Door43-Catalog_ne_tn/1co/06/04.md

5.9 KiB

तिमीहरूले दैनिक जीवनसित सम्‍बन्‍धित कुराहरूको न्‍याय गर्नुपर्छ भने, त्‍यस्‍ता मुद्धालाई मण्‍डलीसँग सम्बन्धित नभएका मानिसहरूका अगाडि किन लैजान्‍छौ ?

सम्भावित अर्थहरू हुन् १) यो आलङ्कारीक प्रश्‍न हो वा २) यो एउटा कथन हो, “विगतमा यस जीवनसित महत्त्व राख्‍ने विवादहरू तिमीहरूले समाधान गरेको समयमा, अविश्‍वासीहरूद्वारा समाधान गरिनका लागि विवादहरूलाई तिमीहरूले तिनीहरूकहाँ लगेनौ” वा ३) यो एउटा आज्ञा हो, “जब तिमीहरूले यस जीवनसित महत्त्व राख्‍ने विवादहरू सुल्झाउँछौ, विवादहरू सुल्झाउनलाई मण्डलीसँग कुनै सम्बन्ध नभएका मानिसहरूका लागि पनि यो हो !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यदि तिमीहरूले नै दैनिक जीवनसित सम्बन्धित कुराहरूको न्याय गर्नुपर्छ भने

“यदि तिमीहरूलाई दैनिक जीवनको निर्णय गर्न बोलाइएको हो भने” वा “यदि तिमीहरूले यस जीवनमा महत्त्वपूर्ण कुराहरूको निर्णय गर्नुपर्छ भने”

त्यस्ता मुद्धाहरू तिनीहरूको अघि किन राख्छौ जसको मण्डलीसँग कुनै सरोकार छैन ?

यस्ता मुद्दाहरूको कोरिन्थीहरूले हल गर्ने तरिकालाई देखेर पावल उनीहरूलाई हप्काइरहेका छन् । सम्भावित अर्थहरू हुन् १) “तिमीहरूले मण्डली बाहिरका मानिसहरूलाई यस्ता मुद्दाहरूको छिनोफानो गर्न दिन रोक्‍नुपर्छ ।” वा २) “ती मुद्धाहरू तिमीहरूले अरू विश्‍वासीहरूद्वारा राम्रो मान्यता नगरिएका मण्‍डलीकै सदस्यहरूलाई नै दिन सक्थ्यौ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तिमीहरूको शर्मको लागि

“तिमीहरूको अपमानको लागि” वा “यस विषयमा कसरी असफल भएका छौ भन्‍ने देखाउनलाई”

के तिमीहरूको माझमा दाजुभाइका बिचमा भएका झगडाहरू मिलाउन सक्‍ने बुद्धिमान् मानिस कोही छैन ?

पावलले कोरिन्थीहरूलाई शर्ममा पारिरहेका छन् । वैकल्‍पिक अनुवादः “विश्‍वासीहरूका बीचमा हुने विवादहरू समाधान गर्नका लागि तिमीहरूले एक जना बुद्धिमान् विश्‍वासी समेत भेट्टाउन नसकेकोमा तिमीहरू शर्माउनुपर्ने हो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

भाइहरू

यहाँ यसले पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ ।

झगडा

“बहस” वा “असहमति”

तर जसरी यो छ

“तर यो अहिले जसरी छ” वा “तर बरु”

एक विश्‍वासी अर्को विश्‍वासीको विरुद्धमा अदालत जान्‍छ, र अविश्‍वासी न्‍यायाधीशको अगि मुद्धा राख्‍दछ

“झगडा गर्ने विश्‍वासीहरूले अविश्‍वासी न्यायाधीशहरूसँग तिनीहरूको मुद्दाको छिनोफानो गरीदिन बिन्ती गर्छन्”

मुद्धा राख्‍दछ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “एउटा विश्‍वासीले त्यो मुद्दा पेस गर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू