Door43-Catalog_ne_tn/1co/07/20.md

3.6 KiB

सामान्य जानकारीः

यहाँ “हामी” र “हाम्रा” शब्‍दले सबै ख्रीष्‍टिएनहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

बोलावटमा रहनु

यहाँ बोलावाटले कामलाई वा तपाईं संलग्‍न हुनुभएको सामाजिक पदलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीहरूले जसरी काम गर्दै जिउँदै थियौ, त्यसरी नै गर”

... बोलाउनुहुँदा ... तिमी थियौ ? फिक्री नगर ... तिमीहरू ... हुन सक्‍छौ

कोरिन्थीहरू एक जना व्यक्ति भए झैँ गरी पावलले तिनीहरूसित कुरा गर्छन्, यसैले यहाँ उल्‍लेखित सबै “तिमी” र “हुन सक्‍छौ” भन्‍ने आज्ञार्थ शब्‍द एकवचन हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

के परमेश्‍वरले बोलाउनुहुँदा तिमीहरू कमारा थियौ ? वास्ता नगर

यसलाई एउटा भनाइको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले बोलाउनुहुँदाको समयमा कमारा भएकाहरूलाई, म यो भन्छुः त्यसको वास्ता नगर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

प्रभुको स्वतन्‍त्र मानिस

यस स्वतन्त्र मानिसलाई परमेश्‍वरले क्षमा दिनुभएको छ र त्यसैले ऊ शैतान र पापबाट स्वतन्त्र भएको छ ।

तिमीहरू दाम तिरी किनिएका हौ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ख्रीष्‍टले तिमीहरूका लागि मरेर तिमीहरूलाई किन्‍नुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

भाइहरू

यहाँ यसले पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ ।

हामीलाई विश्‍वास गर्न बोलावट हुँदा

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब परमेश्‍वरले हामीलाई उहाँमा विश्‍वास गर्नको लागि बोलाउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू