Door43-Catalog_ne_tn/1co/06/09.md

5.6 KiB

के तिमीहरूलाई थाहा छैन

उनीहरूले यो सत्य पहिले नै जानेको हुनुपर्छ भन्‍ने कुरामा पावल जोड दिन्छन् । वैकल्पिक अनुवादः “तिमीहरूलाई पहिले नै त्यो थाहा छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

उत्तराधिकार गर्नु

परमेश्‍वरले विश्‍वासीहरूका लागि जे प्रतिज्ञा गर्नुभएको छ सो पाउने कुरालाई परिवारका सदस्‍यबाट पैतृक सम्‍पत्ति वा जायजेथा प्राप्‍त गर्ने झैँ गरेर बताइएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

परमेश्‍वरको राज्य उत्तराधिकार गर्नु

परमेश्‍वरले न्याय गर्दा उनीहरूलाई धर्मी ठहराउनुहुन्‍न र उनीहरू अनन्त जीवनमा प्रवेश गर्नेछैनन् ।

पुरुषगामीहरू, जसले समलिङ्गीपनालाई अभ्यास गर्छन्

सम्‍भावित अर्थहरू हुन् १) यसले सम्पूर्ण समलैँगिक क्रियाकलापलाई जनाउँछ वा २) पावलले दुई भिन्‍न क्रियाकलापहरूका नाम दिइरहेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-merism)

पुरुषगामीहरू

सम्‍भावित अर्थहरू हुन् १) त्‍यस्‍ता पुरुषहरू जसले अरू पुरुषहरूलाई आफूसित सुत्‍ने अनुमति दिन्‍छन् वा २) त्‍यस्‍ता पुरुषहरू जसले तिनीहरूसित सुतेबापत तिनीहरूलाई ज्‍याला दिनेहरूलाई अनुमति दिन्‍छन् वा ३) त्‍यस्‍ता पुरुषहरू जसले धार्मिक क्रियाकलापको एउटा हिस्‍साको रूपमा अरू पुरुषहरूलाई आफूसित सुत्‍ने अनुमति दिन्‍छन् ।

जसले समलिङ्गीपनालाई अभ्यास गर्छन्

अरू पुरुषहरूसँग सुत्‍ने पुरुष

चोरहरू

“अरू मानिसहरूबाट चोरी गर्ने व्यक्तिहरू” वा “डाँकाहरू”

लोभीहरू

अरूका धनसम्‍पत्ति हत्‍याउनका लागि खराब उपायहरू अवलम्‍बन गर्न राजी हुने मानिसहरू

ठगाहाहरू

“ठगहरू” वा “आफूलाई विश्‍वास गर्ने मानिसहरूबाट चोर्नेहरू”

तिमीहरू धोइएका छौ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई धुनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिमीहरू शुद्ध पारिएका छौ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई आफ्‍नै लागि अलग राख्‍नुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिमीहरू परमेश्‍वरसँग ठीक सम्बन्धमा ल्याइएका छौ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई उहाँसँग ठीक सम्बन्धमा ल्याउनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू