549 lines
160 KiB
Plaintext
549 lines
160 KiB
Plaintext
|
\id REV
|
|||
|
\ide UTF-8
|
|||
|
\h प्रकाशको पुस्तक
|
|||
|
\toc1 प्रकाशको पुस्तक
|
|||
|
\toc2 प्रकाशको पुस्तक
|
|||
|
\toc3 rev
|
|||
|
\mt प्रकाशको पुस्तक
|
|||
|
\c 1
|
|||
|
\cl अध्याय १
|
|||
|
\p
|
|||
|
\v 1 परमेश्वरले आफ्ना सेवकहरूलाई अब चाँडै हुन आउने कुराहरू प्रकट गर्नुभएको यो येशू ख्रीष्टको प्रकाश हो । उहाँले यो कुरा आफ्ना स्वर्गदूत पठाउनु भएर उहाँका सेवक यूहन्नालाई प्रकट गराउनुभयो ।
|
|||
|
\v 2 यूहन्नाले परमेश्वरको वचन र येशू ख्रीष्टको गवाहीको बारेमा आफूले देखेको सबै कुराको गवाही दिए ।
|
|||
|
\v 3 त्यो मानिस धन्यको हो, जसले अगमवाणीको यो वचन चर्को स्वरमा पढ्छ र जसले सुन्छ र यसमा लेखिएका कुराहरू पालन गर्छ, किनकि समय नजिकै छ ।
|
|||
|
\p
|
|||
|
\v 4 यूहन्नाबाट एसियामा भएका सातवटा मण्डलीहरुलाईः उहाँबाट, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो अनि जो आउनुहुनेछ, र उहाँको सिंहासनका सामु भएका सातवटा आत्माबाट,
|
|||
|
\v 5 अनि विश्वासयोग्य गवाही, मृतकबाट जीवित पारिनुभएको पहिलो र पृथ्वीका राजाहरूका शासक, येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति । उहाँ जसले हामीलाई प्रेम गर्नुहुन्छ र उहाँको रगतद्वारा हामीलाई हाम्रा पापबाट स्वतन्त्र पार्नुभयो—
|
|||
|
\v 6 उहाँले हामीलाई एउटा राज्य बनाउनुभएको छ, अनि उहाँका परमेश्वर र पिताका निम्ति पूजाहारीहरू— उहाँलाई महिमा र शक्ति सदासर्वदा होस् । आमेन ।
|
|||
|
\p
|
|||
|
\v 7 हेर, उहाँ बादलमा आउँदै हुनुहुन्छ, हरेक आँखाले उहाँलाई देख्नेछ, जसले उहाँलाई घोचे, तिनीहरूले पनि । उहाँको कारण पृथ्वीका सबै कुलले शोक गर्नेछन् । हो, आमेन ।
|
|||
|
\v 8 “अल्फा र ओमेगा म नै हुँ”, सर्वशक्तिमान परमप्रभु परमेश्वर भन्नुहुन्छ, “उहाँ जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, र जो आउनुहुनेछ ।” \f + \ft केही महत्वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौं, \fqa अल्फा र ओमेगा, सुरु र अन्त म नै हुँ”, परमप्रभु परमेश्वर भन्नुहुन्छ \fqa* । \f*
|
|||
|
\p
|
|||
|
\v 9 म यूहन्ना—तिमीहरूका दाजु र जो येशूमा भएका कष्टहरूमा र राज्यमा र धीरजी सहनशीलतामा तिमीहरूसँगै सहभागी हुन्छ—परमेश्वरको वचन र येशू ख्रीष्टको गवाहीका निम्ति पत्मोस भनिने टापुमा थिएँ ।
|
|||
|
\v 10 प्रभुको दिनमा म आत्मामा थिएँ । मैले मेरो पछाडि तुरहीको जस्तै एउटा ठूलो आवाज सुनें ।
|
|||
|
\v 11 त्यसले भन्यो, "तिमीले जे पुस्तकमा देख्छौ, र सातवटा मण्डलीहरुलाई—एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियालाई पठाईदेऊ ।”
|
|||
|
\v 12 कसको आवाज मसँग बोलिरहेको थियो भनी म फर्किएँ र मैले फर्केर हेर्दा सातवटा सुनका सामदानहरू देखें ।
|
|||
|
\v 13 सामदानहरूका माझमा पाउसम्मै पुग्ने लामो पोशाक पहिरिनुभएका र आफ्नो छाती वरिपरि सुनको पेटी बाँध्नुभएका मानिसका पुत्रजस्तै त्यहाँ एक जना हुनुहुन्थ्यो ।
|
|||
|
\v 14 उहाँको शिर र कपाल ऊन अनि हिउँजस्तै सेता र उहाँका आँखाहरू आगोको ज्वालाजस्तै थिए ।
|
|||
|
\v 15 उहाँका पाउहरू टल्काइएका काँसाजस्तै, भट्टीमा खारिएको काँसाजस्तै थिए र उहाँको सोर उर्लंदो पानीको आवाजजस्तै थियो ।
|
|||
|
\v 16 उहाँको दाहिने हातमा सातवटा तारा थिए, अनि उहाँको मुखबाट एउटा दुई-धारे धारिलो तरवार निस्किरहेको थियो । उहाँको अनुहार पूरा शक्तिले चम्किरहेको सुर्यझैं थियो ।
|
|||
|
\v 17 जब मैले उहाँलाई देखें, म मरेतुल्य मानिसजस्तै भएर उहाँको पाउँमा परें । उहाँले आफ्नो दाहिने हात ममाथि राख्नुभयो र भन्नुभयो, “नडराऊ ।” पहिलो र अन्तिम म नै हुँ र
|
|||
|
\v 18 जीवितचाहिं म नै हुँ । म मरेको थिएँ, तर हेर, म सदाका निम्ति जीवित छु! अनि मृत्यु र पातालका साँचाहरू मसित छन् ।
|
|||
|
\v 19 त्यसकारण जे अहिले छ, र यसपछि जे हुन आउनेछ तिमीले जे देखेका छौ, सो लेख ।
|
|||
|
\v 20 मेरो दाहिने हाततिर तिमीले देखेका सातवटा ताराहरू र सातवटा सामदानको बारेमा लुकेको रहस्य: सातवटा तारा सातवटा मण्डलीका दूतहरू र सातवटा सामदान सातवटा मण्डलीहरू हुन् ।”
|
|||
|
\c 2
|
|||
|
\cl अध्याय २
|
|||
|
\p
|
|||
|
\v 1 एफिससको मण्डलीका दूतलाई लेखः ‘आफ्नो दाहिने हातमा सातवटा ताराहरू लिनुहुने र जो सातवटा सुनका सामदानहरूका माझमा हिंड्नुहुनेका वचनहरू यिनै हुन्,
|
|||
|
\v 2 "तिमीले गरेका काम, तिम्रो कडा परिश्रम र तिम्रो धैर्य सहनशीलता र तिमीले दुष्ट मानिसहरूलाई सहन सक्दैनौ भन्ने मलाई थाहा छ तर आफैंलाई प्रेरितहरू भनी दाबी गर्नेहरू तर वास्तवमा ती होइनन् भनी तिमीले जाँचिसकेका छौ, र तिमीले तिनीहरूलाई झूटा भेट्टाएका छौ ।
|
|||
|
\v 3 तिमीले धैर्यतापूर्वक सहिरहेका छौ, अनि मेरो नाउँको खातिर तिमीले धेरै दुःख भोगिरहेका छौ र तिमी थकित भएका छैनौ ।
|
|||
|
\v 4 तर तिम्रो विरुद्धमा मसँग वास्तविक कुरा छ कि तिमीले आफ्नो पहिलो प्रेमलाई त्यागेका छौ ।
|
|||
|
\v 5 यसकारण तिमी कहाँबाट पतन भयौ सो याद गर । पश्चात्ताप गर र तिमीले पहिले गरेका कामहरू गर । तिमीले पश्चात्ताप गरेनौ भने म तिमीकहाँ आउनेछु र म तिम्रो सामदानलाई त्यसको ठाउँबाट हटाइदिनेछु ।
|
|||
|
\v 6 तर तिमीमा यो कुरा त छ । निकोलाइटसहरूले गरेका कामलाई तिमीले घृणा गरेका छौ, जसलाई म पनि घृणा गर्छु ।
|
|||
|
\v 7 जसको कान छ त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भनिरहनुभएको छ । जसले जित्छ, त्यसलाई म परमेश्वरको स्वर्गलोकमा भएको जीवनको रुखबाट खाना दिनेछु ।”'
|
|||
|
\p
|
|||
|
\v 8 स्मुर्नाको मण्डलीका दूतलाई लेखः ‘जो सुरु र अन्त्य हुनुहुन्छ, उहाँका वचनहरू यिनै हुन्, जो मर्नुभएको थियो र जो फेरि जीवित हुनुभयो:
|
|||
|
\v 9 "तिम्रा कष्टहरू र तिम्रो गरिबी मलाई थाहा छ, तर तिमी धनी छौ । तिनीहरूको निन्दा मलाई थाहा छ जसले आफैलाई यहूदी हुँ भन्छन्, तर तिनीहरू होइनन् । तिनीहरू त शैतानका सभाघर हुन् ।
|
|||
|
\v 10 तिमीले भोग्नै लागेको कष्टको बारेमा नडराऊ । हेर! शैतानले तिमीहरूमध्ये केहीलाई जाँच्नको लागि झ्यालखानामा हाल्न आँटेको छ र दस दिनका निम्ति तिमीले कष्ट भोग्नेछौ । मृत्युसम्मै विश्वासयोग्य होऊ र म तिमीलाई जीवनको मुकुट दिनेछु ।
|
|||
|
\v 11 जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दैहुनुहुन्छ । जसले विजय प्राप्त गर्छ, त्यसलाई दोस्रो मृत्युद्वारा केही हानि हुनेछैन।”'
|
|||
|
\p
|
|||
|
\v 12 पर्गाममको मण्डलीका दूतलाई लेखः ‘दुईधारे तरवार साथमा हुनेका वचनहरू यिनै हुन्,
|
|||
|
\v 13 "मलाई थाहा छ तिमी कहाँ बस्छौ, त्यहीं जहाँ शैतानको सिंहासन छ । तरै पनि तिमीले मेरो नाउँलाई दह्रो गरी पक्रिराखेका छौ । मलाई थाहा छ कि शैतान बस्ने ठाउँमा तिमीहरुकै माझमा मारिएका मेरा विश्वासयोग्य साक्षी एन्टिपासको समयमा पनि तिमीले ममाथि भएको आफ्नो विश्वासलाई इन्कार गरेनौ ।
|
|||
|
\v 14 तर तिम्रो विरुद्धमा मसित केही कुराहरु छन्ः तिमीहरूमध्ये कोही-कोहीले बालामको शिक्षालाई दह्रो गरी पक्रेका छन् जसले बालाकलाई इस्राएलका छोराहरूको अघि ठेस लाग्ने ढुङ्गा फ्याँक्न सिकाए ताकि तिनीहरूले मूर्तिलाई बलिदान गरेको खानेकुरा खाऊन् र अनैतिक यौनमा लागून्।
|
|||
|
\v 15 त्यसैगरी, तिमीहरूमध्ये कोही-कोहीले निकोलाइटसका शिक्षालाई दह्रो गरी पक्रेका पनि छन् ।
|
|||
|
\v 16 त्यसैकारण पश्चात्ताप गर! यदि पश्चात्ताप गरेनौ भने, म तिमीकहाँ चाँडै आउनेछु र तिनीहरूको विरुद्धमा मेरो मुखको तरवारले युद्ध गर्नेछु ।
|
|||
|
\v 17 जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दैहुनुहुन्छ । जसले जित्छ, त्यसलाई म लुकाइएको केही मन्न दिनेछु, र पत्थरमा एउटा नयाँ नाउँ लेखिएको सेतो पत्थर म त्यसलाई दिनेछु, तर त्यो नाउँ पाउनेले बाहेक अरू कसैले पनि जान्दैन ।”'
|
|||
|
\p
|
|||
|
\v 18 थिआटीराको मण्डलीका दूतलाई लेखः ‘आँखा आगोको ज्वालाजस्ता र पाउ भट्टीमा टल्कने काँसाजस्ता भएका परमेश्वरका पुत्रका वचनहरू यिनै हुन् ।
|
|||
|
\v 19 "तिम्रो प्रेम र विश्वास र सेवा र तिम्रो धैर्यवान् सहनशिलता र तिमीले गरेका कामहरू मलाई थाहा छ । तिमीले अहिले जे गरेका छौ, त्यो पहिले गरेका कामहरूभन्दा बढी महत्त्वका छन् ।
|
|||
|
\v 20 तर मसँग तिम्रो विरुद्धमा यो कुरा छः आफैंलाई अगमवादिनी भन्ने स्त्री ईजेबेललाई तिमीले सहेका छौ । त्यसले आफ्ना शिक्षाद्वारा मेरा सेवकहरूलाई अनैतिक यौन गर्न र मूर्तिहरूलाई चढाएका खानेकुरा खान लगाउँछे ।
|
|||
|
\v 21 मैले त्यसलाई पश्चात्ताप गर्ने समय दिएँ, तर त्यसले आफ्नो अनैतिकताको पश्चात्ताप गर्न इन्कार गरी ।
|
|||
|
\v 22 हेर! म त्यसलाई रोगी-ओछ्यानमा फालिदिनेछु, र त्यससँग व्यभिचार गर्नेहरूलाई त्यसले गरेको कामको निम्ति पश्चात्ताप नगरेसम्म ठुलो कष्टमा पार्नेछु ।
|
|||
|
\v 23 म त्यसका छोराछोरीहरूलाई रुढीले मारिदिनेछु, अनि म नै हुँ जसले विचार र हृदयहरूको खोजी गर्दछु भनी सबै मण्डलीले जान्नेछन् । म तिमीहरू प्रत्येकलाई तिमीहरूका कामहरूका अनुसार प्रतिफल दिनेछु ।
|
|||
|
\v 24 तर तिमीहरू थिआटीरामा बाँकी रहेकाहरू हरेक जसले यस शिक्षालाई पक्रदैन, र कतिपयले शैतानका गहिरा कुराहरू भनी भनेका कुराहरू जान्दैन—तिमीहरूलाई म भन्छु, 'तिमीहरूमाथि अरू कुनै भार राख्दिनँ ।'
|
|||
|
\v 25 जस्तोसुकै समयमा पनि म नआउन्जेलसम्म तिमीहरूले यसलाई दरिलोसँग पक्री राख ।
|
|||
|
\v 26 जसले जित्छ र अन्त्यसम्म मैले गरेका काम जसले गर्छ, त्यसलाई म जाति-जातिहरूमाथि अधिकार दिनेछु ।
|
|||
|
\v 27 'कुमालेका माटाका भाँडाहरूलाई त्यसले टुक्रा-टुक्रा पारेजस्तै त्यसले फलामको छडीले तिनीहरूमाथि शासन गर्नेछ ।'
|
|||
|
\v 28 मैले मेरा पिताबाट प्राप्त गरेजस्तै त्यसलाई म बिहानको तारा दिनेछु ।
|
|||
|
\v 29 जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दैहुनुहुन्छ ।”'
|
|||
|
\c 3
|
|||
|
\cl अध्याय ३
|
|||
|
\p
|
|||
|
\v 1 सार्डिसको मण्डलीमा भएका दूतलाई लेखः ‘परमेश्वरका सात आत्मा र सात तारा समात्नु हुनेका वचनहरू यिनै हुन् । "तिमीले गरेका कामहरू मलाई थाहा छ । तिमी जीवित छौ भन्ने नाम त छ, तर तिमी मरेका छौ ।
|
|||
|
\v 2 उठ र मर्नै लागेका बाँकी रहेका कुराहरूलाई बलियो बनाऊ, किनभने मैले मेरा परमेश्वरको दृष्टिमा तिम्रा कामहरू पूरा भएको भेट्टाएको छैनँ ।
|
|||
|
\v 3 त्यसकारण, जुन कुरा तिमीले प्राप्त गर्यौ र सुन्यौ, सो सम्झ । यसलाई पालन गर अनि पश्चात्ताप गर । तर यदि तिमी जागा रहेनौ भने, म चोरजस्तै आउनेछु र कुन बेला तिम्रो विरुद्धमा आउनेछु भनी तिमीले थाहा पाउनेछैनौ ।
|
|||
|
\v 4 तर सार्डिसका मानिसहरूमा केही नाउँहरू छन्, जसले आफ्नो वस्त्र फोहोर पारेका छैनन्, र तिनीहरू सेतो वस्त्रमा मसँग हिंड्नेछन्, किनकि तिनीहरू योग्यका छन् ।
|
|||
|
\v 5 जसले जित्छ, त्यसलाई सेतो वस्त्र पहिराइनेछ, र जीवनको पुस्तकबाट म त्यसको नाउँ कहिल्यै मेटिदिनेछैनँ, अनि म मेरा पिता र उहाँका स्वर्गदूतहरूका सामुन्ने त्यसको नाउँ स्वीकार गर्नेछु ।
|
|||
|
\v 6 जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीहरूलाई के भन्दैहुनुहुन्छ ।'"
|
|||
|
\p
|
|||
|
\v 7 फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेखः ‘जो पवित्र र सत्य हुनुहुन्छ, यी वचनहरू उहाँका हुन्—उहाँले दाऊदको साँचोलाई पक्रनुभएको छ, उहाँले खोल्नुहुन्छ र कसैले पनि बन्द गर्दैन, उहाँले बन्द गर्नुहुन्छ र कसैले पनि खोल्न सक्दैन ।
|
|||
|
\v 8 "तिमीले गरेका काम मलाई थाहा छ । हेर, तिम्रो अघि मैले खुला ढोका राखिदिएको छु जसलाई कसैले पनि बन्द गर्न सक्दैन । मलाई थाहा छ, कि तिमीसँग थोरै शक्ति छ, तापनि तिमीले मेरा वचन पालन गरेका छौ र मेरो नाउँलाई इन्कार गरेका छैनौ ।
|
|||
|
\v 9 हेर, तिनीहरू जो शैतानको सभाघरकाहरू हुन्, जसले आफैंलाई यहूदीहरू हुँ भनी भन्छन् तर होइनन्, बरु तिनीहरू झुट बोल्नेहरू हुन्—म तिनीहरूलाई तिम्रो पाउको अघि निहुरेर दण्डवत् गर्न लगाउनेछु, अनि मैले तिमीलाई प्रेम गरेको कुरा तिनीहरूले जान्नेछन् ।
|
|||
|
\p
|
|||
|
\v 10 तिमीले मेरो वचन धैर्यसाथ पालन गरेका हुनाले पृथ्वीमा बास गर्नेहरुको जाँच्नको लागि सारा संसारमा आइपर्ने जाँचको घडीबाट म तिमीलाई जोगाउनेछु ।
|
|||
|
\v 11 म चाँडै आउँदैछु । तिमीसँग जे छ त्यसलाई बलियो गरी पक्रिराख ताकि तिम्रो मुकुटलाई कसैले लिएर जान नसकोस् ।
|
|||
|
\v 12 जसले जित्छ त्यसलाई म मेरा परमेश्वरको मन्दिरमा एउटा खाँबो बनाउनेछु । त्यो यसबाट कहिल्यै बाहिर जानेछैन, र त्यसमा मेरा परमेश्वरको नाउँ, मेरा परमेश्वरको सहरको नाउँ (नयाँ यरूशलेम, जुन मेरा परमेश्वरबाट स्वर्गदेखि तल ओर्लेर आउँछ), अनि मेरो नयाँ नाउँ म लेखिदिनेछु ।
|
|||
|
\v 13 जसको कान छ त्यसले सुनोस्, आत्माले मण्डलीहरुलाई के भन्दैहुनुहुन्छ।'"
|
|||
|
\p
|
|||
|
\v 14 लाउडिकियामा भएको मण्डलीका दूतलाई लेखः ‘आमेन, विश्वासयोग्य र साँचो साक्षी, परमेश्वरका सृष्टिको शासकका वचनहरू यिनै हुन्।
|
|||
|
\v 15 "मलाई तिम्रा कामहरू थाहा छ, कि तिमी न चिसो न तातो छौ । तिमी कि त चिसो वा तातो भए त हुनेथियो!
|
|||
|
\v 16 किनभने तिमी मनतातो छौ— न तातो न चिसो छौ—त्यसैकारण, म तिमीलाई मेरो मुखबाट उकेलिदिन आँटेको छु ।
|
|||
|
\v 17 किनकि तिमी भन्छौ, ‘म धनी छु र मसित धेरै भौतिक सम्पत्तिहरू छन् र मलाई कुनै थोकको आवश्यक छैन ।’ तर तिमी दुःखित, दयनीय, गरिब, अन्धा र नाङ्गै छौ भनी तिमीलाई थाहै छैन ।
|
|||
|
\v 18 मेरो सल्लाहलाई ध्यान देऊः आगोद्वारा शुद्ध पारिएको सुन मबाट किन ताकि तिमी धनी हुन सक, र चम्किलो सेतो वस्त्र किन ताकि तिमीले आफैलाई ढाक्न सक र तिम्रो नाङ्गोपनको लाज नदेखियोस्, र तिम्रो आँखालाई अभिषेक गर्न मलहम किन ताकि तिमीले देख्न सक ।
|
|||
|
\v 19 मैले प्रेम गर्ने हरेकलाई म तालिम दिन्छु, र तिनीहरू कसरी जिउनुपर्छ सो म तिनीहरूलाई सिकाउँछु । त्यसैकारण, इमान्दार होऊ र पश्चात्ताप गर ।
|
|||
|
\v 20 हेर, म ढोकामा उभिएको छु र ढकढक्याइरहेको छु । यदि कसैले मेरो स्वर सुनेर ढोका खोल्छ भने, म त्यसको घरभित्र आउनेछु र त्यससँग खानेछु अनि त्यसले मसँग खानेछ ।
|
|||
|
\v 21 जसले जित्छ, त्यसलाई मेरो सिंहासनमा मसँग बस्नलाई अधिकार दिनेछु, जसरी मैले पनि जितें र मेरा पितासँग उहाँको सिंहासनमा बसें ।
|
|||
|
\v 22 जसको कान छ त्यसले सुनोस्, आत्माले मण्डलीहरुलाई के भन्दैहुनुहुन्छ ।'"
|
|||
|
\c 4
|
|||
|
\cl अध्याय ४
|
|||
|
\p
|
|||
|
\v 1 यी कुराहरूपछि मैले हेरें र स्वर्गमा एउटा ढोका उघ्रिएको मैले देखें । मैले सुनेको तुरहीको जस्तो पहिलो आवाजले यसो भन्दै मसँग बोलिरहेको थियो, “यहाँ माथि आऊ, र यी कुराहरूपछि के हुनुपर्छ म तिमीलाई देखाउनेछु ।”
|
|||
|
\v 2 एकै छिनमा म आत्मामा थिएँ, र स्वर्गमा एउटा सिंहासन भएको मैले देखें, जसमाथि कोही बसिरहनुभएको थियो ।
|
|||
|
\v 3 त्यसमाथि बस्नुहुने स्फटिक र लालमणिजस्तै देखिनुहुन्थ्यो । सिंहासनको वरिपरि इन्द्रेणी थियो । त्यो इन्द्रेणी पन्नाजस्तो देखिन्थ्यो ।
|
|||
|
\v 4 त्यस सिंहासनको वरिपरि चौबिसवटा सिंहासन थिए, र चौबिस जना एल्डर सेतो वस्त्र पहिरिएर र आफ्ना शिरमा सुनका मुकुटहरू लगाएर बसेका थिए ।
|
|||
|
\v 5 सिंहासनबाट बिजुलीको चमक, गर्जनहरू र गड्याङगुडुङका आवाजहरू आए । सिंहासनको अगाडि सातवटा बत्ती बलिरहेका थिए । ती बत्तीहरूचाहिं परमेश्वरका सात आत्मा थिए ।
|
|||
|
\v 6 सिंहासनको अघि स्फटिकजस्तै देखिने काँचको समुद्र थियो । सिंहासनको बीचमा र सिंहासनवरिपरि, अगाडि र पछाडि आँखैआँखाले भरिएका चार जीवित प्राणी थिए ।
|
|||
|
\v 7 पहिलो जीवित प्राणी सिंहजस्तो थियो, दोस्रो जीवित प्राणी बाछोजस्तो थियो, तेस्रो जीवित प्राणीको अनुहार मानिसको जस्तो थियो र चौथो जीवित प्राणी उडिरहेको चिलजस्तो थियो ।
|
|||
|
\v 8 चारै जीवित प्राणीमध्ये प्रत्येकका ६-६ वटा पखेटा थिए, तल र माथि आँखैआँखाले भरिएका थिए । रातदिन तिनीहरूले “पवित्र, पवित्र, पवित्र, सर्वशक्तिमान् परमप्रभु परमेश्वर जो हुनुहुन्थ्यो, र हुनुहुन्छ, र हुन आउनुहुनेछ” भनी रहन्थे ।
|
|||
|
\p
|
|||
|
\v 9 जब ती जीवित प्राणीहरूले सिंहासनमाथि विराजमान हुनुहुने र सदासर्वदा जीवित रहनुहुनेलाई महिमा, आदर र धन्यवाद दिन्छन्,
|
|||
|
\v 10 चौबिस जना एल्डरले निहुरेर सिंहासनमा विराजमान हुनुहुनेका अगाडि दण्डवत् गर्छन् र सदासर्वदा जीवित हुनुहुनेलाई आराधना गर्छन् । तिनीहरूले सिंहासनको अगाडि यसो भन्दै आ-आफ्ना मुकुट राखे,
|
|||
|
\v 11 “हाम्रा परमप्रभु र हाम्रा परमेश्वर, तपाईं महिमा, आदर र शक्ति ग्रहण गर्न योग्यका हुनुहुन्छ, किनकि तपाईंले सबै थोक सृष्टि गर्नुभयो, र तपाईंकै इच्छाद्वारा तिनीहरू अस्तित्वमा आए र सृष्टि भए ।”
|
|||
|
\c 5
|
|||
|
\cl अध्याय ५
|
|||
|
\p
|
|||
|
\v 1 तब सिंहासनमा विराजमान हुनुहुनेको दाहिने हाततिर सातवटा मोहोर लगाएर यसलाई बन्द गरिएको अगाडि र पछाडि लेखिएको एउटा चर्मपत्रको मुट्ठो मैले देखें ।
|
|||
|
\v 2 “यस मुट्ठोलाई खोल्न र यसका मोहोरहरूलाई तोड्न को योग्यको छ?” भनी एक जना शक्तिशाली स्वर्गदूतले चर्को सोरमा घोषणा गरेको मैले देखें ।
|
|||
|
\v 3 स्वर्गमा वा यस पृथ्वीमा वा यस पृथ्वीमुनि भएका कसैले पनि यस मुट्ठोलाई खोल्न वा यसलाई पढ्न सकेन ।
|
|||
|
\v 4 म दुःखित भएर रोएँ, किनभने यस मुट्ठोलाई खोल्न र पढ्न योग्यको कोही पनि भेट्टाइएन ।
|
|||
|
\v 5 तर ती एल्डरहरूमध्येका एक जनाले मलाई भने, “नरोऊ । हेर! यहूदाको कुलको सिंह, दाऊदको मूलले विजय प्राप्त गर्नुभएको छ । त्यो मुट्ठो र त्यसका सातवटा मोहोर खोल्न उहाँ योग्यका हुनुहुन्छ ।”
|
|||
|
\v 6 मैले सिंहासन र चारवटा जीवित प्राणी र एल्डरहरूका बीचमा मारिएको जस्तो देखिनुहुने एउटा थुमालाई उभिरहेको देखें । उहाँका सातवटा सिङ र सातवटा आँखा थिए । ती सारा पृथ्वीभरि पठाइएका परमेश्वरका सात आत्मा हुन् ।
|
|||
|
\v 7 उहाँ जानुभयो र सिंहासनमा बसिरहनुहुनेको दाहिने हातबाट त्यस मुट्ठोलाई समात्नुभयो ।
|
|||
|
\v 8 जब उहाँले त्यो मुट्ठोलाई लिनुभयो, ती चारवटा जीवित प्राणी र चौबिस जना एल्डर थुमाको अगाडि घोप्टो परे । तिनीहरू प्रत्येकसँग वीणा र धूपले भरिएका सुनका धुपौराहरू थियो, जुन परमेश्वरका पवित्र जनहरूका प्रार्थना हुन् ।
|
|||
|
\v 9 तिनीहरूले एउटा नयाँ गीत गाएः “तपाईं त्यो मुट्ठोलाई लिन र त्यसका मोहोरहरूलाई खोल्न योग्यका हुनुहुन्छ । किनकि तपाईं मारिनुभयो, र तपाईंको रगतले हरेक कुल, भाषा, मानिस र जातिलाई तपाईंले परमेश्वरका निम्ति किन्नुभयो ।
|
|||
|
\q1
|
|||
|
\v 10 हाम्रा परमेश्वरको सेवा गर्न तपाईंले तिनीहरूलाई राज्य र पूजाहारीहरू बनाउनुभयो, र तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन् ।”
|
|||
|
\p
|
|||
|
\v 11 तब मैले हेरें र सिंहासन, जीवित प्राणीहरू र एल्डरहरूका वरिपरि धेरै स्वर्गदूतका आवाजलाई सुनें । तिनीहरूको पूरा सङ्ख्या दसौं हजार र हजारौं हजार थियो ।
|
|||
|
\v 12 तिनीहरूले चर्को सोरमा भने, “शक्ति, धन, बुद्धि, बल, आदर, महिमा र प्रशंसा प्राप्त गर्न मारिनुभएका थुमा योग्यका हुनुहुन्छ ।”
|
|||
|
\p
|
|||
|
\v 13 स्वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि र समुद्रमुनि सृष्टि गरिएका हरेक थोकले यसो भन्दै गरेको मैले सुनें, “ सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई प्रशंसा, आदर, महिमा र प्रभुत्व सदासर्वदा होस् ।”
|
|||
|
\p
|
|||
|
\v 14 ती चारैवटा जीवित प्राणीले भने, “आमेन ।” र एल्डरहरू घोप्टो परेर आराधना गरे । \f + \ft केही महत्वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा पाउँछौं, \fqa चौबिस एल्डर घोप्टो परेर सदासर्वदा रहिरहनुहुनेलाई आराधना गरे \fqa* । \f*
|
|||
|
\c 6
|
|||
|
\cl अध्याय ६
|
|||
|
\p
|
|||
|
\v 1 जब थुमाले सातवटा मोहोरमध्ये एउटालाई खोल्नुभएको मैले देखें, अनि ती चार जीवित प्राणीमध्ये एक जनाले मेघ गर्जन जस्तो आवाजले यसो भनेको मैले सुनें, "आऊ!"
|
|||
|
\v 2 मैले हेरें र त्यहाँ एउटा सेतो घोडा थियो । त्यस घोडसवारले एउटा धनु समातेका थिए र तिनलाई एउटा मुकुट दिइयो । अनि तिनी विजयी जस्तैगरी जित्नलाई निस्के ।
|
|||
|
\v 3 जब थुमाले दोस्रो मोहोरलाई खोल्नुभयो, तब मैले त्यो दोस्रो जीवित प्राणीले “आऊ” भनेको सुनें ।
|
|||
|
\v 4 तब अर्को अग्निमय रातो घोडा निस्केर आयो । त्यस घोडसवारलाई पृथ्वीबाट शान्ति लिएर जानलाई अनुमति दिइएको थियो ताकि ती मानिसहरूले एक-अर्कालाई मारून् । यी घोडसवारलाई एउटा ठुलो तरवार दिइएको थियो ।
|
|||
|
\v 5 जब थुमाले तेस्रो मोहोरलाई खोल्नुभयो, तब तेस्रो जीवित प्राणीले “आऊ” भनेको मैले सुनें । मैले एउटा कालो घोडालाई देखें, र त्यसका घोडसवारले तिनको हातमा एकजोर तराजुलाई समातेका थिए ।
|
|||
|
\v 6 मैले चार जीवित प्राणीका बीचमा एउटा आवाज जस्तो देखिनेले भनेको कुरा सुनें, “एक दिनको ज्यालामा एक किलो गहूँ र एक दिनको ज्यालामा तिन किलो जौ । तर तेल र दाखमद्यलाई नष्ट नगर्नू ।”
|
|||
|
\v 7 जब थुमाले चौथो मोहोरलाई खोल्नुभयो, तब मैले चौथो जीवित प्राणीले “आऊ” भनेको सोरलाई सुनें ।
|
|||
|
\v 8 तब मैले पहेंलो घोडालाई देखें । त्यसको घोडसवारको नाउँ मृत्यु थियो, र पातालले त्यसलाई पछ्याइरहेको थियो । तिनीहरूलाई पृथ्वीको एक-चौथाइ भागमाथि तरवारले, अनिकाल र रोगहरूले, र पृथ्वीका जङ्गली जनावरले मार्न अधिकार दिइएको थियो ।
|
|||
|
\p
|
|||
|
\v 9 जब थुमाले पाँचौं मोहोरलाई खोल्नुभयो, तब वेदीको मुनि परमेश्वरको वचन र तिनीहरूको गवाहीका खातिर मारिएका प्राणहरूलाई मैले देखें ।
|
|||
|
\v 10 तिनीहरूले चर्को सोरमा कराए, “सबैमाथिका शासक, पवित्र र साँचो, कहिलेसम्म तपाईंले पृथ्वीमा बाँचिरहेकाहरूको न्याय गर्नुहुन्न र हाम्रो रगतको बदला लिनुहुन्न?”
|
|||
|
\v 11 तब तिनीहरू प्रत्येकलाई एउटा सेतो वस्त्र दिइयो, अनि तिनीहरूका सहकर्मी सेवकहरू र तिनीहरूका भाइहरू तिनीहरूजस्तै जो मारिएर सङ्ख्यामा पूर्ण नभएसम्म तिनीहरूलाई केही बेर पर्खनू भनियो ।
|
|||
|
\p
|
|||
|
\v 12 जब थुमाले छैटौं मोहोरलाई खोल्नुभयो, तब त्यहाँ एउटा ठुलो भूकम्प गएको मैले देखें । सूर्य भाङग्राको कपडाजस्तै कालो र चन्द्रमा पूरा रगतजस्तै बन्यो ।
|
|||
|
\v 13 अञ्जीरको रुखलाई आँधीबेहरीले हल्लाउँदा नपाकेका फलहरू झरेजस्तै स्वर्गमा भएका ताराहरू पृथ्वीमा खसे ।
|
|||
|
\v 14 आकाश बेरिएको चर्मपत्रको मुट्ठोजस्तै लोप भयो । हरेक पहाड र टापु त्यसको ठाउँबाट हटाइए ।
|
|||
|
\v 15 तब पृथ्वीका राजाहरू र महत्त्वपूर्ण मानिसहरू अनि जनसाधारणहरू, धनी, शक्तिशाली, अनि दास र स्वतन्त्र हरेक व्यक्ति गुफाहरूमा र पहाडका चट्टानहरूका बीचमा लुके ।
|
|||
|
\v 16 तिनीहरूले पर्वत र चट्टानहरूलाई भने, “हामीमा खस! सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट र थुमाको क्रोधबाट हामीलाई लुकाऊ ।
|
|||
|
\v 17 किनकि तिनीहरूको क्रोधको महान् दिन आएको छ । त्यहाँ को उभिन सक्छ र?”
|
|||
|
\c 7
|
|||
|
\cl अध्याय ७
|
|||
|
\p
|
|||
|
\v 1 त्यसपछि पृथ्वीका चारै कुनामा चार जना स्वर्गदूत उभिइरहेका मैले देखें जसले पृथ्वीको चारैतिर भएका बतासलाई बलियोसँग पक्रिरहेका थिए, कि पृथ्वी, समुद्र वा रुखको विरुद्धमा कुनै पनि बतास नचलोस् ।
|
|||
|
\v 2 जीवित परमेश्वरको मोहोर लिएर अर्को स्वर्गदूत पूर्वबाट माथि आउँदै गरेको मैले देखें, जसले पृथ्वी र समुद्रलाई हानि गर्ने अनुमति पाएका चार स्वर्गदूतलाई ठुलो सोरले चिच्च्याउँदै यसो भने,
|
|||
|
\v 3 “हाम्रा परमेश्वरका सेवकहरूका निधारमा हामीले मोहोर नलगाउञ्जेलसम्म पृथ्वी, समुद्र वा रुखहरूलाई हानि नगर ।”
|
|||
|
\v 4 मैले मोहोर लगाइएका १, ४४, ००० सङ्ख्या सुनें, जो इस्राएलका मानिसको हरेक कुलबाट मोहोर लगाइएका थिएः
|
|||
|
\v 5 यहूदाको कुलबाट बाह्र हजारलाई, रूबेनको कुलबट बाह्र हजारलाई, गादको कुलबाट बाह्र हजारलाई,
|
|||
|
\v 6 आशेरको कुलबाट बाह्र हजारलाई, नप्तालीको कुलबाट बाह्र हजारलाई र मनश्शेको कुलबाट बाह्र हजारलाई,
|
|||
|
\v 7 शिमियोनको कुलबाट बाह्र हजारलाई, लेवीको कुलबाट बाह्र हजारलाई, इस्साखारको कुलबाट बाह्र हजारलाई,
|
|||
|
\v 8 जबूलूनको कुलबाट बाह्र हजारलाई, योसेफको कुलबाट बाह्र हजारलाई र बेन्यामीनको कुलबाट बाह्र हजारलाई मोहोर लगाइएको थियो ।
|
|||
|
\p
|
|||
|
\v 9 यी कुराहरूपछि मैले हेरें, र हरेक जाति, कुल, मानिस र भाषा बोल्नेबाट कसैले पनि गन्न नसक्ने एउटा ठुलो भीड सिंहासन अगाडि र थुमाका सामु उभिरहेका थिए । तिनीहरूले सेतो पोशाक लगाउँदै, आ-आफ्ना हातमा खजुरका हाँगा लिंदै,
|
|||
|
\v 10 र ठुलो सोरले कराउँदै भने, “ सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्वर र थुमामा मुक्ति छ ।”
|
|||
|
\v 11 अनि सबै स्वर्गदूत सिंहासन, एल्डरहरू र चार जीवित प्राणीका वरिपरि उभिरहेका थिए र तिनीहरू सिंहासनको अघि घोप्टो परे । तिनीहरूले यसो भन्दै परमेश्वरको आराधना गरे,
|
|||
|
\v 12 “आमेन! हाम्रा परमेश्वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, आदर, शक्ति र सामर्थ्य सदासर्वदा होस्! आमेन!”
|
|||
|
\p
|
|||
|
\v 13 त्यसपछि एल्डरहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता वस्त्रहरू पहिरनेहरू को हुन्, र तिनीहरू कहाँबाट आएका हुन्?”
|
|||
|
\v 14 अनि मैले उहाँलाई भनें, “हजुर, तपाईंलाई थाहा छ,” र उहाँले मलाई भन्नुभयो, “यिनीहरू नै हुन् जो महासङ्कष्टबाट आएका हुन् । तिनीहरूले आफ्ना वस्त्रहरू थुमाका रगतमा धोएर सेता बनाएका छन् ।
|
|||
|
\v 15 यसैकारणले गर्दा, तिनीहरू परमेश्वरको सिंहासनको अगाडि छन्, अनि उहाँको मन्दिरमा तिनीहरूले दिनरात उहाँको आराधना गर्छन् । सिंहासनमा विराजमान हुनुहुनेले तिनीहरूमाथि आफ्नो पाल फैलाउनुहुनेछ ।
|
|||
|
\v 16 तिनीहरू फेरि भोकउनेछैनन्, न त तिनीहरू फेरि तिर्खाउनेछन् । सूर्यको ताप तिनीहरूमाथि पर्नेछैन, न त कुनै तापले तिनीहरूलाई जलाउनेछ ।
|
|||
|
\v 17 किनकि सिंहासनका माझमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ, अनि उहाँले तिनीहरूलाई जिउँदो पानीको मुहानतिर डोर्याउनुहुनेछ, र परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ ।”
|
|||
|
\c 8
|
|||
|
\cl अध्याय ८
|
|||
|
\p
|
|||
|
\v 1 जब थुमाले सातौं मोहोर खोल्नुभयो, स्वर्गमा लगभग आधा घण्टा जति सन्नाटा छायो ।
|
|||
|
\v 2 त्यसपछि मैले परमेश्वरको अगाडि उभिरहेका सात जना स्वर्गदूतलाई देखें, र तिनीहरूलाई सातवटा तुरही दिइयो ।
|
|||
|
\v 3 अर्को स्वर्गदूत आए र सुनको धुपौरो लिएर धूप वेदीको छेउमा उभिए । सिंहासन अगाडि सबै परमेश्वरका पवित्र जनहरूका प्रार्थनासँगै सुनौलो धूप वेदीमा चढाउनका लागि तिनलाई धेरै धूप दिइयो ।
|
|||
|
\v 4 परमेश्वरका पवित्र जनहरूका प्रार्थनासँगै धूपको धुवाँ स्वर्गदूतको हातबाट परमेश्वरको अगाडि पुग्यो ।
|
|||
|
\v 5 स्वर्गदूतले धुपौरो लिए र वेदीबाट त्यसमा आगो भरे । त्यसपछि तिनले त्यसलाई पृथ्वीमा फ्याँकिदिए, अनि चट्याङ, गडगडाहट, बिजुलीका चमकहरू उत्पन्न भए र भूकम्प गयो ।
|
|||
|
\p
|
|||
|
\v 6 तब सातवटा तुरही भएका सात स्वर्गदूतहरू ती फुक्नलाई तयार भए ।
|
|||
|
\v 7 पहिलो स्वर्गदूतले आफ्नो तुरही फुके र त्यहाँ असिना र रगत मिसिएको आगो आयो । यसलाई तल पृथ्वीमा फालियो । यसले पृथ्वीको एक-तिहाइ भागलाई डढायो; एक-तिहाइ रुखहरूलाई डढायो र सबै हरिया घाँसलाई पनि डढायो । \f + \ft केही महत्वपूर्ण र प्राचीन ग्रीक प्रतिलिपिहरूमा यसलाई छोडिएको छ, \fqa त्यसैले यसको एक-तिहाइ डढेको थियो \fqa* । \f*
|
|||
|
\v 8 दोस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, अनि आगोले जलिरहेको एउटा ठुलो पहाडजस्तो केही समुद्रमा फालियो । समुद्रको एक-तिहाइ भाग रगत बन्यो,
|
|||
|
\v 9 समुद्रमा भएका जीवित प्राणीहरूमध्ये एक-तिहाइ भाग मरे, र जहाजहरूका एक-तिहाइ भाग नष्ट भए ।
|
|||
|
\v 10 तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुके, अनि आकाशबाट बलिरहेको राँकोजस्तो एउटा ठुलो तारा नदीहरूका एक-तिहाइ भाग र पानीको मुहानमा खस्यो ।
|
|||
|
\v 11 त्यो ताराको नाउँ “ऐरेलु” हो । एक-तिहाइ भागको पानी ऐरेलु भयो, र त्यो तितो भएको पानीबाट धेरै मानिस मरे ।
|
|||
|
\v 12 चौथो स्वर्गदूतले आफ्नो तुरही फुके, र सूर्यको एक-तिहाइ भाग साथसाथै चन्द्रमाको एक-तिहाइ र ताराहरूको एक-तिहाइ भागमा प्रहार गरियो । तिनीहरूको एक-तिहाइ भाग अन्धकारमा परिणत भयो; अनि दिनको एक-तिहाइ र रातको एक-तिहाइ भागमा ज्योति भएन ।
|
|||
|
\p
|
|||
|
\v 13 अनि मैले हेरें, र आकाशको बीचमा उडिरहेको एउटा गरुड \f + \ft केही प्रतिलिपिहरूमा \fqa गरुड \fqa* को सट्टामा \fqa स्वर्गदूत \fqa* शब्द पाउँछौं। \f* ठुलो सोरमा कराइरहेको सुनें, “ तीन स्वर्गदूतले फुक्नै आँटेका बाँकी रहेका तुरहीको आवाजको कारण पृथ्वीमा बस्नेहरूलाई धिक्कार, धिक्कार, धिक्कार ।”
|
|||
|
\c 9
|
|||
|
\cl अध्याय ९
|
|||
|
\p
|
|||
|
\v 1 त्यसपछि पाँचौ स्वर्गदूतले आफ्नो तुरही फुके । मैले स्वर्गबाट पृथ्वीमा एउटा तारा खसेको देखें । त्यो तारालाई अतल कुण्डको सुरुङको साँचो दिइयो ।
|
|||
|
\v 2 त्यसले अतल कुण्डको सुरुङको साँचो खोल्यो, अनि त्यस सुरुङबाट धूँवा, ठूलो भट्टीबाट आएको धूँवाजस्तो माथि गयो । त्यस सुरुङबाटको धूँवाले सूर्य र वायुलाई अँध्यारो बनाइदियो ।
|
|||
|
\v 3 धूवाँबाट पृथ्वीमा सलहहरू निस्केर आए, अनि पृथ्वीमा बिच्छीहरूको जस्तो शक्ति तिनीहरूलाई दिइयो ।
|
|||
|
\v 4 पृथ्वीमा भएका घाँस वा कुनै पनि हरियो बोट बिरुवा वा रुखलाई हानि नगर्नू भनी तिनीहरूलाई भनियो, तर निधारमा परमेश्वरको मोहर नभएका मानिसहरूलाई मात्र हानि गर्नू भनियो ।
|
|||
|
\v 5 तिनीहरूलाई ती मानिसहरूलाई मार्नलाई होइन तर पाँच महिना मात्र यातना दिन अनुमति दिइएको थियो । अनि तिनीहरूको पीडा एक जना व्यक्तिलाई बिच्छीले डसेको जस्तो हुनेछ ।
|
|||
|
\v 6 ती दिनहरूमा मानिसहरूले मृत्यु खोज्नेछन्, तर यसलाई भेट्टाउनेछैनन् । तिनीहरूले मर्न ठुलो इच्छा गर्नेछन्, तर मृत्यु तिनीहरूबाट भाग्नेछ ।
|
|||
|
\v 7 सलहहरू लडाइँका निम्ति तयार गरिएका घोडाहरूजस्ता देखिन्थे । तिनीहरूका शिरमा सुनको मुकुट जस्ता र तिनीहरूका अनुहार मानवको अनुहारहरूजस्ता देखिन्थे ।
|
|||
|
\v 8 तिनीहरूका कपाल स्त्रीहरूका कपालजस्तै र तिनीहरूका दाँत सिंहका दाँतजस्ता थिए ।
|
|||
|
\v 9 तिनीहरूका छाती-पाता, फलामका छाती-पाताजस्तै अनि तिनीहरूका पखेटाहरूको आवाज युद्धमा दगुर्ने धेरै रथ र घोडाहरूका जस्तै थिए ।
|
|||
|
\v 10 तिनीहरूका बिच्छीका जस्तै खिल भएका पुच्छर थिए, र तिनीहरूका पुच्छरमा पाँच महिनासम्म मानिसहरूलाई हानि गर्ने शक्ति थियो ।
|
|||
|
\v 11 गहिरो अतल कुण्डका स्वर्गदूत तिनीहरूका राजाजस्तै थिए । हिब्रू भाषामा त्यसको नाउँ एबाड्डोन थियो र ग्रीक भाषामा त्यसको नाउँ अपोल्लियोन थियो ।
|
|||
|
\p
|
|||
|
\v 12 पहिलो विपत्ति बितिहाल्यो । हेर! यसपछि दुईवटा विपत्ति आउन बाँकी नै छन् ।
|
|||
|
\p
|
|||
|
\v 13 छैटौं स्वर्गदूतले आफ्नो तुरही फुके, र मैले परमेश्वरको अगाडि भएको सुनको वेदीका सिङहरूबाट एउटा आवाज आइरहेको सुनें,
|
|||
|
\v 14 जसले तुरही बोक्ने छैठौं स्वर्गदूतलाई भनिरहेको थियो, “ठुलो नदी यूफ्रेटिसमा बाँधिराखेका चार जना स्वर्गदूतलाई छोडिदेऊ ।”
|
|||
|
\v 15 मानव-जातिको एक-तिहाइ भागलाई मार्न त्यस घडी, त्यस दिन, त्यस महिना, त्यस वर्षका निम्ति तयार पारिराखेका चार स्वर्गदूत छाडिए ।
|
|||
|
\v 16 घोडामा सवार भएका सिपाहीहरूको सङ्ख्या २०, ००, ००, ००० थियो । मैले तिनीहरूको सङ्ख्या सुनें ।
|
|||
|
\v 17 यसरी मैले दर्शनमा घोडाहरू र ती घोडाहरूमाथि सवार हुनेहरूलाई देखेंः तिनीहरूका छाती-पाता आगोजस्तै रातो, गाढा निलो र गन्धकजस्तो पहेंलो थियो । घोडाहरूका टाउका सिंहहरूका टाउकाजस्तै थिए, अनि तिनीहरूका मुखबाट आगो, धूवाँ र गन्धक निस्के ।
|
|||
|
\v 18 तिनीहरूका मुखबाट निस्केका आगो, धूवाँ र गन्धकको यी तीन विपत्तिहरूद्वारा मानिसको एक-तिहाइ भाग मारियो ।
|
|||
|
\v 19 किनकि घोडाहरूको शक्ति तिनीहरूका मुखमा र तिनीहरूका पुच्छरमा थियो, किनकि तिनीहरूका पुच्छरहरू टाउको भएका सर्पहरू जस्तै थियो जसद्वारा तिनीहरूले मानिसहरूलाई चोट पुर्याएका थिए ।
|
|||
|
\v 20 बाँकी रहेका मानव-जाति जो यी विपत्तिहरूद्वारा मारिएका थिएनन्, तिनीहरूले आफूले गरेका कामहरूबाट पश्चात्ताप गरेनन् न त तिनीहरूले भूतात्माहरू र सुन, चाँदी, काँसा, ढुङ्गा र काठहरूका मूर्तिहरू पूज्न छोडे जसले देख्न, सुन्न वा हिँड्न सक्दैनन्
|
|||
|
\v 21 न त तिनीहरूले आफूले गरेका हत्या, जादुगरी, अनैतिक यौन वा चोरीजस्ता कामदेखि पश्चात्ताप गरे ।
|
|||
|
\c 10
|
|||
|
\cl अध्याय १०
|
|||
|
\p
|
|||
|
\v 1 त्यसपछि मैले स्वर्गबाट अर्को शक्तिशाली स्वर्गदूत आइरहेको देखें । तिनलाई बादलले घेरेको थियो, र तिनको शिरमाथि इन्द्रेणी थियो । तिनको अनुहार सूर्यजस्तै अनि तिनका खुट्टा आगोका खाँबाहरूजस्तै थिए ।
|
|||
|
\v 2 तिनको हातमा खोलिएको एउटा सानो चर्मपत्रको मुट्ठो थियो, र तिनले आफ्नो दाहिने खुट्टा समुद्रमा र आफ्नो देब्रे खुट्टा पृथ्वीमा राखेका थिए ।
|
|||
|
\v 3 त्यसपछि तिनी सिंह गर्जेजस्तै ठुलो सोरमा कराए । जब तिनी कराए, तब सातवटा गर्जनले आफ्नो आवाज निकाले ।
|
|||
|
\v 4 जब ती सातवटा गर्जनले आवाज निकाले, तब मैले लेख्नै लागेको थिएँ । तर मैले स्वर्गबाट यसो भनेको आवाज सुनें, “ ती सातवटा गर्जनले भनेका कुरा गुप्त राख । यसलाई नलेख ।”
|
|||
|
\v 5 तब मैले स्वर्गतिर आफ्नो दाहिने हात उचालेर समुद्र र पृथ्वीमा उभिरहेको स्वर्गदूतलाई देखें ।
|
|||
|
\v 6 त्यसपछि सदासर्वदा जीवित रहनुहुने, जसले स्वर्ग र त्यसमा भएका सबै थोक, पृथ्वी र त्यसमा भएका सबै थोक, समुद्र र त्यसमा भएका थोक सृष्टि गर्नुहुनेको नाउँमा शपथ खाएर स्वर्गदूतले भने, “अब त्यहाँ ढिलो हुनेछैन ।
|
|||
|
\v 7 तर त्यस दिन सातौं स्वर्गदूतले आफ्नो तुरही फुक्नै लाग्दा परमेश्वरले आफ्ना सेवक अगमवक्ताहरूलाई सुसमाचार घोषणा गर्नुभएजस्तै परमेश्वरको त्यो रहस्य पूरा गर्नुहुनेछ ।”
|
|||
|
\p
|
|||
|
\v 8 तब स्वर्गबाट मैले सुनेको आवाजले फेरि मलाई भन्यो, “जाऊ, समुद्र र जमिनमा उभिरहेका स्वर्गदूतको हातमा भएको खुल्ला चर्मपत्रको मुट्ठो लेऊ ।”
|
|||
|
\v 9 जब म स्वर्गदूतकहाँ गएँ र त्यो सानो चर्मपत्रको मुट्ठो मागे, तब तिनले मलाई भने, “चर्मपत्रको मुट्ठो लेऊ र खाऊ । यसले तिम्रो पेटलाई तितो बनाउनेछ, तर तिम्रो मुखमा यो महजस्तै गुलियो हुनेछ ।”
|
|||
|
\v 10 मैले स्वर्गदूतको हातबाट त्यो सानो चर्मपत्रको मुट्ठो लिएँ र त्यसलाई खाएँ । मेरो मुखमा त्यो महजस्तै गुलियो भयो, तर मैले यसलाई खाइसकेपछि मेरो पेट तितो भयो ।
|
|||
|
\v 11 अनि मलाई कसैले भन्यो, “धेरै मनिसहरू, जातिहरू, भाषाहरू र राजाहरूको बारेमा तिमीले फेरि अगमवाणी गर्नुपर्छ ।”
|
|||
|
\c 11
|
|||
|
\cl अध्याय ११
|
|||
|
\p
|
|||
|
\v 1 मलाई नाप्ने निगालोको एउटा टाँगो दिइयो ।मलाई भनियो, “उठ र परमेश्वरको मन्दिर र वेदी, र जसले त्यसमा आराधना गर्छन् तिनीहरूको नाप लेऊ ।
|
|||
|
\v 2 तर मन्दिरदेखि बाहिर चोकको भागलाई ननाप, किनकि त्यो गैरयहूदीहरूलाई दिइएको छ । तिनीहरूले बयालिस महिनासम्म पवित्र सहरलाई कुल्चनेछन् ।
|
|||
|
\v 3 मेरा दुई साक्षीलाई म १, २६० दिनका निम्ति भाङ्ग्राको लुगा लगाएर अगमवाणी गर्न अधिकार दिनेछु ।”
|
|||
|
\v 4 यी साक्षीहरू दुईवटा जैतुनका रुखहरू र दुईवटा सामदानहरू हुन्, जो पृथ्वीमा प्रभुको अगि उभिएका छन् ।
|
|||
|
\v 5 यदि कसैले तिनीहरूलाई हानि गर्न चाहन्छ भने, तिनीहरूका मुखबाट आगो निस्कन्छ र तिनीहरूका शत्रुहरूलाई नाश पार्नेछ । कसैले तिनीहरूलाई हानि गर्न चाहन्छ भने, त्यसलाई यसरी नै मारिनुपर्छ ।
|
|||
|
\v 6 यी साक्षीहरूसँग अगमवाणी गरेको समयमा पानी नपरोस् भनी आकाश बन्द गर्ने अधिकार छ। तिनीहरूसित पानीलाई रगतमा परिवर्तन गर्न सक्ने र पृथ्वीलाई विभिन्न प्रकारका विपत्तिहरूबाट तिनीहरूलाई इच्छा लागेको बेलामा प्रहार गर्ने शक्ति छ ।
|
|||
|
\v 7 जब तिनीहरूले आफ्ना गवाही सिद्ध्याउनेछन्, तब अतल कुण्डबाट निस्केर आउने पशुले तिनीहरूको विरुद्धमा युद्ध गर्नेछ । त्यसले तिनीहरूलाई जित्नेछ र तिनीहरूलाई मार्नेछ ।
|
|||
|
\v 8 तिनीहरूका मृत शरीरहरू ठुलो सहरको बाहिर गल्लीतिर पस्रिरहनेछन् (जसलाई साङ्केतिक रूपमा सदोम र मिश्र भनिन्छ) जहाँ तिनीहरूका प्रभु क्रूसमा टाँगिनुभएको थियो ।
|
|||
|
\v 9 किनकि साँढे तीन दिनसम्म हरेक मानिस, कुल, भाषा र जातिले तिनीहरूका मृत शरीरलाई हेर्नेछन् । तिनीहरूले तिनीहरूलाई चिहानमा गाड्न अनुमति दिनेछैनन् ।
|
|||
|
\v 10 पृथ्वीमा जिउनेहरू तिनीहरूको मृत्युमा आनन्दित हुनेछन् र उत्सव मनाउनेछन् । तिनीहरूले एक-अर्कालाई उपहारहरू पनि पठाउनेछन् किनभने ती दुई अगमवक्ताले पृथ्वीमा जिउनेहरूलाई सताएका थिए ।
|
|||
|
\v 11 तर साँढे तीन दिनपछि परमेश्वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्नेछ र तिनीहरू आफ्ना खुट्टामा उभिनेछन् । तिनीहरूलाई देख्नेहरू ठुलो डरले भरिनेछन् ।
|
|||
|
\v 12 तब तिनीहरूलाई स्वर्गबाट एउटा ठुलो आवाजले “यतामाथि आओ” भनेको तिनीहरूले सुन्नेछन् । अनि तिनीहरूका शत्रुहरूले हेर्दाहेर्दै तिनीहरू बादलमाथि स्वर्गसम्मै जानेछन् ।
|
|||
|
\v 13 त्यसै घडीमा त्यहाँ ठुलो भूकम्प जानेछ, र सहरको दसौं भाग पूर्ण रूपमा विनाश हुनेछ । त्यस भूकम्पमा सात हजार मानिस मारिनेछन् र बाँचेकाहरू डराउनेछन् र स्वर्गका परमेश्वरलाई महिमा दिनेछन् ।
|
|||
|
\p
|
|||
|
\v 14 दोस्रो विपत्ति बितिगयो । हेर! तेस्रो विपत्ति चाँडै आउँदैछ ।
|
|||
|
\p
|
|||
|
\v 15 तब सातौं स्वर्गदूतले आफ्नो तुरही फुके, र स्वर्गमा ठुलो स्वरमा यसो भनियो, “संसारको राज्य हाम्रा प्रभु र उहाँका ख्रीष्टको राज्य भएको छ, र उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ ।”
|
|||
|
\v 16 त्यसपछि चौबिस जना धर्म-गुरु जो आफ्नो सिंहासनमा परमेश्वरको उपस्थितिमा बसिरहेका थिए, तिनीहरू घोप्टो परे र परमेश्वरको आराधना गरे ।
|
|||
|
\v 17 तिनीहरूले भने, “सर्वशक्तिमान् परमप्रभु परमेश्वर हामी तपाईंलाई धन्यवाद दिन्छौं, जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो, किनभने तपाईंले महान् शक्ति लिनुभएको छ र राज्य गर्न थाल्नुभएको छ । \f + \ft प्राचीन ग्रीक लेखका उत्कृष्ट प्रतिलिपिमा निम्न वाक्यांश पाउँछौं \fqa जो हुनुहुन्थ्यो र जो हुनुहुन्छ \fqa* तर पछिल्ला ग्रीक प्रतिलिपिहरूले निम्न वाक्यांश थपेका छन्ः \fqa जो हुनु आउनुहुनेछ \fqa* । \f*
|
|||
|
\q1
|
|||
|
\v 18 जातिहरू क्रोधित भएका थिए, तर तपाईंको क्रोध आएको छ । मृतकहरूको न्याय गर्ने, र तपाईंका दास अगमवक्ताहरू र परमेश्वरका पवित्र जनहरू र तपाईंको नाउँमा डराउनेहरू, महत्त्वहीन र शक्तिशाली दुवैलाई तपाईंले इनाम दिने समय आएको छ । पृथ्वीलाई नाश गरिरहेकाहरूलाई तपाईंले नाश गर्ने समय आएको छ ।”
|
|||
|
\p
|
|||
|
\v 19 तब स्वर्गमा परमेश्वरको मन्दिर खोलियो र मन्दिरभित्रै उहाँको करारको सन्दुक देखियो । त्यहाँ ज्योतिका चमकहरू, गर्जनहरू, चट्याङका आवाजहरू, भूकम्प र ठुला-ठुला असिना थिए ।
|
|||
|
\c 12
|
|||
|
\cl अध्याय १२
|
|||
|
\p
|
|||
|
\v 1 स्वर्गमा एउटा ठुलो चिन्ह देखियोः सूर्य पहिरेकी, चन्द्रमालाई आफ्नो पैतलामुनि कुल्चेकी र बाह्रवटा ताराहरुको मुकुट पहिरेकी एउटा स्त्री थिई ।
|
|||
|
\v 2 त्यो गर्भवती थिई, र बालक जन्माउने प्रसव-वेदनाको पिडामा चिच्च्याइरहेकी थिई ।
|
|||
|
\v 3 त्यसपछि स्वर्गमा अर्को चिन्ह देखियोः हेर! त्यहाँ सातवटा टाउका र दसवटा सिङ र त्यसको टाउकोमा सातवटा मुकुट लगाएको एउटा ठुलो रातो अजिङ्गर थियो ।
|
|||
|
\v 4 त्यसको पुच्छरले स्वर्गमा भएको एक-तिहाइ ताराहरूलाई सोहोरेर तिनीहरूलाई पृथ्वीमा खसाल्यो । बालक जन्माउन लागेकी त्यस स्त्रीको अघि त्यो डरलाग्दो अजिङ्गर उभियो ताकि त्यसले त्यसको बालक जन्मिने बित्तिकै निल्न सकोस् ।
|
|||
|
\v 5 त्यसले एउटा पुत्रलाई जन्माई, जसले फलामको राजदण्डले सबै जातिमाथि शासन गर्नेछ। त्यसको बालकलाई खोसेर परमेश्वर र उहाँको सिंहासनतिर लगियो ।
|
|||
|
\v 6 अनि त्यो स्त्री उजाड-स्थानतिर भागी, जहाँ परमेश्वरले त्यसको निम्ति ठाउँ तयार पार्नुभएको थियो, ताकि १२६० दिनसम्म त्यसलाई हेरचाह गर्न सकियोस् ।
|
|||
|
\p
|
|||
|
\v 7 अब स्वर्गमा युद्ध भयो । मिखाएल र तिनका दूतहरूले त्यस अजिङ्गरको विरुद्धमा लडाइँ गरे, अनि अजिङ्गर र त्यसका दूतहरूले पनि जवाफी लडाइँ गरे ।
|
|||
|
\v 8 तर जित्नका निम्ति त्यो अजिङ्गर पर्याप्त बलियो थिएन । त्यसकारण स्वर्गमा त्यसको र त्यसका दूतहरूका निम्ति कुनै ठाउँ थिएन ।
|
|||
|
\v 9 त्यो ठुलो अजिङ्गर अर्थात् प्राचीन सर्प जसलाई दुष्ट वा शैतान भनिन्थ्यो, जसले सारा संसारलाई छल गर्छ, त्यसलाई तल पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरूलाई पनि त्यससँगै तल फ्याँकियो ।
|
|||
|
\v 10 तब मैले स्वर्गमा एउटा ठुलो आवाज सुनेंः “अब मुक्ति र शक्ति र हाम्रा परमेश्वरको राज्य, र उहाँको ख्रीष्टको अधिकार आएका छन् । किनकि हाम्रा भाइहरूलाई दोष लगाउने तल फ्याँकिएको छ, जसले तिनीहरूलाई दिनरात हाम्रा परमेश्वरको सामु दोष लगाउँथ्यो ।
|
|||
|
\q1
|
|||
|
\v 11 तिनीहरूले त्यसलाई थुमाको रगतद्वारा र तिनीहरुको साक्षीको वचनद्वारा जिते, किनकि तिनीहरूले मृत्युसम्मै पनि आफ्नो जीवनलाई प्रेम गरेनन् ।
|
|||
|
\q1
|
|||
|
\v 12 त्यसकारण, हे स्वर्ग र त्यसमा रहनेहरू सबै रमाओ! तर पृथ्वी र समुद्रलाई धिक्कार, किनभने शैतान तिमीहरूकहाँ तल गएको छ! त्यो डरलाग्दो रिसले भरिएको छ र त्योसँग थोरै मात्र समय छ भनेर त्यसलाई थाहा छ!
|
|||
|
\p
|
|||
|
\v 13 आफू तल पृथ्वीमा फ्याँकिएको कुरा जब अजिङ्गरले महसुस गर्यो, तब त्यसले पुत्र जन्माउने स्त्रीलाई खोजी गर्यो ।
|
|||
|
\v 14 तर त्यस स्त्रीलाई ठुलो चीलका दुइवटा पखेटा दिइयो ताकि त्यसको लागि तयार पारेको ठाउँ उजाड-स्थानमा त्यो उडेर जान सकोस् । यो त्यही ठाउँ थियो जहाँ त्यसलाई त्यस सर्पको उपस्थितिबाट टाढा, एक समय, समयहरू र आधा समयका निम्ति वास्ता गर्न सकिन्थ्यो ।
|
|||
|
\v 15 त्यस स्त्रीलाई बगाएर टाढा लैजाओस् भनेर त्यस सर्पले आफ्नो मुखबाट बाढी जस्तैगरी पानीको नदी निकाल्यो ।
|
|||
|
\v 16 तर पृथ्वीले स्त्रीलाई सहायता गर्यो । पृथ्वीले आफ्नो मुख उघार्यो र अजिङ्गरले आफ्नो मुखबाट निकालेको नदी निलिदियो।
|
|||
|
\v 17 त्यसपछि त्यो अजिङ्गर स्त्रीप्रति क्रोधित भयो अनि परमेश्वरको आज्ञा पालन गर्ने र येशूको बारेमा गवाही दिने त्यसका बाँकी रहेका सन्तानहरूसँग युद्ध गर्न गयो ।
|
|||
|
\v 18 तब त्यो अजिङ्गर समुद्र किनारको बालुवामाथि उभियो ।
|
|||
|
\c 13
|
|||
|
\cl अध्याय १३
|
|||
|
\p
|
|||
|
\v 1 त्यसपछि मैले समुद्रबाट एउटा पशु आइरहेको देखें । त्यसको दसवटा सिङ र सातवटा टाउका थिए । त्यसका सिङहरूमाथि दसवटा मुकुट थिए, र प्रत्येक टाउकामाथि ईश्वर-निन्दाका नाउँहरू थिए ।
|
|||
|
\v 2 मैले देखेको त्यो पशु चितुवाजस्तै थियो । त्यसका खुट्टाहरू भालुका खुट्टा जस्ता थिए, र त्यसको मुख सिंहको मुख जस्तो थियो ।त्यसलाई शासन गर्नलाई अगिङ्गरले आफ्नो शक्ति, आफ्नो सिंहासन र आफ्नो ठुलो अधिकार दिएको थियो ।
|
|||
|
\v 3 पशुका टाउकाहरूमध्ये एउटामा घातक चोट लागेको छ, तर त्यो घातक चोट निको भइसकेको थियो । तिनीहरूले त्यस पशुलाई पछ्याउँदा सारा पृथ्वी अच्चमित भयो ।
|
|||
|
\v 4 तिनीहरूले अजिङ्गरको पनि पूजा गरे, किनकि त्यसले आफ्नो अधिकार त्यस पशुलाई दिएको थियो । “यो पशुजस्तो अरू को छ र?” र “यसको विरुद्धमा कसले लडाइँ गर्न सक्छ र?” भन्दै तिनीहरूले त्यस पशुलाई पनि पूजा गरे ।
|
|||
|
\v 5 त्यस पशुलाई घमण्डका वचनहरू र ईश्वर-निन्दा गर्ने वचनहरू बोल्न मुख दिइएको थियो। त्यसलाई बयालिस महिनाको निम्ति अधिकार गर्न अनुमति दिइएको थियो ।
|
|||
|
\v 6 त्यसैले परमेश्वरको विरुद्ध ईश्वर-निन्दा गर्न, उहाँको नाउँ, उहाँको वासस्थान र स्वर्गमा बस्नेहरूका विरुद्धमा निन्दा गर्न त्यस पशुले आफ्नो मुख खोल्यो ।
|
|||
|
\v 7 परमेश्वरका पवित्र जनहरूसंग युद्ध गर्न र तिनीहरूलाई जित्न त्यो पशुलाई अनुमति दिइएको थियो । अनि हरेक कुल, मानिस, भाषा, र जातिमाथि पनि अधिकार दिइएको थियो ।
|
|||
|
\v 8 पृथ्वीमा बस्ने सबै मानिसले त्यो पशुको पूजा गर्नेछन्, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाको जीवनको पुस्तकमा लेखिएका थिएनन् ।
|
|||
|
\v 9 कसैको कान छ भने, त्यसले सुनोस् ।
|
|||
|
\v 10 कोही कैदमा लगिनुछ भने, त्यो कैदमा जानेछ । यदि कोही तरवारले मारिनुछ भने, त्यो तरवारले नै मारिनेछ । परमेश्वरका पवित्र जनहरूको धैर्य, सहनशिलता, र विश्वासका निम्ति यहाँ बोलावट छ ।
|
|||
|
\p
|
|||
|
\v 11 तब मैले पृथ्वीबाट अर्को पशु आइरहेको देखें । त्यसका थुमाका जस्ता दुईवटा सिङ थिए, र त्यसले अजिङ्गरले जस्तैगरी बोल्थ्यो ।
|
|||
|
\v 12 त्यसले पहिलो पशुको उपस्थितिमा त्यसका सबै अधिकारको अभ्यास गर्यो, अनि पृथ्वी र त्यहाँ बस्ने मानिसहरूलाई त्यसले पहिलो पशुलाई पूजा गर्न लगाउँथ्यो, जसको घातक घाउ निको भएको थियो ।
|
|||
|
\v 13 त्यसले शक्तिशाली आश्चर्यकर्म प्रदर्शन गर्यो। त्यसले मानिसहरूका अगाडि स्वर्गबाट पृथ्वीमा आगो झार्ने कामसमेत गर्यो ।
|
|||
|
\v 14 जुन चिन्हहरूद्वारा त्यसलाई पशुको तर्फ़बाट शक्ति दिइएको थियो, त्यसले त्यो पशुको निम्ति एउटा मूर्ति बनाउन लगाएर तिनीहरूलाई यसो भन्दै पृथ्वीमा बस्ने मानिसहरूलाई छल गर्यो — त्यस पशुलाई तरवारको चोट लागेको थियो, तरै पनि त्यो बाचेको थियो ।
|
|||
|
\v 15 त्यसलाई त्यो पशुको मूर्तिलाई जीवित पार्ने अनुमति दिइयो, जसले गर्दा त्यो मूर्तिले बोल्न सकोस् र त्यस पशुको मूर्तिलाई पूजा गर्न इन्कार गर्नेहरू सबै मारिन सकून् ।
|
|||
|
\v 16 त्यसले महत्त्वहीन र शक्तिशाली, धनी र गरिब, स्वतन्त्र र दास हरेकलाई दाहिने हात वा निधारमा चिन्ह लगाउन पनि दबाब दियो ।
|
|||
|
\v 17 त्यो पशुको चिन्ह नभएकाहरूका निम्ति किन्न वा बेच्न असम्भव हुन्थ्यो, त्यो चिन्हले त्यसको नाउँको सङ्ख्यालाई प्रतिनिधित्व गर्छ ।
|
|||
|
\v 18 यसले बुद्धिको आव्हान गर्छ । कसैसँग अन्तर्दृष्टि छ भने, त्यसले पशुको सङ्ख्या हिसाब गरोस् । किनकि त्यो सङ्ख्या मानव-जातिको हो । त्यसको सङ्ख्या ६६६ हो ।
|
|||
|
\c 14
|
|||
|
\cl अध्याय १४
|
|||
|
\p
|
|||
|
\v 1 मैले हेरें र सियोन पर्वतमा थुमा उभिरहनुभएको देखें । उहाँसँग १, ४४, ००० थिए, जोसँग उहाँको नाउँ र उहाँका पिताको नाउँ तिनीहरूका निधारमा लेखिएका थिए ।
|
|||
|
\v 2 मैले धेरै पानीको आवाजजस्तै र ठुलो गर्जनको आवाजजस्तो स्वर्गबाट आएको एउटा सोर सुनें । मैले सुनेको त्यो आवाज पनि वीणा बजाउनेहरूले आफ्ना वीणाहरू बजाइरहेका जस्तो थियो ।
|
|||
|
\v 3 सिंहासन र चार जीवित प्राणीहरू र धर्म-गुरुहरूका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाए । पृथ्वीबाट ल्याइएका १, ४४, ००० बाहेक अरू कसैले पनि त्यो गीत सिक्न सक्दैन थिए ।
|
|||
|
\v 4 यिनीहरू जसले आफैलाई स्त्रीहरूसित लसपस गरेका थिएनन्, किनकि तिनीहरूले यौनदेखि आफूलाई शुद्ध राखेका थिए । यी तिनीहरू हुन्, जो थुमा जहाँ-जहाँ जानुहुन्छ उहाँलाई त्यता-त्यता पछ्याउँछन् । परमेश्वर र थुमाका निम्ति यिनीहरू अगौटे फलको रूपमा मानव-जातिबाट उद्दार गरिएका थिए ।
|
|||
|
\v 5 तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू निर्दोष थिए ।
|
|||
|
\p
|
|||
|
\v 6 तब मैले अर्को स्वर्गदूतलाई आकाशको बीचमा उडिरहेको देखें; पृथ्वीमा बस्ने हरेक जाति, कुल, भाषा, र मानिसलाई घोषणा गर्न तिनीसँग अनन्त सुसमाचार थियो ।
|
|||
|
\v 7 तिनले चर्को सोरसँग कराएर भने, “परमेश्वरसँग डराओ र उहाँलाई महिमा देओ । किनकि उहाँको इन्साफको घडी आएको छ । उहाँलाई आराधना गर, जसले स्वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुभयो ।”
|
|||
|
\v 8 अर्को स्वर्गदूत—दोस्रो स्वर्गदूतले यसो भन्दै पछ्याए, “पतन, महान् बेबिलोनको पतन भएको छ, जसले आफ्नो कामवासनाको मद्य सबै जातिलाई पिउन लगाई ।”
|
|||
|
\v 9 अर्को स्वर्गदूत—तेस्रो स्वर्गदूतले चर्को सोरमा यसो भन्दै तिनीहरूलाई पछ्याए, “यदि कसैले त्यस पशु र त्यसको मूर्तिलाई पूजा गर्छ, र निधारमा वा त्यसको हातमा छाप लगाँउछ भने,
|
|||
|
\v 10 त्यसले पनि परमेश्वरको क्रोधबाट केही मद्य पिउनेछ, जुन मद्य उहाँको क्रोधको कचौरामा केही नमिसाइकन खन्याइएको छ । जुन मानिसले यो पिउँछ त्यसलाई परमेश्वरका पवित्र स्वर्गदूतहरू र थुमाको अगाडि आगो र गन्धकमा यातना दिइनेछ ।
|
|||
|
\v 11 तिनीहरूको वेदनाबाट धुवाँ सदासर्वदाका निम्त माथितिर जान्छ, दिन वा रातमा कहिल्यै विश्राम पाउनेछैनन्—तिनीहरुले जसले पशु र त्यसको मूर्ति पूज्नेहरू र सबै जसले त्यसको नाउँको छाप पाएका छन् ।
|
|||
|
\v 12 यसैमा परमेश्वरका पवित्र जनहरूलाई धीरजी सहनशीलताको लागि बोलावट छ, जसले परमेश्वरको आज्ञा पालन गर्छन् र येशूमा आफ्नो विश्वास राख्छन् ।”
|
|||
|
\v 13 मैले स्वर्गबाट यसो भनेको एउटा सोर सुनेँ, “यो लेखः धन्य हुन् मृतकहरू जो प्रभुमा मर्छन्।” “हो,” आत्मा भन्नुहुन्छ, “ताकि तिनीहरूले आफ्नो परिश्रमबाट विश्राम पाउन सकून्, किनकि तिनीहरूका कामहरूले तिनीहरूलाई पछ्याउनेछन् ।”
|
|||
|
\p
|
|||
|
\v 14 मैले हेरें र त्यहाँ एउटा सेतो बादल थियो । बादलमाथि बस्नुभएको एक जना, मानिसका पुत्रजस्तै थिए । उहाँको शिरमा एउटा सुनको मुकुट र उहाँको हातमा धारिलो हतियार थियो ।
|
|||
|
\v 15 त्यसपछि अर्को स्वर्गदूत मन्दिरबाट बाहिर आए र बादलमाथि बस्नुहुनेलाई चर्को सोरले बोलाएः “तपाईंको हतियार लिनुहोस् र कटनी गर्न सुरु गर्नुहोस् । किनभने कटनीको समय आएको छ, किनकि पृथ्वीको बाली पाकिसकेको छ ।”
|
|||
|
\v 16 तब बादलमाथि बस्नुहुनेले आफ्नो हतियार पृथ्वीमाथि चलाउनुभयो, र पृथ्वीको कटनी भयो ।
|
|||
|
\v 17 स्वर्गमा भएको मन्दिरबाट अर्को स्वर्गदूत बाहिर आए; तिनीसँग पनि एउटा धारिलो हतियार थियो ।
|
|||
|
\v 18 अझ अर्को स्वर्गदूत धूप वेदीबाट बाहिर आए, जोसँग आगोमाथि अधिकार थियो । धारिलो हतियार हुनेलाई, तिनले चर्को सोरले बोलाए, “तिम्रो धारिलो हतियार चलाऊ र पृथ्वीका अङ्गुरहरूको झुप्पालाई जम्मा गर, किनकि तिनीहरूका अङ्गुरहरू अब पाकिसकेका छन् ।”
|
|||
|
\v 19 ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमा चलाए र पृथ्वीका अङ्गुरको फसल कटनी गरे । तिनले त्यसलाई परमेश्वरको क्रोधको ठुलो कोलभित्र फालिदिए ।
|
|||
|
\v 20 सहर बाहिरबाट दाखको कोल भरियो र त्यसबाट घोडाको लगामको उच्चाइसम्म रगत पोखियो, ३०० किलोमिटरसम्म ।
|
|||
|
\c 15
|
|||
|
\cl अध्याय १५
|
|||
|
\p
|
|||
|
\v 1 तब मैले अर्को शक्तिशाली र आश्चर्यपूर्ण चिन्ह स्वर्गमा देखेंः त्यहाँ सात जना स्वर्गदूतहरूसंग सातवटा विपत्तिहरू थिए, जुनचाहिं अन्तिम विपत्तिहरू थिए, किनकि तिनीहरूसँगै परमेश्वरको क्रोध पूर्ण हुनेछ।
|
|||
|
\p
|
|||
|
\v 2 मैले आगोसँग मिसिएको काँचको समुद्रजस्तो केही देखें । त्यहाँ समुद्रको छेउमा पशु, त्यसको मूर्ति र त्यसको नाउँलाई प्रतिनिधित्व गर्ने सङ्ख्यामाथि विजय पाउनेहरू उभिरहेका थिए । परमेश्वरले दिनुभएको वीणा तिनीहरूले पक्रिरहेका थिए ।
|
|||
|
\v 3 तिनीहरूले परमेश्वरका सेवक मोशा र थुमाको गीत गाइरहेका थिएः “हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंका कामहरू महान् र आश्चर्यपूर्ण छन् । हे जातिहरूका राजा, तपाईंका मार्गहरू न्यायी र सत्य छन् ।
|
|||
|
\q1
|
|||
|
\v 4 हे प्रभु, तपाईंको भय कसले मान्दैन?, र तपाईंको नाउँको महिमा कसले गर्दैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ । सबै जातिहरू आउनेछन् र तपाईंको अगाडि आराधना गर्नेछन् किनभने तपाईंका धार्मिक कार्यहरू प्रकट गरिएका छन् ।"
|
|||
|
\p
|
|||
|
\v 5 यी कुराहरूपछि मैले हेरें, र स्वर्गमा गवाहीको पाल भएको मन्दिर उघारियो ।
|
|||
|
\v 6 महा-पवित्रस्थानबाट सातवटा विपत्तिहरू बोकिरहेका सात जना स्वर्गदूतहरू बाहिर आए । तिनीहरूले सुतीको शुद्ध, चम्किलो पोशाक लगाएका थिए र तिनीहरूका छाती वरिपरि सुनका फित्ताहरू थिए ।
|
|||
|
\v 7 चार जीवित प्राणीमध्ये एउटाले सदाकाल जिउनुहुने परमेश्वरको क्रोधले भरिएको सुनका सातवटा कचौराहरू ती सात जना स्वर्गदूतहरूलाई दिए ।
|
|||
|
\v 8 परमेश्वरको महिमाको र उहाँको शक्तिको धुवाँले मन्दिर भरिएको थियो । ती सात जना स्वर्गदूतहरूका सातवटा विपत्तिहरू पूरा नहुञ्जेलसम्म कोही पनि त्यसभित्र पस्न सकेनन् ।
|
|||
|
\c 16
|
|||
|
\cl अध्याय १६
|
|||
|
\p
|
|||
|
\v 1 मन्दिरदेखि आएको एउटा चर्को सोरले सात जना स्वर्गदूतहरूलाई यसो भनेर बोलाएको मैले सुनें, “जाओ र परमेश्वरको क्रोधका सातवटा कचौराहरू पृथ्वीमा खन्याओ ।”
|
|||
|
\v 2 पहिलो स्वर्गदूत गए र आफ्नो कचौरा पृथ्वीमा खन्याए; त्यस पशुको छाप हुने र त्यसको मूर्तिलाई पूजा गर्ने मानिसहरूलाई घिनलाग्दा र पीडादायी खटिराहरू आए ।
|
|||
|
\v 3 दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमा खनाए । त्यो मरेको मानिसको रगतजस्तो भयो, र समुद्रमा भएका हरेक जीवित प्राणीहरू मरे ।
|
|||
|
\v 4 तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी र पानीका मूलहरूभित्र खन्याए, र ती रगत भए ।
|
|||
|
\v 5 पानीको स्वर्गदूतले यसो भनेको मैले सुनें, “तपाईं धर्मी हुनुहुन्छ, जो हुनुहुन्छ, हुनुहुन्थ्यो, र पवित्र हुनुहुन्छ, किनभने तपाईंले यी कुराहरूको न्याय गर्नुभएको छ ।
|
|||
|
\v 6 किनभने तिनीहरूले परमेश्वरका पवित्र जनहरू र अगमवक्ताहरूका रगत बगाएका छन्, तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभएको छ; तिनीहरू यसैको योग्य छन् ।”
|
|||
|
\v 7 वेदीले जवाफ दिएको मैले सुनें, “हो, सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंका न्यायहरू सत्य र धार्मिक छन् ।”
|
|||
|
\v 8 चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमा खन्याए, र त्यसलाई मानिसहरूलाई आगोले डढाउने अनुमति दिइएको थियो ।
|
|||
|
\v 9 तिनीहरू प्रचण्ड तापद्वारा डढे, र तिनीहरूले यी विपत्तिहरूमाथि अधिकार भएका परमेश्वरको नाउँको निन्दा गरे । तिनीहरूले न पश्चात्ताप गरे न उहाँलाई महिमा नै दिए ।
|
|||
|
\p
|
|||
|
\v 10 अनि पाँचौं स्वर्गदूतले आफ्नो कचौरा त्यस पशुको सिंहासनमा खन्याए, र त्यसको राज्यलाई अन्धकारले ढाक्यो । तिनीहरूले पीडाको कारण आ-आफ्ना जिब्रा चपाए ।
|
|||
|
\v 11 तिनीहरूका पीडा र घाउहरूका कारण तिनीहरूले स्वर्गका परमेश्वरको नाउँको निन्दा गरे, र अझै पनि तिनीहरूले आफूले गरेका कामबाट पश्चात्ताप गर्न इन्कार गरे ।
|
|||
|
\v 12 छैटौं स्वर्गदूतले आफ्नो कचौरा महानदी यूफ्रेटिसमा खन्याए । पूर्वबाट आउनुहुने राजाहरूका निम्ति बाटो तयार गर्न त्यो नदीको पानी सुक्यो ।
|
|||
|
\v 13 मैले अजिङ्गर, पशु र झुटो अगमवक्ताका मुखहरूबाट भ्यागुताजस्ता देखिने तीनवटा अशुद्ध आत्मा बाहिर निस्किरहेको देखें ।
|
|||
|
\v 14 किनकि तिनीहरू दुष्टका आत्माहरू हुन् जसले आश्चर्यपूर्ण चिन्हको प्रदर्शन गर्दैछन् । तिनीहरू सर्वशक्तिमान् परमेश्वरको महान् दिनको युद्धका लागि तिनीहरूलाई सँगसँगै भेला गर्न सारा संसारका राजाहरूकहाँ गइरहेका थिए ।
|
|||
|
\v 15 (“हेर, म एउटा चोरजस्तै आउँदैछु! धन्य हो त्यो मानिस जो जागा रहन्छ, जसले आफ्ना वस्त्रहरू लगाइरहन्छ, ताकि त्यो नाङ्गै बाहिर जान नपरोस् र तिनीहरूले त्यसको लाजमर्दो अवस्था देख्न नपरोस् ।”)
|
|||
|
\v 16 तिनीहरूले तिनीहरूलाई एकै ठाउँमा ल्याए जसलाई हिब्रू भाषामा आर-मागेड्डोन भनिन्छ ।
|
|||
|
\p
|
|||
|
\v 17 तब सातौं स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए । त्यसपछि मन्दिर र सिंहासनबाट यसो भन्दै एउटा चर्को सोर आयो, “सिद्धिएको छ ।”
|
|||
|
\v 18 त्यहाँ बिजुलीका चमकहरू, गडगडाहटहरू, मेघ गर्जनका आवाजहरू र डरलाग्दो भूकम्प थिए—यो भूकम्प यति डरलाग्दो थियो कि पृथ्वीमा मानिसहरू सृष्टि भएदेखि यति ठुलो भूकम्प कहिल्यै गएको थिएन ।
|
|||
|
\v 19 त्यो ठुलो शहर तीन भागमा विभाजन भयो, र जातिहरूका सहरहरू नष्ट भए । अनि परमेश्वरले त्यो महान् बेबिलोन भनेर मनमा बोलाउनुभयो, र आफ्नो डरलाग्दो क्रोधबाट बनेको मद्यले भरिएको कचौरा उहाँले त्यस सहरलाई दिनुभयो ।
|
|||
|
\v 20 हरेक टापु हराएर गए, र पर्वतहरू फेरि भेट्टाइएनन् ।
|
|||
|
\v 21 आकाशबाट ३३ किलोग्राम जति वजनका असिनाहरू मानिसहरूमाथि बर्सिन लागे । असिनाको विपत्तिका कारण तिनीहरूले परमेश्वरलाई सरापे, किनभने त्यो विपत्ति अति नै डरलाग्दो थियो ।
|
|||
|
\c 17
|
|||
|
\cl अध्याय १७
|
|||
|
\p
|
|||
|
\v 1 सातवटा कचौरा लिएका सात जना स्वर्गदूतहरूमध्ये एक जनाले मकहाँ आएर भने, “आऊ, म तिमीलाई धेरै पानीमाथि बसेकी त्यस महावेश्याको निन्दा देखाउनेछु,
|
|||
|
\v 2 जोसँग पृथ्वीका राजाहरूले यौन अनैतिकता गरेका छन्, र पृथ्वीका बासिन्दाहरू त्यसको यौन अनैतिकताको मद्यले मातेका छन् ।”
|
|||
|
\p
|
|||
|
\v 3 त्यसपछि स्वर्गदूतले मलाई आत्मामा बोकेर उजाड-स्थानतिर लगे, र ईश्वर निन्दा गर्ने नाउँहरूले पूरै भरिएको रातो रङको पशुमाथि बसेकी एउटी स्त्रीलाई मैले देखें । त्यस पशुको सातवटा टाउका र दसवटा सिङ थिए ।
|
|||
|
\v 4 त्यस स्त्रीले बैजनी र रातो चहकिलो पोशाक लगाएकी र सुन, बहुमूल्य पत्थर र मोतीहरूले सिँगारिएकी थिई । घृणित थोकहरू र यौन अनैतिकताका अशुद्धताले भरिएको एउटा सुनको कचौरा त्यसले हातमा समातिरहेकी थिई ।
|
|||
|
\v 5 एउटा रहस्यको नाउँ त्यसको निधारमा लेखिएको थियोः “पृथ्वीमा भएका घृणित थोकहरू र वेश्याहरूकी आमा, महान् बेबिलोन ।”
|
|||
|
\v 6 मैले त्यस स्त्री परमेश्वरका पवित्र जनहरूको रगत र येशूको निम्ति सहिद भएकाहरूको रगत पिएर मातेकी देखें ।। जब मैले त्यसलाई देखें, तब म सार्है नै चकित भएँ ।
|
|||
|
\p
|
|||
|
\v 7 तर स्वर्गदूतले मलाई भने, “तिमी किन चकित हुन्छौं? म तिमीलाई त्यो स्त्री र त्यसलाई बोकिरहेको सातवटा टाउका र दसवटा सिङ भएको पशुको अर्थ बताउनेछु ।
|
|||
|
\v 8 तिमीले देखेको त्यो पशु अस्तित्वमा थियो, अहिले अस्तित्वमा छैन, र अगाध खाँदबाट माथि निस्कन लागेको छ । तब यो विनाशतिर जानेछ । पृथ्वीमा जिउनेहरू जसका नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्, तिनीहरू त्यो पशुलाई देखेर चकित पर्नेछन्, किनभने त्यो अस्तित्वमा थियो, अहिले अस्तित्वमा छैन, र आउनै लागेको छ ।
|
|||
|
\v 9 यसले बुद्धि भएको मनलाई आव्हान गर्छ । सातवटा टाउका सातवटा डाँडा हुन् जसमाथि त्यो स्त्री बसेकी छे ।
|
|||
|
\v 10 तिनीहरू सात राजाहरू पनि हुन् । पाँच जना राजा पतन भइसकेका छन्, एक जना अस्तित्वमा छ, र एक जना अहिलेसम्म आएको छैन र जब त्यो आउँछ, तब त्यो केही समयका लागि रहनुपर्छ ।
|
|||
|
\v 11 त्यो पशु जो एक समय अस्तित्वमा थियो, र अहिले छैन, तापनि त्यो आठौं राजा हो । र ती सात राजामध्ये त्यो एक हो, र त्यो नष्ट हुन गइरहेको छ ।
|
|||
|
\v 12 तिमीले देखेका दसवटा सिङ दस जना राजा हुन्, जसले अहिलेसम्म राज्य प्राप्त गरेका छैनन्, तर त्यो पशुसँगै तिनीहरूले एक घण्टाका निम्ति राजाको अधिकार प्राप्त गर्नेछन् ।
|
|||
|
\v 13 यिनीहरू एउटै विचारका छन्, र तिनीहरूले आफ्नो शक्ति र अधिकार त्यो पशुलाई दिन्छन् ।
|
|||
|
\v 14 तिनीहरूले थुमाको विरुद्धमा लडाइँ गर्नेछन् । तर थुमाले तिनीहरूलाई जित्नुहुनेछ, किनभने उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ, र उहाँसँग हुनेहरू बोलाइएका, चुनिएका र विश्वासयोग्यहरू हुन् ।”
|
|||
|
\v 15 ती स्वर्गदूतले मलाई भने, “तिमीले देखेको पानीमाथि जहाँ त्यो वेश्या बसेकी छे, त्यो मानिसहरू, भीड, जाति र भाषाहरू हुन् ।”
|
|||
|
\v 16 तिमीले देखेका दसवटा सिङ—तिनीहरू र त्यो पशुले त्यो वेश्यालाई घृणा गर्नेछन् । तिनीहरूले त्यसलाई उजाड र नाङ्गै पारेर त्यसको शरीरलाई खानेछन्, र त्यसलाई आगोले पूर्ण रूपमा डढाउनेछन् ।
|
|||
|
\v 17 किनकि परमेश्वरको वचन पूरा नहोउञ्जेलसम्म त्यो पशुलाई राज्य गर्नको निम्ति आफ्नो शक्ति दिन सहमत भएर उहाँको उद्देश्य पूरा गर्ने विचार परमेश्वरले तिनीहरूका हृदयमा हालिदिनुभयो ।
|
|||
|
\v 18 तिमीले देखेको त्यो स्त्री पृथ्वीका राजाहरूमाथि शासन गर्ने शक्ति भएकी महानगरी हो ।”
|
|||
|
\c 18
|
|||
|
\cl अध्याय १८
|
|||
|
\p
|
|||
|
\v 1 यी कुराहरूपछि मैले अर्को स्वर्गदूत स्वर्गबाट तल झरिरहेको देखें । तिनीसँग ठुलो अधिकार थियो, र तिनको महिमाद्वारा पृथ्वी प्रज्वोलित भएको थियो ।
|
|||
|
\v 2 तिनी शक्तिशाली चर्को सोरले यसो भन्दै कराए, “पतन, महान् बेबिलोनको पतन भएको छ! त्यो भूतात्माहरूका निम्ति एक वासस्थान, हरेक अशुद्ध आत्माका लागि जेल र हरेक अशुद्ध र घृणित चराको एक जेल भएकी छे ।
|
|||
|
\v 3 किनकि सबै जातिले त्यसको अनैतिक कामवासनाको मद्य पिएका छन् । पृथ्वीका राजाहरूले त्यससँग अनैतिक काम गरेका छन् । पृथ्वीका व्यापारीहरू त्यसको कामुक जीवन शैलीको शक्तिले धनी भएका छन्।”
|
|||
|
\p
|
|||
|
\v 4 त्यसपछि मैले स्वर्गबाट यसो भनेको अर्को आवाज सुनें, “मेरा मानिसहरू हो, त्यसबाट बाहिर आओ, ताकि तिमीहरू त्यसका पापहरूमा सहभागी बन्नु नपरोस्, र त्यसका कुनै पनि विपत्तिहरू तिमीहरूले भोग्नु नपरोस् ।
|
|||
|
\v 5 त्यसका पापहरू स्वर्गैसम्म अग्लो भएर थुप्रिएका छन्, र परमेश्वरले त्यसका दुष्ट कामहरूको सम्झना गर्नुभएको छ ।
|
|||
|
\p
|
|||
|
\v 6 जसरी त्यसले अरूलाई दिएकी थिई, त्यसरी नै त्यसलाई फर्काइदेओ र त्यसले जे गरेकी छे, त्यसको दोब्बर फिर्ता गरिदेओ । त्यसले कचौरामा जे मिसाएकी थिई, त्यसको दोब्बर हुने गरी त्यसलाई देओ ।
|
|||
|
\v 7 जसरी त्यसले आफैंलाई महिमित तुल्याई र सुखविलासमा जीवन बिताएकी थिई, त्यसरी नै त्यसलाई यातना र शोक देओ । किनकि त्यसले आफ्नो हृदयमा भनेकी छे, ‘म रानीजस्तै भएर बसेकी छु; म विधवा होइनँ, र मैले कहिल्यै शोक हेर्नुपर्नेछैनँ ।’
|
|||
|
\v 8 त्यसकारण, त्यसमाथि एकै दिनमा मृत्यु, शोक र अनिकालका विपत्तिहरू आइपर्नेछन् । त्यो आगोद्वारा भस्म पारिनेछे, किनकि परमप्रभु परमेश्वर शक्तिशाली हुनुहुन्छ, र उहाँ त्यसको न्यायकर्ता हुनुहुन्छ ।”
|
|||
|
\p
|
|||
|
\v 9 पृथ्वीका राजाहरू जसले त्यससँग यौन अनैतिकता गरेका थिए र त्यससँगै नियन्त्रणदेखि बाहिर गएका थिए, तिनीहरूले जब त्यो जलेको धुवाँ देख्छन्, त्यसको लागि तिनीहरू रुनेछन् र विलाप गर्नेछन्।
|
|||
|
\v 10 तिनीहरू त्यसको यातनाको डरले यसो भन्दै टाढै उभिनेछन्, “धिक्कार, धिक्कार त्यस महानगरीलाई, शक्तिशाली सहर बेबिलोन! किनकि एकै घडीमा तेरो दण्ड आएको छ ।”
|
|||
|
\v 11 पृथ्वीका व्यापारीहरूले त्यसको लागि रुने र विलाप गर्छन्, किनकि त्यस समयदेखि कसैले पनि त्यसका व्यापारिक सामान किन्दैनन्—
|
|||
|
\v 12 सुन, चाँदी, बहुमूल्य पत्थर, मोती, मिहिन सुती कपडा, बैजनी, रेसम, रातो रङ सबै किसिमका सुगन्धित काठ, हरेक प्रकारका हस्तिहाडका भाँडाहरू, हरेक बहुमूल्य काठबाट बनेको भाँडा, काँसा, फलाम, सिङ्गमरमर,
|
|||
|
\v 13 तेजपात, मसला, धूप, मूर्र, सुगन्धित धूप, दाखमद्य, तेल, मसिनो पिठो, गहुँ, गाईवस्तु र भेडा, घोडाहरू र रथहरू, र दासहरू र मानव प्राणहरू ।
|
|||
|
\v 14 तेरो सबै शक्तिले तैंले चाहेको फल तँबाट गइसकेको छ । तेरा सबै सुखविलास र वैभवहरू गुमेका छन्, ती फेरि कहिल्यै भेटिनेछैनन् ।
|
|||
|
\v 15 यी सामानका व्यापारीहरू जो त्यसद्वारा धनी भएका थिए, तिनीहरू त्यसको यातना, रुवाइ, र चर्को विलापको डरको कारण त्यसबाट टाढै उभिनेछन् ।
|
|||
|
\v 16 तिनीहरूले भन्नेछन्, “धिक्कार, महानगरीलाई धिक्कार, तँ जो मलमल, बैजनी र रातो रङको कपडा लगाएर सुन, बहुमूल्य गहनाहरू र मोतीहरूले सिँगारिएकी थिइस्!
|
|||
|
\v 17 एकै घडीमा सबै सम्पत्ति नष्ट भएका छन् ।” हरेक जहाजको कप्तान, हरेक यात्रा गर्ने मानिस, नाविकहरू र समुद्रबाट जीविकोपार्जन गर्नेहरू सबै टाढै उभिए ।
|
|||
|
\v 18 त्यो जलेको धूवाँ देखेर तिनीहरू कराए । तिनीहरूले भने, “कुन सहर यो महानगरी जस्तो छ र?”
|
|||
|
\v 19 तिनीहरूले आफ्ना टाउकामा धूलो फ्याँकेर रुँदै र कराउँदै विलाप गरे, “धिक्कार, महानगरीलाई धिक्कार, जहाँ समुद्रमा जहाज हुनेहरू सबै त्यसको सम्पत्तिबाट धनी भएका थिए । किनकि एकै क्षणमा त्यो नष्ट पारिएकी छे ।”
|
|||
|
\p
|
|||
|
\v 20 स्वर्ग, त्यसमाथि आनन्द गर, तिमी पवित्र जनहरू, प्रेरितहरू र अगमवक्ताहरू, किनकि परमेश्वरले तिमीहरूमाथिको न्याय त्यसमाथि ल्याउनुभएको छ!”
|
|||
|
\p
|
|||
|
\v 21 एक जना शक्तिशाली स्वर्गदूतले जाँतोजस्तो एउटा ढुङ्गा उठाए र यसो भन्दै त्यो समुद्रमा फाले, “यस प्रकारले बेबिलोन, महानगरी हिंसात्मक तरिकाले तल खसालिनेछ र त्यसलाई फेरि कहिल्यै देखिनेछैन ।
|
|||
|
\v 22 वीणा बजाउनेहरु, सङ्गीतकारहरू, बाँसुरी बजाउनेहरू र तुरही फुक्नेहरूले निकालेको आवाज तँमा फेरि कहिल्यै सुनिनेछैन । कुनै पनि कारिगर तँमा भेटाइनेछैन । कुनै पनि जाँतोको आवाज तँमा कहिल्यै सुनिनेछैन ।
|
|||
|
\v 23 बत्तीको ज्योति तँमा कहिल्यै चम्कनेछैन । दुलहा र दुलहीको आवाज तँमा कहिल्यै सुनिनेछैन, किनकि तेरा व्यापारीहरू पृथ्वीका राजकुमारहरू थिए, र जातिहरू तेरा टुनामुनाद्वारा छलिएका थिए ।
|
|||
|
\v 24 त्यसैमा अगमवक्ताहरू र पवित्र जनहरूको रगत र पृथ्वीमा मारिएकाहरू सबैको रगत भेटिएको थियो ।”
|
|||
|
\c 19
|
|||
|
\cl अध्याय १९
|
|||
|
\p
|
|||
|
\v 1 यी कुराहरूपछि मैले मानिसहरूको ठुलो भIडले चर्को सोरले स्वर्गमा यसो भनिरहेको जस्तो सुनें, “हल्लेलूयाह! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्वरका हुन् ।
|
|||
|
\q1
|
|||
|
\v 2 उहाँको इन्साफ सत्य र न्यायपूर्ण छन्, किनकि उहाँले महान् व्यभिचारीणीलाई इन्साफ गर्नुभएको छ, जसले पृथ्वीलाई त्यसको अनैतिक यौनले भ्रष्ट पारेकी छे । उहाँले आफ्ना सेवकहरूको रगतको बदला त्यसको हातबाट लिनुभएको छ।”
|
|||
|
\v 3 तिनीहरूले दोस्रो चोटि भने, “हल्लेलूयाह! त्यसबाट सदाकालका निम्ति धूवाँ निस्किरहन्छ ।”
|
|||
|
\q1
|
|||
|
\v 4 चौबिस जना धर्म गुरुहरू र चार जीवित प्राणीहरू घोप्टो परे र सिंहासनमा विराजमान हुनुभएका परमेश्वरलाई आराधना गरे । तिनीहरूले “आमेन, हल्लेलूयाह!” भनिरहेका थिए ।
|
|||
|
\v 5 त्यसपछि सिंहासनबाट यसो भनिरहेको एउटा आवाज आयो, “तिमीहरू सबै उहाँका सेवकहरू, तिमीहरू जसले उहाँको भय मान्छौ, महत्वहीन र शक्तिशाली दुवैले, हाम्रा परमेश्वरको प्रशंसा गर।”
|
|||
|
\v 6 अनि एउटा ठुलो भीडको जस्तो सुनिने, धेरै पानीको आवाज र गर्जनको शक्तिशाली टकराव जस्तै आवाजमा यसो भनिरहेको सुनें "हल्लेलुयाह! किनकि परमप्रभुले शासन गर्नुहुन्छ, हाम्रा परमेश्वर, सर्वशक्तिमान्"।
|
|||
|
\q1
|
|||
|
\v 7 हामी आनन्दित होऔं र खुसी मनाऔं, र उहाँलाई महिमा दिऔं किनभने थुमाका विवाहको उत्सव मनाउने दिन आएको छ, र उहाँकी दुलहीले आफैंलाई तयार बनाएकी छिन् ।”
|
|||
|
\q1
|
|||
|
\v 8 तिनलाई मलमलको चहकिलो र सफा वस्त्र लगाउन अनुमति दिइयो, (किनकि मलमलको वस्त्र परमेश्वरका पवित्र जनहरूका धार्मिक कार्यहरू हुन् )।
|
|||
|
\p
|
|||
|
\v 9 स्वर्गदूतले मलाई भने, “यो लेखः थुमाको विवाहको भोजमा निमन्त्रणा गरिएकाहरू धन्यका हुन् ।" तिनले मलाई यो पनि भने, "यी परमेश्वरका सत्य वचन हुन् ।"
|
|||
|
\v 10 उहाँलाई आराधना गर्न म उहाँको पाउमा घोप्टो परें, तर उहाँले मलाई भन्नुभयो, “यसो नगर! म येशूको बारेमा गवाही राख्ने, तिमी र तिम्रा भाइहरूसँगैको एक सङ्गी सेवक मात्र हुँ । परमेश्वरको आराधना गर, किनकि येशूको बारेमा गवाही, अगमवाणीका आत्मा हुनुहुन्छ ।”
|
|||
|
\p
|
|||
|
\v 11 तब मैले स्वर्ग खोलिएको देखें, र मैले हेरें र त्यहाँ एउटा सेतो घोडा थियो । त्यसमाथि सवार हुनुहुनेलाई विश्वासयोग्य र सत्य भनिन्छ। उहाँले न्यायपूर्ण रूपमा इन्साफ र युद्ध गर्नुहुन्छ ।
|
|||
|
\v 12 उहाँका आँखा आगोको ज्वालाजस्ता र उहाँका शिरमा धेरै मुकुटहरू थिए । उहाँमाथि एउटा नाम लेखिएको छ जुन उहाँ बाहेक अरू कसैलाई थाहा छैन।
|
|||
|
\v 13 उहाँले रगतमा चोबलिएको वस्त्र पहिरिनुभएको छ, र उहाँको नाउँलाई परमेश्वरको वचन भनेर बोलाइन्छ ।”
|
|||
|
\v 14 मलमलका सेतो र सफा कपडा पहिरिएर स्वर्गका सेनाहरू सेता घोडाहरूमा उहाँलाई पछ्याइरहे ।
|
|||
|
\v 15 जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्कन्छ, र उहाँले तिनीहरूमाथि फलामको डन्डाले शासन गर्नुहुनेछ । उहाँले सर्वशक्तिमान् परमेश्वरको क्रोधको दाखको कोललाई कुल्चिदिनुहुन्छ ।
|
|||
|
\v 16 उहाँको पोशाक र तिघ्रामा एउटा नाउँ लेखिएको छ: “राजाहरूका राजा र प्रभुहरूका प्रभु”।
|
|||
|
\p
|
|||
|
\v 17 मैले एउटा स्वर्गदूतलाई सूर्यमा उभिरहेको देखें । तिनले ठुलो सोरले माथि उडिरहेका चराहरू सबैलाई बोलाए, “आओ, परमेश्वरको ठुलो भोजका निम्ति एकसाथ भेला होओ ।
|
|||
|
\v 18 तिमीहरूले राजाहरू, कप्तानहरू, शक्तिशाली मानिसहरू, घोडाहरू र त्यसमाथि सवार हुनेहरू, सबै मानिसहरू, स्वतन्त्र र दास दुवै, महत्वहीन र शक्तिशालीका मासु आएर खाओ ।”
|
|||
|
\v 19 मैले पशु र पृथ्वीका राजाहरूलाई तिनीहरूका सेनाहरूका साथमा देखें । तिनीहरू घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसँग युद्ध गर्न भेला भइरहेका थिए ।
|
|||
|
\v 20 त्यस पशु र त्यससँगै त्यसको उपस्थितिमा आश्चर्य कामहरू प्रदर्शन गर्ने झुटा अगमवक्ता पक्राउ परे । यी चिन्हहरूद्वारा त्यसले पशुको छाप लगाएका र त्यसको मूर्तिलाई पूज्नेहरू छल गर्यो । तिनीहरू दुवै बलिरहेको गन्धकको अग्नि-कुण्डमा जिउँदै फालिए ।
|
|||
|
\v 21 घोडामा सवार हुनेको मुखबाट निस्केको तरवारले ती बाँकी रहेकाहरू मारिए । सबै चराहरूले तिनीहरूका मृत शरीर खाए।
|
|||
|
\c 20
|
|||
|
\cl अध्याय २०
|
|||
|
\p
|
|||
|
\v 1 तब मैले स्वर्गबाट तल झरिरहेको एउटा स्वर्गदूतलाई देखें । तिनीसँग अगाध खाँदको साँचो र एउटा ठुलो साङ्लो तिनको हातमा थियो ।
|
|||
|
\v 2 तिनले अजिङ्गर अर्थात् त्यो प्राचीन सर्पलाई पक्रे, जो दुष्ट, वा शैतान हो र त्यसलाई एक हजार वर्षका निम्ति बाँधे ।
|
|||
|
\v 3 तिनले त्यसलाई अगाद खाँदमा फालिदिए । तिनले त्यो बन्द गरे र त्यसमाथि मोहोर लगाइदिए । एक हजार वर्ष पूरा नभएसम्म त्यसले जाति-जातिहरूलाई छल गर्न नपाओस् भनी यसो गरिएको थियो । त्यसपछि त्यसलाई केही समयका निम्ति स्वतन्त्र गरिनुपर्छ ।
|
|||
|
\p
|
|||
|
\v 4 अनि मैले सिंहासनहरू देखें । त्यसमाथि बस्नेहरू ती हुन् जसलाई न्याय गर्ने अधिकार दिइएको थियो । मैले येशूको गवाही र परमेश्वरको वचनका निम्ति शिर काटिएका प्राणहरूलाई पनि देखें । तिनीहरूले पशु वा मूर्तिहरूलाई आराधना गरेका थिएनन्, र तिनीहरूले आफ्नो निधारमा वा हातमा छाप लगाउनलाई इन्कार गरेका थिए । तिनीहरू जीवित भए, र तिनीहरूले येशूसँगै एक हजार वर्षसम्म राज्य गरे ।
|
|||
|
\v 5 बाँकी रहेका मृतकहरू हजार वर्षको अन्त्य नभएसम्म जीवित भएनन् । यो पहिलो पुनरुत्थान हो ।
|
|||
|
\v 6 पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू जो कोही पनि धन्य र पवित्रका हुन्! यिनीहरूमाथि दोस्रो मृत्युको कुनै शक्ति हुँदैन । तिनीहरू परमेश्वर र ख्रीष्टका पूजाहारीहरू भएर उहाँसँगै एक हजार वर्षसम्म राज्य गर्नेछन् ।
|
|||
|
\p
|
|||
|
\v 7 जब एक हजार वर्षको अन्त्य हुन्छ, तब शैतानलाई त्यसको कैदबाट छोडिनेछ ।
|
|||
|
\v 8 पृथ्वीको चारै कुनामा भएका जातिहरूलाई छल गर्न—गोग र मागोग—तिनीहरूलाई युद्धका निम्ति सँगै ल्याउने, त्यो बाहिर जानेछ । तिनीहरू समुद्रको बालुवासरह अनगिन्ती हुनेछन् ।
|
|||
|
\v 9 तिनीहरू पृथ्वीको चारैतिर गएर परमेश्वरका पवित्र जनहरूको छाउनीलाई—प्रिय सहरलाई वरिपरि घेरे । तर स्वर्गबाट आगो तल झरेर तिनीहरूलाई नष्ट पार्यो ।
|
|||
|
\v 10 तिनीहरूलाई छल गर्ने त्यस दुष्टलाई गन्धकको जलिरहेको कुण्डमा फालियो, जहाँ पशु र झुटा अगमवक्ता फ्याँकिएका थिए । तिनीहरूले दिनरात सदाकाल यातना भोग्नेछन् ।
|
|||
|
\p
|
|||
|
\v 11 त्यसपछि मैले एउटा महान् सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखें । उहाँको उपस्थितिबाट पृथ्वी र स्वर्ग भागेर टाढा गए, तर तिनीहरूका लागि जान त्यहाँ कुनै ठाउँ थिएन ।
|
|||
|
\v 12 मैले महत्वहीन र शक्तिशाली मृतकहरूलाई सिंहासनको अगाडि उभिरहेको देखें र पुस्तकहरू खोलिए । तब अर्को पुस्तक अर्थात् जीवनको पुस्तक पनि खोलिएको थियो । ती पुस्तकहरूमा लेखिएका विवरणअनुसार, तिनीहरूका कामहरूका आधारमा मृतकहरूको न्याय भयो ।
|
|||
|
\v 13 समुद्रमा भएका मृतकहरूलाई त्यसले फिर्ता गरिदियो । मृत्यु र पातालले तिनीहरूमा भएका मृतकहरूलाई दिए, र तिनीहरूले गरेका कामअनुसार मृतकहरूको न्याय भयो ।
|
|||
|
\v 14 मृत्यु र पाताल अग्नि-कुण्डमा फालिए । यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो ।
|
|||
|
\v 15 जीवनको पुस्तकमा कसैको नाउँ लेखिएको नभेट्टाइएमा त्यसलाई अग्नि-कुण्डमा फालियो ।
|
|||
|
\c 21
|
|||
|
\cl अध्याय २१
|
|||
|
\p
|
|||
|
\v 1 अनि मैले नयाँ स्वर्ग र नयाँ पृथ्वी देखें, किनकि पहिलो स्वर्ग र पहिलो पृथ्वी बितिगए, र समुद्र त छँदै थिएन ।
|
|||
|
\v 2 दुलहाका लागि दुलहीझैं सिङ्गारिएर तयार पारिएकी पवित्र सहर, नयाँ यरूशलेम परमेश्वरबाट स्वर्गदेखि तल झरिरहेको मैले देखें ।
|
|||
|
\v 3 मैले सिंहासनबाट चर्को सोरमा यसो भनेको सुनें, “हेर, परमेश्वरको वासस्थान मानव-जातिसँग छ, र उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ । तिनीहरू उहाँका मानिसहरू हुनेछन्, अनि परमेश्वर स्वयम् तिनीहरूसँग हुनुहुनेछ र उहाँ तिनीहरूका परमेश्वर हुनुहुनेछ ।
|
|||
|
\v 4 उहाँले तिनीहरूका आँखाबाट आँशुका हरेक थोपा पुछिदिनुहुनेछ, र त्यहाँ कुनै मृत्यु हुनेछैन, वा शोक वा रुवाबासी वा कष्ट हुनेछैन । पुराना कुराहरु बितेर गएका छन् ।
|
|||
|
\p
|
|||
|
\v 5 सिंहासनमा बस्नुहुनुहुनेले भन्नुभयो, “हेर, म सबै कुरा नयाँ बनाउँछु।” उहाँले भन्नुभयो, “यो लेख किनभने यी वचनहरू विश्वासयोग्य र सत्य छन् ।”
|
|||
|
\v 6 उहाँले मलाई भन्नुभयो, “यी कुराहरू सिद्धिएका छन्! अल्फा र ओमेगा, शुरु र अन्त्य मै हुँ । तिर्खाउनेलाई म जीवनको पानीको मुहानबाट सित्तैमा पिउन दिनेछु। ।
|
|||
|
\v 7 जसले जित्छ त्यसले यी कुराहरू पाउनेछ, र म त्यसको परमेश्वर हुनेछ, र ऊ मेरो छोरा हुनेछ ।
|
|||
|
\v 8 तर डराउनेहरू, अविश्वासीहरू, घिनलाग्दाहरू, हत्याराहरू, यौन-अनैतिकहरू, जादुगरहरू, मूर्तिपूजकहरू र सबै झुट बोल्नेहरूको भागमा बलिरहेको आगो र गन्धकको कुण्डमा हुनेछ । त्यो दोस्रो मृत्यु हो ।”
|
|||
|
\p
|
|||
|
\v 9 सातजना स्वर्गदूतहरूमध्ये एक जना मकहाँ आए, जोसँग सातवटा अन्तिम विपत्तिहरूले भरिएका सातवटा कचौराहरू थिए, र तिनले भने, “यहाँ आऊ । म तिमीलाई थुमाकी पत्नी दुलही देखाउनेछु ।”
|
|||
|
\p
|
|||
|
\v 10 अनि तिनले मलाई आत्मामा बोकेर एउटा महान् र अग्लो पर्वतमा लगे र मलाई परमेश्वरबाट स्वर्गदेखि तल ओर्लिरहेको पवित्र सहर यरूशलेम देखाए ।
|
|||
|
\v 11 यरूशलेमसंग परमेश्वरको महिमा थियो, र त्यसको चमक बहुमूल्य रत्नहरूजस्तो, मणिक स्फटिक पत्थरको जस्तो थियो ।
|
|||
|
\v 12 त्यसमा बाह्रवटा ढोकाहरू भएको एउटा ठूलो, अग्लो पर्खाल थियो, ती ढोकाहरूमा बाह्र स्वर्गदूतहरू थिए। । ढोकाहरूमा इस्राएलका सन्तानका बाह्रै कुलका नाउँहरू लेखिएका थिए ।
|
|||
|
\v 13 पूर्वमा तीनवटा ढोकाहरू, उत्तरमा तीनवटा ढोकाहरू, दक्षिणमा तीनवटा ढोकाहरू र पश्चिममा तीनवटा ढोकाहरू थिए ।
|
|||
|
\v 14 सहरका पर्खालका बाह्रवटा जग थिए, र तीमाथि थुमाका बाह्रै प्रेरितका बाह्रवटा नाउँ थिए ।
|
|||
|
\p
|
|||
|
\v 15 मसँग बोल्नुहुनेसँग सहर, त्यसका ढोकाहरू र त्यसको पर्खाल नाप्नलाई एउटा सुनको नाप्ने लौरो थियो ।
|
|||
|
\v 16 त्यो सहर वर्गाकार थियो; त्यसको लम्बाइ र चौडाइ उस्तै थिए । तिनले नाप्ने लौरोले सहर नाप्दा त्यसको लम्बाइ बाह्र हजार स्टेडिया थियो (त्यसको लम्बाइ, चौडाइ र उचाइ उस्तै थिए ) ।
|
|||
|
\v 17 तिनले त्यसको पर्खाल पनि नापे, मानिसहरूद्वारा नाप्दा त्यो १४४ हात लामो थियो । (जुन स्वर्गदूतहरूको पनि नाप हो ) ।
|
|||
|
\p
|
|||
|
\v 18 पर्खाल बिल्लौर र सहर शुद्ध सुनले सफा काँचजस्तै बनाइएको थियो ।
|
|||
|
\v 19 पर्खालका जगहरू हर प्रकारका बहुमूल्य पत्थरद्वारा सजिएका थिए । पहिलो बिल्लौर थियो, दोस्रो निलमणि थियो, तेस्रो हरित थियो, चौथो पन्ना थियो,
|
|||
|
\v 20 पाँचौं आनिक्स थियो, छैटौं लालमणि थियो, सातौं पीतमणि थियो, आठौं बेरूज थियो, नवौं पुष्पराज थियो, दसौं लसुने रत्न थियो, एघारौं नीलमणि थियो, र बाह्रौं कटेला थियो ।
|
|||
|
\v 21 बाह्रवटा ढोका बाह्र मोतीका थिए; प्रत्येक ढोका एउटै मोतीबाट बनेको थियो । सहरका गल्लीहरू निखुर सुन, छर्लङ्ग देखिने काँच जस्तै थिए ।
|
|||
|
\p
|
|||
|
\v 22 मैले सहरमा कुनै मन्दिर देखिनँ, किनकि सर्वशक्तिमान् परमप्रभु परमेश्वर र थुमा नै यसको मन्दिर हुनुहुन्छ ।
|
|||
|
\v 23 सहरलाई उज्यालो पार्न सूर्य वा चन्द्रमाको कुनै आवश्यक थिएन किनकि परमेश्वरको महिमा नै त्यसमाथि चम्कियो, र त्यसको बत्ती थुमा हुनुहुन्छ ।
|
|||
|
\v 24 जातिहरू त्यस सहरको उज्यालोमा हिंड्नेछन् । पृथ्वीका राजाहरूले आफ्ना महिमा त्यसमा ल्याउनेछन् ।
|
|||
|
\v 25 यसका ढोकाहरू दिनको समयमा बन्द गरिनेछैनन्, र त्यहाँ रात हुनेछैन ।
|
|||
|
\v 26 जाति-जातिहरूले आफ्ना महिमा र आदर त्यसभित्र ल्याउनेछन्,
|
|||
|
\v 27 तर कुनै अशुद्ध थोक कहिल्यै त्यसभित्र पस्न पाउनेछैन, न त लाजमर्दो वा छलपूर्ण काम गर्नहरू त्यहाँ जान पाउनेछन्, तर थुमाको जीवनको पुस्तकमा नाउँ लेखिएकाहरू मात्र त्यहाँ पस्न पाउनेछन् ।
|
|||
|
\c 22
|
|||
|
\cl अध्याय २२
|
|||
|
\p
|
|||
|
\v 1 त्यसपछि स्वर्गदूतले मलाई स्फटिकजस्तो सफा जीवनको पानीको नदी देखाए । यो परमेश्वर र थुमाको सिंहासनबाट बगिरहेको थियो ।
|
|||
|
\v 2 यो सहरको बीचभागको बाटो भएर बगेको थियो । नदीको दुवै किनारमा जीवनको रुख थियो, बाह्रै प्रकारका फल फलाउने र यसले हरेक महिना आफ्नो फल फलाउँछ । रुखका पातहरू जाति-जातिहरूका निम्ति निको पार्नलाई हुन् ।
|
|||
|
\v 3 त्यहाँ अब उप्रान्त कुनै श्राप हुनेछैन । परमेश्वर र थुमाको सिंहासन सहरमा हुनुहुनेछ, र उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछ्न् ।
|
|||
|
\v 4 तिनीहरूले उहाँको अनुहार देख्नेछन्, र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ ।
|
|||
|
\v 5 त्यहाँ कुनै रात हुनेछैन; तिनीहरूलाई ज्योतिका निम्ति न बत्तीको, न त सूर्यको प्रकाश नै आवश्यक पर्नेछ किनभने परमप्रभु परमेश्वर नै तिनीहरू माथि चम्किनुहुनेछ । तिनीहरूले सदासर्वदा राज्य गर्नेछन् ।
|
|||
|
\p
|
|||
|
\v 6 स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्वासयोग्य र सत्य छन् । परमप्रभु, अगमवक्ताहरूका आत्माका परमेश्वरले छिट्टै के हुनुपर्छ भनी उहाँका सेवकहरूलाई देखाउन आफ्नो स्वर्गदूतलाई पठाउनुभयो ।”
|
|||
|
\v 7 “हेर, म चाँडै आउँदैछु ।त्यो धन्यको हो जसले यस पुस्तकको अगमवाणीको वचन पालन गर्छ ।”
|
|||
|
\p
|
|||
|
\v 8 म, यूहन्ना हुँ जसले यी कुराहरू सुनें र देखें । जब मैले सुनें र तिनीहरूलाई देखें, म तिनको अघि दण्डवत् गर्न ती स्वर्गदूतको पाउमा घोप्टो परें जसले मलाई यी कुराहरू देखाइरहेका थिए ।
|
|||
|
\v 9 तिनले मलाई भने, “त्यसो नगर । तिमी, तिम्रा दाजुभाइ अगमवक्ताहरू र यस पुस्तकको वचन पालना गर्नेहरूका म सङ्गी सेवक मात्र हुँ । परमेश्वरको आराधना गर!”
|
|||
|
\v 10 तिनले मलाई भने, “यस पुस्तकको अगमवाणीका वचनहरूमा मोहर नलगाओ, किनकि समय नजिकै छ ।
|
|||
|
\v 11 जो अधर्मी छ, त्यसले निरन्तर अधर्म गरिरहोस् । जो नैतिक रूपमा फोहोर छ, त्यसले अनैतिक घृणित काम गरिरहोस् । जो धर्मी छ, त्यसले धार्मिक काम गरिरहोस् । जो पवित्र छ, त्यो निरन्तर पवित्र रहिरहोस् ।”
|
|||
|
\p
|
|||
|
\v 12 “हेर! म चाँडै आउँदैछु । मेरो इनाम मसँग छ, प्रत्येकलाई त्यसको काम अनुसार फिर्ता दिन ।
|
|||
|
\v 13 अल्फा र ओमेगा, पहिलो र पछिल्लो, आदि र अन्त म नै हुँ ।
|
|||
|
\v 14 आफ्ना वस्त्र धुनेहरू धन्यका हुन् ताकि तिनीहरूले जीवनको रुखबाट खान र ढोकाहरूबाट सहरमा पस्ने अधिकार पाउनेछन् । \f + \ft केही प्राचीन ग्रीक प्रतिलिपिमा \fqa आफ्ना वस्त्र धुनेहरू धन्यका हुन् \fqa* को सट्टामा \fqa उहाँका आज्ञाहरू पालन गर्ने धन्यका हुन् \fqa* भएको पाउँछौं । \f*
|
|||
|
\v 15 कुकुरहरू, मन्त्रतन्त्र गर्नेहरू, यौन अनैतिक काम गर्नेहरू, हत्याराहरू, मूर्तिपूजकहरू, र झुटा कुरा प्रेम र अभ्यास गर्न मन पराउने हरेक बाहिर हुन्छन् ।
|
|||
|
\p
|
|||
|
\v 16 म, येशूले मेरा स्वर्गदूतलाई मण्डलीहरूका लागि यी कुराहरूबारे तिमीलाई गवाही दिनको निम्ति पठाएको छु । म दाऊदको वंश र मूल, बिहानको चम्किलो तारा हुँ ।”
|
|||
|
\p
|
|||
|
\v 17 पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आओ ।” जसले सुन्छ त्यसले भनोस्, “आओ!” जो तिर्खाएको छ, त्यसलाई आउन देऊ, र जसले यसको इच्छा गर्छ, त्यसले जीवनको पानी सित्तैंमा पिओस् ।
|
|||
|
\p
|
|||
|
\v 18 यस पुस्तकको अगमवाणीका वचनहरू सुन्ने हरेकलाई म गवाही दिन्छु: यदि कसैले तिनमा थप्छ भने, यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्वरले त्यसमाथि थपिदिनुहुनेछ ।
|
|||
|
\v 19 यदि कसैले यस अगमवाणीको पुस्तकका वचनहरूबाट केही निकाल्यो भने, परमेश्वरले यस पुस्तकमा लेखिएका जीवनको रुख र पवित्र सहरको भागदेखि त्यसलाई निकालिदिनुहुनेछ । \f + \ft केही प्राचीन प्रतिलिपिहरूमा पाउँछौं, \fqa परमेश्वरले यस पुस्तकमा लेखिएका जीवनको पुस्तक र पवित्र सहरको भागदेखि त्यसलाई निकालिदिनुहुनेछ \fqa* । \f*
|
|||
|
\p
|
|||
|
\v 20 यी कुराका गवाही दिनुहुनेले भन्नुहुन्छ, “हो! म चाँडै आउँदैछु ।” आमेन! आउनुहोस्, हे प्रभु येशू!
|
|||
|
\p
|
|||
|
\v 21 प्रभु येशूको अनुग्रह सबैसँग रहोस्। आमेन । \f + \ft ग्रीक लेखका केही प्राचीन प्रतिलिपिहरू वा ग्रीक लेखका प्राचीन अनुवादहरूले यो वाक्याशं थपेको पाउँछौंः \fqa तिमी पवित्र जनहरूसँग रहोस् \fqa* वा \fqa सबै तिमी पवित्र जनहरूसँग रहोस् \fqa* । \f*
|