीहरूलाई मारे र तिमीहरू तिनीहरूका चिहानहरू बनाउँछौ ।
\v 49 किनकि यसैकारणले परमेश्‍वरको बुद्धिले भन्छ, 'म तिनीहरूकहाँ अगमवक्‍ताहरू र प्रेरितहरू पठाउनेछु, र तिनीहरूमध्ये कोहीलाई तिनीहरूले सताउनेछन् र मार्नेछन् ।'
\v 50 तब संसारको सुरूदेखि भएको सबै अगमवक्ताहरूको रक्तपातको जिम्मेवार यस पुस्ता हुनेछ,
\v 51 हाबिलको रगतदेखि वेदी र पवित्र स्थानमा मारिएका जकरियाको रगतसम्म । हो, म तिमीहरूलाई भन्दछु, यसको जिम्मेवार यस पुस्ता हुनेछ ।
\v 52 तिमी व्यवस्थाका पण्डितहरूलाई धिक्‍कार, किनभने तिमीहरूले ज्ञानको साँचो टाढा लग्‍यौ; तिमीहरू आफैं पनि भित्र पसेनौ, र पस्‍नेहरूलाई पनि तिमीहरूले रोक्यौ ।
\p
\v 53 येशू त्यहाँबाट गइसक्‍नुभएपछि शास्‍‍त्रीहरू र फरिसीहरूले उहाँको विरोध गरे र उहाँसँग धेरै कुराहरूमा बहस गरे,
\v 54 र उहाँका आफ्नै वचनहरूमा उहाँलाई फसाउन खोजे ।
\c 12
\cl अध्याय १२
\p
\v 1 त्यसै बेला जब हजारौं हजार मानिस अत्यधिक मात्रामा जम्मा भएको कारण एउटाले अर्कोलाई कुल्चे, तब सबैभन्दा पहिले उहाँले आफ्ना चेलाहरूलाई भन्‍न लाग्‍नुभयो, “फरिसीहरूको खमिरदेखि सावधान रहो, जुनचाहिं पाखण्डीपना हो ।
\v 2 तर ढाकिएको केही छैन जुन प्रकट हुनेछैन, र लुकेको केही छैन जुन थाहा लाग्‍नेछैन ।
\v 3 त्यसैले तिमीहरूले जे कुराहरू अन्धकारमा भनेका छौ, त्यो ज्योतिमा सुनिनेछ र जे कुरा तिमीहरूले भित्री कोठामा कानमा भनेका छौ, त्यो घरको धुरीबाट घोषणा गरिनेछ ।
\p
\v 4 मेरा मित्रहरू, म तिमीहरूलाई भन्दछु, तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन् र त्यसपछि केही गर्न सक्दैनन् ।
\v 5 तर कोसँग डराउने भनी म तिमीहरूलाई चेताउनी दिनेछु । त्यो व्यक्‍तिसँग डराओ जससित मारेपछि नरकमा फालिदिने अधिकार छ । हो, म तिमीहरूलाई भन्दछु, तिनीसित डराओ ।
\v 6 के पाँचवटा भङ्गेरा दुई साना सिक्‍कामा बेचिंदैनन् र? तरै पनि परमेश्‍वरको द‍ृष्‍टिमा तीमध्ये एउटै पनि बिर्सिएको हुँदैन ।
\v 7 तर तिमीहरूका शिरका सबै केशहरू समेत गणना गरिएका छन् । नडराओ, तिमीहरू धेरै भङ्गेराहरूभन्दा पनि मूल्यवान् छौ ।
\p
\v 8 म तिमीहरूलाई भन्दछु, हरेक जसले मानिसहरूका अगि मलाई स्वीकार गर्छ, परमेश्‍वरका दूतहरूका अगि मानिसका पुत्रले पनि त्यसलाई स्वीकार गर्नेछन्,
\v 9 तर जसले मलाई मानिसहरूका सामु इन्कार गर्छ, परमेश्‍वरका दूतहरूले पनि त्यसलाई इन्कार गर्नेछन् ।
\v 10 हरेक जसले मानिसका पुत्रको विरुद्धमा बोल्छ, त्यसलाई क्षमा गरिनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्छ, त्यसलाई क्षमा गरिनेछैन ।
\v 11 जब तिनीहरूले तिमीहरूलाई सभाघरहरू, शासकहरू र अधिकारीहरूको अगि ल्याउनेछन्, तब तिमीहरूले कसरी प्रतिकार गर्ने र के बोल्ने भन्‍ने बारेमा चिन्तित नहोओ ।
\v 12 किनकि पवित्र आत्माले तिमीहरूलाई त्यही घडी के भन्‍नुपर्ने हो भनी सिकाउनुहुनेछ ।"
\p
\v 13 त्यसपछि भीडबाट एक जनाले उहाँलाई भन्यो, “गुरुज्यू, मेरो दाजुलाई सम्पत्तिको भागबन्डा गर्नू भनी बताइदिनुहोस् ।”
\p
\v 14 येशूले त्यसलाई भन्‍नुभयो, “हे मानिस, कसले मलाई तिमीहरूमाथि न्यायधीश वा मध्यस्तकर्ता बनायो?”
\v 15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हेर आफैंलाई सबै लोभी इच्छाबाट अलग राख, किनभने कुनै व्यक्तिको जीवन त्यसको धन सम्पत्तिको प्रशस्ततामा रहँदैन ।”
\p
\v 16 तब येशूले तिनीहरूलाई यसो भन्दै एउटा द‍ृष्‍टान्त भन्‍नुभयो, “धनी मानिसको भूमिले प्रशस्त उब्जनी दियो,
\v 17 र त्यसले मनमनै यसो भन्‍यो, ‘म के गरूँ?, किनभने मेरो अन्‍न भण्डार गर्ने ठाउँ छैन!
\v 18 त्यसले भन्यो, 'म यसो गर्नेछु । म आफ्ना भकारीहरू भत्काउनेछु र झन् ठुला ठुला बनाउनेछु, र त्यहीं नै मेरा सबै अन्‍नहरू र अन्य सामग्रीहरू भण्डार गर्नेछु ।’
\v 19 म मेरो प्राणलाई भन्‍नेछु, ‘हे प्राण, तेरो लागि प्रशस्तै असल चिजहरू धेरै वर्षको लागि भण्डारण गरिएको छ । आराम गर्, खा, पी र आनन्दित हो ।’
\p
\v 20 तर परमेश्‍वरले त्यसलाई भन्‍नुभयो, ‘मूर्ख मानिस, आजको राती नै तेरो प्राण चाहिएको छ, र तैंले तयार गरेको ती सब चिजहरू कसको हुनेछ?
\p
\v 21 आफ्नै लागि धन सम्पत्तिको संचय गरेर राख्‍ने, र परमेश्‍वरमा चाहिं धनी नहुने मानिस त्यस्तै हुन्छ ।"
\p
\v 22 येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनको विषयमा के खाऔंला वा शरीरको विषयमा के पहिरौंला भनी चिन्ता नगर ।
\v 23 किनकि जीवन खानेकुराभन्दा र शरीर लुगाभन्दा ठुलो हो ।
\v 24 कागहरूलाई विचार गर, तिनीहरूले न त छर्छन् न बटुल्छन् । तिनीहरूका न त भण्डारहरू छन्, न भकारी छन्, तर परमेश्‍वरले तिनीहरूलाई खुवाउनुहुन्छ । तिमीहरू चराहरूभन्दा कति धेरै मूल्यवान् छौ!
\v 25 र तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो जीवनको आयुमा एकपल थप्‍न सक्छ?
\v 26 तिमीहरू यस्तो सानो काम पनि गर्न सक्दैनौ भने अरू कुराको किन चिन्ता गर्छौ?
\v 27 लिली फूलहरूलाई विचार गर—कसरी तिनीहरू बढ्छन् । तिनीहरूले न त परिश्रम गर्छन्, न कात्छन् । तर म तिमीहरूलाई भन्दछु, सोलोमन पनि आफ्ना सबै महिमामा यिनीहरूझैं आभूषित थिएनन् ।
\v 28 यदि आज अस्तित्वमा भएको, र भोलि आगोमा फालिने जमिनका घाँसलाई परमेश्‍वरले आभूषित गर्नुहुन्छ भने, हे अल्प विश्‍वासी हो, तिमीहरूलाई कति बढी आभूषित गर्नुहुनेछ ।
\v 29 तिमीहरू के खाऔंला र के पिऔंला भनी खोजी नगर र चिन्ता नगर ।
\v 30 किनकि संसारभरका सबै मानिसहरूले यी कुराहरूको खोजी गर्छन्, र तिमीहरूका पिताले ती सबै तिमीहरूलाई आवश्‍यक छ भनी जान्‍नुहुन्छ ।
\v 31 तर उहाँको राज्यको खोजी गर, र यी थोकहरू तिमीहरूलाई थपिनेछन् ।
\p
\v 32 सानो बगाल हो, नडराओ, किनभने तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता अति खुसी हुनुहुन्छ ।
\v 33 आफ्ना धन सम्पत्ति बेच र गरिबहरूलाई देओ । आफ्ना निम्ति थोत्रो नहुने थैलीहरू बनाओ—स्वर्गमा कहिल्यै नसकिने धन संचय गर, जहाँ चोर नजिक आउँदैन, र किराले हानि पुर्‍याउँदैन ।
\v 34 किनकि जहाँ तिम्रो धन छ, त्यहीं नै तिम्रो मन पनि हुनेछ ।
\p
\v 35 तिमीहरूका लामा पोसाक कम्मरको पेटीमा कसिएका, र तिमीहरूका बत्तीहरू बलिरहेका होऊन्,
\v 36 र आफ्नो मालिक विवाहको भोजबाट फर्केर आउने प्रतीक्षामा रहेका मानिसहरूझैं तिमीहरू होओ, जसले मालिक फर्केर आउँदा र ढकढकाउँदा तिनको निम्ति तुरुन्तै ढोका खोलिदिन्छन् ।
\v 37 धन्य हुन् ती सेवकहरू, जसलाई तिनीहरूका मालिक फर्केर आउँदा जागा रहेको भेट्टाउनेछन् । साँच्चै म तिमीहरूलाई भन्दछु, कि तिनले लामा पोसाक कम्मरको पेटीमा कस्‍नेछन् र तिनीहरूलाई टेबुलमा अडेस लगाएर बसाउनेछन्, र तिनी आएर तिनीहरूलाई खाना दिनेछन् ।
\v 38 यदि मालिक रातको दोस्रो पहरमा आउँछन् वा तेस्रो पहरमा आउँछन् र तिनीहरूलाई जागा भेट्टाउँछन् भने ती सेवकहरू धन्यका हुन् ।
\v 39 तर यो जान, कि यदि घरको मालिकलाई चोर कुन घडी आउँछ भन्‍ने थाहा भएको भए, तिनले आफ्नो घर फोर्न दिनेथिएनन् ।
\v 40 तिमीहरू पनि तयार रहो, किनभने तिमीहरूलाई मानिसका पुत्र कुन घडीमा आउँछन् भन्‍ने कुरा थाहा छैन ।"
\p
\v 41 पत्रुसले भने, “प्रभु, के तपाईंले यो द‍ृष्‍टान्त हामीलाई मात्रै भन्‍नुभएको हो, कि सबैलाई पनि?”
\p
\v 42 प्रभुले भन्‍नुभयो, “त्यसो भए विश्‍वासयोग्य र बुद्धिमान् व्यवस्थापक को हो? जसलाई मालिकले आफ्ना सेवकहरूलाई ठिक समयमा खाना दिन खटाएका हुन्छन् ।
\v 43 धन्य हो त्यो सेवक, जसलाई त्यसका मालिक फर्कंदा त्यसै गरिरहेको भेट्टाउनेछन् ।
\v 44 साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिनले आफ्नो सबै सम्पत्तिको हक त्यसलाई दिनेछन् ।
\v 45 तर यदि सेवकले आफ्नो हृदयमा 'मेरो मालिक फर्की आउन ढिलो गर्नुहुन्छ' भन्छ र पुरुष तथा स्‍‍त्री सेवकहरूलाई कुटपिट गर्न अनि खान, पिउन र दाखमद्यले मात्‍न लाग्यो भने,
\v 46 त्यस सेवकले नचिताएको दिन र थाहै नभएको घडीमा त्यसका मालिक आउनेछन् र त्यसलाई टुक्रा-टुक्रा गरी काट्नेछन् र अविश्‍वासीहरूसँग त्यसको लागि एउटा ठाउँ नियुक्त गर्नेछन् ।
\v 47 त्यस सेवकले आफ्नो मालिकको इच्छा थाहा हुँदाहुँदै पनि तयार नगरेको वा तिनको इच्छाअनुसार नगरेको कारण त्यसलाई धेरै मुक्‍का हानिनेछ ।
\v 48 तर जसलाई थाहै थिएन र मुक्‍का पाउने योग्यको काम गर्‍यो, त्यसलाई थोरै मात्र मुक्‍काहरू हानिनेछ । तर हरेक जसलाई धेरै दिइएको छ, तिनीहरूबाट धेरै नै लिइनेछ, र जसलाई धेरै जिम्मा दिइएको छ त्यसबाट धेरै नै मागिनेछ ।
\p
\v 49 म पृथ्वीमा आगो वर्षाउन आएको हुँ, र यो अघि नै सल्किसकेको होस् भनेर म चाहना गर्छु ।
\v 50 तर मैले बप्‍तिस्‍मा लिनुपर्ने एउटा बप्तिस्मा छ, र यो पूरा नहुन्जेलसम्म म अति व्याकुल छु ।
\v 51 के म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी तिमीहरू सोच्छौ? होइन, म तिमीहरूलाई भन्दछु, बरु म विभाजन ल्याउन आएँ ।
\v 52 किनकि अब उप्रान्त एउटा घरका पाँच जना विभाजित हुनेछन्—दुई जनाको विरुद्धमा तीन जना, र तीन जनाको विरुद्धमा दुई जना हुनेछन् ।
\v 53 तिनीहरू विभाजित हुनेछन्, बुबा छोराको विरुद्धमा, र छोरा बुबाको विरुद्धमा हुनेछ; आमा छोरीको विरुद्धमा, र छोरी आमाको विरुद्धमा, सासू आफ्नी बुहारीको विरुद्धमा, र बुहारी सासूको विरुद्धमा हुनेछे ।"
\p
\v 54 येशूले भीडलाई पनि यसो भनिरहनुभएको थियो, “जब तिमीहरूले पश्‍चिम दिशामा बादल उठिरहेको देख्छौ र तुरुन्तै तिमीहरू भन्दछौ, ‘वृष्‍टि हुन्छ' र त्यस्तै हुन्छ ।
\v 55 जब दक्षिणी बतास बहन्छ, तिमीहरू भन्छौ, ‘एकदमै गर्मी हुनेछ' र त्यस्तै हुन्छ ।
\v 56 पाखण्डीहरू हो, तिमीहरू पृथ्वी र आकाशको रूपको अर्थ लाउन जान्दछौ, तर तिमीहरू वर्तमान समयको अर्थ लाउन किन जान्दैनौ?
\p
\v 57 तिमीहरू आफ्नै लागि कुन कुरा ठिक हो भनेर किन निर्णय गर्दैनौ?
\v 58 तिमी आफ्नो विरोधीसँग न्यायीक अधिकारीकहाँ जाँदा, बाटोमा त्योसँग नै मुद्दा मिलाउने कोसिस गर ताकि त्यसले तिमीलाई न्यायधीशकहाँ नडोर्‍याओस्, र न्यायधीशले तिमीहरूलाई अधिकारीकहाँ नसुम्पोस्, र अधिकारीले तिमीलाई झ्यालखानामा नहालोस् ।
\v 59 म तिमीलाई भन्दछु, “तिमीले आखिरी पैसा चुक्‍ता नगरेसम्म तिमी कहिल्यै पनि त्यहाँबाट मुक्‍त भएर आउनेछैनौ ।”
\c 13
\cl अध्याय १३
\p
\v 1 त्यस बेला त्यहाँ भएका केही मानिसहरूले उहाँलाई गालीलीहरूको बारेमा बताए, जसका रगत पिलातसले तिनीहरूको आफ्नै बलिदानहरूसँग मिसाइदिए ।
\v 2 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “के ती गालीलीहरूले यस्तो शासना भोगेकाले तिनीहरू अरू सबै गालीलीहरूभन्दा पापी थिए भन्‍ने तिमीहरू सोच्छौ?
\v 3 होइन, म तिमीहरूलाई भन्दछु । तर यदि तिमीहरूले पश्‍चात्ताप गरेनौ भने तिमीहरू सबै त्‍यसरी नै नष्‍ट हुनेछौ ।
\v 4 वा सिलोआमका ती अठार जना मानिसहरू, जसमाथि धरहरा ढल्यो र तिनीहरूलाई मार्‍यो, के तिमीहरू सोच्छौ कि तिनीहरू यरूशलेमका अरू मानिसहरूभन्दा बढी पापी थिए?
\v 5 म भन्‍दछु, होइन । तर यदि तिमीहरूले पश्‍चात्ताप गरेनौ भने, तिमीहरू सबै पनि यसरी नै नष्‍ट हुनेछौ ।
\p
\v 6 येशूले यो द‍ृष्‍टान्त भन्‍नुभयो, “कसैले आफ्नो दाखबारीमा अञ्‍जीर रूख रोपेको थियो र त्यो आयो र त्यसले त्यसमा फल खोज्यो, तर केही पनि पाएन ।
\v 7 त्यस मानिसले मालीलाई भन्यो, ‘हेर, म तीन वर्षदेखि आएर यस अञ्‍जीरको रूखमा फल भेट्टाउने कोसिस गरेको छु, तर केही पनि पाइनँ । यसलाई काटेर ढालिदे । यसले जमिन किन ओगट्ने?'
\p
\v 8 मालीले त्यसलाई जवाफ दिएर भन्यो, ‘हजुर, 'यसलाई यो वर्ष रहन दिनुहोस् । म यसको वरिपरि खनेर मल हाल्नेछु ।
\v 9 यसले अर्को वर्ष फल फलाउँछ भने, ठिकै छ; तर यदि फलाउँदैन भने त्यसलाई ढालिदिनुहोस्!’”
\p
\v 10 यस बेला येशू विश्रामको दिनमा सभाघरहरूमध्ये एउटामा शिक्षा दिंदै हुनुहुन्थ्यो ।
\v 11 हेर, त्यहाँ अठार वर्षदेखि दुर्बलताको आत्मा लागेकी एउटी स्‍‍त्री थिई । त्यो कुप्रो थिई र पूर्ण रूपमा उभिन सक्दिन थिई ।
\v 12 जब येशूले त्यसलाई देख्‍नुभयो, उहाँले त्यसलाई बोलाउनुभयो र भन्‍नुभयो, “ए नारी! तिमीले आफ्नो दुर्बलताबाट छुटकारा पायौ ।”
\v 13 उहाँले त्यसमाथि हात राख्‍नुभयो र त्यो तत्कालै सीधा उभिई र परमेश्‍वरको महिमा गरी ।
\p
\v 14 तर सभाघरका शासक क्रूद्ध भए, किनभने येशूले विश्रामको दिनमा निको पार्नुभएको थियो । त्यसैले शासकले जवाफ दिए र भीडलाई भने, “काम गर्नको निम्ति छ दिन छन् । ती दिनमा आओ र निको होओ, विश्रामको दिनमा होइन ।”
\p
\v 15 प्रभुले तिनलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “पाखण्डीहरू हो! के तिमीहरू प्रत्‍येकले विश्रामको दिनमा आफ्ना गोरू कि गधालाई गोठबाट फुकाएर पानी पियाउन लाँदैनौ र?
\v 16 त्यसैले यी अब्राहामकी छोरी पनि, जसलाई अठार वर्षदेखि शैतानले बन्धनमा पारेको छ, के त्यसको बन्धन विश्रामको दिनमा फुकाउनु पर्दैन र?”
\v 17 जब उहाँले यी कुराहरू भन्‍नुभयो, उहाँका विरोध गर्नेहरू सबै लज्‍जित भए, तर सम्पूर्ण भीड उहाँले गर्नुभएका यी सबै महिमामय कार्यहरूमा आनन्दित भए ।
\p
\v 18 तब येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य के जस्तो छ, र म यसलाई केसँग तुलना गर्न सक्छु?
\v 19 यो एउटा रायोको बीउजस्तो हो, जसलाई एउटा मानिसले लगेर आफ्नो बारीमा छर्‍यो र यो बढेर एउटा ठुलो बिरुवा भयो र आकाशका चराहरूले यसका हाँगाहरूमा गुँड बनाए ।”
\p
\v 20 उहाँले फेरि भन्‍नुभयो, “परमेश्‍वरको राज्यलाई म केसँग तुलना गर्न सक्छु?
\v 21 यो एउटा खमीरजस्‍तो हो, जसलाई एउटी स्‍‍त्रीले लिई र तीन भाँडो पिठोमा यो सबैतिर नफैलिएसम्म‍ मिसाई ।"
\p
\v 22 तब येशू सहरहरू र गाउँहरूतिर यात्रा गर्दै र शिक्षा दिंदै यरूशलेमतिर जानुभयो ।
\v 23 कसैले उहाँलाई भन्यो, “प्रभु, के बचाइने मानिसहरू थोरै मात्र छन्?” त्यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो,
\v 24 “साँगुरो ढोका भएर पस्‍ने कोसिस गर, किनभने म तिमीहरूलाई भन्दछु, धेरैले पस्‍न प्रयास गर्नेछन्, तर पस्‍न सक्‍नेछैन ।
\v 25 एक पटक घरको मालिक उठेर ढोका थुनेपछि, तिमीहरू बाहिर उभिनेछौ र ढोका ढक्ढक्याउनेछौ र भन्‍नेछौ, ‘प्रभु, प्रभु हामीलाई भित्र आउन दिनुहोस्’। "उनले जवाफ दिनेछन् र तिमीहरूलाई भन्‍नेछन्, ‘‘म तिमीहरूलाई चिन्दिनँ वा तिमीहरू कहाँबाट आएका हौ"
\v 26 तब तिमीहरूले भन्‍नेछौ, ‘हामीले तपाईंको सामुन्‍ने खायौं, पियौं र तपाईंले हाम्रा गल्लीहरूमा शिक्षा दिनुभयो ।’
\p
\v 27 तर उनले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई भन्दछु, तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिनँ । दुष्‍ट काम गर्नेहरू हो, मबाट गइहाल ।’
\v 28 जब तिमीहरूले अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्‍ताहरूलाई परमेश्‍वरको राज्यभित्र देख्‍छौ, तर आफैलाई चाहिं बाहिर फालिएको देख्‍छौ, तब त्यहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ ।
\v 29 तिनीहरू पूर्व, पश्‍चिम, उत्तर र दक्षिणबाट आउनेछन् र परमेश्‍वरको राज्यमा टेबुलमा बस्‍नेछन् ।
\v 30 यो जान, तिनीहरू जो पछिल्ला छन् पहिला हुनेछन्, र पहिलाचाहिं पछिल्ला हुनेछन् ।
\p
\v 31 यस लगत्तै केही फरिसीहरू आए र उहाँलाई भने, “यहाँबाट निस्‍केर गइहाल्‍नुहोस्, किनभने हेरोदले तपाईंलाई मार्न चाहन्छन् ।”
\p
\v 32 येशूले भन्‍नुभयो, “जाऊ र त्यो स्याललाई भन, 'हेर, म आज र भोलि भूतहरू निकाल्छु र निको पार्ने काम गर्छु, र तेस्रो दिन मेरो लक्ष्य पूरा गर्नेछु ।
\v 33 तापनि आज, भोलि र पर्सि मैले निरन्तरता दिनु आवश्यक छ, किनभने यरूशलेमबाट टाढामा एउटा अगमवक्‍तालाई मार्नु ग्रहणयोग्य हुँदैन ।
\p
\v 34 यरूशलेम, ए यरूशलेम! तँ जो अगमवक्‍ताहरूलाई मार्ने र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्‍ने! जसरी एउटी पोथीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छ, त्यसरी नै कतिपटक मैले तेरा सन्तानहरूलाई बटुल्न इच्छा गरें, तर तैंले त्यो मानिनस् ।
\v 35 हेर, तिमीहरूको घर त्यागिएको छ । म तिमीहरूलाई भन्दछु, तिमीहरूले 'परमप्रभुको नाउँ धन्यको हो' नभनेसम्म तिमीहरूले मलाई देख्‍नेछैनौ ।”
\c 14
\cl अध्याय १४
\p
\v 1 एउटा विश्रामको दिनमा जब उहाँ फरिसीहरूका अगुवाहरूमध्ये एक जनाको घरमा रोटी खान जानुभयो, तिनीहरूले उहाँलाई नजिकबाट हेरिराखेका थिए ।
\v 2 हेर, त्यहाँ उहाँको अगाडि एउटा मानिस थियो जो जलग्रह रोगबाट ग्रसित थियो ।
\v 3 येशूले यहूदी व्यवस्थाका पण्डितहरू र फरिसीहरूलाई सोध्‍नुभयो, “विश्रामको दिनमा निको पार्नु उचित छ वा छैन?"
\v 4 तर तिनीहरू मौन रहे । त्सैले येशूले त्यसलाई समातेर निको पार्नुभयो र त्यसलाई पठाइदिनुभयो ।
\v 5 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्ये कसले आफ्नो छोरा अथवा गोरुलाई विश्रामको दिनमा इनारमा खस्दा तुरुन्तै बाहिर निकाल्दैन?”
\v 6 तिनीहरूले ती कुराहरूको जवाफ दिन सकेनन् ।
\p
\v 7 जब येशूले निम्तोमा बोलाइएकाहरूले आदरको आसन छानेको देख्नुभयो, उहाँले तिनीहरूलाई यसो भन्दै एउटा द‍ृष्‍टान्त भन्‍नुभयो,
\v 8 “जब तिमीहरूलाई कसैले विवाह भोजमा निम्तो दिन्छ, आदरको स्थानमा नबस, किनभने तिमीभन्दा अझै आदरको मानिसलाई निम्तो दिएको हुन सक्छ ।
\v 9 जब तिमीहरू दुवै जनालाई निम्तो दिने व्यक्ति आउँछ, त्यसले तिमीलाई भन्‍नेछ, ‘तपाईंको स्थान यिनलाई छोडिदिनुहोस्', र लाजकासाथ तिमी तल्लो स्थानमा बस्‍नुपर्ने हुनेछ ।
\v 10 तर जब तिमीले निम्तो पाउँछौ, गएर तल्‍लो स्थानमा बस, ताकि तिमीलाई निम्तो दिनले आएर तिमीलाई यसो भन्‍न सक्छ, 'साथी माथिल्लो स्थानमा गएर बस्‍नुहोस्' । तब तिम्रो टेबुलमा बस्‍नेहरूका सबैका बीचमा तिम्रो आदर हुनेछ ।
\v 11 किनकि हरेक जसले आफूलाई उचाल्छ, त्यसलाई होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ त्यो उच्‍च पारिनेछ ।
\p
\v 12 येशूले आफूलाई निम्तो दिनेलाई पनि भन्‍नुभयो, “जब तिमीले बिहानको अथवा बेलुकीको भोजमा बोलाउँछौ, तब आफ्ना साथीहरू वा आफ्ना दाजुभाइहरू वा आफ्ना नातेदारहरू वा आफ्ना धनी छिमेकीहरूलाई नबोलाऊ, किनकि तिनीहरूले पनि तिमीलाई त्यसको साटो निम्तो दिन सक्छन् र तिम्रो गुण फेरि तिरिनेछ ।
\v 13 तर जब तिमीले भोज दिन्छौ, गरिब, लुला-लङ्गडा, र अन्धाहरूलाई बोलाऊ,
\v 14 र तिमी आशिषित् हुनेछौ, किनभने तिनीहरूले तिम्रो गुण फेरि तिर्न सक्दैनन् । किनकि धर्मीहरूको पुनरुत्थानमा तिम्रो गुण फेरि तिरिनेछ ।”
\p
\v 15 येशूसँगै टेबुलमा बस्‍नेहरूमध्ये एक जनाले जब यी कुराहरू सुन्यो तब त्यसले उहाँलाई भन्यो, “त्यो धन्यको हो जसले परमेश्‍वरको राज्यमा रोटी खानेछ ।”
\p
\v 16 तर येशूले त्यसलाई भन्‍नुभयो, “एक जना मानिसले बेलुकीको ठुलो भोजको तयार गर्‍यो र धेरैलाई निम्तो दियो ।
\v 17 जब भोज तयार भयो, त्यसले आफ्नो सेवकलाई निम्तो गरिएकाहरूलाई यसो भन्‍न पठायो, ‘आउनुहोस् सबै कुरा तयार भइसक्यो ।’
\p
\v 18 तिनीहरू सबैले उस्तै-उस्तै बहाना बनाउन थाले । पहिलोले त्यसलाई भन्यो, ‘मैले एउटा खेत किनेको छु, र मैले गएर त्यो हेर्नुपर्छ । कृपया मलाई माफ गर्नुहोस् ।’
\p
\v 19 अर्कोले भन्यो, ‘मैले पाँच हल गोरु किनेको छु र मैले तिनीहरूलाई जाँच्‍नु लागेको छु । कृपया मलाई माफ गर्नुहोस् ।’
\p
\v 20 र अर्को मानिसले भन्यो, ‘मैले पत्‍नी विवाह गरेको छु, यसकारण म आउन सक्दिनँ ।’
\p
\v 21 त्यो सेवक फर्केर आएर आफ्ना मालिकलाई ती कुराहरू सुनाइदियो, तब त्यस घरका मालिक रिसाए र आफ्नो सेवकलाई भन्यो, ‘सहरका सडकहरू र गल्लीहरूमा छिटो जा, र गरिब, लुला-लङ्गडा, अन्धाहरूलाई यहाँ भित्र ले ।’
\p
\v 22 तब सेवकले भन्यो, ‘मालिक, तपाईंको आदेशअनुसार सबै कुरा भएको छ, र पनि त्यहाँ अझै ठाउँ बाँकी छ ।’
\p
\v 23 मालिकले सेवकलाई भन्यो, ‘राजमार्गहरू र गल्लीहरूमा गएर मानिसहरूलाई भित्र आउन कर गर्, ताकि मेरो घर भरिएको होस् ।
\v 24 किनकि म तिमीहरूलाई भन्दछु, निम्तो पाएकाहरूमध्ये कसैले पनि मेरो भोज चाख्‍न पाउने छैन ।’"
\p
\v 25 अब ठुला भीडहरू उहाँसँग गइराखेका थिए, र उहाँ फर्कनुभयो र तिनीहरूलाई भन्‍नुभयो,
\v 26 “यदि कोही मेरो पछि आउँछ र आफ्नो बुबा, आमा, पत्‍नी, छोराछोरी, दाजुभाइ र दिदी-बहिनी, र आफ्नै जीवनलाई समेत तुच्छ ठान्दैन भने, त्यो मेरो चेला हुन सक्दैन ।
\v 27 जसले आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन ।
\v 28 किनकि तिमीहरूमध्ये कसले एउटा धरहरा बनाउने इच्छा गर्दा, पहिला बसेर निर्माण सम्पन्‍न गर्न सक्‍ने रुपियाँ-पैसा छ कि छैन भनेर त्यसको हिसाब गर्दैन?
\v 29 नत्रभने त्यसले जग बसालिसकेपछि निर्माण सम्पन्‍न गर्न सकेन भने, त्यो देख्‍ने सबैले यसो भन्दै त्यसको गिल्ला गर्नेछन्,
\v 30 ‘यस मानिसले निर्माण गर्न त सुरु गर्‍यो तर सिद्धयाउन सकेन ।’
\p
\v 31 अथवा कुन राजाले आफूसँग भएको दस हजार मानिसका साथ, अर्को बिस हजार मानिससहित आएको राजाको विरूद्ध लडाईं गर्न सक्छु कि सक्दिनँ भनी पहिले बसेर सल्लाह लिंदैन?
\v 32 र यदि सक्दैन भने, अरू सेना टाढै हुँदा त्यसले राजदूत पठाएर शान्तिको शर्त राख्‍छ ।
\v 33 यसकारण तिमीहरूमध्ये कसैले आफूसँग भएको सबै कुरा त्याग्दैन भने, त्यो मेरो चेला हुन सक्दैन ।
\p
\v 34 नुन असल हो, तर यदि नुनले आफ्नो स्वाद गुमायो भने त्यसलाई कसरी फेरि नुनिलो बनाउने?
\v 35 यो जमिनको लागि काम लाग्दैन वा मलको थुप्रोको लागि पनि । त्यसलाई मिल्काइदिइन्छ । जसको सुन्‍ने कान छ, त्यसले सुनोस् ।”
\c 15
\cl अध्याय १५
\p
\v 1 अब सबै कर उठाउनेहरू र पापीहरू उहाँकहाँ वचन सुन्‍नलाई आउँदै थिए ।
\v 2 फरिसीहरू र शास्‍‍त्रीहरू दुवै एक-अर्कासँग यसो भन्दै गनगन गरे, “यस मानिसले पापीहरूलाई स्वागत गर्छ र तिनीहरूसँग खान्छ पनि ।”
\p
\v 3 येशूले तिनीहरूलाई यसो भन्दै द‍ृष्‍टान्त भन्‍नुभयो,
\v 4 “तिमीहरूमध्ये कुन मानिस होला, जसको सयवटा भेडा छन् र त्यसमध्ये एउटा हराउँदा उनान्‍सयवटा भेडालाई उजाड-स्थानमा छोडेर हराएको एउटा भेडाको पछि लागेर त्यसलाई नभेट्टाउन्जेल खोज्दैन?
\v 5 त्यसपछि जब उसले भेट्टाउँछ, उसले त्यसलाई आफ्नो काँधमा राख्‍छ र रमाउँछ ।
\v 6 जब ऊ घर आउँछ, उसले आफ्ना साथीहरू र छिमेकीहरूलाई एकसाथ यसो भन्दै बोलाउँछ, ‘मसँग आनन्दित होओ, किनकि मैले मेरो हराएको भेडालाई भेट्टाएको छु ।’
\v 7 त्यसै गरी म तिमीहरूलाई भन्दछु, उनान्सय जना पश्‍चात्ताप गर्न नपर्ने धर्मी मानिसहरूभन्दा पश्‍चात्ताप गर्ने एक जना पापीको खातिर स्वर्गमा ठुलो रमाहट हुनेछ ।
\p
\v 8 अथवा कुन स्‍‍त्री होली जसका दसवटा चाँदीका सिक्‍काहरूमध्ये एउटा हराउँदा, बत्ती बालेर, घर बढारेर र सिक्‍का नभेट्टाइन्जेल दिलोज्यानसाथ खोज्दिन र?
\v 9 अनि त्यसले भेट्टाएपछि त्यसले आफ्ना सबै साथीहरू र छिमेकीहरूलाई एकसाथ यसो भन्दै बोलाउँछे, ‘मसँग रमाओ, किनकि मैले हराएको सिक्‍का भेट्टाएकी छु ।’
\v 10 त्यसै गरी म तिमीहरूलाई भन्दछु, एक जना पश्‍चात्ताप गर्ने पापीका खातिर परमेश्‍वरका दूतहरूका उपस्थितिमा स्वर्गमा आनन्द हुनेछ ।”
\p
\v 11 त्यसपछि येशूले भन्‍नुभयो, “एक जना मानिसका दुई जना छोरा थिए,
\v 12 र तिनीहरूमध्ये कान्छाले आफ्नो बुबालाई भन्यो, ‘बुबा मैले पाउनुपर्ने सम्पत्तिको अंश मलाई दिनुहोस् ।’ त्यसैले तिनीहरूका बीचमा तिनले सम्पत्ति बाँडिदिए ।
\v 13 धेरै दिन नबित्दै कान्छा छोराले आफ्ना सबै सामानहरू जम्मा गरेर टाढा देशमा गयो, र त्यसले त्यहाँ जथाभावी जिएर आफ्ना सबै रुपियाँ-पैसा खर्च गर्‍यो ।
\v 14 जब त्यसले सबै खर्च गरी सिध्यायो, त्यहाँ देशभरि ठुलो अनिकाल पर्‍यो, र त्यो खाँचोमा पर्न थाल्यो ।
\v 15 त्यो गएर त्यस देशका नागरिकहरूमध्ये एउटाकहाँ काममा लाग्यो जसले त्यसलाई आफ्नो खेतमा सुँगुरहरू चराउन पठायो ।
\v 16 सुँगुरहरूले खाने दानाले त्यसले खुसीसाथ खान चाहन्थ्यो किनभने त्यसलाई कसैले केही पनि दिंदैनथियो ।
\v 17 तर जब कान्छा छोराको चेत खुल्यो, त्यसले भन्‍यो, ‘मेरा बुबाका कति धेरै सेवकहरूसँग प्रशस्त खानेकुरा छ, तर म भने यहाँ भोकभोकै मरिरहेको छु!
\v 18 म यस ठाउँलाई छोडेर मेरो बुबाकहाँ जानेछु, र उहाँलाई भन्‍नेछु, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु ।
\v 19 अब उप्रान्त म तपाईंको छोरा भनिने योग्यको छैनँ; मलाई तपाईंका सेवकहरूमध्ये एउटासरह बनाउनुहोस् ।’
\v 20 तब कान्छो छोराले त्यस ठाउँ छाड्‍यो र आफ्नो बुबाकहाँ गयो । त्यो टाढै छँदा त्यसका बुबाले त्यसलाई देखे र दयाले भरिएर, र दौडेर अँगालो हालेर म्वाँइ खाए ।
\v 21 छोराले तिनलाई भन्यो, ‘बुबा, मैले स्वर्गको विरूद्धमा र तपाईंको विरूद्धमा पाप गरेको छु । अब उप्रान्त म तपाईंको छोरा भनिने योग्यको छैनँ ।’
\p
\v 22 बुबाले आफ्ना सेवकहरूलाई भने, ‘तुरुन्तै उत्तम वस्‍‍त्रहरू ल्याओ र यसलाई लगाइदेओ, यसको हातमा औंठी, र खुट्टामा जुत्ता लगाइदेओ ।
\v 23 त्यसपछि मोटो बाछा ल्याओ र त्यसलाई मार । हामी भोज खाएर उत्सव मनाऔं!
\v 24 किनकि मेरो छोरो मरेको थियो, र अब त्यो जीवित भएको छ । त्यो हराएको थियो, र अब त्यो भेट्टाइएको छ ।' अनि तिनीहरूले उत्सव मनाउन सुरु गरे ।
\p
\v 25 अब तिनको जेठो छोरो खेतमा थियो । त्यो घरको नजिकै आइपुग्दा त्यसले नाचगानको आवाज सुन्यो ।
\v 26 त्यसले सेवकहरूमध्ये एक जनालाई बोलाएर के भइरहेको होला भनेर सोध्यो ।
\v 27 सेवकले त्यसलाई भन्यो, तपाईंको भाइ आइपुग्‍नुभएको छ, र तपाईंको बुबाले मोटो बाछा मार्नुभएको छ, किनभने उहाँ सुरक्षितसाथ फर्कनुभएको छ।
\p
\v 28 जेठो छोरो रिसाएको थियो र भित्र पसेन, र त्यसको बुबा बाहिर गएर त्यसलाई मनाउन थाले ।
\v 29 तर जेठो छोरोले जवाफ दियो र त्यसको बुबालाई भन्‍यो, ‘हेर्नुहोस्, यति धेरै वर्ष मैले तपाईंको सेवा गरे, र मैले कहिल्यै तपाईंको एउटा आज्ञा पनि उल्लङ्‍घन गरिनँ, र तपाईंले मलाई कहिल्यै मेरा साथीहरूसँग उत्सव मनाउन एउटा पाठो पनि दिनुभएन,
\v 30 तर तपाईंको सम्पत्ति वेश्याहरूसँग सखाप पार्ने छोरो आउँदा चाहिं तपाईंले त्यसको लागि मोटो बाछा मार्नुभयो ।’
\p
\v 31 बुबाले त्यसलाई भने, ‘छोरा, तँ त मसँग सधैंभरि छस् र मसँग भएका सबै थोक तेरै हुन् ।
\v 32 तर हामीले भोज खानु र खुसी हुनु उचित छ, किनकि यो तेरो भाइ मरेको थियो, र अब जीवित भएको छ; र त्यो हराएको थियो, र अब भेट्टाइएको छ ।'”
\c 16
\cl अध्याय १६
\p
\v 1 येशूले आफ्ना चेलाहरूलाई पनि भन्‍नुभयो, “एक जना धनी मानिसको एउटा व्यवस्थापक थियो र त्यस व्यवस्थापकलाई तिनको धन फजुल खर्च गरिरहेको छ भन्‍ने दोष लागेको थियो ।
\v 2 तब ती धनी मानिसले त्यसलाई बोलाएर भने, ‘तेरो बारेमा म यो के सुन्दैछु? तेरो व्यवस्थापनको बारेमा हिसाब दे, किनकि अब उप्रान्त तँ व्यवस्थापक हुन सक्दैनस् ।’
\p
\v 3 त्यो व्यवस्थापकले आफ्नो मनमा भन्यो, म के गरूँ? किनकि मेरा मालिकले अब मलाई व्यवस्थापकको कामबाट हटाउँदै छन् । मेरो खन्‍ने तागत छैन, र मलाई भीख माग्‍न लाज लाग्छ ।
\v 4 मैले के गर्नेछु भन्‍ने कुरा मलाई थाहा छ, ताकि मलाई व्यवस्थापकको कामबाट हटाइएपछि मानिसहरूले मलाई तिनीहरूका घरमा निम्त्याऊन् ।’
\v 5 तब त्यस व्यवस्थापकले त्यसका मालिकका ऋणीहरू प्रत्येकलाई बोलायो, र पहिलोलाई सोध्यो, ‘तिमीले मेरा मालिकलाई कति तिर्नु छ?
\p
\v 6 त्यसले भन्यो, ‘एक सय माना जैतूनको तेल ।’ त्यसले त्यसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ, तुरुन्तै बसेर पचास लेख ।’
\p
\v 7 तब त्यस व्यवस्थापकले अर्कोलाई भन्यो, ‘तिम्रोचाहिं ऋण कति छ? त्यसले भन्यो, ‘एकसय कोर गहुँ ।’ त्यसले त्यसलाई भन्यो, ‘तिम्रो तमसुक ल्याऊ, र असी लेख ।’
\v 8 तब ती मालिकले त्यस अधर्मी व्यवस्थापकको प्रशंसा गरे किनभने त्यसले चतुर्‍याइँसँग काम गरेको थियो । किनकि आफ्ना मानिसहरूसँग व्यवहार गर्दा ज्योतिका सन्तानभन्दा यस संसारका सन्तानहरू बढी चतुर हुन्छन् ।
\v 9 म तिमीहरूलाई भन्दछु, अधर्मको धनले तिमीहरूले आफ्ना लागि मित्रहरू बनाओ, ताकि जब त्यो धन सकिन्छ, तिनीहरूले तिमीहरूलाई अनन्त वासस्थानमा स्वागत गरून् ।
\v 10 जो अति थोरै कुरामा विश्‍वासयोग्य हुन्छ, त्यो धेरै कुरामा पनि विश्‍वासयोग्य हुन्छ र जो अति थोरै कुरामा अधर्मी हुन्छ, त्यो धेरै कुरामा पनि अधर्मी हुन्छ ।
\v 11 यदि तिमीहरू अधर्मको धन प्रयोग गर्ने कुरामा विश्‍वासयोग्य भएका छैनौ भने साँचो धनमा तिमीहरूलाई कसले भरोसा गर्ला र?
\v 12 यदि तिमीहरू अरू मानिसहरूको सम्पत्ति प्रयोग गर्ने कुरामा विश्‍वासयोग्य भएका छैनौ भने, तिमीहरूको आफ्नै सम्पत्ति तिमीहरूलाई कसले देला र?
\v 13 कुनै पनि सेवकले दुई जना मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले एउटालाई घृणा गर्नेछ, र अर्कोलाई प्रेम गर्नेछ अथवा एउटाप्रति भक्‍ति देखाउनेछ र अर्कोलाई तुच्छ ठान्‍नेछ । तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्दैनौ ।”
\p
\v 14 अब सम्पत्तिका प्रेमी फरिसीहरूले यी सबै कुरा सुने, र तिनीहरूले उहाँको गिल्ला गरे ।
\v 15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसहरूको द‍ृष्‍टिमा तिमीहरू आफैंलाई धर्मी ठहर्‍याउँछौ, तर परमेश्‍वरले तिमीहरूका हृदयहरू जान्‍नुहुन्छ । मानिसहरूका माझमा जे उच्‍च हुन्छ, त्यो परमेश्‍वरको द‍ृष्‍टिमा घृणित हुन्छ ।
\p
\v 16 यूहन्‍ना नआउन्जेल व्यवस्था र अगमवक्ताहरूको प्रभाव थियो । त्यस समयदेखि परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरिएको छ, र यसमा सबै जना बलजफ्तीसँग प्रवेश गर्न कोसिस गर्छन् ।
\v 17 तर व्यवस्थाको अक्षरको एक मात्रा पनि रद्द हुनुभन्दा स्वर्ग र पृथ्वीलाई बितेर जान बढी सजिलो छ ।
\p
\v 18 हरेक जसले आफ्नी पत्‍नीलाई छोडपत्र दिन्छ र अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्छ, र आफ्नो पतिबाट छोडपत्र पाएकीलाई जसले विवाह गर्छ, त्यसले पनि व्यभिचार गर्छ ।
\p
\v 19 अब वैजनी रङ्गको र मसिनो मलमलको वस्‍‍त्र पहिरिएको एक जना धनी मानिस थियो, र आफ्नो प्रशस्त धन सम्पत्तिमा हरेक दिन आनन्द गरिरहेको थियो ।
\v 20 लाजरस नाम गरेको, घावैघाउ भएको एक जना भिखारीलाई ल्याएर उसको ढोकामा राखिन्थ्यो,
\v 21 र धनी मानिसको टेबुलबाट झरेका टुक्राटाक्रीले आफ्नो पेट भर्ने इच्छा गर्थ्‍यो । कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्थे ।
\v 22 यसपछि त्यो भिखारी मर्‍यो र स्वर्गदूतहरूद्वारा त्यसलाई उठाएर अब्राहामको छेउमा लगियो । त्यो धनी मानिस पनि मर्‍यो र गाडियो,
\v 23 र नरकमा कष्‍ट भोगिरहेको बेला उसले आफ्ना आँखा उठाएर हेर्‍यो र टाढामा अब्राहामलाई र तिनको छेउमा लाजरसलाई देख्यो ।
\v 24 अनि उसले कराएर भन्यो, ‘पिता अब्राहाम, ममाथि कृपा गर्नुहोस् र लाजरसलाई पठाइदिनुहोस्, ताकि त्यसले आफ्नो औंलाको टुप्पा पानीमा चोपेर मेरो जिब्रोलाई शितल पारिदेओस्, किनकि म यस ज्वालामा पीडामा छु ।’
\p
\v 25 तर अब्राहामले भने, ‘बाबु, याद गर कि तिमीले आफ्नो जीवनकालमा असल कुराहरू पायौ, र त्यसै गरी लाजरसले खराब कुराहरू पायो । तर अहिले त्यो यहाँ आराममा छ, र तिमी पीडामा छौ ।
\v 26 यी सबै बाहेक, एउटा ठुलो खाडल राखिएको छ ताकि यताबाट तिमीकहाँ आउन चाहनेहरू आउन नसकून् र त्यहाँबाट हामीहरूकहाँ कोही आउन नसकून् ।’
\p
\v 27 धनी मानिसले भन्यो, ‘पिता अब्राहाम, म तपाईंलाई बिन्ती गर्छु, तपाईंले त्यसलाई मेरा बुबाको घरमा पठाइदिनुहोस् ।
\v 28 किनकि मेरा पाँच जना भाइ छन्—त्यसले तिनीहरूलाई चेताउनी देओस्, ताकि तिनीहरू यस कष्‍टको ठाउँमा नआउन् ।’
\p
\v 29 तर अब्राहामले भने, ‘तिनीहरूसँग मोशा र अगमवक्‍ताहरू छन्; तिनीहरूले उनीहरूका कुरा सुनून् ।’
\p
\v 30 धनी मानिसले उत्तर दियो, ‘होइन पिता अब्राहाम, यदि मरेकाहरूबाट कोही तिनीहरूकहाँ गयो भने तिनीहरूले पश्‍चात्ताप गर्नेछन् ।’
\p
\v 31 तर अब्राहामले उसलाई भने, ‘यदि तिनीहरूले मोशा र अगमवक्‍ताका कुरा सुन्दैनन् भने कोही मृत्युबाट उठे पनि तिनीहरूले मान्‍ने छैनन्' ।"
\c 17
\cl अध्याय १७
\p
\v 1 येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “पाप गर्न लगाउने कुराहरू निश्‍चय नै हुनेछन्, तर त्यस व्यक्‍तिलाई धिक्‍कार छ जसद्वारा ती आउँछन्!
\v 2 त्यसले यी सानाहरूमध्ये एक जनालाई ठेस लगाउनुभन्दा त त्यसको घाँटीमा जाँतोको एउटा ढुङ्गा झुन्डाएर त्यसलाई समुद्रमा फालिदिएको भए त्यसको लागि असल हुने थियो ।
\v 3 आफ्नो बारेमा होसियार रहो । यदि तिम्रो भाइले पाप गर्छ भने त्यसलाई हप्काऊ, र त्यसले पश्‍चात्ताप गर्छ भने त्यसलाई क्षमा गर ।
\v 4 यदि त्यसले तिम्रो विरुद्धमा दिनमा सात पटकसम्म पाप गर्छ भने, र सातै पटक ‘म पश्‍चात्ताप गर्छु’ भन्दै तिमीकहाँ फर्की आउँछ भने तिमीले त्यसलाई क्षमा गर्नुपर्छ ।"
\p
\v 5 प्रेरितहरूले प्रभुलाई भने, “हाम्रो विश्‍वास बढाइदिनुहोस् ।”
\p
\v 6 प्रभुले भन्‍नुभयो “यदि तिमीसँग रायोको बीउजत्रो विश्‍वास भएको भए किम्बुको रूखलाई ‘यहाँबाट उखेलिएर समुद्रमा रोपिन जा’ भन्यौ भने त्यसले तिम्रो आज्ञा मान्‍ने थियो ।
\p
\v 7 तर तिमीहरूमध्ये को होला जसको जोत्‍ने वा भेडा चराउने सेवक खेतबाट आउँदा त्यसलाई 'तुरुन्तै आएर खाना खान बस्' भनी भन्‍नेछ?
\v 8 के उसले त्यसलाई भन्‍नेछैन र? 'मेरो लागि केही खानेकुरा तयार पार्, र कम्मरमा पटुका कस् र मैले खानपिन गरी नसकुन्जेल मेरो सेवा गर् । त्यसपछि तैंले खानेछस् र पिउनेछस् ।'
\v 9 उसले आफ्‍नो सेवकलाई अह्राएअनुसार त्यसले काम गरेको हुनाले, के उसले त्यसलाई धन्यवाद दिन्छ र?
\v 10 त्यसरी नै जब तिमीहरूले पनि आफूलाई अह्राएको सबै कुराहरू गरिसकेका हुन्छौ, तब तिमीहरूले 'हामी अयोग्य सेवकहरू हौं । हामीले त आफूले गर्नुपर्ने कुरा मात्र गरेका छौं' भनी भन्‍नुपर्छ ।”
\p
\v 11 अब येशू यरूशलेमतिर यात्रा गर्नुहुँदा उहाँ सामरिया र गालीलको बीचबाट भएर जानुभयो ।
\v 12 उहाँ एउटा गाउँमा पस्‍नुहुँदा, त्यहाँ दस जना कुष्‍ठरोग लागेका मानिसहरूले उहाँलाई भेटे । तिनीहरू उहाँबाट टाढा उभिए
\v 13 र तिनीहरूले यसो भन्दै आफ्ना स्वर उचाले, “येशू गुरुज्यू, हामीमाथि दया गर्नुहोस् ।”
\p
\v 14 जब उहाँले तिनीहरूलाई देख्नुभयो, उहाँले भन्‍नुभयो, “जाओ र आफैंलाई पूजाहारीहरूकहाँ देखाओ ।" तिनीहरू जाँदाजाँदै शुद्ध भए ।
\v 15 तिनीहरूमध्ये एक जनाले आफू निको भएको देखेर चर्को स्वरले परमेश्‍वरको महिमा गर्दै फर्कियो ।
\v 16 त्यो येशूलाई धन्यवाद दिंदै उहाँको चरणमा घोप्‍टो पर्‍यो । त्यो एक सामरी थियो ।
\v 17 तब येशूले भन्‍नुभयो, “के दस जना शुद्ध भएका होइनन्? नौ जना कहाँ छन्?
\v 18 के यो परदेशीबाहेक फर्केर परमेश्‍वरलाई महिमा दिने अरू कोही भएनन्?
\v 19 उहाँले त्यसलाई भन्‍नुभयो, “उठ, र जाऊ । तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।”
\p
\v 20 परमेश्‍वरको राज्य कहिले आउँछ भनी फरिसीहरूले सोध्दा येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “परमेश्‍वरको राज्य देखिने गरी आउँदैन,
\v 21 न त तिनीहरूले ‘हेर, यहाँ छ!' वा 'त्यहाँ छ! भन्‍नेछन् । किनकि हेर, परमेश्‍वरको राज्य तिमीहरूकै माझमा छ ।”
\p
\v 22 उहाँले चेलाहरूलाई भन्‍नुभयो, “ती दिनहरू आउँदैछन् जब तिमीहरूले मानिसका पुत्रका दिनहरूमध्ये कुनै एक दिन हेर्ने इच्छा गर्नेछौ तर तिमीहरूले त्यो देख्‍नेछैनौ ।
\v 23 तब तिनीहरूले तिमीहरूलाई ‘हेर, त्यहाँ छ!' वा 'हेर, यहाँ छ! भन्‍नेछन् । तर तिमीहरू बाहिर नजाओ वा तिनीहरूका पछि पछि नदौड,
\v 24 किनकि जसरी बिजुली आकाशको एउटा कुनाबाट अर्को कुनामा चम्कँदा उज्यालो हुन्छ मानिसका पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछन् ।
\v 25 तर उनी पहिले विभिन्‍न थोकहरूबाट सताइनुपर्छ र यो पुस्ताद्वारा अस्वीकार गरिनुपर्छ ।
\v 26 जस्तो नोआका दिनहरूमा भयो, मानिसका पुत्रका दिनहरूमा पनि त्यस्तै हुनेछ ।
\v 27 नोआ जहाजभित्र नपसुन्जेलसम्म तिनीहरूले खाए, पिए, र विवाह गरे र तिनीहरूलाई विवाहमा दिइयो—र बाढी आयो र तिनीहरू सबैलाई नाश गर्‍यो ।
\v 28 लोतका दिनहरूमा पनि त्यस्तै भयो—तिनीहरू खाँदै र पिउँदै, किन्दै र बेच्दै, रोप्दै र निर्माण गर्दै थिए ।
\v 29 तर त्यो दिन जब लोत सदोम छोडेर गए, आकाशबाट आगो र गन्धक बर्सियो र तिनीहरू सबैलाई नष्‍ट गर्‍यो ।
\v 30 मानिसका पुत्र प्रकट हुने दिनमा पनि त्यस्तै हुनेछ ।
\v 31 त्यस दिनमा घरको माथिल्लो तल्‍लामा हुनेले आफ्नो घरभित्रको मालमत्ता लिनको लागि तल नआओस्, र कोही खेतमा छ भने त्यो नफर्कोस् ।
\v 32 लोतकी पत्‍नीलाई सम्झ ।
\v 33 जसले आफ्नो प्राण बचाउन खोज्छ त्यसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण गुमाउँछ त्यसले त्यो बचाउनेछ ।
\v 34 म तिमीहरूलाई भन्‍दछु, त्यस रात दुई जना मानिस एउटै खाटमा हुनेछन् । एक जना लगिनेछ, र अर्को छोडिनेछ ।
\v 35 दुईजना स्‍‍त्रीहरू एकैसाथ पिंधिरहेका हुनेछन् । एक जना लगिनेछ, र अर्को छोडिनेछ ।
\v 36 \f + \ft लूका १७ः३६, प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा पद ३६ छैन- \fqa दुई जना खेतमा हुनेछन्; एक जना लगिनेछ र अर्को छोडिनेछ । \fqa* \f*
\p
\v 37 तिनीहरूले उहाँलाई सोधे, “कहाँ प्रभु?” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू पनि एकसाथ जम्मा हुन्छन् ।”
\p
\v 37 तिनीहरूले उहाँलाई सोधे, “कहाँ प्रभु?” र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू जम्मा हुनेछन् ।”
\c 18
\cl अध्याय १८
\p
\v 1 तब तिनीहरूले कसरी सधैं प्रार्थना गर्नुपर्छ र निरुत्साहित हुनुहुँदैन भन्‍ने बारेमा उहाँले तिनीहरूलाई यसो भन्दै द‍ृष्‍टान्त भन्‍नुभयो,
\v 2 “कुनै एउटा सहरमा एक जना न्यायाधीश थिए जसले परमेश्‍वरको भय मान्दैनथे र मानिसको आदर गर्दैनथे ।
\v 3 त्यस सहरमा एक जना विधवा थिई, र त्यो तिनीकहाँ यसो भन्दै बारम्बार आउँथिई, ‘मेरो वादीको विरुद्ध न्याय पाउन मलाई सहायता गर्नुहोस् ।’
\p
\v 4 लामो समयसम्म तिनले त्यसलाई सहायता गर्न मानेनन्, तर केही समयपछि तिनले मनमनै भने, ‘म परमेश्‍वरको भय मान्दिनँ वा मानिसको पनि आदर गर्दिनँ,
\v 5 तर यस विधवाले मलाई हैरान पारेकी हुनाले यसले न्याय पाउन म सहायता गर्नेछु, ताकि यसले मलाई बारम्बार आएर दिक्क नपारोस् ।"
\v 6 तब प्रभुले भन्‍नुभयो, “ती अधर्मी न्यायाधीशले के भन्छन्, सुन ।
\v 7 के परमेश्‍वरले पनि उहाँलाई दिनरात पुकारा गर्ने आफ्ना चुनिएका मानिसहरूको निम्ति न्याय गरिदिनुहुन्‍न र? के उहाँले तिनीहरूको निम्ति लामो समय बियाँलो गर्नुहुनेछ?
\v 8 म तिमीहरूलाई भन्दछु, उहाँले तिनीहरूलाई तुरुन्तै न्याय दिलाउनुहुनेछ । तर जब मानिसका पुत्र आउनेछन्, के उनले पृथ्वीमा विश्‍वास भेट्टाउनेछन् र?”
\p
\v 9 त्यसपछि उहाँले आफू धर्मी छु भनी आफैंलाई विश्‍वस्त तुल्याउनेहरू र अरू मानिसहरूलाई तुच्छ ठान्‍नेहरू कोही-कोहीलाई यो द‍ृष्‍टान्त पनि भन्‍नुभयो,
\v 10 “दुई जना मानिस मन्दिरमा प्रार्थना गर्न उक्ले–एक जना फरिसी र अर्को कर उठाउने ।
\v 11 फरिसी उभियो र आफ्नो बारेमा यसरी प्रार्थना गर्‍यो, ‘हे परमेश्‍वर, म तपाईंलाई धन्यवाद दिन्छु कि म अरू मानिसहरू—चोरहरू, अधर्मीहरू, व्यभिचारीहरू—वा यही कर उठाउनेजस्तो पनि छैनँ ।
\v 12 म हरेक हप्‍ता दुई पटक उपवास बस्छु । म आफूले पाएका सबै थोकको दशांश दिन्छु ।’
\p
\v 13 तर कर उठाउने मानिसले टाढैबाट उभिएर, स्वर्गतिर पनि नहेरीकन यसो भन्दै आफ्नो छाती पिट्‍यो, ‘हे परमेश्‍वर म पापीमाथि कृपा गर्नुहोस् ।’
\v 14 म तिमीहरूलाई भन्दछु, यो मानिस अर्को मानिसभन्दा धर्मी ठहरिएर आफ्नो घर फर्क्यो, किनभने हरेक जसले आफूलाई उचाल्छ त्यो होच्याइनेछ, तर हरेक जसले आफैंलाई होच्याउँछ त्यो उचालिनेछ ।
\p
\v 15 उहाँले बालबालिकाहरूलाई छोइदिऊन् भनी मानिसहरूले तिनीहरूलाई पनि उहाँकहाँ ल्याए, तर यो देखेर चेलाहरूले तिनीहरूलाई हकारे ।
\v 16 तर येशूले तिनीहरूलाई यसो भन्दै आफूकहाँ बोलाउनुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई नरोक। किनकि परमेश्‍वरको राज्य यस्तैहरूको हो ।
\v 17 साँच्‍चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्‍वरको राज्यलाई बालकले झैं ग्रहण गर्दैन त्यो कुनै रीतिले त्यहाँ प्रवेश गर्नेछैन ।”
\p
\v 18 एक जना शासकले यसो भन्दै उहाँलाई सोधे, “हे असल गुरु, अनन्त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ?”
\p
\v 19 येशूले तिनलाई भन्‍नुभयो, “तिमी मलाई किन असल भन्छौ, एक परमेश्‍वरबाहेक कोही पनि असल छैन ।
\p
\v 20 तिमीलाई आज्ञाहरू थाहा छ—व्यभिचार नगर्नू, हत्या नगर्नू, नचोर्नू, झूटो गवाही नदिनू, आफ्ना आमाबुबाको आदर गर्नू ।”
\p
\v 21 ती शासकले भने, “यी सब कुराहरू त मैले आफ्नो जवान अवस्थादेखि नै पालन गरेको छु ।”
\p
\v 22 जब येशूले यो सुन्‍नुभयो, उहाँले तिनलाई भन्‍नुभयो, “तिमीमा अझै एउटा कुराको कमी छ । तिमीले आफ्नो सारा सम्पत्ति बेच्‍नुपर्छ र गरिबहरूलाई बाँड्‍नुपर्छ अनि तिम्रो धन स्वर्गमा हुनेछ—र आऊ, मेरो पछि लाग ।”
\v 23 तर जब शासकले यी कुराहरू सुने, तिनी अति नै दुःखित भए, किनकि तिनी धेरै धनी थिए ।
\v 24 तब येशूले तिनलाई हेरेर दुःखित हुँदै \f + \ft अधिकांश प्राचीन ग्रीक प्रतिलिपिहरूमा निम्‍न पदावली छः \fqa दुःखित हुँदै \fqa* तर केही प्राचीन ग्रीक प्रतिलिपिहरूमा उक्त पदावली छैन । \f* भन्‍नुभयो, “धनीहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न कति गाह्रो छ!
\v 25 किनकि धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ ।”
\p
\v 26 त्यो सुन्‍नेहरूले भने, “त्यसो भए को बचाइनेछ त?”
\p
\v 27 येशूले जवाफ दिनुभयो, “मानिसको निम्ति जुन कुरा असम्भव छ, त्यो परमेश्‍वरमा सम्भव छ ।”
\p
\v 28 पत्रुसले जवाफ दिए, “हेर्नुहोस्, हामीले आफ्ना सबै कुराहरू त्यागेर तपाईंको पछि लागेका छौं ।”
\p
\v 29 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्‍वरको राज्यको खातिर घर, वा पत्‍नी, वा दाजुभाइ, वा आमाबुबा, वा छोराछोरीलाई त्यागेको छ,
\v 30 त्यसले यस संसारमा अझ धेरै, अनि आउने संसारमा अनन्त जीवन पाउनेछ ।”
\p
\v 31 उहाँले बाह्र जनालाई आफूकहाँ भेला गरेपछि तिनीहरूलाई भन्‍नुभयो, “हेर, हामी यरूशलेमतर्फ जाँदैछौं, र मानिसका पुत्रको बारेमा अगमवक्‍ताहरूले लेखेका सबै कुरा पूरा हुनेछन् ।
\v 32 किनकि उनी अन्यजातिहरूका हातमा सुम्पिइनेछन्, र गिल्ला गरिनेछन्, र अपमान गरिनेछन्, र थुकिनेछन् ।
\v 33 उनलाई कोर्रा लगाएपछि तिनीहरूले उनलाई मार्नेछन्, र तेस्रो दिनमा उनी फेरि जीवित भई उठ्नेछन् ।”
\v 34 तिनीहरूले यी कुनै पनि कुराहरू बुझेनन्, र यो वचन तिनीहरूबाट लुकाइएको थियो, र भनिएका कुनै पनि कुराहरू तिनीहरूले बुझेनन् ।
\p
\v 35 येशू यरीहो नजिक आउनुहुँदा एक जना अन्धो मानिस बाटोको छेउमा बसेर भीख मागिरहेको थियो,
\v 36 र एउटा भीड गइरहेको सुनेर के हुँदैछ भनी त्यसले सोध्यो ।
\p
\v 37 तिनीहरूले नासरतका येशू जाँदै हुनुहुन्छ भनी त्यसलाई भने ।
\p
\v 38 त्यसैले त्यो अन्धो मानिस यसो भन्दै चिच्यायो, “हे दाऊदका पुत्र येशू, ममाथि दया गर्नुहोस् ।”
\v 39 अगिअगि हिंडिरहेकाहरूले त्यो अन्धो मानिस चूप लागोस् भनेर त्यसलाई हकारे । तर त्यो झन् चर्को स्वरले करायो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।”
\p
\v 40 येशू टक्‍क अडिनुभयो र त्यस मानिसलाई आफूकहाँ ल्याउन आज्ञा गर्नुभयो । जब त्यो अन्धो मानिस येशूको नजिक आयो, येशूले त्यसलाई सोध्‍नुभयो,
\v 41 “मैले तिम्रो निम्ति के गरेको तिमी चाहन्छौ?” त्यसले भन्यो, “प्रभु, म देख्‍न चाहन्छु ।”
\p
\v 42 येशूले त्यसलाई भन्‍नुभयो, “तिमी देख्‍ने भइजाऊ । तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।”
\v 43 तुरुन्तै त्यसले देख्‍न सक्यो र परमेश्‍वरको महिमा गर्दै उहाँलाई पछ‍्‍यायो । यो देखेर सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरे ।
\c 19
\cl अध्याय १९
\p
\v 1 येशू यरीहोमा प्रवेश गरेर त्यहाँबाट जाँदै हुनुहुन्थ्यो ।
\v 2 हेर, त्यहाँ जखायस नाउँ गरेका एक जना मानिस थिए । तिनी कर उठाउनेहरूका मुख्य र धनी मानिस थिए ।
\v 3 तिनले येशू को हुनुहुन्छ भनी हेर्न कोसिस गरिरहेका थिए, तर भीडको कारणले गर्दा हेर्न सकेनन्, किनकि तिनी होचा थिए ।
\v 4 त्यसैले तिनी मानिसहरूभन्दा अगाडि दौडे र उहाँलाई हेर्नको लागि नेभाराको रूखमा चढे, किनभने येशू त्यही बाटो भएर जान लाग्‍नुभएको थियो ।
\v 5 जब येशू त्यस ठाउँमा आइपुग्‍नुभयो, उहाँले मास्तिर हेरेर तिनलाई भन्‍नुभयो, “जखायस छिटो ओर्ली आऊ, किनकि आज मलाई तिम्रो घरमा बस्‍नु छ ।”
\v 6 त्यसैले तिनी हतार-हतार ओर्ली आए र उहाँलाई खुसीसाथ स्वागत गरे ।
\v 7 जब तिनीहरू सबैले यो देखे, तब तिनीहरूले यसो भन्दै गनगन गरे, “उनी पापी मानिसकहाँ बस्‍नको लागि गए ।”
\p
\v 8 जखायस खडा भएर प्रभुलाई भने, “हेर्नुहोस् प्रभु, म आफ्‍नो सम्पत्तिको आधा भाग गरिबहरूलाई दिन्छु, र यदि मैले ठगेर कसैबाट केही कुरा लिएको छु भने म त्यसको चार गुणा फिर्ता दिनेछु ।”
\p
\v 9 येशूले तिनलाई भन्‍नुभयो, “आज यस घरमा मुक्‍ति आएको छ, किनभने यिनी पनि अब्राहामका छोरा हुन् ।
\v 10 किनकि मानिसका पुत्र हराएकाहरूलाई खोज्‍न र बचाउनको लागि आएका हुन् ।”
\p
\v 11 तिनीहरूले यी कुरा सुन्दै गर्दा उहाँ निरन्तर बोल्‍नुभयो र एउटा द‍ृष्‍टान्त भन्‍नुभयो, किनभने उहाँ यरूशलेमको नजिक हुनुहुन्थ्यो, र तिनीहरूले परमेश्‍वरको राज्य तुरुन्तै देखा पर्न लागेको छ भन्‍ने सोचे ।
\v 12 त्यसकारण उहाँले भन्‍नुभयो, “एउटा खानदानी मानिस आफ्नो निम्ति राज्य प्राप्‍त गर्न र फर्कनलाई एउटा टाढा देशमा गए ।
\v 13 तिनले आफ्ना दस जना सेवकलाई बोलाए र तिनीहरूलाई दस सिक्‍का दिए र तिनीहरूलाई भने, ‘म फर्की नआउँदासम्म यसलाई व्यापारमा लगाओ ।’
\p
\v 14 तर तिनका नागरिकहरूले तिनलाई घृणा गर्थे र तिनीहरूले तिनका पछिपछि दूतहरूलाई यसो भन्दै पठाए, ‘यो मानिसलाई हामीमाथि शासन गर्न दिनेछैनौं ।’
\v 15 तब तिनीले राज्य प्राप्‍त गरेर फेरि फर्केर आएपछि तिनले सिक्‍का दिएका सेवकहरूलाई आफूकहाँ बोलाउन आदेेश दिए, ताकि तिनीहरूले व्यापारबाट कति नाफा कमाए भनेर तिनले जान्‍न सकून् ।
\p
\v 16 पहिलो सेवक तिनको अगाडि यसो भन्दै आयो, ‘मालिक, मैले तपाईंको सिक्‍काबाट अरू दस सिक्‍का कमाएको छु ।’
\p
\v 17 ती खानदानी मानिसले त्यसलाई भने, ‘स्याबास् असल सेवक । किनभने तँ अति सानो कुरामा विश्‍वासयोग्य भइस्, तैंले दसवटा सहरमाथि अधिकार पाउनेछस् ।’
\p
\v 18 दोस्रो सेवक यसो भन्दै आयो, ‘मालिक, तपाईंको सिक्‍काबाट मैले पाँच सिक्‍का कमाएको छु ।’
\p
\v 19 ती खानदानी मानिसले त्यस सेवकलाई भने, ‘तैंले पाँचवटा सहरमाथि अधिकार गर्नेछस् ।’
\p
\v 20 अर्को सेवक यसो भन्दै आयो, ‘मालिक हेर्नुहोस्, तपाईंको सिक्‍का यहाँ छ, जसलाई मैले सुरक्षितसाथ कपडाभित्र राखेको थिएँ ।
\v 21 किनकि म तपाईंसित डराएँ, किनभने तपाईं कठोर मानिस हुनुहुन्छ । तपाईंले जे राख्‍नुभएन त्यो लिनुहुन्छ, र जे छर्नुभएन त्यही कटनी गर्नुहुन्छ ।’
\p
\v 22 ती खानदानी मानिसले त्यसलाई भने, ‘ए दुष्‍ट सेवक, म तँलाई तेरो आफ्नै वचनले न्याय गर्नेछु । जहाँ राखिनँ त्यहाँबाट लिन खोज्‍ने र जहाँ छरिनँ त्यहाँबाट कटनी गर्न खोज्‍ने म कठोर मानिस हुँ भनी तँलाई थाहा थियो ।
\v 23 त्यसो भए तैंले मेरो सिक्‍का किन बैङ्कमा राखिनस्, ताकि म फर्की आउँदा ब्याजसहित मैले यो रकम पाउने थिएँ?'
\v 24 ती खानदानी मानिसले त्यहाँ उभिएकाहरूलाई भने, ‘योसँग भएको सिक्‍का खोस, र जससँग दस सिक्‍का छ त्यसलाई देओ ।’
\p
\v 25 तिनीहरूले तिनलाई भने, ‘मालिक त्यससँग त दस सिक्‍का छ ।’
\p
\v 26 ‘म तिमीहरूलाई भन्दछु, जससँग छ त्यसलाई अझ धेरै दिइनेछ, तर जससँग छैन त्यससँग भएको पनि खोसिनेछ ।
\v 27 तर मैले तिनीहरूमाथि शासन गरेको नचाहने मेरा ती शत्रुहरूलाई यहाँ ल्याओ र तिनीहरूलाई मेरो अगाडि मार ।'”
\p
\v 28 यी कुराहरू भनिसक्‍नुभएपछि उहाँ यरूशलेमतर्फ बढ्नुभयो ।
\v 29 बेथफागे र बेथानिया नजिक जैतून भनिने डाँडातिर पुग्‍नुभएपछि उहाँले आफ्ना दुई जना चेलालाई यसो भनेर पठाउनुभयो,
\v 30 “नजिकैको गाउँमा जाओ । त्यहाँ पस्दै गर्दा, तिमीहरूले कोही पनि नचढेको एउटा बछेडो भेट्टाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ ।
\v 31 यदि कसैले तिमीहरूलाई, ‘यसलाई किन फुकाउँदै छौ? भनेर सोध्छ भने यसो भन्‍नू, ‘प्रभुलाई यसको खाँचो छ ।'”
\v 32 पठाइएकाहरू गए र तिनीहरूले येशूले भन्‍नुभएजस्तै बछेडो पाए ।
\p
\v 33 तिनीहरूले बछेडालाई फुकाल्दै गर्दा त्यसका मालिकले तिनीहरूलाई भने, “तिमीहरूले यस बछेडालाई किन फुकाउँदै छौ?”
\p
\v 34 तिनीहरूले भने, “प्रभुलाई यसको खाँचो छ ।”
\v 35 तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए र तिनीहरूले त्यस बछेडामाथि आफ्ना कपडाहरू राखे र त्यसमाथि येशूलाई बसाले ।
\v 36 उहाँ जाँदै गर्नुहुँदा तिनीहरूले बाटोमा कपडा ओछ्याए ।
\p
\v 37 उहाँ जैतून डाँडाको ओरालो नजिकै आइपुग्‍नुहुँदा उहाँका चेलाहरूको सारा भीडले उहाँले गर्नुभएका शक्‍तिशाली कार्यहरू देखेको कारण आनन्दित हुँदै चर्को स्वरले परमेश्‍वरको प्रशंसा गर्न लागे ।
\v 38 तिनीहरूले यसो भन्‍न लागे, “परमप्रभुको नाउँमा आउने राजा धन्यका हुन्! स्वर्गमा शान्ति र सर्वोच्‍चमा महिमा!”
\p
\v 39 त्यो भीडमा भएका केही फरिसीहरूले उहाँलाई यसो भने, “गुरुज्यू, तपाईंका चेलाहरूलाई हप्काउनुहोस् ।”
\p
\v 40 येशूले जवाफ दिंदै भन्‍नुभयो, “म तिमीहरूलाई भन्दछु, तिनीहरू चूप लागे भने, यी ढुङ्गाहरू नै कराउनेछन् ।”
\p
\v 41 जब येशू सहरको नजिक आइपुग्‍नुभयो, उहाँ सहरलाई देखेर यसो भन्दै रुनुभयो,
\v 42 “यदि तैंले यो दिनमा तँलाई शान्ति दिने कुराहरूको बारेमा जानेको भए! तर अहिले ती तेरो नजरबाट लुकाइएका छन् ।
\v 43 किनकि तेरो लागि यस्ता दिनहरू आउनेछन्, जब तेरा शत्रुहरूले तेरो विरुद्धमा वरिपरि पर्खाल निर्माण गर्नेछन् र तँलाई घेर्नेछन् र चारैतिरबाट आक्रमण गर्नेछन् ।
\v 44 तिनीहरूले तँलाई र तँसँग भएका तेरा सन्तानलाई आक्रमण गरेर लडाउनेछन्; तिनीहरूले एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोड्नेछैनन्, किनभने परमेश्‍वरले तँलाई बचाउनका लागि गर्नुभएका प्रयत्‍नलाई तैंले बुझिनस् ।
\p
\v 45 येशू मन्दिरभित्र छिर्नुभयो र त्यहाँ व्यापार गरिरहेका मानिसहरूलाई यसो भन्दै खेद्नुभयो,
\v 46 “यसो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ, तर तिमीहरूले त यसलाई डाँकूहरूको अड्‍डा बनाएका छौ ।”
\p
\v 47 येशूले मन्दिरमा दिनहुँ शिक्षा दिंदैहुनुहुन्थ्यो । मुख्य पूजाहारीहरू, शास्‍‍त्रीहरू र मानिसहरूका अगुवाहरूले उहाँलाई मार्न चाहन्थे ।
\v 48 तर तिनीहरूले त्यसो गर्ने कुनै उपाय भेट्टाउन सकेनन्, किनभने सबै मानिसहरूले उहाँको वचन ध्यानसित सुनिरहेका थिए ।
\c 20
\cl अध्याय २०
\p
\v 1 त्यसैबेला एकदिन येशूले मन्दिरमा मानिसहरूलाई शिक्षा दिइरहनुहुँदा र सुसमाचार प्रचार गरिरहनुहुँदा मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरू, धर्म-गुरूहरूका साथमा येशूकहाँ आए ।
\v 2 यसो भन्दै तिनीहरूले उहाँसित कुरा गरे, “हामीलाई बताऊ, कुन अधिकारद्वारा तिमी यी कामहरू गर्छौ? अथवा कसले तिमीलाई यो अधिकार दियो?”
\p
\v 3 उहाँले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्छु, र तिमीहरूले मलाई बताओ ।
\v 4 यूहन्‍नाको बप्‍तिस्‍मा स्वर्गबाट थियो कि मानिसहरूबाट?”
\p
\v 5 अनि तिनीहरूले आपसमा यसो भन्दै बहस गरे, “यदि हामीले 'स्वर्गबाट' भन्यौं भने, ‘त्यसो भए तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ? भनेर तिनले भन्‍नेछन् ।
\p
\v 6 तर यदि हामीले 'मानिसहरूबाट' भन्यौं भने, सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्‍नेछन्, किनभने तिनीहरूले यूहन्‍नालाई अगमवक्‍ता भनी विश्‍वास गरेका छन् ।”
\v 7 यसकारण तिनीहरूले यसो भनेर उत्तर दिए, “त्यो कहाँबाट भयो भनी हामीलाई थाहा छैन ।”
\p
\v 8 येशूले तिनीहरूले भन्‍नुभयो, “म पनि तिमीहरूलाई मैले कुन अधिकारले यी कामहरू गर्छु भनी बताउँदिनँ ।”
\p
\v 9 उहाँले मानिसहरूलाई यो द‍ृष्‍टान्त भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाएर खेतालाहरूलाई जिम्मा दिएर आफू लामो समयको लागि अर्को देशमा गए ।
\v 10 तोकिएको समयमा तिनीहरूले आफ्नो हिस्साको फल दिऊन् भनी तिनले आफ्नो एक जना नोकरलाई ती खेतालाहरूकहाँ पठाए । तर ती खेतालाहरूले त्यसलाई पिटेर रित्तो हात पठाइदिए ।
\v 11 तिनले अझै अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि पिटेर बेइज्‍जत गरी रित्तै हात पठाए ।
\v 12 तिनले तेस्रो नोकरलाई पनि पठाए, तर तिनीहरूले त्यसलाई पनि घाइते बनाएर निकालिदिए ।
\v 13 त्यसकारण, दाखबारीका मालिकले भने, ‘अब म के गरूँ? म आफ्नो प्यारो छोरालाई पठाउनेछु सायद उसलाई त तिनीहरूले आदर गर्लान् कि ।’
\p
\v 14 तर खेतालाहरूले उसलाई देखेर आपसमा कुरा गरे, ‘यो त हकवाला हो । हामी यसलाई मारौं र सम्पत्तिको हक हाम्रो हुनेछ ।’
\v 15 अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे । अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्?
\v 16 तिनी आएर ती खेतालाहरूलाई मार्नेछन् र दाखाबरी अरूहरूलाई दिनेछन् ।” यो सुनेर तिनीहरूले भने, “यस्तो कहिल्यै नहोस्!”
\p
\v 17 तर येशूले तिनीहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “लेखिएको यो भनाइको अर्थ के हो? ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले इन्कार गरे त्यही नै कुने-ढुङ्गो बनेको छ ।’
\p
\v 18 त्यस ढुङ्गामाथि खस्‍ने हरेक चकनाचुर हुनेछ, तर जसमाथि त्यो खस्छ त्यो धूलोपिठो हुनेछ ।”
\p
\v 19 त्यसकारण, शास्‍‍त्रीहरू र मुख्य पूजाहारीहरूले त्यति नै बेला उहाँलाई पक्रन खोजे । किनकि तिनीहरूलाई थाहा भयो कि उहाँले यो द‍ृष्‍टान्त तिनीहरूकै विरुद्धमा भन्‍नुभएको थियो । तर तिनीहरू मानिसहरूसँग डराउँथे ।
\v 20 तिनीहरूले मौका हेर्न लागे र येशूले भन्‍नुभएको कुरामा केही गलत साबित भए उहाँलाई फसाएर अधिकारीहरूको हातमा सुम्पिदिने नियतले तिनीहरूले धर्मी भई टोपल्ने जासुसहरूलाई उहाँकहाँ पठाए ।
\v 21 तिनीहरूले उहाँलाई यसो भनेर सोधे, “गुरुज्यू, हामी जान्दछौं कि तपाईं ठिक बोल्नुहुन्छ र सिकाउनुहुन्छ र कसैको पक्षपात गर्नुहुन्‍न, तर तपाईंले परमेश्‍वरको मार्गको बारेमा भएको सत्यता सिकाउनुहुन्छ ।
\v 22 हामीले कैसरलाई कर तिर्नु उचित छ कि छैन?”
\p
\v 23 तर येशूले तिनीहरूको धूर्त्याइँलाई बुझेर तिनीहरूलाई भन्‍नुभयो,
\v 24 “मलाई एउटा सिक्‍का देखाओ, यसमा कसको चित्र र नाम खोपिएको छ?” तिनीहरूले भने, “कैसरको ।”
\p
\v 25 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “त्यसो भए जे कैसर को हो कैसरलाई देओ, र जे परमेश्‍वरको हो परमेश्‍वरलाई देओ ।”
\v 26 मानिसहरूको सामुन्‍ने तिनीहरूले उहाँले बोल्नुभएका कुरामा उहाँलाई फसाउन सकेनन् । तर उहाँको जवाफमा तिनीहरू छक्‍क परेर चूप रहे ।
\p
\v 27 त्यसपछि पुनरुत्थान हुँदैन भन्‍ने सदुकीहरूमध्ये कोही उहाँकहाँ आए,
\v 28 र उहाँलाई यसो भनेर सोधे, “गुरुज्यू, मोशाले हामीलाई लेखिदिएका थिए, कि कुनै मानिसको पत्‍नी भएका दाजु मर्‍यो भने र त्यो निस्सन्तान भएमा भाइचाहिंले दाजुको सन्तान खडा गर्नको लागि दाजुकी पत्‍नी लैजानुपर्छ ।
\v 29 सात भाइ थिए । जेठोले एउटी पत्‍नी ल्यायो र निस्सन्तान भई मर्‍यो
\v 30 अनि माहिलो पनि ।
\v 31 साहिंलोले पनि त्यसलाई विवाह गर्‍यो अनि त्यसरी नै ती सातै जना निस्सन्तान भई मरे ।
\v 32 पछिबाट त्यो स्‍‍त्री पनि मरी ।
\v 33 यसकारण पुनरुत्थान हुँदा त्यो स्‍‍त्री तिनीहरूमध्ये कसकी पत्‍नी हुनेछे? किनकि ती सातै जनाले त्यसलाई पत्‍नीको रूपमा लिएका थिए ।”
\p
\v 34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यस संसारका मानिसहरू विवाह गर्छन् र विवाह गरेर पठाइन्छन् ।
\v 35 तर त्यस युगमा मृतकबाट पुनरुत्थान प्राप्त गर्न योग्य ठहरिएकाहरूले न विवाह गर्दछन् न त विवाह गरेर पठाइन्छन् ।
\v 36 तिनीहरू फेरि मर्न सक्दैनन्, किनभने तिनीहरू स्वर्गदूतहरू समान हुन् र पुनरुत्‍थानका सन्तान भएकाले परमेश्‍वरका सन्तान हुन् ।
\v 37 तर मृतकहरू जीवित भई उठ्नेछन् भन्‍ने कुरा मोशाले पनि पोथ्राको विवरणमा परमप्रभुलाई अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर भनेर पुकार्दा देखाइदिए ।
\v 38 उहाँ मृतकहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ, किनकि सबै उहाँकै निम्ति जिउँछन् ।”
\p
\v 39 अनि शास्‍‍त्रीहरूमध्ये कुनै-कुनैले भने, “गुरुज्यू, तपाईंले सही जवाफ दिनुभयो ।”
\v 40 त्यसपछि तिनीहरू कसैले पनि उहाँलाई फेरि प्रश्‍न सोध्‍ने आँट गरेनन् ।
\p
\v 41 येशूले तिनीहरूलाई भन्‍नुभयो, “ख्रीष्‍ट दाऊदका पुत्र हुन् भनेर तिनीहरूले कसरी भन्दछन्?
\v 42 किनकि भजनको पुस्तकमा दाऊद आफैंले भन्दछन्, परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, ‘तिमी मेरो दाहिने हातपट्टि बस,
\v 43 जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ ।’
\p
\v 44 यसकारण दाऊदले ख्रीष्‍टलाई प्रभु भन्दछन् भने फेरि उनी कसरी दाऊदका पुत्र हुन्छन्?”
\p
\v 45 सबै मानिसहरूले सुन्‍ने गरी उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,
\v 46 “शास्‍त्रीहरूदेखि होसियार रहो जो लामा वस्‍त्रहरूमा सजिएर बजारमा अभिवादन गरिएको मन पराउँछन् अनि सभाघर र भोजहरूमा प्रमुख स्थान चाहन्छन् ।
\v 47 तिनीहरूले विधवाहरूको घर हडप्छन् र लामो-लामो प्रार्थना गरेर देखाउँछन् । तिनीहरूले नै अझै ठुलो दण्ड पाउनेछन् ।”
\c 21
\cl अध्याय २१
\p
\v 1 येशूले माथि हेर्नुहुँदा धनी मानिसहरूलाई दानपत्रमा तिनीहरूका भेटीहरू हालेकी देख्‍नुभयो ।
\v 2 उहाँले एक जना गरीब विधवाले दुई पैसा भेटी हालेकी देख्‍नुभयो ।
\v 3 यसैले उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिनीहरू सबैले भन्दा यस विधवाले बढी हालेकी छे ।
\v 4 यिनीहरू सबैले प्रशस्तताबाट भेटीहरू दिए, तर यस विधवाले आफ्नो दरिद्रताबाट आफू बाँच्‍नका लागि जे-जति थियो सबै दिई ।”
\p
\v 5 जसै कोही कोहीले दानहरू र सुन्दर-सुन्दर ढुङ्गाहरूले सजाइएको मन्दिरको बारेमा कुरा गर्न लागे, उहाँले भन्‍नुभयो,
\v 6 “जसरी यी सबै थोकहरू तिमीहरू देख्छौ, यस्ता दिनहरू आउनेछन् जुन बेला एकमाथि अर्को ढुङ्गा रहनेछैन, सबै भत्किनेछन् ।”
\p
\v 7 त्यसकारण तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, “गुरुज्यू, यी कुराहरू कहिले हुनेछन्? र यी कुराहरू हुन लाग्दा के-कस्ता चिन्‍हहरू हुनेछन्?”
\p
\v 8 येशूले जवाफ दिनुभयो, “होसियार रहो ताकि तिमीहरूलाई धोकामा नदिइयोस् । किनकि धेरै जना मेरो नाउँमा यसो भन्दै आउनेछन्, ‘म उही हुँ र समय नजिक आएको छ ।’ तिमीहरू तिनीहरूका पछि नजाओ ।
\v 9 जब तिमीहरूले लडाइँ र झैझगडाहरू सुन्‍नेछौ, तब भयभीत नहोओ, किनकि यी कुराहरू पहिले हुनैपर्छ, तर अन्त्य भने तुरुन्तै हुनेछैन ।”
\p
\v 10 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “ जाति जातिको विरुद्धमा र राज्य राज्यको विरुद्धमा उठ्नेछन् ।
\v 11 त्यहाँ धेरै भूकम्पहरू जानेछन्, र धेरै ठाउँमा अनिकाल र महामारी हुनेछन् । त्यहाँ डरलाग्दा घटनाहरू हुनेछन् र आकाशबाट ठुला-ठुला चिन्‍हहरू हुनेछन् ।
\v 12 तर यी सबै कुरा हुन अगाडि, तिनीहरूले तिमीहरूमाथि हात हाल्‍नेछन् र तिमीहरूलाई सताउनेछन्, सभाघरमा सुम्पिदिनेछन् र झ्यालखानामा हाल्नेछन्, तिमीहरूलाई मेरो नाउँको कारण राजाहरू र हाकिमहरूका अगाडि ल्याउनेछन् ।
\v 13 यसले तिमीहरूको गवाहीका लागि अवसरतिर डोर्‍याउनेछ ।
\v 14 त्यसकारण तिमीहरूले बचाउको लागि के भन्‍ने भनेर अगिबाटै हृदयमा नसोच ।
\v 15 किनकि म तिमीहरूलाई वचन र बुद्धि दिनेछु ताकि तिमीहरूका सबै विरोधीहरूले प्रतिरोध वा खण्डन गर्न सक्‍नेछैनन् ।
\v 16 तर तिमीहरूलाई तिमीहरूका आमा बुबा र दाजुभाइहरू, नातेदारहरू र साथीभाइहरूले सुम्पिदिनेछन् र तिनीहरूले तिमीहरूमध्ये कोहीलाई मृत्युका लागि सुम्पिनेछन् ।
\v 17 मेरो नाउँको कारण सबैबाट तिमीहरू घृणित हुनेछौे ।
\v 18 तर तिमीहरूको शिरको एउटै कपाल पनि नष्‍ट हुनेछैन ।
\v 19 तिमीहरूको सहनशीलतामा तिमीहरूले आफ्ना प्राण प्राप्‍त गर्नेछौ ।
\p
\v 20 जब तिमीहरूले यरूशलेमलाई सेनाले घेरेको देख्‍छौ, तब त्यसको विनाश नजिकै छ भनी जान ।
\v 21 तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्, र जो सहरभित्र छन् तिनीहरू त्यहाँबाट बाहिर भागून्, र बाहिर गाउँमा हुनेहरू सहरभित्र नपसून् ।
\v 22 किनकि यी बदला लिने दिनहरू हुन्, ताकि लेखिएका सबै कुराहरू पूरा हुनेछन् ।
\v 23 हाय! ती दिनमा गर्भवती र दूध चुसाउने स्‍‍त्रीहरू! किनकि त्यस देशमा ठुलो सङ्कष्‍ट आउनेछ, र यी मानिसहरूमाथि क्रोध आइपर्नेछ ।
\v 24 तिनीहरू तरवारले मारिनेछन् र सबै देशहरूमा तिनीहरू कैदी बनाएर लगिनेछन्, र गैरयहूदीहरूको समय पूरा नभएसम्म यरूशलेम गैरयहूदीहरूबाट कुल्चिइनेछ ।
\p
\v 25 सूर्य, चन्द्रमा र ताराहरूमा चिन्‍हहरू देखा पर्नेछन् । अनि समुद्रका गर्जनहरू र छालहरूका कारण पृथ्वीमा भएका जातिहरू चिन्तित र व्याकुल हुनेछन् ।
\v 26 संसारमा आइपर्न लागेका घटनाहरूका डर र आशङ्काले मानिसहरू मूर्छित हुनेछन्, किनकि आकाशका शक्‍तिहरू डग्मगाउनेछन् ।
\v 27 त्यसपछि तिनीहरूले मानिसका पुत्रलाई ठुलो शक्‍ति र महामहिमाका साथ बादलमा आउँदै गरेको देख्‍नेछन् ।
\v 28 तर जब यी कुरा हुन आउनेछन्, तब उठ र आफ्ना शिरहरू ठाडो पारेर हेर, किनभने तिमीहरूको उद्धार नजिकै आउँदैछ ।”
\p
\v 29 येशूले तिनीहरूलाई एउटा द‍ृष्‍टान्त भन्‍नुभयो, “नेभाराको रुखलाई हेर र सबै रुखहरूलाई पनि ।
\v 30 जब तिनीहरूले पालुवा फेरेको तिमीहरूले देख्छौ, तब गृष्म ऋतु नजिकै छ भनी तिमीहरू आफैंले थाहा पाउँछौ ।
\v 31 त्यसैगरी जब तिमीहरूले पनि यी थोकहरू भएको देख्‍छौ, परमेश्‍वरको राज्य नजिकै छ भन्‍ने कुरा तिमीहरूले थाहा पाउँछौ ।
\v 32 साँच्‍चै म तिमीहरूलाई भन्दछु, यी सब कुराहरू पुरा नभइन्जेलसम्म यो पुस्ता बितेर जानेछैन ।
\v 33 आकाश र पृथ्वी टलेर जानेछ, तर मेरा वचनहरू कहिल्यै टल्नेछैनन् ।
\p
\v 34 तर तिमीहरू आफ्‍नो विषयमा होसियार रहो, ताकि तिमीहरूको हृदय मतवालापन र उन्मत्तता र जिवनको चिन्ताले नभरियोस् । नत्रभने त्यो दिन तिमीहरूमाथि पासोझैं अचानक आइपर्ला ।
\v 35 किनकि यसरी नै सारा पृथ्वी भरि जिउने हरेकमाथि त्यो आइपर्नेछ ।
\v 36 तर हुन आउने सम्पूर्ण कुराहरूबाट उम्कन र मानिसका पुत्रका अगाडि खडा हुनलाई बलियो हुन प्रार्थना गर्दै हर समय सतर्क रहो ।”
\p
\v 37 दिउँसोको समयमा उहाँले मन्दिरमा सिकाउनुहुन्थ्यो, र साँझमा उहाँ बाहिर जानुहुन्थ्यो, र जैतुनको डाँडामा रात बिताउनुहुन्थ्यो ।
\v 38 सबै मानिसहरू उहाँका कुरा सुन्‍न बिहान सबेरै मन्दिरमा आउँथे ।
\c 22
\cl अध्याय २२
\p
\v 1 अखमिरी रोटीको चाड नजिक आइरहेको थियो, जसलाई निस्तार-चाड भनिन्छ ।
\v 2 मुख्य पुजारीहरू र शास्‍‍त्रीहरूले येशूलाई कसरी मार्ने भनी छलफल गरे, किनकि तिनीहरू मानिसहरूसँग डराएका थिए ।
\p
\v 3 बाह्र जनामध्ये एक यहूदा इस्करियोतमा शैतान पस्यो ।
\v 4 यहुदा मुख्य पूजाहारीहरू र कप्‍तानहरू कहाँ गयो र यशूलाई तिनीहरूकहाँ कसरी सुम्पन सकिन्छ भन्‍ने बारेमा तिनीहरूसँग छलफल गर्‍यो ।
\v 5 तिनीहरू खुसी भए र त्यसलाई पैसा दिन सहमत भए ।
\v 6 त्यो राजी भयो र त्यसले उहाँ भीडबाट टाढा हुनुहुँदा उहाँलाई तिनीहरूकहाँ सुम्पने उचित अवसर खोज्‍न लाग्यो ।
\p
\v 7 अखमिरी रोटीको चाडको दिन आयो जुन दिन निस्तार-चाडको थुमा बलिदान चढाउनै पर्थ्यो ।
\v 8 येशूले पत्रुस र यूहन्‍नालाई यसो भनेर पठाउनुभयो, “जाओ र हाम्रो निम्ति निस्तार-चाडको भोज तयार पार, ताकि हामीले खान सकौं ।”
\p
\v 9 तिनीहरूले उहाँलाई सोधे, “हामीले कहाँ तयार परेको तपाईं चाहनुहुन्छ?”
\p
\v 10 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “हेर, जब तिमीहरू सहरभित्र पस्तछौ, तिमीहरूले एउटा पानीको गाग्रो बोकिरहेको मानिस भेट्टाउनेछौ । त्यो जाने घरभित्र त्यसलाई तिमीहरूले पछ्याओ ।
\v 11 तब घरको मालिकलाई भन, 'गुरुले तपाईंलाई भन्‍नुहुन्छ, ‘पाहुना कोठा कहाँ छ, जहाँ मैले मेरा चेलाहरूसँग निस्तार-चाड खानेछु?''
\v 12 त्यसले तिमीहरूलाई एउटा सजाइएको माथिल्लो तलाको ठुलो कोठा देखाउनेछ । त्यहीं तयारी गर ।”
\v 13 त्यसैले तिनीहरू गए र उहाँले तिनीहरूलाई भनेझैं हरेक थोक भेट्टाए । तब तिनीहरूले निस्तार-चाडको भोज तयार पारे ।
\p
\v 14 जब समय आयो, उहाँ प्रेरितहरूसँगै बस्‍नुभयो ।
\v 15 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले कष्‍ट भोग्‍नअगि तिमीहरूसँग निस्तार-चाड खाने ठुलो इच्छा गरेको छु ।
\v 16 किनकि म तिमीहरूलाई भन्दछु, यो परमेश्‍वरको राज्यमा पूरा नभएसम्म मैले फेरि खानेछैनँ ।”
\v 17 तब येशूले कचौरा लिनुभयो, र धन्यवाद दिनुभएपछि उहाँले भन्‍नुभयो, “यो लेओ, र तिमीहरूका बीचमा बाँड ।
\v 18 किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्य नआएसम्म म फेरि अङ्गुरको फलको रस पिउनेछैनँ ।”
\v 19 तब उहाँले रोटी लिनुभयो, र धन्यवाद दिनुभएपछि उहाँले रोटी भाँच्‍नुभयो, र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “यो मेरो शरीर हो, जुन तिमीहरूका निम्ति दिइएको छ । मेरो सम्झनामा यो गर्ने गर ।”
\v 20 त्यसै गरी भोज खानुभएपछि उहाँले यसो भन्दै कचौरा लिनुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जुन तिमीहरूका निम्ति बगाइन्छ ।
\v 21 तर ध्यान देओ । मलाई धोका दिनेचाहिं मसँगै यही टेबुलमा छ ।
\v 22 किनकि मानिसका पुत्र त ठहरिए बमोजिम निश्‍चय नै जानुपर्छ । तर त्यो मानिसलाई धिक्‍कार होस् जसद्वारा उनलाई विश्‍वासघात गरिन्छ ।”
\p
\v 23 र तिनीहरूमध्ये यसो गर्ने को होला भनेर तिनीहरू आपसमा छलफल गर्न लागे ।
\p
\v 24 तब तिनीहरूमध्ये को सबैभन्दा ठुलो गनिने हो भन्‍नेबारे तिनीहरूबीच झगडा उब्जियो ।
\p
\v 25 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “गैरयहूदीहरूका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्, र तिनीहरूमाथि अधिकार हुनेहरूलाई उपकारी भनिन्छ ।
\v 26 तर तिमीहरूमा यस्तो हुनुहुँदैन । बरु, तिमीहरूमध्ये सबैभन्दा ठुलोचाहिं सबैभन्दा सानोजस्तो होस्, र जो सबैभन्दा महत्त्‍वपूर्ण छ, त्यो सेवा गर्नेजस्तो होस् ।
\v 27 किनकि कुनचाहिं ठुलो हो? टेबुलमा खान बस्‍ने, कि सेवा गर्ने? के टेबलमा खान बस्‍ने होइन र? तर म त तिमीहरूका बीचमा एक सेवा गर्नेजस्तै छु ।
\p
\v 28 तर मेरो परीक्षामा निरन्तर मसँग रहने तिमीहरू नै हौ ।
\v 29 जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभएको छ, म तिमीहरूलाई एउटा राज्य दिन्छु,
\v 30 ताकि मेरो राज्यमा तिमीहरूले मसँगै मेरो टेबुलमा खान र पिउन सक्‍नेछौ । र इस्राएलका बाह्रै कुलको न्याय गरेर सिंहासनमा बस्‍नेछौ ।
\p
\v 31 सिमोन, हे सिमोन, होसियार होऊ, शैतानले तिमीलाई गहुँलाई जस्तै निफन्‍ने अनुमति माग्यो ।
\v 32 तर मैले तिम्रो निम्ति प्रार्थना गरेको छु, ताकि तिम्रो विश्‍वास नचुकोस् । तिमी फेरि फर्केपछि तिम्रा भाइहरूलाई बलियो बनाऊ ।
\p
\v 33 पत्रुसले उहाँलाई भने, “प्रभु, म तपाईंसँग झ्यालखाना र मृत्युसम्म पनि जान तयार छु ।”
\p
\v 34 येशूले जवाफ दिनुभयो, “पत्रुस, म तिमीलाई भन्दछु, तिमीले मलाई चिन्दिनँ भनेर तीन पटक इन्कार नगरेसम्म, आज भाले बास्‍नेछैन ।”
\p
\v 35 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब मैले तिमीहरूलाई पैसाको थैलो, खानेकुराको झोला, वा जुत्ताहरूबिना पठाउँदा, के तिमीहरूलाई केही कुराको खाँचो पर्‍यो र?” र तिनीहरूले जवाफ दिए, “खाँचो परेन ।”
\p
\v 36 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर अहिले जोसँग पैसाको थैलो छ, त्यसले त्यो बोकोस् र खानेकुराको झोला पनि । जससँग तरवार छैन, त्यसले आफ्नो ओढ्ने बेचेर एउटा किनोस् ।
\v 37 किनकि म तिमीहरूलाई भन्दछु, मेरो बारेमा जे लेखिएको छ त्यो पूरा हुनेछ, ‘उनी अपराधीहरूसित गनिए ।' किनकि मेरो बारेमा जे अगमवाणी गरिएको छ त्यो पूरा भइरहेको छ ।”
\p
\v 38 तब तिनीहरूले भने, “प्रभु, हेर्नुहोस! यहाँ दुईवटा तरवार छन् ।” र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो पर्याप्‍त छ ।”
\p
\v 39 सधैंझैं येशू जैतूनको डाँडातिर जानुभयो, र चेलाहरूले उहाँलाई पछ्याए ।
\v 40 उहाँहरू पुग्‍नुभएपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “प्रार्थना गर ताकि तिमीहरू परीक्षामा नपरोस् ।”
\v 41 उहाँ तिनीहरूबाट टाढा ढुङगा फ्याक्‍न सकिने दूरीमा जानुभयो, र उहाँले घुँडा टेकी यसो भनेर प्रार्थना गर्नुभयो,
\v 42 “हे पिता, यदि तपाईं चाहनुहुन्छ भने, यो कचौरा मबाट हटाइदिनुहोस् । तथापि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस् ।”
\v 43 तब स्वर्गबाट एउटा स्वर्गदूत उहाँकहाँ देखा परे र उहाँलाई बलियो बनाए ।
\v 44 पीडामा परेर पनि उहाँले अझ जोसिलो प्रकारले प्रार्थना गर्नुभयो, अनि उहाँका पसिना रगतको ठुला-ठुला थोपाजस्तै भूइँमा खसिरहेका थिए ।
\v 45 उहाँ प्रार्थना गरी उठेर चेलाहरूकहाँ आउनुभयो, र तिनीहरूलाई आफ्ना दुःखको कारणले गर्दा निदाइरहेका भेट्टाउनुभयो,
\v 46 र उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “किन तिमीहरू निदाइरहेका छौ? उठ र प्रार्थना गर, ताकि तिमीहरू परीक्षामा नपरोस् ।”
\p
\v 47 हेर, उहाँ बोलिरहनुहुँदा, बाह्र जनामध्ये एक अर्थात् यहूदाको अगुवाइमा एउटा भीड देखा पर्‍यो । त्यो येशूलाई चुम्बन गर्न उहाँको नजिक आयो,
\v 48 तर येशूले त्यसलाई भन्‍नुभयो, “यहूदा, के तिमीले मानिसका पुत्रलाई एउटा चुम्बनले विश्‍वासघात गर्छौ?”
\p
\v 49 जब येशूको वरिपरि भएकाहरूले जे भइरहेको थियो, त्यो देखे, तिनीहरूले भने, “प्रभु, के हामीले तरवारले प्रहर गर्नुपर्छ? ”
\v 50 तिनीहरूमध्ये एक जनाले प्रधान पूजाहारीको नोकरलाई प्रहार गरे, र त्यसको दाहिने कान काटिदिए ।
\p
\v 51 येशूले भन्‍नुभयो, “भयो! यति नै हुनदेऊ ।” र उहाँले त्यसको कान छुनुभयो, र त्यसलाई निको पार्नुभयो ।
\v 52 येशूले उहाँ विरुद्ध आएका मुख्य पूजाहारीहरू, मन्दिरका कप्‍तानहरू र धर्म-गुरुहरूलाई भन्‍नुभयो, “के तपाईंहरू एउटा लुटेराको विरुद्धमा जस्तै तरवारहरू र लाठीहरू लिएर आउनुहुन्छ?
\v 53 म तपाईंहरूसँगै मन्दिरमा दिनहुँ हुँदा तपाईंहरूले ममाथि हात हाल्‍नुभएन । तर यो तपाईंहरूको समय र अन्धकारको अधिकारको समय हो ।”
\p
\v 54 तिनीहरूले उहाँलाई गिरफ्तार गरेर प्रधान पूजाहारीको घरभित्र ल्याए । तर पत्रुसले टाढैबाट उहाँलाई पछ्याए ।
\v 55 तिनीहरूले आँगनको बीचमा आगो बालेर सँगै बसेपछि पत्रुस पनि तिनीहरूसँगै बसे ।
\v 56 पत्रुस आगोको उज्यालोमा बस्दा एउटी नोकर्नीले तिनलाई सोझै हेरेर भनी, “यी मानिस पनि उनीसँगै थिए ।”
\p
\v 57 तर पत्रुसले यसो भनेर इन्कार गरे, “नारी, म उहाँलाई चिन्दिनँ ।”
\p
\v 58 केही बेरपछि अरू कसैले तिनलाई देखेर भन्यो, “तिमी पनि तिनीहरूमध्ये एक हौ ।” तर पत्रुसले भने, “हे मानिस, म होइनँ ।”
\p
\v 59 लगभग एक घण्टापछि अर्को मानिसले जोड दिंदै भन्‍यो, “साँच्‍चै यी मानिस पनि उनीसँगै थिए, किनभने यिनी पनि एक गालीलबासी हुन् ।”
\p
\v 60 तर पत्रुसले भने, “हे मानिस, तिमीले के भनिरहेछौ, म जान्दिनँ ।” र तिनले बोल्दै गर्दा तुरुन्तै भाले बास्यो ।
\p
\v 61 प्रभुले पत्रुसतिर फर्केर हेर्नुभयो, र उहाँले तिनलाई “आज भाले बास्‍नअगि तिमीले मलाई तीन पटक इन्कार गर्नेछौ ।” भनेर भन्‍नुभएको प्रभुको वचन पत्रुसले सम्झे,
\v 62 पत्रुस बाहिर गएर धुरुधुरु रोए ।
\p
\v 63 तब येशूलाई पहरा दिने मानिसहरूले उहाँलाई गिज्याए र कुटे ।
\v 64 उहाँका आँखामा पट्टी बाँधेर, तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, “अगमवाणी गर्! तँलाई कुट्ने को हो?”
\v 65 येशूको विरुद्धमा तिनीहरूले अरू धेरै कुराहरू बोले र उहाँलाई ईश्‍वर-निन्दाको दोष लगाए ।
\p
\v 66 बिहान हुनेबित्तिकै दुवै मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरू अर्थात् मानिसहरूका धर्म-गुरुहरू एकसाथ भेला भए । तिनीहरूले उहाँलाई परिषद्‍मा लगे र
\v 67 भने, “यदि तँ ख्रीष्‍ट होस् भने हामीलाई भन् ।” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि मैले तपाईंहरूलाई भने पनि तपाईंहरूले विश्‍वास गर्नुहुनेछैन,
\v 68 र मैले तपाईंहरूलाई सोधें भने, तपाईंहरूले जवाफ दिनुहुनेछैन ।
\v 69 तर अहिलेबाट मानिसका पुत्र परमेश्‍वरको शक्‍तिको दाहिने हातपट्टि विराजमान हुनेछन् ।”
\p
\v 70 तिनीहरू सबैले भने, “त्यसो भए, के तँ परमेश्‍वरका पुत्र होस्?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “तपाईंहरू नै भन्‍नुहुन्छ कि म हुँ ।”
\v 71 तिनीहरूले भने, “हामीलाई किन अझै साक्षीको आवश्यक पर्छ र? किनकि हामी आफैंले त्यसको आफ्नै मुखबाट सुनेका छौं ।”
\c 23
\cl अध्याय २३
\p
\v 1 तिनीहरूका सबै दल उठे, र येशूलाई पिलातसका सामु ल्याए ।
\v 2 तिनीहरूले उहाँलाई यसो भन्दै दोष लगाउन सुरु गरे, “हामीले यस मानिसलाई हाम्रो जातिलाई भाँड्दै गरेको, कैसरलाई कर तिर्न मनाही गरेको र ऊ आफैंलाई ख्रीष्‍ट राजा भन्दै गरेको भेट्टायौं ।”
\p
\v 3 पिलातसले उहाँलाई यसो भन्दै सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले तिनलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “तपाईं नै त्यसो भन्‍नुहुन्छ ।”
\p
\v 4 पिलातसले मुख्य पूजाहारीहरू र भीडलाई भने, “यी मानिसमा म कुनै पनि दोष भेट्टाउँदिनँ ।”
\p
\v 5 तर तिनीहरूले जोड दिंदै यसो भनिरहेका थिए, “यसले गालीलबाट सुरु गरेर सारा यहूदाभरि यस ठाँउसम्म शिक्षा दिंदै मानिसहरूलाई भड्काउँछ ।”
\p
\v 6 त्यसकारण जब पिलातसले यो सुने, तब तिनले यो मानिस गालीली हुन् कि होइनन् भनी सोधे ।
\v 7 जब तिनले उहाँ त हेरोदको अधिकारमुनि हुनुहुन्छ भन्‍ने थाहा पाए, तिनले येशूलाई हेरोदकहाँ पठाए जो ती दिनहरूमा यरूशलेममा नै थिए ।
\v 8 जब हेरोदले येशूलाई देखे, तिनी धेरै खुसी भए, किनकि तिनले उहाँलाई धेरै अगाडिदेखि हेर्ने इच्छा गरेका थिए । तिनले उहाँको बारेमा सुनेका थिए र उहाँद्वारा केही आश्‍चर्यकर्महरू गरिएको हेर्न चाहन्थे ।
\v 9 हेरोदले येशूलाई धेरै शब्दहरूमा प्रश्‍न गरे, तर येशूले तिनलाई कुनै पनि जवाफ दिनुभएन ।
\v 10 मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरूले येशूलाई आक्रोशित हुँदै दोष लगाउँदै खडा भए ।
\v 11 हेरोदले आफ्ना सिपाहीहरूसँग मिली उहाँको अपमान गरे र उहाँलाई गिल्ला गरे अनि असल पोशाक पहिर्‍याएर येशूलाई पिलातसकहाँ फर्काइदिए ।
\v 12 किनभने हेरोद र पिलातस त्यसै दिनदेखि एक-अर्काका साथी भएका थिए, किनकि त्यस अगि तिनीहरू एक-अर्काका शत्रु थिए ।
\p
\v 13 तब पिलातसले मुख्य पूजाहारीहरू र शासकहरू र मानिसहरूका भीडलाई एकसाथ हुनलाई बोलाए,
\v 14 र तिनीहरूलाई भने, “मानिसहरूलाई खराब काम गर्न अगुवाइ गर्ने मानिसको रूपमा तिमीहरूले यी मानिसलाई मकहाँ ल्यायौ, र हेर, तिमीहरूकै सामुन्‍ने यी मानिसलाई मैले प्रश्‍न गर्दा, तिमीहरूले लगाएको आरोपको दोष मैले यी मानिसमा भेट्टाइनँ ।”
\v 15 हेरोदले पनि दोषी भेट्टाएनन्, किनकि तिनले यिनलाई हामीकहाँ फिर्ता पठाए र हेर, यिनले मृत्युदण्ड पाउने योग्य कुनै काम गरेका छैनन् ।
\v 16 यसकारण म यिनलाई सजाय दिनेछु र छोडिदिनेछु ।”
\v 17 \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा लूका २३ः१७ छैन । \fqa अब चाडको समयमा पिलातसले यहूदीका निम्ति एक जना कैदीलाई छोडिदिनुपर्थ्यो । \fqa* \f*
\p
\v 18 तर तिनीहरू सबै यसो भन्दै एकसाथ कराए “यस मानिसलाई हाम्रा बीचबाट हटाउनुहोस् र हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस् ।”
\v 19 बारब्बा सहरमा भएको कुनै विद्रोह र हत्याको कारण झ्यालखानमा राखिएको एक मानिस थिए ।
\v 20 येशूलाई छोड्ने इच्छा गरी फेरि पिलातसले तिनीहरूलाई सम्बोधन गरे ।
\p
\v 21 तर तिनीहरू यसो भन्दै चिच्‍च्‍याए, “त्यसलाई क्रूसमा झुन्ड्याउनुहोस्, त्यसलाई क्रूसमा झुन्ड्याउनुहोस् ।”
\v 22 तिनले तेस्रो पटक तिनीहरूलाई भने, “किन? यो मानिसले के दुष्‍ट काम गरेको छ र? मैले यिनमा मृत्युदण्ड दिने कुनै दोष पाइनँ । यसकारण म यिनलाई सजाय दिएर छोडिदिनेछु ।”
\v 23 तर तिनीहरूले येशूलाई क्रुसमा टाँग्‍ने माग गर्दै उच्‍च स्वरमा जिद्दी गरे । र तिनीहरूका आवाजले पिलातसलाई राजी गरायो ।
\v 24 त्यसकारण पिलातसले तिनीहरूका माग पूरा गरिदिने निर्णय गरे ।
\v 25 त्यसैले तिनीहरूले माग गरेअनुसार सहरमा आतङ्क र हत्याको कारण झ्यालखानामा राखिएकोलाई तिनले छोडिदिए, तर येशूलाई तिनीहरूको इच्छामा तिनले सुम्पिदिए ।
\p
\v 26 तिनीहरूले उहाँलाई लजाँदै गर्दा गाउँबाट आउँदै गरेको कुरेनीका सिमोनलाई समातेर तिनीहरूले त्यसलाई येशूलाई पछ्याउदै क्रूस बोक्‍न लगाए ।
\v 27 मानिसहरूको एउटा ठुलो भीड र उहाँका लागि विलाप गर्ने र दुःखित हुने स्‍‍त्रीहरूले पनि उहाँलाई पछ्याइरहेका थिए ।
\v 28 तर तिनीहरूतिर फर्केर येशूले भन्‍नुभयो, “यरूशलेमका छोरीहरू हो, मेरो लागि नरोओ, तर आफ्नै निम्ति र आफ्ना छोराछोरीहरूका निम्ति रोओ ।
\v 29 किनभने हेर, दिनहरू आउँदैछन् जसमा तिनीहरूले भन्‍नेछन्, ‘बाँझीहरू र गर्भधारण नगर्ने कोखहरू, दूध नचुसाउने स्तनहरू धन्यका हुन् ।’
\v 30 त्यसपछि तिनीहरूले पहाडहरूलाई भन्‍न थाल्नेछन्, ‘हामीमाथि खस्, र डाँडाहरूलाई भन्‍नेछन्, ‘हामीलाई छोप् ।’
\v 31 किनकि यदि रुख हरियो हुँदै तिनीहरूले यस्ता कुराहरू गर्छन् भने, सुख्खा हुँदा के गर्लान्?”
\p
\v 32 उहाँसँगै अरू दुई जना अपराधीलाई पनि मृत्युदण्ड दिनलाई लगिएका थिए ।
\v 33 जब तिनीहरू खप्परे भन्‍ने ठाँउमा आए, त्यहाँ तिनीहरूले उहाँलाई र ती अपराधीहरूमध्ये एउटालाई उहाँको दायाँतर्फ र अर्कालाई उहाँको बायाँतर्फ क्रूसमा टाँगे ।
\v 34 येशूले भन्‍नुभयो, “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनभने तिनीहरूले के गर्दैछन् सो जान्दैनन् ।” र तिनीहरूले उहाँका वस्‍‍त्रहरू भाग गरेर चिट्ठा हाले ।
\v 35 मानिसहरूले उभिएर हेरिरहेका थिए, जहाँ शासकहरूले पनि उहाँलाई यसो भन्दै गिल्ला गरिगहेका थिए, “यसले अरूलाई त बचायो । यदि यो परमेश्‍वरका ख्रीष्‍ट, चुनिएका जन हो भने, आफैंलाई बचाओस् ।”
\p
\v 36 अनि सिपाहीहरूले पनि नजिक आएर उहाँलाई सिर्का दिँदै यसो भन्दै गिल्ला गरे,
\v 37 “यदि तँ यहूदीहरूका राजा होस् भने, आफैंलाई बचा ।”
\v 38 “यो यहूदीहरूको राजा हो" भन्‍ने एउटा चिन्‍ह पनि उहाँको माथि थियो ।
\p
\v 39 क्रूसमा टाँगिएका अपराधीहरूमध्ये एक जनाले यसो भन्‍दै उहाँको गिल्ला गर्‍यो, “के तिमी ख्रीष्‍ट होइनौ? आफैंलाई र हामीलाई बचाऊ ।”
\p
\v 40 तर अर्कोले त्यसलाई हप्काउँदै जवाफ दियो, “के तँ परमेश्‍वरको डर मान्दैनस्, किनकि तैंले पनि उही दण्ड भोगिरहेको छस्?
\v 41 हामी वास्तवमा यहाँ न्यायोचित रूपले छौं, किनकि यहामीले हाम्रो कामको उचित परिणाम पाइरहेका छौं । तर यी मानिसले त कुनै गल्ती काम गरेका छैनन् ।”
\v 42 र त्यसले भन्‍यो, “येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा, मलाई सम्झनुहोस् ।”
\p
\v 43 येशूले त्यसलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्दछु, आजै तिमी मसँगै स्वर्गलोकमा हुनेछौ ।”
\p
\v 44 यो छैठौं घडीको बेला थियो, र नवौं घडीसम्म सारा देशभरि अन्धकारले ढाक्यो ।
\v 45 सूर्यले प्रकाश दिन छोड्‍यो । त्यसपछि मन्दिरको पर्दा बीचबाट च्यातियो ।
\v 46 येशूले उच्‍च स्वरमा कराएर भन्‍नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु । यसो भनेर उहाँले प्राण त्याग्‍नुभयो ।”
\p
\v 47 जब कप्‍तानले यो भएको देखे, तिनले यसो भन्दै परमेश्‍वरको महिमा गरे, “निश्‍चय नै यिनी एक धार्मिक मानिस थिए ।”
\v 48 यो द‍ृश्‍य हेर्न आएका सबै भीडले त्यहाँ भएका घटनाहरू देखेपछि तिनीहरू आफ्नो छाती पिट्दै फर्के ।
\v 49 तर उहाँलाई चिन्‍ने सबै मानिसहरू र गालीलबाट उहाँलाई पछ्याउने स्‍‍त्रीहरू टाढै उभिएर यी कुराहरू हेरिरहेका थिए ।
\p
\v 50 हेर, त्यहाँ एक जना योसेफ नाउँ गरेका मानिस थिए, जो परिषद्का एक सदस्य थिए । तिनी एक असल र धार्मिक मानिस थिए ।
\v 51 तिनी परिषद्का निर्णय र तिनीहरूका क्रियाकलापसँग सहमत थिएनन् । तिनी यहूदियाको अरिमाथिया सहरबाटका थिए, जसले परमेश्‍वरको राज्यको प्रतिक्षा गरिरहेका थिए ।
\v 52 यी मानिसले पिलातसकहाँ गएर येशूको शरीर मागे ।
\v 53 तिनले त्यो तल झारे र सफा मलमलको कपडामा बेह्रेर चट्टानमा कपेर बनाइएको चिहानमा राखे, जहाँ कहिल्यै कसैलाई राखिएको थिएन ।
\v 54 यो तयारीको दिन थियो, र विश्रामको दिन सुरु हुनै लागेको थियो ।
\v 55 गालीलदेखि येशूको साथमा आएका स्‍‍त्रीहरूले पछ्याउँदै आएका स्‍‍त्रीहरूले पछ्याए र त्यो चिहान हेरे र उहाँको शरीर कसरी राखिएको थियो, त्यो देखे ।
\v 56 तिनीहरू फर्के र सुगन्धित द्रव्य र अत्तरहरू तयार पारे । त्यसपछि आज्ञाअनुसार विश्रामको दिनमा तिनीहरूले विश्राम गरे ।
\c 24
\cl अध्याय २४
\p
\v 1 हप्‍ताको पहिलो दिन सबेरै आफूले तयार गरेको सुगन्धित मसला लिएर तिनीहरू चिहानमा आए ।
\v 2 तिनीहरूले चिहानबाट ढुङ्गा हटाइएको भेट्टाए ।
\v 3 तिनीहरू भित्र पसे, तर प्रभु येशूको शरीरलाई भेट्टाएनन् ।
\v 4 जब तिनीहरू यस विषयमा अन्योलमा परिरहेका थिए, तुरुन्तै चम्किलो वस्‍‍त्र लगाएका दुई जना मानिस तिनीहरूको छेउमा उभिए ।
\v 5 ती स्‍‍त्रीहरू डरले भरिएर आफ्नो अनुहार भुइँतिर निहुराइरहेका थिए, तिनीहरूले स्‍‍त्रीहरूलाई भने, “किन तिमीहरू जीवितलाई मृतकहरूका बीचमा खोज्छौ?
\v 6 उहाँ यहाँ हुनुहुन्‍न, तर जीवित हुनुभएको छ! उहाँ गालीलमा नै हुनुहुँदा तिमीहरूलाई यसो भन्‍नुभएको सम्झ,
\v 7 मानिसका पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु, र क्रूसमा टाँगिनु, र तेस्रो दिनमा फेरि जीवित हुन आवश्यक छ ।”
\v 8 तब ती स्‍‍त्रीहरूले उहाँका वचनलाई सम्झे
\v 9 र चिहानबाट फर्के, र ती सबै कुराहरू एघार जना र बाँकी सबैलाई बताइदिए ।
\v 10 अब मरियम मग्दलिनी, योअन्‍ना, याकूबकी आमा मरियम र तिनीहरूसँग भएका अरू स्‍‍त्रीहरूले प्रेरितहरूलाई ती सबै कुराहरूको जानकारी गराए ।
\v 11 तर यो सन्‍देश प्रेरितहरूलाई बेकारको कुराजस्तो लाग्यो, र तिनीहरूले ती स्‍‍त्रीहरूलाई विश्‍वास गरेनन् ।
\v 12 यद्यपि पत्रुस उठे, र चिहानतिर दौडेर गए, र निहुरेर भित्र हेर्दा सूती कपडाको पट्टीलाई देखे । तब पत्रुस जे भएको थियो त्यसमा अचम्म मान्दै आफ्नो घर तर्फलागे ।
\p
\v 13 हेर, तिनीहरूमध्ये दुई जना त्यही दिन इम्माउस नाउँ भएको गाउँतिर गइराखेका थिए, जुन यरूशलेमबाट साठी स्टेडिया टाढा थियो ।
\v 14 जे भएको थियो, ती सबै कुराको विषयमा तिनीहरूले एक-अर्कामा छलफल गरे ।
\v 15 तिनीहरू छलफल र एकसाथ प्रश्‍न गरिरहेका बेलामा येशू आफैं तिनीहरूको नजिक आउनुभयो र तिनीहरूसँगै जानुभयो ।
\v 16 तर तिनीहरूका आँखा उहाँलाई नचिन्‍ने बनाइएका थिए ।
\v 17 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू दुवै जना हिंड्दै गर्दा के को विषयमा कुरा गरिरहेछौ?” उदास भएर तिनीहरू त्यहाँ उभिए ।
\p
\v 18 तिनीहरूमध्ये क्लेओपास नाउँ गरेका एक जनाले उहाँलाई जवाफ दिए, ”यी दिनहरूमा यरूशलेममा भएका कुराहरू थाहा नपाउने व्यक्‍ति के तपाईं मात्रै एक हुनुहुन्छ?”
\p
\v 19 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के कुराहरू?” तिनीहरूले उहाँलाई जवाफ दिए, “येशू नासरीसँग सम्बन्धित कुराहरू, जो एक अगमवक्‍ता हुनुहुन्थ्यो, परमेश्‍वर र सबै मानिसहरूको अगाडि काम र वचनमा शक्‍तिशाली हुनुहुन्थ्यो,
\v 20 र कसरी मुख्य पूजाहारीहरू र हाम्रा शासकहरूले उहाँलाई दोष लगाएर मृत्युदण्ड दिए र उहाँलाई क्रूसमा टाँगे ।
\v 21 तर इस्राएललाई उद्धार गर्न गइरहेको एक जना उहाँ ने हुनुहुन्थ्यो भनी हामीले आशा राखेका थियौं । यी सबै कुराबाहेक, यी सबै कुरा हुन आएको आज तेस्रो दिन भइसक्यो ।
\v 22 तरै पनि, बिहान सबेरै उहाँको चिहानमा गएर, हाम्रो समूहका केही स्‍‍त्रीहरूले हामीलाई आश्‍चर्यचकित पारे, ।
\v 23 तिनीहरूले उहाँको शरीरलाई नभेट्टाउँदा, तिनीहरू यसो भन्दै आए कि, तिनीहरूले स्वर्गदूतहरूको दर्शन पनि पाए, जसले उहाँ जीवित हुनुहुन्‍थ्यो भने ।
\v 24 हामीसँग भएका केही मानिसहरू चिहानमा गए, र थाहा पाए कि स्‍‍त्रीहरूले भनेजस्तै भएको थियो । तर तिनीहरूले उहाँलाई देखेनन् ।”
\p
\v 25 येशूले तिनीहरूलाई भन्‍नुभयो, “हे मूर्ख मानिसहरू र अगमवक्‍ताहरूले भनेका सबै कुराहरूमा विश्‍वास गर्न सुस्त हृदय भएकाहरू हो!
\v 26 के ख्रीष्‍टले यी कुराहरू भोग्‍न र आफ्नो महिमामा प्रवेश गर्न आवश्यक थिएन र?”
\v 27 तब मोशादेखि लिएर सबै अगमवक्‍ताहरूद्वारा सबै धर्मशास्‍‍त्रमा आफ्नो विषयमा भनिएका कुराहरू येशूले तिनीहरूलाई व्याख्या गरिदिनुभयो ।
\p
\v 28 तिनीहरू जुन गाउँतिर गइरहेका थिए, तिनीहरू त्यसको नजिकै पुग्दा येशूले अझै पर जानेजस्तै गर्नुभयो ।
\v 29 तर तिनीहरूले उहाँलाई यसो भन्दै कर गरे, “हामीसँगै बस्‍नुहोस्, किनकि साँझ पर्न लाग्यो र लगभग दिन बितिसक्यो ।” त्यसैले येशू तिनीहरूसँगै बस्‍न भित्र जानुभयो ।
\v 30 जब उहाँ तिनीहरूसँग खान बस्‍नुभयो, तब उहाँले रोटी लिनुभयो, आशिष्‌‌ दिनुभयो र त्यसलाई भाँचेर तिनीहरूलाई दिनुभयो ।
\v 31 तब तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने, र उहाँ तिनीहरूका द‍ृष्‍टिबाट हराउनुभयो ।
\v 32 तिनीहरूले एक अर्कालाई भने, "उहाँ हामीसँग बाटोमा बोल्नुहुँदा, उहाँले हामीलाई धर्मशास्‍‍त्रको अर्थ खोलिदिनुहुँदा के हाम्रो हृदय प्रज्वलित भइरहेको थिएन र?"
\v 33 त्यसै घडी तिनीहरू उठे, र यरूशलेममा फर्के । तिनीहरूले एघार जना र उनीहरूसँग भएकाहरूलाई जम्मा भएर यसो भनिरहेका भेट्टाए,
\v 34 “साँच्‍चै प्रभु जीवित हुनुभएको रहेछ, र सिमोनकहाँ देखा पर्नुभएको रहेछ ।”
\v 35 त्यसकारण बाटोमा भएका कुराहरू तिनीहरूले बताए र येशूले रोटी भाँच्‍ने बेलामा आफूलाई तिनीहरूकहाँ कसरी प्रकट गर्नुभयो, सो पनि बताए ।
\p
\v 36 जसै तिनीहरूले ती कुराहरू भन्दै थिए, येशू आफैं तिनीहरूका बीचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस् ।”
\v 37 तर तिनीहरू भयभीत भए र डरले भरिए, र तिनीहरूले एउटा आत्मा देखे भनी ठाने ।
\v 38 येशूले तिनीहरूलाई भन्‍नुभयो, “किन तिमीहरू दुःखित हुन्छौ? किन तिमीहरूका हृदयमा प्रश्‍नहरू उठ्छन्?
\v 39 मेरा हात र खुट्टा हेर, यो म आफैं हुँ । मलाई छोएर हेर । किनकि आत्माको मासु र हड्डी हुँदैन, जसरी तिमीहरूले ममा भएको देखेका छौ ।”
\v 40 जब उहाँले यो भनी सक्‍नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हात र खुट्टा देखाउनुभयो ।
\v 41 तर तिनीहरू खुसीले पत्यार गर्न नसकी अचम्मित भइरहेकै बेला येशूले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसँग केही खानेकुरा छ?”
\v 42 तिनीहरूले उहाँलाई पकाएको माछाको एक टुक्रा दिए,
\v 43 र उहाँले त्यो लिनुभयो, र तिनीहरूकै सामु खानुभयो ।
\p
\v 44 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब म तिमीहरूसँग थिएँ, मैले तिमीहरूलाई भनेको थिएँ कि मोशाको व्यवस्था, अगमवक्‍ताहरूको पुस्तक र भजनसङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू पूरा हुनैपर्छ ।”
\v 45 तब तिनीहरूले धर्मशास्‍‍त्र बुझ्‍न सकून् भनेर उहाँले तिनीहरूको विवेक खोली दिनुभयो ।
\v 46 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसो लेखिएको छ, ख्रीष्‍टले कष्‍ट भोग्‍नुपर्छ, र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नुपर्छ ।
\v 47 यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्‍चात्ताप र पाप क्षमाको बारेमा प्रचार गर्नुपर्छ ।
\v 48 तिमीहरू यी कुराहरूका साक्षी छौ ।
\v 49 हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूका लागि पठाउँदैछु । तर माथिबाट शक्‍ति प्राप्‍त नगरेसम्म तिमीहरू यही सहरमा बस ।”
\p
\v 50 त्यसपछि तिनीहरू बेथानी नपुगेसम्म येशूले तिनीहरूलाई अगुवाइ गर्नुभयो । उहाँले आफ्ना हात उचालेर तिनीहरूलाई आशिष्‌‌ दिनुभयो ।
\v 51 त्यसपछि उहाँले तिनीहरूलाई आशिष्‌‌ दिँदै गर्नुहुँदा उहाँ तिनीहरूलाई छोडेर स्वर्गतिर उचालिनुभयो ।
\v 52 त्यसैले तिनीहरूले उहाँको आराधना गरे र बडो आनन्दसाथ यरूशलेम फर्के ।
\v 53 तिनीहरू निरन्तर परमेश्‍वरलाई धन्यको भन्दै मन्दिरमा रहे ।