Door43-Catalog_ne_tn/1co/09/24.md

5.4 KiB

जोड्ने कथनः

पावलले व्याख्या गर्छन् कि ख्रीष्‍टमा तिनले पाएको स्‍वतन्‍त्रतालाई तिनले आफैँलाई अनुशासित तुल्‍याउनका लागि प्रयोग गर्छन् ।

दौडमा सबै मानिसहरू दौडिन्छन्, तर एक जनाले मात्र पुरस्कार पाउँछ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन ?

कोरिन्थीहरूले जे जानेका छन् सो पावलले तिनीहरूलाई स्‍मरण गराउँछन्, ताकि तिनले नयाँ जानकारी थप गर्न सकुन् । वैकल्पिक अनुवादः “म तिमीहरूलाई सम्झना दिलाऊँ कि सबै जना दौडे तापनि एक जनाले मात्र इनाम पाउँछ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

दौड दौडिनु

पावलले ख्रीष्‍टिएन जीवन जिउने र परमेश्‍वरको लागि काम गर्ने कुरालाई दौडमा भाग लिने र खेलाडी हुनेसँग तुलना गर्छन् । दौडमा जस्तै ख्रीष्‍टिएन जीवन र काममा पनि दौडनेलाई कडा अनुशासनको जरुरत पर्छ र दौडमा जस्तै ख्रीष्‍टिएनहरूको पनि विशेष लक्ष्य हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

पुरस्कार पाउनलाई दौड

परमेश्‍वरले आफ्‍ना विश्‍वासी जनहरूलाई दिनुहुने इनामचाहिँ त्यो खेलकुदको प्रतिस्‍पर्धाको लागि दिइने एउटा पुरस्कार भए जसरी पावलले बताइरहेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

नाश हुने मुकुट ... नाश नहुने मुकुट

यहाँ उल्‍लेख भएको मुकुट पातहरू गाँसेर बनाइएको हो । खेल र दौड जित्‍ने खेलाडीहरूलाई पुरस्‍कारको रूपमा मुकुटहरू दिइथ्‍यो । पावलले अनन्‍त जीवनलाई कदापि नओइलाउने मुकुट भए जसरी बताउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

म लक्ष्‍यबिना दौडन्‍न वा हावामा मुक्‍का हान्दिन

यहाँ “दौडने” र “मुक्का हान्‍ने” दुवै कुरा ख्रीष्‍टिएन जीवन बिताउने र परमेश्‍वरको सेवा गर्ने कुराका लागि रूपक अलङ्‍कारहरू हुन् । यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “म किन दौडदै छु भनी म राम्ररी जान्‍दछु र मैले मुक्‍का हान्‍दा म के गरिरहेको छु भनी म जान्‍दछु” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-doublenegatives]])

म आफैँचाहिँ अयोग्य नठहरिऊँ

यो कर्म वाच्यको वाक्यलाई कर्तृ वाच्यमा हुने गरेर पुनः लेख्‍न सकिन्छ । दौड वा प्रतिस्‍पर्धाका निर्णयकर्ताचाहिँ परमेश्‍वरलाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “निर्णयकर्ताले मलाई अयोग्य नठहराउने छैनन्” वा “मैले आज्ञाहरू पालना गर्नमा चुकेको छु भनी परमेश्‍वरले मलाई भन्‍नुहुने छैन” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

अनुवादका शब्‍दहरू