converted from Archana's repos

This commit is contained in:
Larry Versaw 2024-02-16 12:52:20 -07:00
parent 80cc8dcca8
commit 4d819dafd7
28 changed files with 9962 additions and 0 deletions

1528
41-MAT.usfm Normal file
View File

@ -0,0 +1,1528 @@
\id MAT
\ide UTF-8
\h मत्ती
\toc1 मत्ती
\toc2 मत्ती
\toc3 mat
\mt मत्ती
\c 1
\cl अध्याय १
\p
\v 1 अब्राहामका पुत्र, दाऊदका पुत्र येशू ख्रीष्‍टको वंशावलीको पुस्तक ।
\v 2 अब्राहाम इसहाकका पिता थिए, र इसहाक याकूबका पिता थिए, र याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता थिए ।
\v 3 यहूदा तामारद्वारा फारेस र जाहेरका पिता थिए, फारेस हेस्रोनका पिता, र हेस्रोन आरामका पिता थिए ।
\v 4 आराम अम्मीनादाबका पिता, अम्मीनादाब नहशोनका पिता, र नहशोन सल्‍‍मोनका पिता थिए ।
\v 5 सल्‍‍मोन राहाबद्वारा बोअजका पिता, बोअज रूथद्वारा ओबेदका पिता, ओबेद यिशैका पिता थिए,
\v 6 यिशै दाऊद राजाका पिता थिए । दाऊद उरियाहकी पत्‍नीद्वारा सोलोमनका पिता थिए ।
\v 7 सोलोमन रहबामका पिता, रहबाम अबियाका पिता, अबिया आसाका पिता थिए ।
\v 8 आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, र यहोराम उज्जियाहका पिता थिए ।
\v 9 उज्जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता थिए ।
\v 10 हिजकिया मनश्‍शेका पिता, मनश्‍शे अमोनका पिता, अमोन योशियाहका पिता थिए ।
\v 11 बेबिलोनमा निर्वासनको समयमा योशियाह यकोनियास र तिनका दाजुभाइहरूका पिता भए ।
\p
\v 12 बेबिलोनमा निर्वासनमा लगिएपछि यकोनियास शालतिएलका पिता भए, शालतिएल यरुबाबेलका पिता थिए ।
\v 13 यरुबाबेल अबिउदका पिता, अबिउद एल्याकीमका पिता, र एल्याकीम आजोरका पिता थिए ।
\v 14 आजोर सादोकका पिता, सादोक आखिमका पिता, र आखिम एलिउदका पिता थिए ।
\v 15 एलिउद एलाजारका पिता, एलाजार मत्तानका पिता, र मत्तान याकूबका पिता थिए ।
\v 16 याकूब तिनै मरियमका पति योसेफका पिता थिए, जसबाट येशू जन्मनुभयो, जसलाई ख्रीष्‍ट भनिन्छ ।
\p
\v 17 अब्राहामदेखि दाऊदसम्म चौध पुस्ता, दाऊददेखि बेबिलोनको निर्वासनसम्म चौध पुस्ता र बेबिलोनको निर्वासनदेखि येशू ख्रीष्‍टसम्म चौध पुस्ता थिए ।
\p
\v 18 येशू ख्रीष्‍टको जन्म यस प्रकारले भयो । उहाँकी आमा मरियमको योसेफसँग विवाहको निम्ति मगनी भएको थियो, उनीहरूको सहवास हुनुभन्दा अगाडि तिनी पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा हुन आयो ।
\v 19 तिनका पति योसेफ धर्मी मानिस थिए र उनले तिनलाई सबैका सामु शर्ममा पार्न चाहेनन् । यसैले उनले गोप्य प्रकारले तिनीसँगको मगनीलाई रद्द गर्ने निर्णय गरे ।
\v 20 जसै उनले यी कुराहरूको बारेमा विचार गरे, सपनामा परमप्रभुका एक जना स्वर्गदूत उनको सामु देखा परे र यसो भने, “हे दाऊदका पुत्र योसेफ, मरियमलाई आफ्नी पत्‍नीको रूपमा स्वीकार्न नडराऊ, किनकि जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माद्वारा गर्भधारण हुनुभएको हो ।
\v 21 तिनले एक जना पुत्र जन्माउनेछिन् र तिमीले उहाँको नाउँ येशू राख्‍नेछौ, किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ ।”
\v 22 अगमवक्‍ताद्वारा परमप्रभुले बोल्नुभएको यस्तो भनाइ पूरा हुनलाई यी सबै भए,
\v 23 “हेर, कन्या गर्भवती हुनेछिन् र एक जना पुत्र जन्माउनेछिन्, र तिनीहरूले उहाँको नाउँ इम्मानुएल राख्‍नेछन्”, जसको अर्थ हुन्छ, “परमेश्‍वर हामीसँग ।”
\v 24 योसेफ निद्राबाट ब्युँझे र उनले परमप्रभुका दूतले आज्ञा गरेअनुसार गरे र उनले तिनलाई आफ्नी पत्‍नीको रूपमा स्वीकारे ।
\v 25 तर, तिनले पुत्रलाई जन्म नदिएसम्म उनले तिनीसँग शारीरिक सम्बन्ध राखेनन् र उनले उहाँको नाउँ येशू राखे ।
\c 2
\cl अध्याय २
\p
\v 1 यहूदियाको बेथलेहेममा राजा हेरोदको समयमा येशूको जन्म भएपछि पूर्वबाट ज्ञानी मानिसहरू यरूशलेममा आएर यसो भन्‍न लागे,
\v 2 “यहूदीहरूका राजा भई जन्मनुभएका उहाँ कहाँ हुनुहुन्छ? हामीले उहाँको तारा पूर्वमा देख्यौं र उहाँलाई दण्डवत् गर्न आएका छौं ।”
\p
\v 3 जब हेरोद राजाले यो सुने, तिनी र तिनीसँगै सारा यरूशलेम बेचैन भए ।
\v 4 हेरोदले सबै मुख्य पूजाहारी र मानिसहरूका शास्‍‍त्रीहरूलाई भेला गराए, र तिनले तिनीहरूलाई सोधे, “जन्मने भनिएका ख्रीष्‍ट कहाँ छन्?”
\v 5 तिनीहरूले तिनलाई भने, “यहूदियाको बेथलेहेममा, किनकि अगमवक्‍ताद्वारा यस्तै लेखिएको थियो,
\v 6 ‘र यहूदाको देशमा, ए बेथलेहम, यहूदाका शासकहरूभन्दा तँ कुनै कम छैनस्, किनकि तँबाट एक जना शासक आउनुहुनेछ जसले मेरा मानिस, इस्राएलको हेरचाह गर्नुहुनेछ’ ।”
\p
\v 7 त्यसपछि ठिक कुन समयमा तारा देखा परेको थियो भनी सोध्‍न हेरोदले गुप्‍त रूपमा ती ज्ञानी मानिसहरूलाई बोलाए ।
\v 8 तिनले तिनीहरूलाई यसो भन्दै बेथलेहेम पठाए, “जाओ र राम्रोसँग त्यस बालकलाई खोज । जब तिनलाई भेट्टाउनेछौ, मलाई खबर गर ताकि म पनि गएर तिनलाई दण्डवत् गर्न सकूँ ।”
\p
\v 9 तिनीहरूले राजाले भनेका कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे अनि तिनीहरूले पूर्वमा देखेका तारा तिनीहरूका अगि-अगि गए, र सानो बालक भएको ठाउँमा आइपुग्दा त्यो तारा त्यही ठाउँमाथि रोकियो ।
\v 10 जब तिनीहरूले त्यो तारा देखे, तिनीहरू हर्षले अति आनन्दित भए ।
\v 11 तिनीहरू घरभित्र पसे र सानो बालकलाई उहाँकी आमा मरियमको साथमा देखे । तिनीहरूले दण्डवत् गरे र उहाँको आराधना गरे । तिनीहरूले आफ्ना बहुमूल्य कुराहरू निकाले र उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका उपहारहरू चढाए ।
\v 12 परमेश्‍वरले तिनीहरूलाई हेरोदकहाँ फर्की नजानू भनी सपनामा चेतावनी दिनुभयो । त्यसैले तिनीहरू अर्कै बाटो भएर आ-आफ्नै देशमा गए ।
\p
\v 13 तिनीहरू गइसकेपछि परमप्रभुका एउटा दूत योसेफकहाँ सपनामा देखा परे र भने, “उठ, सानो बालक र उहाँकी आमालाई लिएर मिश्रदेशमा भागेर जाऊ । मैले नभनेसम्म त्यहीं बस, किनकि हेरोदले सानो बालकलाई मार्न उहाँलाई खोज्‍नेछ ।”
\v 14 त्यो रात योसेफ उठे र सानो बालक र उहाँकी आमालाई लिए अनि मिश्रदेशतर्फ प्रस्थान गरे ।
\v 15 हेरोदको मृत्यु नभएसम्म उनी त्यहीं बसे । अगमवक्‍ताद्वारा परमप्रभुले भन्‍नुभएको कुरा यसरी पूरा भयो, “मैले आफ्ना पुत्रलाई मिश्रदेशबाट बोलाएको छु ।”
\v 16 त्यसपछि जब हेरोदले आफू ती ज्ञानी मानिसहरूबाट छलिएको कुरा थाहा पाए, तिनी औधी रिसाए । ती ज्ञानी मानिसहरूबाट तिनले निर्धारण गरेका समयअनुसार, बेथलेहेम र त्यस क्षेत्रका दुई वर्ष पुगेका र त्योभन्दा मुनिका सबै पुरुष बालकलाई मानिसहरू पठाएर मार्न लगाए ।
\v 17 यसरी यर्मिया अगमवक्‍ताद्वारा जे भनिएको थियो, त्यो पूरा भयो,
\v 18 “रामामा एउटा आवाज सुनियो, रोदन र ठुलो विलाप, बालकहरूका निम्ति राहेलको रोदन, र सान्त्वना तिनले इन्कार गरिन्, किनकि तिनका बालकहरू अब रहेनन् ।”
\p
\v 19 जब हेरोद मरे, हेर, परमप्रभुका एक जना दूत मिश्रमा योसेफकहाँ सपनामा देखा परे अनि उनलाई भने,
\v 20 “उठ, अनि बालक र उहाँकी आमालाई लिएर इस्राएल देशमा जाऊ, किनकि जसले बालकलाई मार्न चाहेका थिए, तिनीहरू मरिसकेका छन् ।”
\v 21 योसेफ उठे, अनि बालक र उहाँकी आमालाई लिएर इस्राएल देशमा आए ।
\p
\v 22 तर जब यहूदियामा आफ्ना बुबा हेरोदको ठाउँमा अर्खिलाउसले शासन गरिरहेका उनले सुने, उनी त्यहाँ जान डराए । परमप्रभुले सपनामा चेतावनी दिनुभएपछि उनी गालीलको क्षेत्रतिर लागे,
\v 23 र नासरत भनिने सहरमा गएर बसे । “उहाँलाई नासरी भनिनेछ” भनेर अगमवक्‍ताहरूद्वारा बोलिएको वचन यसरी पूरा भयो ।
\c 3
\cl अध्याय ३
\p
\v 1 ती दिनमा बप्‍तिस्‍मा-दिने यूहन्‍ना यहूदियाको उजाड-स्थानमा यसो भनेर प्रचार गर्दै आए,
\v 2 “पश्‍चात्ताप गर, किनभने स्वर्गको राज्य नजिकै छ ।”
\v 3 किनभने यी मानिस तिनै हुन् जसको बारेमा यशैया अगमवक्‍ताद्वारा यसो भनिएको थियो, “उजाड-स्थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको बाटो तयार पार, उहाँका मार्गहरू सोझा बनाओ’ ।”
\p
\v 4 अब यूहन्‍नाले ऊँटको रौंका वस्‍‍त्र र कम्मरको वरिपरि छालाको पेटी लगाउँथे । तिनका खानेकुरा सलह र वन-मह थिए ।
\v 5 त्यसपछि यरूशलेम, सारा यहूदिया र यर्दन नदी वरपरका सबै क्षेत्रका मानिसहरू तिनीकहाँ आए ।
\v 6 तिनीहरूले आ-आफ्ना पाप स्वीकार गर्दै यर्दन नदीमा बप्‍तिस्मा लिए ।
\p
\v 7 तर जब तिनले धेरै फरिसीहरू र सदुकीहरू बप्‍तिस्‍माको निम्ति तिनीकहाँ आएको देखे, तब तिनले तिनीहरूलाई भने, “विषालु सर्पका सन्तान हो, आउन लागेको क्रोधबाट भाग्‍न तिमीहरूलाई कसले चेतावनी दियो?
\v 8 पश्‍चात्ताप सुहाउँदो फल फलाओ ।
\v 9 र आफ्नै बीचमा यस्तो विचार नगर, ‘अब्राहाम नै हाम्रा पिता हुन् ।’ किनकि म तिमीहरूलाई यो भन्दछु, कि अब्राहामका निम्ति परमेश्‍वरले यी ढुङ्गाहरूबाट पनि सन्तान उत्पन्‍न गराउन सक्‍नुहुन्छ ।
\v 10 रूखहरूको फेदमा बन्चरो अगि नै परिसकेको छ । यसकारण असल फल नफलाउने हरेक रूख काटी ढालिनेछ, र आगोमा फ्याँकिनेछ ।
\p
\v 11 म तिमीहरूलाई पश्‍चात्तापको निम्ति पानीले बप्‍तिस्‍मा दिन्छु । तर मपछि आउनुहुनेचाहिं मभन्दा शक्‍तिशाली हुनुहुन्छ, र म उहाँका जुत्ता बोक्‍न पनि योग्यको छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्‍मा दिनुहुनेछ ।
\v 12 उहाँको खलालाई राम्ररी सफा गर्न र धनसारमा उहाँको गहुँ थुपार्न उहाँको निफन्‍ने नाङ्लो उहाँकै हातमा छ । तर उहाँले भुसलाई चाहिं कहिल्यै निभाउन नसकिने आगोले डढाइदिनुहुनेछ ।”
\p
\v 13 त्यसपछि यूहन्‍नाबाट बप्‍तिस्‍मा लिनको निम्ति येशू गालीलबाट यर्दन नदीमा आउनुभयो ।
\v 14 तर यूहन्‍नाले यसो भन्दै उहाँलाई रोक्‍न खोजिरहे, “मैले पो तपाईंबाट बप्‍तिस्‍मा लिनुपर्नेमा, के तपाईंचाहिं म कहाँ आउनुहुन्छ?”
\v 15 येशूले जवाफ दिंदै तिनलाई यसो भन्‍नुभयो, “अहिलेलाई यस्तै हुन देऊ, किनकि सबै धार्मिकता पूरा गर्नु हाम्रो निम्ति उपयुक्त छ ।” तब यूहन्‍नाले उहाँलाई बप्‍तिस्‍मा लिन दिए ।
\p
\v 16 उहाँको बप्‍तिस्‍मा भइसकेपछि येशू तुरुन्तै पानीबाट बाहिर निस्केर आउनुभयो, र हेर, उहाँको निम्ति स्वर्ग उघारियो । उहाँले परमेश्‍वरका आत्मा ढुकुरजस्तै गरी तल झर्दै आफूमाथि आइरहनुभएको देख्‍नुभयो ।
\v 17 हेर, स्वर्गबाट यसो भन्‍ने एउटा आवाज आयो, “यिनी मेरा अति प्रिय पुत्र हुन् । म यिनीसँग अत्यन्त प्रसन्‍न छु ।”
\c 4
\cl अध्याय ४
\p
\v 1 त्यसपछि दुष्‍टबाट परीक्षित हुनलाई पवित्र आत्माद्वारा येशू उजाड-स्थानमा डोर्‍याइनुभयो ।
\v 2 चालिस दिन र चालिस रात उहाँ उपवासमा रहनुभएपछि उहाँ भोकाउनुभयो ।
\v 3 परीक्षा गर्ने आएर उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यी ढुङ्गाहरूलाई रोटी हुने आज्ञा गर्नुहोस् ।”
\v 4 तर येशूले उत्तर दिनुभयो र त्यसलाई भन्‍नुभयो, “यसो लेखिएको छ, ‘मानिस केवल रोटीले मात्र बाँच्दैन, तर परमेश्‍वरको मुखबाट निस्कने हरेक वचनद्वारा बाँच्छ’ ।”
\v 5 त्यसपछि दुष्‍टले उहाँलाई पवित्र सहरमा लग्यो अनि उहाँलाई मन्दिरको सबैभन्दा अग्लो ठाउँमा राख्यो,
\v 6 अनि उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, तल हाम फाल्नुहोस्, किनकि यसो लेखिएको छ, ‘तपाईंको हेरचाह गर्न उहाँले आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ, अनि, ‘तपाईंका खुट्टा ढुङ्गामा नबजारिऊन् भनेर तिनीहरूले तपाईंलाई आफ्ना हातले माथि उठाउनेछन्’ ।”
\v 7 येशूले त्यसलाई भन्‍नुभयो, “फेरि यस्तो लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्’ ।”
\p
\v 8 फेरि, त्यो दुष्‍टले उहाँलाई एउटा अग्लो स्थानमा लग्यो र संसारका सबै वैभवसहित त्यहाँका राज्यहरू देखायो ।
\v 9 त्यसले उहाँलाई भन्यो, “यदि तपाईंले घोप्‍टो परेर मलाई दण्डवत् गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु ।”
\v 10 त्यसपछि येशूले त्यसलाई भन्‍नुभयो, “शैतान, यहाँबाट गइहाल्! किनकि यसो लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्‍वरको मात्र आराधना गर्नेछस्, र तैंले उहाँको मात्र सेवा गर्नेछस्’ ।”
\v 11 अनि त्यो दुष्‍ट उहाँको सामुबाट गयो, र हेर, स्वर्गदूतहरू आएर उहाँको सेवा गरे ।
\p
\v 12 अनि जब यूहन्‍ना पक्राउमा परेको येशूले सुन्‍नुभयो, उहाँ गालीलमा फर्कनुभयो ।
\v 13 उहाँले नासरत छोड्नुभयो र उहाँ कफर्नहुममा जानुभयो र त्यहाँ बस्‍नुभयो, जुन जबूलून र नप्‍तालीका क्षेत्रहरूमा, गालील समुद्रको छेवैमा थियो ।
\v 14 यशैया अगमवक्‍ताद्वारा भनिएका कुराहरू पूरा हुनको निम्ति यस्तो भयो,
\v 15 “गैरयहूदीहरूको गालील, यर्दनपारि, समुद्रतर्फ, जबूलूनको भूमि र नप्‍तालीको भूमि!
\q
\v 16 अन्धकारमा बसेका मानिसहरूले महान् ज्योति देखेका छन्, र त्यस क्षेत्रमा र मृत्युको छायामा बसेकाहरूमाथि एउटा ज्योति उदाएको छ ।”
\p
\v 17 त्यस समयदेखि येशूले प्रचार गर्न थाल्नुभयो अनि भन्‍नुभयो, “पश्‍चात्ताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ ।”
\p
\v 18 जब उहाँ गालीलको समुद्र छेउमा हिँड्दै हुनुहुन्थ्यो, उहाँले दुई दाजुभाइ पत्रुस भनिने सिमोन र उनका भाइ अन्द्रियासलाई जाल हानिरहेका देख्‍नुभयो, किनकि तिनीहरू मछुवाहरू थिए ।
\v 19 येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु ।”
\v 20 तुरुन्तै तिनीहरूले जाल छाडे र उहाँको पछि लागे ।
\p
\v 21 जब येशू त्यहाँबाट जाँदै हुनुहुन्थ्यो उहाँले अर्का दुई दाजुभाइलाई देख्‍नुभयो । तिनीहरू जब्दियाका छोरा याकूब र तिनका भाइ यूहन्‍ना थिए । तिनीहरू आफ्ना पिता जब्दियासँग डुङ्गामा जालहरूको मर्मत गर्दै थिए । उहाँले तिनीहरूलाई बोलाउनुभयो,
\v 22 र तिनीहरूले तुरुन्तै तिनीहरूका डुङ्गा र बुबालाई छोडी उहाँको पछि लागे ।
\p
\v 23 येशूले गालीलका सभाघरहरूमा सिकाउँदै, परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूका बीचमा हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्दै गालीलका सबै ठाउँमा जानुभयो ।
\v 24 उहाँको बारेमा भएको समाचार सिरियाभरि फैलियो, र मानिसहरूले विभिन्‍न रोगहरू र दुःखाइले ग्रस्त भएका बिरामीहरू, र भूतहरूद्वारा वशमा पारिएका र छारे रोग लागेका र पक्षाघातीहरू सबैलाई उहाँको अघि ल्याए। येशूले तिनीहरूलाई निको पार्नुभयो ।
\v 25 गालील, डेकापोलिस, यरूशलेम, यहूदिया र यर्दन पारिबाट आएको ठुलो भीड उहाँको पछि लाग्यो ।
\c 5
\cl अध्याय ५
\p
\v 1 जब येशूले भीडलाई देख्‍नुभयो, उहाँ डाँडामाथि जानुभयो । उहाँ तल बस्‍नुभएपछि उहाँका चेलाहरू उहाँकहाँ आए ।
\v 2 उहाँले आफ्नो मुख खोल्नुभयो र तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो,
\v 3 “धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो ।
\q
\v 4 धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन् ।
\q
\v 5 धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन् ।
\q
\v 6 धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्‍त पारिनेछन् ।
\q
\v 7 धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन् ।
\q
\v 8 धन्य आत्मामा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन् ।
\q
\v 9 धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्‍वरका सन्तान कहलाइनेछन् ।
\q
\v 10 धन्य धार्मिकताका निम्ति सताइएकाहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो ।
\q
\v 11 तिमीहरू धन्यका हौ, जब मानिसहरूले तिमीहरूको अपमान गर्दछन् र तिमीहरूलाई दुःख कष्‍ट दिन्छन्, वा मेरो खातिर तिमीहरूका विरुद्धमा झूटो रूपमा सबै किसिमका दुष्‍ट कुराहरू भन्दछन् ।
\v 12 आनन्दित होओ र निकै खुसी होओ, किनकि स्वर्गमा तिमीहरूका इनाम ठुलो हुनेछ । किनभने यसरी नै तिमीहरूभन्दा अगिका अगमवक्‍ताहरूलाई मानिसहरूले सताएका थिए ।
\p
\v 13 तिमीहरू यस पृथ्वीका नून हौ । तर यदि नूनले आफ्नो स्वाद गुमायो भने, यसलाई फेरि कसरी नुनिलो बनाउने? यसलाई बाहिर फ्याँक्‍न र मानिसहरूका खुट्टाले कुल्चनबाहेक अरू कुनै पनि कामको निम्ति त्यो उपयोगी हुँदैन ।
\v 14 तिमीहरू यस संसारका ज्योति हौ । डाँडामाथि बसालिएको सहर कहिल्यै पनि लुक्‍न सक्दैन ।
\v 15 न त मानिसहरूले बत्ती बालेर डालोमुनि राख्दछन्, बरु त्यसलाई सामदानमाथि राख्दछन्, र घरमा भएका प्रत्येकको निम्ति त्यसले उज्यालो दिन्छ ।
\v 16 मानिसहरूका बीचमा तिमीहरूको ज्योति यसरी चम्कियोस्, कि तिनीहरूले तिमीहरूका असल कामहरूलाई देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको प्रशंसा गरून् ।
\p
\v 17 म अगमवक्‍ताहरू वा व्यवस्थालाई नष्‍ट गर्न आएको हुँ भनी नसोच । म तिनलाई नष्‍ट गर्न होइन, तर पूरा गर्न आएको हुँ ।
\v 18 किनकि म तिमीहरूलाई साँचो रूपमा भन्दछु, कि स्वर्ग र पृथ्वी टलेर नगएसम्म र सबै कुरा पूरा नभएसम्म, व्यवस्थाको एउटै पनि कुरा वा बिन्दु बितेर जानेछैन ।
\v 19 त्यसकारण जसले यी आज्ञाहरूका सानाभन्दा साना कुरालाई भङ्ग गर्दछ र अरूलाई पनि त्यसो गर्न सिकाउँदछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा तुच्छ ठहरिनेछ । तर जसले यी कुराहरूलाई मान्दछ र त्यही गर्न सिकाउँदछ, ऊ स्वर्गको राज्यमा सबैभन्दा उच्‍च ठहरिनेछ ।
\v 20 किनकि म तिमीहरूलाई भन्दछु, कि तिमीहरूको धार्मिकता फरिसी र शास्‍‍त्रीहरूको भन्दा बढी भएन भने, तिमीहरू कुनै रीतिले परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछैनौ ।
\p
\v 21 प्राचीन समयमा तिनीहरूलाई यसो भनिएको तिमीहरूले सुनेका छौ, ‘हत्या नगर’ र ‘हत्या गर्नेचाहिं इन्साफको जोखिममा पर्नेछ ।’
\v 22 तर म तिमीहरूलाई भन्दछु, आफ्नो भाइसँग रिसाउने जो कोही इन्साफको जोखिममा पर्नेछ; र जो कसैले आफ्नो भाइलाई ‘तँ काम नलाग्‍ने मानिस! भनेर भन्छ भने, त्यो परिषद्‍मा उभ्याइने जोखिममा पर्नेछ; र जो कसैले ‘तँ मूर्ख! भन्दछ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ ।
\v 23 त्यसकारण यदि तिमीले वेदीमा आफ्नो भेटी चढाउँदै गर्दा तिम्रो भाइसँग तिम्रो विरुद्धमा केही कुरा छ भन्‍ने कुरा तिमीलाई याद आयो भने,
\v 24 तिम्रो भेटी त्यही वेदीको अगाडि छोड र आफ्नो बाटो लाग । पहिले आफ्नो भाइसँग मिलाप गर, र तब आऊ र आफ्नो भेटी चढाऊ ।
\v 25 तिमीलाई दोष लगाउनेसँग अदालतको बाटोमा तिनीसँगै जाँदै गर्दा नै छिट्टै मिलाप गर, नत्रता तिमीलाई दोष लगाउनेले तिमीलाई न्यायकर्ताको हातमा सुम्पिदेला, र न्यायकर्ताले अधिकारीको हातमा सुम्पिदेलान्, र तिमीलाई झ्यालखानामा फ्याँकिदेलान् ।
\v 26 साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले एक-एक पैसा चुक्ता नगरुन्जेलसम्म तिमीहरू त्यहाँबाट कहिल्यै बाहिर आउनेछैनौ ।
\p
\v 27 तिमीहरूले यसरी भनिएको सुनेका छौ, ‘व्यभिचार नगर ।’
\v 28 तर म तिमीहरूलाई भन्दछु, कि यदि कसैले एउटी स्‍‍त्रीलाई अभिलाषाको द‍ृष्‍टिले हेर्दछ भने, त्यसले आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ ।
\v 29 र यदि तिम्रो दाहिने आँखाको कारण तिमी ठोकर खान्छौ भने, त्यसलाई निकालिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ । किनकि सम्पूर्ण शरीर नरकमा फ्याँकिनुभन्दा आफ्नो शरीरको कुनै एउटा भाग गुमाउनु नै तिम्रो लागि असल हुन्छ ।
\v 30 र यदि तिम्रो दाहिने हातको कारण तिमी ठोकर खान्छौ भने, त्यसलाई काटिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ । किनकि सम्पूर्ण शरीर नरकमा जानुभन्दा आफ्नो शरीरको कुनै एउटा भाग गुमाउनु नै तिम्रो लागि असल हुन्छ ।
\p
\v 31 यसो पनि भनिएको थियो, ‘जसले आफ्नी पत्‍नीलाई त्याग्दछ, त्यसले तिनलाई पारपाचुकेको प्रमाण पत्र देओस् ।’
\v 32 तर म तिमीहरूलाई भन्दछु, कि कामुक अनैतिकताको कारणबाहेक आफ्नी पत्‍नीलाई त्याग्‍नेले तिनलाई व्यभिचारिणी तुल्याउँदछ । र तिनको पारपाचुकेपछि तिनीसँग विवाह गर्नेले व्यभिचार गर्दछ ।
\p
\v 33 फेरि, तिमीहरूले प्राचीन समयमा भएकाहरूलाई यसो भनिएको सुनेका छौ, ‘झूटो शपथ नखा, तर परमप्रभुमा ती शपथहरू पूरा गर् ।’
\v 34 तर म तिमीहरूलाई भन्दछु, कि शपथ खाँदै नखाओ, न त स्वर्गको, किनकि त्यो परमेश्‍वरको सिंहासन हो;
\v 35 न त पृथ्वीको, किनकि त्यो उहाँको निम्ति पाउदान हो; न त यरूशलेमको, किनकि त्यो महान् राजाको सहर हो;
\v 36 न त आफ्नो शिरको शपथ खाओ, किनकि तिमीहरूले एउटै केशलाई पनि सेतो वा कालो बनाउन सक्दैनौ ।
\v 37 तर तिमीहरूको बोली ‘हो' लाई 'हो', वा ‘होइन' लाई 'होइन' नै भन्‍ने होस् । त्योभन्दा बढी जुनसुकै कुरा पनि दुष्‍टबाट आएको हुन्छ ।
\p
\v 38 तिमीहरूले यसो भनिएको सुनेका छौ, ‘आँखाको सट्टामा आँखा, र दाँतको सट्टामा दाँत ।’
\v 39 तर म तिमीहरूलाई भन्दछु, जो दुष्‍ट छ त्यसलाई प्रतिरोध नगर । त्यसको सट्टामा, जसले तिम्रो दाहिने गालामा हिर्काउँछ, त्यसलाई तिम्रो अर्को गाला पनि थापिदेऊ ।
\v 40 र यदि कसैले तिमीसँग अदालतमा जान चाहन्छ, र तिम्रो दौरा लिएर जान्छ भने, त्यसलाई तिम्रो खास्टो पनि देऊ ।
\v 41 र जसले तिमीलाई एक किलोमिटर जानको लागि बाध्य गराउँछ, त्यससँग दुई किलोमिटर जाऊ ।
\v 42 तिमीहरूसँग माग्‍ने जो कोहीलाई देओ, र तिमीहरूसँग उधारो माग्‍न चाहनेहरूलाई इन्कार नगर ।
\p
\v 43 तिमीहरूले यसो भनिएको सुनेका छौ, ‘आफ्नो छिमेकीलाई तिमीहरूले प्रेम गर र शत्रुलाई घृणा गर ।’
\v 44 तर म तिमीहरूलाई भन्दछु, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर, “तिमीहरूलाई सराप्‍नेहरूलाई आशिष् देओ, \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा निम्‍न पदावली छैनः \fqa तिमीहरूलाई घृणा गर्नेहरूका निम्ति असल काम गर \fqa* \f*
\v 45 ताकि तिमीहरू स्वर्गमा हुनुहुने तिमीहरूका पिताका छोराहरू कहलाइन सक । किनकि उहाँले असल र दुष्‍ट दुवैका लागि आफ्नो घामलाई उदाउन लगाउनुहुन्छ अनि धर्मी र अधर्मी दुवैका लागि झरी पठाइदिनुहुन्छ ।
\v 46 किनकि यदि तिमीहरूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने तिमीहरूले के इनाम पाउँछौ र? के कर उठाउनेहरूले पनि त्यसै गर्दैनन् र?
\v 47 र यदि तिमीहरूले आफ्ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्दछौ भने, अरूहरूले भन्दा तिमीहरूले के बढी गर्‍यौ र? के गैरयहूदीहरूले पनि त्यस्तै गर्दैनन् र?
\v 48 त्यसकारण जसरी तिमीहरूका स्वर्गीय पिता सिद्ध हुनुहुन्छ, त्यसरी नै तिमीहरू पनि सिद्ध हुनुपर्छ ।
\c 6
\cl अध्याय ६
\p
\v 1 तिमीहरूले आफ्ना धार्मिक कार्यहरूलाई मानिसहरूको सामुन्‍ने तिनीहरूले देखून् भनेर नगर्न सावधान रहो, नत्रता स्वर्गमा हुनुहुने पिताबाट तिमीहरूले कुनै इनाम पाउनेछैनौ ।
\v 2 त्यसैले जब तिमीहरूले कसैलाई केही दान दिन्छौ, तब मानिसहरूबाट प्रशंसा पाउनको निम्ति पाखण्डीहरूले सभाघरहरू र सडकहरूमा गरेजस्तै आफ्नै अगि तुरही नफुक । साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् ।
\v 3 तर जब तिमीहरू केही दान दिन्छौ, तब तिमीहरूको दाहिने हातले जे गर्दैछ, त्यो तिमीहरूको देब्रे हातले थाहा नपाओस्,
\v 4 ताकि तिमीहरूको दान गुप्‍तमा होस् । त्यसपछि गुप्‍तमा देख्‍नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ ।
\p
\v 5 अनि जब तिमीहरू प्रार्थना गर्छौ, तब पाखण्डीहरूजस्ता नहोओ, किनकि मानिसहरूले तिनीहरूलाई देखून् भनेर तिनीहरू सभाघरहरू र बाटोका छेउमा उभिएर प्रार्थना गर्न मन पराउँछन् । साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् ।
\v 6 तर जब तिमीहरू प्रार्थना गर्छौ, तब आफ्नो भित्री कोठामा जाओ । ढोका बन्द गर र आफ्ना पितासँग प्रार्थना गर जो गुप्‍तमा रहनुहुन्छ । त्यसपछि गुप्‍तमा देख्‍नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ ।
\v 7 अनि जब तिमीहरू प्रार्थना गर्छौ, व्यर्थमा नबरबराओ, जसरी गैरयहूदीहरूले गर्छन्, किनकि धेरै बोल्नाले तिनीहरूको सुनाइ हुन्छ भनी तिनीहरू ठान्छन् ।
\v 8 त्यसकारण तिनीहरू जस्ता नहोओ, किनकि तिमीहरूले माग्‍नुभन्दा अगि नै तिमीहरूलाई के कुराको खाँचो छ भनी तिमीहरूका पिता जान्‍नुहुन्छ ।
\v 9 त्यसैले यसरी प्रार्थना गरः ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाउँ पवित्र गरियोस्,
\v 10 तपाईंको राज्य आओस् । तपाईंको इच्छा स्वर्गमा जस्तै यस पृथ्वीमा पूरा होस् ।
\q2
\v 11 हामीलाई आज दिनभरिको भोजन दिनुहोस् ।
\q2
\v 12 हाम्रा पाप क्षमा गरिदिनुहोस्, जसरी हामीले हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौं ।
\q2
\v 13 हामीलाई परीक्षामा नडोर्‍याउनुहोस्, तर दुष्‍टबाट छुटकारा दिनुहोस् । \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा निम्‍न पदावली छैनः \fqa किनकि राज्य र पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन् । आमेन । \fqa* \f*
\p
\v 14 किनकि यदि तिमीहरूले मानिसहरूका पाप क्षमा गर्‍यौ भने, तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूलाई क्षमा दिनुहुनेछ ।
\v 15 तर यदि तिमीहरूले तिनीहरूका पाप क्षमा गरेनौ भने, तिमीहरूका पिताले पनि तिमीहरूका पाप क्षमा गर्नुहुनेछैन ।
\p
\v 16 साथै जब तिमीहरू उपवास बस्दछौ, तब पाखण्डीहरूले गरेजस्तै उदास अनुहार नबनाओ, किनकि तिनीहरू मानिसहरूका अगि उपवास बसेको जस्तो देखिन सकियोस् भनेर तिनीहरूले आफ्ना अनुहारलाई बिगार्छन् । साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् ।
\v 17 तर तिमीहरू जब उपवास बस्छौ, आफ्ना अनुहार पखाल र आफ्ना शिरलाई अभिषेक गर ।
\v 18 यसरी मानिसहरूका नजरमा तिमीहरू उपवास बसिरहेका जस्तो देखिंदैनौ, तर गुप्‍तमा हुनुहुने तिमीहरूका पितालाई मात्र त्यो थाहा हुन्छ; अनि गुप्‍तमा देख्‍नुहुने तिमीहरूका पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ ।
\p
\v 19 पृथ्वीमा आफ्नो निम्ति धन सम्‍पत्ति नथुपार, जहाँ किरा र खियाले त्यसलाई नष्‍ट गर्छन्, र जहाँ चोरहरूले घर फोरेर चोर्छन् ।
\v 20 बरु आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार, जहाँ न त खिया वा किराले नष्‍ट गर्छ, न त चोरले चोरेर लैजान्छ ।
\v 21 किनकि जहाँ तिमीहरूको धन सम्पत्ति हुन्छ, त्यहाँ तिमीहरूको मन पनि हुनेछ ।
\p
\v 22 आँखा शरीरको निम्ति बत्ती हो । त्यसकारण यदि तिमीहरूका आँखा असल छन् भने, सम्पूर्ण शरीर नै प्रकाशले भरिनेछ ।
\v 23 तर यदि तिमीहरूका आँखा खराब छन् भने, तिमीहरूका सम्पूर्ण शरीर नै अँध्यारोले भरिन्छ । त्यसकारण यदि तिमीहरूमा भएको ज्योति वास्तवमा अँध्यारो भयो भने, त्यो अन्धकार कति ठुलो होला!
\p
\v 24 कसैले पनि दुई जना मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले कि त एउटालाई घृणा गर्छ र अर्कोलाई प्रेम गर्छ, वा एउटाप्रति समर्पित हुन्छ र अर्कोको उपेक्षा गर्छ । तिमीहरूले परमेश्‍वर र धन दुवैको सेवा गर्न सक्दैनौ ।
\p
\v 25 त्यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्ना जीवनको बारेमा के खाउँला वा के पिउँला भनेर वा आफ्नो शरीरको बारेमा के लगाउँला भनेर चिन्ता नगर । के जीवन भोजनभन्दा र शरीर वस्‍‍त्रभन्दा मूल्यवान् हुँदैन र?
\v 26 आकाशका चराहरूलाई हेर! तिनीहरूले न त छर्छन् वा कटनी गर्छन् वा भकारीमा बटुल्छन्, तरै पनि तिमीहरूका स्वर्गीय पिताले तिनीहरूलाई खुवाउनुहुन्छ । के तिमीहरू तीभन्दा धेरै बहुमूल्य छैनौ र?
\v 27 अनि तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एक घडी पनि थप्‍न सक्छ र?
\p
\v 28 अनि तिमीहरू किन लगाउने लुगाको लागि चिन्ता गर्छौ? मैदानका लिली फूलहरूलाई हेर, ती कसरी उम्रन्छन् । तिनीहरूले न त काम गर्छन्, न कपडा नै बुन्छन् ।
\v 29 र पनि म तिमीहरूलाई भन्दछु, सोलोमन पनि आफ्नो सम्पूर्ण गौरवमा यिनीहरूले जस्तै गरी आभूषित थिएनन् ।
\v 30 यदि परमेश्‍वरले आज हुने र भोलि भट्टीमा फ्याँकिने मैदानका घाँसहरूलाई समेत पहिराउनुहुन्छ भने, ए अल्प-विश्‍वासीहरू हो, के उहाँले तिमीहरूलाई झन् बढी पहिराउनुहुनेछैन र?
\v 31 त्यसकारण चिन्तित भएर ‘हामी के खाउँला? वा ‘हामी के पिउँला? वा ‘हामी के लगाउँला? भनी नभन ।
\v 32 किनकि यी सबै कुरा त गैरयहूदीहरूले खोज्छन् र यी कुराहरू तिमीहरूलाई आवश्यक छ भन्‍ने कुरा तिमीहरूका स्वर्गीय पिताले जान्‍नुहुन्छ ।
\v 33 तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर अनि यी सबै थोक तिमीहरूलाई दिइनेछ ।
\v 34 त्यसकारण भोलिको निम्ति चिन्ता नगर, किनकि भोलिको चिन्ता त्यो आफैंले गर्नेछ । हरेक दिनको आफ्नै पर्याप्‍त चिन्ता हुन्छ ।
\c 7
\cl अध्याय ७
\p
\v 1 इन्साफ नगर, र तिमीहरूको पनि इन्साफ हुनेछैन ।
\v 2 किनकि जुन इन्साफले तिमीहरूले इन्साफ गर्छौ, त्यही इन्साफले तिमीहरूको पनि इन्साफ हुनेछ । जुन नापले तिमीहरूले नाप्छौ, त्यही नापले तिमीहरू पनि नापिनेछौ ।
\v 3 र किन तिमीहरूले आफ्नो भाइको आँखामा भएको परालको सानो टुक्रा देख्छौ, तर आफ्नै आँखामा भएको मुढालाई तिमीहरू ख्याल गर्दैनौ?
\v 4 तिमीले आफ्नो भाइलाई, ‘मलाई तिम्रो आँखामा भएको परालको टुक्रा निकाल्न देऊ’ भनेर कसरी भन्‍न सक्छौ, जब कि मुढाचाहिं तिम्रो आफ्नै आँखामा छ?
\v 5 ए कपटी, पहिले तिम्रो आफ्नै आँखामा भएको मुढालाई निकाल, र तिमीले आफ्नो भाइको आँखामा भएको परालको टुक्रा निकाल्न तिमीले स्पष्‍टसँग देख्‍न सक्नेछौ ।
\p
\v 6 जे कुरा पवित्र छ त्यो कुकुरहरूलाई नदेऊ, र आफ्ना मोतीहरू सुङ्गुरहरूको अगाडि नफाल । नत्रता तिनीहरूले त्यसलाई खुट्टाले कुल्चेलान्, र फर्केर तिमीहरूलाई आक्रमण गर्लान् ।
\p
\v 7 माग, र त्यो तिमीहरूलाई दिइनेछ । खोज, र तिमीहरूले भेट्टाउनेछौ । ढकढक्याऊ, र तिमीहरूका निम्ति उघारिनेछ ।
\v 8 किनकि माग्‍ने सबैले पाउँछन्; खोज्‍‍ने सबैले भेट्टाउँछन्; र ढकढक्याउने व्यक्तिको निम्ति त्यो उघारिनेछ ।
\p
\v 9 वा तिमीहरूमध्ये कसले आफ्नो छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा दिनेछ?
\v 10 वा त्यसले माछा माग्दा त्यसलाई सर्प दिनेछ?
\v 11 यसकारण तिमीहरू दुष्‍ट भएर पनि आफ्ना छोराछोरीलाई कसरी असल थोक दिने भनी जान्दछौ भने, तिमीहरूका स्वर्गमा हुनुहुने पिताले उहाँसँग माग्‍नेहरूलाई कति बढ्ता गरेर दिनुहुनेछ?
\p
\v 12 त्यसकारण मानिसहरूले तिमीहरूको निम्ति जस्तो गरेको चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यस्तै गर्नुपर्छ, किनभने यो नै व्यवस्था र अगमवक्‍ताहरूको शिक्षा हो ।
\p
\v 13 साँघुरो ढोकाबाट भित्र पस । किनभने विनाशमा पुर्‍याउने ढोका चौडा हुन्छ र बाटो फराकिलो हुन्छ, र त्यस बाटोबाट जाने मानिसहरू धेरै छन् ।
\v 14 किनकि जीवनमा डोर्‍याउने ढोका साँघुरो हुन्छ र बाटो कठिन हुन्छ, र त्यो भेट्टाउने थोरै मात्र छन् ।
\p
\v 15 झूटा अगमवक्‍ताहरूदेखि होसियार बस, जो भेडाको भेषमा आउँदछन्, तर वास्तवमा तिनीहरू भोका ब्‍वाँसाहरू हुन् ।
\v 16 तिनीहरूका फलहरूद्वारा तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ । के मानिसहरूले काँढाको झाडीबाट अङ्‍गूर वा काँढाको बिरुवाबाट अन्जीर बटुल्छन् र?
\v 17 यसरी नै हरेक असल रूखले असलै फल फलाउँछ, तर खराब रूखले खराबै फल फलाउँछ ।
\v 18 एउटा असल रूखले खराब फल फलाउन सक्दैन, न त खराब रूखले असल फल नै फलाउन सक्छ ।
\v 19 हरेक रूख जसले असल फल फलाउँदैन, त्यो काटिनेछ र आगोमा फालिनेछ ।
\v 20 यसकारण तिनीहरूका फलहरूद्वारा नै तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ ।
\p
\v 21 ‘प्रभु, प्रभु’ भन्‍ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्, तर स्वर्गमा हुनुहुने मेरा पिताको इच्छालाई पालन गर्ने मात्र स्वर्गको राज्यमा प्रवेश गर्नेछ ।
\v 22 त्यस दिन धेरै मानिसले मलाई भन्‍नेछन्, ‘हे प्रभु, हे प्रभु, के तपाईंको नाउँमा हामीले अगमवाणी बोलेनौं?, के तपाईंको नाउँमा भूतहरू धपाएनौं? र तपाईंको नाउँमा धेरै शक्‍तिशाली कामहरू गरेनौं र?
\v 23 तब म खुलमखुला तिनीहरूलाई घोषणा गर्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै पनि चिनेको थिइनँ! ए दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा गइहाल्!
\p
\v 24 त्यसकारण हरेक जसले मेरा वचनहरू सुन्छ र ती पालन गर्छ, त्यो बुद्धिमान् मानिसजस्तै हुनेछ जसले आफ्नो घर चट्टानमाथि बनायो ।
\v 25 पानी पर्‍यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो, तर त्यो घर ढलेन, किनकि त्यो घर चट्टानमाथि बनाइएको थियो ।
\v 26 तर हरेक जसले मेरा वचन सुन्छ र पालन गर्दैन, त्यो मूर्ख मानिसजस्तै हो जसले आफ्नो घर बालुवामाथि बनायो ।
\v 27 पानी परेर बाढी आयो, र हुरी आयो अनि त्यस घरलाई हान्यो, र त्यो ढल्यो र पूर्णरूपमा नष्‍ट भयो ।”
\p
\v 28 जब येशूले यी वचन भनेर सक्‍नुभयो, भीड उहाँको शिक्षा सुनेर साह्रै अचम्मित भयो,
\v 29 किनकि उहाँले तिनीहरूका शास्‍‍त्रीहरूले जस्तो गरी होइन, तर तिनीहरूलाई अधिकारसहित सिकाउनुभयो ।
\c 8
\cl अध्याय ८
\p
\v 1 जब येशू डाँडाबाट तल ओर्लनुभएको थियो, ठुलो भीडले उहाँलाई पछ्यायो ।
\v 2 हेर, एक जना कुष्‍ठरोगी उहाँको नजिक आयो र उहाँको अगि घोप्‍टो पर्‍यो, र भन्यो, “हे प्रभु, तपाईंले इच्‍छा गर्नुभयो भने, मलाई शुद्ध पार्न सक्‍नुहुन्‍छ ।”
\p
\v 3 येशूले आफ्नो हात पसार्नुभयो र त्यसलाई छुनुभयो, र भन्‍नुभयो, “म चाहन्‍छु । तिमी शुद्ध होऊ ।” तब तुरून्‍तै आफ्नो कुष्‍ठरोगबाट ऊ शुद्ध भयो ।
\v 4 येशूले त्यसलाई भन्‍नुभयो, “हेर, कुनै पनि मानिसलाई केही नभन्‍नू । आफ्नो बाटो लाग, आफैंलाई पूजाहारीकहाँ प्रकट गराऊ, र तिनीहरूको अगि गवाही होस् भनेर मोशाले आज्ञा गरेअनुसार भेटी चढाऊ ।”
\p
\v 5 उहाँ कर्फनहुममा प्रवेश गर्नुहुँदा, एक जना कप्‍तान उहाँकहाँ आएर उहाँलाई सोधे,
\v 6 “हे प्रभु, मेरो एक जना नोकर पक्षाघातले ग्रसित भएर घरमा पल्टिरहेको छ र त्यो भयानक पीडामा छ ।”
\p
\v 7 अनि येशूले तिनलाई भन्‍नुभयो, “म आएर त्यसलाई निको पार्नेछु ।”
\p
\v 8 कप्‍तानले जवाफ दिए र भने, “प्रभु, तपाईं मेरो घरको छानामुनि आउनको निम्ति म योग्‍यको छैनँ । तपाईंले केवल वचन मात्र बोलिदिनुहोस् र मेरो नोकर निको हुनेछ ।
\v 9 किनकि म पनि एउटा यस्तो मानिस हुँ जो अधिकारको मुनि राखिएको छु, र मेरो मुनि पनि सिपाहीहरू छन्‌ । म एक जनालाई ‘जाऊ’ भन्‍छु र त्यो जान्‍छ, र अर्कोलाई ‘आऊ’ भन्‍छु र त्यो आउँछ, अनि मेरो नोकरलाई ‘त्‍यो गर’ भन्‍छु र त्यसले त्‍यो गर्छ ।”
\p
\v 10 जब येशूले यो सुन्‍नुभयो, उहाँ छक्‍क पर्नुभयो र उहाँलाई पछ्याउनेहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, इस्राएलमा पनि यस्तो विश्‍वास भएको मैले कोही भेट्टाएको छैनँ ।
\v 11 म तिमीहरूलाई भन्‍दछु, धेरै जना पूर्व र पश्‍चिमबाट आउनेछन्, अनि तिनीहरू अब्राहाम, इसहाक र याकूबसँग स्‍वर्गीय राज्‍यको भोजमा बस्‍नेछन् ।
\v 12 तर राज्‍यका छोराहरू बाहिर अन्‍धकारमा फालिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।”
\v 13 येशूले त्यस कप्‍तानलाई भन्‍नुभयो, “जाऊ । तिमीले विश्‍वास गरेजस्‍तै तिम्रो निम्ति गरियोस् ।” अनि त्‍यही घडी तिनको नोकर निको भयो ।
\p
\v 14 जब येशू पत्रुसको घरमा आउनुभयो, उहाँले पत्रुसकी सासू ज्‍वरोले बिरामी भई थला परिरहेकी देख्‍नुभयो ।
\v 15 येशूले तिनको हातमा छुनुभयो, अनि ज्‍वरोले तिनलाई छोड्‌यो । त्‍यसपछि तिनी उठिन् र उहाँको सेवा गर्न थालिन् ।
\p
\v 16 जब साँझ पर्‍यो, मानिसहरूले भूतात्‍मा लागेका धेरै मानिसहरूलाई येशूकहाँ ल्‍याए । उहाँले एउटै वचनबाट भूतात्‍माहरूलाई बाहिर निकाल्नुभयो र सबै बिरामीलाई निको पार्नुभयो ।
\v 17 यसरी यशैया अगमवक्‍ताद्वारा भनिएको यस्तो वचन पूरा भयो, “उहाँ आफैंले नै हाम्रा बिमारीहरू लिनुभयो, र हाम्रा रोगहरू उठाइलानुभयो ।”
\p
\v 18 जब येशूले भीडलाई आफ्नो वरिपरि देख्‍नुभयो, उहाँले गालील समुद्रको अर्कोपट्टि जानको निम्ति निर्देशन दिनुभयो ।
\v 19 त्‍यसपछि एक जना शास्‍‍त्री आएर उहाँलाई भने, “गुरुज्‍यू, तपाईं जहाँ जानुहुन्‍छ म तपाईंलाई त्यहीं पछ्याउनेछु ।”
\p
\v 20 येशूले तिनलाई भन्‍नुभयो, “स्‍यालहरूका दुला छन्‌, र आकाशका चराचुरूङ्गीहरूका गुँडहरू छन्‌, तर मानिसका पुत्रको त आफ्नो शिर राख्‍ने ठाउँ कहीं पनि छैन ।”
\p
\v 21 चेलाहरूमध्ये एक जनाले उहाँलाई भन्यो, “प्रभु, पहिले मलाई गएर मेरो बुबालाई गाड्न दिनुहोस्‌ ।”
\p
\v 22 तर येशूले तिनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ, र मुर्दालाई तिनको आफ्नै मुर्दा गाड्‌न देऊ ।”
\p
\v 23 येशू डुङ्गामा चढ्नुभएपछि, उहाँका चेलाहरूले पनि उहाँलाई पछ्याए ।
\v 24 हेर, समुद्रमा ठुलो आँधीबेहरी चल्‍यो, अनि त्यो डुङ्गा समुद्रको छालद्वारा छोपियो । तर येशू निदाउनुभएको थियो ।
\v 25 चेलाहरू उहाँकहाँ आए र उहाँलाई यसो भनी उठाउन लागे, “हे प्रभु, हामीलाई बचाउनुहोस्‌; हामी मर्नै लागेका छौं!”
\p
\v 26 येशूले तिनीहरूलाई भन्‍नुभयो, “ए अल्‍पविश्‍वासीहरू, तिमीहरू किन डराउँछौं?” त्‍यसपछि उहाँ उठ्‌नुभयो अनि आँधी र समुद्रलाई हकार्नुभयो । त्‍यसपछि त्यहाँ पूरै शान्ति छायो ।
\p
\v 27 ती मानिसहरू छक्‍क परे र भने, “उहाँ कस्‍ता मानिस हुनुहुन्छ कि समुद्र र आँधीले पनि उहाँका आज्ञा मान्दारहेछन्?”
\p
\v 28 जब येशू समुद्रको पारिपट्टि र गदरिनीहरूको देशमा आउनुभएको थियो, दुई जना भूतात्‍मा लागेका मानिसले उहाँलाई भेटे । तिनीहरू चिहानबाट निस्‍केर आइरहेका थिए र धेरै हिंसात्मक थिए, त्‍यसकारण त्‍यो बाटो भएर कोही पनि यात्रु जान सक्दैन थियो ।
\v 29 हेर, तिनीहरूले ठुलो स्‍वरले कराए र भने, “हे परमेश्‍वरका पुत्र, तपाईंसँग हाम्रो के सरोकार? के तोकिएको समयभन्दा पहिले नै तपाईं यहाँ हामीलाई दुःख दिन आउनुभएको हो?
\v 30 त्‍यहाँ नजिकै धेरै सुँगुरहरूको एउटा बथान चरिरहेको थियो ।
\p
\v 31 ती भूतात्‍माहरूले उहाँलाई बिन्‍ती गरिरहे र भने, “यदि तपाईंले हामीलाई बाहिर निकाल्‍नुहुन्‍छ भने, हामीलाई सुँगुरहरूको बथानमा पठाइदिनुहोस्‌ ।”
\p
\v 32 येशूले तिनीहरूलाई भन्‍नुभयो, “जा!” ती भूतात्माहरू बाहिर निस्के र सुँगुरहरूभित्र पसे; अनि हेर, सबै सुँगुर त्यो भिरालो पहाडको तल दौडे र समुद्रमा खसे अनि तिनीहरू पानीमा डुबेर मरे ।
\v 33 सुँगुरहरू चराइरहेका मानिसहरू त्यहाँबाट दौडेर गए । अनि जब तिनीहरू सहरमा गए, तिनीहरूले सबै कुरा बताइदिए, र विशेष गरी भूतात्मा लागेका मानिसहरूलाई के भएको थियो सो बताइदिए ।
\v 34 हेर, पूरै सहर येशूलाई भेट्न आयो । जब तिनीहरूले उहाँलाई देखे, तब तिनीहरूले उहाँलाई तिनीहरूको इलाका छोडेर जान अनुरोध गरे ।
\c 9
\cl अध्याय ९
\p
\v 1 येशू एउटा डुङ्गामा चढेर पारिपट्टि जानुभयो र आफ्नो सहरमा आइपुग्‍नुभयो ।
\v 2 हेर, तिनीहरूले उहाँकहाँ ओछ्यानमा सुतिरहेको एउटा पक्षाघातीलाई ल्याए । तिनीहरूको विश्‍वास देखेर येशूले त्यो पक्षाघात भएको व्यक्‍तिलाई भन्‍नुभयो, “छोरा आनन्दित होऊ । तिम्रा पाप क्षमा भएका छन् ।”
\p
\v 3 हेर, त्यहाँका केही शास्‍‍त्रीहरूले तिनीहरूका माझमा यसो भने, “यो मानिसले परमेश्‍वरको निन्दा गरिरहेको छ ।”
\v 4 येशूले तिनीहरूको विचार थाहा पाउनुभयो र भन्‍नुभयो, “किन तिमीहरू आफ्ना हृदयमा दुष्‍ट विचार गरिरहेका छौ?
\v 5 कुन कुराचाहिं भन्‍न सजिलो छ, ‘तिम्रा पाप क्षमा भएका छन्', भन्‍न कि 'उठ र हिँड' भन्‍न?
\v 6 तर मानिसका पुत्रलाई पृथ्‍वीमा पाप क्षमा गर्ने अधिकार छ भन्‍ने कुरा तिमीहरूले जान्‍न सक ।” उहाँले त्यस पक्षाघातीलाई भन्‍नुभयो, “उठ, आफ्नो ओछ्यान उठाऊ र आफ्नो घर जाऊ ।”
\v 7 त्यसपछि त्यो मानिस उठ्यो र आफ्नो घरतर्फ गयो ।
\v 8 जब भीडले यो देख्यो, तिनीहरू छक्‍क परेर मानिसहरूलाई यस्तो अधिकार दिनुभएको परमेश्‍वरको प्रशंसा गरे ।
\p
\v 9 येशू त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँले मत्ती नाउँ गरेको व्यक्‍तिलाई देख्‍नुभयो, जो कर उठाउने ठाउँमा बसिरहेका थिए । उहाँले तिनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ ।” तिनी उठे र उहाँको पछि लागे ।
\v 10 जब येशू खाना खान घरमा बस्‍नुभयो, हेर, धेरै कर उठाउने र पापी मानिसहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाए ।
\p
\v 11 जब फरिसीहरूले यो देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने, “किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्छन्?”
\p
\v 12 जब येशूले यो सुन्‍नुभयो, उहाँले भन्‍नुभयो, “शरीरमा बलिया भएकाहरूलाई वैद्यको खाँचो पर्दैन, तर बिरामीहरूलाई मात्र ।
\v 13 जाओ र यसको अर्थ के हो सिकः ‘म दया चाहन्छु, तर बलिदान होइन ।’ किनकि म, धर्मीलाई पश्‍चात्ताप गर्न बोलाउन आएको होइन तर पापीहरूलाई बोलाउन आएँ ।"
\p
\v 14 त्यसपछि यूहन्‍नाका चेलाहरू उहाँकहाँ आए, र भने, “किन हामी र फरिसीहरू प्रायः उपवास बस्दछौं, तर तपाईंका चेलाहरू उपवास बस्दैनन्?”
\p
\v 15 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के जन्तीहरू दुलहा तिनीहरूका साथमा हुँदा-हुँदै दुःखी हुन्छन् र? तर ती दिन आउनेछन्, जब दुलहा तिनीहरूबाट टाढा लगिनेछ, र तिनीहरू उपवास बस्‍नेछन् ।
\p
\v 16 कसैले पनि पुरानो वस्‍‍त्रमा नयाँ कपडाको टुक्रा टाल्दैन, किनकि त्यो टुक्रा वस्‍‍त्रबाट फाटिनेछ, र त्यो फटाइ झन् नराम्रो हुनेछ ।
\v 17 न त कसैले पुरानो मद्यको मशकमा नयाँ दाखमद्य राख्छ । तिनीहरूले त्यसो गरे भने, त्यो मशक फुट्नेछ र सबै दाखमद्य पोखिनेछ, र मद्यको मशक नष्‍ट हुनेछ । त्यसको सट्टामा, तिनीहरूले नयाँ दाखमद्यलाई नयाँ मद्यको मशकमा राख्छन्, र दुवै सुरक्षित रहनेछन् ।”
\p
\v 18 जब येशूले तिनीहरूलाई यी कुराहरू भनिरहनुभएको थियो, हेर, एउटा अधिकारी आए र येशूलाई दण्डवत् गरे । तिनले भने, “मेरी छोरी भर्खरै मरेकी छे, तर आएर तपाईंले त्यसमाथि आफ्नो हात राखिदिनुहोस् र त्यो फेरि जीवित हुनेछे ।”
\v 19 त्यसपछि येशू उठ्नुभयो र तिनको पछि लाग्‍नुभयो र उहाँका चेलाहरू पनि पछि लागे ।
\v 20 हेर, बाह्र वर्षदेखि रगत बग्‍ने व्यथा भएकी एक जना स्‍‍त्री येशूको पछाडि आई, र उहाँको वस्‍‍त्रको छेउ छोई ।
\p
\v 21 किनकि त्यसले आफैंलाई यसो भनेकी थिई, “मैले उहाँको वस्‍‍त्र मात्र छोएँ भने पनि म निको पारिनेछु ।”
\p
\v 22 तर येशू पछाडि फर्कनुभयो र त्यसलाई देखेर भन्‍नुभयो “छोरी, साहस गर; तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।” अनि त्यो स्‍‍त्री त्यही घड‌‍‍ी निको भई ।
\p
\v 23 जब येशू त्यस अधिकारीको घरमा आउनुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भीडले ठुलो हल्ला गरिरहेका देख्‍नुभयो ।
\v 24 उहाँले भन्‍नुभयो, “पर जाओ, किनकि ठिटी मरेकी छैन, तर निदाएकी छे ।” तर तिनीहरू उहाँको गिल्ला गरेर हाँसे ।
\v 25 भीडलाई बाहिर पठाइएपछि, उहाँ कोठाभित्र जानुभयो र उहाँले त्यसको हात समात्‍नुभयो, र त्यो ठिटी उठी ।
\v 26 यो खबर त्यस क्षेत्रको चारैतिर फैलियो ।
\p
\v 27 जब येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्थ्यो, दुई जना अन्धाहरूले उहाँलाई पछ्याए । तिनीहरू ठुलो स्वरले कराउँदै यसो भनिरहे, “दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्!”
\v 28 जब येशू घरभित्र आउनुभयो, ती अन्धाहरू उहाँकहाँ आए । येशूले तिनीहरूलाई भन्‍नुभयो, “म यो गर्न सक्छु भनी के तिमीहरू विश्‍वास गर्छौ?” तिनीहरूले उहाँलाई भने “ज्यू, प्रभु ।”
\p
\v 29 त्यसपछि येशूले तिनीहरूका आँखा छोएर भन्‍नुभयो, “तिमीहरूले विश्‍वास गरेअनुसार तिमीहरूलाई त्यस्तै नै होस् ।”
\v 30 अनि तिनीहरूका आँखा खोलिए । त्यसपछि येशूले तिनीहरूलाई कडासाथ आज्ञा गर्नुभयो र भन्‍नुभयो, “ख्याल गर, कि यो कुराबारे कसैलाई पनि थाहा नहोस् ।”
\v 31 तर ती दुई जना मानिस बाहिर निस्के र यो खबर त्यो क्षेत्रभरि नै फैलाए ।
\p
\v 32 जसै ती दुई जना मानिस जाँदै थिए, हेर, एक जना भूतात्मा लागेको गूँगोलाई येशूकहाँ ल्याइयो ।
\v 33 जब त्यो भूतात्मा धपाइयो, तब त्‍यो व्यक्‍ति बोल्यो । भीडहरू छक्‍क परे र भने, “इस्राएलमा यस्तो कहिल्‍यै देखिएको थिएन!”
\p
\v 34 तर फरिसीहरूले यसो भनिरहेका थिए, “यसले भूतहरूको मालिकद्वारा भूतहरू निकाल्दछ ।”
\p
\v 35 येशू सारा सहरहरू र गाउँहरूमा जानुभयो । तिनीहरूका सभा घरमा शिक्षा दिंदै, राज्यको सुसमाचार प्रचार गर्दै र सबै किसिमका रोग र बिमारीहरू निको पार्दै हिँड्नुभयो ।
\v 36 जब उहाँले भीडलाई देख्‍नुभयो, उहाँ तिनीहरूका निम्ति दयाले भरिनुभयो, किनभने तिनीहरू विचलित र निराश थिए । तिनीहरू गोठालाबिनाका भेडाहरूजस्‍तै थिए ।
\v 37 उहाँले चेलाहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्‍त छन्, तर खेतालाहरू थोरै छन् ।
\v 38 यसकारण फसलका प्रभुलाई चाँडै प्रार्थना गर, ताकि उहाँले आफ्‍नो फसलका निम्ति खेतालाहरू पठाइदिनुभएको होस् ।”
\c 10
\cl अध्याय १०
\p
\v 1 येशूले आफ्ना बाह्र जना चेलालाई एकै ठाउँमा बोलाउनुभयो र तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने अनि हरप्रकारका रोग र बिमारीहरूलाई निको पार्ने अधिकार पनि दिनुभयो ।
\v 2 बाह्र जना प्रेरितका नाम यी हुन्ः पहिलो सिमोन (जसलाई उहाँले पत्रुस पनि भनेर बोलाउनुहुन्थ्यो) र तिनका भाइ अन्द्रियास; जब्दियाका छोरा याकूब र तिनका भाइ यूहन्‍ना;
\v 3 फिलिप र बारथोलोमाइ; थोमा र कर उठाउने मत्ती; अल्फयसका छोरा याकूब र थेदियस;
\v 4 सिमोन कनानी र यहूदा इस्करियोत, जसले येशूलाई धोका दियो ।
\p
\v 5 यी बाह्रै जनालाई येशूले बाहिर पठाउनुभयो । उहाँले तिनीहरूलाई निर्देशन दिनुभयो र भन्‍नुभयो, “गैरयहूदीहरू बस्‍ने कुनै पनि ठाउँमा नजाओ, र सामरीहरूको कुनै पनि सहरमा प्रवेश नगर ।”
\v 6 यसको सट्टा इस्राएलको घरानाको हराएका भेडाहरूकहाँ जाओ;
\v 7 अनि जसै तिमीहरू जान्छौ, ‘स्वर्गको राज्य नजिकै आइसकेको छ’ भनी प्रचार गर ।
\v 8 रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्‍ठरोगीहरूलाई शुद्ध पार र भूतात्माहरूलाई धपाओ । तिमीहरूले सित्तैंमा पायौ, सित्तैंमा देओ ।
\v 9 तिमीहरूका थैलीमा कुनै पनि सुन, चाँदी वा तामा नबोक ।
\v 10 तिमीहरूका यात्राको निम्ति झोला वा फाल्तु दौरा वा जुत्ता वा लौरो नबोक, किनकि खेतालाले आफ्नो भोजन पाउनुपर्छ ।
\v 11 तिमीहरू जुनसुकै सहर वा गाउँमा प्रवेश गर्छौ, त्यहाँ को योग्यको छ भनी पत्ता लगाओ र त्यहाँबाट ननिस्केसम्म तिमीहरू त्यहीं बस ।
\v 12 जब तिमीहरू घरमा पस्छौ, तब त्यसलाई अभिवादन गर ।
\v 13 यदि त्यो घर योग्यको छ भने, तिमीहरूको शान्ति त्यसमाथि आओस् । तर यदि त्यो योग्यको छैन भने, तिमीहरूका शान्ति तिमीहरूकहाँ नै फर्केर आओस् ।
\v 14 जसले तिमीहरूलाई ग्रहण गर्दैन वा तिमीहरूका वचन सुन्दैन, तिमीहरू त्यस घर वा सहरबाट निस्केर जाँदा, तिमीहरूका खुट्टाबाट धुलो टकटक्याइदेओ ।
\v 15 साँच्‍चै म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा सदोम र गमोराको इन्साफ बढी सहनीय हुन्छ ।
\p
\v 16 हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेडाझैं पठाउँछु । यसकारण सर्पझैं चनाखो र ढुकुरझैं सोझो होओ ।
\v 17 मानिसहरूदेखि होसियार बस! तिनीहरूले तिमीहरूलाई परिषद्हरूमा सुम्पिदिनेछन् र तिनीहरूले आफ्ना सभाघरहरूमा तिमीहरूलाई कोर्रा लगाउनेछन् ।
\v 18 अनि तिमीहरू मेरो खातिर शासकहरू र राजाहरू सामु तिनीहरू र अन्यजातिहरूका निम्ति गवाहीको रूपमा ल्याइनेछौ ।
\v 19 तर जब तिनीहरूले तिमीहरूलाई सुम्पिदिन्छन्, तब तिमीहरूले कसरी वा के बोल्ने भन्‍ने विषयमा चिन्ता नगर, किनकि तिमीहरूलाई बोल्नुपर्ने कुरा सोही घडी दिइनेछ ।
\v 20 किनकि बोल्ने तिमीहरू होइनौ, तर तिमीहरूमा बोल्नुहुने तिमीहरूका पिताका आत्मा हुनुहुन्छ ।
\v 21 दाजुले भाइलाई मृत्युको निम्ति पक्राइदिनेछ, र बुबाले आफ्नो छोरालाई । छोराछोरीहरू आफ्ना बुबा-आमाका विरुद्धमा उठ्नेछन् र मृत्युका निम्ति तिनीहरूलाई सुम्पिदिनेछन् ।
\v 22 मेरो नाउँको खतिर तिमीहरू सबैबाट घृणित हुनेछौ । तर जसले अन्तिम घडीसम्म सहन्छ, त्यस व्यक्‍तिको उद्धार हुनेछ ।
\v 23 जब तिनीहरूले यस सहरमा तिमीहरूलाई सताउँछन्, अर्को सहरमा भाग, किनकि साँच्‍चै म तिमीहरूलाई भन्दछु, मानिसका पुत्र नआउञ्‍जेलसम्म तिमीहरू इस्राएलका सहरहरू पनि घुमिसकेका हुनेछैनौ ।
\p
\v 24 चेला आफ्नो गुरुभन्दा श्रेष्‍ठ हुँदैन, न त नोकर आफ्नो मालिकभन्दा ठुलो हुन्छ ।
\v 25 त्यो चेला आफ्नो गुरु र त्यो नोकर आफ्नो मालिकजस्तो हुनु नै त्यसको निम्ति पर्याप्‍त हुन्छ । यदि तिनीहरूले घरका मालिकलाई नै बालजिबुल भनेका छन् भने, तिनीहरूले उनका घरानालाई झन् कति बढी बदनाम गर्लान्!
\p
\v 26 त्यसकारण तिनीहरूसँग नडराओ, किनकि ढाकिएर प्रकट नहुने केही छैन, लुकेर थाहा नहुने केही छैन ।
\v 27 जे म तिमीहरूलाई अँध्यारोमा भन्दछु, त्यो उज्यालोमा भनिदेओ र जे तिमीहरूले आफ्नो कानमा मधुर रूपमा सुन्छौ, त्यो घरको धुरीबाट घोषणा गर ।
\v 28 तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्दछन्, तर आत्मालाई मार्न सक्दैनन् । बरु, आत्मा र शरीर दुवैलाई नरकमा नष्‍ट गर्न सक्‍नुहुनेसँग डराओ ।
\v 29 के एउटा सानो सिक्कामा दुईवटा भङ्गेरा बिक्दैनन् र? तापनि तिमीहरूका पिताको इच्छाबिना तीमध्ये एउटा पनि भुइँमा खस्दैन ।
\v 30 तर तिमीहरूका शिरका केशहरू पनि गन्ती भएका छन् ।
\v 31 नडराओ, तिमीहरू धेरै भँगेराभन्दा बढी मूल्यवान् छौ ।
\v 32 यसकारण जसले मलाई मानिसहरूका सामुन्‍ने ग्रहण गर्छ, म पनि त्यसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु ग्रहण गर्नेछु ।
\v 33 तर जसले मानिसहरूका सामुन्‍ने मलाई इन्कार गर्छ, म पनि त्यसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु इन्कार गर्नेछु ।
\p
\v 34 म पृथ्‍वीमा शान्‍ति ल्याउन आएँ भनी विचार नगर । म शान्ति ल्याउन होइन, तर तरवार चलाउन आएँ ।
\v 35 किनकि म मानिसलाई त्यसको पिताको विरुद्ध र छोरीलाई त्यसकी आमाको विरुद्ध र बुहारीलाई त्यसकी सासूको विरुद्ध गराउन आएँ ।
\v 36 मानिसका शत्रुहरू त्यसको आफ्नै घरानाभित्रका हुनेछन् ।
\v 37 त्यो जसले मलाई भन्दा आफ्नो बुबा वा आमालाई प्रेम गर्छ, त्यो मेरो निम्ति योग्यको हुँदैन; त्यो जसले आफ्नो छोरा वा छोरीलाई मलाई भन्दा बढी प्रेम गर्छ, त्यो मेरो निम्ति योग्यको हुँदैन ।
\v 38 जसले आफ्नो क्रूस उठाएर मेरो पछि लाग्दैन, त्यो मेरो निम्ति योग्यको हुँदैन ।
\v 39 आफ्नो जीवन बचाउनले त्यो गुमाउनेछ, र आफ्नो जीवन मेरो निम्ति गुमाउनेले त्यो बचाउनेछ ।
\p
\v 40 जसले तिमीहरूलाई स्वागत गर्छ, त्यसले मलाई स्वागत गर्छ र जसले मलाई स्वागत गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई पनि स्वागत गर्छ ।
\v 41 जसले अगमवक्‍तालाई तिनी अगमवक्‍ता भएको कारणले स्वागत गर्छ, त्यसले अगमवक्‍ताको इनाम पाउनेछ । अनि जसले धर्मी मानिसलाई तिनी धर्मी भएको कारणले स्वागत गर्छ, त्यसले धर्मी मानिसको इनाम पाउनेछ ।
\v 42 जसले यी सानाहरूमध्ये कसैलाई चेला भएको कारणले एक कचौरा चिसो पानी मात्र पनि पिउन देला, साँच्‍चै म तिमीहरूलाई भन्दछु, त्यसले कुनै रीतिले आफ्नो इनाम गुमाउनेछैन ।
\c 11
\cl अध्याय ११
\p
\v 1 अनि यसो भयो, येशूले आफ्ना बाह्र जना चेलालाई शिक्षा दिइसक्‍नुभएपछि तिनीहरूका सहरहरूमा सिकाउन र प्रचार गर्न उहाँ त्यहाँबाट जानुभयो ।
\p
\v 2 अनि जब यूहन्‍नाले झ्यालखानाबाट ख्रीष्‍टले गर्नुभएका कामहरूको बारेमा सुने, तिनले आफ्ना चेलाहरूद्वारा एउटा खबर पठाए,
\v 3 र तिनलाई भने, “के आउनुहुनेवाला तपाईं नै हुनुहुन्छ, वा कोही अर्कै हुनुहुन्छ जसको हामी प्रतीक्षा गरौं?”
\p
\v 4 येशूले उत्तर दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे देखेका र सुनेका छौ, गएर यूहन्‍नालाई बताइदेओ ।
\v 5 अन्धाहरूले द‍ृष्‍टि पाइरहेका छन्, लङ्गडाहरू हिँडिरहेका छन्, कुष्‍ठरोगीहरू शुद्ध पारिएका छन् बहिराहरूले फेरि सुनिरहेका छन्, मरेकाहरू फेरि जीवित पारिएका छन्, अनि गरिबहरूलाई सुसमाचार सुनाइँदैछ ।"
\v 6 अनि तिनीहरू धन्यका हुन् जसले मसँग चित्त दुखाएका छैनन् ।”
\p
\v 7 जसै यी मानिसहरू आफ्नो बाटो लागे, येशूले भीडहरूलाई यूहन्‍नाको बारेमा बताउन थाल्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न गयौ– हावाले हल्लाइरहेको निगालोलाई?
\v 8 तिमीहरू के हेर्न बाहिर गयौ– नरम लुगा लगाउने मानिसलाई? वास्तवमा नरम लुगा लगाउने व्यक्‍ति त राजाहरूका दरबारहरूमा बस्छ ।
\v 9 तर तिमीहरू के हेर्न बाहिर गयौ– के अगमवक्‍तालाई? हो, म तिमीहरूलाई भन्दछु, अगमवक्‍ताभन्दा पनि महान् व्यक्‍तिलाई ।
\v 10 यिनी तिनै हुन् जसको बारेमा यस्तो लेखिएको छ, ‘हेर, म आफ्नो समाचारवाहकलाई तिम्रो अगि-अगि पठाउँदैछु, जसले तिम्रो सामु तिम्रो बाटो तयार पार्नेछ ।’
\p
\v 11 साँच्‍चै म तिमीहरूलाई भन्दछु, स्‍‍त्रीबाट जन्मेकाहरूमा बप्‍तिस्मा-दिने यूहन्‍नाभन्दा महान् अरू कोही छैन । तरै पनि स्वर्गको राज्यमा सबैभन्दा कम महत्त्‍वको मानिस यिनीभन्दा महान् हुन्छन् ।
\v 12 बप्‍तिस्मा-दिने यूहन्‍नाको दिनदेखि अहिलेसम्म स्वर्गको राज्यमा बलजफत हुँदैछ, र बलजफत गर्ने मानिसहरूले यसलाई बलपूर्वक पक्रन्छन् ।
\v 13 किनकि यूहन्‍ना नआउन्जेलसम्म सबै अगमवक्‍ता र व्यवस्थाले अगमवाणी गरिरहेका थिए;
\v 14 अनि यदि तिमीहरू ग्रहण गर्न राजी हुन्छौ भने, आउनुपर्ने एलिया यिनी नै हुन् ।
\v 15 जसको कान छ, त्यसले सुनोस् ।
\p
\v 16 यस पुस्तालाई म केसँग तुलना गरूँ? यो त बजारमा खेलिरहेका बालकहरूजस्तै छ, जो बस्छन् र एक अर्कालाई बोलाउँछन्,
\v 17 र भन्छन्, ‘हामीले तिमीहरूका निम्ति बाँसुरी बजायौं, अनि तिमीहरू नाचेनौ । हामीले शोक गर्‍यौं, र तिमीहरू रोएनौ ।’
\v 18 किनकि यूहन्‍ना रोटी खाँदै अथवा दाखमद्य पिउँदै आएनन्, अनि तिनीहरू भन्छन्, ‘त्यसलाई भूत लागेको छ ।’
\v 19 मानिसका पुत्र खाँदै र पिउँदै आए र तिनीहरू भन्छन्, ‘हेर, त्यो एउटा घिचुवा अनि पियक्‍कड मान्छे हो, कर उठाउनेहरू र पापीहरूको मित्र हो! तर बुद्धिचाहिं तिनको कामहरूले सिद्ध हुन्छ ।”
\p
\v 20 तब येशूले ती सहरहरूलाई हकार्न थाल्नुभयो जहाँ उहाँका धेरैजसो शक्‍तिशाली कार्यहरू भएका थिए, किनकि तिनीहरूले पश्‍चात्ताप गरेका थिएनन् ।
\v 21 “धिक्‍कार तँलाई, ए खोराजीन! धिक्‍कार तँलाई, ए बेथसेदा! यदि तँमा गरिएका शक्‍तिशाली कार्यहरू टुरोस र सीदोनमा गरिएका भए, तिनीहरूले धेरै पहिले नै भाङ्ग्रा र खरानी लगाएर पश्‍चात्ताप गरिसकेका हुने थिए ।
\v 22 तर न्यायको दिनमा तिमीहरूका निम्ति भन्दा टुरोस र सीदोनको निम्ति इन्साफ अझ बढी सहनीय हुनेछ ।
\v 23 ए कफर्नहुम, के तँ स्वर्गमा उचालिनेछस् भनी सम्झन्छस्? होइन, तँलाई तल पातालमा झारिनेछ । किनकि यदि तँमा गरिएका शक्‍तिशाली कार्यहरू सदोममा गरिएका भए, त्यो आजसम्म पनि रहिरहने थियो ।
\v 24 तर म तिमीहरूलाई भन्दछु कि न्यायको दिनमा तेरो निम्ति भन्दा सदोम मुलुकको निम्ति सजिलो हुनेछ ।”
\p
\v 25 त्यस बेला येशूले भन्‍नुभयो, “पिता, म तपाईंको प्रशंसा गर्दछु । हे स्वर्ग र पृथ्वीका मालिक, म तपाईंको प्रशंसा गर्दछु, किनभने तपाईंले यी कुराहरू बुद्धिमानी र समझदारहरूबाट लुकाउनुभयो, र साना बालकहरूलाई ती प्रकट गर्नुभयो ।
\v 26 हो पिता, किनकि तपाईंको द‍ृष्‍टिमा यही नै मनपर्दो थियो ।
\p
\v 27 मेरा पिताद्वारा सबै कुरा मलाई सुम्पिएको छ; अनि पिताबाहेक पुत्रलाई कसैले चिन्दैन, अनि पुत्र र पुत्रले प्रकट गराउन इच्छा गरेको व्यक्‍तिले बाहेक पितालाई कसैले चिन्दैन ।
\v 28 हे सबै परिश्रम गर्नेहरू र गह्रौं बोझले लादिएका हो, मकहाँ आओ र म तिमीहरूलाई विश्राम दिनेछु ।
\v 29 मेरो जुवा तिमीहरूमाथि लेओ र मबाट सिक, किनकि म नम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्नो आत्माको निम्ति विश्राम पाउनेछौ ।
\v 30 किनकि मेरो जुवा सजिलो छ र मेरो बोझ हलुको छ ।”
\c 12
\cl अध्याय १२
\p
\v 1 त्यति बेला विश्रामको दिनमा येशू अन्‍नका खेतहरू हुँदै जानुभयो । उहाँका चेलाहरू भोकाए र तिनीहरूले अन्‍न टिप्दै खान लागे ।
\v 2 तर जब फरिसीहरूले त्यो देखे, तिनीहरूले येशूलाई भने, “हेर्नुहोस्, जे विश्रामको दिनमा गर्न अनुचित छ तपाईंका चेलाहरूले त्यही गर्छन् ।”
\p
\v 3 तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “के दाऊदले तिनीसँग भएका मानिसहरूले भोकाएको बेलामा के गरे भन्‍ने कुरा तिमीहरूले कहिल्यै पढेका छैनौ?
\v 4 कसरी तिनले परमेश्‍वरको भवनमा पसेर उपस्थितिको रोटी खाए, जुन तिनी र तिनीसँग भएकाहरूका निम्ति खानु अनुचित थियो तर त्यो पूजाहारीहरूका लागि मात्रै उचित थियो ।
\v 5 र विश्रामको दिनमा त्यस मन्दिरका पूजाहारीहरूले विश्राम दिनलाई अपवित्र गर्छन्, तरै पनि दोषरहित हुन्छन् भन्‍ने कुरा के तिमीहरूले व्यवस्थामा पढेका छैनौ र?
\v 6 तर म तिमीहरूलाई भन्दछु, मन्दिरभन्दा महान् यहाँ एक जना छ ।
\v 7 तर यदि ‘म कृपा चाहन्छु र बलिदान होइन’ भन्‍ने कुराको अर्थ तिमीहरूले बुझेका भए तिमीहरूले निर्दोषको निन्दा गर्ने थिएनौ ।
\v 8 किनभने मानिसका पुत्र विश्राम दिनको प्रभु हुन् ।”
\p
\v 9 त्यसपछि येशू त्यहाँबाट अलग्गिनुभयो र तिनीहरूका सभाघरहरूमा जानुभयो ।
\v 10 हेर, त्यहाँ एक जना हात सुकेको व्यक्‍ति थियो । येशूलाई पापको दोष लगाउन फरिसीहरूले उहाँलाई सोधे, “के विश्रामको दिनमा निको पार्नु उचित छ?”
\p
\v 11 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूका बीचमा को यस्तो व्यक्‍ति होला जोसँग एउटा मात्र भेडा छ, र यदि विश्रामको दिनमा त्यो भेडा गहिरो खाल्डोमा खस्यो भने, त्यसलाई समातेर बाहिर ननिकाल्ला?
\v 12 त्यसो भए, एउटा मानिसको मूल्य त्यो भेडाभन्दा कति बढी छ! त्यसैले विश्रामको दिनमा असल गर्नु न्यायसङ्गत छ ।”
\v 13 अनि येशूले त्यस व्यक्‍तिलाई भन्‍नुभयो, “तिम्रो हात पसार ।” त्यसले आफ्नो हात पसार्‍यो, र त्यसको त्यो हात अर्को हातजस्तै निको भयो ।
\v 14 तर ती फरिसीहरू बाहिर गए र षड्‍यन्‍‍त्र रच्‍न थाले । तिनीहरूले उहाँलाई कसरी मार्न सकिन्छ भनेर मौका खोज्‍न थाले ।
\p
\v 15 अनि जब येशूले यो थाहा पाउनुभयो, उहाँ त्यहाँबाट निस्कनुभयो । धेरै मानिसले उहाँलाई पछ्याए र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो ।
\v 16 उहाँको बारेमा अरूहरूलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई आदेश दिनुभयो,
\v 17 ताकि यशैया अगमवक्‍ताद्वारा यसो भनिएको कुरा सत्य साबित होस्,
\v 18 “हेर, मेरो दास जसलाई मैले छानेको छु; मेरा अति प्रिय, जसमा मेरो प्राण प्रसन्‍न छ । म तिनमा मेरा आत्मा खन्याउनेछु, अनि तिनले गैरयहूदीहरूलाई न्यायको घोषणा गर्नेछन् ।
\q
\v 19 तिनले सङ्घर्ष गर्नेछैनन्, न त ठुलो स्वरले कराउनेछन्; न त कसैले गल्लीहरूमा तिनको स्वर सुन्‍नेछ ।
\q
\v 20 तिनले कुनै फुटेको नरकटलाई भाँच्‍नेछैनन्; तिनले न्यायलाई विजयमा नपुर्‍याएसम्म तिनले कुनै पनि धिपधिप बलिरहेको सलेदोलाई निभाउनेछैनन् ।
\q
\v 21 अनि तिनको नाउँमा गैरयहूदीहरूले विश्‍वास गर्नेछन् ।”
\p
\v 22 अनि भूतात्माले सताएको एक जना अन्धो र गूँगोलाई येशूकहाँ ल्याइयो । उहाँले त्यसलाई निको पार्नुभयो र फलस्वरूप त्यो गूँगो बोल्न र देख्‍न सक्‍ने भयो ।
\v 23 सबै भीड छक्‍क परे र भने, “के यी मानिस दाऊदका पुत्र हुन सक्छन्?”
\p
\v 24 तर जब फरिसीहरूले यस आश्‍चर्यकर्मको बारेमा सुने, तिनीहरूले भने, “यो मानिसले अरू केही होइन, तर भूतात्माहरूको राजकुमार बालजिबुलद्वारा भूतहरू निकाल्दछ ।”
\p
\v 25 तर येशूले तिनीहरूको विचार जान्‍नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “आफैंमा विभाजित भएको हरेक राज्यलाई उजाड पारिनेछ, अनि आफैंमा विभाजित भएको हरेक सहर वा घराना टिक्‍नेछैन ।”
\v 26 यदि शैतानले नै शैतानलाई निकाल्दछ भने, त्यो आफैंमा विभाजित हुन्छ । त्यसको राज्य कसरी टिक्ला?
\v 27 अनि म बालजिबुलद्वारा भूतात्माहरू निकाल्छु भने, तिमीहरूलाई पछ्याउनेहरूले कोद्वारा तिनीहरूलाई निकाल्छन् त? यसकारण तिनीहरू तिमीहरूका न्यायाधीश हुनेछन् ।
\v 28 तर यदि म परमेश्‍वरको आत्माद्वारा भूतात्माहरू निकाल्छु भने, परमेश्‍वरको राज्य तिमीहरूमा आएको छ ।
\p
\v 29 कुनै मानिसले एक बलियो व्यक्‍तिलाई पहिले नबाँधेसम्म त्यसको घरमा छिरेर त्यसका सामानहरू कसरी चोर्न सक्छ? त्यस बलियो व्यक्‍तिलाई बाँधेपछि त्यसको घरका सामानहरू त्यसले चोर्नेछ ।
\p
\v 30 जो मसित छैन त्यो मेरो विरुद्धमा हुन्छ, अनि जसले मसित बटुल्दैन त्यसले छरपष्‍ट पार्छ ।
\p
\v 31 त्यसैले म भन्दछु, मानिसले गरेको हरेक पाप र ईश्‍वर-निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुनेछैन ।
\v 32 अनि जसले मानिसका पुत्रको विरुद्धमा कुनै वचन बोल्छ भने त्यसलाई क्षमा गरिनेछ । तर जो कोहीले पवित्र आत्माको विरुद्धमा बोल्छ, त्यसलाई न यो संसारमा न त आउने संसारमा क्षमा गरिनेछ ।
\p
\v 33 कि त रूखलाई असल बनाओ र त्यसको फललाई पनि असल बनाओ, वा कि त त्यो रूखलाई खराब बनाओ र त्यसको फललाई पनि खराब बनाओ, किनकि रूख त्यसको फलद्वारा चिनिनेछ ।
\v 34 ए सर्पका सन्तानहरू, तिमीहरू दुष्‍ट छौ त कसरी असल कुरा बोल्न सक्छौ? किनकि हृदयमा जे छ, त्यही मुखबाट निस्कन्छ ।
\v 35 एउटा असल व्यक्‍तिले आफ्नो हृदयमा रहेको असल कुराले जे असल छ त्यो नै बाहिर ल्याउँछ, अनि एउटा दुष्‍ट व्यक्‍तिले आफ्नो हृदयमा रहेको दुष्‍ट कुराले जे दुष्‍ट छ त्यो नै बाहिर ल्याउँछ ।
\v 36 र म तिमीहरूलाई भन्दछु, कि न्यायको दिनमा मानिसहरूले आफूले बोल्ने हरेक व्यर्थ वचनको निम्ति लेखा दिनेछन् ।
\v 37 किनकि तिमीहरूका वचनद्वारा नै तिमीहरूको न्याय हुनेछ, अनि तिमीहरूकै वचनद्वारा तिमीहरू दोषी ठहरिनेछौ ।”
\p
\v 38 त्यसपछि केही शास्‍‍त्रीहरू र फरिसीहरूले येशूलाई उत्तर दिए र भने, “गुरुज्यू, हामी तपाईंबाट केही चिन्हहरू हेर्न चाहन्छौं ।”
\p
\v 39 तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “एउटा दुष्‍ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्छ । तर त्यसलाई योना अगमवक्‍ताको चिन्हबाहेक अरू चिन्ह दिइनेछैन ।
\v 40 किनकि जसरी योना तीन दिन र तीन रात माछाको पेटमा थिए, त्यसरी नै मानिसका पुत्र तीन दिन र तीन रात पृथ्वीको गर्भभित्र रहनेछन् ।
\v 41 निनवेका मानिसहरू न्यायको दिनमा यस पुस्तासँग खडा हुनेछन् र यस जातिको निन्दा गर्नेछन् । किनकि योनाको सन्देश सुनेर तिनीहरूले पश्‍चात्ताप गरेका थिए, तर हेर, योनाभन्दा अझै महान् कोही यहाँ छ ।
\v 42 दक्षिणकी रानी यस पुस्ताका मानिसहरूसँग न्यायको दिनमा उठ्नेछिन् र यसको निन्दा गर्नेछिन् । तिनी पृथ्वीका कुनाबाट सोलोमनका ज्ञानका कुराहरू सुन्‍न आइन्, तर हेर, सोलोमनभन्दा महान् कोही यहाँ छ ।
\p
\v 43 जब कुनै अशुद्ध आत्माले मानिसलाई छोड्छ, त्यो पानी नभएको ठाउँ हुँदै जान्छ र त्यसले आराम खोज्छ, तर त्यसले त्यो भेट्टाउँदैन ।
\v 44 अनि त्यसले भन्छ, ‘म मेरो घरमा फर्कनेछु जहाँबाट म आएँ ।’ फर्किएपछि त्यसले आफ्नो घर सफा गरिएको र मिलाएर राखिएको भेट्टाउँछ ।
\v 45 त्यसपछि त्यो गएर आफूभन्दा दुष्‍ट अरू सात आत्मालाई बटुल्छ अनि तिनीहरू सबै त्यहाँभित्र बस्‍न आउँछन् । अनि त्यस मानिसको पछिल्लो अवस्था पहिलेको भन्दा अझ खराब हुन्छ । यस दुष्‍ट पुस्ताको निम्ति ठिक यस्तै हुनेछ ।”
\p
\v 46 जब येशू भीडसँग बोल्दै हुनुहुन्थ्यो, हेर, उहाँकी आमा र उहाँका भाइहरू उहाँसँग बोल्नको निम्ति बाहिर पर्खिरहे ।
\v 47 कसैले उहाँलाई भन्यो, “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू तपाईंसँग बोल्न बाहिर पर्खिरहेका छन् ।”
\p
\v 48 तर येशूले उत्तर दिनुभयो र त्यसो भन्‍ने व्यक्‍तिलाई भन्‍नुभयो, “मेरी आमा को हुन्? र मेरा भाइहरू को हुन्?”
\v 49 अनि उहाँले आफ्नो हात उहाँका चेलाहरूतर्फ पसारेर भन्‍नुभयो, “हेर, मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन्!
\v 50 किनकि जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छाअनुसार गर्छ, त्यो मानिस नै मेरो भाइ, मेरी बहिनी र मेरी आमा हुन् ।”
\c 13
\cl अध्याय १३
\p
\v 1 त्यस दिन येशू घरबाट बाहिर निस्केर जानुभयो र समुद्रको छेउमा बस्‍नुभयो ।
\v 2 उहाँको वरिपरि एउटा ठुलो भीड जम्मा भयो, त्यसैले उहाँ एउटा डुङ्गामा चढेर बस्‍नुभयो र सबै भीड समुद्रको किनारमा उभिए ।
\v 3 तब येशूले द‍ृष्‍टान्तहरूमा तिनीहरूलाई धेरै कुरा भन्‍नुभयो । उहाँले यसो भन्‍नुभयो, “हेर, एक जना बीउ छर्ने मान्छे बीउ छर्न निस्क्यो ।
\v 4 जसै तिनले छरे, केही बीउहरू बाटोको छेउमा परे, अनि चराहरू आएर ती बीउलाई निलिदिए ।
\v 5 अरू बीउहरूचाहिं ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन । ती तुरुन्तै उम्रे, किनकि त्यहाँ माटो गहिरो थिएन ।
\v 6 तर जब चर्को घाम लाग्यो, ती ओइलाए किनकि तिनका जरा थिएनन्, अनि ती सुकिहाले ।
\v 7 अरू बीउहरू काँडाका बोटहरू माझमा परे । ती काँडाका बोट बढेर आए र तिनलाई निसासिदिए ।
\v 8 अरू बीउहरू असल माटोमा परे र केहीले सय गुणा, केहीले साठी गुणा र केहीले तीस गुणा अन्‍न उब्जाए ।
\v 9 जसको कान छ, त्यसले सुनोस् ।”
\p
\v 10 चेलाहरू आएर येशूलाई भने, “तपाईं भीडहरूसँग किन द‍ृष्‍टान्तहरूमा बोल्नुहुन्छ?”
\p
\v 11 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई स्वर्गको राज्यका रहस्यहरू बुझ्‍ने मौका दिइएको छ, तर तिनीहरूलाई यो दिइएको छैन ।
\v 12 किनकि जोसँग छ, त्यसलाई अझ धेरै दिइनेछ, अनि त्यससँग प्रशस्त हुनेछ । तर जोसँग छैन, त्यससँग भएको पनि त्यसबाट लिइनेछ ।
\v 13 त्यसैले तिनीहरूसँग म द‍ृष्‍टान्तहरूमा बोल्दछु, किनकि हेरे तापनि तिनीहरूले देख्दैनन्; अनि सुने तापनि तिनीहरूले सुन्दैनन्, न त तिनीहरूले बुझ्छन् ।
\v 14 तिनीहरूका निम्ति यशैया अगमवक्‍ताको अगमवाणी पूरा हुन्छ, जसले यसो भन्छन्, ‘सुन्‍दा त तिमीहरूले सुन्‍नेछौ, तर कुनै रीतिले बुझ्‍नेछैनौ; हेर्दा त तिमीहरूले हेर्नेछौ, तर कुनै रीतिले देख्‍नेछैनौ ।
\p
\v 15 किनकि यी मानिसहरूको हृदय सुस्त भएको छ, र तिनीहरूका सुन्‍नलाई कठोर भएका छन्, र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्, नत्रता तिनीहरूले आफ्ना आँखाले देख्‍नेथिए र आफ्ना कानले सुन्‍नेथिए, र आफ्ना हृदयले बुझ्‍नेथिए र तिनीहरू मतिर फेरि फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ ।
\p
\v 16 तर धन्य तिमीहरूका आँखा, किनकि तिनले देख्छन्; र तिमीहरूका कान, किनकि तिनले सुन्छन् ।
\v 17 साँच्‍चै म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्‍ताहरू र धर्मी मानिसहरूले, तिमीहरूले देखेका कुराहरू हेर्ने इच्छा गरे, तर ती देखेनन् अनि तिमीहरूले सुनेका कुराहरू तिनीहरूले सुन्‍ने इच्छा गरे, तर ती सुनेनन् ।
\p
\v 18 तब बीउ छर्नेको द‍ृष्‍टान्त सुन ।
\v 19 जब कसैले राज्यको वचन सुन्छ तर त्यसलाई बुझ्दैन, तब दुष्‍ट आउँछ र त्यसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ । बाटोतिर छरिएको बीउचाहिं यही हो ।
\v 20 ढुङ्गेनी जमिनमा छरिएको चाहिं त्यो हो जसले वचन सुन्छ र तुरुन्तै खुसीसाथ त्यसलाई ग्रहण गर्छ ।
\v 21 तर त्यसको आफ्नै जरा हुँदैन र केही बेरसम्म मात्र टिकिरहन्छ । तर जब वचनको कारण सतावट वा कष्‍ट आउँछ, त्यसले तुरुन्तै ठेस खान्छ ।
\v 22 काँडाका बोटहरू छरिएको चाहिं त्यो हो, जसले वचन सुन्छ, तर संसारको वास्ता र धन-सम्पत्तिको छलले वचनलाई निसासिदिन्छ, अनि त्यो निष्फल हुन्छ ।
\v 23 असल माटोमा छरिएको चाहिं त्यो हो, जसले वचन सुन्छ र त्यसलाई बुझ्छ । त्यसले नै साँचो रूपमा फल फलाउँछ र केहीले सय गुणा, केहीले साठी गुणा, र केहीले तीस गुणा फल फलाउँछ ।”
\p
\v 24 येशूले तिनीहरूलाई अर्को द‍ृष्‍टान्त प्रस्तुत गर्नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्य यस्तो मानिसजस्तो हो जसले आफ्नो खेतमा असल बीउ छर्‍यो ।
\v 25 तर जब मानिसहरू सुते, तिनको शत्रु आयो, र गहुँका बीच-बीचमा सामा पनि छरेर गयो ।
\v 26 जब बोटहरू देखा परे र तिनीहरूले अन्‍न फलाउन थाले, तब सामाहरू पनि देखा परे ।
\v 27 त्यस जग्गाका मालिकका दासहरू आए र तिनलाई भने, ‘हजुर, के तपाईंको खेतमा असल बीउ मात्र छर्नुभएको थिएन र? अहिले यिनमा सामाहरू कसरी आए?
\p
\v 28 तिनले तिनीहरूलाई भने, ‘यो एउटा शत्रुले गरेको हो ।’ ती दासहरूले तिनलाई भने, ‘के हामी गएर त्यसलाई उखालेको तपाईं चाहनुहुन्छ?
\p
\v 29 त्यस जमिनका मालिकले भने, ‘होइन, किनभने तिमीहरूले सामा उखेल्दा, गहुँ समेत उखेलौला ।
\v 30 कटनी गर्ने समयसम्म यी दुवैलाई सँगै हुर्कन देओ । कटनीको समयमा फसल कटनी गर्नेहरूलाई म भन्‍नेछु, 'पहिले सामाहरू उखेल र त्यसलाई जलाउनलाई मुठाहरूमा बाँध, तर गहुँलाई मेरो ढुकुटीमा जम्मा गर’ ।”
\p
\v 31 त्यसपछि येशूले तिनीहरूलाई अर्को द‍ृष्‍टान्त भन्‍नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्यचाहिं रायोको दानाजस्तो हो जुन एउटा मानिसले लियो र आफ्नो बारीमा छर्‍यो ।
\v 32 यो बीउ अरू सबै बीउभन्दा सानो हुन्छ । तर जब यो हुर्कन्छ, यो बारीमा भएका बोटहरूभन्दा ठुलो हुन्छ र एउटा रूख बन्छ, अनि आकाशका चराहरू आउँछन् र यसका हाँगाहरूमा गुँड बनाउँछन् ।”
\p
\v 33 त्यसपछि येशूले तिनीहरूलाई अर्को द‍ृष्‍टान्त भन्‍नुभयो, “स्वर्गको राज्यचाहिं खमिरजस्तो हो जुन एउटी स्‍‍त्रीले लिइन् र तीन भाँडो पिठोमा त्यो नफुलेसम्म मिसाइन् ।”
\p
\v 34 येशूले यी सबै कुरा भीडलाई द‍ृष्‍टान्तहरूमा भन्‍नुभयो; अनि द‍ृष्‍टान्तहरूमा बाहेक उहाँले तिनीहरूलाई केही पनि भन्‍नुभएन ।
\v 35 योचाहिं अगमवक्‍ताहरूले जे भनेका थिए, ती कुरा सत्य ठहरिऊन् भनेर हुन आयो, “म मेरो मुख द‍ृष्‍टान्तहरूमा खोल्नेछु । म यस संसारको सुरुदेखि लुकाइएका कुराहरूलाई प्रकट गर्नेछु ।”
\p
\v 36 तब येशूले भीडलाई छोड्नुभयो र घरभित्र जानुभयो । उहाँका चेलाहरू उहाँकहाँ आएर भने, “खेतका सामाहरूको बारेमा भनिएको द‍ृष्‍टान्त हामीलाई व्याख्या गरिदिनुहोस् ।”
\p
\v 37 येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “जसले असल बीउ छरे तिनीचाहिं मानिसका पुत्र हुन् ।
\v 38 खेतचाहिं संसार हो; अनि असल बीउचाहिं राज्यका छोराहरू हुन् । अनि सामाहरूचाहिं दुष्‍टका छोराहरू हुन्,
\v 39 र त्यो शत्रु जसले ती सामाहरू छरे, त्योचाहिं शैतान हो । फसलको कटनी संसारको अन्त हो, र कटनी गर्नेहरूचाहिं स्वर्गदूतहरू हुन् ।
\v 40 त्यसैले जसरी सामाहरू बटुलिन्छन् र आगोमा जलाइन्छन्, यो संसारको अन्तमा यस्तै हुनेछ ।
\v 41 मानिसका पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन्, र तिनीहरूले तिनको राज्यबाट पाप ल्याउने सबै थोक र पाप गर्ने सबै जनालाई बटुल्नेछन् ।
\v 42 तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।
\v 43 तब धर्मी मानिसहरू तिनीहरूका पिताको राज्यमा सूर्यझैं चम्कनेछन् । जसको कान छ, त्यसले सुनोस् ।
\p
\v 44 स्वर्गको राज्यचाहिं खेतमा लुकाइएको धनजस्तै हो । एक जना मानिसले त्यो भेट्टायो अनि त्यसलाई लुकायो । त्यो आनन्‍दित भएर जान्छ, त्योसँग भएका सबैथोक बेच्छ, र त्यसले त्यो खेत किन्छ ।
\p
\v 45 फेरि, स्वर्गको राज्य एक जना व्यापारीले मूल्यवान् मोतीहरू खोजेजस्तै हो ।
\v 46 जब त्यसले धेरै मूल्य भएको एउटा मोती भेट्टायो, त्यो गयो र त्योसँग भएका सबै थोक बेच्यो र त्यो किन्यो ।
\p
\v 47 फेरि, स्वर्गको राज्य समुद्रमा फ्याँकिएको जालजस्तो हो, अनि त्यसले सबै खालका प्राणीलाई बटुल्यो ।
\v 48 जब त्यो भरियो, जालाहारीहरूले त्यसलाई समुद्रको किनारमा ताने । तब तिनीहरू बसे अनि असल कुराहरू भाँडाहरूमा बटुले तर काम नलाग्‍ने कुराहरूलाई फ्याँकिदिए ।
\v 49 संसारको अन्तमा यस्तै हुनेछ । स्वर्गदूतहरू आउनेछन् र धर्मीहरूका माझबाट दुष्‍टहरूलाई छुट्‌ट्याउनेछन् ।
\v 50 तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।
\p
\v 51 के तिमीहरूले यी सबै कुराहरू बुझेका छौ?” चेलाहरूले उहाँलाई भने, “बुझेका छौं ।”
\p
\v 52 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्यसकारण स्वर्गको राज्यको लागि चेला बनेको हरेक शास्‍‍‍त्री एउटा मानिसजस्तो हो जो घरको मालिक हो, जसले भण्डारबाट नयाँ र पुराना चिजहरू निकाल्छ ।”
\p
\v 53 येशूले यी द‍ृष्‍टान्तहरू बताइसक्‍नुभएपछि उहाँ त्यस ठाउँबाट जानुभयो ।
\v 54 तब येशू आफ्नै नगरमा प्रवेश गर्नुभयो अनि मानिसहरूलाई तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो । फलस्वरूप तिनीहरू आश्‍चर्य चकित भए र भने, “यी मानिसले यिनको ज्ञान र आश्‍चर्यकर्महरू कहाँबाट पाउँछन्?
\v 55 के यी मानिस सिकर्मीका छोरा होइनन् र? के यिनकी आमा मरियम होइनन् र? अनि यिनका भाइहरू, याकूब, योसेफ, सिमोन र यहूदा होइनन् र?
\v 56 अनि यिनका सबै बहिनी हाम्रै माझमा छैनन् र? यिनले यी सबै कुराहरू कहाँबाट पाए त?”
\p
\v 57 तिनीहरू उहाँबाट अप्रसन्‍न भए । तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “अगमवक्‍ताको आदर नहुने भनेको तिनको आफ्नै परिवार र आफ्नै देशमा मात्र हो ।”
\v 58 र तिनीहरूको अविश्‍वासको कारण उहाँले त्यहाँ धेरै आश्‍चर्यकर्महरू गर्नुभएन ।
\c 14
\cl अध्याय १४
\p
\v 1 त्यस समयमा शासक हेरोदले येशूको बारेमा समाचार सुने ।
\v 2 तिनले आफ्ना नोकरहरूलाई भने, “यिनी बप्‍तिस्मा-दिने यूहन्‍ना हुन्; यिनी मरेकाहरूबाट फेरि जीवित भएका छन् । त्यसकारण यी शक्‍तिहरूले यिनमा काम गरिरहेका छन् ।”
\p
\v 3 किनकि हेरोदले आफ्ना भाइ फिलिपकी पत्‍नी हेरोदियासको कारण यूहन्‍नालाई समाती बाँधेर झ्यालखानामा हालेका थिए ।
\v 4 किनकि यूहन्‍नाले तिनलाई भनेका थिए, “तिनलाई आफ्नी पत्‍नीको रूपमा राख्‍नु तपाईंको निम्ति उचित छैन ।”
\v 5 हेरोदले उनलाई मार्न सक्थे, तर तिनी मानिसहरूसँग डराए, किनभने मानिसहरूले यूहन्‍नालाई अगमवक्‍ता मान्थे ।
\p
\v 6 तर जब हेरोदको जन्म दिन आयो, हेरोदियासकी छोरीले मानिसहरूका माझमा नाचिन् र हेरोदलाई प्रसन्‍न बनाइन् ।
\v 7 त्यसको प्रतिक्रियामा त्यसले जे मागे पनि दिनेछु भनेर हेरोदले वाचा गर्दै शपथ खाए ।
\v 8 आफ्नी आमाले सिकाएपछि त्यसले भनी, “मलाई यहाँ एउटा थालमा बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर दिनुहोस् ।”
\v 9 राजा त्यसको बिन्‍तीबाट निकै निराश भए, तर त्यसको आफ्नो शपथको कारण र तिनीसँग रात्री भोजमा सामेल भएका सबै मानिसको कारणले गर्दा राजाले यस्तै होस् भनेर आज्ञा दिए ।
\v 10 हेरोदले मानिसहरू पठाए र झ्यालखानामा यूहन्‍नाको शिर काटिदिए ।
\v 11 अनि उनको शिर थालमा राखेर ल्याइयो र त्यस ठिटीलाई दिइयो र त्यसले त्यो आफ्नी आमाकहाँ लगी ।
\v 12 अनि उनका चेलाहरू आएर उनको शवलाई लगेर गाडे । त्यसपछि तिनीहरू गए, र येशूलाई बताइदिए ।
\v 13 जब येशूले यो कुरा सुन्‍नुभयो, उहाँले त्यस ठाउँलाई छोडेर डुङ्गाबाट एकान्त स्थानमा जानुभयो । जब भीडहरूले यो कुरा सुने, तिनीहरूले उहाँलाई सहरहरूबाट पैदलै पछ्याए ।
\v 14 त्यसपछि येशू तिनीहरूको अगाडि आउनुभयो र उहाँले ठुलो भीड देख्‍नुभयो । उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका बीचमा भएका बिरामीहरूलाई निको पार्नुभयो ।
\p
\v 15 जब साँझ पर्‍यो, चेलाहरू उहाँकहाँ आएर भने, “यो त एउटा एकान्त ठाउँ हो र दिन बितिसक्यो । भीडलाई बिदा गरिदिनुहोस्, ताकि तिनीहरू गाउँहरूमा जान सकून् र आ-आफ्ना निम्ति खानेकुराहरू किन्‍न सकून् ।”
\p
\v 16 तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “यिनीहरूलाई टाढा जान आवश्यक छैन । यिनीहरूलाई तिमीहरूले केही खान देओ ।”
\p
\v 17 तिनीहरूले उहाँलाई भने, “हामीसँग यहाँ जम्मा पाँचवटा रोटी र दुईवटा माछा मात्र छन् ।”
\p
\v 18 येशूले भन्‍नुभयो, “ती मकहाँ ल्याओ ।”
\v 19 अनि येशूले भीडलाई चौरमा बस्‍नको लागि आदेश दिनुभयो । उहाँले ती पाँचवटा रोटी र दुईवटा माछा लिनुभयो । माथि स्वर्गमा हेर्दै उहाँले आशिष् दिनुभयो र रोटीलाई भाँच्‍नुभयो अनि चेलाहरूलाई ती दिनुभयो । चेलाहरूले ती भीडलाई दिए ।
\v 20 तिनीहरू सबैले खाए र टन्‍न भए । त्यसपछि तिनीहरूले खानाका बाँकी भएका टुक्राहरू बाह्र टोकरीभरि बटुले ।
\v 21 त्यहाँ खाएकाहरूमध्ये स्‍‍त्री र बालबालिकाहरूबाहेक झन्डै पाँच हजार मानिस थिए ।
\p
\v 22 अनि उहाँले भीडलाई बिदा गरून्‍जेल उहाँले चेलाहरूलाई तुरुन्तै डुङ्गामा चढेर उहाँभन्दा अगि अर्कोपट्टि जान लगाउनुभयो ।
\v 23 उहाँले भीडलाई पठाइसक्‍नुभएपछि उहाँ आफैं डाँडामा प्रार्थना गर्न जानुभयो । साँझ पर्दा, उहाँ त्यहाँ एकलै हुनुहुन्थ्यो ।
\v 24 तर त्यस बेला डुङ्गा भने समुद्रको बीचमा थियो, बतास विपरीत दिशाबाट आएको कारण छालले त्यो अनियन्त्रित भयो ।
\v 25 बिहान तीन बजेतिर येशू समुद्रमा हिंड्दै तिनीहरूका नजिक जानुभयो ।
\v 26 जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिंडिरहनुभएको देखे, तिनीहरू भयभीत भए र भने, “यो त भूत हो” र तिनीहरू डरले चिच्‍च्‍याउन थाले ।
\v 27 तर येशू झट्टै तिनीहरूसँग बोल्नुभयो र भन्‍नुभयो, “ढाडस गर! मै हुँ! नडराओ ।”
\p
\v 28 पत्रुसले उहाँलाई जवाफ दिए र भने, “प्रभु, तपाईं नै हुनुहुन्छ भने, मलाई तपाईंकहाँ पानीमाथि आउनलाई आदेश दिनुहोस् ।”
\p
\v 29 येशूले भन्‍नुभयो, “आऊ ।” त्यसैले पत्रुस डुङ्गाबाट बाहिर आए र येशूकहाँ जान पानीमा हिंडे ।
\v 30 तर जब पत्रुसले बतासलाई देखे, तिनी डराए । जब तिनी डुब्‍न थाले, तिनले चिच्‍च्‍याउँदै भने, “प्रभु, मलाई बचाउनुहोस्!”
\p
\v 31 येशूले तुरुन्तै आफ्नो हात फैलाउनुभयो, पत्रुसलाई समात्‍नुभयो र तिनलाई भन्‍नुभयो, “ए अल्पविश्‍वासी! तिमीले किन शङ्का गर्‍यौ?”
\v 32 त्यसपछि जब येशू र पत्रुस डुङ्गामा जानुभयो, तब बतास रोकियो ।
\p
\v 33 त्यसपछि डुङ्गामा रहेका चेलाहरूले येशूको आराधना गरे र भने, “साँच्‍चै तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ ।”
\p
\v 34 जब उहाँहरूले समुद्र पार गर्नुभयो, उहाँहरू गनेसरेतको भूमिमा आइपुग्‍नुभयो ।
\v 35 जब त्यस ठाउँका मानिसहरूले येशूलाई चिने, तिनीहरूले वरपरका सबै क्षेत्रमा त्यो समाचार फैलाए र तिनीहरूले बिरामी भएकाहरू सबैलाई उहाँकहाँ ल्याए ।
\p
\v 36 तिनीहरूले उहाँको कपडाको एउटा छेउ मात्र छुन पाऊँ भनी उहाँलाई बिन्ती गरे, र जतिले छोए सबै जना निको भए ।
\c 15
\cl अध्याय १५
\p
\v 1 त्यसपछि केही फरिसीहरू र शास्‍‍त्रीहरू यरूशलेमबाट येशूकहाँ आए । तिनीहरूले भने,
\v 2 “किन तपाईंका चेलाहरूले धर्म-गुरुहरूको परम्परालाई उल्लङ्घन गर्छन्? किनकि तिनीहरूले खाना खाँदा आफ्ना हात धुँदैनन् ।”
\p
\v 3 येशूले उत्तर दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले चाहिं किन आफ्ना परम्पराहरूका निम्ति परमेश्‍वरको आज्ञालाई उल्लङ्घन गर्छौ?
\v 4 किनकि परमेश्‍वरले भन्‍नुभयो, ‘आफ्नी आमा र आफ्नो बुबालाई आदर गर’ र ‘जसले आफ्नो बुबा वा आमाको बारेमा खराब कुरा बोल्छ, त्यो निश्‍चय नै मर्नेछ ।’
\p
\v 5 तर तिमीहरू भन्छौ, ‘जसले आफ्नो बुबा वा आमालाई, “जे जति सहयोग तपाईंले मबाट प्राप्‍त गर्नुपर्ने थियो, त्यो अब परमेश्‍वरको निम्ति उपहार हो" भनेर भन्छ भने,
\v 6 त्यस व्यक्‍तिले आफ्नो बुबाको आदर गर्नुपर्दैन ।' यसरी तिमीहरूले आफ्नो परम्पराहरूका खातिर परमेश्‍वरको वचनलाई \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा \fqa परमेश्‍वरको वचन \fqa* लेखिएको छ र अरू केही प्राचीन प्रतिलिपिहरूमा \fqa परमेश्‍वरको आज्ञा \fqa* लेखिएको छ । यी दुवैमा कुनचाहिं उत्कृष्‍ट छ भनी छान्‍न कठिन छ । \f* बेकम्मा बनाएका छौ ।
\v 7 ए पाखण्डीहरू हो, यशैयाले तिमीहरूका विषयमा ठिकै अगमवाणी गरेर यसो भने,
\v 8 ‘यी मानिसहरूले आफ्ना ओठले मलाई आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट धेरै टाढा छन् ।
\v 9 तिनीहरू मलाई व्यर्थमा आराधना गर्छन्, किनकि तिनीहरूले मानिसहरूका विधिहरूलाई आफ्ना सिद्धान्तहरू जस्तैगरी सिकाउँछन् ।"
\p
\v 10 त्यसपछि उहाँले भीडलाई आफ्नो नजिक बोलाउनुभयो र भन्‍नुभयो, “सुन र बुझ–
\v 11 मुखबाट भित्र पस्‍ने कुनै कुराले मानिसलाई अपवित्र बनाउँदैन । बरु जुन कुरा मुखबाट बाहिर आउँछ, त्यसले मानिसलाई अपवित्र बनाउँछ ।”
\p
\v 12 त्यसपछि चेलाहरू आए र येशूलाई भने, “फरिसीहरूले यो भनाइ सुन्दा तिनीहरू चिढिएका थिए भन्‍ने कुरा के तपाईंलाई थाहा छ?”
\v 13 येशूले उत्तर दिनुभयो र भन्‍नुभयो, “हरेक बिरुवा जुन स्वर्गमा हुनुहुने मेरा पिताले रोप्‍नुभएको छैन, त्यो उखेलिनेछ ।
\v 14 तिनीहरूलाई एकलै छोडिदेओ, तिनीहरू अन्धा अगुवाहरू हुन् । यदि एउटा अन्धोले अर्को अन्धो मानिसलाई डोर्‍याउँछ भने, दुवै जना खाल्डोमा खस्‍नेछन् ।”
\p
\v 15 पत्रुसले उत्तर दिए र येशूलाई भने, “यस द‍ृष्‍टान्तको बारेमा हामीलाई व्याख्या गरिदिनुहोस् ।”
\p
\v 16 येशूले भन्‍नुभयो, “के तिमी अझै अबुझ छौ?
\v 17 के तिमीलाई थाहा छैन कि जुन कुरा मुखबाट भित्र पस्दछ त्यो पेटमा जान्छ र त्यो शौचालयमा बाहिर निस्कन्छ?
\v 18 तर जुन कुराहरू मुखबाट बाहिर आउँछन्, ती हृदयबाट आउँछन् । मानिसलाई अपवित्र तुल्याउने कुराहरू ती नै हुन् ।
\v 19 किनकि दुष्‍ट विचारहरू, हत्या, व्यभिचार, कामुक अनैतिकता, चोरी, झूटो गवाही र अपमान हृदयबाट निस्कन्छन् ।
\v 20 यी कुराहरूले मानिसलाई अपवित्र तुल्याउँछन् । तर नधोईएको हातले खाना खाँदा मानिसलाई अपवित्र बनाउँदैन ।”
\p
\v 21 त्यसपछि येशू त्यहाँबाट जानुभयो र टुरोस र सीदोन सहरहरूका क्षेत्रहरूतर्फ लाग्‍नुभयो ।
\v 22 र हेर, एउटी कनानी स्‍‍त्री त्यस क्षेत्रबाट बाहिर आई । त्यो चिच्‍च्‍याएर कराई र भनी, “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्, मेरी छोरी दुष्‍टात्माद्वारा धेरै नै सताइएकी छे ।”
\p
\v 23 तर येशूले एउटै पनि शब्द बोल्नुभएन । उहाँका चेलाहरू आए र उहाँलाई यसो भन्दै बिन्‍ती गरे, “त्यसलाई यहाँबाट पठाइदिनुहोस्, किनकि त्यो हाम्रो पछिपछि चिच्‍च्‍याइरहेकी छे ।”
\p
\v 24 तर येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “मलाई इस्राएलको घरको हराएको भेडाकहाँ बाहेक कसैकहाँ पनि पठाइएको होइन ।”
\p
\v 25 तर त्यो आई र उहाँको अगाडि घोप्‍टो पर्दै भनी, “प्रभु, मलाई सहायता गर्नुहोस् ।”
\p
\v 26 उहाँले जवाफ दिनुभयो र भन्‍नुभयो, “आफ्ना छोराछोरीहरूको रोटी लिएर साना कुकुरहरूकहाँ फालिदिनु उचित हुँदैन ।”
\p
\v 27 त्यसले भनी, “हो, प्रभु, तर ती साना कुकुरहरूले पनि आफ्नो मालिकको टेबुलबाट खसेका केही स-साना टुक्राहरू खान्छन् ।”
\p
\v 28 त्यसपछि येशूले जवाफ दिंदै त्यसलाई भन्‍नुभयो, “स्‍‍त्री, तिम्रो विश्‍वास महान् छ; तिमीले इच्छा गरेअनुसार तिम्रो निम्ति गरियोस् ।” र त्यही घडी त्यसकी छोरी निको भई ।
\p
\v 29 येशूले त्यो ठाउँ छोड्नुभयो र गालील समुद्रको नजिक जानुभयो । त्यसपछि उहाँ डाँडामाथि जानुभयो र त्यहीं बस्‍नुभयो ।
\v 30 ठुलो भीड उहाँकहाँ आयो । तिनीहरूले आफ्ना साथमा लङ्गडा, अन्धा, गूँगा, र लुला मानिसहरू, र बिरामी भएका धेरैलाई ल्याए । तिनीहरूले येशूको चरणमा तिनीहरूलाई अर्पण गरे र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।
\v 31 गूँगा मानिसहरू बोलेका, लुलाहरू निको पारिएका, लङ्गडाहरू हिंडेका, र अन्धाहरूले देखेका जब भीडले देख्यो तब तिनीहरू अचम्मित भए । तिनीहरूले इस्राएलका परमेश्‍वरको प्रशंसा गरे ।
\p
\v 32 येशूले आफ्ना चेलाहरूलाई उहाँकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “मलाई यो भीडमाथि दया लागेको छ, किनकि तिनीहरू तीन दिनदेखि मसँग बसेका छन् र तिनीहरूसँग खानको निम्ति केही पनि छैन । म तिनीहरूलाई केही नखुवाइकन यहाँबाट पठाउन चाहन्‍नँ, नत्रता तिनीहरू बाटोमा मुर्छा पर्लान् ।”
\p
\v 33 चेलाहरूले उहाँलाई भने, “यस्तो एकान्त ठाउँमा यत्रो भीडलाई सन्तुष्‍ट पार्न हामीले कहाँबाट पर्याप्‍त रोटी पाउन सक्छौं?”
\v 34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्?” तिनीहरूले भने, “सातवटा र केही स-साना माछा छन् ।”
\p
\v 35 त्यसपछि येशूले भीडलाई भुइँमा बस्‍नलाई आज्ञा गर्नुभयो ।
\v 36 उहाँले ती सातवटा रोटी र माछा लिनुभयो, र धन्यवाद दिनुभएपछि ती रोटीहरू भाँच्‍नुभयो र चेलाहरूलाई दिनुभयो । अनि चेलाहरूले ती भीडलाई दिए ।
\v 37 मानिसहरू सबैले खाए र सन्तुष्‍ट भए । र उनीहरूले बाँकी रहेका टुक्रा-टाक्री जम्मा गरेर सात डाला भरे ।
\v 38 स्‍‍त्रीहरू र बालबालिकाहरूबाहेक जतिले खाए, तिनीहरू चार हजार पुरुषहरू थिए ।
\p
\v 39 त्यसपछि येशूले भीडलाई पठाउनुभयो र डुङ्गामा चढ्नुभयो र मगादानको क्षेत्रतर्फ जानुभयो ।
\c 16
\cl अध्याय १६
\p
\v 1 फरिसीहरू र सदुकीहरू आए र तिनीहरूलाई आकाशबाट चिन्ह देखाउन माग गर्दै उहाँको परीक्षा गरे ।
\p
\v 2 तर उहाँले उत्तर दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “जब साँझ हुन्छ, तिमीहरू भन्छौ, ‘मौसम सफा हुनेछ, किनकि आकाश रातो छ ।’
\v 3 र बिहान तिमीहरू भन्छौ, ‘आज मौसम नराम्रो हुनेछ, किनकि आकाश रातो र बादलले ढाकिएको छ ।’ आकाशको अवस्था हेरेर कसरी अर्थ लगाउने भनेर तिमीहरू जान्दछौ, तर तिमीहरूले समयका चिन्हहरूको अर्थ लगाउन सक्दैनौ ।
\v 4 एउटा दुष्‍ट र व्यभिचारी पुस्ताले चिन्हको खोजी गर्छ, तर योनाको चिन्हबाहेक अरू कुनै चिन्ह त्यसलाई दिइनेछैन ।” त्यसपछि येशूले तिनीहरूलाई छोड्नुभयो र त्यहाँबाट जानुभयो ।
\p
\v 5 चेलाहरू अर्को छेउमा आए, तर तिनीहरूले साथमा रोटी ल्याउन बिर्से ।
\v 6 येशूले तिनीहरूलाई भन्‍नुभयो, “ध्यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।”
\p
\v 7 चेलाहरूले एक आपसमा कुरा गर्दै यसो भन्‍न थाले, “हामीले रोटी नल्याएको कारण उहाँले यसो भन्दै हुनुहुन्छ ।”
\p
\v 8 येशूले यो कुरा थाहा पाउनुभयो र भन्‍नुभयो, “अल्प-विश्‍वासीहरू हो, आपसमा किन कुरा गर्छौ र तिमीहरूले रोटी नल्याएका कारण मैले यस्तो भनें भनेर भन्छौ?
\v 9 पाँच हजार जनाको निम्ति पाँचवटा रोटी र तिमीहरूले कति टोकरी बटुलेको कुरा के तिमीहरूलाई अझै सम्झना छैन वा तिमीहरूले बुझेका छैनौ?
\v 10 अथवा चार हजार जनाको निम्ति सातवटा रोटी र तिमीहरूले कति टोकरी उठायौ?
\v 11 मैले ती रोटीहरूको विषयमा बोलिरहेको थिइनँ भन्‍ने कुरा तिमीहरू कसरी बुझ्दैनौ? ध्यान देओ र फरिसीहरू र सदुकीहरूको खमिरबाट सावधान रहो ।”
\v 12 त्यसपछि उहाँले तिनीहरूलाई रोटीको खमिरबाट होइन, तर फरिसीहरू र सदुकीहरूको शिक्षाबाट सावधान रहो भनेर भन्‍नुभएको रहेछ भनी तिनीहरूले बुझे ।
\p
\v 13 जब येशू कैसरिया फिलिप्पीको इलाकाहरूमा आइपुग्‍नुभयो, उहाँले आफ्ना चेलाहरूलाई यसो भन्दै सोध्‍नुभयो, “मानिसका पुत्र को हो भनी मानिसहरूले भन्छन्?”
\p
\v 14 तिनीहरूले भने, “कोही भन्छन् बप्‍तिस्मा-दिने यूहन्‍ना; कोहीले एलिया; र अरूले यर्मिया वा अगमवक्‍ताहरूमध्ये एक हुन् भनेर भन्छन् ।”
\p
\v 15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर म को हुँ भनेर तिमीहरू भन्छौ?”
\p
\v 16 सिमोन पत्रुसले उत्तर दिंदै भने, “तपाईं जीवित परमेश्‍वरका पुत्र ख्रीष्‍ट हुनुहुन्छ ।”
\p
\v 17 येशूले उत्तर दिनुभयो र तिनलाई भन्‍नुभयो, “योनाका छोरा सिमोन तिमी धन्यका हौ, किनकि शरीर र रगतले यो कुरा तिमीलाई प्रकट गरेको होइन, तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो ।
\v 18 म तिमीलाई यो पनि भन्दछु, कि तिमी पत्रुस हौ, र यस चट्टानमाथि म मेरो मण्डली निर्माण गर्नेछु । नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन् ।
\v 19 म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु । तिमीले पृथ्वीमा जे कुरा बाँध्‍नेछौ, त्यो स्वर्गमा बाँधिनेछ, र जे कुरा तिमीले पृथ्वीमा फुकाउनेछौ, त्यो स्वर्गमा फुकाइनेछ ।”
\v 20 त्यसपछि उहाँ नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा कसैलाई नभन्‍नू भनी येशूले आफ्ना चेलाहरूलाई आज्ञा गर्नुभयो ।
\p
\v 21 त्यस समयदेखि येशूले आफ्ना चेलाहरूलाई उहाँ यरूशलेम जानुपर्छ, धर्म‍-गुरुहरू र मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरूका हातबाट धेरै कुरा भोग्‍नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवनमा उठाइनुहुन्छ भनी बताउन थाल्नुभयो ।
\v 22 तब पत्रुसले उहाँलाई एकातिर लगे र यसो भन्दै हप्काए, “प्रभु, यो तपाईंबाट टाढा रहोस्; यस्तो तपाईंलाई कहिल्यै नहोस् ।”
\p
\v 23 तर येशू फर्कनुभयो र पत्रुसलाई भन्‍नुभयो, “शैतान, मबाट टाढा होइजा! तँ मेरो लागि बाधा होस्, किनकि तैंले परमेश्‍वरका कुराहरूलाई ध्यान दिंदैनस् तर मानिसहरूका कुराहरूमा ध्यान लगाउँछस् ।”
\p
\v 24 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “यदि कसैले मलाई पछ्याउने इच्छा गर्छ भने, त्यसले आफैंलाई इन्कार गर्नुपर्छ र आफ्नो क्रुस उठाउनुपर्छ र मलाई पछ्याउनुपर्छ ।
\v 25 किनकि जसले आफ्नो जीवन बचाउन खोज्छ त्यसले त्यो गुमाउनेछ र जसले मेरो खातिर आफ्नो जीवन गुमाउँछ त्यसले त्यो प्राप्‍त गर्नेछ ।
\v 26 किनकि एउटा मानिसले सारा जगत् प्राप्‍त गरेर आफ्नो जीवनचाहिं गुमायो भने त्यसलाई के लाभ हुन्छ र? एउटा मानिसले आफ्नो जीवनको बदलामा के दिन सक्छ?
\v 27 किनकि मानिसका पुत्र आफ्ना पिताको महिमामा उहाँका स्वर्गदूतहरूसँग आउनेछन् । त्यसपछि तिनले हरेक व्यक्‍तिलाई त्यसको कामअनुसारको प्रतिफल दिनेछन् ।
\v 28 साँच्‍चै म तिमीहरूलाई भन्दछु, यहाँ खडा भएकाहरूमध्ये तिमीहरू कोही छौ, जसले मानिसका पुत्रलाई तिनको राज्यमा आउँदै गरेका नदेखुन्जेलसम्म मृत्यु चाख्‍नेछैन ।”
\c 17
\cl अध्याय १७
\p
\v 1 छ दिनपछि येशूले पत्रुस, याकूब र तिनका भाइ यूहन्‍नालाई उहाँसँग लैजानुभयो, र तिनीहरूलाई मात्र एउटा अग्लो पहाडमा लैजानुभयो ।
\v 2 तिनीहरूको अगाडि उहाँको रूप परिवर्तन भयो । उहाँको मुहार सूर्यझैं चम्किलो भयो, र उहाँको वस्‍‍त्र प्रकाशझैं उज्यालो भयो ।
\v 3 हेर, त्यहाँ मोशा र एलिया उहाँसँग बोलिरहेका तिनीहरूले देखे ।
\v 4 पत्रुसले जवाफ दिए र येशूलाई भने, “प्रभु, हामीलाई यहीं रहनु असल हुन्छ । तपाईं चाहनुहुन्छ भने, म यहाँ तीनवटा वासस्‍थान बनाउनेछु– एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति ।”
\p
\v 5 जब तिनी बोलिरहेका थिए, तब हेर, चम्किलो बादलले तिनीहरूलाई ढाक्यो, र हेर, त्यहाँ बादल भित्रबाट यस्तो आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अति प्रसन्‍न छु । यिनको कुरा सुन ।”
\v 6 जब चेलाहरूले यो सुने, तिनीहरूले आफ्नो मुहार लुकाएर साह्रै भयभीत भए ।
\p
\v 7 अनि येशू आउनुभयो र तिनीहरूलाई छोएर भन्‍नुभयो, “उठ र नडराओ ।”
\v 8 त्यसपछि तिनीहरूले माथि हेरे, तर येशूलाई बाहेक अरू कसैलाई देखेनन् ।
\p
\v 9 जब उहाँहरू पहाडबाट तल झर्दै हुनुहुन्थ्यो, येशूले तिनीहरूलाई यसो भन्दै आज्ञा दिनुभयो, “मानिसका पुत्र मृतकहरूबाट जीवित भई नउठेसम्म यो दर्शनको विषयमा कसैलाई नबताउनू ।”
\p
\v 10 उहाँका चेलाहरूले उहाँलाई यसो भनेर सोधे, “त्यसो भए, एलिया पहिले आउनुपर्छ भनेर शास्‍‍त्रीहरू किन भन्छन् त?”
\p
\v 11 येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “एलिया अवश्य आउनेछन् र सबै कुराको पुनर्स्थापना गर्नेछन् ।
\v 12 तर म तिमीहरूलाई भन्दछु, एलिया पहिले नै आइसकेका छन्, तर तिनीहरूले तिनलाई चिनेनन् । बरु तिनीहरूले तिनीमाथि जे मन लाग्यो त्यही गरे । त्यसै गरी, मानिसका पुत्रले पनि तिनीहरूका हातबाट दुःख भोग्‍नेछन् ।”
\v 13 अनि उहाँले बप्‍तिस्मा-दिने यूहन्‍नाको विषयमा तिनीहरूसँग बोलिरहनुभएको थियो भन्‍ने कुरा चेलाहरूले बुझे ।
\p
\v 14 जब उहाँहरू भीड भएको ठाउँमा आउनुभयो, एक जना मानिस उहाँकहाँ आई उहाँको सामु घुँडा टेकेर भन्यो,
\v 15 “प्रभु, मेरो छोरामाथि कृपा गर्नुहोस्, किनकि त्यसलाई छारे रोग लागेको छ र त्यसले कठोर रूपमा दुःख भोगिरहन्छ । किनकि त्यो प्रायः आगो वा पानीमा खस्छ ।
\v 16 मैले त्यसलाई तपाईंका चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले त्यसलाई निको पार्न सकेनन् ।”
\p
\v 17 येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “हे अविश्‍वासी र भ्रष्‍ट पुस्ता हो, कहिलेसम्म म तिमीहरूसँग बस्‍ने? कहिलेसम्म मैले तिमीहरूलाई साथ दिने? त्यसलाई यता मकहाँ ल्याओ ।”
\v 18 येशूले त्यसलाई हकार्नुभयो र भूतात्मा त्यसबाट बाहिर निस्क्यो । त्यो केटा त्यही घडी निको भयो ।
\p
\v 19 त्यसपछि चेलाहरू गुप्‍तमा येशूकहाँ आए र भने, “हामीले किन त्यसलाई बाहिर निकाल्न सकेनौं?”
\p
\v 20 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको कमजोर विश्‍वासको कारण । किनकि साँच्‍चै म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूसँग रायोको दाना जत्तिकै मात्र विश्‍वास छ भने पनि, यो पहाडलाई तिमीहरूले ‘यहाँबाट हटेर त्यहाँ जा’ भन्यौ भने पनि त्यो जानेछ र तिमीहरूका निम्ति कुनै पनि कुरा असम्भव हुनेछैन ।
\v 21 \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा २१ पद छैन, \fqa तर यस्तो किसिमको भूतात्माचाहिं प्रार्थना र उपवासविना बाहिर निस्कँदैन । \fqa* \f*
\p
\v 22 जब उहाँहरू गालीलमा बस्‍नुभयो, येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछन् ।
\v 23 र तिनीहरूले तिनलाई मार्नेछन् र तिनी तेस्रो दिनमा उठाइनेछन् ।” अनि चेलाहरू औधी दुःखित भए ।
\p
\v 24 जब उहाँहरू कफर्नहुममा आउनुभएको थियो, आधा सेकेल कर उठाउने मानिसहरू पत्रुसकहाँ आए र भने, “के तिमीहरूका शिक्षकले आधा सेकेल कर तिर्दैनन्?”
\v 25 तिनले भने, “तिर्छन् ।” तर जब पत्रुस घरभित्र गए, येशू पहिले तिनीसँग बोल्नुभयो र भन्‍नुभयो, “सिमोन, तिम्रो विचार के छ? पृथ्वीका राजाहरूले कोबाट कर वा महसुल पाउँछन्? तिनीहरूका छोराहरूबाट कि अरूहरूबाट?”
\p
\v 26 “अरूहरूबाट”, पत्रुसले जवाफ दिए । येशूले भन्‍नुभयो, “त्यसो भए, छोराहरूचाहिं कर तिर्नबाट मुक्त हुन्छन् ।"
\v 27 हामीले कर उठाउनेहरूलाई पाप गर्न बाध्य नगराऔं भनेर समुद्रमा जाऊ, बल्छी हान, र जुन माछा पहिले पर्छ त्यसलाई तान । तिमीले त्यसको मुख खोलेपछि तिमीले एक सेकेल भेट्टाउनेछौ । त्यो लेऊ अनि मेरो र तिम्रो निम्ति कर उठाउनेहरूलाई देऊ ।”
\c 18
\cl अध्याय १८
\p
\v 1 त्यही समयमा येशूका चेलाहरू उहाँकहाँ आएर भने, “स्वर्गको राज्यमा सबैभन्दा ठुलो को हो?”
\p
\v 2 येशूले आफ्नो नजिक एउटा सानो बालकलाई बोलाउनुभयो, र त्यसलाई तिनीहरूका बीचमा राख्‍नुभयो,
\v 3 र भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले पश्‍चात्ताप गरेर यी बालकजस्तो नभएसम्म, तिमीहरू अरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ ।
\v 4 त्यसैले जसले यी सानो बालकले झैं आफूलाई नम्र तुल्याउँछ, त्यो मानिस नै स्वर्गको राज्यमा सबैभन्दा महान् हुन्छ ।
\v 5 अनि जसले मेरो नाउँमा एउटा यस्तो सानो बालकलाई अपनाउँछ, त्यसले मलाई अपनाउँछ ।
\p
\v 6 तर ममा विश्‍वास गर्ने यी सानाहरूमध्ये एउटैलाई पनि जसले पाप गर्न लगाउँछ, त्यसको गलामा एउटा ठुलो ढुङ्गो झुण्ड्याइ समुद्रको गहिराइमा फालिदिनु असल हुने थियो ।
\v 7 पाप गर्न लाउने परीक्षाहरूका निम्ति यस संसारलाई धिक्‍कार! किनकि पाप गर्ने लाउने परीक्षा त आउँछ नै, तर त्यस मानिसलाई धिक्‍कार जसद्वारा पाप गर्न लाउने परीक्षाहरू आउँछ!
\v 8 यदि तिम्रो हात अथवा खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने, त्यसलाई काटिदेऊ र त्यसलाई तिमीबाट टाढा फ्याँकिदेऊ । दुवै हात वा दुवै खुट्टा भएर अनन्तको आगोमा फालिनुभन्दा लुलो वा लङ्गडो भएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ ।
\v 9 यदि तिम्रो आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने, त्यसलाई निकाल, र तिमीबाट टाढा फ्याँकिदेऊ । दुवै आँखा भएर अनन्तको आगोमा फालिनुभन्दा एउटा आँखा लिएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ ।
\p
\v 10 होसियार रहो, तिमीहरूले यी सानाहरूमध्ये कसैलाई पनि घृणा नगर । किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतहरूले सधैं मेरा पिताको मुहार हेर्दछन् जो स्वर्गमा हुनुहुन्छ ।
\v 11 \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा निम्‍न पदावली छैन जुन केही अनुवादहरूमा समावेश छन्ः \fqa किनकि मानिसका पुत्र हराएकाहरूलाई बचाउन आएका हुन् । \fqa* \f*
\v 12 तिमीहरू के विचार गर्छौ? यदि कुनै मानिससँग एक सयवटा भेडा छन्, अनि तीमध्ये एउटा हरायो भने, के त्यसले ती उनान्सयलाई डाँडाको एक छेउमा छोडेर त्यस हराएकोलाई खोज्‍न हिंड्दैन र?
\v 13 अनि साँच्‍चै म तिमीहरूलाई भन्दछु, यदि त्यसले त्यो हराएको भेडालाई भेट्टायो भने, ती नहराएका उनान्सय भेडाभन्दा त्यो एउटाको निम्ति त्यसले बढी रमाहट गर्दछ ।
\v 14 त्यसरी नै, यी सानाहरूमध्ये एउटै पनि नाश होस् भनी स्वर्गमा हुनुहुने तिमीहरूका पिताले इच्छा गर्नुहुन्‍न ।
\p
\v 15 यदि तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गर्छ भने, जाऊ, र एक्लै भेटेर त्यसलाई त्यसको गल्ती देखाइदेऊ । यदि त्यसले तिम्रो कुरा सुन्छ भने, तिमीले आफ्नो भाइलाई प्राप्‍त गर्नेछौ ।
\v 16 तर यदि त्यसले तिम्रो कुरा सुन्दैन भने, अरू एक वा दुई जना भाइलाई तिमीसँगै लैजाऊ, ताकि दुई वा तीन जना साक्षीको बोलीद्वारा हरेक शब्द सत्य ठहरिओस् ।
\v 17 र यदि त्यसले तिनीहरूको कुरा पनि सुन्‍न इन्कार गर्छ भने, यो विषय मण्डलीलाई बताऊ । यदि त्यसले मण्डलीलाई पनि सुन्‍न इन्कार गर्छ भने, त्यो तिम्रो निम्ति गैरयहूदी वा कर उठाउने सरह होस् ।
\v 18 साँच्‍चै म तिमीहरूलाई भन्दछु, जे कुराहरू तिमी संसारमा बाँध्छौ, त्यो स्वर्गमा पनि बाँधिनेछ । अनि जे कुरा तिमी संसारमा फुकाउनेछौ, त्यो स्वर्गमा फुकाइनेछ
\v 19 अझ म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूमध्ये दुई जनाले तिनीहरूले मागेका जुनसुकै कुरामा यस संसारमा सहमत हुन्छन् भने, स्वर्गमा हुनुहुने मेरा पिताद्वारा तिनीहरूका निम्ति त्यो गरिनेछ ।
\v 20 किनकि जहाँ दुई वा तीन जना मेरो नाउँमा भेला हुन्छन्, म तिनीहरूका माझमा हुनेछु ।”
\p
\v 21 अनि पत्रुस आए र येशूलाई भने, “प्रभु, मेरो भाइले मेरो विरुद्धमा कति पटक पाप गर्‍यो भने मैले त्यसलाई क्षमा गरूँ? के सात पल्टसम्म?”
\p
\v 22 येशूले तिनलाई भन्‍नुभयो, “म तिमीलाई सात पटक भनेर भन्दिनँ, तर सत्तरी गुणा सात पल्टसम्म ।
\v 23 यसैकारण स्वर्गको राज्य एउटा यस्तो राजा जस्तो हो, जसले आफ्ना नोकरहरूसित आफ्नो हिसाब मिलाउन चाहे ।
\v 24 जब तिनले हिसाब लिन थाले, एउटा नोकर तिनको अगाडि ल्याइयो जसले तिनलाई दस हजार सुनका सिक्‍का तिर्नुपर्ने थियो ।
\v 25 तर त्यस नोकरसित त्यो चुक्ता गर्ने केही उपाय नभएकोले, त्यसका मालिकले त्योसहित त्यसकी पत्‍नी, त्यसका बालबच्‍चा र सबथोक बेचेर त्यो तिर्न आदेश दिए ।
\v 26 त्यसैले त्यस नोकर घुँडा टेक्दै तिनको अगि घोप्‍टो पर्‍यो, अनि भन्यो, ‘मालिक, मसँग धैर्य गर्नुहोस्, अनि म हजुरलाई सब थोक तिर्नेछु ।’
\v 27 त्यसैले त्यस नोकरका मालिक दयाले भरिएको कारण तिनले त्यसलाई छोडिदिएर ऋणमुक्त गरिदिए ।
\v 28 तर त्यस नोकर बाहिर गयो र त्यसले आफ्नो सहकर्मी एउटा नोकर भेट्टायो जसले त्यसलाई एक सय दिनार तिर्नुपर्ने थियो । त्यसले त्यसलाई पक्रियो, र घाँटीमा समात्यो, र भन्यो, ‘तैंले मलाई तिर्नुपर्ने, तिरिहाल् ।’
\p
\v 29 तर त्यसको सहकर्मी नोकर घोप्‍टो पर्‍यो र त्यसलाई बिन्ती गर्‍यो, ‘मसँग धैर्य गर्नुहोस्, अनि म तपाईंलाई सबै ऋण तिरिदिनेछु ।’
\v 30 तर त्यो पहिलो नोकरले इन्कार गर्‍यो । बरु त्यो गयो र त्यसले तिर्नुपर्ने ऋण चुक्ता नगरेसम्म त्यसलाई झ्यालखानामा हालिदियो ।
\v 31 जब त्यसका अरू सहकर्मी नोकरहरूले जे भएको थियो त्यो देखे, तिनीहरू अत्यन्तै निराश भए । तिनीहरू आए, र जे भएको थियो त्यो सबै तिनीहरूका मालिकलाई सुनाइदिए ।
\p
\v 32 त्यसपछि त्यस नोकरका मालिकले त्यसलाई बोलाए र भने, ‘तँ दुष्‍ट नोकर, तैंले मलाई बिन्ती गरेको हुनाले मैले तेरा सबै ऋण तँलाई माफ गरिदिएँ ।
\v 33 मैले तँमाथि दया गरेझैं के तैंले पनि आफ्नो सहकर्मी नोकरमाथि दया गर्नु पर्दैनथ्यो?
\v 34 त्यसका मालिक रिसाए र त्यसले तिर्नुपर्ने सबै ऋण चुक्ता नगरेसम्म त्यसलाई सताउनेहरूका हातमा सुम्पिदिए ।
\v 35 यदि तिमीहरू हरेकले आफ्नो हृदयबाट आफ्नो भाइलाई क्षमा गरेनौ भने, मेरा स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूसित यस्तै गर्नुहुनेछ ।
\c 19
\cl अध्याय १९
\p
\v 1 जब येशूले यी कुराहरू भनेर सिद्ध्यानुभयो, उहाँ गालीलबाट निस्कनुभयो, र यर्दन नदीको पारि यहूदियाको सिमानासम्म आउनुभयो ।
\v 2 एउटा ठुलो भीडले उहाँलाई पछ्यायो, र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।
\p
\v 3 फरिसीहरू उहाँकहाँ आएर उहाँको जाँच गर्दै उहाँलाई भने, “के मानिसले कुनै कारणले त्यसकी पत्‍नीलाई त्याग्‍नु त्यसको निम्ति न्यायसङ्गत हुन्छ?”
\p
\v 4 येशूले उत्तर दिनुभयो र भन्‍नुभयो, “के तिमीहरूले पढेका छैनौ, कि जसले तिनीहरूलाई बनाउनुभयो, उहाँले सुरुदेखि नै तिनीहरूलाई पुरुष र स्‍‍त्री गरी बनाउनुभयो,
\v 5 अनि जसले तिनीहरूलाई बनाउनुभयो उहाँले यस्तो पनि भन्‍नुभयो, ‘यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्नेछ र आफ्नी पत्‍नीसँग मिल्नेछ र ती दुवै जना एउटै शरीर हुनेछन् ।’
\v 6 त्यसैले तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन् । त्यसकारण जे परमेश्‍वरले एकसाथ जोड्नुभएको छ, तिनीहरूलाई कसैले पनि नछुट्‌ट्याओस् ।”
\p
\v 7 तिनीहरूले उहाँलाई भने, “त्यसो भए मोशाले हामीलाई त्यागपत्र लेखेर त्याग्‍ने आज्ञा किन दिए त?”
\p
\v 8 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको हृदयको कठोरताको कारणले मोशाले तिमीहरूलाई तिमीहरूका पत्‍नीहरू त्याग्‍न अनुमति दिए, तर सुरुदेखि त यस्तो थिएन ।
\v 9 म तिमीहरूलाई भन्दछु, जसले कामुक अनैतिकताको कारण बाहेक आफ्नी पत्‍नीलाई त्याग्छ, र अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्छ; र जुन मानिसले त्यागिएकी स्‍‍त्रीसँग विवाह गर्छ त्यसले पनि व्यभिचार गर्छ ।”
\p
\v 10 चेलाहरूले येशूलाई भने, “यदि पतिको आफ्नी पत्‍नीसँग यस्तो अवस्था हुन्छ भने, विवाह नगर्नु नै असल हो ।”
\p
\v 11 तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “सबै व्यक्‍तिले यस शिक्षालाई ग्रहण गर्न सक्दैनन्, तर तिनीहरूले मात्र जसलाई यो ग्रहण गर्नको निम्ति दिइएको छ ।
\v 12 किनकि केही नपुंसकहरू छन् जो आफ्नी आमाको गर्भदेखि नै त्यस्तै जन्मे, र केही नपुंसकहरू छन् जो मानिसहरूद्वारा नपुंसक बनाइएका थिए, र केही नपुंसकहरू छन् जसले स्वर्गको राज्यको निम्ति आफैंलाई नपुंसक बनाए । जसले यो शिक्षा ग्रहण गर्न सक्छ, त्यसले त्यो ग्रहण गरोस् ।”
\p
\v 13 त्यसपछि येशूले आफ्ना हात राखेर प्रार्थना गरिदिऊन् भनी उहाँकहाँ केही स-साना बालकहरूलाई ल्याइयो, तर चेलाहरूले तिनीहरूलाई हप्काए ।
\v 14 तर येशूले भन्‍नुभयो, “साना बालकहरूलाई अनुमति देओ र तिनीहरूलाई मकहाँ आउन नरोक किनभने स्वर्गको राज्य यिनीहरूकै हो ।”
\v 15 अनि उहाँले तिनीहरूमाथि आफ्ना हात राख्‍नुभयो, र त्यसपछि त्यहाँबाट निस्कनुभयो ।
\p
\v 16 हेर, एक जना मानिस येशूकहाँ आयो र भन्यो, “गुरुज्यू, मैले अनन्त जीवन प्राप्‍त गर्न के असल काम गर्नुपर्छ?”
\p
\v 17 येशूले त्यसलाई भन्‍नुभयो, “असल के हो भनेर तिमी मलाई किन सोध्छौ? एक मात्र असल हुनुहुन्छ, तर यदि तिमी जीवनमा प्रवेश गर्न चाहन्छौ भने, आज्ञाहरू पालन गर ।”
\p
\v 18 त्यो मानिसले उहाँलाई भन्यो, “कुन आज्ञाहरू?” येशूले भन्‍नुभयो, “हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झूटो गवाही नदिनू,
\v 19 आफ्ना बुबा र आमालाई आदर गर्नू, र आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू ।”
\p
\v 20 त्यो जवान मानिसले उहाँलाई भन्यो, “यी सबै कुरा त मैले पालना गरेकै छु । मैले अझै के गर्न आवश्यक छ?”
\p
\v 21 येशूले त्यसलाई भन्‍नुभयो, “यदि तिमी सिद्ध हुने इच्छा गर्छौ भने, जाऊ, र तिमीसँग जे-जति छ त्यो बेच, र ती गरिबहरूलाई देऊ र तिमीले स्वर्गमा धन प्राप्‍त गर्नेछौ; र आएर मलाई पछ्याऊ ।”
\v 22 तर जब त्यो जवान मानिसले येशूले भन्‍नुभएको कुरा सुन्यो, त्यो साह्रै दुःखित भएर गइहाल्यो, किनभने त्यो धेरै सम्‍पत्ति भएको मानिस थियो ।
\p
\v 23 येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न धेरै कठिन हुन्छ ।
\v 24 म फेरि तिमीहरूलाई भन्दछु, “धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नु भन्दा त ऊँटलाई सियोको नाथ्रीबाट प्रवेश गर्न सजिलो हुन्छ ।”
\p
\v 25 जब चेलाहरूले यो सुने, तिनीहरू सार्‍है छक्‍क परे र भने, “त्यसो भए को बचाइन सक्छ?”
\p
\v 26 येशूले तिनीहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “मानिसहरूका निम्ति त यो असम्भव छ, तर परमेश्‍वरका निम्ति सबै कुरा सम्भव छन् ।”
\p
\v 27 त्यसपछि पत्रुसले जवाफ दिए र उहाँलाई भने, “हेर्नुहोस्, हामीले सबै थोक त्यागेका छौं र तपाईंलाई पछ्याएका छौं । तब हामीले के पाउनेछौं?”
\p
\v 28 येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरू जसले मलाई पछ्याएका छौ, नयाँ सृष्‍टिमा जब मानिसका पुत्र आफ्नो महिमाको सिंहासनमा बस्छन्, तिमीहरू पनि इस्राएलका बाह्र कुलको न्याय गर्दै बाह्रवटा सिंहासनमा बस्‍नेछौ ।
\v 29 प्रत्येक जसले मेरो नामको खातिर घरबार, दाजुभाइ, दिदी-बहिनीहरू, बुबा, आमा, बालबच्‍चाहरू वा देश त्यागेको छ, त्यसले सय गुणा प्राप्‍त गर्नेछ र अनन्त जीवनको अधिकार पाउनेछ ।
\p
\v 30 तर धेरै जना जो पहिला छन् पछिल्ला हुनेछन्, र पछिल्लाचाहिं पहिला हुनेछन् ।
\c 20
\cl अध्याय २०
\p
\v 1 किनकि परमेश्‍वरको राज्य एक जना जमिन मालिकजस्तै हो, जो दाखबारीको लागि खेतालाहरूलाई ज्यालादारीमा लगाउन एका बिहानै बाहिर गए ।
\v 2 ती खेतालाहरूसँग दिनको एक दिनारमा काम गराउन तिनी सहमत भएपछि तिनले तिनीहरूलाई दाखबारीमा पठाए ।
\v 3 तिनी नौ बजे बाहिर गए र बजारमा अरू खेतालाहरूलाई केही काम नगरी उभिरहेको देखे ।
\v 4 तिनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि दाखबारीमा जाओ, र जे उचित छ, त्यो म तिमीहरूलाई दिनेछु ।’ यसैकारण तिनीहरू काम गर्न गए ।
\v 5 फेरि तिनी बाह्र बजे र तीन बजे बाहिर गए र त्यसै गरे ।
\v 6 एक पटक फेरि तिनी पाँच बजे बाहिर गए र अरूहरूलाई केही काम नगरी उभिरहेका भेट्टाए । तिनले तिनीहरूलाई भने, ‘तिमीहरू दिनभरि नै यहाँ किन व्यर्थमा केही काम नगरी बसिरहेका छौ?
\p
\v 7 तिनीहरूले तिनलाई भने, ‘किनकि कसैले पनि हामीलाई काममा लगाएको छैन ।’ तिनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि दाखबारीमा जाओ ।’
\p
\v 8 जब साँझ पर्‍यो, ती दाखबारीका मालिकले तिनका व्यवस्थापकलाई भने, ‘ती खेतालाहरूलाई बोलाऊ र अन्तिममा आएकोबाट सुरु गर्दै तिनीहरूलाई तिनीहरूका ज्याला तिरिदेऊ ।’
\v 9 जब पाँच बजे काममा लगाइएका खेतालाहरू आए, तिनीहरू सबैले एक दिनार पाए ।
\v 10 जब सुरुका खेतालाहरू आए, तिनीहरूले धेरै पाउनेछन् भनी तिनीहरूले विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनार नै प्राप्‍त गरे ।
\v 11 जब तिनीहरूले आफ्ना ज्यालाहरू प्राप्‍त गरे, तिनीहरूले त्यस जमिन मालिकको विरुद्धमा गनगन गरे ।
\p
\v 12 तिनीहरूले भने, ‘यी अन्तमा आएका खेतालाहरूले एक घण्टा मात्र काममा बिताएका थिए, तर तपाईंले तिनीहरूलाई हामी समान बनाउनुभएको छ, हामीहरू जसले सारा दिनको बोझ र पोल्ने घामलाई सह्‍यौं ।’
\p
\v 13 तर ती मालिकले जवाफ दिए र तिनीहरूमध्ये एक जनालाई भने, ‘मित्र, मैले तिमीलाई कुनै खराबी गरेको छैनँ । के तिमी मसँग एक दिनारमा मञ्जुर भएका थिएनौ र?
\v 14 जे तिम्रो हो त्यो लेऊ र आफ्नो बाटो लाग । मैले तिमीलाई दिए जत्तिकै यी अन्त्यमा काममा लगाइएको खेतालाहरूलाई पनि दिने म इच्छा गर्छु ।
\p
\v 15 के मैले मेरो आफ्नो सम्‍पत्तिलाई मैले चाहना गरेजस्तो गर्नु न्यायसङ्गत होइन र? वा म असल भएको कारणले तिम्रा आँखा दुष्‍ट भएको हो?
\v 16 यसैले पछिल्ला पहिला हुनेछ, र पहिलाचाहिँ पछिल्ला हुनेछ । \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा निम्‍न पदावली छैनः \fqa बोलाइएका धेरै छन्, तर चुनिएका थोरै मात्र छन् । \fqa* \f*
\p
\v 17 जसै येशू यरूशलेमतिर जाँदै हुनुहुन्थ्यो, उहाँले ती बाह्र जना चेलालाई अलग्गै राख्‍नुभयो, र बाटोमा जाँदै गर्दा उहाँले तिनीहरूलाई भन्‍नुभयो,
\v 18 “हेर, हामीहरू यरूशलेमतर्फ जाँदैछौं, र मानिसका पुत्र मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरूका हातमा सुम्पिनेछन् । तिनीहरूले तिनलाई मृत्युदण्डको दोष लगाउनेछन्,
\v 19 र उहाँको ठट्टा गर्न, उहाँलाई कोर्रा लगाउन, र क्रूसमा झुण्ड्याउनको लागि तिनीहरूले तिनलाई गैरयहूदीहरूका हातमा सुम्पनेछन् । तर तिनी तेस्रो दिनमा उठाइनेछन् ।”
\p
\v 20 त्यसपछि जब्दियाका छोराहरूकी आमा आफ्ना दुई छोराका साथमा येशूकहाँ आइन् । तिनी उहाँको अगाडि घोप्‍टो परिन् र उहाँसँग केही कुरा मागिन् ।
\v 21 येशूले तिनलाई भन्‍नुभयो, “तिमीले के कुराको चाहना गर्छौ?” तिनले उहाँलाई भनिन्, “तपाईंको राज्यमा यी मेरा दुई जना छोरामध्ये एउटा तपाईंको दायाँ हातपट्टि र अर्को बायाँ हातपट्टि बसून् भनेर आज्ञा गर्नुहोस् ।”
\p
\v 22 तर येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “तिमीहरूले के मागिरहेका छौ, सो तिमीहरूलाई थाहा छैन । के मैले पिउन गइरहेको कचौराबाट पिउन तिमीहरू सक्षम छौ र?” तिनीहरूले उहाँलाई भने, “हामीहरू सक्षम छौं ।”
\p
\v 23 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले मेरो कचौराबाट त पिउनेछौ । तर मेरो दाहिने हातपट्टि र मेरो देब्रे हातपट्टि बस्‍न दिने मैले होइन, तर यो तिनीहरूका निम्ति हो, जसका निम्ति मेरा पिताद्वारा तयार पारिएको छ ।”
\p
\v 24 जब अरू दस जना चेलाले यो कुरालाई सुने, तिनीहरू यी दुई जना दाजुभाइसँग अति नै रुष्‍ट भए ।
\v 25 तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “तिमीहरू जान्छौ, कि गैरयहूदीहरूका शासकहरूले तिनीहरूलाई अधीनमा राख्छन्, र तिनीहरूका महत्त्वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्छन् ।
\v 26 तर तिमीहरूका बीचमा यस्तो हुनुहुँदैन। बरु जो तिमीहरूका बीचमा महान् हुने चाहना गर्छ, त्यो तिमीहरूको सेवक हुनुपर्छ,
\v 27 र जो तिमीहरूका बीचमा पहिलो हुने इच्छा गर्छ, त्यो तिमीहरूको दास हुनुपर्छ,
\v 28 जसरी मानिसका पुत्र सेवा पाउनलाई आएका होइनन्, तर सेवा दिनलाई आएका हुन्, र धेरैका मोल तिर्नको निम्ति आफ्नो जीवन दिनलाई आएका हुन् ।”
\p
\v 29 जसै तिनीहरू यरीहोबाट बाहिर गए, एउटा ठुलो भीड उहाँको पछि लाग्यो,
\v 30 र दुई जना अन्धा बाटोको छेउमा बसिरहेका थिए । येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्छ भन्‍ने कुरा जब तिनीहरूले सुने, तिनीहरू चिच्‍च्‍याए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस् ।”
\v 31 तिनीहरूलाई चूप रहन भन्दै भीडले तिनीहरूलाई हप्कायो, तर तिनीहरू अझै बढी कराए, “हे प्रभु, दाऊदका पुत्र, हामीमाथि कृपा गर्नुहोस् ।”
\p
\v 32 तब येशू उभिनुभयो र तिनीहरूलाई बोलाएर भन्‍नुभयो, “मैले तिमीहरूका निम्ति के गरिदिएको तिमीहरू चाहन्छौ?”
\v 33 तिनीहरूले उहाँलाई भने, “प्रभु, हाम्रा आँखा खोलिऊन् ।”
\v 34 तब येशू दयाले भरिनुभएर तिनीहरूका आँखा छुनुभयो । तिनीहरूले त्यत्तिखेरै आफ्ना द‍ृष्‍टि प्राप्‍त गरे र उहाँलाई पछ्याए ।
\c 21
\cl अध्याय २१
\p
\v 1 जब येशू र उहाँका चेलाहरू यरूशलेमको नजिक पुग्‍नुभयो र जैतून डाँडाको बेथफागे भनिने ठाउँमा आइपुग्‍नुभयो, तब येशूले दुई जना चेलालाई पठाउनुभयो,
\v 2 र यसो भन्‍नुभयो, “तिमीहरू सामुन्‍नेको गाउँमा जाओ, र तिमीहरूले त्यहाँ पुग्‍ने बित्तिकै बाँधेर राखिएको एउटा गधा, र त्यससँग एउटा बछेडा भेट्टाउनेछौ । तिनीहरूलाई फुकाओ र मकहाँ ल्याओ ।
\v 3 यदि यसको विषयमा कसैले केही भन्यो भने तिमीहरूले यसो भन, ‘प्रभुलाई यसको आवश्यक परेको छ’ र त्यस मानिसले तुरुन्तै तिनीहरूलाई तिमीहरूसँग पठाइदिनेछन् ।”
\p
\v 4 अब अगमवक्‍ताद्वारा भनिएको कुरा पूरा हुनलाई यस्तो हुन आयो । उहाँले भन्‍नुभयो,
\v 5 “सियोनकी छोरीलाई भन, 'हेर, विनम्र भई र गधामाथि सवार भएर अनि भारी बोक्ने गधाको बच्‍चा अर्थात् एउटा बछेडामाथि चढेर तिम्रा राजा तिमीकहाँ आउँदै हुनुहुन्छ ।’”
\p
\v 6 तब चेलाहरू गए र येशूले जस्तो निर्देशन दिनुभएको थियो, त्यस्तै गरे ।
\v 7 तिनीहरूले गधा र बछेडालाई ल्याए र तिनीहरूमाथि आफ्ना खास्टोहरू राखिदिए, र येशू ती खास्टोहरूमाथि बस्‍नुभयो ।
\v 8 भीडमा भएकाहरू धेरैले आफ्ना खास्टोहरू बाटोमा बिछ्याइदिए, र अरूहरूले रूखका हाँगाहरू भाँचे र ती बाटोमा फैलाइदिए ।
\v 9 येशूको अगि गएका र उहाँलाई पछ्याएका सबै भीडले यसो भन्दै चिच्‍च्‍याए, “दाऊदका पुत्रलाई होसन्‍ना! उहाँ धन्यको हुनुहुन्छ जो परमेश्‍वरको नाउँमा आउनुहुन्छ! उच्‍चमा विराजमान हुनुहुनेलाई होसन्‍ना!”
\p
\v 10 जब येशू यरूशलेमभित्र आउनुभएको थियो, सारा सहरमा हलचल भयो र तिनीहरूले भने, “यिनी को हुन्?”
\p
\v 11 भीडले जवाफ दियो, “उहाँ येशू हुनुहुन्छ, गालीलको नासरतबाट आउनुभएका अगमवक्‍ता ।”
\p
\v 12 त्यसपछि येशू मन्दिरभित्र प्रवेश गर्नुभयो । उहाँले मन्दिरभित्र खरिद गर्ने र बेच्‍ने सबैलाई बाहिर निकालिदिनुभयो, र पैसा साट्नेहरूका टेबुलहरू अनि परेवा बेच्‍नेहरूका आसनहरू पल्टाइदिनुभयो ।
\v 13 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यस्तो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ, तर तिमीहरूले यसलाई डाँकुहरूका अड्‌डा बनाउँछौ ।”
\p
\v 14 तब अन्धाहरू र लङ्गडाहरू मन्दिरभित्र आए, र उहाँले तिनीहरूलाई निको पार्नुभयो ।
\p
\v 15 तर जब मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरूले उहाँले गर्नुभएका अचम्मका कुराहरू देखे, र जब तिनीहरूले मन्दिरमा केटाकेटीहरूले “दाऊदका पुत्रलाई होसन्‍ना” भनेर चिच्‍च्‍याइरहेका सुने, तिनीहरू रिसले चूर भए ।
\p
\v 16 तिनीहरूले उहाँलाई भने, “यी मानिसहरूले के भनिरहेका छन्, तिमी सुन्छौ?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “हो! तर के तिमीहरूले कहिल्यै पढेका छैनौ, ‘दूधे बालक र शिशुहरूको मुखबाट उहाँले पूर्ण प्रशंसा लिनुभएको छ’?”
\p
\v 17 त्यसपछि येशू तिनीहरूबाट बिदा हुनुभयो र बेथानीको सहरमा जानुभयो र उहाँले त्यो रात त्यहीं बिताउनुभयो ।
\p
\v 18 बिहान जब उहाँ सहरमा फर्कनुभयो, उहाँ भोकाउनुभयो ।
\v 19 उहाँले बाटोको छेउमा एउटा अन्जीरको बोट देख्‍नुभयो, उहाँ त्यसको नजिक जानुभयो र त्यसमा पातहरूबाहेक अरू केही भेट्टाउनुभएन । उहाँले त्यसलाई भन्‍नुभयो, “तँबाट अब कहिल्यै पनि फेरि कुनै फल नआओस् ।” र त्यो अन्जीरको बोट तुरुन्तै सुकिहाल्यो ।
\p
\v 20 जब चेलाहरूले यो देखे, तिनीहरू अचम्मित भए र भने, “यति चाँडै यो बोट कसरी सुकेर गयो?”
\p
\v 21 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूमा विश्‍वास छ र शङ्का गर्दैनौ भने यस अन्जीरको बोटलाई जे गरिएको थियो त्यो मात्र होइन, तर तिमीहरूले यस पहाडलाई, ‘यहाँबाट उखेलिएर समुद्रमा जा’ भन्यौ भने पनि त्यसै हुनेछ ।
\v 22 तिमीहरूले विश्‍वास गरेर जेसुकै कुरा प्रार्थनामा माग्छौ, त्यो तिमीहरूले पाउनेछौ ।”
\p
\v 23 जब येशू मन्दिरमा आउनुभएको थियो, उहाँले सिकाउँदै गर्नुहुँदा मुख्य पूजाहारीहरू र मानिसका अगुवाहरू उहाँकहाँ आएर भने, “तिमीले कुन अधिकारले यी कुराहरू गर्छौ? र तिमीलाई यो अधिकार कसले दियो?”
\p
\v 24 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍नेछु । यदि तिमीहरूले मलाई त्यो बतायौ भने, मैले कुन अधिकारले यी कुराहरू गदर्छु भन्‍ने कुरा म तिमीहरूलाई बताउनेछु ।
\v 25 यूहन्‍नाको बप्‍तिस्‍मा कहाँबाटआयो? स्वर्गबाट हो या मानिसहरूबाट?” तिनीहरूले एक आपसमा यस्तो भन्दै छलफल गरे, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौं भने, तिनले हामीलाई ‘त्यसो भए, तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ? भनेर भन्‍नेछन् ।
\v 26 तर यदि हामीले ‘मानिसबाट’ भन्यौं भने, हामी भीडसँग डराउँदछौं, किनकि तिनीहरू सबैले यूहन्‍नालाई एक अगमवक्‍ताको रूपमा हेर्छन् ।”
\v 27 तब तिनीहरूले येशूलाई जवाफ दिएर भने, “हामीलाई थाहा छैन ।” उहाँले पनि तिनीहरूलाई भन्‍नुभयो “म पनि कुन अधिकारले यी कुराहरू गर्दछु भनेर तिमीहरूलाई भन्दिनँ ।
\p
\v 28 तर तिमीहरू के विचार गर्छौ? एक जना मानिसका दुई जना छोरा थिए । तिनी पहिलोकहाँ गएर भने, ‘छोरा आज दाखबारीमा गएर काम गर ।’
\p
\v 29 त्यो छोराले जवाफ दियो र भन्यो, ‘म जान्‍नँ, तर केही समयपछि त्यसले आफ्नो मन बद्‌ल्यो र गयो ।
\p
\v 30 र ती मानिस आफ्नो दोस्रो छोराकहाँ गए र त्यही कुरा भने । यो छोराले जवाफ दियो र भन्यो, ‘हजुर, म जानेछु, तर त्यो गएन ।
\v 31 यी दुई जनामध्ये कुनचाहिं छोराले आफ्नो बुबाको इच्छा पूरा गर्‍यो?” तिनीहरूले भने, “पहिलो चाहिंले ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरूभन्दा पहिले कर उठाउनेहरू र वेश्याहरू परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछन् ।
\v 32 किनकि यूहन्‍ना तिमीहरूकहाँ धार्मिकताको बाटोमा आए, तर तिमीहरूले उनलाई विश्‍वास गरेनौ, जब कि कर उठाउनेहरू र वेश्याहरूले उनलाई विश्‍वास गरे । र तिमीहरूले जब यो भइरहेको देख्यौ, उनमा विश्‍वास गर्नलाई पछि तिमीहरूले पश्‍चात्ताप पनि गरेनौ ।
\p
\v 33 अर्को द‍ृष्‍टान्त सुन । एक जना मानिस थिए, जो जमिन मालिक थिए । तिनले त्यहाँ दाखबारी लगाए र त्यसको वरिपरि बार लगाए, त्यहाँ दाख पेल्ने कोल बनाए, रेखदेखको निम्ति एउटा मचान बनाए र खेतालाहरूलाई त्यसको ठेक्‍का दिए । त्यसपछि तिनी अर्कै देशमा गए ।
\v 34 जब दाखको फसलको समय आयो, तिनले दाखबारीका खेतालाहरूकहाँ दाख ल्याउनको लागि नोकरहरू पठाए ।
\v 35 तर दाखबारीका खेतालाहरूले तिनका नोकरहरूलाई वशमा लिए, एउटालाई पिटे, अर्कोलाई मारे, र अर्कोलाई चाहिं ढुङ्गाले हिर्काए ।
\v 36 फेरि मालिकले पहिले भन्दा अझ धेरै नोकरहरू पठाए, तर ती दाखबारीका खेतालाहरूले तिनीहरूलाई पनि त्यस्तै व्यवहार गरे ।
\v 37 त्यसपछि मालिकले यसो भन्दै आफ्नै छोरालाई तिनीहरूकहाँ पठाए, ‘तिनीहरूले मेरा छोरालाई आदर गर्नेछन् ।’
\p
\v 38 तर जब दाखबारीमा खेतालाहरूले मालिकका छोरालाई देखे, तिनीहरूले एक आपसमा भने, ‘यो त उत्तराधिकारी हो । आओ, हामी यसलाई मारौं र यसको उत्तराधिकार लिऔं ।’
\v 39 यसैले, तिनीहरूले उसलाई पक्रे, दाखबारीबाट बाहिर फ्याँकिदिए, र उसलाई मारे ।
\v 40 यसकारण जब त्यस दाखबारीका मालिक आउनेछन्, तिनले ती दाखबारीका खेतालाहरूलाई के गर्नेछन्?”
\p
\v 41 तिनीहरूले उहाँलाई भने, “तिनले ती दुष्‍ट मानिसहरूलाई सबैभन्दा भयानक तरिकाले नाश गर्नेछन् र त्यसपछि दाखबारी अरू खेतालाहरूलाई ठेक्‍कामा दिनेछन्, जसले तिनलाई फलको हिस्सा फसलको समयमा बुझाउनेछन् ।”
\p
\v 42 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले कहिल्यै धर्मशास्‍‍त्रमा पढेनौ?, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्ध गरे त्यहीचाहिं कुनाको शिर ढुङ्गो बन्यो । यो परमप्रभुबाट भएको हो, अनि हाम्रो द‍ृष्‍टिमा यो आश्‍चर्यपूर्ण छ ।’
\p
\v 43 यसकारण म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्य तिमीहरूबाट खोसिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ जसले त्यसबाट फल फलाउँछ ।
\v 44 जो यस ढुङ्गामा खस्छ, त्यो टुक्रा-टुक्रा पारिनेछ । तर जसमाथि यो खस्छ, त्यो कुच्‍चिनेछ ।”
\p
\v 45 जब मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरूले उहाँका द‍ृष्‍टान्तहरू सुने, तिनीहरूकै विषयमा उहाँले बोलिरहनुभएको थियो भन्‍ने तिनीहरूले बुझे ।
\v 46 तिनीहरूले उहाँलाई पक्रन चाहन्थे, तर मानिसहरूले उहाँलाई अगमवक्‍ता मान्‍ने हुनाले तिनीहरू भीडसँग डराए ।
\c 22
\cl अध्याय २२
\p
\v 1 तिनीहरूसँग यसो भन्दै येशू द‍ृष्‍टान्तमा बोल्नुभयो,
\v 2 “स्वर्गको राज्य एउटा यस्तो राजाजस्तो हो, जसले आफ्नो छोराको निम्ति विवाह भोजको तयारी गरे ।
\v 3 तिनले भोजमा आउनको निम्ति निम्त्याइएकाहरूलाई बोलाउन आफ्ना नोकरहरू पठाए, तर तिनीहरू आउन मानेनन् ।
\v 4 फेरि राजाले यसो भन्दै आफ्ना अरू नोकरहरू पठाए, ‘ती निम्त्याइएकाहरूलाई यसो भन्‍नू, ‘मैले मेरो भोज तयार पारेको छु । मेरा गोरुहरू र मोटा पशुहरू मारिएका छन्, र सबै कुरा तयार छन् । विवाहको भोजमा आओ ।’
\v 5 तर तिनीहरूले केही वास्ता नै गरेनन्, र एउटा आफ्नो खेतबारी र अर्को आफ्नो व्यवसायतिर लाग्यो ।
\v 6 अरूहरूले चाहिं राजाका नोकरहरूलाई पक्रे, तिनीहरूसँग लाजमर्दो व्यवहार गरे र तिनीहरूलाई मारे ।
\v 7 तर राजा रिसाए । उनले आफ्ना सेनाहरू पठाए, ती हत्याराहरूलाई मारे, र तिनीहरूको सहर जलाइदिए ।
\v 8 त्यसपछि तिनले आफ्ना नोकरहरूलाई भने, ‘विवाहको निम्ति सबै तयार छन्, तर जसलाई निम्त्याइएको थियो तिनीहरू योग्यका थिएनन् ।
\v 9 त्यसैले तिमीहरू सडकहरूमा जाओ र तिमीहरूले सक्‍ने जति सबै मानिसलाई विवाह भोजमा सहभागी हुन बोलाओ ।’
\v 10 ती नोकरहरू सडकहरूमा गए र तिनीहरूले भेट्टाए जति असल र खराब दुवै थरीका मानिसलाई एकसाथ भेला गरे । त्यसैले विवाहको घर पाहुनाहरूले भरियो ।
\v 11 तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, त्यहाँ एक जना मानिस विवाहको पोशाक नलगाईकन भोजमा आएको तिनले देखे ।
\v 12 राजाले त्यसलाई भने, ‘मित्र, विवाहको पोशाक नलगाईकन तिमी यहाँ भित्र कसरी आयौ? अनि त्यस व्यक्‍तिले केही बोल्न सकेन ।
\v 13 त्यसपछि राजाले आफ्ना नोकरहरूलाई भने, ‘यस मानिसका हात र खुट्टा बाँध, र यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’
\v 14 किनकि बोलाइएकाहरू धेरै छन्, तर चुनिएकाहरू थोरै छन् ।”
\p
\v 15 त्यसपछि फरिसीहरू त्यहाँबाट गए, र येशूले भन्‍नुभएको कुरामा उहाँलाई नै कसरी जालमा पार्ने भन्‍ने बारेमा योजना बनाए ।
\v 16 त्यसपछि तिनीहरूले आफ्ना चेलाहरू र हेरोदी दलका केही मानिसहरूलाई उहाँकहाँ पठाए । तिनीहरूले येशूलाई भने, “गुरुज्यू, हामीलाई थाहा छ, कि तपाईं सत्य हुनुहुन्छ, र तपाईंले परमेश्‍वरको मार्गलाई सत्यतामा सिकाउनुहुन्छ । तपाईंले कसैको विचारको वास्ता गर्नुहुन्‍न, र मानिसहरूका बीचमा तपाईंले पक्षपात गर्नुहुन्‍न ।
\v 17 त्यसैले हामीलाई भन्‍नुहोस् कि तपाईं के भन्‍नुहुन्छ? कैसरलाई कर तिर्नु उचित हो कि होइन?”
\p
\v 18 तर येशूले तिनीहरूको दुष्‍टता थाहा पाउनुभयो, र भन्‍नुभयो, “पाखण्डी हो, “तिमीहरू मलाई किन परीक्षा गर्दछौ?
\v 19 कर तिर्ने सिक्‍का मलाई देखाओ ।” त्यसपछि तिनीहरूले उहाँकहाँ एक दिनार ल्याए ।
\v 20 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यो चित्र कसको हो, अनि कसको नाउँ खोपिएको छ?"
\p
\v 21 तिनीहरूले उहाँलाई भने, “कैसरको ।” त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्यसो भए, जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्‍वरका हुन्, ती परमेश्‍वरलाई देओ ।”
\v 22 जब तिनीहरूले यो सुने, तिनीहरू छक्‍क परे । त्यसपछि तिनीहरू उहाँलाई छोडेर त्यहाँबाट गए ।
\p
\v 23 त्यही दिनमा केही सदुकीहरू उहाँकहाँ आए, जसले पुनरुत्थान हुँदैन भन्दथे । तिनीहरूले उहाँलाई सोधे,
\v 24 “गुरुज्यू, मोशाले भनेका थिए, ‘यदि कुनै पुरुष सन्तान नजन्माईकन मर्‍यो भने, त्यसको भाइले त्यसकी पत्‍नीलाई विवाह गर्नुपर्छ र आफ्ना दाजुको निम्ति सन्तान जन्माउनुपर्छ ।'
\v 25 अब हाम्रो बीचमा सात जना दाजुभाइ थिए । पहिलोले विवाह गरेपछि मर्‍यो । कुनै पनि सन्तान नभएकोले त्यसले आफ्नी पत्‍नी आफ्नो भाइलाई छोडेर गयो ।
\v 26 त्यसपछि दोस्रो भाइले त्यस्तै गर्‍यो, त्यसपछि तेस्रोले, र सातौं भाइसम्म यस्तै हुँदै गयो ।
\v 27 तिनीहरू सबै मरेपछि त्यो स्‍‍त्री पनि मरी ।
\v 28 अब पुनरुत्थानमा ती सात दाजुभाइमध्ये त्यो स्‍‍त्री कुन चाहिंको पत्‍नी हुनेछ? किनकि तिनीहरू सबैले त्यससँग विवाह गरिसकेका थिए ।"
\p
\v 29 तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “तिमीहरू भुलमा परेका छौ, किनभने तिमीहरू धर्मशास्‍‍त्र वा परमेश्‍वरको शक्‍तिलाई जान्दैनौ ।
\v 30 किनकि पुनरुत्थानमा तिनीहरू न त विवाह गर्छन्, न त तिनीहरूलाई विवाहको निम्ति दिइन्छ । बरु तिनीहरू स्वर्गमा हुने दूतहरूजस्तै हुन्छन् ।
\v 31 तर मृतकहरूको पुनरुत्थानको बारेमा परमेश्‍वरद्वारा यसरी तिमीहरूलाई भनिएको के तिमीहरूले पढेका छैनौ?
\v 32 ‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर हुँ ।’ परमेश्‍वर मृतकहरूको परमेश्‍वर हुनुहुन्‍न, तर उहाँ जीवितहरूका परमेश्‍वर हुनुहुन्छ ।”
\p
\v 33 जब भीडले यो सुन्यो, तिनीहरू उहाँको शिक्षामा छक्‍क परे ।
\p
\v 34 तर येशूले सदुकीहरूलाई चूप पार्नुभएको जब फरिसीहरूले सुने, तिनीहरू एकसाथ भेला भए ।
\v 35 तिनीहरूमध्येका एक जना व्यवस्थाका गुरुले उहाँको परीक्षा गर्दै एउटा प्रश्‍न सोधे,
\v 36 “गुरुज्यू, व्यवस्थामा सबैभन्दा महान् आज्ञाचाहिं कुन हो?”
\p
\v 37 येशूले तिनलाई भन्‍नुभयो, “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नू ।
\v 38 योचाहिं महान् र पहिलो आज्ञा हो ।
\v 39 अनि दोस्रो आज्ञा पनि यस्तै छ– ‘तैंले आफ्नो छिमेकीलाई आफैंलाई झैं प्रेम गर्नू ।’
\v 40 सारा व्यवस्था र अगमवक्‍ताहरूका शिक्षामा यी दुईवटा आज्ञामाथि आधारित छन् ।”
\p
\v 41 फरिसीहरू एकै ठाउँमा जम्मा भएको बेलामा येशूले तिनीहरूलाई एउटा प्रश्‍न सोध्‍नुभयो ।
\v 42 उहाँले भन्‍नुभयो, “तिमीहरू ख्रीष्‍टको बारेमा के विचार गर्छौ? ख्रीष्‍ट कसका पुत्र हुन्?” तिनीहरूले उहाँलाई भने, “दाऊदका पुत्र ।”
\p
\v 43 येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्यसो भए, दाऊद पवित्र आत्माले भरिंदा तिनले किन उहाँलाई यसरी प्रभु भनी पुकारे?
\v 44 ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिनँ, तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस' ।"
\v 45 यदि दाऊदले ख्रीष्‍टलाई ‘प्रभु’ भन्छन् भने, तिनी कसरी दाऊदका पुत्र हुन सक्छन् त?”
\v 46 तिनीहरू कसैले पनि जवाफमा एउटा शब्द पनि बोल्न सकेन, र त्यस दिनपछि उहाँलाई कसैले पनि अरू प्रश्‍नहरू सोध्‍ने साहस गरेन ।
\c 23
\cl अध्याय २३
\p
\v 1 त्यसपछि येशू भीडहरू र आफ्ना चेलाहरूसँग बोल्नुभयो ।
\v 2 उहाँले भन्‍नुभयो, “शास्‍‍त्रीहरू र फरिसीहरू मोशाको आसनमा बस्छन् ।”
\v 3 यसकारण तिनीहरूले तिमीहरूलाई जे गर भनी आज्ञा गर्छन्, ती कुरा गर र तिनीहरूलाई पालन गर । तर तिनीहरूका कामहरूको अनुसरण नगर, किनकि तिनीहरू कुराहरूचाहिं गर्छन्, तर आफैंले ती गर्दैनन् ।
\v 4 हो, तिनीहरूले बोक्‍न कठिन हुने गह्रौं भारीहरू बाँधिदिन्छन्, अनि तिनीहरूले ती मानिसहरूका काँधहरूमा राखिदिन्छन् । तर तिनीहरू आफैंले भने ती बोक्‍नलाई एउटा औंला पनि चलाउँदैनन् ।
\v 5 तिनीहरूले सबै काम मानिसहरूले देखून् भनेर गर्छन् । किनकि तिनीहरूले आफ्ना निधारमा र नाडीमा राखिने व्यवस्था-पत्रीहरू ठुलो बनाउँछन्, र तिनीहरूले आफ्ना वस्‍‍त्रका झुम्काहरू लामो पार्छन् ।
\v 6 तिनीहरूले भोजमा मुख्य स्थानहरू र सभाघरहरूमा प्रमुख आसनहरू मन पराउँछन्,
\v 7 अनि बजारहरूमा विशेष अभिवादन गरिएको र मानिसहरूद्वारा ‘रब्बी’ भनी सम्बोधन गरिएको चाहन्छन् ।
\v 8 तर तिमीहरूलाई ‘रब्बी’ भनी सम्बोधन गरिनुहुँदैन, किनकि तिमीहरूका एउटै मात्र गुरु हुनुहुन्छ, र तिमीहरू सबै दाजुभाइहरू हौ ।
\v 9 अनि पृथ्वीमा कुनै पनि मानिसलाई पिता भनी नपुकार, किनकि तिमीहरूका एक मात्र पिता हुनुहुन्छ, र उहाँ स्वर्गमा हुनुहुन्छ ।
\v 10 न त ‘मालिक’ भनी कसैले तिमीहरूलाई बोलाऊन्, किनकि ख्रीष्‍ट तिमीहरूका एक मात्र मालिक हुनुहुन्छ ।
\v 11 तर जो तिमीहरूका माझमा सबैभन्दा महान् छ, त्यो तिमीहरूका सेवक हुनेछ ।
\v 12 जसले आफूलाई उच्‍च पार्छ, त्यसलाई होच्याइनेछ । अनि जसले आफूलाई होच्याउँछ, त्यसलाई उच्‍च पारिनेछ ।
\p
\v 13 तर धिक्‍कार तिमीहरूलाई, शास्‍‍त्रीहरू र फरिसीहरू हो, पाखण्डीहरू! तिमीहरू मानिसहरूका सामुन्‍ने स्वर्गको राज्यलाई बन्द गर्छौ । किनकि तिमीहरू यसमा आफैं प्रवेश गर्दनौ, अनि न त प्रवेश गर्न लागेकाहरूलाई त्यसो गर्न दिन्छौ ।
\v 14 \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा १४ पद छैन (केही प्रतिलिपिहरूले निम्‍न पद १२ पदपछि लेख्छन्) \fqa धिक्‍कार तिमीहरूलाई, शास्‍‍त्रीहरू र फरिसीहरू हो, पाखण्डीहरू! किनकि तिमीहरू विधवाहरूका घरहरू निल्छौ, र लामो-लामो प्रार्थना गर्ने बहाना गर्छौ । यसकारण तिमीहरूले अझ बढी दण्ड पाउनेछौ । \fqa* \f*
\p
\v 15 धिक्‍कार तिमीहरूलाई, शास्‍‍त्रीहरू र फरिसीहरू हो, पाखण्डीहरू! किनकि एक जनालाई आफ्नो मतमा ल्याउनलाई तिमीहरू समुद्र र जमिन चहार्छौ । जब त्यो तिमीहरूको मतमा आउँछ, त्यसलाई आफूभन्दा दोब्बर नरकको पुत्र बनाउँछौ ।
\p
\v 16 धिक्‍कार तिमीहरूलाई, ए अन्धा अगुवाहरू हो, तिमीहरू जसले भन्छौ, ‘कसैले मन्दिरको शपथ खान्छ भने, केही पनि हुँदैन । तर जसले मन्दिरको सुनको शपथ खान्छ, त्यो आफ्नो शपथद्वारा बाँधिन्छ ।’
\v 17 ए अन्धा मूर्खहरू हो! कुनचाहिं ठुलो हो– सुन कि त्यस सुनलाई पवित्र पार्ने मन्दिर?
\v 18 अनि, ‘कसैले वेदीको शपथ खान्छ भने, केही पनि हुँदैन । तर कसैले त्यसमाथि राखिएको भेटीको शपथ खान्छ भने, त्यो आफ्नो शपथद्वारा बाँधिन्छ ।’
\v 19 ए अन्धा मानिसहरू हो, कुनचाहिं ठुलो हो– भेटी कि त्यस भेटीलाई पवित्र गर्ने वेदी?
\v 20 अनि जसले वेदीको शपथ खान्छ, त्यसले त्यस वेदी र त्यसमाथि भएका सबै थोकको शपथ खान्छ ।
\v 21 अनि जसले मन्दिरको शपथ खान्छ, त्यसले त्यस मन्दिर र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ ।
\v 22 अनि जसले स्वर्गको शपथ खान्छ, त्यसले परमेश्‍वरको सिंहासन र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ ।
\p
\v 23 धिक्‍कार तिमीहरूलाई, शास्‍‍‍त्रीहरू र फरिसीहरू हो, पाखण्डीहरू! किनकि तिमीहरू पुदीना, सूँप र जीराका दशांश दिन्छौ, तर व्यवस्थाका गहन कुराहरू अर्थात् न्याय, कृपा र विश्‍वासलाई बेवास्ता गरेका छौ । तर तिमीहरूले यी कुराहरू गर्नुपर्नेथियो र यी अरू कामहरूलाई अवहेलना नगर्नुपर्नेथियो ।
\v 24 ए अन्धा अगुवाहरू हो, तिमीहरू जो भुसुनालाई चाल्छौ, तर ऊँटलाई चाहिं निल्छौ!
\p
\v 25 धिक्‍कार तिमीहरूलाई, शास्‍‍‍त्रीहरू र फरिसीहरू हो, पाखण्डीहरू! तिमीहरू कचौराहरू र थालहरूको बाहिरपट्टि धुन्छौ, तर भित्रपट्टि तिनीहरू लोभ र अन्यायपूर्ण मागले भरिएका छन् ।
\v 26 ए अन्धा फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा गर ताकि त्यसको बाहिरपट्टि पनि सफा होस् ।
\p
\v 27 धिक्‍कार तिमीहरूलाई, शास्‍‍‍त्रीहरू र फरिसीहरू हो, पाखण्डीहरू! किनकि तिमीहरू चुनले पोतेका चिहानहरूजस्ता छौ, जुन बाहिरपट्टि सुन्दर देखा पर्छन्, तर भित्रपट्टि चाहिं मरेका मानिसहरूका हाडहरू र सबै अशुद्धताले भरिएका छन् ।
\v 28 यसैगरी तिमीहरू पनि बाहिर मानिसहरूका सामुन्‍ने धर्मी देखा पर्छौ, तर भित्रपट्टि तिमीहरू कपट र दुष्‍टताले भरिएका छौ ।
\p
\v 29 धिक्‍कार तिमीहरूलाई, शास्‍‍‍त्रीहरू र फरिसीहरू हो, पाखण्डीहरू! किनकि तिमीहरू अगमवक्‍ताहरूका चिहानहरू बनाउँछौ र धर्मीहरूका चिहानहरूलाई सिङ्गार्छौ ।
\v 30 तिमीहरू भन्छौ, ‘यदि हामीहरू हाम्रा पुर्खाहरूको समयमा जिएका भए, अगमवक्‍ताहरूको रगत बगाउने काममा तिनीहरूसँग सहभागी हुने थिएनौं ।’
\v 31 त्यसकारण तिमीहरू तिनीहरूका सन्तान हौ भनी आफैं गवाही दिन्छौ जसले अगमवक्‍ताहरूको हत्या गरे ।
\v 32 तिमीहरूले आफ्ना पुर्खाहरूको कामलाई पनि पूरा गर्छौ ।
\v 33 ए सर्पहरू हो, विषालु सर्पका सन्तानहरू, तिमीहरू नरकको दण्डबाट कसरी उम्कनेछौ?
\v 34 त्यसकारण हेर, म तिमीहरूकहाँ अगमवक्‍ताहरू, बुद्धिमान् मानिसहरू र शास्‍‍त्रीहरू पठाउँछु । तिनीहरूमध्ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रुसमा टाँग्‍नेछौ । अनि तिनीहरूमध्ये केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ र सहर हुँदो धपाउनेछौ ।
\v 35 जसको परिणाम स्वरूप पृथ्वीमा बगाइएका सबै धर्मी जनको रगत तिमीहरूमाथि आइपर्नेछ– धर्मी हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्र-स्थान र वेदीको माझमा हत्या गर्‍यौ ।
\v 36 साँच्‍चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछन् ।
\p
\v 37 ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्‍ताहरूलाई मार्छस् र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्! जसरी एउटा कुखुरीले आफ्ना चल्लाहरूलाई त्यसको पखेटामुनि बटुल्छ, त्यसरी नै कति पटक मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरें, तर तैंले इच्छा गरिनस् ।
\v 38 हेर, तिमीहरूका घर तिमीहरूका सामु उजाड पारिएका छन् ।
\v 39 किनकि म तिमीहरूलाई भन्दछु, ‘परमप्रभुको नाउँमा आउने धन्यका हुन्’ भनी तिमीहरूले नभनेसम्म, अबदेखि तिमीहरूले मलाई देख्‍नेछैनौ ।”
\c 24
\cl अध्याय २४
\p
\v 1 येशू मन्दिरबाट बाहिर जानुभयो र उहाँ आफ्नो बाटोमा जाँदै हुनुहुन्थ्यो । उहाँलाई मन्दिरका भवनहरू देखाउन उहाँका चेलाहरू उहाँकहाँ आए ।
\v 2 तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “के तिमीहरूले यी सबै कुरा देख्दैनौ? साँच्‍चै म तिमीहरूलाई भन्दछु, एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोडिनेछैन, सबै भत्काइनेछन् ।”
\p
\v 3 जब उहाँ जैतून डाँडामा बस्‍नुभयो, चेलाहरू उहाँकहाँ सुटुक्‍कै आए र भने, “हामीलाई भन्‍नुहोस्, यी कुराहरू कहिले हुनेछन्? तपाईंको आगमन र संसारको अन्तको चिन्ह के हुनेछ?”
\p
\v 4 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “होसियार रहो, कसैले तिमीहरूलाई नभड्काओस् ।”
\v 5 किनकि धेरै जना मेरो नाउँमा ‘म नै ख्रीष्‍ट हुँ! भन्दै आउनेछन् र धेरैलाई भड्काउनेछन् ।
\v 6 तिमीहरूले लडाइँ र लडाइँका हल्ला सुन्‍नेछौ । तर तिमीहरू विचलित नहोओ, किनकि यी कुराहरू हुनैपर्छ; तर अन्त त्यति नै बेला हुँदैन ।
\v 7 किनकि जातिको विरुद्धमा जाति खडा हुनेछ, र राज्यको विरुद्धमा राज्य खडा हुनेछ । विभिन्‍न ठाउँमा अनिकाल हुनेछ र भूकम्पहरू जानेछन् ।
\v 8 तर यी सबै कुरा प्रसव-वेदनाको सुरुवात मात्र हो ।
\p
\v 9 तब तिनीहरूले तिमीहरूलाई सङ्कष्‍टको लागि सुम्पनेछन् र तिमीहरूलाई मार्नेछन् । मेरो नामको खातिर सबै जातिद्वारा तिमीहरूलाई घृणा गरिनेछ ।
\v 10 तब धेरै जनाले ठेस खानेछन्, र एक अर्कालाई धोका दिनेछन्, एक अर्कालाई घृणा गर्नेछन् ।
\v 11 धेरै झूटा अगमवक्‍ता खडा हुनेछन् र धेरै जनालाई बहकाउनेछन् ।
\v 12 किनभने दुष्‍टताको वृद्धि हुनेछ, धेरै जनाको प्रेम सेलाउनेछ ।
\v 13 तर जो अन्तसम्म स्थिर रहन्छ, त्यसले उद्धार पाउनेछ ।
\v 14 राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिलाई साक्षीको रूपमा प्रचार गरिनेछ । तब अन्त आउनेछ ।
\p
\v 15 त्यसकारण जब तिमीहरूले दानिएल अगमवक्‍ताले भनेका जस्तै त्यस विनाशकारी घृणित व्यक्‍तिलाई पवित्र स्थानमा उभिएको देख्छौ (पाठकले आफैं बुझोस्),
\v 16 जो यहूदियामा छन्, तिनीहरू पहाडहरूतिर भागून्,
\v 17 जो घरको छानामाथि छ, त्यो घरबाट कुनै सामान लिन तल नझरोस् ।
\v 18 र जो खेतमा छ, त्यो आफ्नो खास्टो लिन नफर्कोस् ।
\v 19 तर हाय, ती दिनमा तिनीहरूलाई, जो गर्भवती छन् र जसले शिशुहरूलाई दूध चुसाउँछन्!
\v 20 हिउँदमा वा विश्रामको दिनमा तिमीहरू भाग्‍न नपरोस् भनी प्रार्थना गर ।
\v 21 किनकि त्यस बेला महासङ्कष्‍ट हुनेछ, जुन संसारको सुरुदेखि अहिलेसम्म कहिल्यै भएको छैन, न त कहिल्यै फेरि हुनेछ ।
\v 22 ती दिनहरू नघटाइएसम्म कुनै शरीर पनि बच्‍नेछैन । तर चुनिएकाहरूका निम्ति ती दिनहरू घटाइनेछन् ।
\p
\v 23 तब यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्‍ट यहाँ छन्! वा, ‘ख्रीष्‍ट त्यहाँ छन्! भन्छ भने त्यसलाई विश्‍वास नगर ।
\v 24 किनकि झूटा ख्रीष्‍टहरू र झूटा अगमवक्‍ताहरू आउनेछन् र हुन सके, चुनिएकाहरूलाई समेत बहकाउनलाई ठुला-ठुला चिन्हहरू र चमत्कारहरू देखाउनेछन् ।
\v 25 हेर, यी मैले अगाडि नै तिमीहरूलाई बताएको छु ।
\v 26 त्यसकारण यदि तिनीहरूले तिमीहरूलाई ‘हेर, उनी उजाड-स्थानमा छन्’ भनेर भन्छन् भने, उजाड-स्थानतिर नजाओ । वा ‘हेर, उनी भित्री कोठाहरूमा छन्’ भनेर भन्छन् भने, त्यसलाई विश्‍वास नगर ।
\v 27 किनकि जसरी बिजुली पूर्वबाट चम्कँदा पश्‍चिमसम्मै त्यसको उज्यालो पुग्छ, मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ ।
\v 28 जहाँ सिनो छ, त्यहाँ गिद्धहरू भेला हुनेछन् ।
\p
\v 29 तर ती दिनमा सङ्कष्‍ट आए लगत्तै सूर्य अँध्यारो हुनेछ, चन्द्रमाले आफ्नो ज्योति दिनेछैन, ताराहरू आकाशबाट खस्‍नेछन्, र स्वर्गका शक्‍तिहरू डगमगाउनेछन् ।
\v 30 तब मानिसका पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, अनि पृथ्वीका सबै जातिले विलाप गर्नेछन् । तिनीहरूले मानिसका पुत्रलाई आकाशको बादलमा शक्‍ति र ठुलो महिमासाथ आउँदै गरेको देख्‍नेछन् ।
\v 31 उनले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठुलो आवाजका साथ पठाउनेछन्, अनि तिनीहरूले उनका चुनिएकाहरूलाई आकाशको एउटा छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट भेला गर्नेछन् ।
\p
\v 32 अब अन्जीरको रूखबाट पाठ सिक । जब त्यसका हाँगाहरू कलिला हुन्छन् र पातहरू पलाउँछन्, तब ग्रीष्म ऋतु आउँदै छ भनेर तिमीहरूले थाहा पाउँछौ ।
\v 33 त्यसरी नै जब तिमीहरूले पनि यी सबै कुरा देख्छौ, उनी नजिकै अर्थात् ढोकाहरूमै छन् भनी तिमीहरूले जान्‍नुपर्छ ।
\v 34 साँच्‍चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा नभएसम्म यो पुस्ता बितेर जानेछैन ।
\v 35 स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन् ।
\p
\v 36 तर त्यस दिन र घडीको विषयमा कसैलाई पनि थाहा छैन, न त स्वर्गका स्वर्गदूतहरूलाई, न पुत्रलाई, तर पितालाई मात्र थाहा छ ।
\v 37 मानिसका पुत्रको आगमन पनि नोआका दिनमा जस्तै हुनेछ ।
\v 38 किनकि ती दिनहरूमा जलप्रलय आउनुभन्दा अगि नोआ जहाजभित्र नपसुन्जेल तिनीहरू खाँदै र पिउँदै, विवाह गर्दै र विवाह गराउँदै थिए,
\v 39 अनि प्रलय आएर तिनीहरू सबैलाई नलगुन्जेलसम्म तिनीहरूलाई केही पनि थाहा थिएन । मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ ।
\v 40 तब खेतमा दुई जना हुनेछन्– एक जना लगिनेछ, र अर्को छोडिनेछ ।
\v 41 दुई जना स्‍‍त्री जाँतो पिंधिरहेका हुनेछन्– एउटी लगिनेछ र अर्की छोडिनेछ ।
\v 42 त्यसकारण तिमीहरू जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनुहुनेछ भन्‍ने कुरा तिमीहरूलाई थाहा छैन ।
\v 43 तर यो जान, कि रातको कुन समयमा चोर आउँदैछ भन्‍ने कुरा घरको मालिकलाई थाहा भएको भए, त्यो जागा बस्‍ने थियो र चोरलाई त्यसको घर फोर्न दिनेथिएन ।
\v 44 त्यसकारण तिमीहरू पनि तयार हुनुपर्छ, किनकि मानिसका पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछन् ।
\p
\v 45 त्यसैले विश्‍वासयोग्य र बुद्धिमान् नोकर को हो जसलाई त्यसको मालिकले आफ्नो घरका मानिसहरूलाई तिनीहरूका खाना ठिक समयमा तिनीहरूलाई दिनलाई नियुक्त गरेको छ?
\v 46 त्यो नोकर धन्य हो, जसलाई त्यसको मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछ ।
\v 47 साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि मालिकले त्यससित भएका सबै कुराको जिम्मा त्यसलाई दिनेछ ।
\v 48 तर यदि दुष्‍ट नोकरले त्यसको मनमा, ‘मेरो मालिकले ढिला गरेका छन्’ भनी भन्छ,
\v 49 अनि त्यसले आफ्ना सहकर्मी नोकरहरूलाई पिट्न थाल्छ, र मतवालाहरूसँग खान्छ र पिउँछ भने,
\v 50 त्यस नोकरले नचिताएको दिन र त्यसलाई थाहा नभएको घडीमा त्यस नोकरका मालिक आउनेछन् ।
\v 51 त्यसका मालिकले त्यसलाई टुक्रा-टुक्रा पारी काट्नेछन् र त्यसलाई ती पाखण्डीहरूको ठाउँमा फाल्नेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।
\c 25
\cl अध्याय २५
\p
\v 1 तब स्‍वर्गको राज्‍य ती दस कन्‍याजस्‍तै हुनेछ जसले आ-आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्‌न गए ।
\v 2 तिनीहरूमध्ये पाँच जना निर्बुद्धि र पाँच जना बुद्धिमती थिए ।
\v 3 किनकि जब ती निर्बुद्धि कन्याहरूले आफ्ना बत्तीहरू लिए, तिनीहरूले आफूसँग कत्ति पनि तेल लगेनन् ।
\v 4 तर बुद्धिमती कन्याहरूले बत्तीहरूसँगै आ-आफ्ना भाँडाहरूमा तेल पनि लगे ।
\v 5 दुलहा आउन ढिला गर्दा तिनीहरू सबै निन्‍द्रामा परे र सुते ।
\p
\v 6 तर मध्‍यरातमा एउटा आवाज आयो, ‘हेर दुलहा! बाहिर जाऊ अनि उनलाई भेट ।’
\v 7 त्‍यसपछि ती सबै कन्‍या उठे र आ-आफ्ना बत्तीहरूलाई ठिक्‍क पारे ।
\p
\v 8 निर्बुद्धि कन्‍याहरूले बुद्धिमतीहरूलाई भने, ‘हामीलाई तिमीहरूका केही तेल देओ किनभने हाम्रा बत्तीहरू निभ्‍न लागेका छन् ।’
\v 9 तर बुद्धिमती कन्‍याहरूले जवाफ दिए र भने, ‘तिमीहरू र हामी दुवैलाई प्रशस्‍त पुग्‍ने तेल नभएकोले, तेल बेच्‍नेहरूकहाँ जाओ र आफ्नो लागि तेल किन ।’
\v 10 जब तिनीहरू तेल किन्‍न बाहिर गए, दुलहा आइपुगे अनि जति जना तयार थिए तिनीहरू विवाहको भोजमा उनीसँगै गए, अनि ढोका बन्‍द गरियो ।
\p
\v 11 केही समयपछि अरू कन्‍याहरू पनि आएर भने, ‘प्रभु, प्रभु, हाम्रो लागि खोलिदिनुहोस्‌ ।’
\v 12 तर उनले जवाफ दिएर भने, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, म तिमीहरूलाई चिन्‍दिनँ ।’
\p
\v 13 त्‍यसकारण जागा रहो किनकि त्‍यो दिन वा घडी तिमीहरूलाई थाहा छैन ।
\p
\v 14 किनकि यो परदेश जानै लागेको मानिसजस्‍तै हो । तिनले आफ्ना नोकरहरूलाई बोलाए र तिनीहरूलाई आफ्नो सम्‍पत्तिको जिम्‍मा दिए ।
\v 15 तिनले तिनीहरूमध्ये एकजनालाई पाँच सिक्‍का, अर्कोलाई दुई सिक्‍का र फेरि अर्कोलाई एक सिक्‍का दिए । प्रत्येकले आफ्ना क्षमताअनुसार रकम पाए र ती मानिस आफ्नो यात्रामा हिंडे ।
\v 16 पाँच सिक्‍का पाउने तुरुन्तै गयो र त्‍यसले त्यसलाई लगानी गर्‍यो, र त्‍यसबाट अर्को पाँच सिक्‍का कमायो ।
\v 17 त्यसै गरी जसले दुई सिक्‍का पाएको थियो, त्यसले पनि त्‍यसबाट अर्को दुई सिक्‍का कमायो ।
\v 18 तर एउटा मात्र सिक्‍का पाएको नोकर गयो र त्यसले एउटा खाल्डो खन्यो, र आफ्नो मालिकको पैसा त्यहाँ लुकायो ।
\p
\v 19 अब धेरै समयपछि ती नोकरहरूका मालिक फर्केर आए अनि तिनीहरूसँग हिसाब लिए ।
\v 20 पाँच सिक्‍का पाएको नोकर आयो र त्यसले अर्को पाँच सिक्‍का ल्यायो । त्यसले भन्यो, ‘मालिक, तपाईंले मलाई पाँच सिक्‍का दिनुभएको थियो, हेर्नुहोस्, मैले अर्को पाँच सिक्‍का कमाएको छु ।’
\p
\v 21 त्यसको मालिकले त्यसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासयोग्‍य नोकर! तिमी थोरै कुरामा विश्‍वासयोग्‍य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्नो मालिकको खुसीमा सामेल होऊ ।’
\p
\v 22 दुईवटा सिक्‍का पाएको नोकर आयो र भन्यो, ‘मालिक तपाईंले मलाई दुई सिक्‍का दिनुभएको थियो । हेर्नुहोस्‌, मैले अर्को दुई सिक्‍का कमाएको छु ।’
\p
\v 23 त्यसको मालिकले त्यसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासयोग्‍य नोकर! तिमी थोरै कुरामा विश्‍वासयोग्‍य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्ना मालिकको खुसीमा सामेल होऊ ।’
\p
\v 24 त्यसपछि एउटा सिक्‍का पाएको नोकर आयो र भन्यो, ‘मालिक, मलाई थाहा छ कि तपाईं कडा स्‍वभावको मानिस हुनुहुन्‍छ । तपाईंले आफूले नरोपेको ठाउँबाट कटनी गर्नुहुन्छ र नछरेको ठाउँबाट फसल निकाल्नुहुन्छ ।
\v 25 मलाई डर लाग्यो, त्यसैले म गएँ र तपाईंको सिक्‍कालाई जमिनमुनि लुकाइराखें । ‘हेर्नुहोस्, जे तपाईंको हो यसलाई लिनुहोस् ।’
\p
\v 26 तर त्यसको मालिकले जवाफ दिए र त्यसलाई भने, ‘ए दुष्‍ट र अल्छी नोकर, मैले नरोपेको ठाउँबाट कटनी गर्छु र नछरेको ठाउँबाट फसल निकाल्छु भनेर तँलाई थाहा थियो ।
\v 27 त्यसकारण तैंले मेरो पैसा साहुकहाँ दिनुपर्ने थियो, र म आउँदा मैले आफ्नो पैसा ब्‍याजसहित पाउने थिएँ ।
\v 28 त्‍यसकारण त्योसँग भएको एक सिक्‍का लेओ र जुन नोकरसँग दस सिक्‍का छ त्‍यसलाई देओ ।
\v 29 किनकि जससँग छ त्‍यसलाई अझ धेरै दिइनेछ अर्थात् अझ प्रशस्त गरी दिइनेछ । तर जससँग छैन, त्‍यससँग भएको पनि त्यसबाट खोसिनेछ ।
\v 30 त्यो बेकम्मा नोकरलाई बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’
\p
\v 31 जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् र उनको साथमा सारा स्‍वर्गदूतहरू आउनेछन्, तब उनी आफ्नो महिमित सिंहासनमा विराजमान हुनेछन् ।
\v 32 उनको सामुन्‍ने सारा जाति भेला गराइनेछन्, र जसरी गोठालाले आफ्ना भेडाहरूलाई बाख्राहरूबाट छुट्ट्याउँछ, त्‍यसरी नै उनले एउटा मानिसलाई अर्कोबाट छुट्ट्याउनेछन् ।
\v 33 उनले भेडाहरूलाई आफ्नो दायाँ हातपट्टि र बाख्राहरूलाई आफ्नो बायाँपट्टि राख्‍नेछन् ।
\p
\v 34 त्‍यसपछि राजाले आफ्नो दाहिनेपट्टि भएकाहरूलाई भन्‍नेछन्, ‘आओ, तिमीहरू, जो मेरा पिताद्वारा आशिषित् भएका छौ, संसारको सृष्‍टिदेखि नै तिमीहरूका लागि तयार पारिएको राज्‍यलाई अधिकार गर ।
\v 35 किनकि म भोकाएको थिएँ अनि तिमीहरूले मलाई खान दियौ; म तिर्खाएको थिएँ र तिमीहरूले मलाई पिउन दियौ; म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र आउन दियौ;
\v 36 म नाङ्गो थिएँ र तिमीहरूले मलाई लुगा पहिराइदियौ; म बिरामी थिएँ र तिमीहरूले मेरो वास्‍ता गर्‍यौ; म झ्‍यालखानामा थिएँ र तिमीहरू मकहाँ आयौ ।’
\p
\v 37 त्‍यसपछि धर्मी जनहरूले जवाफ दिई भन्‍नेछन्, ‘प्रभु हामीले कहिले तपाईंलाई भोकाउनुभएको देख्‍यौं र तपाईंलाई खुवायौं? वा तिर्खाउनुभएको देख्यौं र तपाईंलाई पिउन दियौं?
\v 38 र हामीले कहिले तपाईंलाई परदेशी भएको देख्‍यौं र तपाईंलाई भित्र ल्यायौं? अथवा नाङ्गो देख्यौं र पहिराइदियौं?
\v 39 र हामीले तपाईंलाई बिरामी वा झ्‍यालखानामा कहिले देख्यौं र हामी तपाईंकहाँ आयौं?
\p
\v 40 तब राजाले जवाफ दिनेछन् र तिनीहरूलाई भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले यहाँ मेरा भाइहरूमध्ये सबैभन्‍दा सानोलाई जे-जति गर्‍यौ, त्यो मेरो निम्ति नै गर्‍यौ ।’
\p
\v 41 त्‍यसपछि उनले आफ्नो बायाँ हातपट्टि भएकाहरूलाई पनि भन्‍नेछन्, ‘हे श्रापितहरू, मबाट दूर भएर अनन्त आगोमा जाओ, जुन शैतान र त्यसका दूतहरूका लागि तयार गरिएको हो,
\v 42 किनभने म भोकाएको थिएँ तर तिमीहरूले मलाई खान दिएनौ, म तिर्खाएको थिएँ तर तिमीहरूले मलाई पिउन दिएनौ,
\v 43 म परदेशी थिएँ तर तिमीहरूले मलाई भित्र लगेनौ, नाङ्गो थिएँ तर तिमीहरूले मलाई पहिराएनौ; बिरामी थिएँ र झ्यालखानामा थिएँ तर तिमीहरूले मेरो वास्ता गरेनौ ।’
\p
\v 44 त्‍यसपछि तिनीहरूले पनि जवाफ दिनेछन् र भन्‍नेछन्, ‘प्रभु, हामीले तपाईंलाई भोकाउनुभएको, वा तिर्खाउनुभएको, वा परदेशी, वा नाङ्गो, वा बिरामी हुनुभएको, वा झ्यालखानामा कहिले देख्‍यौं र हामीले तपाईंको सेवा गरेनौं?
\p
\v 45 अनि उनले तिनीहरूलाई जवाफ दिनेछन् र भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्दछु, यिनीहरूमध्ये सबैभन्‍दा सानोलाई तिमीहरूले जे गरेनौ, त्‍यो तिमीहरूले मेरो निम्ति गरेनौ ।’
\p
\v 46 यिनीहरू अनन्‍तको दण्‍डमा जानेछन् तर धर्मीहरूचाहिं अनन्‍त जीवनमा प्रवेश गर्नेछन् ।”
\c 26
\cl अध्याय २६
\p
\v 1 येशूले यी सबै वचन भनिसक्‍नुभएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,
\v 2 “तिमीहरूलाई थाहा छ, कि दुई दिनपछि निस्तार-चाड आउँदैछ, र मानिसका पुत्र क्रुसमा टाँगिनको निम्ति सुम्पिनेछन् ।”
\p
\v 3 त्यसपछि कैयाफा नाउँ गरेका प्रधान पूजाहारीको दरबारमा मुख्य पूजाहारीहरू तथा मानिसहरूका धर्म‍-गुरुहरू एकसाथ भेला भए ।
\v 4 तिनीहरू मिलेर येशूलाई छलसित पक्रने र उहाँलाई मार्ने षड्यन्‍‍त्र गरे ।
\v 5 किनकि तिनीहरूले यसरी भनिरहेका थिए, “चाडको बेलामा भने होइन, ताकि मानिसहरूका माझ खैलाबैला नमच्‍चियोस् ।”
\p
\v 6 अनि जब येशू बेथानियामा सिमोन भन्‍ने एक जना कुष्‍ठरोगीको घरमा हुनुहुन्थ्यो,
\v 7 उहाँ एउटा टेबुलमा अडेस लगाएर बसिरहनुहुँदा अति बहुमूल्य अत्तरको सिङ्गमरमरको एउटा शीशी बोकेकी एउटी स्‍‍त्री उहाँकहाँ आई, र त्यसले त्यो उहाँको शिरमा खन्याइदिई ।
\v 8 तर जब उहाँका चेलाहरूले यो देखे, तिनीहरू रिसाएर भने, “यसरी नोक्सानी गर्नुको कारण के हो?
\v 9 यसलाई ठुलो रकममा बेच्‍न सकिन्थ्यो, र गरिबलाई दिन सकिन्थ्यो ।”
\p
\v 10 तर येशूले यो जानेर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले यी स्‍‍त्रीलाई किन दुःख दिइरहेका छौ? किनकि यिनले मेरो निम्ति अति नै राम्रो काम गरेकी छिन् ।
\v 11 गरिबहरू त तिमीहरूसँग सधैं हुनेछन्, तर म तिमीहरूसँग सधैं रहनेछैनँ ।
\v 12 किनकि जब यी स्‍‍त्रीले यो अत्तर मेरो शरीरमाथि खन्याइन्, यिनले मेरो दफनको निम्ति यो गरिन् ।
\v 13 साँच्‍चै म तिमीहरूलाई भन्दछु, यो सुसमाचार संसारको जुनसुकै ठाउँमा प्रचार गरिंदा, यी स्‍‍त्रीले जे गरेकी छिन्, यिनको सम्झनामा यो चर्चा गरिनेछ ।”
\p
\v 14 त्यसपछि बाह्र जनामध्ये एक जना जसको नाउँ यहूदा इस्करियोत थियो, त्यो मुख्य पूजाहारीहरूकहाँ गयो,
\v 15 र भन्यो, “उहाँलाई तपाईंहरूका हातमा पक्राइदिनलाई तपाईंहरूले मलाई के दिन तयार हुनुहुन्छ?” तिनीहरूले त्यसको निम्ति तीसवटा चाँदीका सिक्‍का छुट्‌ट्याइदिए ।
\v 16 त्यस बेलादेखि उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई त्यसले मौका खोजिरह्‍यो ।
\p
\v 17 अब अखमिरी रोटीको चाडको पहिलो दिनमा चेलाहरू येशूकहाँ आएर भने, “हामीले तपाईंको निम्ति निस्तार-चाडको भोज कहाँ तयार पारेको तपाईं चाहनुहुन्छ?”
\p
\v 18 उहाँले भन्‍नुभयो, “सहरमा एक जना मानिसकहाँ जाओ र त्यसलाई भन, ‘गुरुज्यू भन्‍नुहुन्छ, मेरो समय नजिकै आइपुगेको छ । म तिम्रो घरमा आफ्ना चेलाहरूसँगै निस्तार-चाड मनाउनेछु ।'"
\v 19 येशूले जस्तो निर्देशन दिनुभएको थियो, चेलाहरूले त्यस्तै गरे, र तिनीहरूले निस्तार-चाडको निम्ति तयारी गरे ।
\p
\v 20 जब साँझ पर्‍यो, उहाँ आफ्ना बाह्र चेलासँग भोज खानलाई बस्‍नुभयो ।
\v 21 जब उहाँहरू खाइरहनुभएको थियो, उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ ।”
\p
\v 22 तिनीहरू सबै अति दुःखित भए, र हरेकले उहाँलाई यसरी सोध्‍न थाले, “प्रभु, म त निश्‍चय नै होइन होला?”
\p
\v 23 उहाँले जवाफ दिनुभयो, “जसले मसँगै यस कचौरामा हात डुबाउँछ, त्यसले नै मलाई धोका दिनेछ ।
\v 24 मानिसका पुत्र त्यहीअनुसार नै जानेछन् जसरी उनको बारेमा लेखिएको छ । तर धिक्‍कार त्यस मानिसलाई जसको कारण मानिसका पुत्रलाई धोका हुन्छ! त्यो मानिस त नजन्मिएकै भए त्यसको निम्ति असल हुने थियो ।”
\v 25 यहूदा जसले उहाँलाई धोका दिनेवाला थियो, त्यसले भन्यो, “रब्बी, के त्यो म हुँ?” उहाँले त्यसलाई भन्‍नुभयो, “तिमी आफैंले त्यो भनेका छौ ।”
\p
\v 26 उहाँहरूले खाइरहनुहुँदा येशूले रोटी लिनुभई आशिष् दिनुभयो र त्यो भाँच्‍नुभयो । उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो र भन्‍नुभयो, “लेओ, खाओ । यो मेरो शरीर हो ।”
\v 27 उहाँले कचौरा लिनुभयो र धन्यवाद दिनुभयो, अनि त्यो तिनीहरूलाई दिनुभयो र भन्‍नुभयो, “तिमीहरू सबैले यसलाई पिओ ।
\v 28 किनकि यो करारमा भएको मेरो रगत हो जुन धेरैका पापको क्षमादानको निम्ति बगाइएको छ ।
\v 29 तर म तिमीहरूलाई भन्दछु, म यस बोटको फलबाट अब फेरि पिउनेछैनँ, जबसम्म मेरा पिताको राज्यमा म तिमीहरूसँग नयाँ गरी पिउँदिनँ ।”
\p
\v 30 उहाँहरू सबैले भजन गाइसक्‍नुभएपछि उहाँहरू जैतून डाँडातर्फ लाग्‍नुभयो ।
\p
\v 31 त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “आज राती मेरो कारण तिमीहरू सबै पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, ‘म गोठालोलाई प्रहार गर्नेछु र बथानका सबै भेडा तितरबितर हुनेछन् ।’
\v 32 तर म उठाइएपछि म तिमीहरूभन्दा अगि गालीलमा जानेछु ।”
\p
\v 33 तर पत्रुसले उहाँलाई भने, “तपाईंको कारणले सबै जना पछि हटे तापनि म कहिल्यै पछि हट्नेछैनँ ।”
\p
\v 34 येशूले तिनलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्दछु, आज राती भाले बास्‍नुभन्दा अगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ ।”
\p
\v 35 पत्रुसले उहाँलाई भने, “म तपाईंसँगै मर्नुपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ ।” अरू सबै चेलाले पनि त्यसै भने ।
\p
\v 36 त्यसपछि येशू तिनीहरूसँगै गेतसमनी भन्‍ने ठाउँमा जानुभयो र आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “म अलि पर गएर प्रार्थना गर्दा तिमीहरूचाहिं यहीं बस ।”
\v 37 उहाँले पत्रुस र जब्दियाका दुई छोरालाई आफूसँग लिएर जानुभयो, र शोकित र व्याकुल हुन थाल्नुभयो ।
\v 38 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो आत्मा अत्याधिक शोकले भरिएर मरेतुल्य भएको छ । यहीं बस र मसँगै जागा रहो ।”
\v 39 उहाँ अलि पर जानुभयो, घोप्‍टो पर्नुभयो र प्रार्थना गर्नुभयो । उहाँले भन्‍नुभयो, “हे मेरा पिता, सम्भव भए, यो कचौरा मबाट हटिजाओस् । तर, मैले इच्छा गरेजस्तो होइन, तपाईंको इच्छाजस्तो होस् ।”
\v 40 उहाँ चेलाहरूकहाँ आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, र उहाँले पत्रुसलाई भन्‍नुभयो, “के तिमीहरू मसँग एक घण्टाको लागि पनि जागा रहन सकेनौ?
\v 41 जागा रहो र परीक्षामा नपर्नको निम्ति प्रार्थना गर । आत्‍मा त तयार छ, तर शरीर भने कमजोर छ ।”
\p
\v 42 उहाँ दोस्रो पटक पनि पर जानुभयो र प्रार्थना गर्नुभयो, र भन्‍नुभयो, “हे मेरा पिता, यदि मैले नपिइकन यो हुँदैन भने, तपाईंकै इच्छा पूरा होस् ।”
\p
\v 43 उहाँ फेरि आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए ।
\v 44 त्यसपछि उहाँले तिनीहरूलाई फेरि छोड्नुभयो र पर जानुभयो । उहाँले उही वचन दोहोर्‍याउँदै तेस्रो पल्ट प्रार्थना गर्नुभयो ।
\v 45 त्यसपछि येशू चेलाहरूकहाँ आउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै पनि सुतिरहेका छौ र आराम गरिरहेका छौ? हेर, त्यो घडी आइसकेको छ, र मानिसका पुत्रलाई पापीहरूको हातमा पक्राइँदैछ ।
\v 46 उठ, अब हामी जाऔं । हेर, मलाई पक्राइदिने नजिकै छ ।”
\p
\v 47 जब उहाँ बोलिरहनुभएको थियो, बाह्रमध्ये एक जना अर्थात् यहूदा आए । मुख्य पूजाहारीहरू र मानिसहरूका धर्म‍-गुरुहरूको एउटा ठुलो भीड त्यससँगै आयो । तिनीहरू तरवारहरू र लाठीहरू बोकेर आए ।
\v 48 अब जुन मानिसले येशूलाई पक्राइदिन लागेको थियो, त्यसले तिनीहरूलाई यसो भनी सङ्केत दिएको थियो, “जसलाई म चुम्बन गर्छु, उनी नै हुन् । उनलाई नै पक्रनू ।”
\v 49 तुरुन्तै त्यो येशूकहाँ आयो र भन्यो, “रब्बी, अभिवादन!” अनि त्यसले उहाँलाई चुम्बन गर्‍यो ।
\p
\v 50 येशूले त्यसलाई भन्‍नुभयो, “मित्र, तिमीले जे गर्न आएका छौ त्यो गरिहाल ।” त्यसपछि तिनीहरू आए, र येशूमाथि हात हाले, र उहाँलाई पक्रे ।
\v 51 हेर, येशूसँग भएकाहरूमध्ये एक जनाले आफ्नो हात उठायो, आफ्नो तरवार थुत्यो, र प्रधान पूजाहारीको एउटा नोकरमाथि प्रहार गर्‍यो, अनि त्यसको कान काटिदियो ।
\v 52 त्यसपछि येशूले तिनलाई भन्‍नुभयो, “आफ्नो तरवारलाई त्यसको स्थानमा राख, किनकि ज-जसले तरवार उठाउँछन् तिनीहरू तरवारद्वारा नै नष्‍ट पारिनेछन् ।
\v 53 तिमी के विचार गर्छौ, के मैले मेरा पितालाई पुकार्न सक्दिनँ र, के उहाँले मेरो निम्ति बाह्र पल्टनभन्दा बढी स्वर्गदूतहरू पठाइदिनुहुन्‍न र?
\v 54 तर यस्तो हुनुपर्छ भनी धर्मशास्‍‍त्रले भनेको कसरी पूरा हुने थियो त?”
\p
\v 55 त्यति बेला येशूले भीडलाई भन्‍नुभयो, “के तिमीहरू तरवार र लाठाहरू लिएर चोरलाई झैं मलाई पक्रन आएका छौ? म दिनहुँ मन्दिरमा सिकाउँदै बसें, अनि तिमीहरूले मलाई पक्रेनौ ।
\v 56 तर यी सबै कुरा भए, ताकि अगमवक्‍ताहरूले लेखेका कुरा पूरा हुन सकून् ।” त्यसपछि सबै चेलाले उहाँलाई छोडे र भागे ।
\p
\v 57 जसले येशूलाई पक्रेका थिए तिनीहरूले उहाँलाई प्रधान पूजाहारी कैयाफाकहाँ लगे, जहाँ शास्‍‍त्रीहरू र धर्म‍-गुरुहरू एकसाथ भेला भएका थिए ।
\v 58 तर पत्रुसले प्रधान पूजाहारीको आँगनसम्म उहाँलाई टाढैबाट पछ्याइरहे । तिनी भित्र गए र परिणाम कस्तो हुने होला भनेर हेर्न पहरेदारहरूसँगै बसे ।
\p
\v 59 अब मुख्य पूजाहारीहरू र सम्पूर्ण परिषद्ले येशूलाई मृत्युदण्ड दिन उहाँको विरुद्धमा झूटो गवाही खोजिरहेका थिए ।
\v 60 थुप्रै झूटा गवाह अगि आए तापनि तिनीहरूले कुनै प्रमाण भेट्टाएनन् । तर पछि दुई जना अगि आए,
\v 61 र भने, “यो मानिसले, ‘मैले परमेश्‍वरको मन्दिरलाई भत्काएर यसलाई तीन दिनमा पुनर्निर्माण गर्न सक्छु’ भन्यो ।”
\p
\v 62 प्रधान पूजाहारी उभिए र उहाँलाई भने, “के तँसँग कुनै उत्तर छैन? यी मानिसहरूले तेरो विरुद्धमा दिइरहेको गवाही के हो?”
\v 63 तर येशू चूप रहनुभयो । प्रधान पूजाहारीले उहाँलाई भने, “जीवित परमेश्‍वरको नाउँमा म तँलाई आज्ञा गर्छु, हामीलाई बता कि के तँ ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र होस्?”
\p
\v 64 येशूले तिनलाई जवाफ दिनुभयो, “त्यो तपाईं आफैंले नै भन्‍नुभएको छ । तर म तपाईंहरूलाई भन्दछु, कि अबदेखि उसो तपाईंहरूले मानिसका पुत्रलाई सर्वशक्‍तिमान्‌को दाहिने हाततिर बसिरहेका र स्वर्गका बादलहरूमाथि आउँदै गरेका देख्‍नुहुनेछ ।”
\p
\v 65 त्यसपछि प्रधान पूजाहारीले आफ्ना लुगा च्याते र भने, “यसले ईश्‍वर-निन्दा गरेको छ । अब हामीलाई अरू थप गवाहहरूको आवश्यकता किन पर्‍यो? हेर्नुहोस्, अब तपाईंहरूले ईश्‍वर-निन्दा सुन्‍नुभएको छ ।
\v 66 तपाईंहरू के विचार गर्नुहुन्छ?” तिनीहरूले जवाफ दिएर भने, “यो मारिनको लागि योग्य छ ।”
\v 67 त्यसपछि तिनीहरूले उहाँको मुखमा थुके र उहाँलाई पिटे, र तिनीहरूका हातले उहाँलाई हिर्काए,
\v 68 र भने, “हे ख्रीष्‍ट, अब हामीलाई अगमवाणी गरी भन्, तँलाई हिर्काउने को हो?”
\p
\v 69 अब पत्रुसचाहिं बाहिर आँगनमा बसिरहेका थिए र एउटी नोकर्नी तिनीकहाँ आई र भनी, “तिमी पनि यी गालीलका येशूसँग थियौ, होइन र?”
\p
\v 70 तर तिनले तिनीहरू सबैका अगि यसो भन्दै यस कुरालाई इन्कार गरे, “तैंले केको बारेमा कुरा गर्दै छेस्, मलाई त्यो थाहा छैन ।”
\p
\v 71 जब तिनी ढोकातिर बाहिर गए, अर्की नोकर्नीले तिनलाई देखी र त्यहाँ भएकाहरूलाई भनी, “यो मानिस पनि नासरतको येशूसँग थियो ।”
\p
\v 72 अनि तिनले पुनः शपथ खाँदै इन्कार गरे, “म यी मानिसलाई चिन्दिनँ ।”
\p
\v 73 त्यसको केही समयपछि त्यहाँ उभिरहेका मानिसहरू आए र पत्रुसलाई भने, “निश्‍चय नै तिमी पनि तिनीहरूमध्ये कै एक हौ, किनकि तिम्रो बोलीले नै यो सङ्केत गर्छ ।”
\p
\v 74 त्यसपछि तिनले सराप्‍न र शपथ खान लागे, “म यी मानिसलाई चिन्दिनँ,” अनि तुरुन्तै भाले बास्यो ।
\p
\v 75 अनि येशूले भन्‍नुभएको वचनलाई पत्रुसले सम्झे, “भाले बास्‍नुभन्दा अगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ ।” त्यसपछि तिनी बाहिर गए र धुरुधुरु रोए ।
\c 27
\cl अध्याय २७
\p
\v 1 अब जब बिहान भयो, सबै मुख्य पूजाहारीहरू र मानिसका धर्म‍-गुरुहरूले येशूलाई मार्न उहाँको विरुद्ध षड्‍यन्‍‍त्र रचे ।
\v 2 तिनीहरूले उहाँलाई बाँधेर त्यहाँबाट लागे, र हाकिम पिलातसकहाँ सुम्पिदिए ।
\p
\v 3 त्यसपछि जब उहाँलाई पक्राउने यहूदाले येशूलाई दण्डाज्ञा भएको देख्यो, त्यसलाई पछुतो लाग्यो र मुख्य पूजाहारीहरू र धर्म‍-गुरुहरूलाई ती चाँदीका तीसवटा सिक्‍का फर्काइदियो,
\v 4 र भन्यो, “मैले निर्दोष मानिसलाई पक्राइदिएर दिएर पाप गरेको छु” । तर तिनीहरूले भने, “हामीलाई त्यसको के सरोकार? तिमी आफैं जान ।”
\v 5 अनि त्यसले ती चाँदीका सिक्‍काहरू मन्दिरमा फ्याँकेर त्यहाँबाट बाहिर गयो र झुण्डिएर मर्‍यो ।
\p
\v 6 ती मुख्य पूजाहारीहरूले ती चाँदीका सिक्‍काहरू लिए र भने, “यसलाई ढुकुटीमा राख्‍न न्यायसङ्गत हुँदैन, किनकि यो रगतको मोल हो ।”
\v 7 तिनीहरूले आपसमा यसबारे छलफल गरे र त्यस पैसाले परदेशीहरूलाई दफन गर्न कुमालेको जमिन किने ।
\v 8 यही कारणले त्यस जमिनलाई आजको दिनसम्‍म पनि “रगतको जमिन” भनिन्‍छ ।
\p
\v 9 यसरी यर्मिया अगमवक्‍ताले भनेका वचन पूरा भयो, “इस्राएलका मानिसहरूले उहाँको निम्ति तोकेका मूल्‍य अर्थात् चाँदीका तीसवटा सिक्‍का तिनीहरूले लिए,
\v 10 र परमप्रभुले मलाई निर्देशन दिनुभएअनुसार तिनीहरूले कुमालेको जमिनको निम्ति त्यो दिए ।”
\p
\v 11 अब येशू ती हाकिमको अगाडि उभिनुभयो, र हाकिमले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंले नै त्यसो भन्‍नुहुन्छ?”
\p
\v 12 तर जब मुख्य पूजाहारीहरू र धर्म‍-गुरुहरूद्वारा उहाँलाई दोष लगाइयो, उहाँले केही जवाफ दिनुभएन ।
\p
\v 13 अनि पिलातसले उहाँलाई भने, “के तिम्रो विरुद्धमा लगाइएका सबै अभियोग तिमीले सुन्दैनौ?”
\v 14 तर उहाँले एउटै पनि जवाफ दिनुभएन । त्यसकारण ती हाकिम बडो आश्‍चर्यचकित भए ।
\p
\v 15 अब चाडको दिनमा भीडद्वारा चुनिएको एक जना कैदीलाई छोडिदिने हाकिमको प्रथा थियो ।
\v 16 त्यस समयमा तिनीहरूसँग बारब्बा नाम गरेको एउटा कुख्यात कैदी थियो ।
\p
\v 17 त्यसैले जब तिनीहरू आपसमा भेला भए, पिलातसले तिनीहरूलाई भने, “मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरिदिएको तिमीहरू चाहन्छौ? बारब्बा कि येशू जसलाई ख्रीष्‍ट भनिन्छ?”
\v 18 किनकि तिनलाई थाहा थियो, कि तिनीहरूले उहाँलाई तिनीकहाँ ईर्ष्याको कारणले गर्दा सुम्पेका थिए ।
\p
\v 19 जब तिनी न्यायकर्ताको आसनमा बसिरहेका थिए, तिनकी पत्‍नीले तिनलाई सन्देश पठाइन् र भनिन्, “ती निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि तिनको कारणले गर्दा आज मैले सपनामा निकै दुःख भोगेकी छु ।”
\p
\v 20 तब मुख्य पूजाहारीहरू र धर्म‍-गुरुहरूले बारब्बालाई छोड्न र येशूलाई मार्नको निम्ति भीडलाई राजी गराए ।
\v 21 ती हाकिमले तिनीहरूलाई सोधे, “यी दुईमध्ये मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरेको तिमीहरू चाहन्छौ?” तिनीहरूले भने, “बारब्बा ।”
\p
\v 22 पिलातसले तिनीहरूलाई भने, “ख्रीष्‍ट भनिने येशूलाई चाहिं म के गरूँ?” तिनीहरू सबैले जवाफ दिए, “त्यसलाई क्रूसमा झुन्ड्‍याउनुहोस् ।”
\v 23 र तिनले भने, “किन? तिनले के अपराध गरेका छन्?” तर तिनीहरू झन् चर्को स्वरले यसो भनी कराए, “त्यसलाई क्रूसमा झुन्ड्‍याउनुहोस् ।”
\p
\v 24 जब पिलातसले आफूले केही गर्न नसक्‍ने देखे, बरु खैलाबैला मच्‍चिन लागेको थाहा पाएर, तिनले पानी लिई भीडको सामु आफ्ना हात धोए र भने, “यी मानिसको रगतदेखि म निर्दोष छु । तिमीहरू आफैं जान ।”
\p
\v 25 सबै मानिसले भने, “तिनको रगत हामी र हाम्रा छोराछोरीहरूमाथि परोस् ।”
\v 26 अनि तिनले बारब्बालाई तिनीहरूका निम्ति छोडिदिए, तर तिनले येशूलाई कोर्रा लगाए र क्रूसमा झुन्ड्‍याउनुको निम्ति सुम्पिदिए ।
\p
\v 27 अनि ती हाकिमका सिपाहीहरूले येशूलाई महलमा लगे र सिपाहीहरूको सारा पल्टनलाई भेला गराए ।
\v 28 तिनीहरूले उहाँको वस्‍‍त्र खोलिदिए र तिनलाई लाल वस्‍‍त्र लगाइदिए ।
\v 29 तिनीहरूले काँडाहरूको एउटा मुकुट बनाए र उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा एउटा लौरो राखिदिए । तिनीहरूले उहाँको सामु घुँडा टेके र यसो भन्दै उहाँको गिल्ला गरे, “यहूदीहरूका राजालाई जय होस्!”
\v 30 तिनीहरूले उहाँलाई थुके र तिनीहरूले लौरो लिए र उहाँको शिरमा हिर्काए ।
\v 31 तिनीहरूले उहाँको गिल्ला गरिसकेपछि तिनीहरूले उहाँलाई पहिराइदिएको वस्‍‍त्र खोलिदिए र उहाँको आफ्नै लुगा लगाइदिए, र उहाँलाई क्रूसमा झुन्ड्‍याउन त्यहाँबाट लगे ।
\p
\v 32 जब तिनीहरू बाहिर आए, तिनीहरूले सिमोन नाउँ गरेको कुरेनीको एक जना मानिसलाई भेट्टाए, जसलाई आफूहरूसँग जान तिनीहरूले कर गरे ताकि त्यसले उहाँको क्रूस बोकोस् ।
\v 33 तिनीहरू गलगथा भन्‍ने ठाउँमा आइपुगे, जसको अर्थ “खोपडीको स्थान” हो ।
\v 34 तिनीहरूले उहाँलाई पित्त मिसिएको दाखमद्य पिउन दिए । तर जब उहाँले त्यो चाख्‍नुभयो, उहाँले त्यो पिउनुभएन ।
\v 35 जब तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, तिनीहरूले चिट्ठा हाले र उहाँका वस्‍‍त्रहरूलाई भाग लगाए ।
\v 36 अनि तिनीहरू बसे र उहाँलाई पहरा दिए ।
\v 37 उहाँको शिरदेखि मास्तिर यसो भनिएको अभियोग टाँसिदिए, “यी यहूदीहरूका राजा येशू हुन् ।”
\v 38 दुई जना डाँकू उहाँसँगै क्रूसमा टाँगिएका थिए, एउटा उहाँको दायाँपट्टि र अर्को उहाँको बायाँपट्टि ।”
\v 39 जो त्यो बाटो भएर जान्थे, तिनीहरूले यसो भन्दै टाउको हल्लाएर उहाँको गिल्ला गर्थे,
\v 40 “तँ जसले मन्दिरलाई भत्काएर तीन दिनमा बनाउन गइरहेको थिइस्, आफैंलाई बचा! यदि तँ परमेश्‍वरका पुत्र होस् भने, क्रूसबाट ओर्लेर तल आइज!”
\p
\v 41 यसरी नै मुख्य पूजाहारीहरूले पनि शास्‍‍त्रीहरू र धर्म‍-गुरुहरूसँगसँगै उहाँको गिल्ला गरे र भने,
\v 42 “यसले अरूहरूलाई बचायो, तर आफैंलाई भने बचाउन सक्दैन । यो इस्राएलको राजा हो । यो अब क्रूसबाट तल आओस्, र हामी त्यसमाथि विश्‍वास गर्नेछौं ।
\v 43 यसले परमेश्‍वरमा विश्‍वास गर्छ र परमेश्‍वरले चाहनुहुन्छ भने उहाँले नै यसलाई बचाऊन्, किनकि यसले यस्तो भनेको थियो, ‘म परमेश्‍वरका पुत्र हुँ ।’”
\v 44 र उहाँसँगै क्रूसमा टाँगिएका डाँकूहरूले पनि उस्तै तरिकाले उहाँको गिल्ला गरे ।
\p
\v 45 अब मध्यान्‍नदेखि दिउँसो तीन बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो ।
\v 46 तीन बजे येशू ठुलो स्वरले कराउनुभयो र भन्‍नुभयो, “इलोई, इलोई लामा सबखथनी?” जसको अर्थ हो, “मेरा परमेश्‍वर, मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्‍नुभएको छ?”
\v 47 जब त्यहाँ उभिरहेकाहरूमध्ये केहीले यो सुनेर भने, “यसले एलियालाई बोलाउँदैछ ।”
\v 48 झट्टै तिनीहरूमध्ये एक जना दौडेर गयो र एउटा स्पन्ज लियो, त्यसलाई अमिलो दाखमद्यले भर्‍यो, त्यसलाई निगालोमा राखी उहाँलाई पिउन दियो ।
\p
\v 49 तिनीहरूमध्ये बाँकीकाहरूले चाहिं भने, “यसलाई एक्लै छोडिदेऊ । यसलाई बचाउन एलिया आउँछन् कि आउँदैनन्, हेरौं ।”
\v 50 त्यसपछि येशू फेरि ठुलो स्वरले कराउनुभयो र आफ्नो प्राण त्याग्‍नुभयो ।
\v 51 हेर, मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुई भाग भएर च्यातियो । र पृथ्वी हल्लियो र चट्टानहरू टुक्रिए ।
\v 52 चिहानहरू उघारिए, र सुतिगएका पवित्र जनहरूका शरीरहरू बिउँताइए ।
\v 53 उहाँको पुनरुत्थानपछि तिनीहरू चिहानबाट बाहिर निस्के, पवित्र सहरमा प्रवेश गरे, र धेरैका कहाँ देखा परे ।
\p
\v 54 अब जब कप्‍तान र येशूलाई हेरिरहेकाहरूले भूकम्प गएको र त्यहाँ घटेका घटनाहरू देखे, तिनीहरू धेरै भयभीत भए र भने, “साँच्‍चै यिनी त परमेश्‍वरका पुत्र रहेछन् ।”
\p
\v 55 गालीलबाट येशूको हेरचाह गर्न उहाँलाई पछ्याइरहेका धेरै स्‍‍त्रीहरूले टाढाबाट त्यो हेरिरहेका थिए ।
\v 56 तिनीहरूमध्ये मरियम मग्दलिनी, याकूब र योसेफकी आमा मरियम, र जब्दियाका छोराहरूकी आमा थिए ।
\p
\v 57 जब साँझ पर्‍यो, अरिमाथियाबाट एक जना धनी मानिस आए, जसको नाम योसेफ थियो, जो आफैं पनि येशूका चेला थिए ।
\v 58 तिनी पिलातसकहाँ गए र तिनले येशूको शरीर मागे । अनि पिलातसले सो तिनलाई दिइयोस् भनेर आदेश दिए ।
\v 59 योसेफले शरीर लिए, र त्यसलाई सफा मलमलको कपडामा बेह्रे,
\v 60 र तिनले आफैंले चट्टान खोपेर बनाएका नयाँ चिहानमा राखे । अनि तिनले चिहानको मुखमा एउटा ठुलो ढुङ्गा गुडाइदिएर तिनी गए ।
\v 61 मरियम मग्दिलिनी र अर्की मरियम पनि त्यही चिहानको अर्कोपट्टि बसिरहेका थिए ।
\p
\v 62 अर्को दिन जुन तयारीको दिनको भोलिपल्ट थियो, मुख्य पूजाहारीहरू र फरिसीहरू पिलातससँग भेला भएका थिए ।
\v 63 तिनीहरूले भने, “हजुर, हामीलाई सम्झना छ, कि त्यो ठगाहा जिउँदो हुँदा त्यसले भनेको थियो, ‘तीन दिनपछि म फेरि उठ्नेछु ।’
\v 64 त्यसकारण तेस्रो दिनसम्म त्यो चिहान सुरक्षित राख्‍नलाई हुकुम गर्नुहोस् । नत्रता त्यसका चेलाहरू आउलान् र त्यसलाई चोरेर लगेर मानिसहरूलाई, ‘उहाँ मृतकहरूबाट जीवित हुनुभएको छ' भन्लान् ।’ अनि यो अन्तिम धोका पहिलेको भन्दा झन् नराम्रो हुनेछ ।”
\p
\v 65 पिलातसले तिनीहरूलाई भने, “पहरेदार लेऊ । जाओ, त्यसलाई तिमीहरूले सकेसम्म सुरक्षित राख ।”
\v 66 त्यसैले तिनीहरू गए र ढुङ्गामा मोहर लगाए र पहरेदारहरू खटाएर चिहानलाई सुरक्षित राखे ।
\c 28
\cl अध्याय २८
\p
\v 1 अब विश्रामको समय सकिनै लाग्दा हप्‍ताको पहिलो दिनको झिसमिसेमा मरियम मग्दलिनी र मरियम नाउँ गरेकी अर्की स्‍‍त्री चिहान हेर्न आए ।
\v 2 हेर, त्यहाँ विशाल भूकम्प गयो, किनकि परमप्रभुका एक स्वर्गदूत स्वर्गबाट तल ओर्ले, अनि ढुङ्गा हटाए, र त्यसमाथि बसे ।
\v 3 तिनको रूप बिजुलीजस्तो थियो, र पहिरन हिउँजस्तै सेतो थियो ।
\v 4 पहरेदारहरू डरले थरथर काँपे र मरेका मानिसहरूजस्तै भए ।
\p
\v 5 स्वर्गदूतले ती स्‍‍त्रीहरूलाई सम्बोधन गरे र भने, “भयभीत नहोओ, किनकि मलाई थाहा छ, कि तिमीहरूले क्रूसमा टाँगिनुभएका येशूलाई खोज्दैछौ ।
\v 6 उहाँ यहाँ हुनुहुन्‍न, तर जस्तो उहाँले भन्‍नुभएको थियो, उहाँ जीवित भई उठ्नुभएको छ । आएर प्रभुलाई राखिएको ठाउँ हेर ।
\p
\v 7 झट्टै जाओ र उहाँका चेलाहरूलाई भन, ‘उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएको छ । हेर, उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदै हुनुहुन्छ । त्यहीं नै तिमीहरूले उहाँलाई देख्‍नेछौ ।’ हेर, मैले तिमीहरूलाई बताइदिएको छु ।”
\p
\v 8 ती स्‍‍त्रीहरू तुरुन्तै डर र आनन्दका साथ चिहानबाट निस्के, अनि उहाँका चेलाहरूलाई यो बताउनको निम्ति दौडे ।
\v 9 हेर, येशूले तिनीहरूलाई भेट्नुभयो र भन्‍नुभयो, “अभिवादन!” ती स्‍‍त्रीहरू आए, उहाँका पाउ पक्रे, र उहाँलाई दण्डवत् गरे ।
\v 10 त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ । जाओ मेरा भाइहरूलाई गालीलमा जानू भनेर भनिदेओ । त्यहाँ तिनीहरूले मलाई देख्‍नेछन् ।”
\p
\v 11 जब ती स्‍‍त्रीहरू जाँदै थिए, हेर, केही पहरेदारहरू सहरमा गए र मुख्य पूजाहारीहरूलाई त्यहाँ भएका सबै घटना बताइदिए ।
\v 12 जब पूजाहारीहरूले धर्म‍-गुरुहरूलाई भेटे र ती सबै घटनाको बारेमा तिनीहरूसँग छलफल गरे, तिनीहरूले सिपाहीहरूलाई धेरै पैसा दिए,
\v 13 र तिनीहरूलाई भने, “तिमीहरूले अरूहरूलाई यस्तो भन, ‘हामी सुतिरहेका बेला येशूका चेलाहरू आए र त्यसको मृत शरीरलाई चोरेर लगे ।’
\v 14 यदि यो खबर हाकिमकहाँ पुग्यो भने, हामी उहाँलाई राजी गराउनेछौं र तिमीहरूलाई कुनै समस्यामा पर्न दिनेछैनौं ।”
\v 15 अनि ती सिपाहीहरूले पैसा लिए र तिनीहरूलाई जस्तो निर्देशन दिइएको थियो, त्यस्तै गरे । यही खबर यहूदीहरूका माझमा सर्वत्र फैलियो र आजको दिनसम्म पनि यही कायम छ ।
\p
\v 16 तर एघार जना चेला गालीलको त्यस डाँडामा गए जहाँ येशूले जानू भनी तिनीहरूलाई निर्देशन दिनुभएको थियो ।
\v 17 जब तिनीहरूले उहाँलाई देखे, तिनीहरूले उहाँलाई दण्डवत् गरे, तर कतिले चाहिं शङ्का गरे ।
\v 18 येशू तिनीहरूकहाँ आउनुभयो र तिनीहरूसँग बोल्नुभयो र भन्‍नुभयो, “स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ ।
\v 19 यसकारण जाओ र सबै देशका जातिलाई चेला बनाओ । पिता, पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ ।
\v 20 मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । र हेर, यस संसारको अन्तसम्म पनि म सधैं तिमीहरूको साथमा छु ।”

944
42-MRK.usfm Normal file
View File

@ -0,0 +1,944 @@
\id MRK
\ide UTF-8
\h मर्कूस
\toc1 मर्कूस
\toc2 मर्कूस
\toc3 mrk
\mt मर्कूस
\c 1
\cl अध्याय १
\p
\v 1 यो परमेश्‍वरका पुत्र प्रभु येशू ख्रीष्‍टको सुसमाचारको सुरुवात हो ।
\v 2 जसरी यशैया अगमवक्‍ताको पुस्तकमा लेखिएको छ, “हेर, म मेरो समाचारवाहकलाई तिम्रो अगि पठाउँदैछु, जसले तिम्रो बाटो तयार पार्नेछ ।”
\q
\v 3 “उजाड-स्थानमा कोही कराउनेको आवाज, ‘परमप्रभुको बाटो तयार पार, उहाँका बाटाहरू सिधा बनाओ’ ।”
\p
\v 4 यूहन्‍ना उजाड-स्थानमा बप्‍तिस्मा दिंदै र पाप-क्षमाको निम्ति पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै आए ।
\v 5 यहूदियाको पूरै इलाकाबाट र यरूशलेमका सबै मानिस तिनीकहाँ गए । तिनीहरूले आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्‍तिस्मा लिए ।
\v 6 यूहन्‍नाले ऊँटको रौंबाट बनेको लुगा लगाउँथे र कम्मरमा छालाको पेटी बाँध्‍थे र तिनले सलहहरू र वन मह खान्थे ।
\v 7 तिनले यसो भन्दै प्रचार गरे, “मपछि कोही आउनुहुनेछ जो मभन्दा शक्‍तिशाली हुनुहन्छ, र म त उहाँको जुत्ताको फित्ता निहुरेर फुकाल्न योग्यको पनि छैन ।
\v 8 मैले तिमीहरूलाई पानीले बप्‍तिस्मा दिएँ, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्‍तिस्मा दिनुहुनेछ ।”
\p
\v 9 ती दिनहरूमा यसो भयो, कि येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्‍नाद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिनुभयो ।
\v 10 जसै येशू पानीबाट निस्कनुभयो, उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मा ढुकुरजस्तै उहाँमाथि आइरहनुभएको देख्‍नुभयो ।
\v 11 अनि स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ । तिमीसँग म अति प्रसन्‍न छु ।”
\v 12 त्यसपछि पवित्र आत्माले उहाँलाई उजाड-स्थानमा जान बाध्य गराउनुभयो ।
\v 13 उहाँ शैतानद्वारा परीक्षित हुँदै चालिस दिनसम्म उजाड-स्थानमा रहनुभयो । उहाँ जङ्गली जनावरहरूसँग रहनुभयो र स्वर्गदूतहरूले उहाँको सेवा गरे ।
\p
\v 14 अब यूहन्‍ना पक्राउ परेपछि परमेश्‍वरको सुसमाचार प्रचार गर्दै येशू गालीलमा आउनुभयो,
\v 15 र भन्‍नुभयो, “समय पूरा भएको छ, र परमेश्‍वरको राज्य नजिकै छ । पश्‍चात्ताप गर र सुसमाचारमा विश्‍वास गर ।
\p
\v 16 गालील समुद्र भएर जानुहुँदा उहाँले सिमोन र तिनका दाजु अन्द्रियासलाई जाल हानिरहेका देख्‍नुभयो, किनभने तिनीहरू मछुवाहरू थिए ।
\v 17 येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु ।”
\v 18 तुरुन्तै तिनीहरूले जालहरू छोडे र येशूको पछि लागे ।
\v 19 जसै येशू हिंडेर अलि अगाडि पुग्‍नुभयो, उहाँले जब्दियाका पुत्र याकूब र तिनका भाइ यूहन्‍नालाई देख्‍नुभयो; तिनीहरू डुङ्गामा बसेर जालहरू मर्मत गरिरहेका थिए ।
\v 20 उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले आफ्ना पितालाई भाडाका सेवकहरूसँग डुङ्गामा नै छोडे, र तिनीहरू उहाँको पछि लागे ।
\p
\v 21 र उहाँहरू कफर्नहुममा आउनुभयो, अनि विश्रामको दिनमा येशू सभाघरमा जानुभयो र शिक्षा दिनुभयो ।
\v 22 तिनीहरू उहाँको शिक्षामा छक्‍क परे, किनकि उहाँले तिनीहरूलाई शास्‍‍त्रीहरूले जस्तो होइन, तर अधिकार भएको व्यक्‍तिले जस्तै सिकाइरहनुभएको थियो ।
\v 23 त्यस बेला सभाघरमा एक जना अशुद्ध आत्मा भएको मानिस थियो । त्यो यसो भन्दै चिच्‍च्यायो,
\v 24 “हे नासरतका येशू, तपाईंसँग हाम्रो के सरोकार? के तपाईं हामीलाई नाश पार्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी मलाई थाहा छ । तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ ।”
\p
\v 25 येशूले भूतलाई हकार्नुभयो र भन्‍नुभयो, “चुप लाग्, र त्यसबाट निस्की आइज!”
\v 26 अनि अशुद्ध आत्माले त्यसलाई पछार्‍यो, र ठुलो स्वरमा चिच्‍च्याउँदै त्यसबाट निस्कियो ।
\p
\v 27 अनि सबै मानिस छक्‍क परेर एक-आपसमा भन्‍न लागे, “यो के हो? अधिकारसहितको एउटा नयाँ शिक्षा! यिनले अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्छन् र तिनीहरूले यिनको आज्ञा मान्छन्!”
\v 28 उहाँको बारेमा भएको समाचार तुरुन्तै गालीलका सबै क्षेत्रमा जताततै फैलियो ।
\p
\v 29 सभाघरबाट बाहिर निस्‍कनुभएपछि उहाँहरू याकूब र यूहन्‍नासँगै सिमोन र अन्द्रियासको घरमा आउनुभयो ।
\v 30 अब सिमोनकी सासू ज्वरो आएर सुतिरहेकी थिइन्, र तिनीहरूले तिनको विषयमा झट्टै येशूलाई बताए ।
\v 31 यसकारण उहाँ आउनुभयो र तिनको हातमा समाएर तिनलाई उठाउनुभयो, र ज्वरोले तिनलाई छोडिहाल्यो, र तिनले उहाँहरूको सेवा गर्न थालिन् ।
\p
\v 32 त्यस साँझ घाम अस्ताएपछि तिनीहरूले बिरामी भएका र भूत लागेका सबैलाई उहाँकहाँ ल्याए ।
\v 33 सारा सहर नै त्यो घरको ढोकामा भेला भयो ।
\v 34 उहाँले विभिन्‍न प्रकारका बिमारी भएका रोगीहरूलाई निको पार्नुभयो र धेरै भूतहरू निकाल्नुभयो, तर उहाँले भूतहरूलाई बोल्न दिनुभएन, किनकि तिनीहरूले उहाँलाई चिन्थे ।
\p
\v 35 उहाँ बिहान सबेरै अँध्यारो हुँदा नै उठ्नुभयो; उहाँ एकान्त ठाउँमा जानुभयो र त्यहाँ प्रार्थना गर्नुभयो ।
\v 36 सिमोन र तिनीसँग भएकाहरूले उहाँलाई खोजे ।
\v 37 तिनीहरूले उहाँलाई भेट्टाए र भने, “सबैले तपाईंलाई खोजिरहेका छन् ।”
\p
\v 38 उहाँले भन्‍नुभयो, “हामी कतै वरिपरि सहरहरूमा जाऔं, ताकि मैले त्यहाँ पनि प्रचार गर्न सकूँ । त्यसैको लागि म यहाँ आएँ ।"
\v 39 उहाँ तिनीहरूको सभाघरमा प्रचार गर्दै र भूतहरू निकाल्दै सारा गालीलभरि जानुभयो ।
\p
\v 40 एक जना कुष्‍ठरोगी उहाँकहाँ आयो । त्यसले उहाँलाई बिन्ती गरिरहेको थियो, त्यसले घुँडा टेक्‍यो र उहाँलाई भन्यो, “यदि तपाईंले चाहनुभयो भने, तपाईंले मलाई शुद्ध गर्न सक्‍नुहुन्छ ।”
\p
\v 41 येशू दयाले भरिनुभयो र आफ्नो हात फैलाएर त्यसलाई छुनुभयो, अनि भन्‍नुभयो, “म चाहन्छु, तिमी शुद्ध होइजाऊ ।”
\v 42 तुरुन्तै कुष्‍ठ रोगले त्यसलाई छोड्‍यो र त्यो शुद्ध भयो ।
\v 43 येशूले त्यसलाई कडाइका साथ चेतावनी दिनुभयो र त्यसलाई पठाउनुभयो ।
\v 44 उहाँले त्यसलाई भन्‍नुभयो, “कसैलाई केही नभन, तर जाऊ र पूजाहारीकहाँ आफैंलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम तिनीहरूलाई गवाहीको रूपमा तिम्रो शुद्धिकरणको निम्ति बलि चढाऊ ।”
\v 45 तर त्यो व्‍यक्‍ति गयो र सबैलाई भन्‍न थाल्यो अनि कुरा यति धेरै फैलियो, कि येशू कुनै पनि सहरमा खुल्लमखुल्ला जान सक्‍नुभएन । यसकारण उहाँ एकान्त ठाउँहरूमा बस्‍नुभयो, र मानिसहरू चारैतिरबाट उहाँकहाँ आए ।
\c 2
\cl अध्याय २
\p
\v 1 केही दिनपछि जब येशू कफर्नहुममा फर्केर आउनुभयो, उहाँ घरमा हुनुहुन्छ भन्‍ने सुनियो ।
\v 2 यति धेरै मानिसहरू भेला भए, कि त्यहाँ ढोकामा समेत कुनै ठाउँ थिएन, अनि येशूले तिनीहरूलाई वचन प्रचार गर्नुभयो ।
\v 3 केही मानिसहरू उहाँकहाँ आए, जसले पक्षाघातीलाई ल्याइरहेका थिए; चार जना मानिसले त्यसलाई बोकिरहेका थिए ।
\v 4 जब भीडले गर्दा तिनीहरू उहाँको नजिक जान सकेनन्, तब तिनीहरूले येशू हुनुभएको ठिक माथिको छानो हटाए र हटाइसकेपछि त्यस पक्षाघाती सुतेको ओछ्यानलाई तिनीहरूले तल झारे ।
\v 5 तिनीहरूको विश्‍वास देखेर येशूले पक्षाघातीलाई भन्‍नुभयो, “छोरो, तिम्रा पापहरू क्षमा भएका छन् ।”
\p
\v 6 तर त्यहाँ बसिरहेका शास्‍‍त्रीहरूमध्ये केहीले तिनीहरूका मनमा तर्क वितर्क गरे ।
\v 7 “यो मानिसले कसरी यसरी बोल्‍न सक्छ? यसले त ईश्‍वर-निन्दा पो गर्छ! परमेश्‍वरले बाहेक कसले पाप क्षमा गर्न सक्‍छ?”
\p
\v 8 तिनीहरूले के सोचिरहेका छन् भन्‍ने येशूले आफ्‍नो आत्मामा तुरुन्तै थाहा पाउनुभयो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले आफ्नो हृदयमा किन यस्तो विचार गर्दैछौ?”
\v 9 पक्षाघातीलाई के भन्‍न सजिलो हुन्छ, ‘तिम्रा पापहरू क्षमा भएका छन्’ भन्‍नु कि ‘उठ र आफ्नो ओछ्यान बोक र हिंड’ भन्‍नु?
\v 10 तर तिमीहरूले यो जान्‍न सक, कि पृथ्वीमा मानिसका पुत्रसँग पाप क्षमा गर्ने अधिकार छ ।” उहाँले पक्षाघातीलाई भन्‍नुभयो,
\v 11 “म तिमीलाई भन्दछु, उठ र आफ्नो ओछ्यान बोक र तिम्रो घर जाऊ ।”
\p
\v 12 त्यो मानिस उठ्‍यो र तुरुन्तै आफ्नो ओछ्यान बोक्यो र सबै मानिसको अगाडिबाट नै घर गयो । त्यसैले तिनीहरू छक्‍क परे, र परमेश्‍वरलाई महिमा दिए, अनि तिनीहरूले भने, “हामीले यस्तो कहिल्यै देखेका थिएनौं ।”
\p
\v 13 उहाँ फेरि तालको छेउ भएर जानुभयो र सबै भीड उहाँकहाँ आयो र उहाँले तिनीहरूलाई शिक्षा दिनुभयो ।
\v 14 उहाँ जाँदै गर्नुहुँदा उहाँले अल्फयसका छोरा लेवी कर उठाउने ठाउँमा बसिरहेको देख्‍नुभयो र उहाँले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग ।” तिनी उठे, र उहाँको पछि लागे ।
\p
\v 15 जब येशूले लेवीको घरमा खाना खाँदै हुनुहुन्थ्यो, धेरै कर उठाउनेहरू र पापीहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाइरहेका थिए, किनकि त्यहाँ धेरै जना थिए र तिनीहरूले उहाँलाई पछ्‍याए ।
\v 16 जब शास्‍‍त्रीहरू, जो फरिसीहरू थिए, तिनीहरूले येशूलाई पापीहरू र कर उठाउनेहरूसँग खाना खाइरहनुभएको देखे, तिनीहरूले उहाँका चेलाहरूलाई भने “तिनी किन कर उठाउनेहरू र पापीहरूसँग खान्छन्?”
\p
\v 17 जब येशूले यो सुन्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जो मानिस शरीरमा बलियो छ, त्यसलाई वैद्यको आवश्यक पर्दैन, तर बिरामीलाई मात्र वैद्यको आवश्‍यक पर्छ । म धर्मीहरूलाई होइनँ, तर पापीहरूलाई बोलाउन आएको हुँ ।”
\p
\v 18 अब यूहन्‍नाका चेलाहरू र फरिसीहरू उपवास बसिरहेका थिए । केही मानिसहरू आए र उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू र फरिसीका चेलाहरू उपवास बस्छन्, तर तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?”
\p
\v 19 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के दुलहा जन्तीको साथमा हुँदा विवाहमा आउनेहरू उपवास बस्‍छन् र? दुलहा तिनीहरूसँग भएसम्म तिनीहरू उपवास बस्‍न सक्दैनन् ।
\v 20 तर ती दिन आउनेछन्, जब दुलहा तिनीहरूबाट लगिनेछन्, र ती दिनमा तिनीहरू उपवास बस्‍नेछन् ।
\p
\v 21 कसैले पनि पुरानो लुगालाई नयाँ कपडाले टाल्दैन । नत्रता त्यो टालेको कपडा त्यसबाट अर्थात् पुरानोबाट नयाँ च्यातेर जान्छ, अनि उक्‍त फटाइ झनै नराम्रो हुन्छ ।
\v 22 कसैले पनि नयाँ दाखमद्य पुरानो मशकमा हाल्दैन, नत्रता दाखमद्यले छालालाई फटाउनेछ अनि दाखमद्य र मशक दुवै नष्‍ट हुन्छन् । बरु नयाँ दाखमद्य नयाँ मशकमा हालिन्छ ।”
\p
\v 23 विश्रामको दिनमा येशू अन्‍नको खेतबाट भएर जानुभयो, र उहाँका चेलाहरूले अन्‍नका बाला टिप्‍न थाले ।
\v 24 अनि फरिसीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तिनीहरूले विश्रामको दिनमा किन अनुचित कुरा गरिरहेका छन्?”
\p
\v 25 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू खाँचोमा परेका र भोकाएका बेला तिनीहरूले के गरे भन्‍ने के तिमीहरूले कहिल्यै पढेका छैनौ?
\v 26 अबियाथार प्रधान पूजाहारी हुँदा तिनी कसरी परमेश्‍वरको भवनभित्र गए र उपस्थितिको रोटी खाए, जुन पूजाहारीबाहेक अरू कसैले खानु हुँदैनथ्यो, अनि केही तिनीसँग हुनेहरूलाई पनि दिए ।"
\v 27 येशूले भन्‍नुभयो, “विश्रामको दिन मानव-जातिको निम्ति बनाइएको थियो, मानव-जाति विश्राम दिनको निम्ति बनाइएको होइन ।
\v 28 यसकारण मानिसका पुत्र विश्राम दिनको पनि प्रभु हुन् ।”
\c 3
\cl अध्याय ३
\p
\v 1 उहाँ फेरि सभाघरभित्र जानुभयो, र त्यहाँ एक जना हात सुकेको मानिस थियो ।
\v 2 उहाँले त्यसलाई विश्रामको दिनमा निको पार्नुहुन्छ, कि भनेर केही मानिसहरूले चेवा गरे, ताकि तिनीहरूले उहाँलाई दोष लगाउन सकून् ।
\v 3 येशूले हात सुकेको मानिसलाई भन्‍नुभयो, “उठ र यहाँ सबैका माझमा खडा होऊ ।”
\v 4 तब उहाँले मानिसहरूलाई भन्‍नुभयो, “विश्रामको दिनमा असल गर्नु कि हानि गर्नु, जीवन बचाउनु कि मार्नु, कुन चाहिं उचित हुन्छ?” तर तिनीहरू चूप थिए ।
\v 5 तिनीहरूका कठोर हृदयको कारण दुःखित हुँदै उहाँले रिसाएर वरिपरि तिनीहरूतिर हेर्नुभयो, र उहाँले त्यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात पसार ।” त्यसले हात पसार्‍यो र त्यसको हात पहिलेको जस्तै भयो ।
\v 6 फरिसीहरू गए र तिनीहरूले उहाँलाई कसरी मारौं भनेर हेरोदीहरूसँग उहाँको विरुद्धमा तुरुन्तै षड्यन्‍‍त्र रच्‍न थाले ।
\p
\v 7 तब येशू आफ्ना चेलाहरूसँग समुद्रतिर जानुभयो, अनि गालीलबाट, यहूदियाबाट,
\v 8 यरूशलेमबाट, इदुमिआबाट, र यर्दनपारी, र टुरोस र सीदोन वरिपरिबाटका मानिसहरूको ठुलो भीडले उहाँलाई पछ्‍यायो । उहाँले गरिरहनुभएका कुराहरूका बारेमा सुन्दा, त्यो ठूलो भीड उहाँकहाँ आयो ।
\v 9 भीडको कारण उहाँले आफ्ना चेलाहरूलाई आफ्नो लागि एउटा सानो डुङ्गा तयार गर्न लगाउनुभयो, ताकि तिनीहरूले उहाँलाई नकुल्चून् ।
\v 10 किनभने उहाँले धेरैलाई निको पार्नुभयो, त्यसैले कष्‍टमा परेकाहरू सबैले उहाँलाई छुन उत्सुकतासाथ उहाँको नजिक गए ।
\v 11 जब अशुद्ध आत्माहरूले उहाँलाई देख्‍थे, तिनीहरू उहाँको सामु ढल्थे, चिच्‍च्याउँथे अनि तिनीहरूले भन्‍थे, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ ।”
\v 12 उहाँलाई नचिनाउन उहाँले तिनीहरूलाई कडा आज्ञा दिनुभयो ।
\p
\v 13 उहाँ डाँडामाथि जानुभयो, र उहाँले चाहनुभएकाहरूलाई बोलाउनुभयो, अनि तिनीहरू उहाँकहाँ आए ।
\v 14 उहाँले बाह्र जनालाई नियुक्‍त गर्नुभयो, (जसलाई उहाँले प्रेरित नाउँ दिनुभयो), ताकि तिनीहरू उहाँसँग रहन सकून् र उहाँले तिनीहरूलाई प्रचार गर्न पठाउन सक्‍नुभएको होस्,
\v 15 अनि भूतहरूलाई निकाल्ने अधिकार पाउन् ।
\v 16 उहाँले यी बाह्र जनालाई नियुक्‍त गर्नुभयोः सिमोन, जसलाई उहाँले पत्रुस नाउँ दिनुभयो ।
\v 17 जब्दियाका छोरा याकूब र याकूबका भाइ यूहन्‍ना, जसलाई उहाँले बोअनर्गेश अर्थात् गर्जनका छोराहरू नाउँ दिनुभयो;
\v 18 अनि अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसका छोरा याकूब, थेदियस, सिमोन कनानी,
\v 19 अनि यहूदा इस्करयोत, जसले उहाँलाई धोका दिने थियो ।
\p
\v 20 तब उहाँ घर जानुभयो, र फेरि धेरै भीड जम्मा भयो । त्यसकारण उहाँले खानसम्म पनि पाउनु भएन ।
\v 21 जब उहाँको परिवारले यसबारे सुन्यो, तिनीहरू उहाँलाई पक्रन गए, किनकि तिनीहरूले भने, “उहाँको दिमाग ठाँउमा छैन ।”
\p
\v 22 यरूशलेमबाट आएका शास्‍‍त्रीहरूले भने, “त्यसलाई बालजिबुल लागेको छ” र “त्यसले भूतहरूका शासकद्वारा भूतहरू निकाल्छ ।”
\p
\v 23 येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूलाई द‍ृष्‍टान्तमा भन्‍नुभयो, “शैतानले शैतानलाई कसरी निकाल्‍न सक्छ?”
\v 24 यदि राज्य आफैंमा विभाजित हुन्छ भने, त्यो राज्य टिक्‍न सक्दैन ।
\v 25 यदि घर आफैंमा विभाजित हुन्छ भने, त्यो घर टिक्‍न सक्दैन ।
\v 26 यदि शैतान आफ्नै विरुद्धमा खडा भएको छ र विभाजित छ भने त्यो टिक्‍न सक्दैन, तर त्यसको अन्त आएको हुन्छ ।
\v 27 तर कसैले पनि पहिले बलियो मानिसलाई नबाँधिकन त्यसको घरमा पस्‍न र त्यसका सम्पत्ति चोर्न सक्दैन, त्यसपछि त्यसले त्यसको घर लुट्नेछ ।
\v 28 साँच्चै म तिमीहरूलाई भन्दछु, कि मानिसहरूका सन्तानहरूका सबै पाप क्षमा गरिनेछन्, र तिनीहरूले गरेका सबै ईश्‍वर-निन्दा पनि क्षमा गरिनेछन्,
\v 29 तर पवित्र आत्माको विरुद्धमा गरिने ईश्‍वर-निन्दा कहिल्यै क्षमा हुनेछैन, तर त्यो अनन्त पापको दोषी हुन्छ ।
\p
\v 30 येशूले यसो भन्‍नुभयो, किनभने तिनीहरूले “त्योसँग अशुद्ध आत्मा छ” भनिरहेका थिए ।
\p
\v 31 उहाँकी आमा र उहाँका भाइहरू आए र बाहिर उभिए । तिनीहरूले उहाँलाई बोलाउन पठाए ।
\v 32 एउटा भीड उहाँको वरिपरि बसिरहेको थियो, र तिनीहरूले उहाँलाई भने, “तपाईंकी आमा र भाइहरू बाहिर छन्, अनि उहाँहरूले तपाईंलाई खोजिरहेका छन् ।”
\p
\v 33 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा आमा र भाइहरू को हुन्?”
\v 34 उहाँले उहाँका वरिपरि गोलाकारमा बसिरहेकाहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “हेर, मेरी आमा र मेरा भाइहरू यहाँ छन्!”
\v 35 किनकी जसले परमेश्‍वरको इच्छालाई पालन गर्छ, त्यो व्यक्ति नै मेरो भाइ र बहिनी र मेरी आमा हो ।”
\c 4
\cl अध्याय ४
\p
\v 1 फेरि उहाँले समुद्रको छेउमा शिक्षा दिन थाल्नुभयो, अनि धेरै ठुलो भीड उहाँको वरिपरि भेला भयो । उहाँ समुद्रमा भएको एउटा डुङ्गामा चढ्नुभयो र बस्‍नुभयो । सबै भीड समुद्र किनारको छेउमा थिए ।
\v 2 उहाँले तिनीहरूलाई धेरै कुरा द‍ृष्‍टान्तमा सिकाउनुभयो र आफ्नो शिक्षामा उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो,
\v 3 “सुन! बीउ छर्ने बीउ छर्न निस्क्यो ।
\v 4 त्यसले बीउ छर्दा केही बीउ बाटोमा प‍रे, र चराहरू आएर त्यो खाइदिए ।
\v 5 अरू बीउ चाहिं त्यति माटो नभएको ढुङ्गेनी जमिनमा परे । त्यो तुरुन्तै उम्रियो, किनभने त्यहाँ माटो गहिरो थिएन ।
\v 6 तर जब घाम लाग्यो, बिरूवाहरू ओइलाए, अनि तिनीहरूका जरा नभएकोले ती सुकिहाले ।
\v 7 अरू बीउ काँडाका झाङ्हरूको बीचमा परे । काँडाका झाङ्हरू बढे, र त्यसलाई निसासिदिए, अनि त्यसले कुनै फल फलाएन ।
\v 8 अरू बीउ असल जमिनमा परे, र ती बढ्दै र हुर्कंदै गर्दा केहीले तीस गुणा, केहीले साठी गुणा र केहीले सय गुणा पनि फल फलाए ।”
\v 9 अनि उहाँले भन्‍नुभयो, “जसको सुन्‍ने कान छ, त्यसले सुनोस्!”
\p
\v 10 येशू एक्लै हुनुहुँदा उहाँका नजिकका मानिसहरू र बाह्र जना चेलाले उक्‍त द‍ृष्‍टान्तको बारेमा उहाँसँग सोधे ।
\v 11 उहाँले तिनीहरूलाई भन्‍नुभयो, "तिमीहरूलाई परमेश्‍वरको राज्यको रहस्य दिइएको छ । तर बाहिरकाहरूलाई हरेक कुरा द‍ृष्‍टान्तहरूमा दिइएको छ ।
\q
\v 12 त्यसैले तिनीहरू हेर्न त हेर्छन्, तर देख्दैनन्, सुन्‍न त सुन्छन् तर बुझ्दैनन्, नत्रता तिनीहरू फर्कन्‍थे र परमेश्‍वरले तिनीहरूलाई क्षमा गर्नुहुने थियो ।”
\p
\v 13 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले यो द‍ृष्‍टान्त बुझ्दैनौ? त्यसो भए तिमीहरूले सबै द‍ृष्‍टान्तहरू कसरी बुझ्‍नेछौ?”
\v 14 बीउ छर्नेले वचन छर्छ ।
\v 15 वचन छर्दा बाटोतिर परेका बीउ यी नै हुन् । जब तिनीहरूले वचन सुन्छन्, र तुरुन्तै शैतान आउँछ र तिनीहरूमा छरिएका वचन खोसेर लैजान्छ ।
\v 16 र ढुङ्गेनी जमिनमा छरिएका केही बीउचाहिं यी नै हुन्; जब तिनीहरूले वचन सुन्छन्, तिनीहरूले यसलाई तुरुन्तै आनन्दसाथ ग्रहण गर्छन् ।
\v 17 तर तिनीहरूको आफ्‍नो कुनै जरा हुँदैन, र तिनीहरू केही समयसम्म मात्र टिक्छन् । पछि वचनको कारणले सङ्कष्‍ट वा सतावट आउँदा तिनीहरूले तुरुन्तै ठेस खान्छन् ।
\v 18 अरूहरूचाहिं ती हुन्, जो काँडाहरूका माझमा छरिएका छन् । तिनीहरूले वचन सुन्छन्,
\v 19 तर संसारको फिक्री, धन-सम्पत्तिको छल र अन्य कुराहरूको लालसामा प्रवेश गर्छन् जसले वचनलाई निसासिदिन्छन् र यो फलदायी हुँदैन ।
\v 20 असल जमिनमा छरिएका बीउहरूचाहिं ती नै हुन्, जसले वचन सुन्छन्, यसलाई ग्रहण गर्छन् अनि तीस गुणा, साठी गुणा वा सय गुणा पनि फल फलाउँछन् ।”
\p
\v 21 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले बत्तीलाई पाथीमुनि अथवा खाटमुनि राख्‍न घरभित्र ल्याउँछौ? के सामदानमाथि राख्‍नलाई होइन? तिमीहरूले यसलाई ल्याउँछौ र सामदानमाथि राख्‍छौ ।
\v 22 किनकि प्रकट नहुने गरी कुनै पनि कुरा लुकाइएको छैन, र खुलस्त नै नहुने कुनै पनि गुप्‍त कुरा छैन ।
\v 23 यदि कसैको सुन्‍ने कान छ भने, त्यसले सुनोस् ।”
\p
\v 24 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे सुन्छौ, त्यसमा ध्यान देओ, किनकि जुन नापले तिमीहरू नाप्‍छौ, त्यही नापले तिमीहरूलाई पनि नापिनेछ, र तिमीहरूलाई अझ बढी थपिनेछ ।
\v 25 किनभने जोसँग छ, त्यसलाई अझ बढ्ता गरी दिइनेछ र जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ ।”
\p
\v 26 उहाँले यो पनि भन्‍नुभयो, “परमेश्‍वरको राज्य जमिनमा बीउ छर्ने मानिसजस्तो हो ।
\v 27 त्यो रातमा सुत्छ अनि दिन भएपछि उठ्छ, अनि कसरी भयो भन्‍ने त्यसले नजाने पनि बीउ उम्रन्छ र बढ्छ ।
\v 28 जमिन आफैंले अन्‍न फलाउँछः पहिला टुसा पलाउँछ, त्यसपछि बाला लाग्छ अनि बालामा अन्‍न पाक्छ ।
\v 29 जब अन्‍न पाक्छ, तुरुन्तै त्यसले त्यसलाई हँसियाले काट्छ, किनभने कटनीको समय आएको छ ।”
\p
\v 30 उहाँले भन्‍नुभयो, “हामीले परमेश्‍वरको राज्यलाई केसँग तुलना गर्न सक्छौं, अथवा यसको व्याख्या गर्न कुन द‍ृष्‍टान्त प्रयोग गर्न सक्छौं?
\v 31 यो रायोको बीउजस्तो हो, जसलाई छर्दा पृथ्वीका बीउहरूमध्ये यो सबैभन्दा सानो हुन्छ ।
\v 32 तैपनि यसलाई छरेपछि यो बढ्छ र बारीका सबै सागपातहरूभन्दा ठुलो हुन्छ, र यसमा ठुला हाँगाहरू पलाउँछन्, ताकि आकाशमा उड्ने चराहरूले यसको छहारीमा गुँड बनाउन सकून् ।
\p
\v 33 तिनीहरूले बुझ्‍न सक्‍नेसम्म उहाँले तिनीहरूलाई यस्ता धेरै द‍ृष्‍टान्तद्वारा वचन सुनाउनुभयो,
\v 34 अनि उहाँले तिनीहरूलाई द‍ृष्‍टान्तबिना केही बताउनुभएन । तर उहाँ एक्‍लै हुनुहुँदा आफ्ना चेलाहरूलाई सबै कुरा व्याख्या गरिदिनुभयो ।
\p
\v 35 त्यो दिन जब साँझ पर्‍यो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आओ, हामी पारिपट्टि जाऔं ।”
\v 36 त्यसैले तिनीहरूले त्यो भीडलाई छोडी येशू जुन डुङ्गामा हुनुहुन्थ्यो त्यसैमा उहाँलाई आफ्नो साथमा लगे । अरू डुङ्गाहरू पनि उहाँसँगसँगै गए ।
\v 37 त्यहाँ भयङ्कर आँधी चल्न थाल्यो र छालहरू डुङ्गामा पस्‍न लागे, अनि डुङ्गा पानीले भरिन लाग्यो ।
\v 38 तर येशू डुङ्गाको पछिल्लो भागमा सिरानी लगाएर मस्‍त निदाउनुभएको थियो । तिनीहरूले यसो भन्दै उहाँलाई ब्युँझाए, “गुरुज्यू, हामी मर्नै लाग्दा पनि तपाईंलाई वास्ता छैन?”
\p
\v 39 अनि उहाँ ब्युँझनुभयो र बतासलाई हप्काउनुभयो अनि समुद्रलाई भन्‍नुभयो, “शान्त हो! रोकिजा!” अनि बतास चल्न रोकियो र त्यहाँ सन्‍नाटा छायो ।
\v 40 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन डराएका छौ? के तिमीहरूसँग अझै विश्‍वास छैन?”
\p
\v 41 तिनीहरू साह्रै डराए र एक-अर्कालाई भने, “यिनी को हुन्, किनभने बतास र समुद्रले पनि यिनले भनेको मान्छन्?”
\c 5
\cl अध्याय ५
\p
\v 1 उहाँहरू समुद्रको पारिपट्टि गदरिनीहरूको क्षेत्रमा आउनुभयो ।
\v 2 जब येशू डुङ्गाबाट ओर्लंदै हुनुहुन्थ्यो, अशुद्ध आत्मा लागेको एक जना मानिस चिहानबाट तुरुन्तै उहाँकहाँ आयो ।
\v 3 त्यो मानिस चिहानमा बस्थ्‍यो । कसैले पनि त्यसलाई साङ्लाले समेत बाँधेर राख्‍न सकेको थिएन ।
\v 4 त्यसलाई धेरै पटक ठिंगुरो लगाएर र साङ्लाहरूले बाँधेर राखिएको थियो । त्यसले साङ्लाहरूलाई चुँडाल्थ्यो, र त्यसको ठिंगुरो तोडिन्थ्यो । त्यसलाई वशमा राख्‍ने सामर्थ्य कसैमा थिएन ।
\v 5 हरेक रात र दिन चिहान घारीमा र डाँडाहरूमा त्यो चिच्‍च्याउँथ्यो र त्यसले धारिलो ढुङ्गाहरूले आफैंलाई काटेर चोट पार्थ्यो ।
\v 6 जब त्यसले येशूलाई टाढैबाट देख्यो, त्यो उहाँकहाँ दौड्‍यो अनि उहाँको अगि घोप्‍टो पर्‍यो ।
\v 7 त्यसले ठुलो स्वरमा कराएर भन्यो, “हे येशू, सर्वोच्‍च परमेश्‍वरका पुत्र, मेरो तपाईंसँग के सरोकार छ? म परमेश्‍वरको नाउँमा बिन्ती गर्छु, कि मलाई नसताउनुहोस् ।”
\v 8 किनकि येशूले त्यसलाई भनिरहनुभएको थियो, “तँ अशुद्ध आत्मा, यस मानिसबाट बाहिर निस्किआइज ।”
\p
\v 9 उहाँले त्यसलाई सोध्‍नुभयो, “तेरो नाम के हो?” त्यसले उहाँलाई भन्यो, “मेरो नाम फौज हो, किनकि हामी धेरै छौं ।”
\v 10 त्यसले उहाँलाई त्यस क्षेत्रबाट तिनीहरूलाई बाहिर नपठाउन बारम्बार बिन्ती गर्‍यो ।
\v 11 अब त्यहाँ सुँगुरको एउटा ठुलो बथान डाँडामा चरिरहेको थियो,
\v 12 अनि तिनीहरूले यसो भन्दै उहाँसँग बिन्ती गरे, “हामीलाई ती सुँगुरहरूभित्र पठाउनुहोस्; हामीलाई तिनीहरूमा पस्‍न दिनुहोस्।”
\v 13 उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अशुद्ध आत्माहरू निस्किए र सुँगुरहरूभित्र पसे, अनि तिनीहरू भिरालो पहाडबाट समुद्रतिर हुर्रिए अनि लगभग दुई हजार सुँगुर समुद्रमा डुबे ।
\p
\v 14 अनि सुँगुरहरू चराइरहेका मानिसहरू दौडेर गए, र तिनीहरूले के भएको थियो भनी सहर र गाउँघरतिर खबर दिए अनि के भएको रहेछ भनी हेर्न धेरै मानिसहरू गए ।
\v 15 तिनीहरू येशूकहाँ आए, र तिनीहरूले भूत लागेको मानिस जससँग फौज नै थियो, त्यसलाई लुगा लगाएर दिमाग ठिक भई बसिरहेको देखेर तिनीहरू डराए ।
\v 16 भूत लागेको मानिसलाई के भएको थियो भनी देख्‍नेहरूले त्यसको बारेमा तिनीहरूलाई विस्‍‍तृत रूपमा बताए, र तिनीहरूले सुँगुरहरूको बारेमा पनि तिनीहरूलाई बताए ।
\v 17 अनि तिनीहरूले येशूलाई तिनीहरूको क्षेत्रबाट जान बिन्ती गर्न लागे ।
\p
\v 18 जब येशू डुङ्‍गामा चढ्दै हुनुहुन्थ्यो त्यो भूत लागेको मानिसले त्यो पनि उहाँसँगै रहनलाई उहाँलाई बिन्ती गर्‍यो ।
\p
\v 19 तर येशूले त्यसलाई आफूसँग आउन अनुमति दिनुभएन । तर उहाँले त्यसलाई भन्‍नुभयो, “तिम्रो घरमा र तिम्रा मानिसकहाँ जाऊ, र प्रभुले तिम्रो निम्ति के गर्नुभयो र कसरी उहाँले तिमीलाई कृपा गर्नुभयो, सो तिनीहरूलाई भन ।”
\v 20 त्यसैले त्यो मानिस गयो र येशूले त्यसको निम्ति गर्नुभएका महान् कुराहरू डेकापोलिसमा बताउन थाल्यो, अनि सबैजना छक्‍क परे ।
\p
\v 21 अब येशू फेरि डुङ्गा चढेर पारिपट्टि पुग्‍नुभयो र उहाँ समुद्रको छेउमा हुनुहुँदा उहाँको वरिपरि एउटा ठुलो भीड भेला भयो ।
\v 22 त्यसपछि सभाघरका अगुवाहरूमध्ये याइरस नाउँ गरेका एक जना उहाँकहाँ आए । जब तिनले येशूलाई देखे, तब उहाँको पाउमा परे ।
\v 23 तिनले यसो भन्दै बारम्बार बिन्ती गरे, “मेरी सानी छोरी मृत्‍युको मुखमा पुगेकी छे । म तपाईंलाई बिन्ती गर्छु, कि आउनुहोस् र त्यसमाथि आफ्नो हात राखिदिनुहोस्, ताकि त्यो ठिक हुन सकोस् र बाँच्‍न सकोस्।”
\v 24 त्यसैले उहाँ तिनीसँग जानुभयो, अनि ठुलो भीडले उहाँलाई पछ्‍यायो, अनि तिनीहरूले उहाँको वरिपरि ठेलमठेल गरे ।
\p
\v 25 अब त्यहाँ बाह्र वर्षदेखि रगत बग्‍ने रोगले ग्रस्त भएकी एक स्‍‍त्री थिई ।
\v 26 त्यसले धेरै वैद्यकहाँ गएर धेरै दुःख कष्‍ट भोगेकी थिई अनि त्यससँग भएका सबै थोक त्यसले खर्च गरिसकेकी थिई, तर निको हुनुको सट्टा त्यसको अवस्था झनै नराम्रो भयो ।
\v 27 त्यसले येशूको बारेमा खबर सुनेर भीडमा उहाँको पछाडि आई, अनि उहाँको खास्टो छोई ।
\v 28 किनकि त्यसले भनी, “यदि मैले उहाँको वस्‍‍त्र मात्र छोएँ भने म निको हुनेछु ।”
\v 29 जब त्यसले उहाँलाई छोई, रगत बग्‍न रोकियो, अनि त्यसले आफ्नो कष्‍टबाट आफू निको भएको शरीरमा महसुस गरी ।
\p
\v 30 येशूले आफूबाट शक्‍ति निस्‍केर गएको तुरुन्तै थाहा पाउनुभयो । अनि उहाँ भीडतिर फर्केर भन्‍नुभयो, “कसले मेरो लुगा छोयो?”
\p
\v 31 उहाँका चेलाहरूले उहाँलाई भने, “तपाईंको वरिपरि ठेलमठेल गरेको भीडलाई देख्‍नुभएकै छ, अनि तपाईं भन्‍नुहुन्छ ‘मलाई कसले छोयो’?”
\v 32 तर यो कसले गरेको थियो भनी हेर्न येशूले वरिपरि हेर्नुभयो ।
\p
\v 33 त्यस स्‍‍त्रीले आफूलाई के भएको थियो भन्‍ने कुरा थाहा पाएर त्यो डरले कामी । त्यो आई र उहाँको सामु घोप्‍टो परी र सबै सत्यता उहाँलाई बताई ।
\v 34 उहाँले त्यसलाई भन्‍नुभयो, “हे छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ । शान्तिसाथ जाऊ र तिम्रो कष्‍टबाट निको होऊ ।”
\p
\v 35 उहाँ बोल्दै गर्नुहुँदा सभाघरका अगुवाकहाँबाट केही मानिसहरू यसो भन्दै आए, “तपाईंकी छोरी मरी । अब गुरुज्यूलाई किन दुःख दिने?”
\p
\v 36 तर जब येशूले तिनीहरूले भनेको कुरा सुन्‍नुभयो, उहाँले सभाघरका अगुवालाई भन्‍नुभयो, “नडराऊ, विश्‍वास मात्र गर ।”
\v 37 उहाँले पत्रुस, याकूब अनि याकूबका भाइ यूहन्‍नालाई बाहेक अरू कसैलाई पनि उहाँसँग जान अनुमति दिनुभएन ।
\v 38 उहाँहरू सभाघरका अगुवाको घरमा आउनुभयो अनि उहाँले त्यहाँ मानिसहरूलाई ज्यादै खैलाबैला गरिरहेको देख्‍नुभयो; तिनीहरू रोइरहेका र विलाप गरिरहेका थिए ।
\v 39 जब उहाँ घरभित्र पस्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन निरास छौ र रुन्छौ? बालिका मरेकी छैन, सुतेकी मात्र हो ।”
\v 40 उहाँको कुरामा तिनीहरू हाँसे । तर उहाँले ती सबैलाई बाहिर निकाल्नुभयो अनि बालिकाका बुबा र आमा अनि उहाँसँग आएकाहरूलाई लिएर उहाँ त्यस बालिका भएको ठाउँमा जानुभयो ।
\v 41 उहाँले बालिकालाई हात समातेर तिनलाई भन्‍नुभयो, “तालिता कूमी”, जसको अर्थ हुन्छ, “सानी नानी, म तिमीलाई भन्दछु, उठ!”
\v 42 तुरुन्तै बालिका उठी अनि हिंडी (त्यो बाह्र वर्षकी थिई) । त्यति नै बेला तिनीहरू अत्यन्तै चकित भए ।
\v 43 उहाँले तिनीहरूलाई त्यस बारेमा कसैले थाहा नपाओस् भन्‍ने कडा आज्ञा दिनुभयो । अनि उहाँले त्यो बालिकालाई केही खाने कुरा दिन भनी भन्‍नुभयो ।
\c 6
\cl अध्याय ६
\p
\v 1 उहाँ त्यहाँबाट जानुभयो र आफ्नो गाउँमा आउनुभयो, अनि उहाँका चेलाहरूले उहाँलाई पछ्‍याए ।
\v 2 जब विश्रामको दिन आयो उहाँले सभाघरमा शिक्षा दिनुभयो । धेरै मानिसहरूले उहाँको शिक्षा सुने र छक्‍क परे । तिनीहरूले भने, “यिनले यी शिक्षाहरू कहाँबाट पाए? यिनलाई दिइएको यो बुद्धि के हो? यिनका हातले गरेका यी कस्ता अचम्मका कामहरू हुन्?”
\v 3 “के यिनी मरियमका पुत्र अनि याकूब, योसेफ, यहूदा र सिमोनका दाजु सिकर्मी होइनन् र? के यिनका बहिनीहरू हामीसित छैनन् र?” र तिनीहरू येशूद्वारा क्रुद्ध पारिए ।
\p
\v 4 अनि येशूले तिनीहरूलाई भन्‍नुभयो, “एउटा अगमवक्‍ताको आफ्नो गाउँ, नातेदार र आफ्नो घर परिवारबाहेक कहीं पनि अनादर हुँदैन ।”
\p
\v 5 केही बिरामी मानिसहरूमा हात राखेर निको पार्नुबाहेक त्यहाँ उहाँले कुनै शक्‍तिशाली कामहरू गर्न सक्‍नुभएन ।
\v 6 तिनीहरूको अविश्‍वासले उहाँलाई अचम्मित तुल्यायो । अनि उहाँ गाउँहरूभरि शिक्षा दिंदै हिंड्नुभयो ।
\p
\v 7 अनि उहाँले बाह्र जनालाई बोलाउनुभयो, र दुई-दुई जना गरी तिनीहरूलाई पठाउन लाग्‍नुभयो, र तिनीहरूलाई अशुद्ध आत्माहरूमाथि अधिकार दिनुभयो ।
\v 8 र उहाँले तिनीहरूलाई यात्रामा एउटा लट्ठी बाहेक केही पनि नबोक्‍नू— न रोटी, न झोला, न त पटुकीमा पैसा नै बोक्‍नू—
\v 9 तर जुत्ता लगाउनू र दुइवटा दौरा चाहिं नलगाउनू भनी निर्देशन दिनुभयो ।
\v 10 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब तिमीहरू कुनै घरभित्र पस्छौ, त्यो ठाउँ नछोडेसम्‍म त्यहीं बस ।
\v 11 यदि कुनै नगरले तिमीहरूलाई स्वागत गरेन वा तिमीहरूलाई सुनेनन् भने तिमीहरूले त्यो ठाउँ छोड्दा तिनीहरूका निम्ति गवाहीको रूपमा आफ्नो पैतालाको धुलो टकटकाइदिनू ।”
\v 12 तिनीहरू त्यहाँबाट बाहिर गए र मानिसहरूले पश्‍चात्ताप गर्नुपर्छ भनी प्रचार गरे ।
\v 13 तिनीहरूले धेरै भूतहरू निकाले, धेरै बिरामीहरूलाई तेलले अभिषेक गरे र निको पारे ।
\p
\v 14 हेरोद राजाले यो सुने, किनकि येशूको नाउँ प्रसिद्ध भएको थियो । केहीले भनिरहेका थिए, “बप्‍तिस्मा-दिने यूहन्‍ना मृत्युबाट जीवित भई उठेका छन् । त्यसैले यी आश्‍चर्यजनक शक्तिहरू यिनमा काम गर्दछन् ।”
\v 15 अरूहरूले भने, “यिनी एलिया हुन् ।”, अझ अरूहरूले भने, “यिनी प्राचीन समयका अगमवक्‍ताहरूजस्तै एक अगमवक्‍ता हुन् ।”
\p
\v 16 तर जब हेरोदले यो सुने, तिनले भने, “यूहन्‍ना, जसको मैले टाउको काटें, तिनी जीवित भई उठेका छन्!”
\p
\v 17 किनकि हेरोदले हेरोदियास (तिनको भाइ फिलिपकी पत्‍नी) को कारण यूहन्‍नालाई गिरफ्तार गर्न र कैदमा हाल्न लगाए, किनभने हेरोदले उनलाई विवाह गरेका थिए ।
\v 18 किनकि यूहन्‍नाले हेरोदलाई भने, “आफ्नो भाइकी पत्‍नीलाई विवाह गर्न तपाईंलाई उचित छैन ।”
\v 19 तर हेरोदियासले वैरभाव राखेकी थिइन् र तिनलाई मार्न चाहन्थिन्, तर उनले सकेकी थिइनन्,
\v 20 किनकि हेरोद यूहन्‍नासित डराउँथे; तिनी धर्मी र पवित्र जन थिए भन्‍ने तिनलाई थाहा थियो, अनि हेरोदले तिनलाई सुरक्षित राखे । तिनको प्रचार सुन्दा हेरोद ज्यादै अशान्त हुन्थे, तरै पनि तिनले खुसीसाथ सुन्थे ।
\p
\v 21 त्यसपछि एउटा उपयुक्‍त मौका मिल्यो जब हेरोदले आफ्‍नो जन्म दिनमा आफ्ना अधिकारहरू, कप्‍तानहरू र गालीलका अगुवाहरूलाई भोज दिए ।
\v 22 हेरोदियासकी छोरी आफैं आई र तिनीहरूको लागि नाची अनि त्यसले हेरोद र तिनका पाहुनाहरूलाई प्रशन्‍न तुल्याई । राजाले त्यस केटीलाई भने, “तिमीलाई जे इच्छा लाग्‍छ सो माग, म तिमीलाई दिनेछु ।”
\v 23 तिनले यसो भन्दै शपथ खाए, “तिमीले मसित जे माग्छौ, म तिमीलाई मेरो राज्यको आधा भागसम्म पनि दिनेछु ।”
\p
\v 24 त्यो बाहिर निस्की र आफ्नी आमालाई भनी, “म उहाँसित के मागूँ?” र तिनले भनिन्, “बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर ।”
\p
\v 25 त्यो तुरुन्तै राजाकहाँ आई र यसो भन्दै मागी, “मलाई झट्टै बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर थालीमा दिनुहोस् भन्‍ने म चाहन्छु ।”
\v 26 राजा निकै दुःखित भए, तर आफ्ना पाहुनाहरू र शपथको कारण राजाले त्यसको बिन्‍ती इन्कार गर्न सकेनन् ।
\v 27 त्यसैले राजाले आफ्ना रक्षकका एक जना सिपाहीलाई यूहन्‍नाको शिर ल्याउने आदेश दिएर पठाए । सिपाही गयो र झ्यालखानामा उनको शिर काट्‍यो ।
\v 28 सिपाहीले थालमा उनको शिर ल्यायो र त्यस केटीलाई दियो, र त्यस केटीले आफ्नी आमालाई दिई ।
\v 29 त्यो सुनेर यूहन्‍नाका चेलाहरू आए, र उनको लासलाई चिहानमा राखे ।
\p
\v 30 अनि प्रेरितहरू येशूको वरिपरि एकसाथ भेला भए, र तिनीहरूले गरेका र सिकाएका सबै कुरा उहाँलाई बताए ।
\v 31 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफैं निर्जन स्थानमा आओ र केही समय आराम गर ।” किनकि धेरै जना आउने र जाने गरिरहेका थिए र उहाँहरूसँग खाना खाने समय पनि थिएन ।
\v 32 त्यसैले उहाँहरू आफैं डुङ्गा चढेर निर्जन स्थानतिर जानुभयो ।
\v 33 तर तिनीहरूले उहाँहरू गइरहेको देखे अनि धेरैले उहाँहरूलाई चिने र तिनीहरू सबै नगरबाट दौडेर उहाँहरूभन्दा अगि नै त्यस ठाउँमा पुगे ।
\v 34 जब उहाँहरू समुद्रीय तटमा आउनुभयो, उहाँले एउटा ठुलो भीड देख्‍नुभयो, र उहाँले तिनीहरूलाई टिठ्‍याउनुभयो, किनभने तिनीहरू गोठालाबिनाका भेडाहरूजस्तै थिए । अनि उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन थाल्‍नुभयो ।
\p
\v 35 जब दिन ढल्क्यो, उहाँका चेलाहरू उहाँकहाँ आए र भने “यो निर्जन स्थान हो र दिन ढल्किसकेको छ ।
\v 36 तिनीहरूलाई पठाउनुहोस्, ताकि तिनीहरू नजिकैको गाउँघरतिर जाऊन् र आफ्ना निम्ति केही खानेकुराहरू किन्‍न सकून् ।”
\p
\v 37 तर उहाँले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानेकुरा देओ ।” तिनीहरूले उहाँलाई भने, “के हामी दुई सय दिनार बराबरको रोटी किन्‍न जाऊँ र तिनीहरूलाई खान दिऊँ?”
\p
\v 38 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्? जाओ र हेर ।” जब तिनीहरूले पत्ता लगाए, तिनीहरूले भने, “पाँच रोटी र दुई माछा छन् ।”
\v 39 उहाँले सबै मानिसलाई हरियो घाँसमाथि समूह-समूहमा मिलेर बस्‍ने आज्ञा गर्नुभयो ।
\v 40 तिनीहरू सय र पचासको समूह- समूहमा बसे ।
\v 41 उहाँले पाँच रोटी र दुईवटा माछा लिनुभयो, स्वर्गतिर हेरेर आशिष् दिनुभयो, र भाँच्‍नुभयो अनि मानिसहरूलाई ती बाँडिदिन चेलाहरूलाई दिनुभयो । अनि उहाँले दुईवटा माछा पनि सबै जनालाई बाँडिदिनुभयो ।
\v 42 तृप्‍त नहुन्जेल तिनीहरू सबै जनाले खाए ।
\v 43 तिनीहरूले बाह्र डाला रोटीका टुक्राहरू बटुले र माछाका टुक्राहरू पनि बटुले ।
\v 44 त्यहाँ रोटी खाने पाँच हजार पुरुषहरू थिए ।
\p
\v 45 उहाँका चेलाहरूलाई तुरुन्तै डुङ्गामा चढ्न लगाएर पारिपट्टि बेथसेदातिर उहाँभन्दा अगि जना लगाउनुभयो र त्यतिन्जेल उहाँले चाहिं भीडलाई बिदा दिनुभयो ।
\v 46 जब तिनीहरू गए, उहाँ डाँडातिर प्रार्थना गर्न जानुभयो ।
\v 47 साँझ पर्‍यो, र अब डुङ्गा समुद्रको बीचमा थियो, र उहाँ जमिनमा एक्लै हुनुहुन्थ्यो ।
\v 48 तिनीहरूलाई डुङ्गा खियाउन गाह्रो भएको उहाँले देख्‍नुभयो, किनकि हावा तिनीहरूको विपरीत दिशाबाट आइरहेको थियो । लगभग रातको चौथो प्रहरमा समुद्रमाथि हिंडेर उहाँ तिनीहरूकहाँ आउनुभयो, र तिनीहरूलाई उछिन्‍न चाहनुभयो ।
\v 49 तर जब तिनीहरूले उहाँलाई समुद्रमाथि हिंडिरहनुभएको देखे, तब तिनीहरूले उहाँ भूत हुनुहुन्थ्‍यो भनी ठाने र चिच्‍च्याए,
\v 50 किनभने तिनीहरूले उहाँलाई देखे र भयभीत भए । अनि तुरुन्तै उहाँ तिनीहरूसँग बोल्नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साहसी होओ, म नै हुँ, नडराओ ।”
\v 51 उहाँ तिनीहरूसँगै डुङ्गामा चढ्नुभयो, र बतास चल्न छोड्यो । तिनीहरू पूर्ण रूपमा अचम्मित भए ।
\v 52 किनकि तिनीहरूले रोटीहरूको अर्थ बुझेका थिएनन् । बरु तिनीहरूका हृदय कठोर पारिएको थियो ।
\p
\v 53 जब उहाँहरू पारी तर्नुभयो, उहाँहरू गनेसरेतमा आउनुभयो र डुङ्गालाई त्यहीं अड्‍याउनुभयो ।
\v 54 जब उहाँहरू डुङ्गाबाट ओर्लनुभयो, मानिसहरूले उहाँलाई तुरुन्तै चिने ।
\v 55 तिनीहरू सबै क्षेत्रमा दौडेर गए र उहाँ जहाँ-जहाँ आउँदै हुनुहुन्छ भनी तिनीहरूले सुने तिनीहरूले त्यहाँ-त्यहाँ बिरामीहरूलाई उहाँकहाँ ओछ्‍यानसँगै ल्याउन थाले ।
\v 56 उहाँ गाउँहरूमा, सहरहरूमा, वा ग्रामीण ठाउँहरूमा जहाँ-जहाँ जानुहुन्थ्यो, तिनीहरूले बिरामीहरूलाई बजार क्षेत्रहरूमा राख्थे । तिनीहरूले उहाँको कपडाको छेउ मात्र भए पनि छुन दिइयोस् भनी बिन्ती गर्थे, र जतिले उहाँलाई छोए, तिनीहरू निको हुन्थे ।
\c 7
\cl अध्याय ७
\p
\v 1 यरूशलेमबाट आएका फरिसीहरू र केही शास्‍‍त्रीहरू उहाँको वरिपरि भेला भए ।
\v 2 तिनीहरूले उहाँका चेलाहरूले अशुद्ध अर्थात् नधोएका हातले रोटी खाएको देखे ।
\v 3 (किनकि फरिसीहरू र सबै यहूदीहरू आफ्ना हात नधोउन्जेल केही खाँदैनन्, किनभने तिनीहरू धर्म-गुरुहरूका परम्परामा लागि पर्छन् ।
\v 4 जब फरिसीहरू बजारबाट आउँछन्, तिनीहरू आफैं ननुहाईकन खाँदैनन्, र तिनीहरूले पाएका अरू धेरै कुराहरूको पालन गर्छन्, जस्तै कचौरा, भाँडाहरू, काँसाका भाँडाहरू र बस्‍ने ठाउँहरू धुने जहाँ तिनीहरू बस्‍छन् ।)
\p
\v 5 फरिसीहरू र शास्‍‍त्रीहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन धर्म-गुरुहरूको परम्पराअनुसार चल्दैनन्, तर तिनीहरूले आफ्ना हात नधोई रोटी खान्छन्?”
\p
\v 6 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यशैयाले तिमी पाखण्डीहरूको विषयमा राम्ररी अगमवाणी गरे । जस्तो लेखिएको छ, ‘यी मानिसहरूले मलाई तिनीहरूका ओठले आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट टाढिएको छ ।
\q
\v 7 तिनीहरूले शिक्षाको रूपमा मानिसहरूका नियमहरूलाई सिकाउँदै मलाई खोक्रो आराधना चढाउँछन् ।'
\p
\v 8 तिमीहरू परमेश्‍वरको आज्ञालाई त्याग्छौ र मानिसहरूको परम्परालाई पक्रिराख्छौ ।”
\v 9 अनि उहाँले तिनीहरूलाई फेरि भन्‍नुभयो, “तिमीहरूले आफ्नो परम्परा पालन गर्नलाई परमेश्‍वरको आज्ञालाई सहजै इन्कार गर्छौ!
\v 10 किनभने मोशाले भने, ‘तिम्रो बुबा र आमाको आदर गर’, र ‘जसले आफ्ना बुबा वा आमाको विरुद्ध खराब कुरा बोल्छ, त्यो निश्‍चय नै मारिनेछ ।’
\v 11 तर तिमीहरू भन्छौ, ‘यदि एउटा मानिसले आफ्नो बुबा वा आमालाई भन्छ, “तपाईंहरूले मबाट जति सहायता पाउनुपर्थ्यो त्यो त कुर्बान हो (अर्थात्, 'परमेश्‍वरलाई दिइएको') ।'”
\v 12 तब तिमीहरूले त्यसलाई आफ्नो बुबा वा आमाको निम्ति केही गर्न दिंदैनौ ।
\v 13 तिमीहरूले चल्दै आएको आफ्नो परम्पराले परमेश्‍वरको आज्ञालाई व्यर्थ तुल्याउँदैछौ । र तिमीहरू त्यस्तै धेरै काम गर्छौ ।”
\p
\v 14 उहाँले भीडलाई फेरि बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबैले मेरो कुरा सुन, र बुझ ।
\v 15 त्यस्तो केही कुरा छैन, जो बाहिरबाट व्यक्तिभित्र पसेर त्यसलाई अशुद्ध पार्न सक्छ । तर व्यक्तिबाट बाहिर निस्कने कुराले नै त्यसलाई अशुद्ध पार्छ ।”
\v 16 \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा १६ पद छैन । \fqa यदि कसैको सुन्‍ने कान छ भने त्यसले सुनोस् । \fqa* \f*
\p
\v 17 जब येशूले भीडलाई छोडेर घरभित्र पस्‍नु‍भयो, उहाँका चेलाहरूले उहाँलाई त्यो उखानको बारेमा सोधे ।
\v 18 येशूले भन्‍नुभयो, “के तिमीहरू अझै पनि अबुझ छौ? बाहिरबाट व्यक्तिभित्र पस्‍ने कुराले त्यसलाई अशुद्ध पार्न सक्दैन भनेर के तिमीहरू देख्दैनौ?
\v 19 किनकि त्यो त्यसको हृदयमा जान सक्दैन, तर त्यसको पेटमा जान्छ र निस्‍केर शौचालयमा पुग्‍छ ।” यस भनाइद्वारा येशूले सबै भोजन शुद्ध हो भनेर बताउनुभयो ।
\v 20 उहाँले भन्‍नुभयो, “व्यक्तिको भित्रबाट जुन कुरा बाहिर निस्कन्छ त्यसले नै त्यसलाई अशुद्ध पार्छ ।
\v 21 किनकि मानिसको भित्रबाट अर्थात् हृदयबाट नै दुष्‍ट विचार, यौन अनैतिकता, चोरी, हत्या,
\v 22 व्यभिचार, लोभ, दुष्‍टता, धोका, कामुकता, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन् ।
\v 23 यी सबै खराबी भित्रबाट नै आउँछन्, र यिनीहरूले नै व्यक्तिलाई अशुद्ध पार्छन् ।”
\p
\v 24 उहाँ त्यहाँबाट उठ्नुभयो र त्यहाँबाट टुरोस र सीदोनको क्षेत्रतिर जानुभयो । उहाँ एउटा घरभित्र आउनुभयो र उहाँ त्यहाँ हुनुहुन्छ भनी कसैले थाहा नपाऊन् भन्‍ने उहाँ चाहनुहुन्थ्यो, तैपनि उहाँ लुक्‍न सक्‍नुभएन ।
\v 25 तर तुरुन्तै एउटा स्‍‍त्रीले उहाँको बारेमा सुनी र त्यहाँ आई जसकी सानी छोरीलाई अशुद्ध आत्मा लागेको थियो । त्यो आई उहाँको पाउमा घोप्‍टो परी ।
\v 26 त्यो स्‍‍त्री एक ग्रीक र सिरियाको फोनिकेमा जन्मेकी थिई । त्यसले आफ्नी छोरीबाट भूत निकालिदिन उहाँसँग बिन्ती गरी ।
\v 27 उहाँले त्यसलाई भन्‍नुभयो, “छोराछोरीहरूलाई पहिले खुवाइयोस् । किनकि छोराछोरीहरूको रोटी खोसेर कुकुरहरूलाई दिनु ठिक होइन ।”
\p
\v 28 तर त्यसले जवाफ दिएर उहाँलाई भनी “हो प्रभु, तर कुकुरहरूले पनि त छोराछोरीहरूको टेबुलबाट झरेको रोटीका टुक्राहरू खान्छन् नि ।”
\p
\v 29 उहाँले त्यसलाई भन्‍नुभयो, “तिमीले यसो भनेकी हुनाले तिमी जानलाई स्वतन्‍‍त्र छौ । तिम्री छोरीबाट भूत निस्केर गएको छ ।”
\v 30 त्यो आफ्नो घर फर्केर गई र आफ्नी छोरी ओछ्‍यानमा पल्टिरहेकी पाई, र भूत निस्केर गएको थियो ।
\p
\v 31 उहाँ फेरि टुरोसको क्षेत्रबाट निस्केर सिदोन हुँदै डेकापोलिसको क्षेत्र भएर गालील समुद्रतिर जानुभयो ।
\v 32 तिनीहरूले बहिरा र भकभके मानिसलाई उहाँकहाँ ल्याए र तिनीहरूले त्यसमाथि हात राखिदिनुहुन उहाँलाई बिन्ती गरे ।
\v 33 तब उहाँले त्यसलाई भीडबाट एकातिर एकान्तमा लैजानुभयो, त्यसको कानमा औंला हाल्नुभयो र त्यसपछि उहाँले थुक्‍नुभयो र त्यसको जिब्रो छुनुभयो ।
\v 34 तब उहाँले स्वर्गतिर हेर्नुभयो, सुस्केरा हाल्‍नुभयो, र त्यसलाई भन्‍नुभयो, “इफ्फाता” जसको अर्थ हुन्छ, “खोलिजा!”
\v 35 तुरुन्तै त्यसको कान खोलियो, र त्यसको जिब्रोलाई बाधा दिने कुरा नष्‍ट भयो र त्यसले प्रष्‍टसँग बोल्न थाल्यो ।
\p
\v 36 येशूले कसैलाई केही पनि नभन्‍नू भनी तिनीहरूलाई आज्ञा गर्नुभयो । तर उहाँले जति धेरै तिनीहरूलाई आज्ञा दिनुभयो त्यति नै धेरै तिनीहरूले त्यो प्रचार गरे ।
\v 37 तिनीहरू अत्यन्तै अचम्मित भए र भने, “उहाँले सबै कुरा असल गर्नुभएको छ । उहाँले बहिरालाई सुन्‍ने र गूँगोलाई बोल्ने पनि बनाउनुहुन्छ ।”
\c 8
\cl अध्याय ८
\p
\v 1 ती दिनमा त्यहाँ फेरि एउटा ठुलो भीड भेला भयो, र तिनीहरूसँग खानको लागि केही थिएन । येशूले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो,
\v 2 “यो भीडमाथि मलाई दया लागेको छ, किनकि तिनीहरू मसँग निरन्तर तीन दिनसम्म रहेका छन् र तिनीहरूसँग कुनै खानेकुरा छैन ।
\v 3 यदि मैले तिनीहरूलाई नखुवाइकन तिनीहरूका घर पठाएँ भने तिनीहरू बाटोमा मुर्छा पर्न सक्छन् । तिनीहरूमध्ये कोही धेरै टाढाबाट आएका छन् ।”
\p
\v 4 उहाँका चेलाहरूले उहाँलाई जवाफ दिए, “यस्तो निर्जन ठाउँमा यी मानिसहरूलाई तृप्‍त पार्न पर्याप्‍त रोटी हामी कहाँ पाउन सक्छौं र?”
\p
\v 5 उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसँग कतिवटा रोटी छन्?” तिनीहरूले भने “सातवटा ।”
\p
\v 6 उहाँले भीडलाई भुइँमा बस्‍न आज्ञा दिनुभयो । उहाँले ती सातवटा रोटी लिनुभयो, धन्यवाद दिनुभयो, र ती भाँच्‍नुभयो । भीडको अगाडि राखून् भनी उहाँले आफ्‍ना चेलाहरूलाई ती दिनुभयो, र तिनीहरूले भीडको अगाडि ती राखिदिए ।
\v 7 तिनीहरूसँग थोरै स-साना माछा पनि थिए, त्यसको लागि धन्यवाद दिनुभएपछि उहाँले ती पनि बाँडिदिन चेलाहरूलाई आज्ञा गर्नुभयो ।
\v 8 तिनीहरूले खाए र अघाए । अनि तिनीहरूले खाएर उब्रेका सात टोकरी रोटीका टुक्रा-टाक्रीहरू बटुले ।
\v 9 त्यहाँ लगभग चार हजार जना पुरुष थिए । येशूले तिनीहरूलाई पठाउनुभयो ।
\v 10 त्यसपछि तुरुन्तै उहाँ चेलाहरूसँग डुङ्गामा चढ्नुभयो र दलमनुथाको क्षेत्रमा जानुभयो ।
\p
\v 11 तब फरिसीहरू आए, र उहाँसँग वादविवाद गर्न थाले । तिनीहरूले उहाँको जाँच गर्न उहाँसँग स्वर्गबाट एउटा चिन्ह मागे ।
\v 12 उहाँले आत्मामा सुस्केर हाल्‍नुभयो र भन्‍नुभयो, “यो पुस्ताले किन चिन्हको खोजी गर्छ? साँच्चै म तिमीहरूलाई भन्दछु, यो पुस्तालाई कुनै चिन्ह दिइनेछैन ।”
\v 13 त्यसपछि उहाँले तिनीहरूलाई छोड्नुभयो, फेरि डुङ्गामा चढ्नुभयो र पारिपट्टि जानुभयो ।
\v 14 अब चेलाहरूले आफूसँग रोटी ल्याउन बिर्सेका थिए । तिनीहरूसँग डुङ्गामा एउटाभन्दा बढी रोटी थिएन ।
\v 15 उहाँले तिनीहरूलाई यसो भनेर चेतावनी दिनुभयो, “फरिसीहरूको खमीर र हेरोदको खमीरदेखि सचेत रहो र होसियार बस ।”
\p
\v 16 चेलाहरूले एक-आपसमा बहस गरे, “हामीसँग रोटी नभएकोले हो ।”
\p
\v 17 येशू यसप्रति सजग हुनुहुन्थ्‍यो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले रोटी नल्याएको विषयमा किन बहस गरिरहेका छौ? के तिमीहरू अझै महसुस गर्दैनौ? के तिमीहरू बुझ्दैनौ? के तिमीहरूका हृदय यति बोधो भएका छन्?
\v 18 तिमीहरूका आँखा छन्, के तिमीहरू देख्दैनौ? तिमीहरूका कान छन्, के तिमीहरू सुन्दैनौ? के तिमीहरूलाई याद छैन?
\v 19 मैले पाँच हजारका सामु पाँच वटा रोटी भाँच्दा कति टोकरी रोटीका टुक्राहरू तिमीहरूले बटुलेका थियौ?” तिनीहरूले उहाँलाई भने, “बाह्र" ।
\p
\v 20 “मैले चार हजारका बीचमा सातवटा रोटी भाँच्दा कति टोकरी रोटीका टुक्राहरू तिमीहरूले बटुल्यौ?” तिनीहरूले उहाँलाई भने, “सात" ।
\v 21 उहाँले भन्‍नुभयो, “के तिमीहरू अझै पनि बुझ्दैनौ?”
\p
\v 22 उहाँहरू बेथसेदामा आउनुभयो । त्यहाँ मानिसहरूले एउटा अन्धा मानिसलाई उहाँकहाँ ल्याए र त्यसलाई छोइदिनुहोस् भनी येशूसँग बिन्ती गरे ।
\v 23 येशूले त्यस अन्धालाई हातमा समाउनुभयो, र गाउँबाहिर लैजानुभयो । जब उहाँले त्यसको आँखामा थुक्‍नुभयो, र त्यसमाथि आफ्नो हात राख्‍नुभयो र त्यसलाई सोध्‍नुभयो, “के तिमी केही देख्छौ?”
\p
\v 24 त्यसले माथितिर हेर्‍यो र भन्यो, “म मानिसहरू रूखहरूजस्तै हिंडेको देख्‍छु ।”
\v 25 उहाँले फेरि आफ्नो हात त्यसका आँखामा राख्‍नुभयो, र त्यस मानिसले आफ्‍ना आँखा खोल्यो अनि त्यसको द‍ृष्‍टि पुनः प्राप्‍त भयो, र त्यसले सबै थोक स्पष्‍टसँग देख्यो ।
\p
\v 26 येशूले त्यसलाई त्यसको घर पठाउनुभयो र भन्‍नुभयो, "त्यस सहरमा नपस ।"
\p
\v 27 येशू आफ्ना चेलाहरूसँगै कैसरिया फिलिप्पीका गाउँहरूतिर जानुभयो । बाटोमा उहाँले आफ्ना चेलाहरूलाई सोध्‍नुभयो, “मानिसहरूले म को हुँ भन्छन्?”
\v 28 तिनीहरूले उहाँलाई जवाफ दिए, र भने, “बप्‍तिस्मा-दिने यूहन्‍ना, अरूहरूले, ‘एलिया’ र अरूले भने ‘अगमवक्‍ताहरूमध्ये एक’ भन्छन् ।”
\p
\v 29 उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तर तिमीहरूचाहिं म को हुँ भन्छौ?” पत्रुसले उहाँलाई भने, “तपाईं ख्रीष्‍ट हुनुहुन्छ”
\v 30 येशूले उहाँको विषयमा कसैलाई पनि नभन्‍नू भनी तिनीहरूलाई चेतावनी दिनुभयो ।
\p
\v 31 उहाँले मानिसका पुत्रले धेरै कुरा भोग्‍नुपर्छ, र धर्म-गुरुहरू, मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरूबाट तिरस्कृत हुनेछ, मारिनेछ र तीन दिनपछि फेरि जीवित भई उठ्नेछ भनी तिनीहरूलाई शिक्षा दिन थाल्नुभयो ।
\v 32 उहाँले यो सन्देश स्पष्‍टसँग भन्‍नुभयो । तब पत्रुसले उहाँलाई एकातिर लगे र उहाँलाई हपार्न थाले ।
\v 33 तर येशू फर्कनुभयो र आफ्ना चेलाहरूतिर हेर्नुभयो अनि पत्रुसलाई हप्काउनुभयो र भन्‍नुभयो, “मबाट पछि हट् शैतान! तैलें परमेश्‍वरको कुराहरूमा मन लगाइरहेको छैनस्, तर मानिसका कुराहरूमा लगाइरहेको छस् ।”
\p
\v 34 त्यसपछि उहाँले भीड र आफ्ना चेलाहरूलाई सँगै बोलाउनुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि कसैले मलाई पछ्‍याउन चाहन्छ भने, त्यसले आफैंलाई इन्कार गर्नुपर्छ, आफ्‍नो क्रूस बोक्नुपर्छ र मलाई पछ्‍याउनुपर्छ ।
\v 35 किनकि जसले आफ्नो जीवन बचाउन खोज्छ त्यसले त्यो गुमाउनेछ, र जसले मेरो र सुसमाचारको खातिर आफ्‍नो जीवन गुमाउँछ, त्यसले त्यो बचाउनेछ ।
\v 36 मानिसले सारा संसार प्राप्‍त गरेर आफ्नै जीवन गुमायो भने त्यसलाई के लाभ हुन्छ र?
\v 37 मानिसले आफ्नो जीवनको बदलामा के दिन सक्छ र?
\v 38 यस व्यभिचारी र पापी पुस्तामा जो म र मेरो वचनदेखि शर्माउँछ, मानिसका पुत्र पवित्र स्वर्गदूतहरूसँग आफ्ना पिताको महिमामा आउँदा त्यससँग शर्माउनेछ ।”
\c 9
\cl अध्याय ९
\p
\v 1 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, यहाँ खडा हुनेहरूमा तिमीहरूमध्ये केहीले परमेश्‍वरको राज्य शक्‍तिसित आएको देख्‍नु अगि मृत्यु चाख्‍नेछैनन् ।
\p
\v 2 छ दिनपछि येशूले पत्रुस, याकूब र यूहन्‍नालाई आफ्नो साथमा लिएर एउटा अग्लो पहाडमा जानुभयो । त्यसपछि तिनीहरूको सामु उहाँको रूप परिवर्तन भयो ।
\v 3 उहाँका लुगाहरू एकदमै चहकिलो, अति सेतो भयो, यति सेतो भयो कि पृथ्वीमा कुनै पनि धोबीले त्यतिको सेतो बनाउन सक्दैनथ्यो ।
\v 4 त्यसपछि एलिया र मोशा उहाँहरूकहाँ देखा परे । तिनीहरूले येशूसँग कुरा गरिरहेका थिए ।
\v 5 पत्रुसले जवाफ दिए र येशूलाई भने, “गुरुज्यू, हामीलाई यहाँ बस्‍न राम्रो हुन्छ । त्यसैले यहाँ हामी तीनवटा बस्‍ने ठाउँ बनाऔं, एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति ।”
\v 6 (तिनले के भन्‍ने भनी जानेनन्, किनभने तिनीहरू त्रसित भएका थिए ।)
\p
\v 7 अनि एउटा बादल आयो र उहाँहरूलाई छोप्‍यो । तब बादलबाट एउटा आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन् र तिमीहरूले यिनले भनेका कुरा सुन ।”
\v 8 अचानक जब तिनीहरूले आफ्नो वरिपरि हेरे, तिनीहरूले आफूसँग येशूबाहेक अरू कसैलाई पनि देखेनन् ।
\p
\v 9 उहाँहरू पहाडबाट तल ओर्लंदै गर्नुहुँदा, मानिसको पुत्र मृत्युबाट जीवित भएर नउठेसम्‍म तिनीहरूले देखेका कुरा कसैलाई केही पनि नभन्‍नू भनी उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो ।
\v 10 त्यसैले ती कुराहरू तिनीहरूले आफैंसँग राखे, तर तिनीहरूले “मृत्युबाट जीवित भई उठ्नु” को अर्थ के हो भनी तिनीहरूले आपसमा छलफल गरे ।
\p
\v 11 तिनीहरूले उहाँलाई सोधे “शास्‍‍त्रीहरूले किन एलिया नै पहिला आउनुपर्छ भन्छन् त?”
\p
\v 12 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “वास्तवमा सबै थोकलाई पुनर्स्थापना गर्न एलिया नै पहिले आउनुपर्छ । त्यसो भए मानिसको पुत्रले धेरै कष्‍ट भोग्‍नुपर्छ र घृणित हुनेछ भनी किन लेखिएको छ त?”
\v 13 तर म तिमीहरूलाई भन्दछु, कि एलिया आइसकेका छन्, र तिनको बारेमा लेखिएअनुसार तिनीहरूले एलियालाई जे चाहे त्‍यही गरे ।”
\p
\v 14 जब उहाँ चेलाहरूकहाँ आउनुभयो, उहाँले तिनीहरूका वरिपरि ठुलो भीड देख्‍नुभयो, र शास्‍‍त्रीहरूले तिनीहरूसँग बहस गरिरहेका थिए ।
\v 15 जब तिनीहरूले उहाँलाई देखे, सबै भीड छक्‍क परे र सबै उहाँलाई अभिवादन गर्न दौडेर गए ।
\v 16 उहाँले आफ्ना चेलाहरूलाई सोध्‍नुभयो, “तिमीहरूले तिनीहरूसँग के बहस गरिरहेका छौ?”
\p
\v 17 भीडमध्येका कसैले उहाँलाई जवाफ दियो, “गुरुज्यू, मैले तपाईंकहाँ मेरो छोरो ल्याएँ । त्यसलाई भूत लागेको छ जसले त्यसलाई बोल्न दिंदैन,
\v 18 र त्यसले त्यसलाई पक्रन्छ, पछार्छ; त्यसले मुखमा फिंज काढ्छ र दाह्रा किट्छ र अरट्ठ पर्छ । मैले तपाईंका चेलाहरूलाई त्यसलाई निकाल्नलाई बिन्ती गरें, तर तिनीहरूले निकाल्न सकेनन् ।”
\p
\v 19 उहाँले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “हे अविश्‍वासी पुस्ता हो, कति समयसम्म म तिमीहरूसँग बस्‍नुपर्नेछ? कति समयसम्म म तिमीहरूलाई सहनु? त्यसलाई मकहाँ ल्याओ ।”
\v 20 तिनीहरूले त्यस केटोलाई उहाँकहाँ ल्याए । जब भूतात्माले येशूलाई देख्यो, त्यो आत्माले त्यस केटोलाई जोडले काम्‍न लगायो । त्यो केटो भुइँमा लड्‍यो र मुखमा फिंज काढ्यो ।
\v 21 येशूले त्यसको बुबालाई सोध्‍नुभयो, “यस्तो भएको कति भयो?” बुबाले भने, “बाल्यकालदेखि नै हो ।
\v 22 त्यसले त्यसलाई नाश गर्नलाई प्रायः आगोमा वा पानीमा फ्याँकेको छ । यदि तपाईंले केही गर्न सक्‍नुहुन्छ भने हामीमाथि दया देखाउनुहोस् र सहायता गर्नुहोस् ।”
\p
\v 23 येशूले तिनलाई भन्‍नुभयो, “‘यदि तपाईंले गर्न सक्‍नुहुन्छ भने’? विश्‍वास गर्नेको निम्ति सबै कुरा सम्भव छ ।”
\p
\v 24 तुरुन्तै त्यस बालकको बुबा चिच्‍च्याए र भने, “म विश्‍वास गर्छु! मेरो अविश्‍वासमा सहायता गर्नुहोस् ।”
\p
\v 25 जब येशूले भीड दगुर्दै उहाँहरूतिर आइरहेको देख्‍नुभयो, उहाँले त्यो अशुद्ध आत्मालाई हप्काउनुभयो र भन्‍नुभयो, “तँ गूँगा र बहिरो आत्मा, म आज्ञा गर्छु यसबाट निस्किजा र कहिल्यै पनि यसमा प्रवेश नगर ।”
\p
\v 26 अनि त्यो चिच्‍च्यायो र डरलाग्‍दो गरी लछारपछार गर्‍यो र निस्क्यो । त्यो केटो मरेकोजस्तै देखियो त्यसैले धेरैले भने, “त्यो मर्‍यो ।”
\v 27 तर येशूले त्यस केटोलाई हातले समातेर उठाउनुभयो, र त्यो केटो उभियो ।
\p
\v 28 जब येशू घरभित्र पस्‍नुभयो, चेलाहरूले उहाँलाई गुप्‍तमा सोधे, “हामीले त्यसलाई किन निकाल्न सकेनौं?”
\p
\v 29 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यस्तो किसिमको कुरालाई प्रार्थनाले बाहेक निकाल्‍न सकिंदैन ।”
\p
\v 30 उहाँहरू त्यहाँबाट जानुभयो र गालील हुँदै जानुभयो । उहाँहरू कहाँ हुनुहुन्छ कसैलाई थाहा नहोस् भन्‍ने उहाँले चाहनुभयो,
\v 31 किनभने उहाँले आफ्ना चेलाहरूलाई सिकाइरहनुभएको थियो । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछन् र तिनीहरूले उनलाई मार्नेछन् । जब उनलाई मारिनेछ त्यसको तीन दिनपछि उनी फेरि जीवित भई उठ्नेछन् ।”
\v 32 तर तिनीहरूले यो भनाइ बुझेनन् र उहाँलाई सोध्‍न तिनीहरू डराए ।
\p
\v 33 अनि उहाँहरू कफर्नहुममा आइपुग्‍नुभयो । उहाँ घरमा पस्‍नुभएपछि, उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूले बाटोमा के छलफल गरिरहेका थियौ?”
\v 34 तर तिनीहरू चुपचाप भए । किनकि तिनीहरूले “कोचाहिं सबैभन्दा ठुलो हो” भनी बहस गरिरहेका थिए ।
\v 35 उहाँ बस्‍नुभयो र बाह्र जनालाई एकसाथ बोलाउनुभयो अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि कोही पहिलो हुन चाहन्छ भने त्यो सबैभन्दा अन्तिम र सबैको सेवक हुनेछ ।”
\v 36 उहाँले एउटा सानो बालकलाई लिएर तिनीहरूका माझमा राख्‍नुभयो । उहाँले त्यसलाई अङ्गालोमा लिनुभयो र तिनीहरूलाई भन्‍नुभयो,
\v 37 “जसले यस्तो बालकलाई मेरो नाउँमा ग्रहण गर्छ, त्यसले मलाई पनि ग्रहण गर्छ; र जसले मलाई ग्रहण गर्छ, त्यसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्छ ।”
\p
\v 38 यूहन्‍नाले उहाँलाई भने, “गुरुज्यू, हामीले कसैलाई तपाईंको नाममा भूतात्मा धपाउँदै गरेको देख्यौं र हामीले त्यसलाई रोक्यौं, किनभने त्यसले हामीलाई पछ्‍याउँदैन ।”
\p
\v 39 तर येशूले भन्‍नुभयो, “त्यसलाई नरोक, किनकि कसैले पनि मेरो नाउँमा शक्‍तिशाली काम गरेर तत्कालै मेरो बारेमा कुनै खराब कुरा भन्‍न सक्‍दैन ।
\v 40 जो हाम्रो विरुद्धमा छैन, त्यो हाम्रो हो ।
\v 41 तिमीहरू ख्रीष्‍टका भएको हुनाले कसैले एक गिलास पानी दिन्छ भने पनि साँच्चै म तिमीहरूलाई भन्दछु, कि त्यसले आफ्नो इनाम गुमाउनेछैन ।
\p
\v 42 जसले ममा विश्‍वास गर्ने यी सानामध्ये एक जनालाई ठेस खान लगाउँछ, त्यसको निम्ति त बरु त्यसको घाँटीमा ठुलो जाँतोको ढुङ्गा बाँधेर समुद्रमा फ्याँक्‍नु राम्रो हुन्छ ।
\v 43 यदि तिम्रो हातले तिमीलाई ठेस खान लगाउँछ भने त्यसलाई काटिदेऊ । दुईवटा हात लिएर कहिल्यै ननिभ्‍ने आगोको नरकमा जानुभन्दा अपाङ्ग भएर जीवनमा प्रवेश गर्नु नै राम्रो हुन्छ ।
\v 44 \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा ४४ र ४६ पदको निम्‍न पदावली छैनः \fqa जहाँ किराहरू कहिल्यै मर्दैनन् र आगो पनि कहिल्यै निभ्दैन । \fqa* \f*
\v 45 यदि तिम्रो खुट्टाले तिमीलाई ठेस खान लगाउँछ भने त्यसलाई काटिदेऊ। दुईवटा खुट्टा लिएर नरकमा फालिनुभन्दा त लङ्गडो भएर जीवनमा प्रवेश गर्नु नै असल हुन्छ ।
\v 46 \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा ४४ र ४६ पदको निम्‍न पदावली छैनः \fqa जहाँ किराहरू कहिल्यै मर्दैनन् र आगो पनि कहिल्यै निभ्दैन । \fqa* \f*
\v 47 यदि तिम्रा आँखाले तिमीलाई ठेस खान लगाउँछ भने, त्यसलाई निकालेर फालिदेऊ । दुईवटा आँखा लिएर नरकमा फालिनुभन्दा एउटा मात्र आँखा लिएर परमेश्‍वरको राज्यमा प्रवेश गर्नु नै असल हुन्छ ।
\v 48 जहाँ किराहरू मर्दैनन् र आगो पनि निभ्दैन ।
\p
\v 49 किनकि सबैलाई आगोले नुनिलो पार्नेछ ।
\v 50 नुन असल हो, तर यदि नुनले आफ्नो नुनिलोपना गुमाउँछ भने यसलाई फेरि कसरी नुनिलो बनाउने? आफू-आफूमा नुन राख र एक-आपसमा शान्तिमा बस ।
\c 10
\cl अध्याय १०
\p
\v 1 येशू त्यो ठाउँ छोडेर यहूदियाको क्षेत्रमा र यर्दन नदि पारिपट्टि जानुभयो अनि भीड फेरि उहाँकहाँ आयो । उहाँले आफ्नो बानी अनुसार फेरि तिनीहरूलाई सिकाउँदै हुनुहुन्थ्यो ।
\v 2 अनि फरिसीहरू उहाँलाई परीक्षा गर्न उहाँकहाँ आए र सोधे, “के कुनै पतिले आफ्नी पत्‍नीसँग विवाहविच्छेद गर्नु उचित हो?”
\p
\v 3 उहाँले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई के आज्ञा दिए?”
\p
\v 4 तिनीहरूले भने, "मोशाले त्यागपत्र दिन र त्यसलाई पठाइदिन अनुमति दिए ।”
\p
\v 5 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूका कठोर हृदयको कारण तिनले तिमीहरूका लागि यो व्यवस्था लेखिदिए ।
\v 6 तर सृष्‍टिको सुरुदेखि नै ‘परमेश्‍वरले तिनीहरूलाई पुरुष र स्‍‍त्री बनाउनुभयो ।’
\v 7 'यही कारणले गर्दा पुरुषले आफ्ना बुबा र आमालाई छोड्नेछ र आफ्नी पत्‍नीसँग मिलिरहन्छ,
\v 8 र दुई जना एउटै शरीर हुनेछन् ।’ त्यसैले तिनीहरू दुई होइनन्, तर एउटै शरीर हुन्छन् ।
\v 9 त्यसकारण जसलाई परमेश्‍वरले एक पार्नुभएको छ, त्यसलाई कुनै मानिसले अलग नगरोस् ।”
\p
\v 10 उहाँहरू घरभित्र हुनुहुँदा चेलाहरूले उहाँलाई यसको बारेमा फेरि सोधे ।”
\v 11 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जसले आफ्नी पत्‍नीसँग विवाहविच्छेद गर्छ र अर्की स्‍‍त्रीसँग विवाह गर्छ, त्यसले त्यसको विरुद्धमा व्यभिचार गर्छ ।
\v 12 र यदि त्यसले आफ्नो पतिसँग विवाहविच्छेद गर्छ र अर्को पुरुषससँग विवाह गर्छ भने, त्यसले व्यभिचार गर्छ ।”
\p
\v 13 अनि उहाँले छोइदिनुभएको होस् भनी मानिसहरूले आफ्ना स-साना बालबालिकाहरूलाई उहाँकहाँ ल्याए, तर चेलाहरूले तिनीहरूलाई हप्काए ।
\v 14 तर जब येशूले यो देख्‍नुभयो, उहाँ तिनीहरूसँग रिसाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “स-साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई मनाही नगर, किनकि परमेश्‍वरको राज्य यस्तैहरूको हो ।”
\v 15 साँच्‍चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्‍वरको राज्यलाई सानो बालकको रूपमा ग्रहण गर्दैन, त्यो निश्‍चय नै यसभित्र प्रवेश गर्नेछैन ।”
\v 16 त्यसपछि उहाँले बालबालिकाहरूलाई आफ्नो अङ्गालोमा लिनुभयो र तिनीहरूमाथि आफ्नो हात राखेर आशिष्‌‌ दिनुभयो ।
\p
\v 17 उहाँले यात्रा सुरु गर्न लाग्‍नुहुँदा एक जना मानिस दौडेर आई उहाँको सामु घुँडा टेकेर बिन्ती गर्‍यो, “हे असल गुरु, अनन्त जीवनको हकदार हुन मैले के गर्नुपर्छ?”
\p
\v 18 येशूले भन्‍नुभयो, “किन तिमी मलाई असल भन्दछौ? एकमात्र परमेश्‍वरबाहेक कोही पनि असल छैन ।
\v 19 तिमी यी आज्ञाहरू जान्दछौः 'हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झूटो गवाही नदिनू, ठगी नगर्नू, आफ्ना बुबा र आमालाई आदर गर्नू ।'”
\p
\v 20 त्यो मानिसले भन्यो, “गुरुज्यू, ती सबै त मैले बाल्यकालदेखि नै पालन गरेको छु ।”
\p
\v 21 येशूले त्यसलाई हेर्नुभयो र हेर्नुभयो र प्रेम गर्नुभयो । उहाँले त्यसलाई भन्‍नुभयो, “तिमीमा एउटा कुराको कमी छ । तिमीले आफूसँग भएका सबै थोक बेच्‍नुपर्छ र ती गरिबहरूलाई दिनुपर्छ, अनि स्वर्गमा तिम्रो धन हुनेछ । त्यसपछि आऊ र मेरो पछि लाग ।”
\v 22 तर यो भनाइको कारण त्यो निरुत्साहित भयो, त्यो धेरै दुःखित भएर त्यहाँबाट गयो, किनभने त्यससँग धेरै धन सम्पत्ति थियो ।
\v 23 येशूले वरिपरि हेर्नुभयो र आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “धनी मानिसहरूले परमेश्‍वरको राज्यमा कति कठिनसाथ प्रवेश गर्नेछन्!”
\v 24 चेलाहरू उहाँका वचनहरूमा छक्‍क परे । तर येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, “बालकहरू हो, परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नु कति कस्तो गाह्रो छ!”
\v 25 धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्न सजिलो हुन्छ ।”
\p
\v 26 तिनीहरू अति चकित भए र एक-आपसमा भन्‍न लागे, “त्यसो हो भने, कसले उद्धार पाउन सक्छ त?”
\p
\v 27 येशूले तिनीहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “मानिसहरूका लागि यो असम्भव हुन्छ, तर परमेश्‍वरको लागि होइन, किनकि परमेश्‍वरको निम्ति सबै कुरा सम्भव छ ।”
\p
\v 28 पत्रुसले उहाँसँग कुरा गर्न थाले, “हेर्नुस्, हामीले सबै थोक त्यागेर तपाईंलाई पछ्यायौं ।”
\p
\v 29 येशूले भन्‍नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मेरो र सुसमाचारको खातिर आफ्नो घर वा दाजुभाइहरू वा दिदीबहिनीहरू वा आमा वा बुबा वा छोराछोरीहरू वा जग्गा जमिन त्याग्छ,
\v 30 त्यसले अहिले यही समयमा सतावटको साथै सय गुणा घरहरू, दाजुभाइहरू, दिदीबहिनीहरू, आमाहरू, छोराछोरीहरू र आउने संसारमा अनन्त जीवन पाउनेछ ।
\v 31 तर धेरै जना जो पहिला छन्, पछिल्ला हुनेछन्, र पछिल्ला चाहिं पहिला हुनेछन् ।
\p
\v 32 उहाँहरू यरूशलेम जाने बाटोमा उक्लँदै हुनुहुन्थ्यो, र येशू तिनीहरूका अगि-अगि जाँदै हुनुहुन्थ्यो । चेलाहरू छक्‍क परिरहेका थिए र अरू पछ्याउनेहरू चाहिं डराएका थिए । अनि येशूले फेरि ती बाह्र जनालाई अलग्गै लानुभयो र अब चाँडै उहाँलाई के हुनेछ, सो बताउन थाल्नुभयो ।
\v 33 “हेर, हामी यरूशलेमतिर उक्लँदैछौं, र मानिसका पुत्रलाई त्यहाँ मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरूका हातमा सुम्पिनेछ । तिनीहरूले उनलाई मृत्युदण्डको दोष लगाउनेछन् र गैरयहूदीहरूकहाँ सुम्पिदिनेछन् ।
\v 34 तिनीहरूले उनको गिल्ला गर्नेछन्, र थुक्‍नेछन् र कोर्रा लगाउनेछन् र मार्नेछन् । तर तीन दिनपछि उनी फेरि जीवित भई उठ्नेछन् ।”
\p
\v 35 जब्दियाका छोराहरू याकूब र यूहन्‍ना उहाँकहाँ आए र उहाँलाई भने, “गुरुज्यू, हामीले तपाईंसँग जे माग्‍छौं सो तपाईंले हाम्रो निम्ति गरिदिनुहोस् भन्‍ने हामी चाहन्छौं ।”
\p
\v 36 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूका निम्ति के गरेको तिमीहरू चाहन्छौ?”
\p
\v 37 तिनीहरूले भने, “तपाईंको महिमामा हामीमध्ये एउटालाई तपाईंको दायाँपट्टि र अर्कोलाई बायाँपट्टि बस्‍ने मन्जूरी हामीलाई दिनुहोस् ।”
\p
\v 38 तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूले के मागिरहेका छौ, सो तिमीहरू जान्दैनौ । के तिमीहरू मैले पिउन लागेको कचौरा पिउन सक्छौ वा मैले लिने बप्‍तिस्मा तिमीहरू सहन सक्छौ?”
\p
\v 39 तिनीहरूले उहाँलाई भने, “हामी सक्छौं ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले पिउने कचौरा तिमीहरूले पिउनेछौ, र मैले लिएको बप्‍तिस्मा तिमीहरूले पनि लिनेछौ ।
\v 40 तर मेरो दाहिनेपट्टि वा देब्रेपट्टि बस्‍नुचाहिं मैले दिने कुरा होइन, तर यो जसको निम्ति तयार पारिएको छ, तिनीहरूका निम्ति नै हो ।”
\p
\v 41 जब अरू दस जना चेलाहरूले यसबारे सुने, तिनीहरू याकूब र यूहन्‍नासँग निकै रिसाउन थाले ।
\v 42 येशूले तिनीहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “गैरयहूदीहरूमाथि शासकहरू मानिनेहरूले तिनीहरूमाथि प्रभुत्व जमाउँछन्, र तिनीहरूका महत्‍वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्छन् भन्‍ने तिमीहरू जान्दछौ ।
\v 43 तर तिमीहरूका माझमा यस्तो हुनेछैन । तिमीहरूका माझमा जो महान् हुने इच्छा गर्छ, त्यो तिमीहरूको सेवक हुनुपर्छ ।
\v 44 र तिमीहरूमध्ये जो पहिलो हुने इच्छा गर्छ, त्यो सबैको दास हुनुपर्छ ।
\v 45 किनकि मानिसका पुत्र सेवा पाउन होइन, तर सेवा गर्नका निम्ति र धेरैको छुटकाराको मोलको रूपमा आफ्नो जीवन दिन आए ।
\p
\v 46 उहाँहरू यरीहोमा आउनुभयो । उहाँ आफ्ना चेलाहरू र ठुलो भीडसँगै यरीहोबाट जानुहुँदा तिमैको छोरा बारतिमै अन्धो भिखारी बाटोको छेउमा बसेको थियो ।
\v 47 जब त्यसले येशू नासरी भन्‍ने सुन्यो, त्यो कराउन थाल्यो र भन्यो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!”
\v 48 धेरैले चूप लाग् भनी त्यो अन्धा मानिसलाई हप्काए । तर त्यो झन् ठुलो स्वरले करायो, “दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!”
\p
\v 49 येशू रोकिनुभयो र त्यसलाई बोलाएर ल्याउन आज्ञा दिनुभयो । तिनीहरूले त्यस अन्धा मानिसलाई यसो भन्दै बोलाए, “साहस गर्! खडा हो! उहाँले तँलाई बोलाउँदै हुनुहुन्छ ।”
\v 50 त्यसले आफ्नो खास्टो एकातिर फाल्यो, र उफ्रेर येशूकहाँ आयो ।
\p
\v 51 येशूले त्यसलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “मैले तिम्रो निम्ति के गरेको तिमी चाहन्छौ?” त्यो अन्धा मानिसले भन्यो, “रब्बी, म मेरो द‍ृष्‍टि प्राप्त गर्न चाहन्‍छु”
\v 52 तब येशूले त्यसलाई भन्‍नुभयो, “जाऊ! तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।” र त्यसले तुरुन्तै फेरि देख्‍न सक्‍ने भयो र बाटोमा त्यो उहाँको पछिपछि गयो ।
\c 11
\cl अध्याय ११
\p
\v 1 तब जसै उहाँहरू यरूशलेममा आउनुभयो, उहाँहरू जैतुन डाँडाको बेथफागे र बेथानी नजिकै हुनुहुन्थ्यो, र येशूले उहाँका दुई जना चेलालाई पठाउनुभयो ।
\v 2 र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू हाम्रो सामुन्‍नेको गाउँमा जाओ । तिमीहरू पस्‍ने बित्तिकै तिमीहरूले कहिल्यै नचढेको बछेडो पाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ ।
\v 3 कसैले तिमीहरूलाई ‘तिमीहरूले किन यसो गरिरहेका छौ? भनेर सोध्यो भने, तिमीहरूले भन्‍नू, ‘प्रभुलाई यसको खाँचो छ, र उहाँले तुरुन्तै यहाँ नै फिर्ता पठाउनुहुनेछ’ ।”
\p
\v 4 तिनीहरू गए र खुल्ला गल्लीमा ढोका बाहिर बाँधिएको एउटा बछेडो भेटे र तिनीहरूले त्यसलाई फुकाए ।
\v 5 त्यहाँ केही मानिसहरू उभिरहेका थिए जसले तिनीहरूलाई भने, “तिमीहरूले त्यो बछेडोलाई फुकाएर के गर्न लागिरहेका छौ?”
\v 6 तिनीहरूलाई येशूले भन्‍नुभएजस्तै गरी तिनीहरूले उनीहरूलाई भने, अनि मानिसहरूले तिनीहरूलाई जान दिए ।
\p
\v 7 तिनीहरूले बछेडोलाई येशूकहाँ ल्याए र आफ्ना खास्टोहरू त्यसमाथि राखे र उहाँ त्यसमाथि चढ्नुभयो ।
\v 8 धेरै मानिसले आफ्ना कपडाहरू बाटोभरि ओछ्‍याए र अरूहरूले खेतबाट काटेर ल्याएका रूखका हाँगाहरू बिछ्‍याए ।
\v 9 उहाँको अगिअगि जाने र उहाँका पछिपछि आउनेहरूले यसरी ठुलो सोरमा कराए, “होसन्‍ना! परमप्रभुको नाउँमा आउने धन्यका हुनुहुन्छ ।
\v 10 हाम्रा पिता दाऊदको आउने राज्य धन्यको होस्! सर्वोच्‍चमा होसन्‍ना!”
\p
\v 11 त्यसपछि येशू यरूशलेम प्रवेश गर्नुभयो र मन्दिरभित्र जानुभयो, अनि वरिपरि सबैतिर हेर्नुभयो । अब अबेर भएकोले उहाँ बाह्र जनासँग बेथानियातिर जानुभयो ।
\p
\v 12 अर्को दिन उहाँहरू बेथानियाबाट फर्कंदैगर्नुहुँदा उहाँ भोकाउनुभयो ।
\v 13 उहाँले पातसहितको अन्जीरको रूख टाढैबाट देखेर त्यसमा कुनै फल पाइन्छ कि भनी हेर्न उहाँ जानुभयो । जब उहाँ त्यहाँ आउनुभयो उहाँले पातबाहेक केही पनि पाउनुभएन, किनकि यो अन्जीर फल्ने समय थिएन ।
\v 14 उहाँले त्यसलाई भन्‍नुभयो, “तेरो फल फेरि कसैले कहिल्यै पनि खानेछैन ।” र उहाँका चेलाहरूले यो सुने ।
\p
\v 15 उहाँहरू यरूशलेम आउनुभयो र उहाँ मन्दिरभित्र प्रवेश गर्नुभयो अनि उहाँले मन्दिरमा किन्‍ने र बेच्‍नेहरूलाई बाहिर खेद्‍न थाल्‍नुभयो । उहाँले पैसा साट्नेहरूका टेबुल र परेवा बेच्‍नेहरूको बस्‍ने मेचलाई पल्टाइदिनुभयो ।
\v 16 उहाँले कसैलाई कुनै पनि बेच्‍ने कुरा मन्दिरबाट भएर लैजाने अनुमति दिनुभएन ।
\v 17 उहाँले तिनीहरूलाई सिकाउनुभयो र भन्‍नुभयो, “के यस्तो लेखिएको छैन, ‘मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर कहलाइनेछ'? तर तिमीहरूले यसलाई डाँकूहरूको ओढार बनाएका छौ ।”
\v 18 उहाँले भन्‍नुभएको कुरा मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरूले सुने र उहाँलाई मार्ने उपाय खोजे । किनकि उहाँको शिक्षामा सम्पूर्ण भीड नै छक्‍क परेका हुनाले तिनीहरू उहाँसित डराए ।
\v 19 जब साँझ पर्‍यो, उहाँहरू सहर छोडेर जानुभयो ।
\p
\v 20 बिहान त्यही बाटो भएर जानुहुँदा उहाँहरूले अन्जीरको रूख जरैदेखि सुकेको देख्‍नुभयो ।
\v 21 पत्रुसले सम्झे र भने, “गुरुज्यू, हेर्नुहोस् त! तपाईंले सराप दिनुभएको अन्जीरको रुख त सुकेछ ।”
\p
\v 22 येशूले तिनीहरूलाई उत्तर दिनुभयो, “परमेश्‍वरमा विश्‍वास गर ।
\v 23 साँच्चै म तिमीहरूलाई भन्दछु, जसले यो पहाडलाई, ‘उठ् र आफैंलाई समुद्रमा झार्’ भन्‍छ, अनि त्यसले आफ्नो हृदयमा कुनै शङ्का गर्दैन, तर त्यसले भनेको कुरा हुनेछ भनी विश्‍वास गर्छ, परमेश्‍वरले त्यही नै गर्नुहुनेछ ।
\v 24 त्यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले जुन कुराको निम्ति प्रार्थना गर्छौ र माग्छौ, त्यो तिमीहरूले पाएका छौ भनी विश्‍वास गर र त्यो तिमीहरूको हुनेछ ।
\v 25 जब तिमीहरू खडा हुन्छौ र प्रार्थना गर्छौ, तिमीहरूसँग कसैको विरुद्धमा कुनै कुरा छ भने तिमीहरूले क्षमा दिनुपर्छ, ताकि स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदिनुहुनेछ ।”
\v 26 \f + \ft मर्कूसको प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा निम्‍न पदावली छैनः \fqa तर यदि तिमीहरूले क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गर्नुहुनेछैन । \fqa* \f*
\p
\v 27 उहाँहरू फेरि यरूशलेममा आउनुभयो । जसै येशू मन्दिरमा हिंडिरहनुभएको थियो, मुख्य पूजाहारीहरू, शास्‍‍त्रीहरू र धर्म-गुरुहरू उहाँकहाँ आए ।
\v 28 तिनीहरूले उहाँलाई भने, “कुन अधिकारले तिमीले यी कुराहरू गर्छौ, र ती गर्न तिमीलाई कसले अधिकार दियो?”
\p
\v 29 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍छु । मलाई भन र यी कुराहरू म कुन अधिकारले गर्छु सो तिमीहरूलाई बताउनेछु ।
\v 30 यूहन्‍नाको बप्‍तिस्मा स्वर्गबाट भएको हो कि मानिसहरूबाट? मलाई जवाफ देओ ।”
\p
\v 31 तिनीहरूले एक-आपसमा छलफल र बहस गरे र भने, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौं भने तिनले भन्‍नेछन्, ‘त्यसो भए, किन उनलाई विश्‍वास गर्दैनौ?
\v 32 तर यदि हामीले ‘मानिसबाट’ भन्यौँ भने...।" तिनीहरू मानिसहरूसित डराउँथे, किनकि सबैले यूहन्‍ना अगमवक्‍ता थिए भनी मान्थे ।
\v 33 त्यसपछि तिनीहरूले येशूलाई जवाफ दिए र भने, “हामीलाई थाहा छैन ।” त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “म पनि यी कुराहरू कुन अधिकारले गर्छु भनी तिमीहरूलाई बताउँदिनँ।”
\c 12
\cl अध्याय १२
\p
\v 1 त्यसपछि येशूले तिनीहरूलाई द‍ृष्‍टान्तमा सिकाउन थाल्‍नुभयो । उहाँले भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाए, त्यसको वरिपरि बार लगाए र कोलको निम्ति एउटा खाल्डो खने । तिनले त्यहाँ एउटा मचान बनाए र दाख उमार्नेहरूलाई दाखबारी भाडामा दिए । त्यसपछि तिनी यात्रामा लागे ।
\v 2 ठिक समयमा तिनले दाखको केही फल पाउन दाख उमार्नेहरूकहाँ एक जना सेवक पठाए ।
\v 3 तर तिनीहरूले त्यसलाई समातेर पिटे र केही पनि नदिईकन पठाइदिए ।
\v 4 फेरि तिनले अर्को सेवकलाई तिनीहरूकहाँ पठाए, तर तिनीहरूले त्यसको टाउकोमा चोट पुर्‍याए र लज्‍जास्पद रूपले व्यवहार गरे ।
\v 5 अझै तिनले अर्कोलाई पठाए र त्यसलाई तिनीहरूले मारे । तिनीहरूले अरू धेरैलाई पनि त्यस्तै व्यवहार गरे, कसैलाई कुटे र अरूलाई मारे ।
\v 6 तिनीसँग पठाउनलाई अझै एक जना अर्थात् प्यारो छोरा मात्र थियो । तिनले तिनीहरूकहाँ पठाउन ऊ नै अन्तिम व्यक्‍ति थियो । तिनले भने, 'तिनीहरूले मेरो छोरालाई आदर गर्नेछन् ।'
\v 7 तर दाख उमार्नेहरूले एक-आपसमा भने, “यो त उत्तराधिकारी हो । आओ, यसलाई मारौं र उत्तराधिकार हाम्रो हुनेछ ।”
\v 8 तिनीहरूले उसलाई पक्रे, उसलाई मारे र उसलाई दाखबारी बाहिर फालिदिए ।
\v 9 यसकारण दाखबारीको मालिकले के गर्नेछन्? तिनी आउनेछन् र ती दाख उमार्नेहरूलाई नाश गर्नेछन् र दाखबारी अरूहरूलाई दिनेछन् ।
\v 10 के तिमीहरूले यो धर्मशास्‍‍त्र पढेका छैनौ? ‘जुन ढुङ्गालाई निर्माणकर्ताहरूले अस्वीकार गरे, त्यही नै कुने-ढुङ्गो भएको छ ।
\v 11 त्यो परमप्रभुबाट थियो र यो हाम्रो द‍ृष्‍टिमा आश्‍चर्यजनक छ ।'"
\p
\v 12 त्यसपछि यहूदी अगुवाहरूले येशूलाई पक्रने उपाय खोजे किनभने उहाँले यो द‍ृष्‍टान्त तिनीहरूकै विरुद्धमा बोल्नुभएको कुरा तिनीहरूले जाने । तर तिनीहरू भीडसित डराए । त्यसैले तिनीहरूले उहाँलाई छाडे र गए ।
\p
\v 13 अनि उहाँलाई कुराहरूमा फसाउन तिनीहरूले फरिसीहरू र हेरोदियासहरूमध्ये कसै कसैलाई उहाँकहाँ पठाए ।
\v 14 जब तिनीहरू आए, तिनीहरूले उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौं, कि तपाईंले कसैको विचारको वास्ता गर्नुहुन्‍न, र तपाईंले मानिसहरूबीच कुनै भेदभाव गर्नुहुन्‍न । तपाईंले परमेश्‍वरको मार्ग सच्चा रीतिले सिकाउनुहुन्छ । कैसरलाई कर तिर्नु उचित हो वा होइन? हामी कर तिरौं कि नतिरौं?”
\p
\v 15 तर येशूले तिनीहरूको कपटलाई जान्‍नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू मलाई किन परीक्षा गर्छौ? मलाई एउटा दिनार ल्याओ ताकि म हेर्न सकूँ।”
\v 16 तिनीहरूले एउटा दिनार येशूकहाँ ल्याए । उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो कसको स्वरूप र छाप हो?” तिनीहरूले भने, “कैसरको हो ।”
\p
\v 17 येशूले भन्‍नुभयो, “कैसरका चीजहरू कैसरलाई नै देओ र परमेश्‍वरका चीजहरू परमेश्‍वरलाई नै ।” तिनीहरू उहाँदेखि चकित भए ।
\p
\v 18 त्यसपछि पुनरुत्थान हुँदैन भन्‍ने सदुकीहरू उहाँकहाँ आए । तिनीहरूले उहाँलाई यसो भनेर सोधे,
\v 19 “गुरुज्यू, मोशाले हाम्रो लागि लेखे, ‘यदि कुनै मानिसको दाजु कुनै बालबच्‍चा नभईकन पत्‍नीलाई छौडेर मर्छ भने, त्यो मानिसले आफ्‍नो दाजुकी पत्‍नीलाई विवाह गरेर आफ्नो दाजुको लागि बच्‍चा जन्माउनुपर्छ ।’
\v 20 त्यहाँ सात जना दाजुभाइ थिए, पहिलोले एउटी पत्‍नी ल्यायो र बच्‍चा नभई मर्‍यो ।
\v 21 दोस्रोले दाजुकी पत्‍नी लग्‍यो र कुनै बालबच्‍चा नभई त्यो मर्‍यो । अनि तेस्रोलाई पनि त्यस्तै भयो ।
\v 22 अनि सातै जना कुनैको पनि बालबच्‍चा भएन । अन्तमा त्यो स्‍‍त्री पनि मरी ।
\v 23 पुनरुत्थानमा तिनीहरू फेरि जीवित भई उठ्दा, त्यो कसकी पत्‍नी हुनेछे? किनकि ती सातै दाजुभाइले त्यसलाई पत्‍नीको रूपमा लिए ।
\p
\v 24 येशूले भन्‍नुभयो, “तिमीहरूले गल्ती गरेको कारण यही होइन र? किनभने तिमीहरू न त धर्मशास्‍‍त्र न परमेश्‍वरको शक्‍तिको बारेमा जान्दछौ ।
\v 25 किनकि जब तिनीहरू मृत्युबाट जीवित भई उठ्छन्, तिनीहरूले न विवाह गर्छन् न त विवाहमा नै दिइन्छन्, तर तिनीहरू स्वर्गमा स्वर्गदूतहरूजस्ता हुन्छन् ।
\v 26 तर जीवित भई उठ्ने मृतकहरूको विषयमा के तिमीहरूले मोशाको पुस्तकमा झाडीको बिषयमा पढेका छैनौ? कि परमेश्‍वर तिनीसँग कसरी बोल्नुभयो र भन्‍नुभयो, ‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर हुँ ।'
\v 27 उहाँ मृतकहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका हुनुहुन्छ । तिमीहरू धेरै गलत छौ ।”
\p
\v 28 शास्‍‍त्रीहरूमध्येका एक जना आए र तिनीहरूका छलफल सुने; येशूले तिनीहरूलाई राम्रो जवाफ दिनुभएको तिनले देखे । तिनले उहाँलाई सोधे, “सबैभन्दा महत्त्‍वपूर्ण आज्ञा कुन हो?”
\p
\v 29 येशूले जवाफ दिनुभयो, “सबैभन्दा महत्त्‍वपूर्णचाहिं यो हो, ‘सुन्, हे इस्राएल, परमप्रभु हाम्रा परमेश्‍वर, एक मात्र परमप्रभु हुनुहुन्छ ।
\v 30 तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सारा हृदय, आफ्नो सारा प्राण, आफ्नो सारा मन र आफ्नो सारा शक्‍तिले प्रेम गर्नुपर्छ ।’
\v 31 दोस्रो आज्ञा यो हो, ‘तैंले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ ।’ योभन्दा अरू कुनै ठुलो आज्ञा छैन ।”
\p
\v 32 शास्‍‍त्रीले भने, “गुरुज्यू, तपाईंले ठिक भन्‍नुभयो! परमेश्‍वर एक मात्र हुनुहुन्छ र उहाँबाहेक अरू कोही पनि छैन भनी तपाईंले साँचो भन्‍नुभएको छ ।
\v 33 उहाँलाई सारा हृदय, सारा समझ र सारा शक्‍तिले प्रेम गर्नु अनि आफ्नो छिमेकीलाई आफूलाई झैं प्रेम गर्नु, सबै होमबलि र बलिदानहरूभन्दा पनि महान् हो ।”
\p
\v 34 जब तिनले बुद्धिमानीपूर्वक जवाफ दिएको येशूले देख्‍नुभयो, उहाँले तिनलाई भन्‍नुभयो, “तिमी परमेश्‍वरको राज्यबाट टाढा छैनौ ।” त्यसपछि कसैले पनि येशूलाई अरू प्रश्‍न गर्ने आँट गरेन ।
\p
\v 35 येशूले मन्दिरमा सिकाउँदै गर्नुहुँदा उहाँले जवाफ दिनुभयो र भन्‍नुभयो, “शास्‍‍त्रीहरूले ख्रीष्‍टलाई कसरी दाऊदका पुत्र भन्छन्?
\v 36 दाऊद आफैंले पवित्र आत्माद्वारा यसो भने, ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, मेरो दाहिने हातमा बस, जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो खुट्टामुनि ल्याउँदिनँ ।’
\v 37 दाऊद आफैंले उहाँलाई ‘प्रभु’ भन्छन् भने ख्रीष्‍ट कसरी दाऊदका पुत्र हुन सक्छन् त?” ठुलो भीडले उहाँको कुरा खुसीसाथ सुन्यो ।
\p
\v 38 येशूले आफ्नो शिक्षामा भन्‍नुभयो, “शास्‍‍त्रीहरूदेखि होसियार बस, जसले लामो वस्‍‍त्र लगाएर हिंड्न र बजारमा अभिवादन पाउन,
\v 39 अनि सभाघरहरूमा प्रमुख आसनहरू र भोजहरूमा प्रमुख स्थानहरू रुचाउँछन् ।
\v 40 तिनीहरूले विधवाहरूको घर पनि लुट्छन् र मानिसहरूले देखून् भनी लामो प्रार्थना गर्छन् । यी मानिसहरूले अझ ठुलो दण्ड पाउनेछन् ।”
\p
\v 41 त्यसपछि येशू मन्दिर परिसरको भेटी चढाउने बाकसको सामुन्‍ने बस्‍नुभयो; मानिसहरूले भेटीको बाकसमा भेटी हालिरहँदा उहाँले हेरिरहनुभएको थियो । धेरै धनी मानिसले ठुलो रकम हाले ।
\v 42 त्यसपछि त्यहाँ एक जना गरिब विधवा आई र दुई माइट हाली, अर्थात् एक पैसा जति चढाई ।
\v 43 उहाँले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्दछु, यस गरिब विधवाले भेटीको बाकसमा भेटी दिनेहरूमध्ये सबैभन्दा धेरै हालेकी छे ।
\v 44 किनकि सबैले आ-आफ्ना प्रशस्‍तताबाट दिए । तर यस विधवाले आफ्नो गरिबीबाट, आफ्नो जीविका धान्‍ने सबै पैसा नै अर्पण गरी ।”
\c 13
\cl अध्याय १३
\p
\v 1 जसै येशू मन्दिरबाट जाँदै हुनुहुन्थ्यो, उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “गुरुज्यू, हेर्नुहोस् कति राम्रा ढुङ्गाहरू र कति राम्रा भवनहरू!”
\v 2 उहाँले तिनलाई भन्‍नुभयो, “के तिमी यी भव्य भवनहरू देख्छौ? एउटा ढुङ्गामाथि अर्को ढुङ्गा नरहने गरी सबै भत्काइनेछ ।”
\p
\v 3 जब उहाँ मन्दिरको सामुन्‍ने जैतूनको डाँडामा बस्‍नुभयो, पत्रुस, याकूब, यूहन्‍ना र अन्द्रियासले उहाँलाई गुप्‍तमा सोधे,
\v 4 “हामीलाई भन्‍नुहोस्, कि यी कुराहरू कहिले हुनेछन्? यी सबै कुरा हुन लाग्‍दा कस्ता-कस्ता चिन्हहरू हुनेछन्?”
\p
\v 5 येशूले तिनीहरूलाई भन्‍न सुरु गर्नुभयो, “होसियार रहो, कसैले पनि तिमीहरूलाई नबहकाओस् ।”
\v 6 मेरो नाउँमा धेरै जना आउनेछन् र भन्‍नेछन् ‘म उही हुँ’ र तिनीहरूले धेरैलाई भड्काउनेछन् ।
\v 7 जब तिमीहरूले युद्ध र युद्धको हल्ला सुन्‍नेछौ, चिन्ता नगर; यी कुराहरू हुनैपर्छ, तर अन्त्य अझै आइसकेको हुँदैन ।
\v 8 किनकि जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य खडा हुनेछ । धेरै ठाउँमा भूकम्पहरू र अनिकालहरू हुनेछन् । यी प्रसव-वेदनाको सुरुवात हुन् ।
\p
\v 9 आफूलाई सचेत राख । तिनीहरूले तिमीहरूलाई परिषदहरूमा सुम्पिनेछन्, र सभाघरहरूमा तिमीहरू पिटिनेछौ । शासकहरू र राजाहरूका सामु मेरा खातिर साक्षीको रूपमा तिमीहरू खडा हुनेछौ ।
\v 10 तर सबै जातिहरूलाई पहिले सुसमाचार प्रचार गरिनुपर्छ ।
\v 11 जब तिनीहरूले तिमीहरूलाई गिरफ्तार गर्छन् र सुम्पन्छन्, तब तिमीहरूले के बोल्ने भनी चिन्ता नगर । किनकि त्यो समय तिमीहरूले के बोल्‍नुपर्ने हो, सो तिमीहरूलाई दिइनेछ; बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा हुनुहुनेछ ।
\v 12 भाइले भाइलाई मृत्युको लागि सुम्पिनेछ, र बुबाले छोरोलाई । छोराछोरीहरू आफ्‍ना बुबाआमाको विरुद्धमा खडा हुनेछन् र तिनीहरूलाई मृत्युमा पुर्‍याउनेछन् ।
\v 13 मेरो नाउँको खातिर तिमीहरू सबैद्वारा घृणित हुनेछौ । तर जो अन्त्यसम्म स्‍थिर रहन्छ, त्यो बचाइनेछ ।
\p
\v 14 जब तिमीहरूले विनाशकारी घृणित थोक खडा नहुनुपर्ने ठाउँमा खडा भइरहेको देख्छौ (पाठकले बुझोस्), यहूदियामा हुनेहरू पहाडहरूतिर भागून् ।
\v 15 घरको छतमा हुने तल घरमा नओर्लोस् वा त्यहाँबाट केही ननिकालोस्,
\v 16 र खेतमा हुने आफ्नो खास्टो लिन नफर्कोस् ।
\v 17 तर हाय, ती दिनहरूमा गर्भवतीहरू र दूध खुवाउनेहरू!
\v 18 यो हिउँदमा नपरोस् भनी प्रार्थना गर ।
\v 19 किनकि ती महासङ्कष्‍टका दिनहरू हुनेछन्, यस्तो त परमेश्‍वरले सृजनु भएको सृष्‍टिको सुरुदेखि अहिलेसम्म भएको छैन, न त कहिल्यै हुनेछ ।
\v 20 परमप्रभुले ती दिनलाई नघटाउनुभएको भए, कुनै पनि प्राणी बाँच्‍ने थिएन । तर ती चुनिएकाहरूका खातिर, जसलाई उहाँले छान्‍नुभयो, उहाँले दिनहरू घटाइदिनुभयो ।
\v 21 यदि कसैले तिमीहरूलाई, 'हेर ख्रीष्‍ट यहाँ हुनुहुन्छ! वा हेर उहाँ त्यहाँ हुनुहुन्छ!' भन्यो भने विश्‍वास नगर ।
\v 22 किनकि झूटा ख्रीष्‍टहरू र झूटा अगमवक्‍ताहरू देखा पर्नेछन् र सम्भव भए चुनिएकाहरूलाई पनि तिनीहरूले धोका दिन चिन्हहरू र आश्‍चर्यकर्महरू गर्नेछन् ।
\v 23 सचेत रहो! मैले तिमीहरूलाई अगिबाटै यी सबै कुराहरू बताइदिएको छु ।
\p
\v 24 तर ती दिनको महासङ्कष्‍टपछि सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन
\v 25 ताराहरू आकाशबाट खस्‍नेछन्, र स्वर्गमा भएका शक्‍तिहरू हल्लिनेछन् ।
\v 26 त्यसपछि तिनीहरूले मानिसका पुत्रलाई बादलमा महान् शक्‍ति र महिमामा आउँदै गरेको देख्‍नेछन् ।
\v 27 तब उनले आफ्ना स्वर्गदूहरूलाई पठाउनेछन् र उनले चारै दिशाबाट, पृथ्वीको अन्तिम छेउदेखि आकाशको अन्तिम छेउसम्म आफ्‍ना चुनिएकाहरूलाई एकै ठाउँमा जम्मा गर्नेछन् ।
\p
\v 28 अञ्‍जीरको रूखबाट पाठ सिक । हाँगाहरू कमलो भएर पातहरू लाग्‍नेबित्तिकै, ग्रीष्म नजिकै छ भनी तिमीहरू जान्दछौ ।
\v 29 त्यसै गरी, जब तिमीहरूले यी सबै कुराहरू घटिरहेको देख्छौ, उनी नजिकै छन्, ढोकाकै नजिक छन् भनी तिमीहरूले जान ।
\v 30 साँच्‍चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा नभएसम्‍म यो पुस्ता बितेर जानेछैन ।
\v 31 स्वर्ग र पृथ्वी बितेर जानेछन्, तर मेरो वचन कहिल्यै बितेर जानेछैन ।
\v 32 तर त्यस दिन वा घडीको विषयमा पितालाई बाहेक कसैलाई पनि थाहा छैन, न स्वर्गमा हुने स्वर्गदूतहरूलाई, न त पुत्रलाई ।
\v 33 सचेत रहो! होसियार होओ, किनभने यो कुन समयमा हुन्छ भनी तिमीहरू जान्दैनौ । \f + \ft ग्रीकका केही प्राचीन प्रतिलिपिहरूमा यसरी लेखिएको छः \fqa सचेत रहो! होसियार होओ र प्रार्थना गर । \fqa* \f*
\v 34 यो यात्रामा गएका एक जना मानिसजस्तो हो— तिनले आफ्नो घर छोड्छन् र आफ्‍ना सेवकहरू हरेकलाई आ-आफ्‍नो कामसहित तिनको घरको जिम्मा दिन्छन् । अनि तिनले पहरेदारलाई जागा रहन आज्ञा दिन्छन् ।
\v 35 त्यसकारण जागा रहो किनभने घरको मालिक कहिले आउँछन् भनी तिमीहरू जान्दैनौ; त्यो साँझ, मध्यरात, भाले बास्दा, वा बिहान हुन सक्छ ।
\v 36 यदि तिनी अचानक आइपुगे भने तिनले तिमीहरूलाई सुतिरहेको नभेट्टाउन् ।
\v 37 जे म तिमीहरूलाई भन्दछु, त्यो म सबैलाई भन्दछु: जागा रहो!”
\c 14
\cl अध्याय १४
\p
\v 1 अब यो निस्तार र अखमिरी रोटीको चाडभन्दा दुई दिन अगि थियो । मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरूले येशूलाई कसरी गुप्‍त रूपमा गिरफ्तार गर्ने र मार्ने भनी विचार गरिरहेका थिए ।
\v 2 किनकि तिनीहरूले भनिरहेका थिए, “चाडको समयमा होइन, ताकि मानिसहरूमाझ दङ्गा उत्पन्‍न नहोस् ।”
\p
\v 3 जब येशू बेथानियामा सिमोन कुष्‍ठरोगीको घरमा हुनुहुन्थ्यो, उहाँ टेबुलमा अडेस लागेर बसिरहनुहुँदा एउटी स्‍‍त्री अति मूल्यवान् तरल पदार्थ सिङ्गमरमरको शीशीमा लिएर उहाँकहाँ आई, जुन शुद्ध जटामसी थियो । त्यसले त्यो शीशी फुटाई र जटामसी उहाँको टाउकोमा खन्याई
\v 4 तर त्यहाँका कोही-कोही रिसाए । तिनीहरूले आपसमा कुरा गरे र भने, "यो खेर फाल्‍नुको कारण के हो?
\v 5 यो अत्तरलाई तीन सय दिनारभन्दा बढीमा बेच्‍न सकिन्थ्यो र गरिबहरूलाई दिन सकिन्थ्यो ।” त्यसपछि तिनीहरूले त्यसलाई गाली गरे ।
\p
\v 6 तर येशूले भन्‍नुभयो, “त्यसलाई छोडिदेओ । तिमीहरूले त्यसलाई किन दुःख दिइरहेका छौ? त्यसले मेरो निम्ति राम्रो कुरा गरेकी छे ।
\v 7 गरिबहरू तिमीहरूसँग सधैं हुन्छन्, र तिमीहरूले जहिले चाहन्छौ तिनीहरूको निम्ति असल गर्न सक्छौ, तर म त तिमीहरूसित सधैं हुनेछैन ।
\v 8 त्यसले जे गर्न सक्थी त्‍यही गरी । त्यसले मेरो शरीर दफनको निम्ति अभिषेक गरेकी छे ।
\v 9 साँच्‍चै म तिमीहरूलाई भन्दछु, सारा संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, त्यहाँ-त्यहाँ यस स्‍‍त्रीले गरेको काम त्यसको सम्झनामा बताइनेछ ।
\p
\v 10 अनि बाह्रमध्येका एक जना यहूदा इस्करियोत मुख्य पूजाहारीहरूकहाँ गयो, ताकि त्यसले उहाँलाई तिनीहरूका हातमा सुम्पन सकोस् ।
\v 11 जब मुख्य पूजाहारीहरूले यो सुने, तिनीहरू खुसी भए र त्यसलाई पैसा दिने वाचा गरे । त्यसले येशूलाई तिनीहरूका हातमा सुम्पने अवसर हेर्न थाल्यो ।
\p
\v 12 अखमिरी रोटीको चाडको पहिलो दिन तिनीहरूले निस्तार-चाडको थुमा चढाउँदा उहाँका चेलाहरूले उहाँलाई भने, “हामी कहाँ गएर तयारी गरेको तपाईं चाहनुहुन्छ, ताकि तपाईंले निस्तार-चाडको भोज खान सक्‍नुभएको होस्?”
\p
\v 13 उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई पठाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “सहरमा जाओ र एक जना पानीको गाग्रो बोक्‍ने मानिसले तिमीहरूलाई भेट्नेछ । त्यसलाई पछ्याओ ।
\v 14 जुन घरभित्र त्यो पस्छ, त्यसलाई भित्र पछ्‍याओ र त्यस घरको मालिकलाई भन, “गुरुज्यू भन्‍नुहुन्छ, 'मेरो पाहुना कोठा कहाँ छ, जहाँ म मेरा चेलाहरूसँग निस्तार-चाडको भोज खानेछु?'”
\v 15 त्यसले तिमीहरूलाई एउटा तयार भएको माथिल्लो तलाको ठुलो कोठा देखाउनेछ। त्यहाँ नै हाम्रो निम्ति तयारी गर्नू ।”
\v 16 तब चेलाहरू निस्के र सहरतिर लागे । उहाँले तिनीहरूलाई भन्‍नुभएजस्तै तिनीहरूले सबै पाए र तिनीहरूले निस्तार-चाडको भोज तयारी गरे ।
\v 17 जब साँझ पर्‍यो, उहाँ बाह्र जनासँग आउनुभयो ।
\p
\v 18 जसै उहाँहरू टेबुलमा अडेस लागेर खाँदै हुनुहुन्थ्यो, येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, मसँग खाइरहेकाहरूमध्ये एक जनाले मलाई धोका दिनेछ ।”
\p
\v 19 तिनीहरू सबै अत्ति निराश भए, र तिनीहरू एक-एक जनाले उहाँलाई भने, “पक्‍कै म होइन?”
\p
\v 20 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “यी बाह्र जनामध्येका एक हुन्, जसले मसँग कचौरामा रोटी चोपिरहेको छ ।
\v 21 किनकि मानिसका पुत्र धर्मशास्‍‍त्रमा उनको बारेमा लेखिएबमोजिम जानेछन् । तर धिक्‍कार त्यो मानिसलाई जसद्वारा मानिसका पुत्रलाई धोका दिइन्छ! त्यसको निम्ति त्यो नजन्मिएको भए नै असल हुनेथियो ।”
\p
\v 22 जसै उहाँहरू खाँदै हुनुहुन्थ्यो, येशूले रोटी लिनुभयो, त्यसलाई आशिष्‌‌ दिनुभयो, र त्यो भाँच्‍नुभयो । उहाँले त्यो तिनीहरूलाई दिनुभयो र भन्‍नुभयो, “यो लेओ । यो मेरो शरीर हो ।”
\v 23 उहाँले कचौरा लिनुभयो, धन्यवाद दिनुभयो, र त्यो तिनीहरूलाई दिनुभयो र तिनीहरू सबैले त्यसबाट पिए ।
\v 24 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो करारको मेरो रगत हो । यो रगत धेरैका निम्ति बगाइएको छ ।
\v 25 साँच्‍चै म तिमीहरूलाई भन्दछु, म यो दाखको फलबाट फेरि त्यस दिनसम्‍म पिउनेछैनँ, जबसम्म म परमेश्‍वरको राज्यमा त्यसलाई नयाँ गरी पिउँदिनँ ।"
\v 26 उहाँहरूले एउटा भजन गाउनुभएपछि उहाँहरू जैतून डाँडामा जानुभयो ।
\p
\v 27 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबै पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, ‘म गोठालोलाई हिर्काउनेछु र भेडाहरू छरपष्‍ट हुनेछन् ।’
\v 28 तर म जीवित भई उठेपछि म तिमीहरूभन्दा अगि गालीलमा जानेछु ।”
\p
\v 29 पत्रुसले उहाँलाई भने, “सबैजना पछि हटे पनि म पछि हट्नेछैनँ ।”
\p
\v 30 येशूले तिनलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीलाई भन्दछु, आज—हो, यसै रात—भाले दुई पल्ट बास्‍नुअगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ ।”
\p
\v 31 तर पत्रुसले भने, “यदि म तपाईंसँगै मर्नुपर्छ भने पनि म तपाईंलाई इन्‍कार गर्नेछैनँ ।” तिनीहरू सबैले उही प्रतिज्ञा गरे ।
\p
\v 32 उहाँहरू गेतसमनी नाउँ भएको ठाउँमा आइपुग्‍नुभयो र येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “मैले प्रार्थना गर्दा यहाँ बस ।”
\v 33 उहाँले पत्रुस, याकूब र यूहन्‍नालाई आफूसँग लानुभयो, र उहाँ दुःखित र अति व्याकुल हुन लाग्‍नुभयो ।
\v 34 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण मरेजतिकै गहिरो वेदनामा छ । यहाँ बस र जागा रहो ।”
\v 35 येशू अलि परतिर जानुभयो, भुइँमा घोप्‍टो पर्नुभयो र यदि सम्भव भए त्यो घडी उहाँबाट हटेर जाओस् भनेर प्रार्थना गर्नुभयो ।
\v 36 उहाँले भन्‍नुभयो, “हे अब्बा, पिता तपाईंमा सबै थोक सम्भव छ । यो कचौरा मबाट हटाउनुहोस् । तर मेरो इच्छा होइन, तपाईंको इच्छा पूरा होस् ।”
\v 37 उहाँ फर्केर आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो र उहाँले पत्रुसलाई भन्‍नुभयो, “सिमोन, तिमी निदायौ? के एक घण्टा पनि जागा रहन सकेनौ?
\v 38 जागा रहो र तिमीहरू परीक्षामा नपरोस् भनी प्रार्थना गर । वास्तवमा आत्मा त तत्पर छ, तर शरीर कमजोर छ ।”
\v 39 उहाँ फेरि जानुभयो र अनि प्रार्थना गर्नुभयो र उहाँले उही वचनहरू प्रयोग गर्नुभयो ।
\v 40 जब उहाँ फेरि आउनुभयो, उहाँले तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए । उहाँलाई के भन्‍ने भनी तिनीहरूले जानेनन् ।
\v 41 उहाँ तेस्रो पल्ट आउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै सुतिरहेका छौ र आराम गरिरहेका छौ? भयो! समय आएको छ । हेर! मानिसका पुत्र पापीहरूको हातमा सुम्पिंदै छन् ।
\v 42 उठ; जाऔं । हेर, मलाई धोका दिने नजिकै छ ।”
\p
\v 43 उहाँ बोल्दै गर्नुहुँदा बाह्र जनामध्येको यहूदा आइपुग्यो अनि त्योसँग मुख्य पूजाहारीहरू, शास्‍‍त्रीहरू र धर्म-गुरुहरूबाट आएका तरवार र लाठा बोकेको एउटा ठुलो हुल थियो ।
\v 44 अब उहाँलाई विश्‍वासघात गर्नेले तिनीहरूलाई यसो भनेर एउटा सङ्केत दिएको थियो, “जसलाई मैले चुम्बन गर्छु, तिनी त्यही हुन् । तिनलाई समात र सुरक्षा घेरामा लैजाओ ।”
\v 45 जब यहूदा आयो, तुरुन्तै त्यो येशूकहाँ आयो र भन्यो, “रब्बी,” र त्यसले उहाँलाई चुम्बन गर्‍यो ।
\v 46 त्यसपछि तिनीहरूले उहाँमाथि हात हाले र उहाँलाई पक्रे ।
\v 47 तर त्यहाँ उभिनेहरूमध्ये एक जनाले आफ्नो तरवार थुते र प्रधान पूजाहारीको सेवकलाई प्रहार गरे र त्यसको कान काटिदिए ।
\p
\v 48 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू डाँकूको विरुद्धमा आएझैं तरवार र भाला लिएर मलाई पक्रन आउँछौ?
\v 49 जब म तिमीहरूसँग दैनिक हुन्थें र मैले मन्दिरमा सिकाइरहेको थिएँ, तिमीहरूले मलाई गिरफ्तार गरेनौ । तर धर्मशास्‍‍त्र पूरा होस् भनेर यस्तो भयो ।”
\p
\v 50 अनि येशूसँग भएका सबैले उहाँलाई छाडे र भागे ।
\v 51 सूतीको कपडा मात्र बेरेको एक जना जवान मानिस येशूलाई पछ्‍याइरहेको थियो । जब मानिसहरूले त्यसलाई पक्रे,
\v 52 त्यसले त्यो सूतीको कपडा त्यहीं नै छाड्‍यो र नाङ्गै भाग्यो ।
\p
\v 53 तिनीहरूले येशूलाई प्रधान पूजाहारीकहाँ लगे । त्यहाँ उहाँसँग मुख्य पूजाहारीहरू, धर्म-गुरुहरू र शास्‍‍त्रीहरू सबै भेला भएका थिए ।
\v 54 अब पत्रुसले चाहिं टाढैबाट उहाँलाई प्रधान पूजाहारीको घरको आँगनसम्म पछ्याए, र तिनी पहरेदारहरूमाझ बसे, जसले न्यानो हुन आगो ताप्दै थिए ।
\v 55 अब मुख्य पूजाहारीहरू र सबै यहूदी परिषद्‍ले येशूको विरुद्धमा गवाही खोजिरहेका थिए, ताकि तिनीहरूले उहाँलाई मृत्युदण्ड दिन सकून् । तर तिनीहरूले कुनै पनि कुरा भेट्टाएनन् ।
\v 56 किनकि धेरैले उहाँको विरुद्धमा झूटो गवाही ल्याए, तर तिनीहरूका गवाही मिलेन ।
\v 57 कोही खडा भए र उहाँको विरुद्धमा झूटो गवाही ल्याए; तिनीहरूले भने,
\v 58 “यसले यसो भनेको हामीले सुन्यौं, ‘हातद्वारा बनाइएको यो मन्दिर म नष्‍ट गर्नेछु, र तीन दिनमा हातबिना बनाइएको अर्को मन्दिर म बनाउनेछु' ।”
\v 59 तापनि तिनीहरूको गवाही एकै मतको भएन ।
\p
\v 60 प्रधान पूजाहारी तिनीहरूका बीचमा उभिए र येशूलाई सोधे, “के तँ कुनै जवाफ दिंदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको गवाही के हो?”
\v 61 तर उहाँ चुपचाप रहनुभयो, र जवाफ दिनुभएन । प्रधान पूजाहारीले उहाँलाई फेरि प्रश्‍न गरे र भने, “के तँ धन्यको पुत्र ख्रीष्‍ट होस्?”
\p
\v 62 येशूले भन्‍नुभयो, “म उही हुँ, र तपाईंहरूले मानिसका पुत्रलाई शक्‍तिको दाहिने हातपट्टि बस्दा र आकाशको बादलसँगै आउँदा देख्‍नुहुनेछ ।”
\p
\v 63 प्रधान पूजाहारीले आफ्नो लुगा च्याते र भने, “के हामीलाई अझै गवाहीको आवश्यक पर्छ र?
\v 64 तिमीहरूले ईश्‍वर-निन्दा सुनेकै छौ । तिमीहरूको के निर्णय छ?” अनि तिनीहरू सबैले उहाँलाई मृत्युको योग्य भएकोलाई झैं दोष लगाए ।
\p
\v 65 कोही कोहीले उहाँलाई थुक्‍न, र उहाँको अनुहार छोप्‍न र हिर्काउन थाले र उहाँलाई भने, “अगमवाणी गर्!” अनि अधिकारीहरूले उहाँलाई लगे र पिटे ।
\p
\v 66 पत्रुस तल आँगनमा हुँदा प्रधान पूजाहारीका सेविकाहरूमध्ये एक जना तिनीकहाँ आई ।
\v 67 त्यसले पत्रुसलाई न्यानो हुन आगो तापिरहेको देखी र तिनलाई नियालेर हेरी र भनी, “तिमी पनि येशू नासरीसँग थियौ ।”
\p
\v 68 तर तिनले यसो भन्दै इन्कार गरे, “तैँले केको बारेमा भनिरहेकी छेस्, त्यो न त म जान्दछु, न बुझ्छु ।" त्यसपछि तिनी आँगनमा गए । \f + \ft केही प्राचीन प्रतिलिपिहरूमा निम्‍न पदावली समावेश छः \fqa अनि भाले बास्यो । \fqa* तर प्राचीन उत्क‍ृष्‍ट प्रतिलिपिहरूमा उक्‍त पदावली छैन । \f*
\p
\v 69 तर सेविकाले तिनलाई त्यहाँ देखी र ती त्यहाँ उभिएकाहरूलाई फेरि भन्‍न थाली, “यो मान्छे तिनीहरूमध्येकै एक हो!”
\p
\v 70 तर तिनले फेरि इन्कार गरे । केही समयपछि त्यहाँ उभिनेहरूले पत्रुसलाई भने, “निश्‍चय नै तिमी तिनीहरूमध्येकै एक हौ, किनकि तिमी पनि गालीली नै हौ ।”
\p
\v 71 तर तिनले आफैंलाई सराप्‍न र किरिया हालेर भन्‍न लागे, “तिमीहरूले कुरा गरिरहेका यी मानिसबारे मलाई केही थाहा छैन ।”
\p
\v 72 तुरुन्तै भाले दोस्रो चोटि बास्यो । त्यसपछि पत्रुसले येशूले तिनलाई भन्‍नुभएका वचनहरू स्मरण गरेः “दुई चोटि भाले बास्‍नुअगि तिमीले मलाई तीन पटक इन्कार गर्नेछौ,” र तिनी धुरुधुरु रोए ।
\c 15
\cl अध्याय १५
\p
\v 1 बिहान सबेरै मुख्य पूजाहारीहरूले धर्म-गुरुहरू, शास्‍‍त्रीहरू र सम्पूर्ण यहूदी परिषद्‍लाई एकसाथ भेटे । अनि तिनीहरूले येशूलाई बाँधे र उहाँलाई लिएर गए । तिनीहरूले उहाँलाई पिलातसकहाँ सुम्पिदिए ।
\v 2 पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” उहाँले तिनलाई जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्‍नुहुन्छ ।”
\v 3 मुख्य पूजाहारीहरूले उहाँलाई धेरै कुराहरूको दोष लगाइरहेका थिए ।
\v 4 पिलातसले फेरि पनि येशूलाई सोधे, “के तिमी कुनै जवाफ दिंदैनौ? हेर तिनीहरूले तिमीलाई कति धेरै कुराहरूको दोष लगाउँदैछन्!”
\v 5 तर येशूले पिलातसलाई कुनै जवाफ दिनुभएन, र जसले गर्दा तिनी छक्‍क परे ।
\p
\v 6 अब चाडको समयमा पिलातसले सामान्यतया तिनीहरूले अनुरोध गरेअनुसार एउटा कैदीलाई मुक्‍त गर्थे ।
\v 7 बारब्बा नाउँ गरेको एकजना मानिस विद्रोहीहरूसँग झ्यालखानामा थिए, जसले विद्रोहको समयमा हत्या गरेका थिए ।
\v 8 भीड पिलातसकहाँ आयो र तिनले विगतमा गरेझैं तिनीहरूका निम्ति गर्नलाई अनुरोध गर्न थाल्यो ।
\v 9 पिलातसले तिनीहरूलाई जवाफ दिए र भने, “के तिमीहरू मैले यहूदीहरूका राजालाई मुक्‍त गरेको चाहन्छौ?”
\v 10 किनकि डाहको कारणले गर्दा नै मुख्य पूजाहारीहरूले येशूलाई तिनको हातमा सुम्पेका हुन् भन्‍ने तिनलाई थाहा थियो ।
\v 11 तर मुख्य पूजाहारीहरूले भीडलाई बरु बारब्बालाई नै मुक्‍त गरिनुपर्छ भनी कराउन उक्साए ।
\v 12 पिलातसले तिनीहरूलाई फेरि जवाफ दिए र भने, “त्यसो भए यहूदीहरूका राजालाई म के गरूँ त?”
\p
\v 13 तिनीहरू फेरि चिच्‍च्याए, “त्यसलाई क्रूसमा टाँग्‍नुहोस्!”
\p
\v 14 पिलातसले तिनीहरूलाई भने, “त्यसले के गल्ती गरेको छ र?” तर तिनीहरू झन् ठुलो स्वरमा चिच्‍च्याए, “त्यसलाई क्रूसमा टाँग्‍नुहोस् ।”
\v 15 पिलातसले भीडलाई सन्तुष्‍ट पार्न चाहे, त्यसैले तिनले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए । तिनले येशूलाई कोर्रा लगाए र त्यसपछि उहाँलाई क्रूसमा टाँग्‍नको निम्ति सुम्पिदिए ।
\p
\v 16 सिपाहीहरूले उहाँलाई चोक (अर्थात् सरकारी मुख्यालय) भित्र लगे, र तिनीहरूले सिपाहीहरूको सम्पूर्ण जत्थालाई एकसाथ बोलाए ।
\v 17 तिनीहरूले येशूलाई बैजनी रङ्गको पोशाक पहिराइदिए, र तिनीहरूले काँढाको मुकुट बनाएर उहाँको टाउकोमा लगाइदिए ।
\v 18 तिनीहरूले “यहूदीहरूका राजाको जय!” भनी उहाँलाई सलाम गर्न थाले ।
\v 19 तिनीहरूले निगालोले उहाँको टाउकोमा हिर्काइरहेका र उहाँलाई थुकिरहेका थिए । तिनीहरूले उहाँको सामु घुँडा टेके र घोप्‍टो परे ।
\v 20 तिनीहरूले उहाँको गिल्ला गरिसकेपछि, तिनीहरूले बैजनी रङ्गको पोशाक फुकालिदिए र उहाँको आफ्नै पोशाक लगाइदिए, र उहाँलाई क्रूसमा टाँग्‍न बाहिर लिएर गए ।
\p
\v 21 एकजना मानिस, कुरेनीका सिमोन गाउँबाट आइरहेका थिए, (तिनी अलेक्जेन्डर र रूफसका बुबा थिए), र तिनीहरूले उहाँको क्रूस बोक्‍न तिनलाई कर लगाए ।
\v 22 सिपाहींहरूले येशूलाई गलगथा भनिने ठाउँमा ल्याए (जसको अर्थ “खप्परको ठाउँ” हुन्छ) ।
\v 23 तिनीहरूले उहाँलाई मूर्र मिसाएको दाखमद्य पिउन दिए, तर उहाँले त्यो पिउनुभएन ।
\v 24 तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, र प्रत्येक सिपाहींले उहाँको पोशाकको कुनचाहिं टुक्रा लिने भनी चिट्ठा हालेर भाग लगाए ।
\p
\v 25 तिनीहरूले उहाँलाई क्रूसमा टाँग्‍दा तेस्रो घडी भएको थियो ।
\v 26 उहाँको विरुद्धमा यस्‍तो दोष-पत्र लेखे, “यहूदीहरूका राजा ।”
\v 27 तिनीहरूले उहाँसँग दुई जना डाँकूलाई क्रूसमा टाँगे, एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई उहाँको देब्रेपट्टि ।
\v 28 प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १५ः२८ छैन; “उहाँ अधर्मीहरूसँग गनिनुभयो” भन्‍ने धर्मशास्‍‍त्रको वचन पूरा भयो ।
\v 29 त्यहाँबाट जानेहरूले आफ्नो टाउको हल्लाउँदै यसो भनेर उहाँको अपमान गरे, “वाह! तँ मन्दिरलाई नष्‍ट गरेर तीन दिनभित्रै निर्माण गर्ने,
\v 30 क्रूसबाट ओर्लेर आफैंलाई बचा!”
\p
\v 31 त्यसै गरी मुख्य पूजाहारीहरूले शास्‍‍त्रीहरूसँग मिलेर एक-आपसमा उहाँको गिल्‍ला गर्दै थिए, र भने “यसले अरूहरूलाई त बचायो, तर आफैंलाई बचाउन सक्दैन ।
\v 32 इस्राएलका राजा, ख्रीष्‍ट अब क्रूसबाट तल ओर्लेर आओस्, ताकि हामीले देखौं र विश्‍वास गरौं ।” अनि उहाँसँगै क्रूसमा टाँगिएकाहरूले पनि उहाँको गिल्‍ला गरे ।
\p
\v 33 छैटौं घडीदेखि नवौं घडीसम्म सारा जगत्‌मा अन्धकार छायो ।
\v 34 नवौं घडीमा येशू ठुलो स्वरमा कराउनुभयो, “इलोई, इलोई, लामा सबख‍थनी?” जसको अर्थ, “मेरा परमेश्‍वर, मेरा परमेश्‍वर, मलाई किन त्याग्‍नुभएको छ?” भन्‍ने हुन्छ ।
\p
\v 35 त्यहाँ उभिएकाहरूमध्ये केहीले उहाँको वचन सुने र भने, “हेर, त्यसले एलियालाई बोलाउँदैछ ।”
\p
\v 36 कोही दौडेर गयो, एउटा स्पन्जमा सिर्का हाल्यो, त्यसलाई निगालोको लट्ठीमा राख्यो, अनि उहाँलाई त्यो पिउन दियो । त्यो मानिसले भन्यो, “हेरौं, त्यसलाई तल झार्न एलिया आउँछन् कि ।”
\v 37 तब येशू ठुलो सोरले कराउनुभयो र प्राण त्याग्‍नुभयो ।
\v 38 अनि मन्दिरको पर्दा माथिदेखि तलसम्म दुई भागमा चिरियो ।
\p
\v 39 येशू यसरी मर्नुभएको देखेर उहाँको सामु उभिएको कप्तानले भने, "साँच्‍चै, यी मानिस परमेश्‍वरका पुत्र नै थिए!"
\v 40 त्यहाँ टाढाबाटै हेर्ने स्‍‍त्रीहरू पनि थिए । तिनीहरूमध्ये मरियम मग्दलिनी, मरियम (सानो याकूब र योसेफकी आमा) र सलोमी थिए ।
\v 41 उहाँ गालीलमा हुनुहुँदा तिनीहरूले उहाँलाई पछ्याए र उहाँको सेवा गरे । अरू धेरै स्‍‍त्रीहरू पनि उहाँसँग यरूशलेम आए ।
\p
\v 42 जब साँझ पर्‍यो, यो तयारी गर्ने दिन अर्थात् विश्रामको दिनको अगिल्लो दिन भएको हुनाले
\v 43 अरिमाथियाका योसेफ त्यहाँ आए । तिनी परिषद्का आदरणीय व्‍यक्‍ति थिए, जसले परमेश्‍वरको राज्यको प्रतीक्षा गरिरहेका थिए । तिनी साहसका साथ पिलातसकहाँ गए, अनि येशूको लास मागे ।
\v 44 येशू पहिले नै मरिसक्‍नुभएको थियो भनी सुन्दा पिलातस छक्‍क परे; तिनले कप्‍तानलाई बोलाए र येशू मर्नुभएको थियो वा थिएन भनी सोधे ।
\v 45 पिलातसले येशू मर्नुभएको कुरा कप्‍तानबाट थाहा पाएपछि तिनले योसेफलाई लास दिए ।
\v 46 योसेफले मलमलको कपडा ल्याएका थिए । तिनले उहाँलाई क्रूसबाट तल झारे, उहाँलाई मलमलको कपडाले बेह्रे, अनि चट्टान काटेर बनाइएको चिहानमा उहाँलाई राखे । तब तिनले एउटा ढुङ्गालाई गुडाएर चिहानको मुख छोपे ।
\v 47 मरियम मग्दलिनी र योसेफकी आमा मरियमले येशूलाई कहाँ गाडिएको थियो भन्‍ने देखेका थिए ।
\c 16
\cl अध्याय १६
\p
\v 1 जब विश्रामको दिन सकियो, मरियम मग्दलिनी र याकूबकी आमा मरियम र सलोमीले सुगन्धित मसला किने, कि तिनीहरू आउन सकून् र येशूको शरीर अभिषेक गर्न सकून् ।
\v 2 हप्‍ताको पहिलो दिन बिहान सबेरै घाम झुल्कँदा तिनीहरू चिहानमा गए ।
\v 3 तिनीहरूले एक-आपसमा भन्‍दै थिए, “चिहानको मुखबाट हाम्रो लागि ढुङ्गा कसले हटाइदिन्छ होला?”
\v 4 जब तिनीहरूले माथितिर हेरे, ढुङ्गा हटाइसकेको तिनीहरूले देखे, किनकि त्यो धेरै ठुलो थियो ।
\p
\v 5 तिनीहरू चिहानभित्र प्रवेश गरे र एक जना जवान मानिस सेतो पोशाक लगाएर दाहिनेपट्टि बसिरहेको देखे, र तिनीहरू छक्‍क परे ।
\v 6 तिनले तिनीहरूलाई भने, “छक्‍क नपर” तिमीहरूले येशू नासरीलाई खोज्दैछौ जसलाई क्रूसमा टाँगिएको थियो । उहाँ जीवित भई उठ्नुभएको छ! उहाँ यहाँ हुनुहुन्‍न । तिनीहरूले उहाँलाई राखेको ठाउँलाई हेर ।
\v 7 तर जाओ, उहाँका चेलाहरू र पत्रुसलाई भनिदेओ, 'उहाँ तिमीहरूभन्दा अगि गालीलमा जाँदैहुनुहुन्छ । उहाँले तिमीहरूलाई भन्‍नुभएजस्तै तिमीहरूले उहाँलाई त्यहाँ देख्‍नेछौ ।
\v 8 तिनीहरू बाहिर निस्के र चिहानबाट दौडेर गए; तिनीहरू कामिरहेका थिए र छक्क परे । तिनीहरूले कसैलाई केही पनि भनेनन्, किनभने तिनीहरू डराएका थिए ।
\p
\v 9 \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६ः९-२० छैन । \f* [हप्‍ताको पहिलो दिन सबेरै, उहाँ जीवित भई उठ्नुभएपछि उहाँ पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो जसबाट उहाँले सातवटा भूत निकाल्नुभएको थियो ।
\v 10 तिनी गइन् र उहाँसँग भएकाहरूलाई बताइन्, त्यस बेला तिनीहरू विलाप गरिरहेका र रोइरहेका थिए ।
\v 11 उहाँ जीवित हुनुहुन्थ्यो र तिनले उहाँलाई देखेकी थिइन् भन्‍ने तिनीहरूले सुने, तर तिनीहरूले विश्‍वास गरेनन् ।
\v 12 त्यसपछि तिनीहरूमध्ये दुई जना गाउँतिर जाँदै गर्दा उहाँ तिनीहरूकहाँ अर्कै स्‍वरूपमा देखा पर्नुभयो ।
\v 13 तिनीहरू गएर अरू चेलाहरूलाई बताए, तर तिनीहरूले तिनीहरूलाई विश्‍वास गरेनन् ।
\v 14 पछिबाट येशू एघार जनाकहाँ, तिनीहरू टेबुलमा अडेस लगाएर बसिरहँदा देखा पर्नुभयो, अनि उहाँले तिनीहरूको अविश्‍वास र हृदयको कठोरताको निम्ति तिनीहरूलाई हप्काउनुभयो, किनभने उहाँ मृतकबाट जीवित भई उठ्नुभएपछि उहाँलाई देख्‍नेहरूका कुरा तिनीहरूले विश्‍वास गरेनन् ।
\p
\v 15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा जाओ, र समग्र सृष्‍टिलाई सुसमाचार प्रचार गर ।
\v 16 जसले विश्‍वास गर्छ र बप्‍तिस्मा लिन्छ त्यो बचाइनेछ, र जसले विश्‍वास गर्दैन त्यो दोषी ठहरिनेछ ।
\v 17 विश्‍वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्ः तिनीहरूले मेरो नाउँमा भूतहरू धपाउनेछन् । तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन् ।
\v 18 तिनीहरूले आफ्ना हातले सर्पहरू समाउनेछन् र यदि तिनीहरूले कुनै विषालु पदार्थ पिए पनि त्यसले तिनीहरूलाई कुनै हानि गर्नेछैन । तिनीहरूले बिरामीमाथि हात राख्‍नेछन् र तिनीहरू निको हुनेछन् ।
\p
\v 19 प्रभु तिनीहरूसँग बोलिसक्‍नुभएपछि उहाँ स्वर्गमा उचाली लगिनुभयो र परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभयो ।
\v 20 चेलाहरू गए र सबैतिर प्रचार गरे र प्रभुले तिनीहरूसँग काम गर्नुभयो र तिनीहरूसँग भएका चिन्हहरूद्वारा वचनलाई पुष्‍टि गर्नुभयो ।] \f + \ft मर्कूस १६ः९ मा भएको नोट हेर्नुहोस् । \f*

1592
43-LUK.usfm Normal file
View File

@ -0,0 +1,1592 @@
\id LUK
\ide UTF-8
\h लूका
\toc1 लूका
\toc2 लूका
\toc3 luk
\mt लूका
\c 1
\cl अध्याय १
\p
\v 1 धेरैले हाम्रा बीचमा पूरा भएका घटनाहरूको विवरण लेख्‍ने प्रयास गरेका छन्,
\v 2 जसरी पहिले वचनका प्रत्यक्षदर्शीहरू र सेवकहरूले ती कुराहरू हामीलाई सुम्पिदिए ।
\v 3 त्यसैले माननीय थियोफिलस, मैले सुरुदेखि नै सबैकुराहरू ठिकसित अनुसन्धान गरेको हुनाले, ती कुराहरू क्रमबद्ध रूपमा तपाईंलाई लेखिदिन मलाई पनि असल लाग्यो,
\v 4 ताकि तपाईंलाई सिकाइएका कुराहरूको निश्‍चयताबारे तपाईंलाई थाहा होस् ।
\p
\v 5 यहूदाका राजा हेरोदको समयमा जकरिया नाउँ गरेका एक जना पूजाहारी थिए जो अबियाको दलका थिए; तिनकी पत्‍नी एलीशिबा पनि हारूनको सन्तान थिइन् ।
\v 6 परमेश्‍वरको सामु तिनीहरू दुवै धर्मी थिए, तिनीहरू परमप्रभुका सबै आज्ञाहरू र धार्मिक विधानहरूमा हिँड्थे ।
\v 7 तर तिनीहरूको कुनै सन्तान थिएन, किनभने एलीशिबा बाँझी थिइन् र त्यतिबेला तिनीहरू दुवै जना वृद्ध भइसकेका थिए ।
\p
\v 8 अब जकरियाले आफ्नो दलको पालोअनुसार परमेश्‍वरको उपस्‍थितिमा पूजाहारी कामहरू गरिरहेका थिए ।
\v 9 कुन पूजाहारीले सेवा गर्ने भनेर छनोट गर्ने चलन अनुसार तिनी धूप बाल्‍न परमप्रभुको मन्दिरभित्र पस्‍नला‌ई चिट्ठाद्वारा चुनिएका थिए ।
\v 10 धूप बाल्‍ने समयमा मानिसहरूको पूरै भीड बाहिर प्रार्थना गरिरहेको थियो ।
\v 11 त्यसै बेला परमप्रभुका एउटा दूत तिनीकहाँ देखा परे र धूप बाल्ने वेदीको दाहिनेपट्टि उभिए ।
\v 12 जब जकरियाले स्वर्गदूतलाई देखे, तब तिनी आत्तिए र डराए ।
\v 13 तर स्वर्गदूतले तिनलाई भने, “जकरिया, नडराऊ, किनभने तिम्रो प्रार्थनाको सुनाइ भएको छ । तिम्री पत्‍नी एलीशिबाले तिम्रो लागि एउटा छोरो जन्माउनेछिन् । तिमीले तिनको नाउँ यूहन्‍ना राख्‍नेछौ ।
\v 14 तिमीमा खुसी र आनन्द हुनेछ, र तिनको जन्ममा धेरै मानिसहरू आनिन्दित हुनेछन् ।
\v 15 किनकि परमप्रभुको द‍ृष्‍टिमा तिनी महान् हुनेछन् । तिनले दाखमद्य वा कडा मद्य पिउनु हुँदैन, र तिनी आफ्नी आमाको गर्भदेखि नै पवित्र आत्माले भरिनेछन् ।
\v 16 इस्राएलका सन्तानहरूमध्ये धेरैलाई परमप्रभु तिनीहरूका परमेश्‍वरतर्फ फर्काइनेछन् ।
\v 17 बुबाहरूको हृदय आफ्ना छोराछोरीतिर फर्काउन र अनाज्ञाकारीहरूलाई धर्मीहरूको बुद्धितिर फर्काउन—परमप्रभुको निम्ति तयार पारिएका मानिसहरूलाई उहाँको निम्ति तयार गर्न तिनी एलियाको आत्मा र शक्तिमा परमप्रभुको अगि अगि जानेछन् ।"
\p
\v 18 जकरियाले स्वर्गदूतलाई भने, “यो मैले कसरी थाहा पाउने? किनकि म बुढो छु र मेरी पत्‍नी पनि धेरै बुढी छिन् ।”
\p
\v 19 स्वर्गदूतले जवाफ दिए र तिनलाई भने, "म गब्रिएल हुँ, जो परमेश्‍वरको उपस्थितिमा उभिन्छु । तिमीसित बोल्न र शुभ खबर दिन म पठाइएको थिए ।
\v 20 हेर! यी कुराहरू पूरा हुने दिनसम्‍म तिमी चूप हुनेछौ र बोल्‍न सक्‍ने छैनौ । किनभने तिमीले मेरो वचनमा विश्‍वास गरेनौ, जुन ठिक समयमा पूरा हुनेछ ।”
\p
\v 21 अनि मानिसहरूले जकरियालाई पर्खिरहेका थिए । तिनले लामो समयसम्म मन्दिरमा समय बिताइरहेकोले तिनीहरू अचम्मित थिए ।
\v 22 तर जब तिनी बाहिर आए, तब तिनी तिनीहरूसँग बोल्न सकेनन् । तिनले मन्दिरभित्र हुँदा तिनले एउटा दर्शन देखेका थिए भनी तिनीहरूले थाहा गरे । तिनले तिनीहरूलाई इसारा मात्र गरिरहे, र चूप रहिरहे ।
\p
\v 23 जब तिनको सेवाको समय पूरा भयो, तब तिनी आफ्नो घरमा फर्किए ।
\p
\v 24 यी दिनहरूपछि, तिनकी पत्‍नी एलीशिबा गर्भवती भइन् र पाँच महिनासम्म उनले आफूलाई लुकाइन् । उनले भनिन्,
\v 25 “मानिसहरूका सामु मेरो लाज हटाउनलाई परमप्रभुले मलाई निगाहले हेर्नुहुँदा उहाँले मेरो निम्ति यसो गरिदिनुभएको छ ।"
\p
\v 26 छैठौं महिनामा, परमेश्‍वरद्वारा गब्रिएल स्वर्गदूत गालीलको नासरत नाउँको सहरमा एउटी कन्याकहाँ पठाइए,
\v 27 उनको मगनी दाऊदका सन्तान योसेफ भन्‍ने एउटा मानिससित भएको थियो, र त्यो कन्याको नाउँ मरियम थियो ।
\v 28 तिनी उनीकहाँ आए र भने, “अभिवादन, तिमी जसले धेरै निगाह पाएकी छ्‍यौ! परमप्रभु तिमीसँग हुनुहुन्छ ।
\v 29 तर उनी तिनका कुराले विचलित भइन् र यो कस्तो प्रकारको अभिवादन हो भनी सोचिन् ।
\v 30 स्वर्गदूतले उनलाई भने, “नडराऊ, मरियम, किनकि तिमीले परमेश्‍वरबाट निगाह प्राप्‍त गरेकी छ्‍यौ ।
\v 31 हेर, तिमी गर्भवती हुनेछ्‍यौ, र एउटा छोरो जन्माउनेछ्‍यौ । तिमीले उहाँको नाउँ येशू राख्‍नेछ्‍यौ ।
\v 32 उहाँ महान् हुनुहुनेछ र उहाँ सर्वोच्‍चका पुत्र कहलाइनुहुनेछ । परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ ।
\v 33 उहाँले याकूबको घरानामाथि सदासर्वदा राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त हुनेछैन ।"
\p
\v 34 मरियमले स्वर्गदूतलाई भनिन्, “यो कसरी हुनेछ, जब कि मेरो कुनै मानिससँग सहवास भएको छैन?”
\v 35 स्वर्गदूतले जवाफ दिए, र उनलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ र सर्वोच्‍चका शक्‍तिले तिमीलाई ढाक्नेछ । त्यसैले जन्मिन लाग्‍नुभएको पवित्र जन, परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ ।
\v 36 हेर, तिम्री नातेदार एलीशिबाले पनि उनको वृद्धावस्थामा एउटा छोरो गर्भधारण गरेकी छिन् । उनी अहिले छैटौं महिनामा छिन् जो बाँझी कहलाइएकी थिइन् ।
\v 37 किनकि परमेश्‍वरको लागि कुनै पनि कुरा असम्भव हुनेछैन ।”
\p
\v 38 मरियमले भनिन्, “हेर्नुहोस्, म परमप्रभुकी एक दासी हुँ । तपाईंको वचनअनुसार नै मलाई होस् ।” त्यसपछि स्वर्गदूत उनीबाट बिदा भए ।
\p
\v 39 त्यसपछि मरियम ती दिनहरूमा हतारिंदै यहूदियाको पहाडी देशको एउटा सहरमा गइन् ।
\v 40 उनी जकरियाको घरमा गइन् र एलीशिबालाई अभिवादन गरिन् ।
\v 41 जब एलीशिबाले मरियमको अभिवादन सुनिन्, उनको गर्भमा भएको बालक उफ्रियो र एलीशिबा पवित्र आत्माले भरिइन् ।
\v 42 उनले ठुलो आवाजमा यसो भनिन्, “स्‍‍त्रीहरूमा तिमी धन्यकी हौ, र तिम्रो गर्भको फल धन्यको हुनुहुन्छ ।
\v 43 मलाई यो किन हुन आयो, कि मेरा प्रभुकी आमा मकहाँ आइन्?
\v 44 किनकि हेर, जब तिम्रो अभिवादनको आवाज मेरो कानमा पर्‍यो, मेरो गर्भमा भएको बालक आनन्दले उफ्रियो ।
\v 45 उनी धन्यकी हुन् जसले परमप्रभुद्वारा उनलाई भनिएका कुराहरू पूरा हुनेछन् भनेर विश्‍वास गरिन् ।
\p
\v 46 मरियमले भनिन्, “मेरो प्राणले परमभुको प्रशंसा गर्छ,
\v 47 र मेरो आत्मा परमेश्‍वर, मेरो उद्धारकमा रमाएको छ ।
\q
\v 48 किनकि उहाँले आफ्नी दासीको दीन अवस्थामा हेर्नु भएको छ । किनकि हेर, अब उप्रान्त सबै पुस्ताहरूले मलाई धन्यकी भन्‍नेछन् ।
\q
\v 49 किनकि सर्वशक्‍तिमान्‌ले मेरो लागि महान् कार्यहरू गर्नुभएको छ, र उहाँको नाउँ पवित्र छ ।
\q
\v 50 उहाँको भय मान्‍नेहरूमाथि उहाँको दया पुस्तादेखि पुस्तासम्म रहन्‍छ ।
\q
\v 51 उहाँले आफ्नो बाहुलीले आफ्नो शक्ति देखाउनुभएको छ; आफ्नो हृदयमा घमण्ड विचार भएकाहरूलाई उहाँले तितर-बितर पार्नुभएको छ ।
\q
\v 52 उहाँले राजकुमारहरूलाई तिनीहरूका सिंहासनबाट खसाल्नुभएको छ अनि दीनहरूलाई उठाउनुभएको छ ।
\q
\v 53 उहाँले भोकाहरूलाई असल थोकहरूले तृप्त पार्नुभएको छ, तर धनीहरूलाई रित्तै हात पठाउनु भएको छ ।
\q
\v 54 आफ्नो दयालाई सम्झना गरेर, उहाँले आफ्नो दास इस्राएललाई सहायता गर्नुभएको छ,
\v 55 (जसरी उहाँले हाम्रा पुर्खाहरू) अब्राहाम र तिनका सन्तानहरूलाई सदासर्वदाको लागि गर्ने भन्‍नुभयो ।"
\p
\v 56 मरियम लगभग तीन महिना एलीशिबासँग बसिन् र त्यसपछि आफ्नो घरमा फर्किन् ।
\p
\v 57 अब एलीशिबाले आफ्नो बालक जन्माउने बेला आयो, र उनले एउटा छोरो जन्माइन् ।
\v 58 जब उनका छिमेकी र नातेदारहरूले परमप्रभुले उनीमाथि महान् दया गर्नुभएको कुरा सुने, तब तिनीहरू उनीसँग रमाए ।
\v 59 अब आठौं दिनमा तिनीहरू बालकको खतना गर्न आए । तिनीहरूले तिनलाई तिनको आफ्ना पिताको नाउँबाट नै "जकरिया" नाउँ दिन लागेका थिए ।
\v 60 तर तिनकी आमाले जवाफ दिएर भनिन्, “होइन, तिनलाई यूहन्‍ना भनेर बोलाइनेछ ।”
\v 61 तिनीहरूले उनलाई भने, “तिम्रा नातेदारहरूका बीचमा यो नाउँ भएको कोही पनि छैन ।”
\v 62 तिनीहरूले बालकको पितालाई बालकको नाउँ के राख्‍न चाहन्थे भनी इसारा गरे ।
\v 63 तिनका पिताले लेख्‍ने पाटी मागे, र लेखे, “तिनको नाउँ यूहन्‍ना हो ।” त्यो देखेर तिनीहरू सबै अचम्मित भए ।
\v 64 तुरुन्तै तिनको मुख खुल्यो र जिब्रो स्वतन्‍‍त्र भयो । तिनी बोले र परमेश्‍वरको प्रशंसा गरे ।
\v 65 तिनीहरूका वरिपरि बस्‍नेहरू सबैमा भय उत्पन्‍न भयो । यी सबै कुराहरू यहूदियाको सारा पहाडी मुलुकभरि नै फैलियो ।
\v 66 यी कुरा सुन्‍ने सबैले यसो भन्दै आफ्नो हृदयमा राखे, “त्यसो भए अब यो बालक कस्तो हुनेछ?” किनकि परमप्रभुको हात त्यस बालकसँग थियो ।
\v 67 उनका पिता जकरिया पवित्र आत्माले भरिए र यसो भन्दै अगमवाणी गरे,
\v 68 “इस्राएलका परमप्रभु परमेश्‍वरको प्रशंसा होस्, किनकि उहाँले आफ्ना मानिसहरूलाई सहायता गर्न आउनुभएको छ र उद्धारको काम पूरा गर्नुभएको छ ।
\q
\v 69 उहाँले हाम्रा निम्ति मुक्‍तिको सिङ्लाई उहाँका दास दाऊदको घरानामा खडा गर्नुभएको छ
\v 70 (प्राचीनकालमा उहाँका पवित्र अगमवक्‍ताहरूका मुखद्वारा उहाँ बोल्नुभए झैँ),
\v 71 उहाँले हाम्रा शत्रुहरू र हामीलाई घृणा गर्नेहरू सबैका हातबाट छुटकारा दिनुहुनेछ ।
\q
\v 72 यो उहाँले हाम्रा पुर्खाहरूप्रति दया प्रकट गर्न र उहाँको पवित्र करारलाई स्मरण गर्न गर्नुहुनेछ,
\v 73 जुन शपथ उहाँले हाम्रा पुर्खा अब्राहामसँग खानुभएको थियो,
\v 74 हाम्रा शत्रुहरूका हातबाट मुक्त भएपछि निर्भयतासाथ,
\v 75 उहाँको सम्मुख हाम्रो सारा जीवनभर पवित्रतामा र धार्मिकतामा उहाँको सेवा गरौं भनेर उहाँले शपथ खानुभयो ।
\p
\v 76 हो, हे बालक, तिमी सर्वोच्‍चका अगमवक्‍ता कहलाइनेछौ, किनकि तिमी प्रभुको मार्ग तयार पार्न,
\v 77 उहाँका मानिसहरूका पाप-क्षमाद्वारा तिनीहरूलाई मुक्तिको ज्ञान दिन उहाँको अगि-अगि जानेछौ ।
\q
\v 78 हाम्रा परमेश्‍वरको कोमल कृपाको कारण स्वर्गबाट बिहानको सूर्य हामीकहाँ हामीलाई सहायता गर्न,
\v 79 अन्धकार र मृत्युको छायामा बस्‍नेहरूमाथि चम्कनलाई आउनेछ । उहाँले हाम्रा गोडाहरूलाई शान्तिको मार्गतिर डोर्‍याउनुहुनेछ ।”
\p
\v 80 त्यसपछि बालक हुर्के र आत्मामा बलियो भए, र तिनी इस्राएलमा देखा नपरेसम्म उजाड-स्थानमा नै बसे ।
\c 2
\cl अध्याय २
\p
\v 1 ती दिनहरूमा कैसर अगस्टसले जगत‍्मा बसोबास गर्ने सारा मानिसहरूको जनगणना गर्नू भनी उर्दी जारी गरे ।
\v 2 कुरेनियस सिरियाका हाकिम हुँदा गरिएको यो पहिलो जनगणना थियो ।
\v 3 त्यसैले सबै जना जनगणनाको लागि नाउँ दर्ता गर्न आ-आफ्ना सहर गए ।
\v 4 योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेम भन्‍ने दाऊदको सहरमा गए, किनभने तिनी दाऊदको घराना र वंशका थिए ।
\v 5 तिनी नाउँ दर्ता गर्न मरियमसँगै त्यहाँ गए, जसको मगनी तिनीसँग भएको थियो र जो गर्भवती थिइन् ।
\v 6 तिनीहरू त्यहीं छँदा मरियमले बालक जन्माउने समय आयो ।
\v 7 उनले आफ्नो पहिलो छोरो जन्माइन्, र उनले उहाँलाई लामो कपडाले बेह्रेर डूँडमा राखिन्, किनभने तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन ।
\p
\v 8 त्यस इलाकामा भएका गोठालाहरू राती आ-आफ्ना बगालको रखवाली गर्दै चौरमा बसिरहेका थिए ।
\v 9 परमप्रभुका एउटा दूत तिनीहरूकहाँ देखा परे, र तिनीहरूका वरिपरि परमप्रभुको महिमा चम्‍क्यो, र तिनीहरू साह्रै भयभीत भए ।
\v 10 तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने मैले तिमीहरूकहाँ सुसमाचार ल्याएको छु, जसले सबै मानिसहरूमा ठुलो आनन्द ल्याउनेछ ।
\v 11 आज तिमीहरूका निम्ति दाऊदको सहरमा एउटा मुक्‍तिदाताको जन्म भएको छ! उहाँ ख्रीष्‍ट प्रभु हुनुहुन्छ!
\v 12 तिमीहरूलाई यो चिन्‍ह दिइनेछ: तिमीहरूले एउटा बालकलाई कपडाले बेह्रेको र डूँडमा सुतिरहेको भेट्टाउनेछौ ।”
\p
\v 13 एक्‍कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा ठुलो दल देखा पर्‍यो र तिनीहरूले यसो भन्‍दै परमेश्‍वरको प्रशंसा गरे,
\v 14 “सर्वोच्‍चमा परमेश्‍वरलाई महिमा, र पृथ्वीमा उहाँ प्रसन्‍न हुनुभएका मानिसहरूका बीचमा शान्ति होस् ।" + केही प्रचीन प्रतिलिपीहरूमा भिन्‍नाभिन्‍दै हिज्जेहरू छन् जसले पद १४ "ख" मा दुई सम्भावित सुझाव दिन्छन्, जसमा दोस्रो बढी रुचाइन्छ । ती सुझावहरू हुन्ः मानिसहरूप्रति सद्‍भाव होस् वा उहाँ (परमेश्‍वर) प्रसन्‍न हुनुभएका मानिसहरूका बीचमा शान्ति होस् ।
\p
\v 15 जब स्वर्गदूतहरू तिनीहरूबाट स्वर्ग फर्के, तब गोठालाहरूले एक-अर्कालाई भने, “आओ, हामी बेथलेहेमसम्म जाऔं, र घटेको यो घटना गएर हेरौं जुन परमप्रभुले हामीलाई प्रकट गर्नुभएको छ ।”
\v 16 तिनीहरू हतार-हतार गर्दै त्यहाँ गए, अनि मरियम, योसेफ र डूँडमा सुतिरहेको बालकलाई भेट्टाए ।
\v 17 तिनीहरूले उहाँलाई देखेपछि, यस बालकको बारेमा तिनीहरूलाई बताइएका कुरा तिनीहरूले बताए ।
\v 18 गोठालाहरूद्वारा भनिएका कुरा सुन्‍नेहरू जति सबै जना आश्‍चर्य चकित भए ।
\v 19 तर मरियमले सुनेका यी सबै कुराहरू आफ्नो मनमै राख्दै सोचिरहिन् ।
\v 20 गोठालाहरूले आफूहरूलाई भनिएअनुसार आफूहरूले सुनेका र देखेका हरेक कुराका निम्ति परमेश्‍वरलाई महिमा दिंदै र प्रशंसा गर्दै तिनीहरू फर्के ।
\p
\v 21 आठौं दिनपछि उहाँको खतना हुँदा उहाँको नाउँ येशू राखियो, जुन नाउँ उहाँ गर्भमा आउनुभन्दा अगि स्वर्गदूतद्वारा उहाँलाई दिइएको थियो ।
\p
\v 22 मोशाको व्यवस्थाअनुसार तोकिएका शुद्धिकरणका दिनहरू सकिएपछि, तिनीहरूले उहाँलाई परमप्रभुकहाँ हाजिर गराउन यरूशलेमको मन्दिरमा ल्याए ।
\v 23 परमप्रभुको व्यवस्थामा लेखिएझैं “पहिलो जन्मेको प्रत्येक पुरुष परमप्रभुको निम्ति अलग गरिनेछ ।”
\v 24 अनि तिनीहरूले परमप्रभुको व्यवस्थामा भनेअनुसार “एक जोड ढुकुर वा दुईवटा परेवाका बचेरा" बलिदान चढाए ।”
\p
\v 25 हेर, यरूशलेममा एक जना सिमियोन नाउँ गरेका मानिस थिए, र यी मानिस धर्मी र ईश्‍वरभक्‍त थिए । तिनले इस्राएलको सान्त्वनाको प्रतीक्षा गरिरहेका थिए, र पवित्र आत्मा तिनीमाथि हुनुहुन्थ्‍यो ।
\v 26 पवित्र आत्माद्वारा तिनलाई यो प्रकट गरिएको थियो कि परमप्रभुका ख्रीष्‍टलाई नदेखेसम्म तिनको मृत्यु हुनेछैन ।
\v 27 आत्माको अगुवाइमा शिमियोन मन्दिरभित्र आए । जब व्यवस्था अनुसारको विधि गर्नलाई आमाबुबाले बालक येशूलाई मन्दिरमा ल्याए,
\v 28 तब शिमियोनले उहाँलाई हातमा लिएर परमेश्‍वरको प्रशंसा गरे र तिनले भने,
\v 29 "अब हे परमप्रभु, तपाईंको वचनअनुसार आफ्नो दासलाई शान्‍तिसँग बिदा दिनुहोस् ।"
\q1
\v 30 किनकि मेरा आँखाले तपाईंको उद्धारलाई देखेका छन्,
\v 31 जुन तपाईंले सबै मानिसहरूको उपस्थितिमा तयार गर्नुभएको छः
\v 32 अन्यजातिहरूका लागि प्रकाशको निम्ति ज्योति, र इस्राएल, तपाईंका मानिसहरूका लागि महिमा"
\v 33 उहाँका बुबा र आमा \f + \ft केही प्राचीन ग्रीक प्रतिलिपिहरूमा उहाँका बुबा, \fqa योसेफ \fqa* भनेर खण्डमा राखिएको छ; र केहीमा आमालाई उल्लेख गरिएको छैन । अधिक विश्‍वसनीय प्रतिलिपिहरूमा \fqa उहाँका बुबा र आमा \fqa* छ । \f* उहाँको विषयमा भनिएका कुरामा अचम्मित भए ।
\v 34 शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए र उहाँकी आमा मरियमलाई भने, “हेर, यो बालक इस्राएलमा भएका धेरै मानिसहरूको पतन र उत्थानका निम्ति र अस्वीकार गरिएको चिन्‍हको निम्ति नियुक्‍त गरिएको छ—
\v 35 र तरवारले तिम्रो आफ्नै प्राण छेड्नेछ— ताकि धेरैका हृदयका विचारहरू प्रकट होऊन् ।”
\p
\v 36 त्यहाँ एक जना हन्‍ना नामकी अगमवादिनी थिइन् । तिनी आशेर कुलकी फनुएलकी छोरी थिइन् । तिनी धेरै वृद्ध थिइन् । तिनी विवाहपछि सात वर्षसम्म आफ्ना पतिसँग बसेकी थिइन्,
\v 37 अनि तिनी चौरासी वर्ष विधवा नै रहिन् । तिनले मन्दिर कहिल्यै छोडिनन् तर प्रार्थना र उपवास गर्दै दिनरात सेवा गर्दै थिइन् ।
\v 38 त्यही समयमा तिनी तिनीहरूका नजिक आइन् र परमेश्‍वरलाई धन्यवाद चढाउन थालिन्, र यरूशलेमको उद्धार पर्खिरहेका हरेकलाई तिनले बालकको बारेमा बताइन् ।
\p
\v 39 परमप्रभुको व्यवस्थाले बताएबमोजिम जब तिनीहरूले सबै काम सिद्धयाए, तिनीहरू आफ्नै सहर गालीलको नासरतमा फर्के ।
\v 40 बालक बढ्दै, बलियो हुँदै र बुद्धिमा परिपूर्ण हुँदै जानुभयो, र परमेश्‍वरको अनुग्रह उहाँमाथि थियो ।
\p
\v 41 उहाँका आमाबुबा निस्तार-चाडको निम्ति हरेक वर्ष यरूशलेम जान्थे ।
\v 42 जब उहाँ बाह्र वर्षको हुनुभयो, उहाँहरू सधैंझैं चाडको निम्ति फेरि जानुभयो ।
\v 43 चाडको निम्ति पूरै दिनहरू त्यहाँ बसेपछि उहाँहरू घर फर्कन थाल्नुभयो । तर बालक येशू यरूशलेममा नै रहनुभयो, र उहाँका आमाबुबाले त्यो थाहा पाएनन् ।
\v 44 तिनीहरूले उहाँ तिनीहरूसँगै यात्रा गर्ने दलमा हुनुहुन्छ भनी ठाने, त्यसैले तिनीहरूले एक दिनको यात्रा गरे । त्यसपछि तिनीहरूले उहाँलाई नातेदार र साथीहरूको बीचमा खोज्‍न थाले ।
\v 45 जब तिनीहरूले उहाँलाई भेट्टाएनन्, तिनीहरू यरूशलेममा फर्के र त्यहाँ उहाँलाई खोज्‍न थाले ।
\v 46 तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूको बिचमा बसेर तिनीहरूलाई सुन्दै र प्रश्‍न गर्दै गरेको भेट्टाए ।
\v 47 जतिले उहाँका कुरा सुने, उहाँको समझशक्‍ति र जवाफमा आश्‍चर्य चकित भए ।
\v 48 जब तिनीहरूले उहाँलाई देखे, तब तिनीहरू अचम्मित भए । उहाँकी आमाले उहाँलाई भनिन् “छोरा, तिमीले हामीसँग यस्तो किन गर्‍यौ? हेर! तिम्रा बुबा र मैले कति चिन्तित हुँदै तिमीलाई खोजिरहेका थियौं ।”
\v 49 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तपाईंहरूले मलाई किन खोजिरहनुभएको? म मेरा पिताको घरमा हुनुपर्छ भनेर के तपाईंहरूलाई थाहा थिएन?”
\v 50 तर उहाँले तिनीहरूलाई भन्‍नुभएको कुरा तिनीहरूले बुझेनन् ।
\v 51 त्यसपछि उहाँ तिनीहरूसँग आफ्नो घर नासरत फर्कनुभयो र तिनीहरूका आज्ञाकारी भई रहनुभयो । उहाँकी आमाले यी सबै कुरा मनमै राखिन् ।
\p
\v 52 तर येशू बुद्धिमा, कदमा र परमेश्‍वर अनि मानिसको निगाहमा निरन्तर बढ्दै जानुभयो ।
\c 3
\cl अध्याय ३
\p
\v 1 कैसर तिबेरियसको शासनकालको पन्ध्रौं वर्षमा—जति बेला पन्तियस पिलातस यहूदियाका हाकिम थिए, हेरोद गालीलका शासक, तिनका भाइ फिलिप इतुरिया र त्राखोनितिस क्षेत्रका शासक थिए, र लुसानियास अबिलेनेका शासक थिए ।
\v 2 हन्‍नास र कैयाफा प्रधान पूजाहारी भएको समयमा—जकरियाका छोरा यूहन्‍नाकहाँ उजाड-स्थानमा परमेश्‍वरको वचन आयो ।
\v 3 तिनी पाप क्षमाका निम्ति पश्‍चातापको बप्‍तिस्माको प्रचार गर्दै यर्दन नदी वरपरिका सबै क्षेत्रहरूमा हिंडे ।
\v 4 जसरी यशैया अगमवक्‍ताको वचनको पुस्तकमा लेखिएको छ, “उजाड-स्थानमा एक जना कराउनेको आवाज, 'परमप्रभुको बाटो तयार पार, उहाँका मार्गहरू सोझो बनाओ ।
\q1
\v 5 हरेक उपत्यका पुरिनेछ, हरेक पहाड र डाँडाहरू समतल पारिनेछ, बाङ्गा बाटाहरू सोझो हुन आउनेछन् र अप्ठेरा बाटाहरू सम्‍म हुन आउनेछन् ।
\q1
\v 6 सबै प्राणीहरूले परमेश्‍वरको उद्धारलाई देख्‍नेछन् ।”
\p
\v 7 यसकारण यूहन्‍नाले आफूकहाँ बप्‍तिस्‍मा लिन आइरहेका भीडहरूलाई भने, “हे विषालु सर्पका सन्तान हो, कसले तिमीहरूलाई आउँदै गरेको क्रोधबाट भाग्‍नलाई चेताउनी दियो?
\v 8 यसकारण पश्‍चात्ताप योग्यका फल फलाओ, र आफ्नो मनमा "हाम्रा पिता त अब्राहाम हुन्" भन्‍नतिर नलाग, किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरले यी चट्टानहरूबाट अब्राहामको निम्ति सन्तान खडा गर्न सक्‍नुहुन्छ ।
\v 9 अहिले रूखहरूको जरामा बन्चरो परिसकेको छ । त्यसैले असल फल नफलाउने हरेक रूख काटिन्छ र आगोमा फालिन्छ ।”
\p
\v 10 तब भीडहरूले यसो भन्दै सोधिरहे, “त्यसो भए हामीले के गर्ने त?”
\p
\v 11 तिनले तिनीहरूलाई जवाफ दिएर भने, “यदि कसैसँग दुई जोर दौरा छन् भने त्यसले नहुने व्यक्तिलाई दिनुपर्छ, र जससँग खानेकुरा छ, त्यसले पनि त्यस्तै गर्नुपर्छ ।”
\p
\v 12 कर उठाउनेहरू पनि बप्‍तिस्मा लिन आए, र तिनीहरूले तिनलाई भने, “गुरुज्यू, हामीले के गर्नुपर्छ नि?”
\p
\v 13 तिनले तिनीहरूलाई जवाफ दिए, “तिमीहरूलाई उठाउन भनिएको भन्दा बढी पैसा नउठाउनू ।”
\p
\v 14 केही सिपाहीहरूले पनि यसो भन्‍दै सोधे, “हाम्रो बारेमा नि? हामीले चाहिं के गर्नुपर्छ?” तिनले तिनीहरूलाई भने, “कसैबाट जबरजस्ती पैसा नलेओ र कसैलाई पनि झुटो दोष नलगाओ ।आफ्ना तलबमा नै सन्तुष्‍ट होओ ।”
\v 15 अब जसै मानिसहरूले ख्रीष्‍ट आउनुहुन्छ भनेर उत्सुकतासाथ प्रतीक्षा गरिरहेका थिए, सबैले मनमा यूहन्‍नाको विषयमा, कतै यिनी नै ख्रीष्‍ट हुन् कि भनेर विचार गरिरहेका थिए ।
\v 16 यूहन्‍नाले सबैलाई यसो भन्दै जवाफ दिए, “म त तिमीहरूलाई पानीले बप्‍तिस्मा दिन्छु, तर एकजना आउँदै हुनुहुन्छ जो मभन्दा शक्‍तिशाली हुनुहुन्छ, र म उहाँको जुत्ताको फित्ता फुकाल्न पनि योग्यको छैनँ । उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्‍तिस्मा दिनुहुनेछ ।
\v 17 उहाँको खला राम्ररी सफा गर्न र गहूँलाई उहाँको भण्डारमा जम्मा गर्नलाई उहाँको हातमा निफन्‍ने नाङ्लो छ । तर उहाँले भुसलाई चाहिं कहिल्यै ननिभ्ने आगोमा जलाउनुहुनेछ ।
\p
\v 18 यूहन्‍नाले मानिसहरूलाई धेरै अर्ती दिंदै सुसमाचार प्रचार गरे ।
\v 19 जब शासक हेरोदले आफ्नो भाइकी पत्‍नी हेरोदियासलाई विवाह गरेको निम्ति र तिनले गरेका अन्य खराबीहरूका निम्ति पनि हप्की पाए,
\v 20 यी सबैमा तिनले यो पनि थपे, कि तिनले यूहन्‍नालाई जेलमा हाले ।
\v 21 जब सबै मनिसहरूले बप्तिस्मा लिए, येशूले पनि बप्‍तिस्‍मा लिनुभयो र उहाँले प्रार्थना गरिरहनुहुँदा, स्‍वर्ग खुल्यो,
\v 22 र पवित्र आत्मा शारीरिक रूपमा ढुकुर जस्तै उहाँमाथि ओर्लनुभयो, र स्वर्गबाट यस्तो आवाज आयो, “तिमी मेरा पुत्र हौ जसलाई म प्रेम गर्छु। म तिमीसँग प्रसन्‍न छु ।”
\v 23 येशूले आफ्नो सेवकाई सुरु गर्नुहुँदा उहाँ तीस वर्षको हुनुहुन्थ्यो । उहाँ योसेफका छोरा (जस्तो सोचिएको थियो) हुनुहुन्थ्यो, एलीका छोरा योसेफ,
\v 24 मत्तातका छोरा एली, लेवीका छोरा मत्तात, मल्कीका छोरा लेवी, यान्‍नाका छोरा मल्की, योसेफका छोरा यान्‍ना थिए ।
\v 25 मत्ताथियासका छोरा योसेफ, आमोसका छोरा मत्ताथियास, नहूमका छोरा आमोस, इसलीका छोरा नहूम, नग्गैका छोरा इसली,
\v 26 माथका छोरा नग्गै, मत्ताथियासका छोरा माथ, सेमैनका छोरा मत्ताथियास, योसेखका छोरा सेमैन, योदाका छोरा योसेख थिए ।
\v 27 योआनानका छोरा योदा, रेसाका छोरा योआनान, यरुबाबेलका छोरा रेसा, शालतिएलका छोरा यरुबाबेल, नेरीका छोरा शालतिएल,
\v 28 मल्कीका छोरा नेरी, अद्दीका छोरा मल्की, कोसामका छोरा अद्दी, एलमादमका छोरा कोसाम, एर‍्का छोरा एलमादम,
\v 29 यहोशूका छोरा एर्, एलीएजरका छोरा यहोशू, योरीमका छोरा एलीएजर, मत्तातका छोरा योरीम, लेवीका छोरा मत्तात थिए ।
\v 30 शिमियोनका छोरा लेवी, यहूदाका छोरा शिमियोन, योसेफका छोरा यहूदा, योनानका छोरा योसेफ, एल्याकीमका छोरा योनान,
\v 31 मलेआका छोरा एल्याकीम, मिन्‍नाका छोरा मलेआ, मत्ताथाका छोरा मिन्‍ना, नातानका छोरा मत्ताथा, दाऊदका छोरा नातान,
\v 32 यिशैका छोरा दाऊद, ओबेदका छोरा यिशै, बोअजका छोरा ओबेद, सल्मोनका छोरा बोअज, नहशोनका छोरा सल्मोन थिए ।
\v 33 अम्मीनादाबका छोरा नहशोन, आरामका छोरा अम्मीनादाब, अरनीका छोरा आराम, हेस्रोनका छोरा अरनी, फारेसका छोरा हेस्रोन, यहूदाका छोरा फारेस,
\v 34 याकूबका छोरा यहूदा, इसहाकका छोरा याकूब, अब्राहामका छोरा इसहाक, तेरहका छोरा अब्राहाम, नाहोरका छोरा तेरह,
\v 35 सरूगका छोरा नाहोर रऊका छोरा सरूग, पेलेगका छोरा रऊ, एबेरका छोरा पेलेग, शेलहका छोरा एबेर थिए ।
\v 36 केनानका छोरा शेलह, अर्पक्षदका छोरा केनान, शेमका छोरा अर्पक्षद, नोआका छोरा शेम, लेमेखका छोरा नोआ,
\v 37 मतूशेलहका छोरा लेमेख, हनोकका छोरा मतूशेलह, येरेदका छोरा हनोक, महलालेलका छोरा येरेद, केनानका छोरा महलालेल,
\v 38 एनोशका छोरा केनान, शेतका छोरा एनोश, आदमका छोरा शेत, आदम परमेश्‍वरका छोरा थिए ।
\c 4
\cl अध्याय ४
\p
\v 1 तब येशू पवित्र आत्माले भरिएर यर्दन नदीबाट फर्कनुभयो, अनि आत्माद्वारा उजाड-स्थानमा डोर्‍याइनुभयो,
\v 2 जहाँ उहाँ चालिस दिनसम्म शैतानद्वारा परीक्षामा पर्नुभयो । ती दिनहरूमा उहाँले केही खानुभएन, र त्‍यो समयको अन्त्‍यमा उहाँ भोकाउनुभयो ।
\v 3 तब शैतानले येशूलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने यो ढुङ्गालाई रोटी हुन आज्ञा दिनुहोस् ।”
\p
\v 4 येशूले त्यसलाई जवाफ दिनुभयो, “लेखिएको छ, मानिस रोटीले मात्र बाँच्‍दैन ।”
\p
\v 5 त्यसपछि शैतानले उहाँलाई उच्‍च स्थानमा लगेर संसारका सबै राज्यहरूलाई छिनभरमै देखायो ।
\v 6 शैतानले उहाँलाई भन्यो, “म यी सबै अधिकार र यिनको गौरव तपाईंलाई दिनेछु, किनकि यी मलाई दिइएको छ, र म जसलाई चाहन्छु यो त्यसलाई दिन सक्छु ।
\v 7 यसकारण यदि तपाईंले मलाई दण्डवत् गर्नुभयो र मेरो आराधना गर्नुभयो भने, यी तपाईंकै हुनेछन् ।”
\p
\v 8 तर येशूले जवाफ दिनुभयो र त्‍यसलाई भन्‍नुभयो, “लेखिएको छ, तैंले परमप्रभु आफ्ना परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू ।”
\p
\v 9 त्यसपछि शैतानले येशूलाई यरूशलेममा लग्यो र मन्‍दिरको टुप्‍पामा राख्यो र उहाँलाई भन्यो, “यदि तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट तल हाम्फाल्नुहोस् ।
\v 10 किनकि लेखिएको छ, 'तिम्रो रक्षा गर्न उहाँले आफ्ना स्‍वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,
\v 11 'अनि तिनीहरूले तिमीलाई हात हातै थाम्‍नेछन्, ताकि तिम्रो खुट्टा ढुङ्गामा ठोकिने छैन' ।”
\p
\v 12 त्यसलाई जवाफ दिंदै येशूले भन्‍नुभयो, “यस्तो भनिएको छ, तैंले परमप्रभु आफ्ना परमेश्‍वरको परीक्षा नगर्नू ।”
\p
\v 13 शैतानले येशूको परीक्षा गरिसकेपछि त्यो गयो र अर्को समय सम्मको लागि उहाँलाई छोड्‍यो ।
\p
\v 14 त्यसपछि आत्माको शक्‍तिमा येशू गालील फर्कनुभयो र उहाँको विषयको खबर वरिपरिका सबै क्षेत्रहरूमा फैलियो ।
\v 15 त्यसपछि उहाँले तिनीहरूका सभाघरहरूमा शिक्षा दिन लाग्‍नुभयो र हरेकले उहाँको प्रशंसा गरे ।
\p
\v 16 उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो, र उहाँको रीतिअनुसार उहाँ विश्रामको दिनमा सभाघरमा प्रवेश गर्नुभयो र ठुलो स्‍वरमा पढ्‍नलाई खडा हुनुभयो ।
\v 17 उहाँलाई यशैया अगमवक्‍ताको चर्मपत्रको मुट्ठो दिइयो । उहाँले चर्मपत्रको मुट्ठो खोल्नुभयो र यो लेखिएको ठाउँ भेट्टाउनुभयो,
\v 18 “परमप्रभुको आत्मा ममाथि छ, किनभने उहाँले मलाई गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति अभिषेक गर्नुभयो । उहाँले कैदीहरूलाई छुटकाराको घोषणा गर्न, अन्धाहरूलाई द‍ृष्‍टि दिन, अन्यायमा परेकाहरूलाई स्वतन्‍‍त्रता प्रदान गर्न,
\v 19 र परमप्रभुको निगाहको वर्ष घोषणा गर्न मलाई पठाउनुभएको छ ।”
\p
\v 20 त्यसपछि उहाँले चर्मपत्रको मुट्ठो बन्‍द गर्नुभयो, सेवकलाई फिर्ता गर्नुभयो र बस्‍नुभयो । सभाघरमा भएका सबैको नजर उहाँमाथि पर्‍यो ।
\v 21 उहाँले तिनीहरूलाई भन्‍न लाग्‍नुभयो, “आज धर्मशास्‍‍त्रको यो वचन तिमीहरूले सुन्दा सुन्दै पूरा भएको छ ।”
\p
\v 22 त्यहाँ भएका सबैजनाले उहाँको सराहना गरे र उहाँको मुखबाट निस्केको अनुग्रही वचनप्रति तिनीहरू आश्‍चर्य चकित भए, र तिनीहरूले सोधे, “के यिनी योसेफका छोरा होइनन् र?"
\p
\v 23 येशूले तिनीहरूलाई भन्‍नुभयो, “निश्‍चय नै तिमीहरूले मलाई यो उखान भन्‍नेछौ, 'ए वैद्य आफैंलाई निको पार । कफर्नहुममा जे-जति कामहरू तिमीले गर्‍यौ भन्‍ने हामीले सुन्‍यौं, तिम्रो आफ्नो सहरमा पनि त्यस्तै गर' ।”
\v 24 तर उहाँले भन्‍नुभयो, "साँच्‍चै म तिमीहरूलाई भन्दछु, कुनै पनि अगमवक्‍तालाई आफ्नै सहरमा स्वीकार गरिंदैन ।
\v 25 तर सत्यतामा म तिमीहरूलाई भन्दछु, तीन वर्ष छ महिनासम्म स्वर्गको ढोका बन्द गरी वृष्‍टि रोकिंदा र सारा भूमीमा ठुलो अनिकाल पर्दा एलियाको समयमा इस्राएलमा धेरै विधवाहरू थिए ।
\v 26 तर एलियालाई अरू कसैकहाँ नपठाई सिदोन देशको सारपतमा बस्‍ने विधवाकहाँ पठाइयो ।
\v 27 अगमवक्‍ता एलीशाको समयमा इस्राएलमा धेरै कुष्‍ठरोगीहरू थिए, तर सिरियाली नामानबाहेक अरू कोही पनि निको पारिएन ।
\v 28 जब सभाघरमा भएका सबै मानिसहरूले यी कुराहरू सुने, तब तिनीहरू रिसले चूर भए ।
\v 29 तिनीहरू उठे, उहाँलाई सहरको बाहिर निकाले, र पहाड टाकुरामा बसालिएको तिनीहरूको सहरमा लगे, ताकि तिनीहरूले उहाँलाई टाकुराबाट खसाल्न सकून् ।
\v 30 तर उहाँ तिनीहरूका बीचबाट निस्कनुभयो र उहाँ अर्को ठाउँ जानुभयो ।
\p
\v 31 त्यसपछि उहाँ गालील सहरको कफर्नहुममा ओर्लनुभयो, र विश्रामको दिनमा उहाँले तिनीहरूलाई शिक्षा दिन थाल्नुभयो ।
\v 32 तिनीहरू उहाँको शिक्षामा आश्‍चर्य चकित भए, किनभने उहाँले अधिकारसहित बोल्नुभयो ।
\v 33 तब सभाघरमा एक जना अशुद्ध भूतात्मा भएको मानिस त्यहाँ थियो, र त्यो ठुलो स्वरले चिच्यायो,
\v 34 “हे नासरतका येशू, हामीहरूको तपाईंसँग के सरोकार? के तपाईं हामीलाई नाश गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी मलाई थाहा छ—तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ!”
\p
\v 35 येशूले दुष्‍टात्मालाई यसो भन्दै हकार्नुभयो, “चुप लाग्! त्यसबाट बाहिर निस्केर आइज!” भूतात्माले त्यसलाई तिनीहरूको बीचमा लडाएपछि त्यो त्यसबाट निस्केर आयो, र त्यसलाई कुनै पनि हानि गरेन ।
\p
\v 36 सबै मानिसहरू अति आश्‍चर्य चकित भए, र तिनीहरूले त्यसको बारेमा एक अर्का सित कुराकानी गरिरहे । तिनीहरूले भने, "यी कस्ता वचनहरू हुन्? यिनले अशुद्ध आत्माहरूलाई अधिकार र शक्‍तिसाथ आज्ञा गर्छन् र ती बाहिर निस्केर आउँछन्?”
\v 37 उहाँको विषयमा भएका समाचारहरू वरिपरिका सबै क्षेत्रमा चारैतिर फैलिन लाग्‍यो ।
\p
\v 38 त्यसपछि येशू सभाघरबाट निस्कनुभयो र सिमोनको घरमा पस्‍नुभयो । सिमोनकी सासुलाई उच्‍च ज्वरोले सताएको थियो, र तिनीहरूले तिनको निम्ति उहाँसँग बिन्ती गरे ।
\v 39 त्यसैले उहाँ तिनको छेउमा उभिनुभयो, र ज्वरोलाई हकार्नुभयो, र त्यसले तिनलाई छोड्‍यो । तिनी तुरुन्तै उठिन् र उहाँहरूको सेवा गर्न थालिन् ।
\p
\v 40 सूर्य अस्ताउँदै गर्दा मानिसहरूले धेरै प्रकारका रोग लागेका बिरामीहरू सबैलाई येशूकहाँ ल्याए । उहाँले तिनीहरू हरेकमाथि आफ्नो हात राख्‍नुभयो र तिनीहरूलाई निको पार्नुभयो ।
\v 41 तिनीहरूमध्ये धेरैबाट भूतात्माहरू चिच्याउँदै र यसो भन्‍दै बाहिर निस्के, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ!” येशूले भूतात्माहरूलाई हकार्नुभयो र तिनीहरूलाई बोल्न दिनुभएन, किनभने उहाँ ख्रीष्‍ट हुनुहुन्थ्यो भनी तिनीहरूलाई थाहा थियो ।
\p
\v 42 जब बिहान भयो, उहाँ निस्‍केर एकान्त ठाउँमा जानुभयो । मानिसका भीडहरूले उहाँलाई खोजी राखेको थिए र उहाँ हुनुभएको ठाउँमा आए । तिनीहरूले उहाँलाई तिनीहरूबाट जानदेखि रोक्‍ने कोसिस गरे ।
\v 43 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले अरू धेरै सहरहरूमा पनि परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नैपर्छ, किनभने म यहाँ पठाइनुको कारण यही हो ।”
\v 44 त्यसपछि यहूदियाभरका सभाघरहरूमा उहाँले निरन्तर प्रचार गर्नुभयो ।
\c 5
\cl अध्याय ५
\p
\v 1 जब मानिसहरू येशूको वरिपरि ठेलमठेल गर्दै र परमेश्‍वरको वचन सुन्‍दै थिए, येशू गनेसरेतको तालमा उभिरहनुभएको थियो ।
\v 2 उहाँले तालको किनारमा दुईवटा डुङ्गा राखिएको देख्‍नुभयो । मछुवाहरू बाहिर निस्‍केका र आफ्ना जालहरू धोइरहेका थिए ।
\v 3 येशू तीमध्ये एउटा डुङ्गामा चढ्नुभयो जुनचाहिं सिमोनको थियो, र उहाँले तिनलाई जमिनभन्दा पर पानी भएको ठाउँमा त्यसलाई लैजान भन्‍नुभयो । त्यसपछि उहाँ बस्‍नुभयो र डुङ्गाबाटै मानिसहरूलाई शिक्षा दिनुभयो ।
\v 4 उहाँले बोलिसक्‍नुभएपछि सिमोनलाई भन्‍नुभयो, “डुङ्गालाई अझै गहिरो पानीतिर लैजाऊ र माछाहरू समात्‍नलाई तिम्रा जाल हान ।”
\p
\v 5 सिमोनले जवाफ दिएर भने, “प्रभु, हामीले रातभरि मेहनत गर्‍यौं, र केहीपनि पक्रन सकेनौं, तरै पनि तपाईं भन्‍नुहुन्छ भने म जाल हान्‍नेछु ।”
\v 6 तिनीहरूले यसो गरेपछि तिनीहरूले धेरै सङ्ख्यामा माछाहरू बटुले, र तिनीहरूका जाल फाटिरहेका थिए ।
\v 7 त्यसैले तिनीहरूले अर्को डुङ्गाका साथीहरूलाई सहयोग गर्न आउनको लागि इसारा गरे । तिनीहरू आए र दुवै डुङ्गा भरे, जसको कारण ती डुब्‍न थाले ।
\v 8 तर सिमोन पत्रुसले यो देखेर येशूको अगाडि यसो भन्दै घुँडा टेके, “हे प्रभु, मबाट टाढा जानुहोस् किनकि म पापी मानिस हुँ ।”
\v 9 आफूले पक्रेका माछाहरू देखेर तिनी र तिनीसँग भएका सबै जना आश्‍चर्य चकित भए ।
\v 10 त्यसै गरी जब्दियाका छोराहरू याकूब र यूहन्‍ना पनि चकित भए, जो सिमोनसँग साझेदार थिए । येशूले सिमोनलाई भन्‍नुभयो, “नडराऊ, किनभने अबदेखि तिमीले मानिसहरू पक्रनेछौ ।”
\v 11 तिनीहरूले आफ्ना डुङ्गालाई जमिनमा ल्याएपछि तिनीहरूले सबै छोडेर उहाँको पछि लागे ।
\p
\v 12 जब उहाँ सहरहरूमध्ये एउटामा हुनुहुन्थ्यो, कुष्‍ठरोगले भरिएको एउटा मानिस त्यहाँ थियो । जब त्यसले येशूलाई देख्यो, त्यो घोप्‍टो पर्‍यो र यसो भन्‍दै उहाँलाई बिन्ती गर्‍यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्‍नुहुन्छ ।”
\p
\v 13 त्यसपछि येशूले हात पसार्नुभयो र यसो भन्दै त्यसलाई छुनुभयो, “म इच्छा गर्छु । तिमी शुद्ध होऊ ।” अनि तत्कालै कुष्‍ठरोगले त्यसलाई छोड्‍यो ।
\v 14 उहाँले यो कुरा कसैलाई नभन्‍नू भनी आज्ञा गर्नुभयो तर त्यसलाई भन्‍नुभयो, "आफ्नो बाटो लाग र आफैँलाई पूजाहारीकहाँ देखाऊ, र मोशाको व्यवस्थाबमोजिम तिम्रो शुद्धताको लागि तिनीहरूलाई गवाही दिन बलि चढाऊ ।"
\v 15 तर उहाँको विषयमा कुराहरू अझै परसम्म फैलियो, र मानिसका ठुला भीडहरू उहाँको शिक्षा सुन्‍नलाई र आ-आफ्नो बिमारीपनबाट निको हुनलाई एकसाथ आए ।
\v 16 तर उहाँ प्रायः एकान्त ठाउँतिर जानुहुन्थ्यो र प्रार्थना गर्नुहुन्थ्यो ।
\p
\v 17 एक दिन उहाँले शिक्षा दिइरहनुभएको बेलामा, त्यहाँ फरिसीहरू र व्यवस्‍थाका शिक्षकहरू पनि बसिरहेका थिए, जो गालील र यहूदियाका हरेक गाउँबाट अनि यरूशलेमबाट आएका थिए । निको पार्नका लागि उहाँसँग परमप्रभुको शक्‍ति थियो ।
\v 18 अब केही मानिसहरूले एक जना मानिसलाई गुन्‍द्रीमा बोकेर ल्याए जो पक्षाघती थिए, र तिनीहरूले त्यसलाई येशूको अगाडि राख्‍नको लागि भित्र ल्याउने बाटो खोजे ।
\v 19 भीडको कारणले गर्दा तिनीहरूले त्यसलाई भित्र ल्याउने बाटो पाएनन्, त्यसैले तिनीहरू छानामाथि चढे र त्यस मानिसलाई छानाबाट तल, त्यसको गुन्द्रीमा, मानिसहरूको माझमा, येशूकै अगाडि झारे ।
\v 20 तिनीहरूको विश्‍वासलाई देखेर येशूले भन्‍नुभयो, “हे मानिस, तिम्रा पाप तिमीलाई क्षमा भएका छन् ।”
\p
\v 21 शास्‍‍त्री र फारिसीहरूले यसो भन्दै प्रश्‍न गर्न थाले, “ईश्‍वर-निन्दा गर्ने यो को हो? परमेश्‍वरबाहेक कसले पापको क्षमा दिन सक्छ?”
\p
\v 22 तर येशूले तिनीहरूले के सोचिरहेका थिए भनी जानेर जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफ्ना हृदयमा किन यस्तो प्रश्‍न गरिरहेका छौ?
\v 23 कुन कुरा भन्‍न सजिलो छ, ‘तिम्रा पाप तिमीलाई क्षमा भएका छन्' भन्‍नु कि 'उठ र हिंड' भन्‍नु?
\v 24 तर तिमीहरूलाई थाहा होस् कि मानिसका पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ,"—उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो—"म तिमीलाई भन्दछु, उठ, तिम्रो गुन्द्री उठाऊ र आफ्नो घर जाऊ ।”
\v 25 त्यो तुरुन्तै तिनीहरूको सामुन्‍ने उठ्‍यो र त्यो सुतिरहेको गुन्द्री उठायो । त्यसपछि त्यो परमेश्‍वरको महिमा गर्दै आफ्नो घरतर्फ लाग्यो ।
\p
\v 26 सबै जना अचम्मित भए, र तिनीहरूले परमेश्‍वरलाई महिमा दिए । तिनीहरू डरले भरिएर भने, “आज हामीले असाधारण काम देखेका छौं ।
\p
\v 27 यी कुराहरू भएपछि येशू त्यहाँबाट जानुभयो र लेवी नाउँ गरेको कर उठाउनेलाई कर उठाउने पालमा बसिरहेको देख्‍नुभयो । उहाँले तिनलाई भन्‍नुभयो, “मलाई पछ्‍याऊ ।”
\v 28 त्यसैले लेवीले सबै थोक छाडेर उठे अनि उहाँलाई पछ्‍याए ।
\p
\v 29 तब लेवीले येशूको निम्ति आफ्नो घरमा एउटा ठुलो भोज दिए । त्यहाँ धेरै जना कर उठाउनेहरू र अरू मानिसहरू थिए, जो टेबुलमा अडेस लगाएर तिनीहरूसँगै खाइरहेका थिए ।
\v 30 तर फरिसीहरू र तिनीहरूका शास्‍‍त्रीहरूले उहाँका चेलाहरूसँग यसो भन्दै गुनासो गरिरहेका थिए, “तिमीहरू किन कर उठाउनेहरू र पापीहरूसँग खानपिन गर्छौ?”
\p
\v 31 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “निरोगी मानिसलाई वैद्यको आवश्यकता पर्दैन; तर बिरामीहरूलाई मात्र ।
\v 32 म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्‍चात्तापको निम्ति बोलाउन आएको हुँ ।"
\p
\v 33 तिनीहरूले उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू प्रायः उपवास बस्छन् र प्रार्थना गर्छन् अनि फरिसीहरूका पनि त्यसै गर्छन् । तर तपाईंका चेलाहरू खान्छन् र पिउँछन् ।”
\p
\v 34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के कसैले दुलहा जन्तीको साथमा हुँदा तिनीहरूलाई उपवास बस्‍न लगाउन सक्छ?”
\v 35 तर तिनीहरूबाट दुलहालाई लगिने दिनहरू आउनेछन्, तब तिनीहरू ती दिनहरूमा उपवास बस्‍नेछन् ।”
\p
\v 36 त्यसपछि येशूले तिनीहरूलाई एउटा द‍ृष्‍टान्त पनि भन्‍नुभयो, “कसैले पनि नयाँ कपडाको टुक्रा च्यातेर पुरानो कपडामा टाल्‍नको लागि प्रयोग गर्दैन । यदि त्यसले त्यसो गर्छ भने त्यसले नयाँ कपडाको टुक्रालाई फटाउनेछ, र त्यो नयाँ कपडाको टुक्रा पुरानो कपडासँग मिल्दैन ।
\v 37 कसैले पनि पुरानो मशकमा नयाँ दाखमद्य हाल्दैन । यदि त्यसले त्यसो गर्छ भने नयाँ दाखमद्यले पुरानो मशकलाई फुटाउनेछ र दाखमद्य पोखिनेछ र मशक पनि नष्‍ट हुनेछ ।
\v 38 तर नयाँ दाखमद्य नयाँ मशकमा नै राख्‍नुपर्छ ।
\p
\v 39 पुरानो दाखमद्य पिएर कसैले पनि नयाँ दाखमद्यको चाह गर्दैन, किनकि त्यसले 'पुरानो नै असल छ' भन्छ ।"
\c 6
\cl अध्याय ६
\p
\v 1 अब विश्रामको दिनमा यस्तो भयो कि येशू अन्‍नको खेत भएर जाँदै हुनुहुन्थ्‍यो, र उहाँका चेलाहरूले अन्‍नका बाला टिप्दै, आफ्ना हातमा त्यसलाई माड्दै, र अन्‍न खाँदै थिए ।
\v 2 तर केही फरिसीहरूले भने, “किन तिमीहरू विश्रामको दिनमा जे गर्न उचित छैन त्यो गरिरहेका छौ?"
\p
\v 3 तिनीहरूलाई जवाफ दिंदै येशूले भन्‍नुभयो, “दाऊद र तिनीसँग भएका मानिसहरू भोकाएका बेला दाऊदले के गरे भनी तिमीहरूले पढेका छैनौ?
\v 4 तिनी परमेश्‍वरको भवनभित्र पसे र परमेश्‍वरको उपस्थितिको रोटी लिएर केही खाए र आफूसँग भएका मानिसहरूलाई पनि केही खान दिए जुन पूजाहारीहरूले मात्र खान उचित थियो ।”
\v 5 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र विश्रामको दिनको पनि प्रभु हुन् ।”
\p
\v 6 अर्को विश्रामको दिनमा यसो भयो कि उहाँ सभाघरभित्र जानुभयो र त्यहाँ भएका मानिसहरूलाई शिक्षा दिनुभयो । त्यहाँ दाहिने हात सुकेको एक जना मानिस थियो ।
\v 7 उहाँले विश्रामको दिनमा कसैलाई निको पार्नुहुन्छ कि हुन्‍न भनेर शास्‍‍त्रीहरू र फरिसीहरूले नजिकबाट उहाँलाई हेरिरहेका थिए, ताकि तिनीहरूले उहाँलाई दोष लगाउने कारण भेट्टाउन सकून् ।
\v 8 तर तिनीहरूले के सोचिरहेका थिए भनी उहाँलाई थाहा थियो, र हात सुकेको मानिसलाई उहाँले भन्‍नुभयो, “उठ र यहाँ सबैका बीचमा खडा होऊ ।” त्यसैले त्यो मानिस उठ्‍यो र त्यहाँ खडा भयो ।
\v 9 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई सोध्छु, विश्रामको दिनमा असल गर्नु वा खराब गर्नु, प्राण बचाउनु वा नाश गर्नु, कुन उचित हो?”
\v 10 तब उहाँले वरिपरि तिनीहरू सबैलाई हेर्नुभयो र त्यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात पसार ।” त्यसले त्यसै गर्‍यो, र त्यसको हात पहिलाको जस्तै भयो ।
\v 11 तर तिनीहरू रिसले चूर भए र तिनीहरूले येशूलाई के गर्न सक्छन् भनी एक अर्कामा कुराकानी गरे ।
\p
\v 12 ती दिनहरूमा उहाँ डाँडामा प्रार्थना गर्न जानुभयो । उहाँले परमेश्‍वरसँग रातभर निरन्तर प्रार्थना गर्नुभयो ।
\v 13 उज्यालो भइसकेपछि उहाँले आफ्‍ना चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो, र उहाँले तिनीहरूमध्येबाट बाह्र जनालाई चुन्‍नुभयो जसलाई उहाँले “प्रेरित” नाउँ पनि दिनुभयो ।
\v 14 प्रेरितहरूका नाउँहरू थिएः सिमोन (जसलाई उहाँले पत्रुस नाउँ पनि दिनुभयो), र तिनका दाजु अन्द्रियास, याकूब, यूहन्‍ना, फिलिप, बारथोलोमाइ,
\v 15 मत्ती, थोमा, अल्फयासका छोरा याकूब, सिमोन जसलाई उग्रपन्थी भनिन्थ्यो,
\v 16 याकूबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो एक धोकेबाज भयो ।
\p
\v 17 त्यसपछि येशू तिनीहरूसँगै डाँडाबाट तल ओर्लनुभयो र उहाँका चेलाहरूको ठुलो भीड र यहूदिया, र यरूशलेम, र सिदोन, र टुरोसको समुद्री तटका मानिसहरूको ठुलो भीडसँग उहाँ एउटा समथर ठाउँमा उभिनुभयो ।
\v 18 तिनीहरू उहाँका कुरा सुन्‍न र आ-आफ्ना रोगहरूबाट निको हुनलाई आएका थिए । अशुद्ध आत्माले सताइएका मानिसहरू पनि निको भए ।
\v 19 भीडमा भएका सबैले उहाँलाई छुन खोजिरहेका थिए, किनभने निको पार्ने शक्ति उहाँबाट निस्‍किरहेको थियो, र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो ।
\v 20 तब उहाँले आफ्ना चेलाहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “धन्य तिमीहरू जो दीन छौ, किनकि परमेश्‍वरको राज्य तिमीहरूकै हो ।
\v 21 धन्य तिमीहरू जो अहिले भोकाउँछौ, किनकि तिमीहरू तृप्‍त हुनेछौ । धन्य तिमीहरू जो अहिले रुन्छौ, किनकि तिमीहरू हाँस्‍नेछौ ।
\p
\v 22 धन्य हौ तिमीहरू, जब मानिसका पुत्रका खातिर मानिसहरूले तिमीहरूलाई घृणा गर्छन् र तिमीहरूलाई निकालिदिन्छन्, तिमीहरूलाई अपमान गर्छन् र दुष्‍ट ठानी तिमीहरूका नाउँ बहिस्कार गर्छन्,
\v 23 त्यस दिन रमाओ र आनन्दले उफ्र, किनभने स्वर्गमा तिमीहरूको इनाम ठुलो हुनेछ, किनकि तिनीहरूका पुर्खाहरूले पनि अगमवक्‍ताहरूलाई त्यसै गरे ।
\p
\v 24 तर धिक्‍कार तिमीहरू जो धनी छौ, किनकि तिमीहरूले आफ्ना सान्त्वना पाइसकेका छौ ।
\v 25 धिक्‍कार तिमीहरू जो अहिले तृप्‍त छौ, किनकि तिमीहरू पछि भोकाउनेछौ । धिक्‍कार तिमीहरू जो अहिले हाँस्‍छौ, किनकि तिमीहरू शोक गर्नेछौ र रुनेछौ ।
\v 26 धिक्‍कार तिमीहरू जब सबै मानिसहरूले तिमीहरूको असल बोल्‍छन्, किनकि तिनीहरूका पुर्खाहरूले झूटा अगमवक्‍ताहरूलाई पनि त्यसै गरे ।
\p
\v 27 तर म तिमीहरूलाई भन्दछु जसले सुनिरहेका छौ, आफ्ना शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई घृणा गर्नेहरूको भलाइ गर ।
\v 28 तिमीहरूलाई सराप्‍नेहरूलाई आशिष्‌‌ देओ र तिमीहरूलाई दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर ।
\v 29 तिम्रो एउटा गालामा जसले हिर्काउँछ त्यसलाई अर्को गाला पनि थापिदेऊ । यदि कसैले तिम्रो खास्‍टो खोस्‍छ भने त्यसलाई दौरा पनि दिन इन्कार नगर ।
\v 30 तिमीसँग माग्‍ने सबैलाई देऊ । यदि कसैले तिम्रो केही कुरा लैजान्छ भने त्यससँग त्यो फिर्ता नमाग ।
\v 31 मानिसहरूले तिमीहरूलाई जसो गरेको चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यस्तै गर्नुपर्छ ।
\p
\v 32 यदि तिमीहरूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने तिमीहरूलाई के लाभ हुन्छ र? किनकि पापीहरूले पनि आफूहरूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छन् ।
\v 33 यदि तिमीहरूलाई असल गर्नेहरूलाई मात्र असल गर्छौ भने तिमीहरूलाई के लाभ हुन्छ र? किनकि पापीहरूले पनि त त्यसै गर्छन् ।
\v 34 यदि तिमीहरूले ती मानिसहरूलाई मात्र ऋण दिन्छौ जसबाट तिमीहरूले फिर्ता पाउने आशा गर्छौ भने तिमीहरूलाई के लाभ हुन्छ र? उत्ति नै फिर्ता पाउनलाई पापीहरूले पनि पापीहरूलाई ऋण दिन्छन् ।
\v 35 तर आफ्‍ना शत्रुहरूलाई प्रेम गर र तिनीहरूको भलाइ गर । फेरि फिर्ता पाउने आशा नगरीकन ऋण देओ, र तिमीहरूको इनाम ठुलो हुनेछ, अनि तिमीहरू सर्वोच्‍चका छोराहरू हुनेछौ, किनकि उहाँ आफैं अधन्यवादी र दुष्‍टहरूप्रति कृपालु हुनुहुन्छ ।
\v 36 तिमीहरूका पिता कृपालु हुनुभएझैं तिमीहरू पनि कृपालु होओ ।
\p
\v 37 कसैको न्याय नगर र तिमीहरूको पनि न्याय गरिनेछैन । दोष नलगाओ र तिमीहरूलाई पनि दोष लाग्‍ने छैन । अरूहरूलाई क्षमा देओ र तिमीहरूलाई पनि क्षमा दिइनेछ ।
\v 38 देओ, र तिमीहरूलाई पनि दिइनेछ । प्रशस्त परिमाणमा— खाँदी-खाँदी, हल्लाई-हल्लाई, र पोखिने गरी—तिमीहरूका पोल्टामा खन्याउनेछन् । किनकि जुन नापले तिमीहरू नाप्‍तछौ, त्यही नापले तिमीहरूका निम्ति पनि नापिनेछ ।”
\p
\v 39 त्यसपछि उहाँले तिनीहरूलाई एउटा द‍ृष्‍टान्त पनि भन्‍नुभयो, “के एक जना अन्धा मानिसले अर्को अन्धा मानिसलाई डोर्‍याउन सक्छ? त्यसले त्यसो गर्‍यो भने के दुवै जना खाल्डोमा खस्दैनन् र?
\v 40 एउटा चेला आफ्नो गुरुभन्दा महान् हुँदैन, तर हरेकले जब पूरा तालिम प्राप्‍त गर्छ, तब त्यो आफ्नो गुरुजस्तै हुनेछ ।
\p
\v 41 तिमीले आफ्‍नो भाइको आँखामा भएको सानो कसिङ्गर किन देख्‍छौ, तर आफ्नै आँखामा भएको मुढाचाहिं किन थाहा पाउँदैनौ?
\v 42 तिमीले आफ्नै आँखामा भएको मुढा देख्दैनौ भने, तिमीले आफ्नो भाइलाई, 'भाइ मलाई तिम्रा आँखामा भएको कसिङ्गर निकाल्न देऊ' भनी कसरी भन्‍न सक्छौ? हे पाखण्डी हो! पहिले तिम्रा आँखाबाट मुढा निकाल, र तब तिमीले आफ्‍नो भाइको आँखामा भएको कसिङ्गर निकाल्न स्पष्‍टसँग देख्‍नेछौ ।
\p
\v 43 किनकि कुनै असल रूख छैन जसले कुहिएको फल फलाउँछ, न त कुहिएको रूख छ जसले असल फल फलाउँछ।
\v 44 किनकि प्रत्येक रूख त्यसले फलाउने फलबाट नै चिनिन्छ । किनकि काँडाको झाडीबाट मानिसहरूले अञ्‍जीर बटुल्दैनन्, न त तिनीहरूले काँडे पोथ्राबाट अङ्गुर बटुल्‍छन् ।
\v 45 असल मानिसले आफ्नो हृदयको भण्डारबाट असल कुरा निकाल्छ, र खराब मानिसले आफ्नो हृदयको भण्डारबाट खराब कुरा नै निकाल्छ । किनकि त्यसको हृदयको प्रशस्तबाट त्यसले आफ्नो मुखले बोल्छ ।
\p
\v 46 तिमीहरू मलाई किन 'प्रभु, प्रभु' भन्छौ, जब कि मैले भनेका कुराहरूचाहिं तिमीहरूले पालन गर्दैनौ?
\v 47 हरेक व्यक्‍ति जो मकहाँ आउँछ र मेरा वचनहरू सुन्छ र ती पालन गर्छ, त्यो कोजस्तो हो भनी म तिमीहरूलाई भन्‍नेछु ।
\v 48 त्यो एक जना घर बनाउने मानिसजस्तो हो, जसले जमिनमा गहिरो गरी खन्यो र घरको जग बलियो चट्टानमाथि बसाल्यो । जब बाढी आयो, तब जलप्रवाह त्यस घरमाथि ओइरियो, तर त्यसलाई हल्लाउन सकेन, किनभने त्यो राम्ररी बनाइएको थियो ।
\v 49 तर एक जना मानिस जसले मेरा वचनहरू सुन्छ र पालन गर्दैन, त्यो एउटा मानिस जस्तो हो जसले जमिनमाथि जगबिना घर बनायो । जलप्रवाह त्यस घरमाथि ओइरिंदा त्यो तुरुन्तै ढलिहाल्यो र त्यस घरको पूर्णरूपमा विनाश भयो ।
\c 7
\cl अध्याय ७
\p
\v 1 येशूले सुनिरहेका मानिसहरूलाई सबै कुरा भनिसक्‍नुभएपछि उहाँ कफर्नहुममा प्रवेश गर्नुभयो ।
\v 2 एउटा कप्‍तानको दास जो तिनका लागि अति नै महत्त्वपूर्ण थियो, त्यो साह्रै बिरामी थियो र मर्नै आँटेको थियो ।
\v 3 जब कप्तानले येशूको बारेमा सुने तब तिनले यहूदीहरूका धर्म-गुरुहरूलाई येशूकहाँ गई उहाँलाई आउन र तिनको दासलाई निको पार्न भन्‍नलाई पठाए ।
\v 4 तिनीहरू येशूकहाँ आएपछि उहाँसँग यसो भन्दै व्यग्रताका साथ बिन्ती गरे, "तपाईंले तिनको निम्ति यसो गरिदिनलाई तिनी योग्‍यका छन्,
\v 5 किनभने तिनले हाम्रा जातिलाई प्रेम गर्छन्, र हाम्रा लागि सभाघर निर्माण गरिदिने तिनी नै हुन् ।”
\p
\v 6 त्यसैले येशू तिनीहरूसँगै सरासर आफ्नो बाटो लाग्‍नुभयो । तर उहाँ घरबाट धेरै टाढा नहुँदै कप्‍तानले साथीहरू पठाएर उहाँलाई यसो भन्‍न लगाए, “प्रभु तपाईंले आफैंलाई दुःख नदिनुहोस्, किनकि तपाईं मेरो घरभित्र प्रवेश गर्नलाई म योग्यको छैनँ ।
\v 7 यही कारणले मैले आफैंलाई तपाईंकहाँ आउन योग्यको ठानिनँ, तर वचन मात्र बोलिदिनुहोस् र मेरो दास निको हुनेछ ।
\v 8 किनकि म पनि एउटा अधिकारमा रहेको मानिस हुँ, र ममुनि सिपाहीहरू छन् । म एउटालाई 'जा' भन्छु, र त्यो जान्छ र अर्कोलाई 'आइज' भन्छु, र त्यो आउँछ, र मेरो नोकरलाई ‘यसो गर' भन्छु, र त्यसले त्यो गर्छ ।”
\p
\v 9 जब येशूले यो सुन्‍नुभयो, उहाँ तिनीसित अचम्मित हुनुभयो, र उहाँलाई पछ्याइरहेको भीडतिर फर्केर उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई भन्दछु, मैले इस्राएलमा पनि यस्तो विश्‍वास भेट्टाएको छैनँ ।”
\v 10 जब ती पठाइएकाहरू घर फर्केर आए, त्यस दासलाई स्वस्थ भएको भेट्टाए ।
\p
\v 11 त्यसको केही समयपछि येशू नाइन भन्‍ने सहरमा जानुभयो, र उहाँका चेलाहरू र एउटा ठुलो भीड उहाँसँगै गयो ।
\v 12 जसै उहाँ सहरको मूल ढोकानजिक पुग्‍नुभयो, हेर, एउटा मृत मानिसलाई बोकेर लगिंदै थियो, त्यो त्यसकी आमाको (जो एक विधवा थिईन्) एक मात्र छोरो थियो, र सहरको एउटा ठुलो भीड तिनीसँग थियो ।
\v 13 जब प्रभुले तिनलाई देख्‍नुभयो, उहाँ तिनीप्रति अति नै दयाले भरिनुभयो र तिनलाई भन्‍नुभयो, “नरोऊ" ।
\v 14 तब उहाँ अगाडि जानुभयो र अरथी छुनुभयो जसमाथि तिनीहरूले लास बोकिरहेका थिए, र त्यसलाई बोक्‍नेहरू टक्‍क अडिए । उहाँले भन्‍नुभयो, “जवान मानिस, म तिमीलाई भन्दछु, उठ ।”
\v 15 त्यो मृत मानिस उठ्‍यो र बोल्न थाल्यो, र येशूले त्यसलाई त्यसकी आमालाई सुम्पनुभयो ।
\p
\v 16 तब तिनीहरू सबै डराए, र तिनीहरूले यसो भन्दै परमेश्‍वरको प्रशंसा गरिरहे, “हाम्रा बीचमा एउटा महान् अगमवक्‍ता खडा भएका छन्" र "परमेश्‍वरले आफ्ना मानिसहरूलाई हेर्नुभएको छ ।”
\v 17 येशूको बारेमा यो खबर सारा यहूदियाभरि र सबै छिमेकी इलाकाहरूमा फैलियो ।
\p
\v 18 यूहन्‍नाका चेलाहरूले उनलाई यी सबै कुराहरूको बारेमा बताइदिए ।
\v 19 तब यूहन्‍नाले आफ्ना दुई जना चेलाहरूलाई बोलाए र प्रभुकहाँ यसो भन्‍न तिनीहरूलाई पठाए, "के आउनुहुने तपाईं नै हुनुहुन्छ, कि हामी अरू कसैको प्रतीक्षा गरौं?"
\p
\v 20 जब तिनीहरू येशूको नजिक आए, तब मानिसहरूले भने, "बप्‍तिस्‍मा-दिने यूहन्‍नाले हामीलाई तपाईंकहाँ यसो भन्‍न पठाएका छन्, 'के आउनुहुने तपाईं नै हुनुहुन्छ, कि हामी अरू कसैको प्रतीक्षा गरौं?'"
\p
\v 21 त्यस घडीमा उहाँले धेरै मानिसहरूलाई बिमारी, दुःखकष्‍ट र दुष्‍टात्माबाट निको पार्नुभयो र उहाँले धेरै अन्धाहरू मानिसहरूलाई द‍ृष्‍टि दिनुभयो ।
\v 22 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफ्नो बाटो लागिसकेपछि तिमीहरूले जे सुनेका र देखेका छौ, सो यूहन्‍नालाई बताइदेओ । अन्‍धाहरू मानिसहरूले द‍ृष्‍टि पाइराखेका छन्, लङ्गडाहरू हिंडिराखेका छन्, कुष्‍ठरोगीहरू शुद्ध भइराखेका छन्, बहिरा मानिसहरूले सुनिराखेका छन्, मृतकहरू जीवित भइराखेका छन्, र खाँचोमा परेकाहरूलाई सुसमाचार सुनाइँदैछ ।
\v 23 मेरा कार्यहरूको कारणले मलाई विश्‍वास गर्न नछोड्ने त्यो मानिस धन्यको हो ।
\p
\v 24 यूहन्‍नाका समाचार वाहकहरू गइसकेपछि येशूले भीडहरूलाई यूहन्‍नाको बारेमा बताउन थाल्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्नलाई गयौ? के बतासले हल्लाएको निगालोलाई?
\v 25 तर के हेर्नलाई तिमीहरू बाहिर निस्क्यौ? नरम लुगा लगाएको एउटा मानिसलाई? हेर, महङ्गा लुगा लाउने र भोगविलासमा जिउनेहरू त राजाका दरबारहरूमा हुन्छन् ।
\v 26 तर के हेर्नलाई तिमीहरू बाहिर निस्क्यौ? के एउटा अगमवक्‍तालाई? हो, म तिमीहरूलाई भन्दछु, र एउटा अगमवक्‍ताभन्दा पनि महान‍्लाई ।
\v 27 यी तिनै हुन्, जसको बारेमा लेखिएको छ, 'हेर, म मेरा सन्‍देशवाहकलाई तिम्रो अगि-अगि पठाउँदै छु जसले तिम्रो अगि तिम्रो बाटो तयार पार्नेछ' ।
\p
\v 28 म तिमीहरूलाई भन्दछु, 'स्‍‍त्रीहरूबाट जन्मेकाहरूमध्येमा यूहन्‍नाभन्दा महान् कोही छैन । तापनि जो परमेश्‍वरको राज्यमा सबैभन्दा सानो छ, उनीभन्दा महान् हुन्छ' ।”
\p
\v 29 जब कर उठाउनेहरू लगायत सबै मानिसहरूले यो सुने तब तिनीहरूले परमेश्‍वर धर्मी हुनुहुन्छ भनी घोषणा गरे, किनभने तिनीहरूले यूहन्‍नाबाट बप्‍तिस्‍मा लिएका थिए ।
\v 30 तर फरिसीहरू र व्यवस्थाका पण्डितहरूले आफ्ना निम्ति परमेश्‍वरको योजनालाई इन्कार गरे, किनभने तिनीहरूले यहून्‍नाबाट बप्‍तिस्‍मा लिएका थिएनन् ।
\p
\v 31 "त्यसैले यस पुस्ताका मानिसहरूलाई म केसित तुलना गरूँ? तिनीहरू केजस्ता छन्?
\v 32 तिनीहरू बजारमा बसिरहेका बालबालिकाहरूजस्तै छन्, जसले एक अर्कालाई यसो भन्दै बोलाउँछन्, 'हामीले तिमीहरूका लागि बाँसुरी बजायौं, तर तिमीहरू नाचेनौ । हामीले विलाप गर्‍यौं, तर तिमीहरू रोएनौ ।'
\v 33 किनकि बप्‍तिस्मा-दिने यूहन्‍ना न त रोटी खाँदै आए न दाखमद्य नै पिउदै आए, र तिमीहरू भन्छौ, 'उनलाई भूत लागेको छ' ।
\v 34 मानिसका पुत्र खाँदै र पिउँदै आए, र तिमीहरू भन्छौ, 'हेर, एउटा घिचुवा र पियक्‍कड मानिस, कर उठाउने र पापीहरूका मित्र!'
\v 35 तर बुद्धि तिनका सबै सन्तानहरूद्वारा प्रमाणित भयो ।”
\p
\v 36 अब एक जना फरिसीले येशूलाई आफूसँग भोजन गर्नका लागि निम्तो गर्‍यो । त्यसैले येशू फरिसीको घरभित्र प्रवेश गर्नुभयो, भोजन खानलाई उहाँ टेबुलमा अडेस लगाएर बस्‍नुभयो ।
\v 37 हेर, त्यस सहरमा एउटी पापी स्‍‍त्री थिई । जब त्यसले उहाँ फरिसीको घरमा टेबुलमा अडेस लगाएर बस्‍नुभएको छ भनी थाहा पाई, त्यसले सिङ्गमरमरको शीशीमा अत्तर ल्याई ।
\v 38 जसै त्यो उहाँको पछाडिपट्टि उहाँका पाउ नजिकै रूँदै उभिई, त्यसले आफ्नो आँसुले उहाँका पाउ भिजाउन थाली, र आफ्‍‍नो टाउकाको कपालले उहाँको पाउ पुछी र उहाँका पाउमा म्वाइ खाई र त्यो अत्तर घसी ।
\v 39 जब येशूलाई बोलाउने फरिसीले यो देख्यो, तिनले यसो भन्दै मनमनै विचार गरे, “यदि यी मानिस एउटा अगमवक्‍ता भएको भए, को र कस्ती स्‍‍त्रीले यिनलाई छोइरहेकी छे भनेर यिनले जान्‍ने थिए, कि त्यो एउटी पापी स्‍‍त्री हो।”
\p
\v 40 येशूले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “सिमोन, मैले तिमीलाई केही भन्‍नु छ ।” तिनले भने, “गुरुज्यू, भन्‍नुहोस्!”
\v 41 येशूले भन्‍नुभयो, “एक जना साहुका दुई जना ऋणीहरू थिए । एउटाले पाँच सय दिनार, र अर्कोले पचास दिनार ऋण लिएका थिए ।
\v 42 जब तिनीहरूले तिनलाई तिर्न सकेनन्, तिनले ती दुवै जनालाई माफ गरिदिए । त्यसकारण तिनीहरूमध्ये कुनचाहिंले तिनलाई बढी प्रेम गर्नेछ?”
\p
\v 43 सिमोनले उहाँलाई जवाफ दिए र भने, “मेरो विचारमा जसलाई तिनले बढी माफ गरे ।" येशूले तिनलाई भन्‍नुभयो, "तिमीले ठिकसित न्याय गरेका छौ।”
\v 44 येशूले स्‍‍त्रीतिर फर्कनुभयो र सिमोनलाई भन्‍नुभयो, “तिमी यस स्‍‍त्रीलाई देख्छौ । म तिम्रो घरभित्र प्रवेश गरेको छु । तिमीले मेरा पाउको लागि पानी दिएनौ, तर यसले त मेरा पाउ आफ्नो आँसुले भिजाई, र आफ्‍नो कपालले ती पुछी ।
\v 45 तिमीले मलाई म्वाइँ खाएनौ, तर म भित्र पसेको समयदेखि यसले मेरा पाउमा म्वाइँ खान छोडिन ।
\v 46 तिमीले मेरो शिर तेलले अभिषेक गरेनौ, तर यसले मेरा पाउमा अत्तर घसिन् ।
\v 47 यसकारण म तिमीलाई भन्दछु, यसका पापहरू जो धेरै थिए, ती क्षमा भएका छन्—किनकि यसले धेरै प्रेम गरेकी छे । तर जसलाई थोरै क्षमा गरिएको छ, त्यसले थोरै नै प्रेम गर्छ ।”
\v 48 तब उहाँले त्यसलाई भन्‍नुभयो, “तिम्रा पापहरू क्षमा भएका छन् ।”
\p
\v 49 "त्यहाँ एकसाथ अढेस लगाएर बसिरहेकाहरूले एक-अर्कामा भन्‍न थाले, ‘‘पापहरू क्षमा गर्ने यी को हुन् र?
\p
\v 50 तब येशूले त्यस स्‍‍त्रीलाई भन्‍नुभयो, “तिम्रो विश्‍वासले तिमीलाई बचाएको छ । शान्तिसँग जाऊ ।”
\c 8
\cl अध्याय ८
\p
\v 1 त्यसपछि छिट्टै येशू वरपरका विभिन्‍न सहरहरू र गाउँहरूमा प्रचार गर्दै र परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गर्दै भ्रमण गर्न थाल्‍नुभयो । उहाँसँग बाह्रजना चेलाहरू थिए,
\v 2 साथै केही स्‍‍त्रीहरू जो दुष्‍टात्मा र रोगहरूबाट निको भएका थिएः मरियम जसलाई मग्दलनी भनिन्थ्यो, जसबाट सातवटा भूतात्मा निकालिएका थिए;
\v 3 हेरोदका कारिन्दा खुजासकी पत्‍नी योअन्‍ना; सुसन्‍ना; र अरूहरू धेरै, जसले आफ्ना सम्पत्तिहरूबाट उहाँहरूका निम्ति जुटाईदिए ।
\p
\v 4 एउटा ठुलो भीड एकसाथ भेला भ‍इरहँदा, र प्रत्येक सहरबाट मानिसहरू उहाँकहाँ आइरहँदा, उहाँले एउटा द‍ृष्‍टान्त भन्‍नुभयो ।
\v 5 “एउटा किसान बीउ छर्नलाई निस्क्यो । त्यसले छर्दा केही बीउहरू बाटोको छेउमा परे र ती खुट्टाले कुल्चिए, र आकाशका चराहरूले ती खाए ।
\v 6 केही बीउहरू ढुङ्गेनी जमिनमा परे र उम्रने बित्तिकै ती सुकिहाले, किनकि त्यसमा ओस थिएन ।
\v 7 केही बीउहरू काँडाहरूका बीचमा परे, र बीउहरू सँगसँगै काँडाहरू पनि बढे र बीउहरूलाई निसासिदिए ।
\v 8 तर केही बीउहरू असल जमिनमा परे र सय गुणा फल फलाए ।” येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँले भन्‍नुभयो, "जसको सुन्‍ने कान छ त्यसले सुनोस् ।"
\p
\v 9 उहाँका चेलाहरूले उहाँलाई यो द‍ृष्‍टान्तको अर्थ के हो भनी सोधे ।
\v 10 उहाँले भन्‍नुभयो, “तिमीहरूलाई परमेश्‍वरको राज्यका रहस्यका कुराहरू बुझ्‍ने ज्ञान दिइएको छ, तर अरूहरूका लागि म द‍ृष्‍टान्तमा बोल्छु, ताकि 'हेरेर पनि तिनीहरूले नदेखून्, र सुनेर पनि तिनीहरूले नबुझून् ।’
\p
\v 11 अब द‍ृष्‍टान्तको अर्थ यही होः बीउ परमेश्‍वरको वचन हो ।
\v 12 बाटोको छेउमा परेकाहरू चाहिं ती हुन्, जसले वचन सुन्छन्, तर शैतान आउँछ र तिनीहरूको हृदयबाट वचन खोसेर लैजान्छ, ताकि तिनीहरूले विश्‍वास नगरून् र नबाँचून् ।
\v 13 ढुङ्गेनी जमिनमा परेकाहरू चाहिं ती हुन्, जसले वचन सुन्छन्, खुसीसाथ ग्रहण गर्छन् । तर तिनीहरूको जरा हुँदैन; तिनीहरूले केही समयको लागि मात्र विश्‍वास गर्छन्, र परीक्षाको समयमा तिनीहरू पतन भएर जान्छन् ।
\v 14 काँडामा परेकाहरू चाहिं ती मानिसहरू हुन्, जसले वचन सुन्छन्, तर जीउने क्रममा जीवनका फिक्री, धन सम्पत्ति, र सुख विलासका कारण निसासिएर परिपक्‍व हुन सक्दैनन् ।
\v 15 तर असल जमिनमा परेका बीउचाहिं ती हुन्, जसले इमानदार र असल हृदयसाथ वचन सुनेर यसलाई सुरक्षितसाथ पक्री राख्छन् र धैर्यसाथ फल फलाउँछन् ।
\p
\v 16 "बत्ती बालेर कसैले पनि भाँडाले छोप्दैन अथवा खाटमुनि राख्दैन । बरु त्यसलाई त्यसले सामदानमा राख्छ, ताकि भित्र पस्‍ने सबैले उज्यालो देखून् ।
\v 17 किनकि प्रकट नहुने गरी कुनै पनि कुरा लुकाइएको छैन, न त प्रकट नहुने र ज्योतिमा नआउने कुनै गोप्य कुरा हुन्छ ।
\v 18 त्यसैले ध्यानसित सुन, किनकि जससँग छ त्यसलाई अझै दिइनेछ, तर जससँग छैन त्यसले आफूसँग जे छ भनी ठान्‍छ, त्योसमेत त्यसबाट खोसिनेछ ।”
\p
\v 19 त्यसपछि उहाँकी आमा र भाइहरू उहाँकहाँ आए, तर भीडको कारणले गर्दा उहाँको नजिक आउन सकेनन् ।
\v 20 उहाँलाई यसो भनिएको थियो, “तपाईंकी आमा र भाइहरू तपाईंलाई भेट्ने इच्छा गरी बाहिर उभिरहेका छन् ।”
\p
\v 21 तर येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “मेरी आमा र मेरा भाइहरू ती नै हुन्, जसले परमेश्‍वरको वचन सुन्छन् र पालना गर्छन् ।”
\p
\v 22 अब एक दिन उहाँ आफ्ना चेलाहरूसँग डुङ्गामा चढ्नुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आओ, हामी तालको पल्लोपट्टि जाऔं ।” उहाँहरू डुङ्गामा चढेर जानुभयो ।
\v 23 तर जसै उहाँहरू डुङ्गामा जानुभयो, उहाँ निदाउनुभयो । त्यस तालमा ठुलो आँधीबेहरी आयो, अनि डुङ्गा पानीले भरिदै थियो र तिनीहरू खतरामा परे ।
\p
\v 24 त्यसपछि येशूका चेलाहरू उहाँकहाँ आए र यसो भन्दै उहाँलाई ब्युँझाए, “गुरुज्यू, गुरुज्यू, हामी त मर्नै लाग्यौं!” उहाँ उठ्नुभयो र बतास र पानीको बेगलाई हप्काउनुभयो, र ती थामिए र त्यहाँ शान्‍त भयो ।
\p
\v 25 अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको विश्‍वास कहाँ छ?” तर तिनीहरू डराए र अचम्मित भए, र एक-अर्कालाई सोधे “यिनी को हुन् जसले बतास र पानीलाई पनि आज्ञा दिन्छन्, र तिनीहरू यिनको आज्ञा मान्छन्?”
\p
\v 26 उहाँहरू गेरासेनसको इलाकामा आइपुग्‍नुभयो, जुन गालीलको पारीपट्टि पर्छ ।
\v 27 जब येशू पाखामा उत्रनुभयो, सहरबाट आएको एक जना मानिसले उहाँलाई भेट्‍यो, जसमा भूतात्माहरू थिए । लामो समयदेखि त्यसले कुनै कपडाहरू लगाएको थिएन, र त्यो घरमा बस्दैनथ्यो, तर चिहानहरूमा बस्थ्यो ।
\p
\v 28 जब त्यसले येशूलाई देख्यो, त्यो चिच्‍च्‍यायो, र उहाँको सामु घोप्‍टो पर्‍यो र त्यसले उच्‍च स्वरमा भन्यो, “सर्वोच्‍च परमेश्‍वरका पुत्र येशू, मसँग तपाईंको के सरोकार? म तपाईंलाई बिन्ती गर्छु, मलाई नसताउनुहोस् ।”
\v 29 किनकि येशूले त्यस मानिसबाट अशुद्ध आत्मालाई निस्केर आउने आज्ञा गर्नुभएको थियो । किनकि धेरै पटक त्यसले त्यसलाई पक्रेको थियो र त्यसलाई साङ्ग्ला र नेलले बाँधेर पहरामा राखिएको भए तापनि त्यसले ती साङ्ग्लाहरू छिनालेको थियो र त्यस भूतात्माद्वारा त्यो उजाडस्थानतिर डोर्‍याइन्थ्यो ।
\p
\v 30 त्यसपछि येशूले त्यसलाई सोध्‍नुभयो, “तेरो नाउँ के हो?” र त्यसले भन्यो, “फौज” । किनकि धेरै भूतात्माहरू त्यसभित्र पसेका थिए ।
\v 31 तिनीहरूलाई गहिरो खाडलमा नपठाउनुहोस् भनी तिनीहरूले उहाँलाई निरन्तर बिन्ती गरे ।
\v 32 अब त्‍यहाँ नजिकै डाँडामा सुँगुरहरूको एक ठुलो बथान चरिरहेको थियो । भूतात्माहरूले तिनीहरूभित्र पस्‍न दिनुहोस् भनी उहाँलाई बिन्ती गरे, र उहाँले तिनीहरूलाई अनुमति दिनुभयो ।
\v 33 त्यसैले त्यस मानिसबाट भूतात्माहरू निस्के र सुँगुरहरूभित्र पसे, र त्यो बथान भिरालोबाट हुर्रिंदै गएर तालमा डुबे ।
\p
\v 34 जब सुँगुर चराइरहेका मानिसहरूले जे भएको थियो त्यो देखे, तिनीहरू भागे र त्यसको बारेमा सहर र गाउँमा बताए ।
\v 35 त्यसैले जे भएको थियो त्यो हेर्नलाई मानिसहरू निस्केर गए, र तिनीहरू येशूकहाँ आए र त्यस मानिसलाई भेटाए जसबाट भूतात्माहरू निस्केर गएका थिए । त्यो लुगा लगाएर सद्दे मनको भएर येशूको चरणमा बसिरहेको थियो; अनि तिनीहरू डराए ।
\v 36 तब त्यो देख्‍नेहरूले भूतात्मा लागेको मानिस कसरी निको भएको थियो, सो तिनीहरूलाई बताइदिए ।
\v 37 त्यसपछि गेरासेनसका क्षेत्रका सबै मानिसहरूले येशूलाई तिनीहरूकहाँबाट जान आग्रह गरे, किनकि तिनीहरू साह्रै डराएका थिए । त्यसैले उहाँ डुङ्गामा चढ्नुभयो ताकि उहाँहरू फर्कन सक्नुभएको होस् ।
\v 38 भूतात्माहरू निस्केर गएको मानिसले आफूलाई उहाँसँगै लैजान भनी उहाँलाई बिन्ती गर्‍यो, तर येशूले यसो भन्दै त्यसलाई पठाउनुभयो,
\v 39 “आफ्नो घर फर्क र परमेश्‍वरले तिम्रो निम्ति जे गर्नुभएको छ त्यो पूर्णरूपमा वर्णन गर ।” त्यस मानिसले येशूले त्यसको निम्ति जे गर्नुभएको थियो त्यो सारा सहरभरि घोषणा गर्दै आफ्नो बाटो लाग्यो ।
\p
\v 40 जब येशू फर्कनुभयो, भीडले उहाँलाई स्वागत गर्‍यो, किनकि तिनीहरू सबैले उहाँलाई पर्खिरहेका थिए ।
\v 41 हेर, याइरस नाउँ गरेका एक जना मानिस, जो सभाघरका अगुवाहरूमध्ये एक थिए, तिनी आए र येशूका पाउमा घोप्‍टो परे र आफ्नो घरमा आउन तिनले उहाँलाई बिन्ती गरे ।
\v 42 किनभने तिनको एउटै मात्र बाह्र वर्षकी छोरी मर्नै लागेकी थिई । उहाँ जाँदै गर्नुहुँदा मानिसहरूको भीडहरूले उहाँलाई घचेटिरहेका थिए ।
\v 43 अब त्यहाँ एउटी स्‍‍त्री थिई जसको बाह्र वर्षसम्म रगत बग्‍ने समस्या थियो र त्यसले आफ्नो सम्पूर्ण पैसा खर्च गरिसकेकी थिई \f + \ft यहाँ \fqa त्यसले आफ्नो सम्पूर्ण पैसा खर्च गरिसकेकी थिई \fqa* भन्‍ने वाक्यांश समावेश हुनुपर्छ वा पर्दैन भन्‍ने सन्दर्भमा विद्वान‍्हरूमा भिन्‍न मतहरू छन् । \f* , र कसैद्वारा पनि निको हुन सकेकी थिइन ।
\v 44 त्यो येशूको पछिल्तिरबाट आई र उहाँको लुगाको छेउ छोई र तुरुन्तै त्यसको रगत बग्‍ने रोकियो ।
\v 45 येशूले भन्‍नुभयो, “मलाई कसले छोयो?” जब सबैले यसलाई इन्कार गरे, पत्रुसले भने, “गुरुज्यू, तपाईंका वरिपरि मानिसहरूका भीडहरू छन् र तिनीहरूले तपाईंलाई घचेट्दै छन् ।”
\p
\v 46 तर येशूले भन्‍नुभयो, “कसैले मलाई छोएकै हो, किनकि शक्‍ति मबाट बाहिर गएको मलाई थाहा छ ।”
\v 47 जब त्यस स्‍‍त्रीले आफू लुक्‍न नसक्‍ने देखी, तब त्यो काँप्दै आई र उहाँको चरणमा घोप्‍टो परी । त्यसले उहाँलाई किन छोएकी थिई र त्यो कसरी तुरुन्तै निको भएकी थिई, सो सबै मानिसहरूका सामु बताइदिई ।
\v 48 त्यसपछि उहाँले त्यसलाई भन्‍नुभयो, “छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ । शान्तिसँग जाऊ ।”
\p
\v 49 जब उहाँ अझै बोल्दै हुनुहुन्थ्यो, सभाघरका अगुवाको घरबाट एक जना यसो भन्दै आयो, “तपाईंकी छोरी मरिसकी । अब गुरुज्यूलाई दुःख नदिनुहोस् ।”
\p
\v 50 तर जब येशूले यो सुन्‍नुभयो, उहाँले याइरसलाई जवाफ दिनुभयो, “नडराऊ, विश्‍वास मात्र गर, र त्यो बचाइनेछे ।”
\v 51 जब उहाँ घरमा आउनुभयो, तब पत्रुस, यूहन्‍ना र याकूब, बालिकाका बुबा र आमाबाहेक अरू कसैलाई पनि उहाँसित भित्र आउन दिनुभएन ।
\v 52 अब सबै त्यसको निम्ति निम्ति रुँदै र विलाप गर्दै थिए, तर उहाँले भन्‍नुभयो, “नरोओ, त्यो मरेकी छैन, तर निदाएकी मात्र छे ।”
\v 53 तर त्यो मरिसकी भन्‍ने थाहा पाएर तिनीहरू उहाँको गिल्ला गर्दै हाँसे ।
\v 54 तर उहाँले त्यसको हातमा समात्‍नुभयो र यसो भनेर बोलाउनुभयो, “नानी उठ!”
\v 55 त्यसको आत्मा फर्क्यो, र त्यो तुरुन्तै उठी । उहाँले त्यसलाई केही खान दिनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो ।
\v 56 त्यसका बुबा-आमा अचम्मित भए, तर जे भएको थियो त्यो कसैलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो ।
\c 9
\cl अध्याय ९
\p
\v 1 उहाँले बाह्र जनालाई एकैसाथ बोलाउनुभयो र तिनीहरूलाई सबै भूतहरू निकाल्ने र रोगहरू निको पार्ने शक्‍ति र अधिकार दिनुभयो ।
\v 2 उहाँले तिनीहरूलाई परमेश्‍वरको राज्यको प्रचार गर्न र बिरामी निको पार्न पठाउनुभयो ।
\v 3 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आफ्ना यात्राका निम्ति केही नलैजाओ— न त लौरो, न त थैली, न त रोटी, न त पैसा, न त दुईवटा दौरा ।
\v 4 तिमीहरू जुन घरमा पस्छौ, त्यस ठाउँलाई नछोडेसम्म त्यहीं बस ।
\v 5 जहाँ तिनीहरूले तिमीहरूलाई ग्रहण गर्दैनन्, तिमीहरूले त्यो सहर छोड्दा तिनीहरूका विरुद्धमा साक्षीका लागि तिमीहरूका खुट्टाको धुलो टकटकाइदेओ ।”
\v 6 तब तिनीहरू बिदा भए र सुसमाचारको घोषणा गर्दै र सबैतिर निको पार्दै गाउँभरि गए ।
\p
\v 7 अब जे भइरहेको थियो, त्यो सब शासक हेरोद सुने र तिनी अन्योलमा परे, किनभने यूहन्‍ना जीवित भएका थिए भनी कसैद्वारा भनिएको थियो,
\v 8 र अरूहरूले 'एलिया देखा परेका थिए', र अझै अरूहरूले 'पुराना अगमवक्‍ताहरूमध्ये एक जना फेरि पुनर्जीवित भएका थिए' भनी भनेका थिए ।
\v 9 हेरोदले भने, “मैले यूहन्‍नाको टाउको काटें । यिनी को हुन्, जसको बारेमा म यस्ता कुराहरू सुन्दै छु?” र तिनले उहाँलाई हेर्न खोजे ।
\p
\v 10 जब प्रेरितहरू फर्केर आए, तिनीहरूले गरेका सबै कुरा उहाँलाई तिनीहरूले बताए । त्यसपछि उहाँले तिनीहरूलाई साथमा लिएर बेथसेदा भनिने सहरमा सुटुक्‍क जानुभयो ।
\v 11 तर जब भीडहरूले यसबारे सुने, तिनीहरूले उहाँलाई पछ्याए । उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो, र परमेश्‍वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो, र निको हुन आवश्यक भएकाहरूलाई उहाँले निको पार्नुभयो ।
\p
\v 12 अब दिन ढल्किन लागेको थियो, र बाह्रै जना उहाँकहाँ आए र भने, “यस भीडलाई बिदा दिनुहोस्, ताकि तिनीहरूले वरिपरिका बस्तीहरू र गाउँहरूमा गएर बास बस्‍न र खान पाउन सकून्, किनभने हामी यहाँ निर्जन ठाउँमा छौं ।”
\p
\v 13 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई खानलाई देओ ।” तिनीहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुईवटा माछाभन्दा बढी केही छैन, नभए हामी गएर यी सबै मानिसहरूका लागि खानेकुरा किन्‍नुपर्ला ।”
\p
\v 14 (त्यहाँ प्रायः पाँच हजार जति पुरुषहरू थिए ।) उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, "तिनीहरूलाई पचास-पचास जनाको समूहमा बस्‍न लगाओ ।”
\v 15 अनि तिनीहरूले त्यसै गरे, र सबैलाई बस्‍न लगाए ।
\v 16 उहाँले पाँचवटा रोटी र दुईवटा माछा लिएर स्वर्गतिर हेर्नुभयो, उहाँले तिनीहरूलाई आशीर्वाद दिनुभयो, र ती भाँचेर टुक्रा-टुक्रा पार्नुभयो, र भीडको सामु राखिदिनलाई उहाँले चेलाहरूलाई ती दिनुभयो ।
\v 17 तिनीहरू सबैले खाए र सन्तुष्‍ट भए, र उब्रेका रोटीका टुक्राहरू—बाह्र डाला बटुले ।
\p
\v 18 येशू एक्लै प्रार्थना गरिरहनुहुँदा चेलाहरू पनि उहाँसँग थिए । उहाँले तिनीहरूलाई यसो भन्दै प्रश्‍न गर्नुभयो, “भीडहरूले म को हुँ भनी भन्छन्?”
\p
\v 19 तिनीहरूले जवाफ दिए, “बप्‍तिस्मा-दिने यहून्‍ना । तर अरूहरूले एलिया, र अरूहरूले पहिलेका कोही अगमवक्ताहरूमध्ये एक उठेका छन् भनी भन्छन् ।”
\p
\v 20 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर तिमीहरूचाहिँ म को हुँ भनी भन्छौ?” पत्रुसले जवाफ दिए, “परमेश्‍वरका ख्रीष्‍ट ।”
\p
\v 21 तर यो कसैलाई पनि नभन्‍नू भनी उहाँले तिनीहरूलाई यसो भन्दै कडा चेताउनी दिनुभयो,
\v 22 "मानिसका पुत्रले धेरै कुरा सहनुपर्छ, धर्म-गुरुहरू, र मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरूबाट इन्कार हुनुपर्छ, र तिनी मारिनेछन् र तेस्रो दिनमा जीवित हुनेछन् ।"
\p
\v 23 तब उहाँले तिनीहरू सबैलाई भन्‍नुभयो, “यदि कोही मेरो पछि आउन चाहन्छ भने, त्यसले आफैंलाई इन्कार गर्नुपर्छ, र दिनहुँ आफ्नो क्रुस उठाउनुपर्छ र मलाई पछ‍्याउनुपर्छ ।
\v 24 जसले आफ्नो जीवन बचाउने प्रयास गर्छ, त्यसले त्यो गुमाउनेछ, तर मेरो खातिर जसले आफ्नो जीवन गुमाउँछ, त्यसले त्यो बचाउनेछ ।
\v 25 सारा संसार हात पारेर पनि त्यसले आफैंलाई नाश गर्छ वा गुमाउँछ भने, मानिसलाई के लाभ हुन्छ र?
\v 26 जो म र मेरा वचनहरूसँग शर्माउँछ, मानिसका पुत्र पनि आफ्नो महिमा र पिताको र पवित्र दूतहरूको महिमामा आउनुहुँदा त्यससँग शर्माउनेछन् ।
\v 27 तर साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ केही उभिनेहरू छन् जसले परमेश्‍वरको राज्य देख्‍नअगि मृत्यु चाख्‍नेछैन ।
\p
\v 28 अब यी कुरा भन्‍नुभएको लगभग आठ दिनपछि येशूले पत्रुस, यूहन्‍ना र याकूबलाई सँगै लिएर प्रार्थना गर्न पहाडमा उक्‍लनुभयो ।
\v 29 जब उहाँले प्रार्थना गर्दै हुनुहुन्थ्यो, उहाँको अनुहारको रूप परिवर्तन भयो, र उहाँको वस्‍‍त्र सेतो र चम्किलो भयो ।
\v 30 हेर, दुई जना मानिस उहाँसँग कुरा गरिरहेका थिए, जो मोशा र एलिया थिए,
\v 31 तिनीहरू महिमित रूपमा देखा परेर उहाँको मृत्युको विषयमा कुरा गरिरहेका थिए, जुन उहाँले यरूशलेममा पुरा गर्न लाग्‍नुभएको थियो ।
\v 32 अब पत्रुस र तिनीसँग भएकाहरू निन्द्राले लट्ठ भएका थिए, तर जब तिनीहरू पूर्ण रूपले ब्युँझे, तिनीहरूले उहाँको महिमा र उहाँसँगै उभिरहेका दुई मानिसहरूलाई देखे ।
\v 33 तिनीहरू येशूबाट बिदा भएर जान लाग्दा, पत्रुसले उहाँलाई भने, “गुरुज्यू, हामी यहीं बस्‍नु असल छ । हामी तीन वटा टहरा बनाऔं, एउटा तपाईंको लागि, एउटा मोशाको लागि र एउटा एलियाको लागि ।” (आफूले बोलेको कुराको तिनलाई ख्‍यालै थिएन ।)
\v 34 तिनले यो कुरा भन्दै गर्दा बादल आयो र तिनीहरूलाई ढाक्यो, र जसै तिनीहरू बादलभित्र पसे, तिनीहरू डराए ।
\p
\v 35 बादलबाट यसो भन्दै एउटा आवाज आयो, “यिनी मेरा चुनिएका पुत्र हुन्; यिनको कुरा सुन ।”
\v 36 त्यो आवाजले बोलिसकेपछि येशू एक्लै हुनुभयो । तिनीहरू चुप भए र तिनीहरूले देखेका कुनै पनि कुराहरू ती दिनमा कसैलाई भनेनन् ।
\p
\v 37 अब भोलिपल्ट तिनीहरू पहाडबाट तल ओर्लेर आउँदा एउटा ठुलो भीडले उहाँलाई भेट‍्यो ।
\v 38 हेर, भीडबाट एक जना मानिस यसो भन्दै चिच्यायो, “गुरुज्यू, म तपाईंसँग बिन्ती गर्छु, मेरो छोरालाई हेर्नुहोस्, किनकि त्यो मेरो एउटै मात्र छोरा हो ।
\v 39 हेर्नुहोस, त्यसलाई आत्माले समात्छ र त्यो अचानक चिच्‍च्‍याउँछ; त्यसले त्यसलाई काम्‍न लगाउँछ जसले गर्दा त्यसले मुखमा फिंज काढ्छ । त्यो त्यसबाट मुस्किलले निस्केर जान्छ र त्यसलाई नराम्रो गरी चोट पार्छ ।
\v 40 मैले त्यसलाई निकाल्न भनेर तपाईंका चेलाहरूसँग बिन्ती गरें, तर तिनीहरूले सकेनन् ।”
\p
\v 41 येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “हे अविश्‍वासी र भ्रष्‍ट पुस्ता, म तिमीहरूसँग कति समयसम्म रहुँला र तिमीहरूलाई सहुँला? तिम्रो छोरालाई यहाँ ल्याऊ ।”
\v 42 जब त्यो केटो आउँदै थियो, तब भूतात्माले त्यसलाई भुइँमा पछार्‍यो, र त्यसलाई काम्‍न लगायो । तर येशूले अशुद्ध आत्मालाई हप्काउनुभयो र केटोलाई निको पार्नुभयो, र त्यसको बुबालाई फिर्ता दिनुभयो ।
\v 43 तब तिनीहरू सबैजना परमेश्‍वरको महानतामा चकित भए । तिनीहरू सबैजना उहाँले गर्नुभएका यी सबै कुराहरूप्रति चकित भइरहँदा, उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,
\v 44 “यी वचनहरू तिमीहरूका कानका गहिराइसम्म पुगून्ः मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछन् ।”
\v 45 तर तिनीहरूले यस भनाइलाई बुझेनन् । यो तिनीहरूबाट लुकाइएको थियो, ताकि तिनीहरूले यसको अर्थ बुझ्‍न नसकून्, र अझै तिनीहरूले त्यस भनाइबारे उहाँलाई सोध्‍न डराए ।
\p
\v 46 तब तिनीहरूमध्ये सबैभन्दा ठुलो को हुने हो भनी तिनीहरूबीच विवाद चल्यो ।
\v 47 तर येशूले तिनीहरूका हृदयको विचार थाहा पाएर एउटा सानो बालकलाई लिएर आफ्नो छेउमा राख्‍नुभयो,
\v 48 र तिनीहरूलाई भन्‍नुभयो, “यदि कसैले मेरो नाउँमा यस बालकलाई ग्रहण गर्छ भने त्यसले मलाई ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने, त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ । किनकि तिमीहरू सबैमध्ये सबैभन्दा सानो जो छ त्यो नै महान् हुन्छ ।”
\p
\v 49 यूहन्‍नाले जवाफ दिए, “गुरुज्यू, हामीले कसैले तपाईंको नाउँमा भूतहरू निकालिरहेको देख्यौं, र त्यसलाई हामीले रोक्यौं, किनभने त्यसले हामीहरूसँग तपाईंलाई पछ‍्याउँदैन ।”
\p
\v 50 येशूले भन्‍नुभयो, “त्यसलाई नरोक, किनभने जो तिम्रो विरुद्धमा हुँदैन, त्यो तिम्रो पक्षमा हुन्छ ।”
\p
\v 51 जब उहाँ स्वर्गतिर जाने समय नजिक आयो, तब उहाँले यरूशलेमतिर जाने अठोट गर्नुभयो ।
\v 52 उहाँले आफूभन्दा अगि सन्‍देशवाहकहरूलाई पठाउनुभयो र तिनीहरू गए, र उहाँका निम्ति सबै कुराको तयारी गर्न सामरीहरूको गाउँमा प्रवेश गरे ।
\v 53 तर त्यहाँका मानिसहरूले उहाँलाई ग्रहण गरेनन्, किनभने उहाँले यरूशलेमतिर जाने अठोट गर्नुभएको थियो ।
\v 54 जब उहाँका चेलाहरू यूहन्‍ना र याकूबले यो देखे, तिनीहरूले भने, “प्रभु, के स्वर्गबाट आगो बर्साएर तिनीहरूलाई नष्‍ट गर्नलाई हामीले आज्ञा गरौं भन्‍ने तपाईं चाहनुहुन्छ?”
\v 55 तर उहाँ फर्केर तिनीहरूलाई हप्काउनुभयो,
\v 56 र उहाँहरू अर्को गाउँतिर जानुभयो ।
\p
\v 57 जब उहाँहरू बाटोमा जाँदै हुनुहुन्थ्यो, तब कसैले उहाँलाई भन्यो, “तपाईं जहाँ जानुहुन्छ म तपाईंलाई पछ‍्याउनेछु ।”
\p
\v 58 येशूले त्यसलाई भन्‍नुभयो, “फ्याउराहरूका दुला छन् र आकासका चराहरूका गुँड छन्, तर मानिसका पुत्रको टाउको राख्‍ने ठाउँ पनि छैन ।”
\v 59 तब उहाँले अर्कोलाई भन्‍नुभयो, “मेरो पछि लाग ।” तर त्यसले भन्यो, “प्रभु, मलाई पहिले मेरा बुबालाई गाड्न जान दिनुहोस् ।”
\p
\v 60 तर उहाँले त्यसलाई भन्‍नुभयो, “मुर्दालाई तिनीहरूको आफ्‍नै मुर्दा गाड्‌न देऊ, तर तिमी जाऊ र जताततै परमेश्‍वरको राज्यको घोषणा गर ।”
\p
\v 61 तब अर्कोले पनि भन्यो, “प्रभु म तपाईंलाई पछ‍्याउनेछु, तर पहिले मेरो घरमा भएकाहरूसँग बिदा माग्‍न दिनुहोस् ।”
\p
\v 62 येशूले त्यसलाई भन्‍नुभयो, “हलोमा आफ्नो हात राखेर पछाडि हेर्ने कोही पनि परमेश्‍वरको राज्यको निम्ति योग्य हुँदैन ।”
\c 10
\cl अध्याय १०
\p
\v 1 अब यी कुराहरूपछि, प्रभुले अरू सत्तरी \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा \fqa सत्तरी \fqa* लेखिएको हुन्छ, तर केहीमा \fqa बहत्तर \fqa* लेखिएको हुन्छ । \f* जनालाई नियुक्‍त गर्नुभयो, र आफू जान लाग्‍नुभएको हरेक सहर र गाउँमा आफूभन्दा अगाडि तिनीहरूलाई दुई-दुई जना गरी पठाउनुभयो ।
\v 2 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन् । यसकारण फसलका प्रभुसँग उहाँको फसलमा खेतालाहरूलाई पठाउनको लागि प्रार्थना गर ।
\v 3 तिमीहरूको बाटो लाग । हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेडाका पाठाहरूझैं पठाउँछु ।
\v 4 पैसाको थैली, वा यात्राको निम्ति झोला, वा जुत्ता नबोक, र बाटोमा कसैलाई अभिवादन नगर ।
\v 5 तिमीहरू जुन घरमा पस्छौ, पहिला यसो भन, “यस घरमा शान्ति होस्!”
\v 6 यदि शान्तिको एउटा मानिस त्यहाँ छ भने, तिमीहरूको शान्ति त्यससँग रहनेछ, तर यदि छैन भने, त्यो तिमीहरूमा नै फर्कनेछ ।
\v 7 तिनीहरूले दिएका कुराहरू खादै र पिउँदै त्यही घरमा रहो, किनकि खेताला आफ्नो ज्यालाको योग्य हुन्छ । घर-घरमा नजाओ ।
\v 8 तिमीहरू जुन सहरमा जान्छौ, त्यहाँ तिनीहरूले स्वागत गर्छन् भने तिमीहरूका अगि जे राखिएको छ त्यो खाओ
\v 9 र त्यहाँ भएका बिरामीहरूलाई निको पार । तिनीहरूलाई भन, “परमेश्‍वरको राज्य तिमीहरूको नजिक आएको छ ।”
\v 10 जब तिमीहरू सहरमा प्रवेश गर्छौ र तिनीहरूले तिमीहरूलाई स्वागत गर्दैनन् भने, त्यसका सडकहरूमा जाओ र भन,
\v 11 “हाम्रा खुट्टाहरूमा टाँसिएको तिमीहरूको सहरको धुलो समेत हामी तिमीहरूको विरुद्ध टकटकाउँछौं! तर यो जानः परमेश्‍वरको राज्य नजिकै आएको छ ।”
\v 12 म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरलाई भन्दा सदोमलाई बढी सहनीय हुनेछ ।
\p
\v 13 खोराजीन तँलाई धिक्‍कार छ! बेथसेदा तँलाई धिक्‍कार छ! यदि तिमीहरूमा गरिएका शक्‍तिशाली कामहरू टुरोस र सिदोनमा गरिएका भए, तिनीहरूले अघि नै भाङ्ग्रा र खरानी लगाएर पश्‍चात्ताप गर्ने थिए ।
\v 14 तर न्यायको दिनमा तिमीहरूलाई भन्दा टुरोस र सदोमलाई बढी सहनीय हुनेछ ।
\v 15 तँ कफर्नहुम, के तँ स्वर्गतिर उचालिनेछस् जस्तो लाग्छ? होइन, तँलाई नर्कमा खसालिनेछ ।
\p
\v 16 जसले तिमीहरूलाई सुन्छ, त्यसले मलाई सुन्छ, जसले तिमीहरूलाई इन्कार गर्छ, त्यसले मलाई इन्कार गर्छ, र जसले मलाई इन्कार गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई इन्कार गर्छ ।
\p
\v 17 ती सत्तरी जना आनन्दित भएर यसो भन्दै फर्के, “प्रभु, तपाईंको नाउँमा भूतहरू पनि हाम्रो वशमा आए ।”
\v 18 येशूले तिनीहरूलाई भन्‍नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुलीजस्तै खसेको देखिरहेको थिएँ ।
\v 19 हेर, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरूलाई कुल्चने र शत्रुका सबै शक्‍तिमाथि अधिकार दिएको छु, र कुनै कुराले तिमीहरूलाई कुनै पनि तरिकाले हानि पुर्‍याउनेछैन ।
\v 20 तथापि आत्माहरू तिमीहरूको वशमा छन् भनेर मात्र नरमाओ, तर तिमीहरूको नाम स्वर्गमा लेखिएका छन् भनेर अझ बढी रमाओ ।”
\p
\v 21 त्यही समय उहाँ पवित्र आत्मामा रमाउनुभयो, र भन्‍नुभयो, “हे पिता, पृथ्वी र स्वर्गका प्रभु, म तपाईंको प्रशंसा गर्छु, किनभने तपाईंले यी कुराहरू बुद्धिमान् र समझदारहरूबाट लुकाउनुभयो र साना बालकहरूजस्ता अन्जानहरूलाई प्रकट गर्नुभयो । हे पिता, किनकि यो नै तपाईंको द‍ृष्‍टिमा असल थियो ।
\v 22 सबै कुराहरू पिताबाट मलाई सुम्पिएका छन् र पुत्र को हो भनी पितालेबाहेक कसैले जान्दैन र पिता को हुनुहुन्छ भनी पुत्रले र जसलाई पुत्रले प्रकट गर्ने इच्छा गर्छन्, त्यसले बाहेक कसैले जान्दैन ।”
\p
\v 23 त्यसपछि उहाँ चेलाहरूतिर फर्कनुभयो र गुप्‍तमा भन्‍नुभयो, “तिमीहरूले देखेका कुराहरू देख्‍नेहरू धन्यका हुन् ।
\v 24 म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्‍ताहरू र राजाहरूले तिमीहरूले देखेका कुराहरू देख्‍ने इच्छा गरे, र तिनीरूले ती देखेनन्, र तिमीहरूले सुनेका कुराहरू सुन्‍ने इच्छा गरे, र तिनीरूले ती सुनेनन् ।”
\p
\v 25 हेर, एउटा यहूदी व्यवस्थाका एक शिक्षक खडा भए ताकि तिनले यसो भन्दै उहाँको परीक्षा गर्न सकून् “गुरुज्यू, मैले अनन्त जीवन पाउन के गर्नुपर्छ?”
\p
\v 26 येशूले तिनलाई भन्‍नुभयो, “व्यवस्थामा के लेखिएको छ? तिमीहरू यसलाई कसरी पढ्छौ?”
\p
\v 27 तिनले जवाफ दिए र भने, “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्ना सारा हृदयले, आफ्ना सारा प्राणले, आफ्ना सारा सामर्थ्यले र आफ्ना सारा मनले प्रेम गर्, अनि आफ्नो छिमेकीलाई आफैंलाई जस्तै प्रेम गर् ।”
\p
\v 28 येशूले तिनलाई भन्‍नुभयो, “तिमीले ठिकसँग जवाफ दिएका छौ । यसै गर र तिमी बाँच्‍नेछौ ।”
\p
\v 29 तर आफैंलाई धर्मी ठहराउने इच्छा गर्दै तिनले येशूलाई भने, “मेरो छिमेकी को हो?”
\p
\v 30 येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, "एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदै थियो । त्यो लुटेराहरूको हातमा पर्‍यो, जसले त्यसका सामानहरू लुटे, र त्यसलाई पिटे, अनि त्यसलाई अर्ध-मृत अवस्थामा छोडे ।
\v 31 संयोगले एक जना पूजाहारी त्यही बाटो भएर झरिरहेको थियो र जब त्यसले त्यसलाई देख्यो, त्यो अर्को छेउबाट भएर गयो ।
\v 32 यसै गरी एक जना लेवी पनि जब त्यस ठाउँमा आइपुग्यो र त्यसलाई देख्यो, त्यो अर्को छेउबाट भएर गयो ।
\v 33 तर एक जना सामरी पनि यात्रा गर्दा त्यो भएको ठाउँमा आइपुग्यो । जब उसले त्यसलाई देख्यो, ऊ दयाले भरियो ।
\v 34 ऊ त्यसको नजिक गयो र तेल र दाखमद्य लगाएर त्यसको घाउमा पट्टी बाँधिदियो । उसले आफ्नो जनावरमाथि राखेर त्यसलाई धर्मशालामा ल्यायो, र त्यसको हेरचाह गर्‍यो ।
\v 35 अर्को दिन उसले दुई दिनार झिकेर धर्मशालाका मालिकलाई दियो र भन्यो, “यसको हेरचाह गर, र तिमीले जेजति थप खर्च गरौला, पछि म फर्कंदा तिमीलाई तिर्नेछु ।”
\v 36 यी तीनजनामध्ये लुटेराहरूको हातमा पर्नेको छिमेकी कुनचाहिं हो जस्तो तिमीलाई लाग्छ?”
\p
\v 37 तिनले भने, “त्यो जसले त्यसलाई दया देखायो ।” येशूले तिनलाई भन्‍नुभयो, “जाऊ र तिमी पनि त्यसै गर ।”
\p
\v 38 अब उहाँहरू यात्रा गरिरहनुहुँदा उहाँ एउटा गाउँमा पस्‍नुभयो, र मार्था नाउँ गरेकी एउटी स्‍‍त्रीले आफ्‍नो घरमा उहाँलाई स्वागत् गरिन् ।
\v 39 मरियम नाउँ गरेकी तिनकी एउटी बहिनी थिइन्, जो प्रभुको चरणमा बसेर उहाँका वचन सुन्थिन् ।
\v 40 तर मार्था खाना पकाउने काममा अत्ति नै व्यस्त थिइन् । तिनी येशूकहाँ आइन् र भनिन्, “प्रभु, मेरी बहिनीले मलाई काममा एक्लै छोडेको तपाईंलाई वास्‍ता छैन? त्यसकारण मलाई सहायता गर्न त्यसलाई भनिदिनुहोस् ।”
\p
\v 41 तर प्रभुले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “मार्था, मार्था, तिमी धेरै कुराको बारेमा चिन्ता र फिक्री गर्छ्यौ,
\v 42 तर एउटा मात्र कुरा आवश्यक छ । मरियमले सबैभन्दा असल कुरा चुनेकी छिन् जुन कुरा तिनीबाट खोसिनेछैन ।”
\c 11
\cl अध्याय ११
\p
\v 1 एकदिन कुनै एउटा ठाउँमा येशू प्रार्थना गरिरहनुभएको थियो । उहाँले प्रार्थना गरिसक्‍नुभएपछि उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस् जसरी यूहन्‍नाले आफ्ना चेलाहरूलाई सिकाए ।”
\p
\v 2 येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब तिमीहरू प्रार्थना गर्छौ यसो भन्‍नू, ‘हे पिता, तपाईंको नाउँ पवित्र गरियोस् । तपाईंको राज्य आओस् ।
\v 3 हामीलाई प्रत्येक दिन हाम्रो दैनिक रोटी दिनुहोस् ।
\v 4 हाम्रा पापहरू क्षमा गर्नुहोस्, जसरी हामीले हाम्रा ऋणीहरूलाई क्षमा गरेका छौं । हामीलाई परीक्षामा नडोर्‍याउनुहोस् ।’
\p
\v 5 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्ये कसको एक जना मित्र होला, जसकहाँ मध्यरातमा गएर तिनलाई भन्‍नेछ, 'ए मित्र मलाई तीनवटा रोटी सापटी दिनुहोस्,
\v 6 किनकि मेरो एक जना मित्र यात्राबाट मकहाँ आएका छन्, र तिनलाई दिनका लागि मसित केही पनि छैन ।'
\p
\v 7 त्यसपछि भित्रबाट उनलाई जवाफ दिनेले यसो भन्‍न सक्छन्, 'मलाई दिक्क नबनाउनुहोस् । ढोका बन्द भइसकेको छ, र मेरा छोराछोरीहरू मसँगै ओछ‍्यानमा छन् । म उठेर तपाईंलाई रोटी दिन सक्दिनँ ।'
\v 8 म तिमीहरूलाई भन्दछु, तिमीहरू तिनको मित्र भएकोले तिनले उठेर तिमीहरूलाई रोटी नदिए तापनि, बिना लाज लगातार मागिरहेकोले तिनी उठ्नेछन् र तिमीहरूलाई आवश्यक पर्ने जति दिनेछन् ।
\v 9 म तिमीहरूलाई भन्दछु, “माग र तिमीहरूलाई यो दिइनेछ; खोज र तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याऊ, र तिमीहरूका लागि यो उघारिनेछ ।
\v 10 किनकि माग्‍ने हरेकले पाउँछ; र खोज्‍ने व्यक्‍तिले भेट्टाउँछ; र ढकढक्याउने व्यक्‍तिका लागि त्यो उघारिनेछ ।
\v 11 तिमीहरूमध्ये कुनचाहिं बुबाले आफ्नो छोराले माछा माग्दा, माछाको सट्टा सर्प दिनेछ? \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा छोटो गरी लेखिएको छ । केही प्राचीन प्रतिलिपिहरूमा लामो गरी लेखिएको छ, जुन मत्ती ७ः९ मा पनि यसरी लेखिएको पाइन्छः \fqa तिमीहरूमध्ये कसले आफ्नो छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा दिनेछ? वा माछा माग्दा सर्प दिनेछ? \fqa* \f*
\v 12 अथवा त्यसले अण्डा माग्दा, तिमीले त्यसलाई बिच्छी दिनेछ?
\v 13 यसकारण तिमीहरू दुष्‍ट भएर पनि आफ्ना छोराछोरीहरूलाई असल चिजहरू दिन जान्दछौ भने, तिमीहरूका स्वर्गका पिताले उहाँसँग माग्‍नेहरूलाई झन् कति प्रशस्त गरेर पवित्र आत्मा दिनुहुनेछ?”
\p
\v 14 अब येशूले एउटा गूँगोबाट भूतात्मा निकाल्दै हुनुहुन्थ्यो । जब भूतात्मा निस्क्यो, गूँगो बोल्यो, र भीड छक्‍क पर्‍यो ।
\v 15 तर केही मानिसहरूले भने, “भूतात्माहरूको शासक बालजिबुलद्वारा त्यसले भूतात्माहरूलाई निकाल्दैछ।”
\v 16 अरूहरूले उहाँको परीक्षा गरे र उहाँबाट स्वर्गबाटको एउटा चिन्‍ह खोजे ।
\p
\v 17 तर येशूले तिनीहरूको विचार थाहा पाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, "आफ्‍नै विरुद्धमा विभाजित भएको हरेक राज्‍य उजाड पारिन्छ, र आफ्‍नै विरुद्धमा विभाजित भएको घरको पतन हुन्छ ।
\v 18 यदि शैतान आफैंमा विभाजित हुन्छ भने त्यसको राज्य कसरी टिक्नेछ? किनकि तिमीहरू भन्छौ कि म बालजिबुलद्वारा भूतात्माहरू धपाउँछु ।
\v 19 यदि मैले बालजिबुलद्वारा भूतात्माहरू धपाउँछु भने तिमीहरूका चेलाहरूले कसद्वारा तिनीहरूलाई धपाउँछन्? यसकारण तिनीहरू तिमीहरूका न्याय गर्नेहरू हुनेछन् ।
\v 20 तर यदि मैले परमेश्‍वरको औंलाद्वारा भूतात्माहरू निकाल्छु भने परमेश्‍वरको राज्य तिमीहरूमा आएको छ ।
\p
\v 21 जब कुनै बलियो मानिसले हातहतियारसहित आफ्नो घरको रक्षा गर्छ, त्यसका सामानहरू सुरक्षित हुन्छन्,
\v 22 तर जब त्यसभन्दा अझ बलियो मानिसले त्यसलाई हराउँछ, त्यस मानिसले भरोसा गरेका हातहतियारहरू त्यो अझ बलियो मानिसले कब्जा गर्छ र त्यस मानिसका धन सम्पत्तिहरू लुट्छ ।
\v 23 मसँग नहुने मेरो विरुद्धमा हुन्छ, र मसँगै जम्मा नगर्नेले छरपष्‍ट पार्छ ।
\p
\v 24 "जब अशुद्ध आत्मा मानिसबाट निस्केर जान्छ, तब त्यो पानी नभएको ठाउँ भएर जान्छ र आराम गर्न खोज्छ । केही पनि नपाउँदा, त्यसले भन्‍छ, 'म निस्केर आएको मेरै घरमा फर्किजानेछु' ।
\v 25 फर्किसकेपछि त्यसले त्यो घर सफासँग व्यवस्थित पारेर राखेको भेट्टाउँछ ।
\v 26 त्यसपछि त्यो जान्छ र आफूभन्दा धेरै दुष्‍ट अरू सातवटा भूतात्मालाई साथमा ल्याउँछ र तिनीहरू सबै आएर त्यहाँ बस्‍छन् । त्यसपछि त्यस मानिसको पछिल्‍लो अवस्था पहिलेको भन्दा अझ खराब हुन्छ ।"
\p
\v 27 उहाँले यी कुराहरू भन्‍नुहुँदा, एउटी स्‍‍त्री भीडबाट कराई र उहाँलाई भनी, “त्यो कोख धन्यको हो जसले तपाईंलाई जन्मायो र ती स्तन जसले तपाईंलाई दूध खुवाए ।”
\v 28 तर उहाँले भन्‍नुभयो, “त्योभन्दा पनि तिनीहरू धन्यका हुन् जसले परमेश्‍वरको वचन सुन्छन् र त्यसलाई पालन गर्छन् ।”
\p
\v 29 भीडहरू बढ्दै गर्दा येशूले भन्‍न लाग्‍नुभयो, “यो पुस्ता दुष्‍ट पुस्ता हो । यसले चिन्‍ह खोज्‍छ तर योनाको चिन्‍ह बाहेक यसलाई कुनै चिन्‍ह दिइनेछैन ।
\v 30 किनकि जसरी निनवेका मानिसहरूका लागि योना एक चिन्‍ह थिए, त्यसै गरी यो पुस्ताका लागि मानिसका पुत्र पनि एक चिन्‍ह हुनेछन् ।
\v 31 दक्षिणकी रानी यस पुस्ताका मानिसहरूसँग न्यायमा उठ्नेछिन् र तिनीहरूलाई दोष लगाउनेछिन्, किनकि तिनी पृथ्वीको पल्लो कुनाबाट सोलोमनको बुद्धि सुन्‍नलाईआइन्, र हेर, सोलोमनभन्दा पनि महान् यहाँ एकजना छ ।
\v 32 निनवेका मानिसहरू यस पुस्ताका मानिसहरूसँग न्यायमा उभिनेछन् र यसलाई दोष लगाउनेछन्, किनकि तिनीहरूले योनाको प्रचारमा पश्‍चात्ताप गरे र हेर, योनाभन्दा पनि महान् यहाँ एकजना छ ।
\p
\v 33 कसैले बत्ती बालेर गुप्तमा राख्दैन, वा टोकरीमुनि राख्दैन, तर त्यसलाई सामदानमा राख्छ, ताकि भित्र पस्‍नेहरूले उज्‍यालो देखून्।
\v 34 तिम्रो आँखा शरीरको बत्ती हो । तिम्रो आँखा असल छ भने पूरै शरीर उज्यालो हुन्छ । तर तिम्रो आँखा खराब छ भने तिम्रो शरीर पूरै अँध्यारो हुन्छ ।
\v 35 त्यसकारण होसियार होऊ, कि तिमीमा भएको उज्यालो अँध्यारो नहोस् ।
\v 36 यदि तिम्रो शरीर उज्यालोले पूर्ण छ, र कुनै पनि भाग अँध्यारोमा छैन भने, बत्ती चम्कँदा त्यसको उज्यालो तिमीमाथि परेजस्तै तिम्रो पूरै शरीर त्यस्तै हुनेछ ।"
\p
\v 37 उहाँ बोलिसक्‍नुभएपछि एक जना फरिसीले उहाँलाई आफ्नो घरमा आफूसँग खाना खान बोलाए, त्यसैले येशू भित्र पस्‍नुभयो र टेबुलमा अडेस लगाएर बस्‍नुभयो ।
\v 38 खाना खानुभन्दा पहिले येशूले हात नधुनुभएको देखेर ती फरिसी छक्‍क परे ।
\v 39 तर प्रभुले तिनीलाई भन्‍नुभयो, “तिमी फरिसीहरू गिलासहरू र कचौराहरूको बाहिर सफा गर्छौ, तर तिमीहरूको भित्रपट्टि लोभ र दुष्‍ट कुराले भरिएको हुन्छ ।
\v 40 तिमी मूर्खहरू मानिसहरू! जसले बाहिरको बनायो के त्यसले भित्रको पनि बनाएको होइन र?
\v 41 भित्रका कुराहरूलाई गरिबलाई देओ, र त्यसपछि सबै कुराहरू तिमीहरूका लागि सफा हुनेछन् ।
\p
\v 42 तर तिमी फरिसीहरूलाई धिक्‍कार! किनभने तिमीहरूले पुदिना, आरूद र बगैंचाका हरेक जडीबुटीको दशांश दिन्छौ, तर न्याय र परमेश्‍वरको प्रेमलाई बेवास्ता गर्छौ । यी कामहरू पनि गर्न नचुकिकन न्यायपूर्ण व्यवहार गर्न र परमेश्‍वरलाई प्रेम गर्न आवश्यक छ ।
\v 43 तिमी फरिसीहरूलाई धिक्‍कार, किनकि तिमीहरूले सभाघरको मुख्‍य-मुख्‍य आसन र बजारहरूमा आदरपूर्ण सलाम लिन रूचाउँछौ ।
\v 44 तिमीहरूलाई धिक्‍कार, किनकि तिमीहरू चिन्ह नलगाइएका चिहानहरूजस्ता छौ, जसमाथि मानिसहरू थाहा नपाईकन हिंड्छन् ।”
\p
\v 45 व्यवस्थाका पण्डितहरूमध्ये एकले उहाँलाई भने, “गुरुज्यू, तपाईंले भन्‍नुभएका कुराहरूले हाम्रो पनि अपमान हुन्छ ।”
\p
\v 46 येशूले भन्‍नुभयो, “तिमी व्यवस्थाका शिक्षकहरूलाई धिक्‍कार! किनकि तिमीहरू मानिसहरूमाथि बोक्न नसक्ने भारीहरू लाद‍्दछौ, तर तिमीहरूले आफ्नो एउटा औंलाले पनि ती भारहरू छुँदैनौ ।
\v 47 तिमीहरूलाई धिक्‍कार, किनभने तिमीहरू अगमवक्‍ताहरूका निम्ति चिहानहरू बनाउँछौ, र तिनीहरूलाई मार्ने तिमीहरूकै पुर्खाहरू थिए ।
\v 48 त्यसैले तिमीहरू साक्षीहरू हौ र तिम्रा पुर्खाहरूका कामहरूमा सहमति जनाउँछौ, किनकि तिनीहरूले साँच्‍चै तिनीहरूलाई मारे र तिमीहरू तिनीहरूका चिहानहरू बनाउँछौ ।
\v 49 किनकि यसैकारणले परमेश्‍वरको बुद्धिले भन्छ, 'म तिनीहरूकहाँ अगमवक्‍ताहरू र प्रेरितहरू पठाउनेछु, र तिनीहरूमध्ये कोहीलाई तिनीहरूले सताउनेछन् र मार्नेछन् ।'
\v 50 तब संसारको सुरूदेखि भएको सबै अगमवक्ताहरूको रक्तपातको जिम्मेवार यस पुस्ता हुनेछ,
\v 51 हाबिलको रगतदेखि वेदी र पवित्र स्थानमा मारिएका जकरियाको रगतसम्म । हो, म तिमीहरूलाई भन्दछु, यसको जिम्मेवार यस पुस्ता हुनेछ ।
\v 52 तिमी व्यवस्थाका पण्डितहरूलाई धिक्‍कार, किनभने तिमीहरूले ज्ञानको साँचो टाढा लग्‍यौ; तिमीहरू आफैं पनि भित्र पसेनौ, र पस्‍नेहरूलाई पनि तिमीहरूले रोक्यौ ।
\p
\v 53 येशू त्यहाँबाट गइसक्‍नुभएपछि शास्‍‍त्रीहरू र फरिसीहरूले उहाँको विरोध गरे र उहाँसँग धेरै कुराहरूमा बहस गरे,
\v 54 र उहाँका आफ्नै वचनहरूमा उहाँलाई फसाउन खोजे ।
\c 12
\cl अध्याय १२
\p
\v 1 त्यसै बेला जब हजारौं हजार मानिस अत्यधिक मात्रामा जम्मा भएको कारण एउटाले अर्कोलाई कुल्चे, तब सबैभन्दा पहिले उहाँले आफ्ना चेलाहरूलाई भन्‍न लाग्‍नुभयो, “फरिसीहरूको खमिरदेखि सावधान रहो, जुनचाहिं पाखण्डीपना हो ।
\v 2 तर ढाकिएको केही छैन जुन प्रकट हुनेछैन, र लुकेको केही छैन जुन थाहा लाग्‍नेछैन ।
\v 3 त्यसैले तिमीहरूले जे कुराहरू अन्धकारमा भनेका छौ, त्यो ज्योतिमा सुनिनेछ र जे कुरा तिमीहरूले भित्री कोठामा कानमा भनेका छौ, त्यो घरको धुरीबाट घोषणा गरिनेछ ।
\p
\v 4 मेरा मित्रहरू, म तिमीहरूलाई भन्दछु, तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन् र त्यसपछि केही गर्न सक्दैनन् ।
\v 5 तर कोसँग डराउने भनी म तिमीहरूलाई चेताउनी दिनेछु । त्यो व्यक्‍तिसँग डराओ जससित मारेपछि नरकमा फालिदिने अधिकार छ । हो, म तिमीहरूलाई भन्दछु, तिनीसित डराओ ।
\v 6 के पाँचवटा भङ्गेरा दुई साना सिक्‍कामा बेचिंदैनन् र? तरै पनि परमेश्‍वरको द‍ृष्‍टिमा तीमध्ये एउटै पनि बिर्सिएको हुँदैन ।
\v 7 तर तिमीहरूका शिरका सबै केशहरू समेत गणना गरिएका छन् । नडराओ, तिमीहरू धेरै भङ्गेराहरूभन्दा पनि मूल्यवान् छौ ।
\p
\v 8 म तिमीहरूलाई भन्दछु, हरेक जसले मानिसहरूका अगि मलाई स्वीकार गर्छ, परमेश्‍वरका दूतहरूका अगि मानिसका पुत्रले पनि त्यसलाई स्वीकार गर्नेछन्,
\v 9 तर जसले मलाई मानिसहरूका सामु इन्कार गर्छ, परमेश्‍वरका दूतहरूले पनि त्यसलाई इन्कार गर्नेछन् ।
\v 10 हरेक जसले मानिसका पुत्रको विरुद्धमा बोल्छ, त्यसलाई क्षमा गरिनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्छ, त्यसलाई क्षमा गरिनेछैन ।
\v 11 जब तिनीहरूले तिमीहरूलाई सभाघरहरू, शासकहरू र अधिकारीहरूको अगि ल्याउनेछन्, तब तिमीहरूले कसरी प्रतिकार गर्ने र के बोल्ने भन्‍ने बारेमा चिन्तित नहोओ ।
\v 12 किनकि पवित्र आत्माले तिमीहरूलाई त्यही घडी के भन्‍नुपर्ने हो भनी सिकाउनुहुनेछ ।"
\p
\v 13 त्यसपछि भीडबाट एक जनाले उहाँलाई भन्यो, “गुरुज्यू, मेरो दाजुलाई सम्पत्तिको भागबन्डा गर्नू भनी बताइदिनुहोस् ।”
\p
\v 14 येशूले त्यसलाई भन्‍नुभयो, “हे मानिस, कसले मलाई तिमीहरूमाथि न्यायधीश वा मध्यस्तकर्ता बनायो?”
\v 15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हेर आफैंलाई सबै लोभी इच्छाबाट अलग राख, किनभने कुनै व्यक्तिको जीवन त्यसको धन सम्पत्तिको प्रशस्ततामा रहँदैन ।”
\p
\v 16 तब येशूले तिनीहरूलाई यसो भन्दै एउटा द‍ृष्‍टान्त भन्‍नुभयो, “धनी मानिसको भूमिले प्रशस्त उब्जनी दियो,
\v 17 र त्यसले मनमनै यसो भन्‍यो, ‘म के गरूँ?, किनभने मेरो अन्‍न भण्डार गर्ने ठाउँ छैन!
\v 18 त्यसले भन्यो, 'म यसो गर्नेछु । म आफ्ना भकारीहरू भत्काउनेछु र झन् ठुला ठुला बनाउनेछु, र त्यहीं नै मेरा सबै अन्‍नहरू र अन्य सामग्रीहरू भण्डार गर्नेछु ।’
\v 19 म मेरो प्राणलाई भन्‍नेछु, ‘हे प्राण, तेरो लागि प्रशस्तै असल चिजहरू धेरै वर्षको लागि भण्डारण गरिएको छ । आराम गर्, खा, पी र आनन्दित हो ।’
\p
\v 20 तर परमेश्‍वरले त्यसलाई भन्‍नुभयो, ‘मूर्ख मानिस, आजको राती नै तेरो प्राण चाहिएको छ, र तैंले तयार गरेको ती सब चिजहरू कसको हुनेछ?
\p
\v 21 आफ्नै लागि धन सम्पत्तिको संचय गरेर राख्‍ने, र परमेश्‍वरमा चाहिं धनी नहुने मानिस त्यस्तै हुन्छ ।"
\p
\v 22 येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनको विषयमा के खाऔंला वा शरीरको विषयमा के पहिरौंला भनी चिन्ता नगर ।
\v 23 किनकि जीवन खानेकुराभन्दा र शरीर लुगाभन्दा ठुलो हो ।
\v 24 कागहरूलाई विचार गर, तिनीहरूले न त छर्छन् न बटुल्छन् । तिनीहरूका न त भण्डारहरू छन्, न भकारी छन्, तर परमेश्‍वरले तिनीहरूलाई खुवाउनुहुन्छ । तिमीहरू चराहरूभन्दा कति धेरै मूल्यवान् छौ!
\v 25 र तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो जीवनको आयुमा एकपल थप्‍न सक्छ?
\v 26 तिमीहरू यस्तो सानो काम पनि गर्न सक्दैनौ भने अरू कुराको किन चिन्ता गर्छौ?
\v 27 लिली फूलहरूलाई विचार गर—कसरी तिनीहरू बढ्छन् । तिनीहरूले न त परिश्रम गर्छन्, न कात्छन् । तर म तिमीहरूलाई भन्दछु, सोलोमन पनि आफ्ना सबै महिमामा यिनीहरूझैं आभूषित थिएनन् ।
\v 28 यदि आज अस्तित्वमा भएको, र भोलि आगोमा फालिने जमिनका घाँसलाई परमेश्‍वरले आभूषित गर्नुहुन्छ भने, हे अल्प विश्‍वासी हो, तिमीहरूलाई कति बढी आभूषित गर्नुहुनेछ ।
\v 29 तिमीहरू के खाऔंला र के पिऔंला भनी खोजी नगर र चिन्ता नगर ।
\v 30 किनकि संसारभरका सबै मानिसहरूले यी कुराहरूको खोजी गर्छन्, र तिमीहरूका पिताले ती सबै तिमीहरूलाई आवश्‍यक छ भनी जान्‍नुहुन्छ ।
\v 31 तर उहाँको राज्यको खोजी गर, र यी थोकहरू तिमीहरूलाई थपिनेछन् ।
\p
\v 32 सानो बगाल हो, नडराओ, किनभने तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता अति खुसी हुनुहुन्छ ।
\v 33 आफ्ना धन सम्पत्ति बेच र गरिबहरूलाई देओ । आफ्ना निम्ति थोत्रो नहुने थैलीहरू बनाओ—स्वर्गमा कहिल्यै नसकिने धन संचय गर, जहाँ चोर नजिक आउँदैन, र किराले हानि पुर्‍याउँदैन ।
\v 34 किनकि जहाँ तिम्रो धन छ, त्यहीं नै तिम्रो मन पनि हुनेछ ।
\p
\v 35 तिमीहरूका लामा पोसाक कम्मरको पेटीमा कसिएका, र तिमीहरूका बत्तीहरू बलिरहेका होऊन्,
\v 36 र आफ्नो मालिक विवाहको भोजबाट फर्केर आउने प्रतीक्षामा रहेका मानिसहरूझैं तिमीहरू होओ, जसले मालिक फर्केर आउँदा र ढकढकाउँदा तिनको निम्ति तुरुन्तै ढोका खोलिदिन्छन् ।
\v 37 धन्य हुन् ती सेवकहरू, जसलाई तिनीहरूका मालिक फर्केर आउँदा जागा रहेको भेट्टाउनेछन् । साँच्चै म तिमीहरूलाई भन्दछु, कि तिनले लामा पोसाक कम्मरको पेटीमा कस्‍नेछन् र तिनीहरूलाई टेबुलमा अडेस लगाएर बसाउनेछन्, र तिनी आएर तिनीहरूलाई खाना दिनेछन् ।
\v 38 यदि मालिक रातको दोस्रो पहरमा आउँछन् वा तेस्रो पहरमा आउँछन् र तिनीहरूलाई जागा भेट्टाउँछन् भने ती सेवकहरू धन्यका हुन् ।
\v 39 तर यो जान, कि यदि घरको मालिकलाई चोर कुन घडी आउँछ भन्‍ने थाहा भएको भए, तिनले आफ्नो घर फोर्न दिनेथिएनन् ।
\v 40 तिमीहरू पनि तयार रहो, किनभने तिमीहरूलाई मानिसका पुत्र कुन घडीमा आउँछन् भन्‍ने कुरा थाहा छैन ।"
\p
\v 41 पत्रुसले भने, “प्रभु, के तपाईंले यो द‍ृष्‍टान्त हामीलाई मात्रै भन्‍नुभएको हो, कि सबैलाई पनि?”
\p
\v 42 प्रभुले भन्‍नुभयो, “त्यसो भए विश्‍वासयोग्य र बुद्धिमान् व्यवस्थापक को हो? जसलाई मालिकले आफ्ना सेवकहरूलाई ठिक समयमा खाना दिन खटाएका हुन्छन् ।
\v 43 धन्य हो त्यो सेवक, जसलाई त्यसका मालिक फर्कंदा त्यसै गरिरहेको भेट्टाउनेछन् ।
\v 44 साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिनले आफ्नो सबै सम्पत्तिको हक त्यसलाई दिनेछन् ।
\v 45 तर यदि सेवकले आफ्नो हृदयमा 'मेरो मालिक फर्की आउन ढिलो गर्नुहुन्छ' भन्छ र पुरुष तथा स्‍‍त्री सेवकहरूलाई कुटपिट गर्न अनि खान, पिउन र दाखमद्यले मात्‍न लाग्यो भने,
\v 46 त्यस सेवकले नचिताएको दिन र थाहै नभएको घडीमा त्यसका मालिक आउनेछन् र त्यसलाई टुक्रा-टुक्रा गरी काट्नेछन् र अविश्‍वासीहरूसँग त्यसको लागि एउटा ठाउँ नियुक्त गर्नेछन् ।
\v 47 त्यस सेवकले आफ्नो मालिकको इच्छा थाहा हुँदाहुँदै पनि तयार नगरेको वा तिनको इच्छाअनुसार नगरेको कारण त्यसलाई धेरै मुक्‍का हानिनेछ ।
\v 48 तर जसलाई थाहै थिएन र मुक्‍का पाउने योग्यको काम गर्‍यो, त्यसलाई थोरै मात्र मुक्‍काहरू हानिनेछ । तर हरेक जसलाई धेरै दिइएको छ, तिनीहरूबाट धेरै नै लिइनेछ, र जसलाई धेरै जिम्मा दिइएको छ त्यसबाट धेरै नै मागिनेछ ।
\p
\v 49 म पृथ्वीमा आगो वर्षाउन आएको हुँ, र यो अघि नै सल्किसकेको होस् भनेर म चाहना गर्छु ।
\v 50 तर मैले बप्‍तिस्‍मा लिनुपर्ने एउटा बप्तिस्मा छ, र यो पूरा नहुन्जेलसम्म म अति व्याकुल छु ।
\v 51 के म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी तिमीहरू सोच्छौ? होइन, म तिमीहरूलाई भन्दछु, बरु म विभाजन ल्याउन आएँ ।
\v 52 किनकि अब उप्रान्त एउटा घरका पाँच जना विभाजित हुनेछन्—दुई जनाको विरुद्धमा तीन जना, र तीन जनाको विरुद्धमा दुई जना हुनेछन् ।
\v 53 तिनीहरू विभाजित हुनेछन्, बुबा छोराको विरुद्धमा, र छोरा बुबाको विरुद्धमा हुनेछ; आमा छोरीको विरुद्धमा, र छोरी आमाको विरुद्धमा, सासू आफ्नी बुहारीको विरुद्धमा, र बुहारी सासूको विरुद्धमा हुनेछे ।"
\p
\v 54 येशूले भीडलाई पनि यसो भनिरहनुभएको थियो, “जब तिमीहरूले पश्‍चिम दिशामा बादल उठिरहेको देख्छौ र तुरुन्तै तिमीहरू भन्दछौ, ‘वृष्‍टि हुन्छ' र त्यस्तै हुन्छ ।
\v 55 जब दक्षिणी बतास बहन्छ, तिमीहरू भन्छौ, ‘एकदमै गर्मी हुनेछ' र त्यस्तै हुन्छ ।
\v 56 पाखण्डीहरू हो, तिमीहरू पृथ्वी र आकाशको रूपको अर्थ लाउन जान्दछौ, तर तिमीहरू वर्तमान समयको अर्थ लाउन किन जान्दैनौ?
\p
\v 57 तिमीहरू आफ्नै लागि कुन कुरा ठिक हो भनेर किन निर्णय गर्दैनौ?
\v 58 तिमी आफ्नो विरोधीसँग न्यायीक अधिकारीकहाँ जाँदा, बाटोमा त्योसँग नै मुद्दा मिलाउने कोसिस गर ताकि त्यसले तिमीलाई न्यायधीशकहाँ नडोर्‍याओस्, र न्यायधीशले तिमीहरूलाई अधिकारीकहाँ नसुम्पोस्, र अधिकारीले तिमीलाई झ्यालखानामा नहालोस् ।
\v 59 म तिमीलाई भन्दछु, “तिमीले आखिरी पैसा चुक्‍ता नगरेसम्म तिमी कहिल्यै पनि त्यहाँबाट मुक्‍त भएर आउनेछैनौ ।”
\c 13
\cl अध्याय १३
\p
\v 1 त्यस बेला त्यहाँ भएका केही मानिसहरूले उहाँलाई गालीलीहरूको बारेमा बताए, जसका रगत पिलातसले तिनीहरूको आफ्नै बलिदानहरूसँग मिसाइदिए ।
\v 2 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “के ती गालीलीहरूले यस्तो शासना भोगेकाले तिनीहरू अरू सबै गालीलीहरूभन्दा पापी थिए भन्‍ने तिमीहरू सोच्छौ?
\v 3 होइन, म तिमीहरूलाई भन्दछु । तर यदि तिमीहरूले पश्‍चात्ताप गरेनौ भने तिमीहरू सबै त्‍यसरी नै नष्‍ट हुनेछौ ।
\v 4 वा सिलोआमका ती अठार जना मानिसहरू, जसमाथि धरहरा ढल्यो र तिनीहरूलाई मार्‍यो, के तिमीहरू सोच्छौ कि तिनीहरू यरूशलेमका अरू मानिसहरूभन्दा बढी पापी थिए?
\v 5 म भन्‍दछु, होइन । तर यदि तिमीहरूले पश्‍चात्ताप गरेनौ भने, तिमीहरू सबै पनि यसरी नै नष्‍ट हुनेछौ ।
\p
\v 6 येशूले यो द‍ृष्‍टान्त भन्‍नुभयो, “कसैले आफ्नो दाखबारीमा अञ्‍जीर रूख रोपेको थियो र त्यो आयो र त्यसले त्यसमा फल खोज्यो, तर केही पनि पाएन ।
\v 7 त्यस मानिसले मालीलाई भन्यो, ‘हेर, म तीन वर्षदेखि आएर यस अञ्‍जीरको रूखमा फल भेट्टाउने कोसिस गरेको छु, तर केही पनि पाइनँ । यसलाई काटेर ढालिदे । यसले जमिन किन ओगट्ने?'
\p
\v 8 मालीले त्यसलाई जवाफ दिएर भन्यो, ‘हजुर, 'यसलाई यो वर्ष रहन दिनुहोस् । म यसको वरिपरि खनेर मल हाल्नेछु ।
\v 9 यसले अर्को वर्ष फल फलाउँछ भने, ठिकै छ; तर यदि फलाउँदैन भने त्यसलाई ढालिदिनुहोस्!’”
\p
\v 10 यस बेला येशू विश्रामको दिनमा सभाघरहरूमध्ये एउटामा शिक्षा दिंदै हुनुहुन्थ्यो ।
\v 11 हेर, त्यहाँ अठार वर्षदेखि दुर्बलताको आत्मा लागेकी एउटी स्‍‍त्री थिई । त्यो कुप्रो थिई र पूर्ण रूपमा उभिन सक्दिन थिई ।
\v 12 जब येशूले त्यसलाई देख्‍नुभयो, उहाँले त्यसलाई बोलाउनुभयो र भन्‍नुभयो, “ए नारी! तिमीले आफ्नो दुर्बलताबाट छुटकारा पायौ ।”
\v 13 उहाँले त्यसमाथि हात राख्‍नुभयो र त्यो तत्कालै सीधा उभिई र परमेश्‍वरको महिमा गरी ।
\p
\v 14 तर सभाघरका शासक क्रूद्ध भए, किनभने येशूले विश्रामको दिनमा निको पार्नुभएको थियो । त्यसैले शासकले जवाफ दिए र भीडलाई भने, “काम गर्नको निम्ति छ दिन छन् । ती दिनमा आओ र निको होओ, विश्रामको दिनमा होइन ।”
\p
\v 15 प्रभुले तिनलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “पाखण्डीहरू हो! के तिमीहरू प्रत्‍येकले विश्रामको दिनमा आफ्ना गोरू कि गधालाई गोठबाट फुकाएर पानी पियाउन लाँदैनौ र?
\v 16 त्यसैले यी अब्राहामकी छोरी पनि, जसलाई अठार वर्षदेखि शैतानले बन्धनमा पारेको छ, के त्यसको बन्धन विश्रामको दिनमा फुकाउनु पर्दैन र?”
\v 17 जब उहाँले यी कुराहरू भन्‍नुभयो, उहाँका विरोध गर्नेहरू सबै लज्‍जित भए, तर सम्पूर्ण भीड उहाँले गर्नुभएका यी सबै महिमामय कार्यहरूमा आनन्दित भए ।
\p
\v 18 तब येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य के जस्तो छ, र म यसलाई केसँग तुलना गर्न सक्छु?
\v 19 यो एउटा रायोको बीउजस्तो हो, जसलाई एउटा मानिसले लगेर आफ्नो बारीमा छर्‍यो र यो बढेर एउटा ठुलो बिरुवा भयो र आकाशका चराहरूले यसका हाँगाहरूमा गुँड बनाए ।”
\p
\v 20 उहाँले फेरि भन्‍नुभयो, “परमेश्‍वरको राज्यलाई म केसँग तुलना गर्न सक्छु?
\v 21 यो एउटा खमीरजस्‍तो हो, जसलाई एउटी स्‍‍त्रीले लिई र तीन भाँडो पिठोमा यो सबैतिर नफैलिएसम्म‍ मिसाई ।"
\p
\v 22 तब येशू सहरहरू र गाउँहरूतिर यात्रा गर्दै र शिक्षा दिंदै यरूशलेमतिर जानुभयो ।
\v 23 कसैले उहाँलाई भन्यो, “प्रभु, के बचाइने मानिसहरू थोरै मात्र छन्?” त्यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो,
\v 24 “साँगुरो ढोका भएर पस्‍ने कोसिस गर, किनभने म तिमीहरूलाई भन्दछु, धेरैले पस्‍न प्रयास गर्नेछन्, तर पस्‍न सक्‍नेछैन ।
\v 25 एक पटक घरको मालिक उठेर ढोका थुनेपछि, तिमीहरू बाहिर उभिनेछौ र ढोका ढक्ढक्याउनेछौ र भन्‍नेछौ, ‘प्रभु, प्रभु हामीलाई भित्र आउन दिनुहोस्’। "उनले जवाफ दिनेछन् र तिमीहरूलाई भन्‍नेछन्, ‘‘म तिमीहरूलाई चिन्दिनँ वा तिमीहरू कहाँबाट आएका हौ"
\v 26 तब तिमीहरूले भन्‍नेछौ, ‘हामीले तपाईंको सामुन्‍ने खायौं, पियौं र तपाईंले हाम्रा गल्लीहरूमा शिक्षा दिनुभयो ।’
\p
\v 27 तर उनले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई भन्दछु, तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिनँ । दुष्‍ट काम गर्नेहरू हो, मबाट गइहाल ।’
\v 28 जब तिमीहरूले अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्‍ताहरूलाई परमेश्‍वरको राज्यभित्र देख्‍छौ, तर आफैलाई चाहिं बाहिर फालिएको देख्‍छौ, तब त्यहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ ।
\v 29 तिनीहरू पूर्व, पश्‍चिम, उत्तर र दक्षिणबाट आउनेछन् र परमेश्‍वरको राज्यमा टेबुलमा बस्‍नेछन् ।
\v 30 यो जान, तिनीहरू जो पछिल्ला छन् पहिला हुनेछन्, र पहिलाचाहिं पछिल्ला हुनेछन् ।
\p
\v 31 यस लगत्तै केही फरिसीहरू आए र उहाँलाई भने, “यहाँबाट निस्‍केर गइहाल्‍नुहोस्, किनभने हेरोदले तपाईंलाई मार्न चाहन्छन् ।”
\p
\v 32 येशूले भन्‍नुभयो, “जाऊ र त्यो स्याललाई भन, 'हेर, म आज र भोलि भूतहरू निकाल्छु र निको पार्ने काम गर्छु, र तेस्रो दिन मेरो लक्ष्य पूरा गर्नेछु ।
\v 33 तापनि आज, भोलि र पर्सि मैले निरन्तरता दिनु आवश्यक छ, किनभने यरूशलेमबाट टाढामा एउटा अगमवक्‍तालाई मार्नु ग्रहणयोग्य हुँदैन ।
\p
\v 34 यरूशलेम, ए यरूशलेम! तँ जो अगमवक्‍ताहरूलाई मार्ने र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्‍ने! जसरी एउटी पोथीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छ, त्यसरी नै कतिपटक मैले तेरा सन्तानहरूलाई बटुल्न इच्छा गरें, तर तैंले त्यो मानिनस् ।
\v 35 हेर, तिमीहरूको घर त्यागिएको छ । म तिमीहरूलाई भन्दछु, तिमीहरूले 'परमप्रभुको नाउँ धन्यको हो' नभनेसम्म तिमीहरूले मलाई देख्‍नेछैनौ ।”
\c 14
\cl अध्याय १४
\p
\v 1 एउटा विश्रामको दिनमा जब उहाँ फरिसीहरूका अगुवाहरूमध्ये एक जनाको घरमा रोटी खान जानुभयो, तिनीहरूले उहाँलाई नजिकबाट हेरिराखेका थिए ।
\v 2 हेर, त्यहाँ उहाँको अगाडि एउटा मानिस थियो जो जलग्रह रोगबाट ग्रसित थियो ।
\v 3 येशूले यहूदी व्यवस्थाका पण्डितहरू र फरिसीहरूलाई सोध्‍नुभयो, “विश्रामको दिनमा निको पार्नु उचित छ वा छैन?"
\v 4 तर तिनीहरू मौन रहे । त्सैले येशूले त्यसलाई समातेर निको पार्नुभयो र त्यसलाई पठाइदिनुभयो ।
\v 5 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्ये कसले आफ्नो छोरा अथवा गोरुलाई विश्रामको दिनमा इनारमा खस्दा तुरुन्तै बाहिर निकाल्दैन?”
\v 6 तिनीहरूले ती कुराहरूको जवाफ दिन सकेनन् ।
\p
\v 7 जब येशूले निम्तोमा बोलाइएकाहरूले आदरको आसन छानेको देख्नुभयो, उहाँले तिनीहरूलाई यसो भन्दै एउटा द‍ृष्‍टान्त भन्‍नुभयो,
\v 8 “जब तिमीहरूलाई कसैले विवाह भोजमा निम्तो दिन्छ, आदरको स्थानमा नबस, किनभने तिमीभन्दा अझै आदरको मानिसलाई निम्तो दिएको हुन सक्छ ।
\v 9 जब तिमीहरू दुवै जनालाई निम्तो दिने व्यक्ति आउँछ, त्यसले तिमीलाई भन्‍नेछ, ‘तपाईंको स्थान यिनलाई छोडिदिनुहोस्', र लाजकासाथ तिमी तल्लो स्थानमा बस्‍नुपर्ने हुनेछ ।
\v 10 तर जब तिमीले निम्तो पाउँछौ, गएर तल्‍लो स्थानमा बस, ताकि तिमीलाई निम्तो दिनले आएर तिमीलाई यसो भन्‍न सक्छ, 'साथी माथिल्लो स्थानमा गएर बस्‍नुहोस्' । तब तिम्रो टेबुलमा बस्‍नेहरूका सबैका बीचमा तिम्रो आदर हुनेछ ।
\v 11 किनकि हरेक जसले आफूलाई उचाल्छ, त्यसलाई होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ त्यो उच्‍च पारिनेछ ।
\p
\v 12 येशूले आफूलाई निम्तो दिनेलाई पनि भन्‍नुभयो, “जब तिमीले बिहानको अथवा बेलुकीको भोजमा बोलाउँछौ, तब आफ्ना साथीहरू वा आफ्ना दाजुभाइहरू वा आफ्ना नातेदारहरू वा आफ्ना धनी छिमेकीहरूलाई नबोलाऊ, किनकि तिनीहरूले पनि तिमीलाई त्यसको साटो निम्तो दिन सक्छन् र तिम्रो गुण फेरि तिरिनेछ ।
\v 13 तर जब तिमीले भोज दिन्छौ, गरिब, लुला-लङ्गडा, र अन्धाहरूलाई बोलाऊ,
\v 14 र तिमी आशिषित् हुनेछौ, किनभने तिनीहरूले तिम्रो गुण फेरि तिर्न सक्दैनन् । किनकि धर्मीहरूको पुनरुत्थानमा तिम्रो गुण फेरि तिरिनेछ ।”
\p
\v 15 येशूसँगै टेबुलमा बस्‍नेहरूमध्ये एक जनाले जब यी कुराहरू सुन्यो तब त्यसले उहाँलाई भन्यो, “त्यो धन्यको हो जसले परमेश्‍वरको राज्यमा रोटी खानेछ ।”
\p
\v 16 तर येशूले त्यसलाई भन्‍नुभयो, “एक जना मानिसले बेलुकीको ठुलो भोजको तयार गर्‍यो र धेरैलाई निम्तो दियो ।
\v 17 जब भोज तयार भयो, त्यसले आफ्नो सेवकलाई निम्तो गरिएकाहरूलाई यसो भन्‍न पठायो, ‘आउनुहोस् सबै कुरा तयार भइसक्यो ।’
\p
\v 18 तिनीहरू सबैले उस्तै-उस्तै बहाना बनाउन थाले । पहिलोले त्यसलाई भन्यो, ‘मैले एउटा खेत किनेको छु, र मैले गएर त्यो हेर्नुपर्छ । कृपया मलाई माफ गर्नुहोस् ।’
\p
\v 19 अर्कोले भन्यो, ‘मैले पाँच हल गोरु किनेको छु र मैले तिनीहरूलाई जाँच्‍नु लागेको छु । कृपया मलाई माफ गर्नुहोस् ।’
\p
\v 20 र अर्को मानिसले भन्यो, ‘मैले पत्‍नी विवाह गरेको छु, यसकारण म आउन सक्दिनँ ।’
\p
\v 21 त्यो सेवक फर्केर आएर आफ्ना मालिकलाई ती कुराहरू सुनाइदियो, तब त्यस घरका मालिक रिसाए र आफ्नो सेवकलाई भन्यो, ‘सहरका सडकहरू र गल्लीहरूमा छिटो जा, र गरिब, लुला-लङ्गडा, अन्धाहरूलाई यहाँ भित्र ले ।’
\p
\v 22 तब सेवकले भन्यो, ‘मालिक, तपाईंको आदेशअनुसार सबै कुरा भएको छ, र पनि त्यहाँ अझै ठाउँ बाँकी छ ।’
\p
\v 23 मालिकले सेवकलाई भन्यो, ‘राजमार्गहरू र गल्लीहरूमा गएर मानिसहरूलाई भित्र आउन कर गर्, ताकि मेरो घर भरिएको होस् ।
\v 24 किनकि म तिमीहरूलाई भन्दछु, निम्तो पाएकाहरूमध्ये कसैले पनि मेरो भोज चाख्‍न पाउने छैन ।’"
\p
\v 25 अब ठुला भीडहरू उहाँसँग गइराखेका थिए, र उहाँ फर्कनुभयो र तिनीहरूलाई भन्‍नुभयो,
\v 26 “यदि कोही मेरो पछि आउँछ र आफ्नो बुबा, आमा, पत्‍नी, छोराछोरी, दाजुभाइ र दिदी-बहिनी, र आफ्नै जीवनलाई समेत तुच्छ ठान्दैन भने, त्यो मेरो चेला हुन सक्दैन ।
\v 27 जसले आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन ।
\v 28 किनकि तिमीहरूमध्ये कसले एउटा धरहरा बनाउने इच्छा गर्दा, पहिला बसेर निर्माण सम्पन्‍न गर्न सक्‍ने रुपियाँ-पैसा छ कि छैन भनेर त्यसको हिसाब गर्दैन?
\v 29 नत्रभने त्यसले जग बसालिसकेपछि निर्माण सम्पन्‍न गर्न सकेन भने, त्यो देख्‍ने सबैले यसो भन्दै त्यसको गिल्ला गर्नेछन्,
\v 30 ‘यस मानिसले निर्माण गर्न त सुरु गर्‍यो तर सिद्धयाउन सकेन ।’
\p
\v 31 अथवा कुन राजाले आफूसँग भएको दस हजार मानिसका साथ, अर्को बिस हजार मानिससहित आएको राजाको विरूद्ध लडाईं गर्न सक्छु कि सक्दिनँ भनी पहिले बसेर सल्लाह लिंदैन?
\v 32 र यदि सक्दैन भने, अरू सेना टाढै हुँदा त्यसले राजदूत पठाएर शान्तिको शर्त राख्‍छ ।
\v 33 यसकारण तिमीहरूमध्ये कसैले आफूसँग भएको सबै कुरा त्याग्दैन भने, त्यो मेरो चेला हुन सक्दैन ।
\p
\v 34 नुन असल हो, तर यदि नुनले आफ्नो स्वाद गुमायो भने त्यसलाई कसरी फेरि नुनिलो बनाउने?
\v 35 यो जमिनको लागि काम लाग्दैन वा मलको थुप्रोको लागि पनि । त्यसलाई मिल्काइदिइन्छ । जसको सुन्‍ने कान छ, त्यसले सुनोस् ।”
\c 15
\cl अध्याय १५
\p
\v 1 अब सबै कर उठाउनेहरू र पापीहरू उहाँकहाँ वचन सुन्‍नलाई आउँदै थिए ।
\v 2 फरिसीहरू र शास्‍‍त्रीहरू दुवै एक-अर्कासँग यसो भन्दै गनगन गरे, “यस मानिसले पापीहरूलाई स्वागत गर्छ र तिनीहरूसँग खान्छ पनि ।”
\p
\v 3 येशूले तिनीहरूलाई यसो भन्दै द‍ृष्‍टान्त भन्‍नुभयो,
\v 4 “तिमीहरूमध्ये कुन मानिस होला, जसको सयवटा भेडा छन् र त्यसमध्ये एउटा हराउँदा उनान्‍सयवटा भेडालाई उजाड-स्थानमा छोडेर हराएको एउटा भेडाको पछि लागेर त्यसलाई नभेट्टाउन्जेल खोज्दैन?
\v 5 त्यसपछि जब उसले भेट्टाउँछ, उसले त्यसलाई आफ्नो काँधमा राख्‍छ र रमाउँछ ।
\v 6 जब ऊ घर आउँछ, उसले आफ्ना साथीहरू र छिमेकीहरूलाई एकसाथ यसो भन्दै बोलाउँछ, ‘मसँग आनन्दित होओ, किनकि मैले मेरो हराएको भेडालाई भेट्टाएको छु ।’
\v 7 त्यसै गरी म तिमीहरूलाई भन्दछु, उनान्सय जना पश्‍चात्ताप गर्न नपर्ने धर्मी मानिसहरूभन्दा पश्‍चात्ताप गर्ने एक जना पापीको खातिर स्वर्गमा ठुलो रमाहट हुनेछ ।
\p
\v 8 अथवा कुन स्‍‍त्री होली जसका दसवटा चाँदीका सिक्‍काहरूमध्ये एउटा हराउँदा, बत्ती बालेर, घर बढारेर र सिक्‍का नभेट्टाइन्जेल दिलोज्यानसाथ खोज्दिन र?
\v 9 अनि त्यसले भेट्टाएपछि त्यसले आफ्ना सबै साथीहरू र छिमेकीहरूलाई एकसाथ यसो भन्दै बोलाउँछे, ‘मसँग रमाओ, किनकि मैले हराएको सिक्‍का भेट्टाएकी छु ।’
\v 10 त्यसै गरी म तिमीहरूलाई भन्दछु, एक जना पश्‍चात्ताप गर्ने पापीका खातिर परमेश्‍वरका दूतहरूका उपस्थितिमा स्वर्गमा आनन्द हुनेछ ।”
\p
\v 11 त्यसपछि येशूले भन्‍नुभयो, “एक जना मानिसका दुई जना छोरा थिए,
\v 12 र तिनीहरूमध्ये कान्छाले आफ्नो बुबालाई भन्यो, ‘बुबा मैले पाउनुपर्ने सम्पत्तिको अंश मलाई दिनुहोस् ।’ त्यसैले तिनीहरूका बीचमा तिनले सम्पत्ति बाँडिदिए ।
\v 13 धेरै दिन नबित्दै कान्छा छोराले आफ्ना सबै सामानहरू जम्मा गरेर टाढा देशमा गयो, र त्यसले त्यहाँ जथाभावी जिएर आफ्ना सबै रुपियाँ-पैसा खर्च गर्‍यो ।
\v 14 जब त्यसले सबै खर्च गरी सिध्यायो, त्यहाँ देशभरि ठुलो अनिकाल पर्‍यो, र त्यो खाँचोमा पर्न थाल्यो ।
\v 15 त्यो गएर त्यस देशका नागरिकहरूमध्ये एउटाकहाँ काममा लाग्यो जसले त्यसलाई आफ्नो खेतमा सुँगुरहरू चराउन पठायो ।
\v 16 सुँगुरहरूले खाने दानाले त्यसले खुसीसाथ खान चाहन्थ्यो किनभने त्यसलाई कसैले केही पनि दिंदैनथियो ।
\v 17 तर जब कान्छा छोराको चेत खुल्यो, त्यसले भन्‍यो, ‘मेरा बुबाका कति धेरै सेवकहरूसँग प्रशस्त खानेकुरा छ, तर म भने यहाँ भोकभोकै मरिरहेको छु!
\v 18 म यस ठाउँलाई छोडेर मेरो बुबाकहाँ जानेछु, र उहाँलाई भन्‍नेछु, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु ।
\v 19 अब उप्रान्त म तपाईंको छोरा भनिने योग्यको छैनँ; मलाई तपाईंका सेवकहरूमध्ये एउटासरह बनाउनुहोस् ।’
\v 20 तब कान्छो छोराले त्यस ठाउँ छाड्‍यो र आफ्नो बुबाकहाँ गयो । त्यो टाढै छँदा त्यसका बुबाले त्यसलाई देखे र दयाले भरिएर, र दौडेर अँगालो हालेर म्वाँइ खाए ।
\v 21 छोराले तिनलाई भन्यो, ‘बुबा, मैले स्वर्गको विरूद्धमा र तपाईंको विरूद्धमा पाप गरेको छु । अब उप्रान्त म तपाईंको छोरा भनिने योग्यको छैनँ ।’
\p
\v 22 बुबाले आफ्ना सेवकहरूलाई भने, ‘तुरुन्तै उत्तम वस्‍‍त्रहरू ल्याओ र यसलाई लगाइदेओ, यसको हातमा औंठी, र खुट्टामा जुत्ता लगाइदेओ ।
\v 23 त्यसपछि मोटो बाछा ल्याओ र त्यसलाई मार । हामी भोज खाएर उत्सव मनाऔं!
\v 24 किनकि मेरो छोरो मरेको थियो, र अब त्यो जीवित भएको छ । त्यो हराएको थियो, र अब त्यो भेट्टाइएको छ ।' अनि तिनीहरूले उत्सव मनाउन सुरु गरे ।
\p
\v 25 अब तिनको जेठो छोरो खेतमा थियो । त्यो घरको नजिकै आइपुग्दा त्यसले नाचगानको आवाज सुन्यो ।
\v 26 त्यसले सेवकहरूमध्ये एक जनालाई बोलाएर के भइरहेको होला भनेर सोध्यो ।
\v 27 सेवकले त्यसलाई भन्यो, तपाईंको भाइ आइपुग्‍नुभएको छ, र तपाईंको बुबाले मोटो बाछा मार्नुभएको छ, किनभने उहाँ सुरक्षितसाथ फर्कनुभएको छ।
\p
\v 28 जेठो छोरो रिसाएको थियो र भित्र पसेन, र त्यसको बुबा बाहिर गएर त्यसलाई मनाउन थाले ।
\v 29 तर जेठो छोरोले जवाफ दियो र त्यसको बुबालाई भन्‍यो, ‘हेर्नुहोस्, यति धेरै वर्ष मैले तपाईंको सेवा गरे, र मैले कहिल्यै तपाईंको एउटा आज्ञा पनि उल्लङ्‍घन गरिनँ, र तपाईंले मलाई कहिल्यै मेरा साथीहरूसँग उत्सव मनाउन एउटा पाठो पनि दिनुभएन,
\v 30 तर तपाईंको सम्पत्ति वेश्याहरूसँग सखाप पार्ने छोरो आउँदा चाहिं तपाईंले त्यसको लागि मोटो बाछा मार्नुभयो ।’
\p
\v 31 बुबाले त्यसलाई भने, ‘छोरा, तँ त मसँग सधैंभरि छस् र मसँग भएका सबै थोक तेरै हुन् ।
\v 32 तर हामीले भोज खानु र खुसी हुनु उचित छ, किनकि यो तेरो भाइ मरेको थियो, र अब जीवित भएको छ; र त्यो हराएको थियो, र अब भेट्टाइएको छ ।'”
\c 16
\cl अध्याय १६
\p
\v 1 येशूले आफ्ना चेलाहरूलाई पनि भन्‍नुभयो, “एक जना धनी मानिसको एउटा व्यवस्थापक थियो र त्यस व्यवस्थापकलाई तिनको धन फजुल खर्च गरिरहेको छ भन्‍ने दोष लागेको थियो ।
\v 2 तब ती धनी मानिसले त्यसलाई बोलाएर भने, ‘तेरो बारेमा म यो के सुन्दैछु? तेरो व्यवस्थापनको बारेमा हिसाब दे, किनकि अब उप्रान्त तँ व्यवस्थापक हुन सक्दैनस् ।’
\p
\v 3 त्यो व्यवस्थापकले आफ्नो मनमा भन्यो, म के गरूँ? किनकि मेरा मालिकले अब मलाई व्यवस्थापकको कामबाट हटाउँदै छन् । मेरो खन्‍ने तागत छैन, र मलाई भीख माग्‍न लाज लाग्छ ।
\v 4 मैले के गर्नेछु भन्‍ने कुरा मलाई थाहा छ, ताकि मलाई व्यवस्थापकको कामबाट हटाइएपछि मानिसहरूले मलाई तिनीहरूका घरमा निम्त्याऊन् ।’
\v 5 तब त्यस व्यवस्थापकले त्यसका मालिकका ऋणीहरू प्रत्येकलाई बोलायो, र पहिलोलाई सोध्यो, ‘तिमीले मेरा मालिकलाई कति तिर्नु छ?
\p
\v 6 त्यसले भन्यो, ‘एक सय माना जैतूनको तेल ।’ त्यसले त्यसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ, तुरुन्तै बसेर पचास लेख ।’
\p
\v 7 तब त्यस व्यवस्थापकले अर्कोलाई भन्यो, ‘तिम्रोचाहिं ऋण कति छ? त्यसले भन्यो, ‘एकसय कोर गहुँ ।’ त्यसले त्यसलाई भन्यो, ‘तिम्रो तमसुक ल्याऊ, र असी लेख ।’
\v 8 तब ती मालिकले त्यस अधर्मी व्यवस्थापकको प्रशंसा गरे किनभने त्यसले चतुर्‍याइँसँग काम गरेको थियो । किनकि आफ्ना मानिसहरूसँग व्यवहार गर्दा ज्योतिका सन्तानभन्दा यस संसारका सन्तानहरू बढी चतुर हुन्छन् ।
\v 9 म तिमीहरूलाई भन्दछु, अधर्मको धनले तिमीहरूले आफ्ना लागि मित्रहरू बनाओ, ताकि जब त्यो धन सकिन्छ, तिनीहरूले तिमीहरूलाई अनन्त वासस्थानमा स्वागत गरून् ।
\v 10 जो अति थोरै कुरामा विश्‍वासयोग्य हुन्छ, त्यो धेरै कुरामा पनि विश्‍वासयोग्य हुन्छ र जो अति थोरै कुरामा अधर्मी हुन्छ, त्यो धेरै कुरामा पनि अधर्मी हुन्छ ।
\v 11 यदि तिमीहरू अधर्मको धन प्रयोग गर्ने कुरामा विश्‍वासयोग्य भएका छैनौ भने साँचो धनमा तिमीहरूलाई कसले भरोसा गर्ला र?
\v 12 यदि तिमीहरू अरू मानिसहरूको सम्पत्ति प्रयोग गर्ने कुरामा विश्‍वासयोग्य भएका छैनौ भने, तिमीहरूको आफ्नै सम्पत्ति तिमीहरूलाई कसले देला र?
\v 13 कुनै पनि सेवकले दुई जना मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले एउटालाई घृणा गर्नेछ, र अर्कोलाई प्रेम गर्नेछ अथवा एउटाप्रति भक्‍ति देखाउनेछ र अर्कोलाई तुच्छ ठान्‍नेछ । तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्दैनौ ।”
\p
\v 14 अब सम्पत्तिका प्रेमी फरिसीहरूले यी सबै कुरा सुने, र तिनीहरूले उहाँको गिल्ला गरे ।
\v 15 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसहरूको द‍ृष्‍टिमा तिमीहरू आफैंलाई धर्मी ठहर्‍याउँछौ, तर परमेश्‍वरले तिमीहरूका हृदयहरू जान्‍नुहुन्छ । मानिसहरूका माझमा जे उच्‍च हुन्छ, त्यो परमेश्‍वरको द‍ृष्‍टिमा घृणित हुन्छ ।
\p
\v 16 यूहन्‍ना नआउन्जेल व्यवस्था र अगमवक्ताहरूको प्रभाव थियो । त्यस समयदेखि परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गरिएको छ, र यसमा सबै जना बलजफ्तीसँग प्रवेश गर्न कोसिस गर्छन् ।
\v 17 तर व्यवस्थाको अक्षरको एक मात्रा पनि रद्द हुनुभन्दा स्वर्ग र पृथ्वीलाई बितेर जान बढी सजिलो छ ।
\p
\v 18 हरेक जसले आफ्नी पत्‍नीलाई छोडपत्र दिन्छ र अर्कीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्छ, र आफ्नो पतिबाट छोडपत्र पाएकीलाई जसले विवाह गर्छ, त्यसले पनि व्यभिचार गर्छ ।
\p
\v 19 अब वैजनी रङ्गको र मसिनो मलमलको वस्‍‍त्र पहिरिएको एक जना धनी मानिस थियो, र आफ्नो प्रशस्त धन सम्पत्तिमा हरेक दिन आनन्द गरिरहेको थियो ।
\v 20 लाजरस नाम गरेको, घावैघाउ भएको एक जना भिखारीलाई ल्याएर उसको ढोकामा राखिन्थ्यो,
\v 21 र धनी मानिसको टेबुलबाट झरेका टुक्राटाक्रीले आफ्नो पेट भर्ने इच्छा गर्थ्‍यो । कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्थे ।
\v 22 यसपछि त्यो भिखारी मर्‍यो र स्वर्गदूतहरूद्वारा त्यसलाई उठाएर अब्राहामको छेउमा लगियो । त्यो धनी मानिस पनि मर्‍यो र गाडियो,
\v 23 र नरकमा कष्‍ट भोगिरहेको बेला उसले आफ्ना आँखा उठाएर हेर्‍यो र टाढामा अब्राहामलाई र तिनको छेउमा लाजरसलाई देख्यो ।
\v 24 अनि उसले कराएर भन्यो, ‘पिता अब्राहाम, ममाथि कृपा गर्नुहोस् र लाजरसलाई पठाइदिनुहोस्, ताकि त्यसले आफ्नो औंलाको टुप्पा पानीमा चोपेर मेरो जिब्रोलाई शितल पारिदेओस्, किनकि म यस ज्वालामा पीडामा छु ।’
\p
\v 25 तर अब्राहामले भने, ‘बाबु, याद गर कि तिमीले आफ्नो जीवनकालमा असल कुराहरू पायौ, र त्यसै गरी लाजरसले खराब कुराहरू पायो । तर अहिले त्यो यहाँ आराममा छ, र तिमी पीडामा छौ ।
\v 26 यी सबै बाहेक, एउटा ठुलो खाडल राखिएको छ ताकि यताबाट तिमीकहाँ आउन चाहनेहरू आउन नसकून् र त्यहाँबाट हामीहरूकहाँ कोही आउन नसकून् ।’
\p
\v 27 धनी मानिसले भन्यो, ‘पिता अब्राहाम, म तपाईंलाई बिन्ती गर्छु, तपाईंले त्यसलाई मेरा बुबाको घरमा पठाइदिनुहोस् ।
\v 28 किनकि मेरा पाँच जना भाइ छन्—त्यसले तिनीहरूलाई चेताउनी देओस्, ताकि तिनीहरू यस कष्‍टको ठाउँमा नआउन् ।’
\p
\v 29 तर अब्राहामले भने, ‘तिनीहरूसँग मोशा र अगमवक्‍ताहरू छन्; तिनीहरूले उनीहरूका कुरा सुनून् ।’
\p
\v 30 धनी मानिसले उत्तर दियो, ‘होइन पिता अब्राहाम, यदि मरेकाहरूबाट कोही तिनीहरूकहाँ गयो भने तिनीहरूले पश्‍चात्ताप गर्नेछन् ।’
\p
\v 31 तर अब्राहामले उसलाई भने, ‘यदि तिनीहरूले मोशा र अगमवक्‍ताका कुरा सुन्दैनन् भने कोही मृत्युबाट उठे पनि तिनीहरूले मान्‍ने छैनन्' ।"
\c 17
\cl अध्याय १७
\p
\v 1 येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “पाप गर्न लगाउने कुराहरू निश्‍चय नै हुनेछन्, तर त्यस व्यक्‍तिलाई धिक्‍कार छ जसद्वारा ती आउँछन्!
\v 2 त्यसले यी सानाहरूमध्ये एक जनालाई ठेस लगाउनुभन्दा त त्यसको घाँटीमा जाँतोको एउटा ढुङ्गा झुन्डाएर त्यसलाई समुद्रमा फालिदिएको भए त्यसको लागि असल हुने थियो ।
\v 3 आफ्नो बारेमा होसियार रहो । यदि तिम्रो भाइले पाप गर्छ भने त्यसलाई हप्काऊ, र त्यसले पश्‍चात्ताप गर्छ भने त्यसलाई क्षमा गर ।
\v 4 यदि त्यसले तिम्रो विरुद्धमा दिनमा सात पटकसम्म पाप गर्छ भने, र सातै पटक ‘म पश्‍चात्ताप गर्छु’ भन्दै तिमीकहाँ फर्की आउँछ भने तिमीले त्यसलाई क्षमा गर्नुपर्छ ।"
\p
\v 5 प्रेरितहरूले प्रभुलाई भने, “हाम्रो विश्‍वास बढाइदिनुहोस् ।”
\p
\v 6 प्रभुले भन्‍नुभयो “यदि तिमीसँग रायोको बीउजत्रो विश्‍वास भएको भए किम्बुको रूखलाई ‘यहाँबाट उखेलिएर समुद्रमा रोपिन जा’ भन्यौ भने त्यसले तिम्रो आज्ञा मान्‍ने थियो ।
\p
\v 7 तर तिमीहरूमध्ये को होला जसको जोत्‍ने वा भेडा चराउने सेवक खेतबाट आउँदा त्यसलाई 'तुरुन्तै आएर खाना खान बस्' भनी भन्‍नेछ?
\v 8 के उसले त्यसलाई भन्‍नेछैन र? 'मेरो लागि केही खानेकुरा तयार पार्, र कम्मरमा पटुका कस् र मैले खानपिन गरी नसकुन्जेल मेरो सेवा गर् । त्यसपछि तैंले खानेछस् र पिउनेछस् ।'
\v 9 उसले आफ्‍नो सेवकलाई अह्राएअनुसार त्यसले काम गरेको हुनाले, के उसले त्यसलाई धन्यवाद दिन्छ र?
\v 10 त्यसरी नै जब तिमीहरूले पनि आफूलाई अह्राएको सबै कुराहरू गरिसकेका हुन्छौ, तब तिमीहरूले 'हामी अयोग्य सेवकहरू हौं । हामीले त आफूले गर्नुपर्ने कुरा मात्र गरेका छौं' भनी भन्‍नुपर्छ ।”
\p
\v 11 अब येशू यरूशलेमतिर यात्रा गर्नुहुँदा उहाँ सामरिया र गालीलको बीचबाट भएर जानुभयो ।
\v 12 उहाँ एउटा गाउँमा पस्‍नुहुँदा, त्यहाँ दस जना कुष्‍ठरोग लागेका मानिसहरूले उहाँलाई भेटे । तिनीहरू उहाँबाट टाढा उभिए
\v 13 र तिनीहरूले यसो भन्दै आफ्ना स्वर उचाले, “येशू गुरुज्यू, हामीमाथि दया गर्नुहोस् ।”
\p
\v 14 जब उहाँले तिनीहरूलाई देख्नुभयो, उहाँले भन्‍नुभयो, “जाओ र आफैंलाई पूजाहारीहरूकहाँ देखाओ ।" तिनीहरू जाँदाजाँदै शुद्ध भए ।
\v 15 तिनीहरूमध्ये एक जनाले आफू निको भएको देखेर चर्को स्वरले परमेश्‍वरको महिमा गर्दै फर्कियो ।
\v 16 त्यो येशूलाई धन्यवाद दिंदै उहाँको चरणमा घोप्‍टो पर्‍यो । त्यो एक सामरी थियो ।
\v 17 तब येशूले भन्‍नुभयो, “के दस जना शुद्ध भएका होइनन्? नौ जना कहाँ छन्?
\v 18 के यो परदेशीबाहेक फर्केर परमेश्‍वरलाई महिमा दिने अरू कोही भएनन्?
\v 19 उहाँले त्यसलाई भन्‍नुभयो, “उठ, र जाऊ । तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।”
\p
\v 20 परमेश्‍वरको राज्य कहिले आउँछ भनी फरिसीहरूले सोध्दा येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “परमेश्‍वरको राज्य देखिने गरी आउँदैन,
\v 21 न त तिनीहरूले ‘हेर, यहाँ छ!' वा 'त्यहाँ छ! भन्‍नेछन् । किनकि हेर, परमेश्‍वरको राज्य तिमीहरूकै माझमा छ ।”
\p
\v 22 उहाँले चेलाहरूलाई भन्‍नुभयो, “ती दिनहरू आउँदैछन् जब तिमीहरूले मानिसका पुत्रका दिनहरूमध्ये कुनै एक दिन हेर्ने इच्छा गर्नेछौ तर तिमीहरूले त्यो देख्‍नेछैनौ ।
\v 23 तब तिनीहरूले तिमीहरूलाई ‘हेर, त्यहाँ छ!' वा 'हेर, यहाँ छ! भन्‍नेछन् । तर तिमीहरू बाहिर नजाओ वा तिनीहरूका पछि पछि नदौड,
\v 24 किनकि जसरी बिजुली आकाशको एउटा कुनाबाट अर्को कुनामा चम्कँदा उज्यालो हुन्छ मानिसका पुत्र पनि आफ्नो दिनमा त्यस्तै हुनेछन् ।
\v 25 तर उनी पहिले विभिन्‍न थोकहरूबाट सताइनुपर्छ र यो पुस्ताद्वारा अस्वीकार गरिनुपर्छ ।
\v 26 जस्तो नोआका दिनहरूमा भयो, मानिसका पुत्रका दिनहरूमा पनि त्यस्तै हुनेछ ।
\v 27 नोआ जहाजभित्र नपसुन्जेलसम्म तिनीहरूले खाए, पिए, र विवाह गरे र तिनीहरूलाई विवाहमा दिइयो—र बाढी आयो र तिनीहरू सबैलाई नाश गर्‍यो ।
\v 28 लोतका दिनहरूमा पनि त्यस्तै भयो—तिनीहरू खाँदै र पिउँदै, किन्दै र बेच्दै, रोप्दै र निर्माण गर्दै थिए ।
\v 29 तर त्यो दिन जब लोत सदोम छोडेर गए, आकाशबाट आगो र गन्धक बर्सियो र तिनीहरू सबैलाई नष्‍ट गर्‍यो ।
\v 30 मानिसका पुत्र प्रकट हुने दिनमा पनि त्यस्तै हुनेछ ।
\v 31 त्यस दिनमा घरको माथिल्लो तल्‍लामा हुनेले आफ्नो घरभित्रको मालमत्ता लिनको लागि तल नआओस्, र कोही खेतमा छ भने त्यो नफर्कोस् ।
\v 32 लोतकी पत्‍नीलाई सम्झ ।
\v 33 जसले आफ्नो प्राण बचाउन खोज्छ त्यसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण गुमाउँछ त्यसले त्यो बचाउनेछ ।
\v 34 म तिमीहरूलाई भन्‍दछु, त्यस रात दुई जना मानिस एउटै खाटमा हुनेछन् । एक जना लगिनेछ, र अर्को छोडिनेछ ।
\v 35 दुईजना स्‍‍त्रीहरू एकैसाथ पिंधिरहेका हुनेछन् । एक जना लगिनेछ, र अर्को छोडिनेछ ।
\v 36 \f + \ft लूका १७ः३६, प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा पद ३६ छैन- \fqa दुई जना खेतमा हुनेछन्; एक जना लगिनेछ र अर्को छोडिनेछ । \fqa* \f*
\p
\v 37 तिनीहरूले उहाँलाई सोधे, “कहाँ प्रभु?” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू पनि एकसाथ जम्मा हुन्छन् ।”
\p
\v 37 तिनीहरूले उहाँलाई सोधे, “कहाँ प्रभु?” र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू जम्मा हुनेछन् ।”
\c 18
\cl अध्याय १८
\p
\v 1 तब तिनीहरूले कसरी सधैं प्रार्थना गर्नुपर्छ र निरुत्साहित हुनुहुँदैन भन्‍ने बारेमा उहाँले तिनीहरूलाई यसो भन्दै द‍ृष्‍टान्त भन्‍नुभयो,
\v 2 “कुनै एउटा सहरमा एक जना न्यायाधीश थिए जसले परमेश्‍वरको भय मान्दैनथे र मानिसको आदर गर्दैनथे ।
\v 3 त्यस सहरमा एक जना विधवा थिई, र त्यो तिनीकहाँ यसो भन्दै बारम्बार आउँथिई, ‘मेरो वादीको विरुद्ध न्याय पाउन मलाई सहायता गर्नुहोस् ।’
\p
\v 4 लामो समयसम्म तिनले त्यसलाई सहायता गर्न मानेनन्, तर केही समयपछि तिनले मनमनै भने, ‘म परमेश्‍वरको भय मान्दिनँ वा मानिसको पनि आदर गर्दिनँ,
\v 5 तर यस विधवाले मलाई हैरान पारेकी हुनाले यसले न्याय पाउन म सहायता गर्नेछु, ताकि यसले मलाई बारम्बार आएर दिक्क नपारोस् ।"
\v 6 तब प्रभुले भन्‍नुभयो, “ती अधर्मी न्यायाधीशले के भन्छन्, सुन ।
\v 7 के परमेश्‍वरले पनि उहाँलाई दिनरात पुकारा गर्ने आफ्ना चुनिएका मानिसहरूको निम्ति न्याय गरिदिनुहुन्‍न र? के उहाँले तिनीहरूको निम्ति लामो समय बियाँलो गर्नुहुनेछ?
\v 8 म तिमीहरूलाई भन्दछु, उहाँले तिनीहरूलाई तुरुन्तै न्याय दिलाउनुहुनेछ । तर जब मानिसका पुत्र आउनेछन्, के उनले पृथ्वीमा विश्‍वास भेट्टाउनेछन् र?”
\p
\v 9 त्यसपछि उहाँले आफू धर्मी छु भनी आफैंलाई विश्‍वस्त तुल्याउनेहरू र अरू मानिसहरूलाई तुच्छ ठान्‍नेहरू कोही-कोहीलाई यो द‍ृष्‍टान्त पनि भन्‍नुभयो,
\v 10 “दुई जना मानिस मन्दिरमा प्रार्थना गर्न उक्ले–एक जना फरिसी र अर्को कर उठाउने ।
\v 11 फरिसी उभियो र आफ्नो बारेमा यसरी प्रार्थना गर्‍यो, ‘हे परमेश्‍वर, म तपाईंलाई धन्यवाद दिन्छु कि म अरू मानिसहरू—चोरहरू, अधर्मीहरू, व्यभिचारीहरू—वा यही कर उठाउनेजस्तो पनि छैनँ ।
\v 12 म हरेक हप्‍ता दुई पटक उपवास बस्छु । म आफूले पाएका सबै थोकको दशांश दिन्छु ।’
\p
\v 13 तर कर उठाउने मानिसले टाढैबाट उभिएर, स्वर्गतिर पनि नहेरीकन यसो भन्दै आफ्नो छाती पिट्‍यो, ‘हे परमेश्‍वर म पापीमाथि कृपा गर्नुहोस् ।’
\v 14 म तिमीहरूलाई भन्दछु, यो मानिस अर्को मानिसभन्दा धर्मी ठहरिएर आफ्नो घर फर्क्यो, किनभने हरेक जसले आफूलाई उचाल्छ त्यो होच्याइनेछ, तर हरेक जसले आफैंलाई होच्याउँछ त्यो उचालिनेछ ।
\p
\v 15 उहाँले बालबालिकाहरूलाई छोइदिऊन् भनी मानिसहरूले तिनीहरूलाई पनि उहाँकहाँ ल्याए, तर यो देखेर चेलाहरूले तिनीहरूलाई हकारे ।
\v 16 तर येशूले तिनीहरूलाई यसो भन्दै आफूकहाँ बोलाउनुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, र तिनीहरूलाई नरोक। किनकि परमेश्‍वरको राज्य यस्तैहरूको हो ।
\v 17 साँच्‍चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्‍वरको राज्यलाई बालकले झैं ग्रहण गर्दैन त्यो कुनै रीतिले त्यहाँ प्रवेश गर्नेछैन ।”
\p
\v 18 एक जना शासकले यसो भन्दै उहाँलाई सोधे, “हे असल गुरु, अनन्त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ?”
\p
\v 19 येशूले तिनलाई भन्‍नुभयो, “तिमी मलाई किन असल भन्छौ, एक परमेश्‍वरबाहेक कोही पनि असल छैन ।
\p
\v 20 तिमीलाई आज्ञाहरू थाहा छ—व्यभिचार नगर्नू, हत्या नगर्नू, नचोर्नू, झूटो गवाही नदिनू, आफ्ना आमाबुबाको आदर गर्नू ।”
\p
\v 21 ती शासकले भने, “यी सब कुराहरू त मैले आफ्नो जवान अवस्थादेखि नै पालन गरेको छु ।”
\p
\v 22 जब येशूले यो सुन्‍नुभयो, उहाँले तिनलाई भन्‍नुभयो, “तिमीमा अझै एउटा कुराको कमी छ । तिमीले आफ्नो सारा सम्पत्ति बेच्‍नुपर्छ र गरिबहरूलाई बाँड्‍नुपर्छ अनि तिम्रो धन स्वर्गमा हुनेछ—र आऊ, मेरो पछि लाग ।”
\v 23 तर जब शासकले यी कुराहरू सुने, तिनी अति नै दुःखित भए, किनकि तिनी धेरै धनी थिए ।
\v 24 तब येशूले तिनलाई हेरेर दुःखित हुँदै \f + \ft अधिकांश प्राचीन ग्रीक प्रतिलिपिहरूमा निम्‍न पदावली छः \fqa दुःखित हुँदै \fqa* तर केही प्राचीन ग्रीक प्रतिलिपिहरूमा उक्त पदावली छैन । \f* भन्‍नुभयो, “धनीहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न कति गाह्रो छ!
\v 25 किनकि धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ ।”
\p
\v 26 त्यो सुन्‍नेहरूले भने, “त्यसो भए को बचाइनेछ त?”
\p
\v 27 येशूले जवाफ दिनुभयो, “मानिसको निम्ति जुन कुरा असम्भव छ, त्यो परमेश्‍वरमा सम्भव छ ।”
\p
\v 28 पत्रुसले जवाफ दिए, “हेर्नुहोस्, हामीले आफ्ना सबै कुराहरू त्यागेर तपाईंको पछि लागेका छौं ।”
\p
\v 29 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्‍वरको राज्यको खातिर घर, वा पत्‍नी, वा दाजुभाइ, वा आमाबुबा, वा छोराछोरीलाई त्यागेको छ,
\v 30 त्यसले यस संसारमा अझ धेरै, अनि आउने संसारमा अनन्त जीवन पाउनेछ ।”
\p
\v 31 उहाँले बाह्र जनालाई आफूकहाँ भेला गरेपछि तिनीहरूलाई भन्‍नुभयो, “हेर, हामी यरूशलेमतर्फ जाँदैछौं, र मानिसका पुत्रको बारेमा अगमवक्‍ताहरूले लेखेका सबै कुरा पूरा हुनेछन् ।
\v 32 किनकि उनी अन्यजातिहरूका हातमा सुम्पिइनेछन्, र गिल्ला गरिनेछन्, र अपमान गरिनेछन्, र थुकिनेछन् ।
\v 33 उनलाई कोर्रा लगाएपछि तिनीहरूले उनलाई मार्नेछन्, र तेस्रो दिनमा उनी फेरि जीवित भई उठ्नेछन् ।”
\v 34 तिनीहरूले यी कुनै पनि कुराहरू बुझेनन्, र यो वचन तिनीहरूबाट लुकाइएको थियो, र भनिएका कुनै पनि कुराहरू तिनीहरूले बुझेनन् ।
\p
\v 35 येशू यरीहो नजिक आउनुहुँदा एक जना अन्धो मानिस बाटोको छेउमा बसेर भीख मागिरहेको थियो,
\v 36 र एउटा भीड गइरहेको सुनेर के हुँदैछ भनी त्यसले सोध्यो ।
\p
\v 37 तिनीहरूले नासरतका येशू जाँदै हुनुहुन्छ भनी त्यसलाई भने ।
\p
\v 38 त्यसैले त्यो अन्धो मानिस यसो भन्दै चिच्यायो, “हे दाऊदका पुत्र येशू, ममाथि दया गर्नुहोस् ।”
\v 39 अगिअगि हिंडिरहेकाहरूले त्यो अन्धो मानिस चूप लागोस् भनेर त्यसलाई हकारे । तर त्यो झन् चर्को स्वरले करायो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।”
\p
\v 40 येशू टक्‍क अडिनुभयो र त्यस मानिसलाई आफूकहाँ ल्याउन आज्ञा गर्नुभयो । जब त्यो अन्धो मानिस येशूको नजिक आयो, येशूले त्यसलाई सोध्‍नुभयो,
\v 41 “मैले तिम्रो निम्ति के गरेको तिमी चाहन्छौ?” त्यसले भन्यो, “प्रभु, म देख्‍न चाहन्छु ।”
\p
\v 42 येशूले त्यसलाई भन्‍नुभयो, “तिमी देख्‍ने भइजाऊ । तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ ।”
\v 43 तुरुन्तै त्यसले देख्‍न सक्यो र परमेश्‍वरको महिमा गर्दै उहाँलाई पछ‍्‍यायो । यो देखेर सबै मानिसहरूले परमेश्‍वरको प्रशंसा गरे ।
\c 19
\cl अध्याय १९
\p
\v 1 येशू यरीहोमा प्रवेश गरेर त्यहाँबाट जाँदै हुनुहुन्थ्यो ।
\v 2 हेर, त्यहाँ जखायस नाउँ गरेका एक जना मानिस थिए । तिनी कर उठाउनेहरूका मुख्य र धनी मानिस थिए ।
\v 3 तिनले येशू को हुनुहुन्छ भनी हेर्न कोसिस गरिरहेका थिए, तर भीडको कारणले गर्दा हेर्न सकेनन्, किनकि तिनी होचा थिए ।
\v 4 त्यसैले तिनी मानिसहरूभन्दा अगाडि दौडे र उहाँलाई हेर्नको लागि नेभाराको रूखमा चढे, किनभने येशू त्यही बाटो भएर जान लाग्‍नुभएको थियो ।
\v 5 जब येशू त्यस ठाउँमा आइपुग्‍नुभयो, उहाँले मास्तिर हेरेर तिनलाई भन्‍नुभयो, “जखायस छिटो ओर्ली आऊ, किनकि आज मलाई तिम्रो घरमा बस्‍नु छ ।”
\v 6 त्यसैले तिनी हतार-हतार ओर्ली आए र उहाँलाई खुसीसाथ स्वागत गरे ।
\v 7 जब तिनीहरू सबैले यो देखे, तब तिनीहरूले यसो भन्दै गनगन गरे, “उनी पापी मानिसकहाँ बस्‍नको लागि गए ।”
\p
\v 8 जखायस खडा भएर प्रभुलाई भने, “हेर्नुहोस् प्रभु, म आफ्‍नो सम्पत्तिको आधा भाग गरिबहरूलाई दिन्छु, र यदि मैले ठगेर कसैबाट केही कुरा लिएको छु भने म त्यसको चार गुणा फिर्ता दिनेछु ।”
\p
\v 9 येशूले तिनलाई भन्‍नुभयो, “आज यस घरमा मुक्‍ति आएको छ, किनभने यिनी पनि अब्राहामका छोरा हुन् ।
\v 10 किनकि मानिसका पुत्र हराएकाहरूलाई खोज्‍न र बचाउनको लागि आएका हुन् ।”
\p
\v 11 तिनीहरूले यी कुरा सुन्दै गर्दा उहाँ निरन्तर बोल्‍नुभयो र एउटा द‍ृष्‍टान्त भन्‍नुभयो, किनभने उहाँ यरूशलेमको नजिक हुनुहुन्थ्यो, र तिनीहरूले परमेश्‍वरको राज्य तुरुन्तै देखा पर्न लागेको छ भन्‍ने सोचे ।
\v 12 त्यसकारण उहाँले भन्‍नुभयो, “एउटा खानदानी मानिस आफ्नो निम्ति राज्य प्राप्‍त गर्न र फर्कनलाई एउटा टाढा देशमा गए ।
\v 13 तिनले आफ्ना दस जना सेवकलाई बोलाए र तिनीहरूलाई दस सिक्‍का दिए र तिनीहरूलाई भने, ‘म फर्की नआउँदासम्म यसलाई व्यापारमा लगाओ ।’
\p
\v 14 तर तिनका नागरिकहरूले तिनलाई घृणा गर्थे र तिनीहरूले तिनका पछिपछि दूतहरूलाई यसो भन्दै पठाए, ‘यो मानिसलाई हामीमाथि शासन गर्न दिनेछैनौं ।’
\v 15 तब तिनीले राज्य प्राप्‍त गरेर फेरि फर्केर आएपछि तिनले सिक्‍का दिएका सेवकहरूलाई आफूकहाँ बोलाउन आदेेश दिए, ताकि तिनीहरूले व्यापारबाट कति नाफा कमाए भनेर तिनले जान्‍न सकून् ।
\p
\v 16 पहिलो सेवक तिनको अगाडि यसो भन्दै आयो, ‘मालिक, मैले तपाईंको सिक्‍काबाट अरू दस सिक्‍का कमाएको छु ।’
\p
\v 17 ती खानदानी मानिसले त्यसलाई भने, ‘स्याबास् असल सेवक । किनभने तँ अति सानो कुरामा विश्‍वासयोग्य भइस्, तैंले दसवटा सहरमाथि अधिकार पाउनेछस् ।’
\p
\v 18 दोस्रो सेवक यसो भन्दै आयो, ‘मालिक, तपाईंको सिक्‍काबाट मैले पाँच सिक्‍का कमाएको छु ।’
\p
\v 19 ती खानदानी मानिसले त्यस सेवकलाई भने, ‘तैंले पाँचवटा सहरमाथि अधिकार गर्नेछस् ।’
\p
\v 20 अर्को सेवक यसो भन्दै आयो, ‘मालिक हेर्नुहोस्, तपाईंको सिक्‍का यहाँ छ, जसलाई मैले सुरक्षितसाथ कपडाभित्र राखेको थिएँ ।
\v 21 किनकि म तपाईंसित डराएँ, किनभने तपाईं कठोर मानिस हुनुहुन्छ । तपाईंले जे राख्‍नुभएन त्यो लिनुहुन्छ, र जे छर्नुभएन त्यही कटनी गर्नुहुन्छ ।’
\p
\v 22 ती खानदानी मानिसले त्यसलाई भने, ‘ए दुष्‍ट सेवक, म तँलाई तेरो आफ्नै वचनले न्याय गर्नेछु । जहाँ राखिनँ त्यहाँबाट लिन खोज्‍ने र जहाँ छरिनँ त्यहाँबाट कटनी गर्न खोज्‍ने म कठोर मानिस हुँ भनी तँलाई थाहा थियो ।
\v 23 त्यसो भए तैंले मेरो सिक्‍का किन बैङ्कमा राखिनस्, ताकि म फर्की आउँदा ब्याजसहित मैले यो रकम पाउने थिएँ?'
\v 24 ती खानदानी मानिसले त्यहाँ उभिएकाहरूलाई भने, ‘योसँग भएको सिक्‍का खोस, र जससँग दस सिक्‍का छ त्यसलाई देओ ।’
\p
\v 25 तिनीहरूले तिनलाई भने, ‘मालिक त्यससँग त दस सिक्‍का छ ।’
\p
\v 26 ‘म तिमीहरूलाई भन्दछु, जससँग छ त्यसलाई अझ धेरै दिइनेछ, तर जससँग छैन त्यससँग भएको पनि खोसिनेछ ।
\v 27 तर मैले तिनीहरूमाथि शासन गरेको नचाहने मेरा ती शत्रुहरूलाई यहाँ ल्याओ र तिनीहरूलाई मेरो अगाडि मार ।'”
\p
\v 28 यी कुराहरू भनिसक्‍नुभएपछि उहाँ यरूशलेमतर्फ बढ्नुभयो ।
\v 29 बेथफागे र बेथानिया नजिक जैतून भनिने डाँडातिर पुग्‍नुभएपछि उहाँले आफ्ना दुई जना चेलालाई यसो भनेर पठाउनुभयो,
\v 30 “नजिकैको गाउँमा जाओ । त्यहाँ पस्दै गर्दा, तिमीहरूले कोही पनि नचढेको एउटा बछेडो भेट्टाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ ।
\v 31 यदि कसैले तिमीहरूलाई, ‘यसलाई किन फुकाउँदै छौ? भनेर सोध्छ भने यसो भन्‍नू, ‘प्रभुलाई यसको खाँचो छ ।'”
\v 32 पठाइएकाहरू गए र तिनीहरूले येशूले भन्‍नुभएजस्तै बछेडो पाए ।
\p
\v 33 तिनीहरूले बछेडालाई फुकाल्दै गर्दा त्यसका मालिकले तिनीहरूलाई भने, “तिमीहरूले यस बछेडालाई किन फुकाउँदै छौ?”
\p
\v 34 तिनीहरूले भने, “प्रभुलाई यसको खाँचो छ ।”
\v 35 तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए र तिनीहरूले त्यस बछेडामाथि आफ्ना कपडाहरू राखे र त्यसमाथि येशूलाई बसाले ।
\v 36 उहाँ जाँदै गर्नुहुँदा तिनीहरूले बाटोमा कपडा ओछ्याए ।
\p
\v 37 उहाँ जैतून डाँडाको ओरालो नजिकै आइपुग्‍नुहुँदा उहाँका चेलाहरूको सारा भीडले उहाँले गर्नुभएका शक्‍तिशाली कार्यहरू देखेको कारण आनन्दित हुँदै चर्को स्वरले परमेश्‍वरको प्रशंसा गर्न लागे ।
\v 38 तिनीहरूले यसो भन्‍न लागे, “परमप्रभुको नाउँमा आउने राजा धन्यका हुन्! स्वर्गमा शान्ति र सर्वोच्‍चमा महिमा!”
\p
\v 39 त्यो भीडमा भएका केही फरिसीहरूले उहाँलाई यसो भने, “गुरुज्यू, तपाईंका चेलाहरूलाई हप्काउनुहोस् ।”
\p
\v 40 येशूले जवाफ दिंदै भन्‍नुभयो, “म तिमीहरूलाई भन्दछु, तिनीहरू चूप लागे भने, यी ढुङ्गाहरू नै कराउनेछन् ।”
\p
\v 41 जब येशू सहरको नजिक आइपुग्‍नुभयो, उहाँ सहरलाई देखेर यसो भन्दै रुनुभयो,
\v 42 “यदि तैंले यो दिनमा तँलाई शान्ति दिने कुराहरूको बारेमा जानेको भए! तर अहिले ती तेरो नजरबाट लुकाइएका छन् ।
\v 43 किनकि तेरो लागि यस्ता दिनहरू आउनेछन्, जब तेरा शत्रुहरूले तेरो विरुद्धमा वरिपरि पर्खाल निर्माण गर्नेछन् र तँलाई घेर्नेछन् र चारैतिरबाट आक्रमण गर्नेछन् ।
\v 44 तिनीहरूले तँलाई र तँसँग भएका तेरा सन्तानलाई आक्रमण गरेर लडाउनेछन्; तिनीहरूले एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोड्नेछैनन्, किनभने परमेश्‍वरले तँलाई बचाउनका लागि गर्नुभएका प्रयत्‍नलाई तैंले बुझिनस् ।
\p
\v 45 येशू मन्दिरभित्र छिर्नुभयो र त्यहाँ व्यापार गरिरहेका मानिसहरूलाई यसो भन्दै खेद्नुभयो,
\v 46 “यसो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ, तर तिमीहरूले त यसलाई डाँकूहरूको अड्‍डा बनाएका छौ ।”
\p
\v 47 येशूले मन्दिरमा दिनहुँ शिक्षा दिंदैहुनुहुन्थ्यो । मुख्य पूजाहारीहरू, शास्‍‍त्रीहरू र मानिसहरूका अगुवाहरूले उहाँलाई मार्न चाहन्थे ।
\v 48 तर तिनीहरूले त्यसो गर्ने कुनै उपाय भेट्टाउन सकेनन्, किनभने सबै मानिसहरूले उहाँको वचन ध्यानसित सुनिरहेका थिए ।
\c 20
\cl अध्याय २०
\p
\v 1 त्यसैबेला एकदिन येशूले मन्दिरमा मानिसहरूलाई शिक्षा दिइरहनुहुँदा र सुसमाचार प्रचार गरिरहनुहुँदा मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरू, धर्म-गुरूहरूका साथमा येशूकहाँ आए ।
\v 2 यसो भन्दै तिनीहरूले उहाँसित कुरा गरे, “हामीलाई बताऊ, कुन अधिकारद्वारा तिमी यी कामहरू गर्छौ? अथवा कसले तिमीलाई यो अधिकार दियो?”
\p
\v 3 उहाँले तिनीहरूलाई जवाफ दिएर भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्छु, र तिमीहरूले मलाई बताओ ।
\v 4 यूहन्‍नाको बप्‍तिस्‍मा स्वर्गबाट थियो कि मानिसहरूबाट?”
\p
\v 5 अनि तिनीहरूले आपसमा यसो भन्दै बहस गरे, “यदि हामीले 'स्वर्गबाट' भन्यौं भने, ‘त्यसो भए तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ? भनेर तिनले भन्‍नेछन् ।
\p
\v 6 तर यदि हामीले 'मानिसहरूबाट' भन्यौं भने, सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्‍नेछन्, किनभने तिनीहरूले यूहन्‍नालाई अगमवक्‍ता भनी विश्‍वास गरेका छन् ।”
\v 7 यसकारण तिनीहरूले यसो भनेर उत्तर दिए, “त्यो कहाँबाट भयो भनी हामीलाई थाहा छैन ।”
\p
\v 8 येशूले तिनीहरूले भन्‍नुभयो, “म पनि तिमीहरूलाई मैले कुन अधिकारले यी कामहरू गर्छु भनी बताउँदिनँ ।”
\p
\v 9 उहाँले मानिसहरूलाई यो द‍ृष्‍टान्त भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाएर खेतालाहरूलाई जिम्मा दिएर आफू लामो समयको लागि अर्को देशमा गए ।
\v 10 तोकिएको समयमा तिनीहरूले आफ्नो हिस्साको फल दिऊन् भनी तिनले आफ्नो एक जना नोकरलाई ती खेतालाहरूकहाँ पठाए । तर ती खेतालाहरूले त्यसलाई पिटेर रित्तो हात पठाइदिए ।
\v 11 तिनले अझै अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि पिटेर बेइज्‍जत गरी रित्तै हात पठाए ।
\v 12 तिनले तेस्रो नोकरलाई पनि पठाए, तर तिनीहरूले त्यसलाई पनि घाइते बनाएर निकालिदिए ।
\v 13 त्यसकारण, दाखबारीका मालिकले भने, ‘अब म के गरूँ? म आफ्नो प्यारो छोरालाई पठाउनेछु सायद उसलाई त तिनीहरूले आदर गर्लान् कि ।’
\p
\v 14 तर खेतालाहरूले उसलाई देखेर आपसमा कुरा गरे, ‘यो त हकवाला हो । हामी यसलाई मारौं र सम्पत्तिको हक हाम्रो हुनेछ ।’
\v 15 अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे । अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्?
\v 16 तिनी आएर ती खेतालाहरूलाई मार्नेछन् र दाखाबरी अरूहरूलाई दिनेछन् ।” यो सुनेर तिनीहरूले भने, “यस्तो कहिल्यै नहोस्!”
\p
\v 17 तर येशूले तिनीहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “लेखिएको यो भनाइको अर्थ के हो? ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले इन्कार गरे त्यही नै कुने-ढुङ्गो बनेको छ ।’
\p
\v 18 त्यस ढुङ्गामाथि खस्‍ने हरेक चकनाचुर हुनेछ, तर जसमाथि त्यो खस्छ त्यो धूलोपिठो हुनेछ ।”
\p
\v 19 त्यसकारण, शास्‍‍त्रीहरू र मुख्य पूजाहारीहरूले त्यति नै बेला उहाँलाई पक्रन खोजे । किनकि तिनीहरूलाई थाहा भयो कि उहाँले यो द‍ृष्‍टान्त तिनीहरूकै विरुद्धमा भन्‍नुभएको थियो । तर तिनीहरू मानिसहरूसँग डराउँथे ।
\v 20 तिनीहरूले मौका हेर्न लागे र येशूले भन्‍नुभएको कुरामा केही गलत साबित भए उहाँलाई फसाएर अधिकारीहरूको हातमा सुम्पिदिने नियतले तिनीहरूले धर्मी भई टोपल्ने जासुसहरूलाई उहाँकहाँ पठाए ।
\v 21 तिनीहरूले उहाँलाई यसो भनेर सोधे, “गुरुज्यू, हामी जान्दछौं कि तपाईं ठिक बोल्नुहुन्छ र सिकाउनुहुन्छ र कसैको पक्षपात गर्नुहुन्‍न, तर तपाईंले परमेश्‍वरको मार्गको बारेमा भएको सत्यता सिकाउनुहुन्छ ।
\v 22 हामीले कैसरलाई कर तिर्नु उचित छ कि छैन?”
\p
\v 23 तर येशूले तिनीहरूको धूर्त्याइँलाई बुझेर तिनीहरूलाई भन्‍नुभयो,
\v 24 “मलाई एउटा सिक्‍का देखाओ, यसमा कसको चित्र र नाम खोपिएको छ?” तिनीहरूले भने, “कैसरको ।”
\p
\v 25 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “त्यसो भए जे कैसर को हो कैसरलाई देओ, र जे परमेश्‍वरको हो परमेश्‍वरलाई देओ ।”
\v 26 मानिसहरूको सामुन्‍ने तिनीहरूले उहाँले बोल्नुभएका कुरामा उहाँलाई फसाउन सकेनन् । तर उहाँको जवाफमा तिनीहरू छक्‍क परेर चूप रहे ।
\p
\v 27 त्यसपछि पुनरुत्थान हुँदैन भन्‍ने सदुकीहरूमध्ये कोही उहाँकहाँ आए,
\v 28 र उहाँलाई यसो भनेर सोधे, “गुरुज्यू, मोशाले हामीलाई लेखिदिएका थिए, कि कुनै मानिसको पत्‍नी भएका दाजु मर्‍यो भने र त्यो निस्सन्तान भएमा भाइचाहिंले दाजुको सन्तान खडा गर्नको लागि दाजुकी पत्‍नी लैजानुपर्छ ।
\v 29 सात भाइ थिए । जेठोले एउटी पत्‍नी ल्यायो र निस्सन्तान भई मर्‍यो
\v 30 अनि माहिलो पनि ।
\v 31 साहिंलोले पनि त्यसलाई विवाह गर्‍यो अनि त्यसरी नै ती सातै जना निस्सन्तान भई मरे ।
\v 32 पछिबाट त्यो स्‍‍त्री पनि मरी ।
\v 33 यसकारण पुनरुत्थान हुँदा त्यो स्‍‍त्री तिनीहरूमध्ये कसकी पत्‍नी हुनेछे? किनकि ती सातै जनाले त्यसलाई पत्‍नीको रूपमा लिएका थिए ।”
\p
\v 34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यस संसारका मानिसहरू विवाह गर्छन् र विवाह गरेर पठाइन्छन् ।
\v 35 तर त्यस युगमा मृतकबाट पुनरुत्थान प्राप्त गर्न योग्य ठहरिएकाहरूले न विवाह गर्दछन् न त विवाह गरेर पठाइन्छन् ।
\v 36 तिनीहरू फेरि मर्न सक्दैनन्, किनभने तिनीहरू स्वर्गदूतहरू समान हुन् र पुनरुत्‍थानका सन्तान भएकाले परमेश्‍वरका सन्तान हुन् ।
\v 37 तर मृतकहरू जीवित भई उठ्नेछन् भन्‍ने कुरा मोशाले पनि पोथ्राको विवरणमा परमप्रभुलाई अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर भनेर पुकार्दा देखाइदिए ।
\v 38 उहाँ मृतकहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ, किनकि सबै उहाँकै निम्ति जिउँछन् ।”
\p
\v 39 अनि शास्‍‍त्रीहरूमध्ये कुनै-कुनैले भने, “गुरुज्यू, तपाईंले सही जवाफ दिनुभयो ।”
\v 40 त्यसपछि तिनीहरू कसैले पनि उहाँलाई फेरि प्रश्‍न सोध्‍ने आँट गरेनन् ।
\p
\v 41 येशूले तिनीहरूलाई भन्‍नुभयो, “ख्रीष्‍ट दाऊदका पुत्र हुन् भनेर तिनीहरूले कसरी भन्दछन्?
\v 42 किनकि भजनको पुस्तकमा दाऊद आफैंले भन्दछन्, परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो, ‘तिमी मेरो दाहिने हातपट्टि बस,
\v 43 जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ ।’
\p
\v 44 यसकारण दाऊदले ख्रीष्‍टलाई प्रभु भन्दछन् भने फेरि उनी कसरी दाऊदका पुत्र हुन्छन्?”
\p
\v 45 सबै मानिसहरूले सुन्‍ने गरी उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,
\v 46 “शास्‍त्रीहरूदेखि होसियार रहो जो लामा वस्‍त्रहरूमा सजिएर बजारमा अभिवादन गरिएको मन पराउँछन् अनि सभाघर र भोजहरूमा प्रमुख स्थान चाहन्छन् ।
\v 47 तिनीहरूले विधवाहरूको घर हडप्छन् र लामो-लामो प्रार्थना गरेर देखाउँछन् । तिनीहरूले नै अझै ठुलो दण्ड पाउनेछन् ।”
\c 21
\cl अध्याय २१
\p
\v 1 येशूले माथि हेर्नुहुँदा धनी मानिसहरूलाई दानपत्रमा तिनीहरूका भेटीहरू हालेकी देख्‍नुभयो ।
\v 2 उहाँले एक जना गरीब विधवाले दुई पैसा भेटी हालेकी देख्‍नुभयो ।
\v 3 यसैले उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिनीहरू सबैले भन्दा यस विधवाले बढी हालेकी छे ।
\v 4 यिनीहरू सबैले प्रशस्तताबाट भेटीहरू दिए, तर यस विधवाले आफ्नो दरिद्रताबाट आफू बाँच्‍नका लागि जे-जति थियो सबै दिई ।”
\p
\v 5 जसै कोही कोहीले दानहरू र सुन्दर-सुन्दर ढुङ्गाहरूले सजाइएको मन्दिरको बारेमा कुरा गर्न लागे, उहाँले भन्‍नुभयो,
\v 6 “जसरी यी सबै थोकहरू तिमीहरू देख्छौ, यस्ता दिनहरू आउनेछन् जुन बेला एकमाथि अर्को ढुङ्गा रहनेछैन, सबै भत्किनेछन् ।”
\p
\v 7 त्यसकारण तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, “गुरुज्यू, यी कुराहरू कहिले हुनेछन्? र यी कुराहरू हुन लाग्दा के-कस्ता चिन्‍हहरू हुनेछन्?”
\p
\v 8 येशूले जवाफ दिनुभयो, “होसियार रहो ताकि तिमीहरूलाई धोकामा नदिइयोस् । किनकि धेरै जना मेरो नाउँमा यसो भन्दै आउनेछन्, ‘म उही हुँ र समय नजिक आएको छ ।’ तिमीहरू तिनीहरूका पछि नजाओ ।
\v 9 जब तिमीहरूले लडाइँ र झैझगडाहरू सुन्‍नेछौ, तब भयभीत नहोओ, किनकि यी कुराहरू पहिले हुनैपर्छ, तर अन्त्य भने तुरुन्तै हुनेछैन ।”
\p
\v 10 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “ जाति जातिको विरुद्धमा र राज्य राज्यको विरुद्धमा उठ्नेछन् ।
\v 11 त्यहाँ धेरै भूकम्पहरू जानेछन्, र धेरै ठाउँमा अनिकाल र महामारी हुनेछन् । त्यहाँ डरलाग्दा घटनाहरू हुनेछन् र आकाशबाट ठुला-ठुला चिन्‍हहरू हुनेछन् ।
\v 12 तर यी सबै कुरा हुन अगाडि, तिनीहरूले तिमीहरूमाथि हात हाल्‍नेछन् र तिमीहरूलाई सताउनेछन्, सभाघरमा सुम्पिदिनेछन् र झ्यालखानामा हाल्नेछन्, तिमीहरूलाई मेरो नाउँको कारण राजाहरू र हाकिमहरूका अगाडि ल्याउनेछन् ।
\v 13 यसले तिमीहरूको गवाहीका लागि अवसरतिर डोर्‍याउनेछ ।
\v 14 त्यसकारण तिमीहरूले बचाउको लागि के भन्‍ने भनेर अगिबाटै हृदयमा नसोच ।
\v 15 किनकि म तिमीहरूलाई वचन र बुद्धि दिनेछु ताकि तिमीहरूका सबै विरोधीहरूले प्रतिरोध वा खण्डन गर्न सक्‍नेछैनन् ।
\v 16 तर तिमीहरूलाई तिमीहरूका आमा बुबा र दाजुभाइहरू, नातेदारहरू र साथीभाइहरूले सुम्पिदिनेछन् र तिनीहरूले तिमीहरूमध्ये कोहीलाई मृत्युका लागि सुम्पिनेछन् ।
\v 17 मेरो नाउँको कारण सबैबाट तिमीहरू घृणित हुनेछौे ।
\v 18 तर तिमीहरूको शिरको एउटै कपाल पनि नष्‍ट हुनेछैन ।
\v 19 तिमीहरूको सहनशीलतामा तिमीहरूले आफ्ना प्राण प्राप्‍त गर्नेछौ ।
\p
\v 20 जब तिमीहरूले यरूशलेमलाई सेनाले घेरेको देख्‍छौ, तब त्यसको विनाश नजिकै छ भनी जान ।
\v 21 तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्, र जो सहरभित्र छन् तिनीहरू त्यहाँबाट बाहिर भागून्, र बाहिर गाउँमा हुनेहरू सहरभित्र नपसून् ।
\v 22 किनकि यी बदला लिने दिनहरू हुन्, ताकि लेखिएका सबै कुराहरू पूरा हुनेछन् ।
\v 23 हाय! ती दिनमा गर्भवती र दूध चुसाउने स्‍‍त्रीहरू! किनकि त्यस देशमा ठुलो सङ्कष्‍ट आउनेछ, र यी मानिसहरूमाथि क्रोध आइपर्नेछ ।
\v 24 तिनीहरू तरवारले मारिनेछन् र सबै देशहरूमा तिनीहरू कैदी बनाएर लगिनेछन्, र गैरयहूदीहरूको समय पूरा नभएसम्म यरूशलेम गैरयहूदीहरूबाट कुल्चिइनेछ ।
\p
\v 25 सूर्य, चन्द्रमा र ताराहरूमा चिन्‍हहरू देखा पर्नेछन् । अनि समुद्रका गर्जनहरू र छालहरूका कारण पृथ्वीमा भएका जातिहरू चिन्तित र व्याकुल हुनेछन् ।
\v 26 संसारमा आइपर्न लागेका घटनाहरूका डर र आशङ्काले मानिसहरू मूर्छित हुनेछन्, किनकि आकाशका शक्‍तिहरू डग्मगाउनेछन् ।
\v 27 त्यसपछि तिनीहरूले मानिसका पुत्रलाई ठुलो शक्‍ति र महामहिमाका साथ बादलमा आउँदै गरेको देख्‍नेछन् ।
\v 28 तर जब यी कुरा हुन आउनेछन्, तब उठ र आफ्ना शिरहरू ठाडो पारेर हेर, किनभने तिमीहरूको उद्धार नजिकै आउँदैछ ।”
\p
\v 29 येशूले तिनीहरूलाई एउटा द‍ृष्‍टान्त भन्‍नुभयो, “नेभाराको रुखलाई हेर र सबै रुखहरूलाई पनि ।
\v 30 जब तिनीहरूले पालुवा फेरेको तिमीहरूले देख्छौ, तब गृष्म ऋतु नजिकै छ भनी तिमीहरू आफैंले थाहा पाउँछौ ।
\v 31 त्यसैगरी जब तिमीहरूले पनि यी थोकहरू भएको देख्‍छौ, परमेश्‍वरको राज्य नजिकै छ भन्‍ने कुरा तिमीहरूले थाहा पाउँछौ ।
\v 32 साँच्‍चै म तिमीहरूलाई भन्दछु, यी सब कुराहरू पुरा नभइन्जेलसम्म यो पुस्ता बितेर जानेछैन ।
\v 33 आकाश र पृथ्वी टलेर जानेछ, तर मेरा वचनहरू कहिल्यै टल्नेछैनन् ।
\p
\v 34 तर तिमीहरू आफ्‍नो विषयमा होसियार रहो, ताकि तिमीहरूको हृदय मतवालापन र उन्मत्तता र जिवनको चिन्ताले नभरियोस् । नत्रभने त्यो दिन तिमीहरूमाथि पासोझैं अचानक आइपर्ला ।
\v 35 किनकि यसरी नै सारा पृथ्वी भरि जिउने हरेकमाथि त्यो आइपर्नेछ ।
\v 36 तर हुन आउने सम्पूर्ण कुराहरूबाट उम्कन र मानिसका पुत्रका अगाडि खडा हुनलाई बलियो हुन प्रार्थना गर्दै हर समय सतर्क रहो ।”
\p
\v 37 दिउँसोको समयमा उहाँले मन्दिरमा सिकाउनुहुन्थ्यो, र साँझमा उहाँ बाहिर जानुहुन्थ्यो, र जैतुनको डाँडामा रात बिताउनुहुन्थ्यो ।
\v 38 सबै मानिसहरू उहाँका कुरा सुन्‍न बिहान सबेरै मन्दिरमा आउँथे ।
\c 22
\cl अध्याय २२
\p
\v 1 अखमिरी रोटीको चाड नजिक आइरहेको थियो, जसलाई निस्तार-चाड भनिन्छ ।
\v 2 मुख्य पुजारीहरू र शास्‍‍त्रीहरूले येशूलाई कसरी मार्ने भनी छलफल गरे, किनकि तिनीहरू मानिसहरूसँग डराएका थिए ।
\p
\v 3 बाह्र जनामध्ये एक यहूदा इस्करियोतमा शैतान पस्यो ।
\v 4 यहुदा मुख्य पूजाहारीहरू र कप्‍तानहरू कहाँ गयो र यशूलाई तिनीहरूकहाँ कसरी सुम्पन सकिन्छ भन्‍ने बारेमा तिनीहरूसँग छलफल गर्‍यो ।
\v 5 तिनीहरू खुसी भए र त्यसलाई पैसा दिन सहमत भए ।
\v 6 त्यो राजी भयो र त्यसले उहाँ भीडबाट टाढा हुनुहुँदा उहाँलाई तिनीहरूकहाँ सुम्पने उचित अवसर खोज्‍न लाग्यो ।
\p
\v 7 अखमिरी रोटीको चाडको दिन आयो जुन दिन निस्तार-चाडको थुमा बलिदान चढाउनै पर्थ्यो ।
\v 8 येशूले पत्रुस र यूहन्‍नालाई यसो भनेर पठाउनुभयो, “जाओ र हाम्रो निम्ति निस्तार-चाडको भोज तयार पार, ताकि हामीले खान सकौं ।”
\p
\v 9 तिनीहरूले उहाँलाई सोधे, “हामीले कहाँ तयार परेको तपाईं चाहनुहुन्छ?”
\p
\v 10 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “हेर, जब तिमीहरू सहरभित्र पस्तछौ, तिमीहरूले एउटा पानीको गाग्रो बोकिरहेको मानिस भेट्टाउनेछौ । त्यो जाने घरभित्र त्यसलाई तिमीहरूले पछ्याओ ।
\v 11 तब घरको मालिकलाई भन, 'गुरुले तपाईंलाई भन्‍नुहुन्छ, ‘पाहुना कोठा कहाँ छ, जहाँ मैले मेरा चेलाहरूसँग निस्तार-चाड खानेछु?''
\v 12 त्यसले तिमीहरूलाई एउटा सजाइएको माथिल्लो तलाको ठुलो कोठा देखाउनेछ । त्यहीं तयारी गर ।”
\v 13 त्यसैले तिनीहरू गए र उहाँले तिनीहरूलाई भनेझैं हरेक थोक भेट्टाए । तब तिनीहरूले निस्तार-चाडको भोज तयार पारे ।
\p
\v 14 जब समय आयो, उहाँ प्रेरितहरूसँगै बस्‍नुभयो ।
\v 15 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले कष्‍ट भोग्‍नअगि तिमीहरूसँग निस्तार-चाड खाने ठुलो इच्छा गरेको छु ।
\v 16 किनकि म तिमीहरूलाई भन्दछु, यो परमेश्‍वरको राज्यमा पूरा नभएसम्म मैले फेरि खानेछैनँ ।”
\v 17 तब येशूले कचौरा लिनुभयो, र धन्यवाद दिनुभएपछि उहाँले भन्‍नुभयो, “यो लेओ, र तिमीहरूका बीचमा बाँड ।
\v 18 किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्य नआएसम्म म फेरि अङ्गुरको फलको रस पिउनेछैनँ ।”
\v 19 तब उहाँले रोटी लिनुभयो, र धन्यवाद दिनुभएपछि उहाँले रोटी भाँच्‍नुभयो, र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “यो मेरो शरीर हो, जुन तिमीहरूका निम्ति दिइएको छ । मेरो सम्झनामा यो गर्ने गर ।”
\v 20 त्यसै गरी भोज खानुभएपछि उहाँले यसो भन्दै कचौरा लिनुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जुन तिमीहरूका निम्ति बगाइन्छ ।
\v 21 तर ध्यान देओ । मलाई धोका दिनेचाहिं मसँगै यही टेबुलमा छ ।
\v 22 किनकि मानिसका पुत्र त ठहरिए बमोजिम निश्‍चय नै जानुपर्छ । तर त्यो मानिसलाई धिक्‍कार होस् जसद्वारा उनलाई विश्‍वासघात गरिन्छ ।”
\p
\v 23 र तिनीहरूमध्ये यसो गर्ने को होला भनेर तिनीहरू आपसमा छलफल गर्न लागे ।
\p
\v 24 तब तिनीहरूमध्ये को सबैभन्दा ठुलो गनिने हो भन्‍नेबारे तिनीहरूबीच झगडा उब्जियो ।
\p
\v 25 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “गैरयहूदीहरूका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्, र तिनीहरूमाथि अधिकार हुनेहरूलाई उपकारी भनिन्छ ।
\v 26 तर तिमीहरूमा यस्तो हुनुहुँदैन । बरु, तिमीहरूमध्ये सबैभन्दा ठुलोचाहिं सबैभन्दा सानोजस्तो होस्, र जो सबैभन्दा महत्त्‍वपूर्ण छ, त्यो सेवा गर्नेजस्तो होस् ।
\v 27 किनकि कुनचाहिं ठुलो हो? टेबुलमा खान बस्‍ने, कि सेवा गर्ने? के टेबलमा खान बस्‍ने होइन र? तर म त तिमीहरूका बीचमा एक सेवा गर्नेजस्तै छु ।
\p
\v 28 तर मेरो परीक्षामा निरन्तर मसँग रहने तिमीहरू नै हौ ।
\v 29 जसरी मेरा पिताले मलाई एउटा राज्य दिनुभएको छ, म तिमीहरूलाई एउटा राज्य दिन्छु,
\v 30 ताकि मेरो राज्यमा तिमीहरूले मसँगै मेरो टेबुलमा खान र पिउन सक्‍नेछौ । र इस्राएलका बाह्रै कुलको न्याय गरेर सिंहासनमा बस्‍नेछौ ।
\p
\v 31 सिमोन, हे सिमोन, होसियार होऊ, शैतानले तिमीलाई गहुँलाई जस्तै निफन्‍ने अनुमति माग्यो ।
\v 32 तर मैले तिम्रो निम्ति प्रार्थना गरेको छु, ताकि तिम्रो विश्‍वास नचुकोस् । तिमी फेरि फर्केपछि तिम्रा भाइहरूलाई बलियो बनाऊ ।
\p
\v 33 पत्रुसले उहाँलाई भने, “प्रभु, म तपाईंसँग झ्यालखाना र मृत्युसम्म पनि जान तयार छु ।”
\p
\v 34 येशूले जवाफ दिनुभयो, “पत्रुस, म तिमीलाई भन्दछु, तिमीले मलाई चिन्दिनँ भनेर तीन पटक इन्कार नगरेसम्म, आज भाले बास्‍नेछैन ।”
\p
\v 35 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब मैले तिमीहरूलाई पैसाको थैलो, खानेकुराको झोला, वा जुत्ताहरूबिना पठाउँदा, के तिमीहरूलाई केही कुराको खाँचो पर्‍यो र?” र तिनीहरूले जवाफ दिए, “खाँचो परेन ।”
\p
\v 36 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर अहिले जोसँग पैसाको थैलो छ, त्यसले त्यो बोकोस् र खानेकुराको झोला पनि । जससँग तरवार छैन, त्यसले आफ्नो ओढ्ने बेचेर एउटा किनोस् ।
\v 37 किनकि म तिमीहरूलाई भन्दछु, मेरो बारेमा जे लेखिएको छ त्यो पूरा हुनेछ, ‘उनी अपराधीहरूसित गनिए ।' किनकि मेरो बारेमा जे अगमवाणी गरिएको छ त्यो पूरा भइरहेको छ ।”
\p
\v 38 तब तिनीहरूले भने, “प्रभु, हेर्नुहोस! यहाँ दुईवटा तरवार छन् ।” र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो पर्याप्‍त छ ।”
\p
\v 39 सधैंझैं येशू जैतूनको डाँडातिर जानुभयो, र चेलाहरूले उहाँलाई पछ्याए ।
\v 40 उहाँहरू पुग्‍नुभएपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “प्रार्थना गर ताकि तिमीहरू परीक्षामा नपरोस् ।”
\v 41 उहाँ तिनीहरूबाट टाढा ढुङगा फ्याक्‍न सकिने दूरीमा जानुभयो, र उहाँले घुँडा टेकी यसो भनेर प्रार्थना गर्नुभयो,
\v 42 “हे पिता, यदि तपाईं चाहनुहुन्छ भने, यो कचौरा मबाट हटाइदिनुहोस् । तथापि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस् ।”
\v 43 तब स्वर्गबाट एउटा स्वर्गदूत उहाँकहाँ देखा परे र उहाँलाई बलियो बनाए ।
\v 44 पीडामा परेर पनि उहाँले अझ जोसिलो प्रकारले प्रार्थना गर्नुभयो, अनि उहाँका पसिना रगतको ठुला-ठुला थोपाजस्तै भूइँमा खसिरहेका थिए ।
\v 45 उहाँ प्रार्थना गरी उठेर चेलाहरूकहाँ आउनुभयो, र तिनीहरूलाई आफ्ना दुःखको कारणले गर्दा निदाइरहेका भेट्टाउनुभयो,
\v 46 र उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “किन तिमीहरू निदाइरहेका छौ? उठ र प्रार्थना गर, ताकि तिमीहरू परीक्षामा नपरोस् ।”
\p
\v 47 हेर, उहाँ बोलिरहनुहुँदा, बाह्र जनामध्ये एक अर्थात् यहूदाको अगुवाइमा एउटा भीड देखा पर्‍यो । त्यो येशूलाई चुम्बन गर्न उहाँको नजिक आयो,
\v 48 तर येशूले त्यसलाई भन्‍नुभयो, “यहूदा, के तिमीले मानिसका पुत्रलाई एउटा चुम्बनले विश्‍वासघात गर्छौ?”
\p
\v 49 जब येशूको वरिपरि भएकाहरूले जे भइरहेको थियो, त्यो देखे, तिनीहरूले भने, “प्रभु, के हामीले तरवारले प्रहर गर्नुपर्छ? ”
\v 50 तिनीहरूमध्ये एक जनाले प्रधान पूजाहारीको नोकरलाई प्रहार गरे, र त्यसको दाहिने कान काटिदिए ।
\p
\v 51 येशूले भन्‍नुभयो, “भयो! यति नै हुनदेऊ ।” र उहाँले त्यसको कान छुनुभयो, र त्यसलाई निको पार्नुभयो ।
\v 52 येशूले उहाँ विरुद्ध आएका मुख्य पूजाहारीहरू, मन्दिरका कप्‍तानहरू र धर्म-गुरुहरूलाई भन्‍नुभयो, “के तपाईंहरू एउटा लुटेराको विरुद्धमा जस्तै तरवारहरू र लाठीहरू लिएर आउनुहुन्छ?
\v 53 म तपाईंहरूसँगै मन्दिरमा दिनहुँ हुँदा तपाईंहरूले ममाथि हात हाल्‍नुभएन । तर यो तपाईंहरूको समय र अन्धकारको अधिकारको समय हो ।”
\p
\v 54 तिनीहरूले उहाँलाई गिरफ्तार गरेर प्रधान पूजाहारीको घरभित्र ल्याए । तर पत्रुसले टाढैबाट उहाँलाई पछ्याए ।
\v 55 तिनीहरूले आँगनको बीचमा आगो बालेर सँगै बसेपछि पत्रुस पनि तिनीहरूसँगै बसे ।
\v 56 पत्रुस आगोको उज्यालोमा बस्दा एउटी नोकर्नीले तिनलाई सोझै हेरेर भनी, “यी मानिस पनि उनीसँगै थिए ।”
\p
\v 57 तर पत्रुसले यसो भनेर इन्कार गरे, “नारी, म उहाँलाई चिन्दिनँ ।”
\p
\v 58 केही बेरपछि अरू कसैले तिनलाई देखेर भन्यो, “तिमी पनि तिनीहरूमध्ये एक हौ ।” तर पत्रुसले भने, “हे मानिस, म होइनँ ।”
\p
\v 59 लगभग एक घण्टापछि अर्को मानिसले जोड दिंदै भन्‍यो, “साँच्‍चै यी मानिस पनि उनीसँगै थिए, किनभने यिनी पनि एक गालीलबासी हुन् ।”
\p
\v 60 तर पत्रुसले भने, “हे मानिस, तिमीले के भनिरहेछौ, म जान्दिनँ ।” र तिनले बोल्दै गर्दा तुरुन्तै भाले बास्यो ।
\p
\v 61 प्रभुले पत्रुसतिर फर्केर हेर्नुभयो, र उहाँले तिनलाई “आज भाले बास्‍नअगि तिमीले मलाई तीन पटक इन्कार गर्नेछौ ।” भनेर भन्‍नुभएको प्रभुको वचन पत्रुसले सम्झे,
\v 62 पत्रुस बाहिर गएर धुरुधुरु रोए ।
\p
\v 63 तब येशूलाई पहरा दिने मानिसहरूले उहाँलाई गिज्याए र कुटे ।
\v 64 उहाँका आँखामा पट्टी बाँधेर, तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, “अगमवाणी गर्! तँलाई कुट्ने को हो?”
\v 65 येशूको विरुद्धमा तिनीहरूले अरू धेरै कुराहरू बोले र उहाँलाई ईश्‍वर-निन्दाको दोष लगाए ।
\p
\v 66 बिहान हुनेबित्तिकै दुवै मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरू अर्थात् मानिसहरूका धर्म-गुरुहरू एकसाथ भेला भए । तिनीहरूले उहाँलाई परिषद्‍मा लगे र
\v 67 भने, “यदि तँ ख्रीष्‍ट होस् भने हामीलाई भन् ।” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि मैले तपाईंहरूलाई भने पनि तपाईंहरूले विश्‍वास गर्नुहुनेछैन,
\v 68 र मैले तपाईंहरूलाई सोधें भने, तपाईंहरूले जवाफ दिनुहुनेछैन ।
\v 69 तर अहिलेबाट मानिसका पुत्र परमेश्‍वरको शक्‍तिको दाहिने हातपट्टि विराजमान हुनेछन् ।”
\p
\v 70 तिनीहरू सबैले भने, “त्यसो भए, के तँ परमेश्‍वरका पुत्र होस्?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “तपाईंहरू नै भन्‍नुहुन्छ कि म हुँ ।”
\v 71 तिनीहरूले भने, “हामीलाई किन अझै साक्षीको आवश्यक पर्छ र? किनकि हामी आफैंले त्यसको आफ्नै मुखबाट सुनेका छौं ।”
\c 23
\cl अध्याय २३
\p
\v 1 तिनीहरूका सबै दल उठे, र येशूलाई पिलातसका सामु ल्याए ।
\v 2 तिनीहरूले उहाँलाई यसो भन्दै दोष लगाउन सुरु गरे, “हामीले यस मानिसलाई हाम्रो जातिलाई भाँड्दै गरेको, कैसरलाई कर तिर्न मनाही गरेको र ऊ आफैंलाई ख्रीष्‍ट राजा भन्दै गरेको भेट्टायौं ।”
\p
\v 3 पिलातसले उहाँलाई यसो भन्दै सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले तिनलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “तपाईं नै त्यसो भन्‍नुहुन्छ ।”
\p
\v 4 पिलातसले मुख्य पूजाहारीहरू र भीडलाई भने, “यी मानिसमा म कुनै पनि दोष भेट्टाउँदिनँ ।”
\p
\v 5 तर तिनीहरूले जोड दिंदै यसो भनिरहेका थिए, “यसले गालीलबाट सुरु गरेर सारा यहूदाभरि यस ठाँउसम्म शिक्षा दिंदै मानिसहरूलाई भड्काउँछ ।”
\p
\v 6 त्यसकारण जब पिलातसले यो सुने, तब तिनले यो मानिस गालीली हुन् कि होइनन् भनी सोधे ।
\v 7 जब तिनले उहाँ त हेरोदको अधिकारमुनि हुनुहुन्छ भन्‍ने थाहा पाए, तिनले येशूलाई हेरोदकहाँ पठाए जो ती दिनहरूमा यरूशलेममा नै थिए ।
\v 8 जब हेरोदले येशूलाई देखे, तिनी धेरै खुसी भए, किनकि तिनले उहाँलाई धेरै अगाडिदेखि हेर्ने इच्छा गरेका थिए । तिनले उहाँको बारेमा सुनेका थिए र उहाँद्वारा केही आश्‍चर्यकर्महरू गरिएको हेर्न चाहन्थे ।
\v 9 हेरोदले येशूलाई धेरै शब्दहरूमा प्रश्‍न गरे, तर येशूले तिनलाई कुनै पनि जवाफ दिनुभएन ।
\v 10 मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरूले येशूलाई आक्रोशित हुँदै दोष लगाउँदै खडा भए ।
\v 11 हेरोदले आफ्ना सिपाहीहरूसँग मिली उहाँको अपमान गरे र उहाँलाई गिल्ला गरे अनि असल पोशाक पहिर्‍याएर येशूलाई पिलातसकहाँ फर्काइदिए ।
\v 12 किनभने हेरोद र पिलातस त्यसै दिनदेखि एक-अर्काका साथी भएका थिए, किनकि त्यस अगि तिनीहरू एक-अर्काका शत्रु थिए ।
\p
\v 13 तब पिलातसले मुख्य पूजाहारीहरू र शासकहरू र मानिसहरूका भीडलाई एकसाथ हुनलाई बोलाए,
\v 14 र तिनीहरूलाई भने, “मानिसहरूलाई खराब काम गर्न अगुवाइ गर्ने मानिसको रूपमा तिमीहरूले यी मानिसलाई मकहाँ ल्यायौ, र हेर, तिमीहरूकै सामुन्‍ने यी मानिसलाई मैले प्रश्‍न गर्दा, तिमीहरूले लगाएको आरोपको दोष मैले यी मानिसमा भेट्टाइनँ ।”
\v 15 हेरोदले पनि दोषी भेट्टाएनन्, किनकि तिनले यिनलाई हामीकहाँ फिर्ता पठाए र हेर, यिनले मृत्युदण्ड पाउने योग्य कुनै काम गरेका छैनन् ।
\v 16 यसकारण म यिनलाई सजाय दिनेछु र छोडिदिनेछु ।”
\v 17 \f + \ft प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा लूका २३ः१७ छैन । \fqa अब चाडको समयमा पिलातसले यहूदीका निम्ति एक जना कैदीलाई छोडिदिनुपर्थ्यो । \fqa* \f*
\p
\v 18 तर तिनीहरू सबै यसो भन्दै एकसाथ कराए “यस मानिसलाई हाम्रा बीचबाट हटाउनुहोस् र हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस् ।”
\v 19 बारब्बा सहरमा भएको कुनै विद्रोह र हत्याको कारण झ्यालखानमा राखिएको एक मानिस थिए ।
\v 20 येशूलाई छोड्ने इच्छा गरी फेरि पिलातसले तिनीहरूलाई सम्बोधन गरे ।
\p
\v 21 तर तिनीहरू यसो भन्दै चिच्‍च्‍याए, “त्यसलाई क्रूसमा झुन्ड्याउनुहोस्, त्यसलाई क्रूसमा झुन्ड्याउनुहोस् ।”
\v 22 तिनले तेस्रो पटक तिनीहरूलाई भने, “किन? यो मानिसले के दुष्‍ट काम गरेको छ र? मैले यिनमा मृत्युदण्ड दिने कुनै दोष पाइनँ । यसकारण म यिनलाई सजाय दिएर छोडिदिनेछु ।”
\v 23 तर तिनीहरूले येशूलाई क्रुसमा टाँग्‍ने माग गर्दै उच्‍च स्वरमा जिद्दी गरे । र तिनीहरूका आवाजले पिलातसलाई राजी गरायो ।
\v 24 त्यसकारण पिलातसले तिनीहरूका माग पूरा गरिदिने निर्णय गरे ।
\v 25 त्यसैले तिनीहरूले माग गरेअनुसार सहरमा आतङ्क र हत्याको कारण झ्यालखानामा राखिएकोलाई तिनले छोडिदिए, तर येशूलाई तिनीहरूको इच्छामा तिनले सुम्पिदिए ।
\p
\v 26 तिनीहरूले उहाँलाई लजाँदै गर्दा गाउँबाट आउँदै गरेको कुरेनीका सिमोनलाई समातेर तिनीहरूले त्यसलाई येशूलाई पछ्याउदै क्रूस बोक्‍न लगाए ।
\v 27 मानिसहरूको एउटा ठुलो भीड र उहाँका लागि विलाप गर्ने र दुःखित हुने स्‍‍त्रीहरूले पनि उहाँलाई पछ्याइरहेका थिए ।
\v 28 तर तिनीहरूतिर फर्केर येशूले भन्‍नुभयो, “यरूशलेमका छोरीहरू हो, मेरो लागि नरोओ, तर आफ्नै निम्ति र आफ्ना छोराछोरीहरूका निम्ति रोओ ।
\v 29 किनभने हेर, दिनहरू आउँदैछन् जसमा तिनीहरूले भन्‍नेछन्, ‘बाँझीहरू र गर्भधारण नगर्ने कोखहरू, दूध नचुसाउने स्तनहरू धन्यका हुन् ।’
\v 30 त्यसपछि तिनीहरूले पहाडहरूलाई भन्‍न थाल्नेछन्, ‘हामीमाथि खस्, र डाँडाहरूलाई भन्‍नेछन्, ‘हामीलाई छोप् ।’
\v 31 किनकि यदि रुख हरियो हुँदै तिनीहरूले यस्ता कुराहरू गर्छन् भने, सुख्खा हुँदा के गर्लान्?”
\p
\v 32 उहाँसँगै अरू दुई जना अपराधीलाई पनि मृत्युदण्ड दिनलाई लगिएका थिए ।
\v 33 जब तिनीहरू खप्परे भन्‍ने ठाँउमा आए, त्यहाँ तिनीहरूले उहाँलाई र ती अपराधीहरूमध्ये एउटालाई उहाँको दायाँतर्फ र अर्कालाई उहाँको बायाँतर्फ क्रूसमा टाँगे ।
\v 34 येशूले भन्‍नुभयो, “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनभने तिनीहरूले के गर्दैछन् सो जान्दैनन् ।” र तिनीहरूले उहाँका वस्‍‍त्रहरू भाग गरेर चिट्ठा हाले ।
\v 35 मानिसहरूले उभिएर हेरिरहेका थिए, जहाँ शासकहरूले पनि उहाँलाई यसो भन्दै गिल्ला गरिगहेका थिए, “यसले अरूलाई त बचायो । यदि यो परमेश्‍वरका ख्रीष्‍ट, चुनिएका जन हो भने, आफैंलाई बचाओस् ।”
\p
\v 36 अनि सिपाहीहरूले पनि नजिक आएर उहाँलाई सिर्का दिँदै यसो भन्दै गिल्ला गरे,
\v 37 “यदि तँ यहूदीहरूका राजा होस् भने, आफैंलाई बचा ।”
\v 38 “यो यहूदीहरूको राजा हो" भन्‍ने एउटा चिन्‍ह पनि उहाँको माथि थियो ।
\p
\v 39 क्रूसमा टाँगिएका अपराधीहरूमध्ये एक जनाले यसो भन्‍दै उहाँको गिल्ला गर्‍यो, “के तिमी ख्रीष्‍ट होइनौ? आफैंलाई र हामीलाई बचाऊ ।”
\p
\v 40 तर अर्कोले त्यसलाई हप्काउँदै जवाफ दियो, “के तँ परमेश्‍वरको डर मान्दैनस्, किनकि तैंले पनि उही दण्ड भोगिरहेको छस्?
\v 41 हामी वास्तवमा यहाँ न्यायोचित रूपले छौं, किनकि यहामीले हाम्रो कामको उचित परिणाम पाइरहेका छौं । तर यी मानिसले त कुनै गल्ती काम गरेका छैनन् ।”
\v 42 र त्यसले भन्‍यो, “येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा, मलाई सम्झनुहोस् ।”
\p
\v 43 येशूले त्यसलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्दछु, आजै तिमी मसँगै स्वर्गलोकमा हुनेछौ ।”
\p
\v 44 यो छैठौं घडीको बेला थियो, र नवौं घडीसम्म सारा देशभरि अन्धकारले ढाक्यो ।
\v 45 सूर्यले प्रकाश दिन छोड्‍यो । त्यसपछि मन्दिरको पर्दा बीचबाट च्यातियो ।
\v 46 येशूले उच्‍च स्वरमा कराएर भन्‍नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु । यसो भनेर उहाँले प्राण त्याग्‍नुभयो ।”
\p
\v 47 जब कप्‍तानले यो भएको देखे, तिनले यसो भन्दै परमेश्‍वरको महिमा गरे, “निश्‍चय नै यिनी एक धार्मिक मानिस थिए ।”
\v 48 यो द‍ृश्‍य हेर्न आएका सबै भीडले त्यहाँ भएका घटनाहरू देखेपछि तिनीहरू आफ्नो छाती पिट्दै फर्के ।
\v 49 तर उहाँलाई चिन्‍ने सबै मानिसहरू र गालीलबाट उहाँलाई पछ्याउने स्‍‍त्रीहरू टाढै उभिएर यी कुराहरू हेरिरहेका थिए ।
\p
\v 50 हेर, त्यहाँ एक जना योसेफ नाउँ गरेका मानिस थिए, जो परिषद्का एक सदस्य थिए । तिनी एक असल र धार्मिक मानिस थिए ।
\v 51 तिनी परिषद्का निर्णय र तिनीहरूका क्रियाकलापसँग सहमत थिएनन् । तिनी यहूदियाको अरिमाथिया सहरबाटका थिए, जसले परमेश्‍वरको राज्यको प्रतिक्षा गरिरहेका थिए ।
\v 52 यी मानिसले पिलातसकहाँ गएर येशूको शरीर मागे ।
\v 53 तिनले त्यो तल झारे र सफा मलमलको कपडामा बेह्रेर चट्टानमा कपेर बनाइएको चिहानमा राखे, जहाँ कहिल्यै कसैलाई राखिएको थिएन ।
\v 54 यो तयारीको दिन थियो, र विश्रामको दिन सुरु हुनै लागेको थियो ।
\v 55 गालीलदेखि येशूको साथमा आएका स्‍‍त्रीहरूले पछ्याउँदै आएका स्‍‍त्रीहरूले पछ्याए र त्यो चिहान हेरे र उहाँको शरीर कसरी राखिएको थियो, त्यो देखे ।
\v 56 तिनीहरू फर्के र सुगन्धित द्रव्य र अत्तरहरू तयार पारे । त्यसपछि आज्ञाअनुसार विश्रामको दिनमा तिनीहरूले विश्राम गरे ।
\c 24
\cl अध्याय २४
\p
\v 1 हप्‍ताको पहिलो दिन सबेरै आफूले तयार गरेको सुगन्धित मसला लिएर तिनीहरू चिहानमा आए ।
\v 2 तिनीहरूले चिहानबाट ढुङ्गा हटाइएको भेट्टाए ।
\v 3 तिनीहरू भित्र पसे, तर प्रभु येशूको शरीरलाई भेट्टाएनन् ।
\v 4 जब तिनीहरू यस विषयमा अन्योलमा परिरहेका थिए, तुरुन्तै चम्किलो वस्‍‍त्र लगाएका दुई जना मानिस तिनीहरूको छेउमा उभिए ।
\v 5 ती स्‍‍त्रीहरू डरले भरिएर आफ्नो अनुहार भुइँतिर निहुराइरहेका थिए, तिनीहरूले स्‍‍त्रीहरूलाई भने, “किन तिमीहरू जीवितलाई मृतकहरूका बीचमा खोज्छौ?
\v 6 उहाँ यहाँ हुनुहुन्‍न, तर जीवित हुनुभएको छ! उहाँ गालीलमा नै हुनुहुँदा तिमीहरूलाई यसो भन्‍नुभएको सम्झ,
\v 7 मानिसका पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु, र क्रूसमा टाँगिनु, र तेस्रो दिनमा फेरि जीवित हुन आवश्यक छ ।”
\v 8 तब ती स्‍‍त्रीहरूले उहाँका वचनलाई सम्झे
\v 9 र चिहानबाट फर्के, र ती सबै कुराहरू एघार जना र बाँकी सबैलाई बताइदिए ।
\v 10 अब मरियम मग्दलिनी, योअन्‍ना, याकूबकी आमा मरियम र तिनीहरूसँग भएका अरू स्‍‍त्रीहरूले प्रेरितहरूलाई ती सबै कुराहरूको जानकारी गराए ।
\v 11 तर यो सन्‍देश प्रेरितहरूलाई बेकारको कुराजस्तो लाग्यो, र तिनीहरूले ती स्‍‍त्रीहरूलाई विश्‍वास गरेनन् ।
\v 12 यद्यपि पत्रुस उठे, र चिहानतिर दौडेर गए, र निहुरेर भित्र हेर्दा सूती कपडाको पट्टीलाई देखे । तब पत्रुस जे भएको थियो त्यसमा अचम्म मान्दै आफ्नो घर तर्फलागे ।
\p
\v 13 हेर, तिनीहरूमध्ये दुई जना त्यही दिन इम्माउस नाउँ भएको गाउँतिर गइराखेका थिए, जुन यरूशलेमबाट साठी स्टेडिया टाढा थियो ।
\v 14 जे भएको थियो, ती सबै कुराको विषयमा तिनीहरूले एक-अर्कामा छलफल गरे ।
\v 15 तिनीहरू छलफल र एकसाथ प्रश्‍न गरिरहेका बेलामा येशू आफैं तिनीहरूको नजिक आउनुभयो र तिनीहरूसँगै जानुभयो ।
\v 16 तर तिनीहरूका आँखा उहाँलाई नचिन्‍ने बनाइएका थिए ।
\v 17 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू दुवै जना हिंड्दै गर्दा के को विषयमा कुरा गरिरहेछौ?” उदास भएर तिनीहरू त्यहाँ उभिए ।
\p
\v 18 तिनीहरूमध्ये क्लेओपास नाउँ गरेका एक जनाले उहाँलाई जवाफ दिए, ”यी दिनहरूमा यरूशलेममा भएका कुराहरू थाहा नपाउने व्यक्‍ति के तपाईं मात्रै एक हुनुहुन्छ?”
\p
\v 19 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के कुराहरू?” तिनीहरूले उहाँलाई जवाफ दिए, “येशू नासरीसँग सम्बन्धित कुराहरू, जो एक अगमवक्‍ता हुनुहुन्थ्यो, परमेश्‍वर र सबै मानिसहरूको अगाडि काम र वचनमा शक्‍तिशाली हुनुहुन्थ्यो,
\v 20 र कसरी मुख्य पूजाहारीहरू र हाम्रा शासकहरूले उहाँलाई दोष लगाएर मृत्युदण्ड दिए र उहाँलाई क्रूसमा टाँगे ।
\v 21 तर इस्राएललाई उद्धार गर्न गइरहेको एक जना उहाँ ने हुनुहुन्थ्यो भनी हामीले आशा राखेका थियौं । यी सबै कुराबाहेक, यी सबै कुरा हुन आएको आज तेस्रो दिन भइसक्यो ।
\v 22 तरै पनि, बिहान सबेरै उहाँको चिहानमा गएर, हाम्रो समूहका केही स्‍‍त्रीहरूले हामीलाई आश्‍चर्यचकित पारे, ।
\v 23 तिनीहरूले उहाँको शरीरलाई नभेट्टाउँदा, तिनीहरू यसो भन्दै आए कि, तिनीहरूले स्वर्गदूतहरूको दर्शन पनि पाए, जसले उहाँ जीवित हुनुहुन्‍थ्यो भने ।
\v 24 हामीसँग भएका केही मानिसहरू चिहानमा गए, र थाहा पाए कि स्‍‍त्रीहरूले भनेजस्तै भएको थियो । तर तिनीहरूले उहाँलाई देखेनन् ।”
\p
\v 25 येशूले तिनीहरूलाई भन्‍नुभयो, “हे मूर्ख मानिसहरू र अगमवक्‍ताहरूले भनेका सबै कुराहरूमा विश्‍वास गर्न सुस्त हृदय भएकाहरू हो!
\v 26 के ख्रीष्‍टले यी कुराहरू भोग्‍न र आफ्नो महिमामा प्रवेश गर्न आवश्यक थिएन र?”
\v 27 तब मोशादेखि लिएर सबै अगमवक्‍ताहरूद्वारा सबै धर्मशास्‍‍त्रमा आफ्नो विषयमा भनिएका कुराहरू येशूले तिनीहरूलाई व्याख्या गरिदिनुभयो ।
\p
\v 28 तिनीहरू जुन गाउँतिर गइरहेका थिए, तिनीहरू त्यसको नजिकै पुग्दा येशूले अझै पर जानेजस्तै गर्नुभयो ।
\v 29 तर तिनीहरूले उहाँलाई यसो भन्दै कर गरे, “हामीसँगै बस्‍नुहोस्, किनकि साँझ पर्न लाग्यो र लगभग दिन बितिसक्यो ।” त्यसैले येशू तिनीहरूसँगै बस्‍न भित्र जानुभयो ।
\v 30 जब उहाँ तिनीहरूसँग खान बस्‍नुभयो, तब उहाँले रोटी लिनुभयो, आशिष्‌‌ दिनुभयो र त्यसलाई भाँचेर तिनीहरूलाई दिनुभयो ।
\v 31 तब तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने, र उहाँ तिनीहरूका द‍ृष्‍टिबाट हराउनुभयो ।
\v 32 तिनीहरूले एक अर्कालाई भने, "उहाँ हामीसँग बाटोमा बोल्नुहुँदा, उहाँले हामीलाई धर्मशास्‍‍त्रको अर्थ खोलिदिनुहुँदा के हाम्रो हृदय प्रज्वलित भइरहेको थिएन र?"
\v 33 त्यसै घडी तिनीहरू उठे, र यरूशलेममा फर्के । तिनीहरूले एघार जना र उनीहरूसँग भएकाहरूलाई जम्मा भएर यसो भनिरहेका भेट्टाए,
\v 34 “साँच्‍चै प्रभु जीवित हुनुभएको रहेछ, र सिमोनकहाँ देखा पर्नुभएको रहेछ ।”
\v 35 त्यसकारण बाटोमा भएका कुराहरू तिनीहरूले बताए र येशूले रोटी भाँच्‍ने बेलामा आफूलाई तिनीहरूकहाँ कसरी प्रकट गर्नुभयो, सो पनि बताए ।
\p
\v 36 जसै तिनीहरूले ती कुराहरू भन्दै थिए, येशू आफैं तिनीहरूका बीचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस् ।”
\v 37 तर तिनीहरू भयभीत भए र डरले भरिए, र तिनीहरूले एउटा आत्मा देखे भनी ठाने ।
\v 38 येशूले तिनीहरूलाई भन्‍नुभयो, “किन तिमीहरू दुःखित हुन्छौ? किन तिमीहरूका हृदयमा प्रश्‍नहरू उठ्छन्?
\v 39 मेरा हात र खुट्टा हेर, यो म आफैं हुँ । मलाई छोएर हेर । किनकि आत्माको मासु र हड्डी हुँदैन, जसरी तिमीहरूले ममा भएको देखेका छौ ।”
\v 40 जब उहाँले यो भनी सक्‍नुभयो, उहाँले तिनीहरूलाई आफ्ना हात र खुट्टा देखाउनुभयो ।
\v 41 तर तिनीहरू खुसीले पत्यार गर्न नसकी अचम्मित भइरहेकै बेला येशूले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसँग केही खानेकुरा छ?”
\v 42 तिनीहरूले उहाँलाई पकाएको माछाको एक टुक्रा दिए,
\v 43 र उहाँले त्यो लिनुभयो, र तिनीहरूकै सामु खानुभयो ।
\p
\v 44 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब म तिमीहरूसँग थिएँ, मैले तिमीहरूलाई भनेको थिएँ कि मोशाको व्यवस्था, अगमवक्‍ताहरूको पुस्तक र भजनसङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू पूरा हुनैपर्छ ।”
\v 45 तब तिनीहरूले धर्मशास्‍‍त्र बुझ्‍न सकून् भनेर उहाँले तिनीहरूको विवेक खोली दिनुभयो ।
\v 46 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसो लेखिएको छ, ख्रीष्‍टले कष्‍ट भोग्‍नुपर्छ, र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नुपर्छ ।
\v 47 यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्‍चात्ताप र पाप क्षमाको बारेमा प्रचार गर्नुपर्छ ।
\v 48 तिमीहरू यी कुराहरूका साक्षी छौ ।
\v 49 हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूका लागि पठाउँदैछु । तर माथिबाट शक्‍ति प्राप्‍त नगरेसम्म तिमीहरू यही सहरमा बस ।”
\p
\v 50 त्यसपछि तिनीहरू बेथानी नपुगेसम्म येशूले तिनीहरूलाई अगुवाइ गर्नुभयो । उहाँले आफ्ना हात उचालेर तिनीहरूलाई आशिष्‌‌ दिनुभयो ।
\v 51 त्यसपछि उहाँले तिनीहरूलाई आशिष्‌‌ दिँदै गर्नुहुँदा उहाँ तिनीहरूलाई छोडेर स्वर्गतिर उचालिनुभयो ।
\v 52 त्यसैले तिनीहरूले उहाँको आराधना गरे र बडो आनन्दसाथ यरूशलेम फर्के ।
\v 53 तिनीहरू निरन्तर परमेश्‍वरलाई धन्यको भन्दै मन्दिरमा रहे ।

1138
44-JHN.usfm Normal file
View File

@ -0,0 +1,1138 @@
\id JHN
\ide UTF-8
\h यूहन्‍नाले लेखेको सुसमाचार
\toc1 यूहन्‍नाले लेखेको सुसमाचार
\toc2 यूहन्‍नाले लेखेको सुसमाचार
\toc3 jhn
\mt यूहन्‍नाले लेखेको सुसमाचार
\c 1
\cl अध्याय १
\p
\v 1 सुरुमा वचन हुनुहुन्‍थ्‍यो, र वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, र वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो ।
\v 2 उहाँ सुरुमा परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो ।
\v 3 सबै थोकहरू उहाँद्वारा बनिए, र बनिएको कुनै एक थोक पनि उहाँबिना बनिएन ।
\v 4 उहाँमा जीवन थियो, र त्‍यो जीवन मानिसहरूको ज्‍योति थियो ।
\v 5 ज्‍योति अन्धकारमा चम्‍किन्छ, र अन्धकारले त्यसलाई जितेन ।
\p
\v 6 परमेश्‍वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्‍ना थियो ।
\v 7 तिनीद्वारा सबैले विश्‍वास गरून् भनेर तिनी ज्‍योतिको बारेमा गवाही दिन साक्षीको रूपमा आए ।
\v 8 यूहन्‍ना ज्‍योति थिएनन्, तर तिनी ज्‍योतिको बारेमा गवाही दिन सकियोस् भनेर आए ।
\v 9 साँचो ज्‍योति जसले सबै मानिसहरूलाई ज्योति दिन्छ, उहाँ संसारमा आउँदै हुनुहुन्थ्यो ।
\p
\v 10 उहाँ संसारमा हुनुहुन्थ्यो, र संसार उहाँद्वारा बनियो, र संसारले उहाँलाई चिनेन ।
\v 11 उहाँ आफ्नैहरूकहाँ आउनुभयो, र उहाँका आफ्नैहरूले उहाँलाई स्‍वीकार गरेनन् ।
\v 12 तर जतिले उहाँलाई स्‍वीकार गरे, जसले उहाँको नाउँमा विश्‍वास गरे, उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्तानहरू हुने अधिकार दिनुभयो ।
\v 13 यिनीहरू रगतद्वारा जन्मेका थिएनन्, न शारीरिक इच्छाद्वारा, न मानिसको इच्छाद्वारा, तर परमेश्‍वरद्वारा जन्‍मेका थिए ।
\p
\v 14 वचन देहधारी हुनुभयो र हाम्रा बिचमा बास गर्नुभयो । हामीले उहाँको महिमा देखेका छौं, महिमा जुन पिताबाट आउनुभएका एक मात्रको जस्तो, अनुग्रह र सत्यताले पूर्ण थियो ।
\p
\v 15 यूहन्‍नाले उहाँको बारेमा गवाही दिए, र यसो भन्दै ठूलो सोरले कराए, “उहाँ त्यही व्‍यक्‍ति हुनुहुन्‍छ जसको बारेमा मैले भनेको थिएँ, 'मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगि हुनुहुन्थ्यो।'”
\v 16 किनकि उहाँको पूर्णताबाट हामीले सबै अनुग्रहमाथि अनुग्रह पाएका छौं ।
\v 17 किनकि व्‍यवस्‍था मोशाद्वारा दिइयो । अनुग्रह र सत्‍यता येशू ख्रीष्‍टद्वारा आए ।
\v 18 कसैले पनि परमेश्‍वरलाई कहिल्‍यै देखेको छैन; एक मात्र परमेश्‍वर जो पिताको छेउमा हुनुहुन्छ, उहाँले परमेश्‍वरलाई चिनाउनुभएको छ ।
\p
\v 19 यूहन्‍नाको गवाही यही हो, जब यहूदीहरूले यरूशलेमबाट पूजाहारीहरू र लेवीहरूलाई तिनीकहाँ “तिमी को हौ?” भनी सोध्‍न पठाए ।
\v 20 तिनले स्वीकारे—तिनले इन्कार गरेनन्, तर स्वीकारे—“म ख्रीष्‍ट होइनँ ।”
\v 21 त्‍यसकारण तिनीहरूले तिनलाई सोधे, “त्‍यसो भए तिमी को हौ त? के तिमी एलिया हौ?” तिनले भने, “ म होइनँ ।” तिनीहरूले भने, “के तिमी अगमवक्‍ता हौ?” तिनले जवाफ दिए, “होइनँ ।”
\v 22 तब तिनीहरूले तिनलाई भने, “तिमी को हौ, ताकि हामीलाई पठाउनेहरूलाई हामीले जवाफ दिन सकौं? तिमी आफ्नै बारेमा के भन्‍छौ?”
\v 23 तिनले भने, “यशैया अगमवक्‍ताले भने जस्तै, म मरुभूमिमा कराइरहेको एउटा आवाज हुँः ‘परमप्रभुको बाटो सोझो बनाओ’ ।”
\p
\v 24 अब फरिसीहरूबाट ती पठाइएकाहरू थिए,
\v 25 र तिनीहरूले तिनलाई सोधे र भने, “तिमी न ख्रीष्‍ट, न एलिया, न अगमवक्‍ता हौ भने तिमी किन बप्‍तिस्‍मा दिन्‍छौ?”
\v 26 यूहन्‍नाले तिनीहरूलाई यसो भन्दै जवाफ दिए, “म पानीले बप्‍तिस्‍मा दिन्‍छु । तर तिमीहरूका माझमा तिमीहरूले नचिनेको कोही खडा हुनुहुन्‍छ,
\v 27 उहाँ जो मपछि आउनुहुन्‍छ, म उहाँको जुत्ताको फित्ता खोल्‍न लायकको छैनँ ।”
\p
\v 28 यर्दनको पारिपट्टि बेथानियामा यी कुराहरू गरिएका थिए, जहाँ यूहन्‍नाले बप्‍तिस्‍मा दिइरहेका थिए ।
\p
\v 29 अर्को दिन यूहन्‍नाले येशू आफूकहाँ आइरहनुभएको देखे र भने, “हेर, संसारको पाप उठाइलानुहुने परमेश्‍वरका थुमा!
\v 30 उहाँ उही हुनुहुन्छ जसको बारेमा मैले भनें, ' मपछि आउनुहुने मभन्दा महान् हुनुहुन्छ, किनकि उहाँ मभन्दा अगि हुनुहुन्थ्यो ।
\v 31 म उहाँलाई चिन्‍दिनथें, तर उहाँलाई इस्राएलमा प्रकट गर्न सकियोस् भनी म पानीले बप्‍तिस्‍मा दिंदै आएँ ।”
\p
\v 32 यूहन्‍नाले यसो भन्दै गवाही दिए, “मैले आत्‍मा स्‍वर्गबाट ढुकुरझैं ओर्लिरहनुभएको र उहाँमाथि बस्‍नुभएको देखें ।
\v 33 मैले उहाँलाई चिनिनँ, तर पानीमा बप्‍तिस्‍मा दिन पठाउनुहुनेले मलाई भन्‍नुभयो, ‘तिमीले जसमाथि आत्‍मा ओर्लिरहनुभएको र उहाँमाथि बस्दै गर्नुभएको देख्‍नेछौ, पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुने उहाँ नै हुनुहुन्छ ।’
\v 34 मैले दुवै देखेको, र गवाही दिएको छु कि उहाँ परमेश्‍वरका पुत्र हुनुहुन्‍छ ।”
\p
\v 35 फेरि, अर्को दिन, यूहन्‍ना आफ्ना दुई जना चेलासँग उभिरहँदा,
\v 36 तिनीहरूले येशू त्यही बाटो भएर हिंडिरहनुभएको देखे, र यूहन्‍नाले भने, “हेर, परमेश्‍वरका थुमा!”
\v 37 तिनका दुई चेलाले तिनले यसो भनेका सुने, र तिनीहरूले येशूलाई पछ्‍याए ।
\v 38 तब येशू फर्कनुभयो र तिनीहरूले उहाँलाई पछ्‍याइरहेका देख्‍नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू के चाहन्‍छौ?” तिनीहरूले जवाफ दिए, “रब्बी (जसको अर्थ हो, गुरुज्यू), तपाईं कहाँ बस्दै हुनुहुन्छ?”
\v 39 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आओ र हेर ।” तब तिनीहरू आए र उहाँ कहाँ बसिरहनुभएको थियो भनी देखे; त्‍यस दिन तिनीहरू उहाँसँगै बसे, किनकि दसौं घडी हुन लागेको थियो ।
\p
\v 40 यूहन्‍नाले भनेको सुन्‍ने र त्यसपछि येशूलाई पछ्‍याउने यी दुई जनामध्‍ये एक जना सिमोन पत्रुसका दाजु अन्‍द्रियास थिए ।
\v 41 अन्‍द्रियासले पहिले आफ्ना भाइ सिमोनलाई भेट्टाए र तिनलाई भने, “हामीले मसीह (जसको अर्थ हो, ख्रीष्‍ट) लाई भेट्टाएका छौं।”
\v 42 तिनले तिनलाई येशूकहाँ ल्‍याए । अनि येशूले तिनलाई हेर्नुभयो र भन्‍नुभयो, “तिमी यूहन्‍नाका छोरा सिमोन हौ । तिमीलाई केफास (जसको अर्थ हो, पत्रुस ) भनिनेछ ।
\p
\v 43 अर्को दिन, जब येशूले गालीलतिर जान त्यस ठाउँलाई छोड्न चाहनुभयो, उहाँले फिलिपलाई भेट्टाउनुभयो र तिनलाई भन्‍नुभयो, “मलाई पछ्‍याऊ ।”
\v 44 अब फिलिप बेथसेदाका थिए जुन अन्‍द्रियास र पत्रुसको सहर थियो ।
\v 45 फिलिपले नथानेललाई भेट्टाए र तिनलाई भने, “जसको विषयमा मोशाले व्‍यवस्‍थामा र अगमवक्‍ताहरूले लेखे, हामीले उहाँलाई भेट्टाएका छौंः योसेफका पुत्र, नासरतका येशूलाई ।”
\v 46 नथानेलले तिनलाई भने, “के नासरतबाट कुनै असल कुरा आउन सक्‍छ र?” फिलिपले तिनलाई भने, “आएर हेर!”
\v 47 येशूले नथानेललाई आफूकहाँ आइरहेको देख्‍नुभयो र तिनको बारेमा भन्‍नुभयो, “हेर, एक सच्चा इस्राएली, जसमा कुनै छल छैन!”
\v 48 नथानेलले उहाँलाई भने, “तपाईं मलाई कसरी चिन्‍नुहुन्‍छ?” येशूले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “फिलिपले तिमीलाई बोलाउनुभन्‍दा पहिले, तिमी नेभाराको रुखमुनि हुँदा, मैले तिमीलाई देखें ।”
\v 49 नथानेलले जवाफ दिए, “रब्‍बी, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ! तपाईं इस्राएलका राजा हुनुहुन्‍छ!”
\v 50 येशूले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “‘मैले तिमीलाई नेभाराको रुखमुनि देखेँ भनेको कारण, के तिमी मलाई विश्‍वास गर्छौ? तिमीले योभन्‍दा ठुला-ठुला कुराहरू देख्‍नेछौ ।”
\v 51 त्यसपछि उहाँले भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्‍दछु, “तिमीहरूले स्‍वर्ग उघ्रिएको, अनि परमेश्‍वरका स्‍वर्गदूतहरू मानिसका पुत्रमाथि ओर्लिरहेका र उक्‍लिरहेका देख्‍नेछौ ।”
\c 2
\cl अध्याय २
\p
\v 1 तीन दिनपछि गालीलको कानामा एउटा विवाह थियो, र येशूकी आमा त्यहाँ थिइन् ।
\v 2 विवाहमा येशू र उहाँका चेलाहरूलाई निम्तो दिइएको थियो ।
\v 3 जब दाखमद्य सकियो, येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसित दाखमद्य छैन ।”
\v 4 येशूले तिनलाई भन्‍नुभयो, “हे नारी, तपाईं किन मकहाँ आउनुहुन्छ? मेरो समय अझ आइसकेको छैन ।”
\v 5 उहाँकी आमाले सेवकहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे भन्‍नुहुन्छ, त्यही गर ।"
\v 6 अब त्यहाँ यहूदीको शुद्ध हुने विधिको लागि प्रत्येकमा झण्डै एक सय लिटर अटाउने छवटा ढुङ्गाका भाँडाहरू थिए ।
\v 7 येशूले तिनीहरूलाई भन्‍नुभयो, “भाँडाहरूमा पानी भर ।” त्यसैले तिनीहरूले पानी मुखसम्मै भरिदिए ।
\v 8 तब उहाँले सेवकहरूलाई भन्‍नुभयो, “अब अलिकति लगेर भोजका मुखियाकहाँ लैजाओ ।" तिनीहरूले त्यसै गरे ।
\v 9 भोजका मुखियाले दाखमद्य बनेको त्यो पानी चाखे, तर यो कहाँबाट आएको भन्‍ने तिनलाई थाहा थिएन (तर पानी भर्ने सेवकहरूलाई थाहा थियो) । तब तिनले दुलहालाई बोलाए
\v 10 र तिनलाई भने, “हरेक मानिसले असल दाखमद्य पहिले बाँड्छ, र तिनीहरू मातेपछि सस्तो दाखमद्य बाँड्छन् । तर तिमीले त असल दखमद्य अझसम्म राखिछोडेका छौ ।”
\v 11 गालीलको कानामा येशूले गर्नुभएको यो पहिलो चिन्‍ह थियो, र उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो, र उहाँका चेलाहरूले उहाँलाई विश्‍वास गरे ।
\p
\v 12 यसपछि येशू, उहाँकी आमा, उहाँका भाइहरू, र उहाँका चेलाहरू कर्फनहुममा झरे, र त्यहाँ तिनीहरू केही दिनसम्म बसे ।
\p
\v 13 अब यहूदीहरूको निस्तार-चाड नजिकै थियो, र येशू यरूशलेममा जानुभयो ।
\v 14 उहाँले मन्दिरमा गोरुहरू, भेडाहरू र परेवाहरू बेच्‍नेहरूलाई भेट्टाउनुभयो, र पैसा साट्नेहरू त्यहाँ बसिरहेका थिए ।
\v 15 त्यसैले उहाँले डोरीहरूको एउटा कोर्रा बनाउनुभयो र दुइटै भेडाहरू र गोरुहरूसहित तिनीहरू सबैलाई मन्दिरबाट बाहिर खेद्नुभयो । उहाँले पैसा साट्नेहरूका पैसा छरपष्‍ट पारिदिनुभयो र तिनीहरूका टेबुलहरू पल्टाइदिनुभयो ।
\v 16 परेवा बेच्‍नेहरूलाई उहाँले भन्‍नुभयो, “यी कुराहरूलाई यहाँबाट लैजाओ । मेरा पिताको घरलाई बजार बनाउन छोड ।”
\v 17 उहाँका चेलाहरूले यस्तो लेखिएको कुरा सम्झे, “तपाईंको घरको जोशले मलाई जलाउनेछ ।”
\p
\v 18 तब यहूदीहरूका अधिकारीहरूले उहाँलाई प्रत्युत्तर दिए, र भने, “तपाईंले यी कुराहरू गरिरहनुभएको हुनाले तपाईंले हामीलाई के चिन्ह देखाउनुहुनेछ?”
\v 19 येशूले जवाफ दिनुभयो, “यो मन्दिरलाई भत्काओ र तीन दिनमा म यसलाई खडा गर्नेछु ।”
\v 20 तब यहूदी अधिकारीहरूले भने, “यो मन्दिर छयालिस वर्षमा बनाइयो, र तपाईं यसलाई तीन दिनमा खडा गर्नुहुनेछ?”
\v 21 तर उहाँले आफ्नो शरीरको मन्दिरबारे बताइरहनुभएको थियो ।
\v 22 उहाँ मृत्युबाट जीवित भई उठ्नुभएपछि, उहाँका चेलाहरूले उहाँले यो भन्‍नुभएको थियो भनी सम्‍झे, र तिनीहरूले धर्मशास्‍‍त्र र येशूले भन्‍नुभएको यो भनाइमाथि विश्‍वास गरे ।
\p
\v 23 अब उहाँ निस्तार-चाडको बेलामा यरूशलेममा हुनुहुँदा जब धेरै जनाले उहाँले गर्नुभएका चिन्‍हहरू देखे, तिनीहरूले उहाँको नाउँमा विश्‍वास गरे ।
\v 24 तर येशूले तिनीहरूलाई भरोसा गर्नुभएन, किनभने उहाँले तिनीहरू सबैलाई चिन्‍नुहुन्थ्यो,
\v 25 किनभने मानिसको बारेमा उहाँलाई कसैले गवाही दिनुपर्दैनथ्यो, किनकि मानिसभित्र के छ भन्‍ने उहाँ जान्‍नुहुन्थ्यो ।
\c 3
\cl अध्याय ३
\p
\v 1 अब त्यहाँ निकोदेमस नाउँ गरेका एक जना यहूदी अगुवा थिए ।
\v 2 यी मानिस राति येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौं, कि तपाईं परमेश्‍वरबाट आउनुभएका एक जना शिक्षक हुनुहुन्छ, किनकि तपाईंले गर्नुभएका यी चिन्‍हहरू परमेश्‍वर त्यससँग नभईकन कसैले पनि गर्न सक्दैन ।”
\v 3 येशूले तिनलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही फेरि नजन्मिएसम्म, त्यसले परमेश्‍वरको राज्य देख्‍न सक्दैन ।”
\v 4 निकोदेमसले उहाँलाई भने “मानिस वृद्ध भएपछि कसरी जन्मन सक्छ? ऊ फेरि दोस्रो पल्ट उसकी आमाको गर्भमा पस्‍न, र जन्मन सक्दैन, सक्छ त?
\v 5 येशूले जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीलाई भन्दछु, कोही पनि पानी र आत्माबाट नजन्मेसम्म ऊ परमेश्‍वरको राज्यमा पस्‍न सक्दैन ।
\v 6 शरीरबाट जन्मेको शरीर हो, र पवित्र आत्माबाट जन्मेको आत्मा हो ।
\v 7 मैले तिमीलाई, ‘तिमी फेरि जन्मनुपर्छ’ भनेकोमा अचम्म नमान ।
\v 8 हावा जता चाहन्छ त्यतै बहन्छ; तिमीले यसको आवाज सुन्छौ; तर यो कहाँबाट आउँछ, र कतातिर गइरहेको छ तिमी जान्दैनौ । पवित्र आत्माबाट जन्मेका सबै त्यस्तै हुन्छन् ।”
\v 9 निकोदेमसले जवाफ दिए, र उहाँलाई भने, “यी कुराहरू कसरी हुन सक्छन्”?
\v 10 येशूले तिनलाई जवाफ दिनुभयो, “के तिमी इस्राएलका शिक्षक भएर पनि यी कुराहरू बुझ्दैनौ?
\v 11 साँचो, साँचो म तिमीलाई भन्दछु, कि हामी जे जान्दछौं, त्यहीँ भन्छौं, र हामीले जे देखेका छौँ, त्यसैको गवाही दिन्‍छौँ । तापनि तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ ।
\v 12 यदि मैले तिमीलाई पृथ्‍वीको कुरा भनें भने तिमीहरू विश्‍वास गर्दैनौ, यदि मैले स्वर्गका कुराहरू भनें भने तिमीले कसरी विश्‍वास गर्छौ?
\v 13 स्वर्गबाट ओर्लिआउनुभएका मानिसका पुत्रबाहेक कोही पनि स्वर्गमा उक्लेको छैन ।
\v 14 जसरी मोशाले उजाड-स्थानमा सर्पलाई उचाले, त्यसै गरी मानिसका पुत्र पनि उचालिनुपर्छ,
\v 15 ताकि उहाँमा विश्‍वास गर्ने सबैले अनन्त जीवन पाऊन् ।
\p
\v 16 किनभने परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमा ‍विश्‍वास गर्ने कोही पनि नमरोस्, तर उसले अनन्त जीवन पाओस् ।
\v 17 किनकि परमेश्‍वरले यस संसारलाई दण्ड दिन होइन, तर उहाँद्वारा संसारलाई बचाउन आफ्ना पुत्र पठाउनुभयो ।
\v 18 उहाँमा विश्‍वास गर्ने दण्डित हुँदैन, तर उहाँमा विश्‍वास नगर्ने अगि नै दण्डित भइसकेको छ, किनभने त्यसले परमेश्‍वरका एक मात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन ।
\v 19 न्यायको कारण यही होः ज्योति संसारमा आउनुभएको छ, र मानिसहरूले ज्योतिभन्दा अन्धकारलाई नै रुचाए, किनभने तिनीहरूका कामहरू दुष्‍ट थिए ।
\v 20 किनकि दुष्‍ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र त्यो ज्योतितर्फ आउँदैन, ताकि त्यसका कार्यहरू प्रकट नहोऊन् ।
\v 21 तापनि सत्य काम गर्ने ज्योतिमा आउँछ, ताकि परमेश्‍वरमा गरिएका त्यसका कामहरू प्रकट होऊन् ।
\p
\v 22 त्यसपछि येशू र उहाँका चेलाहरू यहूदियामा जानुभयो । त्यहाँ उहाँले तिनीहरूसँग केही समय बिताउनुभयो र बप्‍तिस्मा दिनुभयो ।
\p
\v 23 अहिले यूहन्‍नाले पनि सालीम नजिकैको एनोनमा बप्‍तिस्मा दिइरहेका थिए, किनभने त्यहाँ धेरै पानी थियो । मानिसहरू उनीकहाँ आइरहेका थिए, र तिनीहरूले बप्‍तिस्मा लिँदै थिए ।
\v 24 किनकि यूहन्‍ना यस बेलासम्म झ्यालखानामा परेका थिएनन् ।
\v 25 त्यहाँ यूहन्‍नाका केही चेलाहरू र एक जना यहूदीबिच विधिवत् शुद्धिकरणको विषयमा विवाद भयो ।
\v 26 तिनीहरू यूहन्‍नाकहाँ गए, तिनलाई भने “गुरुज्यू, हेर्नुहोस्, यर्दन नदीको पारिपट्टि तपाईंसँग हुनुहुने र तपाईंले गवाही दिनुभएको व्यक्‍तिले बप्‍तिस्मा दिइरहनुभएको छ र तिनीहरू सबै उहाँकहाँ गइरहेका छन् ।”
\v 27 यूहन्‍नाले जवाफ दिए “मानिसलाई स्वर्गबाट नदिएसम्म त्यसले कुनै पनि कुरा प्राप्‍त गर्न सक्दैन ।
\v 28 तिमीहरू आफैं गवाही दिन सक्‍छौ, कि मैले भनें, ‘म ख्रीष्‍ट होइनँ, तर बरु ‘म उहाँभन्दा अगि पठाइएको हुँ ।’
\v 29 दुलहीचाहिं दुलहाको नै हो । दुलहाको छेउमा खडा हुने र उहाँको आवाज सुन्‍ने साथी दुलहाको आवाज सुनेर धेरै आनन्दित हुन्छ । तब मेरो आनन्द पुरा हुनेछ ।
\v 30 उहाँ बढ्नुपर्छ र म घट्नुपर्छ ।
\p
\v 31 माथिबाट आउनुहुने सबैभन्दा माथि हुनुहुन्छ । जो पृथ्‍वीबाटको हो त्यो पृथ्वीकै हो, र त्यसले पृथ्‍वीका कुराहरू बोल्दछ । जो स्वर्गबाट आउनुहुन्छ, उहाँ सबैभन्दा माथि हुनुहुन्छ ।
\v 32 उहाँले जे देख्‍नु र सुन्‍नुभएको छ, त्यसको गवाही दिनुहुन्छ, तर उहाँको गवाही कसैले स्वीकार गर्दैन ।
\v 33 उहाँको गवाही ग्रहण गर्नेले परमेश्‍वर सत्य हुनुहुन्छ भन्‍ने पुष्‍टि गरेको छ ।
\v 34 किनकि परमेश्‍वरले जसलाई पठउनुभएको छ, त्यसले उहाँको वचन बोल्छ । किनकि उहाँले पवित्र आत्मा नापतौल गरेर दिनुहुन्‍न ।
\v 35 पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँले सबै कुरा उहाँको हातमा दिनुभएको छ ।
\v 36 पुत्रमा विश्‍वास गर्नेसँग अनन्त जीवन हुन्छ, तर पुत्रको अवाज्ञा गर्नेले जीवन देख्‍नेछैन, तर त्यसमाथि परमेश्‍वरको क्रोध पर्नेछ ।”
\c 4
\cl अध्याय ४
\p
\v 1 जब यूहन्‍नाले भन्‍दा येशूले धेरै चेलाहरू बनाउँदै हुनुहुन्‍थ्‍यो र बप्‍तिस्‍मा दिँदै हुनुहुन्‍थ्‍यो भनी फरिसीहरूले सुने भन्‍ने उहाँले थाहा गर्नुभयो,
\v 2 (यद्यपि येशू आफैंले बप्‍तिस्‍मा दिंदै हुनुहुन्‍नथ्यो, तर उहाँका चेलाहरूले बप्‍तिस्‍मा दिंदै थिए)
\v 3 उहाँले यहूदिया छोड्नुभयो र फेरि गालीलतिर फर्केर जानुभयो ।
\v 4 तर उहाँ सामरिया भएर जानु आवश्‍यक थियो ।
\v 5 त्‍यसैले उहाँ याकूबले आफ्नो छोरा योसेफलाई दिएका जग्‍गाको टुक्रा नजिक रहेको सामरियाको सुखार भनिने एउटा सहरमा आउनुभयो ।
\v 6 त्यहाँ याकूबको इनार थियो । येशू आफ्नो यात्राले थाक्‍नुभएको थियो र इनारको छेउमा बस्‍नुभयो । प्रायः छैठौं घडी भएको थियो ।
\v 7 एक जना सामरी स्‍‍त्री पानी लिन आई, र येशूले त्यसलाई भन्‍नुभयो, “मलाई पिउन थोरै पानी देऊ ।”
\v 8 किनकि उहाँका चेलाहरू खानेकुरा किन्‍न सहरतिर गएका थिए ।
\v 9 त्‍यसपछि सामरी स्‍‍त्रीले उहाँलाई भनी, “तपाईं एक जना यहूदी भएर पनि म एउटी सामरी स्‍‍त्रीसँग कसरी केही पिउने कुरा मागिरहनुभएको छ?” किनकि यहूदीहरूले समारीहरूसँग केही सम्बन्ध राख्दैनन्।
\v 10 येशूले त्यसलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “यदि तिमीले परमेश्‍वरको वरदानलाई र ‘मलाई पिउन देऊ’ भनी तिमीलाई भनिरहने को हो भनी चिनेकी भए, तिमीले उनीसँग माग्‍ने थियौ, र उनले तिमीलाई जिउँदो पानी दिनेथिए ।”
\v 11 स्‍‍त्रीले उहाँलाई जवाफ दिई, “महाशय, तपाईंसित उघाउने भाँडो छैन, र इनार गहिरो छ । तब तपाईंसँग जिउँदो पानी कहाँ छ त?
\v 12 के तपाईं हाम्रा पुर्खा याकूबभन्‍दा महान् हुनुहुन्‍छ जसले हामीलाई इनार दिनुभयो र आफैंले पनि यही इनारबाट पिउनुभयो र उहाँका सन्‍तानहरू र उहाँका गाईवस्‍तुहरूले पनि पिए?”
\v 13 येशूले त्यसलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “हरेक जस‍ले यो पानी पिउँछ, त्यो फेरि तिर्खाउनेछ,
\v 14 तर जसले मैले दिने पानी पिउँछ, त्यो फेरि कहिल्यै तिर्खाउनेछैन । बरु, मैले दिने त्यो पानी त्‍यसमा अनन्‍त जीवनसम्‍मै उम्रिरहने पानीको फोहरा बन्‍नेछ ।”
\v 15 स्‍‍त्रीले उहाँलाई भनी, “महाशय, मलाई यो पानी दिनुहोस्, ताकि म तिर्खाउनेछैनँ र यहाँ पानी लिन आउनुपर्नेछैनँ ।”
\p
\v 16 येशूले त्यसलाई भन्‍नुभयो, “जाऊ, तिम्रो लोग्‍नेलाई बोलाऊ, र यहाँ फर्केर आऊ ।”
\v 17 स्‍‍त्रीले उहाँलाई जवाफ दिई र भनी, “मेरो लोग्‍ने छैन ।” येशूले जवाफ दिनुभयो, “‘मेरो लोग्‍ने छैन’ भनी तिमीले साँचो भन्‍यौ ।
\v 18 किनकि तिम्रा पाँच जना लोग्‍ने भइसकेका छन्, र अहिले जो तिमीसँग छन्, त्यो तिम्रो लोग्‍ने होइन । तिमीले जे भनेकीछ्‍यौ, त्यो साँचो हो ।”
\p
\v 19 स्‍‍त्रीले उहाँलाई भनी, “महाशय, तपाईं अगमवक्‍ता हुनुहुन्छ भनी म देख्छु ।
\v 20 हाम्रा पुर्खाहरूले यही पर्वतमा आराधना गरे, तर मानिसहरूले आराधना गर्नुपर्ने स्‍थान यरूशलेम नै हो भनी तपाईंहरू भन्‍नुहुन्छ ।”
\v 21 येशूले त्यसलाई भन्‍नुभयो, “हे नारी, मलाई विश्‍वास गर । त्यो बेला आउँदैछ जब तिमीहरूले पितालाई न यो पर्वतमा न त यरूशलेममा नै आराधना गर्नेछौ ।
\v 22 तिमीहरूले जे जान्दैनौ, त्यसैको आराधना गर्छौ । हामी जे जान्दछौं, त्यसैको आराधना गर्छौं, किनकि उद्धार यहूदीहरूबाट आउँछ ।
\v 23 तापनि, त्यो बेला आउँदैछ र त्यो अहिले नै हो जब साँचा आराधकहरूले पितालाई आत्‍मा र सत्‍यतामा आराधना गर्नेछन्, किनकि पिताले आफ्ना आराधकहरू हुन यस्‍ता मानिसहरूको खोजी गर्दै हुनुहुन्‍छ ।
\v 24 परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ, र उहाँलाई आराधना गर्ने मानिसहरूले आत्‍मा र सत्‍यतामा आराधना गर्नुपर्छ ।”
\v 25 स्‍‍त्रीले उहाँलाई भनी, “(ख्रीष्‍ट भनिने) मसीह आउँदै हुनुहुन्‍छ भन्‍ने मलाई थाहा छ। जब उहाँ आउनुहुन्‍छ, उहाँले हामीलाई सबै कुरा बताउनुहुनेछ ।”
\v 26 येशूले त्यसलाई भन्‍नुभयो, “तिमीसँग कुराकानी गरिरहने, म उही हुँ ।”
\p
\v 27 त्‍यही बेला उहाँका चेलाहरू फर्किआए । अब उहाँ स्‍‍त्रीसित किन कुराकानी गर्दै हुनुहुन्‍थ्यो भनी तिनीहरू चकित भइरहेका थिए, तर “तपाईं के चाहनुहुन्‍छ?” वा “किन तपाईं त्‍यससँग कुराकानी गर्दै हुनुहुन्‍छ?” भनी कसैले भनेन ।
\p
\v 28 त्‍यसैले त्यस स्‍‍त्रीले आफ्नो गाग्रो छोडी, सहरतिर फर्केर गई र मानिसहरूलाई भनी,
\v 29 “आओ, एकजना मानिसलाई हेर जसले मैले गरेका सबै कुराहरू मलाई बताइदिनुभयो । उहाँ ख्रीष्‍ट हुन सक्दैन, हुन सक्छ त?”
\v 30 तिनीहरू सहरबाट निस्के र उहाँकहाँ आए ।
\p
\v 31 त्‍यसैबेला चेलाहरूले उहाँलाई यसो भन्‍दै अनुरोध गरिरहेका थिए, “रब्‍बी, खानुहोस् ।”
\v 32 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मसँग खानेकुरा छ जसको बारे तिमीहरू जान्दैनौ ।”
\v 33 त्‍यसैले चेलाहरूले एक आपसमा भने, “उहाँलाई कुनै खानेकुरा कसैले ल्‍याएको छैन, ल्‍याएको छ र?”
\v 34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “जसले मलाई पठाउनुभयो, उहाँको इच्‍छाअनुसार गर्नु र उहाँको काम पुरा गर्नु नै मेरो खानेकुरा हो ।
\v 35 के तिमीहरू भन्‍दैनौ, 'अझ चार महिना छ र त्‍यसपछि कटनी गर्ने समय आउँछ'? म तिमीहरूलाई भन्‍दैछु, आँखा उचाल र खेतलाई हेर किनकि तिनीहरू कटनीको निम्‍ति अगि नै पाकिसकेका छन् ।
\v 36 जसले कटनी गर्दैछ, त्यसले ज्याला पाउँछ र अनन्‍त जीवनको निम्‍ति फल बटुल्‍छ, ताकि छर्ने र कटनी गर्ने सँगसँगै रमाउन सकून् ।
\v 37 किनकि 'एउटाले छर्छ र अर्काले कटनी गर्छ' भन्‍ने यो भनाइ यसैमा साँचो छ ।
\v 38 मैले तिमीहरूलाई त्यो कटनी गर्न पठाएँ जसको लागि तिमीहरूले काम गरेका छैनौ। अरूहरूले काम गरेका छन्, र तिमीहरू तिनीहरूका श्रममा प्रवेश गरेका छौ ।”
\p
\v 39 “मैले गरेका सबै कुरा उहाँले मलाई भन्‍नुभयो” भनी ती स्‍‍त्रीले दिएको गवाहीले गर्दा त्‍यस सहरका धेरै सामरीहरूले उहाँमा विश्‍वास गरे ।
\v 40 त्यसैले जब सामरीहरू उहाँकहाँ आए, तिनीहरूले उहाँलाई आफूहरूसँग बस्‍न आग्रह गरे, र उहाँ त्‍यहाँ दुई दिन बस्‍नुभयो ।
\v 41 उहाँको वचनको कारणले गर्दा धेरै जनाले विश्‍वास गरे ।
\v 42 तिनीहरूले ती स्‍‍त्रीलाई भने, “ अब तिमीले भनेका कुराले गर्दा हामी विश्‍वास गरेका होइनौं, किनकि हामी आफैंले सुनेका छौं र हामी जान्दछौं, कि उहाँ नै संसारका उद्धारकर्ता हुनुहुन्‍छ ।”
\p
\v 43 त्यसको दुई दिनपछि उहाँ त्‍यहाँबाट गालील प्रस्थान गर्नुभयो ।
\v 44 किनकि येशू आफैंले घोषणा गर्नुभयो, कि अगमवक्‍तालाई त्यसको आफ्नै गाउँमा आदर हुँदैन ।
\v 45 जब उहाँ गालीलमा आउनुभयो, गालीलीहरूले उहाँलाई स्‍वागत गरे । यरूशलेमको चाडमा उहाँले गर्नुभएका सबै कुराहरू तिनीहरूले देखेका थिए, किनकि तिनीहरू पनि चाडमा गएका थिए ।
\v 46 अब उहाँ गालीलको काना सहरमा फेरि आउनुभयो, जहाँ उहाँले पानीलाई दाखमद्य बनाउनुभएको थियो। त्यहाँ एक जना राजकीय अधिकारी थिए जसको छोरा कर्फनहुममा बिरामी थियो ।
\v 47 जब येशू यहूदियाबाट गालील आउनुभएको तिनले सुने, तिनी येशूकहाँ गए र उहाँ आएर तिनको मर्न लागेको छोरोलाई निको पारिदिनुहोस् भनी उहाँलाई बिन्‍ती गरे ।
\v 48 तब येशूले तिनलाई भन्‍नुभयो, “चिन्‍हहरू र आश्‍चर्यकर्महरू नदेखेसम्‍म तिमीहरूले विश्‍वास गर्नेछैनौ ।”
\v 49 ती अधिकारीले उहाँलाई भने, “हजुर, मेरो छोरो मर्नुअगावै आउनुहोस् ।”
\v 50 येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिम्रो छोरो बाँच्‍छ ।” येशूले तिनलाई भन्‍नुभएको वचन ती मानिसले विश्‍वास गरे, र तिनी आफ्नो बाटो लागे ।
\v 51 तिनी जाँदै गर्दा, तिनका सेवकहरूले तिनको छोरो बाँच्यो भन्दै तिनलाई भेटे ।
\v 52 त्यसैले कुन घडीदेखि त्यसको सुधार हुनथाल्यो भनी तिनले तिनीहरूलाई सोधे । तिनीहरूले तिनलाई जवाफ दिए, “हिजो सातौं घडीमा त्यसलाई ज्‍वरोले छोड्‍यो ।”
\v 53 त्‍यसपछि ती बुबाले महसुस गरे कि यो त्यही घडी थियो जब येशूले तिनलाई “तिम्रो छोरो बाँच्‍छ” भन्‍नुभएको थियो । त्यसैले तिनीले र तिनका सम्‍पूर्ण घरानाले विश्‍वास गरे ।
\p
\v 54 येशू यहूदियाबाट गालीलमा आउनुहुँदा उहाँले गर्नुभएको यो दोस्रो चिन्‍ह थियो ।
\c 5
\cl अध्याय ५
\p
\v 1 यसपछि यहूदीहरूको चाड थियो, र येशू यरूशलेम जानुभयो ।
\v 2 अब यरूशलेममा भेडा-ढोका नजिकै एउटा तलाउ छ जसलाई आरमेइक भाषामा बेथस्दा भनिन्छ, र यसका पाँचवटा छानासहितका दलान छन् ।
\v 3 त्यहाँ ठुलो सङ्ख्यामा बिरामीहरू, अन्धा, लङ्गडा वा पक्षाघातीहरू पडिरहेका थिए । \f + \ft उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूमा यो वाक्यांश छैन \fqa पानी छचल्किनुको प्रतिक्षा गर्दैथिए \fqa* । \f*
\v 4 \f + \ft उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूमा पद ४ छैन, \fqa किनकि परमेश्‍वरका स्वर्गदूत तल ओर्लिएर निश्‍चित समयमा पानी हल्लाइदिन्थे र जो कोही पानी छचल्किरहँदा पानीमा पस्थ्यो, त्यो जस्तोसुकै रोगले ग्रसित भए तापनि निको भइहाल्थ्यो । \fqa* \f*
\v 5 त्यहाँ अठ्तिस वर्षदेखि रोगले ग्रसित भएको कुनै एक जना मानिस थियो ।
\v 6 जब येशूले त्यसलाई त्यहाँ पल्टिरहेको देख्‍नुभयो र उहाँले त्यो मानिस त्यहाँ धेरै समयदेखि रहेको थियो भनी महसुस गर्नुभएपछि, उहाँले त्यसलाई भन्‍नुभयो, “के तिमी स्वस्थ हुन चाहन्छौ?”
\v 7 त्यो बिरामी मानिसले जवाफ दियो, “महाशय, पानी छचल्किँदा मलाई तलाउमा राखिदिने मेरो कोही पनि छैन । म आउँदा मभन्दा अगि अर्को पसिहाल्छ ।”
\v 8 येशूले त्यसलाई भन्‍नुभयो, “उठ, आफ्नो ओछ्‍यान लेऊ, र हिंड ।”
\v 9 त्यो मानिस तुरुन्तै निको भयो, र त्यसले आफ्नो ओछ्‍यान उठायो, र हिंड्‍यो । अब त्यो विश्रामको दिन थियो ।
\v 10 त्यसैले यहूदीहरूले त्यो निको भएको मानिसलाई भने, “यो विश्रामको दिन हो, र तिमीलाई तिम्रो ओछ्‍यान बोकेर हिंड्ने अनुमति छैन ।”
\v 11 त्यसले जवाफ दियो, “जसले मलाई स्वस्थ बनाउनुभयो, उहाँले मलाई भन्‍नुभयो, ‘तिम्रो ओछ्‍यान उठाऊ र हिंड’।”
\v 12 तिनीहरूले त्यसलाई भने, “तिमीलाई ‘यो उठाऊ र हिंड’ भन्‍ने त्यो मानिस को हो?”
\v 13 तापनि येशू सुटुक्‍क गइसक्‍नुभएकोले जो निको भएको थियो, त्यसलाई उहाँ को हुनुहुन्थ्यो भन्‍ने थाहा थिएन, किनकि त्यस ठाउँमा भीड लागेको थियो ।
\p
\v 14 पछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्टाउनुभयो र त्यसलाई भन्‍नुभयो, “हेर, तिमी स्वस्थ भएका छौ! अब फेरि पाप नगर, ताकि तिमीमाथि झन् खराबी आइनपरोस् ।”
\v 15 त्यो मानिस गयो र त्यसलाई स्वस्थ बनाउने येशू हुनुहुन्थ्यो भनी त्यसले यहूदीहरूलाई बतायो ।
\v 16 अब यी कुराहरूका कारणले यहूदीहरूले येशूलाई सताए, किनभने उहाँले यी कुराहरू विश्रामको दिनमा गर्नुभयो ।
\v 17 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मेरा पिताले अहिले पनि काम गरिरहनुभएको छ, र म पनि काम गरिरहेको छु ।”
\v 18 यसले गर्दा यहूदीहरूले उहाँलाई झनै मार्न खोजे, किनभने उहाँले विश्रामको दिन मात्र तोड्नुभएन, तर आफैंलाई परमेश्‍वर समान तुल्याएर परमेश्‍वरलाई उहाँको आफ्नै पिता पनि भन्‍नुभयो ।
\p
\v 19 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, पिताले गरिरहनुभएको देख्‍नु बाहेक पुत्र आफैंले केही गर्न सक्दैन, किनकि पिताले जे गरिरहनुभएको छ पुत्रले पनि त्यही कुराहरू गर्छ ।
\v 20 किनकि पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँ आफूले गर्नुहुने सबै कुरा पुत्रलाई देखाउनुहुन्छ, र उहाँले उनलाई यी कुराहरूभन्दा पनि ठुला कुराहरू देखाउनुहुनेछ, ताकि तिमीहरू अचम्मित हुनेछौ ।
\v 21 किनकि पिताले जसरी मृतकलाई जीवित पार्नुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई चाहन्छन् त्यसलाई जीवन दिन्छन् ।
\v 22 किनकि पिताले कसैको न्याय गर्नुहुन्‍न, तर उहाँले न्याय गर्ने सबै काम पुत्रलाई दिनुभएको छ,
\v 23 ताकि तिनीहरूले पितालाई आदर गरेझैं, सबैले पुत्रलाई आदर गर्नेछन् । जसले पुत्रलाई आदर गर्दैन, त्यसले उनलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन ।
\v 24 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्‍वास गर्छ त्यससँग अनन्त जीवन हुन्छ र त्यो दोषी ठहराइनेछैन, तर त्यो मृत्युबाट जीवनमा सरेको छ ।
\p
\v 25 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, समय आइरहेको छ, र यो अहिले नै हो, जब मृतकहरूले परमेश्‍वरका पुत्रको सोर सुन्‍नेछन्, र सुन्‍नेहरू बाँच्‍नेछन् ।
\v 26 किनकि जसरी पिता आफैंसँग जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि दिनुभएको छ, ताकि उनी आफैंसँग जीवन होस्,
\v 27 र पिताले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको छ किनभने उनी मानिसका पुत्र हुन् ।
\v 28 यसमा अचम्म नमान, किनकि समय आउँदैछ जब चिहानमा हुनेहरू सबैले उनको सोर सुन्‍नेछन्,
\v 29 र बाहिर आउनेछन्ः असल गरेकाहरू जीवनको पुनरुत्थानको निम्ति, र दुष्‍ट काम गरेकाहरू न्यायको पुनरुत्थानको निम्ति ।
\v 30 म आफैंले केही गर्न सक्दिनँ । म जस्तो सुन्छु त्यस्तै न्याय गर्छु र मेरो न्याय धार्मिक हुन्छ, किनभने मैले आफ्नो इच्छा खोजिरहेको छैनँ, तर मलाई पठाउनुहुनेको इच्छा खोजिरहेको छु ।
\p
\v 31 यदि म आफैंले आफ्नै बारेमा गवाही दिने हो भने मेरो गवाही सत्य हुँदैन ।
\v 32 मेरो बारेमा गवाही दिनुहुने अर्कै हुनुहुन्छ, र म जान्दछु, कि उहाँले मेरो विषयमा दिनुहुने गवाही सत्य हुन्छ ।
\v 33 तिमीहरूले यूहन्‍नाकहाँ पठाएका छौ र उनले सत्यको गवाही दिएका छन् ।
\v 34 तर मैले प्राप्‍त गर्ने त्यो गवाही मानिसबाटको होइन । तिमीहरूलाई बचाइयोस् भनी म यी कुराहरू भन्दछु ।
\v 35 यूहन्‍ना बलिरहेका र चम्किरहेका बत्ती थिए र तिमीहरू उनको ज्योतिमा केही क्षणका लागि आनन्द मनाउन तत्पर थियौ ।
\v 36 तैपनि मसँग भएको गवाही यूहन्‍नाको भन्दा पनि महान् छ, किनकि जुन कामहरू पिताले मलाई पूरा गर्न दिनुभएको छ, मैले गर्ने ती कामहरूले नै, मलाई पिताले पठाउनुभएको हो भनी मेरो विषयमा गवाही दिन्छन् ।
\v 37 मलाई पठाउनुहुने पिता आफैंले मेरो विषयमा गवाही दिनुभएको छ । तिमीहरूले न उहाँको सोर सुनेका छौ न उहाँको रूप नै कहिल्यै देखेका छौ ।
\v 38 तिमीहरूमा उहाँको वचन रहेको छैन, किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गरिरहेका छैनौ ।
\v 39 तिमीहरू धर्मशास्‍‍त्रहरूमा खोज्छौ, किनभने तिनीहरूमा तिमीहरूको निम्ति अनन्त जीवन छ भनी तिमीहरू सोच्छौ, र यी नै धर्मशास्‍‍त्रहरूले मेरो विषयमा गवाही दिन्छन्,
\v 40 र तिमीहरू जीवन पाउन मकहाँ आउन तत्पर छैनौ।
\p
\v 41 म मानिसहरूबाट महिमा ग्रहण गर्दिनँ,
\v 42 तर म जान्दछु, तिमीहरू आफैंमा परमेश्‍वरको प्रेम छैन ।
\v 43 म मेरा पिताको नाउँमा आएको छु, र तिमीहरू मलाई ग्रहण गर्दैनौ । यदि आफ्नै नाउँमा अर्को कोही आउने हो भने तिमीहरूले त्यसलाई ग्रहण गर्छौ ।
\v 44 तिमीहरूले कसरी विश्‍वास गर्न सक्छौ, तिमीहरू जसले एक अर्कोबाट महिमा स्वीकार गर्छौ तर एक मात्र परमेश्‍वरबाट आउने महिमा खोजिरहेका छैनौ?
\p
\v 45 पिताको सामु तिमीहरूलाई म आफैंले दोष लगाउँनेछु भन्‍ने नसोच । तिमीहरूलाई दोष लगाउने त मोशा हुन् जसमा तिमीहरूले आशा राखेका छौ ।
\v 46 यदि तिमीहरूले मोशामा विश्‍वास गर्थ्यौ भने तिमीहरूले ममा पनि विश्‍वास गर्ने थियौ, किनभने तिनले मेरो विषयमा लेखे ।
\v 47 यदि तिमीहरूले तिनले लेखेका कुराहरूमा विश्‍वास गर्दैनौ भने तिमीहरूले मेरा वचनहरूमा कसरी विश्‍वास गर्छौ?”
\c 6
\cl अध्याय ६
\p
\v 1 यी कुराहरूपछि येशू गालीलको समुद्रको पारिपट्टि जानुभयो जसलाई तिबेरियासको समुद्र पनि भनिन्थ्यो।
\v 2 एउटा ठुलो भीडले उहाँलाई पछ्‍याइरहेको थियो, किनभने बिरामी मानिसहरूमा उहाँले गरिरहनुभएका चिन्‍हहरू तिनीहरूले देखे ।
\v 3 येशू पर्वतमाथि जानुभयो, र त्यहाँ उहाँ आफ्ना चेलाहरूसँग बस्‍नुभयो ।
\v 4 (अब यहूदीहरूको निस्तार-चाड नजिकै थियो । )
\v 5 जब येशूले माथितिर हेर्नुभयो र एउटा ठुलो भीड आफूतर्फ आइरहेको देख्‍नुभयो, उहाँले फिलिपलाई भन्‍नुभयो, “हामीले कहाँ रोटी किन्‍ने ताकि यिनीहरूले खान सकून्?”
\v 6 (तर येशूले फिलिपलाई जाँच्‍न यसो भन्‍नुभयो, किनकि उहाँले के गर्न गइरहनुभएको थियो सो उहाँ आफैंलाई थाहा थियो ।)
\v 7 फिलिपले उहाँलाई जवाफ दिए, “दुई सय चाँदीका सिक्‍काको रोटी पनि प्रत्येकलाई थोरै-थोरै दिनलाई पर्याप्‍त हुँदैन ।”
\v 8 चेलाहरूमध्ये एक जना, सिमोन पत्रुसका दाजु अन्द्रियासले येशूलाई भने,
\v 9 “यहाँ एक जना केटो छ, जससँग जौका पाँचवटा रोटी र दुईवटा माछा छन्, तर यत्ति धेरैका बीचमा यी के हुन् र?”
\v 10 येशूले भन्‍नुभयो, “मानिसहरूलाई बस्‍न लगाऊ ।” अब त्यस ठाउँमा धेरै घाँस थियो । त्यसैले झण्डै पाँच हजार जति सङ्ख्यामा मानिसहरू बसे ।
\v 11 तब येशूले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि उहाँले त्यो त्यहाँ बसेकाहरूलाई दिनुभयो । उहाँले माछा पनि त्यसै गर्नुभयो, जति जति तिनीहरूले चाहना गरे ।
\v 12 जब मानिसहरू भर पेट भए, उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “बाँकी रहेका टुक्रा-टाक्री बटुल, ताकि कुनै पनि थोक खेर नजाओस् ।”
\v 13 यसैले तिनीहरूले ती बटुले र खानेहरूले उबारेका जौका ती पाँचवटा रोटीका टुक्रा-टाक्रीहरू बार्‍ह डाला भरे ।
\p
\v 14 त्यसपछि जब मानिसहरूले उहाँले गर्नुभएका यी चिन्‍हहरू देखे, तिनीहरूले भने, “उहाँ साँच्‍चै यस संसारमा आउनुहुने अगमवक्‍ता हुनुहुन्छ ।”
\v 15 जब उहाँलाई पक्रेर बलजफतीसँग राजा बनाउन तिनीहरू आउन लागेका थिए भन्‍ने येशूले थाहा गर्नुभयो, उहाँ फेरि पनि एक्लै डाँडातर्फ लाग्‍नुभयो ।
\p
\v 16 जब साँझ पर्‍यो, उहाँका चेलाहरू समुद्रतिर झरे ।
\v 17 तिनीहरू एउटा डुङ्गामा चढे, र समुद्रको पारि कफर्नहुममा गइरहेका थिए । यस बेला अँध्यारो भइसकेको थियो र अझसम्म पनि येशू तिनीहरूकहाँ आउनुभएको थिएन ।
\v 18 र ठुलो आँधीबेहरी चलिरहेको थियो र समुद्रका छालहरू उर्लंदै थिए ।
\v 19 जब तिनीहरू डुङ्गा खियाएर करिब पाँच किलोमिटर टाढा पुगेका थिए, तिनीहरूले येशूलाई समुद्रमा हिंडिरहनुभएको र डुङ्गाको नजिक आइरहनुभएको देखे, अनि तिनीहरू डराए ।
\v 20 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म नै हुँ! नडराओ ।”
\v 21 तब तिनीहरू उहाँलाई डुङ्गामा ल्याउन तत्पर भए, र डुङ्गा जमिनमा तुरुन्तै पुग्यो जहाँ तिनीहरू गइरहेका थिए ।
\p
\v 22 अर्को दिन, समुद्रको पारिपट्टि उभिरहेको भीडले त्यहाँ त्यो एउटा डुङ्गाबाहेक अरू कुनै पनि डुङ्गा देखेन, र त्यसमा येशू उहाँका चेलाहरूसँग नचढ्नुभएको तर उहाँका चेलाहरू मात्रै त्यहाँबाट गएका थिए भन्‍ने देख्यो ।
\v 23 तैपनि त्यहाँ तिबेरियासबाट त्यस ठाउँ नजिक आएका केही डुङ्गाहरू थिए जहाँ प्रभुले धन्यवाद चढाएपछि तिनीहरूले रोटी खाएका थिए ।
\v 24 जब त्यस भीडले न येशू न उहाँका चेलाहरू नै त्यहाँ थिए भन्‍ने कुरा पत्ता लगाए, तिनीहरू आफैं डुङ्गा चढे र येशूलाई खोज्दै कफर्नहुमतिर गए ।
\p
\v 25 तिनीहरूले उहाँलाई त्यस समुद्रको पारिपट्टि भेटेपछि उहाँलाई भने “रब्बी, तपाईं यहाँ कहिले आउनुभयो?”
\v 26 येशूले तिनीहरूलाई यसो भनेर जवाफ दिनुभयो, “साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, तिमीहरूले चिन्हहरू देखेको कारणले तिमीहरूले मलाई खोजेका होइनौ, तर तिमीहरूले केही रोटी खाएर अघाएकाले गर्दा हो ।
\v 27 नष्‍ट हुने खानाको निम्ति काम नगर, तर मानिसका पुत्रले तिमीहरूलाई दिने अनन्त जीवनसम्म रहने खानाको निम्ति काम गर, किनकि परमेश्‍वर पिताले आफ्नो मोहोर उहाँमा लगाउनुभएको छ ।”
\p
\v 28 तब तिनीहरूले उहाँलाई भने, “परमेश्‍वरका कामहरू गर्न हामीले के गर्नुपर्छ?”
\v 29 येशूले जवाफ दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वरको काम यही होः उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गर्नू ।”
\v 30 यसैले तिनीहरूले उहाँलाई भने, “तपाईंले कस्तो किसिमको चिन्‍ह गर्नुहुनेछ, ताकि हामीले देख्‍न र तपाईंलाई विश्‍वास गर्न सकौं? तपाईंले के गर्नुहुनेछ?
\v 31 हाम्रा पिताहरूले उजाडस्थानमा मन्‍न खाए जसरी यसो लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानको निम्ति स्वर्गबाट रोटी दिनुभयो।'”
\p
\v 32 तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, स्वर्गबाट तिमीहरूलाई रोटी दिने मोशा थिएनन्, तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिइरहनुहुने मेरा पिता हुनुहुन्छ ।
\v 33 किनकि परमेश्‍वरको रोटी त्यही हो, जो स्वर्गबाट आउँछ र संसारलाई जीवन दिंदछ ।”
\p
\v 34 यसैले तिनीहरूले उहाँलाई भने, “महाशय, हामीलाई यो रोटी सदैव दिनुहोस् ।”
\v 35 येशूले तिनीहरूलाई भन्‍नुभयो, “म जीवनको रोटी हुँ; जो मकहाँ आउँछ, त्यो कहिल्यै भोकाउनेछैन, र जसले मलाई विश्‍वास गर्छ, त्यो कहिल्यै तिर्खाउनेछैन ।
\v 36 तर मैले तिमीहरूलाई भनें कि वास्तवमा तिमीहरूले मलाई देखेका छौ र पनि तिमीहरू विश्‍वास गर्दैनौ ।
\v 37 पिताले मलाई दिनुभएका सबै मकहाँ आउनेछन्, र जो मकहाँ आउँछ, म निश्‍चय नै त्यसलाई बाहिर फ्याँक्‍नेछैनँ ।
\v 38 किनकि म स्वर्गबाट आएको छु, मेरो आफ्नो इच्छा पुरा गर्नलाई होइन, तर मलाई पठाउनुहुनेको इच्छा पुरा गर्नलाई हो ।
\v 39 मलाई पठाउनुहुनेको इच्छा यही हो, कि उहाँले मलाई दिनुभएका सबैमध्ये एक जना पनि मैले नगुमाऊँ, तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारूँ ।
\v 40 किनकि मेरा पिताको इच्छा यही हो, कि पुत्रलाई देख्‍ने र उहाँमा विश्‍वास गर्ने सबैले अनन्त जीवन पाऊन् र अन्तिम दिनमा म त्यसलाई जीवित पार्नेछु ।”
\p
\v 41 तब यहूदीहरूले उहाँको बारेमा गनगन गरे, किनभने उहाँले यसो भन्‍नुभएको थियो, “म स्वर्गबाट ओर्लिआएको रोटी हुँ ।”
\v 42 तिनीहरूले भने, “के यिनी योसेफका छोरा येशू होइनन्, जसका बुबा र आमालाई हामी चिन्छौं? तब ‘म स्वर्गबाट ओर्लिआएको हुँ’ भनी अहिले यसले कसरी भन्‍न सक्छ?”
\v 43 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आपसमा गनगन गर्न छोड ।”
\v 44 मलाई पठाउनुहुने पिताले नखिंचेसम्म कोही पनि मकहाँ आउन सक्दैन, र त्यसलाई अन्तिम दिनमा म जीवित पार्नेछु ।
\v 45 अगमवक्‍ताहरूका पुस्तकहरूमा यस्तो लेखिएको छ, ‘सबैलाई परमेश्‍वरद्वारा सिकाइनेछ ।’ जसले सुनेका छन् र पिताबाट सिकेका छन्, सबै मकहाँ आउँछन् ।
\v 46 कसैले परमेश्‍वरलाई देखेको छैन, केवल जो परमेश्‍वरबाटको हो—उसैले पितालाई देखेको छ ।
\v 47 साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, जसले विश्‍वास गर्छ, त्यससँग अनन्त जीवन छ ।
\v 48 म जीवनको रोटी हुँ ।
\v 49 तिमीहरूका पिताहरूले उजाड-स्थानमा मन्‍न खाए, र तिनीहरू मरे ।
\v 50 यो स्वर्गबाट ओर्लिआउने रोटी हो, ताकि एक व्यक्‍तिले यसको केही भाग खाओस्, र त्यो नमरोस् ।
\v 51 स्वर्गबाट ओर्लिआएको जीवित रोटी म नै हुँ । यदि कसैले यो रोटीको केही भाग खान्छ भने, त्यो सदासर्वदा जिउनेछ । जुन रोटी म संसारको जीवनको निम्ति दिनेछु, त्यो मेरो देह हो ।”
\p
\v 52 यहूदीहरू आपसमा रिसाए र यसो भन्दै वादविवाद गर्न थाले, “यो मानिसले कसरी हामीलाई आफ्नो देह खान दिन सक्छ?”
\v 53 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसका पुत्रको देह नखाएसम्म र उसको रगत नपिएसम्म, तिमीहरू आफैंमा जीवन हुनेछैन ।
\v 54 मेरो शरीर खाने र रगत पिउनेसँग अनन्त जीवन छ, र त्यसलाई अन्त्यको दिनमा म जीवित पार्नेछु ।
\v 55 किनकि मेरो देह साँचो खाना हो, र मेरो रगत साँचो पिउने कुरा हो ।
\v 56 मेरो देह खाने र मेरो रगत पिउने ममा रहन्छ, र म त्यसमा रहन्छु ।
\v 57 जसरी जीवित पिताले मलाई पठाउनुभयो र म जसरी पिताको कारणले जिउँछु, यसरी नै मलाई खाने पनि मेरो कारणले जिउनेछ ।
\v 58 स्वर्गबाट ओर्लिआएको रोटी यो हो, जसरी पिताहरूले खाए र मरे, त्यस्तो होइन । यो रोटी खाने सदासर्वदा जिउनेछ ।”
\v 59 तर येशूले यी कुराहरू सभाघरमा भन्‍नुभयो जब उहाँ कफर्नहुममा शिक्षा दिंदै हुनुहुन्थ्यो ।
\p
\v 60 त्यसपछि यो सुन्‍ने जति उहाँका धेरै चेलाहरूले भने, “यो एउटा कठिन शिक्षा हो; यसलाई कसले स्‍वीकार गर्न सक्छ?”
\v 61 उहाँका चेलाहरू यसमा गनगन गरिरहेका थिए भन्‍ने कुरा येशूले थाहा पाउनुभएकोले तिनीहरूलाई भन्‍नुभयो, “के यसले तिमीहरूलाई अप्रसन्‍न तुल्याउँछ?”
\v 62 त्यसो भए यदि तिमीहरूले मानिसका पुत्रलाई उनी पहिला भएकैतिर गइरहेका देख्‍यौ भने नि?
\v 63 जीवन दिनुहुने त आत्मा नै हुनुहुन्छ; देहले त कुनै पनि लाभ दिंदैन । मैले तिमीहरूलाई बोलेका वचनहरू आत्मा हुन्, र तिनीहरू जीवन हुन् ।
\v 64 तैपनि तिमीहरूमध्ये कति जना छौ, जसले विश्‍वास गर्दनौं ।” किनकि क-कसले विश्‍वास गर्दैनथे र उहाँलाई धोका दिने को हो भन्‍ने येशूलाई सुरुदेखि नै थाहा थियो ।
\p
\v 65 उहाँले भन्‍नुभयो, “यही कारणले मैले तिमीहरूलाई भनें कि पिताले कसैलाई नदिएसम्म कोही पनि मकहाँ आउन सक्दैन।”
\p
\v 66 यसले गर्दा उहाँका धेरै जना चेलाहरू गए र उहाँसँग कहिल्यै पनि हिंडेनन् ।
\v 67 तब येशूले ती बाह्र जनालाई भन्‍नुभयो, “तिमीहरूचाहिं जान चाहँदैनौ, चाहन्छौ त?”
\v 68 सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जानु? अनन्त जीवनको वचन तपाईंसँग छ,
\v 69 र हामीले विश्‍वास गरेका छौं र तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ भनी हामीले जानेका छौं ।” \f + \ft उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूमा \fqa परमेश्‍वरका पवित्र जन \fqa* वाक्यांश छ । केही पछिल्ला प्रतिलिपिहरूले यस्तो थप वर्णन थप्छन्, \fqa ख्रीष्‍ट, परमेश्‍वरका पवित्र जन \fqa* । \f*
\v 70 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू बाह्र जनालाई मैले नै चुनिनँ? र पनि तिमीहरूमध्ये एक जनाचाहिं दुष्‍ट छ ।”
\v 71 अब उहाँले सिमोन इस्करियोतका छोरा यहूदाको बारेमा भन्‍नुभयो, किनकि येशूलाई धोका दिने बाह्र जनामध्ये एक जना उही नै थियो ।
\c 7
\cl अध्याय ७
\p
\v 1 अनि यी कुराहरू पछि येशू गालीलमा यात्रा गर्नुभयो, किनकि यहूदीहरूले उहाँलाई मार्न खोजिरहेका हुनाले उहाँ यहूदियामा जान चाहनुभएन ।
\v 2 अब यहूदीहरूको छाप्रो-वास चाड नजिकै आएको थियो ।
\v 3 यसकारण उहाँका भाइहरूले उहाँलाई भने, “यो ठाउँ छोडेर यहूदियामा जानुहोस्, ताकि तपाईंका चेलाहरूले पनि तपाईंले गर्नुहुने कामहरू देख्‍न सकून् ।
\v 4 यदि कसैले आफैंलाई खुला रूपमा चिनाउन चाहन्छ भने त्यसले कुनै कुरा गुप्‍तमा गर्दैन । यदि तपाईंले यी कुराहरू गर्नहुन्छ भने आफूलाई संसारमा प्रकट गर्नुहोस् ।”
\v 5 किनकि उहाँका भाइहरूले पनि उहाँलाई विश्‍वास गरेनन् ।
\v 6 त्यसकारण येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो समय अझै आएको छैन, तर तिमीहरूको समय सधैं तयार छ ।
\v 7 संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर यसले मलाई घृणा गर्छ, किनभने यसका कामहरू खराब छन् भनेर यसको बारेमा म गवाही दिन्छु ।
\v 8 तिमीहरू चाडमा जाओ; म यो चाडमा जाँदिनँ, किनभने मेरो समय अहिलेसम्म पुरा भएको छैन ।”
\v 9 उहाँले तिनीहरूलाई यी कुराहरू भन्‍नुभएपछि उहाँ गालीलमा नै बस्‍नुभयो ।
\p
\v 10 तर जब उहाँका भाइहरू चाडमा गए, तब उहाँ पनि खुलमखुल्ला होइन, तर गोप्य तरिकाले जानुभयो ।
\v 11 यहूदीहरूले उहाँलाई चाडमा खोजिरहेका थिए र भने, “उनी कहाँ छन्?”
\v 12 त्यहाँ भीडहरूमा उहाँको बारेमा धेरै बहस भएको थियो । कसैले भने, “उनी असल मानिस हुन् ।” अरूहरूले भने, “होइन, यसले भीडहरूलाई बहकाउँछ ।”
\v 13 तैपनि यहूदीहरूको डरको कारणले कसैले पनि खुलमखुल्ला बोलेन ।
\p
\v 14 जब चाड आधा सिद्धिएको थियो, येशू मन्दिरमा जानुभयो र शिक्षा दिन सुरु गर्नुभयो ।
\v 15 तब यहूदीहरू यसो भन्दै अचम्मित भए, “यो मानिसले कसरी यति धेरै जान्दछ? यसलाई त कहिल्यै पनि शिक्षा दिइएको छैन ।”
\v 16 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “मैले दिएको शिक्षा मेरो होइन, तर उहाँको हो जसले मलाई पठाउनुभयो ।
\v 17 यदि कसैले उहाँको इच्छा पालन गर्न चाहन्छ भने यस शिक्षाको विषयमा त्यसले यो जान्‍नेछ, कि यो परमेश्‍वरबाट आएको हो, वा म आफ्नैतर्फबाट बोल्छु ।
\v 18 जसले आफ्नै तर्फबाट बोल्छ, त्यसले आफ्नै महिमा खोज्छ, तर जसले आफूलाई पठाउनुहुनेको महिमा खोज्छ, त्यो व्‍यक्‍ति सत्य हो, र त्यसमा कुनै अधार्मिकता हुँदैन ।
\v 19 के मोशाले तिमीहरूलाई व्यवस्था दिएनन् र? तैपनि तिमीहरू कसैले व्यवस्था पालन गर्दैनौ । तिमीहरू मलाई किन मार्न चाहन्छौ?”
\p
\v 20 भीडले जवाफ दियो, “तिमीलाई भूत लागेको छ । तिमीलाई कसले मार्न खोज्छ?”
\v 21 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “मैले एउटा काम गरें, र यसको कारण तिमीहरू सबै चकित हुन्छौ ।
\v 22 मोशाले तिमीहरूलाई खतनाको रीति दिए (यो मोशाबाट आएको होइन, तर पुर्खाहरूबाट आएको हो), अनि तिमीहरूले मानिसलाई विश्रामको दिनमा खतना गर्छौ ।
\v 23 मोशाको व्यवस्था भङ्ग नहोस् भनेर यदि एक जना मानिसले विश्रामको दिनमा खतना गर्न स्‍वीकार गर्छ भने, मैले विश्रामको दिनमा एक जना मानिसलाई पूर्ण रूपमा स्वस्थ बनाएकोमा तिमीहरू मसँग किन रिसाउँछौ?”
\v 24 बाहिरी रूप हेरेर न्याय नगर, तर धार्मिकतापूर्वक न्याय गर ।
\p
\v 25 यरूशलेमबाट आएकाहरूमध्ये केहीले भने, “के तिनीहरूले मार्न खोजेका यिनी नै होइनन्?
\v 26 हेर, यिनी खुलमखुल्ला बोल्छन्, र तिनीहरू यिनलाई केही पनि भन्दैनन् । वास्तवमा शासकहरूले यिनी नै ख्रीष्‍ट हुन् भन्‍ने जानेको हुन सक्दैनन्, सक्छन् त?
\v 27 तापनि यिनी कहाँबाटका हुन् हामी जान्दछौं । तर जब ख्रीष्‍ट आउनुहुन्छ, उहाँ कहाँबाटका हुनुहुन्छ कसैले पनि जान्‍नेछैन ।”
\p
\v 28 त्यसपछि येशू मन्दिरमा सिकाउँदै र यसो भन्दै कराउनुभयो, “तिमीहरूले मलाई र म कहाँबाट आएको भनी दुवै जान्दछौ । म आफ्नै तर्फबाट आएको होइन, तर जसले मलाई पठाउनुभयो उहाँ सत्य हुनुहुन्छ, र तिमीहरू उहाँलाई चिन्दैनौं ।
\v 29 म उहाँलाई चिन्दछु, किनभने म उहाँबाट आएको हुँ र उहाँले मलाई पठाउनुभयो ।”
\p
\v 30 तिनीहरूले उहाँलाई पक्रन कोसिस गरिरहेका थिए, तर उहाँमाथि कसैले पनि हात हालेन, किनभने उहाँको समय अझ पनि आएको थिएन ।
\v 31 तर भीडका धेरैले उहाँमाथि विश्‍वास गरे, र तिनीहरूले भने, “के ख्रीष्‍ट आउनुहुँदा उहाँले यिनले गरेको भन्दा धेरै चिन्‍हहरू गर्नुहुनेछ र?”
\v 32 भीडले येशूको बारेमा यी कुराहरूबारे खासखुस गरेको फरिसीहरूले सुने, अनि मुख्य पूजाहारीहरू र फरिसीहरूले उहाँलाई पक्रन अधिकारीहरूलाई पठाए ।
\p
\v 33 त्यसपछि येशूले भन्‍नुभयो, “म अझै केही समयसम्म तिमीहरूसँगै हुन्छु, र त्यसपछि म मलाई पठाउनुहुनेकहाँ जान्छु ।
\v 34 तिमीहरूले मलाई खोज्‍नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ; म जहाँ जान्छु, तिमीहरू त्यहाँ आउन सक्‍नेछैनौ ।”
\v 35 त्यसकारण यहूदीहरूले आपसमा भने, “यी मानिस कहाँ जानेछन्, कि हामी यिनलाई भेट्न सक्नेछैनौं? के यिनी ग्रीकहरूका बीचमा छरपष्‍ट भएकाहरूकहाँ जानेछन् र ग्रीकहरूलाई शिक्षा दिनेछन्?”
\v 36 यिनले भनेको यो वचन के हो? ‘तिमीहरूले मलाई खोज्‍नेछौ, तर तिमीहरूले मलाई भेट्टाउनेछैनौ; म जहाँ जान्छु, तिमीहरू त्यहाँ आउन सक्‍नेछैनौ ।’”
\p
\v 37 अब चाडको अन्तिम अर्थात् महान् दिनमा येशू खडा हुनुभयो र यसो भन्दै कराउनुभयो, “यदि कोही तिर्खाएको छ भने त्यो मकहाँ आओस् र पिओस् ।
\v 38 धर्मशास्‍‍त्रले भनेझैं जसले मलाई विश्‍वास गर्छ त्यसको पेटबाट जीवित पानीका नदीहरू बग्‍नेछन् ।”
\v 39 तर उहाँले यो आत्माको बारेमा भन्‍नुभएको थियो जसलाई उहाँमा विश्‍वास गर्नेहरूले प्राप्‍त गर्थे; आत्मा अझ पनि दिइएको थिएन किनभने येशू अझ पनि महिमित हुनुभएको थिएन ।
\p
\v 40 जब भीडका केहीले यी वचनहरू सुने, तिनीहरूले भने, “यिनी साँच्‍चै अगमवक्‍ता नै हुन् ।”
\v 41 अरूहरूले भने, “यिनी ख्रीष्‍ट हुन् ।” तर कोहीले भने, “के ख्रीष्‍ट गालीलबाट आउँछन् त?
\v 42 के धर्मशास्‍‍त्रले भनेको छैन कि ख्रीष्‍ट दाऊदका सन्तानहरूबाट आउनेछन् र बेथलेहम अर्थात् दाऊद बसेका गाउँबाट आउनेछन्?”
\v 43 त्यसैले त्यहाँ उहाँको कारणले भीडहरूमा विभाजन आयो ।
\v 44 तिनीहरूमध्ये कतिले उहाँलाई पक्रने मन गरे, तर कसैले पनि उहाँमाथि हात हालेन ।
\p
\v 45 त्यसपछि अधिकारीहरू मुख्य पूजाहारीहरू र फरिसीहरूकहाँ फर्केर आए, जसले तिनीहरूलाई भने, “तिमीहरूले त्यसलाई किन ल्याएनौ?”
\v 46 अधिकारीहरूले जवाफ दिए, “कसैले पनि कहिल्यै यसरी बोलेको छैन ।”
\v 47 त्यसकारण फरिसीहरूले तिनीहरूलाई जवाफ दिए, “के तिमीहरू पनि छलियौ?
\v 48 के कुनै शासकहरू वा फरिसीहरू कसैले त्यसमाथि विश्‍वास गरेका छन्?
\v 49 तर यो भीड जसले व्यवस्था जान्दैन, तिनीहरू श्रापित हुन् ।”
\p
\v 50 निकोदेमसले (पहिला नै येशूकहाँ आउने फरिसीहरूमध्ये एक) तिनीहरूलाई भने,
\v 51 “के हाम्रो व्यवस्थाले एउटा मानिसलाई त्यसबाट सुन्‍न र त्यसले के गर्छ भनी जान्‍न अगि न्याय गर्छ र?”
\v 52 तिनीहरूले जवाफ दिए र तिनलाई भने, “के तिमी पनि गालीलबाट आएका हौ? खोज र हेर कि गालीलबाट कुनै अगमवक्‍ता आउँदैन ।”
\p
\v 53 \f + \ft उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूमा यूहन्‍ना ७: ५३-८: ११ छैन । \f* [तब सबै जना आ-आफ्नो घरतिर गए । ]
\c 8
\cl अध्याय ८
\p
\v 1 येशू जैतून डाँडामा जानुभयो ।
\v 2 बिहान सबेरै उहाँ फेरि मन्दिरमा आउनुभयो, र सबै मानिसहरू आए; उहाँ बस्‍नुभयो, र तिनीहरूलाई शिक्षा दिनुभयो ।
\v 3 शास्‍‍त्री र फरिसीहरूले व्यभिचारको काममा पक्राउ परेकी एउटी स्‍‍त्री ल्याए । तिनीहरूले त्यसलाई बीचमा राखे ।
\v 4 त्यसपछि तिनीहरूले उहाँलाई भने, “गुरुज्यू, यो स्‍‍त्री व्यभिचारको काममा पक्राउ परेकी छे ।
\v 5 अब व्यवस्थामा मोशाले हामीलाई यस्ता मानिसहरूलाई ढुङ्गाले हान्‍ने आज्ञा दिएका छन्; यसको विषयमा तपाईं के भन्‍नुहुन्छ?”
\v 6 तिनीहरूले उहाँलाई फसाउनलाई यसो भने, ताकि तिनीहरूसित उहाँलाई दोस लगाउने केही कुरा हुन सकोस्, तर येशू निहुरेर आफ्नो औंलाले भुइँमा लेख्‍नुभयो ।
\v 7 जब तिनीहरूले उहाँलाई निरन्तर प्रश्‍नहरू सोधिरहे, उहाँ खडा हुनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्ये जो पापरहित छौ, त्यसलाई ढुङ्गाले हान्‍ने त्यही नै पहिलो होस् ।”
\v 8 उहाँ फेरि निहुरनुभयो र आफ्नो औंलाले भुइँमा लेख्‍नुभयो ।
\v 9 जब तिनीहरूले यो सुने, ठुलादेखि सुरु गरेर एक-एक गर्दै तिनीहरू गए । अन्तमा माझमा राखिएकी ती स्‍‍त्रीसँग येशू एक्‍लै छोडिनुभएको थियो ।
\v 10 येशू खडा हुनुभयो र त्यसलाई भन्‍नुभयो, “हे नारी, तिमीलाई दोष लगाउनेहरू कहाँ छन्? के कसैले तिम्रो निन्दा गरेनन्?”
\v 11 त्यसले भनी, “कसैले गरेनन् प्रभु ।” येशूले भन्‍नुभयो, “न त म तिमीलाई निन्दा गर्छु । जाऊ, र कुनै पाप नगर ।” ]
\p
\v 12 फेरि येशूले तिनीहरूलाई यसो भन्‍नुभयो, “म संसारको ज्योति हुँ; जसले मलाई पछ्‍याउँछ, त्यो अन्धकारमा हिंड्‌डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ ।”
\v 13 फरिसीहरूले उहाँलाई भने, “तिमी आफैं आफ्नो बारेमा गवाही दिन्छौ; तिम्रो गवाही सत्य होइन ।”
\v 14 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “मैले आफ्नै बारेमा गवाही दिए तापनि मेरो गवाही सत्य छ । म जान्दछु, कि म कहाँबाट आएँ र म कहाँ जाँदैछु भनेर, तर म कहाँबाट आएँ र कहाँ जाँदैछु, तिमीहरू जान्दैनौ ।
\v 15 तिमीहरू शरीरअनुसार न्याय गर्छौ; म कसैको न्याय गर्दिनँ ।
\v 16 तैपनि मैले न्याय गरें भने मेरो न्याय सत्य हुन्छ, किनभने म एक्‍लै छैनँ, तर म मलाई पठाउनुहुने पितासँग छु ।
\v 17 हो, र दुई जना मानिसको गवाही सत्य हुन्छ भनी तिमीहरूको व्यवस्थामा लेखिएको छ ।
\v 18 मेरो बारेमा गवाही दिने म नै हुँ, र मलाई पठाउनुहुने मेरा पिताले मेरो बारेमा गवाही दिनुहुन्छ ।”
\p
\v 19 तिनीहरूले उहाँलाई भने, “तिम्रा पिता कहाँ छन्?” येशूले जवाफ दिनुभयो, “तिमीहरूले न त मलाई न मेरा पितालाई चिन्छौ; यदि तिमीहरूले मलाई चिनेका भए तिमीहरूले मेरा पितालाई पनि चिन्‍नै थियौ ।”
\v 20 उहाँले मन्दिरमा शिक्षा दिनुहुँदा यी वचनहरू ढुकुटीमा भन्‍नुभयो, र कसैले उहाँलाई पक्रेन, किनभने उहाँको समय अझै आएको थिएन ।
\p
\v 21 त्यसैले उहाँले फेरि तिनीहरूलाई भन्‍नुभयो, “म जाँदैछु; तिमीहरूले मलाई खोज्‍नेछौ र आफ्ना पापमा मर्नेछौ । जहाँ म जाँदैछु, तिमीहरू आउन सक्दैनौ ।”
\v 22 यहूदीहरूले भने, “के यिनले आफैंलाई मार्नेछन्? के त्यसैले यिनले ‘म जहाँ जाँदैछु, त्यहाँ तिमीहरू आउन सक्दैनौ’ भन्छन्?”
\v 23 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू तलका हौ; म माथिको हुँ । तिमीहरू यस संसारका हौ; म यस संसारको होइनँ ।
\v 24 यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्ना पापहरूमा मर्नेछौ । किनकि "म हुँ" भनी तिमीहरूले विश्‍वास नगरेसम्म तिमीहरू आफ्ना पापहरूमा मर्नेछौ ।”
\p
\v 25 यसकारण तिनीहरूले उहाँलाई भने “तिमी को हौ?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “जे मैले तिमीहरूलाई सुरुदेखि भनेको छु।
\v 26 मैले तिमीहरूका बारेमा धेरै भन्‍नु र न्याय गर्नु छ । तापनि मलाई पठाउनुहुने सत्य हनुहुन्छ; र मैले उहाँबाट सुनेका यी कुराहरू नै म संसारलाई भन्‍दछु ।”
\p
\v 27 उहाँले पिताको बारेमा कुरा गर्दै हुनुहुन्‍थ्यो भनी तिनीहरूले बुझेनन् ।
\v 28 येशूले भन्‍नुभयो, “जब तिमीहरूले मानिसका पुत्रलाई माथि उचालेका हुन्छौ "म हुँ", र म आफैं केही पनि गर्दिनँ भन्‍ने तिमीहरूले जान्‍नेछौ । जसरी पिताले मलाई सिकाउनुभयो, त्यसरी नै म यी कुराहरू बोल्दछु ।
\v 29 मलाई पठाउनुहुने मसँग हुनुहुन्छ, र उहाँले मलाई एक्लै छाड्नुभएको छैन, किनभने म सदैव उहाँलाई प्रसन्‍न पार्ने काम गर्दछु ।”
\v 30 येशूले यी कुराहरू भन्दै गर्नुहुँदा धेरैले उहाँमा विश्‍वास गरे ।
\p
\v 31 येशूले उहाँमा विश्‍वास गरेका यहूदीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू मेरो वचनमा रहिरह्‍यौ भने तिमीहरू साँच्‍चै मेरा चेलाहरू हौ;
\v 32 र तिमीहरूले सत्य जान्‍नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्‍‍त्र पार्नेछ ।”
\v 33 तिनीहरूले उहाँलाई जवाफ दिए, “हामी अब्राहामका सन्तानहरू हौं र कहिल्यै कसैको दास भएका छैनौं; ‘तिमीहरू स्वतन्‍‍त्र पारिनेछौ’ भनी तिमीले कसरी भन्‍न सक्‍छौ?”
\v 34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो साँचो म तिमीहरूलाई भन्‍दछु, हरेक जसले पाप गर्छ, त्यो पापको दास हो ।
\v 35 दास सधैंभरि घरमा रहँदैन; पुत्र भने सधैंभरि रहन्छ ।
\v 36 यसकारण पुत्रले तिमीहरूलाई स्वतन्‍‍त्र पार्छ भने तिमीहरू साँच्‍चै स्वतन्‍‍त्र हुनेछौ ।
\v 37 म जान्दछु, कि तिमीहरू अब्राहामका सन्तानहरू हौ; तिमीहरू मलाई मार्न खोज्छौ, किनभने तिमीहरूमा मेरो वचनको निम्ति ठाउँ छैन ।
\v 38 मैले मेरा पितासँग जे देखेको छु म त्यही भन्‍दछु, र तिमीहरू पनि तिमीहरूका पिताबाट जे सुन्यौ त्यही गर्छौ ।”
\p
\v 39 तिनीहरूले उहाँलाई जवाफ दिए र भने, “हाम्रा पिता अब्राहाम हुन् ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू अब्राहामका सन्तानहरू हुँदा हौ त, तिमीहरूले अब्राहामका कामहरू गर्ने थियौ ।
\v 40 तैपनि अहिले तिमीहरू मलाई अर्थात् तिमीहरूलाई परमेश्‍वरबाट सुनेको सत्य बताउने मानिसलाई मार्न खोज्दछौ । अब्राहामले यस्तो गरेनन् ।
\v 41 तिमीहरू आफ्ना पिताका कामहरू गर्छौ ।” तिनीहरूले उहाँलाई भने, “हामीहरू व्यभिचारमा जन्मिएका थिएनौं; हाम्रा एक पिता हुनुहुन्छः परमेश्‍वर ।”
\v 42 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि परमेश्‍वर तिमीहरूका पिता हुनुहुन्थ्यो भने, तिमीहरूले मलाई प्रेम गर्ने थियौ, किनकि म परमेश्‍वरबाट आएँ र यहाँ छु; किनकि म आफ्नै तर्फबाट आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो ।
\v 43 तिमीहरू मेरा वचन किन बुझ्दैनौ? किनभने तिमीहरू मेरो वचन सुन्‍न सक्दैनौ ।
\v 44 तिमीहरू आफ्ना पिता अर्थात् शैतानका हौ, र तिमीहरू आफ्ना पिताको इच्छा पूरा गर्ने इच्छा गर्छौ । त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यमा खडा हुँदैन, किनभने त्यसमा सत्य छैन । जब त्यसले झूट बोल्छ, त्यो आफ्नै स्वभावबाट बोल्छ, किनभने त्यो झूटो र झूटको पिता हो ।
\v 45 म सत्य बोल्दछु, तापनि तिमीहरू मलाई विश्‍वास गर्दैनौ ।
\v 46 तिमीहरूमध्ये कसले मलाई पापको दोष लगाउँछ? यदि म सत्य बोल्दछु भने, तिमीहरू मलाई किन विश्‍वास गर्दैनौ?
\v 47 जो परमेश्‍वरको हो त्यसले परमेश्‍वरका वचन सुन्छ; तिमीहरू ती सुन्दैनौ, किनभने तिमीहरू परमेश्‍वरका होइनौ ।”
\p
\v 48 यहूदीहरूले जवाफ दिए, र उहाँलाई भने, “‘तिमी सामरी हौ, र तिमीलाई भूत लागेको छ’ भनेर के हामी ठिकै भन्दैनौं?”
\v 49 येशूले जवाफ दिनुभयो, “मलाई भूत लागेको छैन, तर म मेरा पितालाई आदर गर्दछु, र तिमीहरू मलाई अनादर गर्छौ ।
\v 50 म आफ्नो महिमा खोज्दिनँ; खोज्‍ने र न्याय गर्ने एक जना हुनुहुन्छ ।
\v 51 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, यदि कसैले मेरो वचन पालन गर्छ भने त्यसले कहिल्यै मृत्यु देख्‍नेछैन ।”
\p
\v 52 यहूदीहरूले उहाँलाई भने, “अब हामीले थाहा पायौं, कि तिमीलाई भूत लागेको छ । अब्राहाम र अगमवक्‍ताहरू मरे; तर तिमी भन्छौ ‘यदि कसैले मेरो वचन पालन गर्छ भने त्यसले कहिल्यै मृत्यु चाख्‍नेछैन ।’
\v 53 तिमी हाम्रा मरेका पिता अब्राहामभन्दा महान् होइनौ, हौ त? अगमवक्‍ताहरू पनि मरे । तिमी आफैंचाहिं को हुँ भनी ठान्छौ?”
\v 54 येशूले जवाफ दिनुभयो, “यदि म आफैंले आफ्नो महिमा गर्दछु भने मेरो महिमा केही होइन; मलाई महिमित पार्नुहुने मेरा पिता हुनुहुन्छ—जसलाई तिमीहरू आफ्ना परमेश्‍वर भन्छौ ।
\v 55 तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्दछु । यदि मैले ‘म उहाँलाई चिन्दिनँ’ भन्दछु भने म तिमीहरूजस्‍तै झूटा हुनेछु । तापनि म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु ।
\v 56 तिमीहरूका पिता अब्राहाम मेरा दिन देखेर रमाए; तिनले यो देखे, र खुसी भए ।"
\p
\v 57 यहूदीहरूले उहाँलाई भने, “तिमी पचास वर्ष पनि भएका छैनौ, र तिमीले अब्राहामलाई देखेका छौ?”
\v 58 येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, अब्राहाम हुनुभन्दा अगिदेखि नै म छँदैछु ।”
\v 59 तब तिनीहरूले उहाँलाई हान्‍नलाई ढुङ्गाहरू टिपे, तर येशू आफैं लुक्‍नुभयो, र मन्दिरबाट बाहिर जानुभयो ।
\c 9
\cl अध्याय ९
\p
\v 1 अब येशू त्यही बाटो हुँदै जानुहुँदा उहाँले जन्मैदेखिको एक जना अन्धो मानिसलाई देख्‍नुभयो ।
\v 2 उहाँका चेलाहरूले उहाँलाई सोधे, “रब्बी, कसले पाप गर्‍यो, यो मानिसले, कि यसका आमाबुबाले, जसको कारण यो अन्धो जन्मियो?”
\v 3 येशूले जवाफ दिनुभयो, “न त यो मानिसले पाप गर्‍यो, न यसका आमाबुबाले, तर परमेश्‍वरका कामहरू त्यसमा प्रकट होस् भनेर यसो भएको हो ।
\v 4 मलाई पठाउनुहुनेका कामहरू हामीले दिन हुँदै गर्नुपर्छ । रात आउँदैछ, जब कसैले पनि काम गर्न सक्‍नेछैन ।
\v 5 म संसारमा हुँदा म संसारको ज्योति हुँ ।”
\p
\v 6 येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँले भुइँमा थुक्‍नुभयो र ‍थुकले माटोको हिलो बनाउनुभयो, अनि त्यो हिलो त्यसका आँखामा पोतिदिनुभयो ।
\v 7 उहाँले त्यसलाई भन्‍नुभयो, “जाऊ, सिलोआमको तलाउमा धोऊ (जसको अर्थ हुन्छ, ‘पठाइएको’) ।" त्यसैले त्यो मानिस गयो, धोयो र देख्‍ने भएर आयो ।
\v 8 त्यसपछि त्यस मानिसका छिमेकीहरू र त्यसलाई पहिला भिखारीको रूपमा देख्‍नेहरूले यसो भन्दै थिए, “बसेर भिख माग्‍ने के यही होइन?”
\v 9 केहीले भने, “यो त्यही हो ।” अरूहरूले भने, “होइन, तर यो त्यहीजस्तो छ ।” तर त्यसले भन्यो, “म त्यही हुँ ।”
\v 10 तिनीहरूले त्यसलाई भने, “अनि तिम्रा आँखा कसरी खोलिए त?”
\v 11 त्यसले जवाफ दियो, “येशू भनिने मानिसले माटोको हिलो बनाउनुभयो र त्यो मेरो आँखामा पोतिदिनुभयो र मलाई भन्‍नुभयो, ‘सिलोआममा जाऊ र धोऊ ।’ त्यसकारण म गएँ र धोएँ, अनि मैले मेरो द‍ृष्‍टि पाएँ ।”
\v 12 तिनीहरूले त्यसलाई भने, “तिनी कहाँ छन्? ” त्यसले जवाफ दियो, “मलाई थाहा छैन ।”
\p
\v 13 तिनीहरूले पहिले अन्धो भएको त्यो मानिसलाई फरिसीहरूकहाँ ल्याए ।
\v 14 अब येशूले माटोको हिलो बनाएर त्यसको आँखा खोल्नुभएको दिन विश्रामको दिन थियो ।
\v 15 तब त्यसले आफ्नो द‍ृष्‍टि कसरी प्राप्‍त गरेको थियो भनी फरिसीहरूले फेरि त्यसलाई सोधे । त्यसले तिनीहरूलाई भने, “उहाँले मेरा आँखामा माटोको हिलो लगाइदिनुभयो, मैले धोएँ र अहिले म देख्‍न सक्‍छु ।”
\v 16 केही फरिसीहरूले भने, “यो मानिस परमेश्‍वरबाट आएको होइन, किनभने यसले विश्रामको दिन पालना गर्दैन ।” अरूहरूले भने, “एउटा पापी मानिसले यस्ता चिन्‍हहरू कसरी गर्न सक्छ?” त्यसैले तिनीहरूका बीचमा विभाजन आयो ।
\v 17 त्यसकारण तिनीहरूले त्यो अन्धो मानिसलाई फेरि सोधे, “उसको विषयमा तिमी के भन्छौ, किनकि उसले तिम्रा आँखा खोलिदियो?” अन्धो मानिसले भन्यो, “उहाँ एक अगमवक्‍ता हुनुहुन्छ ।”
\p
\v 18 अब आफ्नो द‍ृष्‍टि प्राप्‍त गर्नेका आमाबुबालाई नबोलाएसम्म त्यो अन्धो थियो, र त्यसले द‍ृष्‍टि प्राप्‍त गरेको थियो भन्‍ने त्यसको विषयमा यहूदीहरूले अझै विश्‍वास गरेनन् ।
\v 19 तिनीहरूले आमाबुबालाई सोधे, “तिमीहरूले जन्मिंदै अन्धो थियो भनेका तिमीहरूका छोरो के यही हो? अनि अहिले यसले कसरी देख्‍छ त?”
\v 20 त्यसैले त्यसका आमाबुबाले तिनीहरूलाई जवाफ दिए, “यो हाम्रो छोरो हो, र यो जन्मिंदै अन्धो थियो भनी हामी जान्दछौं ।
\v 21 अहिले यसले कसरी देख्‍छ, हामी जान्दैनौं, र यसका आँखा कसले खोलिदियो सो हामी जान्दैनौं । यसैलाई सोध्‍नुहोस्, यो वयस्क मानिस हो । यसले आफ्नो विषयमा आफैं बोल्न सक्छ ।
\v 22 त्यसका आमाबुबाले यी कुराहरू भने, किनभने तिनीहरू यहूदीहरूसँग डराएका थिए । किनकि यदि कसैले उहाँलाई ख्रीष्‍ट भनी स्वीकार गर्‍यो भने त्यसलाई सभाघरबाट बाहिर निकालिनेछ भनी यहूदीहरू अगिबाटै सहमत भएका थिए ।
\v 23 त्यसैले गर्दा त्यसका आमाबुबाले “यो वयस्क मानिस हो, त्यसैलाई सोध्‍नुहोस्” भने ।
\p
\v 24 त्यसैले जो अघि अन्धो थियो त्यो मानिसलाई तिनीहरूले दोस्रो पटक बोलाए, र त्यसलाई भने, “परमेश्‍वरलाई महिमा दे । हामी जान्दछौं यो मानिस पापी हो ।”
\v 25 तब त्यस मानिसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्‍न, म जान्दिनँ । म एउटा कुरो जान्दछुः म अन्धो थिएँ र अहिले म देख्‍छु ।”
\v 26 तब तिनीहरूले त्यसलाई भने, “उसले तिम्रो निम्ति के गर्‍यो? उसले तिम्रा आँखा कसरी खोलिदियो?”
\v 27 त्यसले जवाफ दियो, “मैले तपाईंहरूलाई पहिले नै बताइसकें, अनि तपाईंहरूले सुन्‍नुभएन! तपाईंहरू यसलाई फेरि किन सुन्‍न चाहनुहुन्छ? तपाईंहरू त उहाँका चेलाहरू बन्‍न चाहनुहुन्‍न, चाहनुहुन्छ त?"
\v 28 तिनीहरूले त्यसलाई अपमान गरे, र भने, “तँ पो उसको चेला होस्, तर हामी त मोशाका चेलाहरू हौं ।
\v 29 हामी जान्दछौं, कि परमेश्‍वर मोशासँग बोल्नुभएको छ, तर त्यो कहाँबाट आएको हो, हामी जान्दैनौं ।”
\v 30 त्यो मानिसले तिनीहरूलाई जवाफ दिए, र भने, “यो त अचम्म भो, कि उहाँ कहाँबाट आउनुभएको तपाईंहरू जान्‍नुहुन्‍न, तरै पनि उहाँले मेरा आँखा खोलिदिनुभो ।
\v 31 हामी जान्दछौं, कि परमेश्‍वरले पापीहरूको कुरा सुन्‍नुहुन्‍न, तर यदि कसैले परमेश्‍वरको आराधना गर्छ, र उहाँको इच्छा पूरा गर्छ भने उहाँले त्यसको कुरा सुन्‍नुहुन्छ ।
\v 32 संसारको सुरु भएदेखि नै अन्धो जन्मिएको मानिसका आँखा कसैले खोलिदिएको कुरो कहिल्यै सुनिएको छैन ।
\v 33 यदि यो मानिस परमेश्‍वरबाट आएको होइन भने उहाँले केही पनि गर्न सक्‍नुहुन्‍नथ्यो ।”
\v 34 तिनीहरूले जवाफ दिए र त्यसलाई भने, “तँ पूर्ण रूपमा पापमा जन्मेको थिइस् र हामीलाई सिकाउँदैछस्?” त्यसपछि तिनीहरूले त्यसलाई बाहिर निकालिदिए ।
\p
\v 35 तिनीहरूले त्यसलाई सभाघरबाट बाहिर निकालिदिए भन्‍ने येशूले सुन्‍नुभयो । उहाँले त्यसलाई भेट्टाउनुभयो र भन्‍नुभयो, “के तिमी मानिसका पुत्रमा विश्‍वास गर्छौ?”
\v 36 त्यसले जवाफ दियो, र भन्यो, “प्रभु, उहाँ को हुनुहुन्छ, कि मैले विश्‍वास गर्न सकूँ?”
\v 37 येशूले त्यसलाई भन्‍नुभयो, “तिमीले उनलाई देखेका छौ, तिमीसँग बोल्दै गर्ने उही नै हो ।”
\v 38 त्यो मानिसले भन्यो, “प्रभु, म विश्‍वास गर्छु” तब त्यसले उहाँको आराधना गर्‍यो ।
\p
\v 39 येशूले भन्‍नुभयो, “न्यायको निम्ति म यस संसारमा आएँ, ताकि जसले देख्‍दैनन् तिनीहरूले देखून् र जसले देख्‍छन् तिनीहरू अन्धा होऊन् ।”
\v 40 उहाँसँग हुने केही फरिसीहरूले यी कुराहरू सुने र उहाँलाई सोधे, “के हामी पनि अन्धा हौं त?”
\v 41 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू अन्धा भएका भए तिमीहरूमा कुनै पाप हुने थिएन, तर अब तिमीहरू ‘हामीले देख्छौं’ भन्छौ, त्यसैले तिमीहरूमा पाप रहिरहन्छ ।"
\c 10
\cl अध्याय १०
\p
\v 1 “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, जो भेडाको खोरको ढोकाबाट प्रवेश गर्दैन, तर अरू नै मार्गहरूबाट चढ्छ, त्यो मानिस चोर र डाँकु हो ।
\v 2 ढोकाबाट प्रवेश गर्ने नै भेडाको गोठालो हो ।
\v 3 ढोकाको पालेले उसको निम्ति ढोका खोलिदिन्छ । भेडाहरूले उसको सोर सुन्छन् र उसले आफ्ना भेडाहरूलाई नाउँ काढेर बोलाउँछ र बाहिर लान्छ ।
\v 4 जब उसले आफ्ना सबै भेडाहरूलाई बाहिर निकाल्छ, ऊ तिनीहरूको अगिअगि जान्छ र भेडाहरूले उसलाई पछ्‍‍याउँछ्न्, किनकि तिनीहरूले उसको सोर चिन्‍छन् ।”
\v 5 तिनीहरूले अपरिचित मानिसलाई पछ्‍याउनेछैनन्, बरु तिनीहरू त्योदेखि टाढिनेछन्, किनकि तिनीहरूले अपरिचितहरूका सोर चिन्दैनन् ।”
\p
\v 6 येशूले यो द‍ृष्‍टान्त तिनीहरूलाई सुनाउनुभयो, तर उहाँले तिनीहरूलाई बताइरहनुभएका कुराहरू के थिए भनी तिनीहरूले बुझेनन् ।
\v 7 त्यसपछि येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, म नै भेडाहरूको ढोका हुँ ।”
\v 8 मभन्दा अगि आउनेहरू सबै चोर र डाँकु हुन्, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन् ।
\v 9 म ढोका हुँ । यदि कोही मद्वारा भएर भित्र पस्छ भने, त्यो बचाइनेछ; त्यो भित्र र बाहिर जानेछ र त्यसले चर्ने खर्क भेट्टाउनेछ ।
\v 10 चोरले चोर्न र मार्न र नष्‍ट गर्न बाहेक अरू हेतुले आउँदैन । म आएको छु, ताकि तिनीहरूले जीवन पाऊन् र यो प्रशस्त मात्रामा पाऊन् ।
\p
\v 11 म असल गोठालो हुँ । असल गोठालोले भेडाहरूका लागि आफ्नो ज्यान दिन्छ ।
\v 12 भाडाको सेवक गोठालो हुँदैन, र त्यसका भेडाहरू हुँदैनन् । त्यसले ब्वाँसो आउँदै गरेको देख्छ, अनि भेडाहरूलाई छोड्छ, र भाग्छ । अनि ब्‍वाँसोले तिनीहरूलाई पक्रन्छ र तिनीहरूलाई तितरबितर पार्छ ।
\v 13 त्यो भाडाको सेवक भएको हुनाले भाग्छ र त्यसले भेडाहरूको वास्‍ता गर्दैन ।
\v 14 म असल गोठालो हुँ र मैले मेरा आफ्नालाई चिन्छु र मेरा आफ्नाले मलाई चिन्छ्न् ।
\v 15 पिताले मलाई चिन्‍नुहुन्छ र म पितालाई चिन्छु र मेरा भेडाहरूका लागि म मेरो ज्यान पनि दिन्छु ।
\v 16 मेरा अरू भेडाहरू छन् जो यो भेडाको खोरका होइनन् । मैले तिनीहरूलाई पनि ल्याउनुपर्छ र तिनीहरूले मेरो सोर सुन्‍नेछन्, ताकि त्यहाँ एउटै बगाल र एउटै गोठालो हुनेछ ।
\v 17 यसैकारण पिताले मलाई प्रेम गर्नुहुन्छः म मेरो ज्यान दिन्छु, ताकि मैले यसलाई फेरि लिन सकूँ ।
\v 18 यसलाई मबाट कसैले खोसेर लान सक्दैन, तर यसलाई म आफैं अर्पण गर्छु । यसलाई अर्पण गर्ने अधिकार मसँग छ, र यसलाई फेरि लिने अधिकार मसँग छ । यो आज्ञा मैले मेरा पिताबाट पाएको छु ।”
\p
\v 19 यी वचनहरूका कारण फेरि यहूदीहरू माझ विभाजन देखियो ।
\v 20 तिनीहरूमध्ये धेरैले भने, “यसलाई भूत लागेको छ र यो पागल हो । तिमीहरू यसको कुरा किन सुन्छौ?”
\v 21 अरूहरूले भने, “यी वचनहरू भूत लागेका मानिसका होइनन् । के भूतले अन्धाका आँखा खोलिदिन सक्छ र?”
\p
\v 22 त्यसपछि यरूशलेममा समर्पणको चाडको समय थियो ।
\v 23 यो हिउँदको समय थियो र येशू मन्दिरमा सोलोमनको दलानमा हिंडिरहनुभएको थियो ।
\v 24 तब यहूदीहरूले उहाँलाई घेरे र भने, “तपाईंले हामीलाई कहिलेसम्म दोधारमा राख्‍नुहुनेछ? यदि तपाईं ख्रीष्‍ट हुनुहुन्छ भने हामीलाई खुल्लमखुल्ला बताउनुहोस् ।”
\v 25 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनें, तर तिमीहरू विश्‍वास गर्दैनौ । मैले मेरा पिताको नाउँमा गरेका यी कामहरूले मेरो विषयमा गवाही दिन्‍छन् ।
\v 26 तरै पनि तिमीहरू विश्‍वास गर्दैनौ, किनभने तिमीहरू मेरा भेडाहरू होइनौ ।
\v 27 मेरा भेडाहरूले मेरो सोर सुन्‍छन्; म तिनीहरूलाई चिन्‍छु र तिनीहरूले मलाई पछ्‍याउँछन् ।
\v 28 म तिनीहरूलाई अनन्‍त जीवन दिन्‍छु; तिनीहरू कहिल्‍यै मर्नेछैनन् र मेरो हातबाट तिनीहरूलाई कसैले खोसेर लैजानेछैन ।
\v 29 मेरा पिता, जसले तिनीहरू मलाई दिनुभएको छ, अरूहरू सबैभन्‍दा महान् हुनुहुन्‍छ, र कोही पनि तिनीहरूलाई मेरा पिताको हातबाट खोसेर लैजान सक्षम छैन ।
\v 30 म र पिता एक हौं ।”
\p
\v 31 तब यहूदीहरूले उहाँलाई हान्‍न फेरि ढुङ्गाहरू टिपे ।
\v 32 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले पिताबाट धेरै असल कामहरू तिमीहरूलाई देखाएको छु । किनकि ती कुनचाहिं कामहरूका लागि तिमीहरू मलाई ढुङ्गाले हान्‍दैछौ?”
\v 33 यहूदीहरूले उहाँलाई जवाफ दिए, “हामी तिमीलाई कुनै पनि असल कामको लागि ढुङ्गाले हानिरहेका छैनौं, तर ईश्‍वर-निन्दाको निम्ति हो, किनभने तिमी मानिस भएर आफैंलाई परमेश्‍वर बनाइरहेका छौ ।”
\v 34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, "के तिमीहरूका व्यवस्थामा लेखिएको छैन, 'मैले भनें, तिमीहरू ईश्‍वरहरू हौ?'”
\v 35 यदि उहाँले तिनीहरूलाई ईश्‍वरहरू भन्‍नुभयो भने परमेश्‍वरको वचन कसकहाँ आयो (अनि धर्मशास्‍‍त्रलाई भङ्ग गर्न सकिंदैन)?
\v 36 जसलाई पिताले अलग गर्नुभयो, र संसारमा पठाउनुभयो के तिमीहरू उसलाई, ‘तैंले ईश्‍वर-निन्दा गरिरहेको छस्’ भन्छौ? किनभने मैले भनें ‘म परमेश्‍वरको पुत्र हुँ ।’
\v 37 यदि मैले मेरा पिताका कामहरू गरिरहेको छैनँ भने मलाई विश्‍वास नगर ।
\v 38 तर यदि मैले ती गरिरहेको छु भने, तिमीहरूले मलाई विश्‍वास नगरे तापनि कामहरूमा त विश्‍वास गर, ताकि पिता ममा हुनुहुन्छ र म पितामा छु भन्‍ने तिमीहरूले जान्‍न र बुझ्‍न सक ।”
\p
\v 39 तिनीहरूले उहाँलाई फेरि पनि पक्रने प्रयास गरे, तर उहाँ तिनीहरूका हातबाट फुत्कनुभयो ।
\p
\v 40 उहाँ फेरि यूहन्‍नाले पहिलो पटक बप्‍तिस्‍मा दिएको ठाउँ यर्दनको पारिपट्टि जानुभयो, र उहाँ त्यहीं रहनुभयो ।
\v 41 धेरै मानिसहरू उहाँकहाँ आए, र तिनीहरूले भने, “वास्तवमा यूहन्‍नाले चिन्‍हहरू गरेनन्, तर तिनले यी मानिसबारे भनेका सबै कुराहरू सत्य रहेछन् ।”
\v 42 त्यहाँ धेरै मानिसहरूले उहाँमाथि विश्‍वास गरे ।
\c 11
\cl अध्याय ११
\p
\v 1 अब लाजरस नाम गरेका एक जना मानिस बिरामी थिए । तिनी मरियम र तिनकी दिदी मार्थाको गाउँ बेथानियाका थिए ।
\v 2 यिनी तिनै मरियम थिइन् जसले प्रभुलाई मूर्रले अभिषेक गरिन् र उहाँका खुट्टा आफ्नो कपालले पुछिन्, जसका भाइ लाजरस बिरामी थिए ।
\v 3 त्यसपछि यी दिदीहरूले येशूकहाँ यसो भनी पठाए “प्रभु, हेर्नुहोस्, तपाईंले जसलाई माया गर्नुहुन्छ तिनी बिमारी छन् ।”
\v 4 जब येशूले यो सुन्‍नुभयो, उहाँले भन्‍नुभयो, “यस बिमारीले मृत्युमा पुर्‍याउँदैन, तर बरु यो परमेश्‍वरको महिमाको निम्ति हो, ताकि परमेश्‍वरका पुत्र यसद्वारा महिमित हुन सकून् ।”
\v 5 अब येशूले मार्था र तिनकी बहिनी अनि लाजरसलाई माया गर्नुहुन्थ्यो ।
\v 6 त्यसैले जब येशूले लाजरस बिरामी भएको सुन्‍नुभयो, येशू अरू दुई दिन त्यही ठाउँमा बस्‍नुभयो जहाँ उहाँ हुनुहुन्थ्यो ।
\p
\v 7 यसपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “हामी फेरि यहूदियातिर जाऔं ।”
\v 8 चेलाहरूले उहाँलाई भने, “रब्बी, अहिले यहूदीहरूले तपाईंलाई ढुङ्गा हान्‍न खोजिरहेका छन् र तपाईं फेरि त्यहीं फर्केर जाँदै हुनुहुन्छ?”
\v 9 येशूले जवाफ दिनुभयो, “के दिनमा बाह्र घण्टा उज्यालो हुँदैन र? यदि कोही दिनको समयमा हिंड्छ भने त्यसलाई ठेस लाग्‍नेछैन, किनभने त्यसले यस संसारको ज्योतिले देख्छ ।
\v 10 यद्यपि त्यो राति हिंड्छ भने त्यसलाई ठेस लाग्‍नेछ, किनभने त्यसमा उज्यालो हुँदैन ।”
\p
\v 11 उहाँले यी कुराहरू भन्‍नुभयो, र त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हाम्रा साथी लाजरस निद्रामा परेका छन्, तर म जाँदैछु, ताकि म तिनलाई निद्राबाट बिउँझाउन सकूँ ।”
\v 12 यसकारण चेलाहरूले उहाँलाई भने, “प्रभु, यदि तिनी निद्रामा परेका छन् भने तिनी निको हुनेछन् ।”
\v 13 अहिले येशूले तिनको मृत्युको बारेमा बोल्नुभएको थियो, तर उहाँ आरामको निद्राको बारेमा बोलिरहनुभएको थियो भन्‍ने तिनीहरूले सोचे ।
\v 14 त्यसपछि येशूले तिनीहरूलाई स्पष्‍ट रूपमा भन्‍नुभयो, “लाजरस मरेका छन् ।
\v 15 म त्यहाँ नभएकोमा तिमीहरूका खातिर म खुसी छु, ताकि तिमीहरूले विश्‍वास गर्न सक । हामी तिनीकहाँ जाऔं ।”
\v 16 दिदुमस भनिने थोमाले तिनका सङ्गी चेलाहरूलाई भने, “हामी पनि जाऔं, ताकि हामी येशूसँगै मर्न सकौं ।”
\p
\v 17 जब येशू आउनुभयो, लाजरसलाई चिहानमा राखेको चार दिन भइसकेको उहाँले पाउनुभयो ।
\v 18 अब बेथानिया यरूशलेमबाट नजिकै करिब तीन किलोमिटर दूरीमा पर्थ्यो ।
\v 19 धेरै यहूदीहरू मार्था र मरियमकहाँ तिनीहरूका भाइको बारेमा तिनीहरूलाई सान्त्वना दिन आएका थिए ।
\v 20 त्यसपछि जब मार्थाले येशू आउँदै हुनुहुन्थ्यो भन्‍ने सुनिन्, तिनी उहाँलाई भेट्न गइन्, तर मरियमचाहिं घरमा नै बसिरहेकी थिइन् ।
\v 21 त्यसपछि मार्थाले येशूलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन ।
\v 22 अहिले पनि म जान्दछु, कि तपाईंले परमेश्‍वरसँग जे माग्‍नुहुन्छ सो उहाँले तपाईंलाई दिनुहुनेछ ।”
\v 23 येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो भाइ फेरि जीवित हुनेछ ।”
\v 24 मार्थाले उहाँलाई भनिन्, “म जान्दछु, कि त्यो अन्त्यको दिनको पुनरुत्थानमा फेरि जीवित हुनेछ” ।
\v 25 येशूले तिनलाई भन्‍नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ; जसले मलाई विश्‍वास गर्छ, त्यो मरे तापनि जीवित हुनेछ;
\v 26 र जो जिउँछ र ममा विश्‍वास गर्छ त्यो कहिल्यै मर्नेछैन । के तिमी यो विश्‍वास गर्‍छ्‍यौ?”
\v 27 तिनले उहाँलाई भनिन्, “हो प्रभु, म विश्‍वास गर्छु कि तपाईं ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हुनुहुन्छ, जो संसारमा आउँदै हुनुहुन्छ ।”
\p
\v 28 जब तिनले यो भनिन्, तिनी त्यहाँबाट गइन् र आफ्नी बहिनी मरियमलाई सुटुक्‍क बोलाइन् । तिनले भनिन्, “गुरुज्यू यहाँ हुनुहुन्छ र तिमीलाई बोलाउँदै हुनुहुन्छ ।”
\v 29 जब तिनले यो सुनिन्, तिनी झट्टै उठिन् र उहाँकहाँ गइन् ।
\v 30 अब येशू अझै पनि त्यस गाउँभित्र आउनुभएको थिएन, तर उहाँ त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थाले उहाँलाई भेटेकी थिइन् ।
\v 31 त्यसैले तिनीसँग घरमा भएका र तिनलाई सान्त्वना दिइरहेका यहूदीहरूले जब मरियम झट्टै उठेर बाहिर गइरहेकी देखे, तिनी चिहानमा रुन जाँदै थिइन् भन्‍ने सोचेर तिनीहरू तिनको पछि लागे ।
\p
\v 32 जब मरियम येशू हुनुभएको ठाउँमा आइन् र उहाँलाई देखिन्, तिनी उहाँको पाउमा घोप्‍टो परिन्, र उहाँलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्ने थिएन ।”
\v 33 जब येशूले तिनीलाई रोइरहेकी र तिनीसँग आएका यहूदीहरू पनि रोइरहेका देख्‍नुभयो, उहाँ आत्मामा अति विचलित हुनुभयो, र दुःखित हुनुभयो;
\v 34 उहाँले भन्‍नुभयो, “तिमीहरूले तिनलाई कहाँ राखेका छौ?” तिनीहरूले उहाँलाई भने, “प्रभु आउनुहोस्, र हेर्नुहोस् ।”
\v 35 येशू रुनुभयो ।
\v 36 त्यसपछि यहूदीहरूले भने, “हेर, उहाँले लाजरसलाई कति माया गर्नुहुन्थ्यो!”
\v 37 तर तिनीहरूमध्ये केहीले भने, “के अन्धाका आँखा खोल्ने यी मानिसले यस मानिसलाई पनि मर्नदेखि रोक्न सक्दैनथ्यो र?”
\p
\v 38 त्यसपछि फेरि येशू आत्मामा आफैंभित्र अति विचलित भएर चिहानमा जानुभयो । अब यो एउटा गुफा थियो, र यसलाई एउटा ढुङ्गाले ढाकेको थियो ।
\v 39 येशूले भन्‍नुभयो, “ढुङ्गा हटाऊ ।” लाजरस जो मरेका थिए, तिनकी दिदी मार्थाले येशूलाई भनिन्, “प्रभु, अहिलेसम्म त शरीर कुहिसकेको हुनेछ, किनकि त्यो मरेको चार दिन भइसक्यो ।”
\v 40 येशूले तिनलाई भन्‍नुभयो, “के मैले तिमीलाई भनिनँ, कि यदि तिमीले विश्‍वास गर्‍यौ भने तिमीले परमेश्‍वरको महिमा देख्‍नेछौ?”
\p
\v 41 त्यसैले तिनीहरूले ढुङ्गा हटाए । येशूले आफ्ना आँखा माथितिर उठाउनुभयो, र भन्‍नुभयो, “हे पिता, म तपाईंलाई धन्यवाद दिन्छु कि तपाईंले मेरो बिन्ती सुन्‍नुभयो ।
\v 42 म जान्दथें कि तपाईंले मेरो बिन्ती सधैं सुन्‍नुहुन्छ, तर मेरो वरिपरि उभिरहेका यो भीडको कारण मैले यो भनें, ताकि तपाईंले मलाई पठाउनुभएको छ भन्‍ने तिनीहरूले विश्‍वास गर्न सकून् ।”
\v 43 उहाँले यी कुराहरू भन्‍नुभएपछि उहाँले ठुलो सोरमा भन्‍नुभयो, “लाजरस, बाहिर आऊ!”
\v 44 मरेको मानिस बाहिर आयो, त्यसका हात र खुट्टाहरू कपडाले बाँधिएका थिए, र त्यसको अनुहार कपडाले बेह्रिएको थियो । येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्यसलाई खोलिदेओ, र त्यसलाई जान देओ ।”
\p
\v 45 त्यसपछि मरियमकहाँ आएका र येशूले जे गर्नुभयो सो देखेका धेरै यहूदीहरूले उहाँमा विश्‍वास गरे ।
\v 46 तर तिनीहरूमध्ये केही फरिसीहरूकहाँ गए र येशूले गर्नुभएका ती कुराहरू तिनीहरूलाई बताइदिए ।
\v 47 त्यसपछि मुख्य पूजाहारीहरू र फरिसीहरूले परिषद्‌का सदस्यहरूलाई भेला पारे, र भने, “हामीले के गर्ने? यस मानिसले धेरै चिन्‍हहरू गर्छन् ।
\v 48 यदि हामीले यसलाई यसरी नै छोडिदियौं भने सबैले यसलाई विश्‍वास गर्नेछन्; रोमीहरू आउनेछन् अनि हाम्रो ठाउँ र हाम्रो जाति दुवै लिनेछन् ।”
\p
\v 49 यद्यपि तिनीहरूमध्ये कैयाफा नामका एक जना मानिस, जो त्यस वर्ष प्रधान पूजाहारी थिए, तिनले तिनीहरूलाई भने, “तिमीहरू केही पनि जान्दैनौ ।
\v 50 सम्पूर्ण जाति नै नष्‍ट हुनुभन्दा मानिसहरूका निम्ति एक जना मानिस मर्नु नै तिमीहरूका निम्ति उत्तम हो भन्‍ने तिमीहरू ठान्दैनौ ।”
\v 51 अब यो तिनले आफ्नै तर्फबाट भनेनन् । बरु तिनी त्यस वर्षका प्रधान पूजाहारी भएको कारणले येशू जातिको निम्ति मर्नुपर्छ भनी तिनले अगमवाणी गरे;
\v 52 र जातिको निम्ति मात्र होइन, तर छरपष्‍ट भएका परमेश्‍वरका सन्तानहरूसँगै एक होऊन् भनेर हो ।
\v 53 त्यसैले त्यस दिनदेखि तिनीहरूले येशूलाई कसरी मार्ने भनी योजना बनाए ।
\p
\v 54 येशू अब यहूदीहरू माझ खुल्लमखुल्ला हिंड्‍डुल गर्नुभएन, तर उहाँ त्यहाँबाट उजाड-स्थान नजिकैको गाउँमा रहेको एफ्राइम भनिने सहरमा जानुभयो । त्यहाँ उहाँ चेलाहरूसँग बस्‍नुभयो ।
\p
\v 55 अब यहूदीहरूको निस्तार-चाड नजिकै थियो, र धेरै जना आफैंलाई शुद्ध पार्न गाउँहरूबाट निस्तार-चाड अगि नै यरूशलेम गए ।
\v 56 तिनीहरूले येशूलाई खोजिरहेका थिए, र तिनीहरू मन्दिरमा खडा भइरहँदा एक-अर्कासित यसो भन्दै थिए, “तिमीहरूलाई कस्तो लाग्छ? उनी चाडमा आउने छैनन् र?”
\v 57 अहिले मुख्य पूजाहारीहरू र फरिसीहरूले यो उर्दी जारी गरेका थिए, कि यदि कसैले येशू कहाँ हुनुहुन्थ्यो भनी थाहा पाए भने, त्यसले त्यो भन्‍नुपर्छ ताकि तिनीहरूले उहाँलाई पक्रन सकून् ।
\c 12
\cl अध्याय १२
\p
\v 1 निस्तार-चाडको छ दिन अगाडि येशू बेथानिया आउनुभयो, जहाँ उहाँले मृत्युबाट जीवित पार्नुभएका लाजरस थिए ।
\v 2 त्यसैले तिनीहरूले उहाँको लागि बेलुकीको खाना तयार पारे, मार्थाले सेवा-सत्कार गरिरहेकी थिइन्, तर येशूसँगै टेबुलमा ढल्किरहेकाहरूमध्ये लाजरस एक थिए ।
\v 3 तब मरियमले आधा लिटर जति शुद्ध जटामसीले बनेको बहुमूल्य अत्तर लिइन्, त्यसले येशूको पाउ अभिषेक गरिन्, अनि तिनको आफ्नो कपालले उहाँको पाउ पुछिन् । त्यो घर अत्तरको सुगन्धले भरियो ।
\p
\v 4 उहाँका चेलाहरूमध्ये एक जना यहूदा स्करियोत जसले उहाँलाई विश्‍वासघात गर्ने थियो, त्यसले भन्यो,
\v 5 “यो अत्तर तिन सय चाँदीका सिक्‍कामा बेचेरे गरिबहरूलाई किन दिइएन?”
\v 6 अब त्यसले यो कुरा गरिबहरूको वास्ता गरेर भनेको थिएन, तर त्यो चोर भएकोले यसो भन्यो । त्यससँग पैसाको थैलो थियो र यसमा राखिएकोबाट चोर्ने गर्थ्यो ।
\v 7 येशूले भन्‍नुभयो, “तिनीसँग मेरो दफनको दिनको लागि जे छ, त्यो राख्‍न देऊ ।
\v 8 गरिबहरू त तिमीहरूसँग सधैं हुनेछन् । तर म तिमीहरूसँग सधैं हुनेछैनँ ।”
\p
\v 9 अब यहूदीहरूको ठुलो भीडले येशू त्यहाँ हुनुहुन्छ भन्‍ने थाहा पायो र तिनीहरू येशूको निम्ति मात्र होइन, तर लाजरसलाई हेर्न पनि आए, जसलाई येशूले मृत्युबाट जीवित पार्नुभएको थियो ।
\v 10 मुख्य पूजाहारीहरूले एकसाथ षड्‍यन्‍‍त्र रचे, ताकि तिनीहरूले लाजरसलाई पनि मार्न सकून्;
\v 11 किनकि तिनको कारण धेरै यहूदीहरू भड्‌किएर येशूमा विश्‍वास गरे ।
\p
\v 12 अर्को दिन चाडमा ठुलो भीड आयो । जब येशू यरूशलेममा आउँदै हुनुहुन्छ भन्‍ने तिनीहरूले सुने,
\v 13 तिनीहरूले खजुरको बोटका हाँगाहरू लिए र उहाँलाई भेट्न गए, अनि उच्‍च सोरमा यसो भने, “होसन्‍ना! परमप्रभुको नाउँमा आउनुहुने इस्राएलका राजा धन्यको हुनुहुन्छ ।”
\v 14 येशूले एउटा गधाको बछेडा भेट्टाउनुभयो र त्यसमाथि चढ्नुभयो; जस्तो लेखिएको थियो,
\v 15 “सियोनकी छोरी नडराऊ; हेर, तिम्रा राजा गधाको बछेडामा चढेर आउँदै हुनुहुन्छ ।”
\p
\v 16 उहाँका चेलाहरूले सुरूमा यी कुराहरू बुझेनन्; तर जब येशू महिमित हुनुभयो, तब उहाँको विषयमा यी कुराहरू लेखिएका थिए र यी कुराहरू तिनीहरूले उहाँकै निम्ति गरेका थिए भनी तिनीहरूले सम्झे ।
\p
\v 17 अब उहाँले लाजरसलाई चिहानबाट बाहिर बोलाउनुहुँदा र तिनलाई मृत्युबाट जीवित पार्नुहुँदा उहाँसँग भएको भीडले गवाही दियो ।
\v 18 यही कारणले गर्दा पनि भीड उहाँलाई भेट्न गयो, किनभने उहाँले यो चिन्‍ह गर्नुभएको थियो भन्‍ने तिनीहरूले सुने ।
\v 19 यसकारण फरिसीहरूले एक-आपसमा भने, “हेर, तिमीहरू केही पनि गर्न सक्दैनौ; हेर, संसारै त्यसको पछि लागेको छ ।”
\p
\v 20 अब चाडमा आराधना गर्न माथि गइरहेका तिनीहरूमध्ये केही ग्रीकहरू पनि थिए ।
\v 21 तिनीहरू फिलिपकहाँ गए जो गालीलको बेथसेदाका थिए, र तिनलाई यसो भन्दै बिन्ती गरे, “महाशय, हामी येशूलाई भेट्न चाहन्छौं ।”
\v 22 फिलिपले गएर अन्द्रियासलाई भने; अन्द्रियास फिलिपसँग गए, र तिनीहरूले येशूलाई भने ।
\v 23 येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्‍नुभयो, “मानिसका पुत्रको निम्ति महिमित हुने घडी आएको छ ।
\v 24 साँचो, साँचो म तिमीहरूलाई भन्दछु, गहुँको दाना जबसम्म माटोमा झरेर मर्दैन, त्यो आफैं एक्लो रहन्छ; तर यदि त्यो मर्छ भने यसले धेरै फल फलाउनेछ ।
\v 25 जसले आफ्नो जीवनलाई प्रेम गर्छ त्यसले त्यो गुमाउनेछ; तर जसले यस संसारमा आफ्नो जीवनलाई घृणा गर्छ त्यसले त्यो अनन्त जीवनको लागि जोगाइराख्‍नेछ ।
\v 26 यदि कसैले मेरो सेवा गर्छ भने, त्यसले मलाई पछ्‍याओस्; र म जहाँ हुन्छु त्यहाँ मेरो सेवक पनि हुनेछ । यदि कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको आदर गर्नुहुनेछ ।
\p
\v 27 अब मेरो प्राण दुःखित भएको छ र म के भनूँ? 'हे पिता, मलाई यस घडीबाट बचाउनुहोस्'? तर यही कारणको निम्ति म यस घडीमा आएँ ।
\v 28 हे पिता, तपाईंको नाउँ महिमित पार्नुहोस् ।” तब स्वर्गबाट एउटा आवाज आयो, र भन्‍यो, “मैले त्यो महिमित पारेको छु र म फेरि महिमित पार्नेछु ।”
\v 29 तब उहाँको छेउमा उभिने भीडले यो आवाज सुने, र तिनीहरूले मेघ गर्जेको हो भने । अरूहरूले भने, “स्वर्गदूत तिनीसँग बोलेका हुन् ।”
\v 30 येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “यो आवाज मेरो निम्ति आएको होइन, तर तिमीहरूका निम्ति हो ।”
\v 31 अब यो संसारको न्याय हुन्छः अब यस संसारको शासक बाहिर फ्याँकिनेछ ।
\v 32 अनि जब म पृथ्वीबाट उचालिन्छु, म सबैलाई आफूतिर खिंच्‍नेछु ।”
\v 33 उहाँ कस्तो किसिमको मृत्यु मर्नुहुनेछ भन्‍ने सङ्केत गर्न उहाँले यो कुरा भन्‍नुभएको थियो ।
\p
\v 34 भीडले उहाँलाई जवाफ दियो, “हामीले व्यवस्थाबाट सुनेका छौं, कि ख्रीष्‍ट सधैं रहनुहुनेछ । तपाईं कसरी भन्‍नसक्‍नुहुन्छ, ‘मानिसका पुत्र उचालिनुपर्छ? यो मानिसका पुत्र को हुन्?”
\v 35 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “केही समयको निम्ति ज्योति तिमीहरूसँग अझै हुनेछ । तिमीहरूसँग ज्योति हुँदा हिंड, ताकि अन्धकारले तिमीहरूलाई नढाकोस् । जो अन्धकारमा हिंड्छ त्यो कहाँ जाँदैछ भनी त्यसलाई थाहा हुँदैन ।
\v 36 तिमीहरूसँग ज्योति हुँदा नै त्यो ज्योतिमा विश्‍वास गर, ताकि तिमीहरू ज्योतिका सन्तान हुन सक ।”
\v 37 तिनीहरूको सामु येशूले धेरै चिन्‍हहरू गर्नुभएतापनि तिनीहरूले उहाँमाथि अझै पनि विश्‍वास गरेनन्
\v 38 ताकि यशैया अगमवक्‍ताको वचन पूरा होस्, जसमा तिनले भने, “परमप्रभुको, हाम्रो समाचार कसले विश्‍वास गरेको छ, र परमप्रभुको बाहुली कसलाई प्रकट गरिएको छ?”
\v 39 यसैकारण तिनीहरूले विश्‍वास गर्न सकेनन्, किनकि यशैयाले यसो पनि भनेका थिए,
\v 40 “उहाँले तिनीहरूका आँखा अन्धो तुल्याइदिनुभएको छ, र उहाँले तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ, नत्रता तिनीहरूले आफ्ना आँखाले देख्‍नेछन् र आफ्ना हृदयले बुझ्‍नेछन् र फर्किनेछन्, अनि म तिनीहरूलाई निको पार्नेछु ।”
\p
\v 41 यशैयाले यी कुराहरू भने, किनभने तिनले येशूको महिमा देखे र उहाँको विषयमा बोले ।
\p
\v 42 तरै पनि शासकहरूमध्ये धेरैले येशूमा विश्‍वास गरे; तर फरिसीहरूको कारणले गर्दा तिनीहरूले यसलाई स्वीकार गरेनन्, ताकि तिनीहरूलाई सभाघरमा रोक नलगाइयोस् ।
\v 43 तिनीहरूले परमेश्‍वरबाट आउने महिमाभन्दा मानिसहरूबाट आउने महिमा बढी रुचाए ।
\p
\v 44 येशूले ठुलो सोरमा भन्‍नुभयो, “जसले ममाथि विश्‍वास गर्छ त्यसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेमाथि पनि विश्‍वास गर्छ,
\v 45 र जसले मलाई देख्‍छ त्यसले मलाई पठाउनुहुनेलाई देख्‍छ ।”
\v 46 म संसारमा ज्योतिको रूपमा आएको छु ताकि जसले मलाई विश्‍वास गर्छ त्यो अन्धकारमा नरहोस् ।
\p
\v 47 यदि कसैले मेरा वचन सुन्छ, तर ती पालना गर्दैन भने म त्यसको न्याय गर्दिनँ; किनकि म संसारको न्याय गर्न आएको होइनँ, तर संसारलाई बचाउन आएको हुँ ।
\v 48 जसले मलाई इन्कार गर्छ, र मेरा वचन ग्रहण गर्दैन, त्यसको न्याय गर्ने एक जना हुनुहुन्छ । मैले बोलेको मेरो वचनले नै अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ ।
\v 49 किनकि म मेरो आफ्नै तर्फबाट बोलिनँ, तर मलाई पठाउनुहुने पिता नै हुनुहुन्छ, जसले के भन्‍ने र के बोल्ने विषयमा मलाई आज्ञा दिनुभएको छ ।
\v 50 म जान्दछु कि उहाँको आज्ञा अनन्त जीवन हो, त्यसैले म त्यही भन्छु— पिता मसँग जस्तो बोल्नुभएको छ, म त्यस्तै बोल्दछु ।"
\c 13
\cl अध्याय १३
\p
\v 1 अब यो निस्तार-चाड अगिको समय थियो । येशू जान्‍नुहुन्थ्यो, कि उहाँ यस संसारबाट पिताकहाँ जाने उहाँको समय आएको थियो । यस संसारमा भएका उहाँका आफ्नाहरूलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो ।
\v 2 अब बेलुकीको भोजन हुँदा शैतानले सिमोनको छोरा यहूदा इस्करियोतको हृदयमा येशूलाई विश्‍वासघात गर्ने कुरा अगि नै हालिदिएको थियो ।
\v 3 येशूले जान्‍नुहुन्थ्यो, कि पिताले सबै थोक उहाँको हातमा दिनुभएको थियो र उहाँ परमेश्‍वरबाट नै आउनुभएको थियो र फेरि परमेश्‍वरकहाँ नै फर्केर जाँदै हुनुहुन्थ्यो ।
\v 4 उहाँ बेलुकीको खाना खाएर उठ्नुभयो र उहाँको बाहिरी वस्‍‍त्र फुकाल्नुभयो । त्यसपछि उहाँले एउटा तौलिया लिनुभयो, र आफ्नो कम्मरमा बेर्नुभयो ।
\v 5 त्यसपछि उहाँले बाटामा पानी हाल्नुभयो र चेलाहरूका गोडा धुन थाल्नुभयो, अनि उहाँको कम्मरमा बेर्नुभएको तौलियाले तिनीहरूका गोडा पुछ्नुभयो ।
\p
\v 6 उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, र पत्रुसले उहाँलाई भने, “प्रभु, के तपाईं मेरा गोडा धुन लाग्दै हुनुहुन्छ?”
\v 7 येशूले जवाफ दिनुभयो, र तिनलाई भन्‍नुभयो, “म के गरिरहको छु, तिमी अहिले बुझ्दैनौ, तर तिमीले यो पछि बुझ्‍नेछौ ।”
\v 8 पत्रुसले उहाँलाई भने, “तपाईंले मेरा गोडा कहिल्यै पनि धुनुहुनेछैन ।” येशूले तिनलाई जवाफ दिनुभयो, “यदि मैले तिमीलाई धोइनँ भने तिम्रो मसित केही हिस्सा हुनेछैन ।”
\v 9 सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, मेरा गोडा मात्र होइन तर मेरा हात र शिर पनि धोइदिनुहोस् ।”
\v 10 येशूले तिनलाई भन्‍नुभयो, “जो नुहाएको छ, त्यसका गोडाबाहेक अरू केही धुनुपर्दैन, तर त्यो पूर्ण रूपमा शुद्ध छ; तिमीहरू शुद्ध छौ, तर सबै त छैन ।”
\v 11 (किनकि कसले उहाँलाई विश्‍वासघात गर्नेछ भन्‍ने येशूलाई थाहा थियो; त्यसैले उहाँले भन्‍नुभयो, “तिमीहरू सबै शुद्ध छैनौ ।” )
\p
\v 12 त्यसैले जब येशूले तिनीहरूका गोडा धुनुभयो र आफ्नो लुगा लगाउनुभयो, र फेरि बस्‍नुभयो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूका निम्ति के गरेको छु भन्‍ने के तिमीहरू जान्दछौ?
\v 13 तिमीहरू मलाई ‘गुरुज्यू’ र ‘प्रभु’ भन्छौ र तिमीहरू ठिकै बोलिरहेका छौ, किनभने म त्यही हुँ ।
\v 14 तब म प्रभु र गुरुले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक अर्काको गोडा धुनुपर्छ ।
\v 15 किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, ताकि तिमीहरूले पनि मैले तिमीहरूका निम्ति गरेजस्तै गर्न सक ।
\v 16 साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, सेवक आफ्नो मालिकभन्दा ठुलो हुँदैन; न त समाचारवाहक त्यसलाई पठाउनेभन्दा ठुलो हुन्छ ।
\v 17 यदि तिमीहरूले यी कुराहरू जान्दछौ, र ती गर्छौ भने तिमीहरू धन्यका हौ ।
\v 18 म तिमीहरू सबै जनाको बारेमा बोलिरहेको छैनँ; मैले जसलाई छानेको छु म तिनीहरूलाई चिन्छु— तर यो यसैले हो, कि धर्मशास्‍‍त्र पूरा होस्ः 'मेरो रोटी खानेले ममाथि आफ्नो लात उठायो ।'
\p
\v 19 अब यो हुन अगि म तिमीहरूलाई भन्दछु, ताकि जब यो हुन आउँछ, म उही हुँ भनी तिमीहरूले विश्‍वास गर्न सक ।
\v 20 साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, मैले जसलाई पठाउँछु त्यसलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्छ, र मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ ।"
\p
\v 21 जब येशूले यो भन्‍नुभयो, उहाँ आत्मामा विचलित हुनुभयो । उहाँले गवाही दिनुभयो र भन्‍नुभयो, “साँ‍चो, साँचो, म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई विश्‍वासघात गर्नेछौ ।”
\v 22 उहाँले कसको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो भनेर छक्‍क पर्दै चेलाहरूले एक आपसमा हेराहेर गरे ।
\v 23 उहाँका चेलाहरूमध्ये एक जना, जसलाई येशूले प्रेम गर्नुहुन्थ्यो, तिनी टेबुलमा येशूको छातीमा अडेस लागेर ढल्किरहेका थिए ।
\v 24 सिमोन पत्रुसले त्यस चेलालाई इसारा गरे र भने, “उहाँले कसको बारेमा भन्दै हुनुहुन्छ उहाँलाई सोध।”
\v 25 त्यसैले तिनी येशूको छातीमा अडेस लागेर ढल्किए र उहाँलाई भने, “प्रभु, त्यो को हो?”
\v 26 त्यसपछि येशूले जवाफ दिनुभयो, “त्यो त्यही हो, जसलाई म यो रोटीको टुक्रा चोपेर दिन्छु ।” त्यसैले उहाँले रोटीको टुक्रा चोप्‍नुभएपछि त्यो सिमोन इस्करियोतको छोरा यहूदालाई दिनुभयो ।
\v 27 तब रोटी पाएपछि शैतान त्यसभित्र पस्यो, त्यसैले येशूले त्यसलाई भन्‍नुभयो, “तिमीले जे गरिरहेका छौ, सो छिटो गरी हाल ।”
\v 28 अब उहाँले त्यसलाई किन यसो भन्‍नुभयो भनी त्यहाँ टेबुलमा ढल्किरहेका कसैलाई पनि थाहा भएन ।
\v 29 केहीले यहूदासँग पैसाको थैलो भएको हुनाले येशूले त्यसलाई, “चाडको निम्ति हामीलाई आवश्‍यक पर्ने सामानहरू किन” वा त्यसले गरिबहरूलाई केही दिनुपर्छ भन्‍नुभएको भन्‍ने सोचे ।
\v 30 यहूदाले रोटी पाएपछि, त्यो तुरुन्तै बाहिर निस्कियो । यो रातको समय थियो ।
\p
\v 31 जब यहूदा गयो, येशूले भन्‍नुभयो, “अब मानिसका पुत्र महिमित हुनुभएको छ, र उनमा परमेश्‍वरको महिमा भएको छ ।
\v 32 यदि परमेश्‍वर उनमा माहिमित हुनुहुन्छ भने, परमेश्‍वरले आफैंमा पुत्रलाई पनि महिमित पार्नुहुनेछ, र उहाँले उनलाई तुरुन्तै महिमित पार्नुहुनेछ ।
\p
\v 33 साना बालकहरू हो, म तिमीहरूसँग अझ केही समयसम्म हुनेछु । तिमीहरूले मलाई खोज्‍नेछौ, र मैले यहूदीहरूलाई भनेझैं, अहिले म तिमीहरूलाई पनि यो भन्दछु, ‘जहाँ म गइरहेको छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।’
\v 34 म तिमीहरूलाई नयाँ आज्ञा दिइरहेको छु, कि तिमीहरू एकले अर्कोलाई प्रेम गर्नुपर्छ; जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरूले पनि एकले अर्कालाई प्रेम गर्नुपर्छ ।
\v 35 यदि तिमीहरूले एकले अर्कालाई प्रेम गरेका छौ भने यसैद्वारा तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले जान्‍नेछन् ।
\p
\v 36 सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ?” येशूले जवाफ दिनुभयो, “म जहाँ जाँदैछु, तिमी मलाई अहिले पछ्‍याउन सक्दैनौ, तर तिमीले पछि पछ्‍याउनेछौ ।”
\v 37 पत्रुसले उहाँलाई भने, “प्रभु, मैले तपाईंलाई अहिले नै किन पछ्‍याउन सक्दिनँ? म तपाईंको लागि मेरो ज्यान पनि दिनेछु ।”
\v 38 येशूले जवाफ दिनुभयो, “के तिमीले मेरो निम्ति आफ्नो ज्यान नै दिनेछौ त? साँचो, साँचो, म तिमीलाई भन्दछु, कि तिमीले मलाई तीन पल्ट इन्कार नगरेसम्‍म भाले बास्‍नेछैन ।”
\c 14
\cl अध्याय १४
\p
\v 1 “तिमीहरूको हृदय विचलित नहोस् । तिमीहरूले परमेश्‍वरमाथि विश्‍वास गर्छौ, ममाथि पनि विश्‍वास गर ।
\v 2 मेरा पिताको घरमा बस्‍ने धेरै कोठाहरू छन् । यदि त्यसो नहुँदो हो त, मैले तिमीहरूलाई भन्‍ने थिएँ, किनकि म तिमीहरूका लागि ठाउँ तयार पार्न गइरहेको छु ।
\v 3 यदि म जान्छु र तिमीहरूका लागि ठाउँ तयार पार्छु भने, म फेरि आउनेछु र तिमीहरूलाई आफैंसँग लानेछु, ताकि जहाँ म हुन्छु तिमीहरू पनि त्यहाँ हुनेछौ ।
\v 4 तिमीहरूले म जहाँ गइरहेको छु त्यो बाटो चिन्छौ ।”
\p
\v 5 थोमाले येशूलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ, हामी जान्दैनौं, हामीले बाटो कसरी चिन्‍न सक्छौं?”
\v 6 येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन ।
\v 7 यदि तिमीहरूले मलाई चिनेका भए, तिमीहरूले मेरा पितालाई पनि चिन्‍नेथियौ । अबदेखि उसो तिमीहरूले उहाँलाई चिन्छौ र उहाँलाई देखेका छौ ।”
\p
\v 8 फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाउनुहोस्, र त्यो नै हामीलाई पर्याप्‍त हुनेछ ।”
\v 9 येशूले तिनलाई भन्‍नुभयो, “म तिमीहरूसँग यति लामो समयदेखि रहेको छु, र पनि फिलिप, अझै तिमी मलाई चिन्दैनौ? जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ । तिमीहरू कसरी ‘हामीलाई पिता देखाउनुहोस्’ भन्‍न सक्‍छौ?”
\v 10 म पितामा छु र पिता ममा हुनुहुन्छ भनी के तिमीहरू विश्‍वास गर्दैनौ? मैले तिमीहरूलाई भनेका वचनहरू, म आफ्नै अधिकारले बोल्दिनँ, तर ममा रहनुहुने पिताले नै आफ्नो काम गरिरहनुभएको छ ।
\v 11 म पितामा छु, र पिता ममा हुनुहुन्छ भनी विश्‍वास गर, नत्रभने यी कामहरूकै खातिर विश्‍वास गर ।
\v 12 साँचो साँचो, म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्‍वास गर्छ त्यसले मैले गर्ने कामहरू गर्नेछ, र त्यसले यीभन्दा पनि ठुल्ठुला कामहरू गर्नेछ किनभने म पिताकहाँ गइरहेको छु ।
\v 13 तिमीहरूले मेरो नाउँमा जे माग्छौ, सो म गर्नेछु, ताकि पुत्रमा पिता महिमित हुनुभएको होस् ।
\v 14 यदि तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यौ भने सो म गर्नेछु ।
\p
\v 15 यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नेछौ,
\v 16 अनि म पितासँग प्रार्थना गर्नेछु, अनि उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, ताकि उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ—
\v 17 सत्यका आत्मा । संसारले उहाँलाई ग्रहण गर्न सक्दैन किनभने यसले उहाँलाई देख्‍दैन वा उहाँलाई चिन्दैन । तर तिमीहरू उहाँलाई चिन्दछौ, किनकि उहाँ तिमीहरूसँग रहनुहुन्छ र तिमीहरूमा हुनुहुनेछ ।
\v 18 म तिमीहरूलाई एक्लै छोड्नेछैनँ; म तिमीहरूकहाँ फर्किआउनेछु ।
\v 19 तैपनि केही समय मात्र हो, अनि अब उप्रान्त संसारले मलाई देख्‍नेछैन, तर तिमीहरू मलाई देख्‍छौ । किनभने म जिउँछु, तिमीहरू पनि जिउनेछौ ।
\v 20 त्यस दिन तिमीहरूले म पितामा छु, अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु भनी जान्‍नेछौ ।
\v 21 जोसँग मेरा आज्ञाहरू छन् र ती पालन गर्छन्, मलाई प्रेम गर्ने त्यही हो, अनि जसले मलाई प्रेम गर्छ त्यसलाई मेरा पिताद्वारा प्रेम गरिनेछ, र म त्यसलाई प्रेम गर्नेछु र म आफैं त्यसकहाँ देखा पर्छु ।”
\p
\v 22 यहूदाले (स्करियोत होइन) येशूलाई भने, “प्रभु, किन यस्तो, हामीकहाँ तपाईं आफैंलाई प्रकट गर्नुहुनेछ र संसारकहाँ चाहिं होइन?”
\v 23 येशूले जवाफ दिनुभयो र तिनलाई भन्‍नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, त्यसले मरो वचन पालन गर्नेछ । मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, अनि हामी त्यसकहाँ आउनेछौं र त्यससँग हामी हाम्रो बासस्‍थान बनाउनेछौं ।”
\v 24 जसले मलाई प्रेम गर्दैन, त्यसले मेरा वचनहरू पालन गर्दैन । तिमीहरूले सुनेका वचन मबाट आएको होइन, तर पिताबाट आएको हो जसले मलाई पठाउनुभयो ।
\v 25 म तिमीहरूसँग रहिरहँदा नै मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ।
\v 26 तापनि सल्लाहकार—पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ—उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ ।
\v 27 म तिमीहरूलाई शान्ति छोड्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु । संसारले जसरी दिन्छ त्यसरी म यो तिमीहरूलाई दिन्‍नँ । तिमीहरूका हृदय विचलित नहोस्, र भयभीत नहोस् ।
\p
\v 28 मैले तिमीहरूलाई “म गइरहेछु, अनि म तिमीहरूकहाँ फेरि आउनेछु ।” भनेको तिनीहरूले सुन्यौ । यदि तिमीहरूले मलाई प्रेम गरेका भए, तिमीहरू खुसी हुनेथियौ, किनभने म पिताकहाँ गइरहेको छु, किनकि पिता मभन्दा महान् हुनुहुन्छ ।
\v 29 अहिले मैले तिमीहरूलाई यो हुन अगाडि नै बताएको छु, ताकि जब यो हुन आउँछ तिमीहरूले विश्‍वास गर्न सक ।
\v 30 म तिमीहरूसँग अब धेरै बोल्नेछैनँ, किनकि यस संसारको शासक आउँदैछ । ममाथि त्यसको केही शक्‍ति छैन,
\v 31 तर म पितालाई प्रेम गर्छु भनी संसारले जानोस् भनेर पिताले मलाई जस्तो आज्ञा गर्नुभएको छ म त्यसै गर्छु । उठौं, र यहाँबाट जाऔं ।”
\c 15
\cl अध्याय १५
\p
\v 1 म साँचो दाखको बोट हुँ, र मेरा पिता किसान हुनुहुन्छ ।
\v 2 ममा भएका फल नफलाउने हरेक हाँगालाई उहाँले छाँट्नुहुन्छ, र उहाँले फल फलाउने हरेक हाँगालाई पनि छिंवल्नुहुन्छ, ताकि त्यसले धेरै फल फलाओस् ।
\v 3 मैले तिमीहरूलाई भनेको सन्देशले तिमीहरू अगि नै शुद्ध भइसकेका छौ ।
\v 4 ममा रहो, र म तिमीहरूमा रहन्छु । जसरी हाँगा दाखको बोटमा नरहेसम्म आफैंले फल फलाउन सक्दैन, त्यसरी नै तिमीहरू पनि ममा नरहेसम्म फल फलाउन सक्दैनौ ।
\p
\v 5 म दाखको बोट हुँ, र तिमीहरू त्यसका हाँगाहरू हौ । जो ममा रहन्छ र म त्यसमा रहन्छु, त्यसले धैरै फल फलाउँछ, किनकि मबिना तिमीहरू केही पनि गर्न सक्दैनौ ।
\v 6 यदि कोही ममा रहँदैन भने, त्यसलाई हाँगालाई झैं फालिन्छ र त्यो सुक्‍छ, अनि तिनीहरूले हाँगाहरू बटुल्छन् र ती आगोमा फालिदिन्छन्, अनि ती जलाइन्छन् ।
\v 7 यदि तिमीहरू ममा रहन्छौ र मेरा वचनहरू तिमीहरूमा रहन्छन् भने, तिमीहरू जे इच्छा गर्छौ सो माग, र त्यो तिमीहरूका निम्ति गरिनेछ ।”
\v 8 मेरा पिता यसमा महिमित हुनुहुन्छ कि तिमीहरू धेरै फल फलाउँछौ र तिमीहरू मेरा चेलाहरू हौ भनी प्रमाणित गर्छौ ।
\p
\v 9 जसरी पिताले मलाई प्रेम गर्नुभएको छ, त्यसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। मेरो प्रेममा रहो ।
\v 10 तिमीहरूले मेरा आज्ञाहरू पालन गर्छौ भने जसरी मैले मेरा पिताको आज्ञा पालन गरेको छु र उहाँको प्रेममा रहेको छु, त्यसरी नै तिमीहरू मेरो प्रेममा रहनेछौ ।
\v 11 मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि मेरो आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द पूर्ण होस् ।
\v 12 यो मेरो आज्ञा हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरेको छु तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर ।
\v 13 यो भन्दा महान् प्रेम कसैको हुँदैन—कि कसैले आफ्ना मित्रहरूको लागि आफ्नो जीवन अर्पण गरिदियोस् ।
\v 14 यदि तिमीहरूले मैले आज्ञा गरेका कुराहरू गर्छौ भने तिमीहरू मेरा मित्रहरू हौ ।
\v 15 अबदेखि म तिमीहरूलाई सेवकहरू भन्‍दिनँ, किनकि त्यसका मालिकले के गरिरहेछ सो सेवकले जान्दैन । मैले तिमीहरूलाई मित्रहरू भनेको छु, किनकि मैले मेरा पिताबाट सुनेका सबै कुरा मैले तिमीहरूलाई प्रष्‍ट पारेको छु ।
\v 16 तिमीहरूले मलाई चुनेनौ, तर मैले तिमीहरूलाई चुनें, र तिमीहरूलाई नियुक्‍त गरें, ताकि तिमीहरू जाओ, र फल फलाओ, अनि तिमीहरूका फल रहनुपर्छ । त्यसैले तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ, सो उहाँले तिमीहरूलाई दिनुहुनेछ ।
\v 17 म तिमीहरूलाई यी कुराहरू आज्ञा गर्छु, ताकि तिमीहरूले एक अर्कालाई प्रेम गर ।
\p
\v 18 यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने, जान कि यसले तिमीहरूलाई घृणा गर्नुअगि मलाई घृणा गरेको छ ।
\v 19 यदि तिमीहरू संसारका थियौ त, संसारले तिमीहरूलाई आफ्नै झैं प्रेम गर्ने थियो । तर तिमीहरू संसारका होइनौ, र मैले तिमीहरूलाई संसारबाट चुनें, यसकारण संसारले तिमीहरूलाई घृणा गर्छ ।
\v 20 मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘सेवक त्यसको मालिकभन्दा महान् हुँदैन ।’ यदि तिनीहरूले मलाई सताए भने, तिनीहरूले तिमीहरूलाई पनि सताउनेछन्; यदि तिनीहरूले मेरो वचन पालन गरे भने, तिनीहरूले तिमीहरूको पनि पालन गर्नेछन् ।
\v 21 तिनीहरू मेरो नाउँको कारणले तिमीहरूलाई यी सबै कुराहरू गर्नेछन्, किनभने मलाई पठाउनुहुनेलाई तिनीहरूले चिन्दैनन् ।
\v 22 यदि म नआएको, र तिनीहरूसँग नबोलेको भए त, तिनीहरूले पाप गर्ने थिएनन्, तर अब त तिनीहरूसित आफ्नो पापको लागि कुनै बहाना छैन ।
\v 23 जसले मलाई घृणा गर्छ, त्यसले मेरा पितालाई पनि घृणा गर्छ ।
\v 24 यदि मैले तिनीहरू माझ कसैले नगरेका कामहरू नगरेको भए, तिनीहरूमा कुनै पाप हुने थिएन, तर अहिले तिनीहरूले म र मेरा पिता दुवैलाई देखेका छन्, र घृणा गरेका छन् ।
\v 25 तर यो तिनीहरूको व्यवस्थामा लेखिएको वचन पूरा हुनलाई हो, ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे ।’
\p
\v 26 जब सल्लाहकार आउनुहुन्छ—जसलाई म तिमीहरूको निम्ति पिताको तर्फबाट पठाउनेछु अर्थात्, सत्यको आत्मा जो पिताबाट निस्की आउनुहुनेछ—उहाँले मेरो बारेमा गवाही दिनुहुनेछ ।
\v 27 तिमीहरूले पनि गवाही दिनुपर्छ, किनभने तिमीहरू मसँग सुरुदेखि नै छौ ।
\c 16
\cl अध्याय १६
\p
\v 1 तिमीहरू पछि नहटोस् भनेर मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ।
\v 2 तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट बाहिर निकाल्नेछन् । तर यस्तो घडी आउँदैछ, जब तिमीहरूलाई मार्ने हरेकले आफूले परमेश्‍वरको सेवा गरिरहेको छु भनी ठान्‍नेछन् ।
\v 3 तिनीहरूले यी कुराहरू गर्नेछन्, किनभने तिनीहरूले न त पितालाई न मलाई नै चिनेका छन् ।
\v 4 मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि त्यो घडी आउँदा मैले तिमीहरूलाई तिनीहरूको बारेमा भनेको कुरा तिमीहरूले सम्झन सक । मैले तिमीहरूलाई यी कुराहरू पहिले नै भनिनँ, किनभने म तिमीहरूसँगै नै थिएँ ।
\p
\v 5 तर अहिले म मलाई पठाउनुहुनेकहाँ जान्छु, तर पनि तिमीहरू कसैले पनि ‘तपाईं कहाँ जाँदै हुनुहन्छ? भनी मलाई सोध्दैनौ ।
\v 6 तर मैले तिमीहरूलाई यी कुराहरू भनेको कारण, तिमीहरूको हृदय निराशाले भरिएको छ ।
\v 7 तर म तिमीहरूलाई साँच्चै भन्दछु, म जानु नै तिमीहरूको निम्ति असल छ । किनकि म गइनँ भने सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन, तर यदि म गएँ भने, म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु ।
\v 8 जब सल्लाहकार आउनुहुन्छ, उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको बारेमा गलत साबित गर्नुहुनेछ–
\v 9 पापको बारेमा, किनभने तिनीहरूले ममाथि विश्‍वास गर्दैनन्;
\v 10 धार्मिकताको बारेमा, किनभने म पिताकहाँ जाँदैछु, र अब उप्रान्त तिमीहरूले मलाई देख्‍नेछैनौ;
\v 11 अनि न्यायको बारेमा, किनभने यस संसारको शासकको न्याय गरिएको छ ।
\p
\v 12 मैले तिमीहरूलाई धेरै कुरा भन्‍नु छ, तर तिमीहरू अहिल्यै ती कुराहरू बुझ्दैनौ ।
\v 13 तर जब उहाँ अर्थात् सत्यको आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्‍याउनुहुनेछ, किनकि उहाँ आफ्नो तर्फबाट बोल्नुहुनेछैन । तर उहाँले जे सुन्‍नुहुन्छ, त्यही बोल्नुहुनेछ, र हुन आउने कुराहरू उहाँले तिमीहरूलाई बताउनुहुनेछ ।
\v 14 उहाँले मलाई महिमित तुल्याउनुहुनेछ, किनभने उहाँले जे मेरो हो त्यहीबाट लिनुहुन्छ, र उहाँले ती तिमीहरूलाई बताउनुहुनेछ ।
\v 15 पितासँग भएका सबै थोक मेरा हुन् । यसकारण मैले भनें कि आत्माले जे मेरो हो त्यहीबाट लिनुहुनेछ र उहाँले यो तिमीहरूलाई बताउनुहुनेछ ।
\p
\v 16 अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।
\v 17 तब उहाँका चलाहरूमध्ये केहीले एक आपसमा भने “उहाँले हामीलाई यो के भन्‍नुभएको हो? 'अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।’ र ‘किनकि म पिताकहाँ जाँदैछु' ।"
\v 18 यसकारण तिनीहरूले भने, “उहाँले ‘केही बेरमा’ भनेर यो के भन्‍नुभएको हो? उहाँले केको बारेमा बताउँदै हुनुहुन्छ, सो हामी जान्‍दैनौ ।”
\p
\v 19 तिनीहरूले येशूलाई सोध्‍न चाहेको उहाँले देख्‍नुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “'अब उप्रान्त तिमीहरूले मलाई केही बेरपछि देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ’ भनेर मैले के भन्‍न खोजेको हो भनी के तिमीहरूले एक आपसमा सोधिरहेका छौ?”
\v 20 साँचो साँचो म तिमीहरूलाई भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसार खुसी हुनेछ । तिमीहरू निराशाले भरिनेछौ, तर तिमीहरूको दुःख आनन्दमा बद्‌लिनेछ ।
\v 21 जब स्‍‍त्रीले जन्म दिन्छिन्, तिनी निराश हुन्छिन्, किनभने तिनको समय आएको छ, तर जब तिनले बच्‍चा जन्माउँछिन्, संसारमा एक बालक जन्मिएको छ भन्‍ने आनन्दले तिनलाई अब पीडाको सम्झना हुँदैन ।
\v 22 त्यसैले तिमीहरू अहिले निराश हुन्छौ, तर म तिमीहरूलाई फेरि भेट्नेछु, अनि तिमीहरूको हृदय खुसी हुनेछ, र तिमीहरूको आनन्द तिमीहरूबाट कसैले लैजान सक्‍नेछैन ।
\v 23 त्यस दिन तिमीहरूले मलाई कुनै पनि कुरा माग्‍नेछैनौ । साँचो साँचो म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले मेरो नाउँमा मेरा पितासँग कुनै पनि कुरा माग्यौ भने यो उहाँले त्यो तिमीहरूलाई दिनुहुनेछ ।
\v 24 अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ । माग र तिमीहरूले पाउनेछौ, ताकि तिमीहरूको आनन्द पूर्ण होस् ।
\p
\v 25 मैले तिमीहरूलाई यी कुराहरू आलङ्कारिक भाषामा भनेको छु, तर त्यस घडी आउँदै छ जब म अब उप्रान्त आलङ्कारिक भाषामा बोल्‍नेछैन, बरु म तिमीहरूलाई पिताको बारेमा स्पष्‍ट रूपमा बताउनेछ ।
\v 26 त्यस दिन तिमीहरूले मेरो नाउँमा माग्‍नेछौ, र म तिमीहरूको निम्ति पितासँग प्रार्थना गर्नेछु भनेर म तिमीहरूलाई भन्दिनँ,
\v 27 किनकि पिता आफैंले तिमीहरूलाई प्रेम गर्नुहुन्छ, किनभने तिमीहरूले मलाई प्रेम गरेका छौ र म पिताबाट आएँ भनी तिमीहरूले विश्‍वास गरेका छौं ।
\v 28 म पिताबाट आएँ, र म संसारमा आएको छु । फेरि म संसार छोड्दैछु, र म पिताकहाँ जाँदैछु ।”
\p
\v 29 उहाँका चेलाहरूले भने, “हेर्नुहोस्, अहिले तपाईं स्पष्‍ट रूपमा बोल्दैहुनुहुन्छ अनि तपाईंले आलङ्कारिक भाषा प्रयोग गरिरहनुभएको छैन ।
\v 30 अब हामी जान्दछौं, कि तपाईं सबै थोक जन्‍नुहुन्छ, अनि कसैले पनि तपाईंलाई प्रश्‍नहरू सोध्‍नु आवश्यक छैन । यही कारणले हामी विश्‍वास गर्छौं, कि तपाईं परमेश्‍वरबाट आउनुभएको हो ।”
\p
\v 31 येशूले जवाफ दिनुभयो, “के तिमीहरू अब विश्‍वास गर्छौ?
\v 32 हेर, त्यस घडी आउँदै छ, हो वास्तवमा आइसकेको छ, जब तिमीहरू छरपष्‍ट भई सबै आ-आफ्नो घरतिर जानेछौ र मलाई एक्लै छोड्नेछौ । तरै पनि म एक्लो हुन्‍नँ, किनभने पिता मसँग हुनुहुन्छ ।
\v 33 मैले तिमीहरूलाई यी कुरा भनेको छु, ताकि तिमीहरूलाई ममा शान्ति मिलोस् । संसारमा तिमीहरूलाई कष्‍ट हुन्छ, तर साहस गर, मैले संसारलाई जितेको छु ।
\c 17
\cl अध्याय १७
\p
\v 1 येशूले यी कुराहरू भनिसक्‍नुभएपछि उहाँले स्वर्गतिर आफ्ना आँखा उचाल्नुभयो र भन्‍नुभयो, “पिता, समय आएको छ, आफ्ना पुत्रलाई महिमित पार्नुहोस् ताकि पुत्रले तपाईंलाई महिमित पार्नेछन्—
\v 2 जसरी तपाईंले पुत्रलाई सारा शरीरमाथि अधिकार दिनुभयो ताकि जसलाई तपाईंले उनलाई दिनुभएको छ, तिनीहरू सबैलाई उनले अनन्त जीवन दिऊन् ।
\v 3 यो अनन्त जीवन होः तिनीहरूले तपाईंलाई अर्थात् एक मात्र साँचो परमेश्‍वर, र जसलाई तपाईंले पठाउनुभयो अर्थात् येशू ख्रीष्‍टलाई चिनून् ।
\v 4 मैले पृथ्वीमा तपाईंलाई महिमित तुल्याएँ । तपाईंले मलाई गर्न दिनुभएको काम मैले सिद्‌ध्याएको छु ।
\v 5 अब, हे पिता, संसार बनिनुभन्दा अगि नै मसँग तपाईंमा भएको महिमाले मलाई तपाईंसँगै महिमित पार्नुहोस् ।
\p
\v 6 तपाईंले मलाई संसारबाट दिनुभएका मानिसहरूकहाँ मैले तपाईंको नाउँ प्रकट गरें । तिनीहरू तपाईंका थिए, र तपाईंले तिनीहरू मलाई दिनुभयो, अनि तिनीहरूले तपाईंको वचन पालन गरेका छन् ।
\v 7 अब तपाईंले मलाई दिनुभएका सबै थोक तपाईंबाट नै आउँछन् भनी तिनीहरू जान्दछन्,
\v 8 किनकि मैले सबै वचनहरू तिनीहरूलाई दिएको छु जुन तपाईंले मलाई दिनुभयो । तिनीहरूले ती ग्रहण गरे र म तपाईंबाटै आएँ भनेर तिनीहरूले साँच्‍चै जाने, र तपाईंले नै मलाई पठाउनुभयो भनी तिनीहरूले विश्‍वास गरे ।
\v 9 म तिनीहरूका लागि प्रार्थना गर्दछु । म संसारको निम्ति प्रार्थना गर्दिनँ तर तपाईंले मलाई दिनुभएकाहरूका निम्ति प्रार्थना गर्दछु, किनकि तिनीहरू तपाईंका हुन् ।
\v 10 सबै जो मेरा हुन्, ती तपाईंका हुन् र तपाईंका मेरा हुन्, र म तिनीहरूमा महिमित हुन्छु ।
\v 11 अब उप्रान्त म संसारमा हुन्‍नँ, तर यी मानिसहरू संसारमा छन् र म तपाईंकहाँ आउँदैछु । हे पवित्र पिता, यिनीहरूलाई तपाईंको नाउँमा सुरक्षित राख्‍नुहोस् जसलाई तपाईंले मलाई दिनुभएको छ, ताकि जसरी हामी एक छौं त्यसरी नै तिनीहरू एक होऊन् ।
\v 12 म तिनीहरूसँग हुँदा मैले तिनीहरूलाई तपाईंको नाउँमा सुरक्षित राखें, जसलाई तपाईंले मलाई दिनुभएको छ । मैले तिनीहरूलाई सुरक्षा दिएँ, र विनाशको पुत्रबाहेक तिनीहरूमध्ये कोही पनि नष्‍ट भएन, ताकि धर्मशास्‍‍त्र पूरा होस् ।
\p
\v 13 अब म तपाईंकहाँ आउँदैछु, तर म यी कुराहरू संसारमा भनिरहेको छु, ताकि तिनीहरूले मेरो आनन्द तिनीहरूमा पूरा भएको पाउनेछन् ।
\v 14 मैले तिनीहरूलाई तपाईंको वचन दिएको छु, र संसारले तिनीहरूलाई घृणा गरेको छ किनभने जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन् ।
\v 15 तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनेर होइन, तर तिनीहरूलाई दुष्‍टबाट बचाउनुहोस् भनी म तपाईंसँग बिन्ती गर्दछु ।
\v 16 जस्तो म संसारको होइन, तिनीहरू पनि संसारका होइनन् ।
\v 17 सत्यले तिनीहरूलाई अलग गर्नुहोस्। तपाईंको वचन सत्य छ ।
\v 18 जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो, त्यसरी नै मैले तिनीहरूलाई संसारमा पठाएको छु ।
\v 19 तिनीहरूका खातिर मैले आफैंलाई अलग गरेको छु, ताकि तिनीहरू आफैं पनि सत्यतामा अलग होऊन् ।
\p
\v 20 म यिनीहरूका लागि मात्र होइन तर तिनीहरूका लागि पनि प्रार्थना गर्दछु जसले यिनीहरूको वचनद्वारा मलाई विश्‍वास गर्नेछन्,
\v 21 ताकि जसरी तपाईं अर्थात् पिता ममा हुनुहुन्छ, र म तपाईंमा छु त्यसरी नै तिनीहरू सबै एक होऊन् । तिनीहरू पनि हामीमा होऊन् ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्‍वास गर्नेछ ।
\v 22 तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैं तिनीहरू पनि एक हुनेछन्ः
\v 23 म तिनीहरूमा छु, र तपाईं ममा हुनुहुन्छ—ताकि तिनीहरू पूर्णरूपले एक होऊन्, ताकि तपाईंले मलाई पठाउनुभयो भनी संसारले जान्‍नेछ, अनि तपाईंले मलाई प्रेम गर्नुभएजस्तै तिनीहरूलाई पनि तपाईंले प्रेम गर्नुभएको छ ।
\p
\v 24 हे पिता, जसलाई तपाईंले मलाई दिनुभएको छ, तिनीहरू म जहाँ छु त्यहीं होऊन्, र तपाईंले मलाई दिनुभएको मेरो महिमा देखून् भन्‍ने म चाहन्छु किनभने संसारको सृष्‍टिअगि देखि नै तपाईंले मलाई प्रेम गर्नुभयो ।
\p
\v 25 हे धर्मी पिता, यो संसारले तपाईंलाई चिनेन, तर म तपाईंलाई चिन्दछु; र तपाईंले मलाई पठाउनुभयो भनी यिनीहरू जान्दछन् ।
\v 26 मैले तपाईंको नाउँलाई तिनीहरूका बीचमा परिचित तुल्याए र म यसलाई परिचित तुल्याउनेछु, ताकि जुन प्रेमले तपाईंले मलाई प्रेम गर्नुभएको छ, त्यो तिनीहरूमा रहनेछ र म तिनीहरूमा रहनेछु ।
\c 18
\cl अध्याय १८
\p
\v 1 यी कुराहरू बोलिसक्‍नुभएपछि येशू आफ्ना चेलाहरूसित किद्रोन उपत्यकाको अर्कोपट्टि जानुभयो । त्यहाँ एउटा बगैंचा थियो जसमा उहाँ र उहाँका चेलाहरू प्रवेश गर्नुभयो ।
\p
\v 2 अब उहाँलाई विश्‍वासघात गर्ने यहूदालाई पनि त्यो ठाउँ थाहा थियो, किनकि येशू आफ्ना चेलाहरूसित प्रायः त्यस बगैंचामा जानुहुन्थ्यो ।
\v 3 अनि मुख्य पूजाहारीहरू र फरिसीहरूले पठाएका सिपाहीहरूको एक समूह र केही अधिकारीहरू लिएर यहूदा लालटिन, राँको र हतियारहरूसहित त्यहाँ आए ।
\v 4 तब आफूमाथि भइरहेका सबै कुराहरू जान्‍नुहुने येशू अगाडि आउनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ?”
\v 5 तिनीहरूले उहाँलाई जवाफ दिए, “नासरतका येशूलाई ।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “म हुँ ।” उहाँलाई विश्‍वासघात गर्ने यहूदा पनि सिपाहीहरूसँगै उभिरहेको थियो ।
\v 6 त्यसैले जब येशूले “म हुँ” भन्‍नुभयो तिनीहरू पछाडि हटे अनि जमिनमा ढले ।
\v 7 अनि उहाँले तिनीहरूलाई फेरि सोध्‍नुभयो, “तिमीहरू कसलाई खोजिरहेका छौ?” तिनीहरूले फेरि भने, “नासरतका येशूलाई ।”
\v 8 येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनें कि म हुँ । त्यसैले यदि तिमीहरू मलाई खोजिरहेका छौ भने, यिनीहरूलाई जान देओ ।”
\v 9 यो “तपाईंले मलाई दिनुभएकाहरूमध्‍ये, मैले कसैलाई पनि गुमाइनँ” भनी उहाँले भन्‍नुभएको वचन पूरा हुनको निम्ति थियो ।
\p
\v 10 तब सिमोन पत्रुस जससँग तरवार थियो, तिनले त्यो थुतेर प्रधान पूजाहारीका सेवकलाई प्रहार गरे र उसको दाँया कान काटिदिए । त्यस सेवकको नाम माल्‍खस थियो ।
\v 11 येशूले पत्रुसलाई भन्‍नुभयो, “तरवारलाई त्यसको म्यानमा राख । के पिताले मलाई दिनुभएको कचौरा मैले पिउनुपर्दैन र?”
\p
\v 12 त्यसैले सिपाहीहरूको समूह र कप्‍तान, र यहूदी अधिकारीहरूले येशूलाई पक्रे र बाँधे ।
\v 13 तिनीहरूले पहिले उहाँलाई हन्‍नासकहाँ लगे, किनकि तिनी कैयाफाका ससुरा थिए जो त्यस वर्षका प्रधान पूजाहारी थिए ।
\v 14 अब मानिसहरूको निम्ति एउटा मानिस मर्नु उत्तम हुन्छ भनी यहूदीहरूलाई सल्लाह दिने व्यक्‍ति कैयाफा नै थिए ।
\p
\v 15 सिमोन पत्रुस येशूको पछिपछि लागे, र अर्को चेलाले पनि त्यसै गरे । अब ती चेलाको प्रधान पूजाहारीसँग चिनजान थियो, र तिनी येशूसँगै प्रधान पूजाहारीको आँगनभित्र पसे;
\v 16 तर पत्रुसचाहिं बाहिर बाहिर ढोकामा उभिरहेका थिए । त्यसैले प्रधान पूजाहारीसँग चिनजान भएको अर्को चेला बाहिर गए र ढोकामा पालो बस्‍ने ठिटीसँग कुरा गरे, र तिनले पत्रुसलाई भित्र ल्याए ।
\v 17 तब महिला सेवक अर्थात् ढोकामा पालो बस्‍ने ठिटीले पत्रुसलाई भनी, “के तिमी पनि यी मानिसका चेलाहरूमध्ये एक जना होइनौ र?” तिनले भने, “म होइनँ ।”
\v 18 अब सेवकहरू र अधिकारीहरू त्यहाँ उभिरहेका थिए, र तिनीहरूले आगोको भुङ्‌ग्रो बनाएका थिए, किनकि जाडो थियो, अनि तिनीहरूले आफैंलाई न्यानो बनाइराखेका थिए । पत्रुस पनि आफूलाई न्यानो पार्दै तिनीहरूसँगै उभिरहेका थिए ।
\p
\v 19 तब प्रधान पूजाहारीले येशूलाई उहाँका चेलाहरू र उहाँको शिक्षाको बारेमा सोधपुछ गरे ।
\v 20 येशूले तिनलाई जवाफ दिनुभयो, “मैले संसारसँग खुल्लमखुल्ला बोलेको छु । मैले सधैं सभाघरहरूमा र मन्दिरमा शिक्षा दिइरहेको थिएँ जहाँ सबै यहूदीहरूसँगै आउँछन् । मैले कुनै पनि कुरा गुप्‍तमा भनिनँ ।
\v 21 तपाईंहरूले मलाई किन सोध्‍नुभयो? तिनीहरूलाई नै सोध्‍नुहोस् जसले मैले भनेको सुनेका छन् । हेर, मैले भनेका कुरा यी मानिसहरूले जान्दछन् ।”
\v 22 जब येशूले यो कुरा भन्‍नुभएको थियो, त्यहाँ उभिरहेका अधिकारीहरूमध्ये एक जनाले येशूलाई एक मुक्‍का हाने र भने, “के प्रधान पूजाहारीलाई जवाफ दिने तेरो तरिका त्यही हो?”
\v 23 येशूले त्यसलाई जवाफ दिनुभयो, “यदि मैले गलत तवरले बोलें भने, त्यो गलत कुराको गवाही देऊ, तर यदि ठिकै हो भने तिमी मलाई किन हिर्काउँछौ?”
\v 24 अनि हन्‍नासले उहाँलाई बाँधेकै अवस्थामा प्रधान पूजाहारी कैयाफाकहाँ पठाए ।
\p
\v 25 अब सिमोन पत्रुसचाहिं उभिएर आफूलाई न्यानो पार्दै थिए । अनि मानिसहरूले तिनलाई भने, “के तिमी पनि उनका चेलाहरूमध्येका एक जना होइनौ?” तिनले यो इन्कार गरे र भने, “म होइनँ ।”
\v 26 अनि प्रधान पूजाहारीका सेवकहरूमध्ये पत्रुसले कान काटिदिएका सेवकका एक जना नातेदारले भने, “के मैले तिमीलाई बगैंचामा उनीसित देखिनँ र?”
\v 27 तब पत्रुसले फेरि इन्कार गरे; र तुरुन्तै भाले बास्यो ।
\p
\v 28 त्यसपछि तिनीहरूले येशूलाई कैयाफाबाट सरकारी मुख्यालयतिर लगे । बिहान सबेरै थियो, तिनीहरू सरकारी मुख्यालयमा पसेनन्, ताकि तिनीहरूले अशुद्ध नहोऊन् तर निस्तार-चाड खान सकून् ।
\v 29 त्यसैले पिलातस तिनीहरूकहाँ बाहिर गए र भने, “तिमीहरूले यी मानिसको विरुद्धमा के आरोप ल्याउँदैछौ?”
\v 30 तिनीहरूले तिनलाई जवाफ दिए, र भने, “यदि यो मानिस अपराधी नभएको भए हामीले यसलाई तपाईंकहाँ सुम्‍पने थिएनौं ।”
\v 31 त्यसकारण पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैंले यिनलाई लैजाओ, र आफ्नो व्यवस्थाअनुसार यिनको न्याय गर ।” यहूदीहरूले तिनलाई भने, “कुनै मानिसलाई मृत्युदण्ड दिनु हाम्रो लागि न्यायसङ्गत छैन ।"
\v 32 उहाँको मृत्यु कस्तो किसिमले हुनेछ भनी येशूले सङ्केत गरेर भन्‍नुभएको उहाँको वचन पूरा होस् भनेर तिनीहरूले यसो भने ।
\p
\v 33 त्यसपछि पिलातस फेरि सरकारी मुख्यालयभित्र पसे अनि येशूलाई बोलाए र तिनले उहाँलाई भने, “के तिमी यहूदीहरूका राजा हौ?”
\v 34 येशूले जवाफ दिनुभयो, “तपाईं आफैंले भन्‍नुभएको हो वा तपाईंलाई मेरो बारेमा अरू कसैले भन्यो?”
\v 35 पिलातसले जवाफ दिए, “म यहूदी होइनँ, हुँ र? तिम्रा आफ्‍नै मानिसहरू र मुख्य पूजाहारीहरूले तिमीलाई मकहाँ सुम्‍पे । तिमीले के गर्‍यौ?”
\v 36 येशूले जवाफ दिनुभयो, “मेरो राज्य यस संसारको होइन । यदि मेरो राज्य यस संसारको हिस्सा थियो भने, मेरा सेवकहरू लड्ने थिए, ताकि मलाई यहूदीहरूको हातमा नसुम्पियोस् । तर अब मेरो राज्य यहाँको होइन ।”
\v 37 तब पिलातसले उहाँलाई भने, “त्यसो भए तिमी राजा नै हौ त?” येशूले जवाफ दिनुभयो, “तपाईं नै मलाई राजा भन्‍नुहुन्छ । म यही उद्देश्‍यको निम्ति जन्मिएको हुँ, अनि म यही उद्देश्‍यको निम्ति म यस संसारमा आएको छु, ताकि मैले सत्यको गवाही दिऊँ । सबै जो सत्यका हुन्, तिनीहरूले मेरो आवाज सुन्छन् ।”
\v 38 पिलातसले उहाँलाई भने, “सत्य के हो?” जब तिनले यसो भने, तिनी फेरि यहूदीहरूकहाँ बाहिर गए र तिनीहरूलाई भने, “म यस मानिसमा कुनै अपराध पाउँदिनँ ।”
\v 39 तर निस्तार-चाडमा मैले तिमीहरूका निम्ति एक जना व्यक्तिलाई छोडिदिने तिमीहरूको प्रचलन छ । त्यसैले के म तिमीहरूका निम्ति यहूदीहरूका राजालाई छोडिदिऊँ भन्‍ने तिमीहरू चाहन्छौ?”
\v 40 तब तिनीहरू फेरि कराए र भने, “यस मानिसलाई होइन, तर बारब्बालाई ।” बारब्बाचाहिं एक विद्रोही थियो ।
\c 19
\cl अध्याय १९
\p
\v 1 तब पिलातसले येशूलाई लगे र उहाँलाई कोर्रा लगाए ।
\v 2 सिपाहीहरूले काँढाको मुकुट बनाए । तिनीहरूले यसलाई येशूको शिरमा लगाइदिए, अनि उहाँलाई बैजनी रङको वस्‍‍त्र पहिर्‍याइदिए ।
\v 3 तिनीहरू उहाँकहाँ आए, र भने, “यहूदीहरूका राजाको जय होस्!” अनि तिनीहरूले उहाँलाई मुक्‍का हाने ।
\p
\v 4 तब पिलातस फेरि बाहिर गए, र तिनीहरूलाई भने, “हेर, मैले यिनलाई तिमीहरूकहाँ बाहिर ल्याउँदैछु, ताकि मैले यिनमा कुनै दोष पाउँदिनँ भन्‍ने तिमीहरूले जान्‍न सक ।”
\v 5 त्यसैले काँढाको मुकुट र बैजनी रङको वस्‍‍त्र लगाएर येशू बाहिर आउनुभयो । पिलातसले तिनीहरूलाई भने, “यी मानिसलाई हेर!”
\p
\v 6 जब मुख्य पूजाहारीहरू र अधिकारीहरूले येशूलाई देखे, तिनीहरू उच्‍च सोरले कराए, र भने, “त्यसलाई क्रूसमा टाँग्‍नुहोस्, त्यसलाई क्रूसमा टाँग्‍नुहोस्!” पिलातसले तिनीहरूलाई भने, “तिमीहरू आफैंले लैजाओ र यिनलाई क्रूसमा टाँग, किनकि म यिनमा कुनै दोष भेट्टाउँदिनँ ।”
\v 7 यहूदीहरूले तिनलाई जवाफ दिए, “हामीसँग व्यवस्था छ, अनि त्यो व्यवस्थाअनुसार यो मर्नुपर्छ, किनभने यसले परमेश्‍वरका पुत्र हुँ भनी दाबी गर्‍यो ।”
\p
\v 8 जब पिलातसले यो भनाइ सुने, तिनी झन् डराए,
\v 9 अनि तिनी फेरि सरकारी मुख्‍यालयभित्र पसे र येशूलाई भने, “तिमी कहाँबाट आएका हौ?” तर येशूले तिनलाई जवाफ दिनुभएन ।
\v 10 तब पिलातसले उहाँलाई भने, “के तिमी मसँग बोल्दैनौ? मसित तिमीलाई छोडिदिने र क्रूसमा टाँग्‍ने शक्‍ति छ भन्‍ने के तिमीलाई थाहा छैन?”
\q
\v 11 येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंलाई माथिबाट दिइएको बाहेक तपाईंसँग ममाथि कुनै शक्‍ति छैन । यसकारण जसले मलाई तपाईंको हातमा सुम्‍प्‍यो त्यसको पाप अझ ठुलो हुन्छ ।”
\p
\v 12 यस जवाफमा पिलातसले उहाँलाई छोड्ने कोसिस गरे, तर यहूदीहरू यसो भन्दै कराए, “तपाईंले यो मानिसलाई छोड्नुभयो भने तपाईं कैसरको मित्र हुनुहुन्‍न । हरेक जसले आफैंलाई राजा तुल्याउँछ, त्यो कैसरको विरुद्ध बोल्छ ।”
\p
\v 13 जब पिलातसले यी कुराहरू सुने, तिनले येशूलाई बाहिर ल्याए, र “ढुङ्गाको पेटी” तर आरमेइक भाषामा “गब्बथा” भनिने ठाउँको न्याय आसनमा बसे ।
\p
\v 14 अब निस्तार-चाडको तयारीको दिन, करिब छैठौं घडी भएको थियो । पिलातसले यहूदीहरूलाई भने, “हेर, तिमीहरूका राजा यहाँ हुनुहुन्छ!”
\p
\v 15 तिनीहरू ठुलो सोरमा कराए, “यसलाई लानुहोस्, यसलाई लानुहोस्, यसलाई क्रूसमा टाँग्‍नुहोस्!” पिलातसले तिनीहरूलाई भने, “के तिमीहरूका राजालाई मैले क्रूसमा टाँग्‍नुपर्ने हो?” मुख्य पूजाहारीहरूले जवाफ दिए, “हामीसँग कैसरबाहेक अरू कुनै राजा छैन ।”
\p
\v 16 तब पिलातसले क्रूसमा टाँग्‍नको लागि येशूलाई तिनीहरूकहाँ सुम्पे ।
\p
\v 17 तब तिनीहरूले येशूलाई लगे, अनि उहाँ आफ्‍नो क्रूस आफैं बोकी, “खप्परे ठाउँ” भन्‍ने ठाउँतिर जानुभयो, जसलाई आरमेइक भाषामा “गलगथा” भनिन्छ ।
\v 18 त्यहाँ तिनीहरूले येशूलाई क्रूसमा टाँगे, र येशूलाई बीचमा पारेर, उहाँसँगै अरू दुई जना मानिसलाई पनि, दुवैपट्टि एक-एक जना गरी क्रूसमा टाँगे ।
\p
\v 19 पिलातसले एउटा चिन्ह पनि लेखे र त्यो क्रूसमाथि राखे । त्यहाँ यस्तो लेखिएको थियोः 'नासरतका येशू, यहूदीहरूका राजा ।'
\v 20 यहूदीहरूमध्ये धेरैले यो चिन्ह पढे, किनभने येशूलाई टाँगिएको ठाउँ सहरको नजिकै थियो । यो चिन्ह आरमेइक, ल्याटिन, र ग्रीकमा लेखिएको थियो ।
\p
\v 21 तब यहूदीहरूका मुख्य पूजाहारीहरूले पिलातसलाई भने,"'यहूदीहरूका राजा' नलेख्‍नुहोस्, बरु 'यसले म यहूदीहरूका राजा हुँ भन्यो' भनी लेख्‍नुहोस् ।”
\p
\v 22 पिलातसले जवाफ दिए, “मैले जे लेखें सो लेखें ।”
\p
\v 23 सिपाहीहरूले येशूलाई क्रूसमा टाँगेपछि तिनीहरूले उहाँका वस्‍‍त्र लिए, प्रत्‍येक सिपाहीको लागि एक-एक भाग हुने गरी त्यसलाई चार भागमा बाँडे; र लबेदा पनि । अब लबेदाचाहिं सिउनीविनाको माथिदेखि पूरै बुनेको थियो ।
\v 24 तब तिनीहरूले एक आपसमा भने, “यसलाई नच्यातौं, बरु यो कसको हुनेछ भनी निर्णय गर्न चिट्ठा हालौं ।” धर्मशास्‍‍‍त्रको वचन पूरा होस् भनेर यसो भयो, “तिनीहरूले मेरो वस्‍‍त्र आपसमा भाग लगाए र मेरो वस्‍‍त्रको लागि चिट्ठा हाले ।” सिपाहीहरूले यसो गरे ।
\p
\v 25 अब येशूकी आमा, उहाँकी आमाकी बहिनी, क्लोपासकी पत्‍नी मरियम र मरियम मग्दलिनी येशूको क्रूसको छेउमा उभिरहेका थिए ।
\v 26 जब येशूले आफ्नी आमा र आफूले माया गर्नुभएका चेलालाई नजिकै उभिरहेका देख्‍नुभयो, उहाँले आफ्नी आमालाई भन्‍नुभयो, “हे नारी, हेर्नुहोस्, तपाईंको छोरो!”
\q
\v 27 तब उहाँले ती चेलालाई भन्‍नुभयो, “हेर, तिम्री आमा!” त्यस बेलादेखि ती चेलाले तिनलाई आफ्नो घरमा लगे ।
\p
\v 28 यसपछि येशूले सबै कुरा अब सिद्धिए भन्‍ने जान्‍नुभयो र त्यसैले धर्मशास्‍‍त्र पूरा होस् भनेर उहाँले भन्‍नुभयो, “मलाई तिर्खा लाग्यो ।”
\v 29 अमिलो दाखमद्यले भरिएको एउटा भाँडा त्यहाँ राखिएको थियो, त्यसैले तिनीहरूले अमिलो दाखमद्यले भरिएको स्पन्जलाई हिसपको हाँगामा चोपेर उहाँको मुखमा पुर्‍याइदिए ।
\v 30 जब येशूले अमिलो दाखमद्य लिनुभयो, उहाँले भन्‍नुभयो, “अब सिद्धियो ।” उहाँले आफ्नो शिर झुकाउनुभयो र आफ्नो आत्‍मा त्याग्‍नुभयो ।
\p
\v 31 यो तयारीको दिन भएकोले, र विश्रामको दिनको अवधिमा शरीरहरू क्रूसमा नरहोस् भन्‍ने हेतुले (किनकि त्यो विश्रामको दिन विशेष महत्त्‍वपूर्ण थियो), यहूदीहरूले पिलातसलाई तिनीहरूका खुट्टा भाँचेर तिनीहरूलाई हटाउनलाई आग्रह गरे ।
\v 32 तब सिपाहीहरू आए र येशूसँगै क्रूसमा टाँगिएका पहिलो र दोस्रो मानिसका खुट्टा भाँचिदिए ।
\v 33 जब तिनीहरू येशूकहाँ आए, तिनीहरूले उहाँको मृत्यु अगि नै भइसकेको देखे, त्यसैले तिनीहरूले उहाँका खुट्टा भाँचेनन् ।
\v 34 तापनि सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखमा भालाले घोचे, र तत्कालै रगत र पानी निस्क्यो ।
\v 35 जसले यो देखे तिनले यो गवाही दिएका छन्, र तिनको गवाही सत्य छ । तिनले भनेको सत्य हो भनी तिनी जान्‍दछन्, ताकि तिमीहरूले पनि विश्‍वास गर्न सक ।
\p
\v 36 किनकि “उहाँको एउटै पनि हड्डी भाँचिनेछैन" भन्‍ने धर्मशास्‍‍त्र पूरा होस् भन्‍ने हेतुले यी कुराहरू भए ।
\v 37 फेरि, अर्को ठाउँमा धर्मशास्‍‍त्र भन्छ, “तिनीहरूले उहाँलाई हेर्नेछन् जसलाई तिनीहरूले घोचे ।”
\p
\v 38 यी कुराहरूपछि अरिमाथियाका योसेफ, येशूका चेला भएका हुनाले (तर यहूदीहरूको डरले तिनी गुप्‍तमा मात्र चेला थिए), तिनले येशूको शरीरलाई लान पाऊँ भनी पिलातससँग अनुरोध गरे । पिलातसले तिनलाई अनुमति दिए । त्यसकारण योसेफ आए र उहाँको शरीर लगे ।
\v 39 निकोदेमस पनि आए जो पहिले येशूकहाँ राति आएका थिए । तिनले झण्डै तेत्तिस किलो मूर्र र एलवाको मिश्रण ल्याए ।
\v 40 त्यसैले तिनीहरूले येशूको शरीरलाई लगे र दफनको निम्ति यहूदीहरूको चलनअनुसार मसलासहित सुती कपडाले बेह्रे ।
\v 41 अब उहाँलाई क्रूसमा झुण्ड्‍याइएको ठाउँमा एउटा बगैंचा थियो; र त्यो बगैंचामा एउटा नयाँ चिहान थियो जसमा अहिलेसम्म कसलाई गाडिएको थिएन ।
\v 42 यो दिन यहूदीहरूका निम्ति तयारीको दिन भएको हुनाले र चिहान पनि नजिकै भएको हुनाले तिनीहरूले येशूलाई त्यसैमा राखे ।
\c 20
\cl अध्याय २०
\p
\v 1 अब हप्‍ताको पहिलो दिन सबेरै अँध्यारो छँदै मरियम मग्दलिनी चिहानमा आइन्, र तिनले चिहानबाट ढुङ्गा हटाइएको देखिन् ।
\v 2 यसकारण तिनी दौडिन्, अनि सिमोन पत्रुस र येशूले माया गर्नुभएका अर्का चेलाकहाँ आइन्, र तिनले तिनीहरूलाई भनिन्, “तिनीहरूले प्रभुलाई चिहानबाट निकालेर लगे, अनि तिनीहरूले उहाँलाई कहाँ राखेका छन्, हामी जान्दैनौं ।”
\p
\v 3 तब पत्रुस र ती अर्का चेला बाहिर निस्के र तिनीहरू चिहानतिर जाँदै थिए ।
\v 4 तिनीहरू दुवै जना सँगसँगै दौडे, र अर्का चेला चाँडै पत्रुसभन्दा अगि दौडे, अनि चिहानमा पहिले आइपुगे ।
\v 5 तब तिनले निहुरिएर हेरे, तिनले सुतीका कपडाहरू पडिरहेको देखे, तर तिनी भित्र पसेनन् ।
\p
\v 6 सिमोन पत्रुस तिनीपछि आइपुगे र चिहानभित्र गए । तिनले त्यहाँ सुतीका कपडाहरू पडिरहेका देखे
\v 7 अनि उहाँको शिरमा भएको कपडा पनि देखे । यो पडिरहेका कपडाहरूसँग थिएन, तर अलग्‍गै एक ठाउँमा पट्‌याइएको थियो ।
\v 8 त्यसपछि चिहानमा पहिला आइपुग्‍ने ती अर्का चेला पनि भित्र गए, अनि तिनले देखे र विश्‍वास गरे ।
\v 9 किनकि त्यसबेलासम्म पनि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुपर्छ भन्‍ने धर्मशास्‍‍त्र तिनीहरूले अझै पनि जानेनन् ।
\p
\v 10 यसकारण चेलाहरू फेरि घर गए ।
\v 11 तर मरियमचाहिं रुँदै चिहानबाहिर उभिएरहेकी थिइन् । तिनले रुँदै निहुरिएर चिहानभित्र हेरिन् ।
\v 12 तिनले सेतो पहिरनमा दुई जना स्वर्गदूतलाई, एउटा शिरपट्टि र अर्को पाउपट्टि बसिरहेका देखिन् जहाँ येशूको शरीर राखिएको थियो ।
\p
\v 13 तिनीहरूले तिनलाई भने, “हे नारी, तिमी किन रोइरहेकी छ्यौ?” तिनले तिनीहरूलाई भनिन्, “किनभने तिनीहरूले मेरा प्रभुलाई लगे, अनि मलाई थाहा छैन तिनीहरूले उहाँलाई कहाँ राखेका छन् ।”
\v 14 जब तिनले यसो भनिन्, तिनी फर्किन्, अनि तिनले त्यहाँ येशू उभिरहनुभएको देखिन्, तर उहाँ येशू नै हुनुहुन्छ भनी तिनले चिनिनन् ।
\q
\v 15 येशूले तिनलाई भन्‍नुभयो, “ए नारी! तिमी किन रोइरहेकी छ्यौ? तिमी कसलाई खोज्दैछ्यौ?” तिनले उहाँलाई माली भनी ठानिन्, त्यसैले तिनले उहाँलाई भनिन्, “महाशय, यदि तपाईंले उहाँलाई लानुभएको छ भने मलाई बताउनुहोस् तपाईंले उहाँलाई कहाँ राख्‍नुभएको छ, र म उहाँलाई लिएर जानेछु ।”
\p
\v 16 येशूले तिनलाई भन्‍नुभयो, “मरियम!” तिनी फर्किन्, र आरमेइक भाषामा उहाँलाई भनिन्, “रब्बोनी” (जसको अर्थ “गुरुज्यू” भन्‍ने हुन्छ ) ।
\q
\v 17 येशूले तिनलाई भन्‍नुभयो, “मलाई नछोऊ, किनकि म अझै पिताकहाँ गएको छैनँ, तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, कि म मेरा पिता र तिमीहरूका पिता, अनि मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ जानेछु ।”
\q
\v 18 मरियम मग्दलिनी चेलाहरूकहाँ आइन्, र भनिन् “मैले प्रभुलाई देखेको छु ” र उहाँले तिनलाई यी कुराहरू भन्‍नुभएको थियो भनी बताइन् ।
\p
\v 19 हप्‍ताको पहिलो दिनको साँझपख यहूदीहरूको डरले चेलाहरू ढोकाहरू बन्द गरेर बसेको अवस्थामा, येशू आउनुभयो र तिनीहरूका बीचमा उभिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति!”
\v 20 उहाँले यसो भन्‍नुभएपछि, उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा देखाउनुभयो । चेलाहरूले प्रभुलाई देखेपछि तिनीहरू खुसी भए ।
\p
\v 21 तब येशूले तिनीहरूलाई फेरि भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस् । जसरी पिताले मलाई पठाउनुभएको छ त्यसरी नै म तिमीहरूलाई पठाउँदैछु ।”
\v 22 जब येशूले यसो भन्‍नुभयो उहाँले तिनीहरूमाथि सास फुक्‍नुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “पवित्र आत्मा लेओ ।
\v 23 तिमीहरूले जसका पापहरू क्षमा गर्छौ, तिनीहरूलाई क्षमा गरिन्छन्; जसका पापहरू तिमीहरू रहनदिन्छौ, ती रहनदिइन्छन् ।”
\p
\v 24 येशू आउनुहुँदा बाह्र जना चेलामध्ये दिदुमस भनिने थोमाचाहिं तिनीहरूसँग थिएनन् ।
\v 25 पछि अरू चेलाहरूले तिनलाई भने, “हामीले प्रभुलाई देखेका छौ ।" तिनले तिनीहरूलाई भने, “मैले उहाँका हातमा काँटीहरूका डोब नदेखेसम्म, र मेरो औंला काँटीहरूका डोबमा नहालेसम्म, र उहाँको कोखमा मेरो हात नहालेसम्म म विश्‍वास गर्नेछैनँ ।”
\p
\v 26 आठ दिनपछि उहाँका चेलाहरू फेरि भित्रै थिए, र थोमा पनि तिनीहरूसँगै थिए । ढोकाहरू बन्द गरिएको अवस्थामा नै येशू तिनीहरूकहाँ आउनुभयो र तिनीहरूका बीचमा उभिनुभयो, र भन्‍नुभयो, “तिमीहरूलाई शान्ति!”
\q
\v 27 त्यसपछि उहाँले थोमालाई भन्‍नुभयो, “तिम्रो औंला यहाँ हाल, र मेरा हातहरू हेर । तिम्रो हात यहाँ मेरो कोखामा हाल ।अविश्‍वासी नहोऊ, तर विश्‍वास गर ।”
\q
\v 28 थोमाले जवाफ दिए, र उहाँलाई भने, “मेरा प्रभु र मेरा परमेश्‍वर ।”
\q
\v 29 येशूले तिनलाई भन्‍नुभयो, “तिमीले मलाई देखेको कारणले विश्‍वास गरेका छौ । धन्य हुन् तिनीहरू जसले देखेका छैनन्, र विश्‍वास गरे ।”
\p
\v 30 अब येशूले चेलाहरूको उपस्थितिमा अरू धेरै चिन्हहरू गर्नुभयो, जुन चिन्‍हहरू यस पुस्तकमा लेखिएका छैनन् ।
\v 31 तर यीचाहिं लेखिएका छन्, ताकि येशू नै ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी तिमीहरूले विश्‍वास गर्न सक, र विश्‍वास गरेर उहाँको नाउँमा तिमीहरूले जीवन पाउन सक ।
\c 21
\cl अध्याय २१
\p
\v 1 यी कुराहरूपछि फेरि येशूले आफैंलाई तिबेरियासको समुद्रमा चेलाहरूकहाँ प्रकट गर्नुभयो । उहाँले आफैंलाई यसरी प्रकट गर्नुभयोः
\v 2 सिमोन पत्रुस, दिदुमस भनिने थोमा, गालीलको कानाका नथानेल, जब्दियाका छोराहरू, र येशूका अरू दुई चेलासँगै थिए ।
\v 3 सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जाँदैछु ।” तिनीहरूले तिनलाई भने, “हामी पनि तिमीसँगै आउनेछौं ।” तिनीहरू गए, र डुङ्गामा चढे, तर रातभरिमा तिनीहरूले केही पक्रेनन् ।
\p
\v 4 अब बिहान सबेरै येशू समुद्रको किनारमा खडा हुनुभयो, तर उहाँ येशू हुनुहुन्थ्यो भनी चेलाहरूले चिनेनन् ।
\q
\v 5 त्यसैले येशूले तिनीहरूलाई भन्‍नुभयो, “ए जवान मानिसहरू, के तिमीहरूसँग कुनै खानेकुरा छ?” तिनीहरूले उहाँलाई जवाफ दिए, “छैन ।”
\q
\v 6 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको जाल डुङ्गाको दाहिनेपट्टि हान, अनि तिमीहरूले केही भेट्टाउनेछौ ।” त्यसैले तिनीहरूले आफ्नो जाल हाने, तर माछाहरू अति धेरै भएकोले तिनीहरूले त्यो तान्‍न सकेनन् ।
\v 7 तब येशूले प्रेम गर्नुभएका चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु हुनुहुन्छ ।” जब सिमोन पत्रुसले उहाँ प्रभु हुनुहुन्छ भन्‍ने सुने, तिनले तिनको बाहिरी वस्‍‍त्र बाँधे (किनकि तिनले त्यो फुकालेका थिए), र समुद्रमा हामफाले ।
\v 8 अरू चेलाहरू डुङ्गामा चढे (किनकि तिनीहरू जमिनबाट धेरै टाढा थिएनन्, करिब सय मिटर टाढा मात्र थिए), र तिनीहरूले माछाले भरिएको जाल तानिरहेका थिए ।
\v 9 जब तिनीहरू जमिनमा उत्रे, तिनीहरूले आगोको भुङ्ग्रो र त्यसमा रोटीसँगै माछा राखेको देखे ।
\p
\v 10 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले भर्खरै पक्रेका केही माछाहरू ल्याओ ।”
\v 11 तब सिमोन पत्रुस गए, र १५३ ठुला-ठुला माछाले भरिएको त्यो जाल जमिनमा ल्याए, तर यति धैरै भए तापनि जाल च्यातिएन ।
\p
\v 12 येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, र खाजा खाओ ।” कुनै पनि चेलाले “तपाईं को हुनुहुन्छ?” भनी उहाँलाई सोध्‍ने साहस गरेन । तिनीहरूले उहाँ प्रभु हुनुहुन्थ्यो भनी जान्दथिए ।
\v 13 येशू आउनुभयो, रोटी लिनुभयो, र त्यो तिनीहरूलाई दिनुभयो र माछा पनि दिनुभयो ।
\v 14 मृत्युबाट जीवित हुनुभएपछि येशूले आफूलाई चेलाहरूकहाँ प्रकट गर्नुभएको यो तेस्रो पटक थियो ।
\p
\v 15 तिनीहरूले खाजा खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमीले मलाई यिनीहरूभन्दा पनि बढी प्रेम गर्छौ?” पत्रुसले उहाँलाई भने, “हो प्रभु, तपाईं जान्‍नुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा पाठाहरूलाई खुवाऊ ।”
\p
\v 16 उहाँले तिनलाई फेरि दोस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले उहाँलाई जवाफ दिए, “हो प्रभु, तपाईं जानुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूको हेरचाह गर ।”
\p
\v 17 उहाँले तिनलाई तेस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुस निराश भए, किनभने येशूले तिनलाई “के तिमी मलाई प्रेम गर्छौ?” भनी तेस्रो पटक सोध्‍नुभएको थियो । तिनले उहाँलाई भने, “प्रभु, तपाईं सबै थोक जान्‍नुहुन्छ, कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ ।”
\p
\v 18 साँचो साँचो म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ, तिमी आफैं कपडा लगाउँथ्यौ र जहाँ चाहन्थ्यौ त्यतै हिंड्डुल गर्थ्यौ, तर जब तिमी वृद्ध हुन्छौ, तिमीले आफ्ना हात पसार्नेछौ र कसैले तिमीलाई कपडा लगाइदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ तिमीलाई बोकेर लैजानेछ ।
\v 19 अब पत्रुसले कस्तो किसिमको मृत्युले परमेश्‍वरलाई महिमा गर्नेछन् भनी सङ्केत गर्न येशूले यसो भन्‍नुभयो । उहाँले यो बताउनुभएपछि पत्रुसलाई भन्‍नुभयो, “मलाई पछ्‍याऊ ।”
\p
\v 20 पत्रुस फर्के र तिनले येशूले प्रेम गर्नुभएका चेला अर्थात् भोजमा येशूको छातीमा अडेस लगाएर बसेका र उहाँलाई, “प्रभु, तपाईंलाई विश्‍वासघात गर्ने को हो?” भनी सोधेका चेला उहाँहरूको पछिपछि आइरहेको देखे ।
\v 21 पत्रुसले तिनलाई देखे, र त्यसपछि येशूलाई भने, “प्रभु, यी मानिसले चाहिं के गर्नेछन्?”
\p
\v 22 येशूले तिनलाई भन्‍नुभयो, “यदि म नआउञ्‍जेलसम्म तिनी रहेको चाहें भने पनि तिमीलाई के भयो त? मलाई पछ्‍याऊ ।”
\v 23 त्यसैले ती चेला मर्नेछैनन् भन्‍ने यो भनाइ भाइहरूमाझ फैलियो । तरै पनि येशूले पत्रुसलाई अर्का चेला मर्दैनन् भन्‍नुभएन, तर “यदि म नआउञ्‍जेलसम्म तिनी रहेको चाहें भने पनि तिमीलाई के भयो त?” भन्‍नुभयो ।
\p
\v 24 यी कुराहरूको गवाही दिने, र यी कुराहरू लेख्‍ने यिनै चेला हुन्, र हामी जान्‍दछौं कि तिनको गवाही सत्य छ ।
\p
\v 25 येशूले गर्नुभएका अरू पनि धेरै कुराहरू छन् । यदि ती प्रत्‍येक लेखिएका भए, मलाई लाग्छ, ती लेखिने पुस्तकहरू संसारमा पनि अटाउने थिएनन् ।

572
46-ROM.usfm Normal file
View File

@ -0,0 +1,572 @@
\id ROM
\ide UTF-8
\h रोमी
\toc1 रोमी
\toc2 रोमी
\toc3 rom
\mt रोमी
\c 1
\cl अध्याय १
\p
\v 1 पावल, येशू ख्रीष्‍टका दास, प्रेरित हुनको निम्ति बोलाइएको र परमेश्‍वरको सुसमाचारको निम्ति अलग गरिएको हो,
\v 2 जुन सुसमाचार उहाँले आफ्ना अगमवक्‍ताहरूद्वारा पहिले नै पवित्र धर्मशास्‍‍‍त्रमा प्रतिज्ञा गर्नुभयो,
\v 3 यो उहाँको पुत्रको विषयमा हो जो शरीरअनुसार दाऊदको वंश हुनुहुन्थ्यो ।
\v 4 येशू ख्रीष्‍ट हाम्रा प्रभु मृतकहरूबाट पुनरुत्‍थान हुनुभएर पवित्रताको आत्माद्वारा शक्‍तिसाथ परमेश्‍वरका पुत्र घोषणा गरिनुभएको थियो ।
\v 5 उहाँको नाउँको खातिर सबै जातिहरूमाझ विश्‍वासको आज्ञाकारिताको निम्ति हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको काम पाएका छौं ।
\v 6 यी जातिहरूमध्ये तिमीहरू पनि येशू ख्रीष्‍टका हुन बोलाइएका छौ ।
\v 7 यो पत्र रोममा भएका सबैका निम्ति हो, अर्थात् परमेश्‍वरका प्रियहरू जो पवित्र जाति हुन बोलाइएका छौ । हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रह र शान्ति तिमीहरूमा रहोस् ।
\p
\v 8 पहिले, तिमीहरू सबैका निम्ति येशू ख्रीष्‍टद्वारा म परमेश्‍वरलाई धन्यवाद चढाउँछु, किनभने तिमीहरूको विश्‍वास सारा संसारभरि घोषणा गरिएको छ ।
\v 9 किनकि म तिमीहरूलाई कत्तिको लगातार सम्झन्‍छु भनी परमेश्‍वर मेरो साक्षी हुनुहुन्छ जसलाई म उहाँका पुत्रको सुसमाचारमा मेरो आत्माले सेवा गर्छु ।
\v 10 परमेश्‍वरको इच्छाद्वारा जसरी भए पनि म तिमीहरूकहाँ आउन सफल हुन सकूँ भनी म सधैं मेरो प्रार्थनामा अनुरोध गर्छु ।
\v 11 किनकि म तिमीहरूलाई भेट्ने इच्छा गर्छु, ताकि तिमीहरूलाई बलियो बनाउनको लागि म तिमीहरूलाई केही आत्मिक वरदानहरू दिन सकूँ ।
\v 12 अर्थात् तिमीहरू र मेरो, एक-अर्काका विश्‍वासद्वारा तिमीहरूका माझमा पारस्परिक रूपमा प्रोत्साहित हुन म उत्कट इच्छा गर्छु ।
\v 13 अब भाइ हो, तिमीहरू अनभिज्ञ होऊ भन्‍ने म चाहन्‍नँ कि मैले प्रायः तिमीहरूकहाँ आउने इच्छा गरें (तर म अहिलेसम्म रोकिएको छु), ताकि मैले बाँकी गैरयहूदीहरूका माझमा झैं तिमीहरूका माझमा पनि केही फल प्राप्‍त गरूँ ।
\v 14 म ग्रीकहरू र विदेशीहरू, बुद्धिमान्‌हरू र मूर्खहरू दुवैप्रति ऋणी छु ।
\v 15 त्यसैले मेरो विषयमा भन्‍नुपर्दा, म तिमीहरू रोममा हुनेहरूलाई पनि सुसमाचार घोषणा गर्न तयार छु ।
\p
\v 16 किनकि म सुसमाचारको निम्ति शर्माउँदिनँ, किनकि यो विश्‍वास गर्ने सबैको निम्ति मुक्‍तिको लागि परमेश्‍वरको शक्‍ति हो, पहिले यहूदी र त्यसपछि ग्रीकहरूका निम्ति ।
\v 17 किनकि यसैमा परमेश्‍वरको धार्मिकता विश्‍वासबाट विश्‍वासमा प्रकट गरिएको छ, जस्तो लेखिएको छ “धर्मी विश्‍वासद्वारा नै जिउनेछन् ।”
\p
\v 18 किनकि अधार्मिकताद्वारा सत्यतालाई रोक्ने मानिसहरूका सबै भक्‍तिहीनता र अधार्मिकता विरुद्ध परमेश्‍वरको क्रोध स्वर्गबाट प्रकट भएको छ ।
\p
\v 19 किनभने परमेश्‍वरको बारेमा जानिएको कुरा तिनीहरूले देख्‍न सक्‍ने भएको छ । किनकि परमेश्‍वरले तिनीहरूलाई प्रकाश दिनुभएको छ ।
\v 20 किनकि संसारको उत्‍पत्तिदेखि बनाइएका कुराहरूमा उहाँका अद‍ृश्य गुणहरू अर्थात् उहाँको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभाव, स्पष्‍ट रूपमा देखिने भएका छन् । त्यसैले तिनीहरूलाई कुनै बहाना छैन ।
\v 21 किनभने तिनीहरूले परमेश्‍वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा महिमा दिएनन् न त धन्यवाद दिए । बरु तिनीहरू आ-आफ्नै विचारमा मूर्ख भए, र तिनीहरूका अचेत हृदयहरू अँध्यारो भए ।
\v 22 तिनीहरूले बुद्धिमान्‌ भएको दाबी गरे, तर तिनीहरू मूर्ख भए ।
\v 23 तिनीहरूले अविनाशी परमेश्‍वरको महिमालाई नाश हुने मानिस, चराचुरुङ्गीहरू, चार खुट्टे जनावरहरू र घस्रने जन्तुहरूको प्रतिमाका रूपसँग साटे ।
\p
\v 24 त्यसकारण परमेश्‍वरले तिनीहरूलाई अशुद्धताको निम्ति, तिनीहरूका शरीर एकआपसमा अनादर होस् भन्‍नको निम्ति तिनीहरूका हृदयका कामबासनामा नै छाडिदिनुभयो ।
\v 25 यी तिनीहरू नै हुन् जसले परमेश्‍वरको सत्यतालाई झुटसँग साटे, र सदासर्वदा प्रशंसनीय सृष्‍टिकर्ताको सट्टा सृष्‍टिको पूजा र सेवा गरे । आमेन ।
\p
\v 26 यसैकारण परमेश्‍वरले तिनीहरूलाई अनादरपूर्ण अभिलाषाहरूमा छाडिदिनुभयो, किनकि तिनीहरूका स्‍‍त्रीहरूले प्राकृतिक सम्बन्धहरूलाई अप्राकृतिक सम्बन्धहरूसँग साटे ।
\v 27 त्यसै गरी, पुरुषहरूले पनि स्‍‍त्रीहरूसँगको प्राकृतिक सम्बन्धहरूलाई छोडे, र एक-अर्काप्रतिको कामुकतामा जले । यी तिनै पुरुषहरू थिए जसले पुरुषहरूसँग अश्‍लील कार्य गरे र तिनीहरूको त्रुटिको लागि तिनीहरूले पाउनुपर्ने दण्ड तिनीहरू आफैंले पाए ।
\p
\v 28 तिनीहरू आफ्नो सजगतामा पनि परमेश्‍वर हुनुहुन्छ भनी सहमत नभएका हुनाले उहाँले तिनीहरूलाई अनुचित कुराहरू गर्नलाई भ्रष्‍ट मनमा छोडिदिनुभयो ।
\v 29 तिनीहरू सारा अधार्मिकता, दुष्‍टता, लालच, र द्वेषले भरिएका छन् । तिनीहरू ईर्ष्या, हत्या, कलह, छल र दुष्‍ट विचारले पूर्ण छन् । तिनीहरू कुरौटे,
\v 30 निन्दा गर्ने, र परमेश्‍वरलाई घृणा गर्नेहरू, हिंस्रक, घमण्डी, अहङ्कारी, दुष्‍ट थोकहरूका आविष्कारकहरू हुन्; तिनीहरू आमाबुबाप्रति अनाज्ञाकारी छन् ।
\v 31 तिनीहरूमा समझविहिन, अविश्‍वासयोग्य, निर्दयी, र कृपारहित छन् ।
\v 32 यसो गर्नेहरू मृत्युका भागीदार हुन्छन् भन्‍ने परमेश्‍वरका नियमहरूलाई तिनीहरू जान्दछन् । तर तिनीहरू यी थोकहरू गर्ने मात्र होइनन्, तिनीहरू यसो गर्नेहरूसँग सहमत पनि हुन्छन् ।
\c 2
\cl अध्याय २
\p
\v 1 यसकारण तिमीहरूलाई कुनै बहाना छैन, ए मानिस, तिमी जसले न्याय गर्छौ, तिमी अर्कालाई जेको निम्ति दोष लगाउँछौ तिमी आफैं पनि त्यसैमा दोषी ठहराइन्छौ । किनकि तिमी न्याय गर्नेले पनि त्यही कुराहरू गर्छौ ।
\v 2 तर यस्ता कुराहरू गर्नेहरूमाथि परमेश्‍वरको न्याय सत्यताअनुसार हुन्छ भनी हामी जान्दछौं ।
\v 3 तर यसलाई विचार गर, ए मानिस, तिमी जसले यी कुराहरू गर्नेहरूको न्याय गर्छौ यद्यपि तिमी आफैंले पनि त्यही गर्छौ । के तिमी परमेश्‍वरको न्यायबाट उम्कनेछौ र?
\v 4 अथवा के तिमी उहाँको भलाइको प्रशस्तता, उहाँको दण्डको ढिलाइ, र उहाँको धैर्यलाई तुच्छ ठन्छौ? के उहाँको भलाइ तिमीलाई पश्‍चात्तापमा डोर्‍याउनलाई हो भन्‍ने तिमी जान्दैनौ?
\v 5 तर तिमीहरूको कठोर र अपश्‍चात्तापी हृदयको कारण तिमीहरूले क्रोधको दिन अर्थात् परमेश्‍वरको धार्मिक न्याय प्रकट हुने दिनमा आफ्नो निम्ति क्रोध थुपारिरहेका छौ ।
\p
\v 6 उहाँले हरेक मानिसलाई त्यसका कर्महरूको नापअनुसार दिनुहुनेछः
\v 7 अटुट रूपमा सुकर्म गर्दै प्रशंसा, इज्‍जत र अमरत्वको खोजी गर्नेलाई उहाँले अनन्त जीवन दिनुहुनेछ ।
\v 8 तर आफ्‍नो लागि मात्रै खोज्‍ने, सत्यताको अवज्ञा गर्ने तर अधार्मिकता पालना गर्नेहरूमाथि क्रोध र भयङ्कर रिस आइपर्नेछ ।
\v 9 परमेश्‍वरले दुष्‍ट कार्य गर्ने हरेक मानव प्राणमाथि सङ्कट र दुःख ल्याउनुहुनेछ, पहिले यहूदीमाथि, अनि ग्रीकहरूमाथि पनि ।
\v 10 तर असल काम गर्ने हरेकमाथि प्रशंसा, इज्‍जत र शान्‍ति आउनेछ, पहिले यहूदी र त्‍यसपछि ग्रीकहरूमाथि पनि ।
\v 11 किनकि परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न ।
\p
\v 12 किनकि जतिले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्‍ट पनि हुनेछन्, र जतिले व्यवस्थाको आधारमा पाप गरेका छन्, तिनीहरू व्यवस्थाद्वारा नै न्याय गरिनेछन् ।
\v 13 किनकि परमेश्‍वरको सामु धर्मी ठहरिनेहरू व्यवस्था सुन्‍नेहरू होइनन्, तर व्यवस्था पालन गर्नेहरू नै धर्मी ठहरिनेछन् ।
\v 14 किनकि गैरयहूदीहरू जससँग व्यवस्था छैन, तिनीहरूले स्वभावद्वारा नै व्यवस्थाका कुराहरू गर्छन्, तिनीहरू आफ्ना निम्ति आफैं नै व्यवस्था हुन्, यद्यपि तिनीहरूसँग व्यवस्था छैन ।
\v 15 यसैद्वारा व्यवस्थाले चाहेका कुराहरू तिनीहरूका हृदयमा लेखिएका छन् भन्‍ने तिनीहरूले देखाउँछन् । तिनीहरूको विवेकले पनि तिनीहरूलाई गवाही दिन्छ, र तिनीहरूका आफ्नै विचारले कि तिनीहरूआफैंलाई दोष दिन्छ कि प्रतिरक्षा गर्छ
\v 16 अनि परमेश्‍वरप्रति पनि यही कुरो लागु हुन्छ । मेरो सुसमाचारअनुसार, येशू ख्रीष्‍टद्वारा परमेश्‍वरले सबै मानिसहरूको गोप्य कुराहरूको इन्साफ गर्नुहुने दिन त्यो हुनेछ ।
\p
\v 17 तर यदि तिमी आफैंलाई यहूदी भन्छौ र व्यवस्थामाथि भर परेर, परमेश्‍वरमा गर्व गर्छौ,
\v 18 र उहाँको इच्छा जान्दछौ र व्यवस्थाका शिक्षा पाएर असल कुराहरूको मन्जूर गर्दछौ;
\v 19 र यदि तिमी विश्‍वस्‍त छौ कि तिमी आफैं अन्धाहरूका अगुवा हौ, अन्धकारमा हुनेहरूका निम्ति ज्योति हौ,
\v 20 मूर्खलाई सुधार गर्ने हौ, शिशुहरूका शिक्षक हौ, अनि तिमीसँग ज्ञान र सत्यताको स्वरूप व्यवस्थामा छ भने, यसले तिमीले जिउने तरिकामा कसरी असर पार्छ?
\v 21 तिमी जसले अरूलाई सिकाउँछौ, के तिमी आफैंलाई चाहिं सिकाउँदैनौ? तिमी जसले चोरीको विरुद्धमा प्रचार गर्छौ, के तिमी नै चोरी गर्छौ?
\v 22 तिमी जसले कसैले व्‍यभिचार नगर्नू भन्‍छौ, के तिमीले नै व्‍यभिचार गर्छौ? तिमी जसले मूर्तिहरूलाई घृणा गर्छौ, के तिमी मन्‍दिरहरू लुट्छौ?
\v 23 तिमी जो परमेश्‍वरको व्‍यवस्‍थामा गर्व गर्छौ, के तिमीले व्‍यवस्‍था उल्‍लङ्घन गरेर परमेश्‍वरको अपमान गर्छौ?
\v 24 किनकि यस्तो लेखिएको छ, “तिमीहरूले गर्दा गैरयहूदीहरूका माझमा परमेश्‍वरको नाउँको अनादर भएको छ ।”
\p
\v 25 किनकि यदि तिमीले व्‍यवस्‍था पालन गर्छौ भने वास्‍तवमा खतनाले तिमीलाई लाभ दिन्‍छ, तर यदि तिमी व्‍यवस्‍था भङ्‌ग गर्छौ भने, तिम्रो खतना बेखतना हुन्‍छ ।
\v 26 यदि बेखतने व्यक्‍तिले व्यवस्थाले माग गरेका कुराहरूलाई पालन गर्छ भने, के त्‍यसको बेखतना खतना नै ठानिनेछैन र?
\v 27 र यदि स्वाभाविक रूपले खतना नभएकाले व्यवस्था पूरा गर्छ भने के त्यसले तिमीलाई दोषी ठहराउँदैन र? तिमीहरूसँग लिखित व्‍यवस्‍था र खतना भएको भए तापनि तिमीहरूले व्यवस्था उल्‍लङ्घन गर्ने भएकाले यसो भएको हो ।
\v 28 किनकि त्यो यहूदी होइन जो बाहिरी रूपले मात्र यहूदी हो; न त केवल बाहिरी शरीरको खतना नै खतना हो ।
\v 29 तर त्यही यहूदी हो जो भित्री रूपमा यहूदी हो, र अक्षरमा होइन तर आत्‍माद्वारा हृदयको खतना नै खतना हो । यस्‍तो व्यक्‍तिको प्रशंसा मानिसबाट होइन, तर परमेश्‍वरबाट आउँछ ।
\c 3
\cl अध्याय ३
\p
\v 1 त्यसो भए यहूदीलाई के फाइदा छ त? अनि खतनाको के फाइदा छ त?
\v 2 यो हरतरहले महान् छ । सर्वप्रथम त परमेश्‍वरको प्रकाश यहूदीहरूलाई सुम्पिएको थियो ।
\v 3 किनकि केही यहूदीहरू विनाविश्‍वासका भए, के भयो त? के तिनीहरूको अविश्‍वासले परमेश्‍वरको विश्‍वासयोग्यतालाई हटाउनेछ र?
\v 4 यस्तो कहिल्यै नहोस् । यसको सट्टा, हरेक मानिस झूटा ठहरिए तापनि परमेश्‍वर सत्य भेट्टाइनुभएको होस् । यस्तो लेखिएको छ, “तपाईंलाई आफ्ना वचनहरूमा धर्मी देखाइयोस्, अनि तपाईं न्यायमा आउनुहुँदा तपाईं विजय हुनभएको होस् ।”
\p
\v 5 तर यदि हाम्रो अधार्मिकताले परमेश्‍वरको धार्मिकतालाई देखाउँछ भने हामी के भन्‍न सक्छौ र? परमेश्‍वरले उहाँको क्रोध हामीमाथि ल्याउनुहुँदा, उहाँ अधर्मी हुनुहुन्छ भनेर के हामीले भन्‍न सक्‍छौं र? (म मानवीय तर्कअनुसार बोलिरहेको छु ।)
\v 6 यस्तो कहिल्यै नहोस्! किनकि त्यसो भए त परमेश्‍वरले कसरी संसारको न्याय गर्नुहुन्छ?
\v 7 तर यदि मेरो झूटद्वारा परमेश्‍वरको सत्यताले उहाँको निम्ति प्रशस्त प्रशंसा प्रदान गर्छ भने, मलाई अझ पनि किन पापीको रूपमा न्याय गरिन्छ त?
\v 8 किन नभनौं, जसरी हामीलाई झुटो रूपमा आरोप लगाइन्छ, र केहीले पुष्‍टि गर्छन्, कि हामी भन्छौं, “दुष्‍ट काम गरौं, ताकि असल आओस् ।” तिनीहरूमाथिको न्याय उचित छ ।
\p
\v 9 त्यसो भए के त? के हामी आफैंले आफ्‍नो सफाइ दिंदैछौं? अवश्य छैनौं! किनकि यहूदीहरू र ग्रीकहरू सबै पापको अधीनमा थिए भनी हामीले पहिले नै दोष लगाइसकेका छौं ।
\v 10 यस्तो लेखिएको छ, “धर्मी कोही छैन, एक जना पनि छैन ।
\v 11 बुझ्‍ने कोही पनि छैन । परमेश्‍वरलाई खोज्‍ने कोही पनि छैन ।
\p
\v 12 तिनीहरू सबै तर्केर गएका छन् । तिनीहरू सबै जना एकैसाथ अनुपयोगी भएका छन् । असल गर्ने कोही पनि छैन, अहँ, एक जना पनि छैन ।"
\q
\v 13 "तिनीहरूको घाँटी खुल्ला चिहान हो । तिनीहरूका जिब्राले छल गरेका छन् । तिनीहरूका ओठहरूमुनि सर्पको विष छ ।"
\q
\v 14 "तिनीहरूका मुखहरू श्राप र तिक्‍तताले भरिएका छन् ।"
\q
\v 15 तिनीहरूका खुट्टाहरू रगत बगाउनमा द्रूत छन् ।
\q
\v 16 विनाश र कष्‍ट तिनीहरूका मार्गहरूमा छन् ।
\q
\v 17 यी मानिसहरूले शान्तिको मार्ग जानेका छैनन् ।
\q
\v 18 तिनीहरूका आँखाको सामुन्‍ने परमेश्‍वरको डर छैन ।
\p
\v 19 अब हामी जान्दछौं, कि व्यवस्थाले जे भन्छ, त्यो व्यवस्थाको अधीनमा बस्‍नेहरू कै लागि भन्छ । यो यसको लागि हो कि, हरेक मुख बन्द होस् र सारा संसार परमेश्‍वरप्रति जवाफदेही होस् ।
\v 20 उहाँको द‍ृष्‍टिमा व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस धर्मी नठहरिने हुनाले यसो भएको हो । किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ ।
\p
\v 21 तर अब व्यवस्थाविना नै परमेश्‍वरको धर्मीकता प्रकट गरिएको छ । व्यवस्था र अगमवक्‍ताहरूद्वारा यसको साक्षी दिइएको छ,
\v 22 अर्थात् यो विश्‍वास गर्ने सबैका निम्ति येशू ख्रीष्‍टमा विश्‍वासद्वारा आउने परमेश्‍वरको धार्मिकता हो । किनकि त्यहाँ कुनै भेदभाव छैन ।
\v 23 किनकि सबैले पाप गरेका छन् र परमेश्‍वरको महिमासम्म पुग्‍न चुकेका छन्,
\v 24 र ख्रीष्‍टमा भएको छुटकाराद्वारा तिनीहरू उहाँको अनुग्रहबाट सित्तैंमा धर्मी ठहराइन्छन् ।
\v 25 किनकि परमेश्‍वरले येशू ख्रीष्‍टको रगतमा विश्‍वासद्वारा प्रायश्‍चित्तको रूपमा उहाँलाई अर्पण गर्नुभयो । उहाँको धैर्यमा विगतका पापहरू बेवास्ता गर्नुभएकोले उहाँले ख्रीष्‍टलाई उहाँको न्यायको प्रमाणको रूपमा अर्पण गर्नुभयो ।
\v 26 यी सबै कुरा वर्तमान समयमा उहाँको धार्मिकता प्रदर्शन गर्नका निम्ति भएका थिए । उहाँ आफैंलाई न्यायी प्रमाणित गर्न सक्‍नुभएको होस् र उहाँले येशूमाथिको विश्‍वासले जो कोहीलाई धर्मी ठहराउनुहुन्छ भन्‍ने देखाउन यसो भयो ।
\p
\v 27 तब घमण्ड कहाँ छ? यो त हटाइएको छ । केको आधारमा? कामहरूको? होइन, तर विश्‍वासको आधारमा हो ।
\v 28 तब हामी निचोडमा आउँछौं, कि कुनै पनि व्यक्‍ति व्यवस्थाका कामहरूविना नै विश्‍वासद्वारा धर्मी ठहरिन्छ ।
\v 29 अथवा के परमेश्‍वर यहूदीहरूका मात्रै परमेश्‍वर हुनुहुन्छ त? के उहाँ गैरयहूदीहरूका परमेश्‍वर हुनुहुन्‍न र? हो, गैरयहूदीहरूका पनि हुनुहुन्छ ।
\v 30 यदि वास्तवमै परमेश्‍वर एक हुनुहुन्छ भने उहाँले खतना भएकाहरूलाई विश्‍वासद्वारा र खतना नभएकाहरूलाई विश्‍वासद्वारा नै धर्मी ठहराउनुहुनेछ ।
\v 31 के हामीले विश्‍वासद्वारा व्यवस्थालाई रद्द गर्छौं त? यस्तो कहिल्यै नहोस्! बरु, हामीले व्यवस्थालाई कायम पो राख्‍छौं ।
\c 4
\cl अध्याय ४
\p
\v 1 तब हामी के भनौं त? हाम्रा पुर्खा अब्राहामले शरीरअनुसार के पाए त?
\v 2 यदि अब्राहाम कामद्वारा धर्मी ठहरिएका भए, तिनले घमण्ड गर्ने कारण हुन्थ्यो, तर परमेश्‍वरको सामु त होइन ।
\v 3 किनकि धर्मशास्‍‍त्रले के भन्छ? “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र त्यो तिनको निम्ति धार्मिकता गनियो ।”
\v 4 अब जसले काम गर्छ, त्यसको ज्यालालाई अनुग्रहको रूपमा गनिँदैन, तर पाउनुपर्ने कुराको रूपमा गनिन्छ ।
\v 5 तर त्यसको निम्ति जसले काम गर्दैन, तर त्यसको सट्टा अधर्मीलाई धर्मी ठहराउनुहुनेमा विश्‍वास गर्छ, त्यसको विश्‍वासलाई धार्मिकताको रूपमा गनिन्‍छ ।
\v 6 दाऊदले पनि कामविना नै परमेश्‍वरले धार्मिक गन्‍नुभएको मानिसलाई आशिष्‌‌ घोषणा गर्छन् ।
\q
\v 7 तिनी भन्छन्, “ती धन्य हुन्, जसका अधर्महरू क्षमा भएका छन्, र जसका पापहरू ढाकिएका छन् ।
\v 8 त्यो मानिस धन्यको हो, जसको विरुद्धमा परमेश्‍वरले पापको लेखा राख्‍नुहुनेछैन ।”
\p
\v 9 तब के यो आशिष्‌‌ केवल ती खतना भएकाहरूका लागि मात्रै भनिएको हो, वा ती खतना नभएकाहरूका लागि पनि भनिएको हो? किनकि हामी भन्छौं, “अब्राहामको निम्ति विश्‍वास धार्मिकताको रूपमा गनियो ।”
\v 10 त्यसो भए यो कसरी गनियो त? यो तिनको खतना हुनभन्दा अघि वा पछि भएको थियो? यो पछि भएको थिएन, तर अघि!
\v 11 अब्राहामले धार्मिकताको छाप स्वरुप खतनाको चिन्ह पाए जुन तिनी बेखतना हुँदा नै विश्‍वासद्वारा पाइसकेका थिए ।विश्‍वास गरेका तर खतना नगरेका सबैका पिता तिनलाई बनाउने यसको उद्देश्य थियो ताकि त्यो तिनीहरूको निम्ति धार्मिकता गनियोस् ।
\v 12 तिनी खतना भएकाहरूका पनि पिता हुन् जसका खतना भएको मात्र होइन तर जो विश्‍वासका कदमहरूमा पनि हिंड्छन् जुन कदमहरूमा हाम्रा पिता अब्राहाम खतना हुन भन्दा अघि हिंडेका थिए ।
\p
\v 13 किनकि अब्राहाम संसारको उत्तराधिकार हुनेछ भन्‍ने तिनी र तिनका सन्तानहरूलाई दिइएको प्रतिज्ञा व्यवस्थाद्वारा आएको होइन तर विश्‍वासको धार्मिकताद्वारा आएको हो ।
\v 14 किनकि यदि व्यवस्थाअनुसार जिउनेहरू उत्तराधिकारीहरू हुन् भने, विश्‍वासलाई त रित्तो बनाइन्छ, र प्रतिज्ञालाई रद्द गरिन्छ ।
\v 15 किनकि व्यवस्थाले क्रोध ल्याउँछ, तर जहाँ व्यवस्था छैन, त्यहाँ कुनै अपराध हुँदैन ।
\v 16 यसैकारण यो विश्‍वासद्वारा हुन्छ, ताकि प्रतिज्ञा अनुग्रहमा भर परोस् र अब्राहामका सारा सन्तानहरूका निम्ति निश्‍चित होस्—व्यवस्थामुनि भएकाहरूका लागि मात्र होइन, तर अब्राहामको विश्‍वासमा हुनेहरूका निम्ति पनि हो । तिनी हामी सबैका पिता हुन्,
\v 17 जस्तो लेखिएको छ, “मैले तिमीलाई धेरै जातिहरूका पिता बनाएको छु ।” अब्राहाम आफूले भरोसा गरेका परमेश्‍वरको उपस्थितिमा थिए, जसले मरेकालाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका थोकहरूलाई बोलाई अस्तित्वमा ल्याउनुहुन्छ ।
\v 18 “तेरा सन्तानहरू यस्तै हुनेछन्” भनी तिनलाई भनिएअनुसार तिनी धेरै जातिहरूका पिता हुनेछन् भनी तिनले निराशामा आशा राखी विश्‍वास गरे ।
\v 19 तिनी विश्‍वासमा कमजोर नभईकन तिनले यो मानिलिए कि, तिनको शरीर मरेतुल्य छ (किनकि तिनी करिब एक सय वर्ष पुगेका थिए), र साराको कोख बाँझो छ ।
\v 20 तर परमेश्‍वरको प्रतिज्ञाका कारण, अब्राहाम अविश्‍वासमा हिचकिचाएनन् । बरु, तिनी विश्‍वासमा बलियो भए र परमेश्‍वरको प्रशंसा गरे ।
\v 21 परमेश्‍वरले जे कुरा प्रतिज्ञा गर्नुभएको थियो, त्यो उहाँ पूरा गर्न सक्षम पनि हुनुहुन्थ्यो भनी तिनी पूर्ण रूपमा विश्‍वस्त थिए ।
\v 22 त्यसकारण यो पनि तिनको निम्ति धार्मिकता गनियो ।
\p
\v 23 तर "तिनको निम्ति गनियो" भन्‍ने यो वचन तिनको निम्ति मात्र लेखिएको होइन ।
\v 24 यी हाम्रो निम्ति पनि लेखिएका थिए, र यो हाम्रो निम्ति गनिनेछ, हामी जसले हाम्रा प्रभु येशूलाई मृत्युबाट जीवित पार्नुहुनेमाथि विश्‍वास गर्छौं ।
\v 25 यो उहाँ नै हुनुहुन्छ जसलाई हाम्रा अपराधका लागि सुम्पिएको थियो, र हामीलाई धर्मी ठहराउन जीवित पारिएको थियो ।
\c 5
\cl अध्याय ५
\p
\v 1 हामी विश्‍वासद्वारा धर्मी ठहरिने हुनाले हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा हामी परमेश्‍वरसँग शान्‍तिमा छौं ।
\v 2 उहाँद्वारा हामीले पनि यस अनुग्रहमा विश्‍वासद्वारा प्रवेश पाएका छौं जसमा हामी खडा छौं, र हामी परमेश्‍वरको महिमाको आशामा रमाउँछौं ।
\v 3 यति मात्र होइन, तर हामी हाम्रो कष्‍टमा पनि रमाउँछौं । हामी जान्दछौं, कि कष्‍टले सहनशीलता उत्‍पन्‍न गराउँछ ।
\v 4 सहनशीलताले चरित्र उत्पन्‍न गराउँछ र चरित्रले आशा उत्पन्‍न गराउँछ ।
\v 5 यो आशाले निराश पार्दैन, किनभने हामीलाई दिइएका पवित्र आत्‍माद्वारा परमेश्‍वरको प्रेम हाम्रो हृदयमा खन्‍याइएको छ ।
\p
\v 6 किनकि हामी कमजोर हुँदा नै ख्रीष्‍ट अधर्मीहरूको निम्ति ठिक समयमा मर्नुभयो ।
\v 7 किनकि एक जना धर्मी मानिसको लागि मुस्‍किलले कोही मर्नेछ, वा एक जना असल मानिसको लागि सायद कोहीले मर्ने साहस गर्नेछ ।
\v 8 तर परमेश्‍वरले हामीप्रति उहाँको आफ्नो प्रेम प्रमाणित गर्नुहुन्‍छ, किनभने हामी पापी हुँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो ।
\v 9 अहिले हामी उहाँको रगतद्वारा अझ धेरै धर्मी ठहराइएका हुनाले हामी उहाँको क्रोधबाट बचाइनेछौं ।
\v 10 किनकि हामी शत्रु हुँदा नै हामीलाई उहाँका पुत्रको मृत्‍युद्वारा परमेश्‍वरसँग मिलाप गराइयो, मिलाप भएपछि उहाँको जीवनद्वारा हामी अझ धेरै बचाइनेछौं ।
\v 11 यति मात्र होइन, तर हामी हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरमा पनि रमाउँछौं, जसद्वारा हामीले यो मिलाप प्राप्‍त गरेका छौं ।
\p
\v 12 यसकारण एक जना मानिसद्वारा संसारमा पाप प्रवेश गर्‍यो, यसरी पापद्वारा मृत्‍यु प्रवेश गर्‍यो । अनि मृत्यु सबै मानिसमा फैलियो, किनभने सबैले पाप गरे ।
\v 13 किनकि व्‍यवस्‍था नहुँदा पनि संसारमा पाप थियो, तर व्‍यवस्‍था नहुँदा पापको निम्ति कुनै लेखा हुँदैन ।
\v 14 तथापि, मृत्‍युले आदमदेखि मोशासम्‍म, आदमले झैं अनाज्ञाकारिताको पाप नगर्नेमाथि पनि राज्‍य गर्‍यो जो आउन लागेको थियो, त्यसको नमूना हो ।
\v 15 तर सित्तैंको वरदान अपराध जस्‍तो होइन । किनकि एक जनाको अपराधले धेरै जना मरे भने, परमेश्‍वरको अनुग्रहले र एक जना मानिस अर्थात् येशू ख्रीष्‍टको अनुग्रहद्वारा आउने वरदान धेरैका निम्ति प्रशस्त भयो ।
\v 16 किनकि वरदान एक जना मानिसको पापको परिणामजस्तो होइन । एउटा अपराधपछि न्याय आयो र दण्‍ड ल्यायो, तर धेरै अपराधपछि सित्तैंको वरदान आयो र धर्मीकरण ल्यायो ।
\v 17 किनकि यदि एक जनाको अपराधले एक जनाद्वारा मृत्‍युले राज्‍य गर्‍यो भने, अनुग्रहको प्रशस्तता र धार्मिकताको सितैंको वरदानको प्राप्‍त गर्नेहरूले एक जना अर्थात् येशू ख्रीष्‍टद्वारा जीवनमा अझ धेरै राज्‍य गर्नेछन् ।
\p
\v 18 त्यसैले जसरी एउटा अपराधद्वारा सबै मानिसहरूमा दण्ड आयो, त्यसरी नै एउटा धार्मिकताको कामद्वारा सबै मानिसको निम्ति धर्मीकरण र जीवन आयो ।
\v 19 किनकि जसरी एक जना मानिसको अनाज्ञाकारिताद्वारा धेरै जनालाई पापी बनाइयो, त्यसरी नै एक जनाको आज्ञाकारिताद्वारा धेरै जनालाई धर्मी बनाइनेछ ।
\v 20 तर अपराध बढोस् भनेर व्‍यवस्‍था आयो । तर जहाँ पाप बढ्‌यो, त्‍यहाँ अनुग्रह झन् बढी बढ्‌यो ।
\v 21 ताकि जसरी पापले मृत्युमा राज्‍य गर्‍यो, त्यसरी नै अनुग्रहले हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा अनन्‍त जीवनको निम्ति धार्मिकताद्वारा राज्‍य गरोस् ।
\c 6
\cl अध्याय ६
\p
\v 1 हामी अब के भनौं त? के अनुग्रह प्रशस्त होस् भनेर हामीले पाप गरिरहने त?
\v 2 यस्तो कहिल्यै नहोस् । हामी जो पापको निम्ति मर्‍यौं, हामी अझै यसमा कसरी जिउन सक्छौं?
\v 3 के तिमीहरू जान्दैनौ कि जतिलाई ख्रीष्‍ट येशूमा बप्‍तिस्मा दिइयो, उहाँकै मृत्युमा बप्‍तिस्मा दिइएको थियो?
\v 4 तब हामी बप्‍तिस्माद्वारा मृत्युमा उहाँसँगै गाडियौं । ताकि जसरी ख्रीष्‍ट पिताको महिमाद्वारा मृतकहरूबाट जीवित पारिनुभयो, त्यसरी नै हामी जीवनको नवीनतामा हिंड्न सकौं ।
\v 5 किनकि यदि हामी उहाँको मृत्युको स्वरूपमा एक भएका छौं भने, हामी उहाँको पुनरुत्थानमा पनि एक हुनेछौं ।
\v 6 हामी जन्दछौं, कि हाम्रो पुरानो मनुष्यत्वलाई उहाँसँगै क्रूसमा टाँगिएको थियो, ताकि पापको शरीरलाई नाश गर्न सकियोस्; ताकि अब उप्रान्त हामी पापको दास बन्‍न नपरोस् ।
\v 7 जो मरेको छ, पापको सम्बन्धमा त्यसलाई धर्मी घोषित गरिएको छ ।
\v 8 तर यदि हामी ख्रीष्‍टसँग मरेका छौं भने, हामी विश्‍वास गर्छौं, कि हामी पनि उहाँसँगै जिउनेछौं ।
\v 9 हामी जान्दछौं, कि ख्रीष्‍ट मृतकबाट जीवित पारिनुभएको छ, उहाँ फेरि मर्नुहुन्‍न; अब मृत्युको उहाँमाथि राज्य हुँदैन ।
\v 10 किनकि मृत्युको विषयमा उहाँ पापको लागि मर्नुभयो, उहाँ एकैपल्ट सबैका लागि मर्नुभयो । तथापि जुन जीवन उहाँ जिउनुहुन्छ, उहाँले परमेश्‍वरको निम्ति जिउनुहुन्छ ।
\v 11 त्यसै गरी, तिमीहरूले पनि आफैंलाई पापको निम्ति मरेको, तर ख्रीष्‍ट येशूमा परमेश्‍वरको निम्ति जीवित ठान्‍नुपर्छ ।
\v 12 त्यसकारण तिमीहरूको मरणशील शरीरमा पापलाई राज्य गर्न नदेओ, ताकि तिमीहरूले त्यसको अभिलाषालाई मान्‍न परोस् ।
\v 13 आफ्नो शरीरका अङ्गहरूलाई अधार्मिकताका लागि प्रयोग गरिने साधनहरूको रूपमा समर्पण नगर । तर आफैंलाई मृतकबाट जिउँदो पारिएको जस्तै परमेश्‍वरको निम्ति आफैंलाई समर्पण गर अनि आफ्नो शरीरका अङ्गहरूलाई परमेश्‍वरको निम्ति धार्मिकताको लागि प्रयोग गरिने साधनहरूको रूपमा समर्पण गर ।
\v 14 पापलाई आफूमाथि राज्य गर्न नदेओ । किनकि तिमीहरू व्यवस्थामुनि छैनौ, तर अनुग्रहमुनि छौ ।
\p
\v 15 त्यसो भए के त? के हामी व्यवस्थामुनि छैनौं, तर अनुग्रहमुनि छौं भनेर हामी पाप गरौं त? यस्तो कहिल्यै नहोस् ।
\v 16 के तिमीहरू जान्दैनौ, यदि तिमीहरूले आफैंलाई दासहरूको रूपमा समर्पण गर्छौ भने, तिमीहरूले जसको आज्ञा पालन गर्छौ त्यसैका तिमीहरू दास हौ? तिमीहरू या त मृत्युमा पुर्‍याउने पापका दासहरू हौ, या धार्मिकतामा पुर्‍याउने आज्ञाकारिताका दासहरू हौ ।
\v 17 तर परमेश्‍वरलाई धन्यवाद होस्! किनकि तिमीहरू पापका दासहरू थियौ, तर तिमीहरूले आफूलाई दिइएको शिक्षाको ढाँचालाई आफ्नो हृदयदेखि नै पालन गरेका छौ ।
\v 18 तिमीहरूलाई पापबाट छुटकारा दिइएको छ, र तिमीहरूलाई धार्मिकताको दासहरू बनाइएको छ ।
\v 19 म तिमीहरूको शरीरको कमजोरीको कारण म मानिसलेझैं बोल्छु । किनकि जसरी तिमीहरूले आफ्ना शरीरका अङ्गहरूलाई अशुद्धता र दुष्‍टताका निम्ति दासहरूको रूपमा समर्पण गर्‍यौ, त्यसरी नै अब पवित्रीकरणको निम्ति आफ्ना शरीरका अङ्गहरूलाई धार्मिकताको निम्ति दासहरूको रुपमा समर्पण गर ।
\v 20 किनकि तिमीहरू पापका दासहरू हुँदा, तिमीहरू धार्मिकताबाट स्वतन्‍‍त्र थियौ ।
\v 21 अहिले तिमीहरू लज्‍जित हुने कुराहरूमा, त्यति बेला ती कुराहरूबाट तिमीहरूले के फल पायौ? किनकि ती कुराहरूको परिणाम मृत्यु हो ।
\v 22 तर अब तिमीहरूलाई पापबाट मुक्त गराइएको छ, अनि परमेश्‍वरको दास बनाइएको छ र तिमीहरूसित पवित्रीकरणको लागि आफ्नो फल छ । त्यसको परिणाम चाहिं अनन्त जीवन हो ।
\v 23 किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्‍वरको सित्तैंको वरदानचाहिं हाम्रा प्रभु येशू ख्रीष्‍टमा अनन्त जीवन हो ।
\c 7
\cl अध्याय ७
\p
\v 1 वा भाइ हो, के तिमीहरूलाई थाहा छैन (किनकि म व्यवस्थाबारे जान्‍ने मानिसहरूसित बोल्दैछु), कि व्‍यवस्थाले मानिस जीवित रहँदासम्म मात्र नियन्‍‍त्रण गर्छ?
\v 2 किनकि एक विवाहित स्‍‍त्री आफ्नो पति जीवित रहँदासम्म व्यवस्थाद्वारा बाँधिएकी हुन्छे, तर यदि त्यसको पति मर्‍यो भने त्यो त्यस विवाहको व्यवस्थाबाट मुक्त हुन्छे ।
\v 3 त्यस्तै, त्यसको पति जीवित हुँदा त्यो अर्को पुरुषसँग बसी भने, त्यसलाई व्यभिचारिणी स्‍‍त्री भनिनेछ । तर त्यसको पति मर्‍यो भने, त्यो त्यस व्यवस्थाबाट मुक्त हुन्छे, त्यसैले त्यो अर्को पुरुषसँग बसी भने पनि त्यो व्यभिचारिणी हुँदिन ।
\v 4 त्यसैले मेरा भाइहरू हो, तिमीहरू पनि ख्रीष्‍टको शरीरद्वारा व्यवस्थाको निम्ति मरेका थियौ । ताकि हामीले परमेश्‍वरको निम्ति फल फलाउन सकौं भनेर तिमीहरू अर्कोसँग अर्थात् मृतकहरूबाट जीवित पारिनुभएकासँग एक हुन सकोस् ।
\v 5 किनकि जब हामी शरीरमा थियौं, व्यवस्थाद्वारा सक्रिय गराइएका पापमय स्वभावहरू, मृत्युको निम्ति फल फलाउन हाम्रा शरीरका अङ्गहरूमा काम गर्थे ।
\v 6 तर अब हामी व्यवस्थाबाट स्वतन्‍‍त्र पारिएका छौं । हामीलाई जुन कुराले बाँधेको थियो, त्यसको निम्ति हामी मरेका छौं । हामीले पुरानो विधानमा होइन, तर पवित्र आत्माको नयाँपनमा सेवा गर्न सकौं भनेर यसो भएको हो ।
\p
\v 7 त्यसो भए, हामीले के भन्‍ने त? के व्यवस्था आफैं पाप हो? यस्तो कहिल्यै नहोस् । तथापि यदि व्यवस्था नभएको भए मैले कहिल्यै पाप जान्‍ने थिइनँ । किनकि यदि व्यवस्थाले, “तैंले लोभ नगर्” नभनेसम्म मैले लोभ के हो भनी जान्‍ने थिइनँ ।
\v 8 तर पापले यी आज्ञाद्वारा मौका पायो अनि ममा हर किसिमको अभिलाषा ल्यायो । किनकि व्यवस्थाविना पाप मरेको हुन्छ ।
\v 9 एक समय म व्यवस्थाविना जीवित थिएँ, तर जब आज्ञा आयो, पापले पुनः जीवन पायो, र म मरें ।
\v 10 जीवन ल्याउनुपर्ने आज्ञा मेरो निम्ति मृत्यु हुनपुग्यो ।
\v 11 किनकि पापले यी आज्ञाद्वारा मौका छोप्यो र मलाई छल गर्‍यो । आज्ञाद्वारा यसले मलाई मार्‍यो ।
\v 12 त्यसैले व्यवस्था पवित्र छ, अनि आज्ञा पवित्र, धार्मिक र असल छ ।
\p
\v 13 त्यसैले के जे असल छ त्यो मेरो निम्ति मृत्यु बन्यो? यस्तो कहिल्यै नहोस् । तर पापलाई पाप नै देखाउन सकियोस् भनी जे असल थियो त्यसद्वारा पापले ममा मृत्यु उत्पन्‍न गरायो, ताकि आज्ञाद्वारा पाप अत्यधिक पापमय बन्‍न सकोस् ।
\p
\v 14 किनकि हामी जान्दछौं, कि व्यवस्था आत्मिक हो, तर म शारीरिक हुँ । म पापको दासत्वमुनि बेचिएको छु ।
\v 15 किनकि म जे गर्छु, त्यो म वास्तवमा बुझ्दिनँ । किनकि म जे गर्न चाहन्छु, त्यो म गर्दिनँ, अनि म जेलाई घृणा गर्छु, म त्यही गर्छु ।
\v 16 तर म जे चाहँदिनँ म त्यही गर्छु भने, व्यवस्था असल हो भनी म व्यवस्थासँग सहमत हुन्छु ।
\v 17 तर अब यो गर्ने म होइन, तर ममा रहने पाप हो ।
\v 18 किनकि म जान्दछु, कि ममा अर्थात् मेरो शरीरमा कुनै पनि असल थोक बास गर्दैन । किनकि ममा असल गर्ने इच्छा छ, तर म यो गर्न सक्दिनँ ।
\v 19 किनकि मैले चाहेको असल थोक म गर्दिनँ, तर म जुन खराब कुरो गर्न चाहन्‍नँ, म त्यही गर्छु ।
\v 20 अब म जे गर्न चाहँदिनँ त्यही गर्छु भने, यो गरिरहने म होइन, तर ममा बास गर्ने पाप हो ।
\v 21 त्यसैले म यो व्यवस्था भेट्टाउँछुः जब म असल गर्न चाहन्छु, दुष्‍टता मसँगै उपस्थित हुन्छ ।
\v 22 किनकि म भित्री मनुष्यत्वसँगै परमेश्‍वरको व्यवस्थामा आनन्द मनाउँछु ।
\v 23 तर म मेरा शरीरका अङ्गहरूमा फरक व्यवस्था देख्छु । यसले मेरो मनको नयाँ व्यवस्थाको विरुद्धमा लड्छ । मेरा शरीरका अङ्गहरूमा भएको पापको व्यवस्थाद्वारा यसले मलाई कैदी बनाउँछ ।
\v 24 म दुःखी मानिस हुँ! मलाई यो मृत्युको शरीरबाट कसले छुटकारा दिनेछ?
\v 25 तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरलाई धन्यवाद होस्! त्यसैले म आफैंले मेरो मनले परमेश्‍वरको व्यवस्थाको सेवा गर्छु । तापनि शरीरले म पापको व्यवस्थाको सेवा गर्छु ।
\c 8
\cl अध्याय ८
\p
\v 1 त्यसकारण अब ख्रीष्‍ट येशूमा भएकाहरूलाई दण्डको कुनै आज्ञा छैन ।
\v 2 किनकि ख्रीष्‍ट येशूमा जीवनको आत्माको व्यवस्थाले तिमीलाई पाप र मृत्युको व्यवस्थाबाट स्वतन्‍‍त्र बनाएको छ ।
\v 3 किनकि व्यवस्था शरीरद्वारा कमजोर भएको हुनाले जे व्यवस्थाले गर्न असमर्थ थियो, सो परमेश्‍वरले गर्नुभयो । उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको रूपमा पापको निम्ति बलिदान हुन पठाउनुभयो, र उहाँले पापलाई शरीरमा दण्ड दिनुभयो ।
\v 4 हामीमा व्यवस्थाका आवश्‍यकताहरू पूरा हुन सकोस् भनेर उहाँले यसो गर्नुभयो, हामी जो शरीरअनुसार होइन, तर आत्माअनुसार चल्छौं।
\v 5 जो शरीरअनुसार जिउँछन्, तिनीहरूले शरीरका कुराहरूमा ध्यान दिन्छन्, तर जो आत्माअनुसार जिउँछन्, तिनीहरूले आत्माका कुराहरूमा ध्यान दिन्छन् ।
\v 6 किनकि शरीरमा मन लगाउनु मृत्यु हो, तर आत्मामा मन लगाउनु जीवन र शान्ति हो ।
\v 7 शरीरमा मन लगाउनु परमेश्‍वरप्रति शत्रुता हो, किनकि यो परमेश्‍वरको व्यवस्थाको अधीनमा हुँदैन, न त त्यो कहिल्यै हुनसक्छ ।
\v 8 जो शरीरमा छन्, तिनीहरू परमेश्‍वरलाई खुसी तुल्याउन सक्दैनन् ।
\v 9 तापनि यदि वास्तवमा परमेश्‍वरका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने, तिमीहरू शरीरमा छैनौ, तर आत्मामा छौ । तर यदि कसैसँग ख्रीष्‍टका आत्मा हुनुहुन्‍न भने, त्यो उहाँको होइन ।
\v 10 यदि ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्छ भने, पापको कारणले शरीर मृत हुन्छ, तर धार्मिकताको कारणले आत्मा जीवित हुन्छ ।
\v 11 यदि येशूलाई मृतकहरूबाट जीवित पार्नुहुनेका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने, ख्रीष्‍टलाई मृतकहरूबाट जीवित पार्नुहुनेले नै तिमीहरूमा बास गर्नुहुने उहाँका आत्माद्वारा तिमीहरूको मरणशील शरीरलाई जीवन दिनुहुनेछ ।
\p
\v 12 त्यसकारण भाइ हो, हामी ऋणी छौं, तर शरीरअनुसार जिउन शरीरप्रति ऋणी छैनौं ।
\v 13 किनकि यदि तिमीहरू शरीरअनुसार जिउँछौ भने, तिमीहरू मर्न लागेका छौ, तर यदि तिमीहरूले आत्माद्वारा शरीरका कामहरूलाई मार्छौ भने तिमीहरू जिउनेछौ ।
\p
\v 14 किनकि जति परमेश्‍वरका आत्माद्वारा डोर्‍याइएका छन्, तिनीहरू नै परमेश्‍वरका छोराछोरीहरू हुन् ।
\v 15 तिमीहरू फेरि भयभीत भई जिउनको लागि दासत्वको आत्मा पाएका छैनौ; बरु, तिमीहरूले धर्मपुत्रको आत्मा पाएका छौ जसद्वारा हामी “अब्बा, पिता!” भनी पुकार्छौं ।
\v 16 हामी परमेश्‍वरका सन्तान हौं भनी आत्मा स्वयम्‌ले हाम्रो आत्मालाई गवाही दिनुहुन्छ ।
\v 17 यदि हामी सन्तानहरू हौं भने त हामी उत्तराधिकारीहरू पनि हौं अर्थात् परमेश्‍वरका उत्तराधिकारीहरू हौं । अनि हामी ख्रीष्‍टसँगै साझे-उत्तराधिकारीहरू हौं, वास्तवमा हामी उहाँसँगै कष्‍ट भोग्छौं भने हामी पनि उहाँसँगै महिमित हुनसक्छौं ।
\p
\v 18 किनकि यो वर्तमान समयका कष्‍टहरू हामीलाई प्रकट गरिने महिमासँग तुलना गर्न योग्यका छैनन् भन्‍ने म ठान्छु ।
\v 19 किनकि सृष्‍टिको उत्कट आशा परमेश्‍वरका पुत्रहरूको प्रकटीकरणको प्रतीक्षामा छ ।
\v 20 किनकि सृष्‍टिलाई व्यर्थताको वशमा सुम्पिइयो, यसको आफ्नै इच्छामा होइन, तर यसलाई वशमा राख्‍नुहुनेको कारणले, यसै आशामा,
\v 21 कि सृष्‍टि स्वयम्‌लाई विनाशको दासत्वबाट मुक्‍त गरिनेछ, र यसलाई परमेश्‍वरका सन्तानहरूका महिमाको स्वतन्‍‍त्रतामा ल्याइनेछ ।
\v 22 किनकि हामी जन्दछौं, कि सारा सृष्‍टि अहिले पनि एकसाथ क्रन्दन र प्रसव वेदनामा छ ।
\v 23 यति मात्र होइन, तर पवित्र आत्माको पहिलो फल भएका हामी आफैं पनि भित्र क्रन्दनमा छौं, जसै हामी हाम्रो धर्मपुत्र ग्रहणको प्रतीक्षा अर्थात् हाम्रो शरीरको उद्धारको प्रतीक्षा गर्छौं ।
\v 24 किनकि हामीलाई यही आशाद्वारा बचाइएको थियो ।अब देखिएको आशा चाहिं आशा होइन । किनकि आफूले देख्‍न सक्ने कुराको लागि कसले आशा गर्छ?
\v 25 तर यदि हामी आफूले नदेखेका कुरामा आशा गर्छौं भने, हामी यसको लागि धैर्यसाथ प्रतीक्षा गर्छौं ।
\p
\v 26 त्यसै गरी, आत्माले पनि हाम्रो कमजोरीमा सहायता गर्नुहुन्छ । किनकि कसरी प्रार्थना गर्ने भनी हामी जान्दैनौं, तर आत्माले व्यक्त गर्न नसकिने क्रन्दनले हाम्रो निम्ति मध्यस्थता गर्नुहुन्छ ।
\v 27 जसले हृदयको खोजी गर्नुहुन्छ उहाँले आत्माको विचार जान्‍नुहुन्छ, किनभने उहाँले परमेश्‍वरका पवित्र जनहरूको तर्फबाट अन्तरबिन्‍ती गर्नुहुन्छ ।
\p
\v 28 हामी जान्दछौँ, कि परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँको उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले सबै थोकमा एकसाथ भलाइको निम्ति काम गर्नुहुन्छ । \f + \ft केही ग्रीक प्रतिलिपिहरूमा \fqa उहाँले सबै थोकमा एकसाथ भलाइको निम्ति काम गर्नुहुन्छ \fqa* को सट्टामा \fqa सबै थोकले एकसाथ भलाइको निम्ति काम गर्छन् \fqa* छ \f*
\v 29 किनभने जसलाई उहाँले पहिलेदेखि नै जान्‍नुहुन्थ्यो, उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूप समान हुन पहिले नै नियुक्‍ति पनि गर्नुभयो ताकि उहाँ धेरै भाइहरूमध्ये ज्येष्‍ठ होऊन् ।
\v 30 जसलाई उहाँले पहिले नै नियुक्‍ति गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो । जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई धर्मी पनि ठहर्‍याउनुभयो । जसलाई उहाँले धर्मी ठर्‍याउनुभयो, तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो ।
\p
\v 31 त्यसो भए, यी कुराहरूको विषयमा हामी के भनौं त? यदि परमेश्‍वर नै हाम्रो पक्षमा हुनुहुन्छ भने, हाम्रो विरुद्धमा को हुन्छ र?
\v 32 उहाँ जसले आफ्ना पुत्रलाई पनि बाँकी राख्‍नुभएन तर हामी सबैको तर्फबाट उहाँलाई सुम्पिदिनुभयो, कसरी उहाँले हामीलाई उहाँसँगै सबै थोक पनि सितैंमा दिनुहुन्‍न र?
\v 33 परमेश्‍वरका चुनिएकाहरूका विरुद्धमा कसले कुनै दोष ल्याउनेछ? धर्मी तुल्याउनुहुने त परमेश्‍वर नै हुनुहुन्छ ।
\v 34 दण्डको आज्ञा दिनुहुने को हुनुहुन्छ? ख्रीष्‍ट येशू नै हुनुहुन्छ जो मर्नुभयो—अनि त्यसभन्दा बढी जो जीवित भई उठ्नुभयो—जो परमेश्‍वरको दाहिने हाततर्फ हुनुहुन्छ, र जो हाम्रा लागि मध्यस्थता पनि गरिरहनुभएको छ ।
\v 35 हामीलाई ख्रीष्‍टको प्रेमबाट कसले अलग गर्नेछ? सङ्कष्‍टले, वा दुःखले, वा सतावटले, वा भोकले, वा नग्‍नताले, वा खतराले, वा तरवारले?
\v 36 जस्तो लेखिएको छ, “तपाईंको लाभको निम्ति हामी दिनभरि मारिन्छौं । हामीलाई मारिने भेडाहरूझैं ठानियो ।”
\v 37 यी सबै कुरामा हामी हामीलाई प्रेम गर्नुहुनेद्वारा विजेताहरूभन्दा पनि बढी छौं ।
\v 38 किनकि म विश्‍वस्त भएको छु, कि न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न शासकहरूले, न वर्तमानका कुराहरूले, न आउने कुराहरूले,
\v 39 न उचाइले, न गहिराइले, न सृष्‍टि गरिएको कुनै थोकले हाम्रा प्रभु ख्रीष्‍ट येशूमा भएको परमेश्‍वरको प्रेमबाट हामीलाई अलग गर्न सक्नेछ ।
\c 9
\cl अध्याय ९
\p
\v 1 म ख्रीष्‍टमा साँचो भन्दछु । म ढाँट्‌दिनँ, र मेरो विवेकले पवित्र आत्मामा मसँगै साक्षी दिन्छ,
\v 2 कि मेरो लागि मेरो हृदयमा असाध्य शोक र अटुट पीडा छ ।
\v 3 किनकि म इच्छा गर्थें, कि मेरा भाइहरू अर्थात् शरीरअनुसार आफ्नै जातिका खातिर म आफैंचाहिं श्रापित होऊँ र ख्रीष्‍टबाट अलग गरिऊँ ।
\v 4 तिनीहरू इस्राएलीहरू हुन् । तिनीहरूसँग धर्मपुत्र हुने अधिकार, महिमा, करारहरू, व्यवस्थाको उपहार, परमेश्‍वरको आराधना र प्रतिज्ञाहरू छन् ।
\v 5 तिनीहरू ती पुर्खाहरू हुन् जसबाट शरीरअनुसार ख्रीष्‍ट आउनुभएको छ—उहाँ नै सबैमाथिका परमेश्‍वर हुनुहुन्छ । सदासर्वदा उहाँको प्रशंसा भइरहोस् । आमेन ।
\p
\v 6 तर यो परमेश्‍वरका प्रतिज्ञाहरू चुकेकोजस्तो होइन । किनकि इस्राएलमा भएका सबैजना साँचो रूपमा इस्राएलका होइनन् ।
\v 7 न त अब्राहामका सबै सन्तानहरू साँचो रूपमा तिनका छोराछोरीहरू नै हुन् । तर, “इसहाकबाट नै तेरा सन्तानहरू भनिनेछन् ।”
\v 8 अर्थात् शरीरबाट जन्मेका छोराछोरीहरू परमेश्‍वरका छोराछोरीहरू होइनन् । तर प्रतिज्ञाका छोराछोरीहरू नै सन्तानहरूका रूपमा गनिन्छन् ।
\v 9 किनकि प्रतिज्ञाको वचन यही होः “म यही समयमा आउनेछु, र सारालाई एउटा छोरो दिइनेछ ।”
\v 10 यति मात्र होइन, तर रिबेका पनि एक जना मानिस अर्थात् हाम्रा पिता इसहाकबाट गर्भवती भएपछि–
\v 11 किनकि छोराछोरीहरू अझ जन्मेका थिएनन् र तिनीहरूले कुनै असल वा खराब केही गरेका थिएनन्, ताकि परमेश्‍वरको उद्देश्य कामहरूका कारण होइन, तर बोलाउनुहुनेको कारणले चुनाउअनुसार ठहरियोस्—
\v 12 तिनलाई यसो भनियो, “जेठोले कान्छोको सेवा गर्नेछ ।”
\v 13 जस्तो लेखिएको थियोः “मैले याकूबलाई प्रेम गरें, तर एसावलाई घृणा गरें ।”
\p
\v 14 त्यसो हो भने, हामी के भनौं त? के परमेश्‍वरसित अधार्मिकता छ त? यस्तो कहिल्यै नहोस् ।
\v 15 किनकि उहाँ मोशालाई भन्‍नुहुन्छ, “जसमाथि म दया देखाउन चाहन्छु, त्यसमाथि म दया देखाउनेछु, र जसमाथि म करुणा देखाउन चाहन्छु, त्यसमाथि म करुणा देखाउनेछु ।”
\v 16 त्यसैले यो इच्छा गर्नेको कारणले होइन, न त दौड्नेको कारणले नै हो, तर दया देखाउनुहुने परमेश्‍वरको कारणले नै हो ।
\v 17 किनकि धर्मशास्‍‍त्रले फारोलाई भन्छ, “यही उद्देश्यको निम्ति मैले तँलाई खडा गरें, ताकि मैले तँमा मेरो शक्‍ति प्रदर्शन गर्न सकूँ, र सारा पृथ्वीमा मेरो नाउँ घोषणा गरियोस् ।”
\v 18 त्यसैले परमेश्‍वरले जसलाई इच्छा गर्नुहुन्छ त्यसलाई दया गर्नुहुन्छ, र जसलाई इच्छा गर्नुहुन्छ त्यसलाई कठोर पनि बनाउनुहुन्छ ।
\p
\v 19 तब तिमीहरूले मलाई भन्‍नेछौ, “उहाँले किन अझ पनि गल्ती नै भेट्टाउनुहुन्छ त? किनकि उहाँको इच्छाको सामु को खडा भएको छ?”
\v 20 त्यसको विपरीत, हे मानिस, परमेश्‍वरको विरुद्धमा जवाफहरू दिने तिमी को हौ? के आकार दिइएको थोकले आकार दिनेलाई यसो भन्छ, “तिमीले मलाई किन यस्तो बनायौ? ”
\v 21 के कुमालेसित उही माटोको डल्लोबाट एउटा भाँडो विशेष प्रयोगको निम्ति र अर्को भाँडो दैनिक प्रयोगको निम्ति बनाउने अधिकार हुँदैन र?
\v 22 परमेश्‍वरले नै उहाँको क्रोध देखाउने र आफ्नो शक्ति प्रकट गर्ने इच्छा गर्दै, विनाशको निम्ति तयार पारिएका भाँडाहरूलाई निकै धैर्यसाथ सहनुभयो भने के त?
\v 23 यदि उहाँले पहिलेबाट नै महिमाको निम्ति तयार पार्नुभएको दयाका भाँडाहरूमाथि उहाँको महिमाको सम्पत्ति प्रकट गर्न यसो गर्नुभयो भने के त?
\v 24 यदि उहाँले यो हाम्रो निम्ति पनि गर्नुभयो, जसलाई उहाँले यहूदीहरूबाट मात्र होइन, तर गैरयहूदीहरूबाट पनि बोलाउनुभयो भने के त?
\v 25 जसरी उहाँ होशेको पुस्तकमा पनि भन्‍नुहुन्छः “जो मेरा मानिसहरू थिएनन्, म तिनीहरूलाई मेरा मानिसहरू भन्‍नेछु, र जो प्रिय थिईनन् तिनलाई प्रिय भन्‍नेछु ।
\p
\v 26 र यस्तो हुनेछ, कि जहाँ तिनीहरूलाई ‘तिमीहरू मेरा मानिसहरू होइनौ’ भनियो, त्यहाँ तिनीहरूलाई ‘जीवित परमेश्‍वरका छोराहरू’ भनिनेछ ।”
\p
\v 27 यशैया इस्राएलको विषयमा भन्छन्, “इस्राएलका छोराहरूको सङ्ख्या समुद्रको बालुवाजत्ति भए तापनि बाँकी रहेकाहरू मात्र बचाइनेछन् ।
\v 28 किनकि प्रभुले आफ्नो वचन पृथ्वीमा पूर्ण रूपमा र ढिला नगरी पूरा गर्नुहुनेछ ।"
\p
\v 29 जसै यशैयाले अगाडि भनेका थिए, “यदि सेनाहरूका प्रभुले हाम्रा निम्ति सन्तानहरू छोड्नुभएको थिएन भने, हामी सदोम जस्तै हुनेथियौं र गमोराजस्ता बन्‍नेथियौं ।”
\p
\v 30 त्यसो भए, हामी के भनौं त? गैरयहूदीहरू जसले धार्मिकतालाई पछ्याइरहेका थिएनन्, तिनीहरूले धार्मिकता अर्थात् विश्‍वासद्वारा आउने धार्मिकता प्राप्‍त गरे ।
\v 31 तर इस्राएल, जो धार्मिकताको व्यवस्थाको पछि लागे, तिनीहरू त्यसमा आइपुगेनन् ।
\v 32 किन त? किनभने तिनीहरूले त्यसलाई विश्‍वासद्वारा खोजेनन्, तर कामहरूद्वारा खोजे । तिनीहरू ठेस लाग्‍ने ढुङ्गामा ठेस खाए,
\v 33 जस्‍तो लेखिएको छ, “हेर, मैले सियोनमा एउटा ठेस लाग्‍ने ढुङ्गा र ठक्कर लाग्‍ने चट्टान राख्‍दैछु । जसले यसमा विश्‍वास गर्छ त्यो लज्‍जित हुनेछैन ।”
\c 10
\cl अध्याय १०
\p
\v 1 भाइहरू हो, मेरो हृदयको इच्छा र परमेश्‍वरलाई मेरो बिन्ती तिनीहरूका लागि यही छ कि तिनीहरूले उद्धार पाऊन् ।
\v 2 किनकि म तिनीहरूको विषयमा गवाही दिन्छु, कि तिनीहरूसँग परमेश्‍वरको निम्ति जोस छ, तर ज्ञानअनुसार छैन ।
\v 3 किनकि तिनीहरूले परमेश्‍वरबाट आएको धार्मिकता नबुझेर, र आफ्नै धार्मिकता स्थापित गर्न खोजेर, तिनीहरू परमेश्‍वरको धार्मिकताको अधीनमा रहेनन् ।
\v 4 किनकि विश्‍वास गर्ने सबैको निम्ति ख्रीष्‍ट नै धार्मिकताको निम्ति व्यवस्थाको समाप्‍ति हुनुहुन्छ ।
\p
\v 5 किनकि मोशा व्यवस्थाबाट आउने धार्मिकताको विषयमा लेख्‍छन्ः “व्यवस्थाको धार्मिकता पालन गर्ने मानिस, यो धार्मिकताद्वारा नै जिउनेछ ।”
\v 6 तर विश्‍वासद्वारा आउने धार्मिकताले यसो भन्छ: “आफ्नो हृदयमा यसो नभन, ‘स्वर्गमा को उक्लने? (अर्थात् ख्रीष्‍टलाई तल ल्याउन);
\v 7 र यसो नभन, ‘तल पातालसम्म को ओर्लने?" (अर्थात् ख्रीष्‍टलाई मरेकाहरूबाट ल्याउन),
\v 8 तर यसले के भन्छ? “वचन तिम्रो नजिकै छ, तिम्रो मुखमा र तिम्रो हृदयमा छ ।” त्यो विश्‍वासको वचन हो, जुन हामी घोषणा गर्छौं ।
\v 9 किनकि यदि तिमीले तिम्रो मुखले येशूलाई प्रभु भनी स्वीकार गर्छौ, र परमेश्‍वरले उहाँलाई मृतकहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्‍वास गर्छौ भने, तिमी बचाइनेछौ ।
\v 10 किनकि मानिसले आफ्नो हृदयले विश्‍वास गर्छ र त्यससँग धार्मिकता हुन्छ, र त्यसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ ।
\v 11 किनकि धर्मशास्‍‍त्रले भन्छ, “हरेक जसले उहाँमा विश्‍वास गर्छ, त्यो शर्ममा पारिनेछैन ।”
\v 12 किनकि यहूदी र ग्रीकहरूबीच कुनै भिन्‍नता छैन । किनकि उही प्रभु नै सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्ने सबैको लागि उहाँ प्रशस्त हुनुहुन्छ ।
\v 13 किनकि प्रभुको नाम पुकार्ने सबैले उद्धार पाउनेछन् ।
\p
\v 14 त्यसो हो भने, जसमाथि तिनीहरूले विश्‍वास गरेका छैनन् उहाँलाई कसरी पुकार्न सक्छन्? जसको विषयमा तिनीहरूले सुनेका छैनन् उहाँमाथि कसरी विश्‍वास गर्न सक्छन्? प्रचारकविना तिनीहरूले कसरी सुन्‍न सक्छन्?
\v 15 र जबसम्म तिनीहरू पठाईंदैनन्, तिनीहरूले कसरी प्रचार गर्न सक्छन्?—जस्तो लेखिएको छ, “सुसमाचार प्रचार गर्नेहरूका पाउ कति राम्रा!”
\v 16 तर तिनीहरू सबैले सुसमाचार पालन गरेनन् । किनकि यशैया भन्छन्, “हे प्रभु, हामीबाट सुनेको कुरा कसले विश्‍वास गरेको छ?”
\v 17 त्यसैले विश्‍वास सुनाइबाट आउँछ, र सुनाइ ख्रीष्‍टको वचनद्वारा आउँछ ।
\p
\v 18 तर म भन्छु, “के तिनीहरूले सुनेनन्?” हो, निश्‍चय नै । “तिनीहरूको आवाज सारा पृथ्वीभरि, र तिनीहरूका वचनहरू पृथ्वीको अन्त्यसम्म पुगेका छन् ।”
\p
\v 19 यसको अतिरिक्‍त, म भन्छु, “के इस्राएलले बुझेन?” पहिले मोशा भन्छन्, “म तिमीहरूलाई एउटा जाति नै नभएको समूहद्वारा डाही तुल्याउनेछु । समझविनाको जातिद्वारा म तिमीहरूलाई क्रोधित तुल्याउनेछु ।”
\p
\v 20 तब यशैया निकै साहसी थिए, जब तिनी भन्छन्, “जसले मलाई खोजेनन्, तिनीहरूले मलाई भेट्टाए । जसले मलाई बिन्ती गरेनन्, म तिनीहरूकहाँ देखा परें ।”
\p
\v 21 तर इस्राएललाई उहाँ भन्‍नुहुन्छ, “मैले मेरा हात दिनभरि अनाज्ञाकारी र हठी मानिसहरूतिर फैलाएँ ।”
\c 11
\cl अध्याय ११
\p
\v 1 त्यसो भए म भन्छु, के परमेश्‍वरले आफ्ना मानिसहरूलाई इन्कार गर्नुभयो त? त्यस्तो कहिल्यै नहोस् । किनकि म पनि अब्राहामको सन्तान, बेन्यामीन कुलका एक इस्राएली हुँ ।
\v 2 परमेश्‍वरले अघिबाटै पहिचान गर्नुभएको आफ्नो मानिसलाई इन्कार गर्नुभएन । एलियाको बारेमा धर्मशास्‍‍त्रले के भन्छ अर्थात् तिनले इस्राएलको विरुद्धमा परमेश्‍वरसँग कसरी बिन्ती गरे भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन?
\v 3 “हे प्रभु, तिनीहरूले तपाईंका अगमवक्‍ताहरूलाई मारेका छन्, तिनीहरूले तपाईंका वेदीहरूलाई भत्काएका छन् । म एक्लै छोडिएको छु, र तिनीहरूले मेरो ज्यान लिन खोजिरहेका छन् ।”
\v 4 तर परमेश्‍वरको जवाफले तिनलाई के भन्छ? “बालको सामु आफ्ना घुँडा नटेकेका सात हजार मानिसलाई मैले मेरो निम्ति साँचेर राखेको छु ।”
\v 5 त्यसो भएपनि, अनुग्रहको छनोटको कारण वर्तमान समयमा पनि बाँकी रहेकाहरू छन् ।
\v 6 तर यो अनुग्रहद्वारा हो भने यो कामद्वारा होइन । नत्रता अनुग्रह, अनुग्रह नै हुने थिएन । \f + \ft केही प्राचीन प्रतिलिपिहरूमा \fqa तर यदि यो कामहरूद्वारा हो भने यो अनुग्रह हुँदै होइन; नत्रता काम, काम नै हुँदैन \fqa* छ । \f*
\p
\v 7 त्यसो भए के त? इस्राएलले जे खोजिरहेको थियो, त्यो पाएन, तर चुनिएकाहरूले त्यो पाए, र बाँकी रहेकाहरूलाई चाहिं कठोर बनाइए ।
\v 8 जस्तो लेखिएको छः “आजको दिनसम्म पनि परमेश्‍वरले तिनीहरूलाई बोधो आत्मा दिनुभएको छ, ताकि तिनीहरूका आँखा छन् र पनि तिनीहरूले देख्‍न नसकून् अनि कान छन् र पनि तिनीहरूले सुन्‍न नसकून् ।”
\v 9 अनि दाऊद भन्छन्, “तिनीहरूका टेबुल तिनीहरूका निम्ति जाल र पासो, बाधा र प्रतिशोध बनोस् ।
\q
\v 10 तिनीहरूका आँखा अँध्यारो होस्, ताकि तिनीहरूले नदेखून्, र तिनीहरूका ढाड सधैं कुप्रो भइरहून् ।”
\p
\v 11 त्यसो भए म भन्छु, “के तिनीहरू पतन हुनका लागि ठक्‍कर खाएका हुन्?” त्यस्तो कहिल्यै नहोस् । बरु, तिनीहरूलाई डाही तुल्याउनको निम्ति, तिनीहरूका असफलताद्वारा गैरयहूदीहरूकहाँ मुक्‍ति आएको छ ।
\v 12 अब यदि तिनीहरूको असफलता संसारको निम्ति धन हो, र यदि तिनीहरूको नोक्सानी गैरयहूदीहरूका निम्ति धन हो भने, तिनीहरूको पूर्णता झनै कति ठुलो हुनेछ?
\p
\v 13 तर अहिले म गैरयहूदीहरूसँग बोलिरहेको छु, र जबसम्म म गैरयहूदीहरूको प्रेरित हुन्छु, म मेरो सेवकाईमा गर्व गर्छु ।
\v 14 सायद मेरा आफ्नैहरूलाई म डाही तुल्याउनेछु । सायद हामीले तिनीहरूमध्ये केहीलाई बचाउनेछौं ।
\v 15 किनकि यदि तिनीहरूको इन्कार संसारको मिलाप हो भने, तिनीहरूको स्वीकार, मृतकहरूबाट जीवित पारिनुबाहेक के हुनेछ र?
\v 16 यदि अगौटे फलहरूलाई बचाएर राखिन्छ भने मुछेको पिठोको ढिक्‍कालाई पनि त्यसै गरिन्छ । यदि जरालाई बचाएर राखिन्छ भने हाँगाहरूलाई पनि त्यसै गरिन्छ ।
\p
\v 17 तर यदि केही हाँगाहरू भाँचिएका थिए भने तिमी जङ्गली जैतूनको हाँगालाई तिनीहरूसँग कलमी बाँधिएका थियौ भने, र तिमीहरू जैतून रूखको उर्बर जरामा तिनीहरूसँग सहभागी भयौ भने
\v 18 हाँगाहरू भएकोमा घमण्ड नगर । तर यदि तिमीले गर्व गर्छौ भने, जरालाई थाम्‍ने तिमी होइनौ, तर जराले तिमीलाई थाम्छ ।
\v 19 तब तिमीले भन्‍नेछौ, “हाँगाहरू भाँचिएका थिए, ताकि ममा कलमी बाँधियोस् ।”
\v 20 त्यो सत्य हो । तिनीहरूको अविश्‍वासको कारण तिनीहरू काटिए, तर तिमीहरू तिमीहरूको विश्‍वासको कारण खडा छौ । आफैंलाई अति उच्‍च नठान, तर भय मान ।
\v 21 किनकि परमेश्‍वरले प्राकृतिक हाँगाहरूलाई त छोड्नुभएन भने, उहाँले तिमीहरूलाई पनि छोड्नुहुनेछैन ।
\p
\v 22 तब परमेश्‍वरको दयाका कामहरू र कठोरतालाई हेर: पतन भएका यहूदीहरूमाथि कठोरता आयो, तर यदि तिमीहरू उहाँको भलाइमा लागिरह्‍यौ भने तिमीहरूमाथि परमेश्‍वरको भलाइ आउँछ । नत्रता तिमीहरू पनि काटिनेछौ ।
\v 23 अनि त्यसरी नै, यदि तिनीहरू आफ्ना अविश्‍वासमा लागिरहँदैनन् भने तिनीहरू पुनः कलमी बाँधिनेछन् । किनकि परमेश्‍वरले तिनीहरूलाई फेरि कलमी बाँध्‍न सक्नुहुन्छ ।
\v 24 किनकि यदि तिमीहरू स्वभावैले जङ्गली जैतूनको रूख भएर पनि काटियौ, र त्यस स्वभाव विपरीत असल जैतून रूखमा कलमी बाँधियौ भने, यी प्राकृतिक हाँगाहरू आफ्नै जैतूनको रूखमा कति धेरै कलमी बाँधिनेछन्?
\p
\v 25 किनकि भाइहरू हो, तिमीहरू यो रहस्यबारे अन्जान रहो भन्‍ने म चाहन्‍नँ, ताकि तिमीहरू आफ्‍नै विचारमा बुद्धिमानी नहोऊः गैरयहूदीहरू पूरा संख्यामा नआएसम्म इस्राएलमा आंशिक कठोरता आएको छ ।
\v 26 त्यसैले सबै इस्राएल उद्धार हुनेछ, जस्तो लेखिएको छ: “सियोनबाट एक जना उद्धारकर्ता आउनुहुनेछ । उहाँले याकूबबाट अधर्म हटाउनुहुनेछ,
\v 27 अनि तिनीहरूसँग मेरो करार यही हुनेछ, जब म तिनीहरूका पापहरू उठाई लानेछु ।”
\p
\v 28 सुसमाचारको सम्बन्धमा भन्‍नुपर्दा, तिमीहरूका खातिर तिनीहरू शत्रु हुन् । तर चुनाउको सम्बन्धमा भन्‍नुपर्दा, तिनीहरूका पुर्खाहरूका कारण तिनीहरू प्रियहरू हुन् ।
\v 29 किनकि परमेश्‍वरका वरदानहरू र बोलावट अपरिवर्तनशील हुन्छन् ।
\v 30 किनकि तिमीहरू पहिला परमेश्‍वरप्रति अनाज्ञाकारी थियौ, तर तिनीहरूका अनाज्ञाकारिताले अहिले तिमीहरूले दया प्राप्‍त गरेका छौ ।
\v 31 त्यसरी नै, अहिले यी यहूदीहरू अनाज्ञाकारी भएका छन् । परिणाम यो हो कि तिमीहरूलाई देखाइएको दयाद्वारा तिनीहरूले पनि दया प्राप्‍त गर्न सकून् ।
\v 32 किनकि परमेश्‍वरले सबैलाई अनाज्ञाकारिताभित्र बन्द गर्नुभएको छ, ताकि उहाँले सबैलाई दया देखाउन सक्‍नुभएको होस् ।
\p
\v 33 ओहो! परमेश्‍वरका बुद्धि र ज्ञान दुवैका सम्पत्ति कति गहन! उहाँका न्यायहरू कति अगम्य, र उहाँका मार्गहरू खोज्‍न नै नसकिनेछन्!
\v 34 “किनकि परमेश्‍वरको मनलाई कसले जानेको छ अथवा उहाँको सल्लाहकार को भएको छ र?
\v 35 अथवा कसले परमेश्‍वरलाई पहिले कुनै कुरा दिएको छ, कि परमेश्‍वरले त्यसलाई फिर्ता दिनुपर्छ?”
\p
\v 36 किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन् । उहाँलाई नै सदासर्वदा महिमा होस् । आमेन ।
\c 12
\cl अध्याय १२
\p
\v 1 यसकारण भाइहरू हो, परमेश्‍वरको कृपाद्वारा म तिमीहरूलाई बिन्‍ती गर्छु, कि आ-आफ्ना शरीरलाई पवित्र र परमेश्‍वरमा ग्रहणयोग्य जिउँदो बलिको रूपमा अर्पण गर । यो नै तिमीहरूको उचित सेवा हो ।
\v 2 यस संसारको ढाँचाअनुसार नचल, तर आफ्‍नो मनलाई नयाँ बनाई परिवर्तित होओ । परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो भनी जान्‍न यसो गर ।
\p
\v 3 किनकि मलाई दिइएको अनुग्रहअनुसार तिमीहरूमध्ये हरेकलाई म भन्छुः तिमीहरूमध्‍ये कसैले पनि आफूलाई जस्तो ठान्‍नुपर्ने हो सोभन्दा बढी नठानोस्, बरु, परमेश्‍वरले तिमीहरूलाई दिनुभएको विश्‍वासको नापबमोजिम बुद्धिमानी ढङ्गले सोच ।
\v 4 किनकि हाम्रो एउटा शरीरमा धेरै अङ्गहरू छन्, तर सबै अङ्गहरूको एउटै काम हुँदैन ।
\v 5 त्यसरी नै, हामीहरू जो धेरै छौं, ख्रीष्‍टमा एउटै शरीर हौं, र भिन्‍नाभिन्‍नै एक-अर्काका अङ्गहरू हौं ।
\v 6 हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग फरक-फरक वरदानहरू छन् । यदि कसैको वरदान अगमवाणी हो भने, त्यसको विश्‍वासको परिमाणअनुसार गरियोस् ।
\v 7 यदि कसैको वरदान सेवाको हो भने, त्यसले सेवा गरोस् । यदि कसैसँग सिकाउने वरदान छ भने, त्यसले सिकाओस् ।
\v 8 यदि कसैको वरदान उत्साह दिने हो भने, त्यसले उत्साह देओस् । यदि कसैको वरदान दिने छ भने, त्यसले त्यो उदारतासाथ गरोस् । यदि कसैको वरदान अगुवाइ गर्ने हो भने, त्यो होसियारीसाथ गरियोस् । यदि कसैको वरदान दया गर्ने हो भने, त्यो प्रसन्‍नतासाथ गरियोस् ।
\p
\v 9 प्रेम निष्कपट होस् । जे खराब छ, त्यसलाई घृणा गर; जे असल छ, त्यसमा लागिरहो ।
\v 10 दाजुभाइहरूबीच हुने प्रेमको सम्बन्धमा चाहिं एक-अर्काप्रति स्‍नेही बन । आदर गर्ने सम्बन्धमा एक-अर्कालाई आदर गर ।
\v 11 लगनशीलताको सम्बन्धमा नहिच्‌किचाओ । आत्माको सन्बन्धमा उत्सुक होओ । प्रभुको सम्बन्धमा उहाँको सेवा गर ।
\v 12 आशामा आनन्द मनाओ, दुःखमा धैर्य गर र प्रार्थनामा विश्‍वासयोग्‍य होओ ।
\v 13 विश्‍वासीहरूका खाँचाहरूमा बाँड-चुँड गर । अतिथि सत्कारको निम्ति धेरै उपायहरूको खोजी गर ।
\v 14 तिमीहरूलाई सताउनेहरूलाई आशिष्‌‌ देओ; आशिष्‌‌ देओ र श्राप नदेओ ।
\v 15 आनन्द गर्नेहरूसँग आनन्द मनाओ; रुनेहरूसँग रोओ ।
\v 16 एक अर्काप्रति एउटै मनका होओ । अभिमानी तरिकाहरूले नसोच, तर नम्र मानिसहरूलाई स्वीकार गर । आफ्नै विचारहरूमा बुद्धिमान्‌ नहोओ ।
\v 17 खराबीको सट्टा खराबी नगर । सबै मानिसको नजरमा असल कुराहरू गर ।
\v 18 सम्भव भए, तिमीहरूको हकमा भएसम्म सबै मानिसहरूसँग शान्तिमा बस ।
\p
\v 19 प्रिय हो, आफैंले बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ । किनकि लेखिएको छ, “'बदला लिने काम मेरो हो; मैले बदला लिनेछु', परमप्रभु भन्‍नुहुन्छ ।"
\v 20 “तर तिम्रो शत्रु भोकाएको छ भने, त्यसलाई खान देऊ । त्यो तिर्खाएको छ भने, त्यसलाई पिउन देऊ । किनकि तिमीले यसो गर्‍यौ भने तिमीले त्यसको टाउकोमा आगोको भुङ्ग्रो खन्याउनेछौ ।”
\v 21 खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित ।
\c 13
\cl अध्याय १३
\p
\v 1 हरेक प्राणी उच्‍च अधिकारीहरूको अधीनतामा रहोस्, किनकि परमेश्‍वरबाट आउने अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन । जुन अधिकारीहरू छन्, तिनीहरू परमेश्‍वरद्वारा नियुक्त गरिएका हुन् ।
\v 2 यसकारण जसले उक्‍त अधिकारीहरूको प्रतिरोध गर्छ, त्यसले परमेश्‍वरको आज्ञाको विरोध गर्छ; र जसले यसलाई विरोध गर्छ, तिनीहरूले आफैंमाथि न्याय ल्याउनेछन् ।
\v 3 किनकि असल कामहरूका निम्ति होइन, तर दुष्‍ट कामहरूका निम्ति शासकहरूको डर मानिन्छ । के तिमी अधिकारीप्रति निर्भय हुने इच्छा गर्छौ? जे असल छ त्यही गर, र तिमीले तिनीको स्वीकृति पाउनेछौ ।
\v 4 किनकि भलाइको निम्ति तिनी तिम्रो लागि परमेश्‍वरका सेवक हुन् । तर यदि तिमीले खराबी गर्‍यौ भने भयभीत होऊ; किनकि तिनले विनाकारण तरवार भिर्दैनन् । किनकि तिनी परमेश्‍वरका एक सेवक हुन् अर्थात् खराबी गर्नेमाथि बदला लिने व्यक्‍ति हुन् ।
\v 5 यसकारण क्रोधको कारणले मात्र होइन, तर विवेकको खातिर पनि तिमीले आज्ञा पालन गर्नुपर्छ ।
\v 6 यसकारण तिमी कर पनि तिर्छौ । किनकि अधिकारीहरू यिनै कुराहरूको निरन्तर रूपमा हेरचाह गर्ने परमेश्‍वरका सेवकहरू हुन् ।
\v 7 तिर्नु पर्ने सबैलाई तिरः कर तिर्नुपर्नेलाई कर तिर र महसुल दिनुपर्नेलाई महसुल देऊ, डर मान्‍नुपर्नेको डर मान, इज्‍जत गर्नुपर्नेलाई इज्‍जत गर ।
\p
\v 8 एकले अर्कोलाई प्रेम गर्नुबाहेक कसैको ऋणी नहोऊ । किनकि जसले आफ्नो छिमेकीलाई प्रेम गर्छ, त्यसले व्यवस्था पालना गरेको हुन्छ ।
\v 9 आज्ञाहरू, “व्यभिचार नगर, हत्या नगर, नचोर, लालच नगर,” र यदि अरू कुनै आज्ञाहरू छन् भने यसलाई यही वाक्यमा सारांश गरिन्छ, “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर ।”
\v 10 प्रेमले छिमेकीलाई हानि गर्दैन । त्यसकारण प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो ।
\p
\v 11 यसकारण तिमीहरूले समय जान्दछौ, निन्द्राबाट ब्युँझने समय अघि नै आएको छ । किनकि हामीले पहिले विश्‍वास गरेको भन्दा अहिले हाम्रो मुक्‍ति अझ नजिक छ ।
\v 12 रात बितिसकेको छ, र दिन नजिकै आइपुगेको छ । त्यसकारण अन्धकारका कामहरू त्यागौं, र ज्योतिका हातहतियार धारण गरौं ।
\v 13 मोजमज्‍जा वा मतवालीपनमा होइन, दिनमा जस्तै उचित तवरले हिडौं; अनि यौन अनैतिकता वा अनियन्त्रित कामवासनामा, र झगडा वा ईर्ष्यामा नहिंडौं ।
\v 14 तर प्रभु येशू ख्रीष्‍टलाई धारण गर, र शरीरका कामवासनाहरूलाई सन्तुष्‍ट पार्न, शरीरको निम्ति कुनै स्थान नदेऊ ।
\c 14
\cl अध्याय १४
\p
\v 1 बहसहरूको बारेमा न्याय नगरीकनै विश्‍वासमा कमजोर हुनेलाई ग्रहण गर ।
\v 2 एक जनासँग कुनै पनि थोक खाने विश्‍वास हुन्छ, अर्को जो कमजोर छ, त्यसले सागसब्जी मात्र खान्छ ।
\v 3 सबै थोक खानेले सबै थोक नखानेलाई तुच्छ नठानोस्; अनि सबै थोक नखानेले सबै थोक खानेको न्याय नगरोस् । किनकि त्यसलाई परमेश्‍वरले ग्रहण गर्नुभएको छ ।
\v 4 अरूको सेवकको न्याय गर्ने तिमी को हौ? त्यो त्यसको मालिकको सामु नै खडा हुन्छ वा पतन हुन्छ । तर त्यसलाई खडा गराइनेछ, किनकि प्रभु त्यसलाई खडा गराउन सक्षम हुनुहुन्छ ।
\p
\v 5 एक जनाले कुनै दिनलाई अर्कोभन्दा मूल्यको मान्छ । अर्कोले हरेक दिनलाई समान रूपमा लिन्छ । प्रत्‍येक व्यक्ति आ-आफ्नै मनमा विश्‍वस्त होस् ।
\v 6 जसले कुनै दिन पालन गर्छ, त्यसले प्रभुकै निम्ति पालन गर्छ, र जसले खान्छ, त्यसले प्रभुकै निम्ति खान्छ, किनकि त्यसले परमेश्‍वरलाई धन्यवाद दिन्छ । जसले खाँदैन, त्यसले प्रभुकै निम्ति खानबाट आफूलाई रोक्‍छ; त्यसले पनि परमेश्‍वरलाई धन्यवाद दिन्छ ।
\v 7 किनकि हामी कोही पनि आफ्नै निम्ति जिउँदैनौं, र कोही पनि आफ्नै निम्ति मर्दैनौं ।
\v 8 किनकि यदि हामी जिउँछौं भने, प्रभुकै निम्ति जिउँछौं, र यदि हामी मर्छौं भने, हामी प्रभुकै निम्ति मर्छौं । त्यसैले हामी चाहे जिऔं वा मरौं, हामी प्रभुकै हौं ।
\v 9 किनकि यही उद्देश्यको निम्ति ख्रीष्‍ट मर्नुभयो र फेरि जीवित हुनुभयो, ताकि उहाँ मरेका र जीवितहरू दुवैका प्रभु हुन सक्‍नुभएको होस् ।
\p
\v 10 तर तिमी किन आफ्नो भाइको न्याय गर्छौ? अनि तिमी किन आफ्नो भाइलाई तुच्छ ठान्छौ? किनकि हामी सबै परमेश्‍वरको न्याय आसनको सामु खडा हुनेछौं ।
\v 11 किनकि यस्तो लेखिएको छ, परमप्रभु भन्‍नुहुन्छ, “जस्तो म जीवित छु, मेरो निम्ति हरेक घुँडा टेक्‍नेछ, र हरेक जिब्रोले परमेश्‍वरलाई स्वीकार गर्नेछ ।”
\p
\v 12 यसैले हामी प्रत्येकले परमेश्‍वरलाई आफ्नो लेखा दिनेछौ ।
\p
\v 13 यसकारण हामी एक-अर्काको न्याय नगरौं, बरु यो अठोट गरौं, कि हामी कसैले आफ्‍नो भाइको निम्ति ठेस लाग्‍ने थोक वा पासो राख्‍नेछैनौं ।
\v 14 म यो जान्दछु र म प्रभु येशूमा विश्‍वस्त गर्छु, कि कुनै पनि थोक आफैं अशुद्ध हुँदैन । जसले कुनै थोकलाई अशुद्ध भनी ठान्छ, त्यसको निम्ति मात्र यो अशुद्ध हुन्छ ।
\v 15 यदि खानाले गर्दा तिम्रो भाइलाई चोट पुग्छ भने, तिमी अझ प्रेममा चलिरहेका छैनौ । जसको निम्ति ख्रीष्‍ट मर्नुभयो त्यसलाई तिम्रो खानाले नष्‍ट नपार ।
\v 16 त्यसैले तिमीले असल ठानेको कुरालाई खराब भन्‍न नदेऊ ।
\v 17 किनकि परमेश्‍वरको राज्य खाने र पिउनेबारे होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्दबारे हो ।
\v 18 किनकि यसरी ख्रीष्‍टको सेवा गर्ने व्यक्‍ति परमेश्‍वरको निम्ति ग्रहणयोग्य र मानिसहरूद्वारा समर्थन गरिएको हुन्छ ।
\p
\v 19 यसैले शान्तिका कुराहरूका र एक-अर्कालाई निर्माण गर्ने कुराहरूका पछि लागौं ।
\v 20 खानाको कारणले परमेश्‍वरको कामलाई नष्‍ट नगर । सबै थोक शुद्ध छन्, तर अरूलाई ठेस पुर्‍याउने कुनै पनि कुरा खानु, त्यस मानिसको निम्ति यो गलत हो ।
\v 21 मासु नखानु, मद्यपान नगर्नु, र आफ्नो भाइलाई चोट पुर्‍याउने कुनै पनि कुरा नगर्नु असल हो ।
\v 22 तिमीसँग भएको विश्‍वास, आफू र परमेश्‍वरको बीचमा नै राख । आफूले मञ्‍जुर गरेको कुराले आफैंलाई दोषी नठहराउने मानिस धन्यको हो ।
\v 23 जसले शङ्का गरेर खान्छ, त्यो दोषी ठहरिन्छ किनभने यो विश्‍वासबाट आएको होइन । अनि जे विश्‍वासबाट आएको होइन, त्यो पाप हो ।
\c 15
\cl अध्याय १५
\p
\v 1 अब हामी जो बलिया छौं, हामीले दुर्बलहरूका कमजोरीलाई सहनुपर्छ, र आफैंलाई मात्र खुसी पार्नुहुँदैन ।
\v 2 जे असल छ त्यसको निम्ति आफ्नो छिमेकीलाई निर्माण गर्नको लागि, हामी प्रत्येकले त्यसलाई खुसी पारौं ।
\v 3 किनकि ख्रीष्‍टले पनि आफैंलाई खुसी पार्नुभएन । बरु, यो लेखिएको जस्तै थियो, “तपाईंलाई अपमान गर्नेहरूको अपमान ममाथि पर्‍यो ।”
\v 4 किनकि पहिले जे लेखिएका थिए, ती हाम्रै शिक्षाको निम्ति लेखिएका थिए, ताकि धैर्य र धर्मशास्‍‍त्रको उत्साहद्वारा हामीलाई आशा होस् ।
\p
\v 5 अब धैर्य र उत्साहका परमेश्‍वरले ख्रीष्‍ट येशूअनुसार तिमीहरू एक-अर्कासँग एकै मनको हुन दिऊन् ।
\v 6 उहाँले यो गर्नुभएको होस्, ताकि तिमीहरूले एकै मनको भएर एकै मुखले परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टको पिताको प्रशंसा गर्न सक ।
\p
\v 7 त्यसकारण परमेश्‍वरको प्रशंसाको निम्ति ख्रीष्‍टले तिमीहरूलाई ग्रहण गर्नुभए झैं तिमीहरूले पनि एक-अर्कालाई ग्रहण गर ।
\v 8 किनकि म भन्छु, कि परमेश्‍वरको सत्यताको तर्फबाट ख्रीष्‍टलाई खतनाको एक सेवक बनाइएको छ, ताकि पुर्खाहरूलाई दिइएका प्रतिज्ञाहरूलाई पक्‍का गरियोस्,
\v 9 अनि गैरयहूदीहरूले परमेश्‍वरको दयाको निम्ति उहाँको महिमा गर्न सकून् । यस्तो लेखिएको छ, “यसकारण म गैरयहूदीहरूका माझमा तपाईंको प्रशंसा गर्नेछु, अनि तपाईंको नाउँको स्तुति गाउनेछु ।”
\v 10 यसले फेरि भन्छ, “हे गैरयहूदीहरू हो, उहाँका मानिसहरूसँग आनन्द मनाओ ।”
\v 11 अनि फेरि “हे सबै गैरयहूदीहरू हो, सबै मानिसहरूले उहाँको प्रशंसा गरून् ।”
\v 12 यशैया फेरि भन्छन्, “यिशैको जराबाट एक जना आउनुहुनेछ, जो गैरयहूदीहरूमाथि शासन गर्न उदाउनुहुन्छ; उहाँमा गैरयहूदीहरूले आशा गर्नेछन् ।
\p
\v 13 अब आशाका परमेश्‍वरले विश्‍वासमा तिमीहरूलाई सारा आनन्द र शान्तिले भरून्, ताकि पवित्र आत्माको शक्‍तिद्वारा तिमीहरूमा आशा होस् ।
\p
\v 14 मेरा भाइहरू हो, म आफैं पनि तिमीहरूको बारेमा विश्‍वस्त छु । म विश्‍वस्त छु, कि तिमीहरू आफैं पनि भलाइले पूर्ण र सबै ज्ञानले भरिएका छौ । म विश्‍वस्त छु, कि तिमीहरू एक-अर्कालाई अर्ती दिन पनि समर्थ छौ ।
\v 15 तर मलाई परमेश्‍वरद्वारा दिइएको अनुग्रहको कारण म तिमीहरूलाई फेरि याद दिलाउनको लागि केही कुराहरूको बारेमा अझ साहससित लेखिरहेको छु ।
\v 16 यो वरदानचाहिं पूजाहारीको रूपमा परमेश्‍वरको सुसमाचार दिन गैरयहूदीहरूकहाँ पठाइनलाई म ख्रीष्‍ट येशूको सेवक बन्‍नुपर्छ भन्‍ने थियो, ताकि पवित्र आत्माद्वारा चोखो भएर गैरयहूदीहरूको भेटी ग्रहणयोग्य होस् ।
\p
\v 17 मसँग ख्रीष्‍ट येशूमा परमेश्‍वरको निम्ति मेरो सेवाको गर्व गर्ने कारण छ ।
\v 18 किनकि गैरयहूदीहरूका आज्ञाकारिताको निम्ति ख्रीष्‍टले मद्वारा पूरा गर्नुभएको कुराबाहेक अरू कुनै कुरामा पनि बोल्न म साहस गर्नेछैनँ । यिनीहरू वचन र कामद्वारा,
\v 19 चिन्हहरू र आश्‍चर्यकर्महरूको शक्‍तिद्वारा अनि पवित्र आत्माको शक्‍तिद्वारा गरिएका हुन् । मैले यरूशलेम र वरिपरिको क्षेत्रदेखि इल्लुरिकनसम्म ख्रीष्‍टको सुसमाचार पूर्ण रूपमा प्रचार गर्न सकूँ भनेर यसो भएको हो ।
\v 20 यसरी सुसमाचार घोषणा गर्ने मेरो इच्छा भएको छ, तर ख्रीष्‍टको नाउँ चिनिएका ठाउँहरूमा होइन, ताकि अरू मानिसहरूले बसालेको जगमाथि मैले निर्माण नगरूँ ।
\v 21 जस्तो लेखिएको छ, “जसकहाँ उहाँको समाचार आएन तिनीहरूले उहाँलाई देख्‍नेछन्, अनि जसले सुनेका छैनन्, तिनीहरूले बुझ्‍नेछन् ।”
\p
\v 22 यसकारण पनि तिमीहरूकहाँ आउन म धेरै पल्ट रोकिएको थिएँ ।
\v 23 तर अब यी क्षेत्रहरूमा मेरो निम्ति कुनै पनि ठाउँ छैन, र धेरै वर्षदेखि म तिमीहरूकहाँ आउने चाह गरिरहेको छु ।
\v 24 म स्पेन जाँदै गर्दा, म तिमीहरूलाई भेट्ने र केही समयको निम्ति तिमीहरूसँग आनन्द मनाएपछि तिमीहरूद्वारा मलाई मेरो यात्रामा सहायता गरिने आशा गर्छु ।
\v 25 तर अहिले म परमेश्‍वरका पवित्र जनहरूको सेवा गर्न यरूशलेमतिर गइरहेको छु ।
\v 26 किनकि यरूशलेममा हुने परमेश्‍वरका पवित्र जनहरूमध्ये गरिबहरूलाई केही योगदान दिने माकेडोनिया र अखैयाको उत्तम आनन्द थियो ।
\v 27 हो, यो तिनीहरूको उत्तम आनन्द थियो, र वास्तवमै तिनीहरू तिनीहरूका ऋणी छन् । किनकि यदि गैरयहूदीहरू तिनीहरूका आत्मिक कुराहरूमा सहभागी भएका छन् भने तिनीहरूलाई भौतिक थोकहरूमा सेवा गर्न पनि तिनीहरू ऋणी छन् ।
\v 28 यसकारण जब मैले यो काम पूरा गरेको हुन्छु र सङ्कलन भएका सबै तिनीहरूले पाएको निश्‍चित गर्छु, म तिमीहरूकहाँ भएर स्पेन जानेछु ।
\v 29 म जान्दछु, कि जब म तिमीहरूकहाँ आउँछु, म ख्रीष्‍टको आशिष्‌को पूर्णतामा‌ आउनेछु ।
\p
\v 30 भाइहरू हो, अब म तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा र पवित्र आत्माको प्रेमद्वारा बिन्ती गर्छु, कि मेरो निम्ति तिमीहरूको परमेश्‍वरसितको प्रार्थनामा तिमीहरू मसँग एकसाथ प्रयत्‍न गर ।
\v 31 यो प्रार्थना गर, कि म यहूदियामा भएका अनाज्ञाकारी मानिसहरूबाट जोगिन सकूँ, र यरूशलेमको निम्ति मेरो सेवा परमेश्‍वरका पवित्र जनहरूलाई ग्रहणयोग्य हुन सकोस् ।
\v 32 प्रार्थना गर, कि म परमेश्‍वरको इच्छाद्वारा तिमीहरूकहाँ आनन्दसित आउन सकूँ र तिमीहरूसँगै विश्राम पाउन सकूँ ।
\v 33 शान्तिका परमेश्‍वर तिमीहरू सबैसँग रहून् । आमेन!
\c 16
\cl अध्याय १६
\p
\v 1 किंक्रियामा भएको मण्डलीकी सेविका हाम्री बहिनी फिबीको म तिमीहरू समक्ष प्रशंसा गर्छु,
\v 2 ताकि तिमीहरूले तिनलाई प्रभुमा ग्रहण गर्न सक । यो परमेश्‍वरका पवित्र जनहरूलाई सुहाउँदो प्रकारले गर, अनि तिनलाई जे कुरामा तिमीहरूको खाँचो पर्छ, तिनलाई सहायता गर, किनकि तिनी धेरैको साथै मेरो आफ्नै पनि सहयोगी भएकी छन् ।
\p
\v 3 ख्रीष्‍ट येशूमा मेरा सहकर्मी प्रिस्का र अकिलासलाई अभिवादन गर,
\v 4 जसले मेरो जीवनको निम्ति तिनीहरूको जीवन जोखिममा पारे । म तिनीहरूलाई धन्यवाद दिन्छु, मैले मात्र होइन, तर गैरयहूदीहरूका सबै मण्डलीहरूले धन्यवाद दिन्छन् ।
\v 5 तिनीहरूका घरमा भएको मण्डलीलाई अभिवादन देओ । मेरा प्रिय इपेनितसलाई अभिवादन भनिदेओ, जो ख्रीष्‍टमा एसियाको पहिलो फल हुन् ।
\v 6 मरियमलाई अभिवादन भनिदेओ, जसले तिमीहरूका निम्ति कडा परिश्रम गरेकी छिन् ।
\v 7 एन्ड्रोनिकस र युनियस, मेरा आफन्तहरू र मेरा सङ्गी कैदीहरूलाई अभिवादन भनिदेओ । तिनीहरू प्रेरितहरूमध्ये विशिष्‍ट छन्, र तिनीहरू मभन्दा पहिले नै ख्रीष्‍टमा थिए ।
\v 8 प्रभुमा मेरा प्रिय एम्प्लीआतसलाई मेरो अभिवादन भनिदेओ ।
\v 9 उर्बानस, ख्रीष्‍टमा हाम्रा सहकर्मी र मेरा प्रिय स्ताखुसलाई अभिवादन भनिदेओ ।
\v 10 ख्रीष्‍टमा समर्थन गरिएका अपेल्लेसलाई अभिवादन भनिदेओ । अरिस्तोबुलसका घरानाकाहरूलाई अभिवादन भनिदेओ ।
\v 11 मेरा आफन्त हेरोदियनलाई अभिवादन भनिदेओ । प्रभुमा भएका नर्किससका घरानाकाहरूलाई अभिवादन भनिदेओ ।
\v 12 प्रभुमा कडा परिश्रम गर्ने त्रुफेना र त्रोफोसालाई अभिवादन देओ । प्रिय परसीसलाई अभिवादन भनिदेओ, जसले प्रभुमा धेरै काम गरेका छन् ।
\v 13 प्रभुमा चुनिएका रूफस र तिनकी र मेरी आमालाई अभिवादन भनिदेओ ।
\v 14 असिंक्रितस, फ्लेगन, हर्मेस, पत्रोबास, हर्मास र तिनीहरूसित भएका भाइहरूलाई अभिवादन भनिदेओ ।
\v 15 फिलोलोगस र युलिया, नेरियस र तिनकी बहिनी, र ओलिम्पास र तिनीहरूसित भएका सबै परमेश्‍वरका पवित्र जनहरूलाई अभिवादन भनिदेओ ।
\v 16 एक आपसमा पवित्र चुम्बनले अभिवादन गर । ख्रीष्‍टका सबै मण्डलीहरूले तिमीहरूलाई अभिवादन भन्छन् ।
\p
\v 17 अब भाइहरू हो, जसले विभाजन र बाधा ल्याइरहेका छन्, तिनीहरूको बारेमा विचार गर्न म तिमीहरूलाई आग्रह गर्छु । तिनीहरू तिमीहरूले सिकेका शिक्षाभन्दा बाहिर गइरहेका छन् । तिनीहरूदेखि टाढा बस ।
\v 18 किनकि यस्ता मानिसहरूले हाम्रा प्रभु ख्रीष्‍टको सेवा गर्दैनन्, तर तिनीहरूको आफ्नै पेटको सेवा गर्छन् । तिनीहरूले आफ्‍ना चिप्ला र चाप्लुसी कुराले निर्दोषहरूको हृदयलाई छल्छन् ।
\v 19 किनकि तिमीहरूका आज्ञाकारिताको उदाहरण सबैकहाँ पुग्छ । त्यसकारण, तिमीहरूमा म आनन्द मनाउँछु, तर तिमीहरू जुन कुरो असल छ त्यसमा बुद्धिमानी होओ, र जुन कुरा खराब छ त्यसमा निर्दोष होओ भन्‍ने म चाहन्छु ।
\v 20 शान्तिका परमेश्‍वरले चाँडै नै शैतानलाई तिमीहरूको पैतालामुनि कुच्‍च्याउनुहुनेछ । हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसित रहोस् ।
\p
\v 21 मेरा सहकर्मी तिमोथी र मेरा आफन्त लुकियस, यासोन र सोसिपात्रोसले तिमीहरूलाई अभिवादन भन्छन् ।
\v 22 यो पत्र लेख्‍ने म तर्तियसले तिमीहरूलाई प्रभुमा अभिवादन गर्छु ।
\v 23 गायस जसले मलाई र सम्पूर्ण मण्डलीलाई तिनको घरमा राखेका छन्, तिनले तिमीहरूलाई अभिवादन भन्छन् । सहरका कोषाध्यक्ष इरास्तस र भाइ क्‍वार्टसले तिमीहरूलाई अभिवादन भन्छन् ।
\v 24 \f + \ft उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूमा यो पद छैन (रोमी १६∶२० हेर्नुहोस्) पद २४ \fqa हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरू सबैसित रहेको होस् । आमेन \fqa* ! \f*
\p
\v 25 अब उहाँलाई जसले तिमीहरूलाई मेरो सुसमाचार र येशू ख्रीष्‍टको सन्देशअनुसार अर्थात् धेरै अगाडिदेखि गुप्‍त रहेको रहस्यको प्रकाशअनुसार जो तिमीहरूलाई खडा राख्‍न सक्षम हुनुहुन्छ,
\v 26 तर अब सबै जातिहरूका बीचमा विश्‍वासको आज्ञाकारिता ल्याउन, अनन्त परमेश्‍वरको आज्ञाअनुसार अगमवाणीका लेखहरूद्वारा त्यसलाई प्रकट गरिएको र जनाइएको छ ।
\v 27 एक मात्र बुद्धिमान्‌ परमेश्‍वरलाई, येशू ख्रीष्‍टद्वारा सदासर्वदा महिमा होस् । आमेन!

579
47-1CO.usfm Normal file
View File

@ -0,0 +1,579 @@
\id 1CO
\ide UTF-8
\h कोरिन्थीहरूलाई पावलको पहिलो पत्र
\toc1 कोरिन्थीहरूलाई पावलको पहिलो पत्र
\toc2 कोरिन्थीहरूलाई पावलको पहिलो पत्र
\toc3 1co
\mt कोरिन्थीहरूलाई पावलको पहिलो पत्र
\c 1
\cl अध्याय 1
\p
\v 1 परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूका प्रेरित हुन बोलाइएका पावल र हाम्रा भाइ सोस्थेनसबाट ।
\v 2 कोरिन्थमा भएको परमेश्‍वरको मण्डलीलाई, ख्रीष्‍ट येशूमा समर्पित गरिएका र पवित्र जनहरू हुनको लागि बोलाइएकाहरूलाई, हामी हरेक ठाउँमा प्रभु येशू ख्रीष्‍टको नाउँ लिनेहरू सबैलाई पनि लेखिरहेका छौं, जो तिनीहरू र हाम्रा प्रभु हुनुहुन्छ ।
\p
\v 3 हाम्रा परमेश्‍वर पिता र ख्रीष्‍ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
\p
\v 4 ख्रीष्‍ट येशूले तिमीहरूलाई दिनुभएको परमेश्‍वरको अनुग्रहको निम्ति म परमेश्‍वरलाई सधैं धन्यवाद दिन्छु ।
\v 5 उहाँले तिमीहरूलाई सबै बोली र ज्ञानमा हर प्रकारले धनी बनाउनुभएको छ ।
\v 6 ख्रीष्‍टको विषयमा भएको गवाही सत्य छ भनेर तिमीहरूका माझमा पुष्‍टि भएको छ ।
\v 7 यसकारण तिमीहरूले उत्सुकतासाथ हाम्रा प्रभु येशू ख्रीष्‍ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा आत्मिक वरदानहरूको अभाव नहोस् ।
\v 8 तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्‍टको दिनमा निर्दोष हुन सक भन्‍ने हेतुले उहाँले तिमीहरूलाई अन्तिमसम्म नै बलियो राख्‍नुहुनेछ ।
\v 9 परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई उहाँका पुत्र येशू ख्रीष्‍ट, हाम्रा प्रभुको सङ्गतिमा बोलाउनुभयो ।
\p
\v 10 अब भाइहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँद्वारा म तिमीहरूलाई आग्रह गर्छु, कि तिमीहरू सबै सहमत होओ र तिमीहरूका माझमा फाटो नहोस् । म आग्रह गर्छु कि तिमीहरू एकै मनको र एउटै उद्देश्यका साथ एकजुट होओ ।
\v 11 किनकि तिमीहरूका माझमा गुटबन्दी छ भन्‍ने कुरा क्लोएका मानिसहरूले मलाई बताएका छन् ।
\v 12 मेरो भनाइको अर्थ यही हो कि तिमीहरूमध्ये कसैले “म पावलको हुँ”, कसैले “म अपोल्लोसको हुँ”, कसैले “म केफासको हुँ” र कसैले “म ख्रीष्‍टको हुँ” भन्छौ ।
\v 13 के ख्रीष्‍ट बाँडिनुभएको छ? के पावल तिमीहरूका निम्ति क्रुसमा टाँगिए? के तिमीहरूले पावलको नाउँमा बप्‍तिस्मा लियौ ?
\v 14 म परमेश्‍वरलाई धन्यवाद दिन्छु कि मैले क्रिस्पस र गायसबाहेक अरू कसैलाई पनि बप्‍तिस्मा दिइनँ ।
\v 15 तिमीहरूले मेरो नाउँमा बप्‍तिस्मा लियौ भनी कसैले भन्‍न सक्दैनन् ।
\v 16 (मैले स्तिफनसको परिवारलाई पनि बप्‍तिस्मा दिएँ । त्योभन्दा बढी अरू व्यक्‍तिलाई मैले बप्‍तिस्मा दिएको मलाई सम्झना छैन ।)
\v 17 किनकि येशूले मलाई बप्‍तिस्मा दिनलाई होइन, तर प्रचार गर्नलाई पठाउनुभयो । चतुर बोलीले होइन, ताकि ख्रिष्टको क्रुस यसको शक्तिबाट खाली नहोस् ।
\p
\v 18 किनकि क्रुसको सन्देश नष्ट भइरहेकाहरूका निम्ति मूर्खता हो, तर परमेश्‍वरले बचाइरहनुभएका मानिसहरूका लागि शक्‍ति हो ।
\v 19 किनकि यस्तो लेखिएको छ, “म बुद्धिमान्‌हरूको बुद्धिलाई नष्‍ट गर्नेछु । म चतुरहरूको समझलाई बेकम्मा तुल्याउनेछु ।”
\p
\v 20 बुद्धिमान् कहाँ छ? शिक्षित कहाँ छ? यो संसारको तर्क गर्ने कहाँ छ? के परमेश्‍वरले संसारको ज्ञानलाई मूर्खतामा परिणत गर्नुभएको छैन र?
\v 21 संसारले आफ्नो बुद्धिले परमेश्‍वरलाई चिनेन । यसको ज्ञानले उहाँलाई चिन्‍न नसकेको हुनाले विश्‍वास गर्नेहरूलाई प्रचारको मूर्खताद्वारा बचाउन परमेश्‍वरलाई उचित लाग्यो ।
\v 22 किनकि यहूदीहरू चिन्ह माग्छन्, र ग्रिकहरू ज्ञानको खोजी गर्छन् ।
\v 23 तर हामीचाहिँ क्रुसमा मर्नुभएका येशूको प्रचार गर्छौ, जुन यहूदीहरूका निम्ति ठेस लाग्‍ने ढुङ्गो हो, र ग्रिकहरूका निम्ति मूर्खता हो ।
\v 24 तर तिनीहरू अर्थात् यहूदी र ग्रिक दुवै जसलाई परमेश्‍वरले बोलाउनुभएको छ, तिनीहरूका माझमा हामी ख्रीष्‍टलाई परमेश्‍वरको शक्‍ति र बुद्धिको रूपमा प्रचार गर्छौं ।
\v 25 किनकि परमेश्‍वरको मूर्खता मानिसभन्दा बुद्धिमानी छ, र परमेश्‍वरको दुर्बलता मानिसभन्दा शक्‍तिशाली छ ।
\p
\v 26 भाइहरू हो, आफ्नो बोलावटलाई हेर । तिमीहरूमध्ये धेरै जना शरिर अनुशार बुद्धिमान् थिएनौ । तिमीहरूमध्ये धेरै जना शक्‍तिशाली थिएनौ । तिमीहरूमध्ये धेरै जनाको जन्म महान् थिएनन् ।
\v 27 तर परमेश्‍वरले बुद्धिमान्‌हरूलाई शर्ममा पार्नको लागि संसारका मूर्ख कुराहरूलाई छान्‍नुभयो । संसारमा भएका बलियालाई शर्ममा पार्नको निम्ति परमेश्‍वरले दुर्बल कुरालाई छान्‍नुभयो ।
\v 28 परमेश्‍वरले संसारमा भएको नीच र तुच्छ ठहरिएको कुरालाई छान्‍नुभयो । उहाँले नगण्य कुराहरू मूल्यवान् ठहरिऊन् भनेर नगण्य कुराहरूलाई छान्‍नुभयो ।
\v 29 उहाँको अगि कसैले पनि घमण्ड नगरोस् भनेर नै उहाँले यसो गर्नुभयो ।
\v 30 परमेश्‍वरले जे गर्नुभयो, त्यसैको कारण तिमीहरू अहिले ख्रीष्‍ट येशूमा छौ, जो हाम्रा निम्ति परमेश्‍वरबाट आउनुभएका बुद्धि बन्‍नुभयो । उहाँ हाम्रो धार्मिकता, पवित्रता र छुटकारा बन्‍नुभयो ।
\v 31 यसैले धर्मशास्‍त्र भन्दछ, “गर्व गर्नेले प्रभुमा नै गर्व गरोस् ।”
\c 2
\cl अध्याय 2
\p
\v 1 भाइहरू हो, जब म तिमीहरूकहाँ आएँ, परमेश्‍वरका गुप्‍तमा रहेका सत्यताहरूको घोषणा गर्न म कुशल वाक्य र बुद्धिका साथमा आएको होइन। \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिमा पाउँछाैं, \fqa परमेश्‍वरकाे बारेमा गवाही घोषणा गर्न म \fqa* । \f*
\v 2 किनकि म तिमीहरूका माझमा हुँदा येशू ख्रीष्‍ट र उँहालाई क्रूसमा टाँगिएकाे कुरा बाहेक मैले केही नजान्‍ने निर्णय गरे ।
\v 3 र म तिमीहरूसित कमजोरीमा, डरमा र ज्यादै कम्पमा थिएँ ।
\v 4 र मेराे सन्देश र मेराे घोषणा ज्ञानको आकर्षक वचनहरूमा थिएनन्, तर ती पवित्र आत्मा र शक्‍तिको प्रदर्शनमा थिए,
\v 5 ताकि तिमीहरूको विश्‍वास मानिसहरूको बुद्धिमा होइन, तर परमेश्‍वरको शक्‍तिमा भएको होस् ।
\p
\v 6 अब, हामी परिपक्‍वहरूका बीचमा बुद्धिका कुरा गर्छौं, तर यस संसारका वा यस युगका शासकहरूको बुद्धि होइन, जो बितेर जाँदैछन् ।
\v 7 बरु, लुकेकाे सत्यतामा हामी परमेश्‍वरको बुद्धिको प्रचार गर्छाैं, लुकेको बुद्धि जो परमेश्‍वरले हाम्रो महिमाको निम्ति युगको अगिबाटै नियुक्‍त गर्नुभयो ।
\v 8 यस युगका कुनै पनि शासकहरूले यो जानेनन्, तर तिनीहरूले यो कुरा बुझेका भए, तिनीहरूले महिमाको प्रभुलाई क्रुसमा टाँग्‍ने थिएनन् ।
\v 9 तर यसो लेखिएको छ, “आँखाले नदेखेका, कानले नसुनेका, मानिसको हृदयले विचारै नगरेका कुराहरू परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ ।”
\p
\v 10 किनकि परमेश्‍वरले हामीलाई यी कुराहरू पवित्र आत्माद्वारा प्रकट गर्नुभएको छ । किनकि पवित्र आत्माले सबै कुराको खोजी गर्नुहुन्छ, परमेश्‍वरका गहिरा कुराहरूको पनि। \f + \ft केही प्राचीन ग्रीक प्रतिलिपिमा पाउँछाैं, \fqa तर परमेश्‍वर \fqa* तर हाम्रो ग्रीक स्रोतलाई पछ्‍याउँदा, यो पाउँछाैं, \fqa किनकि परमेश्‍वर \fqa । \f*
\v 11 किनकि मानिसमा भएको आत्माबाहेक कसले मानिसका विचारहरू बुझ्‍न सक्छ? यसरी नै, परमेश्‍वरका आत्माबाहेक कसैले पनि परमेश्‍वरका गहिरा कुराहरू बुझ्दैन ।
\v 12 तर हामीले संसारको आत्मा पाएका छैनौं, तर परमेश्‍वरबाटका पवित्र आत्मा पाएका छौं, ताकि परमेश्‍वरले हामीलाई सित्तैंमा दिनुभएका कुराहरू हामी जान्‍न सकौं ।
\v 13 हामी यी कुराहरू मानिसको बुद्धिले सिकाएको होइन, तर पवित्र आत्माले सिकाउनुहुने शब्दहरुमा, आत्मिक मानिसहरुलाई आत्मिक कुराहरुको व्याख्या गर्दै बोल्छौं ।
\v 14 परमेश्‍वरका आत्माका कुराहरू आत्मिक नभएको व्यक्‍तिले ग्रहण गर्दैन, किनकि ती त्यसका लागि मूर्खता हुन्। त्यसले तिनीहरूलाई बुझ्‍न सक्दैन किनभने तिनीहरू आत्मिक रूपमा जाँचिन्छन् ।
\v 15 जो आत्मिक छ त्यसले सबै कुराहरू जाँच गर्छ, तर त्यो चाहिं अरूद्वारा जाँचिदैन ।
\v 16 “किनकि कसले परमेश्‍वरको मनलाई जान्दछ, कि त्यसले उहाँलाई अर्ती दिन सकाेस्?” तर हामीसँग ख्रीष्‍टको मन छ ।
\c 3
\cl अध्याय 3
\p
\v 1 अनि भाइहरू हो, मैले तिमीहरूसँग आत्मिक मानिसहरूसित बोलेझैं बोल्न सकिनँ, तर शारीरिक मानिसहरू अर्थात् ख्रीष्‍टमा बालकहरूसित बोलेझैं बोलें ।
\v 2 मैले तिमीहरूलाई दूध खुवाएँ, ठोस खाना होइन, किनकि तिमीहरू त्यसको लागि तयार थिएनाै, र अहिले पनि तिमीहरू तयार छैनौ ।
\v 3 किनकि तिमीहरू अझै शारीरिक नै छौ । किनकि जहाँ तिमीहरूमा ईर्ष्या र झगडा छ, के तिमीहरु शरीरअनुसार बाँचिरहेका छैनौ, र के तिमीहरू मानवीय मापदण्डहरुअनुसार जिइरहेका छैनौ?
\v 4 किनकि जब एक जनाले “म पावललाई पछ्‍याउँछु” भन्छ, र अर्कोले “म अपोल्लोसलाई पछ्‍याउँछु” भन्छ, भने के तिमीहरु मानिसहरु मात्र होइनौ?
\p
\v 5 त्यसो भए, अपोल्लोस को हो? पावल को हो? जुन सेवकहरूद्वारा तिमीहरुले विश्‍वास गर्‍याै, जसरी प्रभुले प्रत्येकलाई कार्यहरु दिनुभयो ।
\v 6 मैले रोपें, र अपोल्लोसले पानी हाले, तर परमेश्‍वरले नै बढाउनुभयो ।
\v 7 त्यसैले, रोप्‍ने र पानी हाल्ने केही होइन । तर बढाउने परमेश्‍वर नै हुनुहुन्छ ।
\v 8 अब रोप्‍ने र पानी हाल्ने एकै हुन् र प्रत्‍येकले आफ्नो कामको परिश्रमअनुसार आफ्नो ज्याला पाउनेछ ।
\v 9 किनकि हामीहरू परमेश्‍वरका सहकर्मीहरु हौं । तिमीहरू परमेश्‍वरका बगैंचा, परमेश्‍वरका भवन हौ ।
\p
\v 10 परमेश्‍वरले मलाई दिनुभएको अनुग्रहअनुसार, निपुर्ण कारिगरले झैं मैले जग बसालें, र अर्कोले त्यसमाथि भवन बनाउँदै जान्‍छ । तर प्रत्येक मानिसले त्यसमाथि कसरी बनाउने भन्‍ने बारेमा सावधान रहोस् ।
\v 11 किनकि बसालिएको जगबाहेक, जो येशू ख्रीष्‍ट हुनुहुन्‍छ, अरू कसैले जग बसाल्न सक्दैन ।
\v 12 अब यदि त्यस जगमाथि कसैले सुन, चाँदी, बहुमूल्य पत्थरहरु, काठ, घाँस वा परालको प्रयोग गरेर निर्माण गर्छ भने
\v 13 त्‍यसको काम प्रकट हुनेछ, किनकि दिनले त्यो प्रकट गर्नेछ । किनकि त्यो आगोमा प्रकट हुनेछ । प्रत्‍येकले गरेको कामको गुणस्तरलाई आगोद्वारा जाँचिनेछ ।
\v 14 यदि कसैले गरेको काम बाँकी रह्‍यो भने त्यसले इनाम प्राप्‍त गर्नेछ,
\v 15 तर यदि कसैको काम जल्‍यो भने, त्यसले नोक्सानी भोग्‍नुपर्नेछ, तर त्‍यो आगोबाट फुत्केझैं आफैंचाहिं बाँच्‍नेछ ।
\p
\v 16 के तिमीहरूलाई थाहा छैन, कि तिमीहरू परमेश्‍वरका मन्दिर हौ, र पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ?
\v 17 यदि कसैले परमेश्‍वरको मन्दिरलाई नाश गर्छ भने, परमेश्‍वरले त्‍यस मानिसलाई नाश गर्नुहुनेछ । किनकि परमेश्‍वरको मन्दिर पवित्र छ, र तिमीहरू पनि त्यस्तै छौ ।
\p
\v 18 कसैले आफैलाई धोका नदेओस् । यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगमा बुद्धिमान् सम्झन्छ भने त्यसले आफूलाई “मूर्ख” बनोस्, र त्यो बुद्धिमान् हुनेछ ।
\v 19 किनकि संसारको बुद्धि परमेश्‍वरको निम्ति मूर्खता हो । किनकि यस्तो लेखिएको छ, “उहाँले बुद्धिमान् मानिसहरूलाई तिनीहरूकै चलाखीमा पक्रनुहुन्छ ।”
\v 20 र फेरि, “परमेश्‍वर जान्‍नुहुन्छ कि संसारमा भएका ज्ञानीहरूको तर्क व्‍यर्थ छ ।”
\p
\v 21 यसैकारण तिमीहरू मानिसहरूमा घमण्ड नगर । सबै कुराहरू तिमीहरूकै हुन्,
\v 22 चाहे पावल वा अपोल्लोस वा केफास वा संसार वा जीवन वा मृत्यु वा वर्तमानका कुराहरू वा आउने कुराहरू । सबै कुराहरू तिमीहरूकै हुन्,
\v 23 अनि तिमीहरूचाहिं ख्रीष्‍टका हौ, र ख्रीष्‍टचाहि‍ं परमेश्‍वरका हुनुहुन्छ ।
\c 4
\cl अध्याय 4
\p
\v 1 यसरी कुनै व्यक्‍तिले हामीलाई ख्रीष्‍टका सेवकहरू र परमेश्‍वरको लुकाइएकाे सत्यताको भण्डारे ठान्‍नुपर्छ ।
\v 2 अब भण्डारेहरूको सम्बन्धमा तिनीहरू विश्‍वासयोग्य हुन आवश्‍यक छ ।
\v 3 तर म तिमीहरूबाट वा कुनै मानिसको अदालतबाट जाँचिनु मेरो निम्ति अति सानो कुरा हो । किनकि म आफैं पनि मेरो जाँच गर्दिनँ ।
\v 4 मेरो विरुद्धमा कुनै अभियोग भएको मलाई थाहा छैन, तर यसले मलाई न्यायोचित ठहराउँदैन। । प्रभुले नै मेरो न्याय गर्नुहुन्छ ।
\v 5 त्यसकारण समय आउनुभन्दा अघि वा प्रभु आउनुभन्दा अघि कुनै पनि कुराको बारेमा न्याय नगर । उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ, र हृदयका उद्देश्‍यहरू प्रकट गर्नुहुनेछ । त्यसपछि प्रत्येकले परमेश्‍वरबाट आफ्नो प्रशंसा पाउनेछ ।
\p
\v 6 अब भाइहरू हो, तिमीहरूका खातिर मैले र अपोल्‍लोसले यी सिद्धान्तहरू प्रयोग गर्‍यौं, ताकि हामीबाट तिमीहरूले “जे लेखिएको छ, त्योभन्दा बाहिर नजाऊ” भन्‍ने भनाइको अर्थ सिक्न सकौला ।
\v 7 किनकि कसले तिमीहरू र अरूहरूका बीचमा फरक देख्छ? तिमीहरुसँग के छ जुन तिमीहरूले पाएको छैनौं? तिमीहरूले त्यो पाएका छौ भने तिमीहरूले त्यसरी नपाएको झैं गरेर किन घमण्ड गर्छौ?
\p
\v 8 तिमीहरूले चाहने सबै कुराहरू अघि नै तिमीहरूसँग छ! तिमीहरू अघिबाटै धनी भएका छौ! तिमीहरूले हामीबिना नै शासन गर्न सुरु गरेका छौ! वास्तवमा, तिमीहरूले शासन गर भन्‍ने म चाहन्छु ताकि हामी पनि तिमीहरूसँगै शासन गर्न सकौं।
\v 9 किनकि मलाई यस्तो लाग्छ कि परमेश्‍वरले हामी प्रेरितहरूलाई मृत्युदण्ड पाउन लागेका मानिसहरूलाई जस्तै भीडको पछिल्लो लहरमा प्रदर्शनमा राख्‍नुभएको छ । हामी संसार, स्वर्गदूतहरू र मानिसहरूका बीचमा तमाशा भएका छौं।
\v 10 हामी ख्रीष्‍टको निम्ति मूर्ख छौं, तर तिमीहरू ख्रीष्‍टमा बुद्धिमानी छौ । हामी दुर्बल छौं, तर तिमीहरू बलिया छौ। तिमीहरूले आदर पाएका छौ, तर हामीले अनादर पाएका छौं
\v 11 यो वर्तमान घडीमा हामी भोकाएका र तिर्खाएका छौं, हाम्रा कपडाहरू फाटिएका छन्, हामी कुटिएका छौं, हामी घरवारविहीन भएका छौं।
\v 12 हामी आफ्नै हातले कडा परिश्रम गर्छौं। हामीलाई गिल्ला गर्दा हामी आशिष्‌‌ दिन्छौं । हामी सतावटमा पर्दा हामी सहन्छौं।
\v 13 हामीलाई गिल्ला गर्दा हामी दयापूर्वक बोल्‍छौं । हामी संसारले इन्‍कार गरिएका कुराहरू र सबैभन्दा घिनलाग्दा कुराहरू जस्‍ता भएका छौं र अझ पनि हामीलाई यस्तै ठानिन्छ ।
\p
\v 14 तिमीहरूलाई शर्ममा पार्न मैले यो कुरा लेखेको होइनँ, तर मेरा प्रिय बालकहरूको रूपमा तिमीहरूलाई चेतावनी दिन ।
\v 15 किनकि ख्रीष्‍टमा तिमीहरूका दस हजार अभिभावक भए तापनि, तिमीहरूका धेरै जना पिता छैनन् । किनकि सुसमाचारद्वारा म ख्रीष्‍ट येशूमा तिमीहरूका पिता बनें ।
\v 16 त्यसैले मेरो अनुकरण गर्ने होओ भनी म तिमीहरूलाई आग्रह गर्छु ।
\v 17 यसकारण मैले तिमीहरूकहाँ मेरा प्रिय र प्रभुमा विश्‍वासयोग्य बालक तिमोथीलाई पठाएँ । मैले हरेक स्थान र हरेक मण्डलीमा सिकाएबमोजिम ख्रीष्‍टमा मेरो जीवन कस्तो छ सो तिनले तिमीहरूलाई सम्झना गराउनेछन् ।
\p
\v 18 अब म फेरि तिमीहरूकहाँ आउँदिनँ भन्‍ने ठानेर तिमीहरूमध्ये कोही अहङ्कारी भएका छन् ।
\v 19 तर यदि प्रभुको इच्छा भयो भने म तिमीहरू कहाँ चाँडै नै आउनेछु । त्यसपछि म ती अहङ्कारीहरूको कुरा मात्र होइन, तर तिनीहरूको शक्‍ति हेर्नेछु ।
\v 20 किनकि परमेश्‍वरको राज्य कुरामा होइन, तर शक्‍तिमा छ ।
\v 21 तिमीहरू के चाहन्छौ? म तिमीहरूकहाँ कसरी आऊँ, छडी लिएर वा प्रेम र नम्रताको आत्मामा?
\c 5
\cl अध्याय 5
\p
\v 1 तिमीहरूका बीचमा व्यभिचार छ भन्‍ने हामीले खबर पाएका छौं, यस्तो खालको व्यभिचार त अन्यजातिहरूमा पनि स्वीकार्य हुँदैनः एक जना आफ्‍नै बुबाकी पत्‍नीसँग सुतिरहेको छ।
\v 2 तिमीहरू यति अहङ्कारी छौ! के तिमीहरूले शोक गर्नुपर्ने होइन र? ताकि यस्तो काम गर्ने मानिसलाई तिमीहरूका माझबाट हटाइयोस्?
\v 3 किनकि शरीरमा म अनुपस्थित भए तापनि आत्मामा म उपस्थित छु। त्यस्तो काम गर्नेलाई म त्यहीं भएजस्तै गरेर मैले अघिबाटै न्याय गरिसकेको छु ।
\v 4 जब तिमीहरू हाम्रा प्रभु येशूको नाउँमा एक साथ भेला हुन्छौ, म आत्मामा तिमीहरूसँग हुन्छु, र हाम्रा प्रभु येशूको शक्ति उपस्थित हुन्छ,
\v 5 शरीरको विनाशको निम्ति त्यस मानिसलाई शैतानको हातमा सुम्‍पियोस्, ताकि प्रभुको दिनमा त्यस मानिसको आत्माचाहिं बाँचोस्।
\p
\v 6 तिमीहरूको घमण्ड ठिक होइन । के तिमीलाई थाहा छैन कि थोरै खमिरले सम्पूर्ण रोटीलाई खमिरी बनाउँछ?
\v 7 पुराना खमिरबाट आफैलाई शुद्ध गर ताकि तिमीहरू नयाँ मुछेको पिठो बन्‍न सक, अखमिरी, जसरी तिमीहरू साँच्चै छाै‌ । किनकि हाम्रा निस्तार-चाडको थुमा ख्रीष्‍टको बलिदान भइसकेको छ ।
\v 8 त्यसैकारण, पुरानो खमिर अर्थात् खराब तथा दुष्‍टता आचरणसाथ होइन, बरु इमानदार तथा सत्यताको अखमिरी रोटीका साथ चाड मनाऔं।
\p
\v 9 मेरो पत्रमा मैले तिमीहरूलाई व्यभिचारी मानिसहरूसँग घुलमिल नहुनु भनेर लेखें ।
\v 10 त्यसको अर्थ, संसारमा भएका अनैतिक मानिसहरू वा लोभीहरू वा ठगाहाहरू वा मूर्तिपूजकहरूसँग बिल्कुलै सङ्गत नगर्नू भनेको होइन, किनभने तिनीहरूबाट टाढा रहनको निम्ति तिमीहरू यस संसारबाट नै निस्केर जानुपर्ने हुन्छ ।
\v 11 तर अहिले आफैलाई प्रभुमा भाइ ठान्‍ने तर व्यभिचारी वा लोभी वा मूर्तिपूजक वा गालीगलौज गर्ने वा पियक्‍कड वा ठगाहासँग सङ्गत नगर्नू भनेर लेखिरहेछु । यस्ता मानिसहरूसँग बसेर खाना समेत नखाओ ।
\v 12 किनकि म किन मण्डली बाहिरकाहरूको न्याय गर्ने काममा संलग्‍न हुनु? बरु, के तिमीहरूले नै मण्डलीभित्र हुनेहरूको न्याय गर्नुपर्ने होइन र?
\v 13 तर बाहिरकाहरूको न्याय परमेश्‍वरले गर्नुहुन्छ। “तिमीहरूका माझबाट दुष्‍ट व्यक्‍तिलाई हटाओ।”
\c 6
\cl अध्याय 6
\p
\v 1 तिमीहरूमध्ये एक जनाको अर्को भाइसँग झगडा छ भने के त्यसले न्यायको लागि परमेश्‍वरका पवित्र जनहरूको अगाडि नगएर अधर्मीको अगाडि जाने आँट गर्छ?
\v 2 परमेश्‍वरका पवित्र जनहरूले संसारको न्याय गर्नेछन् भन्‍ने के तिमीहरूलाई थाहा छैन? यदि तिमीहरूले संसारको न्याय गर्ने हो भने कम महत्त्वका कुराहरूलाई के तिमीहरू मिलाउन सक्दैनौ र?
\v 3 के हामीले स्वर्गदूतहरूको न्याय गर्नेछौं भन्‍ने तिमीहरूलाई थाहा छैन? त्यसो भए, यस जीवनका मामिलाहरूलाई हामीले कति बढी न्याय गर्न सक्छौं?
\v 4 यदि तिमीहरूले नै दैनिक जीवनसित सम्बन्धित कुराहरूको न्याय गर्ने हो भने त्यस्ता मुद्दाहरू किन ती मानिसहरूका अगाडि राख्छौ?, जसको मण्डलीमा कुनै प्रतिष्‍ठा छैन।
\v 5 तिमीहरूलाई शर्ममा पार्न म यसो भन्छु । के तिमीहरूको माझमा भाइहरुका बीचमा भएका झगडाहरू मिलाउन सक्‍ने बुद्धिमान् मानिस कोही छैन?
\v 6 तर यस्‍तो भएको छ, एक भाइले अर्को भाइको विरुद्धमा अदालत जान्‍छ र अविश्‍वासी न्‍यायाधीशको अघि मुद्दा राख्‍छ।
\p
\v 7 वास्तवमा तिमीहरूका बीचमा कुनै पनि मुद्दा हुनु नै तिमीहरूको हार हो। बरु, किन अन्याय नसहनु? बरु, किन आफैंलाई ठगिन नदिनु?
\v 8 तर तिमीहरू आफैले अन्याय गरेका र ठगेका छौ, र तिमीहरुले आफ्नै भाइहरुलाई यो गर्छौ!
\p
\v 9 अधर्मीहरूले परमेश्‍वरको राज्यमा उत्तराधिकार पाउँदैनन् भनेर के तिमीहरूलाई थाहा छैन? धोकामा नपरः अनैतिक यौन-सम्बन्धहरू, मूर्तिपूजकहरू, व्यभिचारीहरू, पुरुषगामीहरू, समलिङ्गीहरू,
\v 10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, र ठगहरू कोही पनि परमेश्‍वरको राज्यको उत्तराधिकारी हुनेछैनन्।
\v 11 अनि तिमीहरूमध्ये कोही यस्तै थियौ । तर तिमीहरू शुद्ध पारिएका छौ, तिमीहरू परमेश्‍वरमा पवित्र गरिएका छौ, प्रभु येशू ख्रीष्‍टको नाउँमा र हाम्रा परमेश्‍वरको आत्माद्वारा तिमीहरू परमेश्‍वरमा धर्मी ठहराइएका छौ।
\p
\v 12 “सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्”, तर सबै कुरा फाइदाजनक छैनन्। “सबै कुरा मेरो निम्ति न्यायसङ्गत छन्”, तर म तिनीहरूमध्ये कुनै कुराको अधीनमा हुन्‍नँ।
\v 13 “खाना पेटको निम्ति हो, र पेट खानको निम्ति हो”, तर परमेश्‍वरले ती दुवैलाई नाश गर्नुहुनेछ। शरीर व्यभिचारको लागि होइन। बरु, शरीर प्रभुको लागि हो, र प्रभुले शरीरको लागि जुटाउनुहुनेछ।
\v 14 परमेश्‍वरले प्रभुलाई जीवित पार्नुभयो र हामीलाई पनि उहाँको शक्‍तिद्वारा जीवित पार्नुहुनेछ।
\p
\v 15 तिमीहरूका शरीरहरू ख्रीष्‍टका अङ्गहरू हुन् भन्‍ने के तिमीहरूलाई थाहा छैन? तब के मैले ख्रीष्‍टका अङ्गहरूलाई छुटाएर तिनीहरूलाई वेश्यासँग जोडूँ? त्यसो नहोस्!
\v 16 वेश्यासँग जोडिने व्यक्‍ति त्यससँग एउटै शरीर हुन्छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? धर्मशास्‍‍त्रले भन्‍छ, “दुई जना एउटै शरीर हुनेछन्।”
\v 17 तर प्रभुसित जोडिने व्यक्‍ति उहाँसँग आत्मामा एउटै हुन्छ ।
\p
\v 18 व्यभिचारदेखि भाग! कुनै पनि व्यक्‍तिले गरेका अरु सबै पापहरू शरीरदेखि बाहिर गर्छ, तर व्यभिचारको पाप गर्नेले त्यसको आफ्नै शरीरको विरुद्धमा पाप गर्छ ।
\v 19 तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन, जो तिमीहरूभित्र बास गर्नुहुन्छ, जसलाई तिमीहरूले परमेश्‍वरबाट पाएका छौ? तिमीहरू आफ्नै होइनौ भन्‍ने के तिमीहरूलाई थाहा छैन?
\v 20 किनकि तिमीहरू मोल तिरेर किनिएका थियौ। त्यसकारण, तिमीहरूको शरीरले अनि आत्मामा परमेश्‍वरलाई महिमा देओ, जुन परमेश्‍वरको हो ।
\c 7
\cl अध्याय 7
\p
\v 1 अब तिमीहरूले लेखेका यी कुराहरूका विषयमा भन्‍नुपर्दा "पुरुषको लागि स्‍‍त्रीलाई नछुनु नै असल हो ।"
\v 2 तर धेरै अनैतिक कामहरूका परीक्षाहरूको कारणले गर्दा प्रत्येक पुरुषको आफ्नै पत्‍नी होस् र प्रत्येक स्‍‍त्रीको आफ्नै पति होस् ।
\v 3 पतिले आफ्नी पत्‍नीसँग यौनसम्बन्ध राख्‍ने आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, र त्यसरी नै पत्‍नीले आफ्नो पतिलाई ।
\v 4 पत्‍नीको आफ्नो शरीरमाथि अधिकार हुँदैन, पतिको हुन्छ । यसरी नै पतिको आफ्नो शरीरमाथि अधिकार हुँदैन, तर पत्‍नीको हुन्छ ।
\v 5 पारस्परिक सहमतिमा केही समयको निम्ति बाहेक एक अर्कालाई वञ्‍चित नगर, ताकि तिमीहरू प्रार्थनामा लागिरहन सक । त्यसपछि तिमीहरू फेरि एकसाथ हुनुपर्छ, ताकि तिमीहरूका आत्मसंयमको अभावको कारणले शैतानले तिमीहरूलाई परीक्षामा पार्न नसकोस्।
\p
\v 6 तर म तिमीहरूलाई यी कुराहरू अनुमतिको रूपमा भन्दछु आज्ञाको रूपमा होइन।
\v 7 सबै जना मजस्तै भएको म इच्छा गर्छु। तर प्रत्येकले परमेश्‍वरबाट आ-आफ्नो वरदान पाएको छ। एक जनाले एक प्रकारको वरदान र अर्कोले अर्कै प्रकारको पाएको छ।
\p
\v 8 अविवाहित र विधवाहरूलाई म भन्दछु कि तिनीहरू मजस्तै अविवाहित रहन्छन् भने यो तिनीहरूका लागि असल हुन्छ ।
\v 9 तर यदि तिनीहरूले आफूलाई वशमा राख्‍न सक्दैनन् भने तिनीहरूले विवाह गरून् । किनकि कामुकतामा जल्नुभन्दा तिनीहरूका निम्ति विवाह गर्नु असल हो ।
\p
\v 10 अब विवाहितका निम्ति म यो आज्ञा दिन्छु—मैले होइन, तर प्रभुले दिनुहुन्छ—पत्‍नी आफ्नो पतिबाट अलग हुनुहुँदैन।
\v 11 (तर यदि तिनी आफ्‍नो पतिबाट अलग हुन्छिन् भने, तिनी विवाह नगरी बसून् ‍वा आफ्‍नो पतिसँग मिलाप गरून्), अनि पतिले आफ्नी पत्‍नीसँग सम्बन्ध विच्‍छेद गर्नुहुँदैन ।
\p
\v 12 तर बाँकीलाई म भन्दछु - मैले होइन तर प्रभुले भन्‍नुहुन्छ - कि यदि कुनै भाइसँग अविश्‍वासी पत्‍नी छ, र तिनी त्यससँग बस्‍नलाई सन्तुष्‍ट छिन् भने त्यसले तिनीसँग सम्बन्ध विच्छेद नगरोस्।
\v 13 यदि स्‍‍त्रीसँग अविश्‍वासी पति छ भने र त्यो तिनीसँग सन्तुष्‍ट छ भने, तिनले त्यससँग सम्बन्ध विच्छेद नगरुन्।
\v 14 किनकि अविश्‍वासी पति, पत्‍नीद्वारा पवित्र ठहरिन्छ र अविश्‍वासी पत्‍नी, पतिद्वारा पवित्र ठहरिन्छे, नत्रता तिमीहरूका छोराछोरीहरू अपवित्र हुनेछन्, तर वास्तवमा तिनीहरू पवित्र छन् ।
\p
\v 15 तर यदि अविश्‍वासी छुट्टिन्छ भने, त्यसलाई जान देऊ । यस्तो अवस्थामा भाइ वा बहिनी तिनीहरूका प्रतिज्ञामा बाँधिनेछैन। परमेश्‍वरले हामीलाई शान्तिमा बस्‍न बोलाउनुभएको छ ।
\v 16 किनकि स्‍‍त्री हो, तिमीलाई के थाहा, सायद तिमीले आफ्नो पतिलाई बचाउनेछौ कि? अथवा पुरुष हो, तिमीलाई के थाहा, सायद तिमीले आफ्नी पत्‍नीलाई बचाउनेछौ कि?
\p
\v 17 यद्यपि, प्रभुले प्रत्येकलाई आफ्नो भाग दिनुभएको छ, परमेश्‍वरले बोलाउनुभएबमोजिम प्रत्येक हिंडोस् । सबै मण्डलीहरूका निम्ति मेरो नियम यही हो ।
\v 18 के विश्‍वासको लागि बोलावट हुँदा कसैको खतना भएको थियो? त्यसले आफूलाई खतना नभएको जस्तो नदेखाओस् । विश्‍वासको निम्‍ति बोलावट हुँदा खतना नगर्ने कोही थियो? त्यसले खतना नगरोस् ।
\v 19 किनकि न खतना केही हो न त बेखतना नै । प्रमुख कुरा परमेश्‍वरका आज्ञाहरू पालन गर्नु नै हो ।
\v 20 परमेश्‍वरले विश्‍‍वास गर्न बोलाउनुहुँदा कुनै व्यक्‍ति जस्तो अवस्थामा थियो, प्रत्येक त्यही बोलावटमा रहोस् ।
\v 21 के परमेश्‍वरले बोलाउनुहुँदा तिमी कमारा थियौ? यसको बारेमा तिमी फिक्री नगर । तर तिमी स्वतन्‍‍त्र हुन सक्छौ भने यसको फाइदा उठाऊ ।
\v 22 किनकि दासको रूपमा हुँदा प्रभुले कसैलाई बोलाउनुभएको छ भने त्यो प्रभुको स्वतन्‍‍त्र मानिस हो । यसरी नै कसैलाई बोलाउँदा कोही स्वतन्‍‍त्र थियो भने त्यो ख्रीष्‍टको दास हो ।
\v 23 तिमीहरू दाम तिरी किनिएका हौ, त्यसैले मानिसहरूको दास नबन।
\v 24 भाइहरू हो, विश्‍वास गर्न बोलावट हुँदा त्यो जस्तो अवस्थामा भएपनि, प्रत्येक त्यही अवस्थमा परमेश्‍वरसँग रहोस् ।
\p
\v 25 अब कहिल्यै विवाह नगरेकाहरूको सम्बन्धमा मसँग प्रभुबाट केही पनि आज्ञा छैन । तर प्रभुको कृपाद्वारा विश्‍वासयोग्य ठहरिएको व्यक्‍तिको रूपमा म मेरो राय दिन्छु ।
\v 26 त्यसकारण, मेरो विचारमा आउन लागेको सङ्कष्‍टको कारणले गर्दा मानिस जस्तो अवस्थामा छ, त्यही अवस्थामा बस्‍नु असल हुन्छ ।
\v 27 के तिमी कुनै पत्‍‍नीसँग वैवाहिक बन्धनमा बाँधिएका छौ? तिनीबाट विवाह वि‍च्‍‍छेद गर्न नखोज । यदि तिमी पत्‍‍नीबाट मुक्त छौ भने, पत्‍‍नीको खोजी नगर ।
\v 28 तर तिमीले विवाह गर्‍यौ भने पनि तिमीले पाप गर्दैनौ र कुनै कन्या केटीले विवाह गर्छे भने तिनले पाप गरेकी हुँदिन । तापनि विवाह गर्नेहरूले धेरै किसिमका संसारिक दुःखकष्‍ट भोग्‍नेछन् र म तिमीहरूलाई तीबाट बचाउन चाहन्छु ।
\p
\v 29 तर भाइहरू हो, म यो भन्छुः समय छोटो छ। अब उप्रान्त पत्‍नी हुनेहरू पत्‍नी नभएजस्तो गरी जिऊन् ।
\v 30 रुनेहरू नरोएको जस्तै गरी बसून्, खुसी हुनेहरू खुसी नभएझैं गरी बसून् र किनमेल गर्नेहरूले तिनीहरूसँग केही नभएझैं गरून्,
\v 31 अनि संसारसित व्यवहार गर्नेहरूले यसलाई पूर्ण रूपमा प्रयोग गरिरहे जस्तो व्यवहार नगरून् । किनकि संसार यसको वर्तमान अवस्‍‍थामा अन्त्य हुँदैछ ।
\p
\v 32 तिमीहरू निस्फिक्री होओ भन्‍ने म चाहन्छु । अविवाहित पुरुषले प्रभुलाई कसरी खुसी पार्ने भनी उहाँका कुराहरूमा ध्यान दिन्छ।
\v 33 तर विवाहित पुरुषले आफ्नी पत्‍नीलाई कसरी प्रसन्‍न पार्ने भनी संसारका कुराहरूमा ध्यान दिन्छ ।
\v 34 तिनको ध्यान विभाजित हुन्छ । अविवाहित स्‍‍त्री वा कन्याले शरीरमा र आत्मामा कसरी पवित्र हुन सक्छु भनी प्रभुका कुराहरूमा ध्यान दिन्छिन् । तर विवाहित स्‍‍त्रीले आफ्नो पतिलाई कसरी प्रसन्‍न पार्ने भनी संसारका कुराहरूमा ध्यान दिन्छिन् ।
\v 35 म तिमीहरूको आफ्नै भलाइका निम्ति भन्‍छु र तिमीहरूलाई प्रतिबन्ध लगाउनलाई होइन । जे ठिक छ म त्यही भन्छु, ताकि तिमीहरू बाधाबिना एक चित्तका भई प्रभुमा लागिरहन सक ।
\p
\v 36 कसैले मगनी भएकी आफ्नी कन्यासँग राम्रो व्यवहार गरिरहेको छैन भनी त्यसले ठान्छ र तिनको विवाह गर्ने उमेर बितिसकेको छ भने चाहेबमोजिम त्यसले गरोस् । त्यसले पाप गरिरहेको छैन। तिनीहरूले विवाह गर्नुपर्छ ।
\v 37 तर यदि त्यो हृदयमा पक्‍का छ, त्यो कुनै करकापमा परेको छैन तर त्यसले आफ्नो इच्छा वशमा राख्‍न सक्छ, र त्यसले आफ्नो हृदयमा यसो गर्ने अर्थात् आफ्नी मगनी भएकी कन्यालाई कुमारी नै राख्‍ने निर्णय गरिसकेको छ भने त्यसले असल नै गर्नेछ ।
\v 38 त्यसैले, जसले आफ्नी कन्यासँग विवाह गर्छ त्यसले असल नै गर्छ, र जसले विवाह नगर्ने इच्छा गर्छ भने त्यसले अझ बढी राम्रो गर्नेछ । ***
\p
\v 39 स्‍‍त्री तिनको पति बाँचुञ्‍जेलसम्म बन्धनमा बाँधिएकी हुन्छिन् । तर तिनको पतिको मृत्यु भयो भने तिनी जोसँग विवाह गर्न चाहन्छिन् त्यससँग विवाह गर्न स्वतन्‍‍त्र हुन्छिन्, तर त्यो व्यक्‍ति प्रभुमा हुनुपर्छ ।
\v 40 तापनि मेरो विचारमा यदि तिनी त्यस्तै अवस्थामा बस्छिन् भने तिनी अझ धेरै प्रसन्‍न रहन्छिन् । अनि मसँग पनि परमेश्‍वरको आत्मा छ भनी म ठान्छु ।
\c 8
\cl अध्याय 8
\p
\v 1 मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा भन्‍नुपर्दा हामीलाई थाहा छ कि हामी सबैसँग ज्ञान छ । ज्ञानले घमण्ड ल्याउँछ, तर प्रेमले उन्‍‍नति गराउँछ ।
\v 2 यदि कसैले केही जान्छु भनी विचार गर्छ भने त्यो व्यक्‍तिले जति जान्‍नुपर्ने हो त्यति जानेको हुँदैन ।
\v 3 तर यदि कसैले परमेश्‍वरलाई प्रेम गर्छ भने त्यो व्यक्‍ति उहाँद्वारा चिनिएको हुन्छ ।
\p
\v 4 त्यसकारण, मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा: हामीलाई थाहा छ कि यस संसारमा भएको मूर्ति केही पनि होइन र एक मात्र परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ ।
\v 5 किनकि धेरै देवताहरू र प्रभुहरू भएजस्तै आकाशमा वा पृथ्‍वीमा नाम मात्रका देवताहरू भएतापनि,
\v 6 हाम्रा निम्ति परमेश्‍वर पिता एक मात्र हुनुहुन्छ, जसबाट सबै कुरा हुन आए, र जसका निम्ति हामी जिउँछौं; र एउटै प्रभु येशू ख्रीष्‍ट जसद्वारा सबै कुरा अस्तित्वमा आउँछन् र जसद्वारा नै हामी अस्तित्वमा छौं ।
\p
\v 7 तापनि यो ज्ञान सबैमा हुँदैन । बरु कति जनाले पहिले मूर्तिपूजा गर्थे र तिनीहरूले यो खानेकुरा मूर्तिलाई नै चढाइएको मानेर खान्छन् । तिनीहरूको विवेक कमजोर भएको कारण भ्रष्‍ट भएको छ ।
\v 8 तर खानेकुराले हामीलाई परमेश्‍वरमा स्वीकारयोग्य बनाउँदैन । हामीले यो खाँदैमा असल हुँदैनौं र नखाँदैमा खराब पनि हुँदैनौं ।
\v 9 तर होसियार होओ, तिमीहरुको स्वतन्‍‍त्रता कमजोर विश्‍वास भएकाहरूलाई ठेसको कारण नबनोस् ।
\v 10 मानौं, जो कोही ज्ञान भएको व्यक्‍तिले तिमीले मन्दिरमा बसेर खानेकुरा खाइरहेको देख्यो भने के त्‍‍यसको कमजोर विवेकले त्‍‍यसलाई मूर्तिलाई चढाइएको खानेकुरा खान आँट नदेला?
\v 11 मूर्तिहरूको वास्तविक प्रकृतिको बारेमा तिमीहरूको समझको कारणले गर्दा कमजोर भाइ नष्‍ट हुन्छ, जसको निम्ति ख्रीष्‍ट मर्नुभयो ।
\v 12 त्यसैले, जब तिमीले आफ्ना भाइहरूको विरुद्धमा पाप गरेर तिनीहरूको कमजोर विवेकलाई चोट पुर्‍याउँछौ, तिमीले ख्रीष्‍टको विरुद्धमा पाप गर्छौ ।
\v 13 त्यसकारण, यदि मैले खाएको खाना मेरो भाइलाई ठेसको कारण बन्छ भने, म फेरि कहिल्यै मासु खानेछैनँ, ताकि म मेरो भाइको पतनको कारण नबनूँ ।
\c 9
\cl अध्याय 9
\p
\v 1 के म स्वतन्‍‍‍त्र छैनँ? के म प्रेरित होइनँ? के मैले येशू हाम्रा प्रभुलाई देखेको छैनँ? के तिमीहरू प्रभुमा मेरा काम होइनौ?
\v 2 म अरूको लागि प्रेरित नभए तापनि कमसेकम तिमीहरूको लागि त हुँ । किनकि तिमीहरू नै प्रभुमा मेरो प्रेरितको कामको छाप हौ ।
\p
\v 3 यो मलाई जाँच्‍‍न खोज्‍‍नेहरूलाई जवाफ होः
\v 4 के हामीलाई खाने र पिउने अधिकार छैनँ?
\v 5 के अरू प्रेरितहरू, प्रभुका भाइहरू र केफासले गरेजस्तै हामीले पनि आफूसँग विश्‍वासी पत्‍नी लिएर हिंड्ने अधिकार छैनँ?
\v 6 अथवा के मलाई र बारनाबासलाई मात्र व्‍‍यापारको काम नगर्ने अधिकार छैन?
\v 7 आफ्नै खर्चमा सिपाहीको रूपमा कसले सेवा गर्छ? कसैले दाखबारी लगाएर त्यसको फल खाँदैन? वा कसले गाईवस्तु पालेर तिनीहरूबाट दूध पिउँदैन?
\p
\v 8 के म यी कुराहरू मानवीय अधिकारको आधारमा भन्छु‍‍? के व्यवस्थाले पनि यही भन्दैन र?
\v 9 किनकि मोशाको व्यवस्थामा यस्तो लेखिएको छ, “दाइँ गरिरहेको गोरुलाई मोहोला नलगाओ ।” के परमेश्‍वरले साँच्‍चै गोरुहरूको मात्र वास्ता गर्नुहुन्छ?
\v 10 के उहाँले हामीहरूका बारेमा बोलिरहनुभएको छैन? यो हाम्रो निम्ति लेखिएको थियो, किनभने खेत जोत्‍नेले बालीको आशा राखेर नै जोत्‍नुपर्छ र बाली चुट्नेले पनि हिस्‍‍सा पाउने आशाले नै चुट्नुपर्छ ।
\v 11 यदि हामीले तिमीहरूका बीचमा आत्मिक कुराहरू छर्‍यौं भने तिमीहरूबाट हामीले भौतिक कुराहरूको कटनी गर्नु अति भयो र?
\v 12 यदि तिमीहरूबाट अरूहरूले हकको दाबी गर्छन् भने के हामीलाई त्योभन्दा बढ्ता हक छैनँ? तापनि हामीले यो हकको दाबी गरेनौं । बरु ख्रीष्‍टको सुसमाचारमा बाधा नबनौं भनेर हामीले सबै सह्‍यौं ।
\v 13 के मन्दिरमा सेवा गर्नेले मन्दिरबाट नै खानेकुरा पाउँछन् भन्‍ने तिमीहरूलाई थाहा छैन? वेदीमा सेवा गर्नेले वेदीमा चढाइएको कुराको हिस्सा पाउँछ भन्‍ने तिमीहरूलाई थाहा छैन?
\v 14 त्यसरी नै सुसमाचार प्रचार गर्नेले सुसमाचारबाट नै जीविका चलाओस् भनेर प्रभुले आज्ञा गर्नुभयो ।
\p
\v 15 तर मैले यी कुनै पनि हकहरूको दाबी गरेको छैनँ । र मेरो लागि केही गरियोस् भनेर म यो लेख्दिनँ । यो गर्व गर्ने कुरादेखि कसैले मलाई वञ्‍चित गर्छ भने म बरु मर्न तयार छु!
\v 16 किनाकि मैले सुसमाचार प्रचार गरें भनेर मैले घमण्ड गर्ने कारण छैनँ, किनभने मैले यो गर्नुपर्छ । यदि मैले सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्‍कार छ!
\v 17 किनकि यदि मैले आफूखुसी यसो गर्छु भने मैले इनाम पाउँछु । तर यो आफूखुसी होइन भने मलाई सुम्पिएको जिम्मेवारी अझै मसँग छ ।
\v 18 त्यसो भए मेरो इनाम के हो? यही हो कि जब म प्रचार गर्छु, सित्तैंमा सुसमाचार प्रचार गरूँ र सुसमाचरमा मेरो हकको पूर्ण प्रयोग नगरूँ ।
\p
\v 19 किनकि म सबै कुरामा स्वतन्‍‍त्र भए तापनि धेरैलाई जित्‍न सकौं भनेर म सबैको दास भएँ ।
\v 20 यहूदीहरूलाई जित्‍नको लागि म यहूदीजस्तै बनें । व्यवस्थाको अधीनमा भएकाहरूलाई जित्‍नको निम्ति म व्यवस्थाको अधीनमा भएको जस्तै बनें । म आफैं व्यवस्थाको अधीनमा नभए तापनि मैले यसो गरें । \f + \ft ULB मा पाउँछाैः \fqa म आफैं व्यवस्थाको अधीनमा नभए तापनि मैले यसो गरें । \fqa* । केही महत्‍‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरू साथै अरू प्राचीन अनुवादहरूमा यो वाक्य छैन । \f*
\v 21 म आफैं परमेश्‍वरको व्यवस्थाबाट बाहिर नभएर ख्रीष्‍टको व्यवस्थामा भए तापनि व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्‍नको निम्ति म व्यवस्थाबाट बाहिर भएजस्तै बनें । व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्‍न सकूँ भनेर मैले यसो गरें ।
\v 22 कमजोरहरूलाई जित्‍न सकूँ भनेर कमजोरहरूको लागि म कमजोर बनें । सबै उपायहरूद्वारा केहीलाई बचाउन सकूँ भनेर म सबै मानिसहरूका लागि सबै कुरा बनेको छु ।
\v 23 सुसमाचारको खातिर म सबै कुराहरू गर्छु ताकि यसका आशिष्‌हरूमा म सहभागी हुन सकूँ ।
\p
\v 24 दौडमा सबै मानिसहरू दौडिन्छन्, तर एक जनाले मात्र पुरस्कार पाउँछ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? त्यसैले पुरस्कार पाउने गरी दौड ।
\v 25 हरेक खेलाडी सबै तालिमहरूमा आत्मसंयमी हुन्छ । तिनीहरूले नाश हुने मुकुट पाउनको लागि यसो गर्छन्, तर हामी नाश नहुने मुकुट पाऔं भनेर दौडन्छौं।
\v 26 त्यसैले म बिना उद्देश्‍‍य दगुर्दिनँ; हावामा हाने जस्‍‍तै मुक्‍‍का हान्दिनँ ।
\v 27 तर म आफ्‍नो शरीरलाई वशमा राख्छु र यसलाई दास बनाउँछु, ताकि अरूलाई प्रचार गरेपछि म आफैंचाहिं अयोग्य नबनूँ ।
\c 10
\cl अध्याय 10
\p
\v 1 भाइहरू हो, तिमीहरूले यो नजान भनी म चाहन्‍नँ कि हाम्रा पिता पुर्खाहरू सबै बादलमुनि थिए र सबै समुद्रको बीचबाट भएर गए ।
\v 2 सबैले बादल र समुद्रमा मोशामा बप्‍तिस्मा पाएका थिए,
\v 3 र सबैले एकै आत्मिक भोजन खाए ।
\v 4 सबैले एकै आत्मिक पानी पिए । किनकि तिनीहरूले आफ्नो पछि लागेकाे एउटा आत्मिक चट्टानबाट पिए, अनि त्यो चट्टान ख्रीष्‍ट हुनुहुन्थ्यो ।
\v 5 तर तिनीहरूमध्ये धेरै जनासित परमेश्‍वर प्रसन्‍न हुनुभएन, र तिनीहरूका लासहरु उजाड-स्थानमा छरिए ।
\p
\v 6 अब यी कुराहरू हाम्रा लागि उदाहरणहरू थिए, त्यसैले हामी तिनीहरूले जस्तै नहोऊ, जोहरु दुष्‍ट कुराहरूको लालसा गर्छन् ।
\v 7 तिनीहरूमध्ये कोही झैं तिमीहरू पनि मूर्तिपूजकहरू नहोओ । यस्तो लेखिएको छ, “मानिसहरू खान र पिउन बसे अनि खेल्नलाई उठे ।”
\v 8 तिनीहरू धेरैले गरेझैं हामीले यौन अनैतिक कार्य नगरौं, जुन कारणले गर्दा एकै दिनमा तिनीहरूमध्‍ये तेइस हजार मरे ।
\v 9 न ता हामीले ख्रीष्‍टको परीक्षा गराैं, जसरी तिनीहरूमध्ये धेरैले गरे र सर्पहरूद्वारा नष्‍ट भए ।
\v 10 गनगन पनि नगर जसो तिनीहरूमध्ये धेरै गरे र मृत्युको दूतद्वारा नष्‍ट भएका थिए ।
\p
\v 11 अब हाम्रो निम्ति उदाहरणहरुको रुपमा तिनीहरूलाई यी कुराहरू भए । यी हाम्रा निर्देशनका निम्ति लेखिएका थिए, हाम्रो निम्ति, जसमा युगको अन्त्य आएको छ ।
\v 12 त्यसैकारण कसैले म खडा छु भनी सोच्छ भने होसियार रहोस् ताकि त्याे नलडोस् ।
\v 13 सबै मानव-जातिमा आउने परीक्षाभन्दा तिमीहरू फरक परीक्षामा परेका छैनौं । तर परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ । उहाँले तिमीहरूलाई तिमीहरूको क्षमता बाहिरको परीक्षामा पर्न दिनुहुन्‍न । तिमीहरूले त्यसलाई सहन सक भनेर उहाँले परीक्षाको साथमा त्यसबाट उम्किने बाटाे पनि प्रदान गर्नुहुनेछ ।
\p
\v 14 त्यसकारण, मेरा प्रियहरू हो, मूर्तिपूजाबाट टाढा भाग ।
\v 15 म समझदार मानिसहरूसित बोलेजस्तै तिमीहरूसित बोल्छु, ताकि तिमीहरूले मैले भनेको कुरा जाँच गर्न सक ।
\v 16 हामीले आशिष् दिने आशिष्‌को कचौरा ख्रीष्‍टको रगतमा भएको सहभागिता होइन र? हामीले भाँच्‍ने रोटी ख्रीष्‍टको शरीरमा भएको सहभागिता होइन र?
\v 17 किनभने रोटी एउटै भएकोले हामी धेरै भए तापनि एउटै शरीर हौं। हामी सबैले एकसाथ एउटै रोटीबाट खान्छौं।
\p
\v 18 शरीरअनुसारका इस्राएललाई हेर, के बलिदान खानेहरू वेदीका सहभागी होइनन् र?
\v 19 त्यसो भए, म के भन्दैछु? के त्यो मूर्ति कुनै कुरा हो? अथवा मूर्तिमा चढाइएको बलिदान केही कुरा हो?
\v 20 तर म तिनीहरूले चढाउने बलिदानका थाेकहरुकाे बारेमा भन्छु, कि तिनीहरूले यी कुराहरू भूतहरूलाई चढाउँछन्, परमेश्‍वरलाई होइन! तिमीहरू भूतहरूसँग सहभागी होओ भन्‍ने म चाहन्‍नँ ।
\v 21 तिमीहरूले प्रभुको कचौरा र भूतहरूको कचौराबाट पिउन सक्दैनौ । तिमीहरूले प्रभुको टेबुलमा र भूतहरूको टेबुलमा सहभागी हुन सक्दैनौ ।
\v 22 अथवा के हामीले प्रभुलाई डाही बनाउने? के हामी उहाँभन्दा बलिया छौं?
\p
\v 23 “सबै कुरा न्यायसङ्गत छ”, तर सबै कुरा फाइदाजनक छैन । “सबै कुरा न्यायसङ्गत छ”, तर सबै कुराले मानिसको निर्माण गर्दैन।
\v 24 कसैले पनि आफ्नै भलाइ मात्र नखोजोस् । बरु, प्रत्येकले आफ्नो छिमेकीको भलाइ खोजोस् ।
\v 25 बजारमा बेचिएका सबै कुरा विवेकका खातिर प्रश्‍न नगरी खाओ ।
\v 26 किनकि “पृथ्‍वी र त्यसमा भएका सबै कुरा प्रभुकै हुन् ।”
\v 27 यदि विश्‍वास नगर्ने व्यक्‍तिले तिमीहरुलाई खानामा निम्तो दिन्छ र तिमीहरू जान इच्छा गर्छौ भने तिमीहरूको अगाडि खानलाई राखिएको कुरा विवेकको खातिर प्रश्‍नहरु नसोधी खाओ ।
\v 28 तर यदि कसैले तिमीहरूलाई “यो मूर्तिपूजामा चढाइएको हो” भन्यो भने त्यो नखाओ । यो चाहिं दुवै, जानकारी दिने र विवेकको खातिर हो । \f + \ft केही ग्रीक लेखका प्राचीन प्रतिलिपिहरुले थप्छ \fqa किनकि “पृथ्‍वी र त्यसमा भएका सबै कुरा प्रभुकै हुन् \fqa* तर ग्रीक लेखका उत्कृष्‍ट प्रतिलिपिहरुमा याे छैन। धेरै विद्वान्‌हरूले याे थप गर्नुलाई पद २६काे नक्कलकाे रूपमा हेर्छन् \f*
\v 29 मैले तिमीहरूको विवेकको बारेमा भनेको होइनँ, तर अरूको विवेकको बारेमा भनेको हुँ । किनकि अरूको विवेकद्वारा मेरो स्वतन्‍‍त्रताको न्याय किन हुन दिने?
\v 30 यदि म कृतज्ञतासाथ खानामा सहभागी हुन्छु भने मैले धन्यवाद दिएको कुरामा म किन निन्दित हुने?
\p
\v 31 त्यसकारण, तिमीहरूले जे खान्छौ वा पिउँछौ वा तिमीहरू जे गर्छौ, सबै परमेश्‍वरको महिमाको निम्ति गर ।
\v 32 तिमीहरू यहूदीहरू र ग्रीकहरू दुवै, र परमेश्‍वरको मण्डलीप्रति दाेष रहित रहाे ।
\v 33 त्यसरी नै म सबै मानिसहरूलाई सबै कुराहरूमा खुसी पार्ने कोसिस गर्छु । म आफ्नो भलाइ खोज्दिनँ, तर धेरैको भलाइ खोज्छु । तिनीहरूले उद्धार पाऊन् भनेर म यो गर्छु ।
\c 11
\cl अध्याय 11
\p
\v 1 मेरो अनुकरण गर्नेहरू होओ, जसरी म ख्रीष्‍टको अनुकरण गर्दछु ।
\p
\v 2 अब म तिमीहरूको प्रशंसा गर्दछु किनकि तिमीहरूले हरेक कुरामा मलाई सम्झन्छौ । म तिमीहरूको प्रशंसा गर्दछु, किनकि मैले सिकाएका शिक्षा तिमीहरूले कायम राख्छौ ।
\v 3 अब म तिमीहरूले यो बुझ भन्‍ने चाहन्छु कि येशू ख्रीष्‍ट हरेक मानिसको शिर हुनुहुन्छ, पुरुष स्‍‍त्रीको शिर हो, र परमेश्‍वरचाहिं ख्रीष्‍टको शिर हुनुहुन्छ ।
\v 4 कुनै पुरुषले आफ्नो शिर ढाकेर प्रार्थना गर्छ अथवा अगमवाणी बोल्छ भने उसले परमेश्‍वरको अपमान गर्छ ।
\v 5 तर यदि कुनै स्‍‍त्रीले आफ्नो शिर नढाकी प्रार्थना गर्छे वा अगमवाणी बोल्छे भने त्यसले आफ्नो शिरको अपमान गर्छे । किनकि यसो गर्नु भनेको त्यसले आफ्नो केश खौरेको जस्तै हो ।
\v 6 यदि स्‍‍त्रीले आफ्नो शिर ढाक्दिन भने, त्यसले आफ्नो केश छोटो गरी काटोस् । यदि स्‍‍त्रीको लागि केश काट्नु वा खौरनु त्यसको लागि शर्मको कुरा हो भने त्यसले आफ्नो शिर ढाकोस् ।
\v 7 पुरुषले आफ्नो शिर नढाकोस् किनकि त्यो परमेश्‍वरको प्रतिरूप र गौरव हो । तर स्‍‍त्रीचाहिं पुरुषको गौरव हो ।
\v 8 किनकि पुरुष स्‍‍त्रीबाट बनिएको थिएन, बरू स्‍‍त्री पुरुषबाट बनिएकी थिई।
\v 9 किनकि पुरुष स्‍‍त्रीको निम्ति सृष्‍टि गरिएको थिएन, बरू स्‍‍त्री पुरुषको निम्ति सृष्‍टि गरिएकी थिई ।
\v 10 यसैकारणले स्वर्गदूतहरूका खातिर स्‍‍त्रीले आफ्नो शिरमा अधिकारको चिन्ह लगाउनुपर्छ ।
\p
\v 11 तापनि प्रभुमा स्‍‍त्री पुरुषबाट स्वतन्‍त्र हुन्‍न न त पुरुष स्‍‍त्रीबाट नै ।
\v 12 किनकि जसरी स्‍‍त्री पुरुषबाट आउँछे, त्यसरी नै पुरुष पनि स्‍‍त्रीबाट आउँछ र सबै कुरा परमेश्‍वरबाट आउँछन् ।
\v 13 तिमीहरू आफैं विचार गर, के स्‍‍त्रीले आफ्नो शिर नढाकी परमेश्‍वरसँग प्रार्थना गर्नु उपयुक्त हो?
\v 14 कुनै पुरुषले लामो केश पाल्नु त्यसको निम्ति शर्मको कुरो हो भन्‍ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र?
\v 15 कुनै स्‍‍त्रीको लामो केश हुनु, त्यसको निम्ति गौरवको कुरो हो भन्‍ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र? सो त्यसको शिर ढाक्नका लागी दिइएको हो ।
\v 16 तर यदि कोही यस विषयमा बहस गर्न चाहन्छ भने हामीसँग अर्को कुनै प्रथा छैन, न परमेश्‍वरको मण्डलीसँग छ ।
\p
\v 17 तर यी निर्देशनहरू दिंदा म तिमीहरूको प्रशंसा गर्दिनँ । किनकि तिमीहरू असलको निम्ति होइन तर खराबको निम्ति भेला हुन्छौ ।
\v 18 किनकि पहिलो कुरा त तिमीहरू मण्डलीमा भेला हुँदा, तिमीहरूमा फाटो हुन्छ भन्‍ने म सुन्छु र केही हदसम्म म विश्‍वास पनि गर्छु ।
\v 19 तिमीहरूका माझमा स्वीकृत भएकाहरू चिनिनको लागि पनि तिमीहरूका माझमा मतभेद हुनु आवश्यक छ ।
\v 20 किनकि तिमीहरू भेला भएर खाएको कुरा प्रभु-भोज होइन ।
\v 21 जब तिमीहरू खान्छौ, अरूले आफ्नो भोजन खानुअघि प्रत्येकले आफ्नो खाना खान्छ । एकजना भोकै हुन्छ र अर्को मातेको हुन्छ ।
\v 22 के खान र पिउनको लागि तिम्रो आफ्नै घर छैन र? के तिमीहरू परमेश्‍वरको मण्डलीलाई तुच्छ ठान्छौ र केही नभएकाहरूलाई अपमान गर्छौ? म तिमीहरूलाई के भनूँ? के म तिमीहरूको प्रशंसा गरूँ? यसको निम्ति म तिमीहरूको प्रशंसा गर्दिनँ ।
\p
\v 23 किनकि मैले जे प्रभुबाट पाएँ, त्यो मैले तिमीहरूलाई सुम्पिदिएँ, कि प्रभु येशूले धोका पाएको त्यो रात रोटी लिनुभयो ।
\v 24 धन्यवाद दिनुभएपछि उहाँले रोटी भाँच्‍नुभयो र भन्‍नुभयो, “यो मेरो शरीर हो, जुन तिमीहरूको निम्ति हो । मेरो सम्झनाको निम्ति यो गर ।”
\v 25 त्यसरी नै खाइसक्‍नुभएपछि उहाँले कचौरा लिनुभयो र उहाँले भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो । जब जब तिमीहरू पिउँछौ, मेरो सम्झनामा यो गर्ने गर ।”
\v 26 किनकि हरेकपल्ट जब तिमीहरूले यो रोटी खान्छौ र कचौराबाट पिउँछौ, उहाँ नआउञ्‍जेलसम्म प्रभुको मृत्युको घोषणा गर्छौ ।
\p
\v 27 यसकारण जसले अयोग्य रीतिले रोटी खान्छ वा कचौराबाट पिउँछ, त्यो प्रभुको शरीर र रगतको दोषी हुनेछ ।
\v 28 कुनै व्यक्‍तिले पहिले आफैंलाई जाँचोस् र यसरी रोटी खाओस् र कचौराबाट पिओस् ।
\v 29 किनकि जसले शरीरको वास्ता नराखिकन रोटी खान्छ र कचौराबाट पिउँछ, त्यसले खाएको र पिएको कारण आफूमाथि न्यायको दण्ड ल्याउँछ ।
\v 30 त्यसकारण, तिमीहरूमध्ये धेरै जना कमजोर र रोगी छन् र कोही त मरिसकेका छन् ।
\v 31 तर यदि हामीले आफैंलाई जाँच गर्‍यौं भने हामी न्यायमा पर्नेछैनौँ ।
\v 32 तर जब हामी प्रभुबाट जाँचिन्छौं हामी अनुशासित हुन्छौं ताकि संसारसँगै हामी दोषी ठहरिनेछैनौं।
\p
\v 33 यसकारण मेरा भाइहरू हो, जब तिमीहरू खानको लागि भेला हुन्छौ, एकले अर्कालाई पर्ख ।
\v 34 यदि कोही भोकाएको छ भने त्यसले घरैमा खाओस्, ताकि तिमीहरू भेला हुँदा, त्यो न्यायको लागि नहोस् । र तिमीहरूले लेखेका अन्य विषयहरूको बारेमा, म आएपछि निर्देशनहरू दिनेछु ।
\c 12
\cl अध्याय 12
\p
\v 1 भाइहरू हो, आत्मिक वरदानहरूको बारेमा तिमीहरू अनभिज्ञ रहेको म चाहन्‍नँ ।
\v 2 तिमीहरूलाई थाहै छ कि कुनै बेला तिमीहरू मूर्तिपूजक थियौ, तिमीहरू बोल्न नसक्‍ने मूर्तिहरूतिर बहकाइएका थियौ, कुनै न कुनै प्रकारले तिमीहरू तिनीहरूद्वारा डोहोर्‍याइएका थियौ
\v 3 त्यसकारण, तिमीहरूले यो जान भन्‍ने म चाहन्छु कि परमेश्‍वरका आत्माद्वारा बोल्ने कसैले पनि “येशू श्रापित हुनुहुन्छ” भन्‍न सक्दैन । पवित्र आत्माद्वारा बाहेक कसैले पनि “येशू नै प्रभु हुनुहुन्छ” भन्‍न सक्दैन ।
\p
\v 4 अब वरदानहरू फरक छन्, तर पवित्र आत्मा त्यही हुनुहुन्छ ।
\v 5 सेवाका कार्यहरू फरक छन्, तर प्रभु त्यही हुनुहुन्छ;
\v 6 र कामहरू फरक किसिमका छन्, तर सबैमा सबै कामहरु गर्नुहुने परमेश्‍वर त्यही हुनुहुन्छ ।
\p
\v 7 अब सबैको भलाइको निम्ति प्रत्येकलाई पवित्र आत्माको बाहिर देखिने चिन्‍ह दिइएको छ ।
\v 8 किनकि एउटालाई पवित्र आत्माद्वारा बुद्धिको कुरा दिइएको छ भने त्यही पवित्र आत्माद्वारा अर्कोलाई ज्ञानको कुरा।
\v 9 अर्काेलाई त्यही पवित्र आत्माद्वारा विश्‍वास दिइएको छ भने अर्कोलाई एकै पवित्र आत्माद्वारा निको पार्ने वरदान दिइएको छ ।
\v 10 एउटालाई आश्‍चर्यकाे कामहरू दिइएको छ र अर्कोलाई अगमवाणीको । अर्कोलाई आत्माहरू छुट्‍याउने क्षमता दिइएको छ भने अर्कोलाई विभिन्‍न किसिमका भाषाहरू बोल्ने, अनि कसैलाई भाषाहरूको अर्थ खोलिदिने ।
\v 11 यी सबै एकै र त्यही पवित्र आत्माका काम हुन्, उहाँको इच्छाबमोजिम उहाँले प्रत्येकलाई व्यक्‍तिगत रूपमा वरदानहरू दिनुहुन्छ ।
\p
\v 12 किनकि जसरी शरीर एउटा हुन्छ र अङ्गहरू धेरै हुन्छन् र सबै अङ्ग एउटै शरीरको भएझैं, ख्रीष्‍टमा पनि त्यस्तै हुन्छ ।
\v 13 किनकि एउटै पवित्र आत्माद्वारा हामीहरू सबैको एउटै शरीरमा बप्‍तिस्मा भएको थियो, चाहे यहूदी वा ग्रीक, चाहे दास वा स्वतन्‍‍त्र, र सबैलाई एउटै पवित्र आत्माबाट पिउन दिइएको छ ।
\p
\v 14 किनकि शरीर एउटै अङ्गले मात्र होइन, तर धेरै अङ्गहरूले बनेको हुन्छ ।
\v 15 यदि खुट्टाले “म हात होइन, त्यसैले म शरीरको अङ्ग होइन” भन्छ भने पनि त्यो शरीरको कुनै पनि अङ्गभन्दा कम ठहरिंदैन ।
\v 16 र यदि कानले “ किनकि म आँखा होइन, म शरीरको अङ्ग होइन” भन्छ भने पनि त्यो शरीरको कुनै पनि अङ्गभन्दा कम ठहरिंदैन ।
\v 17 यदि सम्पूर्ण शरीर नै आँखा हुँदो हो त सुन्‍ने कहाँबाट? यदि सम्पूर्ण शरीर कान भइदिएको भए सुँघ्‍ने कहाँबाट?
\v 18 तर परमेश्‍वरले प्रत्येक अङ्गहरू, उहाँको इच्छाअनुसार ती प्रत्येकलाई शरीरमा नियुक्त गर्नुभएकाे छ ।
\v 19 यदि ती सबै एउटै अङ्ग भइदिएको भए शरीर कहाँ हुन्थ्‍यो र?
\v 20 यसकारण अब ती अङ्गहरू धेरै छन् तर केवल शरीर एउटै छ ।
\v 21 आँखाले हातलाई, “मलाई तिम्रो खाँचो छैन” भन्‍न सक्दैन । न टाउकोले खुट्टालाई “मलाई तिम्रो खाँचो छैन” भन्छ ।
\v 22 तर कमजोर ठानिएका शरीरका अङ्गहरू अत्यावश्यक हुन्छन्,
\v 23 र हामीले कम आदरका ठान्‍ने शरीरका अङ्गहरूलाई हामी झन् बढी नै आदर गर्छाैं र देखाउन नमिल्ने अङ्गहरूलाई झनै बढी भद्रतासाथ राख्छौं।
\v 24 अब हाम्रा देखाउन मिल्ने अङ्गहरूलाई ती आवश्यक छैन बरू कम आदर पाएका अङ्गहरूलाई झन् बढ्ता आदर दिएर परमेश्‍वरले शरीरलाई बनाउनुभएकाे छ ।
\v 25 शरीरमा कुनै विभाजन नहोस्, बरु हरेक अङ्गले उही स्‍नेहसाथ एक अर्कोलाई वास्ता गरून् भनेर उहाँले यसो गर्नुभयो ।
\v 26 त्यसकारण जब कुनै एउटा अङ्गले दुःख पाउँछ, सबै अङ्गहरूले सँगै दुःख भोग्छन्, अथवा जब कुनै एउटा अङ्गको आदर हुन्छ, सबै अङ्गहरू सँगै आनन्दित हुन्छन् ।
\p
\v 27 अब तिमीहरू ख्रीष्‍टका शरीर हौ, र व्यक्‍तिगत रूपले यसका अङ्गहरू हौ ।
\v 28 र परमेश्‍वरले मण्डलीमा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि ती जो आश्‍चर्यकर्म गर्नेहरू, त्यसपछि निको पार्ने वरदान पाएकाहरू, मद्दत गर्नेहरू, प्रशासनका काम गर्नेहरू र विभिन्‍न भाषा बाेल्नेहरू नियुक्‍त गर्नुभएको छ ।
\v 29 के तिनीहरू सबै प्रेरितहरू हुन्? के सबै अगमवक्‍ताहरू हुन्? के सबै शिक्षकहरू हुन्? के सबैले आश्‍चर्यकर्महरू गर्छन्?
\v 30 के तिनीहरू सबैसँग निको पार्ने वरदान छ? के तिनीहरू सबै अन्य भाषाहरूमा बोल्छन्? के तिनीहरू सबैले भाषाहरूको अर्थ खोल्छन्?
\v 31 जोसिलो भई अझ ठुला वरदानहरूको खोजी गर र अब म तिमीहरूलाई अझ उत्तम मार्ग देखाउनेछु ।
\c 13
\cl अध्याय 13
\p
\v 1 मानाैं, म मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोल्छु, तर यदि मसँग प्रेम छैन भने म हल्ला मच्‍चाउने घण्टा र झ्याइँ-झ्याइँ गर्ने झ्याली मात्र हुन्छु ।
\v 2 मानौं, मसँग अगमवाणी गर्ने वरदान छ र म सबै लुकेका सत्यहरु र ज्ञान बुझ्‍न सक्छु र मसँग पहाडहरू हटाउन सक्‍ने सम्मको सम्पुर्ण विश्‍वास छ, तर यदि मसँग प्रेम छैन भने म केही पनि होइनँ ।
\v 3 तर मानौं, मसँग भएका सबै सम्पत्तिहरू गरिबहरूलाई खुवाउनको लागि दिन्छु र मेरो शरीरलाई जलाउन दिन्छु, तर यदि मसँग प्रेम छैन भने मलाई केही फाइदा हुँदैन । \f + \ft धेरैजसाे महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरू, र प्राचीन अनुवादहरूमा पाउँछाैं, \fqa म मेरो शरीरलाई जलाउन दिन्छु \fqa* केही महत्वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरू र केही प्राचीन अनुवादहरूमा पाउँछाैं, \fqa म मेराे शरीरलाई दिन्छु ताकि म घमण्ड गर्न सकूँ \fqa* । \f*
\p
\v 4 प्रेम सहनशील र दयालु हुन्छ । प्रेमले डाह वा घमण्ड गर्दैन । यो अहङ्कारी हुँदैन
\v 5 वा रुखो हुन्छ । यसले आफ्नै स्वार्थ खोज्दैन । यो सजिलै रिसाउँदैन न त यसले खराबीहरूको हिसाब राख्छ ।
\v 6 यो अधार्मिकतामा खुसी हुँदैन । बरु, यो सत्यतामा रमाउँछ ।
\v 7 प्रेमले सबै कुराहरु सहन्छ; सबै कुराहरुमा विश्‍वास गर्छ, सबै कुराहरुमा आशा गर्छ, र सबै कुराहरुमा स्थिर रहन्छ ।
\p
\v 8 प्रेमको कहिल्यै अन्त्य हुँदैन । यदि अगमवाणीहरू छन् भने ती बितेर जानेछन् । यदि भाषाहरू छन् भने ती बन्द हुनेछन् । यदि ज्ञान छ भने त्याे बितेर जानेछ ।
\v 9 किनकि हामी थोरै जान्दछौं र थोरै अगमवाणी बोल्छौं ।
\v 10 तर जब सिद्ध आउँछ, तब जे अपूर्ण छ, त्याे बितेर जानेछ ।
\v 11 जब म बालक थिएँ, मैले बालकले जस्तै बोलें र मैले बालकले जस्तै सोचें, मैले बालकले जस्‍तै तर्कहरू गरें । जब म वयस्क भएँ मैले बालकका चालहरू छोडिदिएँ ।
\v 12 किनकि अहिले हामी ऐनामा अप्रत्यक्ष देख्छौं, तर त्यसबेला आमने-सामने देख्‍नेछौं । अहिले म थोरै जान्दछु, तर त्यस बेला म पूर्ण रूपमा चिन्‍नेछु, जसरी म पूर्ण रूपमा चिनिएको छु ।
\v 13 तर अब यी तीन कुरा रहन्छन्, विश्‍वास, आशा र प्रेम । तर यी सबैमा सर्वोत्तमचाहिं प्रेम नै हो ।
\c 14
\cl अध्याय 14
\p
\v 1 प्रेममा लागि रहो र आत्मिक वरदानहरूका लागि जोसिलो होओ, विशेष गरी तिमीहरू अगमवाणी बोल्नकाे निम्ति ।
\v 2 किनकि अन्य भाषामा बोल्नेले मानिसहरूसँग होइन, तर परमेश्‍वरसँग बोल्छ । किनकि त्यसको कुरा कसैले पनि बुझ्‍न सक्दैन, किनभने त्यसले गुप्‍त कुराहरूलाई आत्मामा बोल्छ ।
\v 3 तर अगमवाणी गर्नेले, मानिसहरूसँग बोलेर तिनीहरूलाई निर्माण गर्ने, उत्साह प्रदान गर्ने र सान्त्वना दिने काम गर्छ ।
\v 4 जसले अन्य भाषामा बोल्छ, त्यसले आफैंलाई निर्माण गर्छ तर जसले अगमवाणी गर्छ, त्यसले मण्डलीलाई निर्माण गर्छ ।
\p
\v 5 अब तिमीहरू सबै जना अन्य भाषाहरू बोल भन्‍ने म चाहन्छु। तर त्योभन्दा पनि अझ बढी अगमवाणी गर भन्‍ने म चाहन्छु।(मण्डली सुधार होस् भनेर कसैले त्यसको अर्थ नखोलेसम्म) अन्य भाषा बोल्नेभन्दा पनि अगमवाणी गर्ने महान् हुन्छ ।
\p
\v 6 तर अब, भाइहरू हो, यदि म तिमीहरूकहाँ अन्य भाषाहरूमा बोल्दै आएँ भने मैले तिमीहरूलाई कसरी फाइदा पुर्‍याउँछु र? जबसम्म म प्रकाश वा ज्ञानमा वा अगमवाणी वा शिक्षामा तिमीहरूसँग बोल्दिनँ तबसम्म फाइदा पुर्‍याउँदिनँ ।
\v 7 त्यसैगरी जब, आवाजहरू निकाल्ने मुरली वा वीणाजस्ता निर्जीव साधनहरूले फरक खालका धुनहरू निकाल्दैनन् भने कसैले मुरली वा वीणामा के बजाइरहेको छ भनेर कसरी जान्‍न सक्छ?
\v 8 किनकि यदि तुरहीलाई नचिनिने आवाजमा बजाउने हो भने लडाइँको लागि तयार हुने समय हो भनेर कसैले कसरी जान्‍ने?
\v 9 तिमीहरूका लागि पनि अन्य भाषाहरू त्यस्तै हो । यदि तिमीहरूले नबुझिने तरिकाले बोल्यौ भने के भनियाे भनी कसरी बुझ्‍ने? तिमीहरूले हावामा बोलिरहेका हुनेछाै ।
\v 10 संसारमा निःशन्‍देह धेरै भाषाहरू छन् र कुनै पनि अर्थ बिनाका छैनन् ।
\v 11 तर यदि मैले भाषाको अर्थ बुझिनँ भने म बाेल्ने व्यक्‍तिको लागि विदेशी हुनेछु र त्यो बाेल्ने व्यक्‍ति मेरो लागि विदेशी हुनेछ ।
\v 12 त्यस्तै तिमीहरूमा पनि यो हुन्छ । तिमीहरू पवित्र आत्माको प्रकटीकरणको लागि उत्सुक भएझैं मण्डलीलाई सुधारकाे खाेजी गर ताकि तिमीहरू प्रशस्‍त हाेओ ।
\p
\v 13 त्यसैले अन्य भाषामा बोल्ने व्यक्‍तिले त्यसको अर्थ खोल्न सकोस् भनेर प्रार्थना गरोस् ।
\v 14 किनकि यदि मैले अन्य भाषामा प्रार्थना गर्छु भने मेरो आत्माले प्रार्थना गर्छ तर मेरो दिमागचाहिं निष्फल हुन्छ ।
\v 15 मैले के गर्ने त? म मेरो आत्माले प्रार्थना गर्नेछु, तर म मेरो दिमागले पनि प्रार्थना गर्नेछु । म मेरो आत्माले गाउनेछु र म मेरो दिमागले पनि गाउनेछु ।
\v 16 नत्रता तिमीले धन्यवाद दिंदा, यदि तिमीले आत्मामा परमेश्‍वरलाई धन्य भन्छाै ‌भने बाहिरकाहरूले कसरी "आमेन" भन्‍ने जब कि तिमीले के भनिरहेका छाै तिनीहरूले बुझ्‍दैनन् ।
\v 17 किनकि तिमीले त निश्‍चय नै प्रशस्‍त मात्रामा धन्यवाद दिन्छौ, तर त्यसले अर्को व्यक्‍ति बन्दैन ।
\v 18 म परमेश्‍वरलाई धन्‍यवाद दिन्छु कि म तिमीहरू सबैले भन्दा बढी नै अन्य भाषाहरूमा बोल्छु ।
\v 19 तर मण्डलीमा अन्य भाषामा दस हजारवटा शब्द बोल्नुको साटो अरूलाई निर्देशन दिन म आफ्नै समझमा पाँचवटा शब्द बोल्न चाहन्छु ।
\p
\v 20 भाइहरू हो, आफ्नो सोचाइमा बालकहरू नबन । बरू खराबीको निम्ति शिशुहरू बन । तर आफ्नो सोचाइमा परिपक्‍व बन ।
\v 21 व्‍यवस्थामा यस्तो लेखिएको छ “अनौठो भाषाहरूमा बोल्ने मानिसहरूद्वारा र विदेशीहरूका ओठद्वारा म यी मानिसहरूसँग बोल्नेछु, तापनि तिनीहरूले मलाई सुन्‍नेछैनन्”।
\p
\v 22 त्यसाेभए, अन्य भाषाहरू विश्‍वासीहरूको लागि होइन तर विश्‍वास नगर्नेहरूको लागि चिन्‍ह हो । तर अगमवाणीचाहिं विश्‍वास नगर्नेहरूका लागि होइन तर विश्‍वासीहरूका लागि चिन्‍ह हो ।
\v 23 त्यसकारण, यदि सम्पूर्ण मण्डली भेला हुन्छ, र सबैले अन्य भाषाहरूमा बोल्छन् भने, र बाहिरकाहरू र विश्‍वास नगर्नेहरू त्यहाँ आउँदा तिनीहरूले तिमीहरू पागल हौ भनेर भन्दैनन्?
\v 24 तर यदि तिमीहरू सबै जनाले नै अगमवाणी गरिरहँदा र कोही विश्‍वास नगर्ने वा बाहिरको व्यक्‍ति भित्र आयो भने त्यसले सुनेको कुराले त्यसलाई पापको बोध हुनेछ । भनिएका सबै कुराहरूद्वारा त्याे जाँचिनेछ ।
\v 25 त्यसका हृदयका गोप्य कुराहरू प्रकट हुनेछन् । परिणामस्वरूप, त्याे परमेश्‍वरको सामु घोप्‍टाे पर्नेछ र आराधना गर्नेछ । त्यसले परमेश्‍वर साँच्‍चै तिमीहरूका बीचमा हुनुहुन्छ भनेर घोषणा गर्नेछ ।
\p
\v 26 भाइहरू हो, अब के त? जब तिमीहरू भेला हुन्छौ, तब प्रत्येकसँग भजन, शिक्षा, प्रकाश, अन्य भाषा वा अर्थ खोल्ने काम हुन्छ । सबै कुरा मण्डलीको वृद्धिको लागि गर ।
\v 27 यदि कसैले अन्य भाषामा बोल्छ भने दुई वा बढीमा तीनजनाले पालैपालो बोलून् र कसैले बोलिएको कुराको अर्थ खोलोस् ।
\v 28 तर यदि त्यहाँ अर्थ खोल्ने कोही पनि छैन भने तिनीहरूमध्ये प्रत्येक मण्डलीमा चुप बसोस् । प्रत्येकले आफैं र परमेश्‍वरसँग एक्लै बोलोस् ।
\p
\v 29 दुई वा तीन जना अगमवक्‍ताहरू बोलून् र अरूले त्यो भनिएको कुरालाई ध्यानसँग त्यसको जाँच गर्दै सुनून् ।
\v 30 तर यदि बसिरहेको कसैलाई अन्‍तर्द‍ृष्‍टि प्राप्‍त भयो भने बोलिरहेको पहिलाे व्यक्‍ति चुप लागोस् ।
\v 31 किनकि तिमीहरू एक-एक गरेर प्रत्येकले अगमवाणी गर्न सक्छौ ताकि हरेकले सिक्‍न सकोस् र सबै नै उत्साहित बनून् ।
\v 32 किनकि अगमवक्‍ताका आत्माहरू अगमवक्‍ताहरूकै नियन्‍‍त्रणमा हुन्छन् ।
\v 33 किनकि परमेश्‍वर अन्योलका होइन तर शान्तिका परमेश्‍वर हुनुहुन्छ । याे परमेश्‍वरका पवित्र जनहरूका सबै मण्डलीहरूमा भएकाे नियम हाे ।
\v 34 स्‍‍त्रीहरू मण्डलीहरूमा चुपचाप रहून् । किनकि तिनीहरूलाई बोल्ने अनुमति दिइएको छैन । बरु, तिनीहरू व्यवस्थाले पनि भनेअनुसार समर्पित हुनुपर्छ ।
\v 35 यदि तिनीहरूले केही सिक्‍ने चाहना गर्छन् भने तिनीहरूले घरमा तिनीहरूका पतिहरूलाई सोधून् । किनकि स्‍‍त्रीहरू मण्डलीमा बोल्नु शर्मको कुरो हो ।
\v 36 के परमेश्‍वरको वचन तिमीहरूबाट आएको थियो? के यो तिमीहरूकहाँ मात्र आएको थियो?
\v 37 यदि काेही आफैंलाई अगमवक्‍ता वा आत्मिक सम्झन्छ भने मैले तिमीलाई लेखेका कुराहरू परमप्रभुका आज्ञाहरू हुन् भनी त्यसले स्वीकार गर्नुपर्छ ।
\v 38 तर यदि कसैले त्यसलाई स्वीकार गर्दैन भने त्यसलाई पनि स्वीकार नगरियोस् ।
\p
\v 39 यसैले भाइहरू हो, अगमवाणी गर्ने द‍ृढ चाहना गर र कसैलाई पनि अन्यभाषा बोल्नदेखि नरोक ।
\v 40 तर सबै कुराहरू उचित तरिकाले र व्यवस्थित रूपमा गरियोस् ।
\c 15
\cl अध्याय 15
\p
\v 1 अब भाइहरू हो, तिमीहरूका माझमा मैले घोषणा गरेको सुसमाचार तिमीहरूलाई म स्मरण गराउँछु जुन तिमीहरूले पायौ र जसमा तिमीहरू रहन्छौ,
\v 2 र यदि तिमीहरू मैले प्रचार गरेको वचनमा अटल रह्‍यौ भने यसबाट तिमीहरू बचाइन्छौ, नत्रता तिमीहरूले व्यर्थमा विश्‍वास गर्‍यौ ।
\p
\v 3 किनकि मैले जे पाएँ ती तिमीहरूलाई पहिलाे महत्त्वका साथ सुम्पिदिएँ, धर्मशास्‍‍त्रअनुसार ख्रीष्‍ट हाम्रा पापहरूका लागि मर्नुभयो,
\v 4 उहाँ गाडिनुभयो, र धर्मशास्‍‍त्रअनुसार नै तेस्रो दिनमा जीवित पारिनुभयो ।
\v 5 ख्रीष्‍ट केफासकहाँ देखा पर्नुभयो, र त्यसपछि बाह्र जनाकहाँ,
\v 6 त्यसपछि उहाँ एकसाथ पाँचसय भाइहरूकहाँ देखा पर्नुभयो । तीमध्ये धेरै जना अहिलेसम्म जीवित छन्, तर कतिचाहिं मरिसके ।
\v 7 त्यसपछि उहाँ याकूबकहाँ देखिनुभयाे र त्यसपछि सबै प्रेरितहरूकहाँ ।
\v 8 अन्त्यमा, उहाँ समयभन्दा अघि जन्मेको बालककहाँ जस्तै गरी मकहाँ देखा पर्नुभयो ।
\v 9 किनकि म प्रेरितहरूमध्ये सबैभन्दा सानो हुँ । म प्रेरित कहलाइन अयोग्य छु, किनकि मैले परमेश्‍वरको मण्डलीलाई सताएँ ।
\v 10 तर म जे छु परमेश्‍वरको अनुग्रहमा छु र ममा भएको उहाँको अनुग्रह व्यर्थमा थिएन । बरु, मैले तिनीहरू सबैले भन्दाबढी परिश्रम गरें। तरै पनि त्यो मैले होइन, तर ममा हुनुहुने परमेश्‍वरको अनुग्रहले हाे ।
\v 11 त्यसैकारण म वा तिनीहरू जसले भए पनि हामी प्रचार गर्छौं र तिमीहरूले विश्‍वास गर्‍यौ ।
\p
\v 12 अब यदि ख्रीष्‍ट मृतकहरूबाट जीवित पारिनुभएको हो भनी घोषणा गरिन्छ भने कसरी तिमीहरूमध्ये कतिपयले मृतकहरूको पुनरुत्थान हुँदैन भन्‍न सक्छौ?
\v 13 तर यदि मृतकहरूको पुनरुत्थान हुँदैन भने ख्रीष्‍ट पनि जीवित पारिनुभएन,
\v 14 र यदि ख्रीष्‍ट जीवित पारिनुभएको होइन भने हाम्रो प्रचार व्यर्थ हुन्छ र तिमीहरूको विश्‍वास पनि व्यर्थ हुन्छ ।
\v 15 हामी पनि परमेश्‍वरकाे बारेमा झुटा गवाहहरू ठहरिन्छाैं, किनभने परमेश्‍वरले ख्रीष्‍टलाई मरेकाबाट जीवित पार्नुभयो भनेर हामी गवाही दिन्छाैं, तर यदि मरेकाहरू जीवित पारिंदैनन् भने उहाँले उहाँलाई जीवित पार्नुभएन ।
\v 16 किनकि यदि मरेकाहरू जीवित पारिंदैनन् भने ख्रीष्‍ट पनि जीवित पारिंनुभएन,
\v 17 र यदि ख्रीष्‍ट जीवित पारिनुभएको होइन भने तिमीहरूको विश्‍वास व्यर्थ हुन्छ र तिमीहरू अझै पनि तिमीहरूका पापहरूमा नै छौ ।
\v 18 तब ख्रीष्‍टमा मर्नेहरू पनि नष्‍ट भएका छन् ।
\v 19 यदि यस जीवनको लागि मात्र हामीले ख्रीष्‍टमा आशा गर्छौं भने त सबै मानिसहरूभन्दा बढी हामीहरू दयनीय हुन्छौं।
\p
\v 20 तर अब ख्रीष्‍ट मरेकाहरूबाट जीवित भई उठ्नेमा पहिलो फल झैं मृतकबाट जीवित पारिनुभएको छ ।
\v 21 किनकि मृत्यु एक जना मानिसबाट आयो र मृतकहरूको पुनरुत्थान पनि एक जना मानिसबाट नै आयो ।
\v 22 किनकि जसरी आदममा सबै मरे, त्यसरी नै ख्रीष्‍टमा सबै जीवित परिनेछन् ।
\v 23 तर प्रत्येक कुरा आफ्नै क्रमअनुसार हुनेछ, ख्रीष्‍ट, जो पहिलो फल हुनुहुन्छ र त्यसपछि ख्रीष्‍टमा भएकाहरू उहाँको आगमनमा जीवित पारिनेछन् ।
\v 24 त्यसपछि अन्त्य आउनेछ, जुन बेला ख्रीष्‍टले राज्यलाई परमेश्‍वर पिताको हातमा सुम्पिदिनुहुनेछ, जुन बेला उहाँले सबै शासन, सबै अधिकार र शक्तिलाई निर्मूल पारिदिनुहुनेछ ।
\v 25 किनकि उहाँले आफ्ना सबै शत्रुहरूलाई आफ्ना खुट्टामुनि नराख्‍नुभएसम्म उहाँले शासन गर्नुपर्छ ।
\v 26 नष्‍ट गर्नुपर्ने अन्तिम शत्रु मृत्यु हो ।
\v 27 किनकि “उहाँले सबै कुरालाई उहाँको पाउमुनि राख्‍नुभएको छ ।” तर “उहाँले सबै कुरा राख्‍नुभएको छ” भन्‍नाले यसले स्पस्ट हुन्छ कि सबै कुरा उहाँको अधीनमा राख्‍नेचाहिं यसमा पर्नुहुन्‍न ।
\v 28 जब सबै कुरा उहाँको अधीनमा हुन्छ, तब पुत्र आफैं सबै कुराहरू अधीनमा राखिदिनेको अधीनमा आउनुहुनेछ, ताकि परमेश्‍वर नै सर्वेसर्वा हुनुभएको होस् ।
\p
\v 29 वा नत्रता मरेकाहरूको निम्ति बप्‍तिस्मा लिनेहरूले के गर्ने त? यदि मरेकाहरू जीवित नपारिने हो भने किन तिनीहरूका निम्ति तिनीहरूले बप्‍तिस्मा लिन्छन्?
\v 30 त्यसोभए किन हामी हरपल खतरामा छौं?
\v 31 म प्रतिदिन मर्छु! यसमा म त्यतिनै पक्का छु, जति म तिमीहरूमा गर्व गर्छु, जुन मैले ख्रीष्‍ट येशू, हाम्रा प्रभुमा पाएको छु ।
\v 32 यदि मरेकाहरू जीवित भई उठ्दैनन् भने एफिससमा मैले जङ्गली जनावरहरूसँग गरेको लडाइँले मानवीय द‍ृष्‍टिबाट मलाई के लाभ हुन्छ र? “हामी खाऔं र पिऔं किनकि भोलि त हामी मरिहाल्छौं।”
\v 33 भ्रममा नपर: “खराब सङ्गतले असल चरित्रलाई बिगार्छ ।”
\v 34 धोका नखाओ! धार्मिकतामा जिओ! पाप गरी नरहो । किनकि तिमीहरूमध्ये कतिलाई त परमेश्‍वरको कुनै ज्ञानै छैन । तिमीहरूलाई लज्जित पार्न म यो भन्दछु ।
\p
\v 35 तर कसैले भन्‍नेछ, “मरेकाहरू कसरी जीवित पारिन्छन् र कस्तो किसिमका शरीर लिएर तिनीहरू आउनेछन्?”
\v 36 तिमी मूर्खहरू! तिमीहरू जे रोप्छौ सो नमरेसम्म उम्रनेछैन ।
\v 37 तिमीहरूले जे रोप्छौ त्यो पछि हुने शरीर होइन, तर बीउ मात्र हो । त्यो गहुँ या अन्य कुनै कुरा बन्‍न सक्छ ।
\v 38 तर परमेश्‍वरले चाहेअनुसारको शरीर त्यसलाई दिनुहुनेछ र प्रत्येक बीउलाई त्यसको आफ्नै शरीर दिनुहुनेछ ।
\v 39 सबै शरीर उस्तै हुँदैनन् । बरू मानवीय शरीर एक किसिमको हुन्छ र पशुहरूको शरीर अर्को किसिमको र चराहरू अर्कै किसिमको र माछाहरूको अर्कै किसिमको हुन्छ ।
\v 40 त्यसरी नै स्वर्गीय शरीरहरू तथा पार्थिव शरीरहरू हुन्छन् । तर स्वर्गीय शरीरको महिमा एक किसिमको र पार्थिव शरीरको महिमा अर्कै हुन्छ ।
\v 41 सूर्यको महिमा एक किसिमको हुन्छ र चन्द्रमाको महिमा अर्कै र ताराहरूको महिमा अर्कै हुन्छ । किनकि एउटा ताराको महिमा अर्को ताराको भन्दा फरक हुन्छ ।
\p
\v 42 मृतकहरूको पुनरुत्थान पनि त्यस्तै हो । जे रोपिन्छ त्याे कुरा नष्‍ट भएर जान्छ र उठाइएको कुरा नष्‍ट हुँदैन ।
\v 43 अनादरमा त्याे रोपिन्छ र महिमामा त्याे उठाइन्‍छ । कमजोरीमा त्याे रोपिन्छ र शक्‍तिमा त्याे उठाइनेछ ।
\v 44 प्राकृतिक शरीरमा त्याे रोपिन्छ र आत्मिक शरीरमा त्याे उठाइन्छ । यदि प्राकृतिक शरीर छ भने आत्मिक शरीर पनि छ ।
\p
\v 45 त्यसैले यस्तो पनि लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राण बन्यो ।” अन्तिम आदम जीवन दिने आत्मा बन्‍नुभयो ।
\v 46 तर पहिले आएकोचाहिं आत्मिक होइन, तर प्राकृतिक थियो र त्यसपछि आत्मिक आयो ।
\v 47 पहिलो मानिस पृथ्वीको हाे, माटोबाट बनाइएको । दोस्रो मानिस स्वर्गबाट आएको हो ।
\v 48 माटोबाट बनेको मानिसजस्तो छ, माटोबाट बनिएकाहरू पनि त्यस्तै हुन्छन् र स्वर्गको मानिस जस्तो छ, स्वर्गकाहरू पनि त्यस्तै हुन्छन् ।
\v 49 जसरी हामीहरूले माटोबाट बनेको मानिसको रूप धारण गरेका छौं, त्यसरी नै हामीहरूले पनि स्वर्गकाे मानिसको रूपलाई धारण गर्नेछौं ।
\p
\v 50 अब, भाइहरू हो म याे भन्छु कि, मासु र रगत परमेश्‍वरको राज्यको हकदार हुन सक्‍नेछैन, न त विनाशी, अविनाशीसँग हकदार हुनसक्छ ।
\v 51 हेर! म तिमीहरूलाई रहस्य बताउँछु, हामी सबै मर्नेछैनौं, तर हामी सबै परिवर्तन हुनेछौं।
\v 52 हामीहरू एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको अन्तिम आवाजमा परिवर्तन हुनेछौं । किनकि तुरही बज्‍नेछ र मरेकाहरू अविनाशी भई जीवित पारिनेछन् र हामी परिवर्तन हुनेछौं।
\v 53 किनकि याे विनाशी शरीरले अविनाशी शरीरलाई धारण गर्नुपर्छ र यो मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ ।
\v 54 तर जब, यो विनाशी शरीरले अविनाशीलाई धारण गर्छ र यो मरणशील शरीरले अमरत्व धारण गरेपछि यसरी लेखिएको वचन पूरा हुन आउनेछः “मृत्युलाई विजयले निलेको छ ।”
\q1
\v 55 “मृत्यु तेरो विजय कहाँ छ? मृत्यु तेरो खील कहाँ छ?”
\p
\v 56 मृत्युको खील पाप हो र पापको शक्‍ति व्यवस्था हो ।
\v 57 तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा हामीलाई विजय दिने परमेश्‍वरलाई धन्यवाद होस्!
\p
\v 58 त्यसैकारण, मेरा प्रिय भाइहरू हो, स्थिर र अटल रहो । सधैं प्रभुको काममा सधैं बढ्दैजाओ, किनकि प्रभुमा तिमीहरूको काम व्यर्थ हुँदैन ।
\c 16
\cl अध्याय 16
\p
\v 1 अब परमेश्‍वरका पवित्र जनहरूका भेटीको बारेमा गलातीका मण्डलीहरूलाई मैले निर्देशन दिएअनुसार तिमीहरूले गर्नू ।
\v 2 हप्‍ताको पहिलो दिन आफ्नाे प्रशस्तताअनुसार तिमीहरू प्रत्येकले केही छुट्टाएर, एक ठाउँमा जम्मा गर । यसो गर्नु, ताकि म आउँदा भेटी उठाउन नपरोस् ।
\v 3 र जब म आइपुग्छु, तिमीहरूले समर्थन गरेका मानिसहरूलाई म परिचय पत्र दिनेछु र तिनीहरूलाई, तिमीहरूको भेटीसहित यरूशलेममा पठाइदिनेछु ।
\v 4 यदि म पनि जान उचित भयो भने, तिनीहरू मसँगै जानेछन् ।
\p
\v 5 तर माकेडोनियाको यात्रा गरिसकेपछि म तिमीहरूकहाँ आउनेछु, किनकि म माकेडोनिया भएर जानेछु ।
\v 6 सायद म तिमीहरूसँगै बस्‍नेछु अथवा हिउँद पनि बिताउनेछु, ताकि म जहाँगए पनि, तिमीहरूले मेरो यात्रामा सहायता गर्न सक ।
\v 7 किनकि अब म छोटो समयको निम्ति मात्र तिमीहरूलाई भेट्न चाहन्‍नँ । यदि परमेश्‍वरबाट अनुमति भयो भने मैले तिमीहरूसँग धेरै समय बिताउने आशा राखेको छु ।
\v 8 तर म पेन्तिकोससम्म एफिससमा बस्‍नेछु,
\v 9 किनकि मेरो निम्ति फराकिलो ढोका खोलिएको छ र त्यहाँ धेरै विरोधीहरू छन् ।
\p
\v 10 अब तिमोथी त्यहाँ आउँदा तिनलाई तिमीहरूसँग बिनाडर बस्‍न देओ, किनकि तिनी पनि मैले जस्तै परमेश्‍वरको सेवा गर्दैछन् ।
\v 11 कसैले पनि तिनको अवहेलना नगरोस् । शान्तिसँग तिनको यात्रामा सहायता गर, ताकि तिनी मकहाँ आउन सकून् । किनकि तिनी अरू भाइहरूसँगै आउनेछन् भनी मैले आशा गरिरहेको छु ।
\p
\v 12 अब हाम्रा भाइ अपोल्लोसको बारेमा भन्‍नुपर्दा मैले तिनलाई भाइहरूका साथ तिमीहरूकहाँ भेटघाटमा जानको निम्ति धेरै आग्रह गरें। तर तिनलाई अहिले आउन केही गरी मन भएन । तापनि ठिक समयमा तिनी आउनेछन् ।
\p
\v 13 सतर्क रहो, विश्‍वासमा द‍ृढ बस, पुरूषार्थी हाेओ, सामर्थी बन ।
\v 14 तिमीले जे गर्छौ, सबै प्रेममा गर ।
\p
\v 15 स्तिफनसको घरानालाई तिमी जान्दछौ जो अखैयाका पहिलो विश्‍वासी हुन् र तिनीहरूले प्रभुका पवित्र जनहरूको सेवाको निम्ति आफैंलाई समर्पित गरेका छन् । अब भाइहरू हो, म तिमीहरूलाई आग्रह गर्छु कि
\v 16 त्यस्ता मानिसहरू र सबै सहायता गर्ने र हामीसँग परिश्रम गर्नेहरूको अधीनमा रहो ।
\v 17 स्तिफनास, फोर्टुनाटस र अखाइकसको आगमनमा म आनन्दित छु । तिनीहरूले तिमीहरूको अनुपस्थितिलाई पूरा गरिदिए ।
\v 18 किनकि तिनीहरूले मेरो र तिमीहरूको आत्मालाई ताजा पारिदिएका छन् । त्यसैले तिनीहरूजस्ता मानिसहरूको कदर गर ।
\p
\v 19 एसियाका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् । अकिलास र प्रिस्किलाका साथै तिनीहरूको घरमा भएको मण्डलीले पनि तिमीहरूलाई प्रभुमा अभिवादन पठाएका छन् ।
\v 20 सबै भाइहरूले अभिवादन पठाएका छन् । एकले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर ।
\p
\v 21 म, पावल, मेरो आफ्नै हातले यो पत्र लेख्छु ।
\v 22 यदि कसैले प्रभुलाई प्रेम गर्दैन भने त्याे श्रापित होस् । हाम्रा प्रभु, आउनुहोस्,
\v 23 प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस् ।
\v 24 ख्रीष्‍ट येशूमा तिमीहरू सबैलाई मेरो प्रेम छ । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरू र केही प्राचीन अनुवादहरूमा \fqa आमेन \fqa* पद 24 को अन्तमा पाइन्छ । तर धेरै महत्‍वपूर्ण प्राचीन ग्रीक प्रतिलिपिहरू, साथै धेरै प्राचीन अनुवादहरूमा \fqa आमेन \fqa* अन्तमा पाइँदैन । \f*

349
48-2CO.usfm Normal file
View File

@ -0,0 +1,349 @@
\id 2CO
\ide UTF-8
\h कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र
\toc1 कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र
\toc2 कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र
\toc3 2co
\mt कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र
\c 1
\cl
\p
\v 1 पावल, परमेश्‍वरको इच्छाद्वारा येशू ख्रीष्‍टका प्रेरित, र हाम्रा भाइ तिमोथीबाट, कोरिन्थमा भएको परमेश्‍वरको मण्डली र अखैयाको सम्पूर्ण क्षेत्रमा रहेका परमेश्‍वरका सबै पवित्र जनहरुलाई,
\v 2 हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रह र शान्ति तिमीहरूमा रहेको होस्।
\p
\v 3 हाम्रो परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टका पितालाई प्रशंसा भएको होस् । उहाँ दयाका पिता र सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ ।
\v 4 परमेश्‍वरले हाम्रा सारा दुःख कष्‍टमा हामीलाई सान्त्वना दिनुहुन्छ, ताकि हामी पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सकौं । परमेश्‍वरले हामीलाई सान्त्वना दिनको निम्ति प्रयोग गर्नुभएको सान्त्वनाद्वारा नै हामी अरूलाई सान्त्वना दिन्छौं।
\v 5 किनकि जसरी हाम्रो निम्ति ख्रीष्‍टको कष्‍ट प्रशस्त छ, त्यसरी नै ख्रीष्‍टद्वारा हाम्रो सान्त्वना प्रशस्त हुन्छ ।
\v 6 तर यदि हामीले दुःख भोग्यौं भने, यो तिमीहरूका सान्त्वना र उद्धारको निम्ति हो, र यदि हामीले सान्त्वना पायौं भने यो तिमीहरूको सान्त्वनाको निम्ति हो । तिमीहरू हाम्रो दुःखमा धैर्यसाथ सहभागी हुँदा तिमीहरूको सान्त्वनाले प्रभावकारी रूपले काम गरिरहेको हुन्छ ।
\v 7 तिमीहरूको बारेमा हाम्रो आशा द‍ृढ छ, किनकि हामीलाई थाहा छ कि तिमीहरू दुःखमा सहभागी हुँदा सान्त्वनामा पनि सहभागी हुन्छौ।
\p
\v 8 किनकि भाइहरू हो, हामीले एसियामा भोगेका दुःखको बारेमा तिमीहरू अजान रहो भन्‍ने हामी चाहन्‍नौं । हामीले सहन नसक्‍ने किसिमले हामी मिचिएका थियौं, यति साह्रो कि हामीले बाँच्‍ने आशा नै मारेका थियौं ।
\v 9 वास्तवमा, हामीमाथि मृत्युदण्ड थियो । तर त्यो हामी आफैंमा होइन, तर मृतकहरूलाई जीवित पार्नुहुने परमेश्‍वरमाथि भरोसा गर्न सकौं भनेर भएको थियो ।
\v 10 उहाँले हामीलाई यस्‍तो घातक जोखिमबाट बचाउनुभयो र फेरि पनि बचाउनुहुनेछ । उहाँले हामीलाई फेरि पनि बचाउनुहुनेछ भन्‍ने उहाँमा हामीले आशा राखेका छौं।
\v 11 उहाँले यसो गर्नुहुनेछ जसरी तिमीहरूले पनि हामीलाई आफ्ना प्रार्थनाद्वारा सहायता गर्छौ । त्यसपछि धेरैको प्रार्थनाद्वारा हामीलाई दिइएको निगाहको लागि धेरैले हाम्रो तर्फबाट धन्यवाद दिनेछन् ।
\p
\v 12 हाम्रो गर्व यो हो: हाम्र‍ो अन्‍तस्‍करणको गवाहीमा हामीले संसारमा निष्‍ठा र ईश्‍वरीय इमानदारीका साथ चलेका छौं, शारीरिक बुद्धिमा भर परेर होइन तर परमेश्‍वरको अनुग्रहमा।
\v 13 हामी तिमीहरूले पढ्न र बुझ्‍न नसक्‍ने गरी केही पनि लेख्दैनौं, र म आशा गर्छु कि तिमीहरूले पूर्ण रूपले बुझ्‍नेछौ।
\v 14 जसरी तिमीहरूले हामीलाई केही मात्रमा बुझ्यौ, कि तिमीहरूले हाम्रा प्रभु येशूको दिनमा हामीमाथि गर्व गर्न सक्‍छौ, जसरी हामी तिमीहरूमा गर्व गर्नेछौं ।
\p
\v 15 यो कुरामा म विश्‍वस्‍त भएको कारण, म पहिला तिमीहरूकहाँ आउन चाहन्थें, ताकि तिमीहरूले दोस्रो निगाह पाउन सक।
\v 16 माकेडोनिया जाने बाटोमा म तिमीहरूलाई भेट्ने योजना बनाउँदै थिएं। त्‍यसपछि माकेडोनियाको मेरो यात्रापछि फेरि तिमीहरूलाई भेट्न चाहन्थें, र तिमीहरूले मलाई यहूदिया जाने बाटोमा पठाएको चाहन्थें।
\v 17 जब म यसरी सोचिरहेको थिएँ, के म हिचकिचाइरहेको थिएँ? के म एकै समयमा "हो, हो" र "होइन, होइन" भन्‍नका लागि शरीरअनुसार योजना बनाउँछु?
\v 18 तर जसरी परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, तिमीहरूलाई हाम्रो वचन "हो" र "होइन" होइन।
\v 19 किनकि परमेश्‍वरका पुत्र, येशू ख्रीष्‍ट, जसलाई सिलास, तिमोथी र मैले तिमीहरूमाझ घोषणा गर्‍यौं, जो चाहिं “हो” र “होइन” हुनुहुन्‍न । बरु, उहाँ सदा “हो” हुनुहुन्छ ।
\v 20 किनकि परमेश्‍वरका सबै प्रतिज्ञा उहाँमा “हो” नै हुन्छन् । त्यसैले, उहाँद्वारा नै हामीले परमेश्‍वरको महिमालाई “आमेन” भन्‍छौं।
\v 21 अब परमेश्‍वर हुनुहुन्छ जसले हामीलाई ख्रीष्‍टमा तिमीहरूसँग स्‍थापित गर्नुहुन्छ, र उहाँले हामीलाई अभिषेक गर्नुभयो,
\v 22 उहाँले आफ्नो छाप हामीमा लगाउनुभयो र पछि आउने कुराको बैनाको रूपमा हाम्रा हृदयमा पवित्र आत्मा दिनुभयो।
\p
\v 23 तर म परमेश्‍वरलाई मेरो आत्माको साक्षीको रूपमा भन्‍दछु कि तिमीहरूलाई बचाउन सकूँ भनेर म कोरिन्थमा आइनँ
\v 24 यो यसकारण होइन कि हामी तिमीहरूको विश्‍वासमाथि प्रभु बन्‍न चाहन्छौं। बरु, हामी तिमीहरूको आनन्दको लागि तिमीहरूसँगै सङ्गी सेवकहरू हौं, जसै तिमीहरू आफ्नो विश्‍वासमा खडा रहन्छौ।
\c 2
\cl
\p
\v 1 त्‍यसैले मैले आफ्नो तर्फबाट तिमीहरूकहाँ दुःखमा फेरि नआउने निर्णय मैले गरें ।
\v 2 यदि मैले तिमीहरूलाई दुःखित तुल्याएँ भने, मैले जसलाई दुःखित तुल्याएँ त्‍यसले बाहेक अरू कसले मलाई खुसी तुल्याउन सक्छ र?
\v 3 मैले जे लेखें, त्यो यसकारण लेखें कि म तिमीहरूकहाँ आउँदा जुन व्यक्‍तिहरूले मलाई आनन्दित तुल्‍याउनुपर्ने थियो तिनीहरूद्वारा म दुःखित नहोऊँ । मेरो आनन्द तिमीहरू सबैमा भएको आनन्‍द जस्तै छ भन्‍ने कुरामा म निश्‍चित छु ।
\v 4 किनकि मैले ठुलो कष्‍ट, हृदयको पीडा र धेरै आँसुका साथमा तिमीहरूलाई लेखें। मैले तिमीहरूलाई दुःखी बनाउनको लागि लेखेको होइन। बरु, तिमीहरूप्रति भएको मेरो प्रेमको गहिराइ तिमीहरूले थाहा पाओ भन्‍ने म चाहन्थें।
\p
\v 5 यदि कसैले दुःख दिएको छ भने, त्यसले मलाई मात्र होइन, तर केही हदसम्म—(तिमीहरूलाई बोझ नदिन)—तिमीहरू सबैलाई दुःखित तुल्याएको छ ।
\v 6 त्यो व्यक्‍तिलाई अधिकांशबाट दिइएको सजाय पर्याप्‍त छ ।
\v 7 त्यसैले अब त्‍यसलाई सजायको साटो तिमीहरूले क्षमा र सान्त्वना देओ । यसो गर ताकि त्य‍सले धेरै दुःखबाट हरेस नखाओस् ।
\p
\v 8 त्‍यसैले त्यसको लागि तिमीहरूको प्रेम पुष्‍टि गर्न म तिमीहरूलाई आग्रह गर्छु।
\v 9 मैले लेख्‍नुको कारण यही थियो, ताकि म तिमीहरूलाई जाँच्‍न सकूँ र जान्‍न सकूँ कि तिमीहरू सबै कुरामा आज्ञाकारी छौ कि छैनौ। ।
\v 10 यदि तिमीहरूले कसैलाई क्षमा दियौ भने, म पनि त्यस व्यक्‍तिलाई क्षमा दिन्छु‍। जुन मैले क्षमा दिएको छु—यदि मैले केही क्षमा दिएको छु भने—त्‍यो तिमीहरूका खातिर ख्रीष्‍टको उपस्थितिमा क्षमा गरिएको छ,
\v 11 ताकि शैतानले हामीलाई फसाउन नपाओस्, किनकि हामी त्यसका युक्‍तिहरूका विषयमा अजान छैनौं।
\p
\v 12 जब म ख्रीष्‍टको सुसमाचार प्रचार गर्न त्रोआस सहर आएँ, त्यहाँ मेरो लागि प्रभुले एउटा ढोका खोलिदिनुभएको थियो।
\v 13 मलाई मेरो आत्‍मामा चैन भएन किनभने मैले मेरा भाइ तीतसलाई त्यहाँ भेटिनँ। त्यसैले तिनीहरूलाई छोडेर म माकेडोनियातर्फ लागे।
\v 14 तर परमेश्‍वरलाई धन्यवाद होस्, जसले ख्रीष्‍टमा हामीलाई सधैं विजयमा डोर्‍याउनुहुन्‍छ। हामीद्वारा उहाँले सबैतिर ज्ञानको सुबास्‍ना प्रकट गर्नुहुन्‍छ।
\v 15 किनकि हामी परमेश्‍वरको निम्ति ख्रीष्‍टका सुबास्‍ना हौं, दुवै उद्धार पाएकाहरू र नष्‍ट भइरहेकाहरूका बीचमा पनि।
\v 16 नष्‍ट भइरहेका मानिसहरूका लागि यो मृत्युदेखि मृत्युसम्मको दुर्गन्‍ध हो । अनि उद्धार पाएकाहरूको लागि जीवनदेखि जीवनसम्मको सुबास्‍ना हो । यी कुराहरूका लागि को योग्यको छ?
\v 17 हामी नाफाको लागि परमेश्‍वरको वचन बेच्‍ने धेरै मानिसहरूजस्ता होइनौं । बरु, हामी ख्रीष्‍टमा शुद्ध अभिप्रायले परमेश्‍वरको द‍ृष्‍टिमा उहाँले पठाउनुभएको जस्तै गरी बोल्छौं।
\c 3
\cl
\p
\v 1 के हामी फेरि आफ्नै प्रशंसा गर्न लागिरहेका छौं? केही मानिसहरूलाई जस्तै हामीलाई पनि तिमीहरू समक्ष वा तिमीहरूबाट सिफारिस पत्रको जरुरी छैन, छ र?
\v 2 तिमीहरू नै हाम्रो हृदयमा लेखिएको सिफारिस पत्र हौ जसलाई सबै मानिसले जानेका र पढेका छन्।
\v 3 तिमीहरूले यो देखाउछौं कि तिमीहरू ख्रीष्‍टका पत्र हौ, हाम्रा सेवाको परिणाम। यो मसीले होइन, तर जीवित परमेश्‍वरको आत्माबाट लेखिएको थियो। यो ढुङ्गाको पाटीमा लेखिएको थिएन, तर मानिसहरूका हृदयका पाटीमा लेखिएको थियो।
\p
\v 4 र यो ख्रीष्‍टद्वारा परमेश्‍वरसामु हामीमा भएको आत्मविश्‍वास हो।
\v 5 कुनै पनि कुरा हामीबाट आइरहेको छ भनेर दाबी गर्न हामी आफैं योग्य छैनौं। बरु, हाम्रो योग्यता परमेश्‍वरबाट हो।
\v 6 परमेश्‍वर नै हुनुहुन्‍छ जसले हामीलाई नयाँ करारका सेवकहरू हुन योग्य बनाउनुभयो। यो करार अक्षरबाट होइन, तर आत्माबाट हो। किनकि अक्षरले मार्छ, तर आत्माले जीवन दिन्छ।
\p
\v 7 अब मृत्यु ल्याउने सेवा—ढुङ्गामा कुँदिएका अक्षरहरू—यस्तो महिमासँग आयो कि इस्राएलीहरूले मोशाको अनुहार सिधै हेर्न सकेनन्। यो तिनको अनुहारको महिमाको कारणले गर्दा हो, जुन महिमा मन्द हुँदै थियो।
\v 8 आत्माको सेवा झन् कति धेरै महिमित होला?
\v 9 किनकि यदि निन्दापूर्ण सेवाको महिमा थियो भने धार्मिकताको सेवा अझ कति धेरै महिमित हुन्छ!
\v 10 किनकि वास्तवमा जुन एक समय महिमित पारिएको थियो, त्य‍सलाई उछिन्‍ने महिमाको कारण अब त्‍यो महिमित छैन।
\v 11 किनकि यदि बितेर गएको कुराको महिमा थियो भने, सधैंको लागि रहने कुराको झन् कति धेरै महिमा हुनेछ!
\p
\v 12 हामीसँग यस्‍तो आशा भएकोले हामी धेरै साहसी छौं।
\v 13 हामी मोशाजस्ता छैनौं जसले हराउँदै गरेको महिमाको अन्त्य इस्राएलीहरूले सिधै देख्‍न नसकून् भनेर आफ्नो अनुहारमा घुम्टो लगाए।
\v 14 तर तिनीहरूका मन कठोर पारिएका थिए । किनकि पुरानो करार पढ्दा आजको दिनसम्म पनि त्यो घुम्टो रहिरहन्छ। त्यो हटाइएको छैन, किनभने ख्रीष्‍टमा मात्र यो हटाइन्‍छ।
\v 15 तर आज पनि जब मोशाको बारेमा पढिन्छ, तिनीहरूको हृदय घुम्टोले ढाक्‍छ।
\v 16 तर जब कोही व्यक्‍ति परमप्रभुमा फर्किन्छ, तब घुम्टो हटाइन्छ।
\v 17 अब प्रभु आत्मा हुनुहुन्छ। जहाँ प्रभुको आत्मा छ, त्यहाँ स्‍वतन्‍‍त्रता हुन्छ।
\v 18 अब हामी सबै घुम्टो हटाइएको अनुहारले परमप्रभुको महिमालाई हेर्छौं। हामी एक महिमादेखि अर्को महिमामा उक्लँदै त्यही महिमामा बद्‌लिँदै छौं, प्रभुबाट जस्‍तै, जो आत्मा हुनुहुन्छ।
\c 4
\cl
\p
\v 1 त्यसकारण, हामीसँग यो सेवाकाई भएको र हामीले यो दया पाएको कारणले गर्दा हामी निराश हुँदैनौं।
\v 2 बरु, हामीले गोप्य र लाजमर्दा मार्गहरू त्यागेका छौं। हामी धूर्ततामा हिंड्दैनौं र हामी परमेश्‍वरको वचनलाई गलत तरिकाले चलाउँदैनौं, तर सत्य प्रस्तुत गरेर, तर हामी आफैंलाई सबैको अन्तस्करणमा परमेश्‍वरको नजरमा सिफारिस गर्छौं।
\v 3 यदि हाम्रो सुसमाचार घुम्टोले ढाकिएको छ भने, त्यो विनाश भइरहेकाहरूका निम्ति मात्र ढाकिएको छ।
\v 4 तिनीहरूको सन्दर्भमा, यस संसारको देवताले तिनीहरूको अविश्‍वासी दिमागलाई अन्धा पारिदिएको छ। फलस्वरूप, तिनीहरू ख्रीष्‍टको महिमाको सुसमाचारको प्रकाश देख्‍न सक्दैनन्, जो परमेश्‍वरको स्वरूप हुनुहुन्छ।
\v 5 किनकि हामी आफैंलाई घोषणा गर्दैनौं, तर येशूलाई प्रभुको रूपमा र आफैंलाई येशूको खातिर तिमीहरूका सेवकको रूपमा घोषणा गर्छौं।
\v 6 किनकि परमेश्‍वर नै हुनुहुन्‍छ जसले भन्‍नुभयो, “अन्धकारबाट ज्योति चम्कनेछ।” येशू ख्रीष्‍टको उपस्थितिमा परमेश्‍वरको महिमाको ज्ञानको ज्योति दिन उहाँ हाम्रा हृदयमा चम्कनुभएको छ।
\p
\v 7 तर यो अति नै महान् शक्‍ति हामीसँग होइन, तर परमेश्‍वरसँग छ भन्‍ने स्पष्‍ट पार्नको निम्ति हामीसँग यो धन माटाका भाँडाहरूमा छ।
\v 8 हामी सबैतिरबाट कष्‍टित भएका छौं, तर नष्‍ट पारिएका छैनौं। हामी अन्योलमा छौं तर निराशाले भरिएका छैनौं।
\v 9 हामी सताइएका छौं, तर त्यागिएका छैनौं; प्रहार गरेर ढलेका छौं; तर नाश पारिएका छैनौं।
\v 10 येशूको जीवन हाम्रा शरीरमा प्रकट होस् भनेर हामी हाम्रा शरीरमा सधैं येशूको मृत्युलाई बोकेर हिंडिरहेका छौं।
\v 11 किनकि हामी जो जीवित छौं येशूको खातिर सधैं मृत्युको लागि सुम्पिएका छौं, ताकि येशूको जीवन हाम्रा मरणशील जीवनमा प्रकट होस्।
\v 12 त्यसैले मृत्यु हामीमा काम गरिरहेको छ, तर जीवनले तिमीहरूमा काम गरिरहेको छ।
\p
\v 13 “मैले विश्‍वास गरें, यसैले मैले बोलें।” भनेर लेखिएजस्तै हामीसँग विश्‍वासको उस्तै आत्मा छ। हामी विश्‍वास गर्छौं, र हामी बोल्‍छौं पनि
\v 14 किनभने हामीलाई थाहा छ, कि जसले प्रभु येशूलाई पुनः जीवित पार्नुभयो, उहाँले हामीलाई पनि उहाँसँगै पुनः जीवित पार्नुहुनेछ र हामीलाई तिमीहरूसँगै उहाँको उपस्थितिमा ल्याउनुहुनेछ।
\v 15 किनकि सबै कुरा तिमीहरूको निम्ति हो, ताकि धेरै भन्दा धेरै मानिसहरूमा फैलिरहेको अनुग्रहले परमेश्‍वरको महिमा बढाउन धन्‍यवाद दिने काम गराओस्।
\p
\v 16 त्यसकारण हामी हरेस खाँदैनौं। हामी बाहिरी रूपमा विनाश हुँदै गए तापनि, भित्री रूपमा हामी प्रतिदिन नयाँ भइरहेका छौं।
\v 17 किनकि यो क्षणिक, हलुको कष्‍टले हामीलाई सबै नापलाई माथ गर्ने वजनदार अनन्त महिमाको लागि तयार पारिरहेको छ।
\v 18 किनकि हामीले देखिने कुराहरूको होइन, तर नदेखिने कुराहरूलाई हेरिरहेका छौं। देखिने कुराहरू क्षणिक हुन्छन्, तर नदेखिने कुराहरूचाहिं अनन्तसम्म रहन्छन्।
\c 5
\cl
\p
\v 1 हामीलाई थाहा छ कि यदि हाम्रो पार्थिव शरीर—पाल— नष्‍ट भयो भने, हामीसँग परमेश्‍वरबाट एउटा भवन छ। यो मानिसका हातहरूले बनाएको घर होइन, तर स्वर्गमा रहेको अनन्तको घर हो।
\v 2 किनकि हाम्रो स्वर्गीय बासस्थानको पोशाक पहिरिने आशामा हामी यो पालमा पीडाले आर्तनाद गर्छौं ।
\v 3 हामी यसको इच्छा गर्छौं किनभने यसलाई पहिरिएपछि हामी नाङ्गा हुनेछैनौं।
\p
\v 4 किनकि जबसम्म हामी यस पालमा छौं, बोझले भरिएर हामी आर्तनाद गर्छौं । हामी निर्वस्‍‍त्र हुन चाहँदैनौं। बरु हामी वस्‍‍त्र पहिरन चाहन्छौं ताकि जे मरणशील छ, त्यो जीवनद्वारा निलिएको होस्।
\v 5 हामीलाई यसको निम्ति तयार गर्नुहुने परमेश्‍वर नै हुनुहुन्छ, जसले हाम्रो निम्ति पछि आउने कुराको बैनाको रूपमा पवित्र आत्मा दिनुभयो।
\p
\v 6 त्यसैले, सधैं विश्‍वस्त रहो, यो जानेर कि जब हामी हाम्रो शारीरिक घरमा रहन्छौं, हामी प्रभुबाट टाढा रहन्छौं।
\v 7 किनकि हामी विश्‍वासद्वारा हिंड्छौं, देखिने कुराको आधारमा होइन।
\v 8 त्यसैले हामी विश्‍वस्‍त छौं। हामी शरीरबाट अलग रहेर प्रभुसँग घरमा हुन रुचाउँछौं।
\v 9 त्यसैले हामी घरमा होऔं वा टाढा, उहाँलाई प्रसन्‍न तुल्‍याउनुलाई हामी हाम्रो उद्देश्‍य बनाउँछौं।
\v 10 किनकि हामी सबै ख्रीष्‍टको न्याय आसनको अगाडि खडा हुनुपर्छ, ताकि हरेकले शरीरमा हुँदा गरेको असल वा खराब कार्यको निम्ति प्रतिफल पाओस्।
\p
\v 11 त्यसकारण, प्रभु येशूको भय मानेर, हामी मानिसहरूलाई मनाउँछौं। हामी को हौं भन्‍ने कुरा परमेश्‍वरले स्‍पष्‍ट देख्‍नुभएको छ, र म आशा गर्छु कि तिमीहरूको विवेकमा यो कुरा स्पष्‍ट छ।
\v 12 हामी फेरि तिमीहरूका सामु आफ्‍नो तारीफ गरिरहेका छैनौं, तर हामी तिमीहरूलाई हामीमाथि गर्व गर्ने कारण दिँदैछौं ताकि हृदयमा भएका कुराको बारेमा हैन तर बाहिरी रूपको धाक लगाउनेहरूको लागि तिमीहरूसँग जवाफ हुन सकोस्।
\v 13 किनकि यदि हाम्रो होश ठिक ठाउँमा छैन भने त्यो परमेश्‍वरको लागि हो; र यदि हाम्रो होश ठिक ठाउँमा छ भने त्यो तिमीहरूको खातिर हो।
\v 14 किनकि ख्रीष्‍टको प्रेमले हामीलाई बाध्य पार्छ, किनभने हामीले यो निष्कर्ष निकालेका छौं: कि सबैको निम्ति एक जना मर्नुभएको हुनाले सबै मरेका छन् ।
\v 15 उहाँ सबैका निम्ति मर्नुभयो, ताकि बाँच्‍नेहरू अब उसो आफ्नो लागि बाँच्‍ने होइन, तर उहाँको निम्‍ति जो तिनीहरूको खातिर मर्नुभयो र जीवित हुनुभयो।
\p
\v 16 यसकारण, अब उप्रान्‍त हामी कसैलाई शरीरअनुसार हेर्दैनौं। हामीले ख्रीष्‍टलाई एक समय शरीरअनुसारले हेरेको भएता पनि, अब उप्रान्‍त उहाँलाई त्यसरी हेर्नेछैनौं।
\v 17 त्यसकारण, कोही ख्रीष्‍टमा छ भने त्यो नयाँ सृष्‍टि हो। पुराना कुरा बितेर गएका छन्। हेर, ती नयाँ भएका छन् ।
\v 18 यी सबै कुराहरू परमेश्‍वरबाट हुन्। उहाँले हामीलाई ख्रीष्‍टद्वारा उहाँसँग मिलापमा ल्याउनुभयो र हामीलाई मिलापको सेवा दिनुभएको छ।
\v 19 अर्थात्, तिनीहरूका पापका लेखा नलिएर परमेश्‍वरले ख्रीष्‍टद्वारा संसारलाई आफूसित मिलापमा ल्याउँदै हुनुहुन्छ। उहाँले मिलापको सन्देशको जिम्मा हामीलाई सुम्पनुहुँदैछ।
\v 20 त्यसैले परमेश्‍वरले हामीद्वारा अनुरोध गरिरहनुभए झैं गरेर हामी ख्रीष्‍टका दूतको रूपमा नियुक्त गरिएका छौं। “परमेश्‍वरमा मिलापमा आओ!” भनेर हामी तिमीहरूसित ख्रीष्‍टको खातिर अनुरोध गर्छौं।
\v 21 पाप नजान्‍नेलाई उहाँले हाम्रा निम्ति पाप बनाउनुभयो, ताकि हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौं।
\c 6
\cl
\p
\v 1 परमेश्‍वरका सहकर्मी भएका हुनाले हामी तिमीहरूलाई बिन्‍ती गर्छौं कि उहाँको अनुग्रहलाई व्यर्थमा नलेओ।
\v 2 किनकि उहाँ भन्‍नुहुन्छ, “मैले उपयुक्त समयमा तिम्रो वास्ता गरें, र मुक्‍तिको दिनमा मैले तिम्रो सहायता गरें।”
\p
\v 3 हामी कसैको अगाडि ठेस लाग्‍ने कुरा राख्दैनौं, कारण हामी हाम्रो सेवामा बेइमानी गर्न चाहन्‍नौं।
\v 4 बरु, हामी सबै कुरामा आफैंलाई परमेश्‍वरका सेवकहरूको रूपमा प्रस्तुत गर्छौं—धेरै सहनशीलतामा, कष्‍टमा, विपत्तिमा, कठिनाइमा,
\v 5 पिटाइमा, कैदहरूमा, हुलदङ्गामा, कडा परिश्रममा, अनिंदा रातमा, भोकमा
\v 6 शुद्धतामा, ज्ञानमा, धैर्यमा, दयामा, पवित्र आत्मामा, असल प्रेममा,
\v 7 वचनको सत्यतामा, परमेश्‍वरको शक्‍तिमा। हामीसँग दाहिने हात र देब्रे हातको लागि धार्मिकताको हतियार छ।
\v 8 हामी मान र अपमान, निन्दा र प्रशंसामा काम गर्छौं, हामी ठगाहा झैं ठानिन्‍छौं, तापनि हामी साँचा हौं।
\v 9 हामी नचिनिएका व्यक्‍तिहरूले झैं काम गर्छौं, तापनि हामी चिनिएका छौं, मर्न लागेका झैं—हेर!—तापनि हामी अझै बाँचिरहेका छौं, हामीले हाम्रा कामका सजाय पाएका झैं छौं, तापनि हामी मारिएका छैनौं।
\v 10 हामी अफसोसी झैं काम गर्छौं, तापनि हामी सधैं रमाइरहेका छौं, गरिब झैं काम गर्छौं, तापनि हामी धेरैलाई धनी बनाउँछौं, केही नभए झैं काम गर्छौं, तापनि हामीसँग सबै थोक छ।
\p
\v 11 हे कोरिन्थीहरू हो, हामीले तिमीहरूलाई सबै साँचा कुराहरू बताएका छौं र हाम्रो हृदय खुल्ला छ।
\v 12 तिमीहरू हामीबाट नियन्‍त्रित छैन, तर तिमीहरूका आफ्नै भावनाद्वारा नियन्‍त्रित छौ।
\v 13 अब यसको सट्टामा—म बालकहरूसँग झैं बोल्छु—कि आफ्नो हृदयलाई पनि खुल्ला राख।
\p
\v 14 अविश्‍वासीहरूसँगै एकै जुवामा ननारिओ। किनकि धार्मिकताको अधर्मसित के सहभागिता? अनि ज्योतिको अन्धकारसित के संगति?
\v 15 ख्रीष्‍टको बेलिआलसित के सम्झौता? वा विश्‍वासीहरूको अविश्‍वासीहरूसँग के सहभागिता?
\v 16 र परमेश्‍वरको मन्दिर र मूर्तिहरूबीच के सम्झौता? किनकि हामी जीवित परमेश्‍वरको मन्दिर हौं, जसरी परमेश्‍वरले भन्‍नुभयो: “म तिनीहरूमा वास गर्नेछु र तिनीहरूका बीचमा हिंड्नेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्।”
\p
\v 17 त्यसकारण, “तिनीहरूका माझबाट बाहिर निस्केर आओ र आफूलाई अलग गर,” परमप्रभु भन्‍नुहुन्छ। “अशुद्ध कुरा केही नछोओ र म तिमीहरूलाई अपनाउनेछु।
\v 18 म तिमीहरूका पिता हुनेछु र तिमीहरू मेरा छोराहरू र छोरीहरू हुनेछौ,” सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ।
\c 7
\cl
\p
\v 1 प्रियहरू, हामीसँग यी प्रतिज्ञाहरू भएका कारण हाम्रो शरीर र आत्मामा अशुद्ध पार्ने सबै कुराहरूबाट आफैंलाई शुद्ध पारौं। हामी परमेश्‍वरको भयमा पवित्रतालाई पछ्‍याऔं।
\p
\v 2 हाम्रा निम्ति ठाउँ बनाओ! हामीले कसैको खराबी गरेका छैनौं। हामीले कसैलाई भ्रष्‍ट पारेका छैनौं, न त कसैको फाइदा लिएका छौं।
\v 3 मैले तिमीहरूलाई दोषी ठहर्‍याउन यो भनेको होइन। किनकि मैले अघि नै भनिसकेको छु कि तिमीहरू हाम्रा हृदयमा छौ, सँगै मर्न र बाँच्‍नको निम्ति।
\v 4 तिमीहरूमाथि मेरो ठुलो भरोसा छ र म तिमीहरूमा गर्व गर्छु । म सान्त्वनाले भरिएको छु। हाम्रा सबै कष्‍टमा पनि म आनन्दले भरिएको छु।
\p
\v 5 हामी माकेडोनिया आउँदा हाम्रो शरीरले आराम पाएन। बरु, बाहिरका सङ्घर्षहरू र भित्रका भयहरूबाट हामी हरतरहले सताइएका थियौं।
\v 6 तर निरुत्साहितहरूलाई सान्त्वना दिनुहुने परमेश्‍वरले तीतसको आगमनबाट हामीलाई सान्त्वना दिनुभयो।
\v 7 तिनको आगमनले मात्र हामीलाई परमेश्‍वरले सान्त्वना दिनुभएन। तर तीतसले तिमीहरूबाट प्राप्‍त गरेको सान्त्वनाबाट पनि हो। तिनले तिमीहरूको महान् स्‍नेह, तिमीहरूको दुःख र मेरो निम्ति तिमीहरूको जोशको बारेमा बताए। त्यसैले, म अझ धेरै आनन्दित भएँ।
\p
\v 8 मेरो पत्रले तिमीहरूलाई दुःखित तुल्याएको भए तापनि म यसको लागि पछुताउँदिनँ। तर मलाई पछुतो भयो जब मैले देखें कि मेरो पत्रले तिमीहरूलाई दुःखी बनायो, तर थोरै समयको लागि मात्र।
\v 9 अब म खुसी छु, किनकी तिमीहरू दुःखी भएको कारणले होइन, तर तिमीहरूको दुःखले तिमीहरूलाई पश्‍चात्तापसम्म डोर्‍यायो। तिमीहरूले ईश्‍वरीय दुःखको महसुस गर्‍यौ, त्यसैले हाम्रो कारण तिमीहरूले कुनै नोक्सानी भोगेनौ।
\v 10 किनकि ईश्‍वरीय दुःखले पश्‍चात्ताप ल्याउँछ जसले पछुतोविना नै मुक्‍तिको काम पूरा गर्छ। तर सांसारिक दुःखले मृत्यु ल्याउँछ।
\v 11 हेर, यस ईश्‍वरीय दुःखले तिमीहरूमा कति ठुलो लगनशीलता उत्पन्‍न गरायो। तिमीहरू निर्दोष थियौ भनी प्रमाणित गर्ने संकल्प तिमीहरूमा कति ठूलो थियो। तिमीहरूको क्रोध, तिमीहरूको डर, तिमीहरूको तृष्णा, तिमीहरूको जोस, र न्याय होस् भनेर हेर्ने तिमीहरूको चाहना कति ठूलो थियो! यी सबै कुरामा तिमीहरूले यो विषयमा आफैंलाई निर्दोष प्रमाणित गरेका छौ।
\v 12 मैले तिमीहरूलाई लेखेतापनि, त्यो खराबी गर्ने वा खराबी भोग्‍नेको खातिर मैले लेखिनँ, तर हामीप्रति तिमीहरूको लगनशीलता परमेश्‍वरको द‍ृष्‍टिमा तिमीहरूलाई प्रकट होस्।
\v 13 यही कारणले हामी उत्साहित हुन्छौं।हामी हाम्रो सान्त्वनामा साथै तीतसको आनन्दमा पनि अझै रमायौं किनभने तिमीहरू सबैद्वारा तिनको आत्मालाई स्फूर्ति मिलेको थियो।
\v 14 किनकि यदि मैले तिनीसँग तिमीहरूको बारेमा गर्व गरें भनेपनि, म लाजमा परिनँ। यसको विपरीत, जसरी तिमीहरूलाई हामीले भनेका सबै कुरा साँचा थिए, त्यसरी नै तिमीहरूको बारेमा हामीले तीतससँग गरेको गर्व पनि सत्य ठहरियो ।
\v 15 तिमीहरूका लागि तिनको स्‍नेह अझ बढि छ किनकि तिनले तिमीहरू सबैको आज्ञाकारितालाई सम्झन्‍छन्, कसरी तिमीहरूले डर र कम्‍पका साथ तिनलाई स्वागत गर्‍यौ।
\v 16 म रमाउँछु किनभने तिमीहरूमाथि मेरो पूर्ण भरोसा छ।
\c 8
\cl
\p
\v 1 भाइहरू हो, माकेडोनियाका मण्डलीहरूलाई परमेश्‍वरले दिनुभएको अनुग्रहको बारेमा तिमीहरूले थाहा पाएको हामी चाहन्छौं।
\v 2 कष्‍टको भयङ्कर परीक्षाको समयमा पनि तिनीहरूको प्रशस्तताको शान्ति र घोर दरिद्रताले उदारताको ठुलो धन उत्पन्‍न गरायो।
\v 3 किनकि म गवाही दिन्छु कि तिनीहरूले सक्ने जति दिए, र आफूले सक्‍नेभन्दा पनि बढ्ता, र आफ्नो स्वेच्छाले
\v 4 तिनीहरूले परमेश्‍वरका पवित्र जनहरूको बीचको सेवामा सहभागिताको अवसरको लागि हामीहरूसँग धेरै जोशका साथ बिन्‍ती गरे।
\v 5 हामीले आशा गरेजस्तै यो भएन, तर तिनीहरूले पहिले आफैंलाई प्रभुमा सुम्पिदिए र त्यसपछि परमेश्‍वरको इच्छाअनुसार आफैंलाई हामीकहाँ सुम्पिदिए।
\v 6 त्यसकारण, हामीले यो काम सुरू गरिसकेका तितसलाई तिमीहरूका माझमा अनुग्रहको यो काम पूरा गर्न अनुरोध गर्‍यौं।
\v 7 तर तिमीहरू सबै कुरामा प्रशस्‍त छौ—विश्‍वासमा, बोलीमा, ज्ञानमा, सबै लगनशीलतामा र हामीप्रतिको तिमीहरूको प्रेममा। त्यसरी नै तिमीहरू यस अनुग्रहको काममा पनि प्रशस्‍त होओ। \f + \ft त्यहाँ प्रमाणहरू छन् कि पद ७ मा पछिका प्रतिलिपिवादीहरूद्वारा सुधार गरिएको थियो जसले अन्य प्राचीन खण्‍डहरूलाई उल्लेख गरिरहेका थिए। अधिकांश आधुनिक अनुवादहरूले ती सुधारहरू पछ्‍याउँछन्, र तिनीहरू अब लेख्‍छन्, \fqa र हाम्रो लागि तपाईंको प्रेममा \fqa* तर केही महत्वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरू छन् जसमा हामी पाउँछौं, \fqa र तपाईंको लागि हाम्रो प्रेममा \fqa* । \f*
\p
\v 8 म यसलाई आज्ञाको रूपमा भन्दिनँ तर तिमीहरूको प्रेमको इमानदारी अरू मानिसहरूको तत्‍परतासँग तुलना गरेर जाँच्‍नको निम्ति म यो भन्छु।
\v 9 किनकि हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूलाई थाहा छ। उहाँ धनी हुनुभएतापनि तिमीहरूका खातिर गरिब हुनुभयो, ताकि उहाँको गरिबीबाट तिमीहरू धनी बन्‍न सक।
\v 10 यस कुरामा म तिमीहरूलाई सल्लाह दिन्छु जसले तिमीहरूलाई सहयोग मिल्नेछ। एक वर्षअघि, तिमीहरूले केही कुरा सुरु मात्र गरेनौ, तर त्यो गर्ने चाहना पनि गर्‍यौ।
\v 11 अब यसलाई पूरा गर। जसरी त्यस बेला तिमीहरूमा केही गर्ने तत्‍परता र चाहना थियो, तिमीहरूले त्यसलाई पूरा गर्न पनि जति सक्दो प्रयास गर।
\v 12 किनकि यदि तिमीहरू यो काम गर्न तत्पर छौ भने, यो असल र ग्रहणयोग्य कुरा हो। यो कुनै व्यक्तिसँग के छ त्यसमा आधारित हुनुपर्छ, त्यससँग नभएको कुरामा होइन।
\v 13 किनकि यो अरूहरूको सहजता, र तिमीहरूको कष्‍टको लागि होइन, तर समानताको खातिर हो।
\v 14 तिमीहरूमा अहिले भएको प्रशस्तताले तिनीहरूको आवश्यकता पूरा गर्नेछ। यो यसकारणले पनि हो कि तिनीहरूका प्रशस्तताबाट तिमीहरूका आवश्यकताहरू पूरा हुन सकोस् र त्यहाँ समानता कायम होस्।
\v 15 यसरी लेखिएको छः “धेरै हुनेसँग केही बाँकी रहेन, र थोरै हुनेसँग कुनै अभाव भएन।”
\p
\v 16 तर परमेश्‍वरलाई धन्यवाद होस्, जसले तीतसको हृदयमा तिमीहरूको निम्ति ममा भएजस्तै साँचो फिक्री हालिदिनुभयो।
\v 17 किनकि तिनले हाम्रो अनुरोधलाई ग्रहण मात्र गरेनन्, तर तिनी यसप्रति धेरै उत्साहित पनि भए। तिनी आफ्नै स्वतन्‍‍त्र इच्छाले तिमीहरूकहाँ आए।
\v 18 सुसमाचार प्रचार गर्ने कामको लागि सारा मण्डलीहरूको माझमा प्रशंसा गरिएका भाइलाई हामीले तिनको साथमा पठाएका छौं।
\v 19 यति मात्र होइन, तर प्रभुको महिमा र हाम्रो असल इच्छाको लागि हामीद्वारा प्रशासित भएको अनुग्रहको यो कार्यद्वारा तिनलाई हाम्रो यात्राको सहयात्री हुनलाई मण्डलीहरूले पनि चुनेका थिए।
\p
\v 20 हामीले गरिरहेको यो उदारताको कामको विषयमा कसैले गर्ने उजुरीको सम्भावनालाई हामी बेवास्ता गरिरहेका छौं।
\v 21 हामी प्रभुको अगाडि मात्र होइन, तर मानिसहरूको अगाडि पनि असल काम गर्ने कुरामा ख्‍याल राख्छौं।
\v 22 हामी अर्को भाइलाई पनि तिनीहरूसँग पठाउँदैछौं। हामीले तिनको धेरै किसिमले जाँच गर्‍यौं र हामीले तिनलाई धेरै कार्यहरूका लागि लगनशील पाएका छौं। तिमीहरूप्रति भएको ठूलो विश्‍वासको कारण तिनी अहिले झनै उत्सुक छन्।
\v 23 तीतसको सन्दर्भमा भन्‍नुपर्दा, तिनी मेरो साथी र तिमीहरूका लागि सहकर्मी हुन्। हाम्रा भाइहरूका सन्दर्भमा भन्‍नुपर्दा, तिनीहरू मण्डलीहरूबाट पठाइएका दूतहरू हुन्। तिनीहरू ख्रीष्‍टका महिमा हुन्।
\v 24 त्यसैले तिनीहरूलाई तिमीहरूको प्रेमको प्रमाण देखाओ, र मण्डलीहरूलाई तिमीहरूको बारेमा हामीले गर्व गरेको कारण देखाओ।
\c 9
\cl
\p
\v 1 परमेश्‍वरको पवित्र जनहरूको सेवा-कार्यको विषयमा तिमीहरूलाई लेखिरहन म आवश्यक ठान्दिनँ।
\v 2 मलाई तिमीहरूको चाहना थाहा छ, जसको बारेमा मैले माकेडोनियामा भएका मानिसहरूलाई गर्वका साथ बताएँ। गएको वर्षदेखि अखैया तयार हुँदै आइरहेको छ भनेर मैले तिनीहरूलाई भनें। तिमीहरूको उत्सुकताले तिनीहरूमध्ये धेरै जसोलाई कार्यमा प्रेरित गरेको छ।
\v 3 अब मैले भाइहरूलाई तिमीहरूकहाँ पठाएको छु ताकि तिमीहरूका निम्ति हामीले गरेको गर्व व्यर्थ नहोस्, र तिमीहरू पनि मैले भने जस्तै गरी तयार हुन सक।
\v 4 नत्रता, यदि माकेडोनियाका कोही मसँगै आउँदा तिमीहरू तयार नभएको पाए भने, हामी शर्ममा पर्नेछौं—तिमीहरूमा यति विश्‍वस्‍त भएको हुनाले—तिमीहरूको बारेमा म केही भन्दिनँ।
\v 5 त्यसैले भाइहरूलाई तिमीहरूकहाँ जानलाई र तिमीहरूले प्रतिज्ञा गरेको उपहारहरू अगाडि नै प्रबन्ध गर्नलाई बिन्‍ती गर्न मैले आवश्‍यक ठानें। यो करकापले होइन, तर आशिष्‌को रूपमा तयारी हुन सकोस् भनेर यसो गरिएको हो।
\p
\v 6 यसको अर्थ होः थोरै छर्नेले पनि थोरै कटनी गर्नेछ, र आशिष्‌‌ पाउने उद्देश्यले छर्नेले पनि आशिष्‌कै‌ कटनी गर्नेछ।
\v 7 प्रत्येकले आफ्नो हृदयमा योजना गरेअनुसार देओस्, अनिच्छुकतामा वा बाध्यतामा होइन, किनकि परमेश्‍वरले खुसीसाथ दिनेलाई प्रेम गर्नुहुन्छ।
\v 8 र परमेश्‍वर सबै अनुग्रहलाई तिमीहरूको निम्ति वृद्धि गर्न सक्षम हुनुहुन्छ, ताकि, सधैं, सबै कुराहरूमा, तिमीहरूलाई चाहिने सबै कुरा पाउन सक। तिमीहरू हरेक असल काममा प्रशस्त हुन सक भनेर यसो हुनेछ।
\v 9 यो लेखिएको छ: "उहाँले आफ्नो धन बाँड्नुभएको छ र ती गरिबहरूलाई दिनुभएको छ। उहाँको धार्मिकता सदासर्वदा रहन्छ।"
\p
\v 10 उहाँ जसले किसानलाई रोप्‍ने बीउ र खानाको निम्ति रोटी जुटाउनुहुन्छ, तिमीहरूको बिउलाई रोप्‍नको लागि उपलब्‍ध गराउनुभएर वृद्धि पनि गराउनुहुनेछ। उहाँले तिमीहरूको धार्मिकताको फलहरूलाई वृद्धि गर्नुहुनेछ।
\v 11 तिमीहरू हर किसिमले धनी तुल्याइनेछौ ताकि तिमीहरूले उदारसँग दिन सक। यसले हामीद्वारा परमेश्‍वरप्रति चढाउने धन्यवाद उत्पन्‍न गराउनेछ।
\p
\v 12 किनकि यो सेवाको कामले परमेश्‍वरको पवित्र जनहरूको खाँचो मात्र पूरा हुँदैन, तर यो परमेश्‍वरलाई धन्यवाद दिने विभिन्‍न काममा पनि भरिभराउ हुँदै जान्छ।
\v 13 सेवाको कामले तिमीहरू जाँचिंदा र प्रमाणित हुँदा येशू ख्रीष्‍टको सुसमाचारलाई स्वीकार गर्ने आज्ञाकारिताको कारण तिमीहरूले परमेश्‍वरलाई पनि महिमित तुल्याउनेछौ। तिमीहरूले तिनीहरूलाई र सबैलाई उदारसँग दिएको योगदानद्वारा पनि परमेश्‍वरलाई महिमित तुल्याउनेछौ।
\v 14 तिनीहरूले तिमीहरूको चाहना गरेका छन् र तिमीहरूको निम्ति प्रार्थना गरिरहेका छन्। तिमीहरूमा भएको परमेश्‍वरको महान् अनुग्रहको कारण तिनीहरू यसो गर्छन्।
\v 15 व्यक्त गर्न नसकिने वरदानको लागि परमेश्‍वरलाई धन्‍यवाद होस्!
\c 10
\cl
\p
\v 1 म, पावल, आफैं तिमीहरूलाई ख्रीष्‍टको विनम्रता र कोमलताले आग्रह गर्छु। म तिमीहरूको उपस्थितिमा हुँदा नम्र छु, तर म टाढा हुँदा तिमीहरूप्रति साहसी छु।
\v 2 म तिमीहरूसँग बिन्‍ती गर्छु, कि तिमीहरूसँग म उपस्थित हुँदा, मलाई आत्म-विश्‍वासका साथ साहसी हुन आवश्यक पर्नेछैनँ तर मेरो विचारमा हामी शरीरअनुसार हिंडिरहेका छौं भनी ठान्‍नेहरूको विरोध गर्दा म साहसी हुन आवश्यक पर्नेछ।
\v 3 किनकि हामी शरीरमा हिंडे तापनि हामी शरीरअनुसार युद्ध लड्दैनौं।
\v 4 किनकि हामीले लडाइँ लड्ने हतियार शारीरिक होइन, बरु तिनीहरूसँग किल्लाहरू नष्‍ट गर्ने ईश्‍वरीय शक्‍ति छ। तिनीहरूले बहकाउने विवादहरूलाई बेकारको तुल्याउँछन्।
\v 5 परमेश्‍वरको ज्ञानको विरुद्धमा उठ्ने हरेक उच्च कुरालाई पनि हामी नष्‍ट गर्छौं। हामी हरेक विचारलाई ख्रीष्‍टको आज्ञाकारितामा कैद गर्छौं
\v 6 र तिमीहरूको आज्ञाकारिता पूरा हुनासाथ, हरेक अनाज्ञाकारिताका कामलाई दण्ड दिन हामी तयार हुँदैछौं।
\p
\v 7 तिमीहरूको अगाडि के स्पष्‍ट छ हेर। यदि कोही ख्रीष्‍टको हो भन्‍ने कुरामा विश्‍वस्त छ भने, त्यसले आफैंलाई याद दिलाओस् कि जसरी त्यो ख्रीष्‍टको हो, हामी पनि ख्रीष्‍टका हौं।
\v 8 किनकि मैले हाम्रो अधिकारको बारेमा केही ज्यादा नै गर्व गरे तापनि, जुन प्रभुले हामीलाई तिमीहरूलाई नाश गर्न नभई तिमीहरूलाई निर्माण गर्न दिनुभयो, म लज्‍जित हुनेछैनँ।
\v 9 म यो देखाउन चाहन्‍नँ कि मेरा पत्रहरूद्वारा म तिमीहरूलाई भयभीत तुल्याउँदैछु।
\v 10 किनकि केही मानिसहरू भन्छन्, “त्‍यसका पत्रहरू गम्भीर र शक्‍तिशाली छन्, तर त्यसको शारीरिक उपस्थिति कमजोर छ। त्यसका वचनहरू सुन्‍न योग्यका छैनन्।”
\v 11 त्यस्ता मानिसहरू यो कुरामा सचेत रहून्, कि हामी अनुपस्थित हुँदा हाम्रा पत्रहरूका वचनमा हामी जस्ता छौं हामी त्यहाँ हुँदा हाम्रा कामद्वारा हामी त्यस्तै हुनेछौं।
\p
\v 12 हामी आफैंलाई समूहबद्ध गर्न वा आफैंलाई प्रशंसा गर्नेहरूसँग तुलना गर्न साहसी छैनौं।। तर जब तिनीहरूले आफैंलाई एक अर्कासँग दाजेर हेर्छन्, र एक अर्कासँग तुलना गर्छन्, तिनीहरूसँग अन्तर्द‍ृष्‍टि हुँदैन।
\v 13 तर हामी सीमाभन्दा बाहिर गएर गर्व गर्नेछैनौं। बरु, परमेश्‍वरले नियुक्त गरिदिनुभएका सीमाहरूभित्र मात्र हामी त्यसो गर्नेछौं, जुन सीमा तिमीहरूसम्म पुग्छ।
\v 14 किनकि हामी तिमीहरूकहाँ नपुगेको जस्तोगरी आफूलाई बढाइरहेका छैनौं। ख्रीष्‍टको सुसमाचार लिएर तिमीहरूकहाँ पहिलो पटक आउने हामी नै थियौं।
\p
\v 15 हामीले अरूको परिश्रमको बारेमा सीमाभन्दा बढी गर्व गरेका छैनौं। बरु, हाम्रो आशा यो छ कि तिमीहरूको विश्‍वास बढ्दै जाँदा, तिमीहरूका बीचमा हाम्रो काम धेरै विस्‍तार हुनेछ,
\v 16 ताकि हामीले अरूको क्षेत्रमा पहिले नै गरिसकिएको कामको गर्व नगरी, तिमीहरूभन्दा बाहिरका क्षेत्रहरूमा पनि सुसमाचार प्रचार गर्न सकौं।
\v 17 “तर गर्व गर्नेले प्रभुमा गर्व गरोस् ।”
\p
\v 18 किनकि आफ्नो सिफारिस आफैं गर्ने मानिसलाई होइन, तर प्रभुले सिफारिस गर्नुहुनेलाई स्वीकार गरिन्छ।
\c 11
\cl
\p
\v 1 मेरा केही मूर्खताहरू तिमीहरूले सहिदिए हुन्थ्यो भन्‍ने मेरो इच्छा छ। तर वास्तवमा तिमीहरूले सहिरहेका पनि छौ!
\v 2 किनकि म तिमीहरूप्रति ईर्ष्या गर्छु। तिमीहरूलाई एउटै पतिसँग विवाह गरिदिने प्रतिज्ञा गरिदिएपछि मेरो तिमीहरूप्रति ईश्‍वरीय ईर्ष्या छ। मैले तिमीहरूलाई एक शुद्ध कन्याको रूपमा ख्रीष्‍टलाई प्रस्तुत गर्ने प्रतिज्ञा गरें।
\v 3 तर सर्पले हव्वालाई आफ्नो धूर्तताद्वारा झुक्याए जस्तैगरी ख्रीष्‍टमा भएको इमानदारीता र शुद्धताबाट तिमीहरूका विचारहरू बहकिएर जालान् कि भनेर मलाई डर लागेको छ ।
\v 4 किनकि मानौं, यदि कोही आएर हामीले प्रचार गरेको भन्दा अर्कै येशू घोषणा गर्छ, वा मानौं कि तिमीहरूले प्राप्‍त गरेको भन्‍दा फरक आत्मा प्राप्‍त गर्छौ, वा मानौं कि तिमीहरूले प्राप्‍त गरेको सुसमाचारभन्दा फरक सुसमाचार तिमीहरूले ग्रहण गर्छौ। तिमीहरूले यी कुराहरूलाई राम्ररी सहन्छौ!
\v 5 किनकि म विचार गर्छु, कि ती सर्वोच्‍च प्रेरितहरू भनाउँदाहरूभन्दा म कुनै पनि हिसाबले कम छैनँ।
\v 6 तर म बोलीमा तालिम प्राप्‍त नभए पनि, म ज्ञानमा अनभिज्ञ छैनँ । हामीले हर किसिमले सबै कुरामा तिमीहरूलाई यो कुरा थाहा दिएका छौं।
\p
\v 7 के तिमीहरू उच्च हौ भनी मैले आफैंलाई नम्र पारेर मैले पाप गरें? किनकि मैले तिमीहरूलाई परमेश्‍वरको सुसमाचार सित्तैमा प्रचार गरें।
\v 8 मैले तिमीहरूलाई सेवा दिन सकूँ भनेर अरू मण्डलीहरूबाट सहयोग स्वीकार गरेर तिनीहरूलाई लुटें।
\v 9 जब म तिमीहरूको साथमा थिएँ र म खाँचोमा थिएँ, मैले कसैलाई बोझ दिइनँ। किनकि माकेडोनियाबाट आएका भाइहरूबाट मेरा खाँचोहरू पूरा भए। सबै कुरामा मैले आफैंलाई तिमीहरूको बोझ बन्‍नबाट टाढा राखें, र म यो कुरालाई निरन्तरता दिनेछु।
\v 10 ख्रीष्‍टको सत्यता ममा भएको हुनाले यो मेरो गर्वलाई अखैयाका क्षेत्रहरूमा चुप गराइने छैन।
\v 11 किन? किनभने म तिमीहरूलाई प्रेम गर्दिनँ र? परमेश्‍वर जान्‍नुहुन्छ।
\p
\v 12 र म जे गर्छु म गरिरहनेछु, ताकि तिनीहरूले गर्व गर्ने कुराहरूमा हामीजस्तै हुन पाउने अवसर खोज्‍नेहरूको अवसरलाई मैले दूर गर्न सकूँ।
\v 13 किनकि त्यस्ता मानिसहरू झुटा प्रेरितहरू र छली काम गर्नेहरू हुन् । तिनीहरूले आफूलाई ख्रीष्‍टको प्रेरितको भेष धारण गर्छन्।
\v 14 र यो कुनै अचम्म होइन, किनकि शैतानले पनि एउटा ज्योतिर्मय स्वर्गदूत भेष धारण गर्छ।
\v 15 यदि त्यसका सेवकहरूले पनि धार्मिकताको सेवकको रूपमा भेष धारण गरे भने पनि यो अचम्मको कुरा होइन। तिनीहरूको अन्त्य तिनीहरूको कामअनुसार नै हुनेछ।
\p
\v 16 म फेरि भन्दछुः मलाई कसैले मूर्ख नसम्झोस् । तर यदि तिमीहरूले सम्झन्छौ भने, मलाई मूर्खको रूपमा ग्रहण गर ताकि म थोरै गर्व गर्न सकूँ।
\v 17 म के भन्दैछु यो गर्वको आत्मविश्‍वाससाथ—म प्रभुले भन्‍नुभएझैं भन्दिनँ—म मूर्खझैं भन्‍दै छु ।
\v 18 धेरै मानिसले शरीरअनुसार गर्व गरेजस्तै, म पनि गर्व गर्नेछु।
\v 19 किनकि तिमीहरू खुसीसाथ मूर्खहरूको सहन गर्छौं। तिमीहरू आफैं बुद्धिमानी छौ!
\v 20 किनकि यदि त्यसले तिमीहरूलाई दास बनाउँछ भने; यदि त्यसले तिमीहरूलाई बर्बाद गर्छ भने; यदि त्यसले तिमीहरूको फाइदा लिन्छ भने; यदि त्यसले आफूलाई उच्च ठान्छ भने, र यदि तिमीहरूलाई अनुहारमा थप्पड लाउँछ भने तिमीहरू त्यसलाई सहन्छौ।
\v 21 म हाम्रै शर्ममा यो भन्दछु कि हामीहरू ती सब गर्न नसक्‍ने गरी दुर्बल थियौं। तापनि यदि कोही साहसी छ भने—म एक मूर्खजस्तो बोल्दैछु—म पनि साहस गर्नेछु।
\v 22 के तिनीहरू हिब्रूहरू हुन्? म पनि हुँ। के तिनीहरू इस्राएलीहरू हुन्? म पनि हुँ। के तिनीहरू अब्राहामका सन्तानहरू हुन्? म पनि हुँ।
\v 23 के तिनीहरू ख्रीष्‍टका सेवकहरू हुन्? (म पागल भएको जस्तैगरी बोल्छु।) म अझै बढ्ता हुँ: कडा परिश्रममा, अझ धेरै झ्यालखानामा, मापन गर्न नै नसकिने गरी कुटाइमा; मृत्युका धेरै खतराहरू सामना गर्नमा।
\v 24 यहूदीहरूबाट मैले पाँच पल्ट “एक कम चालिस कोर्रा खाएँ।”
\v 25 मलाई तीन पल्ट डण्‍डीले कुटियो। एक पल्ट मलाई ढुङ्गाले हानियो। तीन पल्ट म पानी जहाज दुर्घटनामा परें। मैले एक दिन र एक रात खुला समुद्रमा बिताएको छु।
\v 26 नदीहरूका खतरामा, डाँकुहरूका खतरामा, मेरा आफ्नै मानिसहरूका खतरामा, गैरयहुदीहरूका खतरामा, सहर भित्रका खतरामा, उजाड-स्थानहरूका खतरामा, समुद्रका खतरामा, झुटा भाइहरूका खतरामा मैले बारम्बार यात्राहरू गरेको छु।
\v 27 म कडा परिश्रम र कठिनाइमा, धेरै अनिंदो रातहरूमा, भोक र तिर्खामा, प्राय उपवासमा, नाङ्गोपन र जाडोमा परेको छु।
\v 28 यी कुराहरूबाहेक सबै मण्डलीहरूको फिक्रीको बोझ पनि ममाथि छ।
\v 29 को कमजोर छ, र म कमजोर छैनँ? कसले ठक्‍कर खाएको छ र मचाहिं थकित हुन्‍नँ?
\p
\v 30 यदि मैले गर्व गर्नैपर्छ भने, मेरा कमजोरीहरू देखाउने कुराहरूमा म गर्व गर्नेछु।
\v 31 प्रभु येशूका परमेश्‍वर र पितालाई, जो सदासर्वदा आशिषित हुनुहुन्‍छ, उहाँलाई थाहा छ कि मैले ढाँटिरहेको छैनँ!
\p
\v 32 दमस्कसमा, राजा अरितसको मुनिको हाकिमले मलाई गिरफ्तार गर्नको निम्ति दमस्‍कसको सहरलाई पहरा दिइरहेका थिए।
\v 33 तर पर्खालको झ्यालबाट मलाई डालोमा तल झारियो र म तिनको हातबाट उम्कें।
\c 12
\cl
\p
\v 1 मैले गर्व गर्नैपर्छ, यसबाट लाभ नभए पनि। तर म प्रभुको दर्शन र प्रकाशहरूमा जानेछु।
\v 2 म ख्रीष्‍टमा एक जना मानिसलाई चिन्छु जो चौध वर्ष अगाडि—, शरीरमा वा शरीर बाहिर मलाई थाहा छैन, परमेश्‍वरलाई थाहा छ—तेस्रो स्वर्गसम्म उचाली लगियो।
\v 3 र मलाई थाहा छ त्यो मानिस— चाहे शरीरमा वा शरीर बाहिर हो, मलाई थाहा छैन, परमेश्‍वरलाई थाहा छ—
\v 4 त्यो मानिस स्वर्गमा उचाली लगियो र त्यसले मानिसहरूलाई उच्‍चारण गर्न अनुमति नभएको अव्‍यक्त कुराहरू सुन्यो।
\v 5 त्यस्ता मानिसको तर्फबाट म गर्व गर्नेछु। तर म आफै चाहिं आफ्‍नै दुर्वलताहरूबाहेक अरू कुरामा गर्व गर्नेछैनँ।
\v 6 यदि मैले गर्व नै गर्न चाहेको भए तापनि म मूर्ख बन्‍नेछैनँ किनभने मैले सत्य बोलिरहेको हुनेछु। तर कसैले ममा देखेको वा मबाट सुनेकोभन्दा बाहेक बढी त्यसले मेरो बारेमा नसोचोस् भनेर म गर्व गर्नदेखि थामिनेछु।
\v 7 प्रकाशहरूको उत्क‍ृष्‍टताको कारण म घमण्डले नफुलूँ भनेर एउटा काँढो मेरो शरीरमा दिइयो, शैतान तर्फको एउटा दूत—ताकि म घमण्‍डले नफुलूँ।
\v 8 मबाट यो काँढो निकालिदिनुभएको होस् भनेर मैले प्रभुसित तीन पटक बिन्‍ती गरें।
\v 9 तर उहाँले मलाई भन्‍नुभयो, “मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ, किनकि दुर्बलतामा नै शक्‍ति सिद्ध हुन्छ ।” यसैले ख्रीष्‍टको शक्‍ति ममा बास गरोस् भनेर म मेरो दुर्बलतामा गर्व गर्नेछु ।
\v 10 त्यसकारण म ख्रीष्‍टको खातिर दुर्बलताहरूमा, निन्दाहरूमा, समस्याहरूमा, सतावटहरूमा, कष्‍टपूर्ण अवस्थाहरूमा सन्तुष्‍ट रहन्छु। किनकि जब म दुर्बल छु, तब म शक्तिशाली हुन्‍छु।
\p
\v 11 म मूर्ख भएको छु! तिमीहरूले मलाई यसो गर्न कर लगायौ, किनकि तिमीहरूबाट त मेरो प्रशंसा हुनुपर्ने थियो। किनकि म केही नभए तापनि ती सर्वोच्‍च ठानिएका प्रेरितहरूभन्दा तुच्छ थिइनँ।
\v 12 सारा धैर्य, चिन्‍हहरू र शक्‍तिशाली कामहरू र आश्‍चर्यकर्महरूद्वारा प्रेरितको साँचा लक्षणहरू तिमीहरूका माझमा प्रदर्शन गरिएका थिए।
\v 13 म तिमीहरूको बोझ नभएको कुरा बाहेक कसरी तिमीहरू अरू मण्डलीहरूभन्दा कम महत्त्वका भयौ र? यो गल्तीको निम्ति मलाई क्षमा देओ!
\p
\v 14 हेर! म तिमीहरूकहाँ तेस्रो पटक आउन तयार छु। तिमीहरूका निम्ति म बोझ बन्‍नेछैनँ, किनकि म तिमीहरूसँग भएका कुराहरू चाहन्‍नँ। म तिमीहरूलाई चाहन्छु। किनकि छोराछोरीहरूले आमाबाबुको निम्ति बचत गर्नुपर्दैन। बरु, आमाबाबुले छोराछोरीको निम्ति बचत गर्नुपर्छ।
\v 15 म तिमीहरूका प्राणको निम्ति ज्यादै खुसीसाथ खर्च गर्नेछु र स्वयम् आफैं पनि खर्चिनेछु। यदि म तिमीहरूलाई बढी प्रेम गर्छु भने के मैलेचाहिं कम प्रेम पाउने र?
\p
\v 16 यसो भए तापनि, म तिमीहरूमाथि बोझ बनिनँ। तर म यस्तो धूर्त छु कि, म नै हुँ जसले तिमीहरूलाई छलले पक्रें।
\v 17 के मैले पठाएका कोहीमार्फत मैले तिमीहरूको फाइदा उठाएँ र?
\v 18 मैले तीतसलाई तिमीहरूकहाँ जान आग्रह गरे, र अरू भाइहरूलाई तिनीसँग पठाए। के तीतसले तिमीहरूको फाइदा उठाए? के हामी एउटै आत्मामा हिंडेका होइनौं र? के हामी एउटै पाइलामा हिंडेका होइनौं र?
\p
\v 19 के यतिञ्‍जेल हामी तिमीहरूका सामु आफ्नो सफाइ दिइरहेका थियौं भन्‍ने तिमीहरू सोच्छौ? परमेश्‍वरको द‍ृष्‍टिमा हामी तिमीहरूलाई बलियो बनाउनको निम्ति, प्रियहरू, सबै कुरा ख्रीष्‍टमा बोलिरहेका छौं।
\v 20 किनकि म तिमीहरूकहाँ आउँदा मैले चाहेजस्तै तिमीहरूलाई नपाउन सक्छु भनेर म डराउँछु। मलाई तिमीहरूले चाहेजस्तै नपाउन सक्छौ भनेर म डराउँछु। त्यहाँ बहसहरू, ईर्ष्या, रीस दन्केको, दुस्‍मनी, स्वार्थी आकांक्षा, कुरौटेपन, घमण्ड र गोलमाल हुन सक्छ भनेर म डराउँछु।
\v 21 म तिमीहरूकहाँ फेरि फर्केर आउँदा मेरा परमेश्‍वरले मलाई तिमीहरूका सामु विनम्र पार्नुहोला भनेर मलाई डर लाग्छ। मलाई डर छ कि म तिनीहरूमध्ये धेरैद्वारा दुःखित हुन सक्छु जसले यसभन्दा अघि पाप गरेका छन्, जसले आफूले गरेका अपवित्रता र यौन अनैतिकता अनि कामवासनाको चाहनाको पश्‍चात्ताप गरेनन्।
\c 13
\cl
\p
\v 1 म तेस्रो पटक तिमीहरूकहाँ आउँदैछु । “हरेक कुरालाई दुई वा तीन जना साक्षीद्वारा प्रमाणित गरिनुपर्छ।”
\v 2 म दोस्रो पटक त्यहाँ हुँदा नै पाप गर्नेहरू र सबै बाँकीकाहरूलाई भनिसकेको छु र फेरि पनि भन्छुः म फेरि आउँदा तिनीहरूलाई छोड्नेछैनँ।
\v 3 तिमीहरूलाई म यो भन्छु, किनभने तिमीहरू मद्वारा ख्रीष्‍ट बोल्नुभएको कुराको प्रमाण खोज्दैछौ। उहाँ तिमीहरूप्रति कमजोर हुनुहुन्‍न। तर उहाँ तिमीहरूमा शक्‍तिशाली हुनुहुन्छ ।
\v 4 किनकि उहाँ दुर्बलतामा क्रूसमा टाँगिनुभयो, तर परमेश्‍वरको शक्‍तिद्वारा उहाँ जीवित हुनुहुन्छु। किनकि हामी पनि उहाँमा दुर्बल छौं, तर तिमीहरूका बीचमा परमेश्‍वरको शक्‍तिद्वारा हामी उहाँमा जिउनेछौं।
\p
\v 5 आफैंले जाँच, तिमीहरू विश्‍वासमा छौ कि छैनौ भनेर हेर। आफैंलाई जाँच। येशू ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्छ भन्‍ने तिमीहरूले महसुस गरेका छैनौ?—तिमीहरू जाँचमा असफल भयौ भने मात्र।
\v 6 र म आशा गर्छु, कि तिमीहरूले हामी जाँचमा असफल भएका छैनौं भन्‍ने थाहा पाउनेछौ।
\v 7 तिमीहरूले केही खराबी गर्नेछैनौ भनी हामी परमेश्‍वरसँग प्रार्थना गर्छौं। हामी जाँचमा सफल भएका छौं भन्‍ने देखाउनको निम्ति म प्रार्थना गर्दिनँ । बरु, हामी जाँचमा असफल भएको जस्तो देखिए तापनि तिमीहरूले जे असल छ त्यही गर्न सक भनेर हामी प्रार्थना गर्छौं ।
\v 8 किनकि हामी सत्यको विरुद्ध केही पनि गर्न सक्दैनौं, केवल सत्यको निम्ति मात्र गर्न सक्छौं।
\v 9 किनकि हामी दुर्बल हुँदा र तिमीहरू सामर्थी हुँदा हामी रमाउँछौं। तिमीहरू पूर्ण होओ भनेर पनि हामी प्रार्थना गर्छौं।
\v 10 म टाढा हुँदा यी कुराहरू तिमीहरूलाई लेख्छु, ताकि तिमीहरूसँग रहँदा मेरो अधिकारअनुसार निर्दयतासाथ व्यवहार गर्न नपरोस्—जुन प्रभुले मलाई दिनुभयो ताकि म तिमीहरूको निर्माण गर्न सकूँ, भत्काउने होइन।
\p
\v 11 अन्तमा भाइ हो, आनन्द गर! पुनर्निर्माणको निम्ति काम गर; उत्साहित होओ; एक अर्कासँग सहमत होओ; शान्तिमा बस । अनि प्रेम र शान्तिका परमेश्‍वर तिमीहरूसँग रहनुहुनेछ ।
\v 12 एउटाले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर ।
\v 13 सबै परमेश्‍वरका पवित्र जनहरूले तिमीहरूलाई अभिवादन गर्छन्। \f + \ft केही अनुवादहरूले पद १३ लाई पद १२ मा राख्छन् र पद १४ लाई पद १३ भनी लेख्छन् । \f*
\v 14 प्रभु येशू ख्रीष्‍टको अनुग्रह, परमेश्‍वरको प्रेम, अनि पवित्र आत्माको सङ्गती तिमीहरू सबैसँग रहून्।

198
49-GAL.usfm Normal file
View File

@ -0,0 +1,198 @@
\id GAL
\ide UTF-8
\h गलातीहरूलाई पावलको पत्र
\toc1 गलातीहरूलाई पावलको पत्र
\toc2 गलातीहरूलाई पावलको पत्र
\toc3 gal
\mt गलातीहरूलाई पावलको पत्र
\c 1
\cl अध्याय १
\p
\v 1 पावल, एक प्रेरित— कुनै मानिसहरू वा मानिसको कार्यद्वारा प्रेरित भएको होइन, तर येशू ख्रीष्‍ट र उहाँलाई मृतकबाट जीवित पार्नुहुने परमेश्‍वर पिताद्वारा भएको हुँ—
\v 2 र मसँग भएका सबै भाइहरूबाट, गलातियाका मण्डलीहरूलाईः
\v 3 परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति होस्,
\v 4 जसले हाम्रा परमेश्‍वर र पिताको इच्छाअनुसार यस वर्तमान दुष्‍ट संसारबाट हामीलाई मुक्त गराउन हाम्रा पापका निम्ति आफैंलाई अर्पण गर्नुभयो,
\v 5 उहाँलाई नै सदासर्वदा महिमा होस् ।आमेन ।
\p
\v 6 म चकित परेको छु, कि तिमीहरू यति छिट्टै उहाँबाट तर्किरहेका छौ जसले तिमीहरूलाई ख्रीष्‍टको अनुग्रहद्वारा बोलाउनुभयो । म चकित परेको छु कि तिमीहरू फरक सुसमाचारतिर फर्किरहेका छौ,
\v 7 अरू कुनै सुसमाचार त होइन, तर केही यस्ता मानिसहरू छन् जसले तिमीहरूलाई समस्यामा पार्छन् र ख्रीष्‍टको सुसमाचारलाई विकृत गर्न चाहन्छन् ।
\v 8 तर हामीले तिमीहरूका माझमा जुन सुसमाचार घोषणा गर्‍यौं, त्योभन्दा बाहेक अरू कुनै सुसमाचारलाई यदि हामी वा स्वर्गबाट आएका स्वर्गदूतले नै तिमीहरूलाई घोषणा गरे तापनि त्यो श्रापित होस् ।
\v 9 हामीले पहिले नै भनिसकेका छौं र म अहिले फेरि पनि भन्छु, “कसैले तिमीहरूले स्वीकार गरेको भन्दा बाहेक तिमीहरूलाई अर्को सुसमाचारको घोषणा गर्छ भने, त्यो श्रापित होस् ।”
\v 10 किनकि के मैले अहिले मानिसहरू वा परमेश्‍वरको समर्थन खोजिरहेको छु र? के मैले मानिसहरूलाई खुसी पार्न खोजिरहेको छु र? यदि मैले अझै पनि मानिसहरूलाई खुसी पार्ने प्रयास गरिरहेको छु भने, म ख्रीष्‍टको सेवक होइनँ ।
\p
\v 11 किनकि भाइहरू हो, तिमीहरूले यो कुरा जान भन्‍ने म चाहन्छु, कि मैले घोषणा गरेको सुसमाचार मानिसबाट आएको सुसमाचार होइन ।
\v 12 मैले यो कुनै मानिसबाट प्राप्‍त गरेको थिइनँ, न त मलाई यो सिकाइएको थियो । बरु, मलाई यो येशू ख्रीष्‍टको प्रकाशद्वारा दिइएको थियो ।
\p
\v 13 म यहूदी धर्ममा हुँदा मेरो पहिलेको जीवनको बारेमा तिमीहरूले सुनेका छौ, कि कसरी मैले परमेश्‍वरको मण्‍डलीलाई अत्यधिक मात्रामा सताइरहेको थिएँ र त्‍यसलाई नष्‍ट गर्ने कोसिस गरिरहेको थिएँ ।
\v 14 म यहूदी धर्ममा मेरा आफ्नै मानिसहरूबाटका कैयौं दौंतरीहरूभन्दा धेरै अगि बढेको थिएँ । त्यसरी म मेरा पुर्खाहरूका परम्पराहरूका निम्ति अत्यन्तै उत्साहित थिएँ ।
\v 15 तर जब परमेश्‍वर जसले मलाई मेरी आमाको गर्भदेखि नै मलाई अलग गर्नुभयो, र मलाई आफ्नो अनुग्रहद्वारा बोलाउनुभयो,
\v 16 उहाँ आफ्ना पुत्रलाई ममा प्रकट गर्न खुसी हुनुभयो ताकि मैले गैरयहूदीहरूका माझमा उहाँलाई घोषणा गर्न सकूँ, तब मैले तुरुन्तै शरीर र रगतको सल्लाह लिइनँ ।
\v 17 म आफूभन्दा अघि प्रेरित भएकाहरूकहाँ यरूशलेममा गइनँ । बरु, म अरबतिर गएँ र त्यसपछि दमस्कसमा फर्किएँ ।
\v 18 अनि तीन वर्षपछि केफासलाई भेट्न म यरूशलेम गएँ र त्यहाँ तिनीसँग पन्ध्र दिनसम्म बसें ।
\v 19 तर मैले प्रभुका भाइ याकूबलाई बाहेक अरू कसैलाई भेटिनँ ।
\v 20 मैले जे लेखेको छु, म तिमीहरूलाई परमेश्‍वरको अघि विश्‍वस्त तुल्याउँछु कि मैले ढाँटिरहेको छैन ।
\v 21 त्यसपछि म सिरिया तथा किलिकियाका क्षेत्रहरूतिर गएँ ।
\v 22 ख्रीष्‍टमा भएका यहूदियाका मण्डलीहरूमा म अझैसम्म व्यक्तिगत रूपमा चिनिएको थिइनँ,
\v 23 तिनीहरूले यसो भनेको मात्र सुनेका थिए, “एक पटक हामीलाई सताउने मानिसले अहिले त्यही विश्‍वासको घोषणा गरिरहेका छन् जसलाई कुनै समय तिनले नष्‍ट गर्न कोसिस गरे ।”
\v 24 त्यसैले मेरो कारण तिनीहरूले परमेश्‍वरको महिमा गरे ।
\c 2
\cl अध्याय २
\p
\v 1 अनि चौध वर्षपछि बारनाबाससँग, तीतसलाई पनि साथमा लगेर, म फेरि यरूशलेम गएँ ।
\v 2 एउटा प्रकाशको कारण म त्यहाँ गएँ र मैले गैरयहूदीहरूका माझमा घोषणा गरेको सुसमाचार तिनीहरूका अघि राखें । महत्त्वपूर्ण देखिएकाहरूसँग मैले व्यक्‍तिगत रूपमा बोलें, यो सुनिश्‍चित गर्न कि म व्यर्थमा—दौडिरहेको छैनँ,—वा दगुरेको होइनँ ।
\v 3 तर तीतस, जो मसँगै थिए, र जो एक ग्रीक थिए, तिनलाई समेत खतना गर्न कर लगाइएन ।
\v 4 झुटा भाइहरू ख्रीष्‍ट येशूमा हामीसँग भएको स्वतन्‍‍त्रताको जासुसी गर्न गुप्‍त रूपमा आए । तिनीहरूले हामीलाई दासहरू बनाउन चाहे,
\v 5 तर हामी तिनीहरूका कुरामा एक पल पनि झुकेनौं ताकि सुसमाचारको सत्यता तिमीहरूसँग रहिरहोस् ।
\v 6 तर महत्त्वपूर्ण देखिएकाहरू ( तिनीहरू जो भए तापनि मलाई केही फरक पर्दैन । परमेश्‍वरले पक्षपात गर्नुहुन्‍न ) म भन्छु, महत्त्वपूर्ण देखिएकाहरू, तिनीहरूले ममा केही थपेनन् । ।
\v 7 त्यसको सट्टामा, तिनीहरूले यो देखे, कि खतना नभएकाहरूलाई सुसमाचार घोषणा गर्नको निम्ति मलाई जिम्मेवारी सुम्पिएको थियो । जसरी पत्रुसलाई खतना भएकाहरूलाई सुसमाचार घोषणा गर्नको निम्ति जिम्मेवारी सुम्पिएको थियो
\v 8 किनकि खतना भएकाहरूका लागि प्रेरित हुनको निम्ति पत्रुसमा काम गर्नुभएका परमेश्‍वरले नै गैरयहूदीहरूका लागि ममा काम गर्नुभयो ।
\v 9 जब मण्डलीका खम्बाहरू भनेर चिनिएका याकूब, केफास र यूहन्‍नाले मलाई दिइएको अनुग्रहलाई बुझे, तिनीहरूले बारनाबास र मलाई सङ्गतिको दाहिने हात दिए । हामी गैरयहूदीहरूका माझमा जानुपर्छ र तिनीहरू खतना भएकाहरूका माझमा जानुपर्छ भनी तिनीहरू सहमत भए ।
\v 10 केवल हामीले गरिबहरूको पनि सम्झना गर्न तिनीहरूले आग्रह गरे, त्यो कुरा म पनि गर्न इच्छुक थिएँ ।
\p
\v 11 जब पत्रुस एन्टिओखियामा आए, मैले तिनलाई आमने-सामने विरोध गरें किनभने तिनी गलत ठहरिएका थिए ।
\v 12 याकूबकहाँबाट केही मानिसहरू आउनुअघि, पत्रुस गैरयहूदीहरूसँग बसेर खाँदै थिए । तर जब यी मानिसहरू आए, तिनले यो रोके र तिनी गैरयहूदीहरूबाट टाढिए । तिनी खतना गर्नैपर्ने माग गरिरहेकाहरूसँग डराए ।
\v 13 बाँकी यहूदीहरूले पनि यस पाखण्डपूर्ण काममा साथ दिए । बारनाबास पनि तिनीहरूको पाखण्डपूर्ण कामको कारण भड्‌किए ।
\v 14 तर जब मैले तिनीहरूको व्यवहारले सुसमाचारको सत्यता नपछ्‍याइरहेको देखें, मैले तिनीहरू सबैका सामुन्‍ने पत्रुसलाई भनें, “तिमी यहूदी भएर पनि यहूदीजस्तै नजिइकन गैरयहूदीजस्तै जिइरहेका छौ भने, तिमीले कसरी गैरयहूदीहरूलाई यहूदीहरूजस्तै जिउनको निम्ति कर लगाउन सक्छौ?”
\v 15 हामी जो जन्मसिद्ध यहूदीहरू हौं र गैरयहूदी पापीहरू होइनौं;
\v 16 हामी जान्दछौं कि व्यवस्थाद्वारा कोही व्यक्ति पनि धर्मी ठहरिन सक्दैन तर येशू ख्रीष्‍टमा विश्‍वासद्वारा धर्मी ठहरिन्छ । हामी पनि ख्रीष्‍ट येशूमा विश्‍वासमा आयौं ताकि हामी ख्रीष्‍टमा विश्‍वासद्वारा धर्मी ठहरिन सकौं र व्यवस्थाअनुसारका कामहरूद्वारा होइन । किनकि व्यवस्थाअनुसारका कामहरूद्वारा कोही पनि धर्मी ठहरिन सक्दैन ।
\v 17 तर यदि हामी ख्रीष्‍टमा धर्मी ठहरिन खोज्छौं भने, हामीले आफैंलाई पापी भएको पनि पाउँछौं, त्यसो भए के ख्रीष्‍ट पापलाई प्रोत्‍साहन गर्नुहुन्छ त? निश्‍चय नै होइन!
\p
\v 18 किनकि मैले कुनै समय भत्काएका कुराहरू म पुनर्निर्माण गर्छु भने म आफैंलाई व्यवस्था भङ्ग गर्ने मानिस तुल्याउँछु ।
\v 19 किनकि व्यवस्थाद्वारा व्यवस्थाको निम्ति म मरें, ताकि म परमेश्‍वरको निम्ति बाँच्‍न सकूँ ।
\v 20 म ख्रीष्‍टसँगै क्रूसमा टाँगिएको छु । अब उसो जिउने म होइनँ, तर ख्रीष्‍ट ममा जिउनुहुन्छ । अब जुन जीवन म शरीरमा जिउँछु, म परमेश्‍वरका पुत्रको विश्‍वासमा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैंलाई मेरो निम्ति दिनुभयो ।
\v 21 म परमेश्‍वरको अनुग्रहलाई इन्कार गर्दिनँ, किनकि यदि व्यवस्थाद्वारा धार्मिकता आउने भए, ख्रीष्‍ट व्यर्थैमा मर्नुभयो!
\c 3
\cl अध्याय ३
\p
\v 1 हे मूर्ख गलातीहरू! कसले तिमीहरूलाई मोहनी लगायो? तिमीहरूका आँखाको अगाडि नै येशू ख्रीष्‍ट क्रूसमा टाँगिनुभएको कुरा दर्शाइएको थियो ।
\v 2 म तिमीहरूबाट यो कुरा मात्र बुझ्‍न चाहन्छुः के तिमीहरूले पवित्र आत्मालाई व्यवस्था अनुसारका कामहरू गरेर पायौ कि तिमीहरूले सुनेका कुरामा विश्‍वास गरेर पायौ?
\v 3 के तिमीहरू यति धेरै मूर्ख छौ? आत्मामा सुरु गरेर के तिमीहरूले अब शरीरमा अन्त गर्न जाँदैछौ?
\v 4 यदि त्यो साँच्‍चै निरर्थक थियो भने के तिमीहरूले व्यर्थमा यति धेरै दुःख भोग्यौ त?
\v 5 जसले तिमीहरूलाई पवित्र आत्मा दिनुहुन्छ र तिमीहरूका बीचमा आश्‍चर्यकर्महरू गर्नुहुन्छ, के उहाँले यो व्यवस्थाका कामहरूबाट गर्नुभएको हो, वा विश्‍वासको सुनाइबाट?
\p
\v 6 जसरी अब्राहामले “परमेश्‍वरलाई विश्‍वास गरे अनि यो तिनको निम्ति धार्मिकता गनियो,”
\v 7 त्यसरी नै यो बुझ, कि विश्‍वास गर्नेहरू नै अब्राहामका सन्तान हुन् ।
\v 8 धर्मशास्‍‍त्रले पहिले नै यो देखेर, कि परमेश्‍वरले गैरयहूदीहरूलाई विश्‍वासद्वारा धर्मी ठहराउनुहुन्छ, अब्राहामलाई अगाडि नै यसो भनेर सुसमाचार प्रचार गर्‍यो, “तँबाट नै सबै जातिहरू आशिषित हुनेछन् ।”
\v 9 त्यसैकारण, जोसँग विश्‍वास छ, तिनीहरू विश्‍वासका मानिस, अब्राहामसँगै आशिषित हुन्छन् ।
\v 10 व्यवस्थाका कामहरूमा भर पर्नेहरू सबै श्रापमा हुन्छन्; किनकि यसरी लेखिएको छ “व्यवस्थामा लेखिएका सबै कुराहरूमा नरहने र ती पालन नगर्ने सबै श्रापित हुन्छन् ।”
\v 11 अब यो स्पष्‍ट छ, कि परमेश्‍वरको सामु कोही पनि व्यवस्थाद्वारा धर्मी ठहरिंदैन, किनभने “धर्मी मानिस विश्‍वासद्वारा नै जिउनेछ ।”
\v 12 तर व्यवस्था विश्‍वासबाट आएको होइन, त्यसको सट्टामा, “जुन व्यक्तिले व्यवस्थामा भएका कुराहरू गर्छ त्यो तीअनुसार नै जिउनुपर्छ ।”
\p
\v 13 हाम्रो निम्ति ख्रीष्‍ट श्रापित हुनुभएर उहाँले हामीलाई व्यवस्थाको श्रापबाट मुक्त गराउनुभयो—किनकि यसो लेखिएको छ, “काठमा झुण्डिने हरेक श्रापित हुन्छ ।”—
\v 14 ताकि अब्राहाममा भएको आशिष् ख्रीष्‍ट येशूद्वारा गैरयहूदीहरूमाझ आउन सकोस्, ताकि हामीले विश्‍वासद्वारा पवित्र आत्माको प्रतिज्ञा प्राप्‍त गर्न सकौं ।
\p
\v 15 भाइहरू हो, म मानवीय शब्दहरूमा बोल्छु । एक पटक पक्‍का भइसकेको मानिसले बनाएको इच्छा-पत्र त न कसैले रद्द गर्न सक्छ न त त्यसमा केही थप्‍न सक्छ ।
\v 16 अब यी प्रतिज्ञाहरू अब्राहाम र तिनको सन्तानलाई दिइएको थियो । यसले धेरैलाई जनाउने गरी “सन्तानहरूलाई” भन्दैन, तर यसको सट्टामा “तिम्रो सन्तानलाई” भनेर यसले एक जनालाई मात्र जनाउँछ, जो ख्रीष्‍ट हुनुहुन्छ ।
\v 17 अब मेरो भनाइको अर्थ यो होः परमेश्‍वरले पहिले नै स्थापना गर्नुभएको करारलाई ४३० वर्षपछि आएको व्यवस्थाले रद्द गर्दैन ।
\v 18 किनकि यदि उत्तराधिकार व्‍यवस्थाद्वारा आउँछ भने, यो प्रतिज्ञाद्वारा आएको नै हुँदैन । तर परमेश्‍वरले प्रतिज्ञाद्वारा अब्राहामलाई यो दिनुभयो ।
\p
\v 19 त्यसो भए व्यवस्थाको उद्देश्‍य के थियो त? ती प्रतिज्ञा गरिएकाहरूकहाँ अब्राहामका सन्तान नआउन्जेलसम्म अपराधको कारणले व्यवस्था थपियो । यो व्यवस्था एउटा मध्यस्तकर्ताद्वारा स्वर्गदूतहरूमार्फत लागु गरिएको थियो ।
\v 20 अहिले मध्यस्तकर्ताले एकभन्दा बढी व्यक्‍तिलाई बुझाउँछ, तर परमेश्‍वर एउटै हुनुहुन्छ ।
\p
\v 21 त्यसो भए, के व्यवस्था परमेश्‍वरका प्रतिज्ञाहरूको विरुद्धमा छ त? कदापि होइन! किनकि यदि जीवन दिन सक्‍ने व्यवस्था दिइएको भए, निश्‍चय नै त्यही व्यवस्थाद्वारा धार्मिकता आउने थियो ।
\v 22 तर पापको अधीनमा रहेका सबै कुरालाई धर्मशास्‍‍त्रले कैदमा राख्यो । परमेश्‍वरले यो गर्नुभयो ताकि येशू ख्रीष्‍टमा विश्‍वासद्वारा हामीलाई बचाउने उहाँको प्रतिज्ञालाई विश्‍वास गर्नेहरूलाई दिन सकियोस् ।
\v 23 अब विश्‍वास आउनुभन्दा अगाडि, हामी व्यवस्थाद्वारा कैदमा थियौं, विश्‍वासको प्रकाश नआउन्जेलसम्म थुनिएका थियौं ।
\v 24 त्यसकारण हामी विश्‍वासद्वारा धर्मी ठहरिन सकौं भनेर ख्रीष्‍ट नआउन्जेलसम्मको लागि व्यवस्था हाम्रो अभिभावक बन्यो ।
\v 25 तर अब विश्‍वास आइसकेकोले हामी कुनै अभिभावकको अधीनमा छैनौं ।
\p
\v 26 किनकि ख्रीष्‍ट येशूमा विश्‍वासद्वारा तिमीहरू सबै परमेश्‍वरका पुत्रहरू हौ ।
\v 27 किनकि तिमीहरूमध्ये जतिजनाको ख्रीष्‍टमा बप्‍तिस्मा भयो, तिमीहरू आफैंले ख्रीष्‍टलाई पहिरेका छौ ।
\v 28 अब न त यहूदी छ न ग्रीक, न दास छ न फुक्‍का, न पुरुष छ न स्‍‍त्री, किनकि ख्रीष्‍ट येशूमा तिमीहरू सबै एक हौ ।
\v 29 त्यसैले यदि तिमीहरू ख्रीष्‍टका हौ भनेता तिमीहरू अब्राहामका सन्तानहरू हौ र प्रतिज्ञाबमोजिम उत्तराधिकारीहरू हौ ।
\c 4
\cl अध्याय ४
\p
\v 1 मैले यो भनिरहेको छु, कि उत्तराधिकारी बालकै भएसम्म त्यो सारा सम्पत्तिको मालिक भए तापनि त्यो दासभन्दा फरक हुँदैन ।
\v 2 बरु, त्यसको बुबाले निर्धारण गरेको समयसम्म त्यो अभिभावकहरू र संरक्षकहरूको अधीनमा हुन्छ ।
\v 3 यसरी नै, हामीहरू पनि जब बालक थियौं, यस संसारका आधारभूत सिद्धान्तहरूको दासत्‍वमा थियौं ।
\v 4 तर जब समयको पूर्णता आएको थियो, तब परमेश्‍वरले व्यवस्थाको अधीनमा स्‍‍त्रीबाट जन्मनुभएका उहाँका पुत्रलाई पठाउनुभयो ।
\v 5 हामी धर्मपुत्रको रूपमा स्वीकारिऔं भनेर उहाँले व्यवस्थाको अधीनमा भएकाहरूलाई छुटकारा दिनको निम्ति यसो गर्नुभयो ।
\v 6 र तिमीहरू पुत्रहरू भएका हुनाले परमेश्‍वरले उहाँका पुत्रको आत्मालाई हाम्रा हृदयहरूमा पठाउनुभएको छ जसले, “अब्बा, पिता” भनेर पुकार्नुहुन्छ ।
\v 7 यसैकारण अब उप्रान्त तिमी दास होइनौ, तर पुत्र हौ, र यदि पुत्र हौ भने, तिमी परमेश्‍वरद्वारा एक उत्तराधिकारी पनि हौ ।
\p
\v 8 तर त्यसबेला जब तिमीहरूले परमेश्‍वरलाई चिन्दैन थियौ, तिमीहरू तिनीहरूका दास थियौ जो स्वभावैले ईश्‍वरहरू होइनन् ।
\v 9 तर अहिले तिमीहरूले परमेश्‍वरलाई चिन्छौ वा तिमीहरू परमेश्‍वरद्वारा चिनिएका छौ भने, किन तिमीहरू फेरि कमजोर र मूल्यहीन आधारभूत सिद्धान्तहरूतर्फ फर्किरहेका छौ? के तिमीहरू फेरि दास हुने चाहना गर्छौ?
\v 10 तिमीहरू दिनहरू, औंसी, ऋतुहरू र वर्षहरूलाई मान्छौ!
\v 11 तिमीहरूका लागि मलाई डर लाग्छ कि कुनै न कुनै रूपमा तिमीहरूमाथि गरेको मेरो मेहेनत व्यर्थ भएको हुनसक्छ।
\v 12 भाइहरू हो, म यो बिन्ती गर्छु, कि म जस्तो छु तिमीहरू पनि त्यस्तै होओ, किनकि म पनि तिमीहरूजस्तै भएको छु । तिमीहरूले मप्रति कुनै खराबी गरेका छैनौ ।
\p
\v 13 तर तिमीहरू यो कुरा जान्दछौ, कि मेरो शारीरिक बिमारीको कारण मैले तिमीहरूलाई पहिलो पटक सुसमाचार घोषणा गरें ।
\v 14 मेरो शारीरिक अवस्थाले तिमीहरूलाई परीक्षा ल्याए तापनि तिमीहरूले मेरो उपेक्षा गरेनौ वा मलाई इन्कार गरेनौ । त्यसको सट्टामा, तिमीहरूले मलाई परमेश्‍वरका स्वर्गदूतझैं, म नै ख्रीष्‍ट येशू भएझैं गरी स्वीकार गर्‍यौ ।
\v 15 त्यसकारण, अब तिमीहरूको आशिष् कहाँ छ? किनकि तिमीहरूको विषयमा म यो गवाही दिन्छु, कि सम्भव भए त तिमीहरूले आफ्नो आँखा निकालेर मलाई ती दिने थियौ ।
\v 16 त्यसोभए मैले तिमीहरूलाई सत्यता बताएको कारण, के म तिमीहरूको शत्रु भएँ त?
\v 17 तिनीहरू तिमीहरूलाई जिताउन जोसिला छन्, तर कुनै असल अभिप्रायको लागि होइन । तिमीहरू तिनीहरूका लागि जोसिला हुन सक भनेर तिनीहरू तिमीहरूलाई बाहिर पन्छाउन चाहन्छन् ।
\v 18 म तिमीहरूको उपस्थितिमा रहँदा मात्र नभएर सधैं नै असल अभिप्रायको निम्ति जोसिलो हुनु असल हुन्छ ।
\v 19 मेरा साना बालकहरू हो, तिमीहरूभित्र ख्रीष्‍ट नबनिनुभएसम्म म फेरि तिमीहरूका निम्ति प्रसव वेदनाको पीडामा छु ।
\v 20 म अब तिमीहरूकहाँ उपस्थिति हुन चाहन्छु र मेरो बोल्ने शैलीलाई परिवर्तन गर्न चाहन्छु, किनभने म तिमीहरूको विषयमा अन्योलमा परेको छु ।
\p
\v 21 तिमीहरू जो व्यवस्थाको अधीनमा रहने इच्छा गर्छौ, मलाई यो बताओ, कि व्यवस्थाको कुरा के तिमीहरू सुन्दैनौ?
\v 22 किनकि यस्तो लेखिएको छ, कि अब्राहामका दुई जना छोरा थिए, एक जना दासी स्‍‍त्रीबाट र अर्कोचाहिं स्वतन्‍‍त्र स्‍‍त्रीबाट ।
\v 23 दासीबाटको चाहिं शरीरअनुसार जन्मिएको थियो, तर स्वतन्‍‍त्र स्‍‍त्रीबाटको चाहिं प्रतिज्ञाअनुसार जन्मिएको थियो ।
\v 24 यी कुराहरूलाई एउटा रूपक द‍ृष्‍टान्तद्वारा वर्णन गर्न सकिन्छ, किनकि यी दुई स्‍‍त्रीले दुईवटा करारका प्रतिनिधित्‍व गर्छन् । तिनीहरूमध्ये एक जनाचाहिं सीनै पर्वतबाट हो र तिनले यस्ता छोराछोरीहरू जन्माउँछिन्, जो दासहरू हुन् । तिनी हागार हुन् ।
\v 25 अहिले हागारले अरबको सीनै पर्वतको प्रतिनिधित्‍व गर्छिन् र तिनले वर्तमान यरूशलेमको सङ्केत गर्छिन्, किनकि तिनी तिनका छोराछोरीहरूसँगै दासत्वमा छिन् ।
\v 26 तर माथि रहेको यरूशलेम स्वतन्‍‍त्र छ, र तिनी हाम्री आमा हुन् ।
\v 27 किनकि यस्तो लेखिएको छ, “ए बाँझी स्‍‍त्री, जसले जन्म दिन सक्दैनौ; कराऊ र आनन्द मनाऊ, तिमी जसले बालक जन्माउने अनुभव पाएकी छैनौ, किनभने पति भएकी स्‍‍त्रीको भन्दा त्यागिएकी स्‍‍त्रीका धेरै छोराछोरीहरू छन् ।”
\p
\v 28 तर भाइहरू हो, तिमीहरू इसहाकजस्तै प्रतिज्ञाका छोराछोरीहरू हौ ।
\v 29 त्यो समयमा शरीरअनुसार जन्मेकोले आत्माअनुसार जन्मेकोलाई सतायो । अहिले पनि यस्तै नै छ ।
\v 30 तर धर्मशास्‍‍त्रले के भन्छ? “दासी स्‍‍त्री र तिनको पुत्रलाई निकालिदेओ । किनकि दासी स्‍‍त्रीको पुत्रले स्वतन्‍‍त्र स्‍‍त्रीको पुत्रसँगै उत्तराधिकार प्राप्‍त गर्नेछैन ।”
\v 31 त्यसकारण, भाइहरू हो, हामी दासी स्‍‍त्रीका छोराछोरीहरू होइनौं, तर स्वतन्‍‍त्र स्‍‍त्रीका हौं ।
\c 5
\cl अध्याय ५
\p
\v 1 स्वतन्‍‍त्रताको निम्ति ख्रीष्‍टले हामीलाई मुक्त गराउनुभएको हो । यसैकारण, स्थिर होओ, र फेरि दासत्‍वको जुवाको अधीनमा नपर ।
\v 2 हेर! म पावल तिमीहरूलाई भन्छु, कि तिमीहरूले आफैलाई खतना गर्न दियौ भने, ख्रीष्‍टमा तिमीहरूलाई केही फाइदा हुनेछैन ।
\v 3 फेरि, आफैलाई खतना गर्न दिएका सबै मानिसलाई म यो गवाही दिन्छु, कि सबै व्यवस्था पालन गर्न त्यो बाध्य हुन्छ ।
\v 4 जो व्यवस्थाबाट धर्मी ठहरिने भएका छौ, तिमीहरू ख्रीष्‍टबाट अलग भएका छौ, तिमीहरूले अब अनुग्रहलाई अनुभव गर्न सक्दैन ।
\v 5 किनकि आत्माद्वारा विश्‍वासबाट हामीले धार्मिकताको आशाको प्रतीक्षा गर्छौं ।
\v 6 ख्रीष्‍ट येशूमा न खतना न बेखतना कुनै मूल्यको हुन्छ, तर केवल प्रेमद्वारा काम गर्ने विश्‍वासको मूल्य हुन्छ ।
\p
\v 7 तिमीहरू असल रूपमा दौडिरहेका थियौ । सत्यताको पालन गर्न तिमीहरूलाई कसले रोक्यो?
\v 8 यो फकाउने कुरा तिमीहरूलाई बोलाउनुहुनेबाट आएको होइन ।
\v 9 थोरै खमिरले पूरै मुछेको पिठोलाई फुलाउँछ ।
\v 10 प्रभुमा, म भरोसा गर्छु कि तिमीहरूले अर्को कुनै विचार अपनाउनेछैनौ । तिमीहरूलाई अलमलमा पार्ने जोसुकै भए तापनि त्यसले दण्ड पाउनेछ ।
\v 11 भाइहरू हो, यदि म अझै पनि खतनाको प्रचार गर्छु भने, अझै पनि म किन सताइएको छु? त्यसो हो भनेता क्रूसको बाधा हटाइएको हुन्छ ।
\v 12 तिमीहरूलाई बहकाउनेहरूले त आफैंलाई नपुङ्सक तुल्याओस्!
\p
\v 13 किनकि भाइहरू हो, तिमीहरूलाई स्वतन्‍‍त्रताको निम्ति बोलाइएको थियो । तर आफ्नो स्वतन्‍‍त्रतालाई पापमय स्वभावको निम्ति अवसरको रूपमा प्रयोग नगर; बरु प्रेमद्वारा एक अर्कालाई सेवा पुर्‍याओ ।
\v 14 किनकि सारा व्यवस्था एउटै आज्ञामा पूरा हुन्छ, “तिमीहरूले आफ्नो छिमेकीलाई आफैंलाई जस्तै प्रेम गर्नुपर्छ ।”
\v 15 तर यदि तिमीहरूले एक अर्कालाई टोक्‍ने र निल्ने गर्छौ भने, ध्यान देओ, तिमीहरू आफैं एक अर्काबाट नष्‍ट हुन नपरोस् ।
\p
\v 16 तर म भन्छु, आत्माद्वारा हिंड, अनि तिमीहरूले पापमय स्वभावका अभिलाषाहरूलाई पूरा गर्नेछैनौ ।
\v 17 किनकि पापमय स्वभावका अभिलाषाहरू आत्माको विरुद्धमा हुन्छन्, र आत्माको इच्छा पापमय स्वभावको विरुद्धमा हुन्छ । किनकि यी एक अर्काका विपरीत हुन्छन्, जसको कारण तिमीहरूले चाहेका कुराहरू तिमीहरूले गर्न सक्दैनौ ।
\v 18 तर यदि आत्माले तिमीहरूलाई अगुवाइ गर्नुहुन्छ भने तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ ।
\p
\v 19 अब पापमय स्वभावका कामहरू प्रत्यक्ष देख्‍न सकिने हुन्छन्ः व्यभिचार, अपवित्रता, कामवासना,
\v 20 मूर्तिपूजा, तन्‍‍त्रमन्‍‍त्र, दुश्मनी, झैंझगडा, ईर्ष्या, क्रोध, शत्रुता, फुट, गुटबन्दी,
\v 21 डाह, पियक्‍कडपन, मोजमज्जा र अरू यस्तै कुराहरू हुन् । मैले तिमीहरूलाई पहिले चेतावनी दिएझैं म चेतावनी दिन्छु, कि जसले यी कुराहरू गर्छन्, तिनीहरू परमेश्‍वरको राज्यका हकदार हुनेछैनन् ।
\v 22 तर पवित्र आत्माका फलचाहिं प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्‍वास,
\v 23 नम्रता र संयम हुन्; यी कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन ।
\v 24 तिनीहरू जो ख्रीष्‍ट येशूका हुन् तिनीहरूले आफ्ना पापमय स्वभावलाई त्यसका लालसा र अभिलाषाहरूसहित क्रूसमा टाँगेका हुन्छन् ।
\p
\v 25 यदि हामी आत्माद्वारा जिउँछौं भने, हामी आत्माद्वारा नै हिंडौं ।
\v 26 एक अर्कालाई रिस नउठाएर, एक अर्काको ईर्ष्या गरेर हामी अहङ्कारी नबनौं ।
\c 6
\cl अध्याय ६
\p
\v 1 भाइहरू हो, यदि कुनै मानिसले पाप गरेको फेला परेमा, तिमी आत्मिकीहरूले चाहिं नम्रताको आत्मामा त्यसलाई पुनर्स्थापित गर्नुपर्छ । तिमीहरू आफैं परीक्षामा नपर्नको निम्ति आफ्नो ख्याल गर ।
\v 2 एक अर्काको भार उठाओ, र यसरी ख्रीष्‍टको व्यवस्थालाई पूरा गर ।
\v 3 किनकि यदि कसैले आफू केही नहुँदा नहुँदै पनि केही हुँ भनी ठान्छ भने, त्यसले आफैंलाई धोका दिन्छ ।
\v 4 प्रत्येकले आफ्नो कामको जाँच गर्नुपर्छ, र तब त्यसले गर्व गर्ने कारण त्यो आफैंमा हुनेछ र अरू कोहीमा हुनेछैन ।
\v 5 किनकि प्रत्येकले आफ्नो भार आफैं उठाउनेछ ।
\p
\v 6 जसलाई वचन सिकाइएको छ, त्यसले शिक्षकसँग सबै असल कुराहरू बाँड्नुपर्छ ।
\v 7 धोकामा नपर । परमेश्‍वरको ठट्टा हुँदैन, किनकि मानिसले जे रोप्छ, त्यसले त्यही नै कटनी गर्नेछ ।
\v 8 किनकि जसले आफ्नै पाप स्वभावमा बिउ छर्छ, त्यसले पाप स्वभावबाट विनाशको कटनी गर्नेछ । जसले आत्मामा बिउ छर्छ, त्यसले आत्माबाट अनन्त जीवनको कटनी गर्नेछ ।
\v 9 हामी असल काम गर्न थकित नहोऔं, किनकि यदि हामीले हरेस खाएनौं भने ठिक समयमा हामीले फसलको कटनी गर्नेछौं ।
\v 10 त्यसकारण, हामीले मौका पाउनासाथ, सबै मानिसहरूको भलाइ गरौं, विशेष गरी जो विश्‍वासको घरानाका हुन् ।
\p
\v 11 हेर मैले आफ्नै हातले कति ठुला-ठुला अक्षरहरूमा तिमीहरूलाई लेखिरहेछु ।
\v 12 शारीरिक रूपमा असल प्रभाव पार्न चाहनेहरूले तिमीहरूलाई खतना गर्न बाध्य बनाउन खोज्दैछन् । ख्रीष्‍टको क्रूसको खातिर सतावट भोग्‍नु नपरोस् भनेर मात्र तिनीहरूले यसो गर्छन् ।
\v 13 किनकि खतना भएकाहरूले पनि व्यवस्थाको पालन गर्दैनन् तर तिमीहरूका शरीरका विषयमा घमण्ड गर्न सकून् भनेर तिमीहरूको खतना भएको तिनीहरू चाहन्छन् ।
\v 14 हाम्रा प्रभु येशू ख्रीष्‍टको क्रूसमा बाहेक मैले कहिल्यै गर्व गर्न नपरोस् जसद्वारा नै म संसारको लागि र संसार मेरो लागि क्रूसमा टाँगिएको छ ।
\v 15 किनकि न त खतना न बेखतना कुनै मूल्यको हो तर नयाँ सृष्‍टि महत्त्‍वपूर्ण छ ।
\v 16 यही नियमअनुसार जिउने सबैमा अनि परमेश्‍वरको इस्राएलमा पनि शान्ति र कृपा रहोस् ।
\p
\v 17 अब उप्रान्त मलाई कसैले दु: ख नदेओस्, किनकि म आफ्नो शरीरमा येशूका चिन्हहरू धारण गर्छु ।
\p
\v 18 भाइहरू हो, तिमीहरूका आत्मामा हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह रहोस् । आमेन ।

210
50-EPH.usfm Normal file
View File

@ -0,0 +1,210 @@
\id EPH
\ide UTF-8
\h एफिसीहरूलाई पावलको पत्र
\toc1 एफिसीहरूलाई पावलको पत्र
\toc2 एफिसीहरूलाई पावलको पत्र
\toc3 eph
\mt एफिसीहरूलाई पावलको पत्र
\c 1
\cl अध्याय १
\p
\v 1 पावल, परमेश्‍वरको इच्छाद्वारा येशू ख्रीष्‍टको एक प्रेरितबाट एफिससमा भएका परमेश्‍वरका पवित्र जनहरू, जो ख्रीष्‍ट येशूमा विश्‍वासयोग्य छन्, \f + \ft केही महत्‍वपूर्ण र प्राचीन प्रतिलिपिमा \fqa एफिससमा \fqa* भन्‍ने शब्द छैन तर यो पत्र एफिससमा भएको मण्डलीमा मात्र हैन तर यो क्षेत्र भएर धेरै मण्डलीहरूमा बाँडिएको हुनुपर्छ। \f*
\v 2 परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
\p
\v 3 परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टका पिताको प्रशंसा होस्, जसले हामीलाई हर प्रकारको आत्मिक आशिषले ख्रीष्‍टमा स्वर्गीय स्थानहरूमा आशिषित पार्नुभएको छ ।
\v 4 परमेश्‍वरले हामीलाई उहाँमा संसारको सुरुदेखि नै चुन्‍नुभयो, ताकि उहाँको प्रेमिलो द‍ृष्‍टिमा हामी पवित्र र दोषरहित हुन सकौं ।
\v 5 परमेश्‍वरले हामीलाई चुन्‍नुभयो, \f + \ft केही अनुवादकहरूले एफिसी १: ४ को एउटा शब्द \fqa प्रेममा \fqa* भन्‍ने शब्द पद ४ सँगै राख्छन् जसले गर्दा यो \fqa प्रेममा परमेश्‍वरले हामीलाई चुन्‍नुभयो \fqa* भन्‍ने हुन्छ \f* ताकि उहाँको असल योजनाको प्रसन्नता अनुसार येशू द्वारा आफ्नै निज पुत्रहरूका रूपमा ग्रहण गरुन् ।
\v 6 उहाँले हामीलाई ग्रहण गर्नु भएकोले उहाँको प्रशंसा हुनुपर्छ किनकि उहाँले आफ्नो महिमित अनुग्रहमा हामीलाई उहाँले प्रेम गर्नुहुनेमा सित्तैमा दिनुभएको छ।
\p
\v 7 उहाँको अपार अनुग्रहद्वारा येशू प्रभुमा हामीले उहाँको रगतद्वारा छुटकारा अनि पापको क्षमा पाउँछौं।
\v 8 पूरा बुद्धि र बुझाइको पूर्णतामा उहाँले प्रश‍स्त मात्रामा यो अनुग्रहचाहिं हामीलाई दिनुभयो।
\v 9 परमेश्‍वरले हामीलाई आफ्नो इच्छा अनुसारका रहस्यहरू, जसद्वारा उहाँ प्रसन्‍न हुनुहुन्छ, ख्रीष्‍टमा उहाँले प्रकट गर्नुभयो,
\v 10 उहाँको योजनाको प्रकाशको लागि पूर्णताको समयमा, सबै थोकलाई एक साथ ल्याउन, स्वर्ग र पृथ्वीका सबै थोक र ख्रीष्‍टलाई पनि, एउटै शिरमुनि एक साथ ल्याउनुहुनेछ ।
\v 11 ख्रीष्‍टमा हामीलाई उत्तराधिकार दिइएको, पूर्वनिर्धारित गरिएको सबै कुरा आफ्नो इच्छा अनुसार गर्नुहुनेको योजनामा हामी अगिबाटै चुनिएका थियौं ।
\v 12 परमेश्‍वरले हामीलाई उत्तराधिकार हुन नियुक्त गर्नुभयो ताकि हामी, जो ख्रीष्‍टमा आशा राख्‍ने पहिलो व्‍यक्तिहरू, उहाँको महिमाको प्रशंसाको निम्ति रहन सकौं।
\v 13 ख्रीष्‍टमा, तिमीहरूले पनि, जब सत्य वचन सुनेका थियौ, तिमीहरूको छुट्काराको सुसमाचार, उहाँमा नै तिमीहरूले विश्‍वास गरेका छौ र प्रतिज्ञा सहितको पवित्र आत्माको छाप लगाइएका थियौ ।
\v 14 हामीले हाम्रो उत्तराधिकार प्राप्‍त नगरून्जेलसम्म पवित्र आत्मा हाम्रो उत्तराधिकारको निश्‍चयताको प्रमाण हुनुहुन्छ । यो उहाँको महिमाको प्रशंसाको लागि हो ।
\p
\v 15 यसकारण, प्रभु येशू ख्रीष्‍टमा भएको तिमीहरूको विश्‍वासको बारेमा र उहाँको पवित्र जनहरूका लागि तिमीहरूको प्रेमको सम्बन्धमा मैले सुनेको समयदेखि,
\v 16 मैले तिमीहरूको लागि परमेश्‍वरमा धन्यवाद दिन र मेरो प्रार्थनामा तिमीहरूलाई सम्झिन रोकेको छैनँ ।
\v 17 म यो प्रार्थना गर्छु, कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई बुद्धिको आत्मा र उहाँको ज्ञानको प्रकाश दिऊन् ।
\v 18 म यो प्रार्थना गर्छु, कि तिमीहरूका हृदयका आँखाहरू प्रज्वलित होऊन्, कि बोलावटको निश्‍चयता के हो भनेर जान्‍न र उहाँको पवित्र जनहरूको बीचमा उहाँको उत्तराधिकारको महिमाको प्रशस्तता के हो सो तिमीहरूले जान्‍न सक ।
\v 19 मेरो प्रार्थनामा म यो माग्छु कि उहाँमा विश्‍वास गर्नेहरूप्रति उहाँको अतुलनीय शक्तिको अत्याधिक महान‍्‌ताको विषयमा तिमीहरूले जान्‍न सक, यो उहाँको शक्तिको तीव्रताको कार्य अनुसारको हो ।
\v 20 यो त्यही शक्ति हो जसद्वारा परमेश्‍वरले ख्रीष्‍टमा काम गर्नुभयो जब उहाँले ख्रीष्‍टलाई मृत्‍युबाट जीवित पार्नुभयो र स्वर्गीय स्थानहरूमा उहाँको दाहिने बाहुलीमा उहाँलाई बसाल्नुभयो।
\v 21 उहाँले येशूलाई सबै शासन र अधिकार, शक्ति र प्रभुत्त्वहरू र हरेक नामभन्दा माथि राख्‍नुभयो । यस युगको लागि मात्र होइन, तर आउने युगको लागि पनि ख्रीष्‍टले राज्य गर्छन् ।
\v 22 परमेश्‍वरले सबै कुराहरू येशू ख्रीष्‍टको पाउमा सुम्पनुभयो र उहाँलाई नै मण्डलीमा सबै कुराहरू माथि शिर बनाउनुभयो।
\v 23 मण्डली उहाँको शरीर हो, जो उहाँको पूर्णतामा सबै तरिकामा सबै कुरामा पूर्ण हुन्छ ।
\c 2
\cl अध्याय २
\p
\v 1 र तिमीहरूको लागि, तिमीहरू त आफ्ना अपराधहरू र पापहरूमा मरेका थियौं,
\v 2 यस संसारको रीतिअनुसार तिमीहरू यस्ता कुराहरूमा एकपल्ट हिंडेका थियौ । आकाशको शक्तिको शासक अनुसार तिमीहरू बाँचिरहेका थियौ, त्यो आत्मा जो अनाज्ञाकारिताका सन्तानहरूमा काम गर्थ्यो ।
\v 3 हामी एकपल्ट त्यही व्यक्तिहरू बीच बाँचिरहेका थियौं, आफ्ना शरीरको खराब इच्छाहरु पूरा गर्दै, र शरीर र दिमागको इच्छा अनुसार काम गर्ने गर्‍थ्‍यौं । हामी अरू मानिसहरू जस्तै स्वभावले क्रोधका सन्तान थियौं।
\p
\v 4 तर परमेश्‍वर दयामा धनी हुनुहुन्छ आफ्नो महान् प्रेमको कारण जसद्वारा उहाँले हामीलाई प्रेम गर्नुभयो ।
\v 5 जब हामी आफ्ना अपराधहरूमा मरेका थियौं, उहाँले हामी सबैलाई सँगै ख्रीष्‍टमा जीवित तुल्याउनुभयो । उहाँको अनुग्रहद्वारा तिमीहरू बचाइएका छौ ।
\v 6 ख्रीष्‍ट येशूमा हामीलाई परमेश्‍वरले उठाउनुभएको छ, र परमेश्‍वरले हामीलाई स्वर्गीय स्थानहरूमा येशू ख्रीष्‍टसँगेे बसाल्नुभएको छ ।
\v 7 ताकि आउँदा दिनहरूमा उहाँले आफ्नो अथाह अनुग्रहको प्रशस्तता हामीलाई देखाउन ख्रीष्‍ट येशूमा उहाँको दयाद्वारा यो व्यक्त गर्नुभयो ।
\p
\v 8 किनकि तिमीहरू अनुग्रहबाट विश्‍वासद्वारा बचाइएका छौ, र यो तिमीहरूबाट आएको होइन, यो परमेश्‍वरको उपहार हो,
\v 9 कामहरूबाट यो होइन, यसैकारण कसैले घमण्ड गर्न सक्दैन ।
\v 10 किनकि हामीहरू परमेश्‍वरका कारिगरीहरू, धेरै पहिले देखि नै योजना गर्नुभएको असल काम गर्नको निम्ति ख्रीष्‍ट येशूमा सृजना गरिएका हौं, ताकि हामीहरू ती बमोजिम हिडौं।
\p
\v 11 त्यसकारण यो कुरा सम्झ कि एक समय तिमीहरू शरीरमा गैरयहूदीहरू थियौं । मानिसहरूका हातहरूबाट शरीरमा खतना भएकाहरूले तिमीहरूलाई “बेखातनाको” भनेर बोलाउँथे ।
\v 12 किनकि त्यो समयमा तिमीहरू ख्रीष्‍टबाट अलगिएका थियौं, इस्राएलका मानिसहरूका निम्ति परदेशी थियौ, प्रतिज्ञाका करारबाट बिराना थियौं, परमेश्‍वर बिना यस संसारमा तिमीहरूको कुनै आशा थिएन ।
\v 13 तर अब येशू ख्रीष्‍टमा तिमीहरू जो एक समय परमेश्‍वरबाट टाढा भएका थियौ येशू ख्रीष्‍टको रगतद्वारा नजिक ल्याइएका छौ ।
\p
\v 14 किनकि उहाँ आफै हाम्रो शान्ति हुनुहुन्छ, उहाँले दुईलाई एक बनाउनुभयो । हामीलाई एक अर्कामा विभाजन गर्ने शत्रुताका पर्खालहरू उहाँको शरीरद्वारा भत्काइएका छन् ।
\v 15 उहाँले नियमहरू र आज्ञाहरूका कानुनलाई खारेज गरिदिनुभयो ताकि उहाँमा नै दुई मध्ये एउटा नयाँ मानिस सृष्‍टि गर्न, शान्ति बनाउनुभयो।
\v 16 ख्रीष्‍टले क्रूसद्वारा दुवै मानिसहरूलाई परमेश्‍वरमा एकै शरीरमा मेलमिलाप गर्नुभयो, शत्रुतालाई नाश गर्नुभयो ।
\v 17 येशू आउनुभयो र धेरै टाढा भएकाहरूलाई शान्तिको असल समाचार र नजिक भएकाहरूलाई शान्तिको घोषणा गर्नुभयो ।
\v 18 किनकि येशूद्वारा हामी दुवै एउटै आत्मामा पिताकहाँ जान सक्छौं ।
\p
\v 19 त्यसकारण, अब तिमी गैरयहूदीहरू कोही पनि नौलो मानिस वा परदेशी छैनौ । तर सबै परमेश्‍वरको निम्ति अलग गरिएकाहरू सँगै उहाँको राज्यको संगी नागरिकहरू हौ र परमेश्‍वरको परिवारका सदस्यहरू हौ ।
\v 20 तिमीहरू प्रेरित र अगमवक्ताहरूको जग माथि बसालेर निर्माण गरिएका हौ र ख्रीष्‍ट येशू आफैं कुने-ढुङ्गो हुनुहुन्छ ।
\v 21 येशू ख्रीष्‍टमा उहाँको सारा निर्माण मिल्दै जान्छ र प्रभुमा एउटै मन्दिरको रूपमा बढ्दै जान्छ ।
\v 22 अनि उहाँमा नै तिमीहरू पनि पवित्र आत्मामा परमेश्‍वरको वासस्थानको रूपमा सँगै निर्माण भइरहेका छौ ।
\c 3
\cl अध्याय ३
\p
\v 1 यसैकारण, म, पावल, तिमी गैरयहूदीहरूका निम्ति ख्रीष्‍ट येशूको एक कैदी हुँ ।
\v 2 तिमीहरूका निम्ति परमेश्‍वरले मलाई दिनुभएको उहाँको अनुग्रहको कार्यको विषयमा तिमीहरूले सुनेका छौ भनी म अनुमान गर्छु ।
\v 3 यो रहस्य मलाई प्रकाशद्वारा थाहा गराइयो, जसरी मेेले संक्षिप्त रूपमा लेखेको छु।
\v 4 जब तिमीहरू यसको बारेमा पढ्छौ, तब ख्रीष्‍टको रहस्यको बारेमा मेरो अन्तर्द‍ृष्‍टि तिमीहरूले बुझ्‍न सक्‍नेछौ ।
\v 5 यो रहस्य अरू पुस्ताहरूको मानिसहरूको पुत्रहरुलाई बताइएको थिएन । तर अहिले उहाँमा पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई आत्माद्वारा यो प्रकट गरिएको छ ।
\v 6 यो गुप्‍त सत्यता यही हो कि गैरयहूदीहरू संगी उत्तराधिकारीहरू, र शरीरका संगी सदस्यहरू हुन्, र सुसमाचारद्वारा ख्रीष्‍ट येशूमा भएको प्रतिज्ञाका तिनीहरू संगी भागेदारहरू हुन् ।
\v 7 किनकि म यस सुसमाचारको सेवक, उहाँको शक्तिको कामद्वारा मलाई दिइएको परमेश्‍वरको अनुग्रहको वरदानद्वारा भएको छु ।
\p
\v 8 परमेश्‍वरका सबै पवित्र जनहरूमध्ये म सबैभन्दा सानो भएतापनि मलाई यो अनुग्रह दिइयो, गैरयहूदीहरूलाई ख्रीष्‍टको अचिन्तनीय सम्पत्तिको विषयमा सुसमाचार प्रचार गर्नको निम्ति
\v 9 र सबै मानिसहरूलाई परमेश्‍वरको गुप्‍त योजनाको बारेमा स्पष्‍ट गर्नको निम्ति—यो रहस्य पुस्तौंसम्म परमेश्‍वरमा लुकाइएको थियो, जसले सबै कुरालाई सृष्‍टि गर्नुभयो ।
\v 10 यो योजना मण्डलीद्वारा थाहा गराइयो ताकि स्वर्गीय स्थानहरूमा भएका शासकहरू र अधिकार गर्नेहरूले परमेश्‍वरको विवेकको बहुपक्षिय प्रवृत्तिबारे थाहा पाऊन् ।
\v 11 हाम्रा प्रभु ख्रीष्‍ट येशूमा उहाँले पूरा गर्नुभएको अनन्त योजना अनुसार यो भयो।
\v 12 किनकि ख्रीष्‍टमा उहाँमाथि हाम्रो विश्‍वासको कारण हामीले साहस र आत्मविश्‍वास पाएका छौं ।
\v 13 यसकारण तिमीहरूका निम्ति मैले गरेका दुःखहरूका कारण तिमीहरू निरुत्साहित नहुन म आग्रह गर्छु, जुन तिमीहरूका निम्ति महिमा हो ।
\p
\v 14 यही कारण म पिताको सामु मेरा घुँडा टेक्छु,
\v 15 जसद्वारा स्वर्ग र पृथ्वीमा भएका सबै परिवारको नाउँ राखिएको छ।
\v 16 उहाँको महिमाको प्रशस्तता अनुसार, तिमीहरूमा बास गर्नुहुने उहाँको आत्माको शक्तिद्वारा उहाँले तिमीहरूलाई मजबूत गराऊन् भनेर म प्रार्थना गर्छु।
\v 17 म प्रार्थना गर्छु कि तिमीहरूको विश्‍वासद्वारा ख्रीष्‍ट तिमीहरूका हृदयमा वास गरून् र उहाँको प्रेममा तिमीहरूले जरा गाड्न र जग बसाल्न सक,
\v 18 ताकि सबेे परमेश्‍वरका पवित्र जनहरूसँगै चौडाइ, लम्बाइ, उचाइ र गहिराइ के हो भनी तिमीहरूले बुझ्‍न सक,
\v 19 र तिमीहरूले ख्रीष्‍टको प्रेमलाई थाहा गर्न सक, जुन ज्ञानभन्दा माथि छ, ताकि तिमीहरू परमेश्‍वरको सबै पूर्णताले भरिन सक ।
\p
\v 20 अब हामी भित्र काम गर्ने उहाँको शक्ति अनुसार, हामीले माग्‍ने वा विचार गर्ने सबै कुराभन्दा धेरै माथि सबै थोक गर्न सक्‍नुहुने उहाँलाई,
\v 21 मण्डलीमा र ख्रीष्‍ट येशूमा सबै पुस्ताहरूसम्म सदासर्वदा महिमा होस्! आमेन ।
\c 4
\cl अध्याय ४
\p
\v 1 यसकारण, म, प्रभुको निम्ति कैदीको रूपमा, जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यस बोलावटमा उचित ढंगले चल्नको निम्ति म तिमीहरूलाई आग्रह गर्छु ।
\v 2 म तिमीहरुलाई आग्रह गर्छु कि एक अर्कालाई प्रेममा स्वीकार गर्दै ज्यादै विनम्रता र कोमलता र धैर्यतामा जिओ ।
\v 3 आत्माको एकतालाई शान्तिको बन्धनमा राख्‍नलाई उत्कृष्‍ट तरिकाले प्रयत्‍न गर ।
\v 4 शरीर एउटै छ र आत्मा पनि एउटै हुनुहुन्छ, जसरी तिमीहरू पनि एउटै आशामा बोलाइएका थियौ ।
\v 5 र एउटै प्रभु, एउटै विश्‍वास, एउटै बप्‍तिस्मा,
\v 6 र एउटै परमेश्‍वर र सबैका पिता, जो सबै कुरामाथि र सबै कुराभित्र र सबै कुरामा हुनुहुन्छ ।
\p
\v 7 हामी प्रत्येकलाई ख्रीष्‍टको वरदानको नापअनुसार अनुग्रह दिइएको छ ।
\v 8 जसरी धर्मशास्‍‍‍‍त्रले भन्छः “जब उहाँ उच्‍च स्थानमा उक्लनुभयो, उहाँले कैदीहरूलाई कैदमा राख्‍नुभयो, र उहाँले मानिसहरूलाई वरदानहरू दिनुभयो ।”
\p
\v 9 “उहाँ उक्लनुभयो” भन्‍ने भनाइको अर्थ के हो त, यस बाहेक उहाँ पृथ्वीको तल्लो स्थानमा पनि ओर्लनुभयो?
\v 10 उहाँ जो तल ओर्लनुभयो उहाँ नै सबै स्वर्गहरूभन्दा धेरै माथि उक्लनुभयो, ताकि उहाँले सबै कुराहरूलाई भरिपूर्ण गरुन्।
\v 11 ख्रीष्‍टले कसैलाई प्रेरितहरू, कसैलाई अगमवक्ताहरू, कसैलाई प्रचारकहरू, कसैलाई पास्टरहरू र शिक्षकहरू हुन दिनुभयो ।
\v 12 परमेश्‍वरका पवित्र जनहरूलाई सेवा कार्यको निम्ति, ख्रीष्‍टको शरीरलाई निर्माण गर्नेको निम्ति सुसज्जित गर्नलाई उहाँले यो गर्नुभयो ।
\v 13 विश्‍वासको एकता र परमेश्‍वरका पुत्रको ज्ञानमा हामी सबै नपुगेसम्म उहाँले यो गर्नुहुन्छ, ताकि हामी परिप‍क्‍व हुन सकौं र ख्रीष्‍टको पूर्णताको उचाइमा पुग्‍न सकौं ।
\v 14 ख्रीष्‍टले हामीलाई निर्माण गर्नुहुन्छ ताकि हामी बालकहरू जस्तै नहोऔं जो छालहरूद्वारा यता-उता बरालिन्छन्, सबै शिक्षाको बेगसँगै र मानिसहरूको धोखा दिने चलाखीपनको छलद्वारा बहकिन्छन्।
\v 15 बरु प्रेममा सत्य बोल्दै, हाम्रो शिर, ख्रीष्‍टमा हामी सबै क्षेत्रमा वृद्धि हुनुपर्छ ।
\v 16 ख्रीष्‍टले सम्पूर्ण शरीर बनाउनुहुन्छ र हरेक सहयोगी तन्तुहरूद्वारा त्यो जोडिन्छ र एक साथ गाँसिन्छ र जब प्रत्येक भागले काम गर्छ, यसले शरीरको वृद्धि गराउँछ ताकि यो आफैं प्रेममा निर्माण होस् ।
\p
\v 17 त्यसैले, म तिमीहरूलाई भन्छु र प्रभुमा जोड दिन्छु, कि गैरयहूदीहरू आफ्ना विचारहरूको व्यर्थतामा हिंडे झैं अबदेखि तिमीहरू चाहिं हिंड्नुहुँदैन ।
\v 18 तिनीहरू आफ्ना बुझाइमा अन्धा भएका छन्, तिनीहरूका हृदयको कठोरताको कारण, तिनीहरूमा भएको अज्ञानताले तिनीहरू परमेश्‍वरको जीवनबाट अलग गरिएका छन् ।
\v 19 तिनीहरू निर्लज्ज भएका छन् र आफैलाई कामुकताको निम्ति सुम्पिदिएका छन् र तिनीहरू लालचका साथ हर किसिमका अशुद्धताको अभ्यास गर्छन् ।
\p
\v 20 तर तिमीहरूले यस्तो तरिकाले ख्रीष्‍टको बारेमा जानेका होइनौ ।
\v 21 म ठान्छु कि तिमीहरूले उहाँको बारेमा सुनेका छौ र येशूमा नै सत्यता भएको हुनाले तिमीहरू उहाँमा नै सिकाइएका थियौ ।
\v 22 तिमीहरूको जीवनको पुरानो आचरणअनुसार गरिएका कुराहरू, पुरानो मनुष्यता त्याग्‍न तिमीहरूलाई सिकाइएको थियो । यही पुरानो मनुष्यता त्यसका छली अभिलाषाहरूका कारण भ्रष्‍ट छ ।
\v 23 तिमीहरूलाई आफ्नो मनको आत्मामा पुनः नयाँ हुन,
\v 24 र परमेश्‍वरको स्वरूपमा सत्य धार्मिकता र पवित्रतामा सृजना गरिएको नयाँ मनुष्यता धारण गर्न सिकाइएको थियो।
\p
\v 25 त्यसैले, असत्यतालाई त्याग र तिमीहरू प्रत्येकले आफ्नो छिमेकीसँग सत्य बोल किनभने हामी एकअर्काका सदस्यहरू हौं।
\v 26 रिस गर, तर पाप नगर । तिमीहरू रिसाइरहेकैमा घामलाई अस्ताउन नदेओ ।
\v 27 दुष्‍टलाई मौका नदेओ ।
\v 28 चोर्नेले अब उसो नचोरोस् । बरु आवश्‍यकतामा रहेका मानिसहरूलाई सहायता गर्नको निम्ति त्यसले आफ्ना हातहरूलाई उपयोगी काममा लगाएर परिश्रम गरोस् ।
\v 29 तिम्रो मुखबाट कुनै अपशब्द ननिस्कोस् । तर यस्ता शब्दहरू मात्र प्रयोग गर जुन यसको आवश्यता परेकाहरूलाई सुधार गर्नलाई उपयोगी हुन्छ ताकि तिम्रा शब्दहरूले सुन्‍ने मानिसहरूलाई अनुग्रह देओस्।
\v 30 र परमेश्‍वरको पवित्र आत्मालाई दुःखित नतुल्याओ किनकि छुटकाराको दिनको निम्ति उहाँद्वारा नै तिमीहरूमा छाप लगाइएको थियो ।
\v 31 सबै तीतोपना, क्रोध, रिस, झगडा र अपमान सहित सम्पूर्ण किसिमका दुष्‍टता तिमीहरूले त्याग ।
\v 32 एकअर्का प्रति दयालु होओ, कृपालु मनका होओ, जसरी ख्रीष्‍टमा परमेश्‍वरले तिमीहरूलाई क्षमा दिनुभयो त्यसरी नै तिमीहरूले पनि एकअर्कालाई क्षमा देओ ।
\c 5
\cl अध्याय ५
\p
\v 1 त्यसकारण परमेश्‍वरका प्रिय छोरा-छोरीहरू झैं उहाँको अनुकरण गर्ने होओ ।
\v 2 र तिमीहरू प्रेममा हिंड, जसरी ख्रीष्‍टले पनि हामीलाई प्रेम गर्नुभयो र परमेश्‍वरको निम्ति सुगन्धित भेटी र बलिदान हुनुभएर आफैंलाई हाम्रो निम्ति दिनुभयो ।
\v 3 तर तिमीहरूको बीचमा यौन अनैतिकता वा कुनै अशुद्धता वा लोभको बारेमा चर्चा हुनुहुँदैन, किनकि यी परमेश्‍वरका पवित्र जनहरूका लागि अनुचित छन् ।
\v 4 अश्‍लिलता, मूर्ख बोली वा अपमानजनक ठ‍ट्‍यौलीहरू जस्ता सबै अनुचित कुराहरू नहोस् । बरु धन्यवाद दिने काम होस् ।
\v 5 किनकि तिमीहरूलाई थाहा छ र निश्‍चित छौ, कि कुनै कामुक रूपमा अनैतिक, अशुद्ध, वा लोभी व्यक्ति अर्थात् मूर्तिपूजकले ख्रीष्‍ट र परमेश्‍वरको राज्यमा कुनै उत्तराधिकार पाउँदैन ।
\v 6 तिमीहरूलाई कसैले पनि फोस्रा कुराहरूले धोखा नदिओस्, किनकि यी कुराहरूको कारण अनाज्ञाकारिताका पुत्रहरूमा परमेश्‍वरको क्रोध आउँदैछ ।
\p
\v 7 त्यसैले, तिनीहरूसँग सहभागी नहोओ ।
\v 8 किनकि तिमीहरू एकचोटि अन्धकार थियौ, तर अब तिमीहरू प्रभुमा ज्योति भएका छौ । ज्योतिका सन्तानजस्तै गरी हिंड
\v 9 (किनकि ज्योतिको फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ।)
\v 10 र प्रभुलाई खुशी तुल्याउने कुराहरू जाँच र पत्ता लगाऊ ।
\v 11 अन्धकारका फलहिन कार्यहरूमा सहभागी नहोओ बरु तिनीहरूलाई प्रकट गर ।
\v 12 किनकि तिनीहरूद्वारा गोप्यमा गरिएका कार्यहरू उल्लेख गर्न पनि लाजमर्दो छ ।
\v 13 तर जब कुनै थोक ज्योतिमा आउँछ, तब त्यो प्रकट हुन्छ,
\v 14 किनकि प्रकट भएको कुनै पनि कुरा ज्योति हुन्छ। त्यसकारण यस्तो भनिएको छ, “ सुताहा हो जाग, र मरेकाहरूबाट उठ, र ख्रीष्‍ट तिमीमा चम्कनुहुनेछ ।”
\p
\v 15 तिमी कसरी हिंड्छौ भन्‍ने कुरामा होसियार होओ, मूर्ख जस्तो होइन तर बुद्धिमान् जस्तो ।
\v 16 समयलाई बचाओ, किनकि दिनहरू खराब छन् ।
\v 17 त्यसकारण, मूर्ख नबन, तर प्रभुको इच्छा के हो, सो बुझ ।
\p
\v 18 र दाखमद्यले नमात्तिओ, किनकि त्यसले लापर्वाही व्यवहारतर्फ डोर्‍याउँछ । तर त्यसको सट्टामा, पवित्र आत्माले भरिओ,
\v 19 एक-अर्कामा भजनहरूमा र आत्मिक गीतहरूमा बोल्दै, परमप्रभुको निम्ति तिमीहरूका सारा हृदयले गीतहरू गाउँदै,
\v 20 हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँमा, सधैं सबै कुराहरूको निम्ति पिता परमेश्‍वरलाई धन्यवाद चढाउँदै,
\v 21 ख्रीष्‍टको आदरमा एकअर्काको अधीनमा रहो ।
\p
\v 22 पत्‍नीहरू हो, प्रभुको अधीनमा रहे जस्तो आफ्ना पतिहरूको अधीनमा बस ।
\v 23 किनकि पति पत्‍नीको शिर हो जसरी ख्रीष्‍ट पनि मण्डलीको शिर हुनुहुन्छ, उहाँ शरीरको उद्धारकर्ता हुनुहुन्छ ।
\v 24 तर जसरी मण्डली ख्रीष्‍टप्रति समर्पित छ, त्यसरी नै पत्‍नीहरूले पनि आफ्ना पतिहरूप्रति सबैथोकमा त्यसै गर्नुपर्छ ।
\p
\v 25 पतिहरू हो, जसरी ख्रीष्‍टले मण्डलीलाई प्रेम गर्नुभयो र आफैंलाई तिनको निम्ति दिनुभयो, त्यसरी नै आफ्ना पत्‍नीहरूलाई प्रेम गर,
\v 26 ताकि तिनलाई वचनद्वारा पानीले धोएर शुद्ध पार्दै उहाँले तिनलाई पवित्र तुल्याउनुभएको होस् ।
\v 27 ताकि दागरहित वा चाउरी नभएको वा अन्य यस्ता कुनै थोक नभएको, तर पवित्र र दोषरहित, महिमित मण्डली उहाँले आफ्नै निम्ति प्रस्तुत गर्नुभएको होस्।
\v 28 यस्तै प्रकारले पतिहरूले तिनीहरूका आफ्ना पत्‍नीहरूलाई आफ्ना शरीरलाई जस्तै प्रेम गर्नुपर्छ । आफ्नो पत्‍नीलाई प्रेम गर्नेले आफैंलाई प्रेम गर्छ ।
\v 29 किनकि कहिल्यै पनि कसैले आफ्नो शरीरलाई घृणा गरेको छैन, तर त्यसले यसलाई पालन-पोषण र वास्तापूर्ण व्यवहार गर्छ, जसरी ख्रीष्‍टले पनि मण्डलीलाई पालन-पोषण र वास्तापूर्ण व्यवहार गर्नुहुन्छ,
\v 30 किनभने हामी उहाँका शरीरका सदस्यहरू हौं ।
\v 31 “यसैकारणले गर्दा एकजना मानिसले त्यसको बुबा र आमालाई छोड्नेछ र त्सको पत्‍नीसँग मिल्नेछ, र ती दुई एउटै शरीर हुनेछन् ।”
\p
\v 32 यो गुप्‍त सत्यता महान् छ, तर मैले ख्रीष्‍ट र मण्डलीको बारेमा बताइरहेको छु ।
\v 33 तथापि, तिमीहरू प्रत्येकले आफ्ना पत्‍नीलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ, र पत्‍नीले आफ्नो पतिलाई सम्मान गर्नुपर्छ ।
\c 6
\cl अध्याय ६
\p
\v 1 छोराछोरीहरू हो, प्रभुमा तिमीहरूका आमाबुबाको आज्ञा पालन गर, किनकि यो उचित छ ।
\v 2 “आफ्ना आमाबुबालाई आदर गर” (जुन प्रतिज्ञा सहितको पहिलो आज्ञा हो), ।
\p
\v 3 “ताकि तिमीहरूलाई राम्रो होस् र तिमीहरू यस पृथ्वीमा धेरै समय बाँच्‍न सक ।”
\p
\v 4 बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ । बरु, तिनीहरूलाई अनुशासनमा र प्रभुको शिक्षामा हुर्काओ ।
\p
\v 5 दासहरू हो, संसारका मालिकहरूसँग गहिरो आदर र डरका साथ तिमीहरूका हृदयको इमान्दारितामा आज्ञाकारी बन । ख्रीष्‍टसँग आज्ञाकारी भए झैं तिनीहरूसँग आज्ञाकारी बन ।
\v 6 आफ्ना मालिकले देख्‍ने समयमा मात्रै तिनीहरूलाई खुशी तुल्याउन आज्ञाकारी नबन । बरु, ख्रीष्‍टका दासहरू झैं आज्ञाकारी बन, जसले आफ्ना हृदयबाट परमेश्‍वरको इच्छालाई पूरा गर्छ ।
\v 7 मानिसहरूलाई सेवा पुर्‍याए झैं होइन, तर आफ्ना सारा हृदयले प्रभुको सेवा गरे झैं सेवा गर,
\v 8 किनभने हामी यो जान्दछौं कि प्रत्येक मानिसले गर्ने जुनसुकै असल कामको निम्ति त्यसले प्रभुबाट इनाम पाउनेछ, चाहे त्यो दास होस् वा मुक्त होस् ।
\p
\v 9 मालिकहरू हो, आफ्ना दासहरूलाई त्यस्तै व्यवहार गर । तिनीहरूलाई धम्की नदेओ । तिमीहरूलाई थाहा छ कि तिनीहरू र तिमीहरू दुवैका मालिक स्वर्गमा हुनुहुन्छ र उहाँमा कुनै भेदभाव छैन ।
\p
\v 10 अन्त्यमा, प्रभुमा र उहाँको सामर्थ्‍यको शक्तिमा बलियो होओ ।
\v 11 परमेश्‍वरका सम्पूर्ण हात-हतियारहरू धारण गर, ताकि तिमीहरू शैतानका धूर्त युक्तिहरूको विरूद्धमा खडा हुन सक ।
\v 12 किनकि हाम्रो लडाँइ शरीर र रगतको विरूद्धमा होइन, तर शासकहरू, अधिकारीहरू, यस वर्तमान समयको अन्धकारमाथिको शक्‍ति, स्वर्गीय स्थानहरूमा भएका दुष्‍ट्‍याइँका आत्मिकी फौज विरूद्धमा हो ।
\v 13 यसकारण परमेश्‍वरको सबै हातहतियार धारण गर, ताकि दुष्‍ट समयमा तिमीहरू खडा हुन सक र यी सबै कुराहरू गरेपछि तिमीहरू स्थिर हुन सक ।
\p
\v 14 यसकारण सत्यताको कम्‍मरपेटी कसेर, धार्मिकताको छातीपाता लगाएर स्थिर होओ,
\v 15 र आफ्ना खुट्टाहरूमा शान्तिको सुसमाचार प्रचारको लागि तत्परता धारण गर।
\v 16 सबै परिस्थितिहरूमा विश्‍वासको ढाल बोक, जसद्वारा तिमीहरूले दुष्‍टका सबै अग्‍निवाणहरू निभाउन सक्‍नेछौ ।
\v 17 र मुक्तिको टोप लगाऊ र आत्माको तरवार बोक, जुन परमेश्‍वरको वचन हो ।
\v 18 सबै प्रार्थना र बिन्तीद्वारा, हरसमय पवित्र आत्मामा प्रार्थना गर । अन्तमा परमेश्‍वरका पवित्र जनहरू सबैका लागि प्रार्थना गर्दा सारा लगनशीलताका साथ सधैं सतर्क भइराख ।
\v 19 र मेरो निम्ति प्रार्थना गर, ताकि मैले आफ्नो मुख खोल्दा, मलाई सन्देश दिइयोस् । सुसमाचारको गुप्‍त सत्यतालाई मैले द‍ृढतापूर्वक बताउन सकूँ भनेर प्रार्थना गरिदेऊ ।
\v 20 सुसमाचारको निम्ति साङ्ग्लाले बाँधिएको म एक राजदूत हुँ ताकि मैले बोल्नुपर्ने समयमा म आँटिलो भएर बोल्न सकूँ ।
\p
\v 21 तिमीहरूलाई म के गरिरहेको छु भनी थाहा होस् भन्‍नको निम्ति, प्रभुमा प्रिय भाइ र विश्‍वासिलो सेवक तुखिकसले तिमीहरूलाई सबैकुरा बुझाउनेछन् ।
\v 22 मैले तिनलाई तिमीहरूकहाँ यही उद्देश्यसाथ पठाएको छु, ताकि तिमीहरूले हाम्रो बारेमा जान्‍न सक र तिनले तिमीहरूका हृदयलाई सान्त्वना दिन सकून् ।
\p
\v 23 परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट भाइहरूलाई विश्‍वास सहितको प्रेम र शान्ति होस् ।
\v 24 कहिल्यै अन्त नहुने प्रेमद्वारा हाम्रा प्रभु येशू ख्रीष्‍टलाई प्रेम गर्नेहरू सबैमाथि अनुग्रह रहोस् ।

155
51-PHP.usfm Normal file
View File

@ -0,0 +1,155 @@
\id PHP
\ide UTF-8
\h फिलिप्पी
\toc1 फिलिप्पी
\toc2 फिलिप्पी
\toc3 php
\mt फिलिप्पी
\c 1
\cl अध्याय १
\p
\v 1 ख्रीष्‍ट येशूका सेवकहरू पावल र तिमोथीबाट, फिलिप्‍पीमा भएका ख्रीष्‍ट येशूमा, परमेश्‍वरका पबित्र जनहरू सबै, अनि बिशप र डिकनहरूलाई ।
\v 2 परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
\p
\v 3 हर समय तिमीहरूको सम्झना गर्दा,
\v 4 तिमीहरू सबैका निम्ति मेरो हरेक प्रार्थनामा, आनन्दसाथ प्रार्थना गर्दै,
\v 5 पहिलो दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूको सहभागिताको लागि म मेरा परमेश्‍वरलाई धन्यवाद दिन्छु ।
\v 6 म यो कुरामा निश्‍चित छु, कि तिमीहरूमा यो असल कामलाई सुरु गर्नुहुनेले येशू ख्रीष्‍टको दिनसम्म यसलाई पूरा गर्न निरन्तरता दिनुहुनेछ ।
\v 7 तिमीहरू सबैका निम्ति मैले यस्तो प्रकारले विचार गर्नु मेरो निम्ति उचित छ, किनभने मैले तिमीहरू सबैलाई मेरो हृदयमा राखेको छु । मेरो कैदमा र सुसमाचारको समर्थन एवम् निश्‍चयता दुवैमा तिमीहरू सबै अनुग्रहमा मेरा साझेदारहरू भएका छौ ।
\v 8 किनकि ख्रीष्‍ट येशूको प्रेमको गहिराइमा म तिमीहरू सबैका निम्ति कति तृष्णा गर्छु भन्‍ने कुरामा परमेश्‍वर मेरो साक्षी हुनुहुन्छ ।
\p
\v 9 मेरो प्रार्थना यही छ, कि ज्ञान र सम्पूर्ण समझमा तिमीहरूको प्रेम झन्‌झन् प्रशस्त हुँदै जाओस् ।
\v 10 ताकि जे असल छ ती कुराहरू तिमीहरूले स्वीकार गर्न सक, र तिमीहरू ख्रीष्‍टको दिनमा इमान्दार र दोषरहित भई
\v 11 परमेश्‍वरको महिमा र प्रशंसाको निम्ति, येशू ख्रीष्‍टद्वारा आउने धार्मिकताको फलद्वारा तिमीहरू भरिन सक ।
\p
\v 12 भाइ हो, अब तिमीहरूलाई यो थाहा होस् भन्‍ने म चाहन्छु, कि ममथि घटेका यी सबै कुराहरूले सुसमाचारलाई साँच्चै अगाडि बढाउने काम भएको छ ।
\v 13 फलस्वरूप, ख्रीष्‍टमा मेरा साङ्लाहरूका विषयमा महलभरिका सारा रक्षकदेखि अरू सबै मानिसलाई थाहा भएको छ ।
\v 14 धेरै भाइहरू मेरा साङ्लाहरूका कारण परमप्रभुमा अझ बढी विश्‍वस्त भएका छन् र निडर भएर वचन बोल्न आँटिला भएका छन् ।
\p
\v 15 कसै-कसैले त ईर्ष्या र बेमेलमा, र अरूहरूले सद्‌भावमा पनि ख्रीष्‍टको प्रचार गरेका छन् ।
\v 16 काेही-काेही ख्रीष्‍टको प्रचार गर्नेहरूले सुसमाचारको समर्थन गरेको कारण मलाई यहाँ राखिएको छ भन्‍ने कुरा जानेर याे काम प्रेमले गर्छन् ।
\v 17 तर अरूहरूले ख्रीष्‍टको प्रचार स्वार्थ र निष्‍ठाहीन उद्देश्यले गर्छन् । मेरा यी साङ्लाहरूका अवस्थामा तिनीहरूले मलाई अझै कष्‍ट दिनेछन् भनी तिनीहरू विचार गर्छन् ।
\v 18 त्यसो भए के त? चाहे बहानामा होस् वा सत्यतामा हरेक तरिकाले ख्रीष्‍टको प्रचार हुन्छ, र म यसैमा रमाउँछु । हो, म रमाउनेछु ।
\p
\v 19 किनकि मलाई थाहा छ, कि तिमीहरूको प्रार्थना र येशू ख्रीष्‍टको आत्माको सहायताद्वारा परिणामस्वरूप यसले मेरो निम्ति छुटकारा ल्याउनेछ ।
\v 20 मेरो उत्कट अपेक्षा र आशा याे हाे कि, म शर्ममा पर्नेछैनँ, बरु सारा साहससँगै सधैँ जस्तै र अहिले पनि, चाहे मेरो जीवनद्वारा वा मृत्युद्वारा, ख्रीष्‍ट मेरो शरीरमा उचालिनुहुनेछ ।
\p
\v 21 किनकि मेरो निम्ति जिउनु ख्रीष्‍ट हो, र मर्नु लाभ हो ।
\v 22 तर यदि म शरीरमा नै जिउनु हो भने त्यो मेरो लागि फलदायी परिश्रम हुनेछ तर, कुन कुरालाई चुन्‍ने भन्‍ने कुरा मलाई थाहा छैन ।
\v 23 किनकि यी दुवै कुराहरूका बीचमा म कडा दबाबमा परेको छु । म बिदा भएर ख्रीष्‍टसँग हुने इच्छा गर्छु, जुनचाहिं अति असल कुरा हो,
\v 24 तर तिमीहरूका निम्ति शरीरमा रहनुचाहिं धेरै आवश्यक छ ।
\v 25 यस कुरामा म निश्‍चित भएको कारणले म जान्दछु, कि विश्‍वासमा तिमीहरूको प्रगति र आनन्दको निम्ति म तिमीहरू सबै सँग-सँगै रहेर निरन्तरता दिनेछु,
\v 26 ताकि जब म तिमीहरूकहाँ फेरि आउँछु, ममा तिमीहरूले प्रभु येशूमा गर्व गर्ने कारणहरू प्रशस्त होऊन् ।
\p
\v 27 ख्रीष्‍टको सुसमाचारको निम्ति योग्य हुने किसिमले मात्र आफ्नो जीवनयापन गर, ताकि चाहे म तिमीहरूलाई भेट्न आऊँ वा म उपस्थित नहोऊँ, म तिमीहरूका बारेमा याे सुन्‍न पाऊँ, कि तिमीहरू एउटै आत्मामा द‍ृढ भएर खडा भएका छौ र सुसमाचारको विश्‍वासको निम्ति तिमीहरू मिलेर एउटै मनको भएर कडा परिश्रम गरिरहेका छौ ।
\v 28 तिमीहरूका शत्रुहरूले गरेका कुनै कुराहरूबाट भयभीत नहोओ । यो तिनीहरूका निम्ति तिनीहरूको विनाशको तर तिमीहरूको निम्ति मुक्‍तिको चिन्ह हो, र यो परमेश्‍वरबाट आएको हो ।
\v 29 किनकि ख्रीष्‍टको निम्ति यो तिमीहरूलाई सिेत्तैंमा दिइएको छ, उहाँमाथि विश्‍वास गर्न मात्र होइन, तर उहाँको निम्ति कष्‍ट भोग्‍न पनि ।
\v 30 किनकि जे तिमीहरूले ममा देख्यौ र अहिले मसँग छ भनी सुन्छौ, त्यही सङ्घर्ष तिमीहरूसँग छ ।
\c 2
\cl अध्याय २
\p
\v 1 यदि ख्रीष्‍टमा केही उत्साह छ भने, यदि उहाँको प्रेमबाट केही सान्त्वना मिल्छ भने, यदि त्यहाँ पवित्र आत्माको केही सङ्गती छ भने, यदि त्यहाँ केही स्‍नेही करुणा र सहानुभूति छ भने ।
\v 2 तिमीहरू एउटै मनका भएर, एउटै प्रेम धारण गरेर, आत्मामा एक भएर, र एउटै उद्देश्य राखेर मेरो आनन्दलाई पूरा गर ।
\v 3 स्वार्थ र रित्तो अहङ्कारमा केही नगर । बरु नम्रतामा आफूलाईभन्दा अरूहरूलाई उच्‍च ठान ।
\v 4 तिमीहरू प्रत्येकले आफ्ना आवश्यकताहरूमा मात्र ध्यान नदेओ, तर अरूहरूका आवश्यकताहरूमा पनि ध्यान देओ ।
\p
\v 5 तिमीहरुमा त्यही मन हाेस्, जुन ख्रीष्‍ट येशूमा पनि थियो ।
\q
\v 6 उहाँ परमेश्‍वरको स्वरूपमा हुनुहुन्थ्यो, तर पनि परमेश्‍वरसँगको आफ्नो बराबरीलाई उहाँले पक्रिराख्‍ने वस्तुझैं ठान्‍नुभएन ।
\q
\v 7 बरु, उहाँले कमाराको रूप धारण गरेर आफैंलाई रित्त्याउनुभयो र उहाँ मानिसको स्वरूपमा जन्मनु भयो ।
\q
\v 8 उहाँले आफूलाई नम्र तुल्याउनुभयो, र मृत्यु अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी हुनुभयो!
\q1
\v 9 यसकारण परमेश्‍वरले पनि उहाँलाई अति उच्‍च पार्नुभयो । परमेश्‍वरले उहाँलाई सबै नाउँभन्दा उच्‍च नाउँ दिनुभयो ।
\q
\v 10 उहाँले यसो गर्नुभयो, ताकि येशूको नाममा हरेक घुँडा टेक्नुपर्छः स्वर्ग, पृथ्वी र पृथ्वीमुनि भएका सबैका घुँडाहरू ।
\q
\v 11 उहाँले यो गर्नुभयो, ताकि परमेश्‍वर पिताको महिमाका लागि हरेक जिब्रोले येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ ।
\p
\v 12 यसकारण, मेरा प्रियहरू हो, जसरी तिमीहरूले सधैं आज्ञापालन गर्ने गरेका छौ, अब मेरो उपस्थितिमा मात्र होइन तर मेरो अनुपस्थितिमा झन् बढी डर र कम्पसाथ आफ्ना मुक्‍तिको काम पूरा गर ।
\v 13 किनकि परमेश्‍वरको प्रसन्‍नताको निम्ति तिमीहरूलाई दुवै इच्छा गर्न र काम गर्न लगाउनलाई तिमीहरूमा काम गरिरहनुहुने उहाँ नै हुनुहुन्छ ।
\p
\v 14 गनगन नगरी वा बहसविना सबै कामहरू गर,
\v 15 ताकि तिमीहरू कुनै कलङ्कविना परमेश्‍वरका निर्दोष र शुद्ध छोराछोरी हुन सक । यस्तो प्रकारले व्यवहार गर, कि तिमीहरू धूर्त र बरालिएका पुस्ताकाबीच यस संसारमा ज्योतिझैं चम्कन्छाैं ।
\v 16 जीवनको वचनलाई बलियो गरी पक्र ताकि ख्रीष्‍टको दिनमा म गर्वसँग भन्न सकूँ कि म व्यर्थमा दौडिनँ र मेरो परिश्रम व्यर्थको भएन ।
\p
\v 17 तर तिमीहरूको विश्‍वासको त्याग र सेवामा म बलिदानको रूपमा अर्पित हुनुपरे तापनि, म खुशी हुन्छु, र म तिमीहरू सबैसँग आनन्द मनाउँछु ।
\v 18 त्यसै गरी, तिमीहरू पनि खुशी होओ, र मसँगै आनन्दित होओ ।
\p
\v 19 तर तिमोथीलाई तिमीहरूकहाँ छिट्टै पठाउनको निम्ति म प्रभु येशूमा आशा राख्छु, ताकि तिमीहरूका विषयमा जान्दा म प्रोत्साहित हुन सकूँ ।
\v 20 किनकि तिनीजस्तै तिमीहरूका निम्ति साँचो रूपमा चिन्तित हुने मसँग अरू कोही पनि छैन ।
\v 21 किनकि तिनीहरू सबैले येशू ख्रीष्‍टका कुराहरूभन्दा आफ्नै इच्छाको खोजी गर्छन् ।
\v 22 तर तिमीहरूलाई तिनको योग्यता थाहै छ, किनभने जसरी छाेराले आफ्ना पिताको सेवा गर्छ, त्यसरी नै सुसमाचारमा तिनले मसँगै सेवा गरे ।
\v 23 यसकारण, मेरो निम्ति के हुनेछ भनेर मैले थाहा पाउनासाथ जति सक्दो चाँडो म तिनलाई तिमीहरूकहाँ पठाउने आशा गर्छु ।
\v 24 तर म आफैं पनि छिट्टै आउनेछु भन्‍ने कुरामा प्रभुमा निर्धक्‍क छु ।
\p
\v 25 तर इपाफ्रोडिटसलाई तिमीहरूकहाँ फिर्ता पठाउन म आवश्यक ठान्छु । तिनी मेरा भाइ र सहकर्मी र सङ्गी सिपाही, र तिमीहरूका सन्देशवाहक तथा मेरा आवश्यकताहरूका निम्ति सेवक हुन् ।
\v 26 किनकि तिनी बिरामी भएको कुरा तिमीहरूले थाहा पाएकाले तिनी धेरै व्याकुल भएका थिए, र तिमीहरू सबैसँग हुनको निम्ति तिनले तृष्णा गरेका थिए ।
\v 27 किनकि तिनी साँच्‍चै यति बिरामी थिए, कि तिनी मरणासन्‍न अवस्थामा पुगेका थिए । तर परमेश्‍वरले तिनीमाथि कृपा गर्नुभयो, र तिनमा मात्र नभएर शोकमाथि शोक नथपिओस् भनेर ममाथि पनि दया देखाउनुभयो ।
\v 28 यसकारण, अझै धेरै उत्सुकतासाथ म तिनलाई तिमीहरूकहाँ पठाउँदैछु, ताकि जब तिमीहरूले तिनलाई फेरि देख्छौ, तिमीहरू आनन्दित हुन सक र मलाई कम शाेक हाेस्।
\v 29 सारा आनन्दसाथ प्रभुमा इपाफ्रोडिटसलाई स्वागत गर । तिनीजस्ता मानिसलाई आदर गर ।
\v 30 किनकि ख्रीष्‍टको कार्यको निम्ति तिनी मृत्युको नजिक पुगे । मलाई सेवा पुर्‍याउन र तिमीहरूले मेरो सेवामा गर्न नसकेका कामलाई पूरा गर्न तिनले आफ्नो जीवन जोखिममा पारे ।
\c 3
\cl अध्याय ३
\p
\v 1 अन्त्यमा मेरा भाइहरू हो, प्रभुमा आनन्द गर । तिमीहरूलाई बारम्बार एउटै कुरा लेखिरहनु मेरो निम्ति झर्कोलाग्दो कुरो होइन र याे कुराले तिमीहरूलाई सुरक्षित राख्‍छ ।
\p
\v 2 कुकुरहरूदेखि होसियार रहो । खराब काम गर्नेहरूदेखि होसियार रहो । विकृति गर्नेहरूदेखि होसियार रहो ।
\v 3 किनकि खतना हामीहरू नै हौं—हामीहरू नै परमेश्‍वरका आत्माद्वारा आराधना गर्छौं, हामीहरू नै ख्रीष्‍ट येशूमा गर्व गर्छौं, र शरीरमा कुनै भरोसा राख्दैनौं ।
\v 4 यद्यपि, म आफैंले शरीरमा भरोसा राख्‍न सक्थे । यदि कसैले आफ्नो शरीरमा भरोसा राख्‍ने विचार गर्छ भने, त्योभन्दा बढी म गर्न सक्छु ।
\p
\v 5 मेरो आठौं दिनमा खतना गराइएको थियो, म इस्राएलका मानिसहरूमध्ये एक, बेन्यामीन कुलमा जन्मेको, हिब्रूहरूका हिब्रू हुँ; व्यवस्थाको विषयमा चाहिं, एक फरिसी ।
\v 6 जोशकाे लागि मैले मण्डलीलाई सताएँ; व्यवस्थाको धार्मिकताको विषयमा चाहिं म दोषरहित थिएँ ।
\p
\v 7 तर मेरो निम्ति लाभदायक भएका सबै कुराहरू, ख्रीष्‍टको खातिर मैले हानि नै सम्झेको छु ।
\v 8 वास्तवमा, मेरा प्रभु ख्रीष्‍ट येशूको ज्ञानको श्रेष्‍ठताको कारण अब म सबै कुराहरूलाई हानि नै सम्झन्छु । उहाँको निम्ति मैले सबै कुराहरूलाई त्यागेको छु । म ती कुराहरूलाई काम नलाग्‍ने ठान्छु ताकि मैले ख्रीष्‍टलाई हासिल गर्न सकूँ,
\v 9 र उहाँमा स्थापित हुन सकूँ । व्यवस्थाबाट मैले आफैंले प्राप्‍त गरेको धार्मिकता मसँग छैन । बरु, ख्रीष्‍ट येशूमा विश्‍वासद्वारा प्राप्‍त गरेको धार्मिकता मसँग छ, जुन परमेश्‍वरबाटकाे धार्मिकता विश्‍वासद्वारा मैले प्राप्‍त गरेको हुँ ।
\v 10 यसैकारण, अब म उहाँ र उहाँको पुनरुत्थानको शक्‍तिलाई जान्‍न चाहन्छु र उहाँका कष्‍टहरूमा सहभागी हुन चाहन्छु । उहाँको मृत्युको समरूपतामा म बद्‌लिन चाहन्छु,
\v 11 ताकि मैले मरेकाहरूबाटको पुनरुत्‍थानको कुनै किसिमले अनुभव गर्न सकूँ ।
\p
\v 12 मैले यी सबै कुराहरू प्राप्‍त गरिसकेको छु, वा म पूर्ण भइसकेको छु भन्‍ने होइन, तर जे कुराको निम्ति म ख्रीष्‍टद्वारा चुनिएको थिएँ, ती मैले पक्रन सकूँ भनेर म जोड दिन्छु ।
\v 13 भाइहरू हो, मैले यी सबै कुराहरू पक्रिसकेको छु भनी म ठान्दिनँ । तर एउटा कुराचाहिं म गर्छुः म पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूका निम्ति परिश्रम गर्दै,
\v 14 ख्रीष्‍ट येशूमा परमेश्‍वरको माथिल्लो बोलावटको इनाम जित्‍ने लक्ष्यतर्फ अगाडि बढ्नमा जोड दिन्छु ।
\v 15 यसकारण, हामी परिपक्‍व भएकाहरू सबैले यसरी विचार गरौं; र यदि तिमीहरूले कुनै कुरालाई भिन्‍न प्रकारले विचार गर्छौ भने परमेश्‍वरले ती कुराहरूलाई पनि तिमीहरूका निम्ति प्रकट गर्नुहुनेछ ।
\v 16 तथापि, हामीले जे प्राप्‍त गरिसकेका छौं, हामी त्यसमा अडिग रहौं।
\p
\v 17 भाइहरू हो, मेरो अनुकरण गर्नेहरू होओ । हामीमा तिमीहरूले पाएका उदाहरणअनुसार हिंड्नेहरूलाई ध्यान दिएर हेर ।
\v 18 ती धेरै व्यक्‍तिहरू जसको विषयमा मैले तिमीहरूलाई बारम्बार बताएको छु, र अहिले आँसुका साथ म बताउँदैछु, कि तिनीहरू ख्रीष्‍टको क्रूसका शत्रुहरूझैं हिंडिरहेका छन् ।
\v 19 तिनीहरूको अन्त्य विनाश हो । किनकि तिनीहरूको ईश्‍वर तिनीहरूको पेट हो, र तिनीहरूको महिमा तिनीहरूको शर्ममा छ । तिनीहरू सांसारिक कुराहरूका बारेमा विचार गर्छन् ।
\v 20 तर हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट हामी मुक्‍तिदाता प्रभु येशू ख्रीष्‍टको पनि प्रतीक्षा गर्छौं ।
\v 21 उहाँले हाम्रो क्षुद्र शरीरलाई उहाँको जस्तै महिमित शरीरमा परिवर्तन गर्नुहुनेछ, जुन शरीर सबै कुराहरू उहाँको अधीनमा ल्याउनको निम्ति उहाँको शक्‍तिद्वारा बनाइएको छ ।
\c 4
\cl अध्याय ४
\p
\v 1 यसकारण मेरा प्रिय भाइहरू हो, जसको म चाहना गर्छु, मेरो आनन्द र मुकुट, मेरा प्रिय साथीहरू, यस्तै गरी प्रभुमा स्थिर रहो ।
\p
\v 2 म इयोदियालाई र सुन्तुखेलाई प्रभुमा एउटै मनको हुन निवेदन गर्दैछु ।
\v 3 वास्तवमा, मेरो साँचो सहकर्मी, म तिमीलाई यो पनि बिन्ती गर्छु, कि यी महिलाहरूलाई सहायता गर जसले म, क्लेमेन्ट र मेरा बाँकी सहकर्मीहरूसँग सुसमाचार प्रचार गर्न परिश्रम गरेका छन्, जसका नामहरू जीवनको पुस्तकमा छन् ।
\p
\v 4 प्रभुमा सधैं आनन्द गर । म फेरि पनि भन्छु, आनन्द गर ।
\v 5 तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस् । प्रभु नजिकै हुनुहुन्छ ।
\v 6 कुनै कुरामा चिन्तित नहोओ । बरु, हरेक कुरामा प्रार्थना र नम्र निवेदनद्वारा, र धन्यवादसाथ तिमीहरूका निवेदन परमेश्‍वरमा जाहेर होऊन् ।
\v 7 र सबै समझभन्दा उच्‍च परमेश्‍वरको शान्तिले ख्रीष्‍ट येशूमा तिमीहरूका हृदय र विचारहरूलाई रक्षा गर्नेछ ।
\p
\v 8 अन्तमा भाइहरू हो, जे कुराहरू सत्य छन्, जे कुराहरू आदरणीय छन्, जे कुराहरू न्यायसङ्गत छन्, जे कुराहरू शुद्ध छन्, जे कुराहरू प्रेमयोग्य छन्, जे कुराहरू असल नामका छन्, यदि केही श्रेष्‍ठता छ र प्रशंसा गरिनुपर्ने केही कुराहरू छन् भने, यी नै कुराहरूका बारेमा विचार गर ।
\v 9 जुन कुराहरू तिमीहरूले मबाट सिक्यौ र प्राप्‍त गर्‍यौ र मबाट सुन्यौ र ममा देख्यौ, ती कुराहरू गर, र शान्तिका परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ ।
\p
\v 10 म प्रभुमा अत्यन्तै आनन्दित छु किनकि अहिले अन्तमा तिमीहरूले म प्रतिको आफ्नो वास्तालाई नयाँ गरेका छौ । तिमीहरूले वास्तवमा पहिला पनि मेरो निम्ति वास्ता गरेका थियौ, तर त्यस समय तिमीहरूसँग मलाई सहायता गर्ने अवसर थिएन ।
\v 11 म अहिले आवश्यकतामा परेकोले मैले यो भनिरहेको होइनँ । किनकि मैले सबै परिस्थितिहरूमा सन्तुष्‍ट हुन सिकेको छु ।
\v 12 मलाई गरिबी के हो भन्‍ने कुरा थाहा छ, र मलाई प्रशस्त हुनु भनेको के हो पनि थाहा छ । सबै किसिमले र सबै कुराहरूमा कसरी परिपूर्ण हुनु वा भोकप्यासमा रहनु, र कसरी प्रशस्तता प्राप्‍त गर्नु वा आवश्यकतामा हुनु भन्‍ने गाेप्य कुरा मैले सिकेको छु ।
\v 13 जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारा नै म सबै कुराहरू गर्न सक्छु ।
\v 14 तथापि, तिमीहरूले मेरा कठिन परिस्थितिहरूमा सहभागी भएर असल गर्‍यौ ।
\p
\v 15 तिमी फिलिप्पीहरू यो जान्दछौ, कि सुसमाचारको सुरुआतमा जब म माकेडोनियाबाट निस्कें, तिमीहरूबाहेक कुनै मण्डलीले दिने र लिने विषयमा मलाई सहायता गरेनन् ।
\v 16 म थेसलोनिकेमा हुँदा पनि मेरा आवश्यकताहरूका निम्ति तिमीहरूले एक पटकभन्दा धरै सहायता पठायौ ।
\v 17 मैले उपहार खोजेको भने होइनँ । बरु, म तिमीहरूको हिसाबमा बढ्दै जाने फल खोज्छु ।
\p
\v 18 मैले सबै कुराहरू पूरा प्राप्‍त गरेको छु, र मसँग ती प्रशस्त छन् । म अहिले पूर्ण रूपमा भरिएको छु । तिमीहरूले इपाफ्रोडिटससँग पठाएका सामानहरू मैले पाएँ । ती सुगन्धित वासना आउने, ग्रहणयोग्य र परमेश्‍वरलाई प्रसन्‍न पार्ने बलिदान हुन् ।
\v 19 मेरा परमेश्‍वरले ख्रीष्‍ट येशूमा उहाँको महिमाको प्रशस्तताअनुसार तिमीहरूका सबै आवश्यकताहरू पूरा गरिदिनुहुनेछ ।
\v 20 अब हाम्रा परमेश्‍वर र पितालाई सदासर्वदा महिमा होस् । आमेन ।
\p
\v 21 ख्रीष्‍ट येशूमा भएका सबै परमेश्‍वरका पवित्र जनहरूहरूलाई अभिवादन गर । मसँग भएका भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
\v 22 यहाँ भएका सबै परमेश्‍वरका पवित्र जनहरू, र विशेष गरेर कैसरका घरानाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
\p
\v 23 प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस् । \f + \ft केही प्राचीन र महत्‍वपूर्ण ग्रीक प्रतिलिपिहरूमा पाउँछाैं \fqa आमेन \fqa* , र केही प्राचीन ग्रीक प्रतिलिपिहरूमा त्याे शब्द हरेक नयाँ करारकाे पुस्तकमा अन्तिममा पाउँछाैं। केही यस्ता महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरू पनि छन् जसकाे अन्तिममा \fqa आमेन \fqa* पाउँदैनाैं। \f*

136
52-COL.usfm Normal file
View File

@ -0,0 +1,136 @@
\id COL
\ide UTF-8
\h कलस्सीहरूलाई पावलको पत्र
\toc1 कलस्सीहरूलाई पावलको पत्र
\toc2 कलस्सीहरूलाई पावलको पत्र
\toc3 col
\mt कलस्सीहरूलाई पावलको पत्र
\c 1
\cl अध्याय 1
\p
\v 1 पावल, परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूका एक प्रेरित र हाम्रा भाइ तिमोथीबाट
\v 2 कलस्सेमा ख्रीष्‍टमा भएका परमेश्‍वरका पवित्र जनहरू र विश्‍वासयोग्य भाइहरू, परमेश्‍वर हाम्रा पिताबाट तिमीहरूलाई अनुग्रह र शान्ति । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौं, \fqa र प्रभु येशू ख्रीष्‍ट \fqa* । \f*
\p
\v 3 हामी परमेश्‍वर, हाम्रा प्रभु येशू ख्रीष्‍टका पितालाई धन्यवाद दिन्छौं र तिमीहरूका निम्ति सधैं प्रार्थना गर्छौं ।
\v 4 येशू ख्रीष्‍टमा भएको तिमीहरूको विश्‍वास तथा परमेश्‍वरका पवित्र जनहरू सबैका लागि तिमीहरूमा भएको प्रेमको बारेमा हामीले सुनेका छौं ।
\v 5 स्वर्गमा तिमीहरूका लागि सुरक्षित रहेको आशाको कारण तिमीहरूमा यो प्रेम छ । यो आशाको बारेमा तिमीहरूले सत्यको वचन, अर्थात् सुसमाचारभन्दा पहिले सुन्यौ,
\v 6 जुन तिमीहरूकहाँ आयो । यस सुसमाचारले फल फलाउँदैछ र यो सारा संसारभरि फैलिंदै छ । अनि तिमीहरूले यसलाई सुनेका तथा सत्यतामा परमेश्‍वरको अनुग्रहलाई जानेका दिनदेखि नै तिमीहरूमा पनि यो बढिरहेको छ ।
\v 7 यो सुसमाचार तिमीहरूले इपाफ्रासबाट सिकेको जस्तै हो, जो हाम्रा प्रिय संगी- सेवक तथा हाम्रो निम्ति ख्रीष्‍टको विश्‍वासयोग्य सेवक हुन् । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौं, \fqa तिमीहरूको निम्ति \fqa* । \f*
\v 8 इपाफ्रासले हामीलाई पवित्र आत्मामा तिमीहरूको प्रेमको विषयमा थाहा दिएका छन् ।
\p
\v 9 यस प्रेमको कारणले गर्दा, हामीले यो सुनेको दिनदेखि नै तिमीहरूका निम्ति प्रार्थना गर्न हामी रोकिएका छैनौं । सबै ज्ञान र आत्मिक समझमा, तिमीहरू उहाँको इच्छाअनुसारको ज्ञानमा पूर्ण होओ भनेर हामीले बिन्ती गरिरहेका छौं ।
\v 10 हामीले प्रार्थना गरिरहेका छौं, कि तिमीहरू परमप्रभुलाई प्रसन्‍न पार्न योग्य चालमा चल्न सक । हरेक असल कार्यमा तिमीहरूले फल फलाउनेछौ र परमेश्‍वरको ज्ञानमा तिमीहरू अगि बढ्नेछौ भनी हामीले प्रार्थना गरिरहेका छौं ।
\v 11 सबै सहनशीलता र धैर्यमा, उहाँको महिमाको शक्‍तिले हरेक दक्षतामा तिमीहरू बलिया होओ भनी हामी प्रार्थना गर्छौं ।
\v 12 हामी यो प्रार्थना गर्छौं, कि तिमीहरूले आनन्दसाथ पितालाई धन्यवाद दिनेछौ, जसले तिमीहरूलाई ज्योतिमा परमेश्‍वरका पवित्र जनहरूको उत्तराधिकारमा सहभागी हुनको लागि योग्य बनाउनुभएको छ । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौं, \fqa जसले हामीलाई ... सहभागी हुनको लागि योग्य बनाउनुभएको छ \fqa* । \f*
\p
\v 13 उहाँले हामीलाई अन्धकारको शक्‍तिबाट छुटकारा दिनुभएको छ र हामीलाई उहाँका प्रिय पुत्रको राज्यमा सार्नुभएको छ,
\v 14 जसमा हामीले उद्धार अर्थात् पापको क्षमा पाएका छौं । \f + \ft केही प्राचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौं, \fqa जसमा हामीले उहाँको रगतद्वारा उद्धार अर्थात् पापको क्षमा पाएका छौं \fqa* । यो एफिसी १: ७ को लागि सहयोगी हुनसक्छ । \f*
\v 15 उहाँ अद‍ृश्य परमेश्‍वरका प्रतिरूप हुनुहुन्छ, सबै सृष्‍टिमा जेष्‍ठ हुनुहुन्छ ।
\v 16 किनकि स्वर्गमा तथा पृथ्वीमा भएका सबै द‍ृश्य र अद‍ृश्य कुराहरू उहाँमा सृष्‍टि गरिएका थिए । चाहे सिंहासनहरू वा प्रभुत्वहरू वा प्रधानताहरू वा अधिकारहरू, सबै थोक उहाँद्वारा उहाँकै लागि सृष्‍टि गरिएका थिए ।
\v 17 उहाँ सबैथोकहरूभन्दा अघि हुनुहुन्छ र उहाँमा सबै कुराहरू एकसाथ रहेका छन् ।
\v 18 र उहाँ शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ । उहाँ नै सुरुआत हुनुहुन्छ र मरेकाहरूबाट जीवित हुनेमा जेष्‍ठ हुनुहुन्छ, यसैले सबै कुराहरूमा उहाँको प्रथम स्थान रहेको छ ।
\v 19 किनकि आफ्ना सारा पूर्णता पुत्रमा बास गरेकोमा,
\v 20 अनि पुत्रद्वारा सबै कुराहरू उहाँमा पुनर्मिलापमा ल्‍याउनको निम्ति परमेश्‍वर प्रसन्‍न हुनुभयो । उहाँको क्रूसको रगतद्वारा परमेश्‍वरले शान्ति ल्याउनुभयो । चाहे पृथ्‍वीका कुराहरू होऊन् वा स्‍वर्गका कुराहरू, सबैलाई परमेश्‍वरले उहाँमा पुनर्मिलापमा ल्याउनुभयो ।
\p
\v 21 अनि एकसमय तिमीहरू पनि परमेश्‍वरका निम्ति बिरानाहरू थियौ र मनमा र आफ्ना दुष्‍ट कामहरूमा तिमीहरू उहाँका शत्रुहरू थियौ ।
\v 22 तर अब उहाँले तिमीहरूलाई ख्रीष्‍टको शरीरले मृत्युद्वारा मिलापमा ल्याउनुभएको छ । तिमीहरूलाई परमेश्‍वरले आफ्नो अघि पवित्र, दोषरहित तथा निर्दोष साबित गर्नको निम्ति यो गर्नुभयो,
\v 23 तिमीहरू स्थापित र बलियो हुँदै, तिमीहरूले सुनेका सुसमाचारको निश्‍चित आशाबाट टाढा नगई विश्‍वासमा निरन्तर अगाडि बढ्नुपर्छ । यो त्यही सुसमाचार हो जुन स्वर्गमुनि सृष्‍टि गरिएका सबै व्यक्‍तिलाई घोषणा गरिएको थियो । यो त्यही सुसमाचार हो, जसको म, पावल, दास भएको छु ।
\p
\v 24 तिमीहरूका लागि मेरो कष्‍टमा म अब आनन्द मनाउँछु । ख्रीष्‍टका कष्‍टहरूको कमीलाई उहाँको शरीर अर्थात् मण्डलीको खातिर म मेरो शरीरमा पूरा गर्छु ।
\v 25 परमेश्‍वरको वचनलाई पूरा गर्नको लागि तिमीहरूका खातिर मलाई परमेश्‍वरबाट दिइएको जिम्मेवारीअनुसार म यसै मण्डलीको एक सेवक हुँ ।
\v 26 यो युगौं र पुस्तौंसम्म लुकाइएको गुप्‍त सत्यता हो तर अहिले उहाँका पवित्र जनहरूको लागि यो प्रकट गरिएको छ ।
\v 27 यो तिनीहरूका निम्ति हो जसलाई परमेश्‍वरले गैरयहूदीहरूका बीचमा यस रहस्यको महिमाको सम्पत्ति के हो, सो थाहा गराउन चाहनुभयो । यो रहस्य त्यही हो, कि महिमाको आशा, ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्छ ।
\v 28 सम्पूर्ण बुद्धिसाथ हामी सबैलाई सल्लाह र शिक्षा दिंदै उहाँलाई घोषणा गर्छौं ताकि प्रत्येक व्यक्‍तिलाई ख्रीष्‍टमा परिपक्‍व प्रस्तुत गर्न सकियोस् ।
\v 29 यसैको लागि ममा शक्‍तिशाली रूपमा काम गर्ने उहाँको सामर्थ्यअनुसार म परिश्रम गर्छु र प्रयत्‍न गर्छु।
\c 2
\cl अध्याय 2
\p
\v 1 किनकि मैले तिमीहरू अर्थात् लाउडिकियामा भएकाहरू र शरीरमा मेरो अनुहार नदेखेकाहरू सबैका निम्ति गरेको धेरै ठुलो सङ्घर्षबारे तिमीहरूले जानेको म चाहन्छु ।
\v 2 प्रेम र समझको पूर्ण निश्‍चयताको प्रशस्ततामा र परमेश्‍वरको गुप्‍त सत्यताको ज्ञान अर्थात् ख्रीष्‍टमा तिनीहरूका हृदयहरू एक साथ ल्याइएर तिनीहरू उत्साहित होऊन् भनेर म काम गर्छु ।
\v 3 ज्ञान र बुद्धिका सबै सम्पत्तिहरू उहाँमा लुकाइएका छन् ।
\v 4 म यो भन्छु, कि बहकाउने बोलीले कसैले पनि तिमीहरूलाई नछलोस् ।
\v 5 म तिमीहरूसँग शरीरमा नभए तापनि म तिमीहरूसँग आत्मामा छु । म तिमीहरूका सुव्यवस्था र ख्रीष्‍टमा तिमीहरूका विश्‍वासको शक्‍तिलाई देखेर आनन्दित हुन्छु ।
\p
\v 6 जसरी तिमीहरूले ख्रीष्‍ट प्रभुलाई प्राप्‍त गर्‍यौ, त्यसरी नै उहाँमा हिंड ।
\v 7 तिमीहरूलाई सिकाइएको जस्तैगरी उहाँमा बलियोसँग जरा गाड, उहाँमा निर्माण हुँदै जाओ, विश्‍वासमा स्थापित होओ, र प्रशस्तसँग धन्यवाद देओ ।
\p
\v 8 तिमीहरूलाई कसैले पनि दर्शनशास्‍‍त्रद्वारा र ख्रीष्‍टअनुसार नभई यस संसारका मौलिक आत्माहरूअनुसार मानिसहरूका परम्पराले रित्तो धोकाबाट वशमा पार्न नदेओ ।
\v 9 किनकि उहाँमा परमेश्‍वरको सारा पूर्णता शरीरमा वास गर्छ ।
\v 10 तिमीहरू उहाँमा भरिएका छौ, जो सबै शक्‍ति र अधिकारमाथि शिर हुनुहुन्छ ।
\v 11 उहाँमा नै तिमीहरूको खतना भएको थियो, जुन खतना मानिसहरूद्वारा मासुको शरीरमा गरिएको थिएन, तर यो ख्रीष्‍टमा गरिएको थियो ।
\v 12 तिमीहरू उहाँसँगै बप्‍तिस्मामा गाडिएका थियौ । र उहाँलाई मृतकहरूबाट जीवित पार्नुहुने परमेश्‍वरको शक्‍तिमा विश्‍वासद्वारा तिमीहरू उहाँमा जीवित पारिएका थियौ ।
\v 13 र जब तिमीहरू आफ्ना अपराध र शरीरको बेखतनामा मरेका थियौ, उहाँले तिमीहरूलाई उहाँसँग जीवित पार्नुभयो र हाम्रा सबै अपराधहरूलाई क्षमा गर्नुभयो । \f + \ft केही प्राचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौं, \fqa र तिम्रा सबै अपराधहरूलाई क्षमा गर्नुभयो \fqa* । \f*
\v 14 उहाँले हाम्रो विरुद्धमा लगाइएका ऋणका लिखित अभियोगहरूलाई त्यसका विनियमहरूसहित हटाइदिनुभयो । उहाँले त्यसलाई क्रूसमा टाँगेर हटाउनुभयो ।
\v 15 उहाँले शासकहरू र अधिकारीहरूलाई हटाउनुभयो र क्रूसद्वारा तिनीहरूमाथि विजय हासिल गरेर तिनीहरूलाई खुल्ला रूपमा प्रकट गर्नुभयो ।
\p
\v 16 यसैकारण, अब कसैले तिमीहरूलाई खानेकुरा वा पिउनेकुरा वा चाडको दिनको बारेमा वा औंसी वा शबाथ-दिनको विषयमा दोष लगाउन नदेओ ।
\v 17 यिनीहरू आउनेवाला थोकहरूका छायाँ मात्र हुन् तर वास्तविकता ख्रीष्‍ट हुनुहुन्छ ।
\v 18 नम्रता र स्वर्गदूतहरूको आराधना चाहने कसैले पनि तिमीहरूलाई तिम्रो इनाम गुमाउने नतुल्याओस्। यस्तो व्यक्‍तिले त्यसले देखेका कुराहरूमा मन लगाउँछ र त्यसको शारीरिक विचारद्वारा घमण्डले फुल्छ ।
\v 19 त्यसले शिरलाई पक्रिराख्दैन । शिरबाट नै जोर्नीहरू र ग्रन्थिहरू हुँदै सम्पूर्ण शरीरमा आवश्यक तत्त्वहरू पूर्ति गरिन्छ र तिनीहरूलाई एकसाथ राखिन्छ; र त्यो परमेश्‍वरले दिनुभएको वृद्धिअनुसार बढ्छ ।
\p
\v 20 यदि यस संसारका तत्त्वहरूप्रति तिमीहरू ख्रीष्‍टसँगै मरेका छौ भने, किन तिमीहरू यस संसारमा समर्पित भएर जिउँछौ?
\v 21 “नसमात, नचाख, नछोऊ ।”
\v 22 मानिसहरूका निर्देशनहरू र शिक्षाहरूअनुसार, यी सबै कुराहरू प्रयोगसँगै नष्‍ट हुन्छन् ।
\v 23 यी नियमहरूमा मानिस आफैंले बनाएका धर्म र नम्रता र शरीरको कठोरताका ज्ञान छन् । तर शरीरको विलासिताको विरुद्धमा यिनीहरूको कुनै मोल छैन ।
\c 3
\cl अध्याय 3
\p
\v 1 यदि परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टसँगै उठाउनुभएको छ भने माथिका कुराहरूलाई खोज, जहाँ ख्रीष्‍ट परमेश्‍वरको दाहिने बाहुलीतर्फ बसिरहनुभएको छ ।
\v 2 माथिका कुराहरूका बारेमा विचार गर, पृथ्वीका कुराहरूका बारेमा होइन ।
\v 3 किनकि तिमीहरू मरेका छौ, र तिमीहरूका जीवन परमेश्‍वरमा ख्रीष्‍टसँगै लुकाइएको छ ।
\v 4 जब ख्रीष्‍ट प्रकट हुनुहुन्छ जो तिमीहरूका जीवन हुनुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ । \f + \ft केही प्राचीन ग्रीक प्रतिलिपिहरू र केही प्राचीन अनुवादहरूमा पाउँछौं, \fqa जब ख्रीष्‍ट प्रकट हुनुहुन्छ जो हामीहरूका जीवन हुनुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ \fqa* । \f*
\p
\v 5 त्यसकारण, संसारका स्वभावहरू अर्थात् कामुक अनैतिकता, अशुद्धता, कामवासना, खराब इच्छा र लोभलाई मार, जुन मूर्तिपूजा हो ।
\v 6 यी कुराहरूका लागि अनाज्ञाकारीका छोराहरूमाथि परमेश्‍वरको क्रोध आउँदैछ । \f + \ft केहीमा पाउँछौं, \fqa यी कुराहरूका लागि परमेश्‍वरको क्रोध आउँदैछ \fqa* । \f*
\v 7 तिमीहरू पनि यी कुराहरूमा जिउँदा एक समय यसरी नै हिंड्थ्यौ ।
\v 8 तर अब यी सबै कुराहरू तिमीहरूले त्याग्‍नुपर्छ– रिस, क्रोध, खराब इच्छा, अपमान, तिम्रो मुखबाट निस्कने फोहोर बोली ।
\v 9 एक अर्कालाई नढाँट, कारण तिमीहरूले पुरानो मनुष्यत्वलाई त्यसको व्यवहारसमेत त्यागेका छौ,
\v 10 र तिमीहरूले नयाँ मनुष्यत्व धारण गरेका छौ, जुन त्यसलाई सृष्‍टि गर्नुहुनेको प्रतिरूप अनुसारको ज्ञानमा नवीकरण गरिएको छ ।
\v 11 यस ज्ञानमा, कोही ग्रीक वा यहूदी, खतना वा बेखतनाका, अशिक्षित, असभ्य, कमारा, फुक्‍का हुँदैन, तर ख्रीष्‍ट नै सबथोक हुनुहुन्छ र सबै थोकमा हुनुहुन्छ ।
\p
\v 12 त्यसकारण, परमेश्‍वरका चुनिएका, पवित्र र प्रियहरूको रूपमा करुणामय हृदय, दया, नम्रता, दीनता, र धैर्य धारण गर ।
\v 13 एक अर्कालाई सहने गर । एक अर्कासँग कृपालु होओ । यदि कसैको विरुद्धमा कसैको उजुरी भएमा, प्रभुले तिमीहरूलाई क्षमा गर्नुभए जसरी क्षमा गर ।
\v 14 यी सबै कुराहरूभन्दा माथि प्रेम धारण गर, जुनचाहिं सिद्धताको बन्धन हो ।
\p
\v 15 तिमीहरूका हृदयमा ख्रीष्‍टको शान्तिले राज्य गरोस् । यही शान्तिको निम्ति तिमीहरू एक शरीरमा बोलाइएका थियौ, र धन्यवादी होओ ।
\v 16 ख्रीष्‍टको वचन तिमीहरूमा प्रशस्त मात्रामा रहोस् । सारा बुद्धिले एक अर्कालाई भजन, गीत र आत्मिक गानहरूले शिक्षा र अर्ती देओ । तिमीहरूका हृदयमा परमेश्‍वरका निम्ति धन्यवादका गीतहरू गाओ ।
\p
\v 17 जे तिमीहरूले वचन वा काममा गर्छौ, ती सबै प्रभु येशूको नाउँमा गर । परमेश्‍वर पितालाई उहाँद्वारा धन्यवाद देओ ।
\p
\v 18 पत्‍नीहरू, पतिहरूका अधीनमा बस जुन कुरा प्रभुमा सुहाउँदो छ ।
\v 19 पतिहरू, आफ्ना पत्‍नीहरूलाई प्रेम गर र तिनीहरूप्रति कठोर नहोओ ।
\p
\v 20 छोराछोरीहरू, सबै कुरामा आफ्ना बाबुआमाप्रति आज्ञाकारी होओ, किनकि यो कुराले प्रभुलाई खुसी बनाउँछ ।
\v 21 बुबाहरू, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, ताकि तिनीहरू हतोत्साहित नहोऊन् ।
\p
\v 22 दासहरू, शरीरअनुसार आफ्ना मालिकहरूप्रति सबै कुराहरूमा आज्ञाकारी होओ, मानिसहरूलाई खुसी तुल्याउनेहरूजस्तो गरी आँखाको अगाडि मात्र होइन, तर इमानदार हृदयसाथ गर । प्रभुको भय मान ।
\v 23 तिमीहरूले जे-जे गर्छौ, मानिसको निम्ति गरेजस्तो गरी होइन, तर प्रभुको निम्ति गरेजस्तो गरी आत्मादेखि नै गर ।
\v 24 तिमीहरू जान्दछौ, कि तिमीहरूले प्रभुबाट उत्तराधिकारको इनाम पाउनेछौ । तिमीहरूले जसको सेवा गर्छौ, उहाँ प्रभु ख्रीष्‍ट हुनुहुन्छ ।
\v 25 किनकि अधार्मिकता गर्नेले त्यसले गरेको अधार्मिकताको कारण दण्ड पाउनेछ, र त्यसमा कुनै पक्षपात हुनेछैन ।
\c 4
\cl अध्याय 4
\p
\v 1 मालिक हो, आफ्ना दासहरूलाई जे सही र उचित छ त्यही देओ, यो जानेर कि तिमीहरूका पनि मालिक स्वर्गमा हुनुहुन्छ ।
\p
\v 2 स्थिर भई निरन्तर प्रार्थनामा लागिरहो । धन्यवादसाथ यसमा जागा रहो ।
\v 3 हाम्रो निम्ति पनि सँगसँगै प्रार्थना गर, ताकि ख्रीष्‍टको गुप्‍त सत्यताको वचन बोल्नको निम्ति परमेश्‍वरले ढोका खोलिदिनुभएको होस् । यसैकारण, म बाँधिएको छु ।
\v 4 जसरी मैले बोल्नुपर्ने हो, त्यसरी नै मैले यसलाई स्पष्‍ट पार्न सकूँ भनेर प्रार्थना गर ।
\p
\v 5 बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक व्यवहार गर्दै हिंड, अनि समयलाई ठिकसँग प्रयोग गर ।
\v 6 तिमीहरूका वचनहरू सधैं अनुग्रहसहित होस् । तिनीहरू नुनले स्वादिलो पारिएको जस्तै होऊन्, ताकि प्रत्येक मानिसलाई तिमीहरूले कसरी जवाफ दिनुपर्छ, सो तिमीहरूले जान्‍न सक ।
\p
\v 7 तुखिकसले मेरो बारेमा सबै कुराहरू तिमीहरूलाई बताउनेछन् । तिनीचाहिं मेरा प्रिय भाइ, विश्‍वासयोग्य सेवक र प्रभुमा सङ्गी दास हुन् ।
\v 8 यही कार्यको निम्ति मैले तिनलाई तिमीहरूकहाँ पठाएको छु, ताकि तिमीहरूले हामीहरूको विषयमा जान्‍न सक, र तिनले तिमीहरूका हृदयलाई प्रोत्साहन दिन सकून् । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा साथै केही प्राचीन अनुवादहरूमा पाउँछौं, \fqa यही कार्यको निम्ति मैले तिनलाई तिमीहरूकहाँ पठाएँ, ताकि तिनले तिमीहरूको विषयमा जान्‍न सकून्, र तिनले तिमीहरूका हृदयलाई प्रोत्साहन दिन सकून् \fqa \f*
\v 9 तिमीहरूमध्येका एक, विश्‍वासयोग्य र प्रिय भाइ ओनेसिमससँगै मैले तिनलाई पठाएको छु । तिनीहरूले यहाँ भएका सबै कुराहरू तिमीहरूलाई बताउँनेछन् ।
\p
\v 10 मेरा सङ्गी कैदी अरिस्तार्खसले तिमीहरूलाई आफ्नो अभिवादन गर्छन्, र बारनाबासका भानिज मर्कूसको पनि अभिवादन छ, जसको बारेमा तिमीहरूले आदेश पाइसकेका छौ, “यदि तिनी तिमीहरूकहाँ आए भने तिनलाई स्वागत गर,”
\v 11 र युस्तस भनिने येशूले पनि अभिवादन गर्छन् । परमेश्‍वरको राज्यका निम्ति खतनाका मेरा सहकर्मीहरू यिनीहरू मात्रै हुन् । तिनीहरू मेरा निम्ति सान्त्वना भएका छन् ।
\v 12 इपाफ्रास तिमीहरूलाई अभिवादन गर्छन् । तिनी पनि तिमीहरूमध्येकै एक जना हुन् र ख्रीष्‍ट येशूका दास हुन् । तिनी तिमीहरूका निम्ति सधैं प्रार्थनामा परिश्रमसाथ लागिरहन्छन्, ताकि परमेश्‍वरको इच्छाअनुसार तिमीहरू सम्पूर्ण रूपले निश्‍चित भई खडा हुन सक ।
\v 13 यो कुरामा म तिनको साक्षी दिन सक्छु, कि तिनी तिमीहरूका लागि, लाउडिकियामा भएकाहरूका लागि अनि हिरापोलिसमा भएकाहरूका लागि कडा परिश्रम गर्छन् ।
\v 14 प्रिय चिकित्सक लूका र डेमासले तिमीहरूलाई अभिवादन गर्छन् ।
\p
\v 15 लाउडिकियामा भएका भाइहरू, र नुम्फास, र तिनको घरमा भएको मण्डलीलाई पनि अभिवादन गर ।
\v 16 जब यो पत्र तिमीहरूका बीचमा पढिएको हुनेछ, त्यसपछि लाउडिकियाको मण्डलीमा पनि यो पढ्नू र हेर, लाउडिकियाबाट आउने पत्र पनि तिमीहरूले पढ्नू ।
\v 17 अर्खिप्पसलाई भन, “तिमीले प्रभुमा पाएको सेवा-कार्यलाई ध्यान देऊ जुन तिमीले पुरा गर्नुपर्छ।”
\p
\v 18 यो अभिवादनको पत्र म पावलको आफ्नै हातले लेखेको हुँ । मेरा साङ्लाहरूलाई याद गर । तिमीहरूसँग अनुग्रह होस् ।

126
53-1TH.usfm Normal file
View File

@ -0,0 +1,126 @@
\id 1TH
\ide UTF-8
\h १ थेसलोनिकी
\toc1 १ थेसलोनिकी
\toc2 १ थेसलोनिकी
\toc3 1th
\mt १ थेसलोनिकी
\c 1
\cl अध्याय १
\p
\v 1 पावल, सिलास र तिमोथीबाट थेसलोनिकीहरूको मण्डलीलाई परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टमा अनुग्रह र शान्ति ।
\p
\v 2 तिमीहरू सबैका लागि हामी परमेश्‍वर पितालाई धन्यवाद चढाउछौँ र हाम्रो प्रार्थनामा तिमीहरूलाई याद गर्छौं ।
\v 3 हामी निरन्तर रूपमा तिमीहरूको विश्‍वासको काम, प्रेमको परिश्रम र आत्मविश्‍वासको धैर्यलाई सम्झना गर्छौं जुन परमेश्‍वर पिताको सामु हाम्रा प्रभु येशू ख्रीष्‍टमा भएको भविष्यको कारणले गर्दा हो ।
\v 4 परमेश्‍वरबाट प्रेम पाएका भाइहरूलाई, तिमीहरूको बोलावट हामीलाई थाहा छ ।
\v 5 हाम्रो सुसमाचार तिमीहरूकहाँ कसरी आयो, वचनमा मात्र होइन, तर शक्तिमा, पवित्र आत्मामा, र धेरै निश्‍चयतामा । तिमीहरूका खातिर हामी कस्ता मानिसहरू हौं, सो तिमीहरूलाई थाहा छ ।
\v 6 तिमीहरू हाम्रो र प्रभुको देखासिकी गर्नेहरू भयौ जसरी तिमीहरूले कष्‍टमा वचन पायौ र आनन्द र पवित्र आत्मामा ग्रहण गर्‍यौ ।
\v 7 त्यसैले, तिमीहरू सबै माकेडोनिया र अखैयामा विश्‍वास गर्नेहरू सबैका बिचमा उदाहरण भयौ ।
\v 8 तिमीहरूबाट परमेश्‍वरको वचन माकेडोनिया र अखैयामा मात्र प्रचार भएको होइन, तर तिमीहरूको विश्‍वास हरेक ठाउँमा फैलिएको छ । त्यसैले, हामीलाई केही भन्‍नु आवश्यक छैन ।
\v 9 हाम्रो विषयमा तिनीहरू आफैले भन्छन्, कि हामीलाई तिमीहरूले कस्तो प्रकारले स्वीकार गरेका थियौ र कसरी तिमीहरू मूर्तिपूजा गर्न छोडेर जीवित र साँचो परमेश्‍वरको सेवा गर्न फर्क्यौ ।
\v 10 र उहाँका पुत्र स्वर्गबाट आउने समयलाई पर्खिराखेका छौ, जसलाई उहाँले मृतकबाट जीवित पार्नुभयो । उहाँ येशू हुनुहुन्छ जसले हामीलाई आउने वाला क्रोधबाट छुटकारा दिनुहुन्छ ।
\c 2
\cl अध्याय २
\p
\v 1 भाइहरू हो, तिमीहरू आफैलाई थाहा छ कि तिमीहरूमा हाम्रो आगमन बेकम्मा थिएन,
\v 2 तर तिमीहरूलाई थाहा छ, हामीले पहिला नै कष्‍ट भोग्यौं र फिलिप्पिमा हामीलाई निर्लज्जपूर्वक व्यवहार गरियो । हामी ठुलो विवादको बिचमा पनि तिमीहरूसँग परमेश्‍वरको सुसमाचार बताउन परमेश्‍वरमा साहसी भयौं ।
\v 3 किनभने हाम्रो उपदेश गलत कुराबाट होइन न त अशुद्ध, न छलबाट नै आएको हो,
\v 4 तर जसरी परमेश्‍वरले हामीहरूलाई सुसमाचार सुम्पिएको व्यक्तिको रूपमा स्वीकृति दिनुभएको छ, त्यसैले हामी मानिसलाई होइन तर हाम्रो हृदय जाँच्‍नुहुने परमेश्‍वरलाई खुसी पार्नलाई बोल्छौं ।
\v 5 तिमीहरूलाई थाहा छ र परमेश्‍वर पनि साक्षी हुनुहुन्छ कि हामीले कुनै पनि बेला चाप्लुसी गरेनौं, न त लोभको निम्ति बहाना नै बनायौं,
\v 6 न त हामीले मानिसहरूबाट महिमा खोज्यौं, न त तिमीहरूबाट या अरूहरूबाट नै, जब कि हामीले ख्रीष्‍टको प्रेरितहरूको रूपमा विशेष सुविधाहरूको दाबी गर्न सक्थ्यौं ।
\v 7 यसको सट्टा हामीहरू तिमीहरूका माझमा एउटा आमाले आफ्ना बाल बच्‍चालाई सान्त्वना दिएजस्तै भद्र भयौं ।
\v 8 यसरी तिमीहरूप्रति हाम्रो गहिरो प्रेम थियो, हामी तिमीहरूसँग परमेश्‍वरको सुसमाचार बाँड्न मात्र होइन, तर हाम्रो जीवन बाँड्न पनि खुसी थियौं किनकि तिमीहरू हाम्रो निम्ति अति प्रिय भएका छौ ।
\v 9 किनभने भाइहरू हो, तिमीहरूलाई हाम्रो परिश्रम र काम याद छ, कि हामीले तिमीहरूलाई परमेश्‍वरको सुसमाचार प्रचार गर्दै हामी तिमीहरू कसैलाई बोझ नबनौं भनेर हामीले दिनरात काम गर्‍यौं ।
\v 10 हामीले तिमीहरू विश्‍वास गर्नेहरूसित कति पवित्रता, धार्मिकता र कपटरहित व्यवहार गर्‍यौं भन्‍ने कुराको साक्षी तिमीहरू छौ र परमेश्‍वर पनि हुनुहुन्छ,
\v 11 तिमीहरूलाई पनि थाहा छ, कि हामीले तिमीहरू हरेकलाई कसरी एउटा बुबाले आफ्ना छोराछोरीलाई गरे झैं तिमीहरूलाई उत्साह, सान्त्वना दियौं र गवाही दियौं,
\v 12 कि तिमीहरू परमेश्‍वरको योग्यको भएर हिँड्न सक जसले तिमीहरूलाई उहाँको राज्य र महिमामा बोलाउनुहुन्छ ।
\p
\v 13 यही कारणको निम्ति हामी परमेश्‍वरलाई निरन्तर धन्यवाद दिन्छौं । किनकि तिमीहरूले जब हामीबाट परमेश्‍वरको सन्देशको वचन पायौ तिमीहरूले मानिसको वचनको रूपमा मात्र ग्रहण गरेनौ, तर साँच्‍चै परमेश्‍वरको वचनको रूपमा नै ग्रहण गर्‍यौ, जुन वचनले विश्वास गर्नेहरूमा पनि काम गर्छ ।
\v 14 किनभने भाइहरू हो, तिमीहरू ख्रीष्‍ट येशूमा भएका यहूदियाका मण्डलीबिच तिमीहरू परमेश्‍वरको मण्डलीको नक्‍कल गर्नेहरू भएका छौ किनभने तिनीहरूले यहूदीहरूबाट सतावट पाएजस्तै तिमीहरू पनि आफ्नै मानिसहरूबाट सताइएका छौ ।
\v 15 जसले प्रभु येशू र अगमवक्‍ताहरूलाई मारे र हामीलाई पनि धपाए, जसले परमेश्‍वरलाई खुसी पार्दैनन, तर सबै मानिसहरूप्रति शत्रुता राख्छन् ।
\v 16 तिनीहरू सदैव तिनीहरूका पापहरूबाट भरिन हामीहरूलाई गैरयहूदीहरूले उद्धार पाऊन् भनेर बोल्न दिँदैनन् । तिनीहरूमाथि क्रोध चरम रूपमा आएको छ ।
\p
\v 17 भाइहरू हो, हामीहरू छोटो समयको निम्ति हृदयमा होइन, तर उपस्थितिमा छुट्‌ट्याइएका थियौं र हामीले तिमीहरूलाई भेट गर्नलाई सक्दो तीव्र इच्छा गर्‍यौं ।
\v 18 किनभने हामी तिमीहरूकहाँ आउन चाहन्थ्यौं । म पावलले बारम्बार कोसिस गरें, तर शैतानले हामीलाई बाधा दियो ।
\v 19 किनभने हाम्रा प्रभु येशूको आगमनमा उहाँको सामु हाम्रो भविष्यको निम्ति दृढ आनन्द वा महिमाको मुकुट अरूहरू जति नै तिमीहरू नै होइनौ र?
\v 20 किनभने तिमीहरू हाम्रो महिमा र आनन्द हौ ।
\c 3
\cl अध्याय ३
\p
\v 1 यसकारण जब हामीले अरू धेरै सहन सकेनौं, तब हामीले एथेन्समा एक्लै रहन उचित ठान्यौं ।
\v 2 तिमीहरूको विश्‍वास दह्रिलो पार्न र तिमीहरूलाई सान्त्वना दिन हामीले हाम्रा भाइ तिमोथीलाई पठायौं जो ख्रीष्‍टका सुसमाचारमा परमेश्‍वरका सेवक हुन्, \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिमा पाउँछाेेैं \fqa हामीले तिमोथीलाई पठायौं, हाम्रा भाइ र ख्रीष्टको सुसमाचारमा परमेश्वरको सेवक \fqa* । \f*
\v 3 ताकि यी कष्‍टहरूबाट कोही नखल्बलियोस् । किनकि तिमीहरू आफैलाई थाहाछ कि यसैको खातिर हामी नियुक्त भएका छौं ।
\v 4 साँच्‍चै जब हामीहरू तिमीहरूसँग थियौं, हामीले पहिले नै भनेका थियौं कि हामी कष्‍टमा पर्न लागेका थियौं, र तिमीहरूलाई थाहा नै छ यो हुन आयो ।
\v 5 यसैकारण, जब मैले सहनै सकिनँ, मैले तिमीहरूको विश्‍वासबारे जान्‍न पठाएँ । कतै परीक्षा गर्नेवालाले तिमीहरूलाई कुनै न कुनै रूपमा परीक्षामा पार्‍याे र हाम्रो मेहनत व्यर्थमा गयाे कि ।
\p
\v 6 तर तिमोथी तिमीहरू कहाँबाट विश्‍वास र प्रेमको सुसमाचार लिएर हामी कहाँ आए। तिनले हामीलाई भने कि तिमीहरूसँग सधैँ हामीसँगका असल क्षणहरूको सम्झना छ, र जसरी हामी तिमीहरूलाई भेट्न उत्कट इच्छा गर्छौं त्यसै गरी तिमीहरू पनि हामीलाई हेर्न उत्कट इच्छा गर्छौ ।
\v 7 यसैले गर्दा, भाइहरू हो, हाम्रा सबै निराश र कष्‍टकर अवस्थामा तिमीहरूको विश्‍वासद्वारा हामीलाई सान्त्वना मिलेको थियाे।
\v 8 यदि तिमीहरू प्रभुमा स्थिर रह्‍यौ भने, अब हामी साँच्‍चै जिउँछौं।
\v 9 तिमीहरूका कारण हामीमा भएको सम्पूर्ण आनन्दको खातिर परमेश्‍वरको सामु हामी कसरी परमेश्‍वरलाई धन्यवाद चढाऔं?
\v 10 तिमीहरूको मुहार हेर्न र तिमीहरूको विश्‍वासमा जुन कुराको कमी छ, सो दिन सकौं भनेर दिनरात हामी कडा मेहनतसाथ प्रार्थना गर्छौं ।
\p
\v 11 हाम्रा परमेश्‍वर, र पिता आफैले र हाम्रा प्रभु येशूले, तिमीहरूकहाँ आउने ढोका खोलिदिऊन्।
\v 12 प्रभुले तिमीहरूलाई एक अर्काप्रति र सबै मानिसहरूप्रति प्रेममा प्रशस्त गरी बढ्दै जान दिऊन्, जसरी हामी तिमीहरूप्रति गर्छौं ।
\v 13 उहाँले तिमीहरूका हृदयहरूलाई बलियो बनाऊन् ताकि हाम्रा प्रभु येशू उहाँका सबै पवित्र जनहरूसँग आउनुहुँदा उहाँले हाम्रा परमेश्वर र पिताका सामु तिनीहरू पवित्रतामा निष्‍‍कलङ्क हुन सकून् ।
\c 4
\cl अध्याय ४
\p
\v 1 अन्तमा भाइहरू हो, येशू ख्रीष्‍टमा हामी तिमीहरूलाई उत्साह र अर्ती दिन्छौं। जसरी तिमीहरूले हामीबाट कसरी चल्नुपर्ने र परमेश्‍वरलाई रिजाउनुपर्ने हो भन्‍ने अर्ती पायौ, त्यसरी नै तिमीहरू चल, ताकि तिमीहरूले अझै बढी गर्न सक ।
\v 2 किनकि तिमीहरूलाई थाहा छ, हामीले प्रभु येशू ख्रीष्‍टद्वारा तिमीहरूलाई के अर्ती दियौं।
\p
\v 3 किनकि तिमीहरूकाे पवित्रीकरण परमेश्‍वरको इच्छा हो, कि तिमीहरू यौन अनैतिकताबाट टाढै बस ।
\v 4 ताकि तिमीहरू प्रत्येकले पवित्रता र सम्मानमा आफ्नो भाँडो कसरी राख्ने भनी जान्‍न सक,
\v 5 (परमेश्‍वरलाई नचिन्‍ने गरैयहूदीहरू जस्तै) कामवासनामा जलेर होइन ।
\v 6 यो कुरामा कुनै मानिसले पाप नगरोस् र आफ्नो भाइलाई गलत नसम्झोस् । किनकि यी सबै कुराको बदला प्रभुले लिनुहुन्छ जसरी हामीले तिमीहरूलाई अगाडि नै चेतावनी र साक्षी दियाैं ।
\v 7 किनकि परमेश्‍वरले हामीलाई अशुद्धताको लागि बोलाउनुभएन, तर पवित्रताको लागि हो ।
\v 8 त्यसकारण, जसले यो इन्कार गर्छ त्यसले मानिसलाई होइन, तर परमेश्‍वरलाई इन्कार गर्छ, जसले तिमीहरूलाई आफ्ना पवित्र आत्मा दिनुहुन्छ ।
\p
\v 9 भाइहरूप्रतिको प्रेमको विषयमा तिमीहरूलाई कसैले केही लेख्‍न जरुरी छैन, किनकि एक अर्कोलाई प्रेम गर्ने विषयमा तिमीहरू परमेश्‍वरबाट सिकाइएका छौ ।
\v 10 वास्तवमा तिमीहरूले माकेडोनियामा भएका सबै दाजुभाइहरूलाई यसाे गरेका छौ, तर भाइहरू, हामी तिमीहरूलाई आग्रह गर्छाेैं कि याे अझै बढी गर ।
\v 11 हामीले तिमीहरूलाई आग्रह गरेझैँ शान्त रहने, आफ्नै धन्दामा मन लगाउने र आफ्नै हातले परिश्रम गर्ने गर जसरी हामीले आज्ञा दियाैं,
\v 12 ताकि विश्‍वासभन्दा बाहिर भएकाहरूका अघि तिमीहरू ठिक प्रकारले जिउन सक र तिमीहरूलाई कुनै कुराको अभाव नहोस् ।
\p
\v 13 भाइहरू हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अन्जान बस भन्‍ने हामी चाहन्‍नौं ताकि बाँकीका, आशा नहुनेहरू जस्तै तिमीहरूले शोक गर्न नपरोस् ।
\v 14 येशू मर्नुभयो र फेरि जीवित हुनुभयो भनी हामी विश्‍वास गर्छौं भने परमेश्‍वरले पनि जो-जति येशूमा सुतेका छन् तिनीहरूलाई उहाँमा जीवित पार्नुहुनेछ ।
\v 15 परमेश्‍वरको वचनद्वारा हामी तिमीलाई यसो भन्छौं कि हामी जो जीवित छौं र प्रभुको आगमनसम्म बाँचिरहन्छौं, हामीले कुनै हालतमा पनि सुतिगएकाहरूलाई उछिन्‍नेछैनौं ।
\v 16 किनकि प्रभु आफै स्वर्गबाट ओर्लनुहुनेछ। उहाँ चर्को सोर, प्रधान स्वर्गदूतको आवाज र परमेश्‍वरकाे तुरहीको गर्जनका साथ आउनुहुनेछ र ख्रीष्‍टमा मरेकाहरू पहिले जीवित हुनेछन् ।
\v 17 तब हामी जो जीवित छौं, छोडिएका छौं, उठाई लगिएकाहरूसँग बादलमा एकसाथ आकाशमा प्रभुलाई भेट्नेछौं । यसरी हामी सदासर्वदा प्रभुसँगै हुनेछौं ।
\v 18 त्यसकारण, यी वचनहरूले एक अर्कालाई सान्त्वना देओ ।
\c 5
\cl अध्याय ५
\p
\v 1 अब भाइहरू हो, तिमीहरूलाई समय र ऋतुहरूको बारेमा कुनै कुरा लेखिरहनु जरुरत छैन ।
\v 2 किनकि तिमीहरू आफैले राम्ररी जान्दछौ कि प्रभुको आगमनको समय, राती आउने चोरको जस्तै हुनेछ ।
\v 3 जब तिनीहरूले “शान्ति र सुरक्षा” भन्छन् तब तिनीहरूमाथि अचानक विनाश आइपर्नेछ । त्याे गर्भवती स्‍त्रीलाई प्रसव-वेदना भएझैँ हुनेछ। तिनीहरू कुनै पनि किसिमले उम्कनेछैनन् ।
\v 4 तर भाइहरू हो, त्यो दिन तिमीहरूमाथि चोरझैं आइपर्नलाई तिमीहरू अन्धकारमा छैनौ ।
\v 5 किनकि तिमीहरू सबै प्रकाशका सन्तानहरू र दिनका सन्तानहरू हौ । हामी रातका सन्तान होइनौं, न त अन्धकारका नै ।
\v 6 त्यसैले, हामी बाँकी अरूहरूझैं नसुतौं । बरु हामी जागा रहौं र गम्भीर हौं ।
\v 7 किनकि सुत्‍नेहरू रातमा नै सुत्छन् र पिएर मात्‍नेहरू रातमा नै मात्छन् ।
\v 8 तर हामी दिनका सन्तानहरू भएकाले हामी गम्भीर हुनुपर्छ, विश्‍वास र प्रेमको छाती-पाता र मुक्‍तिको आशाकाे टोप लगाउनुपर्छ ।
\p
\v 9 किनकि परमेश्‍वरले हामीलाई क्रोधको निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा मुक्‍तिको निम्ति चुन्‍नुभयो ।
\v 10 उहाँ हाम्रो निम्ति मर्नुभयो ताकि हामी जागा हौं वा निन्द्रामा, हामी उहाँसँगै जिउन सकौं ।
\v 11 यसकारण, तिमीहरूले अगिदेखि गरेजस्तै एक अर्कालाई सान्त्वना देऊ र निर्माण गर ।
\p
\v 12 भाइहरू हो, हामीले तिमीहरूमाझ परिश्रम गर्नेहरूप्रति र प्रभुमा तिमीहरूभन्दा माथि भएकाहरूप्रति र तिमीहरूलाई उत्साह दिनेहरूप्रति कृतज्ञ हुनलाई आग्रह गर्छौं ।
\v 13 तिनीहरूको कामको खातिर प्रेममा उच्‍च आदरले तिनीहरूलाई सम्झनलाई पनि हामी तिमीहरूलाई आग्रह गर्छौं । तिमीहरू आपसमा शान्तिमा रहो ।
\p
\v 14 भाइहरू हो, हामी तिमीहरूलाई आग्रह गर्छौंः गोलमाल गर्नेहरूलाई चेतावनी देआे, निरुत्साहित भएकाहरूलाई उत्साह देआे, कमजोरलाई सहायता गर र सबैसँग धैर्यवान् हाेआे।
\v 15 हेर, कसैले खराबीको बदला खराबी नगरोस्, बरु एक अर्कालाई र सबैलाई असल गर्ने प्रयत्‍न गर ।
\p
\v 16 सदैव आनन्द गर ।
\v 17 नरोकी प्रार्थना गरिरहो ।
\v 18 हरेक कुरामा धन्यवाद देओ । किनकि यो तिमीहरूको निम्ति ख्रीष्‍ट येशूमा परमेश्‍वरको इच्छा हो ।
\p
\v 19 पवित्र आत्मालाई ननिभाओ ।
\v 20 अगमवाणीहरूलाई अवहेलना नगर ।
\v 21 सबै कुराको जाँच गर । जे असल छ त्यसमा लागिरहो ।
\v 22 सबै किसिमको खराबीलाई टाढै बस ।
\p
\v 23 शान्तिका परमेश्‍वरले तिमीहरूलाई पूर्ण रूपमा पवित्र पारून् । र तिमीहरूका सम्पूर्ण आत्मा, प्राण, र शरीरलाई हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमनमा दोषरहित राखून् ।
\v 24 तिमीहरूलाई बोलाउनुहुने विश्‍वासयोग्य हुनुहुन्छ, जसले यो पनि गर्नुहुनेछ ।
\p
\v 25 भाइहरू हो, हाम्रो निम्ति पनि प्रार्थना गर ।
\v 26 सबै भाइहरूलाई पवित्र चुम्बनले अभिवादन गर ।
\v 27 म प्रभुद्वारा तिमीहरूलाई बिन्ती गर्छु, कि यो पत्र सबै भाइहरूका निम्ति पनि पढियोस् ।
\v 28 हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसँग रहोस् ।

76
54-2TH.usfm Normal file
View File

@ -0,0 +1,76 @@
\id 2TH
\ide UTF-8
\h थेसलोनिकीहरूलाई पावलको दोस्रो पत्र
\toc1 थेसलोनिकीहरूलाई पावलको दोस्रो पत्र
\toc2 थेसलोनिकीहरूलाई पावलको दोस्रो पत्र
\toc3 2th
\mt थेसलोनिकीहरूलाई पावलको दोस्रो पत्र
\c 1
\cl अध्याय १
\p
\v 1 पावल, सिलास र तिमोथीबाट परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूको मण्डलीलाई,
\v 2 परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरुलाई अनुग्रह र शान्ति ।
\p
\v 3 भाइहरू हो, हामीले तिमीहरूका लागि परमेश्‍वरलाई सधैं धन्यवाद दिनुपर्छ । यो उचित छ किनभने तिमीहरूको विश्‍वास धेरै बढिरहेको र तिमीहरूमध्ये हरेकको प्रेम एक अर्काप्रति प्रगाढ भइरहेको छ।
\v 4 त्यसैले हामीहरू तिमीहरूको धैर्य र विश्‍वासको बारेमा परमेश्‍वरका मण्डलीहरूका बिचमा तिमीहरूले सहने सारा सतावटहरू र दुःख भोगाइहरूप्रति गर्व गर्दछौं ।
\p
\v 5 यो परमेश्‍वरको धार्मिक न्यायको प्रमाण हो, जसको कारणले तिमीहरू परमेश्‍वरको राज्यको योग्य ठहरिन्छौ, जुन राज्यको निम्ति तिमीहरू पिडा भोगिरहेका छौ ।
\v 6 वास्तवमा, तिमीहरूलाई हानि गर्नेहरुलाई हानि गर्नु परमेश्‍वरको लागि धार्मिक छ,
\v 7 र प्रभु येशू स्वर्गबाट उहाँका शक्‍तिशाली स्वर्गदूतहरूका साथ प्रकट हुनुहुँदा, हामीसँग दुःख भोगेका तिमीहरूलाई छुटकारा मिल्नेछ ।
\v 8 जसले परमेश्‍वरलाई चिन्दैनन् र तिनीहरू जसले हाम्रा प्रभु येशूको सुसमाचार पालन गर्दैनन्, उहाँले तिनीहरूलाई बलिरहेको आगोमा बदला लिनुहुनेछ ।
\v 9 तिनीहरूले प्रभुको उपस्थितिबाट र उहाँको शक्‍तिको महिमादेखि टाढा रहेर अनन्त विनाशको दण्ड भोग्‍नेछन्।
\v 10 तिमीहरूले हाम्रो यो गवाही विश्‍वास गरेको कारण उहाँले यो त्यस दिन गर्नुहुनेछ, जब उहाँ आफ्ना पवित्र जातिहरूमा महिमित हुन र उहाँमाथि विश्‍वास गर्नेहरुलाई अचम्मित पार्न आउनुहुनेछ।
\p
\v 11 यसको निम्ति हामी निरन्तर तिमीहरूका लागि प्रार्थना गर्छौं, कि हाम्रा परमेश्‍वरले तिमीहरूलाई तिमीहरूको बोलावटको योग्य ठानून्, र उहाँको शक्तिद्वारा हरेक असल योजना र हरेक विश्‍वासको काम पुरा गरून् ।
\v 12 हामी यो प्रार्थना गर्छौं कि हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रहको कारणले येशूको नाउँ तिमीहरूबाट महिमित पारियोस् र तिमीहरू उहाँद्वारा महिमित होऔ ।
\c 2
\cl अध्याय २
\p
\v 1 अब भाइहरू हो, हाम्रा प्रभु येशूको आगमन र हाम्रो उहाँसँग एकसाथ भेट गर्ने सम्बन्धमा हामी अनुरोध गर्दछौं,
\v 2 कि प्रभुको दिन आइसकेको छ भनी न आत्माद्वारा, न वचन न त हाम्रो पत्रद्वारा तिमीहरूको मन सजिलै विचलित या हतास होस्।
\v 3 तिमीहरूलाई कसैले कुनै रीतिले छल्न नपाओस् । किनकि पतित, पापमय विनाशको छोरो, अधर्मी मानिस प्रकट नहोऊन्जेलसम्म यो हुन आउनेछैन । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन प्रतिलिपिमा \fqa र पापको मानिस \fqa* । \f*
\v 4 यो त्यो हो, जसले विरोध गर्छ र परमेश्‍वर कहलिएका वा पुज्यहरू सबैको विरूद्ध आफैलाई उचाल्छ । जसको कारण त्यो परमेश्‍वरको मन्दिरमा बस्छ र आफैलाई परमेश्‍वरको रूपमा प्रस्तुत गर्छ ।
\v 5 मैले तिमीहरूसँग हुँदा भनेका यी कुराहरू के तिमीहरूले सम्झदैनौ?
\p
\v 6 अब तिमीहरू जान्दछौ कि कुनै कुराले त्यसलाई रोक्छ, ताकि त्यो ठिक समयमा मात्र प्रकट हुनेछ ।
\v 7 किनकि, अधर्मको रहस्यले पहिलेदेखि नै काम गरिरहेको छ, तर केवल एक जना हुनुहुन्छ जसले त्यसलाई त्यसका मार्गबाट नहटाउनुभएसम्म त्यसलाई थामिराख्‍नुहुन्छ ।
\v 8 त्यसपछि अधर्मी मानिस प्रकट हुनेछ, जसलाई प्रभु येशूले उहाँको मुखको सासले मार्नुहुनेछ र उहाँका आगमनले त्यसको अन्त हुनेछ ।
\p
\v 9 शैतानका सबै शक्‍तिशाली काम, चिन्हहरू र झुटा आश्‍चर्यकर्महरूको कारण अधर्मी मानिसको आगमन हुनेछ ।
\v 10 त्यो अधार्मिकताका सबै प्रकारका छलहरु साथ आउनेछ । यी कुराहरू नाश हुनेहरूका निम्ति हुनेछन् किनभने तिनीहरूले बचाइनको लागि परमेश्‍वरको प्रेमको सत्यतालाई ग्रहण गरेनन् ।
\v 11 यसकारण तिनीहरूले झुटो विश्‍वास गरून् भनी परमेश्‍वरले शक्तिशाली भ्रम पठाउँदै हुनुहुन्छ,
\v 12 ताकि अधार्मिकतामा रमाउने तर सत्यतालाई विश्‍वास नगर्ने सबै दोषी ठहरिऊन् ।
\p
\v 13 तर प्रभुका प्रिय भाइहरू हो, हामीले प्रभुलाई तिमीहरूका लागि सधैं धन्यवाद दिनुपर्छ किनभने परमेश्‍वरले आत्माको शुद्धतामा र सत्यताको विश्‍वासमा उद्धारको पहिलो फलझैं तिमीहरूलाई चुन्‍नुभयो, \f + \ft केही महत्वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौं, \fqa परमेश्‍वरले... पहिलेदेखि नै उद्धारको लागि तिमीहरूलाई चुन्‍नुभयो \fqa* । \f*
\v 14 हाम्रा सुसमाचारद्वारा प्रभु येशू ख्रीष्‍टको महिमा प्राप्‍त गर्न सक भनी उहाँले तिमीहरूलाई यसतर्फ बोलाउनुभयो ।
\p
\v 15 यसैले अब भाइहरू हो, स्थिर रहो, वचन या हाम्रा पत्रद्वारा तिमीहरूलाई सिकाएका परम्पराहरूलाई पक्रिराख ।
\p
\v 16 अब हामीलाई प्रेम गर्नुहुने र अनुग्रहद्वारा अनन्तको सहाजता र उत्तम आशा दिनुहुने हाम्रा प्रभु येशू ख्रीष्‍ट आफैले तथा परमेश्‍वर हाम्रा पिताले,
\v 17 हरेक असल काम र वचनमा तिमीहरूका हृदयलाई सहज र बलियो गरुन् ।
\c 3
\cl अध्याय ३
\p
\v 1 अब भाइहरू हो, हाम्रो निम्ति प्रार्थना गर, ताकि हाम्रा प्रभुको वचन द्रुत गतिमा फैलियोस् र महिमित होस्, जसरी तिमीहरूका माझमा पनि भएको छ ।
\v 2 र हामी दुष्‍ट र ईश्‍वरहीन मानिसहरूबाट छुटकारा हुन सकौं, किनकि सबैसँग विश्‍वास छैन ।
\p
\v 3 तर प्रभु विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई बलियो पार्नुहुन्छ र दुष्‍टताबाट सुरक्षा प्रदान गर्नुहुन्छ ।
\v 4 हामी तिमीहरूप्रति प्रभुमा विश्‍वस्त छौं कि तिमीहरू दुवैले हामीले आज्ञा गरेका कामहरू गर्नेछौ र निरन्तरता दिइरहनेछौ ।
\v 5 प्रभुले तिमीहरूका हृदयलाई परमेश्‍वरको प्रेम र ख्रीष्‍टको सहनशीलतातर्फ अगुवाइ गर्नुभएको होस् ।
\p
\v 6 अब हाम्रा प्रभु येशूको नाउँमा भाइहरूलाई आज्ञा गर्छौं कि, तिमीहरूले अल्छे भाइहरूलाई अलग गर जसले हामीले सिकाएको विधि अनुसार जिउँदैनन् जुन कुरा तिमीहरूले हामीबाट ग्रहण गरेका छौ ।
\v 7 तिमीहरू आफैलाई थाहा छ, कि तिमीहरूले हाम्रो अनुकरण गर्नु असल कुरा हो किनभने हामीले तिमीहरूका बीचमा अल्छीपना देखाएनौं,
\v 8 न त हामीले सित्तैंमा कसैको रोटी नै खायौं, तर त्यसको सट्टामा हामी कसैको भार नबनौं भनेर हामीले कठोर परिश्रम र अप्‍ठेरोमा रातदिन काम गर्‍यौं ।
\v 9 हामीसँग कुनै अधिकार नभएको कारणले हामीले यसो गरेको होइन तर हामी तिमीहरूको निम्ति उदाहरण बन्‍न यसो गर्‍यौं ताकि तिमीहरूले हाम्रो अनुकरण गर्न सक ।
\v 10 हामी तिमीहरूसँग हुँदा आज्ञा गरेका थियौं, “यदि कसैले काम गर्न चाहँदैन भने, त्यसले खाना पनि नखाओस्” ।
\v 11 किनकि हामीले सुन्यौं कोही-कोही अल्छी भएर काम नगरीकन तिमीहरूको माझमा हिंड्छन्, तिनीहरू काम गर्दैनन् तर व्यर्थै अर्काको काममा हात लगाउनेहरू भएका छन् ।
\p
\v 12 यस्ताहरूलाई हामी ख्रीष्‍ट येशूमा आज्ञा र उत्साह दिन्छौं, कि तिनीहरू शान्तसँग काम गरून् र आफ्नै मेहेनतद्वारा जीविकोपार्जन गरून् ।
\p
\v 13 तर तिमी भाइहरू हो, जे असल छ त्यो गर्नबाट थकित नहोऔ,
\v 14 र यदि कसैले यो पत्रमा लेखिएको हाम्रो आज्ञालाई पालना गर्दैन भने त्यसको विषयमा ख्याल गर र त्यससँग कुनै सम्बन्ध नराख ताकि त्यो शर्ममा परोस् ।
\v 15 तरपनि त्यसलाई शत्रुलाई झैँ व्यवहार नगर तर आफ्नो भाइ सम्झेर सुझाव देओ ।
\p
\v 16 शान्तिका प्रभु आफैंले तिमीहरूलाई सदासर्वदाका लागि हरेक मार्गमा शान्ति प्रदान गरून् । प्रभु तिमीहरू सबैसँग रहुन्।
\v 17 म, पावल, यो मेरो आफ्नै हातले लेखेको हुँ जुन मैले लेख्‍ने हरेक पत्रहरूमा भएको चिन्ह हो ।
\v 18 हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरू सबैमा रहोस् । आमेन ।

162
55-1TI.usfm Normal file
View File

@ -0,0 +1,162 @@
\id 1TI
\ide UTF-8
\h १ तिमोथी
\toc1 १ तिमोथी
\toc2 १ तिमोथी
\toc3 1ti
\mt १ तिमोथी
\c 1
\cl अध्याय १
\p
\v 1 हाम्रा मुक्तिदाता परमेश्‍वर र हाम्रो आशा ख्रीष्‍ट येशूको आज्ञा अनुसार ख्रीष्‍ट येशूको प्रेरित पावल,
\v 2 विश्‍वासमा साँचो पुत्र तिमोथीलाईः परमेश्‍वर पिता र हाम्रा प्रभु ख्रीष्‍ट येशूबाट अनुग्रह, कृपा र शान्ति ।
\p
\v 3 मैले म्‍याकेडोनिया जाँदै गर्दा तिमीलाई आग्रह गरेजस्तै एफिससमा नै बस ताकि तिमीले केही मानिसहरूलाई भिन्‍न सिद्धान्त नसिकाउनलाई आज्ञा दिन सक।
\v 4 नत तिनीहरूले कथाहरू र अनन्त वंशावलीहरूतिर ध्यान दिऊन् । यसले विश्‍वासद्वारा आउने परमेश्‍वरको योजनालाई सहायता पुर्‍याउनुको साटो विवादहरू उत्पन्‍न गर्छ ।
\v 5 तर आज्ञाको लक्ष्यचाहिं शुद्ध हृदय, असल विवेक र निष्‍कपट विश्‍वासबाट आउने प्रेम हो ।
\v 6 केही मानिसहरू यसबाट बरालिएर खोक्रा कुराहरूतिर फर्केका छन् ।
\v 7 तिनीहरू व्यवस्थाको शिक्षकहरू बन्‍न चाहन्छन्, तर तिनीहरूले जे भनिरहेका छन् वा तिनीहरूले जे कुरामा निश्‍चयतासाथ पक्का गर्छन्, तिनीहरूले नै बुझ्दैनन् ।
\p
\v 8 तर यदि कसैले न्यायसंगत तवरले प्रयोग गर्छ भने व्यवस्था असल छ भन्‍ने हामीलाई थाहा छ ।
\v 9 हामी यो पनि जान्दछौं कि व्यवस्था धर्मी मानिसको निम्ति बनाइएको होइन, तर व्‍यावस्‍थाविहीन र विद्रोही मानिसहरूको निम्ति, अधर्मी मानिसहरू र पापीहरूको निम्ति, र ईश्‍वरहिन र अपवित्र हुनेहरूको निम्ति, आफ्ना बाबुहरू र आमाहरूलाई मार्नेहरूको निम्ति, हत्याराहरूका निम्ति,
\v 10 अनैतिक यौनसम्‍बन्‍ध राख्‍ने मानिसहरूका निम्ति, समलिंगीहरूका निम्ति, दास बनाउनको लागि अपहरण गर्नेहरूका निम्ति, झूट बोल्नेहरूका निम्ति, झूटो गवाही दिनेहरूका निम्ति, र सत्य शिक्षाको विरूद्धमा हुनेहरूको निम्ति हो ।
\v 11 यो मलाई विश्‍वाससाथ सुम्पिएको, धन्य परमेश्‍वरको महिमित सुसमाचार अनुसार छ ।
\p
\v 12 म ख्रीष्‍ट येशू हाम्रो प्रभुलाई धन्यवाद दिन्छु । उहाँले मलाई शक्ति दिनुभयो, किनकि उहाँले मलाई विश्‍वासयोग्य ठानेर सेवामा नियुक्‍त गर्नुभयो ।
\v 13 म पहिला ईश्‍वरनिन्दा गर्ने, सताउने र एउटा हिंस्रक मानिस थिएँ । तर ती मैले अन्‍जानमा र अविश्‍वासमा गरेको कारण मैले कृपा प्राप्‍त गरें ।
\v 14 र हाम्रो प्रभुको अनुग्रह, ख्रीष्‍ट येशूमा भएको विश्‍वास र प्रेमको साथ पोखिने गरी उर्लिआयो।
\p
\v 15 यो सन्‍देश विश्‍वासयोग्य र सर्वस्वीकारयोग्य छ, कि ख्रीष्‍ट येशू पापीहरूलाई बचाउनलाई यस संसारमा आउनुभयो । म यी सबैभन्दा तुच्छ हुँ ।
\v 16 तर यही कारणको निम्ति मलाई दया गरियो ताकि पहिला, ख्रीष्‍ट येशूले आफ्नो सारा धैर्यता प्रकट गर्न सक्‍नुभएको होस् ।उहाँले यो अनन्त जीवनको लागि उहाँमाथि विश्‍वास गर्नेहरूको निम्ति एउटा उदाहरणस्‍वरूप गर्नुभयो ।
\p
\v 17 अब युगहरूका राजा, अविनाशी, अद‍ृश्य, एकमात्र परमेश्‍वरलाई सदासर्वदा आदर र महिमा होस् । आमेन ।
\v 18 मेरो छोरो तिमोथी, तिम्रो बारेमा पहिला गरिएका अगमवाणीहरूअनुसार, तिमीलाई म यो आज्ञा दिंदैछु ताकि तिमी असल लडाइँ लड्‍न सक,
\v 19 विश्‍वास र असल विवेक कायम गर । केही मानिसहरूले यी कुराहरूलाई इन्कार गरेर विश्‍वासको जहाज डुबाएका छन् ।
\v 20 ती हुमेनियस र अलेक्जेन्डर हुन् जुनहरूलाई मैले शैतानको हातमा सुम्पें ताकि निन्दा गर्नुहुँदैन भनेर तिनीहरूलाई सिकाइन सकियोस् ।
\c 2
\cl अध्याय २
\p
\v 1 त्यसकारण, सर्वप्रथम म आग्रह गर्छु कि अनुरोधहरू, प्रार्थनाहरू, अन्तरबिन्तीहरू र धन्यवादज्ञापनहरू सबै मानिसहरूका लागि,
\v 2 राजाहरूका लागि र अधिकारमा हुनेहरूका लागि चढाइऊन्, ताकि हामीले हरप्रकारले धार्मिक र मर्यादापूर्वक, शान्तिपूर्ण र शान्ति जीवन जिउन सकौं ।
\v 3 यो परमेश्‍वर हाम्रा मुक्तिदाताको सामु असल र ग्रहणयोग्य छ ।
\v 4 उहाँले सबै मानिसहरू बाचून् र सत्यताको ज्ञानमा आऊन् भन्‍ने चाहनुहुन्छ ।
\v 5 किनकि परमेश्‍वर एकमात्र हुनुहुन्छ, अनि मानिस र परमेश्‍वरको बीच केवल एकमात्र मध्यस्तकर्ता, मानिस ख्रीष्‍ट येशू हुनुहुन्छ ।
\v 6 ठीक समयमा गवाहीको रूपमा, उहाँले आफैंलाई सबैका छुटकाराको मोल स्वरूप दिनुभयो ।
\v 7 यसै उद्देश्यको लागि म एक सन्‍देशवाहक र एक प्रेरितको रूपमा नियुक्त भएको थिएँ—म साँचो बोल्दैछु; मैले ढाँटिरहको छैनँ—म विश्‍वास र सत्यतामा अन्यजातिहरूको शिक्षक हुँ ।
\p
\v 8 त्यसकारण म सबै ठाउँमा पुरुषहरूले विना क्रोध र विवाद, पवित्र हातहरू उचालेर प्रार्थना गरेको चाहन्छु ।
\v 9 यसैगरी स्‍‍त्रीहरूले भद्रता र आत्मसंयमताकासाथ सुहाउँदो वस्‍‍त्र पहिरुन्, कपालको सृंगारपटार वा सुन वा मोती वा बहुमूल्य वस्‍‍त्र पहिरेर होइन,
\v 10 तर भक्ति देखाउने स्‍‍त्रीहरूलाई सुहाउने असल कामहरूद्वारा सुसज्जित होऊन् ।
\v 11 एउटा स्‍‍त्रीले सारा समर्पणका साथ चुपचापसित सिकून् ।
\v 12 म स्‍‍त्रीलाई सिकाउन र पुरुषमाथि अधिकार गर्न अनुमति दिन्‍नँ तर तिनी चुपचाप रहून् ।
\v 13 किनकि आदम पहिले सृष्‍टि भएका थिए त्यसपछि हव्वा ।
\v 14 आदम छलिएका थिएनन् तर स्‍‍त्री छलिएकी थिइन् र अपराधी भइन् ।
\v 15 तरैपनि, यदि तिनीहरू विश्‍वास र प्रेम र मनको स्वस्थतामा पवित्रीकरणमा लागि रहे भने बालक जन्माउँदा तिनी बचाइनेछिन् ।
\c 3
\cl अध्याय ३
\p
\v 1 यो भनाइ भरोसायोग्य छः यदि कसैले बिशप हुने इच्छा गर्छ भने तिनले असल कामको इच्छा गर्छन् ।
\v 2 तसर्थ, बिशपचाहिं दोषरहित हुनुपर्छ । तिनी एउटा पत्‍नीको पति हुनुपर्छ । तिनी संयमी, समझदार, व्‍यवस्‍थित, र अथिति सत्कार गर्ने हुनुपर्छ। तिनी सिकाउन सक्‍ने हुनुपर्छ ।
\v 3 तिनी मतवाला र झगडा गर्ने हुनुहुँदैन तर त्यसको सट्टा भद्र, नम्र, शान्तिपूर्ण हुनुपर्छ । तिनी रूपैयाँपैसाको लोभ गर्ने हुनुहुँदैन।
\v 4 तिनले आफ्नो घरबार राम्रोसँग व्यवस्थापन गर्नुपर्छ, र तिनका छोराछोरीले तिनको आज्ञापालन पूरा आदरका साथ गर्नुपर्छ ।
\v 5 किनकि यदि एउटा मानिसले आफ्नो घरलाई राम्रोसँग व्यवस्थापन गर्न जान्दैन भने तिनले कसरी परमेश्‍वरको मण्डलीको वास्‍ता गर्न सक्छ?
\v 6 तिनी नयाँ विश्‍वासी हुनुहुँदैन ताकि तिनी घमण्डी भएर शैतानझैं दण्डमा नपरून् ।
\v 7 तिनी बाहिरका मानिसहरूको द‍ृष्‍टिकोणमा पनि प्रतिष्‍ठित हुनुपर्छ, ताकि तिनी शर्ममा र दुष्‍टको पासोमा नपरून् ।
\p
\v 8 त्‍यसैगरी डिकनहरू पनि प्रतिष्‍ठित हुनुपर्छ, दुई-जिब्रे हुनुहुँदैन। तिनीहरूले धेरै मद्य पिउनुहुँदैन, वा लोभी हुनुहुँदैन।
\v 9 तिनीहरूले प्रकट गरिइएको विश्‍वासको सत्यतालाई शुद्ध विवेकले कायम राख्‍नुपर्छ ।
\v 10 तिनीहरू पहिले स्‍वीकृत हुनुपर्छ, र त्यसपछि तिनीहरूले सेवामा गर्नुपर्छ किनभने तिनीहरू दोषरहित छन् ।
\v 11 त्‍यसैगरी तिनीहरूका पत्‍नीहरू पनि प्रतिष्‍ठित हुनुपर्छ, निन्‍दा गर्नेहरू होइन, तर नम्र र सबै कुरामा विश्‍वासयोग्‍य हुनुपर्छ ।
\v 12 डिकनहरू एउटा पत्‍नीको पति हुनुपर्छ । तिनीहरूले आफ्ना छोराछोरीहरू र घरलाई राम्रोसँग व्‍यवस्‍थापान गर्ने हुनुपर्छ ।
\v 13 किनभने तिनीहरू जसले असल सेवा गरेका छन्, तिनीहरूले आफ्नो निम्ति प्रतिष्‍ठा र ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा ठुलो भरोसा पाउँछन् ।
\p
\v 14 मैले तिमीलाई यी कुराहरू लेख्दै गर्दा, म तिमी कहाँ चाँडै आउने आशा गर्छु ।
\v 15 तर यदि मैले ढिलो गरें भने परमेश्‍वरको घराना जुन जीवित परमेश्‍वरको मण्डली, सत्यताको खाँबो र आड हो, त्‍यसमा कसरी व्यवहार गर्नुपर्छ भनेर तिमीले थाहा गर्न सक भन्‍ने हेतुले म तिमीलाई लेख्‍दैछु ।
\v 16 हामी सबै सहमत छौं कि भक्तिको रहस्य महान् छः "उहाँ शरीरमा प्रकट हुनुभयो, पवित्र-आत्माद्वारा धर्मी ठहरिनुभयो, स्वर्गदूतहरूबाट देखिनुभयो, जाति-जातिहरूको माझमा घोषणा गरिनुभयो, संसारमा विश्‍वास गरिनुभयो, र महिमामा माथि लगिनुभयो ।”
\c 4
\cl अध्याय ४
\p
\v 1 अहिले आत्माले प्रष्‍टसँग भन्‍नुहुन्छ कि पछि आउने समयमा केही मानिसहरूले विश्‍वासलाई त्याग्‍नेछन् र छली आत्माहरू र भूतप्रेतका शिक्षाहरूतिर ध्यान दिनेछन् ।
\v 2 झूट बोल्ने कपटीपनमा, तिनीहरूका आफ्नै विवेकहरू तातो फलामले दामिनेछन् ।
\v 3 तिनीहरूले विवाह गर्न र खाना खान मनाही गर्नेछन् जुन कुरा, सत्यलाई जान्‍ने विश्‍वासीहरूको बीचमा धन्यवाद दिएर ग्रहण गर्नलाई परमेश्‍वरले सृष्‍टि गर्नुभयो ।
\v 4 किनकि परमेश्‍वरले सृष्‍टि गर्नुभएको हरेक चिज असल छ । हामीले धन्यवाद दिएर लिएका कुनै कुराहरू इन्कार गरिनुपर्दैन।
\v 5 किनकि यो परमेश्‍वरको वचन र प्रार्थनाद्वारा पवित्र गरिएको छ ।
\v 6 यदि तिमीले यी कुराहरू दाजुभाइहरूको अगाडि राखिदियौ भने, तिमी येशू ख्रीष्‍टको असल सेवक हुनेछौ । किनकि तिमी विश्‍वासको वचन र तिमीले पछ्‍याएको असल शिक्षाद्वारा पोषित हुनेछौ ।
\v 7 तर वृद्ध स्‍‍‍त्रीहरूबाट प्रेम गरिएका संसारिक कथाहरू अस्वीकार गर । बरू आफैंलाई भक्तिमा तालिम देऊ ।
\v 8 किनकि शारीरिक तालिम केही उपयोगी हुन्छ तर भक्तिचाहिं सबै कुराको लागि उपयोगी हुन्छ । यसमा यो अहिलेको जीवन र आउने जीवनको लागि प्रतिज्ञा रहेको हुन्छ ।
\v 9 यो सन्‍देश भरोसायोग्य र पूरा स्वीकारको योग्य छ ।
\v 10 किनकि यसैको लागि हामी संघर्ष र कठिन परिश्रम गर्छौं । किनकि हामी जीवित परमेश्‍वरमा भरोसा गर्छौं, जो सबै मानिसहरू, विशेष गरी विश्‍वासीहरूका उद्धारकर्ता हुनुहुन्छ ।
\v 11 यी कुराहरू घोषणा गर र सिकाऊ ।
\p
\v 12 कसैले पनि तिम्रो जवानीलाई तुच्‍छ नठानोस् । बरू, तिमी विश्‍वास गर्नेहरूको लागि वचनमा, व्यवहारमा, प्रेममा, विश्‍वासमा, र पवित्रतामा उदाहरण होऊ ।
\v 13 म नआउँदासम्म वचन पढाइमा, अर्ती दिने कुरामा, र शिक्षा दिने कुरामा ध्‍यान देऊ ।
\v 14 तिमीमा भएको वरदानलाई हेला नगर, जुन वरदान एल्‍डरहरूले हात राखेर अगमवाणीद्वारा तिमीलाई दिइएको थियो ।
\v 15 यी कुराहरूको ख्याल राख । तिनीहरूमा लागिबस, ताकि तिम्रो प्रगति सबै मानिसहरूको सामु प्रकट होस् ।
\p
\v 16 आफैँलाई र आफ्‍नो शिक्षालाई होसियारीसाथ ध्यान देऊ । यी कुराहरूमा निरन्तर ध्यान देऊ । किनकि यसो गर्नाले तिमीले आफुलाई र तिम्रो वचन सुन्‍नेहरूलाई बचाउने छौ ।
\c 5
\cl अध्याय ५
\p
\v 1 वृद्धमानिसलाई नहप्काऊ । बरू आफ्नै बाबुलाई झैं सम्‍झाऊ । जवानहरूलाई आफ्नै भाइहरूझैं,
\v 2 वृद्ध स्‍‍‍त्रीहरूलाई आमालाई झैं, र जवान स्‍‍‍त्रीहरूलाई सारा शुद्धतामा दिदीबहिनीलाई झैं सम्‍झाऊ ।
\p
\v 3 जो साँचो विधवाहरू हुन्, तिनीहरूको आदर गर ।
\v 4 तर यदि कुनै विधवाको छोराछोरी वा नातिनातिनीहरू छन् भने तिनीहरूको घरानामा नै पहिला तिनीहरूले आदर देखाउन सिकून । तिनीहरूले आफ्ना आमाबाबुहरूको ऋण चुकाऊन्, किनभने यो चाहिं परमेश्‍वरलाई खुसी तुल्‍याउने कुरा हो ।
\v 5 तर वास्तविक विधवा, जो एक्लै छोडिइन्, तिनले आफ्नो भरोसा परमेश्‍वरमा राखेकी छिन् र रातदिन बिन्ती र प्रार्थनामा निरन्तर लागिरहन्‍छिन् ।
\v 6 तैपनि मोजमस्तीको लागि जिउने स्‍‍‍त्री जिउँदै मरेकी जस्‍तै हुन्‍छिन् ।
\v 7 यी निर्देशनहरू पनि देऊ, ताकि तिनीहरू दोषरहित होऊन् ।
\v 8 तर यदि कसैले आफ्ना नातेदारहरू विशेषगरी आफ्नै घरानाहरूको लागि जुटाउँदैन भने त्यसले विश्‍वासलाई इन्कार गरेको हुन्छ र एउटा विश्‍वास नगर्ने भन्दा पनि खराब हुन्छ ।
\p
\v 9 साठी वर्षभन्दा कम उमेर नभएकी, एउटै पतिको पत्‍नी भएर बसेकी स्‍‍‍त्रीलाई मात्र विधवाको सूचीमा राख्‍नू ।
\v 10 तिनी असल कामहरूले चिनिएकी हुनुपर्छ चाहे तिनले छोराछोरीहरूको वास्ता गरेकी हुन् वा परदेशीहरूको सत्कार गरेकी हुन्, वा परमेश्‍वरका पवित्र जनहरूका खुट्टा धोएकी हुन् वा सबै असल काममा समर्पित भएकी हुन् ।
\v 11 तर जवान विधवाहरुलाई सूचीमा लेख्‍न इन्कार गर । किनकि जब तिनीहरूले ख्रीष्‍ट विरूद्ध शारीरिक अभिलाषाको अघि हार खान्‍छन्, तिनीहरूले विवाह गर्ने इच्छा गर्छन् ।
\v 12 यसरी तिनीहरूले पहिलेको प्रतिबद्धता तोडेर दोषको वशमा पर्छन् ।
\v 13 त्यस्तै तिनीहरू अल्छी गर्ने पनि हुन्छन् र घर-घर चहार्ने हुन्छन् । तिनीहरू अल्छी गर्ने मात्र होइन तर तिनीहरूले भन्‍न नहुने कुरा भन्दै कुरौटे र अर्काको काममा हस्‍तक्षेप गर्ने पनि बन्‍छन् ।
\v 14 यसकारण म चाहन्छु जवान स्‍‍‍‍त्रीहरूले विवाह गरून्, बालबच्‍चा जन्माउन्, घरबार चलाऊन्, र हाम्रा विरोधीहरूलाई हामीमाथि दोष लगाउने मौका नदिऊन् ।
\v 15 किनकि कोही त अघि नै शैतानको पछि लागिसकेका छन् ।
\p
\v 16 यदि कोही विश्‍वासी स्‍‍त्रीसँग विधवाहरू छन् भने तिनले तिनीहरूलाई सहायता गरून्, ताकि मण्डलीलाई बोझ नहोस्, ताकि यसले वास्तविक विधवाहरूको सहायता गर्न सकोस् ।
\p
\v 17 असल तरिकाले प्रशासन चलाउने एल्डरहरू दोब्बर आदरकायोग्य ठानिऊन्, विशेषगरी उहाँहरू जसले वचन र शिक्षा दिने काम गर्नुहुन्छ ।
\v 18 किनकि पवित्रशास्‍‍त्र भन्छ, “तिमीहरूले दाँइ गर्दै गरेको गोरुको मुखमा मोहोलो नलगाऔ” र “कामदार त्यसको ज्यालाको योग्य हुन्छ ।”
\p
\v 19 दुई वा तीन जना साक्षीहरू बिना एउटा एल्डरको विरूद्ध लगाइएको आरोप स्वीकार नगर ।
\v 20 पापीहरूलाई सबैको सामु सुधार गर ताकि बाँकी रहेकाहरू पनि डराऊन् ।
\p
\v 21 परमेश्‍वरको, ख्रीष्‍ट येशूको र चुनिएको स्वर्गदूतहरूको सामु म तिमीलाई निष्‍ठापूर्वक आज्ञा दिन्छु कि यी नियमहरू बिना भेदभाव पालना गर र तिमीले कुनै पनि कुरामा पक्षपात नगर ।
\p
\v 22 कसैमाथि पनि हात राख्‍न हतार नगर । अरूको पापमा सहभागी नहोऊ । तिमीले आफैंलाई पवित्र राख्‍नुपर्छ ।
\v 23 तिमीले पानी मात्र नपिउनू । बरू त्‍यसको सट्टा पेट र तिम्रो घरिघरि हुने बिमारीको निम्ति थोरै दाखमद्य खाने गर ।
\v 24 केही मानिसहरूका पापहरू स्पष्‍ट थाहा हुन्छन् र ती पापहरू तिनीहरू अघि नै न्यायमा जान्छन् । तर केही पापहरू पछि मात्र जान्छन् ।
\v 25 त्यसैगरी केही असल कामहरू स्पष्‍ट थाहा हुन्छन्, तर अरूहरूलाई पनि लुकाएर राख्‍न सकिंदैन।
\c 6
\cl अध्याय ६
\p
\v 1 दासहरूको रूपमा जुवामुनि भएका सबैले आफ्‍ना मालिकहरूलाई पूरा सम्मानको योग्य सम्‍झून् । तिनीहरूले त्‍यसो गर्नुपर्छ ताकिे परमेश्‍वरको नाउँ र शिक्षा निन्‍दित नहोस् ।
\p
\v 2 विश्‍वास गर्ने मालिक भएका दासहरूले तिनीहरू दाजुभाइ हुन् भन्‍दैमा अवहेलना गर्नुहुँदैन । बरू तिनीहरूले अझ बढी सेवा गर्नुपर्छ । किनकि तिनीहरूका कामद्वारा सहयोग पाउने मालिकहरू विश्‍वासीहरू र प्रियहरू हुन् । यी कुराहरू सिकाऊ र घोषणा गर ।
\p
\v 3 यदि कसैले झुटो शिक्षा सिकाउँछ र हाम्रो प्रभु येशू ख्रीष्‍टको उचित वचन र ईश्‍वरीय शिक्षासँग सहमत हुँदैन भने
\v 4 त्‍यो घमण्डी हो र केही पनि जान्दैन । त्यसको विवादास्पद कुराहरूमा र शब्दहरूको बारेमा भएका तर्क वितर्कमा अस्वस्थ रुची हुन्छ जसको परिणाम डाह, कलह, बदनामी, खराब शंकाहरू र,
\v 5 भ्रष्‍ट वुद्धि भएका मानिसहरूले बीचमा वादविवाद हुन्छ । तिनीहरूले सत्यतालाई गुमाएका छन् र तिनीहरू भक्तिलाई धनी हुने बाटो सम्‍झन्‍छन् । \f + \ft केही पुराना प्रतिलिपिमा यो उपदेश थपिएको छ \fqa यस्ता कुराहरूबाट टाढै बस \fqa* । तर मुख्य प्राचीन प्रतिलिपिमा यो छैन । \f*
\p
\v 6 अब सन्तुष्‍टिसहितको भक्ति नै ठूलो लाभ हो,
\v 7 किनकि हामीले संसारमा केही ल्‍याएनौं र यहाँबाट केही लान सक्‍दैनौं ।
\v 8 बरू हामी खानेकुरा र कपडाहरूमा सन्तुष्‍ट होऔं ।
\v 9 अब धनी हुन चाहनेहरू परिक्षामा पर्छन्, पासोमा फस्‍छन् । तिनीहरू धेरै मूर्ख र हानिकारक वासनाहरूमा, र मानिसलाई बर्वादी र विनाशमा डुबाउने अरू जुनसुकै कुराहरूमा फस्छन् ।
\v 10 किनकि रूपैयाँ पैसाको मोह नै सबै किसिमको खराबीहरूको जड हो । यसको चाह गर्ने केही मानिसबाट विश्‍वासबाट टाढा भडकाइएका छन् र धेरै पीडाले आफैंलाई घोचेको छन् ।
\p
\v 11 तर तिमी, परमेश्‍वरका जन, यी कुराहरूबाट भाग । धार्मिकता, भक्ति, विश्‍वासयोग्यता, प्रेम, धैर्यता र नम्रताको पछि लाग ।
\v 12 विश्‍वासको उत्तम लडाई लड । अनन्त जीवनलाई पक्री राख जसका लागि तिमी बोलाइएका थियौ, र जसको बारेमा धेरै गवाहहरूको सामु तिमीले असल गवाही दियौ।
\p
\v 13 सबै कुराहरूलाई अस्‍तित्वमा ल्‍याउनु हुने परमेश्‍वर र पन्‍तियस पिलातसको अघि असल गवाही दिनुहुने ख्रीष्‍ट येशूको अगाडि म तिमीलाई यी आज्ञाहरू दिन्छु कि
\v 14 यस आज्ञालाई हाम्रा प्रभु येशू ख्रीष्‍ट देखा नपरुन्जेल खोटरहित र दोषरहित राख ।
\v 15 परमेश्‍वरले उपयुक्त समयमा ख्रीष्‍टको आगमनलाई प्रकट गर्नुहुनेछ जो परमेश्‍वर, धन्य र सर्वशक्‍तिमान्, राज्‍य गर्ने राजा, शासन गर्ने परमप्रभु हुनुहुन्छ।
\v 16 केवल उहाँ मात्र अमर हुनुहुन्छ र कोही पनि जान नसक्‍ने ज्योतिमा वास गर्नुहुन्छ । नत उहाँलाई कसैले देखेको छ नत देख्‍न सक्छ । उहाँलाई नै आदर र अनन्त शक्‍ति होस् । आमेन ।
\p
\v 17 यस संसारका धनीहरूलाई, घमण्ड नगर्न र अनिश्‍चित सम्पत्तिमा आशा नगर्न भन । बरु तिनीहरूले परमेश्‍वरमा आशा राख्नुपर्छ । उहाँले हामीलाई सबै साँचो सम्पत्तिहरू आनन्दका लागि दिनुहुन्छ ।
\v 18 तिनीहरूलाई असल काम गर्न, असल काममा धनी हुन, उदार हुन र बाँडचुड गर्ने इच्छा गर्न भन ।
\v 19 यसरी तिनीहरूले आउने कुराको लागि असल जग आफ्नो लागि भण्‍डार गर्नेछन् ताकि तिनीहरूले साँचो जीवनलाई पक्रिराखून् ।
\p
\v 20 तिमोथी, तिमीलाई दिइएको कुरा सुरक्षित राख । मूर्खतापूर्ण बातचित र विरोधाभाषपूर्ण विचारहरू जुन झुटो ज्ञान हो, तीबाट अलग बस ।
\v 21 कोही मानिसहरू यी कुराहरूको घोषणा गर्छन् र यसरी तिनीहरू विश्‍वासबाट चुकेका छन् । तिमीसँग अनुग्रह रहिरहोस् ।

120
56-2TI.usfm Normal file
View File

@ -0,0 +1,120 @@
\id 2TI
\ide UTF-8
\h २ तिमोथी
\toc1 २ तिमोथी
\toc2 २ तिमोथी
\toc3 2ti
\mt २ तिमोथी
\c 1
\cl अध्याय १
\p
\v 1 पावल, परमेश्‍वरको इच्छाद्वारा ख्रीष्‍ट येशूका प्रेरित, ख्रीष्‍ट येशूमा भएको जीवनको प्रतिज्ञाअनुसार,
\v 2 प्रिय बालक तिमोथीलाईः पिता परमेश्‍वर र हाम्रा प्रभु ख्रीष्‍ट येशूको अनुग्रह, कृपा र शान्ति ।
\p
\v 3 मैले दिन-रात तिमीलाई निरन्तर मेरो प्रार्थनामा सम्झिरहँदा म परमेश्‍वरलाई धन्यवाद चढाँउछु, जसको सेवा मेरा पुर्खाहरूले गरेझैँ म शुद्ध विवेकले गर्छु ।
\v 4 तिम्रो आँसुको सम्झना गर्दै म तिमीलाई भेट्न चाहन्छु, ताकि म आनन्दले भरिन सकूँ ।
\v 5 मलाई तिम्रो साँचो विश्‍वासको सम्झना भएको छ जुन सर्वप्रथम तिम्री हजुरआमा लोइस र तिम्री आमा युनिसमा थियो र त्यो तिमीमा पनि छ भन्‍ने कुरामा म विश्‍वस्त छु ।
\p
\v 6 यही कारणले गर्दा मैले तिमीमाथि हात राखेर तिमीले प्राप्‍त गरेको परमेश्‍वरको वरदानलाई फेरि प्रज्वलित पार भनी म तिमीलाई सम्झना गराउँदैछु ।
\v 7 किनकि परमेश्‍वरले हामीलाई डरको आत्मा होइन तर शक्‍ति र प्रेम र अनुशासनको आत्मा दिनुभयो ।
\p
\v 8 तब हाम्रा प्रभुको बारेमा गवाही दिन नशर्माऊ, न मेरो बारेमा, म पावल उहाँका एक कैदी हुँ । बरु, परमेश्‍वरको शक्‍तिअनुसार सुसमाचारको खातिर कष्‍टमा सहभागी होओ ।
\v 9 उहाँ परमेश्‍वर हुनुहुन्छ जसले हामीलाई उहाँको पवित्र बोलावटमा बचाउनुभयो र बोलाउनुभयो । उहाँले हाम्रो आफ्नै कामहरूद्वारा होइन, तर उहाँको आफ्नो योजना र अनुग्रहअनुसार यसो गर्नुभयो । उहाँले यी कुराहरू हामीलाई ख्रीष्‍ट येशूमा समयको सुरुवातभन्दा अगि नै प्रदान गर्नुभयो ।
\v 10 तर अहिले हाम्रा मुक्तिदाता ख्रीष्‍ट येशूको आगमनद्वारा परमेश्‍वरको मुक्ति प्रकट गरिएको छ ।उहाँ ख्रीष्‍ट हुनुहुन्छ जसले मृत्युलाई नाश पार्नुभयो र सुसमाचारद्वारा कहिल्यै अन्त नहुने जीवन ल्याउनुभयो ।
\v 11 त्यसैको निम्ति म प्रचारक, प्रेरित र शिक्षक हुन नियुक्‍त भएको थिएँ । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौं, \fqa गैर-यहूदीहरूको लागि \fqa* । \f*
\v 12 यसको निम्ति म पनि सतावटमा परेको छु । तर म शर्माऊँदिनँ, किनकि म उहाँलाई जान्दछु जसलाई मैले विश्‍वास गरेको छु । म विश्‍वस्त छु कि उहाँले मैले सुम्पेका सबै कुराहरूलाई अन्तिम दिनसम्म सुरक्षित राख्‍न सक्नुहुन्छ ।
\p
\v 13 ख्रीष्‍ट येशूको विश्‍वास र प्रेममा तिमीले मबाट सुनेको असल शिक्षाको अनुसरण गर ।
\v 14 जुन-जुन असल कुराहरू परमेश्‍वरले तिमीलाई सुम्पनुभएको छ, त्यसलाई हामीभित्र बास गर्नुहुने पवित्र आत्माद्वारा सुरक्षित राख ।
\p
\v 15 तिमीलाई यो थाहा छ, कि एसियामा हुनेहरू सबै मबाट तर्केर गएका छन् । यो समूहमा फुगेलस र हर्मोगेनस पर्छन् ।
\v 16 प्रभुले ओनेसिफरसको घरानालाई कृपा प्रदान गर्नुभएको होस्, किनकि तिनले प्रायःजसो मलाई उत्साह दिए र मेरा साङ्लाहरूको शर्म मानेनन् ।
\v 17 बरु जब तिनी रोममा आए तिनले परिश्रमपूर्वक खोजेर मलाई भेट्टाए ।
\v 18 त्यस दिनमा प्रभुले उहाँबाट तिनलाई कृपा प्रदान गर्नुभएको होस् । तिमीलाई राम्ररी थाहा छ, कि एफिससमा तिनले मलाई सबै किसिमको सहायता गरेका थिए ।
\c 2
\cl अध्याय २
\p
\v 1 त्यसैकारण, मेरा बालक, ख्रीष्‍ट येशूमा भएको अनुग्रहमा बलियो होऊ ।
\v 2 र धेरै गवाहीको माझमा तिमीले जे कुरा मबाट सुनेका छौ, अरूलाई पनि सिकाउन सक्‍ने विश्‍वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ ।
\p
\v 3 ख्रीष्‍ट येशूको असल सिपाहीझैं मसँग कष्‍ट भोग ।
\v 4 सिपाहीमा भर्ना भएको कुनै पनि जवान आफ्नो जीवनको अन्य काममा लाग्दैन, ताकि त्यसले आफ्नो हाकिमलाई खुसी पार्न सकोस् ।
\v 5 यदि कोही खेलाडीको रूपमा खेलमा भाग लिन्छ भने, त्यसले नियमअनुसार नखेली मुकुट जित्‍न सक्दैन ।
\v 6 परिश्रम गर्ने किसानले नै आफ्नो बालीको पहिलो भाग प्राप्‍त गर्नुपर्छ ।
\v 7 मैले भनिरहेका कुरामा विचार गर, किनकि प्रभुले तिमीलाई सबै कुरामा समझशक्‍ति दिनुहुनेछ ।
\v 8 दाऊदको वंशबाट आउनुभएका येशू ख्रीष्‍टको सम्झना गर, जो मृतकबाट जीवित भई उठ्‍नुभयो । यो मैले सुसमाचारको सन्देशमा भनेअनुसार हो,
\v 9 जुन कुराको लागि मैले अपराधीझैं बन्धनमा पर्ने अवस्थासम्म कष्‍ट भोगिरहेको छु । तर परमेश्‍वरको वचन बन्धनमा परेको छैन ।
\v 10 त्यसैकारण चुनिएकाहरूका लागि म सबै कुरा सहन्छु, ताकि तिनीहरूले पनि अनन्तको महिमाका साथ ख्रीष्‍ट येशूमा भएको मुक्‍ति प्राप्‍त गरून् ।
\v 11 यो भरोसायोग्य भनाइ होः “यदि हामी उहाँसँगै मरेका छौं भने, हामी उहाँसँगै जीवित पनि हुनेछौं ।
\q
\v 12 यदि हामी सहन्छौं भने, हामी पनि उहाँसँगै राज्य गर्नेछौं । यदि हामी उहाँलाई इन्कार गर्छौं भने, उहाँले पनि हामीलाई इन्कार गर्नुहुनेछ ।
\q
\v 13 यदि हामी उहाँमा विश्‍वासयोग्य छैनौं भनेतापनि उहाँ विश्‍वासयोग्य रहनुहुन्छ, किनकि उहाँले आफैलाई इन्कार गर्नुहुन्‍न ।"
\p
\v 14 तिनीहरूलाई यी कुराहरूको निरन्तर सम्झना दिलाऊ । शब्दहरूमा तर्क-वितर्क नगर भनी तिनीहरूलाई परमेश्‍वरको अगाडि चेतावनी देओ; यसले केही फाइदा गर्दैन र सुन्‍नेहरूलाई नोक्सान मात्र गर्छ । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीकमा पाउँछौं, \fqa तिनीहरूलाई प्रभुको अगाडि चेतावनी देओ \fqa* । \f*
\p
\v 15 सत्यको वचनलाई ठीकसँग सिकाउने र शर्माउन नपर्ने कामदारजस्तै आफूले आफूलाई परमेश्‍वरको उपस्थितिमा स्वीकारयोग्य तुल्याउन भरमग्दुर प्रयत्‍न गर ।
\p
\v 16 भक्‍तिहीन कुरालाई त्याग, जसले तिमीहरूलाई अझ धेरै भक्‍तिहीनतातर्फ डोर्‍याउँछ ।
\v 17 तिनीहरूका कुरा निको नहुने सइनको घाउजस्तै फैलिनेछ । तिनीहरूमध्ये हुमेनियस र फिलेतस हुन्,
\v 18 जो सत्यताबाट बहकिएका छन् ।तिनीहरूले पुनरुत्थान पहिले नै भइसकेको छ भनेर भन्छन्, र केहीको विश्‍वासलाई नाश गर्छन् ।
\v 19 तथापि परमेश्‍वरको द‍ृढ जग स्थिर रहन्छ ।यसमा यस्तो छाप लागेको छ, “प्रभुले आफ्नाहरूलाई चिन्‍नुहुन्छ” र “जसले प्रभुको नाउँ लिन्छ, त्यो सबै अधर्मबाट टाढा रहनुपर्छ ।"
\p
\v 20 सम्पन्‍न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुँदैनन् । त्यहाँ काठ र माटाका भाँडाहरू पनि हुन्छन् । यीमध्ये केही आदर र केही अनादरको निम्ति प्रयोग हुन्छन् ।
\v 21 कसैले अनादरयोग्‍य प्रयोगबाट आफैलाई शुद्ध पार्छ भने, त्यो अलग गरिएको, मालिकको लागि उपयोगी र हरेक असल कामको लागि तयार भएको आदरको भाँडो हुन्छ ।
\v 22 जवानीको अभिलाषाबाट अलग बस । शुद्ध हृदयले प्रभुलाई पुकार्नेहरूसँगै धार्मिकता, विश्‍वास, प्रेम, शान्तिको खोजी गर ।
\p
\v 23 तर मूर्ख र अज्ञानी प्रश्‍नहरूलाई इन्कार गर । तिमीहरूलाई थाहा छ कि तिनीहरूले वादविवादलाई ल्याउँछन् ।
\v 24 प्रभुका सेवकहरूले झगडा गर्नुहुँदैन । बरु त्यो सबैप्रति दयालु, सिकाउन सक्‍ने र धैर्यवान् हुनुपर्छ ।
\v 25 त्यसले आफ्ना विरोधीहरूलाई विनम्रतामा सिकाउनुपर्छ । सायद परमेश्‍वरले तिनीहरूलाई सत्यताको ज्ञानको लागि पश्‍चात्ताप दिनुहुनेछ ।
\v 26 तिनीहरू फेरि सचेत हुनेछन् र दुष्‍टको इच्छा पूरा गर्नको लागि तिनीहरू त्यसद्वारा पक्राउ भइसकेपछि त्यसको पासोबाट उम्कनेछन् ।
\c 3
\cl अध्याय ३
\p
\v 1 तर यो जान कि अन्तिम दिनहरूमा खतरापूर्ण समय आउनेछ ।
\v 2 किनकि मानिसहरू आफैलाई प्रेम गर्नेहरू, धनका प्रेमी, घमण्डी, हठी, अरूको निन्दा गर्ने, आमा बुबाले भनेको नमान्‍ने, कृतघ्‍न, अपवित्र,
\v 3 स्वाभाविक प्रेमरहित, पुनर्मिलाप गर्न नसक्‍ने, निन्दा गर्नेहरू, आत्म-नियन्‍‍‍त्रण गर्न नसक्‍ने, विद्रोही, असल नरुचाउने,
\v 4 ठगाहा, लापर्वाह गर्नेहरू, घमण्डी, परमेश्‍वरको प्रेमी हुनुको साटो सुखविलास प्रेमी हुनेछन् ।
\v 5 तिनीहरूमा भक्तिको भेष हुनेछ, तर यसको शक्‍तिलाई भने इन्कार गर्नेछन् । यस्ता मानिसहरूबाट अलग बस ।
\v 6 किनकि तिनीहरूमध्ये केही यस्ता मानिसहरू छन् जसले घर-घरमा पसेर मूर्ख स्‍‍‍त्रीहरूलाई अधीनमा पार्छन् । यी यस्ता स्‍‍त्रीहरू हुन् जो पापले थिचिएका र धेरै अभिलाषाले प्रभावित भएका छन् ।
\v 7 यी स्‍‍‍त्रीहरू सधैं सिकिरहन्छन्, तर कहिल्यै सत्यको ज्ञानमा आउन सक्दैनन् ।
\v 8 जसरी यान्‍नेस र याम्ब्रेस मोशाको विरुद्धमा खडा भए, त्यसरी नै यी झुटा शिक्षकहरू सत्यको विरुद्धमा खडा हुन्छन् । तिनीहरू भ्रष्‍ट मन भएको मानिसहरू हुन्, र विश्‍वासको सन्दर्भमा तिनीहरू झूटा प्रमाणित भएका छन् ।
\v 9 तर तिनीहरू धेरै अगाडि जाने छैनन् । किनकि तिनीहरूको मूर्खता यी मानिसहरूको जस्तै सबै मानिसहरूलाई थाहा हुनेछ ।
\p
\v 10 तर तिमीहरूले मेरो शिक्षा, आचरण, उद्देश्य, विश्‍वास, धैर्य धारण, प्रेम, संयम,
\v 11 सतावट, दुःखभोग अनि एन्टिओखिया, आइकोनियन र लुस्‍‍‍त्रामा ममाथि आइपरेका कुराको अनुकरण गरेका छौ । मैले सतावटहरू सहें । प्रभुले मलाई ती सबैबाट छुटकारा दिनुभयो ।
\v 12 ख्रीष्‍ट येशूको भक्‍तिमा जिउन चाहने सबै सतावटमा पर्नेछन् ।
\v 13 दुष्‍ट मानिस र ठगाहाहरू, अरूहरू र तिनीहरू आफैँलाई भड्काउँदै, खराबबाट अझ खराब हुनेछन् ।
\v 14 तर तिमीचाहिं सिकेका र बलियोसँग विश्‍वास गरेको कुराहरूमा लागि राख, यो जानेर कि ती कुराहरू तिमीले कसबाट सिकेका हौ ।
\v 15 तिमीलाई थाहा छ, कि तिमीले सानैदेखि पवित्रशास्‍‍‍त्र जानेका छौ, जसले तिमीलाई ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्‍तिको लागि तिमीलाई बुद्धिमान् तुल्याउन सक्छ ।
\v 16 सम्‍पूर्ण पवित्रशास्‍‍‍त्र परमेश्‍वरबाट प्रेरित भएको हो । यो सिद्धान्तको लागि, दोष देखाउनको लागि, सच्‍याउनको लागि, धार्मिकतामा तालिम दिनको लागि लाभदायक छ,
\v 17 ताकि परमेश्‍वरको मानिस सक्षम भएर हरेक असल कामको लागि सुसज्जित हुन सकून् ।
\c 4
\cl अध्याय ४
\p
\v 1 परमेश्‍वर र ख्रीष्‍ट येशूको सामने, जसले जिउँदा र मरेकाहरूको न्याय गर्नुहुनेछ, उहाँको आगमन र राज्यको कारण, म तिमीहरूलाई कडा आज्ञा दिन्छुः
\v 2 वचन प्रचार गर; सजिलो र असजिलो दुवै अवस्थामा तयार बस । सबै प्रकारका धैर्य र शिक्षाद्वारा सुधार गर, हप्काऊ र अर्ती देऊ ।
\v 3 त्यस्तो समय आउनेछ जब मानिसहरूले असल शिक्षा सहने छैनन् । बरु, तिनीहरू आफ्नो अभिलाषाअनुसारका शिक्षकहरूको थुप्रो लगाउनेछन् जसले तिनीहरूका चिलाइरहेका कानले सुन्‍न चाहेका कुराहरू गर्छन् ।
\v 4 तिनीहरूले सत्यताबाट आफ्नो कान फर्काउनेछन् र दन्त्य कथातिर लाग्‍नेछन् ।
\v 5 तर तिमी सबै कुरामा सचेत होऊ । कष्‍ट भोग; प्रचारकको काम गर; आफ्नो सेवा पूरा गर ।
\p
\v 6 किनकि म अगिबाट नै बलिको रूपमा अर्पित भइरहेको छु । मेरो बिदाइको समय आएको छ ।
\v 7 मैले राम्रो प्रतिस्पर्धामा भाग लिएको छु; मैले दौड सिध्याएको छु; मैले विश्‍वासलाई जोगाइराखको छु ।
\v 8 मेरो लागि धार्मिकताको मुकुट राखिएको छ, जुन त्यस दिनमा धार्मिक न्यायाधीश प्रभुले मलाई दिनुहुनेछ, मलाई मात्र होइन तर उहाँको आगमनलाई प्रिय ठान्‍ने सबैलाई ।
\v 9 जतिसक्दो छिटो मकहाँ आऊ ।
\v 10 किनकि डेमासले मलाई छोडिदिए । यस वर्तमान संसारलाई प्रेम गरेर तिनी थेसलोनिकेमा गएका छन् । क्रेसेन्स गलातियामा गए र तीतसचाहिं दलमातियामा गए ।
\v 11 लूका मात्र मसँग छन् । मर्कूसलाई तिमीसँगै लिएर मकहाँ आऊ, किनभने काममा तिनी मेरो लागि उपयोगी छन् ।
\v 12 तुखिकसलाई मैले एफिससमा पठाए ।
\v 13 तिमी आउँदा मैले त्रोआसमा कार्पससित छाडेका कपडा र किताबहरू, विशेष गरी चर्मपत्रका मुट्ठाहरू लिएर आऊ ।
\p
\v 14 तमौटे अलेक्जेन्डरले मप्रति धेरै खराब व्यवहार देखायो । प्रभुले त्यसलाई त्यसका कामहरूअनुसारको बदला लिनुहुनेछ ।
\v 15 तिमी पनि त्यससँग होसियार होऊ, किनभने त्यो हाम्रो वचनको विरुद्धमा जोडदारसँग खडा भयो ।
\p
\v 16 मेरो पहिलो प्रतिरक्षामा कसैले मलाई साथ दिएन । बरु, सबैले मलाई छाडे । तिनीहरूको विरुद्धमा त्यो नगनियोस् ।
\v 17 तर प्रभु मसँग उभिनुभयो र मलाई बलियो बनाउनुभयो, ताकि मद्वारा सुसमाचारको पूर्ण रूपमा घोषणा हुन सकोस् र सबै गैरयहूदीहरूले सुन्‍न पाऊन् । र मैले सिंहको मुखबाट छुटकारा पाएँ ।
\v 18 प्रभुले मलाई सबै दुष्‍ट कामबाट छुटकारा दिनुहुनेछ, र उहाँको स्वर्गीय राज्यको लागि बचाउनुहुनेछ । उहाँलाई नै सदासर्वदा महिमा होस् । आमेन ।
\p
\v 19 प्रिस्किला, अकिलास र ओनेसिफरसको घरानालाई अभिवादन गर ।
\v 20 इरास्तस कोरिन्थमा नै बसे, तर त्रोफिमसलाई मैले बिरामी अवस्थामा मिलेटसमा छोडें ।
\v 21 हिउँद लाग्‍नुभन्दा अगाडि नै मकहाँ आउने कोसिस गर । युबुलसले तिमीलाई अभिवादन पठाएका छन् र पुडेस, लिनस, क्लौडिया र सबै भाइहरूले पनि ।
\v 22 प्रभु तिम्रो आत्मामा हुनुभएको होस् । तिमीसँग अनुग्रह रहोस् । आमेन ।

69
57-TIT.usfm Normal file
View File

@ -0,0 +1,69 @@
\id TIT
\ide UTF-8
\h Titus
\toc1 Titus
\toc2 Titus
\toc3 tit
\mt Titus
\c 1
\cl
\p
\v 1 परमेश्‍वरका सेवक र येशू ख्रीष्‍टका प्रेरित पावल, परमेश्‍वरद्वारा चुनिएका मानिसहरूको विश्‍वासकाे लागि र सत्यताको ज्ञानकाेलागि स्थापित गर्न जुन भक्‍तिसित सहमत हुँदछ,
\v 2 अनन्त जीवनको आशामा, झुटरहित परमेश्‍वरले समयका सबै युगभन्दा पहिले प्रतिज्ञा गर्नुभयो ।
\v 3 ठिक समयमा, हाम्रा मुक्‍तिदाता परमेश्‍वरको आदेशअनुसार मलाई प्रचार गर्न सुम्पिएको सन्देशद्वारा उहाँले आफ्नो वचन प्रकट गर्नुभयो ।
\v 4 हाम्रो साझा विश्‍वासमा साँचाे छोरा तीतसलाई, पिता परमेश्‍वर र हाम्रा मुक्‍तिदाता ख्रीष्‍ट येशूबाट अनुग्रह, र शान्ति ।
\v 5 किनकि अझै पूरा नभएका कुराहरूलाई तिमीले व्यवस्थित गर्न सकाेस् र मैले तिमीलाई निर्देशन गरेबमोजिम हरेक सहरमा एल्डरहरू नियुक्‍त गर्न सकाेस् भन्‍ने उद्देश्यले मैले तिमीलाई क्रेटमा छोडें ।
\v 6 एल्डर दोषरहित, एकै पत्‍नीका पति, दुष्‍ट वा अनुशासनहीनको दोष नलागेका विश्‍वासयोग्य छोराछोरीहरू भएको हुनुपर्छ ।
\v 7 परमेश्‍वरको घरानाका व्यवस्थापकको रूपमा बिशपका लागि दोषरहित हुनु आवश्‍यक छ । तिनी नझर्कने, छिटाे क्रोधित नहुने, मद्यको लत नलागेको, झैंझगडा नगर्ने र लोभ नगर्ने मानिस हुनुपर्छ ।
\v 8 बरू तिनी अतिथि सत्कार गर्ने र जे असल छ सोको मित्र हुनुपर्छ । तिनी संवेदनशील, धर्मी, पवित्र र आत्म-संयमी हुनुपर्छ ।
\v 9 तिनी सिकाइएकाे भरोसायोग्य वचनमा दह्रोसँग लाग्‍नुपर्छ, ताकि तिनले अरूहरूलाई उचित शिक्षाले उत्साह दिन सकून् र तिनको विरोध गर्नेहरूलाई सुधार्न सकून् ।
\p
\v 10 किनकि त्यहाँ धेरै अनुशासनहीन मानिसहरू, खाली कुरा गर्नेहरू र छल गर्नेहरू, विशेष गरी ती खतना गरेकाहरू यस्तै छन् ।
\v 11 तिनीहरूलाई रोक्‍न आवश्यक छ । तिनीहरूले निर्लज्‍ज लाभका निम्ति सिकाउनु नहुने कुरा सिकाउँदै सम्पूर्ण परिवारलाई बर्वाद पारिरहेका छन् ।
\v 12 तिनीहरूका आफ्नै अगमवक्ताहरूमध्ये एकजनाले भनेका छन्, “क्रेटका मानिसहरू सधैं झूटो बोल्नेहरू, खराब जनावरहरू, अल्छी घिवुवाहरू हुन् ।”
\v 13 यो भनाइ सत्य छ । त्यसैकारण तिनीहरूलाई कडाइका साथ सुधार ताकि तिनीहरू विश्‍वासमा ठिक हुन सकून्,
\v 14 र यहूदी झूटा कहानीहरू वा सत्यबाट टाढा हुने मानिसहरूका आदेशहरूमा कुनै ध्यान नदेऊन् ।
\v 15 शुद्ध हुनेहरूका निम्ति सबै थोक शुद्ध हुन्छन् । तर भ्रष्ट र विश्‍वास नगर्नेहरूका निम्ति भने केही पनि शुद्ध हुँदैन, बरु तिनीहरूका मन र विवेक दुवै भ्रष्ट भएका हुन्छन् ।
\v 16 तिनीहरूले परमेश्‍वरलाई चिनेको छु त भन्छन्, तर तिनीहरूका कामले उहाँलाई इन्कार गर्छन् । तिनीहरू घृणित र अनाज्ञाकारी हुन्छन् अनि कुनै पनि असल कामका लागि योग्यका ठहरिंदैनन् ।
\c 2
\cl
\p
\v 1 तर तिमीले विश्‍वासयोग्य सिद्धान्तसँग मिल्ने कुरो बाेल।
\v 2 वृद्ध पुरुषहरूलाई संयम, प्रतिष्‍ठित, समझदार, विश्‍वासमा, प्रेममा र धैर्यमा पक्‍का हुन सिकाऊ।
\v 3 त्यसैगरी वृद्ध स्‍त्रीहरूलाई आदरणीय प्रस्तुत हुन सिकाऊ, कुरौटे होइन, वा धेरै मद्य पिइरहने होइन तर असल कुराको शिक्षकहरू बन्न सिकाऊ,
\v 4 र जवान स्‍त्रीहरूलाई आफ्ना पतिहरू र बालबालिकाहरूलाई प्रेम गर्न,
\v 5 समझदार हुन, शुद्ध, असल गृहिणी र तिनीहरूका आफ्ना पतिहरूका आज्ञा पालन गर्न सिकाऊ ताकि परमेश्‍वरको वचनको निन्दा नगरियोस् ।
\v 6 त्यसैगरी जवान पुरुषहरूलाई समझदार हुनलाई प्रोत्साहान गर ।
\v 7 सबै कुरामा आफैलाई असल कामहरूको एउटा नमूनाको रूपमा प्रस्तुत गर । तिमीले सिकाउँदा इमान्दारीता, प्रतिष्‍ठा र निन्दा गर्न नसक्‍ने सही सन्देश देखाऊ,
\v 8 ताकि तिम्रो विरोध गर्न प्रयास गर्नेसँग हाम्राे बारेमा भन्‍ने कुनै पनि खराब कुरा नभएकोले त्याे शर्ममा पराेस् ।
\v 9 दासहरूलाई हरेक कुरामा तिनीहरूका मालिकहरूका आज्ञा पालन गर्न, तिनीहरूलाई खुसी पार्न र तिनीहरूसँग विवाद नगर्न,
\v 10 र तिनीहरूबाट चोरी नगर्न सिकाऊ, तर यसको सट्टा सबै असल विश्‍वास प्रकट गर्न सिकाऊ, ताकि तिनीहरूले हाम्रा मुक्‍तिदाता परमेश्‍वरबारेको हाम्रो शिक्षालाई हरतरहले आकर्षक बनाऊन् ।
\p
\v 11 किनकि सबै मानसहरूकाे मुक्‍तिको लागि परमेश्‍वरको अनुग्रह देखा परेको छ।
\v 12 यसले हामीलाई अधार्मिकता र संसारिक इच्छाहरूलाई इन्कार गर्न, र यस युगमा आत्मासंयमी, धार्मिक र ईश्‍वरीय जीवन जिउन तालिम दिन्छ,
\v 13 जब हामी धन्यको आशा अर्थात् हाम्रा महान् परमेश्‍वर र मुक्‍तिदाता येशू ख्रीष्‍टको महिमा प्रकट हुने कुराको प्रतिक्षा गर्छौं ।
\v 14 हामीलाई सबै अधार्मिकताबाट स्वतन्‍त्र पार्न, र आफ्नै निम्ति असल काम गर्न इच्छुक महत्‍वपूर्ण मानिसहरूलाई शुद्ध बनाउन येशूले आफैंलाई हाम्रो निम्ति दिनुभयो ।
\p
\v 15 यी कुराहरू भन, र मानिसहरुलाई यो गर्न उत्साह देऊ, र सारा अधिकारसहित सच्याऊ । तिमीलाई कसैले अनादर नगरोस् ।
\c 3
\cl
\p
\v 1 शासकहरू र अधिकारीहरूका अधिनमा रहन, तिनीहरूका आज्ञा मान्‍न र हरेक असल कामका लागि तयार बस्‍न,
\v 2 कसैको निन्दा नगर्न, झैंझगडा गर्न उत्सुक नहुन, र सबै मानिसहरूप्रति नम्रता देखाउँदै काेमल हुन याद दिलाऊ ।
\p
\v 3 किनकि एक पटक हामीहरू पनि लापरवाह र अनाज्ञाकारी थियौं । हामी बरालिएका र धेरै प्रकारका खराब इच्छाहरू र विलासिताको दासत्वमा थियौं । हामी दुष्‍टता र ईर्ष्यामा जिउँथ्यौं । हामी घृणित र एक अर्कालाई घृणा गर्ने मानिस थियौं ।
\v 4 तर जब परमेश्‍वर हाम्रा उद्धारकको दया र मानवजातिप्रति उहाँको प्रेम देखा पर्‍यो,
\v 5 त्याे हामीले धार्मिकतामा गरेका कामहरूद्वारा होइन, तर उहाँको कृपाअनुसार नयाँ जन्मको स्‍नान र पवित्र आत्माको नविकरणद्वारा उहाँले हामीलाई बचाउनुभयो ।
\v 6 परमेश्‍वरले हाम्रा उद्धारक येशू ख्रीष्‍टद्वारा हामीमाथि पवित्र आत्मा प्रशस्त मात्रामा खन्याउनुभयो,
\v 7 ताकि उहाँको अनुग्रहद्वारा धर्मी ठहरिएर हामी अनन्त जीवनको अाशामा उत्तराधिकारीहरू हुन सकौं ।
\p
\v 8 यी वचनहरू विश्‍वासयोग्य छन् । तिमी यी कुराहरूबारे ‍द‍ृढतासाथ बाेलेको म चाहन्छु, ताकि परमेश्‍वरमा विश्‍वास गर्नेहरूले असल कामहरूतिर तिनीहरूका मन लगाऊन् । यी कुराहरू सबै मानिसहरूका लागि असल र फाइदाजनक छन् ।
\v 9 तर व्यवस्थाबारेको मूर्खतापूर्ण वादविवादहरू, वंशावलीहरू, झगडा र द्वन्दबाट अलग रहनू । ती कुराहरू बेफाइदाका र मूल्यहीन छन् ।
\v 10 एक या दुई पटकको चेतावनी पश्‍चात् तिमीहरूका बीचमा विभाजन गराउने जो-कोहीलाई इन्कार गर,
\v 11 याे जानेर कि यस्तो मानिस सही मार्गबाट भड्केको छ, पाप गर्दैछ र आफैलाई दोष्याउँछ ।
\p
\v 12 जब म अर्तिमास वा तुखिकसलाई तिमीकहाँ पठाउँछु, चाँडो गर, र निकोपोलिसमा आऊ, जहाँ मैले हिउँद बिताउने निर्णय गरेको छु ।
\v 13 वकिल जेनास र अपोल्‍लोसलाई तिनीहरूकाे यात्रामा पठाउनलाई तिमीले गर्न सक्ने सबै थोक गर ताकि तिनीहरूलाई कुनै कुराकाे अभाव नहाेस्।
\v 14 हाम्रा मानिसहरू अत्यावश्‍यक खाँचाहरू पूरा गर्ने असल कामहरूमा आफैं लाग्‍न सिक्‍नुपर्छ, ताकि तिनीहरू निष्फल नहोऊन् ।
\p
\v 15 मसँग भएका सबैले तिमीलाई अभिवादन पठाएका छन् । विश्‍वासमा हामीलाई प्रेम गर्नेहरूलाई अभिवादन भनिदेऊ । तिमीहरू सबैसँग अनुग्रह रहोस् ।

43
58-PHM.usfm Normal file
View File

@ -0,0 +1,43 @@
\id PHM
\ide UTF-8
\h फिलेमोनलाई पावलको पत्र
\toc1 फिलेमोनलाई पावलको पत्र
\toc2 फिलेमोनलाई पावलको पत्र
\toc3 phm
\mt फिलेमोनलाई पावलको पत्र
\c 1
\cl अध्याय १
\p
\v 1 ख्रीष्‍ट येशूको कैदी पावल र हाम्रा भाइ तिमोथीबाट हाम्रा प्रिय साथी तथा सङ्गी-सहकर्मी फिलेमोनलाई,
\v 2 अनि हाम्री बहिनी अप्फिया र हाम्रा सङ्गी-सिपाही अर्खिप्पस र तिम्रो घरमा भेला हुने मण्डलीलाई,
\v 3 हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति!
\p
\v 4 तिमीलाई प्रार्थनामा सम्झंदा म सधैँ परमेश्‍वरलाई धन्यवाद दिन्छु,
\v 5 किनभने प्रभु येशूप्रति तिम्रो विश्‍वास र उहाँका सबै पवित्र मानिसहरूप्रति भएको तिम्रो प्रेमको बारेमा मैले सुनें ।
\v 6 म प्रार्थना गर्छु, कि तिम्रो विश्‍वासको सहभागिता प्रभावकारी हुन सकोस्, ताकि ख्रीष्‍टमा हामीसँग भएको हरेक असल कुराको पुर्ण समझ तिमीमा हुनेछ ।
\v 7 किनकि तिम्रो प्रेमले गर्दा मैले ज्यादै आनन्द र सान्त्वना पाएको छु, किनभने भाइ, तिमीद्वारा परमेश्‍वरका मानिसहरू हृदयहरू ताजा भएका छन् ।
\p
\v 8 यसकारण, तिमीले के गर्नुपर्छ भनेर तिमीलाई आज्ञा दिने मसँग ख्रीष्‍टमा सबै साहस भएतापनि,
\v 9 प्रेमको कारण म वृद्ध पावल, येशू ख्रीष्‍टको निम्ति एक कैदी, म तिमीलाई बिन्ती गर्छु ।
\v 10 म मेरा छोरा ओनेसिमसको निम्ति बिन्ती गर्दैछु, जसको निम्ति कैद अवस्थामा म बुबा बनेको छु ।
\v 11 किनकि एक समयमा ऊ तिम्रो निम्ति बेकाम्कोमा थियो, तर अहिले ऊ तिमी र म दुवैको निम्ति काम लाग्‍ने भएको छ ।
\p
\v 12 मैले उसलाई, जो मेरो मुटु हो, तिमीकहाँ फिर्ता पठाएको छु ।
\v 13 मैले उसलाई मेरो आफ्नै साथमा राख्‍न पाए हुन्थ्यो, ताकि सुमसमाचारको खातिर म कारागारमा हुँदा तिम्रो सट्टामा उसले मेरो सेवा गर्न सक्थ्यो ।
\v 14 तर म तिम्रो सहमतिविना केही गर्न चाहन्‍नँ । म तिमीलाई असल काम गर्न जबरजस्ती गर्दिनँ, तर तिमी आफैंले राजीखुसीले गरेको म चाहन्छु ।
\v 15 सायद यसैको निम्ति ऊ केहि समयको लागि तिमीबाट अलग भएको थियो, ताकि तिमीले सदाको निम्ति उसलाई फिर्ता पाउन सक ।
\v 16 अब ऊ दास हुनेछैन, तर दासभन्दा पनि राम्रो, एक प्रिय भाइ हुनेछ । विशेष गरी ऊ मेरो लागि प्रिय छ, र तिम्रो लागि त शरीर अनि प्रभु दुवैमा झन धेरै प्रिय छ ।
\p
\v 17 त्यसैले यदि तिमीले मलाई सहकर्मीको रूपमा लिन्छौ भने उसलाई मलाई जस्तै गरी स्वीकार गर ।
\v 18 यदि उसले तिमीलाई अन्याय गरेको छ वा तिमीलाई केहि तिर्नुपर्ने छ भने त्यो मेरो हिसाबमा राखिदेऊ ।
\v 19 म पावल, मेरो आफ्नै हातले यो लेख्‍दै छु । म आफैं त्यो तिर्नेछु—यो भनिरहनुपर्दैन होला कि तिमी आफ्नै निम्ति मेरो ऋणी छौ ।
\p
\v 20 हो, भाइ, प्रभुमा तिमीबाट लाभ लिन पाऊँ; ख्रीष्‍टमा मेरो हृदयलाई ताजा पारिदेऊ ।
\p
\v 21 तिम्रो आज्ञाकारिताको बारेमा विश्‍वस्त भएर म तिमीलाई यो पत्र लेख्दै छु । मलाई थाहा छ कि तिमीले मैले भनेको भन्दा पनि बढी गर्नेछौ ।
\p
\v 22 साथै, मेरो निम्ति एउटा पाहुना-कोठा तयार गर, किनकि म आशा गर्दछु कि तिम्रो प्रार्थनाद्वारा म तिमीकहाँ फर्किनेछु ।
\p
\v 23 येशू ख्रीष्‍टमा कैदि मेरो सङ्गि इपाफ्रासले तिमीलाई अभिवादन पठाएका छन् ।
\v 24 साथै मेरा सहकर्मीहरू मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि अभिवादन पठाएका छन् ।
\v 25 हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिम्रो आत्मासित रहोस् । आमेन ।

443
59-HEB.usfm Normal file
View File

@ -0,0 +1,443 @@
\id HEB
\ide UTF-8
\h Hebrews
\toc1 Hebrews
\toc2 Hebrews
\toc3 heb
\mt Hebrews
\c 1
\cl
\p
\v 1 प्राचीन कालमा परमेश्‍वर विभिन्‍न समयमा विभिन्‍न प्रकारले हाम्रा पिता पुर्खाहरूसँग अगमवक्‍ताहरूद्वारा बोल्नुभयो ।
\v 2 तर यी अन्तिम दिनहरूमा उहाँ हामीहरूसँग पुत्रद्वारा बोल्‍नुभएको छ, जसलाई उहाँले सबै कुराका निम्ति उत्तराधिकारी नियुक्त गर्नुभयो । परमेश्‍वरले उहाँद्वारा नै जगत् पनि बनाउनुभयो ।
\v 3 उहाँ नै परमेश्‍वरको महिमाको चमक, उहाँको स्वभावको सही प्रतिनिधि हुनुहुन्छ। आफ्नो शक्‍तिको वचनद्वारा उहाँले सबै कुरा सँगै पक्रिराख्‍नुभएको छ । उहाँले पापको शुद्धि गर्नुभएपछि उहाँ उच्‍च सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभयो ।
\p
\v 4 जसरी उहाँ स्वर्गदूतहरूभन्दा महान् हुनुभएको छ, त्यसरी नै जुन नाउँ उहाँले प्राप्‍त गर्नुभएको छ, त्यो तिनीहरूको नाउँभन्दा उत्तम छ ।
\v 5 किनकि स्वर्गदूतहरूमध्ये कसलाई परमेश्‍वरले कहिल्यै यसो भन्‍नुभयो र, “तिमी मेरा पुत्र हौ, आज म तिम्रा पिता भएको छु?” वा कुन स्वर्गदूतलाई परमेश्‍वरले कहिल्यै यसो भन्‍नुभयो, “म उनका लागि पिता हुनेछु, र उनी मेरा लागि पुत्र हुनेछन्?”
\p
\v 6 तर फेरि, परमेश्‍वरले पहिले जन्मेकालाई संसारमा ल्याउनुहुँदा उहाँ भन्‍नुहुन्छ, “परमेश्‍वरका सबै स्वर्गदूतहरूले उहाँलाई आराधना गर्नैपर्छ ।”
\p
\v 7 स्वर्गदूतहरूका विषयमा उहाँ यसो भन्‍नुहुन्छ, “उहाँ जसले आफ्ना स्वर्गदूतहरूलाई बतास र आफ्ना सेवकहरूलाई आगोको ज्वाला तुल्याउनुहुन्छ।”
\p
\v 8 तर पुत्रको विषयमा उहाँ यसो भन्‍नुहुन्छ, “हे परमेश्‍वर, तपाईंको सिंहासन सधैंभरि रहिरहने छ । तपाईंको राज्यको राजदण्ड नै न्यायको राजदण्ड हो ।
\q
\v 9 तपाईंले धार्मिकतालाई प्रेम गर्नुभएको छ र अधर्मलाई घृणा गर्नुभएको छ । यसकारण हे परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंका साथीहरूलाई भन्दा बढी तपाईंलाई आनन्दको तेलले अभिषेक गर्नुभएको छ।”
\p
\v 10 “हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो । स्वर्गहरू तपाईंका हातका काम हुन् ।
\q
\v 11 तिनीहरू नष्‍ट हुनेछन्, तर तपाईं रहिरहनुहुनेछ । तिनीहरू सबै कपडाको टुक्राझैँ झुत्रा हुनेछन् ।
\q
\v 12 तपाईंले तिनीहरूलाई लबेदाजस्तै बेर्नुहुनेछ, र तिनीहरू कपडाको टुक्राझैँ फेरिनेछन् । तर तपाईं सधैँ उस्तै हुनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य हुँदैन ।”
\p
\v 13 तर कुनचाहिँ स्वर्गदूतलाई परमेश्‍वरले कहिल्‍यै यस्तो भन्‍नुभएको छ, “मेरो दाहिने हातपट्टि बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ?”
\p
\v 14 के सबै स्वर्गदूतहरू सेवा गर्ने, र मुक्‍ति पाउनेहरूको वास्ता गर्न पठाइएका आत्माहरू होइनन् र?
\c 2
\cl
\p
\v 1 यसकारण हामीले जे सुनेका छौं त्यसमा हामीले सबैभन्दा बढी ध्यान दिनुपर्छ ताकि यसबाट बहकिएर हामी टाढा नजाऔं ।
\v 2 किनकि यदि स्वर्गदूतहरूद्वारा बोलिएको सन्देश अति भरपर्दो प्रमाणित भयो भने, र हरेक आज्ञा उल्लघङ्न गर्ने र अनाज्ञाकारीहरूले ठिक सजाय पाउँछन् भने र,
\v 3 हामीले यति ठुलो मुक्‍तिको बेवास्‍ता गर्छौं भने, तब हामी कसरी उम्कन सक्छौं र? यो मुक्‍ति हो जुन पहिले प्रभुद्वारा घोषणा गरिएको थियो र यो सुन्‍नेहरूद्वारा हाम्रा निम्ति पक्‍का गरियो ।
\v 4 त्यही समयमा परमेश्‍वरले यसलाई चिन्‍हहरू, अचम्मका कामहरू र विभिन्‍न शक्‍तिशाली कामहरूबाट अनि उहाँको आफ्नै इच्छाअनुसार पवित्र आत्माका वरदानहरूको वितरणद्वारा प्रमाणित गरिदिनुभयो ।
\p
\v 5 हामीले कुरा गरिराखेको आउँदो संसारलाई परमेश्‍वरले स्वर्गदूतहरूको अधीनमा राख्‍नुभएन ।
\v 6 त्यसको सट्टामा, कसैले कुनै ठाउँमा यसो भन्दै गवाही दिएको छ, “मानिस के हो र, तपाईं त्यसको ख्याल गर्नुहुन्छ? वा मानिसको छोरो के हो जसका निम्ति तपाईं वास्ता गर्नुहुन्छ?
\q
\v 7 तपाईंले मानिसलाई स्वर्गदूतहरूभन्दा अलि कम बनाउनुभयो; तपाईंले त्यसलाई महिमा र आदरको मुकुट पहिराउनुभयो । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरू थप्छन् \fqa र तपाईंले त्यसलाई तपाईंका हातका कामहरूमाथि राख्‍नुभएको छ \fqa* । \f*
\q
\v 8 तपाईंले हरेक कुरा त्यसको पाउको अधीनमा राख्‍नुभयो ।” किनकि परमेश्‍वरले सबै कुरा मानिसको अधीनमा राख्‍नुभएको थियो । उहाँले कुनै पनि थोक त्यसको अधीन बाहिर रहन दिनुभएन । तर आज हामी सबै कुरा त्यसको अधीनमा रहेको देख्दैनौं ।
\v 9 तर हामी उहाँ, येशूलाई देख्छौ जो केही समयको निम्ति स्वर्गदूतभन्दा कम बनाइनुभयो जसलाई उहाँका दुःख र मृत्युको कारणले महिमा र आदरको मुकुट पहिराइयो ताकि परमेश्‍वरको अनुग्रहबाट उहाँले हरेक मानिसको निम्ति मृत्यु चाखून् ।
\p
\v 10 किनकि यो परमेश्‍वरका निम्ति उपयुक्त थियो, किनभने हरेक थोक उहाँका निम्ति र उहाँद्वारा अस्तित्वमा छ, धेरै छोराहरू महिमामा ल्याउनको लागि, उहाँको दुःखद्वारा तिनीहरूका मुक्‍तिका कर्तालाई सिद्ध तुल्याउनु उहाँको निम्ति उपयुक्त थियो ।
\v 11 किनकि पवित्र गर्नुहुने र पवित्र गरिएकाहरू दुवैको एउटै स्रोत छ। त्यसैले उहाँ तिनीहरूलाई भाइहरू भनी बोलाउन शर्माउनुहुन्‍न ।
\v 12 उहाँ भन्‍नुहुन्छ, “म तपाईंको नाउँ मेरा भाइहरूलाई घोषणा गर्नेछु, म सभाको बीचबाट तपाईंको गीत गाउनेछु ।”
\p
\v 13 र फेरि, “म उहाँमा भरोसा गर्नेछु ।” र फेरि, “हेर, यहाँ म र मेरा छोराछोरीहरू जसलाई परमेश्‍वरले मलाई दिनुभएको छ ।”
\p
\v 14 यसकारण, छोराछोरीहरू मासु र रगतको सहभागी भएका हुनाले उहाँ पनि त्यही कुराहरूको सहभागी हुनुभयो ताकि मृत्युद्वारा उहाँले मृत्युको शक्ति भएकोलाई अर्थात् शैतानलाई नष्‍ट पारून् ।
\v 15 यसो भयो ताकि मृत्युको डरद्वारा आफ्नो सबै जीवन दासत्‍वमा जिएकाहरू सबैलाई उहाँले स्वतन्‍‍त्र गर्न सकून् ।
\v 16 किनकि वास्तवमा उहाँले स्वर्गदूतहरूको सहायता गर्नुहुन्‍न तर अब्राहामको सन्तानको गर्नुहुन्छ ।
\v 17 त्यसैले सबै क्षेत्रमा आफ्ना भाइहरूजस्तै बन्‍नु उहाँको लागि आवश्यक थियो ताकि उहाँ परमेश्‍वरका कुराहरूसम्बन्धी दयापूर्ण र विश्‍वासयोग्य महान् पूजाहारी होऊन् र उहाँले मानिसका पापहरूको प्रायश्‍चित गर्न सकुन् ।
\v 18 किनभने येशू आफैंले दुःख भोग्‍नुभएको, र परीक्षित हुनुभएकोले, उहाँले परीक्षित हुनेहरूलाई सहायता गर्न सक्‍नुहुन्छ ।
\c 3
\cl
\p
\v 1 यसकारण, पवित्र भाइहरू हो, तिमीहरू स्वर्गीय बोलावटमा सहभागी छौ । हामीले स्वीकार गरेका प्रेरित र प्रधान पूजाहारी येशू ख्रीष्‍टलाई विचार गर ।
\v 2 उहाँलाई नियुक्त गर्नुहुने परमेश्‍वरप्रति उहाँ विश्‍वासयोग्य हुनुहुन्थ्यो, जसरी मोशा पनि परमेश्‍वरको सबै घरानामा विश्‍वासयोग्य थिए ।
\v 3 किनकि मोशाभन्दा येशू महान् महिमाका योग्य ठहरिनुभएको छ किनभने घर आफैंलाई भन्दा घर बनाउनेको बढी आदर हुन्छ ।
\v 4 हरेक घर कोही न कोहीद्वारा बनाइएको हुन्छ, तर हरेक थोक बनाउने परमेश्‍वर नै हुनुहुन्छ ।
\v 5 किनकि मोशा परमेश्‍वरका सारा घरानामा सेवकको रूपमा विश्‍वासयोग्य थिए जो भविश्यमा बोलिने कुराहरूका एक गवाही थिए ।
\v 6 तर परमेश्‍वरको घरानाको जिम्मा पाएका पुत्रको रूपमा ख्रीष्‍ट विश्‍वासयोग्य हुनुहुन्छ । यदि हामी हाम्रो साहस र हामीले गर्व गर्ने आशालाई पक्रिरहन्छौं भने हामी उहाँका घराना हौं ।
\p
\v 7 यसकारण, जसरी पवित्र आत्मा भन्‍नुहुन्छ, “आज, यदि तिमीहरूले उहाँको सोर सुन्यौ भने,
\v 8 उजाड-स्थानमा परीक्षाको समयमा विद्रोह गरेजस्तै तिमीहरूका हृदयलाई कठोर नपार ।
\v 9 त्यतिबेला जब तिम्रा पुर्खाहरूले मेरो परीक्षा गरेर विद्रोह गरे र जब चालिस वर्षसम्म मैले गरेका काम तिनीहरूले देखे ।
\p
\v 10 यसकारण म त्यस पुस्तासँग अप्रसन्‍न भए । मैले भनें, ‘तिनीहरू जहिले पनि आफ्ना हृदयबाट तर्किएर गएका छन् । तिनीहरूलाई मेरा बाटाहरू थाहा छैन ।’
\p
\v 11 मेरो क्रोधमा मैले शपथ खाएः ‘तिनीहरू कहिल्यै पनि मेरो विश्राममा प्रवेश गर्न पाउनेछैनन्’ ।”
\p
\v 12 भाइहरू हो, होसियार बस ताकि तिमीहरूमध्ये कोहीमा पनि अविश्‍वासको दुष्‍ट हृदय नहोस्, जुन हृदयले जीवित परमेश्‍वरबाट तर्काएर टाढा लैजान्छ ।
\v 13 बरु, जबसम्म “आजको दिन” भन्‍ने कुरा छ, दिनहुँ एकले अर्कोलाई उत्साह देओ ताकि तिमीहरूमध्ये कसैको पनि पापको छलकपटद्वारा हृदय कठोर नहोस् ।
\v 14 किनकि यदि हामीले सुरुदेखि अन्त्यसम्मै उहाँमा राखेको हाम्रो भरोसालाई बलियोसँग पक्रिराख्यौं भने, ख्रीष्‍टसँगै हामी साझेदार भएका हुन्छौं ।
\v 15 यसको बारेमा यस्तो भनिएको थियो, “आज, यदि तिमीहरूले उहाँको सोर सुन्यौ भने, विद्रोहमा गरेजस्तै तिमीहरूले हृदय कठोर नपार ।”
\p
\v 16 ती को थिए जसले परमेश्‍वरको आवाज सुने र विद्रोह गरे? के ती सबै मोशाले मिश्र देशबाट निकालेर ल्याएकाहरू नै होइनन् र?
\v 17 कोसँग उहाँ चालिस वर्षसम्म रिसाउनुभयो? के ती पाप गर्नेहरूसित होइन र, जसका मृत शरीरहरू उजाड-स्थानमा छरिएका थिए?
\v 18 तिनीहरू उहाँको विश्राममा पस्‍न पाउनेछैनन् भनी कोसँग उहाँले शपथ खानुभएको थियो, के ती उहाँका आज्ञा नमान्‍नेहरू होइनन् र?
\v 19 हामी देख्छौं कि अविश्‍वासको कारणले नै तिनीहरू उहाँको विश्राममा पस्‍न सकेनन् ।
\c 4
\cl
\p
\v 1 यसकारण, परमेश्‍वरको विश्राममा प्रवेश गर्ने प्रतिज्ञा अझै भइरहेको हुनाले हामी निकै होसियार होऔं ताकि हामीमध्ये कोही पनि त्यो देखि वञ्‍चित हुन नपरोस् ।
\v 2 किनकि तिनीहरूलाई जस्तै हामीलाई पनि सुसमाचार सुनाइएको थियो । तर त्यो सन्देशले तिनीहरूलाई कुनै फाइदा भएन जो आज्ञा पालन गर्नेहरूसँग विश्‍वाससाथ एक भएनन् । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन प्रतिलिपिहरूमा पढ्छौं, \fqa तर त्यो सन्देशले सुन्‍नेहरूलाई कुनै फाइदा भएन जो विश्‍वाससाथ त्यसमा मिल्न सकेनन् \fqa* । \f*
\v 3 किनकि हामी जसले विश्‍वास गरेका छौं त्यस विश्राममा हामी प्रवेश गर्नेछौं, जसरी उहाँले भन्‍नुभयो, “जसरी मैले मेरो क्रोधमा शपथ खाएँ, ‘तिनीहरू कहिल्यै मेरो विश्राममा प्रवेश गर्नेछैनन्’ ।” यद्यपि संसारको उत्‍पत्तिदेखि नै उहाँका कामहरू पुरा भइसकेका थिए ।
\v 4 किनकि सातौं दिनको विषयमा उहाँले कहीं भन्‍नुभएको छ, “र परमेश्‍वरले सातौं दिनमा आफ्ना सबै कामबाट विश्राम लिनुभयो ।”
\p
\v 5 र फेरि यही खण्डमा उहाँले भन्‍नुभयो, “तिनीहरू मेरो विश्राममा कहिल्यै प्रवेश गर्नेछैनन् ।”
\p
\v 6 यसकारण, त्यो विश्राममा प्रवेश गर्न अझै कसैका लागि बाँकी नै छ, र धेरै जसलाई पहिले नै सुसमाचार सुनाइएको थियो, तिनीहरूले आज्ञापालन नगरेको कारण त्यसमा प्रवेश गर्न सकेनन् ।
\v 7 त्यसैले “आज” भनेर परमेश्‍वरले फेरि एउटा निश्‍चित दिन ठहराउनुभयो, जब उहाँले दाऊदद्वारा अगिबाटै भनिएका कुराहरू बोल्नुभयो, “आज तिमीहरूले उहाँको आवाजलाई सुन्यौ भने, तिमीहरूका हृदय कठोर नपार ।”
\p
\v 8 किनकि यदि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए, परमेश्‍वरले अर्को दिनको विषयमा बोल्नुहुने थिएन ।
\v 9 यसकारण, परमेश्‍वरका मानिसहरूका निम्ति एउटा विश्राम दिनको विश्राम अझै बाँकी छ ।
\v 10 किनकि जसले परमेश्‍वरको विश्राममा प्रवेश गर्छ, त्यो आफैंले पनि आफ्ना कामहरूबाट विश्राम लिन्छ, जसरी परमेश्‍वरले उहाँका कामहरूबाट विश्राम लिनुभयो ।
\p
\v 11 यसकारण हामी त्यस विश्राममा प्रवेश गर्नका निम्ति प्रयत्‍न गरौं, ताकि कोही पनि त्यस प्रकारको अनाज्ञाकारितामा नपरोस् जसरी तिनीहरू परे ।
\v 12 किनकि परमेश्‍वरको वचन जीवित र क्रियाशील अनि दुईधारे तरवारभन्दा पनि धारिलो छ । यसले आत्मा र प्राण, जोर्नी र मासीलाई अलग हुनेगरी छेड्छ अनि यो हृदयका विचार र भावनाहरूको जाँच गर्न सक्षम छ ।
\v 13 सृष्‍टिको कुनै पनि थोक परमेश्‍वरको द‍ृष्‍टिमा लुकेको छैन । बरु, उहाँको द‍ृष्‍टिमा हरेक कुरा छर्लङ्गै छ जसलाई हामीले लेखा दिनुपर्छ।
\p
\v 14 यसकारण, जसै स्वर्ग भएर जानुभएका, महान् प्रधान पूजाहारी, परमेश्‍वरका पुत्र येशू हामीसँग हुनुहुन्छ, हामी हाम्रो विश्‍वासलाई द‍ृढतासाथ थामिराखौं ।
\v 15 किनकि हामीसँग हाम्रा कमजोरीहरूमा हामीलाई सान्त्वना दिन नसक्‍ने एक जना प्रधान पूजाहारी हुनुहुन्‍न, त्यसको सट्टामा, हामीसँग एक जना हुनुहुन्छ जो हामीजस्तै सबै कुरामा परीक्षित हुनुभएको छ, तरै पनि उहाँ पापरहित हुनुहुन्छ ।
\v 16 तब हामी अनुग्रहको सिंहासनमा साहसपूर्वक जाऔं, ताकि खाँचोको समयमा हामीले कृपा र अनुग्रह पाउन सकौं ।
\c 5
\cl
\p
\v 1 किनकि मानिसहरूकै बिचबाट छानिएका हरेक प्रधान पूजाहारी, परमेश्‍वरका थोकहरूसम्बन्धी मानिसहरूका पक्षमा काम गर्न नियुक्त गरिएको हुन्छ ताकि तिनले पापहरूका निम्ति उपहार र बलिहरू दुवै चढाउन सकून्।
\v 2 तिनले अजान र छलमा परेकाहरूसँग नम्रतापूर्वक व्यवहार गर्न सक्छन्, किनभने तिनी आफैँ पनि कमजोरीबाट घेरिएका छन् ।
\v 3 यसकारणले गर्दा, जसरी तिनले मानिसहरूका पापको निम्ति बलि चढाउँछन्, त्यसरी नै तिनीबाट पनि आफ्नो पापका निम्ति बलिदान चढाउन माग गरिएको छ ।
\v 4 कुनै पनि मानिस आफैंले यो आदर लिन सक्दैन । त्यसको सट्टामा, हारूनलाई जस्तै त्यसलाई परमेश्‍वरद्वारा बोलाइएको हुन्छ ।
\v 5 त्यसैगरी, न त ख्रीष्‍टले आफूलाई प्रधान पूजाहारी बनाएर आफैंलाई उचाल्नुभयो । बरु, उहाँसँग बोलिरहनुहुनेले भन्‍नुभयो, “तिमी मेरा पुत्र हौ, आज म तिम्रा पिता भएको छु ।”
\p
\v 6 जसरी अर्को ठाउँमा पनि उहाँले भन्‍नुभएको छ, “तिमी सधैंका निम्ति मल्कीसेदेकको दर्जाअनुसारको पूजाहारी हौ ।”
\p
\v 7 उहाँ शरीरमा हुनुहुँदाका दिनहरूमा ख्रीष्‍टले आफूलाई मृत्युबाट बचाउन सक्‍नुहुने परमेश्‍वरसँग ठुलो सोरमा क्रन्दन र आँशुकासाथ प्रार्थना र निवेदन गर्नुभयो, र उहाँको ईश्‍वरीय जीवनको कारणले गर्दा उहाँको सुनाइभयो ।
\v 8 उहाँ एक पुत्र हुनुभएर पनि आफूले भोगेको कष्‍टबाट उहाँले आज्ञापालन गर्न सिक्‍नुभयो ।
\v 9 उहाँ सिद्ध बनाइनुभएपछि उहाँमा आज्ञाकारी हुने हरेकका निम्ति उहाँ अनन्त मुक्‍तिको कारण बन्‍नुभयो ।
\v 10 मल्कीसेदेकको दर्जाबमोजिम प्रधान पूजाहारी हुनलाई परमेश्‍वरले उहाँलाई नियुक्त गर्नुभयो ।
\p
\v 11 हामीसँग येशूको बारेमा भन्‍नुपर्ने धेरै कुरा छन्, तर तिमीहरू सुन्‍नमा मन्द भएकाले यसलाई व्याख्या गर्न गाह्रो छ ।
\v 12 किनकि यस बेलासम्म त तिमीहरू शिक्षकहरू भइसक्‍नुपर्ने थियो, तर तिमीहरूलाई अझै पनि कसैले परमेश्‍वरका वचनका साधारण सिद्धान्तहरू सिकाउनुपरेको छ । तिमीहरूलाई खँदिलो भोजन होइन, दूधको आवश्‍यक छ ।
\v 13 किनकि दूध मात्र पिएर जिउने कसैले पनि धार्मिकताको वचनसँग अनुभव गर्न सक्दैन, किनभने त्यो अझसम्म बालकै हुन्छ ।
\v 14 तर खँदिलो भोजन परिपक्‍वहरूका लागि हो । यी तिनै हुन् जसका परिपक्‍वताको कारण तिनीहरूले दुष्‍टबाट असल छुट्‌‍याउन सक्‍ने बुझाइको तालिम पाएका हुन्छन् ।
\c 6
\cl
\p
\v 1 त्यसकारण, सुरुको ख्रीष्‍टको वचनलाई छोडेर हामी परिपक्‍वतातिर अगाडि बढौं। परमेश्‍वरमाथिको विश्‍वासका कुराको र मरेका कामहरूबाट पश्‍चात्तापको जग बसाल्ने काम फेरि नगरौं,
\v 2 न त बप्‍तिस्माबारे शिक्षाको जग, हात राख्‍ने काम, मरेकाहरूको पुनरुत्थान, र अनन्त न्यायको जग बसालौं ।
\v 3 यदि परमेश्‍वरले अनुमति दिनुभयो भने हामीले पनि यो गर्नेछौं।
\v 4 किनकि जसले एक चोटि ज्योति पाएर स्वर्गको वरदान चाखेका थिए, जो पवित्र आत्मामा सहभागी भएका थिए, तिनीहरूका लागि यो असम्भव कुरा हो,
\v 5 र जसले परमेश्‍वरको असल वचन र आउने युगको शक्‍तिको स्वाद चाखेका थिए,
\v 6 तर जो पतित भए, तिनीहरूलाई फेरि पश्‍चात्तापमा ल्याउन असम्भव छ । किनभने तिनीहरूले फेरि आफ्नै निम्ति परमेश्‍वरका पुत्रलाई क्रुसमा टाँग्छन्, र उहाँलाई खुल्लमखुल्ला शर्ममा पार्छन् ।
\v 7 किनकि जुन जमिनले आफूमाथि बारम्बार बर्सिने पानी पिउँछ, र जमिनमा काम गर्नेहरूका लागि उपयुक्त अन्‍न उत्पादन गर्छ—त्यस जमिनले परमेश्‍वरबाट आशिष् प्राप्‍त गर्छ ।
\v 8 तर यदि त्यसले काँडा र सिउँडीहरू फलाउँछ भने, त्यो मूल्यहीन हुन्छ र त्यो श्रापको नजिक पुग्छ, र अन्त्यमा त्यसलाई जलाइन्छ ।
\p
\v 9 तर हामीले यस प्रकारले बोले, तापनि प्रिय हो, तिमीहरूका असल कुराहरूका बारेमा हामी आश्‍वस्‍त भएका छौं, र त्यो कुरा मुक्तिको विषयमा हो ।
\v 10 किनकि परमेश्‍वर अधर्मी हुनुहुन्‍न ।तिमीहरूले उहाँको नाउँका खातिर देखाएको काम र प्रेमलाई उहाँले बिर्सनुहुनेछैन, किनभने तिमीहरूले पवित्र जनहरूको सेवा गर्यौ, र अझै पनि तिनीहरूको सेवा गर्दैछौ ।
\v 11 अनि हामी उत्कट इच्छा गर्दछौं, कि तिमीहरू हरेकले अन्त्यसम्मै आफ्नो आशा निश्‍चित गर्नको निम्ति त्यही उत्सुकता देखाओ ।
\v 12 ताकि तिमीहरू अल्छे नहोओ, तर विश्‍वास र धैर्यद्वारा प्रतिज्ञाहरूको हकदार हुनेहरूका देखासेखी गर्नेहरू होओ ।
\p
\v 13 किनकि परमेश्‍वरले अब्राहामलाई आफ्नो प्रतिज्ञा गर्नुहुँदा उहाँभन्दा ठुलो अरू कोही नभएकाले गर्दा उहाँ आफै‍ंले शपथ खानुभयो ।
\v 14 उहाँले भन्‍नुभयो, “निश्‍चय नै म तँलाई आशिष्‌‌ दिनेछु, र तँलाई ज्यादै वृद्धि गराउनेछु ।”
\v 15 यसरी, अब्राहामले धैर्यसाथ पर्खे, र जे प्रतिज्ञा गरिएको थियो, सो प्राप्‍त गरे ।
\v 16 किनकि मानिसहरूले आफूभन्दा ठुलाहरूद्वारा शपथ खान्छन्, र शपथले अन्त्यमा तिनीहरूका प्रत्येक वादविवाद मिलाउन निश्‍चयता दिन्छ ।
\v 17 परमेश्‍वरले उहाँको प्रतिज्ञाको अपरिवर्तनशील स्वभावको प्रतिज्ञाका हकदारहरूलाई स्पष्‍ट रूपले देखाउने निर्णय गर्नुहुँदा उहाँले शपथद्वारा नै यो पक्‍का गर्नुभयो ।
\v 18 त्यसैले, यी दुईवटा अपरिवर्तनशील कुराद्वारा उहाँले यसो गर्नुभयो—जसद्वारा परमेश्‍वरलाई झुट बोल्न असम्भव छ—ताकि हामी, जो शरणको लागि भागेकाछौ, हाम्रो अगाडि राखिदिएको आशालाई बलियो गरी समात्‍नलाई दह्रो उत्साह पाउन सकौं।
\v 19 हामीसित प्राणको लागि सुरक्षित र भरपर्दो लङ्गरको रुपमा यो, अर्थात् आशा छ, जुन पर्दा पछाडिको भित्रको स्थानमा पनि पस्छ,
\v 20 जहाँ येशू हामीभन्दा पहिले गएर त्यस ठाउँमा हाम्रो सट्टामा पस्‍नुभएको छ । मल्कीसेदेकको दर्जाअनुसार उहाँ सधैंका निम्ति प्रधान पूजाहारी हुनुभएको छ ।
\c 7
\cl
\p
\v 1 यिनै मल्कीसेदेक शालेमका राजा, सर्वोच्‍च परमेश्‍वरका पूजाहारी थिए, जसले राजाहरुलाई मारेर फर्किरहेका अब्राहामलाई भेटेर आशीर्वाद दिए ।
\v 2 तिनलाई नै अब्राहामले सबै कुराको दशांश दिए । तिनको नाउँको अर्थ हुन्छ, “धार्मिकताका राजा”; तिनी “शालेमका राजा” पनि हुन् अर्थात् “शान्तिका राजा ।”
\v 3 तिनी विनापिता, विनामाता, विनापिता-पुर्खाहरू र जीवनको सुरु वा अन्त्य नभएका हुन् । बरु, तिनी परमेश्‍वरका पुत्रजस्तै सदाकालका पूजाहारी भइरहन्छन्।
\p
\v 4 हेर, यी मानिस कति महान् थिए । जसलाई हाम्रा पुर्खा अब्राहामले लडाइँमा जितेर ल्याएका सबै कुराको दशांश दिए ।
\v 5 लेवीका सन्तानहरू जसले पूजाहारी पदलाई प्राप्‍त गरेका छन्, तिनीहरूलाई मानिसहरू अर्थात् आफ्नै भाइहरूबाट दशांश लिने आज्ञा व्यवस्थाले दिएको छ, यद्यपि तिनीहरू पनि अब्राहामकै सन्तानबाट आएका हुन् ।
\v 6 तर मल्कीसेदेक जसका वंशावली तिनीहरूबाटका थिएनन्, तिनले अब्राहामबाट सबै दशांश प्राप्‍त गरे, र जसलाई प्रतिज्ञाहरू गरिएको थियो उनलाई आशिष्‌‌ दिए ।
\v 7 ठुला मानिसले साना मानिसलाई आशीर्वाद दिन्छन् भन्‍ने कुरा इन्कार गर्ने कुनै कारण छैन ।
\v 8 यस अवस्थामा मरणशील मानिसहरूले दशांश प्राप्‍त गर्छन्, तर त्यस अवस्थामा तिनी जीवित रहन्छन् भनी यसले प्रमाणित गर्छ ।
\v 9 र यस सन्दर्भमा भन्‍नुपर्दा, दशांश पाउने लेवीले पनि अब्राहामद्वारा दशांश दिए,
\v 10 किनभने मल्कीसेदेकले अब्राहामलाई भेट्दा लेवी पनि आफ्ना पुर्खाकै शरीरमा थिए ।
\p
\v 11 अब यदि लेवीको पूजाहारी पदद्वारा पूर्णता सम्भव भएको भए (किनकि जसबाट मानिसहरूले व्यवस्था प्राप्‍त गर्छन्), हारूनको दर्जाबमोजिम नभएर मल्कीसेदेकको दर्जाअनुसार अर्को पूजाहारी स्थापित गर्न किन आवश्यक पर्थ्यो?
\v 12 किनकि जब पूजाहारी पद परिवर्तन हुन्छ, तब व्यवस्था पनि परिवर्तन हुनुपर्छ ।
\v 13 किनकि एक जना जसको बारेमा यी कुराहरू भनिएका छन्, उहाँ अर्कै कुलका हुनुहुन्छ, जसबाट कहिल्यै कसैले वेदीमा सेवा गरेका छैनन् ।
\v 14 अब यो स्पष्‍ट छ, कि यहूदाको कुलबाट हाम्रा प्रभु जन्मनुभएको थियो, जुन कुलबाट मोशाले पूजाहारीहरूका बारेमा कहिल्यै उल्लेख गरेका थि‍एनन् ।
\v 15 यदि मल्कीसेदेकजस्तै अर्को स्वरूपमा पूजाहारी खडा हुन्छ भने, हामीले जे भनिरहेका छौं त्यो स्पष्‍ट छ ।
\v 16 उहाँ शारीरिक पुर्खाहरूका व्यवस्थाका आधारमा होइन, तर अविनाशी जीवनको शक्‍तिमा पूजाहारी हुनुभयो ।
\v 17 किनकि उहाँको बिषयमा धर्मशास्‍‍त्र यसरी गवाही दिन्छः “मल्कीसेदेकको दर्जाजस्तै तिमी सधैंका निम्ति पूजाहारी हौ ।”
\p
\v 18 किनकि पहिलेको आज्ञा रद्द भएको छ, कारण त्यो कमजोर र काम नलाग्‍ने थियो—
\v 19 किनकि व्यवस्थाले कुनै पनि कुरालाई सिद्ध बनाएन— तथापि, भविष्यको निम्ति उत्तम निश्‍चयता छ, जसद्वारा हामी परमेश्‍वरको नजिक पुग्छौं ।
\p
\v 20 अनि यो शपथविना भएको होइन! अरूहरू शपथविना नै पूजाहारीहरू भएका थिए,
\v 21 तर उहाँ शपथविना नै पूजाहारी हुनुभयो, जसको बारेमा परमेश्‍वर यसो भन्‍नुहुन्छ, “परमप्रभुले प्रतिज्ञा गर्नुभएको छ, र उहाँले आफ्नो मन परिवर्तन गर्नुहुनेछैन, ‘तिमी सदाकाल पूजाहारी हौ’ ।”
\p
\v 22 यसद्वारा येशूले उत्तम करारको निश्‍चयता दिनुभएको छ ।
\p
\v 23 अघिका पूजाहारीहरू संख्यामा धेरै थिए, किनकि मृत्युले तिनीहरूलाई निरन्तर पूजाहारीको कार्यमा लागिरहन दिएन ।
\v 24 तर येशू सदासर्वदा जिवित रहिरहनुभएकोले उहाँसँग एउटा स्थायी पूजाहारी पद छ ।
\v 25 त्यसकारण, उहाँद्वारा परमेश्‍वरको नजिक आउने मानिसहरूलाई पूर्ण रूपमा बचाउनका निम्ति उहाँ सामर्थी हुनुहुन्छ, किनभने उहाँ तिनीहरूका निम्ति अन्‍तर-बिन्‍ती गर्नलाई सधैं जीवित हुनुहुन्छ ।
\p
\v 26 किनकि यस्तै प्रकारको प्रधान पूजाहारी हाम्रा निम्ति सुहाउँदो थियो, जो पवित्र, दोषरहित, शुद्ध, पापीहरूबाट अलग गरिनुभएको र आकाशभन्दा उच्‍च पारिनुभएको छ ।
\v 27 प्रधान पूजाहारीहरूले जस्तै पहिले आफ्नै पापका निम्ति र त्यसपछि मानिसहरूका पापका निम्ति उहाँले दिनहुँ बलिदान चढाइरहनुपर्दैन । जब उहाँले आफैंलाई अर्पण गर्नुभयो, तब उहाँले यो एकै पटक सधैंका निम्ति गर्नुभयो ।
\v 28 किनकि व्यवस्थाले मानिसहरूलाई प्रधान पूजाहारीको रूपमा नियुक्त गर्छ, जससँग कमजोरी छ। तर व्यवस्थापछि आएको शपथको वचनले सदाकालका निम्ति सिद्ध बनाइनुभएको पुत्रलाई नियुक्त गर्‍यो।
\c 8
\cl
\p
\v 1 अब हामीले भनिरहेको कुरा यही होः हामीसँग एक जना प्रधान पूजाहारी हुनुहुन्छ जो स्‍वर्गको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ ।
\v 2 मानिसले बनाएको होइन, तर प्रभुले बनाउनुभएको साँचो पवित्र बासस्थानमा उहाँ एक सेवक हुनुहुन्छ।
\p
\v 3 किनकि हरेक प्रधान पूजाहारी भेटीहरू र बलिदानहरू दुवै चढाउन नियुक्त गरिएको हुन्छ । त्‍यसकारण, केही कुरा चढाउन आवश्‍यक छ ।
\v 4 अब यदि ख्रीष्‍ट पृथ्‍वीमा हुनुभएको भए, उहाँ कदापि पूजाहारी हुनुहुने थिएन किनकि त्‍यहाँ व्‍यवस्‍थाअनुसार भेटी चढाउनेहरू छँदैछन् ।
\v 5 तिनीहरूले स्‍वर्गीय कुराहरूको नक्‍कल र छा‍ँयाको मात्र सेवा गर्छन् । जसरी मोशाले बासस्थान बनाउन लाग्दा परमेश्‍वरद्वारा मोशालाई चेतावनी दिइयोः परमेश्‍वरले भन्‍नुभयो, “हेर, पहाडमा तिमीलाई देखाइएको नमुनाबमोजिम हरेक थोक तिमीले बनाउनू ।”
\v 6 तर अहिले ख्रीष्‍टले प्राप्‍त गर्नुभएको सेवा-कार्य अझ धेरै उत्तम छ, जस्तो उहाँ पनि उत्तम करारको मध्‍यस्‍थकर्ता हुनुहुन्छ, जुनचाहिँ उत्तम प्रतिज्ञाहरूमा आधारित छ।
\p
\v 7 किनकि त्यो पहिलो करार दोषरहित भएको भए, दोस्रो करारको आवश्‍यकता नै पर्दैन थियो ।
\v 8 किनकि जब परमेश्‍वरले मानिसको दोष भेट्टाउनुभयो, तब उहाँले भन्‍नुभयो, “हेर, ती दिन आउँदैछन्—परमप्रभु भन्‍नुहुन्‍छ— जब म इस्राएलका घराना र यहूदाका घरानाहरूसँग नयाँ करार स्‍थापना गर्नेछु ।
\q
\v 9 यो करार तिनीहरूका पिता-पुर्खाहरूसँग मैले बाँधेको जस्‍तो हुनेछैन, जुन दिन जसरी मैले तिनीहरको हात समातेर तिनीहरूलाई मिश्र देशबाट डोर्‍याएर ल्‍याएँ । किनकि तिनीहरूले मेरो करारलाई होसियारीसाथ पछ्‍याएनन्, मैले तिनीहरूको बेवास्‍ता गरे— भनि परमप्रभु भन्‍नुहुन्‍छ ।
\q
\v 10 परमप्रभु भन्‍नुहुन्‍छ— ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्‍नेछु । म मेरो व्‍यवस्‍था तिनीहरूको मनमा राखिदिनेछु, र म तिनीहरूका हृदयमा पनि ती लेखिदिनेछु । म तिनीहरूका परमेश्‍वर हुनेछु, अनि तिनीहरू मेरा मानिसहरू हुनेछन् ।
\q
\v 11 तिनीहरूले ‘परमप्रभुलाई चिन’ भन्दै आफ्‍नो छिमेकीलाई र आफ्‍नो भाइलाई सिकाउनेछैनन् । किनकि तिनीहरूमध्येका, सानादेखि लिएर ठुलासम्‍म सबैले मलाई चिन्‍नेछन् ।
\q
\v 12 किनकि तिनीहरूले गरेका दुष्‍ट कार्यहरूप्रति म कृपालु हुनेछु, र तिनीहरूका पापहरूको सम्झना म कहिल्यै गर्नेछैनँ ।”
\p
\v 13 “नयाँ” भन्‍नुहुँदा उहाँले पहिलो करारलाई पुरानो बनाउनुभयो, र जुन पुरानो र काम नलाग्‍ने भएको छ, त्यो चाँडै हराएर जानेछ ।
\c 9
\cl
\p
\v 1 अब पहिलेका करारमा पनि आराधनाका निम्ति नियमहरू र सांसारिक बासस्‍थान थिए ।
\v 2 किनकि एउटा बासस्‍थान तयार गरिएको थियो । पहिलो कोठा, जसभित्र सामदान, टेबुल, र उपस्थितिको रोटी थिए, त्यसलाई पवित्रस्थान भनिन्थ्यो ।
\v 3 दोस्रो पर्दाको पछाडितिर अर्को कोठा थियो, जसलाई महा-पवित्रस्थान भनिन्थ्यो ।
\v 4 यसमा धूपको निम्ति एउटा सुनको वेदी थियो । यसमा करारको सन्दुक पनि थियो, जुन पूर्ण रूपले सुनले मोहोरिएको थियो । यसको भित्रपट्टि मन्‍न राखिएको सुनको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिलापाटीहरू थिए ।
\v 5 करारको सन्दुकको माथि, महिमाका करूबहरूले प्रायश्‍चित्तको ढकनीलाई ढाकेका थिए, जसको बारेमा हामी अहिले पूर्ण रूपले वर्णन गर्न सक्दैनौं।
\p
\v 6 यी थोकहरूलाई तयार गरिसकेपछि, पूजाहारीहरू नियमित रूपमा बासस्‍थानको बाहिरी कोठामा आफ्ना सेवाको काम गर्न प्रवेश गर्थे।
\v 7 तर प्रधान पूजाहारी मात्रै प्रत्येक वर्षको, एक पल्ट दोश्रो कोठामा प्रवेश गर्थे, र सो पनि रगत विना होइन त्यो रगत तिनले आफ्नै निम्ति र मानिसहरूले अजानमा गरेका पापहरूका निम्ति चढाउँथे ।
\v 8 पवित्र आत्माले देखाउनुभयो, कि पहिलो बासस्‍थान रहुञ्‍जेलसम्म महा-पवित्रस्थानमा जाने मार्ग प्रकट गरिएको थिएन ।
\v 9 वर्तमान समयका लागि यो एक उदाहरण थियो । अहिले चढाइएका भेटी र बलिदानहरू दुवैले आराधकको विवेकलाई सिद्ध गर्न सकेनन् ।
\v 10 ती खाने र पिउने र विभिन्‍न किसिमका शुद्ध हुने विधिसँग मात्रै सम्बन्धित छन् । ती सबै शरीरका निम्ति नियमहरू मात्रै थिए, जुन नयाँ प्रणालीको समय नआउन्जेलसम्म राखिएको थियो ।
\p
\v 11 ख्रीष्‍ट, आएका असल थोकहरूका प्रधान पूजाहारीको रूपमा आउनुभयो । उहाँ अझ बढी महान् र सिद्ध बासस्‍थानमा प्रवेश गर्नुभयो, जुन मानवीय हातद्वारा बनाइएको थिएन, र यस सृजित संसारको थिएन । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिमा लेखिएको छ \fqa ख्रीष्‍ट आउनेवाला असल थोकहरूका प्रधान पूजाहारीजस्तै भएर आउनुभयो \fqa* । \f*
\v 12 बोका र बाछाहरूको रगतले नभई उहाँ आफ्नै रगतद्वारा सबैका निम्ति एकै चोटि त्यस महा-पवित्रस्थानभित्र प्रवेश गर्नुभयो र हाम्रो अनन्तको छुटकारलाई सुरक्षित गर्नुभयो।
\v 13 किनकि यदि बोका र साँढेहरूको रगत अनि कोरेलीको खरानीले अशुद्ध भएकाहरूलाई छर्किंदा त्यसले तिनीहरूका शरीर शुद्ध पार्न तिनीहरूलाई परमेश्‍वरमा अलग गर्छ भने,
\v 14 अनन्त आत्माद्वारा दोषरहित प्रकारले आफैँलाई परमेश्‍वरमा अर्पण गर्नुहुने ख्रीष्‍टको रगतले, झन् कति धेरै हाम्रा विवेकलाई जीवित परमेश्‍वरको सेवा गर्न मृत कामहरूबाट शुद्ध पार्छ?
\p
\v 15 यसै कारणले गर्दा, उहाँ नयाँ करारको मध्यस्तकर्ता हुनुहुन्छ । यो यस्तो छ कि मृत्युको कारणले गर्दा, पहिलो करारमुनि रहेकाहरूलाई तिनीहरूका पापहरूबाट स्वतन्‍त्र गर्छ भने बोलाइएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकारलाई प्राप्‍त गर्नेछन्।
\v 16 किनकि जहाँ इच्छापत्र हुन्छ, त्यहाँ त्यो बनाउने व्यक्‍तिको मृत्युलाई प्रमाणित गर्नुपर्ने हुन्छ ।
\v 17 किनकि एउटा इच्छापत्र तब मात्र लागु हुन्छ, जब त्यहाँ मृत्यु भएको हुन्छ, किनभने जबसम्म यसलाई बनाउने जीवित हुन्छ, तबसम्म यसको कुनै जोड हुँदैन ।
\v 18 त्यसैले, पहिलो करार पनि रगतविना स्थापित भएको थिएन ।
\v 19 किनकि जब मोशाले सबै मानिसहरूलाई व्यवस्थामा भएका सबै आज्ञाहरू दिएका थिए,, तिनले बाछाका र बोकाहरूको रगत, पानी, रातो ऊन र हिसप लिएर त्यस मुट्ठा र सबै मानिसहरूलाई छर्के ।
\v 20 तब तिनले भने, “यो करारको रगत परमेश्‍वरले तिमीहरूका निम्ति आज्ञा गर्नुभएको छ ।”
\v 21 यसरी नै, तिनले बासस्‍थानमा र सेवामा प्रयोग हुने सबै भाँडाहारूमा रगत छर्के ।
\v 22 अनि व्यवस्थाअनुसार रगतले हरेक थोकलाई शुद्ध पार्छ । रगत नबगाइकन क्षमा हुँदैन ।
\p
\v 23 त्यसकारण, स्वर्गमा भएका थोकहरूका नक्‍कलहरूलाई यी जनावरहरूका बलिदानहरूद्वारा शुद्ध पारिनुपर्थ्यो भने स्वर्गमा भएका थोकहरू आफैंलाई झन् कति धेरै उत्तम बलिदानहरूद्वारा शुद्ध पार्न आवश्यक थियो ।
\v 24 किनकि ख्रीष्‍ट हातद्वारा बनाइएको महा-पवित्रस्थानमा प्रवेश गर्नुभएन, जुनचाहिंं सत्यको एक नक्‍कल मात्र हो । बरु, हाम्रा निम्ति अहिले परमेश्‍वरको सामु उपस्थित हुन उहाँ आफैं स्वर्गमा प्रवेश गर्नुभयो ।
\v 25 उहाँ आफ्नै निम्ति घरिघरि बलि चढाउनका निम्ति त्यहाँ जानुभएको होइन, जसरी प्रधान पूजाहारीले हरेक वर्ष अर्काको रगत लिएर महा-पवित्रस्थानभित्र प्रवेश गर्छन् ।
\v 26 त्यसो भएको भए, संसारको उत्पत्तिदेखि नै उहाँले धेरै पल्ट दुःख भोग्‍नुपर्ने हुन्थ्यो । तर अब यस युगको अन्त्यमा उहाँको आफ्नै बलिद्वारा पापलाई हटाउन उहाँ प्रकट हुनुभएको छ।
\v 27 जसरी मानिस एक पटक मर्न निश्‍चित छ, र त्यसपछि न्याय आउँछ,
\v 28 त्यसरी नै, ख्रीष्‍ट पनि धेरै जनाका पाप बोक्‍नलाई एकै पल्ट बलि हुनुभयो । दोस्रो पल्ट उहाँ देखा पर्नुहुनेछ, पापसँग सामना गर्नलाई होइन, तर मुक्‍तिका लागि उहाँलाई पर्खिरहनेहरूका निम्ति हो ।
\c 10
\cl
\p
\v 1 किनकि व्यवस्था हुन आउने असल कुराहरूको एक छायाँ मात्र हो, ती आफैंमा सत्य थोकहरू भने होइनन् । पूजाहारीहरूले वर्षैपिच्छे लगातार रूपमा चढाउने यस्ता बलिहरूले परमेश्‍वरको नजिक जान कहिल्यै पूर्ण बनाउन सकेन ।
\v 2 नत्रता, के बलि चढाउने काम बन्द हुने थिएन र? त्यसो हुँदो हो त, आराधकहरू एकै पल्टमा शुद्ध पारिएका हुने थिए, तिनीहरूलाई थप पापको चेतना हुने थिएन ।
\v 3 तर ती बलिदानहरूले वर्षैपिच्छे पापहरूको सम्झना गराउँछन् ।
\v 4 किनभने साँढे र बोकाहरूको रगतले पापहरू हटाउन असम्भव छ ।
\p
\v 5 जब ख्रीष्‍ट संसारमा आउनुभयो, उहाँले भन्‍नुभयो, “तपाईंले बलिदानहरू र भेटीहरू चाहनुभएन, तर तपाईंले मेरो लागि एउटा शरीर तयार पारिदिनुभएको छ;
\v 6 तपाईं होमबलि र पापबलिमा प्रसन्‍न हुनुभएन ।”
\q
\v 7 तब मैले भनेँ, “हेर्नुहोस्, मुट्ठोमा मेरो बिषयमा लेखिएजस्तै तपाईंको इच्छा पूरा गर्न म यहाँ छु ।”
\p
\v 8 उहाँले पहिला भन्‍नुभयो, “तपाईं न त बलिदानहरू, न भेटीहरू न सारा होमबलिहरू न पापबलिहरू चाहनुभयो न त ती कुराहरूमा तपाईं प्रसन्‍न हुनुभयो ।” यी त व्यवस्थाअनुसार चढाइएका बलिदानहरू हुन् ।
\v 9 तब उहाँले भन्‍नुभयो, “हेर्नुहोस्, म तपाईंकै इच्छा पूरा गर्न आएको छु ।” दोस्रो अभ्यासलाई स्थापित गर्न उहाँले पहिलो अभ्यासलाई रद्द गर्नुहुन्छ ।
\v 10 त्यहि इच्छाबाट, एकेेचोटि सधैँका निम्ति येशू ख्रीष्‍टको शरीरको बलिदानद्वारा परमेश्‍वरमा हामी पवित्र तुल्याएका छौँ ।
\p
\v 11 दिनहुँ हरेक पूजाहारी खडा हुन्छन् र परमेश्‍वरलाई सेवा पुराउने काम गर्छन् । तिनले उस्तै बलिदान निरन्तर चढाइरहन्छन्— बलिदान जसले कहिल्यै पनि पापलाई उठाई लान सक्दैन ।
\v 12 तर जब, ख्रीष्‍टले पापका निम्ति सधैँको लागि एउटै बलिदान चढाउनुभयो, उहाँ परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभयो ।
\v 13 उहाँका शत्रुहरूलाई आफ्नो पाउदानमा नपारेसम्म उहाँ पर्खिरहनुभएको छ ।
\v 14 किनकि उहाँले एउटै बलिद्वारा परमेश्‍वरमा पवित्र तुल्याएकाहरूलाई सदाका निम्ति सिद्ध पार्नुभएको छ ।
\v 15 पवित्र आत्माले पनि हामीलाई गवाही दिनुहुन्छ । पहिला उहाँले भन्‍नुहुन्छ,
\v 16 “ती दिनहरूपछि मैले तिनीहरूसँग बाँध्‍ने करार यही हो, परमप्रभु भन्‍नुहुन्छ । म मेरो व्यवस्था तिनीहरूका हृदयमा राखिदिनेछु, र ती तिनीहरूको मनमा लेखिदिनेछु ।”
\p
\v 17 फेरि उहाँ भन्‍नुहुन्छ, "म कहिल्यै पनि तिनीहरूका पाप र दुष्कर्महरू सम्झनेछैनँ ।”
\p
\v 18 अब जहाँ यी कुराहरूको क्षमा हुन्छ, त्यहाँ पापका निम्ति कुनै बलिदानको खाँचो पर्दैन ।"
\p
\v 19 यसकारण, भाइहरू हो, हामीसँग येशूको रगतद्वारा महा-पवित्रस्थानभित्र प्रवेश गर्ने साहस छ ।
\v 20 पर्दा अर्थात् उहाँको आफ्नो शरीरद्वारा उहाँले हाम्रा लागि नयाँ र जीवित बाटो खोलिदिनुभएको छ ।
\v 21 किनभने परमेश्‍वरको घरमा हामीसँग महान् पूजाहारी हुनुभएकोले
\v 22 हाम्रो हृदयलाई अशुद्ध विवेकबाट छिट्काउद्वारा सफा गरेर र हाम्रा शरीरलाई शुद्ध पानीले धोएर विश्‍वासको सम्पूर्ण निश्‍चयतासाथ, हामी साँचो हृदय लिएर नजिक जाऔं।
\v 23 हामीले स्वीकार गरेको आशालाई द‍ृढतासाथ थामी राखौँ, किनकि प्रतिज्ञा गर्नुहुने, उहाँ परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ ।
\v 24 हामीले एक अर्कालाई प्रेम र असल कामहरूले कसरी उत्साह दिने भन्‍ने कुरालाई घ्यानपूर्वक विचार गरौं।
\v 25 हामी एक-अर्कामा सँगसँगै भेला हुन नछोडौं, जसरी कतिले छोडेका छन् । बरु, दिन नजिकै आएको हुनाले जतिसक्दो एकले अर्कालाई झन् बढी उत्साह देओ ।
\p
\v 26 किनकि यदि सत्यताको ज्ञान पाएर पनि हामी जानिबुझिकन पाप गरिरहन्छौं भने, पापका लागि कुनै बलिदान बाँकी रहँदैन ।
\v 27 त्यसको सट्टामा, न्यायको डरलाग्दो प्रतीक्षा र परमेश्‍वरका शत्रुहरूलाई भस्म पार्ने क्रोधको डरलाग्दो आगो मात्र रहनेछ ।
\v 28 मोशाको व्यवस्थालाई उल्लङ्घन गर्ने जो कोही पनि दुई वा तीन जना साक्षीको गवाहीमा दयाविना मर्छ ।
\v 29 तिमीहरुलाई के लाग्छ, परमेश्‍वरका पुत्रलाई खुट्टाले कुल्चने, आफूलाई पवित्र गरेको करारको रगतलाई अपवित्र ठान्‍ने र अनुग्रहको आत्मालाई अपमान गर्ने जो कोहीले झन् कति बढी सजाय पाउँछ होला?
\v 30 किनकि यसो भन्‍नुहुनेलाई हामी जान्दछौं, “बदला लिने काम मेरो हो; म बदला लिनेछु ।” र फेरि, “परमप्रभुले उहाँका मानिसहरूको न्याय गर्नुहुनेछ ।”
\v 31 जीवित परमेश्‍वरका हातमा पर्नु डरलाग्दो कुरा हो ।
\p
\v 32 तर तिमीहरूले ज्योति पाएपछि पनि दुःखको कठिन घडीमा कसरी सह्‍यौ, ती अघिका दिनहरूको सम्झना गर ।
\v 33 तिमीहरू सबैका सामु अपमानित र तिरस्कृत भएका थियौ, र त्यस्तै समस्यामा परेकाहरूसँगै तिमीहरू सहभागी हुँदैथियौ ।
\v 34 किनकि कैदमा हुनेहरूलाई तिमीहरूले दया देखायौ, र आफ्नो सम्‍पत्ति खोसिँदा पनि त्यसलाई सहर्ष स्वीकार गर्‍यौ । तिमीलाई यो थाहा थियो कि तिमीहरूसँग अझ उत्तम र रहिरहने आफ्नै सम्‍पत्ति छ । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिमा पाउँँछौं, \fqa म कैदमा हुँदा तिमीहरूले ममाथि दया देखायौ \fqa* । \f*
\v 35 त्यसकारण, आफ्नो निश्‍चयतालाई नगुमाओ, जसको ठुलो इनाम छ ।
\v 36 किनकि तिमीहरूलाई धैर्यको खाँचो छ ताकि तिमीहरूले परमेश्‍वरको इच्छालाई पुरा गरेपछि उहाँले जे प्रतिज्ञा गर्नुभएको छ, सो प्राप्‍त गर्नेछौ ।
\v 37 “किनकि केही बेरमा जो आउँदै हुनुहुन्छ, उहाँ अवश्य आउनुहुनेछ र ढिला गर्नुहुनेछैन ।
\q
\v 38 मेरा धर्मी जन विश्‍वासद्वारा जिउनेछ, यदि त्‍यो पछि फर्कन्छ भने, म त्‍योसँग प्रसन्‍न हुनेछैनँ ।”
\p
\v 39 तर हामी त्‍यस्ता होइनौं जो विनाशतिर फर्कन्छ, बरु ती मध्येका हौं जसमा विश्‍वास छ र आफ्ना प्राणहरू बचाइराख्‍छ।
\c 11
\cl
\p
\v 1 अब विश्‍वासचाहिं आशा गरिएका कुराहरूको बारेमा भएको निश्‍चयता हो र नदेखिएका कुराहरूको बारेमा निश्‍चित हुनु हो ।
\v 2 किनकि हाम्रा पुर्खाहरू तिनीहरूको विश्‍वासका निम्ति यसरी नै प्रमाणित भएका थिए ।
\v 3 विश्‍वासद्वारा हामी बुझ्‍न सक्छौं, कि सारा विश्‍व परमेश्‍वरको आज्ञाद्वारा सृष्‍टि भएको थियो । त्यसकारण, जे देखिन्छन् ती देखिने कुराहरूबाट बनाइएका होइनन् ।
\p
\v 4 विश्‍वासद्वारा नै हाबिलले परमेश्‍वरलाई कयिनले भन्दा उत्तम बलिदान चढाए, जसद्वारा तिनी धर्मी हुन पुगे र तिनको भेटीको कारणले परमेश्‍वरले तिनलाई समर्थन गर्नुभयो र विश्‍वासद्वारा हाबिल मरे तापनि तिनी अझ बोलिरहेका छन् ।
\p
\v 5 विश्‍वासद्वारा नै हनोक माथि उठाई लगिए र तिनले मृत्यु देखेनन् । “तिनी भेटिएनन्, किनभने परमेश्‍वरले तिनलाई उठाउनुभयो ।” किनकि तिनी उठाइनुभन्दाअघि तिनले परमेश्‍वरलाई प्रसन्‍न पारेको प्रमाणित भएको थियो ।
\v 6 अब विनाविश्‍वास परमेश्‍वरलाई प्रसन्‍न पार्न असम्भव छ । किनकि जो परमेश्‍वरकहाँ आउँछ त्यसले परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ र उहाँलाई खोज्‍नेहरूलाई उहाँ इनाम दिने हुनुहुन्‍छ भनी विश्‍वास गर्नुपर्छ ।
\p
\v 7 विश्‍वासद्वारा नै नोआलाई अहिलेसम्म नदेखेका कुराहरूका बारेमा ईश्‍वरीय सन्देश दिइएको थियो । तिनले भक्तिमय सम्मानसाथ एउटा पानी जहाज बनाएर आफ्नो घरानालाई बचाए । यसो गरेर तिनले संसारलाई दोषी ठहराए र विश्‍वासअनुसार तिनी धार्मिकताका उत्तराधिकारी भए ।
\p
\v 8 अब्राहामलाई बोलाइँदा विश्‍वासद्वारा नै तिनले आज्ञापालन गरे र तिनी उत्तराधिकारको रूपमा पाउनुपर्ने ठाउँतिर गए । आफू कहाँ जाँदैछु भन्‍ने कुरा थाहै नपाए तापनि तिनी गए ।
\v 9 तिनी विश्‍वासद्वारा नै प्रतिज्ञाको देशमा एक परदेशीको रूपमा बसे । तिनी पालहरूमा उही प्रतिज्ञाको सङ्गी उत्तराधिकारीहरू, इसहाक र याकूबसँग बसे ।
\v 10 किनकि तिनले जगहरू भएको सहरलाई हेरिरहेका थिए, जुन सहरको रचनाकार र निर्माणकर्ता परमेश्‍वर हुनुहुन्छ ।
\v 11 सारा बाँझी भए तापनि तिनले गर्भधारण गर्ने शक्‍ति विश्‍वासद्वारा नै प्राप्‍त गरिन् । तिनी एकदमै वृद्ध भइसक्दा पनि यसो भएको थियो, किनकि तिनीले प्रतिज्ञा दिनुहुनेलाई विश्‍वासयोग्य ठानिन् ।
\v 12 त्यसैकारण, मरेतुल्य यिनै एक जना मानिसबाट—आकाशका असङ्ख्य ताराहरू र समुद्री किनारका अनगिन्‍ती बालुवासरह सन्तानहरू जन्मिए ।
\p
\v 13 विश्‍वासमा नै प्रतिज्ञाहरू प्राप्‍त नगरिकनै यी सबै मरे । बरू तिनीहरूले ती टाढैबाट देखे र स्वागत गरे, अनि पृथ्वीमा तिनीहरू परदेशी र निर्वासितहरू मात्र हुन् भन्‍ने कुरा स्वीकार गरे ।
\v 14 किनकि जसले यस्ता कुराहरू भन्छन् तिनीहरूले एउटा स्वदेश खोजिरहेका छन् भन्‍ने कुरा स्पष्‍ट हुन्छ ।
\v 15 यदि तिनीहरूले आफू निस्केर गएको देशका लागि सोचिरहेका भए, तिनीहरूले फर्केर जाने मौका पाउने थिए ।
\v 16 तर तिनीहरू अझ उत्तम देश अर्थात् स्वर्गीय देशको चाहना गर्दछन् । त्यसकारण परमेश्‍वर तिनीहरूका परमेश्‍वर कहलाइनुहुन लजाउनुहुन्‍न, किनकि उहाँले तिनीहरूका लागि एउटा सहर तयार पार्नुभएको छ ।
\p
\v 17 आफ्नो जाँच हुँदा विश्‍वासद्वारा नै अब्राहामले इसहाकलाई बलि चढाए । बलि चढाएका तिनी, तिनका एक मात्र छोरा थिए जसले प्रतिज्ञाहरू प्राप्‍त गरेका थिए ।
\v 18 यिनी तिनै अब्राहाम थिए जसलाई यसो भनिएको थियो, “इसहाकद्वारा नै तेरा सन्तानहरूको नाउँ रहनेछ ।”
\v 19 परमेश्‍वरले इसहाकलाई मृत्युबाट जीवित पार्न सक्‍नुहुने थियो भन्‍ने कुरा अब्राहामलाई थाहा थियो, र साङ्केतिक अर्थमा भन्‍नुपर्दा तिनले तिनीहरूबाट आफ्ना छोरालाई फिर्ता पाएका थिए ।
\p
\v 20 आउन लागेका थोकहरूको बारेमा इसहाकले विश्‍वासद्वारा नै याकूब र एसावलाई आशिष्‌ दिए ।
\p
\v 21 याकूब मर्नै लागेका बेलामा विश्‍वासद्वारा नै तिनले योसेफका प्रत्‍येक छोराहरूलाई आशिष्‌‌ दिए । लौरोको टुप्पोमा अडेस लागेर याकूबले आराधना गरे ।
\v 22 योसेफको अन्त्य नजिकिँदा विश्‍वासद्वारा नै तिनले मिश्रबाट इस्राएलीहरू प्रस्थान हुने विषयमा बोले र तिनका अस्थिहरूको बारेमा तिनीहरूलाई आदेश दिए ।
\p
\v 23 मोशा जन्मँदा तिनी सुन्दर भएको कारणले गर्दा तिनका आमाबुबाले विश्‍वासद्वारा नै तिनलाई तीन महिनासम्म लुकाएर राखे । तिनीहरू राजाको आदेशसित डराएनन् ।
\v 24 मोशा हुर्केपछि विश्‍वासद्वारा नै तिनले फारोकी छोरीको छोरा कहलाईनलाई इन्कार गरे ।
\v 25 तिनले पापको क्षणिक सुख भोग्‍नुभन्दा बरु परमेश्‍वरका मानिसहरूसँगै दुःख भोग्‍ने कुरालाई छाने ।
\v 26 मिश्रको सम्‍पत्तिमा भन्दा ख्रीष्‍टलाई पछ्‍याउँदा सहनुपर्ने अपमानलाई नै तिनले बहुमूल्यको ठाने । किनकि तिनले आफ्ना आँखालाई इनाममाथि केन्द्रित गरिरहेका थिए ।
\v 27 विश्‍वासद्वारा नै मोशाले मिश्रदेश छोडे । उनी राजाको क्रोधदेखि डराएनन्, किनकि एक जो अद‍ृश्यलाई देखेजस्तै गरी तिनले सहिरहे ।
\v 28 जेष्‍ठ सन्‍तान नाश गर्नेले इस्राएलीहरूका जेठा छोराहरूलाई छुन नसकोस् भनी विश्‍वासद्वारा नै तिनले निस्तार-चाड र रगतको छिट्काउको पालन गरे ।
\p
\v 29 विश्‍वासद्वारा नै तिनीहरूले सुख्खा जमिनमा हिँडेजस्तै गरी लाल समुद्र पार गरे । जब मिश्रीहरूले पनि यसै गर्न खोजे, तब तिनीहरू डुबे ।
\p
\v 30 तिनीहरूले सात दिनसम्म यरीहो पर्खालको वरिपरि घुमेपछि विश्‍वासद्वारा नै यो ढल्यो ।
\p
\v 31 राहाब वेश्याले विश्‍वासद्वारा नै जासुसहरूलाई शान्तिसाथ सत्कार गरेकी हुनाले तिनी अनाज्ञाकारीहरूसँगै नष्‍ट भइनन् ।
\p
\v 32 अनि योभन्दा बढी म के भनौं? यदि मैले गिदोन, बाराक, शिमशोन, यिप्‍ता, दाऊद, शमूएल र अगमवक्‍ताहरूको बारेमा भनेँ भने, मलाई समय नै पुग्‍नेछेैन ।
\v 33 विश्‍वासद्वारा नै तिनीहरूले राज्यहरूलाई जिते; न्यायपूर्ण काम गरे, र प्रतिज्ञाहरू प्राप्‍त गरे । तिनीहरूले सिंहहरूको मुखलाई बन्द गरिदिए,
\v 34 आगोको ज्वालालाई निभाए, तरवारको धारबाट भागे, रोगहरूबाट निको पारिए, युद्धमा शक्‍तिशाली भए, र विदेशी सेनाहरूलाई हराए ।
\v 35 स्‍‍‍‍त्रीहरूले आफ्ना मरेकाहरूलाई पुनरुत्थानद्वारा प्राप्‍त गरे । अरूहरूले छुटकारालाई स्वीकार नगरी यातना भोगे ताकि तिनीहरूले अझ उत्तम पुनरुत्थान अनुभव गर्न सकून् ।
\v 36 अरूहरूले निन्दा, कोर्रा, साङ्‌ला र कैदजस्ता आदि कुराहरू सहे ।
\v 37 तिनीहरूलाई ढुङ्गाले हानियो । तिनीहरूलाई दुई भाग हुने गरी चिरियो । तिनीहरूलाई तरवारले मारियो । तिनीहरूले भेडा र बाख्राको छाला लगाएर हिँड्डुल गर्नुपर्‍यो । तिनीहरूले गरीबी, थिचोमिचो, दूरव्‍यवहार सहे । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौं, \fqa तिनीहरूलाई ढुङ्गाले हानियो । तिनीहरूलाई दुई भाग हुनेगरी चिरियो । तिनीहरूलाई परीक्षा गरियो । तिनीहरूलाई तरवारले मारियो \fqa* । \f*
\v 38 यो संसार तिनीहरूका लागि योग्य थिएन । तिनीहरू मरुभूमि, पहाड, गुफा र जमिनका ओडारहरूतिर सधैैं डुलिरहे ।
\p
\v 39 यहाँसम्म यी सबै मानिसहरू तिनीहरूका विश्‍वासको कारण परमेश्‍वरद्वारा प्रमाणित भए, तापनि तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू प्राप्‍त गरेनन् ।
\v 40 परमेश्‍वरले हाम्रा लागि अझ उत्तम कुरा योजना गरिदिनुभयो ताकि हामीविना तिनीहरू सिद्ध नहोऊन् ।
\c 12
\cl
\p
\v 1 यसकारण, हामी यतिका धेरै साक्षीहरूका बादलले घेरिएका हुनाले हामी हरेक बोझ र सजिलैसित अल्‍झाइरहने पापलाई पन्‍छाऔं । हाम्रा अघि राखिदिएको दौडलाई धैर्यसाथ दाैडौं ।
\v 2 विश्‍वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हामीले ध्यान केन्‍द्रित गरौं । किनकि आफ्नो सामुन्‍ने राखिएको आनन्दको लागि उहाँले अपमान सहनुभयो र क्रूसको दुःख भोग्‍नुभयो र परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभयो ।
\p
\v 3 त्यसैले उहाँको बारेमा विचार गर जसले पापीहरूबाट आफू विरुद्धमा भएका विरोध सहनुभयो, ताकि तिमीहरू आफ्ना हृदयमा शिथिल नहोओ र हरेस नखाओ ।
\v 4 तिमीहरूले पापको विरुद्धमा अझसम्‍म रगत बगाउनुपर्ने अवस्था आएको छैन वा यसको लागि सङ्घर्ष गर्नुपरेको छैन;
\v 5 अनि तिमीहरूलाई छोराहरूसरह उत्‍साह दिने अर्तीलाई तिमीहरूले भुलेका छौः “हे मेरो छोरा, प्रभुको अनुशासनलाई हलुका नसम्‍झ, जब उहाँद्वारा तिमी सुधारिन्छौ, तब हरेस नखाऊ ।
\q
\v 6 किनकि प्रभुले जसलाई प्रेम गर्नुहुन्‍छ त्यसलाई अनुशासनमा राख्‍नुहुन्छ, अनि उहाँले ग्रहण गर्ने हरेक छोरालाई दण्ड दिनुहुन्‍छ ।”
\p
\v 7 कष्‍टलाई अनुशासनझैं सहो । परमेश्‍वरले तिमीहरूसित छोराहरूलाई जस्‍तै व्‍यवहार गर्नुहुन्‍छ । किनकि बाबुले अनुशासन नगरेको कुन छोरा हुन्‍छ र?
\v 8 तर सबै सहभागी हुने अनुशसानमा यदि तिमीहरू अनुशसान विनाका छौ भने तिमीहरू अवैध हौ र उहाँका छोराहरू होइनौ ।
\v 9 अझ भन्‍नुपर्दा, हाम्रा संसारिक बुबाहरू थिए जसले हामीलाई अनुशासनमा राखे र जसलाई हामीले आदर गर्‍यौं । हामीले हाम्रा आत्‍माहरूको पिताको झन् कति बढी अधीनमा रहेर जिउनुपर्छ!
\v 10 हाम्रा बाबुहरूले केही समयसम्‍म हामीलाई अनुशसानमा राखे जुन तिमीहरूलाई उचित लाग्यो, तर परमेश्‍वरले हाम्रै भलाइका लागि अनुशासनमा राख्‍नुभयो ताकि हामी उहाँको पवित्रतामा सहभागी हुन सकौं।
\v 11 कुनै पनि अनुशासन त्यस समयमा आनन्दको हुँदैन, तर दुःखदायी नै हुन्‍छ । तर यसद्वारा तालिम प्राप्‍त गरेकाहरूका निम्ति भने अन्त्यमा यसले धार्मिकताको शान्‍तिपूर्ण फल फलाउँछ ।
\p
\v 12 त्यसकारण, लत्रेका हातहरू र दुर्बल घुँडाहरू बलियो बनाओ ।
\v 13 आफ्ना खुट्टाका लागि बाटो सिधा बनाओ ताकि, जे लङ्गडो छ, त्यो नखुस्कियोस्, बरु निको होस् ।
\v 14 हरेकसित शान्‍तिमा बस्‍ने, र पवित्रतामा रहने प्रयत्‍न गर किनकि यो विना कसैले पनि प्रभुलाई देख्‍न सक्दैन ।
\v 15 होसियार रहो, ताकि परमेश्‍वरको अनुग्रहबाट कोही पनि वञ्‍चित हुन नपरोस्, र तिक्तताको जरा उम्रिएर कसैलाई पनि दुःख नदियोस्, र यसले धेरैलाई दोषी नबनाओस् ।
\v 16 होसियार रहो कि कोही पनि यौन अनैतिक नहोस् वा एसावजस्‍तै अधर्मी नहोस् जसले एक छाक खानाको लागि आफ्‍नो जन्‍माधिकार बेचे ।
\v 17 किनकि तिमीहरूलाई थाहै छ, कि पछि गएर तिनले त्‍यो आशिष्‌को उत्तराधिकार प्राप्‍त गर्ने इच्‍छा गर्दा तिनलाई अस्‍वीकार गरियो, किनभने तिनले आँशुका साथ पश्‍चात्ताप गर्न खोज्‍दा पनि त्‍यसो गर्ने मौका पाएनन् ।
\p
\v 18 किनकि तिमीहरू छुन सक्‍ने, जलिरहेको, अन्धकार, बादल र आँधीको पहाडमा आएका छैनौ ।
\v 19 तिमीहरू तुरही फुकिएको चर्को आवाज भएको ठाउँमा पनि आएका छैनौ, न त त्यस्तो आवाज सुन्‍ने ठाउँमा आएका छौ जसलाई सुनेर तिनीहरूले अर्को शब्द सुन्‍नु नपरोस् भनी बिन्‍ती गरेका थिए ।
\v 20 किनकि “यदि कुनै जनावरले त्यस पहाडलाई छोयो भने त्यसलाई ढुङ्गाले हान्‍नैपर्छ” भन्‍ने आज्ञालाई तिनीहरूले सहन सकेनन् । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिमा पाउँँछौं, \fqa एउटा जनावरले त्यस पहाडलाई छोयो भने, तापनि त्यसलाई ढुङ्गा वा तीरले हान्‍नैपर्छ \fqa* । \f*
\v 21 त्यो द‍‍‍‍‍‍‍‍‍‍‍‍‍ृश्य यस्तो डरलाग्दो थियो कि मोशाले भने, “म डराएरको छु र काम्दै छु ।”
\v 22 त्यसको सट्टामा, तिमीहरू सियोन पहाड र जीवित परमेश्‍वरको सहर, स्वर्गीय यरूशलेम, अनि दसौं हजार स्वर्गदूतको उत्सवमा आएका छौ ।
\v 23 तिमीहरू स्वर्गमा नाउँ दर्ता गरिएका पहिले जन्मेकाहरूको सभामा आएका छौ। तिमीहरू सबैका न्यायकर्ता परमेश्‍वरकहाँ, अनि सिद्ध पारिएका धर्मी जनका आत्माहरूकहाँ आएका छौ ।
\v 24 अनि नयाँ करारका मध्यस्तकर्ता येशूकहाँ र हाबिलको रगतभन्दा अझ उत्तमसित बोल्ने रगतको छिट्काउमा आएका छौ ।
\p
\v 25 हेर, तिमीहरूसित बोल्दै गर्नुहुनेलाई इन्कार नगर । किनकि यदि पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनेलाई इन्कार गर्नेहरू त उम्केनन् भने, स्वर्गबाट चेतावनी दिनुहुनेदेखि हामी तर्किनेहरू झन् कसरी उम्कन सक्छौं र?
\v 26 कुनै समय उहाँको आवाजले पृथ्वी हल्लायो । तर अहिले उहाँले प्रतिज्ञा गर्नुभयो र भन्‍नुभयो, “अझ एक पटक म पृथ्वी मात्र होइन, तर स्वर्गहरूलाई पनि हल्लाउनेछु ।”
\v 27 “अझ एक पटक” भन्‍ने यी शब्दहरूको अर्थ हुन्छ कि हल्लाउन सकिने थोकहरू जो सृष्‍टि गरिएका छन्, सबै हटाइनेछन् ताकि हल्लाउन नसकिने थोकहरू स्थिर रहनेछन् ।
\v 28 त्यसकारण, एउटा हल्लाउन नसकिने राज्य प्राप्‍त गरेकोमा हामी कृतज्ञ होऔं र यस प्रकारले आदर र श्रद्धासाथ परमेश्‍वरलाई आराधना गरौं।
\v 29 किनकि हाम्रा परमेश्‍वर भस्म पार्ने आगो हुनुहुन्छ ।
\c 13
\cl
\p
\v 1 भ्रातृ-प्रेम बनिरहोस् ।
\v 2 अपरिचितहरूलाई अतिथि सत्कार गर्न नबिर्स । किनकि यसैद्वारा थाहा नै नपाइकन कति जनाले स्वर्गदूतहरूको अतिथि सत्कार गरेका छन् ।
\v 3 तिमीहरू आफैं पनि कैदीहरुसंगै बाँधिएजस्तै गरी तिनीहरूको सम्झना गर । तिमीहरू पनि शरीरमा दुर्व्यवहार गरिएकाहरूसंगै भएझैं तिनीहरूको सम्झना गर ।
\p
\v 4 हरेकले विवाहलाई आदर गरोस् र विवाहको ओछ्यान नबिटुलियोस्, किनकि यौन अनैतिक मानिसहरू र व्‍यभिचारीहरूलाई परमेश्‍वरले न्याय गर्नुहुनेछ ।
\v 5 तिमीहरूका चालचलनलाई रुपियाँ-पैसाको प्रेमबाट अलग राख । तिमीहरूसँग भएका थोकहरूमा सन्‍तुष्‍ट होओ, किनकि परमेश्‍वर आफैंले भन्‍नुभएको छ, “म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ, न त म तिमीहरूलाई त्याग्‍नेछु ।”
\p
\v 6 हामी सन्तुष्‍ट होऔं ताकि हामी साहससाथ भन्‍न सकौं, “परमप्रभु मेरा सहायक हुनुहुन्छ म डराउनेछैनँ । मानिसले मलाई के गर्न सक्छ र?”
\p
\v 7 तिमीहरूलाई परमेश्‍वरको वचन सुनाउने तिम्रा अगुवाहरूलाई विचार गर, र तिनीहरूका रहनसहनको परिणामलाई विचार गर । तिनीहरूका विश्‍वासको देखासिखी गर ।
\v 8 येशू ख्रीष्‍ट हिजो, आज र सधैँभरि एक समान हुनुहुन्छ ।
\v 9 विभिन्‍न प्रकारका र अनौठा शिक्षाहरूले तिमीहरूलाई नबहकाओस् । किनकि अनुग्रहद्वारा हाम्रो हृदय सुदृढ भएको असल हुन्‍छ, भोजनबाट होइन जसले त्यसअनुसार हिंड्नेहरूलाई सहायता गर्दैन।
\p
\v 10 हामीसँग एउटा वेदी छ, जसबाट बासस्‍थानमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन ।
\v 11 किनकि पाप क्षमाका निम्ति प्रधान पूजाहारीद्वारा मारिएका पशुहरूको रगत पवित्रस्थानमा ल्याइन्थ्यो, तर तिनीहरूको शरीरलाई भने छाउनीबाहिर जलाइन्‍थ्‍यो ।
\v 12 त्यसकारण, येशूले पनि आफ्नै रगतद्वारा मानिसहरूलाई पवित्र तुल्याउनको खातिर सहरको ढोकाबाहिर दुःख भोग्‍नुभयो ।
\p
\v 13 त्यसैले, हामी पनि उहाँको निन्दामा सहभागी हुँदै उहाँकहाँ छाउनीबाहिर जाऔं।
\v 14 किनकि हामीसँग यहाँ कुनै स्थायी सहर छैन । बरु, हामी आउनेवालाको प्रतीक्षामा छौं ।
\p
\v 15 त्यसैले, उहाँद्वारा हामी सधैं परमेश्‍वरलाई प्रशंसाको बलिदान चढाऔ, यो प्रशंसा उहाँको नाउँ स्‍वीकार गर्ने ओठको फल हो ।
\p
\v 16 अनि हामीले एक अर्कालाई भलाइ गर्न र सहायता गर्न नबिर्सौं, किनकि यस्तै बलिदानहरूसँग परमेश्‍वर अति प्रसन्‍न हुनुहुन्छ ।
\p
\v 17 तिमीहरूका अगुवाहरूको आज्ञा मान र अधीनमा बस, किनकि हिसाब गर्नेले जस्तै गरी तिनीहरूले तिमीहरूका आत्माको रेखदेख गर्छन् । आज्ञा मान ताकि तिम्रा अगुवाहरूले आनन्‍दसाथ यो गरून्, दुःखसँग होइन, जुन तिमीहरूका लागि उपयोगी छैन ।
\p
\v 18 हाम्रा लागि प्रार्थना गर, किनकि हामीमा सफा विवेक छ भनी हामी निश्‍चित छौं र सबै कुरामा ठिक प्रकारले जिउन चाहन्छौं ।
\v 19 यो अझ धेरै गर भनेर म तिमीहरूलाई उत्साह दिन्छु ताकि म तिमीहरूकहाँ चाँडै फर्केर आउनेछु ।
\p
\v 20 अब भेडाका महान् गोठाला हाम्रा प्रभु येशूको अनन्त करारको रगतद्वारा मृत्‍युबाट जीवनमा ल्याउनुहुने शान्तिका परमेश्‍वरले,
\v 21 येशू ख्रीष्‍टद्वारा उहाँलाई प्रसन्‍न तुल्याउने काम हामीमा गर्दै उहाँको इच्‍छा पूरा गर्न तिमीहरूलाई हरेक असल कुराहरुले सुसज्जित पारून् । उहाँलाई नै सधैँभरि महिमा भइरहोस् । आमेन ।
\p
\v 22 अब भाइहरू हो, म तिमीहरूलाई उत्साह दिन्छु, कि यी उत्साहका वचनहरूलाई पालन गर, जुन मैले छोटकरीमा तिमीहरूलाई लेखेको छु ।
\p
\v 23 तिमीहरूलाई यो थाहा होस्, कि हाम्रा भाइ तिमोथी स्‍वतन्‍‍त्र पारिएका छन् । यदि तिनी छिट्टै आउँछन् भने, म तिमीहरूलाई तिनीसँगै देख्‍नेछु ।
\p
\v 24 तिम्रा सबै अगुवाहरू र परमेश्‍वरका पवित्र जनहरूलाई अभिवादन गर । इटालियाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
\p
\v 25 तिमीहरू सबैसँग अनुग्रह रहोस् ।

155
60-JAS.usfm Normal file
View File

@ -0,0 +1,155 @@
\id JAS
\ide UTF-8
\h James
\toc1 James
\toc2 James
\toc3 jas
\mt James
\c 1
\cl
\p
\v 1 परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टका सेवक याकूबबाट, छरपष्‍ट भएका बाह्र कुललाई अभिवादन!
\p
\v 2 मेरा भाइहरू हो, तिमीहरूले अनेकौं किसिमका समस्याहरूको अनुभव गर्दा त्यसलाई पूर्ण रूपमा आनन्द सम्झ,
\v 3 तिमीहरू जान्दछौ, कि तिमीहरूको विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँछ ।
\v 4 धैर्यलाई पूर्ण रूपमा काम गर्न देओ, ताकि तिमीहरू सम्पूर्ण रूपमा सुधारिएको र पूर्ण हुन सक र तिमीहरूमा कुनै कुराको कमी नहोस् ।
\p
\v 5 तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने, माग्‍ने जति सबैलाई उदारतासँग र नहप्काइकन दिनुहुने परमेश्‍वरसँग त्यसले मागोस् र उहाँले त्यसलाई त्यो दिनुहुनेछ ।
\v 6 तर त्यसले शङ्का नगरी विश्‍वाससाथ मागोस् । किनकि शङ्का गर्नेचाहिँ बतासले हुत्त्याउने र यताउता पल्टाउने समुद्रको छालजस्‍तो हुन्छ ।
\v 7 त्यस्तो व्यक्‍तिले प्रभुबाट कुनै पनि कुरा पाउनेछु भनी नसोचोस्,
\v 8 त्यस्तो व्यक्‍ति दोहोरो मनको हुन्छ, र आफ्ना सबै चालमा अस्थिर हुन्छ ।
\p
\v 9 दीन भाइले आफ्नो उच्‍च अवस्थामा गर्व गरोस्,
\v 10 तर धनी मानिसले आफ्नो दीनतामा गर्व गरोस्, किनभने त्यो घाँसमा फलेको जङ्गली फुलझैं ओइलाएर बितिजानेछ ।
\v 11 किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ र घाँसलाई सुकाइदिन्‍छ । फुल झर्छ, र त्‍यसको सौन्‍दर्य नष्‍ट हुन्छ । त्यसैगरी, धनी मानिस आफ्नो यात्राको बीचमा नै बिलाएर जानेछ ।
\p
\v 12 त्‍यो मानिस धन्‍यको हो जो परीक्षामा स्‍थिर रहन्‍छ । किनकि परीक्षामा सफलता प्राप्‍त गरिसकेपछि त्यसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्‍वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ ।
\p
\v 13 परीक्षामा पर्दा “म परमेश्‍वरबाट परीक्षामा परेको छु” भनी कसैले पनि नभनोस् किनभने दुष्‍टबाट परमेश्‍वरको परीक्षा हुँदैन न त उहाँ आफैंले पनि कसैको परीक्षा गर्नुहुन्‍छ ।
\v 14 तर प्रत्येक व्यक्‍ति आफ्नै अभिलाषाद्वारा परीक्षामा पर्छ, जसले त्यसलाई बहकाउँछ र प्रलोभनमा पार्छ ।
\v 15 अभिलाषाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ, अनि पाप पूर्ण रूपमा बढेपछि त्यसले मृत्यु ल्याउँछ ।
\p
\v 16 मेरा प्रिय भाइहरू हो, धोकामा नपर ।
\v 17 हरेक असल वरदान र हरेक सिद्ध वरदान माथिबाटको हो । ज्योतिका पिताबाट त्यो तल आउँछ । उहाँमा कुनै परिवर्तन हुने वा बदली हुने छाँया हुँदैन।
\v 18 उहाँले सृष्‍टि गर्नुभएका सबै कुरामध्‍ये हामी पहिलो फलझैं हुन सकौं भनेर परमेश्‍वरले सत्यको वचनद्वारा हामीलाई जीवन दिनलाई चुन्‍नुभयो ।
\p
\v 19 मेरो प्रिय भाइहरू हो, तिमीहरू यो जान्‍दछौः हरेक मानिस सुन्‍नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा होस् ।
\v 20 किनकि मानिसको रिसले परमेश्‍वरको धार्मिकता पूरा गर्दैन ।
\p
\v 21 यसकारण, सबै पापमय घिनलाग्‍दा कुरा र दुष्‍टताको प्रचुरतालाई मिल्‍काइदेओ । रोपिएको वचनलाई विनम्रतामा धारण गर जसले तिमीहरूका प्राणलाई बचाउन सक्‍छ ।
\v 22 आफैंलाई धोका दिने गरी वचन सुन्‍ने मात्र होइन, तर पालन पनि गर ।
\v 23 किनकि यदि कोही वचन सुन्‍ने मात्र व्यक्‍ति हो, तर पालन गर्ने व्यक्‍ति होइन भने त्यो ऐनामा आफ्नो स्वाभाविक अनुहार जाँच्‍ने मानिसजस्तै हो ।
\v 24 त्यसले आफैंलाई जाँच्छ र गइहाल्छ र त्यो कस्‍तो थियो भन्‍ने कुरा तुरुन्तै बिर्सिहाल्‍छ ।
\v 25 तर सुनेर बिर्सने व्यक्‍ति मात्र नभई स्‍वतन्‍‍त्र‍ताको सिद्ध व्‍यवस्‍थालाई होसियारीपूर्वक ध्यान दिने र निरन्तर त्यस्तै गरिरहने व्यक्‍तिचाहिँ त्यसले गर्ने कामहरूमा आशिषित हुनेछ ।
\p
\v 26 यदि कसैले आफैंलाई धार्मिक ठान्छ, तर त्यसले आफ्नो जिब्रोलाई नियन्‍‍त्रण गर्दैन भने त्यसले आफ्‍नो हृदयलाई धोका दिन्छ र त्यसको धर्म व्यर्थको हुन्‍छ ।
\v 27 हाम्रा परमेश्‍वर र पिताको सामु पवित्र र निष्कलङ्क धर्म यही होः अनाथ र विधवाहरूको कष्‍टमा तिनीहरूलाई सहायता गर्नु, अनि आफैंलाई संसारबाट दोषरहित राख्‍नु ।
\c 2
\cl
\p
\v 1 मेरा भाइहरू हो, केही मानिसहरूप्रति पक्षपात गर्दै महिमाका प्रभु हाम्रा प्रभु येशू ख्रीष्‍टमा तिमीहरूले विश्‍वास नगर ।
\v 2 मानोें कि कोही मानिस तिमीहरूको सभामा सुनका औंठीहरू र राम्रा-राम्रा लुगाहरू लगाएर प्रवेश गर्‍यो र त्यहाँ एउटा गरिब मानिस पनि फोहोर पहिरनमा प्रवेश गर्‍यो ।
\v 3 यदि तिमीहरूले त्यस राम्रा-राम्रा लुगा लगाएको मानिसतर्फ हेर्छौ र “कृपया यहाँ यस राम्रो स्थानमा बस्‍नुहोस्” भनेर भन्छौ, तर तिमीहरूले त्यस गरिब मानिसलाई “तँ यहीं उभी” वा “मेरो पाउनेर बस्” भनेर भन्छौ भने,
\v 4 के तिमीहरूले आफ्‍नेे बीचमा न्याय गरिरहेका छैनौ र? के तिमीहरू दुष्‍ट विचारहरू भएका न्यायकर्ताहरू बनेनौ र?
\v 5 मेरा प्रिय भाइहरू हो, सुन, के परमेश्‍वरले संसारका गरिबहरूलाई विश्‍वासमा धनी हुनको निम्ति र उहाँलाई प्रेम गर्नेहरूका निम्ति उहाँले प्रतिज्ञा गर्नुभएको राज्यको उत्तराधिकारीहरू हुनलाई चुन्‍नुभएन र?
\v 6 तर तिमीहरूले गरिबहरूलाई अनादर गरेका छौ! के तिमीहरूमाथि दमन गर्ने धनीहरू नै होइनन् र? तिमीहरूलाई अदालतमा तानेर लैजाने तिनीहरू नै होइनन् र?
\v 7 तिमीहरूलाई जुन असल नामद्वारा बोलावट भएको छ त्यसको तिनीहरूले अपमान गर्दैनन् र?
\v 8 तथापि, यदि तिमीहरूले धर्मशास्‍‍त्रअनुसार “आफ्ना छिमेकीलाई आफूलाई झैं प्रेम गर” भन्‍ने राजकीय व्यवस्थालाई पूरा गर्छौ भने, तिमीहरूले असलै गर्छौ ।
\v 9 तर यदि तिमीहरूले कोही मानिसहरूप्रति भेदभाव देखायौ भने, तिमीहरूले पाप गरिरहेका हुन्छौ, र तिमीहरू व्यवस्थाद्वारा अपराधीको रूपमा दोषी ठहरिन्छौ ।
\p
\v 10 किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्छ, तर एउटै कुरामा मात्र ठक्‍कर खान्छ भने, त्यो सम्पूर्ण व्यवस्थाको उल्लङ्घन गरेकोमा दोषी ठहरिन्छ ।
\v 11 किनकि जसले “व्यभिचार नगर” भनेर भन्‍नुभयो उहाँले “हत्या नगर” पनि भन्‍नुभयो । यदि तिमीहरूले व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरू व्यवस्थाको अपराधी भएका छोे ।
\p
\v 12 यसकारण, स्वतन्‍‍त्रताको व्यवस्थाद्वारा न्याय हुनेहरूझैं गरी बोल र व्यवहार गर ।
\v 13 किनकि कृपा नदेखाउनेहरूमाथि कृपाविना नै न्याय आउँछ । कृपा न्यायमाथि विजयी हुन्छ ।
\p
\v 14 मेरा भाइहरू हो, यदि कोही मानिसले त्यससित विश्‍वास छ भनी भन्छ तर त्यसले कुनै काम गर्दैन भने, त्यसबाट के लाभ? के त्यस विश्‍वासले त्यसलाई बचाउन सक्छ र?
\v 15 मानोें कि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन र त्यसको निम्ति दैनिक भोजनको अभाव छ ।
\v 16 मानोें कि तिमीहरूमध्ये कसैले त्यसलाई “शान्तिसँग जाऊ, न्यानो गरी बस र पेटभरि खाऊ” भनेर भन्छौ । यदि तिमीहरूले शरीरलाई आवश्यक पर्ने कुराहरूचाहिं तिनीहरूलाई दिंदैनौ भने, त्यसबाट के लाभ भयो र?
\v 17 त्यसेेगरी यदि विश्‍वास पनि कामबिनाको छ भने त्यो मरेतुल्य हुन्छ ।
\p
\v 18 तर पनि कसैले यसो भन्ला, “तिमीहरूसँग विश्‍वास छ, र मसँग कामहरू छन् ।” कामविना तिमीहरूको विश्‍वास मलाई देखाऊ र मैले मेरा कामहरूद्वारा आफ्नो विश्‍वास तिमीहरूलाई देखाउनेछु ।
\v 19 परमेश्‍वर एउटै हुनुहुन्छ भनेर तिमीहरू विश्‍वास गर्छौ; तिमीहरूले त्यो असल गर्छौ । तर भूतात्माहरूले पनि विश्‍वास गर्छन्, र तिनीहरू थरथर काम्छन् ।
\v 20 मूर्ख मानिस हो, के तिमी यो जान्‍न चाहन्छौ, कि कामविनाको विश्‍वास व्यर्थ हुन्छ? \f + \ft केही महत्वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिमा \fqa मूर्ख मानिस हो, के तिमी यो जान्‍न चाहन्छौ, कि कामविनाको विश्‍वास मृत हुन्छ \fqa* ? \f*
\v 21 जब हाम्रा पिता अब्राहामले वेदीमा आफ्ना पुत्र इसहाकलाई अर्पण गरे, के तिनी कामद्वारा नै धर्मी ठहरिएका थिएनन् र?
\v 22 तिमीहरू देख्छौ, कि तिनका कामहरूसँगै विश्‍वासले कार्य गर्‍यो, र कामहरूद्वारा नै तिनको विश्‍वास पूर्ण भयो ।
\v 23 धर्मशास्‍‍त्रको यस्तो भन्‍ने वचन पूरा भयो, “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र त्यो तिनको निम्ति धार्मिकता गनियो ।” र तिनी परमेश्‍वरको मित्र कहलिए ।
\v 24 तिमीहरू देख्छौ, कि कामद्वारा मानिस धर्मी ठहरिन्छ, विश्‍वासद्वारा मात्र होइन ।
\v 25 त्यसै गरी, राहाब वेश्याले पनि गुप्‍तचरहरूलाई स्वागत गरेर अर्कै बाटोबाट पठाइदिंदा, के तिनी कामद्वारा नै धर्मी ठहरिएकी थिइनन् र?
\p
\v 26 जसरी आत्मादेखि अलग हुँदा शरीर मर्छ, त्यसै गरी कामबाट अलग हुँदा विश्‍वास पनि मर्छ ।
\c 3
\cl
\p
\v 1 मेरा भाइहरू हो, धेरै जना शिक्षक बन्‍नु हुँदैन । हामी यो जान्‍दछोे, कि हामी, शिक्षा दिनेहरूको अझ धेरै कडा इन्साफ हुनेछ ।
\v 2 किनकि हामी धेरै किसिमले ठेस खान्छौं। यदि कोही वचनमा ठक्‍कर खाँदैन भने, त्यो पूर्ण रूपमा परिपक्‍व मानिस हो, जसले त्यसको सारा शरीरलाई नै नियन्‍‍त्रण गर्न सक्छ ।
\v 3 आज्ञा पालन गराउनको निम्ति अब यदि हामीले घोडाहरूका मुखमा लगाम लगायौं भने, हामीले त्यसका सारा शरीरलाई नै नियन्‍‍त्रण गर्न सक्छौं ।
\v 4 पानी जहाजहरूलाई ख्याल गर, तिनीहरू धेरै ठुला हुन्छन् र तिनीहरू तेज बतासले चलाइँदा पनि धेरै सानो पतवारद्वारा चालकले जहाँ लैजान चाहन्छ त्यो त्यहीं लगिन्छ ।
\v 5 त्यसै गरी, जिब्रो पनि शरीरको एउटा सानो अङ्ग हो, तरै पनि त्यसले ठुला कुराहरूको शेखी गर्छ । ख्याल गर, एउटा सानो आगोको झिल्कोले कसरी ठुलो जङ्गलमा डढेलो लगाउँछ ।
\p
\v 6 जिब्रो पनि आगो नै हो, हाम्रा शरीरका अङ्गहरूमध्ये यो अधर्मको दुनियाँ नै हो । जिब्रोले सम्पूर्ण शरीरलाई अशुद्ध तुल्याउँछ र जीवनको मार्गमा आगो लगाउँछ । नरकद्वारा यो आफैं आगोले सल्किएको छ ।
\v 7 किनकि सबै किसिमका जङ्‍गली जनावरहरू, चराचुरुङ्गीहरू, घस्रने जन्तुहरू, र समुद्रमा भएका प्राणीहरूलाई वशमा राखिएको छ र ती मानव-जातिद्वारा नै वशमा राखिएको छ ।
\v 8 तर कुनेे मानिसले पनि जिब्रोलाई वशमा राख्‍न सक्देेन । यो घातक विषले भरिएको र नियन्‍‍त्रण गर्न नसकिने दुष्‍ट हो ।
\v 9 यही जिब्रोले हामी प्रभु र पिताको प्रशंसा गर्छौं, र यसैले हामी परमेश्‍वरको स्वरूपमा बनाइएका मानिसहरूलाई सराप्छौं ।
\v 10 एउटै मुखबाट आशिष् र सराप निस्किन्छन् । मेरा भाइहरू हो, यस्ता कुराहरू हुनुहुँदैन ।
\v 11 के एउटा छहराको मुखबाट त्यसले मिठो र तितो पानी दुवै निकाल्छ र?
\v 12 मेरा भाइहरू हो, के अन्जीरको बोटले जैतून फलाउँछ र? वा दाखको बोटले अन्जीर फलाउँछ? न त नुनिलो पानीले मिठो पानी निकाल्न सक्छ ।
\p
\v 13 तिमीहरूका माझमा बुद्धिमान् र समझदार को छ? त्यस व्यक्‍तिले बुद्धिको नम्रतामा आफ्ना कामहरूद्वारा एउटा असल जीवन जिएर देखाओस् ।
\v 14 तर यदि तिमीहरूको हृदयमा तितो ईर्ष्‍या र अभिलाषा छ भने, सत्यको विरुद्धमा शेखी नगर र झुटो नबोल ।
\v 15 यो माथिबाट तल आउने विवेक होइन । बरु, यो त सांसारिक, अनात्मिक र शैतानिक हो ।
\v 16 किनकि जहाँ ईर्ष्‍या र अभिलाषा हुन्छ, त्यहाँ भ्रम र हरेक किसिमको दुष्‍ट काम हुन्छ ।
\v 17 तर स्वर्गबाट आउने विवेकचाहिं सर्वप्रथम शुद्ध हुन्छ, त्यसपछि शान्तिप्रिय, कोमल, प्रतिक्रियाशील, कृपा र असल फलले पूर्ण, निष्पक्ष र निष्कपट हुन्छ ।
\v 18 अनि धार्मिकताको फलचाहिं शान्ति कायम गर्नेहरूका माझमा शान्तिमा छरिएको छ ।
\c 4
\cl
\p
\v 1 तिमीहरूका माझमा झगडा र विवाद कहाँबाट आउँछ? के त्यो तिमीहरूका सदस्यहरूका बीचमा लडन्त गर्ने तिमीहरूका अभिलाषाहरूबाट आउँदैनन् र?
\v 2 तिमीहरू इच्छा गर्छौ, र तिमीहरूसँग हुँदैन । तिमीहरू हत्या गर्छौ र लालच गर्छोे, र तिमीहरू प्राप्‍त गर्न सक्षम हुँदैनौ । तिमीहरू लड्छौ र झगडा गर्छौ । तिमीहरूसँग छैन किनभने तिमीहरू माग्दैनौ ।
\v 3 तिमीहरू माग्छौ र पाउँदैनौ किनभने तिमीहरूले आफ्ना अभिलाषाको निम्ति प्रयोग गर्न सकियोस् भनेर खराब नियतले माग्छौ ।
\p
\v 4 तिमी व्‍यभिचारीहरू हो! संसारसितको मित्रता परमेश्‍वरको विरुद्धमा भएको शत्रुता हो भनी के तिमीहरूलाई थाहा छैन? त्यसकारण जसले संसारको मित्र हुने इच्छा गर्छ, त्यसले आफैंलाई परमेश्‍वरको शत्रु बनाउँछ ।
\v 5 वा के तिमीहरू ठान्छौ कि धर्मशास्‍‍त्रले व्यर्थमा भन्छ, “उहाँले हामीमा बास गर्न लगाउनुभएका आत्मा अत्यन्तै डाही हुनुहुन्छ।”
\v 6 तर परमेश्‍वरले अझ बढी अनुग्रह दिनुहुन्छ, यसैकारण धर्मशास्‍‍त्रले भन्छ, “परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ ।”
\p
\v 7 त्यसकारण परमेश्‍वरमा आफैंलाई समर्पण गर । शैतानको विरोध गर, र त्यो तिमीहरूबाट भाग्‍नेछ ।
\v 8 परमेश्‍वरको नजिक आओ, र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ । ए पापीहरू हो, तिमीहरूका हात सफा पार, र ए दोमनका मानिसहरू हो, तिमीहरूका हृदय शुद्ध पार ।
\v 9 दुःखी होओ; विलाप गर; र रोओ! तिमीहरूका हाँसो दुःखमा र तिमीहरूको आनन्द निराशामा परिणत होस् ।
\v 10 प्रभुको सामु आफैंलाई विनम्र तुल्याओ, र उहाँले तिमीहरूलाई माथि उठाउनुहुनेछ ।
\p
\v 11 भाइहरू हो, एक अर्काको विरुद्धमा नबोल । कुनै एक जना भाइको विरुद्धमा बोल्ने वा आफ्नो भाइको न्याय गर्ने व्यक्‍तिले व्यवस्थाको विरुद्धमा बोल्छ र व्यवस्थाको न्याय गर्छ । यदि तिमीहरू व्यवस्थाको न्याय गर्छौ भने, तिमीहरू व्यवस्थालाई पालन गर्नेहरू हुँदैनौ, तर न्यायकर्ता पो हुन्छौ ।
\v 12 व्यवस्था दिने र न्यायकर्ता एक जना मात्र हुनुहुन्छ । बचाउन र नाश गर्न सक्‍नुहुने उहाँ मात्र एक हुनुहुन्छ । आफ्नो छिमेकीको इन्साफ गर्ने तिमीहरू को हौ?
\p
\v 13 अब सुन, तिमीहरू जसले भन्छौ, “आज वा भोलि हामी यो सहरभित्र प्रवेश गर्नेछौं, र त्यहाँ एक वर्ष बिताउनेछौं र व्यापार गरेर नाफा कमाउनेछौं। "
\v 14 भोलि के हुनेछ, र तिम्रो जीवन कस्तो छ भन्‍ने कुरा कसलाई थाहा छ? किनकि तिमीहरू त तुवाँलो हौ जुन केही समय देखा पर्छ र त्यसपछि हराइहाल्छ ।
\v 15 यसको साटो तिमीहरूले यस्तो भन्‍नुपर्छ, “यदि प्रभुले इच्छा गर्नुभयो भने, हामी जिउनेछौं र यो वा त्यो गर्नेछौं ।”
\v 16 तर अहिले तिमीहरू आफ्ना अभिमानी योजनाहरूका विषयमा शेखी गरिरहेका छौ । यस्ता सबै शेखी खराब हुन् ।
\p
\v 17 त्यसकारण जसले भलाइ गर्न जानेर पनि भलाइ गर्दैन भने त्यो त्यसको निम्ति पाप हुन्छ ।
\c 5
\cl
\p
\v 1 अब आओ, तिमीहरू जो धनी छौ, तिमीहरूमा आइरहेको कष्‍टहरूको कारण रोओ र विलाप गर ।
\v 2 तिमीहरूका धनहरू सडेका छन् र तिमीहरूका पोसाकहरू किराले खाएका छन् ।
\v 3 तिमीहरूका सुन र चाँदीहरूमा कस लागेको छ र तिनीहरूमा लागेको कस तिमीहरूको विरुद्ध साक्षी हुनेछ । त्यसले तिमीहरूका शरीरलाई आगोले झैं नाश पार्नेछ । तिमीहरूले आफ्ना धन सम्पत्तिलाई अन्तिम दिनका निम्ति थुपारिराखेका छौ ।
\v 4 हेर, ती खेतालाहरूको ज्याला जुन तिमीहरूका खेतहरूमा कटनी गर्नेहरूलाई दिन तिमीहरूले रोक लगायोे, त्यो तिमीहरूको विरुद्धमा कराइरहेको छ। ती खेतालाहरूको चित्कार सेनाहरूका प्रभुका कानसम्म पुगेको छ ।
\v 5 तिमीहरू पृथ्‍वीमा सुख विलासमा बसेका छौ र आफैंलाई तृप्‍त पारेका छौ । तिमीहरूले आफ्ना हृदयलाई बलिको दिनको निम्ति हृष्‍टपुष्‍ट पारेका छौ ।
\v 6 तिमीहरूले धर्मी जनलाई दोष लगाएका छौ र हत्या गरेका छौ । त्यसले तिमीहरूको विरोध गर्दैन ।
\p
\v 7 त्यसकारण, भाइहरू हो, प्रभुको आगमनसम्म धैर्य धारण गर । किसानले जमिनबाट मूल्यवान् फसल पाउनलाई प्रतीक्षा गरेको हेर । त्यसले अगिल्लो र पछिल्लो वर्षा नपाएसम्म उसले त्यो धैर्यसँग प्रतीक्षा गरिरहन्छ ।
\v 8 तिमीहरू पनि धैर्य धारण गर । तिमीहरूको हृदयलाई बलियो बनाओ, किनभने प्रभुको आगमन नजिकै छ ।
\v 9 भाइहरू हो, एक अर्काको विरुद्धमा गनगन नगर ताकि तिमीहरू दोषी नठहरिओस् । हेर, न्यायकर्ता ढोकैमा उभिरहनुभएको छ ।
\v 10 भाइहरू हो, प्रभुको नाममा बोल्ने अगमवक्ताहरूको कष्‍ट र धैर्यबाट एउटा उदाहरण लेओ ।
\v 11 हेर, जसले धैर्य धारण गरे हामी तिनीहरूलाई आशिषित मान्छौं । तिमीहरूले अय्यूबको धैर्यको बारेमा सुनेका छौ, र प्रभु कति धेरै दयालु र कृपालु हुनुहुन्छ भन्‍ने विषयमा प्रभुको उद्देश्य तिमीहरूलाई थाहा छ ।
\p
\v 12 यी सबै कुराभन्दा माथि, मेरा भाइहरू हो, स्वर्गद्वारा वा पृथ्वीद्वारा वा कुनै पनि कुराद्वारा शपथ नखाओ । बरु, तिमीहरू इन्साफमा नपर्नको निम्ति तिमीहरूको “हो” को अर्थ चाहिं “हो” र “होइन” को अर्थ चाहिं “होइन” नै होस् ।
\p
\v 13 के तिमीहरूका माझमा कसैले कष्‍ट भोगिरहेको छ? त्यसले प्रार्थना गरोस् । के कोही आनन्दित छ? त्यसले प्रशंसाको गीत गाओस् ।
\v 14 के तिमीहरूका माझमा कोही बिरामी छ? त्यसले मण्डलीका एल्डरहरूलाई बोलाओस्, अनि तिनीहरूले त्यसलाई प्रार्थना गरून् । प्रभुको नाममा तिनीहरूले त्यसलाई तेलले अभिषेक गरून् ।
\v 15 विश्‍वासको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ, र प्रभुले त्यसलाई माथि उठाउनुहुनेछ । यदि त्यसले पाप गरेको छ भने, परमेश्‍वरले त्यसलाई क्षमा गर्नुहुनेछ ।
\v 16 त्यसकारण एक अर्कामा आफ्ना पापहरू मानिलेओ, र एक अर्काका निम्ति प्रार्थना गर, ताकि तिमीहरू निको हुन सक । धर्मी मानिसको प्रार्थना आफ्नो काममा धेरै शक्‍तिशाली हुन्छ ।
\v 17 एलिया पनि हामीजस्तै मानिस थिए । पानी नपरोस् भनी तिनले नम्रतापूर्वक प्रार्थना गरे, र देशमा तीन वर्ष र छ महिनासम्म पानी परेन ।
\v 18 अनि एलियाले फेरि प्रार्थना गरे । आकाशले पानी दियो र पृथ्वीले त्यसको फल उब्जायो ।
\p
\v 19 मेरा भाइहरू हो, यदि तिमीहरूमध्ये कोही सत्यबाट तर्किएर जान्छ, र कसैले त्यसलाई फर्काएर ल्याउँछ भने,
\v 20 त्यस व्यक्‍तिले यो थाहा गरोस्, कि जसले कुनै पापीलाई त्यसको भड्‌किएको मार्गबाट फर्काउँछ, त्यसले त्यसलाई मृत्युबाट बचाउनेछ, र असङ्ख्य पापलाई ढाक्‍नेछ ।

150
61-1PE.usfm Normal file
View File

@ -0,0 +1,150 @@
\id 1PE
\ide UTF-8
\h पत्रुसको पहिलो पत्र
\toc1 पत्रुसको पहिलो पत्र
\toc2 पत्रुसको पहिलो पत्र
\toc3 1pe
\mt पत्रुसको पहिलो पत्र
\c 1
\cl अध्याय १
\p
\v 1 येशू ख्रीष्‍टका प्रेरित पत्रुसबाट पोन्टस, गलातिया, कापाडोकिया, एसिया र बिथिनियाभरि छरिएर रहेका परदेशीहरूलाई,
\v 2 येशू ख्रीष्‍टप्रतिको आज्ञाकारिता र उहाँको रगतको छिट्काइको निम्ति परमेश्‍वर पिताको पूर्वज्ञानअनुसार पवित्र आत्माको शुद्धिकरणद्वारा चुनिएकाहरू, तिमीहरूमा अनुग्रह होस् र तिमीहरूको शान्तिको वृद्धि होस् ।
\p
\v 3 परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टका पिताको प्रशंसा होस्! उहाँको महान् दयामा, मृतकहरूबाट येशू ख्रीष्‍टको पुनरुत्थानद्वारा जीवित आशाको निश्‍चयताको लागि उहाँले हामीलाई नयाँ जन्म दिनुभएको छ ।
\v 4 यो उत्तराधिकारको लागि हो जुन नष्‍ट हुने छैन, दाग लाग्‍ने छैन, र बिलाएर जाने छैन। यो तिमीहरूका निम्ति स्वर्गमा संरक्षित छ ।
\v 5 अन्तिम समयमा प्रकट हुने उद्धारको निम्ति तिमीहरू विश्‍वासद्वारा परमेश्‍वरको शक्‍तिबाट सुरक्षित राखिएका छौ ।
\v 6 अहिले तिमीहरूले धेरै विभिन्‍न किसिमका कष्‍टमा उदास अनुभव गर्न जरुरी भए तापनि तिमीहरू यसमा धेरै रमाउँछौ ।
\v 7 तिमीहरूको विश्‍वास जाँचियोस् भनेर यो भएको हो, जुन विश्‍वास आगोमा नष्‍ट भएर जाने सुनभन्दा धेरै बहुमूल्य छ । येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा तिमीहरूको विश्‍वास स्थापित भएर यसले प्रशंसा, महिमा र आदर उत्पन्‍न गरोस् भनेर यसो भएको हो ।
\v 8 तिमीहरूले उहाँलाई देखेका छैनौ, तर तिमीहरू उहाँलाई प्रेम गर्छौ । तिमीहरू अहिले उहाँलाई देख्‍दैनौ, तर तिमीहरू उहाँमा विश्‍वास गर्छौ र व्यक्त गर्न नसकिने महिमाले भरिपूर्ण आनन्दमा तिमीहरू धेरै खुसी छौ ।
\v 9 अहिले तिमीहरूले आफ्नै निम्ति तिमीहरूको विश्‍वासको प्रतिफल पाइरहेका छौ, जुनचाहिं तिमीहरूका प्राणको मुक्ति हो ।
\p
\v 10 यही मुक्तिको विषयमा, तिमीहरूका निम्ति हुन आउने अनुग्रहको बारेमा अगमवाणी गर्ने अगमवक्ताहरूले लगनशीलतापूर्वक खोजतलास र ध्यानसित जाँच गरे,
\v 11 यो जाँच गर्दै कुन व्यक्ति वा समयको बारेमा, तिनीहरूमा भएको ख्रीष्‍टको आत्माले अघि नै ख्रीष्‍टको कष्‍टहरू र त्यसपछि हुन आउने महिमाहरूको बारेमा साक्षी दिंदै हुनुहुन्थ्यो भनेर तिनीहरूले खोजी गरे ।
\v 12 यो तिनीहरूलाई प्रकट गरिएको थियो कि तिनीहरू आफ्नै लागि होइन तर तिमीहरूका लागि सेवा गरिरहेका थिए जब तिनीहरूले स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई सुसमाचार प्रचार गर्नेहरूद्वारा तिमीहरूलाई बताइएको कुराहरू भने—जुन स्वर्गदूतहरूले हेर्न इच्छा गर्छन् ।
\p
\v 13 त्यसकारण, तिमीहरूका मनलाई बाँध । सचेत होओ । येशू ख्रीष्‍ट तिमीहरूकहाँ प्रकट हुनुहुँदा तिमीहरूकहाँ ल्याइने अनुग्रहमा पूर्ण आशा राख ।
\v 14 आज्ञाकारी छोराछोरीहरूजस्तै तिमीहरू अन्जान हुँदा तिमीहरूले पछ्‍याएका इच्छाहरूमा आफैलाई नसुम्‍प ।
\v 15 तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू पनि आ-आफ्ना सबै व्यवहारमा पवित्र होओ ।
\v 16 किनकि यस्तो लेखिएको छ, “तिमीहरू पवित्र होओ किनभने म पवित्र छु ।”
\p
\v 17 प्रत्येक व्‍यक्तिलाई त्यसको कामअनुसार भेदभाव नगरी न्याय गर्नुहुनेलाई तिमीहरू “पिता” भन्छौ भने, आफ्नो यात्राको समय आदरमा बिताओ ।
\v 18 तिमीहरूलाई थाहा छ, कि नष्‍ट भएर जाने चाँदी वा सुनबाट तिमीहरूले तिमीहरूका पितापुर्खाहरूबाट सिकेका मूर्ख बानीहरूबाट छुटकारा पाएका होइनौ ।
\v 19 बरु तिमीहरूले ख्रीष्‍टको अनमोल रगतद्वारा छुटकारा पाएका छौ, जो दोषरहित र दागरहित थुमा हुनुहुन्थ्यो ।
\v 20 येशू संसारको जग बसालिनुभन्दा पहिले नै छानिनुभएको थियो, तर यी अन्तिम समयहरूमा उहाँ तिमीहरूका निम्ति प्रकट गरिनुभएको छ ।
\v 21 तिमीहरू उहाँद्वारा परमेश्‍वरमा विश्‍वास गर्छौ, जसलाई तिमीहरूका विश्‍वास र आशा परमेश्‍वरमा रहून् भनेर परमेश्‍वरले मृतकहरूबाट पुनर्जीवित पार्नुभयो र उहाँलाई महिमा दिनुभयो ।
\p
\v 22 सत्यताप्रतिको आज्ञाकारिताद्वारा तिमीहरूले आफ्नो प्राण शुद्ध बनायौ । यो निष्कपट भातृ-प्रेमको निम्ति थियो; त्यसैले हृदयबाट एक-अर्कालाई गहिरो प्रेम गर । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौं, \fqa आत्माद्वारा सत्यताप्रतिको आज्ञाकारिताद्वारा तिमीहरूले आफ्नो प्राण शुद्ध बनायौ \fqa* । \f*
\v 23 तिमीहरू नयाँ गरी जन्मेका छौ, त्यो नाशवान् वीर्यबाट होइन, तर जीवित र रहिरहने परमेश्‍वरको वचनको अविनाशी वीर्यबाट ।
\v 24 किनकि “सबै देह घाँसजस्तै हुन् र तिनका सबै महिमा घाँसका जंगली फुलजस्तै हुन् । घाँस सुक्छ र फुल ओइलाउँछ,
\v 25 तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ ।" यही वचन सुसमाचार हो जसलाई तिमीहरूकहाँ घोषणा गरिएको थियो ।
\c 2
\cl अध्याय २
\p
\v 1 त्यसकारण सबै दुष्‍ट्‍याइँ, छल, पाखण्डीपन, डाहा र बदख्वाइँलाई टाढै राख ।
\v 2 नवजात शिशुहरूले जस्तै शुद्ध आत्मिक दूधको तृष्णा गर ताकि तिमीहरू त्यसबाट मुक्तिमा बढ्न सक,
\v 3 यदि तिमीहरूले प्रभु भला हुनुहुन्छ भनी चाखेका छौ भने,
\v 4 उहाँमा आओ, जो मानिसहरूद्वारा इन्कार गरिनुभएका जीवित पत्थर हुनुहुन्छ, तर त्यही पत्थर परमेश्‍वरबाट बहुमूल्य पत्थरको रूपमा चुनिएको छ ।
\v 5 तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको निम्ति ग्रहणयोग्य आत्मिक बलिदानहरू चढाउने पवित्र पूजाहारीहरू हुनको निम्ति आत्मिक भवन निर्माण गर्ने जीवित पत्थरहरूजस्तै हौ ।
\v 6 धर्मशास्‍‍त्रमा यो पाउँछौं, “हेर म सियोनमा चुनिएको र बहुमूल्य एउटा कुने-ढुङ्गो बसाल्दैछु । जसले उहाँमाथि विश्‍वास गर्छ, त्यो शर्ममा पर्नेछैन ।”
\p
\v 7 त्यसैले तिमीहरू जसले विश्‍वास गर्छौ तिमीहरूको निम्ति आदर छ । तर जसले विश्‍वास गर्दैन, “त्यो नै कुनाको शिर-ढुङ्गा भएको छ जुन ढुङ्गालाई निर्माणकर्ताहरूले इन्कार गरे,”
\v 8 र “एउटा ठक्‍कर लाग्‍ने ढुङ्गा र तिनीहरूलाई लडाउने एउटा चट्टान ।” वचन उल्लङ्घन गरेको कारण तिनीहरू ठक्‍कर खान्छन् जसको निम्ति तिनीहरू नियुक्त गरिएका थिए ।
\p
\v 9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ ताकि तिमीहरूलाई अन्धकारबाट बोलाई उहाँको उदेकको ज्योतिमा ल्याउनुहुनेका आश्‍चर्यकर्महरूको घोषणा गर्न सक ।
\v 10 तिमीहरू एक समय परमेश्‍वरका थिएनौ, तर अब परमेश्‍वरका प्रजाहरू हौ । तिमीहरूले कृपा पाएका थिएनौ, तर अहिले कृपा पाएका छौ ।
\p
\v 11 प्रिय हो, तिमीहरूका प्राणको विरुद्धमा लडाइँ गर्ने सांसारिक इच्छाबाट टाढा रहनको निम्ति परदेशीहरू र प्रवासीहरूलाई झैं म तिमीहरूलाई बोलाउँछु ।
\v 12 गैर-यहूदीहरूका बीचमा तिमीहरूको व्यवहार असल होस् ताकि तिमीहरूले दुष्‍ट काम गरेका छौ भनेर तिनीहरूले भने तापनि तिमीहरूका राम्रा कामहरू देखेर तिनीहरूले उहाँको आगमनमा परमेश्‍वरको महिमा गरून् ।
\p
\v 13 प्रभुको खातिर सबै मानवीय अधिकारको आज्ञापालन गर । सर्वोच्‍चको रूपमा राजालाई,
\v 14 र शासकहरूलाई, जो नराम्रो काम गर्नेहरूलाई सजाय दिन र असल काम गर्नेहरूको प्रशंसा गर्न पठाइएका हुन्छन्, ती दुवैको आज्ञापालन गर ।
\v 15 किनकि परमेश्‍वरको इच्छा यही हो कि असल काम गरेर तिमीहरूले मूर्ख मानिसहरूका अज्ञानतालाई चुप लगाउनुपर्छ ।
\v 16 स्वतन्‍‍त्र मानिसहरूझैं तिमीहरूको स्वतन्‍‍त्रता दुष्‍टतालाई ढाक्‍नको निम्ति प्रयोग नगर, तर परमेश्‍वरका सेवकहरूजस्तै बन ।
\v 17 सबै मानिसको आदर गर । भातृत्वलाई प्रेम गर । परमेश्‍वरको भय मान । राजाको आदर गर ।
\p
\v 18 सेवकहरू हो, सम्पूर्ण आदरसाथ आफ्ना मालिकहरूको अधीनमा बस । असल र भला मालिकहरूको मात्र होइन, तर दुष्‍ट मालिकहरूको पनि अधीनमा बस ।
\v 19 किनकि कोही व्यक्‍ति त्यसको परमेश्‍वरप्रतिको सचेतताको कारण अन्यायमा परेको बेला पनि कष्‍ट सहन्छ भने त्यो प्रशंसनीय कुरो हो ।
\v 20 किनकि यदि तिमीहरूले पाप गरेर सजाय पाउँदा सहन्छौ भने त्यो कुन ठुलो कुरा भयो र? तर यदि तिमीहरूले असल गरेर पनि सजाय पाउँदा सहन्छौ भने त्यो परमेश्‍वरमा प्रशंसनीय हुन्छ ।
\v 21 यसैको निम्ति तिमीहरू बोलाइएका थियौ, किनभने ख्रीष्‍टले पनि तिमीहरूका निम्ति दुःख भोग्‍नुभयो । तिमीहरूले उहाँका पाइला पछ्‍याओ भनेर तिमीहरूका निम्ति उदाहरण छोड्नुभयो ।
\v 22 उहाँले कुनै पाप गर्नुभएन, न उहाँका मुखमा कुनै छलको कुरो पाइयो ।
\q1
\v 23 उहाँको अपमान हुँदा उहाँले त्यसको बदला लिनुभएन तर उहाँले उचित न्याय गर्नुहुनेकहाँ आफैलाई सुम्पिनुभयो ।
\q1
\v 24 हामी पापको भागीदार नबनौं र धार्मिकताको खातिर जिऔं भनेर उहाँले हाम्रा सबै पाप आफ्नो शरीरमा बोकी क्रूसमा चढ्नुभयो । उहाँका चोटहरूले तिमीहरू निको भएका छौ ।
\v 25 तिमीहरू सबै हराएका भेडाझैं भौतारिंदै थियौ, तर अब तिमीहरू आफ्ना प्रणका गोठालो र अभिभावककहाँ फर्किएका छौ ।
\c 3
\cl अध्याय ३
\p
\v 1 यसरी नै पत्‍नीहरू हो, तिमीहरूका आ-आफ्ना पतिको अधीनमा रहो, ताकि यदि कोही वचनमा आज्ञाकारी छैन भने तापनि तिनीहरूका पत्‍नीहरूको आचरणको कारण तिनीहरूलाई वचनैविना जित्‍न सकिन्छ ।
\v 2 किनकि तिनीहरूले तिमीहरूका शुद्ध आचरणलाई सम्मानसाथ हेर्नेछन् ।
\v 3 यो केशको श्रङ्गार, सुनका गरगहनाहरू वा श्रङ्गारका वस्‍‍त्रहरूजस्ता बाहिरी सजावटद्वारा नगर ।
\v 4 बरु हृदयको भित्री व्यक्तिद्वारा र भलो र शान्त आत्माको सदैव रहने सौन्दर्यद्वारा यसो गर जुन परमेश्‍वरको सामु अनमोल छ ।
\v 5 किनकि पहिले यसरी नै परमेश्‍वरमा आशा राख्‍ने पवित्र स्‍‍त्रीहरूले आफ्ना पतिहरूका अधीनमा रहेर आफ्नो श्रङ्गार गर्थे ।
\v 6 यसरी नै सारा अब्राहामप्रति आज्ञाकारी हुन्थिन् र तिनलाई “स्वामी” भनेर बोलाउँथिन् । अब यदि तिमीहरूले जे असल छ त्यही गर्‍यौ र समस्याहरूसँग डराएनौ भने तिमीहरू तिनकै छोरीहरू ठहरिन्छौ ।
\p
\v 7 त्यसरी नै पतिहरू हो, तिमीहरू आफ्ना पत्‍नीहरूलाई कमजोर भाँडाजस्तै भएकी एक स्‍‍त्री सम्झेर तिनीहरूसँग बस्‍नुपर्छ । तिमीहरूले जीवनको अनुग्रह प्राप्‍त गर्ने सङ्गी साझेदारजस्तै तिनीहरूलाई आदर दिनुपर्छ । यसो गर ताकि तिमीहरूका प्रार्थनामा अवरोध नहोस् ।
\p
\v 8 अन्त्यमा, तिमीहरू सबै एकै मनका, दयावान्, दाजुभाइहरूजस्तै प्रेमिलो, कोमल हृदयका र नम्र होओ ।
\v 9 खराबीको बदला खराबी र अपमानको बदला अपमान नगर । त्यसको विपरीत निरन्तर आशीर्वाद देओ किनभने तिमीहरू यसैको निम्ति बोलाइएका हौ कि तिमीहरूले आशिष् प्राप्‍त गर्न सक ।
\v 10 “जसले आफ्नो जीवनलाई प्रेम गर्न र असल दिनहरू देख्‍ने इच्छा गर्छ त्यसले आफ्नो जिब्रोलाई खराबबाट र त्यसका ओठहरूलाई छली कुरा बोल्नबाट रोक्नुपर्छ ।
\q
\v 11 त्यो खराब कुराहरूबाट फर्की जे असल छ त्यही गरोस् । त्यसले शान्तिको खोजी गरोस् र त्यसैमा लागिरहोस् ।
\q
\v 12 प्रभुका आँखाहरूले धर्मीलाई देख्छन्, उहाँका कानहरूले तिनीहरूका निवेदनहरू सुन्छन् । तर प्रभुको मुहार खराबी गर्नेहरूको विरुद्धमा हुन्छ ।”
\p
\v 13 तिमीहरूले असल गर्ने चाहना गर्दा तिमीहरूलाई कसले खराबी गर्छ?
\v 14 तर यदि तिमीहरू धार्मिकताको लागि सताइन्‍छौ भने तिमी आशिषित् छौ । तिनीहरू डराउने कुरादेखि नडराओ । हतास नहोओ ।
\v 15 बरु, प्रभु येशूलाई पवित्र मानेर तिमीहरूका हृदयमा राख । तिमीहरूसँग भएको आशाको बारेमा सोध्‍ने हरेकलाई जवाफ दिन सधैं तयार बस । यो नम्रता र आदरपूर्वक गर ।
\v 16 असल विवेक कायम राख ताकि ख्रीष्‍टमा तिमीहरूका असल जीवनको निन्दा गर्नेहरू लाजमा परून्, किनभने तिनीहरूले तिमीहरूको विरुद्धमा कुरा गरिरहेका छन् मानौं तिमीहरू दुष्‍ट मानिसहरू थियौ ।
\v 17 यदि परमेश्‍वरले इच्छा गर्नुहुन्छ भने तिमीहरूले खराब काम गरेर दुःख भोग्‍नुभन्दा असल काम गरेर दुःख भोग्‍नु, त्यो असल हो ।
\v 18 ख्रीष्‍टले पनि पापहरूका निम्ति एकै पटक दुःख भोग्‍नुभयो । धर्मी भएर पनि उहाँले हामीलाई परमेश्‍वरमा ल्याउनको निम्ति हामी अधर्मीहरूका लागि दुःख भोग्‍नुभयो । उहाँले शारीरिक रूपमा मृत्यु वरण गर्नुभयो, तर उहाँ पवित्र आत्मामा जीवित पारिनुभयो ।
\v 19 पवित्रआत्माद्वारा उहाँ जानुभयो र कैदमा परेका आत्माहरूलाई प्रचार गर्नुभयो ।
\v 20 नोआको समयमा जहाज बनाइँदै गरेका दिनहरूमा परमेश्‍वरले धैर्य गरेर पर्खिरहेको बेला तिनीहरू आज्ञाकारी भएनन्, र परमेश्‍वरले केही मानिसहरू—आठ आत्माहरूलाई— पानीबाट बचाउनुभयो ।
\v 21 यो अहिले तिमीहरूलाई बचाउने बप्‍तिस्माको एउटा सङ्केत हो—जुनचाहिं शरीरबाट फोहोर सफा गरेजस्तो नभई—येशू ख्रीष्‍टको पुनरुत्थानद्वारा परमेश्‍वरमा असल विवेकको निवेदनको रूपमा हो ।
\v 22 ख्रीष्‍ट परमेश्‍वरको दाहिने हातपट्टि हुनुहुन्छ । उहाँ स्वर्गमा जानुभयो । स्वर्गदूतहरू, अधिकारहरू र शक्‍तिहरू उहाँमा झुक्‍नुपर्छ ।
\c 4
\cl अध्याय ४
\p
\v 1 यसैकारण, जसरी ख्रीष्‍टले शरीरमा दुःख भोग्‍नुभयो, तिमीहरूले पनि त्यस्तै उद्देश्य धारण गर । किनकि जसले शरीरमा दुःख भोगेको छ त्यसले पाप गर्न छोडेको हुन्छ ।
\v 2 परिणामस्वरूप त्यो व्यक्‍ति शरीरमा हुँदाको बाँकी समय, मानवीय अभिलाषाको निम्ति होइन, तर परमेश्‍वरको इच्छाको निम्ति जिउँछ ।
\v 3 गैर-यहूदीहरूले इच्छा गरेजस्तो कामुकता, कुवासना, मद्यपान, मद्यले मातेर मनाइएका उत्सवहरू, असभ्य भोजहरू अनि घृणित मूर्तिपूजाहरूमा तिमीहरूले धेरै समय खर्च गरेका छौ ।
\v 4 तिमीहरू यी लापर्वाह व्यवहारको बाढीहरूमा तिनीहरूसँग सहमत नभएको कारण तिनीहरू अचम्म मान्छन्, त्यसैले तिनीहरूले तिमीहरूको बारेमा खराब कुरा गर्छन् ।
\v 5 तिनीहरूले जीवित र मरेकाहरूको न्याय गर्न तयार हुनुहुनेलाई लेखा दिनेछन् ।
\v 6 त्यसैले मरिसकेकाहरूलाई पनि यो सुसमाचार प्रचार गरिएको थियो ताकि शरीरमा मानिसको रूपमा तिनीहरूको न्याय गरिएको भए तापनि आत्मामा तिनीहरू परमेश्‍वर जसरी आत्मामा जिऊन् ।
\v 7 सबै कुराको अन्त्य आउँदैछ । त्यसैले मन ठिक ठाउँमा लगाओ र प्रार्थनाका खातिर आफ्नो विचारमा सचेत रहो ।
\v 8 सबै कुराभन्दा बढी एक-अर्कालाई उत्कट प्रेम गर, किनकि प्रेमले धैरै पापहरूलाई ढाक्छ ।
\v 9 गनगन नगरी एक-अर्काको अतिथि सत्कार गर ।
\v 10 जसरी तिमीहरू प्रत्येकले वरदान पाएका छौ, यसको विभिन्‍न रूपहरूमा परमेश्‍वरको अनुग्रहको विश्‍वासयोग्यताका साथ व्यवस्थापन गर्दै, यसलाई एक-अर्काको सेवाको लागि प्रयोग गर ।
\v 11 यदि कोही बोल्‍छ भने त्यसले परमेश्‍वरको वचनद्वारा बोलोस् । यदि कसैले सेवा गर्छ भने त्यसले परमेश्‍वरले दिनुहुने शक्‍तिमा गरोस् ।यी कुराहरू गर ताकि सबै कुरामा येशू ख्रीष्‍टद्वारा परमेश्‍वर महिमित हुनुभएको होस् । येशू ख्रीष्‍टलाई नै महिमा र शक्‍ति सदासर्वदा होस् । आमेन ।
\v 12 प्रिय हो, तिमीहरूलाई केही अनौठो कुरा भइरहेजस्तै तिमीहरूलाई परेको अग्‍निमय परीक्षालाई अनौठो नसम्झ ।
\v 13 बरु जति धेरै तिमीहरू ख्रीष्‍टको दुःख भोग्‍छौ, त्यति रमाओ ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि रमाउन र आनन्द मनाउन सक्‍नेछौं ।
\v 14 तिमीहरू ख्रीष्‍टको नाउँको कारण अपमानित हुन्छौ भने तिमीहरू धन्यका हौ, किनभने महिमाका आत्मा र परमेश्‍वरका आत्मा तिमीहरूमाथि रहनुहुन्छ ।
\v 15 तर तिमीहरू कसैले पनि हत्यारा, चोर, खराबी गर्ने अथवा अर्काको कुरामा हात हाल्ने व्यक्‍तिको रूपमा दुःख भोग्‍नु नपरोस् ।
\v 16 तरै पनि ख्रीष्‍टियान भएको कारणले कसैले पीडा भोग्छ भने त्यसले लाज नमानोस्; बरु त्यही नाममा परमेश्‍वरको महिमा गरोस् ।
\v 17 किनकि यो परमेश्‍वरको घरानाबाट न्याय सुरु हुने समय हो । अनि यदि न्याय हामीबाट सुरु हुन्छ भने, परमेश्‍वरको सुसमाचार नमान्‍नेको अवस्था कस्तो होला?
\v 18 अनि “धर्मी जनको उद्धार हुनु नै कठिन छ भने, अधर्मी र पापीको अवस्था के होला?”
\p
\v 19 त्यसैले परमेश्‍वरको इच्छामा दुःख भोग्‍नेहरूले असल काम गर्दै आफ्नो प्राण विश्‍वासयोग्य सृष्‍टिकर्तालाई सुम्पून् ।
\c 5
\cl अध्याय ५
\p
\v 1 सङ्गी-एल्डर र ख्रीष्‍टका कष्‍ट अनि प्रकट हुने महिमामा सहभागी भएको व्यक्‍तिको हैसियतले म तिमीहरूका माझमा भएका एल्डरहरूलाई आग्रह गर्दैछुः
\v 2 तिमीहरूको हेरचाहमा रहेको परमेश्‍वरको बगालको गोठालो होओ, निरीक्षकको रूपमा सेवा गर्दै—करले होइन तर तिमीहरूका आफ्नै र परमेश्‍वरको इच्छाअनुसार—बेइमानीपूर्वक कमाइने पैसाको लागि होइन, तर स्वेच्छाले ।
\v 3 तिमीहरूको हेरचाहमा रहेका मानिसहरूमाथि मालिकजस्तो व्यवहार नगर । बरु, बगालको लागि उदाहरण बन ।
\v 4 तब मुख्य गोठालो प्रकट हुनुहुँदा तिमीहरूले कहिल्यै नाश नहुने महिमित मुकुट पाउनेछौ ।
\p
\v 5 त्यसैगरी, तिमी युवकहरू, वृद्धहरूको अधीनमा बस । तिमीहरू सबैले, विनम्रताको वस्‍‍त्र धारण गर र एक-अर्काको सेवा गर । किनकि परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई उहाँले अनुग्रह गर्नुहुन्छ ।
\p
\v 6 त्यसकारण उहाँको शक्‍तिशाली बाहुलीमुनि आफैंलाई नम्र तुल्याओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्‍च पार्नुहुनेछ ।
\v 7 तिम्रा सबै चिन्ता-फिक्री उहाँलाई सुम्पिदेओ किनभने उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ ।
\p
\v 8 सचेत रहो, जागा रहो । तिमीहरूको शत्रु दियाबलस कसैलाई भेटेर निल्नको निम्ति गर्जने सिंहझैं खोजिरहेको छ ।
\v 9 त्यसको विरुद्धमा खडा होओ । तिमीहरूको विश्‍वासमा दह्रिलो बन । तिमीहरू जान्दछौ कि संसारमा भएका तिमीहरूका समुदायका विश्‍वासीहरू पनि यस्तै कष्‍टहरू भोगिरहेका छन् ।
\v 10 तिमीहरूको केही समयको कष्‍टपछि, तिमीहरूलाई ख्रीष्‍टमा उहाँको महिमामा बोलाउनुहुने सबै अनुग्रहका परमेश्‍वरले तिमीहरूलाई सिद्ध, स्थापित र बलियो बनाउनुहुनेछ ।
\v 11 उहाँलाई नै सबै शक्‍ति सदासर्वदा भइरहोस् । आमेन ।
\p
\v 12 म सिलासलाई विश्‍वासयोग्य भाइको रूपमा लिन्छु र तिनीबाट मैले तिमीहरूलाई केही कुरा छोटकरीमा लेखेको छु । म तिमीहरूलाई आग्रह गर्दैछु र तिमीहरूलाई साक्षी दिंदैछु कि मैले लेखेको कुरा परमेश्‍वरको साँचो अनुग्रह हो । त्यसमा खडा होओ ।
\p
\v 13 बेबिलोनमा भएकी, तिमीहरूसँगै चुनिएकी स्‍‍त्रीले र मेरो छोरो मर्कूसले पनि तिमीहरूलाई अभिवादन पठाएका छन् ।
\v 14 प्रेमको पवित्र चुम्बनले एक-अर्कालाई अभिवादन गर । ख्रीष्‍टमा हुने तिमीहरू सबैलाई शान्ति होस् ।

86
62-2PE.usfm Normal file
View File

@ -0,0 +1,86 @@
\id 2PE
\ide UTF-8
\h २ पत्रुस
\toc1 २ पत्रुस
\toc2 २ पत्रुस
\toc3 2pe
\mt २ पत्रुस
\c 1
\cl अध्याय १
\p
\v 1 येशू ख्रीष्‍टका दास र प्रेरित सिमोन पत्रुसबाट, हाम्रा परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्‍टको धार्मिकतामा, हाम्रो जस्तै मूल्यवान् विश्‍वास प्राप्‍त गरेकाहरूलाई,
\v 2 परमेश्‍वर र हाम्रा प्रभु येशूको ज्ञानद्वारा तिमीहरूमा अनुग्रह र शान्ति प्रशस्त हुँदै जाओस् ।
\p
\v 3 आफ्नै महिमा र सद्गुणद्वारा हामीलाई बोलाउनुहुने परमेश्‍वरको ज्ञानद्वारा हामीलाई ईश्‍वरीय शक्तिको जीवन र धार्मिकताको निम्ति आवश्यक पर्ने सबै कुरा दिइएको छ ।
\v 4 यी कुराहरूद्वारा उहाँले हामीलाई बहुमूल्य र महान् प्रतिज्ञाहरू दिनुभयो ताकि तिमीहरू संसारका कुइच्छाबाट आउने भ्रष्‍टताबाट उम्केर ईश्‍वरीय स्वभावमा सहभागी हुन सक ।
\p
\v 5 यसैकारण, तिमीहरूको विश्‍वासमा सद्गुण, सद्गुणमा ज्ञान,
\v 6 ज्ञानमा आत्मसंयम, आत्मसंयममा सहनशीलता, सहनशीलतामा ईश्‍वरभक्ति,
\v 7 ईश्‍वरभक्तिमा भातृ-स्‍नेह, र भातृ-स्‍नेहमा प्रेम थप्‍न सक्दो प्रयत्‍न गर ।
\v 8 यदि यी कुरा तिमीहरूमा छन्, र तिमीहरूमा प्रशस्त हुँदै जान्छन् भने हाम्रा प्रभु येशू ख्रीष्‍टको ज्ञानमा तिमीहरू बाँझो वा निष्फल हुनेछैनौ ।
\v 9 तर जोसँग यी कुराहरूको घटी छ र नजिकको वस्तु मात्र देख्छ भने, त्यो अन्धो हो जसले पुरानो पापबाट धोइएको कुरालाई बिर्सेको हुन्छ ।
\v 10 त्यसकारण भाइ हो, आफ्नो बोलावट र चुनाउ निश्‍चित गर्नको लागि सक्दो प्रयास गर किनकि तिमीहरूले त्यो गर्‍यौ भने, तिमीहरू लोट्नेछैनौ ।
\v 11 यसरी हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनन्त राज्यमा तिमीहरूलाई प्रशस्त गरी प्रवेश दिइनेछ।
\p
\v 12 त्यसैले तिमीहरूलाई यी कुराहरू थाहा छ र अहिले तिमीहरूमा भएको सत्यतामा तिमीहरू बलियो छौ भनेतापनि म तिमीहरूलाई यी कुराहरू सम्झाउन सधैं तयार हुनेछु ।
\v 13 जबसम्म म यस पालमा छु तिमीहरूलाई सम्झना दिलाउँदै जागा राख्‍नु मेरो निम्ति असल हुन्छ भन्‍ने मलाई लाग्छ ।
\v 14 किनकि मैले यो पाललाई चाँडै त्याग्दैछु भन्‍ने मलाई थाहा छ किनभने हाम्रा प्रभु येशू ख्रीष्‍टले यो कुरा मलाई प्रकट गर्नुभएको छ ।
\v 15 मेरो प्रस्थानपछि पनि तिमीहरूले यी कुराहरू सधैं सम्झन सक भनेर म सक्दो प्रयास गर्नेछु ।
\p
\v 16 किनकि हामीले हाम्रा प्रभु येशू ख्रीष्‍टको शक्‍ति र आगमनको बारेमा तिमीहरूलाई बताउँदा धूर्ततासँग रचिएका दन्त्यकथाहरूलाई पछ्‍याएनौं, तर हामी उहाँको वैभवको प्रत्यक्ष साक्षी थियौं ।
\v 17 उहाँले परमेश्‍वर पिताबाट आदर र महिमा प्राप्‍त गर्नुभयो, जब वैभवपूर्ण महिमाबाट यो स्वर आएको थियोः “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसित म धेरै खुसी छु ।”
\v 18 हामी उहाँसित पवित्र डाँडामा हुँदा हामीले स्वर्गबाट आएको त्यो आवाज सुन्यौं ।
\v 19 किनकि हामीसँग भएको अगमवाणीको वचन अझ निश्‍चित भएको छ, जसलाई तिमीहरू पालना गर्न उत्तम प्रयास गर्छौ । यो उज्यालो नहुञ्‍जेल र तिमीहरूका हृदयमा बिहानको तारा नआउञ्‍जेल अन्धकारमा चम्कने बत्तीजस्तै छ ।
\v 20 सबैभन्दा पहिले, तिमीहरूले यो बुझ्नुपर्छ कि कुनैपनि अगमवाणी कसैको आफ्नै तर्कबाट आउँदैन ।
\v 21 किनकि कुनै पनि अगमवाणी मानिसहरूको इच्छाबाट आएन, तर तर परमेश्‍वरको तर्फबाट बोल्ने, पवित्र आत्माद्वारा डोर्‍याइएका मानिसहरूबाट आयो ।
\c 2
\cl अध्याय २
\p
\v 1 मानिसहरूकहाँ झुटा अगमवक्ताहरू आए, अनि तिमीहरूकहाँ पनि झुटा शिक्षकहरू आउनेछन् । तिनीहरूले आफूसँग गोप्य रूपमा विनाशकारी झुटा शिक्षाहरू ल्याउनेछन् र तिनीहरूलाई उद्धार गर्नुहुने गुरुलाई पनि इन्कार गर्नेछन् । तिनीहरूले आफूमाथि चाँडै विनाश ल्याउँदैछन् ।
\v 2 धेरैले तिनीहरूको कामुकताको अनुसरण गर्नेछन् र तिनीहरूद्वारा सत्यताको मार्ग निन्दित हुनेछ ।
\v 3 तिनीहरूको लोभमा तिनीहरूले छलपूर्ण कुरा गरेर तिमीहरूको शोषण गर्नेछन् । तिनीहरूको दण्‍डाज्ञा लामो समयदेखि भइरहेको छ, र तिनीहरूको विनाश निदाएको छैन ।
\p
\v 4 किनकि परमेश्‍वरले पाप गर्ने स्वर्गदूतहरूलाई पनि छोड्नुभएन । बरु इन्साफ नहुन्जेलसम्म घोर अन्धकारको साङ्लाले बाँधेर राख्‍नको लागि उहाँले तिनीहरूलाई तल पातालमा सुम्पिदिनुभयो । \f + \ft केही महत्‍वपूर्ण र प्रचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौ, \fqa इन्साफ नहुन्जेलसम्म घोर अन्धकारको खाडलमा राख्‍नको लागि \fqa* । \f*
\v 5 अनि उहाँले प्राचीन संसारलाई पनि बाँकी राख्‍नुभएन । बरु, धार्मिकताका दूत नोआको साथै अरू सात जनालाई बचाउनुभयो जब उहाँले अधर्मीहरूको संसारमा जल प्रलय ल्याउनुभयो ।
\v 6 अनि अधर्मीहरूमाथि के आइपर्नेछ भन्‍ने कुराको उदाहरणको निम्ति परमेश्‍वरले सदोम र गमोरा सहरहरूलाई खरानीमा परिणत गरिदिनुभयो र तिनीहरूलाई विनाशको निम्ति दोषी ठहराउनुभयो ।
\v 7 तर धर्मी लोतको बारेमा भन्‍नुपर्दा, तिनी व्यवस्थाहीन मानिसहरूको कामुक व्यवहारका कारण निकै दुःखी थिए ।
\v 8 त्यसैले ती धर्मी मानिस जो तिनीहरूसँग दिनदिनै बस्दैथिए, तिनीहरूका बीचमा देखेका र सुनेका कुराहरूको कारण तिनी आफ्ना धर्मी आत्मामा व्याकुल भएका थिए ।
\v 9 धर्मी मानिसहरूलाई परीक्षाबाट कसरी बचाउनुपर्छ र अधर्मी मानिसहरूलाई न्यायको दिनमा सजायको निम्ति कसरी तयारी राख्‍नुपर्छ भनी प्रभु जान्‍नुहुन्छ ।
\v 10 यो विशेष गरी शरीरका भ्रष्‍ट इच्छाहरूमा जिउने र अधिकारलाई तुच्छ ठान्‍नेहरूको निम्ति सत्य हो । हठी र स्वेच्छाचारी, तिनीहरू महिमितहरूको निन्दा गर्न डराउँदैनन् ।
\v 11 स्वर्गदूतहरूसँग धेरै बल र शक्‍ति छ, तर तिनीहरूले प्रभुको अगाडि तिनीहरूको विरुद्धमा निन्दापूर्ण न्याय ल्याउँदैनन् ।
\v 12 तर यी मानिसहरू, अज्ञानी पशुहरूजस्तै स्वाभाविक रूपमा नियन्‍‍‍त्रण र नाशको निम्ति बनाइएका हुन् । तिनीहरूले जे कुराको निन्दा गर्छन् त्यो जान्दैनन् । तिनीहरू नष्‍ट पारिनेछन् ।
\v 13 आफैंले गरेका गलत कामहरूका परिणाम तिनीहरूले पाउनेछन् । तिनीहरू सोच्छन् कि दिनमा हुने विलासिता आनन्द हो । तिनीहरू धब्बा र दागहरू हुन् । तिमीहरूसँग भोजमा बस्दा तिनीहरू आफ्ना छलपूर्ण कार्यहरूमा रमाउँछन् । \f + \ft \fqa तिमीहरूसँग भोजमा बस्दा तिनीहरू आफ्ना छलपूर्ण कार्यहरूमा रमाउँछन् \fqa* लेख्‍नुको सट्टा अरू आधुनिक अनुवादमा केही यस्तो लेखेको पाउँछौं, \fqa प्रेम भोजमा तिमीहरूसँग भोजमा बस्दा तिनीहरू आफ्ना कार्यहरूमा रमाउँछन् \fqa* । \f*
\v 14 तिनीहरूका आँखा व्यभिचारले भरिएका हुन्छन्; तिनीहरू पाप गरेर कहिल्यै अघाउँदैनन् । तिनीहरूले अस्थिर प्राणलाई नराम्रो काममा लोभ्याउँछन्; तिनीहरूका मनले लोभमा तालिम पाएका हुन्छन् र तिनीहरू श्रापित सन्तान हुन्!
\v 15 तिनीहरूले सही मार्गलाई त्यागेका छन् र तिनीहरू बरालिएर अधार्मिक कामको ज्याला लिन मन पराउने बोअरको छोरा बालामको पछि लागेका छन् । \f + \ft पुरानो करारको नामको हिज्जे समान राख्‍न धेरै आधुनिक अनुवादहरूमा, \fqa बोअरको छोरा बालाम \fqa* लेखेको पाउँछौं । केही आधुनिक अनुवादहरूले ग्रीकको हिज्जे पालन गर्न रोज्छन्, जसमा पाउँछौ, \fqa बोसरको छोरा बालाम \fqa* । \f*
\v 16 तर त्यसले आफ्नै अपराधको निम्ति हप्की पायो । एउटा नबोल्ने गधाले मानिसको आवाजमा बोलेर अगमवक्ताको पागलपनलाई रोकिदियो ।
\p
\v 17 यी मानिसहरू मूलविनाको पानीजस्ता छन् र आँधीले उडाई लैजाने कुइरोजस्ता छन् । तिनीहरूको निम्ति घोर अन्धकार साँचिएको छ ।
\v 18 तिनीहरू खोक्रो अहङ्कारसाथ बोल्छन् । तिनीहरू शारीरिक वासनाद्वारा मानिसहरूलाई प्रलोभनमा पार्छन् । खराबी गर्नेहरूदेखि भाग्‍न खोज्‍नेहरूलाई तिनीहरू प्रलोभनमा पार्छन् ।
\v 19 तिनीहरूले तिनीहरूलाई छुटकारा दिने प्रतिज्ञा गर्छन्, तर तिनीहरू आफैं भ्रष्‍टताका दास हुन् । किनकि मान्छेलाई जुन कुराले जित्छ, त्यो त्यसैको दास बन्छ ।
\v 20 यदि तिनीहरूले प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टलाई चिनेर यस संसारका दूषित गराउने कुराबाट उम्किसकेपछि पनि फेरि त्यहीं अल्झिन्छ र फर्कन्छ भने त्यसको अन्तिम अवस्था पहिलेको भन्दा खराब हुन्छ ।
\v 21 धार्मिकताको मार्गलाई जानेर तिनीहरूलाई दिइएको पवित्र आज्ञाहरूबाट फर्कनुभन्दा त तिनीहरूले धार्मिकताको मार्ग नै नजानेको भए असल हुने थियो ।
\v 22 तिनीहरूका निम्ति यो उखान सत्य छः “कुकुर आफ्नै बान्तामा फर्किन्छ, र नुहाइदिएको सुँगुर हिलैमा फर्किन्छ ।”
\c 3
\cl अध्याय ३
\p
\v 1 प्रिय हो, यो अहिले दोस्रो पत्र हो जुन मैले तिमीहरूका लागि लेखेको छु, र यी दुवैमा तिमीहरूका निष्कपट मनलाई सम्झना गराएर म उत्साहित तुल्याउँछु,
\v 2 ताकि तिमीहरूले विगतमा पवित्र अगमवक्ताहरूले बोलेका वचनहरू र तिमीहरूका प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्तिदाताका आज्ञाहरूको याद गर्न सक ।
\p
\v 3 पहिले यो कुरा जान कि अन्तिम दिनहरूमा गिल्ला गर्नेहरू आउनेछन् । तिनीहरूले गिल्ला गर्नेछन् र आफ्नै इच्छामा अगाडि बढ्नेछन् ।
\v 4 तिनीहरूले भन्‍नेछन्, “उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? जबदेखि हाम्रा पुर्खाहरू बितेर गए, सृष्‍टिको सुरुदेखि, नै सबै कुराहरू उस्तै छन् ।”
\v 5 तिनीहरू स्वेच्छाले बिर्सन्छन् कि धेरै वर्षअघि परमेश्‍वरको वचनद्वारा नै आकाशहरू र पृथ्वी पानीबाट र पानीद्वारा अस्तित्वमा आए
\v 6 अनि त्यहीद्वारा त्यस बेलाको संसार जल प्रलयद्वारा नष्‍ट भयो
\v 7 अनि त्यही वचनद्वारा न्यायको निम्ति र दुष्‍ट मानिसहरूको विनाशको लागि साँचिराखेर आकाशहरू र पृथ्वी आगोको निम्ति सुरक्षित राखिएको छ ।
\v 8 प्रिय हो, यो कुरा नभुल कि प्रभुको लागि एक दिन एक हजार वर्ष र एक हजार वर्ष एक दिनझैं हुन्छ ।
\v 9 अरूले सोचेजस्तै परमेश्‍वर आफ्नो प्रतिज्ञाको बारेमा ढिलो गर्नुहुन्‍न । बरु तिमीहरूको निम्ति उहाँ धैर्यवान् हुनुहुन्छ । उहाँ तिमीहरूमध्ये कोही पनि नाश होस् भन्‍ने चाहनुहुन्‍न, तर उहाँ सबैलाई पश्‍चात्तापको लागि ठाउँ बनाउन चाहनुहुन्छ ।
\v 10 तर प्रभुको दिन चोरजस्तै गरी आउनेछः ठुलो आवाजसहित आकाशहरू बितेर जानेछन् । आगोले तत्त्वहरू पगाल्नेछ र पृथ्वी अनि यसमा भएका कामहरू खुल्ला राखिनेछ । \f + \ft पद १० को अन्तिम शब्द, ग्रीकको कुन शब्द हो भन्‍ने अनिश्‍चित छ । \fqa खुल्ला राखिनेछ \fqa* वा \fqa जलाइनेछन् \fqa* यी दुई विकल्प छन् । यी दुई विकल्पमा कुनचाहिं छान्‍ने भनी अनिश्‍चत छ । दोस्रो विकल्प यो हुन्छ, \fqa आगोले तत्त्वहरू पगाल्नेछ र पृथ्वी अनि यसमा भएका कामहरू जलाइनेछन् \fqa* । \f*
\p
\v 11 सबै कुरा यसरी नै नाश गरिनेछन् भने तिमीहरू कस्ता मानिसहरू हुनुपर्ने हो? तिमीहरूले पवित्र र धर्मी जीवन जिउनुपर्छ ।
\v 12 तिमीहरूले व्यग्रतासाथ परमेश्‍वरको आगमनको लागि आशा गर्नुपर्छ । त्यस दिन आकाशहरू आगोद्वारा नष्‍ट गरिनेछ र तत्त्वहरूलाई प्रचण्ड तापले पगाल्नेछन् ।
\v 13 तर उहाँको प्रतिज्ञाअनुसार हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको पर्खाइमा छौं, जहाँ धार्मिकताले बास गर्नेछ ।
\p
\v 14 त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरूको आशा गरेका हुनाले शान्तिमा उहाँको सामु दागरहित र खोटरहित हुनको निम्ति सक्दो प्रयास गर ।
\v 15 र हाम्रा प्रभुको धैर्यलाई मुक्ति ठान, जसरी हाम्रा प्रिय भाइ पावलले तिनलाई दिइएको ज्ञानद्वारा तिमीहरूलाई लेखे ।
\v 16 पावलले तिनका सबै पत्रहरूमा यी कुराहरूको बारेमा उल्लेख गरेका छन्, जहाँ बुझ्‍न कठिन हुने कुराहरू पनि छन् । अशिक्षित र अस्थिर मानिसहरूले यी कुराहरूलाई बङ्ग्‍याउँछन् जसरी तिनीहरूले आफ्नो विनाश निम्त्याउन धर्मशास्‍‍त्रका अरू वचनहरूलाई पनि बङ्ग्याउँछन् ।
\v 17 त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू पहिले नै जानेको हुनाले आफैंलाई सुरक्षित राख ताकि व्‍यवस्थाहीन मानिसहरूको छलले तिमीहरूलाई टाढा नलैजाओस्, र तिमीहरूले आफ्नो विश्‍वासयोग्यतालाई नगुमाओ ।
\v 18 तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनुग्रह र ज्ञानमा बढेर जाओ । उहाँलाई अहिले र सदासर्वदा महिमा होस् । आमेन!

144
63-1JN.usfm Normal file
View File

@ -0,0 +1,144 @@
\id 1JN
\ide UTF-8
\h १ यूहन्‍ना
\toc1 १ यूहन्‍ना
\toc2 १ यूहन्‍ना
\toc3 1jn
\mt १ यूहन्‍ना
\c 1
\cl अध्याय १
\p
\v 1 त्यस जीवनको वचनको बारेमा—जुन सुरुदेखि थियो, जुन हामीले सुनेका छौं, जुन हामीले आफ्नै आँखाले देखेका छौं, जसमा हामीले हेरेका छौं र हाम्रा हातहरूले छोएका छन् ।
\v 2 अनि जीवन प्रकट गरियो, र हामीले यसलाई देखेका छौं, र यसको गवाही दिन्छौं । हामी तिमीहरूलाई अनन्त जीवन घोषणा गर्दैछौं, जुन पितासँग थियो, र हामीलाई प्रकट गरिएको छ ।
\v 3 जुन हामीले देखेका र सुनेका छौं, हामी तिमीहरूलाई पनि घोषणा गर्छौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस् । हाम्रो सङ्गति पिता र उहाँको पुत्र येशू ख्रीष्‍टसँग हुन्छ ।
\v 4 साथै, हाम्रो आनन्‍द पूरा होस् भनेर हामी यी कुराहरू तिमीहरूलाई लेख्दैछौं । \f + \ft केही महत्वपूर्ण प्राचीन ग्रीक प्रतिलिपिहरूमा \fqa र तिमीहरूको आनन्‍द पूरा होस् भनेर हामी यी कुराहरू तिमीहरूलाई लेख्दैछौं \fqa* छ । \f*
\p
\v 5 हामीले उहाँबाट सुनेको वचन यही हो र हामी तिमीहरूलाई घोषणा गर्दैछौंः परमेश्‍वर ज्योति हुनुहुन्छ, र उहाँमा कुनै अन्धकार छैन ।
\v 6 हामीले उहाँसँग सङ्ग‌ति गर्छौं भनी भन्‍छौं र अन्धकारमा हिंड्छौं भने, हामीले झुट बोलिरहेका छौं र सत्यता अभ्यास गरिरहेका छैनौं ।
\v 7 तर उहाँ ज्योतिमा हुनुभएझैं हामी ज्योतिमा हिंड्छौं भने, हाम्रो एक अर्कासँग सङ्‌गति हुन्छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ ।
\v 8 यदि हामीले हामीसँग पाप छैन भन्‍छौं भने, हामीले आफैंलाई धोका दिइरहेका हुन्छौं, र हामीसँग सत्य हुँदैन ।
\v 9 तर यदि हामीले आफ्ना पापहरू स्वीकार‍ गर्छौं भने उहाँ हामीलाई हाम्रा पापहरू क्षमा गर्न र सबै अधर्मबाट हामीलाई शुद्ध पार्न विश्‍वासयोग्य र धर्मी हुनुहुन्छ ।
\v 10 यदि हामीले पाप गरेका छैनौं भन्छौं भने हामी उहाँलाई झूटा तुल्‍याउँछौं, र उहाँको वचन हामीमा हुँदैन ।
\c 2
\cl अध्याय २
\p
\v 1 बालकहरू हो, तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्‍दैछु । तर यदि कसैले पाप गर्छ भने हाम्रो निम्‍ति पितासँग वकालत गर्ने एक जना अर्थात् धर्मी येशू ख्रीष्‍ट हुनुहुन्छ ।
\v 2 उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्‍चित्त हुनुहुन्छ, र हाम्रो लागि मात्र होइन, तर सारा संसारको लागि पनि हो ।
\p
\v 3 यदि हामीले उहाँका आज्ञाहरू पालन गर्छौं भने यसैद्वारा हामी जान्दछौं कि हामी उहाँलाई चिन्‍छौं ।
\v 4 जसले “म परमेश्‍वरलाई चिन्छु “ भन्‍छ, तर उहाँका आज्ञाहरू पालन गर्दैन भने त्‍यो झूटो हो, र त्‍यसमा सत्‍य हुँदैन ।
\v 5 तर जसले उहाँको वचन पालन गर्छ, साँच्‍चै त्यसमा परमेश्‍वरको प्रेम सिद्ध भएको हुन्छ । हामी उहाँमा छौं भन्‍ने हामी यसैद्वारा थाहा पाउँछौंः
\v 6 जसले परमेश्‍वरमा रहन्छु भन्छ त्यो आफैं पनि उहाँ हिंड्नु भएझैं हिंड्नुपर्छ ।
\p
\v 7 प्रिय हो, मैले तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छैनँ, तर तिमीहरूसँग सुरुदेखि भएको पुरानो आज्ञा नै हो । तिमीहरूले सुनेको वचन पुरानो आज्ञा नै हो ।
\v 8 तापनि म तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छु, जुन ख्रीष्‍टमा र तिमीहरूमा सत्‍य छ, किनभने अन्‍धकार बितिरहेको छ, र साँचो ज्‍योति अगिदेखि नै चम्किरहेको छ ।
\v 9 जसले आफू ज्‍योतिमा छु भन्छ र आफ्नो भाइलाई घृणा गर्छ, त्यो अझ पनि अन्‍धकारमा नै छ ।
\v 10 जसले आफ्नो भाइलाई प्रेम गर्छ त्‍यो ज्‍योतिमा रहन्‍छ, र त्यसमा ठेस लाग्‍ने कुनै कारण हुँदैन ।
\v 11 तर जसले आफ्नो भाइलाई घृणा गर्छ, त्यो अन्‍धकारमा नै हुन्छ र अन्‍धकारमा हिँड्छ; त्यो कहाँ गइरहेको छ भनी त्यसले थाहा पाउँदैन, किनभने अन्‍धकारले त्यसका आँखा अन्‍धो तुल्‍याएको छ ।
\p
\v 12 बालकहरू हो, म तिमीहरूलाई लेख्दैछु, किनभने तिमीहरूका पाप उहाँको नाउँको खातिर क्षमा गरिएका छन् ।
\v 13 बुबाहरू हो, म तपाईंहरूलाई लेख्दैछु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तपाईंहरू चिन्‍नुहुन्छ । जवानहरू हो, म तिमीहरूलाई लेख्दैछु, किनभने तिमीहरूले दुष्‍टलाई जितेका छौ । बालकहरू हो, मैले तिमीहरूलाई लेखेको छु, किनभने तिमीहरू पितालाई चिन्छौ ।
\v 14 बुबाहरू, मैले तपाईंहरूलाई लेखेको छु, किनभने तपाईंहरूले सुरुदेखि हुनुहुनेलाई चिन्‍नुहुन्छ । जवानहरू, मैले तिमीहरूलाई लेखेको छु, किनभने तिमीहरू बलिया छौ, र परमेश्‍वरको वचन तिमीहरूमा रहन्‍छ, र तिमीहरू दुष्‍टमाथि विजय भएका छौ ।
\p
\v 15 संसारलाई प्रेम नगर, न त संसारमा भएका थोकहरूलाई नै । कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्‍यसमा हुँदैन ।
\v 16 किनकि संसारमा भएका सबै थोकहरू—शरीरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको शेखी—पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन् ।
\v 17 संसार र यसका इच्‍छाहरू बितेर जाँदैछन् । तर जसले परमेश्‍वरको इच्‍छाअनुसार गर्छ, त्‍यो सदासर्वदा रहिरहन्‍छ ।
\p
\v 18 बालकहरू हो, यो आखिरी घडी हो । तिमीहरूले ख्रीष्‍ट विरोधी आइरहेको छ भनी सुनेझैं, अहिले धेरै ख्रीष्‍ट विरोधीहरू आएका छन् । यसद्वारा नै यो आखिरी घडी हो भन्‍ने हामी जान्दछौं ।
\v 19 तिनीहरू हामीबाट बाहिर गए, तर तिनीहरू हामीबाटका थिएनन्‌ । किनकि यदि तिनीहरू हामीबाटका भएका भए तिनीहरू हामीहरूसँगै रहिरहने थिए । तर जब तिनीहरू हामीबाट बाहिर गए, यसले तिनीहरू हामीबाटका होइनन् भन्‍ने देखायो ।
\v 20 तर तिमीहरूसँग पवित्र हुनुहुनेबाटको अभिषेक छ, र तिमीहरू सबै कुरा जान्दछौ ।
\v 21 तिमीहरूले सत्‍य जानेका छैनौ भनेर मैले तिमीहरूलाई लेखेको होइनँ, तर तिमीहरूले यो जानेका हुनाले र कुनै पनि झूट सत्यबाट नआउने हुनाले हो ।
\v 22 येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने इन्‍कार गर्नेबाहेक झूटा अर्को को हुन्छ? त्यो व्‍यक्‍ति नै ख्रीष्‍ट विरोधी हो, किनभने त्‍यसले पिता र पुत्रलाई इन्‍कार गर्छ ।
\v 23 पुत्रलाई इन्‍कार गर्ने कोहीसँग पनि पिता हुनुहुन्‍न । पुत्रलाई स्वीकार गर्नेसँग पिता पनि हुनुहुन्छ ।
\v 24 तिमीहरूका हकमा, तिमीहरूले सुरुदेखि सुनेका कुरा तिमीहरूमा रहोस् । तिमीहरूले सुरुदेखि सुनेका कुरा तिमीहरूमा रहन्छ भने तिमीहरू पनि पिता र पुत्रमा रहन्‍छौ ।
\v 25 उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा अर्थात् अनन्‍त जीवन यही हो ।
\p
\v 26 तिमीहरूलाई बहकाउनेहरूको बारेमा मैले यी कुराहरू तिमीहरूलाई लेखिसकेको छु ।
\v 27 तिमीहरूका हकमा, तिमीहरूले उहाँबाट पाएका अभिषेक तिमीहरूमा रहन्‍छ, र तिमीहरूलाई सिकाउन कसैको आवश्‍यक पर्दैन । तर उहाँको अभिषेकले नै तिमीहरूलाई सबै थोकहरूबारे सिकाउनुहुन्छ अनि त्‍यो सत्‍य हो र झुटो होइन, र त्यसले तिमीहरूलाई सिकाएअनुसार, उहाँमा रहो ।
\p
\v 28 अब बालकहरू हो, उहाँमा रहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा साहस होस्‌ र उहाँको आगमनमा उहाँको सामु लज्‍जित हुनु नपरोस्‌ ।
\v 29 यदि उहाँ धर्मी हुनुहुन्‍छ भनी तिमीहरूले जान्दछौ भने धार्मिक व्यवहार गर्ने हरेक उहाँबाट जन्मेको हो भन्‍ने तिमीहरूले जान्दछौ ।
\c 3
\cl अध्याय ३
\p
\v 1 हेर, पिताले हामीलाई कस्तो किसिमको प्रेम दिनुभएको छ, कि हामीलाई परमेश्‍वरको सन्तान भनिनुपर्छ, र हामी यही हौं । यसैकारण संसारले हामीलाई चिन्दैन, किनभने यसले उहाँलाई चिनेन । \f + \ft केही महत्वपूर्ण र प्राचीन प्रतिलिपिहरूमा \fqa हामी यही हौं \fqa* छैन । \f*
\v 2 प्रिय हो, अब हामी परमेश्‍वरका सन्तानहरू हौं, र हामी के हुनेछौं भन्‍ने अझ पनि प्रकट गरिएको छैन । हामी जान्दछौं, कि जब ख्रीष्‍ट देखा पर्नुहुनेछ, हामी उहाँजस्तै हुनेछौं, किनकि उहाँजस्तो हुनुहुन्छ त्‍यस्तै हामी उहाँलाई देख्‍नेछौं ।
\v 3 उहाँमा यो आशा राख्‍ने हरेकले आफूलाई उहाँ जस्तो शुद्ध हुनुहुन्छ त्यस्तै शुद्ध पार्छ ।
\v 4 पाप गर्ने हरेकले दुष्‍ट कार्यहरू गर्दैछन्, किनकि पाप दुष्‍टता हो । ।
\v 5 पापहरू हटाई लानलाई नै ख्रीष्‍ट प्रकट हुनुभयो भन्‍ने तिमीहरू जान्दछौ, र उहाँमा कुनै पाप छैन ।
\v 6 उहाँमा रहने कसैले पाप गरिरहँदैन । पाप गरिरहने कसैले उहाँलाई न देखेको छ न त चिनेको नै छ ।
\v 7 बालकहरू हो, कसैलाई पनि तिमीहरूलाई बहकाउन नदेओ । जस्तो ख्रीष्‍ट धर्मी हुनुहुन्छ त्यसरी नै धार्मिकताको काम गर्ने धर्मी हुन्छ ।
\v 8 जसले पाप गर्छ, त्यो शैतानको हो, किनकि शैतानले सुरुदेखि नै पाप गरेको छ । यसैकारण परमेश्‍वरका पुत्र प्रकट हुनुभयो, ताकि उहाँले शैतानका कामहरू नष्‍ट गर्नुभएको होस् ।
\v 9 जो परमेश्‍वरबाट जन्मेको छ गरिरँहदैन, किनभने परमेश्‍वरको बीउ त्यसमा रहन्छ । त्यसले पाप गरिरहन सक्दैन, किनभने त्यो परमेश्‍वरबाट जन्मेको हो ।
\v 10 यसैमा परमेश्‍वरका सन्तानहरू र शैतानका सन्तानहरू प्रकट गरिन्छन्ः जसले धार्मिकताको काम गर्दैन त्यो परमेश्‍वरको होइन, न त आफ्नो भाइलाई प्रेम नगर्ने नै हो ।
\p
\v 11 किनकि तिमीहरूले सुरुदेखि सुनेको सन्देश यही नै होः हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ ।
\v 12 हामी कयिनजस्तो हनुहुँदैन जो दुष्‍टको थियो र आफ्नो भाइको हत्या गर्‍यो । त्यसले आफ्नो भाइलाई किन मार्‍यो? किनभने त्यसका कामहरू दुष्‍ट थिए र त्यसको भाइका धार्मिक थिए ।
\v 13 मेरा भाइहरू, यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने अचम्म नमान ।
\v 14 हामी जान्दछौं, कि हामी मृत्यु पार गरेर जीवनमा सरेका छौं, किनभने हामी दाजुभाइहरूलाई प्रेम गर्छौं । जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहन्छ ।
\v 15 जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो हत्यारा हो । तिमीहरू जान्दछौ, कि कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन ।
\v 16 यसैद्वारा हामी प्रेम थाहा पाउँछौं, किनभने ख्रीष्‍टले हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो । हामीले पनि हाम्रा दाजुभाइहरूका निम्ति हाम्रो जीवन दिनुपर्छ ।
\v 17 तर जससँग संसारका थोकहरू छन्, जसले आफ्नो भाइ खाँचोमा परेको देखेर पनि त्यसबाट आफ्नो दयाको हृदय बन्द गर्छ भने कसरी परमेश्‍वरको प्रेम त्यसमा रहन्छ?
\v 18 मेरा बालकहरू हो, हामी वचन र मुखले मात्र प्रेम नगरौं, तर कामले र सत्यताले प्रेम गरौं ।
\p
\v 19 यसैद्वारा हामी सत्यका हौं भन्‍ने जान्दछौं र हाम्रो हृदयलाई उहाँको सामुन्‍ने निश्‍चय गर्छौं ।
\v 20 किनकि यदि हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने परमेश्‍वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सबै थोक जान्‍नुहुन्छ ।
\v 21 प्रिय हो, यदि हाम्रो हृदयले हामीलाई दोष दिंदैन भने हामी परमेश्‍वरप्रति द‍ृढ छौं ।
\v 22 हामीले जे माग्छौं त्यो हामी उहाँबाट पाउँछौं, किनभने हामीले उहाँका आज्ञाहरू पालन गर्छौं र उहाँको द‍ृष्‍टिमा असल हुने थोकहरू गर्छौं ।
\v 23 यो उहाँको आज्ञा होः कि हामीले उहाँका पुत्र येशू ख्रीष्‍टको नाउँमा विश्‍वास गर्नुपर्छ र एक अर्कोलाई प्रेम गर्नुपर्छ, जस्तो उहाँले हामीलाई यो आज्ञा दिनुभयो ।
\v 24 जसले परमेश्‍वरका आज्ञाहरू पालन गर्छ, त्यो उहाँमा रहन्छ, र परमेश्‍वर त्यसमा रहनुहुन्छ । यसैद्वारा हामी जान्दछौ, कि उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा उहाँ हामीमा रहनुहुन्छ ।
\c 4
\cl अध्याय ४
\p
\v 1 प्रिय हो, हरेक आत्मालाई विश्‍वास नगर । बरु, ती आत्माहरू परमेश्‍वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर, किनभने धेरै झूटा अगमवक्‍ताहरू संसारमा निस्कि आइसकेका छन् ।
\v 2 यसैद्वारा तिमीहरूले परमेश्‍वरको आत्मालाई चिन्‍नेछौ—येशू ख्रीष्‍ट शरीरमा आउनुभयो भनी स्वीकार गर्ने हरेक आत्मा परमेश्‍वरबाटको हो,
\v 3 अनि येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्‍वरबाटको होइन । यो ख्रीष्‍ट विरोधीको आत्मा हो, जुन तिमीहरूले आउँदैछ भनी सुनेका छौ, र अब त्यो यस संसारमा अगिदेखि नै छ ।
\p
\v 4 बालकहरू हो, तिमीहरू परमेश्‍वरबाटका हौ, र तिनीहरूलाई जितेका छौ, किनभने तिमीहरूमा जो हुनुहुन्छ उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ ।
\v 5 तिनीहरू संसारबाटका हुन्; यसकारण तिनीहरूले भनेका कुराहरू संसारबाटकै हुन्, र संसारले तिनीहरूको कुरा सुन्छ ।
\v 6 हामी परमेश्‍वरबाटका हौं । जसले परमेश्‍वरलाई चिन्छ, त्यसले हाम्रो कुरा सुन्छ । जो परमेश्‍वरबाटको होइन, त्यसले हाम्रो कुरा सुन्दैन । यसैद्वारा हामी सत्यको आत्मा र झूटको आत्मालाई चिन्छौं ।
\p
\v 7 प्रिय हो, हामी एकले अर्कालाई प्रेम गरौं, किनकि प्रेम परमेश्‍वरबाटको हो, र हरेक जसले प्रेम गर्छ, त्यो परमेश्‍वरबाट जन्मेको हो र त्यसले परमेश्‍वरलाई चिन्छ ।
\v 8 जसले प्रेम गर्दैन, त्यसले परमेश्‍वरलाई चिन्दैन, किनकि परमेश्‍वर प्रेम हुनुहुन्छ ।
\v 9 यसैकारण परमेश्‍वरको प्रेम हामीहरूमाझ प्रकट भएको छ, कि परमेश्‍वरले आफ्नो एक मात्र पुत्र संसारमा पठाउनुभएको छ ताकि हामी उहाँको कारणले जिउन सकौं ।
\v 10 प्रेम यसैमा छ, हामीले परमेश्‍वरलाई प्रेम गरेकाले होइन, तर उहाँले हामीलाई प्रेम गर्नुभएको छ, अनि हाम्रा पापहरूका लागि प्रायश्‍चित्त हुनलाई उहाँले आफ्नो पुत्र पठाउनुभयो ।
\v 11 प्रिय हो, परमेश्‍वरले हामीलाई यति धेरै प्रेम गर्नुभयो भने हामीले पनि एक अर्कालाई प्रेम गर्नुपर्छ ।
\p
\v 12 परमेश्‍वरलाई कसैले कहिल्यै देखेको छैन । यदि हामी एक अर्कालाई प्रेम गर्छौं भने परमेश्‍वर हामीमा रहनुहुन्छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ ।
\v 13 यसैद्वारा हामी जान्दछौं, कि हामी उहाँमा रहन्छौं र उहाँ हामीमा रहनुहुन्छ, किनभने उहाँले हामीलाई उहाँका आत्माको केही भाग दिनुभएको छ ।
\v 14 साथै, हामीले देखेका छौं र गवाही दिएका छौं, कि पिताले संसारको मुक्‍तिदाता हुन पुत्रलाई पठाउनुभएको छ ।
\v 15 जसले येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ, परमेश्‍वर त्यसमा रहनुहुन्छ र त्यो परमेश्‍वरमा रहन्छ ।
\v 16 साथै हामीप्रति परमेश्‍वरले गर्नुभएको प्रेमलाई हामीले जानेका छौं र विश्‍वास गरेका छौं । परमेश्‍वर प्रेम हुनुहुन्छ, र जो यस प्रेममा रहन्छ, त्यो परमेश्‍वरमा रहन्छ, र परमेश्‍वर त्यसमा रहनुहुन्छ ।
\v 17 यसैकारण न्यायको दिनमा हामीमा द‍ृढता होस् भनेर प्रेम हामीमाझ सिद्ध बनाइएको छ, किनभने उहाँ जस्तो हुनुहुन्छ, हामी यस संसारमा त्यस्तै छौं ।
\v 18 प्रेममा कुनै डर हुँदैन । बरु सिद्ध प्रेमले डरलाई हटाउँछ, किनभने डरले दण्डसँग सरोकार राख्छ । तर जो डराउँछ, त्यो प्रेममा सिद्ध बनाइएको हुँदैन ।
\v 19 हामी प्रेम गर्छौं, किनभने परमेश्‍वरले हामीलाई पहिले प्रेम गर्नुभयो ।
\v 20 कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने, त्यो झूटा हो । किनकि जसले देखेको आफ्नो भाइलाई प्रेम गर्दैन भने त्यसले नदेखेको परमेश्‍वरलाई प्रेम गर्न सक्दैन ।
\v 21 साथै, उहाँबाटको यो आज्ञा हामीसँग छः कि जसले परमेश्‍वरलाई प्रेम गर्छ, त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ ।
\c 5
\cl अध्याय ५
\p
\v 1 जसले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी विश्‍वास गर्छ, त्यो परमेश्‍वरबाट जन्मेको हुन्छ, र जसले पितालाई प्रेम गर्छ, त्यसले उहाँबाट जन्मने बालकलाई पनि प्रेम गर्छ ।
\v 2 यसैद्वारा हामी जान्दछौं कि परमेश्‍वरका सन्तानहरूलाई प्रेम गर्छौंः जब हामी परमेश्‍वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं ।
\v 3 किनकि परमेश्‍वरको निम्ति प्रेम यही नै होः कि हामी उहाँका आज्ञाहरू पालना गर्छौ । अनि उहाँका आज्ञाहरू बोझिला छैनन् ।
\v 4 किनकि परमेश्‍वरबाट जन्मेको हरेकले संसारलाई जित्छ । अनि यो संसारलाई जित्‍ने विजय हाम्रो विश्‍वास हो ।
\v 5 संसारमाथि विजय हासिल गर्ने को हो? त्यही हो, जसले येशू नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी विश्‍वास गर्छ ।
\p
\v 6 उहाँ उही हुनुहुन्छ जो पानी र रगतद्वारा आउनुभयोः येशू ख्रीष्‍ट । उहाँ पानीद्वारा मात्र होइन, तर पानी र रगतद्वारा आउनुभयो ।
\v 7 किनकि गवाही दिनेहरू तीन छन्ः
\v 8 आत्मा, पानी र रगत अनि यी तीनै सहमत हुन्छन् । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा \fqa किनकि स्वर्गमा गवाही दिनेहरू तीन छन्ः पिता, वचन र पवित्र आत्मा। यी तीनै एक हुन्; अनि पृथ्वीमा गवाही दिनेहरू तीन छन्ःआत्मा, पानी र रगत; अनि यी तीनै एक जस्तै हुन् \fqa* छ । तर पनि उत्कृष्‍ट प्रतिलिपिहरूमा यी कुराहरू छैनन् । \f*
\v 9 हामीले मानिसहरूको गवाही स्वीकार गर्छौं भने परमेश्‍वरको गवाही त झनै महान् हुन्छ । किनकि परमेश्‍वरको गवाही यही हो, कि उहाँले आफ्ना पुत्रको बारेमा गवाही दिनुभएको छ ।
\v 10 जसले परमेश्‍वरका पुत्रमा विश्‍वास गर्छ त्यो आफैँसँग गवाही हुन्छ । जसले परमेश्‍वरलाई विश्‍वास गर्दैन, त्यसले उहाँलाई झूटा बनाएको छ, किनभने परमेश्‍वरले उहाँका पुत्रको विषयमा दिनुभएको गवाहीलाई त्यसले विश्‍वास गरेको छैन ।
\v 11 अनि गवाही यही हो: परमेश्‍वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ ।
\v 12 जससँग पुत्र छ, त्यससँग जीवन छ। जससँग परमेश्‍वरका पुत्र हुनुहुन्‍न, त्यससँग जीवन हुँदैन ।
\p
\v 13 मैले यी कुराहरू तिमीहरूलाई लेखेको छु, ताकि तिमीहरूसित अनन्त जीवन छ भन्‍ने तिमीहरूले जान्‍न सक—तिमीहरू जसले परमेश्‍वरका पुत्रको नाउँमा विश्‍वास गर्छौ ।
\v 14 साथै, उहाँको सामुन्‍ने हामीसँग भएको द‍ृढता यही हो कि यदि हामीले उहाँको इच्छाअनुसार कुनै पनि कुरा माग्यौं भने, उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ ।
\v 15 साथै, यदि हामीले उहाँसँग जे मागे पनि उहाँले हाम्रो बिन्ती सुनुहुन्छ भनी हामी जान्दछौं भने हामीले उहाँसँग मागेका कुराहरू हामीसँग छन् भनेर पनि हामी जान्दछौं ।
\p
\v 16 यदि कसैले आफ्नो भाइले मृत्युमा नपुर्‍याउने पाप गरेको देख्छ भने त्यसले प्रार्थना गर्नुपर्छ, र परमेश्‍वरले त्यसलाई जीवन दिनुहुनेछ । अर्थात्, तिनीहरूलाई जसको पापले मृत्युमा पुर्‍याउँदैन । मृत्युमा पुर्‍याउने पाप छ; त्यसले त्यसबारे बिन्ती चढाउनुपर्छ भनी म भन्दिनँ ।
\v 17 सबै अधार्मिकता पाप हो, तर मृत्युमा नपुर्‍याउने पाप पनि हुन्छ ।
\v 18 हामी जान्दछौं, कि जो परमेश्‍वरबाट जन्मेको छ त्यसले पाप गर्दैन । तर जो परमेश्‍वरबाट जन्मेको छ, परमेश्‍वरले त्यसलाई सुरक्षित राख्‍नुहुन्छ, र दुष्‍टले त्यसलाई हानि गर्न सक्दैन ।
\v 19 हामी जान्दछौं, कि हामी परमेश्‍वरबाटका हौं, र सारा संसार दुष्‍टको नियन्‍‍त्रणमा परेको छ ।
\v 20 तर हामी जान्दछौं, कि परमेश्‍वरका पुत्र आउनुभएको छ र हामीलाई समझशक्‍ति दिनुभएको छ, ताकि जो सत्य हुनुहुन्छ हामी उहाँलाई चिन्‍न सकौं । साथै हामी उहाँमा छौं जो सत्य हुनुहुन्छ अर्थात् उहाँका पुत्र येशू ख्रीष्‍ट । उहाँ साँचो परमेश्‍वर र अनन्त जीवन हुनुहन्छ ।
\p
\v 21 बालकहरू हो, तिमीहरू आफैंलाई मूर्तिहरूबाट अलग राख ।

27
64-2JN.usfm Normal file
View File

@ -0,0 +1,27 @@
\id 2JN
\ide UTF-8
\h २ यूहन्‍ना
\toc1 २ यूहन्‍ना
\toc2 २ यूहन्‍ना
\toc3 2jn
\mt २ यूहन्‍ना
\c 1
\cl अध्याय १
\p
\v 1 धर्मगुरुबाट ती चुनिएकी महिला र तिनका छोराछोरीहरूलाई, जसलाई म सत्यतामा प्रेम गर्छु—र मैले मात्र होइन, तर तिनीहरू सबैले पनि प्रेम गर्छन् जसले सत्यता जानेका छन्—
\v 2 त्यस सत्यताको कारण जुन हामीभित्र छ र हामीसँग सदासर्वदा रहनेछ ।
\v 3 परमेश्‍वर पिता र पिताका पुत्र येशू ख्रीष्‍टबाट हामीमा अनुग्रह, दया र शान्ति, सत्यता र प्रेममा रहनेछ ।
\p
\v 4 म अति आनन्दित छु कि मैले तिम्रा केही छोराछोरीहरू सत्यतामा हिंडिरहेको भेट्टाएको छु, जसरी हामीले यो आज्ञा पिताबाट प्राप्‍त गरेका छौं ।
\p
\v 5 अब हे महिला, म तिमीलाई बिन्ती गर्छु— मैले तिमीलाई नयाँ आज्ञा लेखिरहेको जस्तो होइन, तर हामीसँग सुरुदेखि भएको नै हो—कि हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ ।
\v 6 प्रेम यो हो, कि हामी उहाँका आज्ञाहरूअनुसार हिंड्नुपर्छ । तिमीहरूले सुरुदेखि नै सुनेजस्तै आज्ञा यही हो, कि तिमीहरू यसमा हिंड्नुपर्छ ।
\p
\v 7 किनकि धेरै छलीहरू संसारमा गएका छन्, र येशू ख्रीष्‍ट शरीरमा आउनुभयो भनी तिनीहरू स्वीकार गर्दैनन् । यो नै छली र ख्रीष्‍ट विरोधी हो ।
\v 8 आफैंलाई हेर, कि तिमीहरूले ती कुराहरू नगुमाऊ जसको लागि हामी सबैले परिश्रम गरेका छौं, तर तिमीहरूले पूरा इनाम पाउन सक ।
\v 9 जो अगाडि बढिरहन्छ र ख्रीष्‍टको शिक्षामा रहँदैन त्यससँग परमेश्‍वर हुनुहुन्‍न । जो शिक्षामा रहन्छ योसँग पिता र पुत्र दुवै हुनुहुन्छ ।
\v 10 यदि कोही तिमीहरूकहाँ आउँछ र यो शिक्षा ल्याउँदैन भने त्यसलाई तिमीहरूको घरमा स्वागत नगर र त्यसलाई अभिवादन नगर ।
\v 11 किनकि जसले त्यसलाई अभिवादन गर्छ त्यो त्यसको दुष्‍ट कामहरूमा सहभागी हुन्छ ।
\p
\v 12 मैले तिमीहरूलाई धेरै कुराहरू लेख्‍नुछ, तर मैले ती कुराहरू कागज र मसीले लेख्‍ने इच्छा गरिनँ । तर पनि म तिमीहरूकहाँ आउने र आमनेसामने भएर कुरा गर्ने आशा गर्छु, ताकि हाम्रो आनन्द पूर्ण होस् ।
\v 13 तिम्री चुनिएकी बहिनीका छोराछोरीहरूले तिमीलाई अभिवादन गर्छन् ।

29
65-3JN.usfm Normal file
View File

@ -0,0 +1,29 @@
\id 3JN
\ide UTF-8
\h ३ यूहन्‍ना
\toc1 ३ यूहन्‍ना
\toc2 ३ यूहन्‍ना
\toc3 3jn
\mt ३ यूहन्‍ना
\c 1
\cl अध्याय १
\p
\v 1 प्रिय एल्डर गायसलाई, जसलाई म सत्यतामा प्रेम गर्छु ।
\v 2 प्रिय, म प्रार्थना गर्छु, कि जसरी तिम्रो प्राणको भलो हुन्छ त्यसरी नै सबै कुरामा तिम्रो भलो होस् र तिमी स्वस्थ्य होऊ ।
\v 3 किनकी जसरी तिमी सत्यतामा हिंड्छौ त्यसरी नै जब भाइहरू आए र तिम्रो सत्यताप्रति गवाही दिए म अति आनन्दित भएँ ।
\v 4 मेरा छोराछोरीहरू सत्यतामा हिंड्छन् भनी सुन्‍नुभन्दा कुनै ठूलो आनन्द मसँग हुँदैन ।
\v 5 प्रिय, जब तिमी भाइहरू र परदेशीहरूको निम्ति काम गर्छौं तिमी विश्‍वासयोग्यताको अभ्यास गर्छौ,
\v 6 जसले मण्डलीको सामु तिम्रो प्रेमको गवाही दिएका छन् । तिमीहरूले तिनीहरूलाई तिनीहरूका यात्रामा परमेश्‍वरको योग्य हुने तरिकाले पठाउन असल गर्छौ,
\v 7 किनभने गैरयहूदीहरूबाट केही नलिइ नाउँको खातिर तिनीहरू बाहिर गए ।
\v 8 त्‍यसकारण यस्ताहरूलाई हामीले स्वागत गर्नुपर्छ, ताकि हामी सत्यताको लागि सहकर्मीहरू बन्‍न सकौं ।
\p
\v 9 मैले मण्डलीको निम्ति केही लेखें, तर डियोत्रिफस जसले तिनीहरूमा पहिलो हुन रुचाउँछन् तिनले हामीलाई स्वीकार गर्दैन ।
\v 10 यसकारण यदि म आएँ भने त्यसले हाम्रो विरुद्ध दुष्‍ट कुवाक्यहरू कुराहरू बोल्दै के गर्दैछन् म सम्झनेछु । त्यसबाट सन्तुष्‍ट नभएर, त्यो आफैंले भाइहरूलाई स्वागत् गर्न इन्कार मात्र गरेनन्, तर तिनीहरूलाई स्वागत् गर्ने चाहनेहरूलाई पनि त्यसले रोक्छ र तिनीहरूलाई मण्डलीबाट निकालिदिन्छ ।
\p
\v 11 प्रिय, जे खराब छ त्यसको अनुकरण नगर, तर जे असल छ त्यसको अनुकरण गर । जसले असल गर्छ त्यो परमेश्‍वरको हो; जसले खराबी गर्छ त्यसले परमेश्‍वरलाई देखेको छैन ।
\p
\v 12 डेमेत्रियसको बारेमा सबैले र सत्यता आफैंले पनि गवाही दिएका छन् । हामी पनि गवाही दिन्छौं, र तिमी जान्दछौ, कि हाम्रो गवाही सत्य छ ।
\p
\v 13 मैले तिमीहरूलाई लेख्‍नु धेरै कुराहरू थिए, तर मैले तिनीहरूलाई कागज र मसीले लेख्‍ने इच्छा गर्दिनँ ।
\v 14 तर तिमीलाई छिट्टै भेट्ने आशा गर्छु, र हामी आमने सामने कुरा गर्नेछौं ।
\v 15 तिमीलाई शान्ति होस् । मित्रहरूले तिमीलाई अभिवादन गर्छन् । हाम्रा मित्रहरूलाई नाउँद्वारा अभिवादन गर ।

44
66-JUD.usfm Normal file
View File

@ -0,0 +1,44 @@
\id JUD
\ide UTF-8
\h यहूदा
\toc1 यहूदा
\toc2 यहूदा
\toc3 jud
\mt यहूदा
\c 1
\cl अध्याय १
\p
\v 1 येशू ख्रीष्‍टका एक सेवक र याकूबका भाइ यहूदाबाट, बोलाइएकाहरू र परमेश्‍वर पितामा प्रिय अनि येशू ख्रीष्‍टको निम्ति राखिएकाहरूलाई:
\v 2 दया, शान्ति र प्रेम तिमीहरूका निम्ति प्रशस्त हुँदै जाओस् ।
\p
\v 3 प्रियहरू, हाम्रो साझा मुक्तिको विषयमा मैले तिमीहरूलाई लेख्‍न हरेक प्रयत्‍न गर्दा, परमेश्‍वरका पवित्र जनहरूलाई एकै चोटी सधैंको निम्ति दिइएको विश्‍वासको लागि साँचो रूपमा सङ्घर्ष गर्न उपदेश दिनलाई तिमीहरूलाई यो लेख्‍न मलाई आवश्यक भयो ।
\v 4 किनकि तिमीहरूका माझमा कोही मानिसहरू गुप्‍त रूपमा घुसेका छन् । यी ती मानिसहरू हुन् जो दण्डको निम्ति चिन्ह लगाइएका थिए । तिनीहरू अधर्मी मानिसहरू हुन् जसले हाम्रा परमेश्‍वरको अनुग्रहलाई कामुकतामा परिणत गरेका छन्, र हाम्रा एक मात्र मालिक र प्रभु येशू ख्रीष्‍टलाई इन्कार गर्छन् ।
\p
\v 5 अब म तिमीहरूलाई यो सम्झना दिलाउन चाहन्छु—तिमीहरूले एक पटक यसलाई पूर्ण रूपमा जानेका भएतापनि— कि परमप्रभुले मिश्र देशबाट मानिसहरूलाई बचाउनुभयो, तर पछिबाट विश्‍वास नगर्नेहरूलाई उहाँले नष्‍ट गर्नुभयो ।
\v 6 साथै, आफ्नो अधिकारको स्थानमा कायम नरहेका तर आफ्नो उचित वासस्थानलाई त्यागेका स्वर्गदूतहरूलाई—परमेश्‍वरले त्यस महान् दिनमा न्यायको निम्ति पूर्ण अन्धकारमा अनन्त साङ्लाहरूमा राख्‍नुभएको छ ।
\v 7 त्यसरी नै सदोम र गमोरा र तिनका वरपरका सहरहरूले आफैंलाई यौन अनैतिकतामा र अस्वाभाविक यौन क्रियाकलापहरूमा संलग्‍न गराए । तिनीहरू अनन्त आगोको दण्ड भोग्‍नेहरूको उदाहरणको रूपमा प्रकट हुन्छन् ।
\v 8 तर यस्तै प्रकारले, यी सपना देख्‍नेहरूले पनि आ-आफ्ना शरीरहरूलाई दूषित गर्छन् । तिनीहरूले अधिकारलाई इन्कार गर्छन्, र महिमितहरूका विरुद्धमा निन्दा गर्ने कुराहरू भन्छन् ।
\p
\v 9 तर प्रधान दूत मिखाएलले पनि दुष्‍टसँग बहस गरिरहँदा र मोशाको शरीरको विषयमा त्यससँग विवाद गरिरहँदा, त्यसको विरुद्धमा निन्दापूर्ण इन्साफ ल्याउने साहस गरेनन् । बरु तिनले भने, “परमप्रभुले तँलाई हप्काऊन्!”
\v 10 तर यी मानिसहरूले आफूले नबुझ्‍ने कुराहरूको निन्दा गर्छन्; र विवेकहीन पशुहरूले जस्तै जुन कुराहरू यिनीहरू स्वाभाविक रूपमा बुझ्छन्, ती कुराहरूले नै यिनीहरूलाई नष्‍ट गर्छन् ।
\p
\v 11 धिक्‍कार तिनीहरूलाई! किनकि तिनीहरू कयिनको मार्गमा हिंडेका छन्, र लाभको निम्ति बालामले गरेको भूलमा फसेका छन् । तिनीहरू कोरहको विद्रोहमा नष्‍ट भएका छन् ।
\v 12 तिमीहरूका प्रेम भोजहरूमा यी मानिसहरू कलङ्कहरू हुन्, जो तिमीहरूसँग निर्लज्‍ज रूपमा भोज खान्छन्—गोठालाहरू जसले आफैंलाई मात्र पोस्छन् । तिनीहरू पानी नभएका बादलहरू हुन्, जसलाई हुरीले उडाएर लैजान्छन्; शरद ऋतुका निष्फल रुखहरू हुन्—जो दुई पटक मरिसकेका छन्, र जराहरूसितै उखेलिएका छन् ।
\v 13 तिनीहरू समुद्रका भयङ्कर छालहरू हुन्, जसले आफ्ना निर्लज्‍जताको फिंज निकाल्छन्; तिनीहरू बत्तिएका ताराहरू हुन्, जसको निम्ति अनन्तको लागि अँध्यारोको घोर अन्धकार साँचेर राखिएको छ ।
\p
\v 14 आदमदेखि सातौं पुस्ताका हनोकले तिनीहरूको विषयमा यसो भन्दै अगमवाणी गरे, “हेर! परमप्रभु उहाँका हजारौं हजार पवित्र जनसँग आउँदै हुनुहुन्छ ।
\v 15 उहाँ सबैको न्याय गर्न आउँदै हुनुहुन्छ । सबै अधर्मीहरूले अधर्म तरिकाले गरेका सबै कामहरू, र अधर्मी पापीहरूले उहाँको विरुद्धमा बोलेका सबै कठोर बोलीको दोष लगाउन उहाँ आउँदै हुनुहुन्छ ।”
\v 16 यिनीहरू गनगन गर्नेहरू, गुनासो गर्नेहरू हुन् जसले आफ्ना दुष्‍ट अभिलाषाहरूलाई पछ्‍याउँछन् । यिनीहरू ठुला-ठुला शेखी गर्नेहरू हुन् जसले आफ्नै फाइदाको निम्ति अरूहरूको चापलुसी गर्छन् ।
\p
\v 17 तर प्रियहरू हो, तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्‍टका प्रेरितहरूले पहिले बोलेका वचनहरूलाई स्मरण गर ।
\v 18 तिनीहरूले तिमीहरूलाई भने, “अन्त्यको समयमा गिल्ला गर्नेहरू हुनेछन् जसले आफ्नै अधर्मी अभिलाषाहरूलाई पछ्‍याउनेछन् ।”
\v 19 यी फुट ल्याउने मानिसहरू हुन्; तिनीहरू सांसारिक छन् र तिनीहरूसँग पवित्र आत्मा छैन ।
\p
\v 20 तर मेरा प्रियहरू, तिमीहरू आफैंलाई आफ्नो सबैभन्दा पवित्र विश्‍वासमा निर्माण गर, र पवित्र आत्मामा प्रार्थना गर ।
\v 21 आफैंलाई परमेश्‍वरको प्रेममा राख, र हाम्रा प्रभु येशू ख्रीष्‍टको दयाको निम्ति प्रतिक्षा गर जसले तिमीहरूकहाँ अनन्त जीवन ल्याउँछ ।
\p
\v 22 शङ्का गर्नेहरूसँग दयालु होओ ।
\v 23 अरूहरूलाई आगोबाट बाहिर निकालेर बचाओ । अरूहरूसँग भयका साथ दयालु होओ । शरीरद्वारा कलङ्‌कित भएको वस्‍‍त्रलाई समेत घृणा गर ।
\p
\v 24 अब तिमीहरूलाई ठक्कर खानदेखि जोगाउन सक्‍नुहुने र उहाँको महिमामय उपस्थितिको सामु निष्कलङ्क र बडो रमाहटसँग तिमीहरूलाई खडा हुन सक्षम बनाउनुहुने,
\v 25 हाम्रा उद्धारक एक मात्र परमेश्‍वरलाई हाम्रा प्रभु येशू ख्रीष्‍टबाट महिमा, गरिमा, प्रभुत्व र शक्‍ति, सारा समयभन्दा पहिलेदेखि, अहिले र अनन्तसम्म रहिरहोस् । आमेन ।

548
67-REV.usfm Normal file
View File

@ -0,0 +1,548 @@
\id REV
\ide UTF-8
\h प्रकाशको पुस्तक
\toc1 प्रकाशको पुस्तक
\toc2 प्रकाशको पुस्तक
\toc3 rev
\mt प्रकाशको पुस्तक
\c 1
\cl अध्याय १
\p
\v 1 परमेश्‍वरले आफ्ना सेवकहरूलाई अब चाँडै हुन आउने कुराहरू प्रकट गर्नुभएको यो येशू ख्रीष्‍टको प्रकाश हो । उहाँले यो कुरा आफ्ना स्वर्गदूत पठाउनु भएर उहाँका सेवक यूहन्‍नालाई प्रकट गराउनुभयो ।
\v 2 यूहन्‍नाले परमेश्‍वरको वचन र येशू ख्रीष्‍टको गवाहीको बारेमा आफूले देखेको सबै कुराको गवाही दिए ।
\v 3 त्यो मानिस धन्यको हो, जसले अगमवाणीको यो वचन चर्को स्वरमा पढ्छ र जसले सुन्छ र यसमा लेखिएका कुराहरू पालन गर्छ, किनकि समय नजिकै छ ।
\p
\v 4 यूहन्‍नाबाट एसियामा भएका सातवटा मण्डलीहरुलाईः उहाँबाट, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो अनि जो आउनुहुनेछ, र उहाँको सिंहासनका सामु भएका सातवटा आत्माबाट,
\v 5 अनि विश्‍वासयोग्य गवाही, मृतकबाट जीवित पारिनुभएको पहिलो र पृथ्वीका राजाहरूका शासक, येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति । उहाँ जसले हामीलाई प्रेम गर्नुहुन्छ र उहाँको रगतद्वारा हामीलाई हाम्रा पापबाट स्वतन्‍‍त्र पार्नुभयो—
\v 6 उहाँले हामीलाई एउटा राज्य बनाउनुभएको छ, अनि उहाँका परमेश्‍वर र पिताका निम्ति पूजाहारीहरू— उहाँलाई महिमा र शक्ति सदासर्वदा होस् । आमेन ।
\p
\v 7 हेर, उहाँ बादलमा आउँदै हुनुहुन्छ, हरेक आँखाले उहाँलाई देख्‍नेछ, जसले उहाँलाई घोचे, तिनीहरूले पनि । उहाँको कारण पृथ्वीका सबै कुलले शोक गर्नेछन् । हो, आमेन ।
\v 8 “अल्फा र ओमेगा म नै हुँ”, सर्वशक्तिमान परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “उहाँ जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, र जो आउनुहुनेछ ।” \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौं, \fqa अल्फा र ओमेगा, सुरु र अन्त म नै हुँ”, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ \fqa* । \f*
\p
\v 9 म यूहन्‍ना—तिमीहरूका दाजु र जो येशूमा भएका कष्‍टहरूमा र राज्यमा र धीरजी सहनशीलतामा तिमीहरूसँगै सहभागी हुन्छ—परमेश्‍वरको वचन र येशू ख्रीष्‍टको गवाहीका निम्ति पत्मोस भनिने टापुमा थिएँ ।
\v 10 प्रभुको दिनमा म आत्मामा थिएँ । मैले मेरो पछाडि तुरहीको जस्तै एउटा ठूलो आवाज सुनें ।
\v 11 त्यसले भन्यो, "तिमीले जे पुस्तकमा देख्छौ, र सातवटा मण्डलीहरुलाई—एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियालाई पठाईदेऊ ।”
\v 12 कसको आवाज मसँग बोलिरहेको थियो भनी म फर्किएँ र मैले फर्केर हेर्दा सातवटा सुनका सामदानहरू देखें ।
\v 13 सामदानहरूका माझमा पाउसम्मै पुग्‍ने लामो पोशाक पहिरिनुभएका र आफ्नो छाती वरिपरि सुनको पेटी बाँध्‍नुभएका मानिसका पुत्रजस्तै त्यहाँ एक जना हुनुहुन्थ्यो ।
\v 14 उहाँको शिर र कपाल ऊन अनि हिउँजस्तै सेता र उहाँका आँखाहरू आगोको ज्वालाजस्तै थिए ।
\v 15 उहाँका पाउहरू टल्काइएका काँसाजस्तै, भट्टीमा खारिएको काँसाजस्तै थिए र उहाँको सोर उर्लंदो पानीको आवाजजस्तै थियो ।
\v 16 उहाँको दाहिने हातमा सातवटा तारा थिए, अनि उहाँको मुखबाट एउटा दुई-धारे धारिलो तरवार निस्किरहेको थियो । उहाँको अनुहार पूरा शक्तिले चम्किरहेको सुर्यझैं थियो ।
\v 17 जब मैले उहाँलाई देखें, म मरेतुल्य मानिसजस्तै भएर उहाँको पाउँमा परें । उहाँले आफ्नो दाहिने हात ममाथि राख्‍नुभयो र भन्‍नुभयो, “नडराऊ ।” पहिलो र अन्तिम म नै हुँ र
\v 18 जीवितचाहिं म नै हुँ । म मरेको थिएँ, तर हेर, म सदाका निम्ति जीवित छु! अनि मृत्यु र पातालका साँचाहरू मसित छन् ।
\v 19 त्यसकारण जे अहिले छ, र यसपछि जे हुन आउनेछ तिमीले जे देखेका छौ, सो लेख ।
\v 20 मेरो दाहिने हाततिर तिमीले देखेका सातवटा ताराहरू र सातवटा सामदानको बारेमा लुकेको रहस्य: सातवटा तारा सातवटा मण्डलीका दूतहरू र सातवटा सामदान सातवटा मण्डलीहरू हुन् ।”
\c 2
\cl अध्याय २
\p
\v 1 एफिससको मण्डलीका दूतलाई लेखः ‘आफ्नो दाहिने हातमा सातवटा ताराहरू लिनुहुने र जो सातवटा सुनका सामदानहरूका माझमा हिंड्नुहुनेका वचनहरू यिनै हुन्,
\v 2 "तिमीले गरेका काम, तिम्रो कडा परिश्रम र तिम्रो धैर्य सहनशीलता र तिमीले दुष्‍ट मानिसहरूलाई सहन सक्दैनौ भन्‍ने मलाई थाहा छ तर आफैंलाई प्रेरितहरू भनी दाबी गर्नेहरू तर वास्तवमा ती होइनन् भनी तिमीले जाँचिसकेका छौ, र तिमीले तिनीहरूलाई झूटा भेट्टाएका छौ ।
\v 3 तिमीले धैर्यतापूर्वक सहिरहेका छौ, अनि मेरो नाउँको खातिर तिमीले धेरै दुःख भोगिरहेका छौ र तिमी थकित भएका छैनौ ।
\v 4 तर तिम्रो विरुद्धमा मसँग वास्तविक कुरा छ कि तिमीले आफ्नो पहिलो प्रेमलाई त्यागेका छौ ।
\v 5 यसकारण तिमी कहाँबाट पतन भयौ सो याद गर । पश्‍चात्ताप गर र तिमीले पहिले गरेका कामहरू गर । तिमीले पश्‍चात्ताप गरेनौ भने म तिमीकहाँ आउनेछु र म तिम्रो सामदानलाई त्यसको ठाउँबाट हटाइदिनेछु ।
\v 6 तर तिमीमा यो कुरा त छ । निकोलाइटसहरूले गरेका कामलाई तिमीले घृणा गरेका छौ, जसलाई म पनि घृणा गर्छु ।
\v 7 जसको कान छ त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भनिरहनुभएको छ । जसले जित्छ, त्यसलाई म परमेश्‍वरको स्वर्गलोकमा भएको जीवनको रुखबाट खाना दिनेछु ।”'
\p
\v 8 स्मुर्नाको मण्डलीका दूतलाई लेखः ‘जो सुरु र अन्त्य हुनुहुन्छ, उहाँका वचनहरू यिनै हुन्, जो मर्नुभएको थियो र जो फेरि जीवित हुनुभयो:
\v 9 "तिम्रा कष्‍टहरू र तिम्रो गरिबी मलाई थाहा छ, तर तिमी धनी छौ । तिनीहरूको निन्दा मलाई थाहा छ जसले आफैलाई यहूदी हुँ भन्छन्, तर तिनीहरू होइनन् । तिनीहरू त शैतानका सभाघर हुन् ।
\v 10 तिमीले भोग्‍नै लागेको कष्‍टको बारेमा नडराऊ । हेर! शैतानले तिमीहरूमध्ये केहीलाई जाँच्‍नको लागि झ्यालखानामा हाल्न आँटेको छ र दस दिनका निम्ति तिमीले कष्‍ट भोग्‍नेछौ । मृत्युसम्मै विश्‍वासयोग्य होऊ र म तिमीलाई जीवनको मुकुट दिनेछु ।
\v 11 जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दैहुनुहुन्छ । जसले विजय प्राप्‍त गर्छ, त्यसलाई दोस्रो मृत्युद्वारा केही हानि हुनेछैन।”'
\p
\v 12 पर्गाममको मण्डलीका दूतलाई लेखः ‘दुईधारे तरवार साथमा हुनेका वचनहरू यिनै हुन्,
\v 13 "मलाई थाहा छ तिमी कहाँ बस्छौ, त्यहीं जहाँ शैतानको सिंहासन छ । तरै पनि तिमीले मेरो नाउँलाई दह्रो गरी पक्रिराखेका छौ । मलाई थाहा छ कि शैतान बस्‍ने ठाउँमा तिमीहरुकै माझमा मारिएका मेरा विश्‍वासयोग्य साक्षी एन्टिपासको समयमा पनि तिमीले ममाथि भएको आफ्नो विश्‍वासलाई इन्कार गरेनौ ।
\v 14 तर तिम्रो विरुद्धमा मसित केही कुराहरु छन्ः तिमीहरूमध्ये कोही-कोहीले बालामको शिक्षालाई दह्रो गरी पक्रेका छन् जसले बालाकलाई इस्राएलका छोराहरूको अघि ठेस लाग्‍ने ढुङ्गा फ्याँक्‍न सिकाए ताकि तिनीहरूले मूर्तिलाई बलिदान गरेको खानेकुरा खाऊन् र अनैतिक यौनमा लागून्।
\v 15 त्यसैगरी, तिमीहरूमध्ये कोही-कोहीले निकोलाइटसका शिक्षालाई दह्रो गरी पक्रेका पनि छन् ।
\v 16 त्यसैकारण पश्‍चात्ताप गर! यदि पश्‍चात्ताप गरेनौ भने, म तिमीकहाँ चाँडै आउनेछु र तिनीहरूको विरुद्धमा मेरो मुखको तरवारले युद्ध गर्नेछु ।
\v 17 जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दैहुनुहुन्छ । जसले जित्छ, त्यसलाई म लुकाइएको केही मन्‍न दिनेछु, र पत्थरमा एउटा नयाँ नाउँ लेखिएको सेतो पत्थर म त्यसलाई दिनेछु, तर त्यो नाउँ पाउनेले बाहेक अरू कसैले पनि जान्दैन ।”'
\p
\v 18 थिआटीराको मण्डलीका दूतलाई लेखः ‘आँखा आगोको ज्वालाजस्ता र पाउ भट्टीमा टल्कने काँसाजस्ता भएका परमेश्‍वरका पुत्रका वचनहरू यिनै हुन् ।
\v 19 "तिम्रो प्रेम र विश्‍वास र सेवा र तिम्रो धैर्यवान् सहनशिलता र तिमीले गरेका कामहरू मलाई थाहा छ । तिमीले अहिले जे गरेका छौ, त्यो पहिले गरेका कामहरूभन्दा बढी महत्त्‍वका छन् ।
\v 20 तर मसँग तिम्रो विरुद्धमा यो कुरा छः आफैंलाई अगमवादिनी भन्‍ने स्‍‍त्री ईजेबेललाई तिमीले सहेका छौ । त्यसले आफ्ना शिक्षाद्वारा मेरा सेवकहरूलाई अनैतिक यौन गर्न र मूर्तिहरूलाई चढाएका खानेकुरा खान लगाउँछे ।
\v 21 मैले त्यसलाई पश्‍चात्ताप गर्ने समय दिएँ, तर त्यसले आफ्नो अनैतिकताको पश्‍चात्ताप गर्न इन्कार गरी ।
\v 22 हेर! म त्यसलाई रोगी-ओछ्‍यानमा फालिदिनेछु, र त्यससँग व्यभिचार गर्नेहरूलाई त्यसले गरेको कामको निम्ति पश्‍चात्ताप नगरेसम्म ठुलो कष्‍टमा पार्नेछु ।
\v 23 म त्यसका छोराछोरीहरूलाई रुढीले मारिदिनेछु, अनि म नै हुँ जसले विचार र हृदयहरूको खोजी गर्दछु भनी सबै मण्डलीले जान्‍नेछन् । म तिमीहरू प्रत्येकलाई तिमीहरूका कामहरूका अनुसार प्रतिफल दिनेछु ।
\v 24 तर तिमीहरू थिआटीरामा बाँकी रहेकाहरू हरेक जसले यस शिक्षालाई पक्रदैन, र कतिपयले शैतानका गहिरा कुराहरू भनी भनेका कुराहरू जान्दैन—तिमीहरूलाई म भन्छु, 'तिमीहरूमाथि अरू कुनै भार राख्दिनँ ।'
\v 25 जस्तोसुकै समयमा पनि म नआउन्जेलसम्म तिमीहरूले यसलाई दरिलोसँग पक्री राख ।
\v 26 जसले जित्छ र अन्त्यसम्म मैले गरेका काम जसले गर्छ, त्यसलाई म जाति-जातिहरूमाथि अधिकार दिनेछु ।
\v 27 'कुमालेका माटाका भाँडाहरूलाई त्यसले टुक्रा-टुक्रा पारेजस्तै त्यसले फलामको छडीले तिनीहरूमाथि शासन गर्नेछ ।'
\v 28 मैले मेरा पिताबाट प्राप्‍त गरेजस्तै त्यसलाई म बिहानको तारा दिनेछु ।
\v 29 जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दैहुनुहुन्छ ।”'
\c 3
\cl अध्याय ३
\p
\v 1 सार्डिसको मण्डलीमा भएका दूतलाई लेखः ‘परमेश्‍वरका सात आत्मा र सात तारा समात्‍नु हुनेका वचनहरू यिनै हुन् । "तिमीले गरेका कामहरू मलाई थाहा छ । तिमी जीवित छौ भन्‍ने नाम त छ, तर तिमी मरेका छौ ।
\v 2 उठ र मर्नै लागेका बाँकी रहेका कुराहरूलाई बलियो बनाऊ, किनभने मैले मेरा परमेश्‍वरको द‍ृष्‍टिमा तिम्रा कामहरू पूरा भएको भेट्टाएको छैनँ ।
\v 3 त्यसकारण, जुन कुरा तिमीले प्राप्‍त गर्‍यौ र सुन्यौ, सो सम्झ । यसलाई पालन गर अनि पश्‍चात्ताप गर । तर यदि तिमी जागा रहेनौ भने, म चोरजस्तै आउनेछु र कुन बेला तिम्रो विरुद्धमा आउनेछु भनी तिमीले थाहा पाउनेछैनौ ।
\v 4 तर सार्डिसका मानिसहरूमा केही नाउँहरू छन्, जसले आफ्नो वस्‍‍त्र फोहोर पारेका छैनन्, र तिनीहरू सेतो वस्‍‍त्रमा मसँग हिंड्नेछन्, किनकि तिनीहरू योग्यका छन् ।
\v 5 जसले जित्छ, त्यसलाई सेतो वस्‍‍त्र पहिराइनेछ, र जीवनको पुस्तकबाट म त्यसको नाउँ कहिल्यै मेटिदिनेछैनँ, अनि म मेरा पिता र उहाँका स्वर्गदूतहरूका सामुन्‍ने त्यसको नाउँ स्वीकार गर्नेछु ।
\v 6 जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दैहुनुहुन्छ ।'"
\p
\v 7 फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेखः ‘जो पवित्र र सत्य हुनुहुन्छ, यी वचनहरू उहाँका हुन्—उहाँले दाऊदको साँचोलाई पक्रनुभएको छ, उहाँले खोल्नुहुन्छ र कसैले पनि बन्द गर्दैन, उहाँले बन्द गर्नुहुन्छ र कसैले पनि खोल्न सक्दैन ।
\v 8 "तिमीले गरेका काम मलाई थाहा छ । हेर, तिम्रो अघि मैले खुला ढोका राखिदिएको छु जसलाई कसैले पनि बन्द गर्न सक्दैन । मलाई थाहा छ, कि तिमीसँग थोरै शक्‍ति छ, तापनि तिमीले मेरा वचन पालन गरेका छौ र मेरो नाउँलाई इन्कार गरेका छैनौ ।
\v 9 हेर, तिनीहरू जो शैतानको सभाघरकाहरू हुन्, जसले आफैंलाई यहूदीहरू हुँ भनी भन्छन् तर होइनन्, बरु तिनीहरू झुट बोल्नेहरू हुन्—म तिनीहरूलाई तिम्रो पाउको अघि निहुरेर दण्डवत् गर्न लगाउनेछु, अनि मैले तिमीलाई प्रेम गरेको कुरा तिनीहरूले जान्‍नेछन् ।
\p
\v 10 तिमीले मेरो वचन धैर्यसाथ पालन गरेका हुनाले पृथ्वीमा बास गर्नेहरुको जाँच्‍नको लागि सारा संसारमा आइपर्ने जाँचको घडीबाट म तिमीलाई जोगाउनेछु ।
\v 11 म चाँडै आउँदैछु । तिमीसँग जे छ त्यसलाई बलियो गरी पक्रिराख ताकि तिम्रो मुकुटलाई कसैले लिएर जान नसकोस् ।
\v 12 जसले जित्छ त्यसलाई म मेरा परमेश्‍वरको मन्दिरमा एउटा खाँबो बनाउनेछु । त्यो यसबाट कहिल्यै बाहिर जानेछैन, र त्यसमा मेरा परमेश्‍वरको नाउँ, मेरा परमेश्‍वरको सहरको नाउँ (नयाँ यरूशलेम, जुन मेरा परमेश्‍वरबाट स्वर्गदेखि तल ओर्लेर आउँछ), अनि मेरो नयाँ नाउँ म लेखिदिनेछु ।
\v 13 जसको कान छ त्यसले सुनोस्, आत्माले मण्डलीहरुलाई के भन्‍दैहुनुहुन्छ।'"
\p
\v 14 लाउडिकियामा भएको मण्डलीका दूतलाई लेखः ‘आमेन, विश्‍वासयोग्य र साँचो साक्षी, परमेश्‍वरका सृष्‍टिको शासकका वचनहरू यिनै हुन्।
\v 15 "मलाई तिम्रा कामहरू थाहा छ, कि तिमी न चिसो न तातो छौ । तिमी कि त चिसो वा तातो भए त हुनेथियो!
\v 16 किनभने तिमी मनतातो छौ— न तातो न चिसो छौ—त्यसैकारण, म तिमीलाई मेरो मुखबाट उकेलिदिन आँटेको छु ।
\v 17 किनकि तिमी भन्छौ, ‘म धनी छु र मसित धेरै भौतिक सम्पत्तिहरू छन् र मलाई कुनै थोकको आवश्यक छैन ।’ तर तिमी दुःखित, दयनीय, गरिब, अन्धा र नाङ्गै छौ भनी तिमीलाई थाहै छैन ।
\v 18 मेरो सल्लाहलाई ध्यान देऊः आगोद्वारा शुद्ध पारिएको सुन मबाट किन ताकि तिमी धनी हुन सक, र चम्किलो सेतो वस्‍‍त्र किन ताकि तिमीले आफैलाई ढाक्‍न सक र तिम्रो नाङ्गोपनको लाज नदेखियोस्, र तिम्रो आँखालाई अभिषेक गर्न मलहम किन ताकि तिमीले देख्‍न सक ।
\v 19 मैले प्रेम गर्ने हरेकलाई म तालिम दिन्छु, र तिनीहरू कसरी जिउनुपर्छ सो म तिनीहरूलाई सिकाउँछु । त्यसैकारण, इमान्दार होऊ र पश्‍चात्ताप गर ।
\v 20 हेर, म ढोकामा उभिएको छु र ढकढक्याइरहेको छु । यदि कसैले मेरो स्वर सुनेर ढोका खोल्छ भने, म त्यसको घरभित्र आउनेछु र त्यससँग खानेछु अनि त्यसले मसँग खानेछ ।
\v 21 जसले जित्छ, त्यसलाई मेरो सिंहासनमा मसँग बस्‍नलाई अधिकार दिनेछु, जसरी मैले पनि जितें र मेरा पितासँग उहाँको सिंहासनमा बसें ।
\v 22 जसको कान छ त्यसले सुनोस्, आत्माले मण्डलीहरुलाई के भन्दैहुनुहुन्छ ।'"
\c 4
\cl अध्याय ४
\p
\v 1 यी कुराहरूपछि मैले हेरें र स्वर्गमा एउटा ढोका उघ्रिएको मैले देखें । मैले सुनेको तुरहीको जस्तो पहिलो आवाजले यसो भन्दै मसँग बोलिरहेको थियो, “यहाँ माथि आऊ, र यी कुराहरूपछि के हुनुपर्छ म तिमीलाई देखाउनेछु ।”
\v 2 एकै छिनमा म आत्मामा थिएँ, र स्वर्गमा एउटा सिंहासन भएको मैले देखें, जसमाथि कोही बसिरहनुभएको थियो ।
\v 3 त्यसमाथि बस्‍नुहुने स्फटिक र लालमणिजस्तै देखिनुहुन्थ्यो । सिंहासनको वरिपरि इन्द्रेणी थियो । त्यो इन्द्रेणी पन्‍नाजस्तो देखिन्थ्यो ।
\v 4 त्यस सिंहासनको वरिपरि चौबिसवटा सिंहासन थिए, र चौबिस जना एल्डर सेतो वस्‍‍‍त्र पहिरिएर र आफ्ना शिरमा सुनका मुकुटहरू लगाएर बसेका थिए ।
\v 5 सिंहासनबाट बिजुलीको चमक, गर्जनहरू र गड्‍याङगुडुङका आवाजहरू आए । सिंहासनको अगाडि सातवटा बत्ती बलिरहेका थिए । ती बत्तीहरूचाहिं परमेश्‍वरका सात आत्मा थिए ।
\v 6 सिंहासनको अघि स्फटिकजस्तै देखिने काँचको समुद्र थियो । सिंहासनको बीचमा र सिंहासनवरिपरि, अगाडि र पछाडि आँखैआँखाले भरिएका चार जीवित प्राणी थिए ।
\v 7 पहिलो जीवित प्राणी सिंहजस्तो थियो, दोस्रो जीवित प्राणी बाछोजस्तो थियो, तेस्रो जीवित प्राणीको अनुहार मानिसको जस्तो थियो र चौथो जीवित प्राणी उडिरहेको चिलजस्तो थियो ।
\v 8 चारै जीवित प्राणीमध्ये प्रत्येकका ६-६ वटा पखेटा थिए, तल र माथि आँखैआँखाले भरिएका थिए । रातदिन तिनीहरूले “पवित्र, पवित्र, पवित्र, सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर जो हुनुहुन्थ्यो, र हुनुहुन्छ, र हुन आउनुहुनेछ” भनी रहन्थे ।
\p
\v 9 जब ती जीवित प्राणीहरूले सिंहासनमाथि विराजमान हुनुहुने र सदासर्वदा जीवित रहनुहुनेलाई महिमा, आदर र धन्यवाद दिन्छन्,
\v 10 चौबिस जना एल्डरले निहुरेर सिंहासनमा विराजमान हुनुहुनेका अगाडि दण्डवत् गर्छन् र सदासर्वदा जीवित हुनुहुनेलाई आराधना गर्छन् । तिनीहरूले सिंहासनको अगाडि यसो भन्दै आ-आफ्ना मुकुट राखे,
\v 11 “हाम्रा परमप्रभु र हाम्रा परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्न योग्यका हुनुहुन्छ, किनकि तपाईंले सबै थोक सृष्‍टि गर्नुभयो, र तपाईंकै इच्छाद्वारा तिनीहरू अस्तित्वमा आए र सृष्‍टि भए ।”
\c 5
\cl अध्याय ५
\p
\v 1 तब सिंहासनमा विराजमान हुनुहुनेको दाहिने हाततिर सातवटा मोहोर लगाएर यसलाई बन्द गरिएको अगाडि र पछाडि लेखिएको एउटा चर्मपत्रको मुट्ठो मैले देखें ।
\v 2 “यस मुट्ठोलाई खोल्न र यसका मोहोरहरूलाई तोड्न को योग्यको छ?” भनी एक जना शक्‍तिशाली स्वर्गदूतले चर्को सोरमा घोषणा गरेको मैले देखें ।
\v 3 स्वर्गमा वा यस पृथ्वीमा वा यस पृथ्वीमुनि भएका कसैले पनि यस मुट्ठोलाई खोल्न वा यसलाई पढ्न सकेन ।
\v 4 म दुःखित भएर रोएँ, किनभने यस मुट्ठोलाई खोल्न र पढ्न योग्यको कोही पनि भेट्टाइएन ।
\v 5 तर ती एल्डरहरूमध्येका एक जनाले मलाई भने, “नरोऊ । हेर! यहूदाको कुलको सिंह, दाऊदको मूलले विजय प्राप्‍त गर्नुभएको छ । त्यो मुट्ठो र त्यसका सातवटा मोहोर खोल्न उहाँ योग्यका हुनुहुन्छ ।”
\v 6 मैले सिंहासन र चारवटा जीवित प्राणी र एल्डरहरूका बीचमा मारिएको जस्तो देखिनुहुने एउटा थुमालाई उभिरहेको देखें । उहाँका सातवटा सिङ र सातवटा आँखा थिए । ती सारा पृथ्वीभरि पठाइएका परमेश्‍वरका सात आत्मा हुन् ।
\v 7 उहाँ जानुभयो र सिंहासनमा बसिरहनुहुनेको दाहिने हातबाट त्यस मुट्ठोलाई समात्‍नुभयो ।
\v 8 जब उहाँले त्यो मुट्ठोलाई लिनुभयो, ती चारवटा जीवित प्राणी र चौबिस जना एल्डर थुमाको अगाडि घोप्‍टो परे । तिनीहरू प्रत्येकसँग वीणा र धूपले भरिएका सुनका धुपौराहरू थियो, जुन परमेश्‍वरका पवित्र जनहरूका प्रार्थना हुन् ।
\v 9 तिनीहरूले एउटा नयाँ गीत गाएः “तपाईं त्यो मुट्ठोलाई लिन र त्यसका मोहोरहरूलाई खोल्न योग्यका हुनुहुन्छ । किनकि तपाईं मारिनुभयो, र तपाईंको रगतले हरेक कुल, भाषा, मानिस र जातिलाई तपाईंले परमेश्‍वरका निम्ति किन्‍नुभयो ।
\q1
\v 10 हाम्रा परमेश्‍वरको सेवा गर्न तपाईंले तिनीहरूलाई राज्य र पूजाहारीहरू बनाउनुभयो, र तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन् ।”
\p
\v 11 तब मैले हेरें र सिंहासन, जीवित प्राणीहरू र एल्डरहरूका वरिपरि धेरै स्वर्गदूतका आवाजलाई सुनें । तिनीहरूको पूरा सङ्ख्या दसौं हजार र हजारौं हजार थियो ।
\v 12 तिनीहरूले चर्को सोरमा भने, “शक्‍ति, धन, बुद्धि, बल, आदर, महिमा र प्रशंसा प्राप्‍त गर्न मारिनुभएका थुमा योग्यका हुनुहुन्छ ।”
\p
\v 13 स्वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि र समुद्रमुनि सृष्‍टि गरिएका हरेक थोकले यसो भन्दै गरेको मैले सुनें, “ सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई प्रशंसा, आदर, महिमा र प्रभुत्व सदासर्वदा होस् ।”
\p
\v 14 ती चारैवटा जीवित प्राणीले भने, “आमेन ।” र एल्डरहरू घोप्‍टो परेर आराधना गरे । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौं, \fqa चौबिस एल्डर घोप्‍टो परेर सदासर्वदा रहिरहनुहुनेलाई आराधना गरे \fqa* । \f*
\c 6
\cl अध्याय ६
\p
\v 1 जब थुमाले सातवटा मोहोरमध्ये एउटालाई खोल्‍नुभएको मैले देखें, अनि ती चार जीवित प्राणीमध्ये एक जनाले मेघ गर्जन जस्तो आवाजले यसो भनेको मैले सुनें, "आऊ!"
\v 2 मैले हेरें र त्यहाँ एउटा सेतो घोडा थियो । त्यस घोडसवारले एउटा धनु समातेका थिए र तिनलाई एउटा मुकुट दिइयो । अनि तिनी विजयी जस्तैगरी जित्‍नलाई निस्के ।
\v 3 जब थुमाले दोस्रो मोहोरलाई खोल्‍नुभयो, तब मैले त्यो दोस्रो जीवित प्राणीले “आऊ” भनेको सुनें ।
\v 4 तब अर्को अग्‍निमय रातो घोडा निस्केर आयो । त्यस घोडसवारलाई पृथ्वीबाट शान्ति लिएर जानलाई अनुमति दिइएको थियो ताकि ती मानिसहरूले एक-अर्कालाई मारून् । यी घोडसवारलाई एउटा ठुलो तरवार दिइएको थियो ।
\v 5 जब थुमाले तेस्रो मोहोरलाई खोल्‍नुभयो, तब तेस्रो जीवित प्राणीले “आऊ” भनेको मैले सुनें । मैले एउटा कालो घोडालाई देखें, र त्यसका घोडसवारले तिनको हातमा एकजोर तराजुलाई समातेका थिए ।
\v 6 मैले चार जीवित प्राणीका बीचमा एउटा आवाज जस्तो देखिनेले भनेको कुरा सुनें, “एक दिनको ज्यालामा एक किलो गहूँ र एक दिनको ज्यालामा तिन किलो जौ । तर तेल र दाखमद्यलाई नष्‍ट नगर्नू ।”
\v 7 जब थुमाले चौथो मोहोरलाई खोल्‍नुभयो, तब मैले चौथो जीवित प्राणीले “आऊ” भनेको सोरलाई सुनें ।
\v 8 तब मैले पहेंलो घोडालाई देखें । त्यसको घोडसवारको नाउँ मृत्यु थियो, र पातालले त्यसलाई पछ्‍याइरहेको थियो । तिनीहरूलाई पृथ्वीको एक-चौथाइ भागमाथि तरवारले, अनिकाल र रोगहरूले, र पृथ्वीका जङ्गली जनावरले मार्न अधिकार दिइएको थियो ।
\p
\v 9 जब थुमाले पाँचौं मोहोरलाई खोल्‍नुभयो, तब वेदीको मुनि परमेश्‍वरको वचन र तिनीहरूको गवाहीका खातिर मारिएका प्राणहरूलाई मैले देखें ।
\v 10 तिनीहरूले चर्को सोरमा कराए, “सबैमाथिका शासक, पवित्र र साँचो, कहिलेसम्म तपाईंले पृथ्वीमा बाँचिरहेकाहरूको न्याय गर्नुहुन्‍न र हाम्रो रगतको बदला लिनुहुन्‍न?”
\v 11 तब तिनीहरू प्रत्येकलाई एउटा सेतो वस्‍‍‍त्र दिइयो, अनि तिनीहरूका सहकर्मी सेवकहरू र तिनीहरूका भाइहरू तिनीहरूजस्तै जो मारिएर सङ्ख्यामा पूर्ण नभएसम्म तिनीहरूलाई केही बेर पर्खनू भनियो ।
\p
\v 12 जब थुमाले छैटौं मोहोरलाई खोल्‍नुभयो, तब त्यहाँ एउटा ठुलो भूकम्प गएको मैले देखें । सूर्य भाङग्राको कपडाजस्तै कालो र चन्द्रमा पूरा रगतजस्तै बन्यो ।
\v 13 अञ्‍जीरको रुखलाई आँधीबेहरीले हल्लाउँदा नपाकेका फलहरू झरेजस्तै स्वर्गमा भएका ताराहरू पृथ्वीमा खसे ।
\v 14 आकाश बेरिएको चर्मपत्रको मुट्ठोजस्तै लोप भयो । हरेक पहाड र टापु त्यसको ठाउँबाट हटाइए ।
\v 15 तब पृथ्वीका राजाहरू र महत्त्‍वपूर्ण मानिसहरू अनि जनसाधारणहरू, धनी, शक्‍तिशाली, अनि दास र स्वतन्‍‍‍त्र हरेक व्यक्‍ति गुफाहरूमा र पहाडका चट्टानहरूका बीचमा लुके ।
\v 16 तिनीहरूले पर्वत र चट्टानहरूलाई भने, “हामीमा खस! सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट र थुमाको क्रोधबाट हामीलाई लुकाऊ ।
\v 17 किनकि तिनीहरूको क्रोधको महान् दिन आएको छ । त्यहाँ को उभिन सक्छ र?”
\c 7
\cl अध्याय ७
\p
\v 1 त्यसपछि पृथ्वीका चारै कुनामा चार जना स्वर्गदूत उभिइरहेका मैले देखें जसले पृथ्वीको चारैतिर भएका बतासलाई बलियोसँग पक्रिरहेका थिए, कि पृथ्वी, समुद्र वा रुखको विरुद्धमा कुनै पनि बतास नचलोस् ।
\v 2 जीवित परमेश्‍वरको मोहोर लिएर अर्को स्वर्गदूत पूर्वबाट माथि आउँदै गरेको मैले देखें, जसले पृथ्वी र समुद्रलाई हानि गर्ने अनुमति पाएका चार स्वर्गदूतलाई ठुलो सोरले चिच्‍च्‍याउँदै यसो भने,
\v 3 “हाम्रा परमेश्‍वरका सेवकहरूका निधारमा हामीले मोहोर नलगाउञ्‍जेलसम्म पृथ्‍वी, समुद्र वा रुखहरूलाई हानि नगर ।”
\v 4 मैले मोहोर लगाइएका १, ४४, सङ्ख्या सुनें, जो इस्राएलका मानिसको हरेक कुलबाट मोहोर लगाइएका थिएः
\v 5 यहूदाको कुलबाट बाह्र हजारलाई, रूबेनको कुलबट बाह्र हजारलाई, गादको कुलबाट बाह्र हजारलाई,
\v 6 आशेरको कुलबाट बाह्र हजारलाई, नप्‍तालीको कुलबाट बाह्र हजारलाई र मनश्शेको कुलबाट बाह्र हजारलाई,
\v 7 शिमियोनको कुलबाट बाह्र हजारलाई, लेवीको कुलबाट बाह्र हजारलाई, इस्‍साखारको कुलबाट बाह्र हजारलाई,
\v 8 जबूलूनको कुलबाट बाह्र हजारलाई, योसेफको कुलबाट बाह्र हजारलाई र बेन्यामीनको कुलबाट बाह्र हजारलाई मोहोर लगाइएको थियो ।
\p
\v 9 यी कुराहरूपछि मैले हेरें, र हरेक जाति, कुल, मानिस र भाषा बोल्नेबाट कसैले पनि गन्‍न नसक्‍ने एउटा ठुलो भीड सिंहासन अगाडि र थुमाका सामु उभिरहेका थिए । तिनीहरूले सेतो पोशाक लगाउँदै, आ-आफ्ना हातमा खजुरका हाँगा लिंदै,
\v 10 र ठुलो सोरले कराउँदै भने, “ सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्‍वर र थुमामा मुक्ति छ ।”
\v 11 अनि सबै स्वर्गदूत सिंहासन, एल्डरहरू र चार जीवित प्राणीका वरिपरि उभिरहेका थिए र तिनीहरू सिंहासनको अघि घोप्‍टो परे । तिनीहरूले यसो भन्दै परमेश्‍वरको आराधना गरे,
\v 12 “आमेन! हाम्रा परमेश्‍वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, आदर, शक्‍ति र सामर्थ्य सदासर्वदा होस्! आमेन!”
\p
\v 13 त्यसपछि एल्डरहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता वस्‍‍‍त्रहरू पहिरनेहरू को हुन्, र तिनीहरू कहाँबाट आएका हुन्?”
\v 14 अनि मैले उहाँलाई भनें, “हजुर, तपाईंलाई थाहा छ,” र उहाँले मलाई भन्‍नुभयो, “यिनीहरू नै हुन् जो महासङ्कष्‍टबाट आएका हुन् । तिनीहरूले आफ्ना वस्‍‍‍त्रहरू थुमाका रगतमा धोएर सेता बनाएका छन् ।
\v 15 यसैकारणले गर्दा, तिनीहरू परमेश्‍वरको सिंहासनको अगाडि छन्, अनि उहाँको मन्दिरमा तिनीहरूले दिनरात उहाँको आराधना गर्छन् । सिंहासनमा विराजमान हुनुहुनेले तिनीहरूमाथि आफ्नो पाल फैलाउनुहुनेछ ।
\v 16 तिनीहरू फेरि भोकउनेछैनन्, न त तिनीहरू फेरि तिर्खाउनेछन् । सूर्यको ताप तिनीहरूमाथि पर्नेछैन, न त कुनै तापले तिनीहरूलाई जलाउनेछ ।
\v 17 किनकि सिंहासनका माझमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ, अनि उहाँले तिनीहरूलाई जिउँदो पानीको मुहानतिर डोर्‍याउनुहुनेछ, र परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ ।”
\c 8
\cl अध्याय ८
\p
\v 1 जब थुमाले सातौं मोहोर खोल्नुभयो, स्वर्गमा लगभग आधा घण्टा जति सन्‍नाटा छायो ।
\v 2 त्यसपछि मैले परमेश्‍वरको अगाडि उभिरहेका सात जना स्वर्गदूतलाई देखें, र तिनीहरूलाई सातवटा तुरही दिइयो ।
\v 3 अर्को स्वर्गदूत आए र सुनको धुपौरो लिएर धूप वेदीको छेउमा उभिए । सिंहासन अगाडि सबै परमेश्‍वरका पवित्र जनहरूका प्रार्थनासँगै सुनौलो धूप वेदीमा चढाउनका लागि तिनलाई धेरै धूप दिइयो ।
\v 4 परमेश्‍वरका पवित्र जनहरूका प्रार्थनासँगै धूपको धुवाँ स्वर्गदूतको हातबाट परमेश्‍वरको अगाडि पुग्यो ।
\v 5 स्वर्गदूतले धुपौरो लिए र वेदीबाट त्यसमा आगो भरे । त्यसपछि तिनले त्यसलाई पृथ्वीमा फ्याँकिदिए, अनि चट्याङ, गडगडाहट, बिजुलीका चमकहरू उत्पन्‍न भए र भूकम्प गयो ।
\p
\v 6 तब सातवटा तुरही भएका सात स्वर्गदूतहरू ती फुक्‍नलाई तयार भए ।
\v 7 पहिलो स्वर्गदूतले आफ्नो तुरही फुके र त्यहाँ असिना र रगत मिसिएको आगो आयो । यसलाई तल पृथ्वीमा फालियो । यसले पृथ्वीको एक-तिहाइ भागलाई डढायो; एक-तिहाइ रुखहरूलाई डढायो र सबै हरिया घाँसलाई पनि डढायो । \f + \ft केही महत्‍वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा यसलाई छोडिएको छ, \fqa त्यसैले यसको एक-तिहाइ डढेको थियो \fqa* । \f*
\v 8 दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, अनि आगोले जलिरहेको एउटा ठुलो पहाडजस्तो केही समुद्रमा फालियो । समुद्रको एक-तिहाइ भाग रगत बन्यो,
\v 9 समुद्रमा भएका जीवित प्राणीहरूमध्ये एक-तिहाइ भाग मरे, र जहाजहरूका एक-तिहाइ भाग नष्‍ट भए ।
\v 10 तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, अनि आकाशबाट बलिरहेको राँकोजस्तो एउटा ठुलो तारा नदीहरूका एक-तिहाइ भाग र पानीको मुहानमा खस्यो ।
\v 11 त्यो ताराको नाउँ “ऐरेलु” हो । एक-तिहाइ भागको पानी ऐरेलु भयो, र त्यो तितो भएको पानीबाट धेरै मानिस मरे ।
\v 12 चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, र सूर्यको एक-तिहाइ भाग साथसाथै चन्द्रमाको एक-तिहाइ र ताराहरूको एक-तिहाइ भागमा प्रहार गरियो । तिनीहरूको एक-तिहाइ भाग अन्धकारमा परिणत भयो; अनि दिनको एक-तिहाइ र रातको एक-तिहाइ भागमा ज्योति भएन ।
\p
\v 13 अनि मैले हेरें, र आकाशको बीचमा उडिरहेको एउटा गरुड \f + \ft केही प्रतिलिपिहरूमा \fqa गरुड \fqa* को सट्टामा \fqa स्वर्गदूत \fqa* शब्द पाउँछौं। \f* ठुलो सोरमा कराइरहेको सुनें, “ तीन स्वर्गदूतले फुक्‍नै आँटेका बाँकी रहेका तुरहीको आवाजको कारण पृथ्वीमा बस्‍नेहरूलाई धिक्‍कार, धिक्‍कार, धिक्‍कार ।”
\c 9
\cl अध्याय ९
\p
\v 1 त्यसपछि पाँचौ स्वर्गदूतले आफ्नो तुरही फुके । मैले स्वर्गबाट पृथ्‍वीमा एउटा तारा खसेको देखें । त्यो तारालाई अतल कुण्‍डको सुरुङको साँचो दिइयो ।
\v 2 त्यसले अतल कुण्‍डको सुरुङको साँचो खोल्यो, अनि त्यस सुरुङबाट धूँवा, ठूलो भट्टीबाट आएको धूँवाजस्तो माथि गयो । त्यस सुरुङबाटको धूँवाले सूर्य र वायुलाई अँध्यारो बनाइदियो ।
\v 3 धूवाँबाट पृथ्वीमा सलहहरू निस्केर आए, अनि पृथ्वीमा बिच्छीहरूको जस्तो शक्‍ति तिनीहरूलाई दिइयो ।
\v 4 पृथ्‍वीमा भएका घाँस वा कुनै पनि हरियो बोट बिरुवा वा रुखलाई हानि नगर्नू भनी तिनीहरूलाई भनियो, तर निधारमा परमेश्‍वरको मोहर नभएका मानिसहरूलाई मात्र हानि गर्नू भनियो ।
\v 5 तिनीहरूलाई ती मानिसहरूलाई मार्नलाई होइन तर पाँच महिना मात्र यातना दिन अनुमति दिइएको थियो । अनि तिनीहरूको पीडा एक जना व्यक्‍तिलाई बिच्छीले डसेको जस्तो हुनेछ ।
\v 6 ती दिनहरूमा मानिसहरूले मृत्यु खोज्‍नेछन्, तर यसलाई भेट्टाउनेछैनन् । तिनीहरूले मर्न ठुलो इच्छा गर्नेछन्, तर मृत्यु तिनीहरूबाट भाग्‍नेछ ।
\v 7 सलहहरू लडाइँका निम्ति तयार गरिएका घोडाहरूजस्ता देखिन्थे । तिनीहरूका शिरमा सुनको मुकुट जस्ता र तिनीहरूका अनुहार मानवको अनुहारहरूजस्ता देखिन्थे ।
\v 8 तिनीहरूका कपाल स्‍‍‍त्रीहरूका कपालजस्तै र तिनीहरूका दाँत सिंहका दाँतजस्ता थिए ।
\v 9 तिनीहरूका छाती-पाता, फलामका छाती-पाताजस्तै अनि तिनीहरूका पखेटाहरूको आवाज युद्धमा दगुर्ने धेरै रथ र घोडाहरूका जस्तै थिए ।
\v 10 तिनीहरूका बिच्छीका जस्तै खिल भएका पुच्‍छर थिए, र तिनीहरूका पुच्छरमा पाँच महिनासम्म मानिसहरूलाई हानि गर्ने शक्‍ति थियो ।
\v 11 गहिरो अतल कुण्डका स्वर्गदूत तिनीहरूका राजाजस्तै थिए । हिब्रू भाषामा त्यसको नाउँ एबाड्डोन थियो र ग्रीक भाषामा त्यसको नाउँ अपोल्‍लियोन थियो ।
\p
\v 12 पहिलो विपत्ति बितिहाल्यो । हेर! यसपछि दुईवटा विपत्ति आउन बाँकी नै छन् ।
\p
\v 13 छैटौं स्वर्गदूतले आफ्नो तुरही फुके, र मैले परमेश्‍वरको अगाडि भएको सुनको वेदीका सिङहरूबाट एउटा आवाज आइरहेको सुनें,
\v 14 जसले तुरही बोक्‍ने छैठौं स्वर्गदूतलाई भनिरहेको थियो, “ठुलो नदी यूफ्रेटिसमा बाँधिराखेका चार जना स्वर्गदूतलाई छोडिदेऊ ।”
\v 15 मानव-जातिको एक-तिहाइ भागलाई मार्न त्यस घडी, त्यस दिन, त्यस महिना, त्यस वर्षका निम्ति तयार पारिराखेका चार स्वर्गदूत छाडिए ।
\v 16 घोडामा सवार भएका सिपाहीहरूको सङ्ख्या २०, , , थियो । मैले तिनीहरूको सङ्ख्या सुनें ।
\v 17 यसरी मैले दर्शनमा घोडाहरू र ती घोडाहरूमाथि सवार हुनेहरूलाई देखेंः तिनीहरूका छाती-पाता आगोजस्तै रातो, गाढा निलो र गन्धकजस्तो पहेंलो थियो । घोडाहरूका टाउका सिंहहरूका टाउकाजस्तै थिए, अनि तिनीहरूका मुखबाट आगो, धूवाँ र गन्‍धक निस्‍के ।
\v 18 तिनीहरूका मुखबाट निस्केका आगो, धूवाँ र गन्धकको यी तीन विपत्तिहरूद्वारा मानिसको एक-तिहाइ भाग मारियो ।
\v 19 किनकि घोडाहरूको शक्‍ति तिनीहरूका मुखमा र तिनीहरूका पुच्‍छरमा थियो, किनकि तिनीहरूका पुच्छरहरू टाउको भएका सर्पहरू जस्तै थियो जसद्वारा तिनीहरूले मानिसहरूलाई चोट पुर्‍याएका थिए ।
\v 20 बाँकी रहेका मानव-जाति जो यी विपत्तिहरूद्वारा मारिएका थिएनन्, तिनीहरूले आफूले गरेका कामहरूबाट पश्‍चात्ताप गरेनन् न त तिनीहरूले भूतात्माहरू र सुन, चाँदी, काँसा, ढुङ्गा र काठहरूका मूर्तिहरू पूज्‍न छोडे जसले देख्‍न, सुन्‍न वा हिँड्न सक्दैनन्
\v 21 न त तिनीहरूले आफूले गरेका हत्या, जादुगरी, अनैतिक यौन वा चोरीजस्ता कामदेखि पश्‍चात्ताप गरे ।
\c 10
\cl अध्याय १०
\p
\v 1 त्यसपछि मैले स्वर्गबाट अर्को शक्‍तिशाली स्वर्गदूत आइरहेको देखें । तिनलाई बादलले घेरेको थियो, र तिनको शिरमाथि इन्द्रेणी थियो । तिनको अनुहार सूर्यजस्तै अनि तिनका खुट्टा आगोका खाँबाहरूजस्तै थिए ।
\v 2 तिनको हातमा खोलिएको एउटा सानो चर्मपत्रको मुट्ठो थियो, र तिनले आफ्नो दाहिने खुट्टा समुद्रमा र आफ्नो देब्रे खुट्टा पृथ्वीमा राखेका थिए ।
\v 3 त्यसपछि तिनी सिंह गर्जेजस्तै ठुलो सोरमा कराए । जब तिनी कराए, तब सातवटा गर्जनले आफ्नो आवाज निकाले ।
\v 4 जब ती सातवटा गर्जनले आवाज निकाले, तब मैले लेख्‍नै लागेको थिएँ । तर मैले स्वर्गबाट यसो भनेको आवाज सुनें, “ ती सातवटा गर्जनले भनेका कुरा गुप्‍त राख । यसलाई नलेख ।”
\v 5 तब मैले स्वर्गतिर आफ्नो दाहिने हात उचालेर समुद्र र पृथ्‍वीमा उभिरहेको स्वर्गदूतलाई देखें ।
\v 6 त्यसपछि सदासर्वदा जीवित रहनुहुने, जसले स्वर्ग र त्यसमा भएका सबै थोक, पृथ्‍वी र त्यसमा भएका सबै थोक, समुद्र र त्यसमा भएका थोक सृष्‍टि गर्नुहुनेको नाउँमा शपथ खाएर स्वर्गदूतले भने, “अब त्यहाँ ढिलो हुनेछैन ।
\v 7 तर त्यस दिन सातौं स्वर्गदूतले आफ्नो तुरही फुक्‍नै लाग्दा परमेश्‍वरले आफ्ना सेवक अगमवक्‍ताहरूलाई सुसमाचार घोषणा गर्नुभएजस्तै परमेश्‍वरको त्यो रहस्य पूरा गर्नुहुनेछ ।”
\p
\v 8 तब स्वर्गबाट मैले सुनेको आवाजले फेरि मलाई भन्यो, “जाऊ, समुद्र र जमिनमा उभिरहेका स्वर्गदूतको हातमा भएको खुल्ला चर्मपत्रको मुट्ठो लेऊ ।”
\v 9 जब म स्वर्गदूतकहाँ गएँ र त्यो सानो चर्मपत्रको मुट्ठो मागे, तब तिनले मलाई भने, “चर्मपत्रको मुट्ठो लेऊ र खाऊ । यसले तिम्रो पेटलाई तितो बनाउनेछ, तर तिम्रो मुखमा यो महजस्तै गुलियो हुनेछ ।”
\v 10 मैले स्वर्गदूतको हातबाट त्यो सानो चर्मपत्रको मुट्ठो लिएँ र त्यसलाई खाएँ । मेरो मुखमा त्यो महजस्तै गुलियो भयो, तर मैले यसलाई खाइसकेपछि मेरो पेट तितो भयो ।
\v 11 अनि मलाई कसैले भन्यो, “धेरै मनिसहरू, जातिहरू, भाषाहरू र राजाहरूको बारेमा तिमीले फेरि अगमवाणी गर्नुपर्छ ।”
\c 11
\cl अध्याय ११
\p
\v 1 मलाई नाप्‍ने निगालोको एउटा टाँगो दिइयो ।मलाई भनियो, “उठ र परमेश्‍वरको मन्दिर र वेदी, र जसले त्यसमा आराधना गर्छन् तिनीहरूको नाप लेऊ ।
\v 2 तर मन्दिरदेखि बाहिर चोकको भागलाई ननाप, किनकि त्यो गैरयहूदीहरूलाई दिइएको छ । तिनीहरूले बयालिस महिनासम्म पवित्र सहरलाई कुल्चनेछन् ।
\v 3 मेरा दुई साक्षीलाई म १, २६० दिनका निम्ति भाङ्ग्राको लुगा लगाएर अगमवाणी गर्न अधिकार दिनेछु ।”
\v 4 यी साक्षीहरू दुईवटा जैतुनका रुखहरू र दुईवटा सामदानहरू हुन्, जो पृथ्वीमा प्रभुको अगि उभिएका छन् ।
\v 5 यदि कसैले तिनीहरूलाई हानि गर्न चाहन्छ भने, तिनीहरूका मुखबाट आगो निस्कन्छ र तिनीहरूका शत्रुहरूलाई नाश पार्नेछ । कसैले तिनीहरूलाई हानि गर्न चाहन्छ भने, त्यसलाई यसरी नै मारिनुपर्छ ।
\v 6 यी साक्षीहरूसँग अगमवाणी गरेको समयमा पानी नपरोस् भनी आकाश बन्द गर्ने अधिकार छ। तिनीहरूसित पानीलाई रगतमा परिवर्तन गर्न सक्‍ने र पृथ्वीलाई विभिन्‍न प्रकारका विपत्तिहरूबाट तिनीहरूलाई इच्छा लागेको बेलामा प्रहार गर्ने शक्‍ति छ ।
\v 7 जब तिनीहरूले आफ्ना गवाही सिद्‌ध्याउनेछन्, तब अतल कुण्डबाट निस्केर आउने पशुले तिनीहरूको विरुद्धमा युद्ध गर्नेछ । त्यसले तिनीहरूलाई जित्‍नेछ र तिनीहरूलाई मार्नेछ ।
\v 8 तिनीहरूका मृत शरीरहरू ठुलो सहरको बाहिर गल्लीतिर पस्रिरहनेछन् (जसलाई साङ्केतिक रूपमा सदोम र मिश्र भनिन्छ) जहाँ तिनीहरूका प्रभु क्रूसमा टाँगिनुभएको थियो ।
\v 9 किनकि साँढे तीन दिनसम्म हरेक मानिस, कुल, भाषा र जातिले तिनीहरूका मृत शरीरलाई हेर्नेछन् । तिनीहरूले तिनीहरूलाई चिहानमा गाड्न अनुमति दिनेछैनन् ।
\v 10 पृथ्वीमा जिउनेहरू तिनीहरूको मृत्युमा आनन्दित हुनेछन् र उत्सव मनाउनेछन् । तिनीहरूले एक-अर्कालाई उपहारहरू पनि पठाउनेछन् किनभने ती दुई अगमवक्‍ताले पृथ्वीमा जिउनेहरूलाई सताएका थिए ।
\v 11 तर साँढे तीन दिनपछि परमेश्‍वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्‍नेछ र तिनीहरू आफ्ना खुट्टामा उभिनेछन् । तिनीहरूलाई देख्‍नेहरू ठुलो डरले भरिनेछन् ।
\v 12 तब तिनीहरूलाई स्वर्गबाट एउटा ठुलो आवाजले “यतामाथि आओ” भनेको तिनीहरूले सुन्‍नेछन् । अनि तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै तिनीहरू बादलमाथि स्वर्गसम्मै जानेछन् ।
\v 13 त्यसै घडीमा त्यहाँ ठुलो भूकम्‍प जानेछ, र सहरको दसौं भाग पूर्ण रूपमा विनाश हुनेछ । त्यस भूक‍म्‍पमा सात हजार मानिस मारिनेछन् र बाँचेकाहरू डराउनेछन् र स्वर्गका परमेश्‍वरलाई महिमा दिनेछन् ।
\p
\v 14 दोस्रो विपत्ति बितिगयो । हेर! तेस्रो विपत्ति चाँडै आउँदैछ ।
\p
\v 15 तब सातौं स्वर्गदूतले आफ्नो तुरही फुके, र स्वर्गमा ठुलो स्वरमा यसो भनियो, “संसारको राज्‍य हाम्रा प्रभु र उहाँका ख्रीष्‍टको राज्‍य भएको छ, र उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ ।”
\v 16 त्यसपछि चौबिस जना धर्म-गुरु जो आफ्नो सिंहासनमा परमेश्‍वरको उपस्थितिमा बसिरहेका थिए, तिनीहरू घोप्‍टो परे र परमेश्‍वरको आराधना गरे ।
\v 17 तिनीहरूले भने, “सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर हामी तपाईंलाई धन्यवाद दिन्छौं, जो हुनुहुन्छ र जो हुनुहुन्थ्‍यो, किनभने तपाईंले महान् शक्‍ति लिनुभएको छ र राज्य गर्न थाल्नुभएको छ । \f + \ft प्राचीन ग्रीक लेखका उत्‍कृष्‍ट प्रतिलिपिमा निम्‍न वाक्यांश पाउँछौं \fqa जो हुनुहुन्थ्‍यो र जो हुनुहुन्छ \fqa* तर पछिल्ला ग्रीक प्रतिलिपिहरूले निम्‍न वाक्यांश थपेका छन्ः \fqa जो हुनु आउनुहुनेछ \fqa* । \f*
\q1
\v 18 जातिहरू क्रोधित भएका थिए, तर तपाईंको क्रोध आएको छ । मृतकहरूको न्याय गर्ने, र तपाईंका दास अगमवक्‍ताहरू र परमेश्‍वरका पवित्र जनहरू र तपाईंको नाउँमा डराउनेहरू, महत्त्‍वहीन र शक्‍तिशाली दुवैलाई तपाईंले इनाम दिने समय आएको छ । पृथ्वीलाई नाश गरिरहेकाहरूलाई तपाईंले नाश गर्ने समय आएको छ ।”
\p
\v 19 तब स्वर्गमा परमेश्‍वरको मन्‍दिर खोलियो र मन्‍दिरभित्रै उहाँको करारको सन्दुक देखियो । त्‍यहाँ ज्योतिका चमकहरू, गर्जनहरू, चट्‍याङका आवाजहरू, भूक‍म्‍प र ठुला-ठुला असिना थिए ।
\c 12
\cl अध्याय १२
\p
\v 1 स्वर्गमा एउटा ठुलो चिन्‍ह देखियोः सूर्य पहिरेकी, चन्द्रमालाई आफ्नो पैतलामुनि कुल्चेकी र बाह्रवटा ताराहरुको मुकुट पहिरेकी एउटा स्‍‍‍त्री थिई ।
\v 2 त्यो गर्भवती थिई, र बालक जन्माउने प्रसव-वेदनाको पिडामा चिच्‍च्याइरहेकी थिई ।
\v 3 त्यसपछि स्वर्गमा अर्को चिन्‍ह देखियोः हेर! त्यहाँ सातवटा टाउका र दसवटा सिङ र त्यसको टाउकोमा सातवटा मुकुट लगाएको एउटा ठुलो रातो अजिङ्गर थियो ।
\v 4 त्यसको पुच्छरले स्वर्गमा भएको एक-तिहाइ ताराहरूलाई सोहोरेर तिनीहरूलाई पृथ्वीमा खसाल्यो । बालक जन्माउन लागेकी त्यस स्‍‍त्रीको अघि त्यो डरलाग्दो अजिङ्गर उभियो ताकि त्यसले त्यसको बालक जन्मिने बित्तिकै निल्न सकोस् ।
\v 5 त्यसले एउटा पुत्रलाई जन्माई, जसले फलामको राजदण्डले सबै जातिमाथि शासन गर्नेछ। त्यसको बालकलाई खोसेर परमेश्‍वर र उहाँको सिंहासनतिर लगियो ।
\v 6 अनि त्यो स्‍‍त्री उजाड-स्थानतिर भागी, जहाँ परमेश्‍वरले त्यसको निम्ति ठाउँ तयार पार्नुभएको थियो, ताकि १२६० दिनसम्म त्यसलाई हेरचाह गर्न सकियोस् ।
\p
\v 7 अब स्वर्गमा युद्ध भयो । मिखाएल र तिनका दूतहरूले त्यस अजिङ्गरको विरुद्धमा लडाइँ गरे, अनि अजिङ्गर र त्यसका दूतहरूले पनि जवाफी लडाइँ गरे ।
\v 8 तर जित्‍नका निम्ति त्यो अजिङ्गर पर्याप्त बलियो थिएन । त्यसकारण स्वर्गमा त्यसको र त्यसका दूतहरूका निम्ति कुनै ठाउँ थिएन ।
\v 9 त्यो ठुलो अजिङ्गर अर्थात् प्राचीन सर्प जसलाई दुष्‍ट वा शैतान भनिन्थ्यो, जसले सारा संसारलाई छल गर्छ, त्यसलाई तल पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरूलाई पनि त्यससँगै तल फ्याँकियो ।
\v 10 तब मैले स्वर्गमा एउटा ठुलो आवाज सुनेंः “अब मुक्‍ति र शक्‍ति र हाम्रा परमेश्‍वरको राज्य, र उहाँको ख्रीष्‍टको अधिकार आएका छन् । किनकि हाम्रा भाइहरूलाई दोष लगाउने तल फ्याँकिएको छ, जसले तिनीहरूलाई दिनरात हाम्रा परमेश्‍वरको सामु दोष लगाउँथ्यो ।
\q1
\v 11 तिनीहरूले त्यसलाई थुमाको रगतद्वारा र तिनीहरुको साक्षीको वचनद्वारा जिते, किनकि तिनीहरूले मृत्युसम्मै पनि आफ्नो जीवनलाई प्रेम गरेनन् ।
\q1
\v 12 त्यसकारण, हे स्वर्ग र त्यसमा रहनेहरू सबै रमाओ! तर पृथ्वी र समुद्रलाई धिक्‍कार, किनभने शैतान तिमीहरूकहाँ तल गएको छ! त्यो डरलाग्दो रिसले भरिएको छ र त्योसँग थोरै मात्र समय छ भनेर त्यसलाई थाहा छ!
\p
\v 13 आफू तल पृथ्‍वीमा फ्याँकिएको कुरा जब अजिङ्गरले महसुस गर्‍यो, तब त्यसले पुत्र जन्माउने स्‍‍‍त्रीलाई खोजी गर्‍यो ।
\v 14 तर त्यस स्‍‍‍त्रीलाई ठुलो चीलका दुइवटा पखेटा दिइयो ताकि त्यसको लागि तयार पारेको ठाउँ उजाड-स्थानमा त्यो उडेर जान सकोस् । यो त्यही ठाउँ थियो जहाँ त्यसलाई त्यस सर्पको उपस्थितिबाट टाढा, एक समय, समयहरू र आधा समयका निम्ति वास्ता गर्न सकिन्थ्यो ।
\v 15 त्यस स्‍‍‍त्रीलाई बगाएर टाढा लैजाओस् भनेर त्यस सर्पले आफ्नो मुखबाट बाढी जस्तैगरी पानीको नदी निकाल्यो ।
\v 16 तर पृथ्वीले स्‍‍‍त्रीलाई सहायता गर्‍यो । पृथ्वीले आफ्नो मुख उघार्यो र अजिङ्गरले आफ्नो मुखबाट निकालेको नदी निलिदियो।
\v 17 त्यसपछि त्यो अजिङ्गर स्‍‍‍त्रीप्रति क्रोधित भयो अनि परमेश्‍वरको आज्ञा पालन गर्ने र येशूको बारेमा गवाही दिने त्यसका बाँकी रहेका सन्तानहरूसँग युद्ध गर्न गयो ।
\v 18 तब त्यो अजिङ्गर समुद्र किनारको बालुवामाथि उभियो ।
\c 13
\cl अध्याय १३
\p
\v 1 त्यसपछि मैले समुद्रबाट एउटा पशु आइरहेको देखें । त्यसको दसवटा सिङ र सातवटा टाउका थिए । त्यसका सिङहरूमाथि दसवटा मुकुट थिए, र प्रत्येक टाउकामाथि ईश्‍वर-निन्दाका नाउँहरू थिए ।
\v 2 मैले देखेको त्यो पशु चितुवाजस्तै थियो । त्यसका खुट्टाहरू भालुका खुट्टा जस्ता थिए, र त्यसको मुख सिंहको मुख जस्तो थियो ।त्यसलाई शासन गर्नलाई अगिङ्गरले आफ्नो शक्ति, आफ्नो सिंहासन र आफ्नो ठुलो अधिकार दिएको थियो ।
\v 3 पशुका टाउकाहरूमध्ये एउटामा घातक चोट लागेको छ, तर त्यो घातक चोट निको भइसकेको थियो । तिनीहरूले त्यस पशुलाई पछ्‍याउँदा सारा पृथ्वी अच्चमित भयो ।
\v 4 तिनीहरूले अजिङ्गरको पनि पूजा गरे, किनकि त्यसले आफ्नो अधिकार त्यस पशुलाई दिएको थियो । “यो पशुजस्तो अरू को छ र?” र “यसको विरुद्धमा कसले लडाइँ गर्न सक्छ र?” भन्दै तिनीहरूले त्यस पशुलाई पनि पूजा गरे ।
\v 5 त्यस पशुलाई घमण्डका वचनहरू र ईश्‍वर-निन्दा गर्ने वचनहरू बोल्न मुख दिइएको थियो। त्यसलाई बयालिस महिनाको निम्ति अधिकार गर्न अनुमति दिइएको थियो ।
\v 6 त्यसैले परमेश्‍वरको विरुद्ध ईश्‍वर-निन्दा गर्न, उहाँको नाउँ, उहाँको वासस्थान र स्वर्गमा बस्‍नेहरूका विरुद्धमा निन्दा गर्न त्यस पशुले आफ्नो मुख खोल्यो ।
\v 7 परमेश्‍वरका पवित्र जनहरूसंग युद्ध गर्न र तिनीहरूलाई जित्‍न त्यो पशुलाई अनुमति दिइएको थियो । अनि हरेक कुल, मानिस, भाषा, र जातिमाथि पनि अधिकार दिइएको थियो ।
\v 8 पृथ्वीमा बस्‍ने सबै मानिसले त्यो पशुको पूजा गर्नेछन्, जसको नाउँ संसारको सृष्‍टिदेखि नै मारिनुभएका थुमाको जीवनको पुस्तकमा लेखिएका थिएनन् ।
\v 9 कसैको कान छ भने, त्यसले सुनोस् ।
\v 10 कोही कैदमा लगिनुछ भने, त्यो कैदमा जानेछ । यदि कोही तरवारले मारिनुछ भने, त्यो तरवारले नै मारिनेछ । परमेश्‍वरका पवित्र जनहरूको धैर्य, सहनशिलता, र विश्‍वासका निम्ति यहाँ बोलावट छ ।
\p
\v 11 तब मैले पृथ्वीबाट अर्को पशु आइरहेको देखें । त्यसका थुमाका जस्ता दुईवटा सिङ थिए, र त्यसले अजिङ्गरले जस्तैगरी बोल्थ्यो ।
\v 12 त्यसले पहिलो पशुको उपस्थितिमा त्यसका सबै अधिकारको अभ्यास गर्‍यो, अनि पृथ्वी र त्यहाँ बस्‍ने मानिसहरूलाई त्यसले पहिलो पशुलाई पूजा गर्न लगाउँथ्यो, जसको घातक घाउ निको भएको थियो ।
\v 13 त्यसले शक्‍तिशाली आश्‍चर्यकर्म प्रदर्शन गर्‍यो। त्यसले मानिसहरूका अगाडि स्वर्गबाट पृथ्वीमा आगो झार्ने कामसमेत गर्‍यो ।
\v 14 जुन चिन्‍हहरूद्वारा त्यसलाई पशुको तर्फ़बाट शक्ति दिइएको थियो, त्यसले त्यो पशुको निम्ति एउटा मूर्ति बनाउन लगाएर तिनीहरूलाई यसो भन्दै पृथ्वीमा बस्‍ने मानिसहरूलाई छल गर्‍यो — त्यस पशुलाई तरवारको चोट लागेको थियो, तरै पनि त्यो बाचेको थियो ।
\v 15 त्यसलाई त्यो पशुको मूर्तिलाई जीवित पार्ने अनुमति दिइयो, जसले गर्दा त्यो मूर्तिले बोल्न सकोस् र त्यस पशुको मूर्तिलाई पूजा गर्न इन्कार गर्नेहरू सबै मारिन सकून् ।
\v 16 त्यसले महत्त्वहीन र शक्‍तिशाली, धनी र गरिब, स्वतन्‍‍त्र र दास हरेकलाई दाहिने हात वा निधारमा चिन्‍ह लगाउन पनि दबाब दियो ।
\v 17 त्यो पशुको चिन्‍ह नभएकाहरूका निम्ति किन्‍न वा बेच्‍न असम्भव हुन्थ्यो, त्यो चिन्‍हले त्यसको नाउँको सङ्ख्यालाई प्रतिनिधित्व गर्छ ।
\v 18 यसले बुद्धिको आव्हान गर्छ । कसैसँग अन्तर्द‍ृष्‍टि छ भने, त्यसले पशुको सङ्ख्या हिसाब गरोस् । किनकि त्यो सङ्ख्या मानव-जातिको हो । त्यसको सङ्ख्या ६६६ हो ।
\c 14
\cl अध्याय १४
\p
\v 1 मैले हेरें र सियोन पर्वतमा थुमा उभिरहनुभएको देखें । उहाँसँग १, ४४, थिए, जोसँग उहाँको नाउँ र उहाँका पिताको नाउँ तिनीहरूका निधारमा लेखिएका थिए ।
\v 2 मैले धेरै पानीको आवाजजस्तै र ठुलो गर्जनको आवाजजस्तो स्वर्गबाट आएको एउटा सोर सुनें । मैले सुनेको त्यो आवाज पनि वीणा बजाउनेहरूले आफ्ना वीणाहरू बजाइरहेका जस्तो थियो ।
\v 3 सिंहासन र चार जीवित प्राणीहरू र धर्म-गुरुहरूका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाए । पृथ्‍वीबाट ल्याइएका १, ४४, बाहेक अरू कसैले पनि त्यो गीत सिक्‍न सक्दैन थिए ।
\v 4 यिनीहरू जसले आफैलाई स्‍‍त्रीहरूसित लसपस गरेका थिएनन्, किनकि तिनीहरूले यौनदेखि आफूलाई शुद्ध राखेका थिए । यी तिनीहरू हुन्, जो थुमा जहाँ-जहाँ जानुहुन्छ उहाँलाई त्यता-त्यता पछ्‍याउँछन् । परमेश्‍वर र थुमाका निम्ति यिनीहरू अगौटे फलको रूपमा मानव-जातिबाट उद्दार गरिएका थिए ।
\v 5 तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू निर्दोष थिए ।
\p
\v 6 तब मैले अर्को स्वर्गदूतलाई आकाशको बीचमा उडिरहेको देखें; पृथ्‍वीमा बस्‍ने हरेक जाति, कुल, भाषा, र मानिसलाई घोषणा गर्न तिनीसँग अनन्त सुसमाचार थियो ।
\v 7 तिनले चर्को सोरसँग कराएर भने, “परमेश्‍वरसँग डराओ र उहाँलाई महिमा देओ । किनकि उहाँको इन्साफको घडी आएको छ । उहाँलाई आराधना गर, जसले स्वर्ग, पृथ्‍वी, समुद्र र पानीका मूलहरू बनाउनुभयो ।”
\v 8 अर्को स्वर्गदूत—दोस्रो स्वर्गदूतले यसो भन्दै पछ्‍याए, “पतन, महान् बेबिलोनको पतन भएको छ, जसले आफ्नो कामवासनाको मद्य सबै जातिलाई पिउन लगाई ।”
\v 9 अर्को स्वर्गदूत—तेस्रो स्वर्गदूतले चर्को सोरमा यसो भन्दै तिनीहरूलाई पछ्‍याए, “यदि कसैले त्यस पशु र त्यसको मूर्तिलाई पूजा गर्छ, र निधारमा वा त्यसको हातमा छाप लगाँउछ भने,
\v 10 त्यसले पनि परमेश्‍वरको क्रोधबाट केही मद्य पिउनेछ, जुन मद्य उहाँको क्रोधको कचौरामा केही नमिसाइकन खन्याइएको छ । जुन मानिसले यो पिउँछ त्यसलाई परमेश्‍वरका पवित्र स्वर्गदूतहरू र थुमाको अगाडि आगो र गन्धकमा यातना दिइनेछ ।
\v 11 तिनीहरूको वेदनाबाट धुवाँ सदासर्वदाका निम्त माथितिर जान्छ, दिन वा रातमा कहिल्यै विश्राम पाउनेछैनन्—तिनीहरुले जसले पशु र त्यसको मूर्ति पूज्‍नेहरू र सबै जसले त्यसको नाउँको छाप पाएका छन् ।
\v 12 यसैमा परमेश्‍वरका पवित्र जनहरूलाई धीरजी सहनशीलताको लागि बोलावट छ, जसले परमेश्‍वरको आज्ञा पालन गर्छन् र येशूमा आफ्नो विश्‍वास राख्छन् ।”
\v 13 मैले स्वर्गबाट यसो भनेको एउटा सोर सुनेँ, “यो लेखः धन्य हुन् मृतकहरू जो प्रभुमा मर्छन्।” “हो,” आत्मा भन्‍नुहुन्छ, “ताकि तिनीहरूले आफ्नो परिश्रमबाट विश्राम पाउन सकून्, किनकि तिनीहरूका कामहरूले तिनीहरूलाई पछ्‍याउनेछन् ।”
\p
\v 14 मैले हेरें र त्यहाँ एउटा सेतो बादल थियो । बादलमाथि बस्‍नुभएको एक जना, मानिसका पुत्रजस्तै थिए । उहाँको शिरमा एउटा सुनको मुकुट र उहाँको हातमा धारिलो हतियार थियो ।
\v 15 त्यसपछि अर्को स्वर्गदूत मन्दिरबाट बाहिर आए र बादलमाथि बस्‍नुहुनेलाई चर्को सोरले बोलाएः “तपाईंको हतियार लिनुहोस् र कटनी गर्न सुरु गर्नुहोस् । किनभने कटनीको समय आएको छ, किनकि पृथ्‍वीको बाली पाकिसकेको छ ।”
\v 16 तब बादलमाथि बस्‍नुहुनेले आफ्नो हतियार पृथ्‍वीमाथि चलाउनुभयो, र पृथ्‍वीको कटनी भयो ।
\v 17 स्वर्गमा भएको मन्दिरबाट अर्को स्वर्गदूत बाहिर आए; तिनीसँग पनि एउटा धारिलो हतियार थियो ।
\v 18 अझ अर्को स्वर्गदूत धूप वेदीबाट बाहिर आए, जोसँग आगोमाथि अधिकार थियो । धारिलो हतियार हुनेलाई, तिनले चर्को सोरले बोलाए, “तिम्रो धारिलो हतियार चलाऊ र पृथ्‍वीका अङ्गुरहरूको झुप्पालाई जम्मा गर, किनकि तिनीहरूका अङ्गुरहरू अब पाकिसकेका छन् ।”
\v 19 ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्‍वीमा चलाए र पृथ्‍वीका अङ्गुरको फसल कटनी गरे । तिनले त्यसलाई परमेश्‍वरको क्रोधको ठुलो कोलभित्र फालिदिए ।
\v 20 सहर बाहिरबाट दाखको कोल भरियो र त्यसबाट घोडाको लगामको उच्‍चाइसम्म रगत पोखियो, ३०० किलोमिटरसम्म ।
\c 15
\cl अध्याय १५
\p
\v 1 तब मैले अर्को शक्‍तिशाली र आश्‍चर्यपूर्ण चिन्‍ह स्वर्गमा देखेंः त्यहाँ सात जना स्वर्गदूतहरूसंग सातवटा विपत्तिहरू थिए, जुनचाहिं अन्तिम विपत्तिहरू थिए, किनकि तिनीहरूसँगै परमेश्‍वरको क्रोध पूर्ण हुनेछ।
\p
\v 2 मैले आगोसँग मिसिएको काँचको समुद्रजस्तो केही देखें । त्यहाँ समुद्रको छेउमा पशु, त्यसको मूर्ति र त्यसको नाउँलाई प्रतिनिधित्व गर्ने सङ्ख्यामाथि विजय पाउनेहरू उभिरहेका थिए । परमेश्‍वरले दिनुभएको वीणा तिनीहरूले पक्रिरहेका थिए ।
\v 3 तिनीहरूले परमेश्‍वरका सेवक मोशा र थुमाको गीत गाइरहेका थिएः “हे सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका कामहरू महान् र आश्‍चर्यपूर्ण छन् । हे जातिहरूका राजा, तपाईंका मार्गहरू न्यायी र सत्य छन् ।
\q1
\v 4 हे प्रभु, तपाईंको भय कसले मान्दैन?, र तपाईंको नाउँको महिमा कसले गर्दैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ । सबै जातिहरू आउनेछन् र तपाईंको अगाडि आराधना गर्नेछन् किनभने तपाईंका धार्मिक कार्यहरू प्रकट गरिएका छन् ।"
\p
\v 5 यी कुराहरूपछि मैले हेरें, र स्वर्गमा गवाहीको पाल भएको मन्दिर उघारियो ।
\v 6 महा-पवित्रस्थानबाट सातवटा विपत्तिहरू बोकिरहेका सात जना स्वर्गदूतहरू बाहिर आए । तिनीहरूले सुतीको शुद्ध, चम्किलो पोशाक लगाएका थिए र तिनीहरूका छाती वरिपरि सुनका फित्ताहरू थिए ।
\v 7 चार जीवित प्राणीमध्ये एउटाले सदाकाल जिउनुहुने परमेश्‍वरको क्रोधले भरिएको सुनका सातवटा कचौराहरू ती सात जना स्वर्गदूतहरूलाई दिए ।
\v 8 परमेश्‍वरको महिमाको र उहाँको शक्‍तिको धुवाँले मन्दिर भरिएको थियो । ती सात जना स्वर्गदूतहरूका सातवटा विपत्तिहरू पूरा नहुञ्‍जेलसम्म कोही पनि त्यसभित्र पस्‍न सकेनन् ।
\c 16
\cl अध्याय १६
\p
\v 1 मन्दिरदेखि आएको एउटा चर्को सोरले सात जना स्वर्गदूतहरूलाई यसो भनेर बोलाएको मैले सुनें, “जाओ र परमेश्‍वरको क्रोधका सातवटा कचौराहरू पृथ्वीमा खन्याओ ।”
\v 2 पहिलो स्वर्गदूत गए र आफ्नो कचौरा पृथ्वीमा खन्याए; त्यस पशुको छाप हुने र त्यसको मूर्तिलाई पूजा गर्ने मानिसहरूलाई घिनलाग्दा र पीडादायी खटिराहरू आए ।
\v 3 दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमा खनाए । त्यो मरेको मानिसको रगतजस्तो भयो, र समुद्रमा भएका हरेक जीवित प्राणीहरू मरे ।
\v 4 तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी र पानीका मूलहरूभित्र खन्याए, र ती रगत भए ।
\v 5 पानीको स्वर्गदूतले यसो भनेको मैले सुनें, “तपाईं धर्मी हुनुहुन्छ, जो हुनुहुन्छ, हुनुहुन्थ्यो, र पवित्र हुनुहुन्छ, किनभने तपाईंले यी कुराहरूको न्याय गर्नुभएको छ ।
\v 6 किनभने तिनीहरूले परमेश्‍वरका पवित्र जनहरू र अगमवक्‍ताहरूका रगत बगाएका छन्, तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभएको छ; तिनीहरू यसैको योग्य छन् ।”
\v 7 वेदीले जवाफ दिएको मैले सुनें, “हो, सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका न्यायहरू सत्य र धार्मिक छन् ।”
\v 8 चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमा खन्याए, र त्यसलाई मानिसहरूलाई आगोले डढाउने अनुमति दिइएको थियो ।
\v 9 तिनीहरू प्रचण्ड तापद्वारा डढे, र तिनीहरूले यी विपत्तिहरूमाथि अधिकार भएका परमेश्‍वरको नाउँको निन्दा गरे । तिनीहरूले न पश्‍चात्ताप गरे न उहाँलाई महिमा नै दिए ।
\p
\v 10 अनि पाँचौं स्वर्गदूतले आफ्नो कचौरा त्यस पशुको सिंहासनमा खन्याए, र त्यसको राज्यलाई अन्धकारले ढाक्यो । तिनीहरूले पीडाको कारण आ-आफ्ना जिब्रा चपाए ।
\v 11 तिनीहरूका पीडा र घाउहरूका कारण तिनीहरूले स्वर्गका परमेश्‍वरको नाउँको निन्दा गरे, र अझै पनि तिनीहरूले आफूले गरेका कामबाट पश्‍चात्ताप गर्न इन्कार गरे ।
\v 12 छैटौं स्वर्गदूतले आफ्नो कचौरा महानदी यूफ्रेटिसमा खन्याए । पूर्वबाट आउनुहुने राजाहरूका निम्ति बाटो तयार गर्न त्यो नदीको पानी सुक्यो ।
\v 13 मैले अजिङ्गर, पशु र झुटो अगमवक्‍ताका मुखहरूबाट भ्यागुताजस्ता देखिने तीनवटा अशुद्ध आत्मा बाहिर निस्किरहेको देखें ।
\v 14 किनकि तिनीहरू दुष्‍टका आत्माहरू हुन् जसले आश्‍चर्यपूर्ण चिन्‍हको प्रदर्शन गर्दैछन् । तिनीहरू सर्वशक्‍तिमान् परमेश्‍वरको महान् दिनको युद्धका लागि तिनीहरूलाई सँगसँगै भेला गर्न सारा संसारका राजाहरूकहाँ गइरहेका थिए ।
\v 15 (“हेर, म एउटा चोरजस्तै आउँदैछु! धन्य हो त्यो मानिस जो जागा रहन्छ, जसले आफ्ना वस्‍‍त्रहरू लगाइरहन्छ, ताकि त्यो नाङ्गै बाहिर जान नपरोस् र तिनीहरूले त्यसको लाजमर्दो अवस्था देख्‍न नपरोस् ।”)
\v 16 तिनीहरूले तिनीहरूलाई एकै ठाउँमा ल्याए जसलाई हिब्रू भाषामा आर-मागेड्डोन भनिन्छ ।
\p
\v 17 तब सातौं स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए । त्यसपछि मन्दिर र सिंहासनबाट यसो भन्दै एउटा चर्को सोर आयो, “सिद्धिएको छ ।”
\v 18 त्यहाँ बिजुलीका चमकहरू, गडगडाहटहरू, मेघ गर्जनका आवाजहरू र डरलाग्दो भूकम्प थिए—यो भूकम्प यति डरलाग्दो थियो कि पृथ्वीमा मानिसहरू सृष्‍टि भएदेखि यति ठुलो भूकम्प कहिल्यै गएको थिएन ।
\v 19 त्यो ठुलो शहर तीन भागमा विभाजन भयो, र जातिहरूका सहरहरू नष्‍ट भए । अनि परमेश्‍वरले त्यो महान् बेबिलोन भनेर मनमा बोलाउनुभयो, र आफ्नो डरलाग्दो क्रोधबाट बनेको मद्यले भरिएको कचौरा उहाँले त्यस सहरलाई दिनुभयो ।
\v 20 हरेक टापु हराएर गए, र पर्वतहरू फेरि भेट्टाइएनन् ।
\v 21 आकाशबाट ३३ किलोग्राम जति वजनका असिनाहरू मानिसहरूमाथि बर्सिन लागे । असिनाको विपत्तिका कारण तिनीहरूले परमेश्‍वरलाई सरापे, किनभने त्यो विपत्ति अति नै डरलाग्दो थियो ।
\c 17
\cl अध्याय १७
\p
\v 1 सातवटा कचौरा लिएका सात जना स्वर्गदूतहरूमध्ये एक जनाले मकहाँ आएर भने, “आऊ, म तिमीलाई धेरै पानीमाथि बसेकी त्यस महावेश्याको निन्दा देखाउनेछु,
\v 2 जोसँग पृथ्वीका राजाहरूले यौन अनैतिकता गरेका छन्, र पृथ्वीका बासिन्दाहरू त्यसको यौन अनैतिकताको मद्यले मातेका छन् ।”
\p
\v 3 त्यसपछि स्वर्गदूतले मलाई आत्मामा बोकेर उजाड-स्थानतिर लगे, र ईश्‍वर निन्दा गर्ने नाउँहरूले पूरै भरिएको रातो रङको पशुमाथि बसेकी एउटी स्‍‍त्रीलाई मैले देखें । त्यस पशुको सातवटा टाउका र दसवटा सिङ थिए ।
\v 4 त्यस स्‍त्रीले बैजनी र रातो चहकिलो पोशाक लगाएकी र सुन, बहुमूल्य पत्थर र मोतीहरूले सिँगारिएकी थिई । घृणित थोकहरू र यौन अनैतिकताका अशुद्धताले भरिएको एउटा सुनको कचौरा त्यसले हातमा समातिरहेकी थिई ।
\v 5 एउटा रहस्यको नाउँ त्यसको निधारमा लेखिएको थियोः “पृथ्वीमा भएका घृणित थोकहरू र वेश्याहरूकी आमा, महान् बेबिलोन ।”
\v 6 मैले त्यस स्‍‍त्री परमेश्‍वरका पवित्र जनहरूको रगत र येशूको निम्ति सहिद भएकाहरूको रगत पिएर मातेकी देखें ।। जब मैले त्यसलाई देखें, तब म सार्‍है नै चकित भएँ ।
\p
\v 7 तर स्वर्गदूतले मलाई भने, “तिमी किन चकित हुन्छौं? म तिमीलाई त्यो स्‍‍त्री र त्यसलाई बोकिरहेको सातवटा टाउका र दसवटा सिङ भएको पशुको अर्थ बताउनेछु ।
\v 8 तिमीले देखेको त्यो पशु अस्तित्वमा थियो, अहिले अस्तित्वमा छैन, र अगाध खाँदबाट माथि निस्कन लागेको छ । तब यो विनाशतिर जानेछ । पृथ्वीमा जिउनेहरू जसका नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्, तिनीहरू त्यो पशुलाई देखेर चकित पर्नेछन्, किनभने त्यो अस्तित्वमा थियो, अहिले अस्तित्वमा छैन, र आउनै लागेको छ ।
\v 9 यसले बुद्धि भएको मनलाई आव्हान गर्छ । सातवटा टाउका सातवटा डाँडा हुन् जसमाथि त्यो स्‍‍त्री बसेकी छे ।
\v 10 तिनीहरू सात राजाहरू पनि हुन् । पाँच जना राजा पतन भइसकेका छन्, एक जना अस्तित्वमा छ, र एक जना अहिलेसम्म आएको छैन र जब त्यो आउँछ, तब त्यो केही समयका लागि रहनुपर्छ ।
\v 11 त्यो पशु जो एक समय अस्तित्वमा थियो, र अहिले छैन, तापनि त्यो आठौं राजा हो । र ती सात राजामध्‍ये त्यो एक हो, र त्यो नष्‍ट हुन गइरहेको छ ।
\v 12 तिमीले देखेका दसवटा सिङ दस जना राजा हुन्, जसले अहिलेसम्म राज्य प्राप्‍त गरेका छैनन्, तर त्यो पशुसँगै तिनीहरूले एक घण्टाका निम्ति राजाको अधिकार प्राप्‍त गर्नेछन् ।
\v 13 यिनीहरू एउटै विचारका छन्, र तिनीहरूले आफ्नो शक्‍ति र अधिकार त्यो पशुलाई दिन्छन् ।
\v 14 तिनीहरूले थुमाको विरुद्धमा लडाइँ गर्नेछन् । तर थुमाले तिनीहरूलाई जित्‍नुहुनेछ, किनभने उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ, र उहाँसँग हुनेहरू बोलाइएका, चुनिएका र विश्‍वासयोग्यहरू हुन् ।”
\v 15 ती स्वर्गदूतले मलाई भने, “तिमीले देखेको पानीमाथि जहाँ त्यो वेश्या बसेकी छे, त्यो मानिसहरू, भीड, जाति र भाषाहरू हुन् ।”
\v 16 तिमीले देखेका दसवटा सिङ—तिनीहरू र त्यो पशुले त्यो वेश्यालाई घृणा गर्नेछन् । तिनीहरूले त्यसलाई उजाड र नाङ्‍गै पारेर त्यसको शरीरलाई खानेछन्, र त्यसलाई आगोले पूर्ण रूपमा डढाउनेछन् ।
\v 17 किनकि परमेश्‍वरको वचन पूरा नहोउञ्‍जेलसम्म त्यो पशुलाई राज्य गर्नको निम्ति आफ्नो शक्ति दिन सहमत भएर उहाँको उद्देश्‍य पूरा गर्ने विचार परमेश्‍वरले तिनीहरूका हृदयमा हालिदिनुभयो ।
\v 18 तिमीले देखेको त्यो स्‍‍त्री पृथ्वीका राजाहरूमाथि शासन गर्ने शक्ति भएकी महानगरी हो ।”
\c 18
\cl अध्याय १८
\p
\v 1 यी कुराहरूपछि मैले अर्को स्वर्गदूत स्वर्गबाट तल झरिरहेको देखें । तिनीसँग ठुलो अधिकार थियो, र तिनको महिमाद्वारा पृथ्‍वी प्रज्वोलित भएको थियो ।
\v 2 तिनी शक्‍तिशाली चर्को सोरले यसो भन्दै कराए, “पतन, महान् बेबिलोनको पतन भएको छ! त्यो भूतात्माहरूका निम्ति एक वासस्थान, हरेक अशुद्ध आत्माका लागि जेल र हरेक अशुद्ध र घृणित चराको एक जेल भएकी छे ।
\v 3 किनकि सबै जातिले त्यसको अनैतिक कामवासनाको मद्य पिएका छन् । पृथ्वीका राजाहरूले त्यससँग अनैतिक काम गरेका छन् । पृथ्‍वीका व्‍यापारीहरू त्यसको कामुक जीवन शैलीको शक्तिले धनी भएका छन्।”
\p
\v 4 त्यसपछि मैले स्वर्गबाट यसो भनेको अर्को आवाज सुनें, “मेरा मानिसहरू हो, त्यसबाट बाहिर आओ, ताकि तिमीहरू त्यसका पापहरूमा सहभागी बन्‍नु नपरोस्, र त्यसका कुनै पनि विपत्तिहरू तिमीहरूले भोग्‍नु नपरोस् ।
\v 5 त्यसका पापहरू स्वर्गैसम्‍म अग्लो भएर थुप्रिएका छन्, र परमेश्‍वरले त्यसका दुष्‍ट कामहरूको सम्झना गर्नुभएको छ ।
\p
\v 6 जसरी त्यसले अरूलाई दिएकी थिई, त्यसरी नै त्यसलाई फर्काइदेओ र त्यसले जे गरेकी छे, त्यसको दोब्बर फिर्ता गरिदेओ । त्यसले कचौरामा जे मिसाएकी थिई, त्यसको दोब्बर हुने गरी त्यसलाई देओ ।
\v 7 जसरी त्यसले आफैंलाई महिमित तुल्याई र सुखविलासमा जीवन बिताएकी थिई, त्यसरी नै त्यसलाई यातना र शोक देओ । किनकि त्यसले आफ्नो हृदयमा भनेकी छे, ‘म रानीजस्तै भएर बसेकी छु; म विधवा होइनँ, र मैले कहिल्यै शोक हेर्नुपर्नेछैनँ ।’
\v 8 त्यसकारण, त्यसमाथि एकै दिनमा मृत्यु, शोक र अनिकालका विपत्तिहरू आइपर्नेछन् । त्यो आगोद्वारा भस्म पारिनेछे, किनकि परमप्रभु परमेश्‍वर शक्‍तिशाली हुनुहुन्छ, र उहाँ त्यसको न्‍यायकर्ता हुनुहुन्छ ।”
\p
\v 9 पृथ्‍वीका राजाहरू जसले त्यससँग यौन अनैतिकता गरेका थिए र त्यससँगै नियन्‍‍त्रणदेखि बाहिर गएका थिए, तिनीहरूले जब त्यो जलेको धुवाँ देख्छन्, त्‍यसको लागि तिनीहरू रुनेछन्‌ र विलाप गर्नेछन्‌।
\v 10 तिनीहरू त्यसको यातनाको डरले यसो भन्‍दै टाढै उभिनेछन्, “धिक्कार, धिक्कार त्यस महानगरीलाई, शक्‍तिशाली सहर बेबिलोन! किनकि एकै घडीमा तेरो दण्ड आएको छ ।”
\v 11 पृथ्वीका व्यापारीहरूले त्यसको लागि रुने र विलाप गर्छन्, किनकि त्यस समयदेखि कसैले पनि त्यसका व्यापारिक सामान किन्‍दैनन्—
\v 12 सुन, चाँदी, बहुमूल्य पत्थर, मोती, मिहिन सुती कपडा, बैजनी, रेसम, रातो रङ सबै किसिमका सुगन्धित काठ, हरेक प्रकारका हस्तिहाडका भाँडाहरू, हरेक बहुमूल्य काठबाट बनेको भाँडा, काँसा, फलाम, सिङ्गमरमर,
\v 13 तेजपात, मसला, धूप, मूर्र, सुगन्धित धूप, दाखमद्य, तेल, मसिनो पिठो, गहुँ, गाईवस्तु र भेडा, घोडाहरू र रथहरू, र दासहरू र मानव प्राणहरू ।
\v 14 तेरो सबै शक्‍तिले तैंले चाहेको फल तँबाट गइसकेको छ । तेरा सबै सुखविलास र वैभवहरू गुमेका छन्, ती फेरि कहिल्यै भेटिनेछैनन् ।
\v 15 यी सामानका व्‍यापारीहरू जो त्यसद्वारा धनी भएका थिए, तिनीहरू त्यसको यातना, रुवाइ, र चर्को विलापको डरको कारण त्यसबाट टाढै उभिनेछन् ।
\v 16 तिनीहरूले भन्‍नेछन्, “धिक्कार, महानगरीलाई धिक्कार, तँ जो मलमल, बैजनी र रातो रङको कपडा लगाएर सुन, बहुमूल्य गहनाहरू र मोतीहरूले सिँगारिएकी थिइस्!
\v 17 एकै घडीमा सबै सम्पत्ति नष्‍ट भएका छन् ।” हरेक जहाजको कप्‍तान, हरेक यात्रा गर्ने मानिस, नाविकहरू र समुद्रबाट जीविकोपार्जन गर्नेहरू सबै टाढै उभिए ।
\v 18 त्यो जलेको धूवाँ देखेर तिनीहरू कराए । तिनीहरूले भने, “कुन सहर यो महानगरी जस्तो छ र?”
\v 19 तिनीहरूले आफ्ना टाउकामा धूलो फ्याँकेर रुँदै र कराउँदै विलाप गरे, “धिक्‍कार, महानगरीलाई धिक्‍कार, जहाँ समुद्रमा जहाज हुनेहरू सबै त्यसको सम्पत्तिबाट धनी भएका थिए । किनकि एकै क्षणमा त्यो नष्‍ट पारिएकी छे ।”
\p
\v 20 स्वर्ग, त्यसमाथि आनन्द गर, तिमी पवित्र जनहरू, प्रेरितहरू र अगमवक्‍ताहरू, किनकि परमेश्‍वरले तिमीहरूमाथिको न्‍याय त्यसमाथि ल्याउनुभएको छ!”
\p
\v 21 एक जना शक्‍तिशाली स्वर्गदूतले जाँतोजस्तो एउटा ढुङ्गा उठाए र यसो भन्दै त्यो समुद्रमा फाले, “यस प्रकारले बेबिलोन, महानगरी हिंसात्मक तरिकाले तल खसालिनेछ र त्यसलाई फेरि कहिल्यै देखिनेछैन ।
\v 22 वीणा बजाउनेहरु, सङ्गीतकारहरू, बाँसुरी बजाउनेहरू र तुरही फुक्‍नेहरूले निकालेको आवाज तँमा फेरि कहिल्‍यै सुनिनेछैन । कुनै पनि कारिगर तँमा भेटाइनेछैन । कुनै पनि जाँतोको आवाज तँमा कहिल्‍यै सुनिनेछैन ।
\v 23 बत्तीको ज्योति तँमा कहिल्‍यै चम्कनेछैन । दुलहा र दुलहीको आवाज तँमा कहिल्‍यै सुनिनेछैन, किनकि तेरा व्यापारीहरू पृथ्‍वीका राजकुमारहरू थिए, र जातिहरू तेरा टुनामुनाद्वारा छलिएका थिए ।
\v 24 त्यसैमा अगमवक्‍ताहरू र पवित्र जनहरूको रगत र पृथ्‍वीमा मारिएकाहरू सबैको रगत भेटिएको थियो ।”
\c 19
\cl अध्याय १९
\p
\v 1 यी कुराहरूपछि मैले मानिसहरूको ठुलो भIडले चर्को सोरले स्वर्गमा यसो भनिरहेको जस्तो सुनें, “हल्लेलूयाह! मुक्‍ति, महिमा र शक्‍ति हाम्रा परमेश्‍वरका हुन् ।
\q1
\v 2 उहाँको इन्साफ सत्य र न्यायपूर्ण छन्, किनकि उहाँले महान् व्यभिचारीणीलाई इन्साफ गर्नुभएको छ, जसले पृथ्‍वीलाई त्यसको अनैतिक यौनले भ्रष्‍ट पारेकी छे । उहाँले आफ्ना सेवकहरूको रगतको बदला त्यसको हातबाट लिनुभएको छ।”
\v 3 तिनीहरूले दोस्रो चोटि भने, “हल्लेलूयाह! त्यसबाट सदाकालका निम्ति धूवाँ निस्किरहन्छ ।”
\q1
\v 4 चौबिस जना धर्म गुरुहरू र चार जीवित प्राणीहरू घोप्‍टो परे र सिंहासनमा विराजमान हुनुभएका परमेश्‍वरलाई आराधना गरे । तिनीहरूले “आमेन, हल्लेलूयाह!” भनिरहेका थिए ।
\v 5 त्यसपछि सिंहासनबाट यसो भनिरहेको एउटा आवाज आयो, “तिमीहरू सबै उहाँका सेवकहरू, तिमीहरू जसले उहाँको भय मान्छौ, महत्‍वहीन र शक्तिशाली दुवैले, हाम्रा परमेश्‍वरको प्रशंसा गर।”
\v 6 अनि एउटा ठुलो भीडको जस्तो सुनिने, धेरै पानीको आवाज र गर्जनको शक्तिशाली टकराव जस्तै आवाजमा यसो भनिरहेको सुनें "हल्लेलुयाह! किनकि परमप्रभुले शासन गर्नुहुन्छ, हाम्रा परमेश्‍वर, सर्वशक्तिमान्"।
\q1
\v 7 हामी आनन्दित होऔं र खुसी मनाऔं, र उहाँलाई महिमा दिऔं किनभने थुमाका विवाहको उत्सव मनाउने दिन आएको छ, र उहाँकी दुलहीले आफैंलाई तयार बनाएकी छिन् ।”
\q1
\v 8 तिनलाई मलमलको चहकिलो र सफा वस्‍‍त्र लगाउन अनुमति दिइयो, (किनकि मलमलको वस्‍‍त्र परमेश्‍वरका पवित्र जनहरूका धार्मिक कार्यहरू हुन् )।
\p
\v 9 स्वर्गदूतले मलाई भने, “यो लेखः थुमाको विवाहको भोजमा निमन्‍‍त्रणा गरिएकाहरू धन्यका हुन् ।" तिनले मलाई यो पनि भने, "यी परमेश्‍वरका सत्य वचन हुन् ।"
\v 10 उहाँलाई आराधना गर्न म उहाँको पाउमा घोप्‍टो परें, तर उहाँले मलाई भन्‍नुभयो, “यसो नगर! म येशूको बारेमा गवाही राख्‍ने, तिमी र तिम्रा भाइहरूसँगैको एक सङ्गी सेवक मात्र हुँ । परमेश्‍वरको आराधना गर, किनकि येशूको बारेमा गवाही, अगमवाणीका आत्मा हुनुहुन्छ ।”
\p
\v 11 तब मैले स्वर्ग खोलिएको देखें, र मैले हेरें र त्यहाँ एउटा सेतो घोडा थियो । त्यसमाथि सवार हुनुहुनेलाई विश्‍वासयोग्य र सत्य भनिन्छ। उहाँले न्‍यायपूर्ण रूपमा इन्साफ र युद्ध गर्नुहुन्छ ।
\v 12 उहाँका आँखा आगोको ज्वालाजस्ता र उहाँका शिरमा धेरै मुकुटहरू थिए । उहाँमाथि एउटा नाम लेखिएको छ जुन उहाँ बाहेक अरू कसैलाई थाहा छैन।
\v 13 उहाँले रगतमा चोबलिएको वस्‍‍त्र पहिरिनुभएको छ, र उहाँको नाउँलाई परमेश्‍वरको वचन भनेर बोलाइन्छ ।”
\v 14 मलमलका सेतो र सफा कपडा पहिरिएर स्वर्गका सेनाहरू सेता घोडाहरूमा उहाँलाई पछ्‍याइरहे ।
\v 15 जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ, र उहाँले तिनीहरूमाथि फलामको डन्डाले शासन गर्नुहुनेछ । उहाँले सर्वशक्तिमान्‌ परमेश्‍वरको क्रोधको दाखको कोललाई कुल्चिदिनुहुन्छ ।
\v 16 उहाँको पोशाक र तिघ्रामा एउटा नाउँ लेखिएको छ: “राजाहरूका राजा र प्रभुहरूका प्रभु”।
\p
\v 17 मैले एउटा स्वर्गदूतलाई सूर्यमा उभिरहेको देखें । तिनले ठुलो सोरले माथि उडिरहेका चराहरू सबैलाई बोलाए, “आओ, परमेश्‍वरको ठुलो भोजका निम्ति एकसाथ भेला होओ ।
\v 18 तिमीहरूले राजाहरू, कप्‍तानहरू, शक्‍तिशाली मानिसहरू, घोडाहरू र त्यसमाथि सवार हुनेहरू, सबै मानिसहरू, स्वतन्‍‍त्र र दास दुवै, महत्‍वहीन र शक्‍तिशालीका मासु आएर खाओ ।”
\v 19 मैले पशु र पृथ्वीका राजाहरूलाई तिनीहरूका सेनाहरूका साथमा देखें । तिनीहरू घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसँग युद्ध गर्न भेला भइरहेका थिए ।
\v 20 त्यस पशु र त्यससँगै त्यसको उपस्थितिमा आश्‍चर्य कामहरू प्रदर्शन गर्ने झुटा अगमवक्‍ता पक्राउ परे । यी चिन्हहरूद्वारा त्यसले पशुको छाप लगाएका र त्यसको मूर्तिलाई पूज्‍नेहरू छल गर्‍यो । तिनीहरू दुवै बलिरहेको गन्धकको अग्‍नि-कुण्डमा जिउँदै फालिए ।
\v 21 घोडामा सवार हुनेको मुखबाट निस्केको तरवारले ती बाँकी रहेकाहरू मारिए । सबै चराहरूले तिनीहरूका मृत शरीर खाए।
\c 20
\cl अध्याय २०
\p
\v 1 तब मैले स्वर्गबाट तल झरिरहेको एउटा स्वर्गदूतलाई देखें । तिनीसँग अगाध खाँदको साँचो र एउटा ठुलो साङ्लो तिनको हातमा थियो ।
\v 2 तिनले अजिङ्गर अर्थात् त्यो प्राचीन सर्पलाई पक्रे, जो दुष्‍ट, वा शैतान हो र त्यसलाई एक हजार वर्षका निम्ति बाँधे ।
\v 3 तिनले त्यसलाई अगाद खाँदमा फालिदिए । तिनले त्यो बन्द गरे र त्यसमाथि मोहोर लगाइदिए । एक हजार वर्ष पूरा नभएसम्म त्यसले जाति-जातिहरूलाई छल गर्न नपाओस् भनी यसो गरिएको थियो । त्यसपछि त्यसलाई केही समयका निम्ति स्वतन्‍‍त्र गरिनुपर्छ ।
\p
\v 4 अनि मैले सिंहासनहरू देखें । त्यसमाथि बस्‍नेहरू ती हुन् जसलाई न्‍याय गर्ने अधिकार दिइएको थियो । मैले येशूको गवाही र परमेश्‍वरको वचनका निम्ति शिर काटिएका प्राणहरूलाई पनि देखें । तिनीहरूले पशु वा मूर्तिहरूलाई आराधना गरेका थिएनन्, र तिनीहरूले आफ्नो निधारमा वा हातमा छाप लगाउनलाई इन्कार गरेका थिए । तिनीहरू जीवित भए, र तिनीहरूले येशूसँगै एक हजार वर्षसम्म राज्य गरे ।
\v 5 बाँकी रहेका मृतकहरू हजार वर्षको अन्त्य नभएसम्म जीवित भएनन् । यो पहिलो पुनरुत्‍थान हो ।
\v 6 पहिलो पुनरुत्‍थानमा सहभागी हुनेहरू जो कोही पनि धन्य र पवित्रका हुन्! यिनीहरूमाथि दोस्रो मृत्युको कुनै शक्‍ति हुँदैन । तिनीहरू परमेश्‍वर र ख्रीष्‍टका पूजाहारीहरू भएर उहाँसँगै एक हजार वर्षसम्म राज्य गर्नेछन् ।
\p
\v 7 जब एक हजार वर्षको अन्त्य हुन्छ, तब शैतानलाई त्यसको कैदबाट छोडिनेछ ।
\v 8 पृथ्वीको चारै कुनामा भएका जातिहरूलाई छल गर्न—गोग र मागोग—तिनीहरूलाई युद्धका निम्ति सँगै ल्याउने, त्यो बाहिर जानेछ । तिनीहरू समुद्रको बालुवासरह अनगिन्ती हुनेछन् ।
\v 9 तिनीहरू पृथ्वीको चारैतिर गएर परमेश्‍वरका पवित्र जनहरूको छाउनीलाई—प्रिय सहरलाई वरिपरि घेरे । तर स्वर्गबाट आगो तल झरेर तिनीहरूलाई नष्‍ट पार्‍यो ।
\v 10 तिनीहरूलाई छल गर्ने त्यस दुष्‍टलाई गन्धकको जलिरहेको कुण्डमा फालियो, जहाँ पशु र झुटा अगमवक्‍ता फ्याँकिएका थिए । तिनीहरूले दिनरात सदाकाल यातना भोग्‍नेछन् ।
\p
\v 11 त्यसपछि मैले एउटा महान् सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखें । उहाँको उपस्थितिबाट पृथ्‍वी र स्वर्ग भागेर टाढा गए, तर तिनीहरूका लागि जान त्यहाँ कुनै ठाउँ थिएन ।
\v 12 मैले महत्वहीन र शक्‍तिशाली मृतकहरूलाई सिंहासनको अगाडि उभिरहेको देखें र पुस्तकहरू खोलिए । तब अर्को पुस्तक अर्थात् जीवनको पुस्तक पनि खोलिएको थियो । ती पुस्तकहरूमा लेखिएका विवरणअनुसार, तिनीहरूका कामहरूका आधारमा मृतकहरूको न्याय भयो ।
\v 13 समुद्रमा भएका मृतकहरूलाई त्यसले फिर्ता गरिदियो । मृत्यु र पातालले तिनीहरूमा भएका मृतकहरूलाई दिए, र तिनीहरूले गरेका कामअनुसार मृतकहरूको न्याय भयो ।
\v 14 मृत्यु र पाताल अग्‍नि-कुण्डमा फालिए । यो अग्‍नि-कुण्ड दोस्रो मृत्यु हो ।
\v 15 जीवनको पुस्तकमा कसैको नाउँ लेखिएको नभेट्टाइएमा त्यसलाई अग्‍नि-कुण्डमा फालियो ।
\c 21
\cl अध्याय २१
\p
\v 1 अनि मैले नयाँ स्वर्ग र नयाँ पृथ्‍वी देखें, किनकि पहिलो स्वर्ग र पहिलो पृथ्‍वी बितिगए, र समुद्र त छँदै थिएन ।
\v 2 दुलहाका लागि दुलहीझैं सिङ्‍गारिएर तयार पारिएकी पवित्र सहर, नयाँ यरूशलेम परमेश्‍वरबाट स्वर्गदेखि तल झरिरहेको मैले देखें ।
\v 3 मैले सिंहासनबाट चर्को सोरमा यसो भनेको सुनें, “हेर, परमेश्‍वरको वासस्थान मानव-जातिसँग छ, र उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ । तिनीहरू उहाँका मानिसहरू हुनेछन्, अनि परमेश्‍वर स्वयम् तिनीहरूसँग हुनुहुनेछ र उहाँ तिनीहरूका परमेश्‍वर हुनुहुनेछ ।
\v 4 उहाँले तिनीहरूका आँखाबाट आँशुका हरेक थोपा पुछिदिनुहुनेछ, र त्यहाँ कुनै मृत्यु हुनेछैन, वा शोक वा रुवाबासी वा कष्‍ट हुनेछैन । पुराना कुराहरु बितेर गएका छन् ।
\p
\v 5 सिंहासनमा बस्‍नुहुनुहुनेले भन्‍नुभयो, “हेर, म सबै कुरा नयाँ बनाउँछु।” उहाँले भन्‍नुभयो, “यो लेख किनभने यी वचनहरू विश्‍वासयोग्य र सत्य छन् ।”
\v 6 उहाँले मलाई भन्‍नुभयो, “यी कुराहरू सिद्धिएका छन्! अल्फा र ओमेगा, शुरु र अन्त्य मै हुँ । तिर्खाउनेलाई म जीवनको पानीको मुहानबाट सित्तैमा पिउन दिनेछु। ।
\v 7 जसले जित्छ त्यसले यी कुराहरू पाउनेछ, र म त्यसको परमेश्‍वर हुनेछ, र ऊ मेरो छोरा हुनेछ ।
\v 8 तर डराउनेहरू, अविश्‍वासीहरू, घिनलाग्दाहरू, हत्याराहरू, यौन-अनैतिकहरू, जादुगरहरू, मूर्तिपूजकहरू र सबै झुट बोल्नेहरूको भागमा बलिरहेको आगो र गन्धकको कुण्डमा हुनेछ । त्यो दोस्रो मृत्यु हो ।”
\p
\v 9 सातजना स्वर्गदूतहरूमध्ये एक जना मकहाँ आए, जोसँग सातवटा अन्तिम विपत्तिहरूले भरिएका सातवटा कचौराहरू थिए, र तिनले भने, “यहाँ आऊ । म तिमीलाई थुमाकी पत्‍नी दुलही देखाउनेछु ।”
\p
\v 10 अनि तिनले मलाई आत्मामा बोकेर एउटा महान् र अग्‍लो पर्वतमा लगे र मलाई परमेश्‍वरबाट स्वर्गदेखि तल ओर्लिरहेको पवित्र सहर यरूशलेम देखाए ।
\v 11 यरूशलेमसंग परमेश्‍वरको महिमा थियो, र त्यसको चमक बहुमूल्य रत्‍नहरूजस्तो, मणिक स्फटिक पत्थरको जस्तो थियो ।
\v 12 त्यसमा बाह्रवटा ढोकाहरू भएको एउटा ठूलो, अग्लो पर्खाल थियो, ती ढोकाहरूमा बाह्र स्वर्गदूतहरू थिए। । ढोकाहरूमा इस्राएलका सन्तानका बाह्रै कुलका नाउँहरू लेखिएका थिए ।
\v 13 पूर्वमा तीनवटा ढोकाहरू, उत्तरमा तीनवटा ढोकाहरू, दक्षिणमा तीनवटा ढोकाहरू र पश्‍चिममा तीनवटा ढोकाहरू थिए ।
\v 14 सहरका पर्खालका बाह्रवटा जग थिए, र तीमाथि थुमाका बाह्रै प्रेरितका बाह्रवटा नाउँ थिए ।
\p
\v 15 मसँग बोल्नुहुनेसँग सहर, त्यसका ढोकाहरू र त्यसको पर्खाल नाप्‍नलाई एउटा सुनको नाप्‍ने लौरो थियो ।
\v 16 त्यो सहर वर्गाकार थियो; त्यसको लम्बाइ र चौडाइ उस्तै थिए । तिनले नाप्‍ने लौरोले सहर नाप्दा त्यसको लम्बाइ बाह्र हजार स्टेडिया थियो (त्यसको लम्बाइ, चौडाइ र उचाइ उस्तै थिए ) ।
\v 17 तिनले त्यसको पर्खाल पनि नापे, मानिसहरूद्वारा नाप्‍दा त्यो १४४ हात लामो थियो । (जुन स्वर्गदूतहरूको पनि नाप हो ) ।
\p
\v 18 पर्खाल बिल्लौर र सहर शुद्ध सुनले सफा काँचजस्तै बनाइएको थियो ।
\v 19 पर्खालका जगहरू हर प्रकारका बहुमूल्य पत्थरद्वारा सजिएका थिए । पहिलो बिल्लौर थियो, दोस्रो निलमणि थियो, तेस्रो हरित थियो, चौथो पन्‍ना थियो,
\v 20 पाँचौं आनिक्स थियो, छैटौं लालमणि थियो, सातौं पीतमणि थियो, आठौं बेरूज थियो, नवौं पुष्पराज थियो, दसौं लसुने रत्‍न थियो, एघारौं नीलमणि थियो, र बाह्रौं कटेला थियो ।
\v 21 बाह्रवटा ढोका बाह्र मोतीका थिए; प्रत्येक ढोका एउटै मोतीबाट बनेको थियो । सहरका गल्लीहरू निखुर सुन, छर्लङ्ग देखिने काँच जस्तै थिए ।
\p
\v 22 मैले सहरमा कुनै मन्दिर देखिनँ, किनकि सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर र थुमा नै यसको मन्दिर हुनुहुन्छ ।
\v 23 सहरलाई उज्यालो पार्न सूर्य वा चन्द्रमाको कुनै आवश्यक थिएन किनकि परमेश्‍वरको महिमा नै त्यसमाथि चम्कियो, र त्यसको बत्ती थुमा हुनुहुन्छ ।
\v 24 जातिहरू त्यस सहरको उज्यालोमा हिंड्नेछन् । पृथ्वीका राजाहरूले आफ्ना महिमा त्यसमा ल्याउनेछन् ।
\v 25 यसका ढोकाहरू दिनको समयमा बन्द गरिनेछैनन्, र त्यहाँ रात हुनेछैन ।
\v 26 जाति-जातिहरूले आफ्ना महिमा र आदर त्यसभित्र ल्याउनेछन्,
\v 27 तर कुनै अशुद्ध थोक कहिल्यै त्यसभित्र पस्‍न पाउनेछैन, न त लाजमर्दो वा छलपूर्ण काम गर्नहरू त्यहाँ जान पाउनेछन्, तर थुमाको जीवनको पुस्तकमा नाउँ लेखिएकाहरू मात्र त्यहाँ पस्‍न पाउनेछन् ।
\c 22
\cl अध्याय २२
\p
\v 1 त्यसपछि स्वर्गदूतले मलाई स्फटिकजस्तो सफा जीवनको पानीको नदी देखाए । यो परमेश्‍वर र थुमाको सिंहासनबाट बगिरहेको थियो ।
\v 2 यो सहरको बीचभागको बाटो भएर बगेको थियो । नदीको दुवै किनारमा जीवनको रुख थियो, बाह्रै प्रकारका फल फलाउने र यसले हरेक महिना आफ्नो फल फलाउँछ । रुखका पातहरू जाति-जातिहरूका निम्ति निको पार्नलाई हुन् ।
\v 3 त्यहाँ अब उप्रान्त कुनै श्राप हुनेछैन । परमेश्‍वर र थुमाको सिंहासन सहरमा हुनुहुनेछ, र उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछ्न् ।
\v 4 तिनीहरूले उहाँको अनुहार देख्‍नेछन्, र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ ।
\v 5 त्यहाँ कुनै रात हुनेछैन; तिनीहरूलाई ज्योतिका निम्ति न बत्तीको, न त सूर्यको प्रकाश नै आवश्यक पर्नेछ किनभने परमप्रभु परमेश्‍वर नै तिनीहरू माथि चम्किनुहुनेछ । तिनीहरूले सदासर्वदा राज्य गर्नेछन् ।
\p
\v 6 स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्‍वासयोग्य र सत्य छन् । परमप्रभु, अगमवक्‍ताहरूका आत्माका परमेश्‍वरले छिट्टै के हुनुपर्छ भनी उहाँका सेवकहरूलाई देखाउन आफ्नो स्वर्गदूतलाई पठाउनुभयो ।”
\v 7 “हेर, म चाँडै आउँदैछु ।त्यो धन्यको हो जसले यस पुस्तकको अगमवाणीको वचन पालन गर्छ ।”
\p
\v 8 म, यूहन्‍ना हुँ जसले यी कुराहरू सुनें र देखें । जब मैले सुनें र तिनीहरूलाई देखें, म तिनको अघि दण्डवत् गर्न ती स्वर्गदूतको पाउमा घोप्‍टो परें जसले मलाई यी कुराहरू देखाइरहेका थिए ।
\v 9 तिनले मलाई भने, “त्यसो नगर । तिमी, तिम्रा दाजुभाइ अगमवक्‍ताहरू र यस पुस्तकको वचन पालना गर्नेहरूका म सङ्गी सेवक मात्र हुँ । परमेश्‍वरको आराधना गर!”
\v 10 तिनले मलाई भने, “यस पुस्तकको अगमवाणीका वचनहरूमा मोहर नलगाओ, किनकि समय नजिकै छ ।
\v 11 जो अधर्मी छ, त्यसले निरन्तर अधर्म गरिरहोस् । जो नैतिक रूपमा फोहोर छ, त्यसले अनैतिक घृणित काम गरिरहोस् । जो धर्मी छ, त्यसले धार्मिक काम गरिरहोस् । जो पवित्र छ, त्यो निरन्तर पवित्र रहिरहोस् ।”
\p
\v 12 “हेर! म चाँडै आउँदैछु । मेरो इनाम मसँग छ, प्रत्येकलाई त्यसको काम अनुसार फिर्ता दिन ।
\v 13 अल्‍फा र ओमेगा, पहिलो र पछिल्‍लो, आदि र अन्‍त म नै हुँ ।
\v 14 आफ्ना वस्‍‍‍त्र धुनेहरू धन्यका हुन् ताकि तिनीहरूले जीवनको रुखबाट खान र ढोकाहरूबाट सहरमा पस्‍ने अधिकार पाउनेछन् । \f + \ft केही प्राचीन ग्रीक प्रतिलिपिमा \fqa आफ्ना वस्‍‍‍त्र धुनेहरू धन्यका हुन् \fqa* को सट्टामा \fqa उहाँका आज्ञाहरू पालन गर्ने धन्यका हुन् \fqa* भएको पाउँछौं । \f*
\v 15 कुकुरहरू, मन्‍‍‍त्रतन्‍‍‍त्र गर्नेहरू, यौन अनैतिक काम गर्नेहरू, हत्याराहरू, मूर्तिपूजकहरू, र झुटा कुरा प्रेम र अभ्यास गर्न मन पराउने हरेक बाहिर हुन्छन् ।
\p
\v 16 म, येशूले मेरा स्वर्गदूतलाई मण्डलीहरूका लागि यी कुराहरूबारे तिमीलाई गवाही दिनको निम्ति पठाएको छु । म दाऊदको वंश र मूल, बिहानको चम्किलो तारा हुँ ।”
\p
\v 17 पवित्र आत्मा र दुलही भन्‍नुहुन्छ, “आओ ।” जसले सुन्छ त्यसले भनोस्, “आओ!” जो तिर्खाएको छ, त्यसलाई आउन देऊ, र जसले यसको इच्छा गर्छ, त्यसले जीवनको पानी सित्तैंमा पिओस् ।
\p
\v 18 यस पुस्तकको अगमवाणीका वचनहरू सुन्‍ने हरेकलाई म गवाही दिन्छु: यदि कसैले तिनमा थप्छ भने, यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्‍वरले त्यसमाथि थपिदिनुहुनेछ ।
\v 19 यदि कसैले यस अगमवाणीको पुस्तकका वचनहरूबाट केही निकाल्यो भने, परमेश्‍वरले यस पुस्तकमा लेखिएका जीवनको रुख र पवित्र सहरको भागदेखि त्यसलाई निकालिदिनुहुनेछ । \f + \ft केही प्राचीन प्रतिलिपिहरूमा पाउँछौं, \fqa परमेश्‍वरले यस पुस्तकमा लेखिएका जीवनको पुस्तक र पवित्र सहरको भागदेखि त्यसलाई निकालिदिनुहुनेछ \fqa* । \f*
\p
\v 20 यी कुराका गवाही दिनुहुनेले भन्‍नुहुन्छ, “हो! म चाँडै आउँदैछु ।” आमेन! आउनुहोस्, हे प्रभु येशू!
\p
\v 21 प्रभु येशूको अनुग्रह सबैसँग रहोस्। आमेन । \f + \ft ग्रीक लेखका केही प्राचीन प्रतिलिपिहरू वा ग्रीक लेखका प्राचीन अनुवादहरूले यो वाक्याशं थपेको पाउँछौंः \fqa तिमी पवित्र जनहरूसँग रहोस् \fqa* वा \fqa सबै तिमी पवित्र जनहरूसँग रहोस् \fqa* । \f*

107
issues.txt Normal file
View File

@ -0,0 +1,107 @@
Issues detected by verifyUSFM, 2024-02-16, c:\DCS\Nepali\work
-------------------
Straight quotes in 41-MAT.usfm: 9 doubles, 16 singles not counting 0 word-medial.
Check the punctuation at MAT 7:22: ?,
Check the punctuation at MAT 21:42: ?,
Straight quotes in 42-MRK.usfm: 15 doubles, 18 singles not counting 0 word-medial.
Invalid number suffix: १५ः at MRK 15:28
Invalid number prefix: ः२८ at MRK 15:28
Bracket or parens found in MRK 15:40, a verse that is often footnoted
Embedded number in word: ः९- at MRK 16:9
Invalid number prefix: ः९ at MRK 16:20
Straight quotes in 43-LUK.usfm: 65 doubles, 82 singles not counting 0 word-medial.
Bracket or parens found in LUK 2:14, a verse that is often footnoted
Text begins with phrase-ending punctuation in LUK 8:43
Invalid number prefix: ः९ at LUK 11:11
Check the punctuation at LUK 12:17: ?,
Free floating mark at LUK 16:3: भन्यो, म के
Space before phrase ending mark at LUK 16:5:
Free floating mark at LUK 16:5: छ?
Invalid number prefix: ः३६ at LUK 17:36
Duplicated verse number: LUK 17:37
Free floating mark at LUK 21:10: भन्‍नुभयो, “ जाति
Repeated quotes at LUK 22:11
Space before phrase ending mark at LUK 22:49: ”
Free floating mark at LUK 22:49: गर्नुपर्छ? ”
Invalid number prefix: ः१७ at LUK 23:17
Space before phrase ending mark at LUK 24:18: ”
Straight quotes in 44-JHN.usfm: 18 doubles, 23 singles not counting 0 word-medial.
Free floating mark at JHN 1:21: भने, “ म होइनँ
Free floating mark at JHN 1:30: भनें, ' मपछि
Space before phrase ending mark at JHN 1:42: )
Free floating mark at JHN 4:42: भने, “ अब
Space before phrase ending mark at JHN 6:4: )
Space before phrase ending mark at JHN 9:12: ”
Free floating mark at JHN 9:12: छन्? ” त्यसले
Space before phrase ending mark at JHN 13:11: )
Space before phrase ending mark at JHN 20:16: )
Space before phrase ending mark at JHN 20:18: ”
Free floating mark at JHN 20:18: छु ” र उहाँले
Straight quotes in 46-ROM.usfm: 10 doubles, 2 singles not counting 0 word-medial.
Space before phrase ending mark at ROM 9:20: ”
Free floating mark at ROM 9:20: बनायौ? ”
Check the punctuation at ROM 10:15: ?—
Invalid number prefix: ∶२० at ROM 16:24
Orphaned punctuation at ROM 16:24
Straight quotes in 47-1CO.usfm: 4 doubles.
Space before phrase ending mark at 1CO 1:13: ?
Check the punctuation at 1CO 6:4: ?,
Free floating mark at 1CO 12:16: कानले “ किनकि
Straight quotes in 48-2CO.usfm: 10 doubles.
Check the punctuation at 2CO 6:9: !—
Check the punctuation at 2CO 13:5: ?—
Check the punctuation at GAL 2:2: ,—
Space before phrase ending mark at GAL 2:6: )
Free floating mark at GAL 2:6: देखिएकाहरू ( तिनीहरू
Free floating mark at EPH 5:14: छ, “ सुताहा
Text begins with phrase-ending punctuation in PHP 4:23
Space before phrase ending mark at COL 1:12: .
Straight quotes in 55-1TI.usfm: 1 doubles.
Straight quotes in 56-2TI.usfm: 2 doubles.
mt token has ASCII value in TIT header/intro
No non-English book title for TIT
Straight quotes in 59-HEB.usfm: 2 doubles.
mt token has ASCII value in HEB header/intro
No non-English book title for HEB
Check the punctuation at HEB 9:19: ,,
Straight quotes in 60-JAS.usfm: 1 doubles.
mt token has ASCII value in JAS header/intro
No non-English book title for JAS
Orphaned punctuation at JAS 2:20
Free floating mark at JAS 4:13: कमाउनेछौं। "
Straight quotes in 61-1PE.usfm: 1 doubles.
Free floating mark at 1JN 2:4: चिन्छु “ भन्‍छ,
Straight quotes in 67-REV.usfm: 19 doubles, 11 singles not counting 0 word-medial.
Invalid number prefix: -६ at REV 4:8
Free floating mark at REV 5:13: सुनें, “ सिंहासनमा
Space in number १, ४४ at REV 7:4
Free floating mark at REV 7:10: भने, “ सिंहासनमा
Free floating mark at REV 8:13: सुनें, “ तीन
Space in number २०, at REV 9:16
Free floating mark at REV 10:4: सुनें, “ ती
Space in number १, २६० at REV 11:3
Space in number १, ४४ at REV 14:1
Space in number १, ४४ at REV 14:3
Check the punctuation at REV 15:4: ?,
Space before phrase ending mark at REV 19:8: )
Space before phrase ending mark at REV 21:16: )
Space before phrase ending mark at REV 21:17: )
SUMMARY:
Free floating mark at ...: 19 occurrence(s).
Space before phrase ending mark at ...: 16 occurrence(s).
Straight quotes in ...: 13 occurrence(s).
Check the punctuation at ...: 10 occurrence(s).
Invalid number prefix: ...: 7 occurrence(s).
Space in number ...: 5 occurrence(s).
mt token has ASCII value in ...: 3 occurrence(s).
No non-English book title for ...: 3 occurrence(s).
Bracket or parens found in ...: 2 occurrence(s).
Text begins with phrase-ending punctuation in ...: 2 occurrence(s).
Orphaned punctuation at ...: 2 occurrence(s).
Invalid number suffix: १५ः at MRK 15:28...: 1 occurrence(s).
Embedded number in word: ः९- at MRK 16:9...: 1 occurrence(s).
Duplicated verse number: LUK 17:37...: 1 occurrence(s).
Repeated quotes at LUK 22:11...: 1 occurrence(s).
86 issues found.

232
manifest.yaml Normal file
View File

@ -0,0 +1,232 @@
dublin_core:
type: bundle
conformsto: rc0.2
format: text/usfm
identifier: ulb
title: 'Unlocked Literal Bible - Nepali'
subject: 'Bible'
language:
identifier: ne
title: नेपाली
direction: ltr
source:
-
identifier: ulb
language: en
version: '12'
rights: 'CC BY-SA 4.0'
creator: 'Door43 World Missions Community'
contributor:
- "Anjila"
- "Archana Maharjan"
- "Bindu Rai"
- "Kalyani Khadgi"
- "Kanchan"
- "Pabitra Rai"
- "Pream Shilwal"
- "Ps. David Rana"
- "Pyaari"
- "Rispa"
- "Ritika"
- "Sanjana"
- "Sanjit"
- "Yamuna Sundas"
description: "An open-licensed translation, intended to provide a 'functional' understanding of the Bible. It increases the translator's understanding of the text by translating theological terms as descriptive phrases."
relation:
- 'ne/tn'
- 'ne/tq'
- 'ne/tw'
- 'ne/obs'
- 'ne/udb'
publisher: 'Wycliffe Associates'
issued: '2024-02-16'
modified: '2024-02-16'
version: '12.3'
checking:
checking_entity: []
checking_level: '2'
projects:
-
title: 'मत्ती'
versification: ufw
identifier: 'mat'
sort: 40
path: './41-MAT.usfm'
categories: [ 'bible-nt' ]
-
title: 'मर्कूस'
versification: ufw
identifier: 'mrk'
sort: 41
path: './42-MRK.usfm'
categories: [ 'bible-nt' ]
-
title: 'लूका'
versification: ufw
identifier: 'luk'
sort: 42
path: './43-LUK.usfm'
categories: [ 'bible-nt' ]
-
title: 'यूहन्‍नाले लेखेको सुसमाचार'
versification: ufw
identifier: 'jhn'
sort: 43
path: './44-JHN.usfm'
categories: [ 'bible-nt' ]
-
title: 'रोमी'
versification: ufw
identifier: 'rom'
sort: 45
path: './46-ROM.usfm'
categories: [ 'bible-nt' ]
-
title: 'कोरिन्थीहरूलाई पावलको पहिलो पत्र'
versification: ufw
identifier: '1co'
sort: 46
path: './47-1CO.usfm'
categories: [ 'bible-nt' ]
-
title: 'कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र'
versification: ufw
identifier: '2co'
sort: 47
path: './48-2CO.usfm'
categories: [ 'bible-nt' ]
-
title: 'गलातीहरूलाई पावलको पत्र'
versification: ufw
identifier: 'gal'
sort: 48
path: './49-GAL.usfm'
categories: [ 'bible-nt' ]
-
title: 'एफिसीहरूलाई पावलको पत्र'
versification: ufw
identifier: 'eph'
sort: 49
path: './50-EPH.usfm'
categories: [ 'bible-nt' ]
-
title: 'फिलिप्पी'
versification: ufw
identifier: 'php'
sort: 50
path: './51-PHP.usfm'
categories: [ 'bible-nt' ]
-
title: 'कलस्सीहरूलाई पावलको पत्र'
versification: ufw
identifier: 'col'
sort: 51
path: './52-COL.usfm'
categories: [ 'bible-nt' ]
-
title: '१ थेसलोनिकी'
versification: ufw
identifier: '1th'
sort: 52
path: './53-1TH.usfm'
categories: [ 'bible-nt' ]
-
title: 'थेसलोनिकीहरूलाई पावलको दोस्रो पत्र'
versification: ufw
identifier: '2th'
sort: 53
path: './54-2TH.usfm'
categories: [ 'bible-nt' ]
-
title: '१ तिमोथी'
versification: ufw
identifier: '1ti'
sort: 54
path: './55-1TI.usfm'
categories: [ 'bible-nt' ]
-
title: '२ तिमोथी'
versification: ufw
identifier: '2ti'
sort: 55
path: './56-2TI.usfm'
categories: [ 'bible-nt' ]
-
title: 'Titus'
versification: ufw
identifier: 'tit'
sort: 56
path: './57-TIT.usfm'
categories: [ 'bible-nt' ]
-
title: 'फिलेमोनलाई पावलको पत्र'
versification: ufw
identifier: 'phm'
sort: 57
path: './58-PHM.usfm'
categories: [ 'bible-nt' ]
-
title: 'Hebrews'
versification: ufw
identifier: 'heb'
sort: 58
path: './59-HEB.usfm'
categories: [ 'bible-nt' ]
-
title: 'James'
versification: ufw
identifier: 'jas'
sort: 59
path: './60-JAS.usfm'
categories: [ 'bible-nt' ]
-
title: 'पत्रुसको पहिलो पत्र'
versification: ufw
identifier: '1pe'
sort: 60
path: './61-1PE.usfm'
categories: [ 'bible-nt' ]
-
title: '२ पत्रुस'
versification: ufw
identifier: '2pe'
sort: 61
path: './62-2PE.usfm'
categories: [ 'bible-nt' ]
-
title: '१ यूहन्‍ना'
versification: ufw
identifier: '1jn'
sort: 62
path: './63-1JN.usfm'
categories: [ 'bible-nt' ]
-
title: '२ यूहन्‍ना'
versification: ufw
identifier: '2jn'
sort: 63
path: './64-2JN.usfm'
categories: [ 'bible-nt' ]
-
title: '३ यूहन्‍ना'
versification: ufw
identifier: '3jn'
sort: 64
path: './65-3JN.usfm'
categories: [ 'bible-nt' ]
-
title: 'यहूदा'
versification: ufw
identifier: 'jud'
sort: 65
path: './66-JUD.usfm'
categories: [ 'bible-nt' ]
-
title: 'प्रकाशको पुस्तक'
versification: ufw
identifier: 'rev'
sort: 66
path: './67-REV.usfm'
categories: [ 'bible-nt' ]